मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९
लालमोहर र प्रकाशन मिति २०५०।०२।३२
२०५० सालको ऐन नं. ११
$\times$........... मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : मन्त्रीहरूको पारिश्रमिक र सुविधाका सम्बन्धमा कानूनी व्यवस्था गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाईसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “मन्त्री” भन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री समेत सम्झनु पर्छ। (ख) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
* यो ऐन २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
परिच्छेद-२ पारिश्रमिक र अन्य सुविधा
३. पारिश्रमिक : $^™$(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको पारिश्रमिक मन्त्रीहरूलाई दिइनेछ। (२) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मन्त्रीहरूको मासिक पारिश्रमिकमा परिवर्तन गर्न सक्नेछ। (३) कुनै मन्त्रीको मन्त्री पदमा बहाल रहेकै अवस्थामा मृत्यु भई वा निजले दिएको राजीनामा स्वीकृत भई वा मन्त्रिपरिषद् विघटन भई वा अन्य कुनै तबकाबाट निज मन्त्री पदमा कायम नरहेमा निजलाई मन्त्री पद कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महीनाको थप पारिश्रमिक दिइनेछ। (४) मन्त्रीले उपदफा (३) बमोजिम पाउने पारिश्रमिक वा थप पारिश्रमिक अवस्था अनुसार निजलाई वा निजले इच्छाएको व्यक्तिलाई दिइनेछ। मन्त्रीको मृत्यु भएमा निजले कसैलाई इच्छाएको रहेन छ वा इच्छाएको व्यक्ति जीवित रहेन छ भने त्यस्तो पारिश्रमिकको रकम निजको नजिकको हकवालालाई दिइनेछ।
४. आवास सुविधा : (१) मन्त्रीहरूलाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ। त्यस्तो घरको बन्दोबस्त नभएकोमा वा काठमाडौं उपत्यकामा आफ्नो उपयुक्त घर नभएका मन्त्रीहरूलाई घरभाडा बापत प्रतिमास तिर्न पर्ने रकम नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ। (२) उपदफा (१) बमोजिम बन्दोबस्त भएको सरकारी घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक वर्ष मन्त्रीहरूलाई निजहरूको मासिक पारिश्रमिकको आधा रकम दिइनेछ। यो सुविधा भाडाको घरमा बसे पनि दिइनेछ। (३) काठमाडौं उपत्यकामा स्थायी बासस्थान भई उपयुक्त घर भएका मन्त्रीलाई निजको घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक महीना एकहजार पाँचसय रूपैयाँ दिइनेछ। (४) यस दफा बमोजिमको सुविधा मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।
५. बिजुली, धारा र टेलिफोन सुविधा : प्रधानमन्त्रीको आवासमा जडान भएका बिजुली धारा र टेलिफोन तथा अन्य मन्त्रीहरूको आवासमा जडान भएका एक इकाईको बिजुली, धारा र
$^™$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
नेपाल भित्र गरिने टेलिफोनको महसुल (जरिबाना बाहेक) नेपाल सरकारले व्यहोनेछ। तर प्रधानमन्त्री, परराष्ट्र, गृह र अर्थ सम्बन्धी मन्त्रीलाई भने नेपाल सरकारले तोके बमोजिम सरकारी काममा विदेशमा गरेको टेलिफोन महसुल समेत दिन सकिनेछ।
६. सवारी तथा इन्धन सुविधा : (१) देहायका मन्त्रीहरूलाई देहाय बमोजिम सवारी तथा इन्धन सुविधा दिइनेछ :– (क) प्रधानमन्त्री : (१) सवारीको निमित्त मोटर दुई। (२) मासिक तीन सय चालिस लिटर पेट्रोल। (३) त्रैमासिक दश लिटर मोबिल। (ख) उपप्रधानमन्त्री : (१) सवारीको निमित्त मोटर एक। (२) मासिक दुई सय पैसठ्ठी लिटर पेट्रोल। (३) त्रैमासिक पाँच लिटर मोबिल। (ग) मन्त्री : (१) सवारीको निमित्त मोटर एक। (२) मासिक दुई सय तीस लिटर पेट्रोल। (३) त्रैमासिक पाँच लिटर मोबिल। (घ) राज्यमन्त्री र सहायकमन्त्री : (१) सवारीको निमित्त मोटर एक। (२) मासिक दुई सय लिटर पेट्रोल। (३) त्रैमासिक पाँच लिटर मोबिल। (२) मोटरको मर्मत र मोटरलाई चाहिने ग्रीजको बन्दोबस्त केन्द्रीय सेवा विभागबाट हुनेछ। (३) पेट्रोल र मोबिलको बिल भौचर बुझाउनु पर्ने छैन। (४) यस दफाबमोजिमको सुविधा मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित।
परिच्छेद-३ दैनिक तथा भ्रमण भत्ता
™७. दैनिक तथा भ्रमण भत्ता : मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमण भत्ता सम्बन्धी प्रचलित कानूनमा निर्धारण भए बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ।
८. भ्रमण सम्बन्धी अन्य व्यवस्था : (१) मन्त्रीहरूले भ्रमणबाट फर्केको दिनको आधा दैनिक भत्ता पाउनेछन्। यस्तो भत्ता निजहरूले फर्केको अघिल्लो दिन बसेको स्थानको लागि पाउने न्यूनतम दैनिक भत्ताको आधा हुनेछ। (२) भ्रमण भत्ताको भुक्तानीको निमित्त मन्त्रीहरूले भ्रमणबाट फर्केको मितिले पैंतीस दिनभित्र भ्रमण बिल भर्पाई कोष प्रमाण, लगबुक, बिल, भर्पाई आदि आवश्यक प्रमाणहरू उपलब्ध गराउनु पर्नेछ।
९. लुगा भत्ता : (१) मन्त्रीहरूले सरकारी काममा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपाल $\times$............ बाहिर जाँदा तीन वर्षमा एक पटक देहाय बमोजिमका दरले लुगा भत्ता बापत पाउनेछन्ः- (क) प्रधानमन्त्री रू. ६,२००।- (ख) उपप्रधानमन्त्री रू. ५,७००।- (ग) मन्त्री रू. ५,६७०।- (घ) राज्यमन्त्री रू. ५,३२०।- (ङ) सहायक मन्त्री रू. ४,३२०।- (२) उपदफा (१) बमोजिम नेपाल $\times$............ बाहिर जाँदा मन्त्रीले आफ्नो श्रीमती समेत साथमा लै जाने स्वीकृति पाएमा श्रीमतीको लागि आफ्नो एक महीनाको पारिश्रमिकको आधा रकम तीन वर्षमा एक पटक लुगा भत्ता बापत पाउनेछ।
१०. नेता भत्ता : मन्त्रीहरूले नेताको रूपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत थप नेता भत्ता बापत पाउनेछन्।
११. बीमा सुविधा : मन्त्रीहरूलाई भ्रमण गर्दा तीनलाख रूपैयाँको यात्रा बीमा गर्न लाग्ने रकम र हवाई उडान कर बापत लाग्ने रकम दिइनेछ।
१२. उपचारको सुविधा : (१) मन्त्रीहरूलाई सामूहिक रूपमा नेपाल सरकारले तोकेको एकजना चिकित्सकको सेवा उपलब्ध गराइनेछ।
™ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित। $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(२) अस्पतालमा भर्ना भई औषधी उपचार गर्नु पर्ने भनी उपदफा (१) बमोजिम तोकिएको चिकित्सकले सिफारिस गरेको मन्त्रीले अस्पतालमा भर्ना भई औषधी उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको प्रेस्क्रिप्शन तथा बिल बमोजिमको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ। (३) मन्त्रीहरूले विदेशमा गएर उपचार गराउन परेमा नेपाल सरकारले तोकेको उपचार खर्च पाउनेछन्।
परिच्छेद-४ विविध
१३. निजी सचिवालयको व्यवस्था : (१) मन्त्रीहरूलाई आफ्नो कार्यकालभरको लागि निजी सचिवालयको निमित्त आवश्यक पर्ने फर्निचर, कार्यालय सामान तथा कर्मचारीको व्यवस्था तोकिए बमोजिम हुनेछ। (२) उपदफा (१) बमोजिम तोकिएका फर्निचर तथा स्थायी जिन्सी सामानहरू मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएपछि फिर्ता बुझाउनु पर्नेछ।
१४. मसलन्द तथा अतिथि सत्कार खर्च : मन्त्रीहरूको निजी सचिवालयको निमित्त चाहिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकम तोकिए बमोजिम हुनेछ। यसरी गरिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकमको बील भर्पाई बुझाउनु पर्ने छैन।
१५. अंगरक्षक र गाडीको सुविधा : मन्त्रीहरूलाई आवश्यक पर्ने अंगरक्षक र गाडीको सुविधा तोकिए बमोजिम हुनेछ।
१६. सुविधाको प्रारम्भ : (१) यस ऐन बमोजिम पाउने सुविधाहरू मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि पाउनेछन्। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्री पदको शपथ ग्रहणको निमित्त काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंसम्म आउँदा लाग्ने दैનિક तथा भ्रमण भत्ताको रकम समेत मन्त्रीहरूले लिन सक्नेछन्।
१७. खारेजी र बचाउ : (१) मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली, २०४० खारेज गरिएकोछ। (२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि मन्त्रीहरूले प्राप्त गरेका यस ऐन बमोजिमका सुविधाहरू समेत मन्त्रीहरूले यसै ऐन बमोजिम प्राप्त गरेको मानिनेछ।
द्रष्टव्य :– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरू्ः- “श्री ५ को सरकार” को सट्टा "नेपाल सरकार"।*