ट्रेड यूनियन ऐन, २०४९
लालमोहर र प्रकाशन मिति २०४९।८।११
संशोधन गर्ने ऐन १. ट्रेड यूनियन (पहिलो संशोधन) ऐन, २०५५ २०५५।१२।१७ प्रमाणीकरण र प्रकाशन मिति २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\blacklozenge$ २०६६।१०।०७ ३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०४९ सालको ऐन नं. ३७
$\times$ ...............
ट्रेड युनियनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः $\sigma$ प्रतिष्ठान र प्रतिष्ठानबाहिर विभिन्न उद्योग, व्यापार, व्यावसाय वा सेवामा काम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यावसायिक तथा पेशागत हक हितलाई संरक्षण र संवर्धन गर्नको लागि ट्रेड युनियनको दर्ता, सञ्चालन र तत्सम्बन्धी अन्य आवश्यक व्यवस्था गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा छिकिएको। $\sigma$ पहिलो संशोधनद्वारा संशोधित।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ट्रेड युनियन ऐन, २०४९” रहेको छ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मिति देखि प्रारम्भ हुनेछ। $\diamond$
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “प्रतिष्ठान” भन्नाले “श्रम ऐन, २०७४ को दफा २ को खण्ड (ञ) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ। $\sigma$ (ख) “कामदार” भन्नाले प्रतिष्ठानमा र प्रतिष्ठानबाहिर विभिन्न उद्योग, व्यापार, व्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी, पिसरेट, ठेक्कामा वा त्यस अन्तर्गत काम गर्ने कामदार तथा कृषि श्रमिक सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको व्यवस्थापक तथा प्रबन्धक तह र त्यसको विभाग, शाखा, उपशाखा तथा इकाईको प्रमुख भई काम गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी र स्वरोजगार गर्ने व्यक्तिलाई समेत जनाउँछ। $\star$ (ख१) “कृषि श्रमिक” भन्नाले कृषि क्षेत्रमा ज्याला, बानी गरी जीविकोपार्जन गर्ने व्यक्ति सम्झनु पर्छ। (ग) “व्यवस्थापक” भन्नाले “श्रम ऐन, २०७४ को दफा २ को खण्ड (द) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ। (घ) “ट्रेड युनियन” भन्नाले कामदारहरुको पेशागत हक हितको संरक्षण र संवर्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको ट्रेड युनियन सम्झनु पर्छ र सो शब्दले ट्रेड युनियन संघ तथा ट्रेड युनियन महासंघलाई समेत जनाउँछ।
$\diamond$ यो ऐन मिति २०५०।७।२ देखि प्रारम्भ हुने गरी तोकिएको (नेपाल राजपत्र मिति २०५०।७।२)। $\star\star$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित। $\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $\star$ पहिलो संशोधनद्वारा थप।
(ङ) “प्रतिष्ठानस्तरको ट्रेड यूनियन” भन्नाले दफा ३ बमोजिम दर्ता भएको प्रतिष्ठानस्तरको ट्रेड यूनियन सम्झनु पर्छ। (च) “ट्रेड यूनियन संघ” भन्नाले दफा ४ बमोजिम दर्ता भएको ट्रेड यूनियन संघ सम्झनु पर्छ। (छ) “ट्रेड यूनियन महासंघ” भन्नाले दफा ५ बमोजिम दर्ता भएको ट्रेड यूनियन महासंघ सम्झनु पर्छ। (ज) “अधिकारिक ट्रेड यूनियन” भन्नाले कामदारहरुको हक हितको संरक्षण गर्नको लागि व्यवस्थापकीय सामूहिक सौदाबाजी गर्न दफा ११ बमोजिम मान्यता प्राप्त गरेको प्रतिष्ठान स्तरको ट्रेड यूनियन सम्झनु पर्छ। (झ) “कार्य समिति” भन्नाले ट्रेड यूनियनको विधान बमोजिम गठित कार्य समिति सम्झनु पर्छ। (ञ) “सदस्य” भन्नाले प्रतिष्ठानस्तरको ट्रेड यूनियनको सदस्यता लिएको सम्बन्धित प्रतिष्ठानको कामदार सम्झनु पर्छ। (ट) “पदाधिकारी” भन्नाले कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, महा–सचिव, सचिव र कोषाध्यक्ष सम्झनु पर्छ र सो शब्दले कार्य समितिको सदस्यलाई समेत जनाउँछ। (ठ) “पञ्जिकरण अधिकारी” भन्नाले दफा १४ बमोजिम नियुक्त पञ्जिकरण अधिकारी सम्झनु पर्छ र सो शब्दले पञ्जिकरण अधिकारीको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीलाई समेत जनाउँछ। (ड) “दर्ता किताब” भन्नाले ट्रेड यूनियन दर्ता गर्न दफा १६ बमोजिम खडा गरेको दर्ता किताब सम्झनु पर्छ। (ढ) “श्रम अदालत” भन्नाले श्रम ऐन, २०७४ अन्तर्गतको श्रम अदालत सम्झनु पर्छ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
परिच्छेद–२ ट्रेड युनियनको दर्ता
३. प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ताः (१) सम्बन्धित प्रतिष्ठानका कामदारहरुले आफ्नो पेशागत हक हितको संरक्षण र संवर्धन गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियनहरुको गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले कम्तीमा दश जना सदस्यहरुको हस्ताक्षर गराई सो ट्रेड युनियनको विधान र तोकिएको दस्तुर संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकरण अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर पञ्जिकरण अधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड युनियन दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रतिष्ठानको कम्तीमा पच्चीस प्रतिशत कामदारहरु सदस्य नभएको प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता गरिने छैन।
(५) कुनै पनि कामदार एकै समयमा एकभन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्य हुन सक्ने छैन।
४. ट्रेड युनियन संघको दर्ताः (१) कम्तीमा पचास वटा प्रतिष्ठानस्तरको ट्रेड युनियनहरुले वा *प्रत्येक जिल्लाबाट एक सय जना पर्ने गरी कम्तीमा बीस जिल्लाका पाँच हजार कृषि श्रमिकले
वा एकै प्रकृतिको प्रतिष्ठानका कम्तीमा पाँचहजार कामदारहरुले आपसमा सम्झौता गरी ट्रेड युनियन संघ गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग, व्यापार व्यवसाय वा सेवाका काम गर्ने कम्तीमा पाँचसय जना कामदार वा स्वरोजगारहरुले पनि आपसमा सम्झौता गरी ट्रेड युनियन संघ गठन गर्न सक्नेछन्।
(३) उपदफा (१) वा (२) बमोजिम गठित ट्रेड युनियन संघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले त्यस्तो ट्रेड युनियनहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपि, ट्रेड युनियन संघको विधान र तोकिएको दस्तुर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकरण अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम परेको दरखास्त उपर पञ्जिकरण अधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड युनियन संघ दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि प्रतिष्ठानस्तरको ट्रेड युनियन एकै समयमा एक भन्दा बढी ट्रेड युनियन संघको सदस्य हुन सक्ने छैन र कुनै एउटा ट्रेड युनियन संघमा एउटै प्रतिष्ठानका एक भन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड युनियन सदस्य हुन पाउने छैन।
(६) उपदफा (४) बमोजिम ट्रेड युनियन संघ दर्ता भएपछि त्यस्तो ट्रेड युनियन संघको सदस्य संख्या दश प्रतिशतसम्म कम हुन गएमा पनि त्यस्तो ट्रेड युनियन संघको दर्ता एक वर्षसम्म कायम रहनेछ।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $\star$ पहिलो संशोधनद्वारा थप।
५. ट्रेड युनियन महासंघको दर्ता: (१) कम्पनीमा दश वटा ट्रेड युनियन संघहरुले आपसमा सम्झौता गरी ट्रेड युनियन महासंघ गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित ट्रेड युनियन महासंघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले ट्रेड युनियन संघहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपि, ट्रेड युनियन महासंघको विधान र तोकिएको दस्तुर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकरण अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर पञ्जिकरण अधिकारीले दर्ताको लागि रीति पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड युनियन महासंघ दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि ट्रेड युनियन संघ एकै समयमा एक भन्दा बढी ट्रेड युनियन महासंघको सदस्य हुन सक्ने छैन।
(५) उपदफा (३) बमोजिम ट्रेड युनियन महासंघ दर्ता भएपछि त्यस्तो ट्रेड युनियन महासंघको सदस्य संख्या दश प्रतिशत सम्म कम हुन गएमा पनि त्यस्तो ट्रेड युनियन महासंघको दर्ता एक वर्षसम्म कायम रहनेछ।
६. थप विवरण माग्न सक्ने: (१) पञ्जिकरण अधिकारीले ट्रेड युनियनको दर्ताको सम्बन्धमा थप विवरण आवश्यक देखेमा ट्रेड युनियन दर्ताको लागि दरखास्त परेको मितिले सात दिनभित्र आवश्यक देखिएको विवरण माग्न सक्नेछ।
(२) दफा ३, ४, र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम मागिएको विवरणहरु प्राप्त नभएसम्म कुनै पनि ट्रेड युनियन दर्ता हुने छैन।
७. दर्ता गर्न इन्कार गर्न सकिने: पञ्जिकरण अधिकारीले देहायका अवस्थामा ट्रेड युनियन दर्ता गर्न इन्कार गर्न सक्नेछ:–
(क) दरखास्तसाथ आवश्यक विवरणहरु संलग्न नभएमा,
(ख) सम्बन्धित प्रतिष्ठानको कम्तीमा २५ प्रतिशत कामदार सदस्य नभएको प्रतिष्ठानस्तरको ट्रेड यूनियन भएमा,
(ग) ट्रेड यूनियनको नाम दर्ता गर्दा पहिले दर्ता भएको कुनै ट्रेड यूनियनको नामसँग मिल्ने भएमा,
(घ) ट्रेड यूनियनको विधानमा दफा १० मा लेखिएको विवरणहरु समावेश नगरिएको भएमा।
*७क. ट्रेड यूनियनको नवीकरण: (१) प्रतिष्ठान स्तरको ट्रेड यूनियन प्रत्येक दुई वर्षमा र ट्रेड यूनियन संघ तथा ट्रेड यूनियन महासंघ प्रत्येक चार वर्षमा नवीकरण गर्नु पर्नेछ।
(२) ट्रेड यूनियनको नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
परिच्छेद–३ ट्रेड यूनियनको सञ्चालन, व्यवस्था र मान्यता
८. स्वाशसति र संगठित संस्था हुने: (१) ट्रेड यूनियन अविच्छिन्न उत्तराधिकारवाला स्वाशसति र संगठित संस्था हुन्छन्।
(२) ट्रेड यूनियनको काम कारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ।
(३) ट्रेड यूनियनले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न बेचबिखन गर्न वा अन्य कसिम्ले व्यवस्था गर्न सक्नेछ।
(४) ट्रेड यूनियनले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र ट्रेड यूनियन उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ।
९. उद्देश्य: (१) ट्रेड यूनियनको उद्देश्य देहाय बमोजिम हुनेछ–
(क) कामदारहरुको कामको अवस्थामा सुधार गरी तिनिहरुको आर्थिक र सामाजिक समुन्नतिको लागि कार्यरत रहने,
(ख) कामदार र व्यवस्थापक बीच राम्रो सम्बन्ध राख्न प्रयत्न गर्ने,
(ग) प्रतिष्ठानको उत्पादकत्वमा वृद्धि गरी प्रतिष्ठानको विकास गर्नमा सघाउ पुऱ्याउने,
(घ) कामदारहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन प्रयत्नशील रहने ।
(२) उपदफा (१) मा लेखिएका उद्देश्यहरुका अतिरिक्त ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको उद्देश्य देहाय बमोजिम हुन्छ :–
(क) कामदारहरुलाई शिक्षा दिने सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गर्ने,
(ख) कामदारहरुको हितको निमित्त अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्पर्क कायम राख्ने,
(ग) श्रम नीति तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने,
(घ) कामदारहरुको सामाजिक एवं आर्थिक स्तरको विकास गर्न आवश्यक कार्यशाला, गोष्ठी, सेमिनार आदि सञ्चालन गरी कामदारहरुलाई उपयोगी हुने तथ्यहरु प्रकाशन गर्ने,
(ङ) कामदारहरुको हक हितको संरक्षण र संवर्धन गर्ने सम्बन्धमा नेपाल सरकारसँग वार्ता गर्ने र प्रचलित कानूनको अधिनमा रही अन्य आवश्यक उपायहरु अपनाउने।
९क. ट्रेड युनियनको काम, कर्तव्य र अधिकारः ट्रेड युनियनको आफ्नो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड युनियनको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छन्ः–
(क) दफा ९ को उपदफा (१) बमोजिमको ट्रेड युनियनको उद्देश्य प्राप्तिको लागि आवश्यक काम कारबाही तथा कार्यक्रमहरुको सञ्चालन गर्ने गराउने,
(ख) प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा आफ्ना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) प्रतिष्ठान स्तरको आधिकारिक ट्रेड युनियनको निर्णयहरु प्रतिष्ठानको कामदारहरुलाई पालना गर्न लगाउने।
९ख. ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको काम, कर्तव्य र अधिकारः ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको आफ्नो विधानमा उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) दफा ९ को उपदफा (२) बमोजिमको ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको उद्देश्य प्राप्तिको लागि आवश्यक काम, कारबाही तथा कार्यक्रमहरुको सञ्चालन गर्ने गराउने,
(ख) ट्रेड युनियन संघ तथा ट्रेड युनियन महासंघको निर्वाचनमा आफ्ना सदस्यहरुलाई भाग लिन लगाउने,
(ग) ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको निर्णयहरु आफ्ना सदस्यहरुलाई पालना गर्न लगाउने,
(घ) महत्वपूर्ण र राष्ट्रिय स्तरका श्रम विवाद सम्बन्धी नीतिगत विषयहरुमा सम्पूर्ण कामदारहरुको प्रतिनिधित्व गर्दै नेपाल सरकार, विभिन्न प्रकारका व्यावसायिक संघ तथा महासंघ तथा प्रतिष्ठानहरुसँग वार्ता गरी श्रम विवाद सुल्झाउन आवश्यक उपायको अवलम्बन गर्ने,
(ङ) प्रतिष्ठान स्तरको ट्रेड युनियनको तर्फबाट सम्बन्धित प्रतिष्ठान तथा व्यवस्थापकहरुसँग वार्ता गर्ने,
(च) कामदारहरुको हित तथा कल्याणको लागि विभिन्न प्रकारका कोषको स्थापना तथा सञ्चालन गर्ने,
(छ) कामदार तथा ट्रेड युनियन प्रति गरिएको उत्पीडनका तथ्यहरु सार्वजनिक गराउने र त्यसको लागि सम्बन्धित प्रतिष्ठानलाई आवश्यकतानुसार सचेत गराउने।
१०. विधानः (१) ट्रेड युनियनको विधानमा देहायका विवरणहरु समावेश गरिएको हुनु पर्नेछः–
(क) ट्रेड युनियनको नाम र ठेगाना, (ख) ट्रेड युनियन स्थापना गर्नुको उद्देश्य, (ग) कार्य समितिको गठन विधि र कार्य अवधि बढीमा चार वर्ष हुने, (घ) साधारण सदस्यता, पदाधिकारीहरुको संख्या र तिनिहरुको निर्वाचन प्रकृया, (ङ) एक वर्ष अविच्छिन्न सेवा गरेको र नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था, (च) ट्रेड युनियनको कोष र त्यसको लेखा परीक्षण सम्बन्धी व्यवस्था, (छ) ट्रेड युनियनको हिसाब किताबको जाँचबुझ तथा निरीक्षण सम्बन्धी व्यवस्था, (ज) पदाधिकारीहरुको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था, (झ) ट्रेड युनियनको साधारण सभा र कार्य समितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था, (ञ) ट्रेड युनियनको विधान संशोधन प्रकृया, (ट) ट्रेड युनियन विघटन सम्बन्धी व्यवस्था, (ठ) ट्रेड युनियन विघटन भएपछि ट्रेड युनियनको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था।
(२) ट्रेड युनियनको विधानमा कुनै किसिमको संशोधन गरिएमा त्यसरी संशोधन गरिएको पैंतीस दिनभित्र सम्बन्धित ट्रेड युनियनले त्यस्तो संशोधनको प्रति संलग्न राखी सो
कुराको जानकारी पञ्जिकरणधकारीलाई दिनु पर्नेछ र निज पञ्जिकरणधकारीबाट सो को स्वीकृति समेत लिनु पर्नेछ।
११. आधिकारिक ट्रेड युनियनको मान्यताः (१) आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सम्बन्धित प्रतिष्ठानको कामदारहरुको बहुमत प्राप्त गर्ने प्रतिष्ठानस्तरको ट्रेड युनियन कामदारहरुको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्न मान्यता प्राप्त आधिकारिक ट्रेड युनियन मानिनेछ।
(१क) कुनै प्रतिष्ठानमा एउटा मात्र ट्रेड युनियन दर्ता भएकोमा सो भएको मितिले तीन महिनाभित्र अर्को ट्रेड युनियन दर्ता नभएमा पहिले दर्ता भएको ट्रेड युनियनलाई नै आधिकारिक ट्रेड युनियनको रुपमा मान्यता दिइनेछ।
(१ख) उपदफा (१क) बमोजिमको तीन महिनाको समयावधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिदेखि गणना गरिनेछ।
(२) उपदफा (१) वा (१क) बमोजिम मान्यता प्राप्त आधिकारिक ट्रेड युनियनले त्यसरी मान्यता प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सो कुराको लिखित सूचना पञ्जिकरणधकारी र व्यवस्थापकलाई दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको मितिले पन्ध्र दिनभित्र पञ्जिकरणधकारीले तोकिए बमोजिम आधिकारिक ट्रेड युनियनको प्रमाणपत्र दिनु पर्नेछ।
(४) आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
१२. माग दाबी प्रस्तुत गर्नेः (१) श्रम ऐन, २०४८ को दफा ७४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि आधिकारिक ट्रेड युनियनको कार्य समितिले कामदारहरुको तर्फबाट
सामूहिक सौदाबाजी गर्न तोकिएको संख्यामा आफ्ना प्रतिनिधिहरुको नाम खुलाई लिखित रुपमा व्यवस्थापक समक्ष माग दाबी प्रस्तुत गर्न सकिनेछ।
(२) श्रम ऐन, २०४८ को दफा ७६ मा लेखिएको प्रक्रिया पूरा नगरी आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानमा हडताल गर्ने वा त्यसलाई सघाउ पुर्याउने किसिमका कुनै पनि काम गर्न हुँदैन।
१३. आधिकारिक ट्रेड युनियनको मान्यताबधि: दफा ११ बमोजिम मान्यता प्राप्त गरेको आधिकारिक ट्रेड युनियनले कामदारहरुको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदाबाजी गर्न पाउने अवधि सोही दफाको उपदफा (३) बमोजिम पञ्जिकरणकारीले प्रमाणपत्र दिएको मितिबाट दुई वर्षसम्मको लागि कायम रहनेछ।
*तर त्यस्तो आधिकारिक ट्रेड युनियनको दस्तुर खारेज भएमा वा त्यस्तो ट्रेड युनियन विघटन भएमा त्यसरी विघटित भएको मितिले तीन महिनाभित्र अर्को आधिकारिक ट्रेड युनियनको निर्वाचन गराई सक्नु पर्नेछ।
परिच्छेद–४ पञ्जिकरणकारीको नियुक्ति र काम कर्तव्य तथा अधिकार
१४. पञ्जिकरणकारीको नियुक्ति: (१) यस ऐन बमोजिम ट्रेड युनियन दर्ता गर्नको लागि नेपाल सरकारले आवश्यकतानुसार पञ्जिकरणकारीहरुको नियुक्ति गर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकतानुसार अन्य कुनै अधिकारीलाई समेत पञ्जिकरणकारीको अधिकार प्रयोग गर्न पाउने गरी तोक्न सक्नेछ।
१५. पञ्जिकरणकारीको काम, कर्तव्य र अधिकार: पञ्जिकरणकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ–
(क) ट्रेड युनियन दर्ता गर्ने,
(ख) दर्ता भएको ट्रेड युनियनको विवरण तथा तसम्बन्धी अन्य लगतहरू दर्ता किताब खडा गरी अद्यावधिक रुपमा राख्ने,
(ग) ट्रेड युनियन दर्ता गर्ने सम्बन्धमा आवश्यक देखिएका थप विवरणहरू समेत माग्ने,
(घ) यस ऐन बमोजिम ट्रेड युनियनले पेश गर्नुपर्ने विवरण, प्रतिवेदन वा अन्य कागजपत्र पेश नगरेमा वा झुट्टा पेश गरेमा आवश्यक कारवाही चलाउने,
(ङ) आधिकारिक ट्रेड युनियन निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्ने।
१६. दर्ता किताब: ट्रेड युनियनको विवरण, लगत इत्यादि अद्यावधिक रुपमा राख्न पञ्जीकरण अधिकारीले छुट्टै दर्ता किताब खडा गर्नुपर्नेछ।
परिच्छेद–५ कोष र लेखापरीक्षण
१७. कोष: (१) ट्रेड युनियनको आफ्नो छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्:–
(क) सदस्यता शुल्कबाट प्राप्त रकम,
(ख) राष्ट्रिय संघ संस्थाबाट सहयोग वा अनुदान स्वरूप प्राप्त रकम,
(ग) अन्य कुनै स्रोतबाट प्राप्त रकम।
(२) ट्रेड युनियनको नामबाट गरिने सबै खर्च कोषबाट व्यहोरिनेछ।
(३) उपदफा (१) बमोजिमको कोषमा रहने रकमहरू नेपाल $\times$............. भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
१८. लेखा र लेखापरीक्षण: (१) ट्रेड युनियनको लेखा विधानमा उल्लेख भए बमोजिम राख्नु पर्नेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
(२) ट्रेड युनियनको साधारण सभाले नियुक्त गरेको लेखापरीक्षकद्वारा उपदफा (१) बमोजिम राखिएको लेखाको लेखा परीक्षण हुनेछ।
परिच्छेद–६ विविध
१९. ट्रेड युनियनको सम्मिलन: $\sigma$(१) दुई वा दुईभन्दा बढी ट्रेड युनियनहरु एउटै ट्रेड युनियनमा सम्मिल्न हुन चाहेमा त्यसरी सम्मिल्न हुन चाहे प्रत्येक ट्रेड युनियनको साधारण सभाको बहुमतले सम्मिल्न हुने पक्षमा मतदान गरेमा त्यस्ता ट्रेड युनियनहरुले आपसमा सम्झौता गरी नयाँ ट्रेड युनियन गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित नयाँ $\rho$............ ट्रेड युनियन दर्ता गराउनुको लागि कार्य समितिले तोकेको पदाधिकारीले सम्मिल्न भएका ट्रेड युनियनहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपी, त्यस्तो ट्रेड युनियनको विधान र तोकिएको दस्तुर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकरण अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ।
२०. नाम परिवर्तनको सूचना: कुनै ट्रेड युनियनले आफ्नो नाम परिवर्तन गरेमा त्यसरी नाम परिवर्तन गरिएको पैंतीस दिनभित्र त्यसको सूचना पञ्जिकरण अधिकारीलाई दिनु पर्नेछ।
२१. नाम परिवर्तन, सम्मिल्न वा विलय भएमा त्यसको असर: (१) कुनै ट्रेड युनियनको नाम परिवर्तन भएको कारणबाट मात्र त्यस्तो ट्रेड युनियनले प्राप्त गर्ने अधिकार वा पूरा गर्नु पर्ने दायित्वमा कुनै असर परेको मानिने छैन।
(२) दुई वा दुई भन्दा बढी ट्रेड युनियनहरुको एउटै ट्रेड युनियनमा सम्मिल्न भएमा वा एउटा ट्रेड युनियन अर्को ट्रेड युनियनमा विलय भएमा त्यस्तो ट्रेड युनियनले पूरा गर्नु पर्ने दायित्वमा कुनै असर पर्ने छैन।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $\rho$ पहिलो संशोधनद्वारा खारेज गरिएको।
२२. करार सम्बन्धी दायित्व पूरा गर्ने पर्नेः (१) ट्रेड यूनियन आफैले गरेको वा ट्रेड यूनियन्को तर्फबाट अधिकार प्राप्त पदाधिकारीले गरेको करारको दायित्व त्यस्तो ट्रेड यूनियन र ट्रेड यूनियन्सँग करार गर्ने पक्षले पूरा गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम ट्रेड यूनियन र प्रतिष्ठान वा व्यवस्थापक बीच भएको करारको सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा विवाद उत्पन्न भएको वा मुद्दा गर्नु पर्ने कारण भएको मितिले तीन महिनाभित्र श्रम अदालतमा मुद्दा दायर गर्नु पर्नेछ।
२३. मुद्दा नचलाइनेः अधिकारिक ट्रेड यूनियन वा त्यस्तो ट्रेड यूनियन्को पदाधिकारीले यो ऐन वा "श्रम ऐन, २०७४ को प्रक्रिया पूरा गरी सामूहिक सौदाबाजी गर्ने सन्दर्भमा कुनै कार्य गर्दा प्रतिष्ठानलाई कुनै असर परेको रहेछ भने पनि त्यस कुरालाई लिएर त्यस्तो ट्रेड यूनियन वा पदाधिकारीको विरुद्धमा कुनै पनि अदालतमा मुद्दा चलाइने छैन।
२३क. सरुवा बढुवा नगरिनेः प्रतिष्ठान स्तरका ट्रेड यूनियन्का कार्य समितिका पदाधिकारीहरुलाई विशेष परिस्थितिमा बाहेक उनीहरुको सहमति बिना सरुवा वा बढुवा गरिने छैन।
२४. वार्षिक विवरण पेश गर्नु पर्नेः (१) ट्रेड यूनियन्ले आफ्नो हिसाब किताबको लेखापरीक्षण गराई सम्पूर्ण सम्पत्ति, ऋण र दायित्व समेत स्पष्ट देखिने गरी प्रत्येक वर्षको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र पञ्जिकरणधकारी समक्ष पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको वार्षिक विवरणमा ट्रेड यूनियन्को शुल्क तिर्ने सदस्यहरुको कूल संख्या र फेरबदल भएका पदाधिकारीहरुको विवरण समेत समावेश गरेको हुनु पर्नेछ।
२५. दर्ता खारेज हुनेः (१) पञ्जिकरणधकारीले यस ऐन बमोजिम दर्ता गरिएको ट्रेड यूनियन्को दर्ता देहायका अवस्थामा खारेज गर्नुपर्नेछः–
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित । $\star$ पहिलो संशोधनद्वारा थप। $\cdot\cdot$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
(क) ट्रेड युनियनले दर्ता खारेज गर्नको लागि पञ्जिकरण अधिकारी समक्ष दरखास्त दिएमा,
(ख) ट्रेड युनियनको दर्ता भूल वा जालसाजीबाट हुन गएको कुरा प्रमाणित भएमा,
(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको विपरीत हुने गरी काम कारवाही गरेमा।
$\sigma$ (२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको अवस्था परी कुनै ट्रेड युनियनको दर्ता खारेज गर्न परेमा सम्बन्धित पञ्जिकरण अधिकारीले सम्बन्धित ट्रेड युनियनलाई त्यसरी ट्रेड युनियन खारेज गर्नु पर्ने कारण खुलाई स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना दिनु पर्नेछ।
$*$ (३) उपदफा (२) बमोजिमको अवधिनिर सम्बन्धित ट्रेड युनियनले स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक तथा कानूनसम्मत नभएमा पञ्जिकरण अधिकारीले त्यस्तो ट्रेड युनियनको दर्ता खारेज गर्न सक्नेछ।
२६. ट्रेड युनियन संघ र महासंघका पदाधिकारीः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघले आफ्ना कार्य समितिका पदाधिकारीहरुको कूल संख्याको क्रमशः: दश र पच्चीस प्रतिशतमा नबढ्ने गरी कामदारहरुको हक र हितको संरक्षण र संवर्धन गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई ट्रेड युनियन संघ र ट्रेड युनियन महासंघको पदाधिकारीमा राख्न सक्नेछ।
$*$ २६क. ट्रेड युनियनको प्रतिनिधित्वः नेपाल सरकारले ट्रेड युनियनको तर्फबाट प्रतिनिधि मनोनयन गर्दा वा ट्रेड युनियनबाट प्रतिनिधित्व गराउँदा विषयवस्तुसँग सम्बन्धित ट्रेड युनियनहरु एकभन्दा बढी भएमा त्यस्तो ट्रेड युनियनबाट समानुपातिक रुपमा वा आलोपालो गरी मनोनयन वा प्रतिनिधित्व गराउनेछ।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $*$ पहिलो संशोधनद्वारा थप।
२७. ट्रेड यूनियन विघटनको सूचना दिनु पर्नेः (१) कुनै ट्रेड यूनियनको विधान बमोजिम विघटन गर्नु पर्दा त्यसको कारण खुलाई सम्बन्धित पदाधिकारीले पञ्जिकरणकारीलाई सूचना दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम विघटनको सूचना प्राप्त भएपछि पञ्जिकरणकारीले त्यस्तो विघटन विधान बमोजिम भए नभएको कुराको जाँचबुझ गरी विधान बमोजिम विघटन भएकोमा मात्र त्यस्तो सूचना दर्ता गर्नुपर्नेछ र त्यसरी सूचना दर्ता भएपछि मात्र त्यस्तो ट्रेड यूनियन विघटन भएको मानिनेछ।
२७क. मुद्दा दायर गर्ने हदम्यादः यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत भएको कुनै काम कारबाहीको सम्बन्धमा कुनै व्यक्ति उपर मुद्दा चलाउनु परेमा सो काम भए गरेको मितिले वा मुद्दा चलाउनु पर्ने कारण भएको मितिले तीन महिनाभित्र मुद्दा दायर गरिसक्नु पर्नेछ।
२८. दण्ड सजायः (१) कुनै पदाधिकारी, सदस्य वा ट्रेड यूनियनको कुनै कर्मचारीले ट्रेड यूनियनको वा त्यस्तो ट्रेड यूनियनबाट सञ्चालित कोष तथा कार्यक्रमको सम्पत्ति हिलामिना गरेमा वा त्यस्तो सम्पत्तिमा कुनै किसिमको हानी नोक्सानी गरेमा श्रम अदालतले त्यस्तो पदाधिकारी, सदस्य वा कर्मचारीबाट त्यसरी हिलामिना वा हानी नोक्सानी भएको रकम बराबरको रकम भराउने आदेश दिई पाँचहजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम ट्रेड यूनियनको तर्फबाट पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना वा अन्य कागजपत्र पेश नगरेमा वा झुट्टा बनाई पेश गरेमा पञ्जिकरणकारीले सम्बन्धित पदाधिकारीलाई पाँचसय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
२९. पुनरावेदनः (१) यो ऐन बमोजिम श्रम अदालतले शुरु कारबाही र किनारा गरेको मुद्दामा उच्च अदालतमा पुनरावेदन लाग्नेछ।
(२) यो ऐन बमोजिम पञ्जिकाधिकारीले गरेको आदेश उपर श्रम अदालतमा पुनरावेदन लाग्नेछ।
(३) श्रम अदालतले शुरु कारवाही र किनारा गरेको वा पञ्जिकाधिकारीले आदेश गरेको मितिले पैंतीस दिनभित्र पुनरावेदन गरी सक्नु पर्नेछ।
३०. नेपाल सरकारको विशेषाधिकारः यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत गठित ट्रेड युनियन वा ट्रेड युनियन संघ वा ट्रेड युनियन महासंघको काम कारवाहीबाट असाधारण परिस्थिति सिर्जना भई देशको शान्ति सुरक्षामा खलल पर्न सक्ने देखिएमा वा देशको आर्थिक हितको प्रतिकूल हुने भएमा त्यस्ता काम कारवाहीमा रोक लगाउन नेपाल सरकारले आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ।
३१. नियम बनाउन सक्नेः यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।
द्रष्टव्यः (१) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः– "श्री ५ सरकार” को सट्टा “नेपाल सरकार”। (२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरुः– "पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत”।*