हुलाक ऐन, २०१९
लालमोहर र प्रकाशन मिति २०१९।१२।३०
संशोधन गर्ने ऐन १. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२० २०२०।११।१६ २. हुलाक (प्रथम संशोधन) ऐन, २०३० २०३०।१२।११ ३. न्याय प्रशासन सुधार ऐन, २०३१ २०३१।४।१८ ४. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ २०४३।७।२४ ५. हुलाक (दोस्रो संशोधन) ऐन, २०४४ २०४४।७।१ ६. हुलाक (तेस्रो संशोधन) ऐन, २०४५ २०४५।७।१० ७. सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ २०४७।७।१४ ८. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६ ९. हुलाक (चौथो संशोधन) ऐन, २०५० २०५०।६।२७
प्रमाणीकरण र प्रकाशन मिति १०. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।७ ११. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ १२. केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४~ २०७४।६।३०
१३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०१९ सालको ऐन नं. ५०
$\times$............
हुलाक सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन
प्रस्तावना : “सर्वसाधारण जनताको सुविधा कायम राख्न हुलाक सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सेको छ ।
परिच्छेद –१ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “हुलाक ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपाल $\times$.......... भर लागू हुनेछ र नेपाल $\times$.......... बाहिर रहेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।
(३) दफा ३१, दफा ३२ र परिच्छेद ८ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि र अरु दफाहरु तुरुन्त प्रारम्भ हुनेछन् ।$^\bullet$
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\dagger$ केही नेपाल कानून संशोधन र पुनः व्यवस्थापन ऐन, २०२० द्वारा संशोधित । $^\bullet$ मिति २०२२।१२।२६ को नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम परिच्छेद–८ मिति २०२३।१।१ देखि प्रारम्भ हुनेगरी तोकिएको । $\ddagger$ चौथो संशोधनद्वारा संशोधित ।
(क) “महानिर्देशक” भन्नाले नेपाल सरकारको हुलाक सेवा विभागको महानिर्देशक सम्झनु पर्छ । यो शब्दले सो विभागको महा–निर्देशकको अधिकार प्रयोग गर्ने अरु पदाधिकारीलाई समेत जनाउँछ ।
(ग) “हुलाक हाकिम” भन्नाले हुलाक अड्डाको मुख्य कर्मचारी सम्झनु पर्छ र यो शब्दले हुलाक हाकिमको अधिकार प्रयोग गर्ने अरु कर्मचारीलाई समेत जनाउँछ।
(घ) “हुलाक वा हुलाक अड्डा” भन्नाले नेपाल सरकारबाट खडा गरिएको हुलाक अड्डा सम्झनु पर्छ र यो शब्दले हुलाक अड्डाको प्रयोजनको निमित्त प्रयोग गरिएको जुनसुकै घर, भवन, कोठा, सवारी वा ठाउँ र हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अड्डाले राखेको जुनसुकै पत्र मञ्जूषालाई समेत जनाउँछ ।
(ङ) “हुलाक अड्डाको कर्मचारी” भन्नाले हुलाक अड्डाको काममा लगाइएको जुनसुकै व्यक्ति सम्झनुपर्छ ।
(च) “हुलाक वस्तु” भन्नाले चिठ्ठी, समाचारपत्र, पत्रिका, बुकपोस्ट, नमूना प्याकेट, अन्धा साहित्य, पुलिन्दा र हुलाकबाट चलन हुन सक्ने जुनसुकै चीज वा वस्तुलाई समेत जनाउँछ ।
(छ) “चिठ्ठी” भन्नाले चिठ्ठी, हुलाकपत्र र हवाईपत्रलाई समेत जनाउँछ ।
(ज) “आन्तरिक हुलाक वस्तु” भन्नाले नेपाल $\times$......... भित्रको कुनै ठेगानामा डेलिभरी हुने गरी नेपाल $\times$............ भित्रै पोष्टङ्ग (हुलाक दाखिल) गरिएको हुलाक वस्तु सम्झनु पर्छ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेजिएको ।
(झ) “डाँक थैला” भन्नाले हुलाकबाट चलन गर्दाको अवस्थामा हुलाक वस्तुहरु राखी लैजाने थैला, बाकस, पुलिन्दा वा अरु खाम वा खोललाई समेत जनाउँछ।
(ञ) “हुलाक महसुल” भन्नाले हुलाकबाट चलन गर्ने हुलाक वस्तुहरुमा लाग्ने महसुल सम्झनु पर्छ ।
*(ट) “हुलाक टिकट” भन्नाले हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु कुनै दस्तुर वा रकम अंकित गर्न नेपाल सरकारले निकालेको टिकट सम्झनु पर्छ र सो शब्दले कुनै खाम, हुलाकपर वा अरु कुनै वस्तुमा छापेर इम्बस् वा इम्प्रेस गरेर वा फ्रेकिङ्ग मेसिनद्वारा अंकित गरेर लगाइएको टिकटको मनस्सालाई समेत जनाउँछ ।
(ट१) “हुलाक अपराध” भन्नाले यस ऐन बमोजिम सजाय हुने कसूर सम्झनु पर्छ ।
(ठ) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाकबाट चलन गर्दाको अवस्था” भन्नाले हुलाक वस्तु हुलाक अड्डामा डेलिभरी गरेदेखि ठेगानावालालाई डेलिभरी गरिएको वा पठाउनेलाई फिर्ता डेलिभरी गरिएको वा परिच्छेद–७ अन्तर्गत फछ्याइएको समयसम्मको अवधि सम्झनु पर्छ ।
(ड) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाक अड्डामा डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु पोष्टिङ्ग (हुलाक दाखिल) गर्नको निमित्त तत्सम्बन्धी अधिकार प्राप्त व्यक्तिलाई डेलिभरी गर्ने सम्झनुपर्छ ।
(ढ) कुनै हुलाक वस्तुको सम्बन्धमा “ठेगानावालालाई डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु ठेगानावालाको घर वा कार्यालयमा वा ठेगानावाला आफैलाई वा निजको नोकर वा प्रतिनिधिलाई वा सामान्य प्रचलन अनुसार ठेगानावालाको नाममा आएको हुलाक वस्तुको डेलिभरी लिन अधिकार भएको भन्ने मानिएको अरु व्यक्तिलाई डेलिभरी गर्ने सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
परिच्छेद –२ अधिकार र दायित्व
३. चिठ्ठीहरु ओसाउने अधिकार नेपाल सरकारमा सुरक्षित रहने : नेपाल $\times$......... भित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाइएका ठाउँहरुमा देहाय बमोजिम बाहेक चिठ्ठीहरु ओसाउने र सो कामको निमित्त चिठ्ठीहरु प्राप्ति गर्ने, जम्मा गर्ने, पठाउने, चलाउने, डेलिभरी गर्ने र तत्सम्बन्धी अरु सेवाहरुको सञ्चालन गर्ने अधिकार नेपाल सरकारको हुनेछ :–
(क) बाटोमा, भ्रमणमा वा यात्रामा कसैले कसैलाई डेलिभरी गरिदिनु भनी दिएको चिठ्ठी, कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई ठेगानावालालाई डेलिभरी गर्ने ।
(ख) पठाउने वा पाउनेको कारोबारमात्र सम्बन्ध भएको चिठ्ठी कुनै विशेष व्यक्ति मार्फत पठाउने, र
(ग) जल, स्थल वा हवाई मार्गबाट मालसामानहरु पठाउँदा सँगसँगै पठाइएको सो मालसामानमात्र सम्बन्ध भएको चिठ्ठी कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई डेलिभरी गर्ने ।
तर यस दफामा लेखिएको कुनै कुराले खण्ड (क), (ख) वा (ग) मा लेखिए बमोजिमका चिठ्ठीहरु हुलाकबाट बाहेक अरु साधनबाट पठाउन भनी जम्मा गर्ने कुनै व्यक्तिलाई अधिकार दिएको मानिनेछैन ।
(घ) वायु सेवाद्वारा सञ्चालित एयर डकुमेन्ट पठाउने वा डेलिभरी गर्ने ।
३क. निजी क्षेत्रलाई हुलाक सेवा सञ्चालन गर्न इजाजत पत्र दिन सकिने : (१) यस ऐनको अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले कुनै व्यक्ति वा संस्थालाई
तोकिएका शर्तहरुको अधीनमा रही यस ऐन बमोजिम सञ्चालन हुने हुलाक सेवा सञ्चालन गर्नको निमित्त इजाजतपत्र दिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरु वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरे गराएमा त्यस्तो व्यक्ति वा संस्थाबाट भएको क्षतिको हर्जाना भराई कसूरको मात्रा हेरी पाँच वर्षसम्म कैद वा दुई हजार पाँचसय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
४. चिठ्ठीहरु ओसारन नपाउने व्यक्तिहरु : नेपाल $\times$ ............ भित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाइएका ठाउँहरुमा यात्री वा सामान ओसारे सवारीको धनी वा निजको मानिस वा प्रतिनिधिमण्डलले आफ्नो सवारीमा भएको मालसामानमसि मात्र सम्बन्ध भएको बाहेक अरु चिठ्ठीहरु कसैलाई डेलिभरी गर्न वा डेलिभरी गर्न भनी लिन, जम्मा गर्न, ओसारन वा अरुलाई दिन मनाही गरिएको छ ।
५. नेपाल सरकारको दायित्व नहुने : यो ऐनका अरु दफाहरुमा अर्कै कुरा लेखिएकोमा बाहेक हुलाक वस्तुहरु हुलाकबाट चलन गदानुको अवस्थामा हराएमा गलत डेलिभरी भएमा वा ढिलो डेलिभरी भएमा वा नोक्सान भएमा त्यस्तो दायित्व नेपाल सरकारले व्यहोर्नु पर्ने छैन र जालसाजी वा जानाजान गफलिले भए गरेकोमा बाहेक उपरोक्त कुरामा हुलाक अड्डाको कर्मचारीले पनि दायित्व व्यहोर्नु पर्ने छैन ।
$\square$ ५क. डाँक ढुवानी गर्नु पर्ने : कुनै सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कुनै व्यक्ति वा संस्थालाई नेपाल सरकारले डाँक ढुवानी गर्न अनुरोध गरेमा त्यस्तो व्यक्ति वा संस्थाले पनि यात्रीहरु वा मालसामानलाई भन्दा बढी प्राथमिकता दिई अनिवार्य रुपले त्यस्तो डाँक ढुवानी गर्नु पर्नेछ र सो ढुवानी गरे बापत सम्बन्धित व्यक्ति वा संस्थालाई मुनासिब माफिकको भाडा दिइनेछ ।
$\square$ ५ख. घाट ठेक्का लिनेलाई डाँक निःशुल्क तार्न कबुलियत गराउनु पर्ने :(१) प्रचलित नेपाल कानून बमोजिम घाट ठेक्का दिने अधिकारप्राप्त कार्यालय वा संस्थाले त्यस्तो ठेक्का दिँदा नेपाल
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\square$ पहिलो संशोधनद्वारा थप ।
सरकारबाट सञ्चालित हुलाक व्यवस्था सम्बन्धी डाँक निःशुल्क तान्नेछ भनी ठेक्का लिनेलाई कबुलियत गराउनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि भएका घाट ठेक्काहरुका सम्बन्धमा निःशुल्क डाँक तान्ने व्यवस्था गर्न नेपाल सरकारले ठेकेदारसँग छुट्टै व्यवस्था गर्न सक्नेछ ।
*५ग. समय तालिकामा बस्नु पर्ने : नेपाल सरकारबाट ढुवानी भाडा लिने गरी वा निःशुल्क रुपमा डाँक ढुवानी गर्न इजाजत पाएका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई हुलाक सेवा विभागले यातायात सेवा सञ्चालन गर्नु पर्ने समय तालिका तोकिदिएको अवस्थामा सोही बमोजिम सञ्चालन गर्नु पर्नेछ ।
*५घ. डाँक परिवहन गराउने विशेष दायित्व : डाँक निर्धारित समय तालिका बमोजिम परिवहन गराउँदा कुनै कठिनाई आइ परेमा आवश्यक सहयोग गर्न सम्बन्धित #स्थानीय प्रशासन, प्रहरी तथा स्थानीय नगरपालिका वा * गाउँपालिकाको कर्तव्य हुनेछ ।
परिच्छेद –३ हुलाक महसुल
६. आन्तरिक हुलाक महसुल तोक्ने अधिकार : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आन्तरिक हुलाकबाट पठाइने सबै प्रकारको हुलाक वस्तुहरुमा लाग्ने महसुल र अरु दस्तुर तोक्न सक्नेछ र त्यस्तो महसुल र दस्तुर असुल गर्दाको शर्त र बन्देजहरुको सम्बन्धमा नियमहरु बनाउन सक्नेछ ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी के कस्तो वस्तुहरुलाई आन्तरिक हुलाकबाट पठाउन सकिन्छ भन्ने कुरा तोक्न सक्नेछ ।
७. हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकार : नेपाल सरकारले नियमहरु बनाई देहायका कुराहरुको व्यवस्था गर्न सक्नेछ ।
• केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
(क) के कस्तो आन्तरिक हुलाक वस्तुहरुमा अगावै हुलाक महसुल तिर्नु पर्ने र त्यसको तरिका बारे,
(ख) हुलाक महसुल अगावै नतिरेको वा नपुग गरी तिरेकोमा लाग्ने थप हुलाक महसुल,
(ग) हुलाक वस्तुहरु पठाउने कहाँ फिर्ता पठाउने र सो बापत लाग्ने थप दस्तुर,
(घ) हुलाक वस्तुहरु विशेष डाँकद्बारा पठाउँदा लाग्ने थप दस्तुर र
(ङ) हुलाक वस्तुहरु निर्धारित समय नघाई वा सार्वजनिक विदाको दिन हुलाकबाट पठाउन लाग्ने विशेष दस्तुर ।
स्पष्टीकरण : विशेष डाँक भन्नाले विशेष हुलाकी वा विशेष सवारीबाट पठाइने डाँक सम्झनुपर्छ ।
८. वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकार : (१) हुलाक वस्तुहरु हुलाकबाट आदान प्रदान गर्ने सम्बन्धमा युनिभर्सल पोष्टल युनियन विश्व हुलाक संघको सदस्य राष्ट्र वा अन्य कुनै विदेशी राष्ट्रसँग नेपाल सरकारको सम्झौता भएकोमा सोही सम्झौता बमोजिमको आधारमा र सम्झौता नभएकोमा सदस्य राष्ट्रको हकमा भए विश्व हुलाक संघको कन्भेन्सनको आधारमा र सदस्य राष्ट्र नभएका अन्य कुनै विदेशी राष्ट्रका हकमा भए आपसी समझदारीको आधारमा हुलाक वस्तुहरु पठाउँदा लाग्ने हुलाक महसुल र अरु दस्तुरहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकेको महसुल र दस्तुर असुल गदानको शर्त बन्देजहरुको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
९. ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुल : (१) हुलाक महसुल वा दस्तुर अगावै भुक्तानी नभएको वा नपुग भुक्तानी भएको हुलाक वस्तुको लाग्ने हुलाक महसुल वा अरु दस्तुर सो हुलाक वस्तुको डेलिभरी लिने ठेगानावालाले तिर्नु पर्छ । त्यस्तो हुलाक वस्तु नखोली फिर्ता गरेमा भने ठेगानावालाले तिर्नु पर्ने छैन ।
तर ठेगानावालालाई दुःख दिने खास बदनियतले कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुर अगावै भुक्तानी नगरी वा नपुग भुक्तानी गरी पठाएको हो भन्ने नियन्त्रकलाई लागेमा निजले उक्त महसुल वा दस्तुर मिनाहा गर्न सक्नेछ ।
(२) ठेगानावालाले उक्त महसुल वा दस्तुर तिर्न इन्कार गरेमा वा हुलाकवस्तु नखोली फिर्ता गरेमा वा निजको मृत्यु भएमा वा निज फेला नपरेमा उक्त महसुल वा दस्तुर हुलाक वस्तु पठाउने व्यक्तिले तिर्नु पर्नेछ ।
१०. हुलाक महसुल वा अरु रकमहरु असूल गराउने को : हुलाक महसुल वा अरु दस्तुर बापत कुनै व्यक्ति उपर लागेको कुनै रकम निजले तिर्न इन्कार गरेमा हुलाक हाकिमले प्रचलित नेपाल कानून बमोजिम लागेको जरिवाना असूल गराउने कार्य प्रणाली र अधिकार प्रयोग गरी सो रकम असुल उपर गर्न सक्नेछ र त्यस्तो व्यक्तिले बाँकी रकम नतिरे सम्म निजको नाममा आएको सरकारी बाहेक अरु हुलाक वस्तुहरु डेलिभरी नगरी रोक्का राख्न सक्नेछ ।
११. हुलाक अडडाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असूल गरिने : नेपाल $\times$............ बाहिरबाट हुलाकद्वारा प्राप्त हुन आएको कुनै हुलाक वस्तुमा लाग्ने भन्सार महसुल हुलाक अडडाले तिरिसकेको रहेछ भने सो रकम हुलाक महसुल सरह सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ ।
१२. हुलाक अडडाको छाप प्रमाण लाग्ने : (१) कुनै हुलाक वस्तु बापत यो ऐन अन्तर्गत असूल उपर गर्नु पर्ने भनी दावी गरिएको हुलाक महसुल वा अरु दस्तुर उपर गर्ने कारबाहीमा :–
(क) त्यसको ठेगानावालाले बुझिलिने इन्कार गरेको वा निजको मृत्यु भएको वा निज फेला नपरेको भन्ने व्यहोरा जनाई त्यसमा हुलाक अडडाको छापसमेत लगाई पेश गरिएकोमा लेखिए बमोजिमको व्यहोरा साँच्चो हो भन्ने प्रमाण लाग्नेछ ।
(ख) सो वस्तु जसले पठाएको भनी अनुमान लगाइएको छ, अन्यथा प्रमाणित नभएसम्म सोही मान्य हुनेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(२) कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुरको अङ्क जनाई त्यसमा हुलाक अडडाको छाप समेत लगाईएकोमा लेखिए बमोजिमको व्यहोरा साँच्चो भन्ने प्रमाण लाग्नेछ ।
परिच्छेद –४ हुलाक टिकटहरु
१३. हुलाक टिकटहरुको व्यवस्था गर्ने र तसम्बन्धी नियमहरु बनाउने अधिकार : (१) यो ऐनको प्रयोजनको निमित्त आवश्यक विभिन्न प्रकार र मूल्यका हुलाक टिकटहरुको व्यवस्था गर्ने र प्रचलनमा ल्याउने सम्पूर्ण अधिकार नेपाल सरकारमा रहनेछ ।
*(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले खास गरेर देहायका कुराहरुको पनि व्यवस्था गर्न सक्नेछ :
(क) हुलाक टिकटको बिक्री दर तोक्ने, (ख) हुलाक महसुल वा अरु दस्तुर चुक्ता गर्नको निमित्त हुलाक वस्तुको श्रेणी तोक्ने, (ग) प्वाल परेका, च्यातिएका, विकृत भएका र त्यस्तै अरु टिकट प्रचलनमा ल्याउन नसकिने अवस्था तोक्ने, (घ) हुलाक टिकटको जिम्मा, बिक्री वितरण र प्रयोग नियमित गर्ने, (ङ) हुलाक टिकट बिक्री गर्न पाउने गैरसरकारी व्यक्ति र निजले बिक्री गदान पालन गर्नुपर्ने शर्त तथा बन्देजहरु तोक्ने, (च) हुलाक टिकट बिक्री गर्ने गैरसरकारी व्यक्तिको कर्तव्य तथा पारिश्रमिक तोक्ने, (छ) अन्तर्राष्ट्रिय जवाफीपर (कूपन) प्रचलनमा ल्याउने र त्यसको सटही दर तोक्ने,
* पहिलो संशोधनद्वारा संशोधित ।
(ज) संयुक्त राष्ट्रसंघबाट बिक्रीको लागि प्राप्त टिकटहरु बिक्री गर्ने ।
परिच्छेद –५
हुलाक वस्तुहरु चलन गराउनुको शर्तहरु
१४. दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकार : (१) समाचारपत्र पत्रिकाहरुलाई दर्ता गरी आन्तरिक हुलाकबाट चलन गराउने सम्बन्धमा र दर्ता गर्न लाग्ने दस्तुरको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) दर्ता गर्ने प्रयोजनको लागि जम्मै वा अधिकांश भागमा विज्ञापन सहित वा रहित *सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको देहाय बमोजिमको प्रत्येक प्रकाशनलाई समाचारपत्र पत्रिका मानिनेछ :–
(क) ३२ दिन वा सो भन्दा कम अवधिमा क्रमशः प्रकाशित हुने, र
(ख) ग्राहकहरुको साँथो सूची भएको ।
(३) एउटै मितिमा अतिरिक्तअङ्क वा पूरक अङ्क गरी कुनै समाचारपत्र पत्रिकाको साथसाथै निकालिएको पर–पत्रिकालाई पनि समाचारपत्र पत्रिकाकै अङ्ग मानिनेछ ।
तर समाचारपत्र पत्रिकामा जसरी जम्मै वा अधिकांश भाग विज्ञापनसहित वा रहित *सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको र प्रत्येक पृष्ठको शिरमा समाचार पर–पत्रिकाको नाम, मिति छापिएको नभई त्यस्तो अंकलाई समाचारपत्र पत्रिकाको अङ्क मानिने छैन ।
व्याख्या : यो दफा वा यस दफा अन्तर्गत बनेका नियमहरुमा लेखिएको कुनै कुराले समाचारपत्र पत्रिकाहरुलाई आन्तरिक हुलाकबाट पठाउन बाध्य गरेको मानिने छैन ।
१५. हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्ने : (१) हुलाकबाट चलन गराउन कुनै हुलाक वस्तुलाई ठेगानावालाको मञ्जुरी बिना र तोकिएबमोजिमको अरु शर्तहरुको अधीनमा रही पठाउनेलाई फिर्ता गर्ने सम्बन्धी व्यवस्था नेपाल सरकारले नियमहरु बनाई गर्न सक्नेछ ।
* पहिलो संशोधनद्वारा संशोधित ।
(२) उपदफा (१) अन्तर्गत बनेका नियमहरूमा व्यवस्था गरिएमा बाहेक कसैले कुनै हुलाक वस्तुलाई हुलाकबाट पठाइसकेपछि फिर्ता माग्न पाउने छैन ।
१६. हुलाकबाट पठाउन नहुने वस्तुहरु : (१) देहायका वस्तुहरु हुलाकबाट पठाउन निषेध गरिएको छ :–
(क) विष्फोटक, खतरनाक, छिनलाग्दो, अस्वास्थ्यकर वा हानिकारक वस्तु बचाउको प्रबन्ध नभएको तिखोधार वा चुच्चो भएको हतियार वा हुलाकबाट चला हुँदा स्वभावतः अरु हुलाक वस्तुहरुलाई वा हुलाक अड्डाका कर्मचारीलाई हानि पुर्याउन सक्ने अरु चीज वस्तु वा जीवजन्तु,
(ख) अश्लील, अपमानजनक, अशिष्ट, राजद्रोही, उत्तेजनात्मक वा शान्ति सुरक्षा खलल्याउने शब्द, चिन्ह वा आकार भएको हुलाक वस्तु,
(ग) छापाखाना र प्रकाश सम्बन्धी प्रचलित नेपाल कानूनले प्रकाशन गर्न मनाही गरेको पत्र–पत्रिका, किताब वा अरु लेखित,
(घ) छापाखाना र प्रकाशन सम्बन्धी प्रचलित नेपाल कानूनको रीत नपुर्याई सम्पादन गरिएको, छापिएको वा प्रकाशित गरिएको समाचार, पत्रिका,
(ङ) जुन मुलुकमा पठाइने हो त्यस्तो मुलुकले हुलाकबाट पठाउन निषेध गरिएको वस्तुहरु
(च) प्रचलित अरु नेपाल कानूनले वा यो ऐन अन्तर्गत बनेका नियमले हुलाकबाट पठाउन निषेध गरिएको हुलाक वस्तु ।
१६क. साधारण पत्रद्वारा पठाउन नहुने चीजहरु : कसैले पनि साधारण पत्रद्वारा नगद, चेक, ड्राफ्ट हुन्डी वा त्यस्तै अन्य चीज वस्तु पठाउन हुँदैन । यसरी पठाउन नहुने चीज वस्तु कसैले साधारण
पत्रबाट पठाउँदा त्यस्तो चीजवस्तु हानि नोक्सानी हुन गएमा हुलाक अड्डा त्यसको जवाफदेही हुने छैन ।
१७. हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार : *(१) हुलाक वस्तुहरु हुलाकबाट पठाउने वा डेलिभरी गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :–
(क) हुलाकबाट पठाउन नहुने वस्तुहरु,
(ख) हुलाकबाट वस्तुहरु पठाउन सकिने अवस्था,
(ग) यो ऐन विपरित हुलाकबाट पठाइएका वस्तुहरु रोक्का गरी राख्ने त्यस्तो कारबाही टुङ्गो लगाउने,
(घ) हुलाक वस्तुहरु पोष्टङ्ग वा डेलिभरी गर्दा भरपाई वा निस्सा लिने दिने र त्यसको भरपाई वा निस्सा बापत लाग्ने थप दस्तुर,
*(ङ) हुलाक वस्तुहरुको खाम तथा खोल, त्यसको ढाँचा, नाप, अधिकतम तौल र खामिने वस्तुहरु नियमित गर्ने र यी हुलाक वस्तुहरुको प्रयोग नियमित गर्ने,
□(च) हुलाक मञ्जूषा (पोष्ट बक्स) को व्यवस्था गर्ने र सो प्रयोग गरे बापत लाग्ने दस्तुर तोक्ने,
□(छ) बन्द थैला (पोष्ट व्याग) को सहुलियत प्रदान गर्ने र सो बापतको दस्तुर तोक्ने,
%(ज) आन्तरिक तथा वैदेशिक द्रूत डाँक सेवा सञ्चालन गर्ने ।
(३) हुलाक वस्तुहरु पोष्टिङ्ग गर्ने समय र तरिकाका महानिर्देशकले समय समयमा आदेशद्वारा तोकिदिए बमोजिम हुनेछ ।
$\Leftrightarrow$ १८. भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्ने : (१) विदेशबाट प्राप्त भएको हुलाक वस्तुमा भन्सार महसुल लाग्ने कुनै वस्तु रहेको भए शङ्का लागेमा हुलाक अड्डालले त्यस्तो हुलाक वस्तुको डेलिभरी रोक्का राख्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रोक्का राखेको हुलाक वस्तु हुलाक हाकिमले स्थानीय भन्सार अधिकारीको रोहवरमा खोली भन्सार महसुल लाग्ने वस्तु फेला परेमा प्रचलित कानून बमोजिम लाग्ने भन्सार महसुल कायम गराई सो रकम हुलाकबाट डेलिभरी पाउने व्यक्ति वा स्थानीय भन्सार कार्यालयमा बुझाएको मनस्सा पेश गरेपछि हुलाक वस्तु डेलिभरी दिनेछ ।
$%$(२क) हुलाक हाकिम र स्थानीय भन्सार अधिकारीले रोक्का रहेको मालसामान प्रापकको रोहवरमा खोली भन्सार महसुल कायम गरिसकेपछि हुलाक अड्डालको विवरण खातामा समेत हस्ताक्षर गर्नुपर्नेछ ।
(३) भन्सार महसुल लाग्ने हुलाक वस्तु डेलिभरी हुन नसकेमा वा प्रापकले डेलिभरी लिन नचाहेमा वा प्रेषकलाई फिर्ता पठाउनु पर्ने भएमा वा प्रापकलाई सूचना दिएको पैँतालीस दिनसम्ममा पनि डेलिभरी लिन नआएमा हुलाक अड्डालले त्यस्ता हुलाक वस्तु लिलाम बिक्री गरी त्यसबाट प्राप्त रकम राजस्वमा आम्दानी बाँध्नेछ ।
$\Leftrightarrow$ १९. निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारबाही गर्ने : प्रचलित कानून बमोजिम नेपाल $\times$............ बाहिर वा भित्र निकासी वा पैठारी गर्न मनाही भएको कुनै मालसामान हुलाकबाट निकासी पैठारी हुन लागेको छ भन्ने शङ्का लागेमा त्यस्ता मालसामान वा डाँक नै रोक्का राखी सो कुराको तलासी लिने वा लिन लगाउने अधिकार नेपाल सरकारबाट अधिकारप्राप्त अधिकारीलाई हुनेछ । तलासीबाट प्राप्त भएको निकासी वा पैठारी गर्न मनाही भएको त्यस्तो मालसामान आवश्यक कानूनी कारबाहीको लागि प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीसमि बुझाइदिनुपर्नेछ ।
$\Leftrightarrow$ दोस्रो संशोधनद्वारा संशोधित । $%$ चौथो संशोधनद्वारा थप । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको ।
२०. सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकार : (१) कुनै सार्वजनिक सङ्कटकालीन अवस्था आइपरेमा वा सार्वजनिक शान्ति सुरक्षाको निमित्त आवश्यक परेमा नेपाल सरकार वा सो कामको लागि नेपाल सरकारबाट अधिकार भएको कुनै अधिकृतले लिखित आदेश पठाई हुलाकबाट चलन गदानको अवस्थाको कुनै खास हुलाक वस्तु वा कुनै खास किसिमको हुलाक वस्तुलाई सोही आदेशमा तोकिए बमोजिम रोक्का गरी राख्न वा टुङ्गो लगाउन निदेश दिन सक्नेछ।
(२) कुनै सार्वजनिक सङ्कटकालीन अवस्था आइपरेको हो होइन वा उपदफा (१) अन्तर्गत गरिएको कुनै काम सार्वजनिक शान्ति सुरक्षाको निमित्त हो होइन भन्ने प्रश्न उठेमा तत्सम्बन्धमा नेपाल सरकारले गरिदिएको प्रमाणपत्रहरुलाई सर्वमान्नेछ ।
२१. नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरुमा कारबाही गर्ने अधिकार : *(१) नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको कुनै हुलाक वस्तु हुलाकबाट प्राप्त हुन आएमा सम्बन्धित हुलाक हाकिमले म्याद तोकी सो म्यादमभर आफैं वा वारिस पठाई सो वस्तु लिइन हुलाक अड्डामा हाजिर हुन आउनु भनी ठेगानावालाका नाउँमा लिखित सूचना पठाउनु पर्दछ ।
(२) म्यादमभर हुलाक अड्डामा ठेगानावाला वा निजको प्रतिनिधि हाजिर भई नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको र पठाउनेको नाम र ठेगाना जनाएको जति हिस्सा हुलाक हाकिमलाई बुझाई दिन मञ्जुर गरेमा सो हुलाक वस्तु ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी गरिदिनुपर्छ ।
(३) म्यादमभर ठेगानावाला वा निजको प्रतिनिधि हाजिर नभएमा वा हाजिर भए तापनि उपदफा (२) बमोजिम चाहिएको हुलाक वस्तुको सम्बन्धित भाग बुझाई दिन मञ्जुर नगरेमा त्यस्तो हुलाक वस्तुलाई ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी नगरी महानिदेशकले तोकिदिएको तरिकाले टुङ्गो लगाइनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको निमित्त “हुलाक टिकट” भन्नाले विदेशी मुलुकको हुलाक टिकटलाई समेत जनाउँछ ।
२२. समाचार–पत्र पत्रिका र अरु वस्तुहरु रोक्का गर्ने अधिकार : (१) हुलाकबाट पठाउन दफा १६ ले मनाही गरेको भन्ने शङ्का लागेको कुनै समाचारपत्र, पत्रिका, किताब वा अरु लिखतलाई हुलाकबाट चलन गराउने अवस्थामा रोक्का गर्ने अधिकार सम्बन्धित हुलाक हाकिमलाई हुनेछ।
(२) सम्बन्धित हुलाक हाकिमले उपदफा (१) अन्तर्गत रोक्का गरिएको हुलाक वस्तुलाई नेपाल सरकारबाट तोकिएको सम्बन्धित अधिकृत छेउ बुझाई दिनु पर्छ र रोक्का गरिएको कुराको सूचना अधिकृतले ठेगानावालालाई दिनु पर्छ ।
(३) नेपाल सरकारबाट अधिकारप्राप्त अधिकृतले जाँची हेरी लेखिए बमोजिम मनाही भएको कुनै समाचार, समाचारपत्र, पत्रिका, किताब वा अरु लिखत भएको भन्ने लागेमा आफूले उचित देखे बमोजिमको आदेश दिन सक्नेछ र त्यस्तो कुनै कुरा भएको भन्ने नलागेमा र तत्काल प्रचलित अरु नेपाल कानून बमोजिम पनि कब्जा गर्नु पर्ने नभएमा, त्यस्तो हुलाक वस्तुलाई फुकुवा गरिदिनेछ ।
तर,
(क) त्यसरी रोक्का भएको हुलाक वस्तुसँग सरोकार भएको कुनै व्यक्तिले रोक्का भएको मितिले २ महिनाभित्र सो वस्तु फुकुवा गरी पाउँ भन्ने नेपाल सरकारबाट अधिकार प्राप्त अधिकृत समक्ष निवेदनपत्र दिन सक्नेछ र सो अधिकृतले त्यस्तो निवेदनपत्र उपर विचार गरी आफूले उचित देखेको आदेश दिन सक्नेछ ।
(ख) रोक्का गरिएको हुलाक वस्तु फुकुवा गरी पाउँ भन्ने कुनै निवेदन अस्वीकृत भएमा निवेदकले अस्वीकृतिको आदेशको सूचना पाएका मितिले २ महिनाभित्र हुलाक वस्तु फुकुवा गराई पाउँ भनी जिल्ला अदालतमा निवेदन दिन सक्नेछ र जिल्ला अदालतमा निवेदन दिँदा रोक्का भएको हुलाक वस्तुमा दफा १६ ले मनाही भएको समाचारपत्र, पत्रिका, किताब वा अरु लिखत थिएन भन्ने कुराको आधार लिएको हुनुपर्छ ।
२३. $\pi$
२४. अधिकार क्षेत्रमा प्रतिबन्ध : दफा २२ अन्तर्गत दिइएको कुनै आदेश वा गरिएको कुनै कारबाहीको सम्बन्धमा सो दफाको उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम बाहेक कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।
परिक्छेद -६ रजिष्टरी, बिमा र मूल्यदेय हुलाक
२५. हुलाक वस्तुहरुको रजिष्टरी : हुलाकबाट हुलाकवस्तु पठाउनेले यो ऐनको अरु दफाहरुमा लेखिएका कुराहरुको अधीनमा रही सो हुलाक वस्तुलाई रजिष्टर गराउन सक्नेछ र त्यसको रसिद लिन सक्नेछ । साधारण हुलाकबाट पठाउँदा लाग्ने हुलाक महसुल माथि रजिष्टरी बापित लाग्ने अरु थप दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ।
२६. रजिष्टरीको सम्बन्धमा नियमहरु बनाउने अधिकार : (१) हुलाक वस्तुहरुको रजिष्टरी सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ।
(क) रजिष्टरी गर्नुपर्ने कुराहरु, (ख) रजिष्टरीको निमित्त लाग्ने दस्तुर तिर्ने तरिका, र (ग) रजिष्टरी गर्नुपर्ने तर लाग्ने दस्तुर अगावै नतिरी पोष्टङ्ग गरिएको हुलाक वस्तुलाई ठेगानावालालाई डेलिभरी गदान वा पठाउनेलाई फिर्ता डेलिभरी गदान दोब्बर दस्तुर लाग्ने । (घ) हराएको रजिष्टरीको खोज तलास गर्ने तरिका र सो हराए बापित दिइने क्षतिपूर्तिको रकम ।
$\pi$ न्याय प्रशासन सुधार (पहिलो संशोधन) ऐन, २०३३ द्वारा खारेज । $\square$ पहिलो संशोधनद्वारा थप
(३) रजिष्टरीको निमित्त पोष्टिङ्ग भएका हुलाक वस्तुहरुलाई रजिष्टरी गरिएपछि महानिदेशकले समय समयमा आदेश जारी गरी तोकिएको समयमा र तरिका अनुसार ठेगानावालालाई डेलिभरी गरिनेछ वा पठाउनेलाई फिर्ता डेलिभरी गरिनेछ ।
२७. हुलाक वस्तुहरुको बिमा : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायका कुराहरुको निर्देशन दिन सक्नेछ :–
(क) हुलाक वस्तु हुलाकबाट चलन गदानको अवस्थामा हराउने वा नोक्सान हुने खतराबाट बचाउनको निमित्त सम्बन्धि हुलाक अड्डामा यो ऐनको अरु दफाहरुमा लेखिएको कुराहरुको अधीनमा रही बिमा गराउने र त्यसको रसीद पोष्टिङ्ग गर्ने व्यक्तिलाई हुलाक अड्डाबाट दिने, र
(ख) बिमा बापत सोही सूचनामा तोकिए बमोजिमको थप दस्तुर लाग्ने ।
२८. हुलाक वस्तुहरुको बिमा अनिवार्य गराउने अधिकार : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएका हुलाक वस्तुहरुको बिमा अनिवार्य गराउन सक्नेछ र बिमा गर्न अनिवार्य भएको हुलाक वस्तु बिमा नगरी पोष्टिङ्ग गरिएमा सोही सूचनामा तोकिएको विशेष दस्तुर लिई मात्र ठेगानावालालाई डेलिभरी गर्ने वा पठाउनेलाई फिर्ता डेलिभरी गर्ने गरी निर्देश दिन सक्नेछ ।
तर सो बमोजिम दस्तुर लिएको कारणले त्यस्ता हुलाक वस्तुको सम्बन्धमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन ।
२९. बिमा सम्बन्धी नियमहरु बनाउने अधिकार : (१) नेपाल सरकारले बिमा सम्बन्धी नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :–
(क) दफा २७ अन्तर्गत बिमा गराउन सकिने हुलाक वस्तुहरुको किसिम,
(ख) बिमा गराउन सकिने रकमको हद अङ्क,
(ग) बिमा दस्तुर तिर्ने तरिका, र
(घ) बिमा गरिएका हुलाक वस्तुहरुको क्षतिपूर्ति दिने ।
(३) बिमाको निमित्त हुलाक अड्डामा दाखिल भएका हुलाक वस्तुहरुलाई बिमा गरिसकेपछि, महानिदेशकले समय समयमा आदेश जारी गरी तोकिदिएको स्थान र समयमा तोकिदिएको तरिका अनुसार डेलिभरी तथा वितरण गर्नेछ ।
३०. बिमा गरिएको हुलाक वस्तुहरुको सम्बन्धमा नेपाल सरकारको दायित्व : तोकिएका शर्त र बन्देजहरुको अधीनमा रही बिमा गरिएको हुलाक वस्तुमा वा त्यसभित्रको कुनै चीज वस्तु हुलाकबाट चलन गदानुको अवस्थामा हराएमा वा नोक्सान भएमा सो हुलाक वस्तु जति रकममा बिमा गराएकोछ सो अङ्कमा नबढाई त्यतिसम्म क्षतिपूर्ति पठाउनेलाई दिने दिलाउने दायित्व नेपाल सरकारको हुनेछ ।
तर कुनै हालतमा पनि हराएको वा नोक्सान भएको वस्तुको वास्तविक मूल्यभन्दा बढी क्षतिपूर्ति दिनु पर्ने छैन ।
३१. मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलन गदानुको : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको व्यवस्था गर्न सक्नेछ :–
(क) यो ऐनका अरु दफाहरुमा लेखिएका कुराहरुको अधीनमा रही हुलाकबाट हुलाकवस्तु पठाउनेले सो वस्तुमा जति रकम लेखिदिएको छ त्यति रकम ठेगानावालाबाट असुल उपर गरी हुलाक वस्तु डेलिभरी गर्ने र असुल भएको रकम हुलाक वस्तु पठाउनेलाई बुझाउने, र
(ख) सो बापत हुलाक वस्तु पठाउनेले तिर्नुपर्ने दस्तुर ।
तर मूल्यदेय वस्तुको रकम ठेगानावालाबाट असुल उपर नभएमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन । यस दफा बमोजिम पठाइएका हुलाक वस्तुलाई मूल्यदेय हुलाक वस्तु भनिनेछ ।
३२. मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकार :(१) मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलन गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :–
(क) मूल्यदेय गरी पठाउन सकिने हुलाक वस्तुहरुको किसिम,
(ख) पाएको सच्चा (बोनाफाइड) आदेशबमोजिम पठाउन लागेको हो भनी पठाउनेले घोषित नगरे सम्म कुनै हुलाक वस्तु मूल्यदेय गरी पठाउन नदिने,
(ग) मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल गरिने मूल्यको हद अङ्क,
(घ) मूल्यदेय हुलाक वस्तु पठाउनेले भर्नुपर्ने विवरणपत्रको ढाँचा र दस्तुर तिर्ने समय र तरिका,
(ङ) कुनै मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल उपर भएको रकममा कुनै जालसाजी भएमा सो रकम ठेगानावालालाई फिर्ता गर्ने व्यवस्था, र
(च) मूल्यदेय हुलाक वस्तुहरु डेलिभरी गर्ने वा त्यसको मूल्य तिर्ने सम्बन्धमा परेका उजूरीहरुको जाँचबुझको निमित्त लाग्ने दस्तुर तोक्ने ।
(३) हुलाक वस्तु मूल्यदेय गरी पठाउन पोष्टिङ्ग गर्न सकिने हुलाक अडडाको नाम, समय र अपनाउनुपर्ने तरिका र मूल्यदेय हुलाक वस्तुहरुलाई डेलिभरी गर्ने हुलाक अडडाको नाम, समय र तरिका महानिदेशकले समय समयमा आदेश जारी गरी तोकिदिए बमोजिम हुनेछ।
(४) यस दफाको उपदफा (२) को खण्ड (ङ) अन्तर्गत बनेको कुनै नियम बमोजिम गरेको वा सो बमोजिम भनी सम्बन्धी असल नियतले गरेको कुनै काम कार्यान को सम्बन्धमा नेपाल सरकार वा हुलाक अडडाको कुनै कर्मचारी उपर कुनै नालेस, उजूर वा कानूनी कारबाही चल्ने छैन ।
३३. अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार : (१) हुलाक वस्तुहरुलाई साधारण हुलाकबाट वा रजिष्टरी गरी वा बिमा गरी वा मूल्यदेय गरी हुलाक मार्फत आदान प्रदान गर्ने सम्बन्धमा नेपाल $\times$ ............. र अरु विदेशी राष्ट्रको बीचमा भएको व्यवस्था वा युनिभर्सल
पोष्टल युनियन (विश्व हुलाक संघ) को कन्भेन्सनलाई लागू गर्न नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :–
(क) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरु पठाउनेले पोष्टिङ्ग गर्दा तथा ठेगानावालाले डेलिभरी लिँदा भर्नुपर्ने विवरणपत्रको ढाँचा अपनाउनु पर्ने तरिका, र
(ख) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरु पठाउन लाग्ने दस्तुर ।
परिच्छेद– ७ डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरु
३४. डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरु फछ्याउने सम्बन्धमा नियमहरु बनाउने अधिकार : (१) कुनै कारण परी डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फछ्याउने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :-
(क) हुलाक अड्डाबाट डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई सोही अड्डामा राखी छोड्ने अवधि, र
(ख) डेलिभरी गर्न नसकेका हुलाकवस्तुहरुको सूची प्रकाशित गर्ने ।
(३) डेलिभरी गर्न नसकेको हुलाक वस्तुलाई यस दफाको उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेका नियमहरुले तोकिदिएको अवधिसम्म हुलाक अड्डामा राखिसकेपछि फिर्ता चिठ्ठी फाँटमा चलान गरी पठाइनेछ ।
३५. फिर्ता चिठ्ठी फाँटमा पठाएका डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फछ्र्याउने : (१) दफा ३४ को उपदफा (३) बमोजिम फिर्ता चिठ्ठी फाँटमा पठाइएको हुलाक वस्तुमा देहाय बमोजिम गरिनेछ :–
(क) हुन सकेमा ठेगानावाला कहाँ हुलाकबाट पुनः चलान गरी पठाउने वा
(ख) सो बमोजिम पठाउन नसकिने भएमा सो फाँटको सम्बन्धित कर्मचारीले गोप्य रुपबाट हुलाक वस्तु खोली पठाउनेको नाम र ठेगाना हेरी पुनः बन्द गर्ने ।
(२) पठाउनेको नाम र ठेगाना पत्ता लागेमा सो हुलाक वस्तुलाई कुनै थप महसुल वा दस्तुर नलिई वा नेपाल सरकारले नियमहरु बनाई तोकिदिएको महसुल वा दस्तुर लिई पठाउने कहाँ हुलाकबाट फिर्ता पठाइनेछ ।
३६. डेलिभरी गर्न नसकेको हुलाक वस्तुहरुलाई अन्तिम रुपबाट फछ्र्याउने : दफा ३४ र दफा ३५ अन्तर्गत फछ्र्याउन नसकेका हुलाक वस्तुहरुलाई नेपाल सरकारले नियमहरु बनाई कुनै अवधि तोकिदिएको भए सो अवधिसम्म फिर्ता चिठ्ठी फाँटमा राखी छाड्नेछ र सोही नियमहरु अनुसार अरु कारबाही गरिनेछ ।
*तर–
(क) त्यसरी बुझाउन नसकेका हुलाक वस्तुमा चिठ्ठी भए नष्ट गर्ने र अरु हुलाक वस्तुको हकमा सडी गली नजाने किसिमको बिक्री योग्य चीज वस्तु वा नगद रकम भए त्यस्तो चीज वस्तु वा नगद रकमलाई एक वर्षको अवधिसम्म फिर्ता चिठ्ठी फाँटमा राखी छोड्नेछ र सो अवधिसम्म कसैले आफ्नो हक देखाउन नसकेमा नगद रकम भए नगदै र बिक्री योग्य चीज वस्तु भए बढाबढीमा बिक्री गरी आएको नगद रकमलाई नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला गरिनेछ ।
(ख) वैदेशिक हुलाक वस्तु भए जुन राष्ट्रबाट त्यस्तो हुलाक वस्तु प्राप्त हुन आएको हो त्यस्तो राष्ट्रसँग नेपाल सरकारको कुनै सम्झौता भएमा सोही
* पहिलो संशोधनद्वारा संशोधित ।
सम्झौता बमोजिम र त्यस्तो सम्झौता नभएमा युनिभर्सल पोस्टल युनियन (विश्व हुलाक संघ) को कन्भेन्सन अनुसार फछ्याइउनु पर्छ ।
परिच्छेद– ८
धनादेश (मनी अर्डर)
३७. धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार : (१) नेपाल सरकारले धनादेशको व्यवस्थाबाट हुलाक अड्डाहरु मार्फत साना–साना रकमहरु आदान प्रदान हुने व्यवस्था गर्न र तत्सम्बन्धी नियमहरु बनाउन सक्नेछ :–
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरी ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ।
(क) धनादेशबाट आदान प्रदान गर्न सकिने रकमको हद अङ्क, (ख) धनादेश चालू रहने अवधि र (ग) धनादेश वा तत्सम्बन्धी अरु कुराहरु बापत लाग्ने कमिशन वा महसुलको दर ।
३७क. धनादेश सञ्चालन कोष : (१) नेपाल सरकारले धनादेश रकमको भुक्तानी दिने प्रयोजनको लागि धनादेश सञ्चालन कोष (रिफिण्डिङ फण्ड) स्थापना गर्न सक्नेछ ।
(२) धनादेश सञ्चालन कोषमा नेपाल सरकारले जम्मा गरिदिएको रकम र अन्य तोकिए बमोजिमका रकमहरु रहनेछन् ।
(३) धनादेश सञ्चालन कोषको सञ्चालन कार्यविधि तोकिए बमोजिम हुनेछ ।
३८. धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम बदल्न सक्ने : (१) दफा ३७ अन्तर्गत बनेका नियमहरुमा थप कमिशन वा महसुल असूल गर्ने सम्बन्धमा तोकिएको शर्तहरुका अधीनमा रही धनादेशबाट हुलाक अड्डा मार्फत रकम पठाउने
व्यक्तिले सो रकम आदेशमा तोकिएको व्यक्तिलाई भुक्तानी गर्न नसकिएमा आफुलाई नै फिर्ता भुक्तानी गराउन वा आफ्नो निर्देश बमोजिम अकै व्यक्तिलाई भुक्तानी गराउन सक्नेछ ।
(२) धनादेश बमोजिम रकम पाउने र धनादेश पठाउने दुवै फेला नपरेमा र धनादेश पठाइएको मितिले १ वर्षको अवधिसम्ममा पनि पठाउने र पाउने कसैले पनि दाबी नगरेमा सो अवधि नाघेपछि सो रकम बापत नेपाल सरकारमा कुनै दाबी लाग्नेछैन ।
३९. हुलाक आदेशको व्यवस्था गर्ने अधिकार : (१) नेपाल सरकारले समय समयमा तोकेका रकम हुलाकद्वारा आदान प्रदान गर्न सक्ने गरी उपयुक्त देखेको ढाँचाको हुलाक आदेश प्रचलनमा ल्याउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रचलनमा ल्याइएका हुलाक आदेश पठाउँदा, बिक्री गर्दा खारेज गर्दा वा त्यसको भुक्तानी गर्दा लाग्ने कमिसनको दर, अपनाउनु पर्ने तरिका र पालन गर्नु पर्ने अन्य शर्त बन्देजहरुको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
(३) हुलाक आदेश बिक्री गर्ने र भुक्तानी दिने हुलाक अड्डाको नाम समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी महानिदेशकले तोक्नेछ ।
४०. विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार : (१) नेपाल $\times$............. र अरु विदेशी राष्ट्रहरुको बीचमा हुलाक अड्डा मार्फत धनादेशहरु पठाउने र त्यसको भुक्तानी गर्ने सम्बन्धमा भएको व्यवस्थालाई लागू गर्न नेपाल सरकारले नियमहरु बनाउने सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकार सर्वमान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर यी नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :
(क) नेपाल $\times$.......... बाट त्यस्तो आदेशहरु पठाउँदा र नेपाल $\times$........... मा त्यस्तो आदेशको भुक्तानी गर्दा अपनाउनु पर्ने तरिका र पालन गर्नु पर्ने शर्तहरु, र
(ख) सो बापत लाग्ने कमिसनको दर ।
$\bullet$ पहिलो संशोधनद्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको ।
४१. गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्ने : कुनै व्यक्तिलाई धनादेश बमोजिमको भुक्तानी गर्नु पर्ने भन्दा बढी रकम हुलाक अडडाका कर्मचारीबाट भुक्तानी गरिएकोमा सो बढी भुक्तानी भएको जमिन रकम निजले कुनै मनासिब कारण बिना फिर्ता नगरेमा वा फिर्ता गर्न इन्कार गरेमा वा कुनै धनादेश बमोजिम कुनै व्यक्तिलाई भुक्तानी गर्नु पर्ने रकम अर्को व्यक्तिलाई हुलाक अडडाका कर्मचारीबाट भुक्तानी गरिएकोमा गल्तीले भुक्तानी भएको रकम निजले कुनै मनासिब कारण बिना फिर्ता नगरेमा वा गर्न इन्कार गरेमा महानिदेशकबाट अधिकार पाएको हुलाक अडडाको कर्मचारीले त्यस्तो फिर्ता लिनु पर्ने रकम त्यस्ता व्यक्तिबाट सरकारी मालपोत बाँकी सरहको कारबाही गरी असूल उपर गर्नु पर्छ । त्यस्तो रकम फिर्ता गर्नु नपर्ने कुनै मनासिब माफिकको कारण भएमा सम्बन्धित व्यक्तिले नै सो कारण पेश गर्न र प्रमाणित गर्न सक्नुपर्छ ।
४२. धनादेशसम्बन्धी दायित्वबाट बचाउ : देहायको काम कुरामा नेपाल सरकारउपर वा हुलाक अडडाका कुनै कर्मचारी उपर कुनै नालस, उजूर लाग्न वा कानूनी कारबाही चलाउन सक्ने छैन :
(क) यस परिच्छेद अन्तर्गत बनेका कुनै नियम अन्तर्गत गरेको कुनै काम कुरा, वा
(ख) धनादेश पठाउने व्यक्तिले धनादेशको रकम भुक्तानी पाउने व्यक्तिको नाम वा ठेगाना दिँदा गलत वा अपूरो गरिदिएको कारणले गलत भुक्तानी हुन गएकोमा,
तर धनादेशको रकम भुक्तानी पाउने व्यक्तिको परिचय थाहा हुन चाहिने पर्याप्त विवरण प्राप्त भएको छ भन्ने विश्वास गर्न सकिने मनासिब माफिकको कारण भई त्यस्तो अपूरो नाम वा ठेगाना स्वीकार गरिएको भए मात्र त्यसरी नाम वा ठेगाना अपूरो गरी दिएको कारणले गलत भुक्तानी हुन गएकोमा नालस, उजूर वा कानूनी कारबाहीबाट सम्बन्धित हुलाक अडडाको कर्मचारीले छुटकारा पाउनेछ, वा
(ग) हुलाक अडडाको कर्मचारीको जानाजान जालसाजी वा गफलत नभई अरु साधारण आकस्मिक भूलचुकको कारण कुनै धनादेशको रकम भुक्तानी गर्न इन्कार गरिएको वा ढिलाई भएकोमा, वा
(घ) धनादेश पठाइएको मितिले १ वर्षको अवधि नाघेपछि त्यसको गलत भुक्तानी हुन गएकोमा, वा
(ङ) नेपाल सरकार अधीनको बाहेक अरु कुनै हुलाक अडडाको कुनै कर्मचारीले नेपाल $\times$ ............. बाहिर कुनै धनादेशको गलत भुक्तानी गरेको वा ढिलो भुक्तानी गरेकोमा ।
परिच्छेद– ८क. बचत बैंक सम्बन्धी व्यवस्था
४२क. बचत बैंकको काम गर्न पाउने हुलाक अडडा : सानामिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुविधा प्रदान गर्ने काम सञ्चालन गर्नको लागि नेपाल सरकारले कुनै हुलाक अडडालाई तोक्नेछ ।
४२ख. बचत बैंकसम्बन्धी नियम बनाउने अधिकार : (१) दफा ४२क. को प्रयोजनको लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको परामर्श लिई नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी यी नियमहरुमा खासगरी देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :–
(क) बचत बैंकमा राख्न सकिने अधिकतम र न्यूनतम रकमको हद, (ख) बचत बैंकमा रकम जम्मा गरे बापत दिइने ब्याजको दर, (ग) नाबालक, अविवाहित वा विधवा स्त्रीलाई बचत बैंकको सुविधा दिँदा अपनाउनु पर्ने तरिका तथा कार्यविधि, (घ) अप्रचलित खाता र खाता स्थानान्तरणको व्यवस्था, (ङ) बचत बैंक सम्बन्धी अन्य व्यवस्थाहरु ।
परिच्छेद– ९ सजाय र कार्य प्रणाली
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको । $\square$ पहिलो संशोधनद्वारा परिच्छेद नै थप ।
४३. डाँक थैला वा हुलाक वस्तुहरु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरुले खराब आचरण गरेमा सजाय : हुलाकबाट चलन गदानको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले देहायको कसूर गरेमा निजलाई $\Leftrightarrow$ एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ :–
(क) काममा लगाइएको बखत मादक पदार्थले बेसुर भई बसेमा, वा
(ख) डाँक, थैला वा हुलाक वस्तुको सुरक्षा खतरामा पर्ने गरी हेलचक्राई वा अरु खराब आचरण गरेमा, वा
(ग) डाँक, थैला वा हुलाक वस्तु ओसाउने वा डेलिभरी गर्ने काममा ढिलो गरेमा वा ढिलो हुने गरी यताउता घुमफिर गरेमा, वा
(घ) डाँक, थैला वा हुलाक वस्तु सुरक्षित गरी ओसाउन वा डेलिभरी गर्न मनासिब मुताबिक ध्यान नदिएमा र मेहनत नगरेमा ।
४४. डाँक थैला वा हुलाक वस्तुहरु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफ्नो काम छोडेमा सजाय : हुलाकबाट चलन गदानको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले अनुमति नलिई वा १ महीनाको पूर्व सूचना नदिई आफु खुशी आफ्नो अडडाको काम छोडेमा निजलाई $\Leftrightarrow$ एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
४५. हुलाक वस्तुहरु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले झुट्टा कुरा दर्ता गरेमा सजाय : हुलाकबाट चलन गदानको अवस्थामा हुलाक वस्तु ओसाउने वा डेलिभरी गर्ने काममा लगाइएको र सो काम दर्ता किताब खडा गरी राख्नुपर्ने गरी किन व्यहोरा गरिएको व्यक्तिले नगएको ठाउँमा गएको वा डेलिभरी नगरेको हुलाक वस्तु डेलिभरी गरेको भन्ने कुरा विश्वास परोस् भन्ने मनसायले दर्ता किताबमा कुनै झुट्टा कुरा दर्ता गरेमा वा गराएमा निजलाई $\Leftrightarrow$ एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
४६. हुलाक वस्तुहरु चोर्ने गर्ने, हिनमिना गर्ने, दबाउने, नष्ट गर्ने वा फ्याँक्ने इत्यादि काम गरेमा सजाय : $\Leftrightarrow$ (१) हुलाक अडडाको कर्मचारी वा डाँक परिवहनको काममा लागेका व्यक्ति वा संस्था वा
$\Leftrightarrow$ दोस्रो संशोधनद्वारा संशोधित ।
अरु कसैले हुलाकबाट चलान गदानको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु वा त्यसमा रहेका चीज, वस्तु चोरी गरेमा, छिकेमा, फ्याँकेमा, वहनामिना गरेमा वा नष्ट गरेमा वा जुनसुकै उद्देश्यले दबाएमा वा क्षति पुर्याएमा निजबाट बिगो समेत असूल गरी निजलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(२) हुलाकबाट चलान गर्न हुलाक अड्डामा पोष्टिङ गर्न ल्याउने हुलाक वस्तुहरु बुझिलिने काममा लगाइएको कर्मचारीले कसै सँग हुलाक वस्तुमा टिकट टाँसी दिउँला भनी टँसाई लिनु दिनु पर्ने अड्डा भरै वा अन्य ठाउँमा पैसा लिई टिकट टाँसी नदिई वहनामिना गरेमा, त्यसरी लिए खाएको बिगो भराई निजलाई बढीमा एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
४७. हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजाय : आफ्नोp किन व्यहोराको विपरीत हुलाक अड्डाको कर्मचारीले हुलाकबाट चलान गदानको अवस्थामा हुलाक वस्तु खोलेमा वा खोलाएमा वा जानी जानी रोक्का गरेमा वा गराएमा वा ढिलो गरी ओसारेमा वा ओसानी लगाएमा वा ढिला गरी डेलिभरी गरेमा वा गराएमा निजलाई बढीमा एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
तर यो ऐनले दिएको अधिकार अन्तर्गत वा नेपाल सरकारको लिखित आदेश बमोजिम वा अधिकार प्राप्त अदालतको निर्देश बमोजिम कुनै हुलाक वस्तु खोलेको, रोक्का राखेको वा ओसानी वा डेलिभरी गर्न ढिलो गरेकोमा यस दफाको कुनै कुरा लागू हुने छैन ।
४७क. डाँक परिवहनमा बाधा विरोध गरेमा सजाय : निर्धारित समय तालिका अनुसार डाँक परिवहन गराउँदा, कसैले बाधा विरोध गरेमा निजलाई दुई हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
४८. बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजाय : हुलाक अड्डाको कर्मचारीले देहायको कुनै कसूर गरेमा निजलाई बढीमा एक वर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । दोस्रो संशोधनद्वारा थप । चौथो संशोधनद्वारा संशोधित ।
(क) जालसाजी गरी हुलाक वस्तुमा झुठ्ठा सरकारी चिन्ह लगाएमा, वा
(ख) हुलाक वस्तुमा लगाइएको सरकारी चिन्ह जालसाजी गरी हेरफेर गरेमा वा हटाएमा वा मेटेमा, वा
(ग) हुलाक वस्तु डेलिभरी गर्ने काम सुम्पिएकोमा, सो वस्तुको यो ऐन बमोजिम नलाग्ने हुलाक टिकटको कुनै रकम जानी जानी मागेमा वा प्राप्त गरेमा ।
४९. हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजाय: कसैले जालसाजी गरी कुनै लिखत गलत किसिमसँग तयार गरेमा वा कुनै लिखत हेरफेर गरेमा वा दबाएमा वा नष्ट गरेमा निजलाई बढीमा दुई वर्षसम्म कैद $\text{^}$ वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५०. हुलाक महसुल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजाय : हुलाक अड्डाको कर्मचारीले यो ऐन अन्तर्गत तोकिएको तरिका अनुसार हुलाक महसुल तिर्नुपर्ने नतिरेको वा असूल गर्नुपर्ने नगरिएको कुनै हुलाक वस्तुलाई जालसाजी गर्ने नियतले हुलाकबाट चलन गरेमा वा हुलाक थैलामा राखेमा, निजलाई बढीमा दुई वर्षसम्म कैद $\text{^}$ वा बीस हजार रुपैयाँसम्म वा दुवै सजाय हुनेछ ।
५१. दफा ३ उल्लंघन गरेमा सजाय : (१) कुनै व्यक्तिले देहायको कुनै कसूर गरेमा निजलाई सो कसूरसँग सम्बन्धित प्रत्येक चिठ्ठी बापत बढीमा ने.रु. पच्चीससम्म जरिवाना हुनेछ :–
(क) दफा ३ बमोजिमको नेपाल सरकारको एकाधिकार भित्रको कुनै चिठ्ठी हुलाक बाहेक अर्को साधनबाट ओसारेमा, वा
(ख) त्यस्तो एकाधिकार भित्रको कुनै चिठ्ठी हुलाक बाहेक अर्को साधनबाट ओसाउने कामसँग सम्बन्धित अरु कुनै काम गरेमा, वा
(ग) त्यस्तो एकाधिकार भित्रको कुनै चिठ्ठी हुलाक बाहेक अर्को साधनबाट पठाएमा वा पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, वा
$\text{^}$ चौथो संशोधनद्वारा संशोधित । $\text{^}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित ।
(घ) दफा ३ को देहायका (क), (ख) वा (ग) मा लेखिए बमोजिम चिट्ठीहरु हुलाक बाहेक अकै साधनबाट पठाउन जम्मा गरेमा ।
(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूरको प्रमाणित भईसकेपछि फेरी पुनः सोही कसूर गरेमा, निजलाई त्यस्तो प्रत्येक कसूर बापत ने.रु. पचाससम्म जरिवाना हुनेछ।
५२. दफा ४ उल्लंघन गरेमा सजाय : (१) दफा ४ उल्लंघन गरी कुनै व्यक्तिले चिट्ठीहरु ओसारेमा, प्राप्त गरेमा, पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, निजलाई त्यस्तो प्रत्येक चिट्ठी बापत बढीमा ने.रु. पचाससम्म जरिवाना हुनेछ ।
(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूर गरेको प्रमाणित भईसकेपछि फेरर फेरर पुनः सोही कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूर बापत बढीमा ने.रु. दुई सयसम्म जरिवाना हुनेछ ।
५३. दफा १३ अन्तर्गत बनेका नियमहरु उल्लंघन गरेमा सजाय : (१) हुलाक टिकटहरु बिक्री गर्न नियुक्त भएको व्यक्तिले दफा १३ को उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेको कुनै नियमद्वारा तोकिएको भन्दा बढी मूल्य लिई हुलाक टिकट बिक्री गरेमा $\Leftrightarrow$ त्यसरी लिएको बढी रकम निजबाट भराई निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(२) कुनै व्यक्तिले दफा १३ अन्तर्गत बनेको अरु कुनै नियम उल्लंघन गरेमा निजलाई बढीमा ने.रु. दुई सय सम्म जरिवाना हुनेछ ।
५४. दफा १६ वा दफा १७ उल्लंघन गरेमा सजाय : (१) कुनै व्यक्तिले दफा १६ वा दफा १७ उल्लंघन गरी हुलाकबाट कुनै हुलाक वस्तु वा अरु खजी वस्तु पठाएमा वा पठाउनको निमित्त दिएमा निजलाई बढीमा एक वर्ष सम्म कैदै $\square$ वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) दफा १६ वा दफा १७ मा लेखिएको कुराहरु उल्लंघन गरी पठाइएको भन्ने आरोपमा हुलाक वस्तु हुलाक अड्डामा रोक्का रहे तापनि सो पठाउनेले हुलाकको उचित समयमा वस्तुको डेलिभरी भए सरह मानि कुनै कारबाही गर्न बाधा हुने छैन ।
$\Leftrightarrow$ दोस्रो संशोधनद्वारा संशोधित । $\square$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित ।
५५. पत्र मञ्जूषा बिगारेलाई सजाय : कुनै व्यक्तिले हुलाक वस्तुहरु खसाल्न हुलाक अडडाबाट राखिएको पत्र मञ्जूषामा आगो, सलाई वा बत्ती वा विष्फोटक, खतरनाक, फोहर, दुर्गन्ध वा हानिकारक वस्तु, वा तरल पदार्थ राखेमा वा पत्र मञ्जूषामा फोहर मैला गरेमा वा पत्र मञ्जूषामा त्यसको कुनै अङ्ग वा त्यसमा भएको वस्तुलाई हानि पुग्न सक्ने गरी कुनै काम गरेमा #अतिग्रस्त पत्र मञ्जूषा मर्मत गराउन लगाई निजलाई पाँथ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।
५६. हुलाक अडडा वा पत्र मञ्जूषालाई बेरुप पारेलाई सजाय : कुनै व्यक्तिले हुलाक अडडा वा हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अडडाबाट राखिएको पत्र मञ्जूषामा कुनै विज्ञापन, सूचना, सूचीपत्र, लेखित, बोर्डन वा अरु कुनै चीज वस्तु टाँसेमा, लगाएमा, वा रङ्ग रोगन लगाई वा अरु कुनै किसिमबाट बेरुप पारेमा, ⇔बेरुप पारिएको पत्र मञ्जूषा मर्मत गराउन लगाई निजलाई पाँथसय रुपैयाँसम्म जरिवाना हुनेछ ।
५७. छुट्टा विवरण भरेमा सजाय : हुलाकबाट पठाइने कुनै हुलाक वस्तु वा त्यसमा रहेका कुनै चीज वस्तु वा त्यसको मूल्यको सम्बन्धमा कुनै विवरणपर भन्नु पर्ने भएको व्यक्तिले जानी जानी कुनै छुट्टा कुरा भरी दिएमा निजलाई बढीमा ⇔एक हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
⇔ ५८. डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजाय : कुनै व्यक्तिले यो ऐन वा नेपाल सरकारको आदेश वा अधिकार प्राप्त अधिकारी वा अदालतको आदेश बमोजिम बाहेक हुलाकबाट चलन गदानको अवस्थामा कुनै डाँक थैला वा हुलाक वस्तु निर्दिष्ट स्थानमा नपुग्दै कुनै बहानाले बीचमा रोकेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा डाँक वा हुलाक वस्तु हस्तान्तरण गर्ने काममा खटिएका कर्मचारीलाई सो गर्नमा बाधा विरोध गरेमा निजलाई तीन महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५९. गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफू साथ राखी छोडेमा सजाय : कुनै व्यक्तिले हुलाकबाट चलन गदानको अवस्थामा अर्को व्यक्तिलाई डेलिभरी गर्नु पर्ने कुनै हुलाक वस्तु वा डाँक थैलालाई जालसाजी गरी आफूसाथ राखी छोडेमा वा जानी जानी दबाएमा वा
⇔ दोस्रो संशोधनद्वारा संशोधित । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित ।
फ्याँकी दिएमा वा रोक्का गरेमा वा हुलाक अडडाको कर्मचारीको आदेश बमोजिम फिर्ता डेलिभरी नगरेमा वा फिर्ता डेलिभरी गर्न इन्कार गरेमा निजलाई बढीमा $\Leftrightarrow$ दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
६०. चिठ्ठीको डेलिभरीमा बाधा दिएमा सजाय : कुनै व्यक्तिले अरु व्यक्तिलाई हानि पुर्याउने खास बदनीयतले सो व्यक्तिलाई डेलिभरी हुनुपर्ने कुनै चिठ्ठी खोलेमा वा खोलाएमा वा डेलिभरी गर्ने काममा कुनै तरले बाधा पुर्याउने काम गरेमा निजलाई $\Leftrightarrow$ एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
तर ठेगानावाला नाबालिग रहेछ वा अरु व्यक्तिको संरक्षणमा बसेको रहेछ भने त्यस्तो ठेगानावालाको बाबु, आमा वा संरक्षकले उपरोक्त कुनै काम कुरा गरेकोमा यो दफा लागू हुने छैन ।
६१. हुलाक टिकट लागेको लिखिको कुरा मेटेमा वा लिखिमा लागेको हुलाक टिकट खिकेमा सजाय : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानि नोक्सानी गराउने बदनीयतले कुनै लिखिको प्रयोजनको निमित्त सो लिखिमा टाँसेको हुलाक टिकट अर्को लिखिमा प्रयोग गर्न हुने गरी लिखिको कुरा मेटेमा वा हुलाक टिकट नै खिकेमा निजलाई बढीमा तीन वर्षसम्म कैद $\square$ वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
६१क. हुलाक टिकट खिकेमा सजाय : हुलाक अडडाको कर्मचारी वा डाँक परिवहनमा लागेका व्यक्तिले हुलाक महसुल बापि हुलाक वस्तुमा टाँसिएको हुलाक टिकट चोरी गरेमा, खिकेमा, फ्याँकेमा वा कुनै प्रकारले नष्ट गरेमा निजलाई त्यस्तो टिकटको बिगो असूल गरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
६२. अघि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजाय : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानि नोक्सानी गराउने बदनीयतले अघि प्रयोग भै सकेको भन्ने थाहा भएको
कुनै हुलाक टिकटलाई *पुनः प्रयोग गरेमा $\Leftrightarrow$ नेपाल सरकारलाई क्षति पुग्न गएको रकम निजबाट असुल गरी $\text{}$ एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
६३. हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजाय : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानि नोक्सानी गराउने बदनीयतले कुनै हुलाक टिकट प्रयोग भै रद्दी भै सकेको भन्ने जनाउन लगाइएको सरकारी चिन्हलाई मेटेमा, त्यस्तो सरकारी चिन्ह मेटेको कुनै हुलाक टिकट आफ्नो साथमा राखी छाडेमा वा बेच बिक्री गरेमा $\text{}$ ............ निजलाई $\text{}$ एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
६४. हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजाय : कुनै व्यक्तिले हुलाक टिकट, हुलाक आदेश वा जवाफीपर (कुपन) र हुलाकबाट चलन गदानको अवस्थाको हुलाक वस्तु वा त्यसमा रहेको कुनै चीज वस्तुको चोरी, डाँका, कीर्ते वा जालसाजी गरेमा त्यस्तो कसूर बापत प्रचलित नेपाल कानून बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैदै वा एकहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
६५. कसूर गर्न प्रयत्न गरेमा वा दुरूत्साहन गरेमा सजाय : यो ऐन अन्तर्गत सजाय हुने कुनै कसूर गर्न प्रयत्न गर्ने वा दुरूत्साहन गर्ने व्यक्तिलाई सोही कसूर गर्नेलाई सरह सजाय हुनेछ ।
६६. हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्न पर्याप्त हुने : हुलाकद्वारा पठाइएको हुलाक वस्तु वा डाँक थैलाको सम्बन्धमा भएको कुनै कसूरमा मुद्दा चलाउँदा, सो वस्तु मोल पर्नु वा नपर्नु जे भए तापनि हुलाक अड्डाको सम्पत्ति हो भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेछ ।
६७. यो ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुने : यो ऐन अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ ।
६८. .............
* पहिलो संशोधनद्वारा संशोधित । $\Leftrightarrow$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । $\text{}$ पहिलो संशोधनद्वारा खारेज गरिएको । $\leftrightarrow$ न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ द्वारा खारेज ।
६८क. मुद्दा हेर्ने अधिकार : (१) दफा ४३, ४४, ४५, ४७क, ५१, ५२, ५३, ५५, ५६, ५७, ५९, ६०, र ६१क बमोजिम सजाय हुने कसूरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित क्षेत्रीय निर्देशकलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मुद्दा हेर्ने अधिकारीलाई जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ ।
(३) उपदफा (१) बमोजिम क्षेत्रीय निर्देशकले गरेको निर्णय उपर सम्बन्धित हुलाक निर्देशनालय रहेको प्रदेशको उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(४) जिल्ला अदालतले आफू समक्ष दायर भएको हुलाक अपराध सम्बन्धी मुद्दाको कारबाही गर्दा सो मुद्दाको रोहबाट सम्बन्धित अभियुक्तले उपदफा (१) मा उल्लेखित दफाहरुसँग सम्बन्धित कुनै कसूर समेत गरेको देखिएमा जिल्ला अदालतले त्यस्तो कसूर सम्बन्धी मुद्दामा समेत कारबाही र किनारा गर्न सक्नेछ ।
(५) हुलाक अपराध सम्बन्धमा तहकीकात गर्दा एकै व्यक्तिले एकभन्दा बढी कसूर गरेको वा एउटै हुलाक वस्तुको सम्बन्धमा विभिन्न व्यक्तिले छुट्टाछुट्टै कसूर गरेकोमा त्यस्ता कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार बेग्लाबेग्लै क्षेत्रीय निर्देशकको अधिकार क्षेत्रभित्र पर्ने रहे छ भने त्यस्ता कसूरहरु सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी दिने हुलाक अड्डा रहेको क्षेत्रको क्षेत्रीय निर्देशकलाई हुनेछ ।
(६) एकै व्यक्तिले गरेको हुलाक अपराधी सम्बन्धी विभिन्न कसूरहरु वा विभिन्न व्यक्तिहरुले एउटै हुलाक वस्तु सम्बन्धमा गरेको विभिन्न कसूरहरुमध्ये कुनै कसूरसम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्रीय निर्देशकको अधिकारक्षेत्र भित्र र कुनै कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने रहे छ भने त्यस्तो कसूरहरु सम्बन्धी मुद्दा हेर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी हुने जिल्लाको जिल्ला अदालतलाई हुनेछ ।
* दोस्रो संशोधनद्वारा थप । ** तेस्रो संशोधनद्वारा संशोधित । *** नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
↓६८ख.
परिच्छेद -१० विविध
६९. अरु नियम बनाउने अधिकार : यो ऐनलाई कार्यान्वयन गर्न नेपाल सरकारले अरु नियमहरु पनि बनाउन सक्नेछ र ती नियमहरुमा लेखिएका कुनै कुरा उल्लंघन गरेमा बढीमा ♯पाँच सय रुपैयाँसम्म जरिवाना हुने गरी व्यवस्था गर्न सक्नेछ ।
♯७०. अधिकार सुम्पन सक्ने : (१) नेपाल सरकारले यो ऐन बमोजिम आफूलाई प्राप्त नियम बनाउने अधिकार बाहेक कुनै वा सबै अधिकार महानिदेशकले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको कुनै अधिकार महानिदेशकले नेपाल सरकारको स्वीकृति लिई ♯क्षेत्रीय निर्देशक वा अन्य कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।
७१. खारेजी : यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु, आदेश वा सूचनाहरुमा लेखिएको कुरासँग बाझिए जति नेपाल कानून खारेज भएको वा अवस्थानुसार यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, आदेश वा सूचनासँग मिल्ने गरी संशोधन भएको मानिनेछ ।
↓ चौथो संशोधनद्वारा खारेज । ♯ चौथो संशोधनद्वारा संशोधित ।
द्रष्टव्य : (१) हुलाक (तेस्रो संशोधन) ऐन, २०४५ को दफा ५ र ६ निम्न बमोजिम रहेको छ :–
“५. रुपान्तर : मूल ऐनमा ठाउँठाउँमा प्रयोग भएको “नियन्त्रक” भन्ने शब्दको सट्टा “क्षेत्रीय निर्देशक” भन्ने शब्दहरु राखी रुपान्तर गरिएको छ । ६. खारेजी : हुलाक महसुल ऐन, २०१९ खारेज गरिएको छ ।”
(२) केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु : – ”श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
(३) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरु :– ”पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।*