लालमोहर र प्रकाशन मिति २०२७।१२।३०।२
संशोधन गर्ने ऐन १. न्याय प्रशासन सुधार ऐन, २०३१ (२०३१।४।१८।६) २. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ (२०४३।७।२४) ३. न्याय प्रशासन ऐन, २०४८ (२०४८।२।१६)
प्रमाणीकरण र प्रकाशन मिति ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* (२०६६।१०।७) ५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ (२०७२।११।१३)
२०२७ सालको ऐन नं. १५
नेपाल $\star$.........को व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाल $\star$.........को अन्तर्राष्ट्रिय व्यापारलाई बढी सुदृढ आधार र सुविधा प्रदान गर्नलाई नेपाल $\star$.........को व्यापारिक पानी जहाजको झण्डाको स्थापना गर्न वाञ्छनीय भएकोले,
$\star$ यो ऐन संवत २०६५ साल जेठ १५ गते देखि लागू भएको ।
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पंचायतको सल्लाहा र सम्मतिले यो ऐन बनाईबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “नेपाल *..........को व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन, २०२७” रहेको छ । (२) यो ऐन *........नेपाल भित्र लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ बमोजिम दर्ता गरिएका वा दर्ता गर्नुपर्ने कुनै पनि पानी जहाज र सो पानी जहाजका धनी, नाविक र कर्मचारीहरुलाई समेत लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– “नेपाल पानी जहाज कार्यालय” भन्नाले पानी जहाज दर्ता ऐन, २०२७ अन्तर्गत स्थापित नेपाल पानी जहाज कार्यालयलाई सम्झनु पर्छ ।
३. झण्डाको स्थापना : (१) नेपाल *..........को व्यापारिक पानी जहाजको झण्डा स्थापित गरिएको छ । (२) उपदफा (१) बमोजिमको झण्डा अनुसूचीमा तोकिए बमोजिमको हुनेछ ।
४. झण्डाको उद्देश्य र सुविधा : नेपाल *..........को व्यापारिक पानी जहाजको झण्डा नेपाली पानी जहाजको राष्ट्रियताको चिन्ह हुनेछ र सो झण्डाले नेपाली पानी जहाजलाई विदेशी बन्दरगाह वा विदेशी क्षेत्रीय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरु र समुद्रमा रहँदा उचित सम्मानको अधिकार दिलाउनेछ ।
५. झण्डा प्रयोग गर्न पाउनेको अधिकार र कर्तव्य : (१) नेपाल पानी जहाज कार्यालयमा दर्ता भएको प्रत्येक नेपाली पानी जहाजको नेपाल *..........को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार र कर्तव्य हुनेछ ।
(२) त्यस्तो झण्डा पानी जहाजको पछिल्लो भाग (स्टर्न) मा रहेको ध्वजदण्ड (फ्लैग स्टाफ) वा पछिल्लो मस्टुल (आफ्टर मोष्टमास्ट) मा फहराइनेछ ।
(३) यो ऐन बमोजिम नेपाल *..........का व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्नुपर्ने कर्तव्य भएको नेपाली पानी जहाजले राष्ट्रियताको चिन्हको रुपमा प्रदत्त झण्डा बाहेक अरु कुनै झण्डा प्रयोग गर्न पाइने छैन ।
६. झण्डा प्रयोग गर्न पाउने पानी जहाजको कर्तव्य : नेपाल *.......... को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने नेपाली पानी जहाजको देहायको कर्तव्य हुनेछ :–
(क) सो झण्डा भक्ति र सम्मानपूर्वक प्रयोग गर्नु ,
(ख) सो झण्डा अन्तर्राष्ट्रिय कानून बमोजिम आवश्यकतानुसार प्रयोग गर्नु , र
(ग) समुद्र, क्षेत्रीय समुद्र वा बन्दरगाहमा रहँदा अन्तर्राष्ट्रिय कानूनको पालना गर्नु ।
७. झण्डा प्रयोग गर्न पाउने अधिकारको प्रमाणपत्र : नेपाली पानी जहाजलाई नेपाल पानी जहाज कार्यालयले प्रदान गरेको पानी जहाज दर्ताको प्रमाणपत्र वा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र नै सो पानी जहाजले नेपाल *........को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने अधिकारको प्रमाणपत्र हुनेछ ।
८. झण्डा प्रयोग गर्न नपाउने : (१) नेपाल पानी जहाज कार्यालयबाट पानी जहाज दर्ताको प्रमाणपत्र वा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र नपाएको कुनै पानी जहाजले नेपाल *......को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने छैन र नेपाल कानूनको सुरक्षाको सुविधा पाउने छैन ।
(२) विदेशी राज्यमा दर्ता भएको वा गैर नेपाली पानी जहाजलाई नेपाल *......को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार दिइने छैन ।
९. दण्ड सजाय : (१) दफा ५ को उपदफा (२) वा (३) वा दफा ६ को उल्लंघन गर्ने व्यक्ति वा सङ्गठित संस्थालाई रु. २०००।– सम्म जरिवाना हुनेछ ।
(२) दफा ८ को उल्लंघन गर्ने व्यक्ति वा सङ्गठित संस्थालाई रु. ८०,०००।– असी हजार रुपैयाँसम्म जरिवाना हुनेछ वा त्यस्तो पानी जहाज नै जफत हुन सक्नेछ वा त्यस्तो कसूर गर्ने जिम्मेवार व्यक्तिलाई ५ वर्षसम्म कैद हुन सक्नेछ ।
१०. मुद्दा हेर्ने : (१) ∇दफा ९ को उपदफा (१) बमोजिमको मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार नेपाल पानी जहाज कार्यालयको रजिष्टार र सोही दफाको उपदफा (२) बमोजिमको मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकारले तोकेको जिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम कारबाही र किनारा गर्दा रजिष्टारले प्रचलित नेपाल कानून बमोजिम जिल्ला अदालतलाई प्राप्त सबै अधिकार प्रयोग गर्ने छ र सो अदालतिको कार्यविधि अपनाउने छ ।
(३) रजिष्ट्रारले आवश्यक सम्झेमा आफैं वा अन्य अधिकृत खटाई नेपाल *........बाहिर पनि आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम रजिष्ट्रारले गरेको निर्णय य उपि चित्त नबुझ्नेले ३५ दिन भित्र नेपाल सरकारले तोकेको जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
११. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ र सो नियमहरु नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू भएको मानिने छ ।
१ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
अनुसूची (दफा ३ को उपदफा (२) सँग सम्बन्धित)
नेपाल *........को व्यापारिक पानी जहाजको झण्डा देहाय बमोजिमको हुनेछ :–
(क) सामुन्द्रिक नीलो रङ्गको आयताकार पृष्ठभूमि जसको लम्बाई चौडाईको डेढी हुनेछ र जसको देब्रेपट्टि माथिल्लो कुनामा राष्ट्रिय झण्डा र पूरा क्षेत्रको दाहिनेपट्टिको आधा भागको मध्यमा रातो लङ्गर अंकित भएको हुनेछ ।
(ख) राष्ट्रिय झण्डा व्यापारिक पानी जहाजको झण्डाको पूरै क्षेत्रको चौडाईको दुई तिहाई र लम्बाईको एक तिहाई भूमिमा अंकित हुनेछ ।
(ग) लङ्गर राष्ट्रिय झण्डाको पीँधबाट खिचिएको काल्पनिक सरल रेखामाथि अवलम्बित हुनेछ ।
(घ) लङ्गरको उचाई अंकित राष्ट्रिय झण्डाको दुई त्रिकोणको बिन्दुहरूको बीचको फासलाको बराबर हुनेछ र त्यसको चौडाई सो फासलाको आधा हुनेछ ।*