विवाह दर्ता नियमावली, २०२८ नेपाल राजपत्रमा प्रकाशित मिति २०२८।८।१७
विवाह दर्ता ऐन, २०२८ को दफा १६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यी नियमहरूको नाम “विवाह दर्ता नियमावली २०२८” रहेको छ। (२) यो नियमावली सम्बत् २०२८ साल पौष १ गते देखि प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– “ऐन” भन्नाले विवाह दर्ता ऐन, २०२८ सम्झनु पर्छ।
परिच्छेद-२ दर्ताद्वारा विवाह
३. विवाहको दरखास्तः (१) ऐन बमोजिम दर्ताद्वारा विवाह गर्न चाहने पुरुष र स्त्रीले ऐनमा तोकिएको अवधि भित्र अनुसूची-१ को ढाँचामा संयुक्त रूपमा दरखास्त लेखी सही गरी विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ। (२) उपनियम (१) बमोजिम दरखास्त पेश भएपछि विवाह अधिकारीले अनुसूची २ मा तोकिएको ढाँचाको विवाह दरखास्त किताबमा सो दरखास्त दर्ता गरी राख्नु पर्छ। (३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरेपछि विवाह अधिकारीले सो प्रस्तावित विवाह प्रचलित नेपाल कानुन विपरीत हुने देखि विवाह गराउन इन्कार गरेमा कुन कारणले प्रचलित नेपाल कानुनको विपरीत हुने हो इन्कार गराएको कारण खुलाई दरखास्त दर्ता भएको सात दिन भित्र दरखास्त गर्ने पक्षहरूलाई लिखित सूचना दिनु पर्छ।
संशोधन २०७५ भदौ १ गतेबाट लागू भएको केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा खारेज गरिएको।
४. उद्घोषणपत्रः ऐनको दफा ८ बमोजिम विवाहका पक्षहरूले परस्पर पति र पत्नीको रूपमा बरन र ग्रहण गरेको कुराको अनुसूची ३ मा तोकिएको ढाँचाको उद्घोषणपत्रमा सहीछाप गरी विवाह अधिकारीलाई दिनु पर्छ ।
५. विवाह दर्ताः नियम ४ बमोजिम उद्घोषणपत्रमा सही भएपछि विवाह अधिकारीले अनुसूची ४ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह दर्ता गर्नु पर्छ।
६. विवाहको प्रमाणपत्रः नियम ५ बमोजिम विवाह दर्ता भएपछि विवाह अधिकारीले विवाहका पक्षहरूलाई अनुसूची ५ मा तोकिएको ढाँचाको विवाहको प्रमाणपत्र दिनु पर्छ।
परिच्छेद-३ अरू विवाहको दर्ता
७. अरू विवाह दर्ता गर्न दरखास्तः (१) ऐन बमोजिम कुनै दम्पतीले आफ्नो धर्म, जाति वा कुलको रीति नियम परम्परा वा चलन व्यवहार अनुसार भएको विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्न चाहेमा अनुसूची ६ मा तोकिएको ढाँचामा दरखास्त लेखी विवाह अधिकारी समक्ष पेश गर्नु पर्छ। (२) उपनियम (१) बमोजिम दरखास्त परेपछि विवाह अधिकारीले सो दरखास्त अनुसूची ७ मा तोकिएको ढाँचाको विवाह दर्ता दरखास्त किताबमा दर्ता गरी राख्नु पर्छ। (३) उपनियम (२) बमोजिम दरखास्त दर्ता गरेपछि विवाह अधिकारीले निजहरूका बीच भएको विवाह वा वैवाहिक सम्बन्ध प्रचलित नेपाल कानुनको विपरीत भएको देखी दर्ता गर्न इन्कार गरेमा बाहेक अरू अवस्थामा अनुसूची ८ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह वा वैवाहिक सम्बन्ध दर्ता गर्नु पर्छ। (४) उपनियम (३) बमोजिम दर्ता गरेपछि विवाह अधिकारीले सो दम्पतीलाई अनुसूची ९ मा तोकिएको ढाँचामा विवाहको प्रमाणपत्र दिनु पर्छ।
परिच्छेद-४ विविध
८. सुरक्षित राख्ने: यो नियमावली बमोजिमको विवाह दरखास्त, दर्ता किताब, विवाह दर्ता किताब र सो सम्बन्धी सबै कागजातहरू सुरक्षित राख्नु विवाह अधिकारीको कर्तव्य हुनेछ।
९. नकल दिने: विवाह दर्ता गर्ने बारेको दरखास्त, विवाह प्रमाणपत्र र सम्बन्धित अन्य कागजातको नकल कसैले लिन चाहेमा विवाह अधिकारीले देहायका कागजातको देहाय बमोजिम दस्तुर लिई रितुपूर्वकको नकल सात दिन भित्र दिनु पर्नेछ। (१) विवाहको प्रमाणपत्रको पाँच रुपैयाँ। (२) प्रमाणपत्र बाहेक अन्य कागजातहरूको प्रत्येक प्रतिको एक रुपैयाँ।
द्रष्टव्यः- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची-१ (नियम ३(१) सँग सम्बन्धित) विवाह गर्ने दरखास्त
श्री विवाह अधिकारी, ..................................
महोदय, हामी देहायकाले विवाह दर्ता ऐन, २०२८ बमोजिम दर्ताद्वारा परस्परमा विवाह गर्न इच्छुक भएको हुँदा यो दरखास्त पेश गरेका छौं। हामीहरूको बीच विवाह भएमा प्रचलित नेपाल कानुन र ऐनको दफा दफा ४ को विपरीत हुने छैन। ऐन बमोजिम हाम्रो विवाह दर्ता होस्। हामीले तपसील बमोजिम भरेको विवरण पछि झुठ्ठा ठहरिए कानुन बमोजिम सहौला बुझाउँला।
................................. १. (पुरुषको हस्ताक्षर) $\quad$ रेखात्मक सही $\begin{array}{|c|c|} \hline \text{दा} & \text{बा} \ \hline \end{array}$
................................. २. (स्त्रीको हस्ताक्षर) $\quad$ रेखात्मक सही $\begin{array}{|c|c|} \hline \text{दा} & \text{बा} \ \hline \end{array}$
मिति:- ............ .......... .......
अनुसूची-२ (नियम ३(२) सँग सम्बन्धित) विवाह दरखास्त किताब सम्बत् .... .. साल
................................. १. (पुरुषको हस्ताक्षर) रेखात्मक सही दा बा
......................... २. (स्त्रीको हस्ताक्षर) रेखात्मक सही दा बा
विवाह अधिकारीको हस्ताक्षर ............................. कार्यालयको छाप मिति:- ......... .......
अनुसूची-३ (नियम ४ सँग सम्बन्धित) उद्घोषणपत्र
म .................... तपाइँ/तिमी ................... लाई मेरो/मेरी कानुन बमोजिम पति/पत्नीको रूपमा वरण/ग्रहण गर्दछु।
१. पुरुषको हस्ताक्षर दा. बा. २. स्त्रीको हस्ताक्षर दा. बा.
माथि उल्लिखित पुरुष र स्त्रीले हामीहरूको सामुन्नेमा एकले अर्कालाई उपरोक्त बमोजिम सम्बोधन गरी पति र पत्नीको अरूपमा वरण तथा ग्रहण गरेको ठीक साँचो हो। साक्षीहरूको नाम, थर, बतन र सही (क) ........................................ (ख) ........................................ (ग) ........................................
विवाह अधिकारीको हस्ताक्षर .... मिति:- ....................
कार्यालयको छाप
अनुसूची-४ (नियम ५ सँग सम्बन्धित) विवाह दर्ता किताब
१. (पुरुषको हस्ताक्षर) ............................. रेखात्मक सही दा बा २. (स्त्रीको हस्ताक्षर) ............................. रेखात्मक सही दा बा
साक्षीहरूको सही (क) ............. (ख) ............. (ग) .............
विवाह अधिकारीको हस्ताक्षर .................... मिति:- ......... ....... कार्यालयको छाप
अनुसूची-५ (नियम ६ सँग सम्बन्धित) विवाहको प्रमाणपत्र
श्री .................................... को नाती श्री .................................... को छोरा .................................... बस्ने वर्ष .................... को श्री .................... र श्री .................................... को नातिनी श्री .................................... को छोरी .................................... बस्ने वर्ष .................... की श्री .................................... ले मिति .................... मा यस कार्यालयमा आई विवाह दर्ता ऐन, २०२८ बमोजिम एक्ले अकोलै पति पत्नीको अरूपमा वरण तथा ग्रहण गरी विवाह गरेकोले निजहरूको बीच ऐन बमोजिम दर्ता भएको विवाहको श्री। श्रीमती .................... लाई यो प्रमाणपत्र प्रदान गरिएको छ।
विवाह अधिकारीको हस्ताक्षर .................... मिति:- ....................
कार्यालयको छाप
अनुसूची-६ (नियम ७(१) सँग सम्बन्धित) अरू विवाह दर्ताको दरखास्त
श्री विवाह अधिकारी ...........................
महोदय,
हामी देहायका दम्पतिले मिति ......... मा धर्म, जाति वा कुलको रीतिरिथि, परम्परा चलन व्यवहार अनुसार परस्पर विवाह गरी वैवाहिक सम्बन्ध जोडी पति पत्नीको अरूपमा रही आएकोमा यो ऐन बमोजिम विवाह/वैवाहिक सम्बन्ध दर्ता गर्न हामी इच्छुक भएकोले दरखास्त पेश गरेका छौं। हामीहरूको बीच भएको विवाह/वैवाहिक सम्बन्ध दर्ता भएमा नेपाल कानुन वा ऐनको दफा ४ को विपरीत हुने छैन। ऐन बमोजिम हाम्रो विवाह/वैवाहिक सम्बन्ध दर्ता होस्। हामीले तपसिल बमोजिम भरेको विवरण पछि झुठ्ठा ठहरे कानुन बमोजिम सहौंला बुझाऔंला।
.......................... १. (पतिको हस्ताक्षर) $\quad$ रेखात्मक सही $\begin{array}{|c|c|} \hline \text{दा} & \text{बा} \ \hline \end{array}$
.......................... २. (पत्नीको हस्ताक्षर) $\quad$ रेखात्मक सही $\begin{array}{|c|c|} \hline \text{दा} & \text{बा} \ \hline \end{array}$
मिति:
अनुसूची-७ (नियम ७(२) सँग सम्बन्धित) अरू विवाह दरखास्त किताब सम्बत् ....... ....... साल
१. (पतिको हस्ताक्षर) .......................... रेखात्मक सही दा | बा
२. (पत्नीको हस्ताक्षर) .......................... रेखात्मक सही दा | बा
विवाह अधिकारीको हस्ताक्षर ...................... मिति:-
कार्यालयको छाप
अनुसूची-८ (नियम ७(३) सँग सम्बन्धित) अरू विवाह दर्ता किताब
............................. १. (पुरुषको हस्ताक्षर)
............................. २. (स्त्रीको हस्ताक्षर)
साक्षीहरूको सही (क) .................... (ख) .................... (ग) ....................
विवाह अधिकारीको हस्ताक्षर .................... मिति:- ....................
कार्यालयको छाप
अनुसूची-९ नियम ७(४) सँग सम्बन्धित) विवाह/वैवाहिक सम्बन्ध दर्ता भएको प्रमाणपत्र
श्री ............ ............ को नाती श्री ............ ............ को छोरा ............ ............ बस्ने वर्ष ............. को श्री ....... ...... र श्री ......... ......... की नातिनी श्री ........... ..... को छोरी ......... .... बस्ने वर्ष .... . ............... की श्रीमती ....... को बीच मिति ...... मा भएको विवाह/वैवाहिक सम्बन्ध विवाह दर्ता ऐन, २०२८ बमोजिम दर्ता भएकोले श्री ......../श्रीमती .... लाई यो प्रमाणपत्र प्रदान गरिएको छ।
विवाह अधिकारीको हस्ताक्षर ......... मिति .........
कार्यालयको छाप