आय टिकट दस्तूर ऐन, २०१९
लालमोहर र प्रकाशन मिति २०१९।९।२९
संशोधन गर्ने ऐन १. आय टिकट दस्तूर (पहिलो संशोधन) ऐन, २०३५ | २०३५।७।१ २. अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ | २०४७।८।२७
प्रमाणीकरण र प्रकाशन मिति ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ $\blacklozenge$ | २०६६।१०।७ ४. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ | २०७५।११।१९
२०१९ सालको ऐन नं. ३४ $\boxtimes$ आय टिकट दस्तूरसम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः आयसम्बन्धी कारोबारका कागजपत्रहरुमा आय टिकट दस्तूर लगाउनु र त्यस्तो आय टिकट सम्बन्धी कार्य प्रणालीलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यो ऐनको नाम “आय टिकट दस्तूर ऐन २०१९” रहेको छ । (२) यो ऐन नेपाल $\boxtimes$.......... लागू हुनेछ । (३) यो ऐन २०१९।४।९ देखि प्रारम्भ भएको मानिनेछ ।
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\boxtimes$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खदिएको ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–
(क) “आय टिकट” भन्नाले दफा ४ को उपदफा (१) मा लेखिएको कागजपत्रमा लगाउनु पर्ने नेपाल सरकारद्वारा स्वीकृत आय टिकट सम्झनु पर्छ । (ख) $\times$ (ग) $\times$ (घ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा आदेशमा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ । (ङ) “अनुसूची” भन्नाले यो ऐनको अनुसूची सम्झनु पर्छ ।
३. $\infty$..................................
$\spadesuit$४. आय टिकट दस्तूर लाग्ने: (१) देहायका कागजपत्रहरुमा अनुसूचीमा लेखिएबमोजिम आय टिकट दस्तूर लाग्नेछ–
(क) लेनदेनको तमसुक, टिप्पन, (ख) बहाल कबुलियत, (ग) गैह्र संस्थागत कृषिजन्य वस्तु बाहेक बिक्रीनामाको कागजात, (घ) शेयर, डिबेन्चर स्टकको खरिद बिक्रीसम्बन्धी कागजात, (ङ) विनिमयपत्र र प्रतिज्ञापत्र, (च) बीमा लेखसम्बन्धी गैह्र कागजात, र (छ) घर, पसल, हल, होटल र कोठाको बहाल बुझेको भरपाई ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कागजातपरमा आय टिकट दस्तूर लाग्ने छैन–
(क) अनिवार्य रुपले रजिष्ट्रेशन पास गराउनु पर्ने तमसुक,
$\times$ पहिलो संशोधनद्वारा खनिएको । $\infty$ पहिलो संशोधनद्वारा खारेज । $\spadesuit$ पहिलो संशोधनद्वारा संशोधित ।
(ख) तमसुकी ऋणको साँवा, ब्याज र जिन्सी वा नगदीबाली बुझाउँदाको भरपाई, (ग) नेपाल सरकार तथा नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले जारी गरेको ऋणपत्रहरु, (घ) चेक, ड्राफ्ट, डी.डी., र (ङ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आंशिक वा पूर्ण रुपले आय टिकट नलाग्ने भनी उपदफा (१) मध्येको तोकिदिएको कागजपत्रहरु । (३) उपदफा (१) बमोजिम आय टिकट दस्तूर लाग्ने कागजपत्रमा आय टिकट नपाएसम्म त्यसको सट्टा हुलाक टिकट टाँस्न सकिनेछ ।
५. आय टिकटको बिक्री व्यवस्थाः (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आय टिकट कसैले खरिद गरेमा त्यससम्बन्धी पाउने कमिसनको व्यवस्था गर्न सक्नेछ । (२) यो ऐन बमोजिम टाँस्नु पर्ने आय टिकट नपाइएमा वा सो टिकट टाँस्नु पर्ने कागजातमा उपयुक्त स्थानको अभाव भएमा आय टिकट दस्तुर बापत लाग्ने रकम नेपाल राष्ट्र बैंक वा नेपाल राष्ट्र बैंकले राजस्व सङ्कलनको लागि तोकेको बैंकमा राजस्व दाखिल गरी सो को भौचर वा सम्बन्धित कार्यालयमा नगद रकम बुझाई सो को भरपाई आय टिकट टाँस्नु पर्ने कागजातसँग संलग्न गरेको भएमा यस ऐनको प्रयोजनको लागि आय टिकट टाँस गरेको मानिनेछ । (३) उपदफा (२) बमोजिम आय टिकट बापतको रकम बुझाउन ल्याएमा बैंक वा सम्बन्धित कार्यालयले बुझिलई त्यसको भरपाई दिनु पर्नेछ र कार्यालयमा नगदै दाखिल भएकोमा आम्दानी बाँधी राजस्व खातामा दाखिल गर्नु पर्नेछ ।
६. आय टिकट टाँस्ने कर्तव्यः दफा ४ मा लेखिएको कारोबार गर्दा प्रमाणको निमित्त कागज लिने व्यक्तिले नै टिकट टाँसी कागज गरिदिने व्यक्तिको सो कागज तथा अनुसूचीमा लागे
बमोजीमको आय टिकट समेतलाई ढाक्ने गरी मिति समेत खोली सहीछाप गराई कागज लिन दिनु पर्छ ।
७. आय टिकट नटसेको कागजपत्रलाई कानूनी मान्यता नहुनेः (१) यस ऐन बमोजीम आय टिकट दस्तूर लाग्ने कागजपत्रमा आय टिकट टाँसिएको रहेनछ भने त्यस्तो कागजपत्रलाई कानूनी मान्यता दिइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आय टिकट नटसाई वा अनुसूचीमा लेखिएको दरमा घटी पारी आय टिकट टाँसेको रहेछ भने त्यस्तो व्यक्तिबाट आय टिकट नै नटसाएकोमा टाँस्नु पर्ने जमतिको पाँच दोबर र घटी पारी आय टिकट टाँसेकोमा घटी भए जमतिको पाँच दोबर आय टिकट टाँस्न लगाई वा त्यति दस्तूरको रकम बुझी लिई त्यस्तो कागजपत्रलाई कानूनी मान्यता दिन सकिनेछ ।
७क. आय टिकट दस्तूरको निमित्त जिन्सीको बिगो कायम गर्नेः आय टिकट दस्तूरको प्रयोजनको निमित्त जिन्सीको बिगो कायम गर्दा स्थानीय बजारमा चलेको दर भाउले हिसाब गरी बिगो कायम गरिनेछ ।
८. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको निमित्त नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
९. ..........................
▲ पहिलो संशोधनद्वारा संशोधित । ❖ पहिलो संशोधनद्वारा बप । ⇐ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा खारेज ।
अनुसूची
आय टिकट दस्तूरको दर
स्पष्टीकरण: एक हजार रुपैयाँभन्दा बढीको रकमको घरायसी लेनदेनको तमसुक वा टिप्पनमा मात्र अनुसूचीबमोजिम दस्तूर लाग्नेछ ।
* पहिलो संशोधनद्वारा संशोधित ।