सामयिक कर असुल ऐन, २०१२
$\diamond$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको ।
२०१२ सालको ऐन नं. १४
$\times$ ...................
सामयिक कर असुल गर्ने व्यवस्था गर्न श्री ४ महाराजधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको छ ।
१. संक्षिप्त नामः यो ऐनको नाम “सामयिक कर असुल ऐन, २०१२” रहेको छ ।
२. परिभाषाः यसमा— (क) “सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित भएको आदेशलाई सम्झनु पर्छ । (ख) “प्रकाशित” भन्नाले नेपाल राजपत्रमा प्रकाशित भएको सम्झनु पर्छ ।
३. यस ऐन अन्तर्गत सूचित आदेश गर्ने अधिकारः नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क वा अरु कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
जनहितको लागि त्यस्तो भन्सार महसुल वा अन्तःशुल्क वा अरु कुनै कर तुरुन्त लगाउन वा बढाउन वाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ ।
४. यस ऐन अन्तर्गत निकालिएको सूचित आदेशको असर र अवधिः (१) यसरी निकालिएको सूचित आदेश सो सूचित आदेशमा तोकिएको मितिदेखि कानून सरह हुनेछ ।
(२) सूचित आदेश यस ऐन बमोजिम देहाका अवस्थामा कानून सरह लागू हुने छैनः–
(क) संशोधन भै या नभै यस सूचित आदेशको बेहोरा कानून बनी लागू भएमा,
(ख) कानून सरह लागू हुने छैन भनी नेपाल राजपत्रमा सूचनाद्वारा नेपाल सरकारले निर्देश गरेमा,
$\alpha$(ग) माथि (क) र (ख) बमोजिम नभएमा नेपाल राजपत्रमा प्रकाशित भएको ६ महिना व्यतीत हुने बित्तिकै ।
$\sigma$(३) ..............................
५. सूचित आदेश लागू हुन छाडेपछि फिर्ता गनुपर्नेः (१) $]$ सूचित आदेश लागू भएको मितिदेखि प्रारम्भ हुने गरी सूचित आदेश संशोधित भै कानूनको रुपमा परिणत भै आएमा सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर घटी हुन गएमा बढी असुल हुन गएको जमि फिर्ता गरिनेछ । केही गरी सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर बढी हुन गएमा सो कानून लागू हुने मितिदेखि मात्र सो नयाँ दर बमोजिम असुल उपर गरिनेछ ।
$\alpha$ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ द्वारा संशोधित । $\sigma$ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ द्वारा झिकिएको । $]$ पहिलो संशोधनद्वारा संशोधित ।
तर यो दफा बमोजिम फिर्ता गर्नुपर्ने कुनै भन्सार महसुल या अन्तःशुल्क या अरु कुनै करको दर दफा ३ बमोजिम लगाईएको कर र साबिक कर दरको तफावतभन्दा बढी हुन हुँदैन ।
(२) दफा ४ को उपदफा (२) को (ख) $\beta$....................बमोजिम सूचित आदेश ऐन सरह लागू नहुने भएको खण्डमा असुल गरिएको सबै कर, महसुल, अन्तःशुल्क फिर्ता गरिनेछ, जुन कर, महसुल, अन्तःशुल्क सूचित आदेश नभएको भए असुल गरिने थिएन ।
स्पष्टीकरणः–
(क) सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकोमा पछि कानूनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा ५ रुपैयाँ फिर्ता दिनु पर्छ ।
(ख) सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकोमा पछि कानूनबाट १० रुपैयाँ मात्र लिने लेखिएकोमा ८ रुपैयाँ फिर्ता दिनु पर्छ ।
$\beta$ पहिलो संशोधनद्वारा झिकिएको । द्रष्टव्यः (१) नेपाल अन्तरिम शासन विधान, (चौथो संशोधन) २०१५ द्वारा रुपान्तर गरिएका शब्दहरुः– “नेपाल सरकार” वा “सरकार” को सट्टा “श्री ५ को सरकार” । (२) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।