आन्तरिक हुलाक वस्तु (बिमा गर्ने) ऐन, २०१९
लालमोहर र प्रकाशन मिति २०१९।६।५
संशोधन गर्ने ऐन १. नेपाल ऐनहरु संशोधन गर्ने खारिज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ २०१९।१२।३० प्रमाणीकरण र प्रकाशन मिति
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।७
२०१९ सालको ऐन नं. १८
...................
नेपाल ............ भित्र हुलाकद्वारा चलाउन हुने वस्तुहरुको बिमा गर्ने व्यवस्थाको निमित्त बनेको ऐन
प्रस्तावना : नेपाल ............ भित्र हुलाकद्वारा चलाउन हुने वस्तुहरु हराउने वा नोक्सान हुर्ने प्रति बिमा गर्ने र त्यस्ता वस्तुहरु हराएमा वा नोक्सान भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइ सकेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यो ऐनको नाम “आन्तरिक हुलाक वस्तु (बिमा गर्ने) ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल $\times$........... भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “हुलाक वस्तु” भन्नाले पत्र, पोष्ट कार्ड, पत्र–पत्रिका, पुस्तक, नमूना वस्तुको पैकेट, पासिल ि हुलाकद्बाा चलान गर्न सकिने जुनसुकै चीज वा वस्तुलाई समेत जनाउँछ ।
(ख) “हुलाक अड्डा” भन्नाले नेपाल $\times$........... भित्रको एक इलाकाबाट अर्को इलाकामा हुलाक वस्तु हुलाकद्बाा चलान गर्न नेपाल सरकारबाट खडा गरिएको हुलाक अड्डा सम्झनुपर्छ ।
(ग) “हुलाक डाइरेक्टर” भन्नाले नेपाल सरकारको हुलाक विभागको डाइरेक्टर सम्झनुपर्छ ।
(घ) “बिमा” भन्नाले हुलाकद्बाा चलान गरिँदाको अवस्थामा हराउने वा नोक्सान हुने प्रबत गरिने बिमा सम्झनुपर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियमहरुमा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।
३. व्याख्या : यो ऐनको प्रयोजनको निमित्त –
(क) कुनै हुलाक वस्तु हुलाक अड्डामा बुझाइएको समयदेखि सो वस्तु ठेगानावालालाई बुझाइएको वा प्रेषकलाई फिर्ता बुझाइएको वा दफा ७ अन्तर्गत कारबाही गरिएको समयसम्म हुलाकद्बाा चलान गरिँदाको अवस्थामा रहेको मानिनेछ ।
(ख) कुनै किसिमको हुलाक वस्तुलाई कुनै हुलाक अड्डाको सो कामको निमित्त अधिकार पाएको व्यक्तिलाई बुझाएपछि सो वस्तु सो हुलाक अड्डामा बुझाएको मानिनेछ ।
(ग) कुनै हुलाक वस्तुलाई ठेगानावाला वा सो वस्तु बुझिलिने ठेगानावालाबाट अख्तियार पाएको वारिसलाई बुझाएपछि सो वस्तु ठेगानावालालाई बुझाएको मानिनेछ ।
४. हुलाक वस्तुहरुको बिमा : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निम्नलिखित कुराहरुको निर्देश गर्न सक्नेछः–
(क) कुनै हुलाक वस्तुलाई हुलाकद्वारा चलाउन गरिँदाको अवस्थामा हराउने वा नोक्सान हुन हुने प्रबति सो हुलाक वस्तु बुझाउने हुलाक अड्डामा यो ऐनको अरु दफाहरुमा लेखिएका कुराहरुको अधीनमा रही बिमा गराउन सकिनेछ र त्यसको रसीद हुलाक वस्तु बुझाउने व्यक्तिलाई हुलाक अड्डाबाट दिइनेछ, र
(ख) सामान्य हुलाक र रजिष्ट्रीको लागि चाहिने हुलाक टिकट र दस्तुरको अतिरिक्त त्यस्तो हुलाक वस्तुको बिमा दस्तुर बापत सोही सूचनामा तोकिए बमोजिमको दस्तुर लाग्नेछ ।
५. बिमा गरिएका हुलाक वस्तुहरुको सम्बन्धमा दायित्व : तोकिएको शर्त र बन्देजहरुको अधीनमा रही बिमा गरिएको कुनै हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलाउन गरिँदाको अवस्थामा हराएमा वा नोक्सान भएमा जबत रकमको बमोजिम बिमा गराएकोछ सो रकममा नबढाई सो हुलाक वस्तुको प्रेषकलाई क्षतिपूर्ति दिने दिलाउने जवाफदेही नेपाल सरकारको हुनेछ ।
तर कुनै हालतमा पनि हराएको वा नोक्सान भएको वस्तुको वास्तविक मूल्य भन्दा बढी क्षतिपूर्ति दिनुपर्ने छैन ।
६. बिमा गरिएका वस्तुहरु बुझाउन नसकिएमा गर्ने : हुलाकद्वारा चलाउन आएको कुनै बिमा गरिएको हुलाक वस्तुलाई कुनै कारणबाट ठेगानावालालाई बुझाउन नसकिएमा सो वस्तुलाई तोकिएको अवधिसम्म हुलाक अड्डामा राख्नेछ र सो अवधिसम्ममा पनि ठेगानावालालाई बुझाउन नसकिएमा जुन हुलाक अड्डाबाट बिमा र हुलाक दाखिल भई सो वस्तु चलाउन आएको हो सोही हुलाक अड्डा मार्फत प्रेषकलाई बिना दस्तुर फिर्ता पठाइनेछ । त्यस्तो कुनै हुलाक वस्तु प्रेषकलाई फिर्ता गर्न पठाएकोमा कुनै कारणबाट सो वस्तु प्रेषकलाई पनि फिर्ता बुझाउन नसकिने भएमा हुलाक डाइरेक्टर कहाँ पठाइनेछ ।
७. बुझाउन नसकिएमा बिमा गरिएका हुलाक वस्तुहरुको सम्बन्धमा हुलाक डाइरेक्टरले गर्ने कारबाही : दफा ६ मा लेखिए बमोजिम ठेगानावालालाई बुझाउन र प्रेषकलाई फिर्ता बुझाउन पनि नसकिने भई आएका प्रत्येक बिमा गरिएका हुलाक वस्तुको सम्बन्धमा हुलाक डाइरेक्टरले निम्निलिखित कारबाही गर्ने गराउनेछः–
८. नियमहरु बनाउने अधिकार : (१) यो ऐनको उद्देश्यहरु कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(घ) बिमा गरिने हुलाक वस्तु खामिने खामको ढाँचा प्रकार, आकार, तौल, त्यसमा हुलाक टिकट लगाउने तरिका, सिलछाप लगाउने तरिका, प्रेषकको नाम, ठेगाना र ठेगानावालाको नाम, ठेगाना लेख्ने तरिका ।
(३) हुलाक अड्डामा हुलाक वस्तुहरु बिमा गराउने, बिमा गराइसकेपछि बुझाउने स्थान, समय र तरिका हुलाक डाइरेक्टरले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।
९. >*
(क) यससम्बब सो हुलाक वस्तुलाई नखोली यथास्थिति ठेगानावाला वा प्रेषकलाई हुलाकद्वारा बुझाउन वा फिर्ता पठाउन कोसिस गर्नेछ । (ख) खण्ड (क) बमोजिम नखोली यथास्थिति बुझाउन नसकिने देखिएमा हुलाक डाइरेक्टर वा सो कामको निमित्त निजबाट अख्तियार पाएको अधिकृतले हुलाक वस्तुलाई गोप्य रुपमा खोली प्रेषकको नाम र ठेगाना पत्ता लगाई प्रेषकलाई फिर्ता बुझाउन कोसिस गर्नेछ । (ग) खण्ड (क) वा (ख) बमोजिम बुझाउन नसकिने भएमा त्यस्ता हुलाक वस्तुको विवरण नेपाल राजपत्रमा प्रकाशित गरी १ वर्षको अवधिसम्म नेपाल सरकारको हुलाक विभागमा सुरक्षित राख्नेछ र सो अवधिसम्म पनि त्यसको हकवाला नभइसकेमा सो हुलाक वस्तु नगदी रुपैयाँ भए नगद मै र अरु बिक्री योग्य वस्तु भए लिलाममा बिक्री गरी आएको नगद नेपाल सरकारको नाममा दाखिल गर्नेछ। (२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियमहरुमा विशेष गरी निम्निलिखित कुराहरुको व्यवस्था गर्न सकिनेछः– (क) यो ऐन अन्तर्गत बिमा गराउन सकिने हुलाक वस्तुहरुको किसिम, (ख) बिमा गराउन सकिने हुलाक वस्तुहरुको मूल्यको हद अङ्क, (ग) बिमा दस्तुर भुक्तानी गर्ने तरिका, र