लालमोहर र प्रकाशन मिति
२०५८।१२।१९
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति
१. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ — २०६३।०६।२८
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६◄ — २०६६।१०।०७
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ — २०७२।११।१३
४. आर्थिक ऐन, २०७५ — २०७५।०३।३२
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ — २०७५।११।१९
६. आर्थिक ऐन, २०७६ — २०७६।०३।३०
७. आर्थिक ऐन, २०७७ — २०७७।०३।१५
८. आर्थिक ऐन, २०७८ — २०७८।०६।१३
९. आर्थिक ऐन, २०७९ — २०७९।०३।३१
१०. आर्थिक ऐन, २०८० — २०८०।०३।३१
११. आर्थिक ऐन, २०८१ — २०८१।०४।०१
१२. आर्थिक ऐन, २०८२ — २०८२।०३।३०
१३. आर्थिक ऐन, २०८३ — २०८३।०३।३०
२०५८ सालको ऐन नं. २२
φ...................
प्रस्तावनाः मुलुकको आर्थिक विकासको लागि राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ।
◄ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको।
φ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम "आयकर ऐन, २०५८" रहेको छ।
(२) यो ऐन नेपाल φ.......... भर लागू हुनेछ र नेपाल φ.......... बाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) "अग्रिम कर कट्टी गर्ने व्यक्ति" भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम अग्रिम कर कट्टी गर्ने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ।
(ख) "अधिकृत" भन्नाले विभागमा रहने दफा ७२ मा उल्लेख भए बमोजिमका महानिर्देशक, उपमहानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत सम्झनु पर्छ।
β(ख१) "अन्तर्राष्ट्रिय कारोबार" भन्नाले कुनै पनि व्यक्तिको कम्तीमा एक गैर बासिन्दा व्यक्तिसँग भएको वस्तु, सेवा, वित्त वा अमूर्त वस्तुको कारोबार सम्झनु पर्छ र सो शब्दले आय, खर्च, सम्पत्ति वा दायित्वमा असर गर्ने अन्य कारोबारलाई समेत जनाउँछ।
(ग) "अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी" भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम लाभांश, भाडा, लाभ, ब्याज तथा गैरबासिन्दा व्यक्तिलाई गरिएको कर कट्टी हुनुपर्ने भुक्तानी सम्झनु पर्छ।
(घ) "अवकाश कोष" भन्नाले निकायको हिताधिकारी प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई कोषबाट अवकाश भुक्तानी प्रदान गर्ने प्रयोजनको लागि अवकाश योगदान रकम स्वीकार गर्ने र सो रकम लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय सम्झनु पर्छ।
(ङ) "अवकाश भुक्तानी" भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छः–
φ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
(२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी।
(च) "अवकाश योगदान रकम" भन्नाले अवकाश भुक्तानीको व्यवस्था वा सोको भविष्यमा गरिने व्यवस्थाको लागि अवकाश कोषमा गरिएको भुक्तानी सम्झनु पर्छ।
(छ) "असक्षम व्यक्ति" भन्नाले शारीरिक वा मानसिक अस्वस्थताको कारणले आफ्नो व्यवहार गर्न सक्षम नभएको व्यक्ति सम्झनु पर्छ।
Ω(ज) "आय" भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम गणना गरिएको सो आयको कुल रकमलाई समेत जनाउँछ।
υ(ज१) "आकस्मिक लाभ" भन्नाले चिट्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी वा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभ सम्झनु पर्छ।
(झ) "आय वर्ष" भन्नाले कुनै सालको श्रावण एक गते देखि अर्को सालको आषाढ मसान्तसम्मको अवधि सम्झनु पर्छ।
(ञ) "उपहार" भन्नाले कुनै प्रतिफल बिनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्यभन्दा भूक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ।
(ट) "ऋण दायित्व" भन्नाले ऋण दाबी सरहको दायित्व सम्झनु पर्छ।
(ठ) "ऋण दाबी" भन्नाले कुनै एक व्यक्तिले अर्को व्यक्तिबाट भुक्तानी प्राप्त गर्ने अधिकार सम्झनु पर्छ र सो शब्दले कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई दिएको रकम फिर्ता लिने अधिकार, बैङ्क तथा वित्तीय संस्थाहरुमा जम्मा भएको निक्षेप, लिनुपर्ने रकम, ऋणपत्र, विनिमयपत्र, बण्ड, वार्षिक वृत्ति अन्तर्गतको अधिकार, वित्तीय पट्टा र किस्ताबन्दी बिक्रीबाट रकम प्राप्त गर्ने अधिकार समेतलाई जनाउँछ।
(ड) "कम्पनी" भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापित कम्पनी सम्झनु पर्छ र कर प्रयोजनको लागि देहायका संस्थाहरु समेतलाई कम्पनी सरह व्यवहार गरिनेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
(१) प्रचलित कानून बमोजिम स्थापित सङ्गठित संस्था,
(ढ) "कर" भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछः–
(ण) "कर कट्टी हुने व्यक्ति" भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(त) "कर निर्धारण" भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा ब्याजको निर्धारण समेतलाई जनाउँछ।
υ(त१) "कारोबार" भन्नाले कुनै आय वर्षको रोजगारी, व्यवसाय वा लगानीको आय गणना गर्ने प्रयोजनको लागि दफा ७, ८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोबार सम्झनु पर्छ।
(थ) "गैरबासिन्दा व्यक्ति" भन्नाले बासिन्दा व्यक्ति बाहेकको व्यक्ति सम्झनु पर्छ।
Ω(द) "गैर व्यवसायिक करयोग्य सम्पत्ति" भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
✦ आर्थिक ऐन, २०७८ द्वारा संशोधित।
Ω(ध) "छुट पाउने संस्था" भन्नाले देहायका निकाय सम्झनु पर्छः–
(न) "ट्रष्ट" भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्झनु पर्छ।
(प) "ट्रष्टी" भन्नाले एक्लै वा अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य सङ्गठित संस्थासँग मिली संयुक्त रुपमा सम्पत्ति अमानतको रुपमा राख्ने प्राकृतिक व्यक्ति, गुठी वा अन्य सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछः–
(५) उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति।
(फ) "दीर्घकालीन करार" भन्नाले करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्झनु पर्छ।
(ब) "नातेदार" भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नि, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बाबु, आमा, बाजे, बज्यै, दाजु, भाइ, भाउजू, बुहारी, दिदी बहिनी, सासू ससुरा, साला, जेठान, साली, जेठी सासू, काका, काकी, भतिजा, भतिजी, नाति र नातिनी सम्झनु पर्छ।
(भ) "निकाय (इन्टिटी)" भन्नाले देहायका संस्था वा सङ्गठन सम्झनु पर्छः–
(म) "निकायमा रहेको हित" भन्नाले कुनै निकायको आय वा पूँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ।
(य) "निःसर्ग (डिस्पोजल)" भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्झनु पर्छ।
(र) "निहित स्वामित्व" भन्नाले देहायको स्वामित्व सम्झनु पर्छः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
⌐ आर्थिक ऐन, २०८२ द्वारा झिकिएको।
(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरुको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व।
(ल) "पट्टा" भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्ति बाहेकको सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्झनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा सम्झौता, छनौट, रोयल्टी सम्झौता वा बहालवालाको हक समेतलाई जनाउँछ।
(व) "प्राकृतिक व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पती समेतलाई जनाउँछ।
(श) "प्राकृतिक स्रोत बापतको भुक्तानी" भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छः–
(ष) "बजार मूल्य" भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्बन्धमा असम्बन्धित व्यक्तिहरु बीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोबार मूल्य सम्झनु पर्छ।
Ω(स) "भाडा" भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहाल तथा पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनुपर्छ।
(ह) "भुक्तानी" भन्नाले देहायको काम कारबाही सम्झनु पर्छः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(१) कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,
(क्ष) "मुनाफाको वितरण" भन्नाले मुनाफाको पूँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ।
(त्र) "युनिट ट्रष्ट" भन्नाले कम्तीमा बीसजना व्यक्तिहरुको लाभको लागि ट्रष्टीले सम्पत्ति धारण गर्ने व्यवस्था भई आय वा पूँजीमा सहभागी हुन पाउने व्यक्तिहरुको अधिकारलाई धारण गरेको इकाईहरुको सङ्ख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रष्ट सम्झनु पर्छ।
÷(त्र१) योगदानमा आधारित अवकाश भुक्तानी" भन्नाले प्राकृतिक व्यक्तिको आयमा समावेश भई सो मध्येबाट स्वीकृत अवकाश कोषमा जम्मा गरिएको रकम र सो रकममा वृद्धि भएको रकम समेतको भुक्तानी सम्झनु पर्छ।
(ज्ञ) "रोजगारी" भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ।
(कक) "रोयल्टी" भन्नाले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउँछः–
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
(३) चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनी रेकर्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक, व्यापारिक वा Ωवैज्ञानिक अनुभव प्रयोग गर्ने वा प्रदान गर्ने,
Ω(कख) "लगानी" भन्नाले देहाय बमोजिम बाहेक एक वा एकभन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनुपर्छः–
(कग) "लगानी बीमा" भन्नाले देहायका कुनै बीमा सम्झनु पर्छः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा।
(कघ) "लाभांश" भन्नाले निकायबाट हुने वितरण सम्झनु पर्छ।
(कङ) "बासिन्दा व्यक्ति" भन्नाले कुनै आय वर्षका सम्बन्धमा देहायका व्यक्ति सम्झनु पर्छः–
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
(क) नेपालको कानून अन्तर्गत स्थापित भएको, वा
(कच) "व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति वा निकाय सम्झनु पर्छ।
(कछ) "व्यवस्थापक" भन्नाले कुनै निकायको व्यवस्थापकीय निर्णयहरु गर्ने काममा संलग्न हुने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कुनै ट्रष्टको ट्रष्टी र विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति समेतलाई जनाउँछ।
(कज) "व्यवसाय" भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरुलाई समेत जनाउँछ।
(कझ) "ब्याज" भन्नाले देहायका भुक्तानी वा लाभ सम्झनु पर्छः–
(कञ) "व्यापारिक मौज्दात" भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री ◊.......... गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामग्रीहरुको मौज्दात सम्झनु पर्छ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
(कट) "व्यावसायिक सम्पत्ति" भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ।
(कठ) "वितरण" भन्नाले दफा ५३ मा उल्लेख भए बमोजिम कुनै निकायबाट हुने वितरण सम्झनु पर्छ।
υ(कठ१) "विद्युतीय माध्यम" भन्नाले कम्प्यूटर, फयाक्स, इमेल, इन्टरनेट, विद्युतीय क्यास मेशिन, फिस्कल प्रिन्टर सम्झनु पर्छ र सो शब्दले विभागले तोकेका अन्य स्वीकृत माध्यमलाई समेत जनाउँछ।
(कड) "विदेश पठाएको आय" भन्नाले गैरबासिन्दा व्यक्तिको नेपालस्थित दफा ६८ बमोजिमको विदेशी स्थायी संस्थापनले विदेश पठाउनुपर्ने आय बैङ्क मार्फत विदेश पठाएको वा अन्य कुनै पनि तरिकाले भुक्तानी गरेको रकम सम्झनु पर्छ।
(कढ) "विदेशी आयकर" भन्नाले कुनै विदेशी मुलुकले लगाएको दफा ६९ को उपदफा (८) मा उल्लिखित विदेशी आयकर सम्झनु पर्छ र सो शब्दले कुनै विदेशी मुलुकले लगाएको अन्तिम रुपमा कट्टी हुने कर समेतलाई जनाउँछ।
(कण) "विदेशी स्थायी संस्थापन" भन्नाले खण्ड (भ) को Ωउपखण्ड (५) बमोजिमको निकाय सम्झनु पर्छ।
(कत) "विभाग" भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ।
(कथ) "वैदेशिक मुद्रामा रहेको सम्पत्ति" भन्नाले नेपाली रुपैयाँ बाहेक अन्य विदेशी मुद्रामा रहेको सम्पत्ति सम्झनु पर्छ।
(कद) "स्थायी संस्थापन" भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय सञ्चालन गर्ने स्थान सम्झनु पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेशिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,
⌐(५) ...
(कध) "सम्पत्ति" भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ।
(कन) "सम्बद्ध व्यक्ति" भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरुको समूह सम्झनु पर्छ र सो शब्दले देहायका व्यक्तिहरु समेतलाई जनाउँछः–
⌐ आर्थिक ऐन, २०८२ द्वारा झिकिएको।
β(४) दफा ३३, ३३क. र ३३ख. को प्रयोजनका लागि,-
υ(कन१) "समायोजित करयोग्य आय" भन्नाले कुनै व्यक्तिको कुनै आय वर्षको कर योग्य आयको गणना गर्दा ≠दफा १२, १२क., १२ख., १२ग. र १२घ.बमोजिम कुनै रकम नघटाई तथा दफा १४ को उपदफा (२), दफा १७ वा १८ बमोजिम कट्टी नगरी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ।
(कप) "साझेदारी" भन्नाले बीसजनाभन्दा कम साझेदार भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको फर्म सम्झनु पर्छ।
(कफ) "सामान्य बीमा" भन्नाले लगानी बीमा बाहेकका बीमा सम्झनु पर्छ।
(कब) "सामान्य ब्याज दर" भन्नाले वार्षिक पन्ध्र प्रतिशतको ब्याजको दर सम्झनु पर्छ।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(कभ) "स्वीकृत अवकाश कोष" भन्नाले दफा ६३ को उपदफा (१) बमोजिम बिभागबाट स्वीकृति प्राप्त गरेको अवकाश कोष सम्झनु पर्छ।
β(कभ१) "सेफ हार्बर रुल" भन्नाले हस्तान्तरण मूल्यलाई सामान्य बजार व्यवहार मूल्यको रुपमा स्वीकार गर्ने दफा ३३क. मा उल्लिखित अवस्था सम्झनु पर्छ।
(कम) "सेवा शुल्क" भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले ๐.......... बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ।
(कय) "शेयरवाला" भन्नाले कुनै कम्पनीको हिताधिकारी व्यक्ति सम्झनु पर्छ।
(कर) "ह्रासयोग्य सम्पत्ति" भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुँदै गएको वा समय व्यतीत हुँदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ।
(कल) "हिताधिकारी" भन्नाले Ωकुनै निकायमा खण्ड (म) बमोजिमको हित भएको व्यक्ति सम्झनु पर्छ।
(कव) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. कर लगाउनेः देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछः–
β आर्थिक ऐन, २०८३ द्वारा थप।
๐ आर्थिक ऐन, २०७८ द्वारा झिकिएको।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
➤३क. .............
४. करको गणना र करको दरः Ω(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एकभन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नुपर्ने करको जम्मा रकम बराबर हुनेछ।
(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची–१ मा उल्लिखित सम्बन्धित दरहरु लगाई गणना गर्नु पर्नेछ। यसरी करको गणना गर्दा दफा ५१ वा ७१ υवा दुवै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नुपर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछः–
(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सबै अवस्थाहरु पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नुपर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछः–
➤ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
υ(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको वासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नुपर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (१७) मा तोकिएको दरअनुसार गणना गरिएको रकम बराबर हुनेछः–
♠(४ख) उपदफा (४) र (४क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको हुनु पर्नेछ।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
✦ आर्थिक ऐन, २०७८ द्वारा संशोधित।
๐ आर्थिक ऐन, २०७८ द्वारा झिकिएको।
▣ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
♠ आर्थिक ऐन, २०८२ द्वारा थप।
(५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नुपर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ।
(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नुपर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रुपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा Ωदफा ८७, ८८, ८८क. र ८९ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ।
५. करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरणः कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट ✦दफा १२, १२क., १२ख., १२ग., β१२घ. ६३ वा यी सबै बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछः–
Ω६. निर्धारण योग्य आयः यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयलाई निर्धारण योग्य आय मानिनेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
✦ आर्थिक ऐन, २०७८ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
७. व्यवसायबाट भएको आयको गणनाः (१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरु सो व्यक्तिको सो व्यवसायको सो वर्षको Ωआय हुनेछ।
(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरु समावेश गरी गणना गर्नु पर्नेछः–
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीहरु व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नुपर्ने छैन ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
८. रोजगारीबाट भएको आयको गणनाः (१) कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ।
(२) रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरु त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछः–
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरु समावेश गर्नुपर्ने छैनः–
(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिक रुपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी।
९. लगानीबाट भएको आयको गणनाः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरु सो व्यक्तिको सो लगानीको सो वर्षको आय Ωहुनेछ।
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरु समावेश गर्नु पर्नेछः–
β आर्थिक ऐन, २०८३ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरु समावेश गरिने छैनन्ः–
१०. छुट हुने रकमहरुः देहायका रकमहरुमा कर छुट हुनेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ग) नेपालको नागरिक नभएको खण्ड (ख) बमोजिमको प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
β(झ३) जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य बमोजिम आर्जन गरेको रकम,
११. व्यावसायिक छुट तथा सुविधाहरुः (१) कुनै फर्म, कम्पनी, साझेदारी तथा सङ्गठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा कर लाग्ने छैन।
▣तर कुनै फर्म, कम्पनी, साझेदारी तथा सङ्गठित संस्थाको रूपमा दर्ता भई कृषि व्यवसाय तरकारीलाई डिहाइड्रेड गर्ने व्यवसाय वा कोल्डस्टोर व्यवसाय सञ्चालन गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत कर छुट हुनेछ।
Ω(२) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावारमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डेरी उद्योग, कुखुरापालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिबुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्बन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि
β आर्थिक ऐन, २०८३ द्वारा थप।
× आर्थिक ऐन, २०८१ द्वारा झिकिएको।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
▣ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
सम्बन्धी वीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिबाट चल्ने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा गाउँपालिकाको क्षेत्रमा सञ्चालित ✱.......... ☙सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन।
υ(२क) गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामीण विकास बैङ्क, हुलाक बचत बैङ्क र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैयाँसम्मको ब्याज आयमा कर लाग्ने छैन।
βतर ब्याज रकम पच्चिस हजार रुपैयाँभन्दा बढी भएमा त्यस्तो बढी भएको ब्याज रकममा कर लाग्नेछ।
✿(२ख) कुनै आय वर्षमा वर्षभरि पूर्णरुपले सञ्चालनमा रहेको विशेष उद्योग ♠होटल, रिसोर्ट र सूचना प्रविधि उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुनेछः-
Ω(३) कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग♠, होटल, रिसोर्ट र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछः–
✱ आर्थिक ऐन, २०७७ द्वारा झिकिएको।
☙ आर्थिक ऐन, २०७६ द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
✿ आर्थिक ऐन, २०७६ द्वारा थप।
♠ आर्थिक ऐन, २०८२ द्वारा थप।
≜ आर्थिक ऐन, २०८० द्वारा झिकिएको।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
प्रतिशत, एक हजार वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत,
υ(३क) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको आयमा लाग्ने आयकर र त्यस्ता उद्योगले वितरण गर्ने लाभांशमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछः–
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
⁋ आर्थिक ऐन, २०७९ द्वारा थप।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
लाग्ने आयकरको शत प्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,
υ(३ख) खनिज, ■पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने कारोबार गर्ने व्यक्तिले सम्वत् २०८० साल चैत्र महिनासम्म व्यापारिक रूपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म पूरै आयकर छुट पाउनेछ र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ।
υ(३ग) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको ■प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्यापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको ÷पचहत्तर प्रतिशत छुट हुनेछ।
❈(३घ) विद्युतको व्यापारिक कारोबार गर्ने व्यक्तिलाई देहाय बमोजिम कर छुट हुनेछ :
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
▣ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
वर्षसम्म पूरै र त्यसपछिको पाँच वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउनेछ।
☙(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा ⇔निर्यातबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछः-⇔
■(३च) कुनै निकायले देहाय बमोजिमको कार्य गरी सोबाट प्राप्त आयमा व्यापारिक कारोबार सञ्चालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा देहाय बमोजिम छुट हुनेछः-
☙ आर्थिक ऐन, २०७६ द्वारा संशोधित।
⇔ आर्थिक ऐन, २०८१ द्वारा संशोधित।
▣ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
υ(३छ) धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरूलाई लाग्ने करमा पन्ध्र प्रतिशतले छुट हुनेछ।
■(३ज) अति अविकसित क्षेत्र र अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म क्रमशः चालीस र पच्चीस प्रतिशत आयकर छुट हुनेछ।
υ(३झ) कुनै व्यक्तिले बौद्धिक सम्पत्ति ⇔निर्यात बापत प्राप्त रोयल्टी आयमा लाग्ने आय करको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ।
υ(३ञ) कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुनेछ।
❈(३ट) पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई देहाय अनुसार कर छुट हुनेछः-
⊗................
υ(३ठ) ⇔विशेष उद्योग, सूचना प्रविधि उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पूँजीकरण गरेको
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
⊗ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
⇔ आर्थिक ऐन, २०८१ द्वारा संशोधित।
अवस्थामा त्यस्तो पूँजीकरणमा लाभांश वितरण स्वरुप लाग्ने लाभांश करमा शत प्रतिशत छुट हुनेछ।
⌐ ....
υ(३ड) पचास करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएको प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा रहेको ▣कुनै कम्पनी पब्लिक कम्पनीको रुपमा परिणत भई कारोबार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा दश प्रतिशत छुट हुनेछ।
तर, कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन।
υ(३ढ) स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा पचास प्रतिशतले छुट हुनेछ।
υ(३ण) सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा बीस प्रतिशत छुट हुनेछ।
υ(३त) लघु उद्यमलाई व्यवसाय वा कारोबार शुरु गरेको मितिले ■सात वर्षसम्म लाग्ने आयकर पूर्ण रुपमा छुट हुनेछ। यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप ■तीन वर्ष लाग्ने आयकर पूर्ण रुपमा छुट हुनेछ।
✿(३थ) कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा बीस प्रतिशतले छुट हुनेछ।
⌐ आर्थिक ऐन, २०८२ द्वारा झिकिएको।
▣ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
✿ आर्थिक ऐन, २०७६ द्वारा थप।
❈(३द) औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापना वा स्थानान्तरण भई सञ्चालनमा रहेको विशेष उद्योगलाई उत्पादन शुरू भएको मितिले तीन वर्षसम्म लाग्ने करमा पचास प्रतिशत र त्यसपछिको पाँच वर्षसम्म पच्चीस प्रतिशत छुट हुनेछ।
❈(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बीस प्रतिशत छुट हुनेछ।
❈ (३न) नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी ÷वार्षिक दश करोड रुपैयाँसम्म कारोबार गर्ने विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ।
❈(३प) काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएमा त्यसरी स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुनेछ।
❈(३फ) वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चीस प्रतिशत छुट हुनेछ।
❈(३ब) स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरू भएको मितिले ✎पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म पचास प्रतिशत छुट हुनेछ।
⁋(३भ) विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा चालीस प्रतिशत छुट हुनेछ।
⁋(३म) कृषि औजार उत्पादन गर्ने उद्देश्यले संवत् २०८२ साल असार महिनासम्म स्थापना हुने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
✎ आर्थिक ऐन, २०७९ द्वारा संशोधित।
⁋ आर्थिक ऐन, २०७९ द्वारा थप।
♠(३य) ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुनेछ।
♠(३र) विद्युतीय उर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुनेछ।
♠(३ल) औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम निर्माण वा स्थापना गरी सञ्चालन गर्ने व्यक्तिलाई कारोबार शुरु गरेको मितिले पहिलो दश वर्षसम्म पूरै र सो पश्चात पाँच वर्षसम्म पचास प्रतिशत आयकर छुट हुनेछ।
β(३व) महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा स्थापित चलचित्र घरलाई व्यावसायिक कारोबार शुरु गरेको मितिले दश वर्षसम्म कर छुट हुनेछ।
☙(४) कुनै व्यक्तिले यस दफा बमोजिम बेग्लाबेग्लै कर छुट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना गर्दा छुट्टाछुट्टै व्यक्तिले सो आय प्राप्त गरेको सरह मानी आय गणना गर्नु पर्नेछ ।
Ω(५) एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले ⌂उपदफा (२ख) बमोजिमको सुविधाको अतिरिक्त आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ख) बमोजिमको उद्योग सञ्चालन गर्न प्रयोग भएका सम्पत्तिहरु साबिकमा अन्य व्यक्तिले सोही किसिमको उद्योग सञ्चालन गर्न प्रयोग गरेको भए सो उपदफाको समयको सीमाको गणना गर्दा त्यसरी प्रयोग भएको अवधिलाई समेत गणना गर्नु पर्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
♠ आर्थिक ऐन, २०८२ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
☙ आर्थिक ऐन, २०७६ द्वारा संशोधित।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
⌂ आर्थिक ऐन, २०८० द्वारा थप।
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
Ω(ख) "अतिअविकसित", "अविकसित" र "कमविकसित क्षेत्र" भन्नाले ■औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची–१० मा उल्लिखित क्षेत्र सम्झनु पर्छ।
υ(७) उपदफा (३क) र (३ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही उपदफाहरूमा उल्लिखित उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग भएको सम्पत्ति साविकमा अन्य व्यक्तिले सोही किसिमको वा अन्य किसिमको उद्योग वा व्यवसाय सञ्चालन गर्न प्रयोग गरेको पुरानो सम्पत्ति भए सो उपदफाहरू बमोजिमको सुविधा प्राप्त हुने छैन।
υ११क. पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा लाग्ने करः पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नका लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौता भएमा त्यस्तो सम्झौता गर्दाका वखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरू त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौता अवधिभर उपभोग गर्न पाउनेछ।
▲११ख. ................
✂११ग. ...................
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
■ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
♠ आर्थिक ऐन, २०८२ द्वारा थप।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
▲ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा खारेज।
✂ आर्थिक ऐन, २०७९ द्वारा झिकिएको।
१२. कर छुट पाएका संस्थाहरुलाई दिइएको चन्दा उपहारः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा आफ्नो करयोग्य आय गणना गर्दा यस दफाको प्रयोजनको लागि विभागबाट स्वीकृति प्राप्त कर छुट पाउने संस्थालाई चन्दा उपहार दिएको रकम घटाउने दाबी गर्न सक्नेछ।
Ω(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफा बमोजिम कुनै आय वर्षमा घटाउन पाउने खर्च ≠तीन लाख रूपैयाँ वा त्यस्तो व्यक्तिको उक्त वर्षको समायोजित करयोग्य आयको पाँच प्रतिशतमध्ये जुन घटी हुन्छ त्योभन्दा बढी हुने छैन।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास अवस्थामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै कार्यको लागि कुनै व्यक्तिले खर्च गरेको वा चन्दा दिएको रकम सो व्यक्तिको आय निर्धारण गर्दा खर्च बापत पूर्ण वा आंशिक रुपमा कट्टी गर्न पाउने गरी तोक्न सक्नेछ।
υ१२क. सम्पदा संरक्षण र खेलकूदको विकासमा गरेको खर्चः कुनै कम्पनीले कुनै आय वर्षमा विभागको पूर्व स्वीकृति लिई नेपालभित्र रहेका प्राचीन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्ने वा खेलकूदको सार्वजनिक भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा गरेको खर्चमध्ये दश लाख रूपैया"सम्मको रकम वा निर्धारण योग्य आयको दश प्रतिशतले हुने रकममध्ये जुन घटी हुन्छ त्यस्तो रकम आफ्नो उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन दाबी गर्न सक्नेछ।
υ१२ख. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्चः कुनै व्यक्तिले कुनै आय वर्षमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ।
❈१२ग. स्टार्ट अप व्यवसायलाई दिएको बीउ पुँजीः कुनै व्यक्तिले सम्बद्ध व्यक्ति बाहेकका बढीमा पाँच वटा स्टार्ट अप व्यवसायलाई प्रति व्यवसाय एक लाख रुपैयाँसम्मको बीउ पुँजी अनुदान स्वरुप उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
❈ आर्थिक ऐन, २०७८ द्वारा थप।
β१२घ. व्यावसायिक सामाजिक जिम्मेवारीमा गरेको खर्च : कुनै व्यक्तिले कुनै आय वर्षमा प्रचलित कानून बमोजिम व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनको लागि खर्च गरेको रकम सोही वर्षको करयोग्य आय गणना गर्दा घटाउन सक्नेछ।
तर त्यस्तो रकम सो आय वर्षको जम्मा करयोग्य आयको एक प्रतिशत भन्दा बढी हुने छैन।
१३. सामान्य कट्टीः कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसँग सम्बन्धित देहायका खर्चहरु कट्टी गर्न पाउनेछः–
१४. ब्याज कट्टीः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको υव्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यका लागि सिर्जना भएको देहायको ऋण दायित्व अन्तर्गत सो वर्षमा लागेका सबै ब्याज कट्टी गर्न पाउनेछः–
Ω(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकायले कुनै आय वर्षमा Ωनियन्त्रण गर्ने व्यक्ति वा सम्बद्ध व्यक्तिलाई
β आर्थिक ऐन, २०८३ द्वारा थप।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
ब्याज भुक्तानी गरेमा उपदफा (१) बमोजिम कट्टि गर्न पाउने त्यस्तो ब्याज रकम देहायका रकमहरुको जम्माभन्दा बढी हुने छैनः–
(३) उपदफा (२) बमोजिम कट्टी गर्न नदिएको वा नगरिएको कुनै ब्याजलाई अगामी आय वर्षमा जिम्मेवारी सार्न र खर्च भएको देखाउन पाउनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कुनै आय वर्षको लागि "कर छुट पाउने संस्थाद्वारा नियन्त्रित बासिन्दा निकाय" भन्नाले सो वर्षमा बासिन्दा निकाय भई सो बासिन्दा निकायमा सो वर्षको कुनै समयमा देहायका व्यक्ति वा संस्थाहरुको पच्चीस प्रतिशत वा सोभन्दा बढी निहित स्वामित्व वा नियन्त्रण रहेको निकाय सम्झनु पर्छः–
१५. व्यापार मौज्दातको लागतको खर्च कट्टीः (१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनका लागि सो वर्षमा सो व्यक्तिको व्यवसायको व्यापार मौज्दातको निर्सगका सम्बन्धमा उपदफा (२) बमोजिम गणना गरिएको लागतको खर्च कट्टी (एलाउन्स) बाहेक अन्य कुनै पनि खर्च कट्टी गर्न पाउने छैन।
(२) उपदफा (१) बमोजिमको लागतको खर्च कट्टीको गणना देहाय बमोजिम खण्ड (क) को रकमबाट खण्ड (ख) को रकम घटाई गर्नु पर्नेछः–
(३) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको सुरु मूल्य गत आय वर्षको अन्त्यको सो व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य हुनेछ।
(४) देहायमा उल्लिखित रकममध्ये जुन घटी हुन्छ त्यसलाई सो आय वर्षको व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्य मान्नु पर्नेछः–
(५) कुनै व्यक्तिले व्यवसायको व्यापार मौज्दातको लागतको गणना गर्दा दफा ४५ र उपदफा (६) को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछः–
Ω(६) कुनै व्यक्तिको व्यवसायको व्यापार मौज्दात यकीन गर्न नसकिने भएमा त्यस्तो व्यक्तिले पहिलो प्राप्ति पहिलो निष्काशन तरिका वा भारित औसत लागत तरिकाबाट व्यापार मौज्दातको लागत गणना गर्न छनौट गर्न सक्नेछ।
(७) उपदफा (५) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछः–
(८) उपदफा (६) बमोजिम व्यापार मौज्दातको लागत गणना गर्दा देहायको तरिकाले गणना गर्नु पर्नेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
Ω(क) भारित औसत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत व्यवसायमा रहेका उही किसिमका सबै व्यापार मौज्दातको भारित औसत लागतको आधारमा गणना गर्ने।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
१६. मर्मत तथा सुधार खर्चः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीको आय गणना गर्दा सो व्यवसाय वा लगानीबाट आय आर्जन गर्न सो वर्षमा स्वामित्व भएको र प्रयोग गरिएको ह्रासयोग्य सम्पत्तिको मर्मत वा सुधार गर्दा भएको सबै खर्चहरु कट्टी गर्न पाउनेछ।
Ω(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उक्त उपदफा बमोजिम गर्न पाउने खर्च कट्टी गर्दा उक्त आय वर्षको अन्त्यमा रहेको सम्पत्तिको समूहको ह्रास आधार रकमको सात प्रतिशतभन्दा बढी हुने छैन।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
तर, हवाई यातायात सेवा उपलब्ध गराउने व्यक्तिले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम हवाईजहाजको परीक्षण गर्दा लागेको मर्मत सम्भार खर्चमा यस्तो सीमा लागू हुने छैन।
Ω(३) उपदफा (२) बमोजिमको सीमाको परिणाम स्वरुप कट्टी गर्न नपाइने मर्मत तथा सुधार बापत कुनै अधिक खर्च वा त्यसको भाग आगामी आय वर्षको सुरुमा सम्बन्धित सम्पत्तिको समूहको ह्रास आधार रकममा जोड्न पाउनेछ।
१७. प्रदूषण नियन्त्रण खर्चः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ।
Ω(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन।
(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने अधिक खर्च वा सोको भागलाई υआगामी आय वर्षको शुरुमा पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "प्रदूषण नियन्त्रण खर्च" भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रुपमा वातावरण संरक्षण गर्ने वा जोगाई राख्ने उद्देश्यको लागि कुनै प्रक्रियासँग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्झनु पर्छ।
१८. अनुसन्धान र विकास खर्चः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ।
Ω(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन।
(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी कट्टी गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई υआगामी आय वर्षको शुरुमा पूँजीकरण गरी अनुसूची–२ बमोजिम ह्रास कट्टी गर्न सक्नेछ।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "अनुसन्धान र विकास खर्च" भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ।
तर यस्तो खर्चमा अनुसूची–२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन।
१९. ह्रासकट्टी खर्चः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यवसाय वा लगानीबाट सो व्यक्तिको आय आर्जन गर्न सो वर्षमा आफ्नो स्वामित्वमा रही प्रयोग गरेको ह्रासयोग्य सम्पत्तिको ह्रास भए बापत अनुसूची–२ बमोजिम ह्रास खर्च कट्टी Ωगर्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु र विद्युत गृह निर्माण उत्पादन, र प्रसारण गर्ने आयोजनाहरुमा जडान भएका संयन्त्रहरु, उपकरणहरु, र अन्य मेशिनरीहरुको ह्रास कट्टी सम्बन्धमा निम्नानुसार हुनेछः–
२०. व्यवसाय वा लगानीबाट नोक्सानीः (१) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको नोक्सानी कट्टी गर्न पाउनेछः–
Ω(ख) त्यस्तो व्यक्तिले कुनै व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी।
Ω(२) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि त्यस्तो व्यक्तिले अन्य कुनै लगानीबाट व्यहोर्नु परेको उक्त वर्षको कट्टी हुन नपाएको नोक्सानी र त्यस्तो व्यक्तिको उक्त लगानी र अन्य कुनै लगानीबाट व्यहोर्नु परेको विगत सात आय वर्षहरूको कट्टी हुन नपाएको नोक्सानी कट्टी गर्न पाउनेछ।
(३) उपदफा (१) र (२) को अधीनमा रही सो उपदफाहरुको प्रयोजनका लागि कुनै व्यक्तिले विदेशी स्रोतका सम्बन्धमा व्यहोर्नु परेको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको विदेशी स्रोतबाट भएको आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ र कुनै कर नलाग्ने आय प्राप्त गर्दा भएको कट्टी हुन नपाएको नोक्सानी सो व्यक्तिको कर नलाग्ने आयको गणना गर्दा मात्र कट्टी गर्न पाउनेछ।
(४) उपदफा (१) र (२) को अधीनमा रही कुनै व्यक्तिको व्यवसायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरी प्राप्त गरेको दीर्घकालीन करार पूरा भएको वा अन्य कुनै रुपमा निःसर्ग गरिएको आय वर्षमा सो व्यक्तिले नोक्सानी व्यहोर्नु परेमा वा उपदफा (१) को खण्ड (ख) बमोजिम जिम्मेवारी सारी आगामी वर्षमा ल्याउन पाउने कुनै कट्टी हुन नपाएको नोक्सानी दीर्घकालीन करारसँग सम्बन्धित भएमा विभागले लिखित सूचना दिएर सो नोक्सानी देहाय बमोजिम गर्न अनुमति दिन सक्नेछः–
(५) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यहोर्नु परेको देहायको नोक्सानी सो व्यक्तिको दीर्घकालीन करार वा करारहरुसँग सम्बन्धित रहेको मानी बाँडफाँट गर्नु पर्नेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(क) व्यवसायसँग सम्बन्धित दीर्घकालीन करार वा करारहरुबाट भएको नोक्सानी, र
(६) कुनै व्यक्तिले कुनै आय वर्षमा एकभन्दा बढी व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा सो व्यक्तिले कट्टी हुन नपाएको नोक्सानी एकभन्दा बढी व्यवसाय वा लगानीबाट कट्टी गर्न पाउने भएमा सो व्यक्तिले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने व्यवसाय वा लगानीको प्राथमिकता आफै निर्धारण गर्न सक्नेछ।
(७) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट व्यहोर्नु परेको नोक्सानीको गणना गर्दा यस दफाको प्रयोग नगरी सो व्यक्तिको व्यवसाय वा लगानीबाट भएको आय गणना गर्दा समावेश गरिने रकमहरुभन्दा कट्टी गरिने रकमहरु बढी भए यसरी बढी भए जतिको रकमको गणना गर्नु पर्नेछ।
υ(८) कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानीको आयमा पूर्ण कर छुट प्राप्त गरेको भए त्यस्तो आय वर्षमा भएको नोक्सानी आगामी आय वर्षमा सारी लैजान (क्यारी फरवार्ड) पाउने छैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "कट्टी हुन नपाएको नोक्सानी" भन्नाले उपदफा (१), (२) वा (४) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा कट्टी नगरिएको हदसम्मको नोक्सानी सम्झनु पर्छ।
२१. कट्टी गर्न नपाउने खर्चः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई कुनै आय वर्षमा कुनै व्यवसाय, रोजगारी वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि देहायको खर्च वा रकम कट्टी गर्न पाइने छैनः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
υतर ⌐ ... प्रदेश सरकार र स्थानीय तहमा तिरेको कर खर्चको रुपमा कट्टी गर्न पाइनेछ।
⌐ आर्थिक ऐन, २०८२ द्वारा झिकिएको।
▪ आर्थिक ऐन, २०७६ द्वारा संशोधित।
× आर्थिक ऐन, २०८१ द्वारा झिकिएको।
↔ आर्थिक ऐन, २०८१ द्वारा थप।
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
(२) ≠कुनै व्यक्तिले देहायका अवस्थामा बाहेक सो आय वर्षमा एक पटकमा पच्चिस हजार रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरेमा सो कट्टी गर्न पाउने छैनः–
(३) दफा १४, १५, १६, १७, १८, १९, २० र ७१ का व्यवस्थाहरुको अधीनमा रही पूँजीगत प्रकृतिको खर्च वा विदेशी आयकर बापत कुनै पनि रकम कट्टी गर्न पाईने छैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ग) काम गर्दाको समय बाहेक अन्य समयमा लगाउन उपयुक्त नभएका लुगा बाहेक प्राकृतिक व्यक्तिका लागि लुगाको खरिद गर्न भएको खर्च, र
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
⁋ आर्थिक ऐन, २०७९ द्वारा थप।
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(१) प्राकृतिक स्रोतको सम्भाव्यता अध्ययन, अन्वेषण र विकासका सम्बन्धमा लागेको खर्च,
२२. कर लेखाङ्कन गर्ने तरिकाः (१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरुप हुनेछ।
(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ।
⌂तर अदालतमा मुद्दा परी त्यस्तो मुद्दाको निरूपण पश्चात कुनै प्राकृतिक व्यक्तिले रोजगारी बापत विगत आय वर्षहरुको पारिश्रमिक एकमुष्ट भुक्तानी प्राप्त गरेको अवस्थामा कर प्रयोजनका लागि सम्बन्धित आय वर्षमा प्रोदभावी (एक्रुयल) आधारमा लेखाङ्कन गर्नु पर्नेछ।
(३) कम्पनीले कर प्रयोजनको लागि एक्रुयल आधारमा लेखाङ्कन गर्नु पर्नेछ।
(४) विभागले लिखित सूचना जारी गरी अन्यथा तोकेकोमा बाहेक कुनै व्यक्तिले आयकर प्रयोजनका लागि उपदफा (१), (२) र (३) को अधीनमा रही नगद वा एक्रुयल आधारमा लेखाङ्कन गर्न सक्नेछ।
(५) कुनै व्यक्तिले कर प्रयोजनको लागि उपदफा (२) र (३) को अधीनमा रही कर लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्न निवेदन दिन सक्नेछ। त्यस्तो व्यक्तिको आम्दानी स्पष्ट देखाउन लेखाङ्कन राख्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ भन्ने विभागलाई लागेमा विभागले लेखाङ्कन गर्ने तरिकामा परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ।
(६) कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका उपदफा (५) बमोजिम परिवर्तन भएमा त्यस्तो परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरुमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ।
⌂ आर्थिक ऐन, २०८० द्वारा थप।
२३. नगद आधारको लेखाङ्कनः कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
२४. एक्रुयल आधारको लेखाङ्कनः (१) कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखाङ्कन एक्रुयल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी निजको आयको गणनामा समावेश गर्नु पर्नेछ।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम Ωकुनै व्यक्तिको आय गणना गर्दा कट्टी गर्ने प्रयोजनको लागि देहायका खर्चहरु व्यहोरेको मानिनेछः–
Ω(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंकिङ्ग व्यवसायका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंकिङ सम्बन्धी प्रचलित कानूनको अधीनमा रही नेपाल राष्ट्र बैंकले तोकेको लेखाङ्कनलाई विभागले मान्यता दिन सक्नेछ।
तर सहकारी संस्थाले ब्याज आयको लेखाङ्कन नगद आधारमा समेत गर्न सक्नेछ।
Ω(४) व्यवसाय वा लगानीबाट भएको कुनै व्यक्तिको आय एक्रुयल आधारमा गणना गर्दा सो व्यक्तिले आफूले पाउनुपर्ने कुनै भुक्तानी समावेश गरेकोमा वा आफूले व्यहोर्नुपर्ने कुनै भुक्तानी कट्टा गरेकोमा सटही दरको फरकको कारण समेतले गर्दा सो व्यक्तिले भुक्तानी पाउँदा
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
वा भुक्तानी दिँदा फरक पर्न गएमा फरक रकमलाई भुक्तानी प्राप्त हुँदा वा दिँदा समायोजन गर्नु पर्नेछ।
२५. डुबेको ऋण लगायतका रकमहरुको रिभर्सः (१) कुनै व्यक्तिले कुनै रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आयको गणनामा प्राप्त गरेको रकम र व्यहोरेका खर्चको लेखा राख्दा देहायको कुनै अवस्थामा सो व्यक्तिले सोध भर्ना, असुल उपर, दाबी त्याग अपलेखन वा मिनाहा गरिएको समयमा उपयुक्त समायोजन गर्नु पर्नेछः–
(२) कुनै व्यक्तिले देहायका अवस्थामा मात्र कुनै रकम प्राप्त गर्ने अधिकार त्याग गर्न वा सो व्यक्तिको ऋण दाबीलाई डुबेको ऋणको रुपमा अपलेखन गर्न पाउनेछः–
२६. दीर्घकालीन करार अन्तर्गत समावेश र कट्टी हुने रकमहरुमा औसत निकाल्ने तरिकाः (१) कुनै व्यक्तिलाई कुनै आय बर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिको दीर्घकालीन करार अन्तर्गत करारको सम्पन्न प्रतिशत अनुसार क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने र क्रमबद्ध वृद्धिको योग अनुसार कट्टी गरिने अनुमानित रकम, प्राप्त गरिएको वा खर्च गरिएको मानिनेछ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "दीर्घकालीन करार" भन्नाले देहाय बमोजिमको अवस्थाको करार सम्झनु पर्छः–
(२) प्रतिफल विलम्बित हुने करार, क्रमबद्ध वृद्धिको योग अनुसार समावेश हुने, क्रमबद्ध वृद्धिको योग अनुसार कट्टा गरिने, समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट) र सम्पन्न प्रतिशतको करार तोकिए बमोजिम हुनेछ।
२७. रकमहरुको परिमाणीकरणः (१) कुनै भुक्तानीलाई देहायको रकम बराबरमा परिमाणीकरण गर्नु पर्नेछः–
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
(२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा
(२) उपदफा (१) को खण्ड (क) र (ङ) को सम्बन्धमा भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, वहन गरेको वा कर प्रयोजनको लागि अन्य रुपमा हिसाब गरिएको समयलाई नै रकमहरुको परिमाणीकरण भएको समय मानिनेछ।
२८. रुपैयाँमा परिवर्तनः (१) यस ऐनको प्रयोजनको लागि कुनै व्यक्तिको आय तथा सो आय निर्धारण गर्दा समावेश गरिने र कट्टी गरिने रकमहरु नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अङ्कित गरिएको भए त्यस्तो रकमलाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ।
(२) कुनै व्यक्तिको कुनै आय वर्षमा आय गणना गर्दा समावेश गरिने वा कट्टी गरिने रकम नेपाली रुपैयाँ बाहेक अन्य मुद्रामा अङ्कित गरिएकोमा सो रकम प्राप्त गरिएको, खर्च गरिएको, दिएको, बुझाएको वा कर प्रयोजनको लागि अन्य कुनै किसिमले हिसाब गर्दाका बखत प्रचलित विनिमय दर अनुसार सो मुद्रालाई नेपाली रुपैयाँमा परिवर्तन गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको प्रयोजनको लागि विभागले लिखित रुपमा सूचना जारी गरी अनुमति दिएकोमा कुनै व्यक्तिले सो आय वर्षमा विभागले तोकेको औसत विनिमय दर प्रयोग गर्न सक्नेछ।
Ω२९. अप्रत्यक्ष भुक्तानीः कुनै व्यक्तिले भुक्तानीकर्ता वा निजसँग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्ष रूपले फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखित रूपमा सूचना जारी गरी त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै त्यस्तो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
३०. संयुक्त स्वामित्वमा रहेको लगानीः कुनै व्यक्तिले अर्को व्यक्तिसँगको संयुक्त स्वामित्वमा रहेको लगानीबाट आर्जन गरेको आय गणना गर्ने प्रयोजनको लागि आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु संयुक्त स्वामित्व भएका व्यक्तिहरुको सो लगानीमा रहेको आ–आफ्नो हितको समानुपातिक आधारमा बाँडफाँट गर्नु पर्नेछ।
३१. क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरणः बीमा बापतको भुक्तानी लगायत देहायका कुराहरु बापत कुनै व्यक्ति वा सो व्यक्तिको सम्बद्ध व्यक्तिले कुनै क्षतिपूर्ति रकम प्राप्त गरेकोमा सो क्षतिपूर्ति बापतको रकम प्राप्त गरेको समयमा त्यस्तो रकम अवस्था अनुसार रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको गणना गर्दा समावेश गर्नु पर्नेछः–
३२. वार्षिक वृत्ति, किस्तबन्दी बिक्री र वित्तीय पट्टा अन्तर्गतका भुक्तानीको चारित्रीकरणः (१) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिएको भुक्तानीलाई यस दफा बमोजिम ऋण दाबी अन्तर्गत ब्याज र पूँजी फिर्ता सरह व्यवहार गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरुलाई एकमुष्ट गणना गरी सोको कुल योगलाई देहाय बमोजिम दुई भागमा विभाजन गर्नु पर्नेछः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
(क) आवश्यकता अनुसार वार्षिक वृत्ति बापतका सबै भुक्तानी वा कुनै सम्पत्ति किस्ताबन्दी बिक्री गर्दा वा पट्टामा दिँदाको समयमा सो सम्पत्तिको बजार मूल्य बराबर हुने पूँजीगत भाग, र
(३) उपदफा (२) बमोजिम वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टा दिँदाको समयमानै ◊........... किस्ताबन्दी निर्धारण गर्दा स्पष्ट रुपमा पूँजीको भाग र ब्याजको भाग छुट्याई कुल भुक्तानी तालिका उपलब्ध गराउनु पर्नेछ। सो बमोजिमको तालिका उपलब्ध गराउन नसक्नेले ब्याज र पूँजीगत भागहरुलाई वार्षिक वृत्ति, किस्ताबन्दी बिक्री वा वित्तीय पट्टालाई छ/छ महिनामा जोड्दै लगिने ब्याज सहितको मिश्रित ऋणसरह मानी उपदफा (१) बमोजिमका भुक्तानीहरुमा विभाजन गर्नु पर्नेछ।
(४) मिश्रित ऋण मानी उपदफा (१) बमोजिम गरिने भुक्तानीको ऋणको अवधिभर ब्याजको दर एउटै हुने गरी प्रत्येक भुक्तानीको समयमा बुझाउन बाँकी साँवा (पूँजी) मा ब्याजको अंश हिसाब गरी ऋणीले आंशिक रुपमा साँवा र आंशिक रुपमा ब्याजको भुक्तानी गर्नु पर्नेछ।
(५) यस दफा बमोजिम वित्तीय पट्टा अन्तर्गत पट्टा गर्दा देहायका शर्त पूरा गर्नु पर्नेछः–
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
(ङ) पट्टा लिने व्यक्तिको लागि विशेष किसिमले तयार गरिएको सम्पत्ति र पट्टाको अवधि समाप्त भएपछि सो सम्पत्ति पट्टा लिने व्यक्तिलाई बाहेक अन्य कुनै व्यक्तिलाई व्यवहारिक प्रयोग नहुने भएको।
(६) उपदफा (१) बमोजिमको प्रत्येक भुक्तानीलाई उपदफा (३) बमोजिम दुई भागहरुमा विभाजन गरिनेछ र ऋण दाबी अन्तर्गत ब्याज भागलाई बुझाएको वा बुझाउने ब्याजको रुपमा र पूँजीगत भागलाई पूँजीको फिर्ताको रुपमा व्यवहार गर्नु पर्नेछ।
(७) वित्तीय पट्टा अन्तर्गत पट्टा लिने व्यक्तिलाई पट्टा गरिएको सम्पत्तिको स्वामित्व भएको व्यक्ति सरह मानिनेछ र पट्टा दिने व्यक्तिको पट्टा लिने व्यक्ति माथि ऋण दाबी सरह मानिनेछ।
(८) पट्टा भुक्तानीको वर्तमान मूल्यलाई सामान्य ब्याजदर बराबरको छुट (डिस्काउण्ट) दर प्रयोग गरी गणना गर्नु पर्नेछ।
स्पष्टीकरणः "पट्टाको अवधि" भन्नाले पट्टा लिने व्यक्तिले पट्टा नवीकरण गराउन पाउने अतिरिक्त अवधि समेतलाई सम्झनु पर्छ।
३३. सम्बद्ध व्यक्तिहरु बीच ÷हस्तान्तरण मूल्य (ट्रान्सफर प्राइसिङ्ग) र अन्य प्रबन्धहरुः (१) सम्बद्ध व्यक्तिहरु बीच कुनै व्यवस्था भएकोमा सो व्यवस्था सामान्य बजार व्यवहार (आम्स लेन्थ) अनुसार सञ्चालन गरिएको भए तिनीहरुको लागि कायम हुनसक्ने कर योग्य आय वा बुझाउनपर्ने कर प्रतिविम्बित हुने किसिमले ती व्यक्तिहरु बीच आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु विभागले लिखित रुपमा सूचना जारी गरेर वितरण, बिनियोजन वा बाँडफाँट गर्न सक्नेछ।
(२) उपदफा (१) मा उल्लिखित कुनै कुरा गर्दा विभागले देहाय बमोजिम गर्न सक्नेछः–
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
↔(३) यस दफा बमोजिम सम्बद्ध व्यक्तिबीच हुने हस्तान्तरण मूल्य (ट्रान्सफर प्राइसिङ्ग) को मूल्याङ्कन विधि विभागले निर्धारण गरे बमोजिम हुनेछ।
β३३क. सेफ हार्बर रुल सम्बन्धी विशेष व्यवस्था : (१) दफा ३३ मा जुनसुकै कुरा लेखिएको भए तापनि एक अर्ब रुपैयाँसम्मको वार्षिक कारोबार गर्ने उपदफा (३) बमोजिमको शर्त पूरा गर्ने व्यक्तिले नियन्त्रित कारोबारको सामान्य बजार व्यवहार (आर्म्स लेन्थ) मूल्य निर्धारणका लागि सेफ हार्बर रुलको व्यवस्था छनौट गर्न पाउनेछ।
(२) उपदफा (१) बमोजिम सेफ हार्बर रुलको व्यवस्था छनौट गरेको व्यक्तिले आय विवरण पेस गरेमा विभागले हस्तान्तरण मूल्यलाई सामान्य बजार व्यवहार मूल्यको रुपमा स्वीकार गर्नेछ।
(३) सेफ हार्वरको व्यवस्था छनौट गर्न देहायका कुनै शर्त पूरा गर्नु पर्नेछ :-
(४) यस दफा बमोजिम एक पटक सेफ हार्बर रुलको विकल्प छनौट गरेपछि कारोबारको प्रकृति र परिस्थितिमा तात्विक परिवर्तन नभएसम्म त्यस्तो व्यवस्था लगातार पाँच आय वर्षसम्म लागू हुनेछ।
(५) यस दफा बमोजिम सेफ हार्बर रुल कार्यान्वयन सम्बन्धी कार्यविधि विभागले निर्धारण गरे बमोजिम हुनेछ।
β३३ख. अग्रीम मुल्य निर्धारण सम्झौता गर्न सक्ने : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभागले कुनै करदाताको सम्बन्धमा सम्वद्ध व्यक्तिबीच हुने अन्तर्राष्ट्रिय कारोबारको सामान्य बजार व्यवहार मूल्य निर्धारण गर्ने आधार र विधिको सम्बन्धमा अग्रीम मूल्य निर्धारण सम्झौता गर्न सक्नेछ।
↔ आर्थिक ऐन, २०८१ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
(२) नेपाल सरकारले कुनै विदेशी मुलुकसँग दफा ७३ बमोजिम गरेको दोहोरो कर मुक्ति सम्झौतामा उल्लिखित पारस्परिक सहमति प्रक्रिया अन्तर्गत नेपालको सक्षम अधिकारीले सम्बन्धित विदेशी मुलुकको सक्षम अधिकारीसँग समन्वय गरी द्विपक्षीय वा बहुपक्षीय रुपमा उपदफा (१) बमोजिमको सम्झौता गर्न सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिमको सम्झौतामा अन्तर्राष्ट्रिय कारोबारको मूल्य निर्धारण गर्नका लागि अवलम्बन गरिने विधि, तुलनात्मक तथ्याङ्क र अन्य आवश्यक शर्तहरू उल्लेख गर्नु पर्नेछ। त्यसरी सम्झौता गरिएको विधि र प्रक्रिया बमोजिम निर्धारण गरिएको मूल्यलाई यस ऐनको प्रयोजनका लागि सामान्य बजार व्यवहार मूल्य मानिनेछ।
(४) उपदफा (१) वा (२) बमोजिम गरिएको सम्झौता त्यस्तो सम्झौतामा उल्लेख भएको अवधिभर लागू हुनेछ। त्यस्तो अवधि लगातार पाँच आय वर्षभन्दा बढी हुने छैन।
(५) उपदफा (१) वा (२) बमोजिम सम्झैता गर्दा आपसी सहमतिमा त्यस्तो सम्झौता हुनुभन्दा तत्काल अघिका बढीमा चार आय वर्षका अन्तर्राष्ट्रिय कारोबारमा समेत लागू हुने गरी रोलब्याक सम्बन्धी व्यवस्था समावेश गर्न सकिनेछ।
(६) यस दफा बमोजिम गरिएको सम्झौता दुवै पक्षका लागि बाध्यकारी हुनेछ।
तर सम्झौतामा उल्लिखित शर्त वा कानूनी व्यवस्थामा तात्विक परिवर्तन आएमा त्यस्तो सम्झौता बाध्यकारी हुने छैन।
(७) कुनै व्यक्तिले जालसाजी गरी, तथ्य फरक पारी वा गलत विवरण पेश गरी सम्झौता गरेको प्रमाणित भएमा विभागले त्यस्तो सम्झौतालाई प्रारम्भ देखि नै लागू नहुने गरी बदर गर्न सक्नेछ। त्यसरी बदर गरेको सूचना सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
(८) यस दफा बमोजिम सम्झौता गर्न चाहने व्यक्तिले तिर्नुपर्ने शुल्क तोकिए बमोजिम हुनेछ।
(९) यस दफा बमोजिमको सम्झौताको लागि दिइने निवेदनको ढाँचा, कागजात, सम्झौताको नवीकरण तथा अन्य कार्यविधि विभागले तोके बमोजिम हुनेछ।
३४. आयको खण्डीकरणः (१) कुनै व्यक्तिले आफ्नो आय अर्को व्यक्तिसँग विभाजन गर्न प्रयत्न गरी सो बाट बुझाउनुपर्ने करमा कुनै कमी आउने देखिएमा दायित्व घटी हुन नदिन विभागले लिखित रुपमा सूचना दिएर प्रत्येक व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकमहरु समायोजन गराउन सक्नेछ।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम व्यक्ति र सम्बद्ध व्यक्ति बीच प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरुद्वारा देहायका रकमहरुको हस्तान्तरण र सो
हस्तान्तरणको प्रयोजनले सो व्यक्ति वा सम्बद्ध व्यक्तिबाट बुझाउनुपर्ने करमा कमी ल्याउन आय विभाजन गर्ने प्रयत्न गरेको अवस्थाहरु समेतलाई जनाउनेछः–
(३) विभागले उपदफा (२) बमोजिम कुनै व्यक्तिले आय विभाजन गर्न खोजेको हो वा होइन भन्ने कुरा यकिन गर्दा हस्तान्तरणका लागि गरिएको कुनै पनि भुक्तानीको बजार मूल्यको आधार लिनेछ।
३५. कर मुक्ति विरुद्धको सामान्य नियमः विभागले यस ऐन बमोजिम कर दायित्वको यकिन गर्ने प्रयोजनको लागि देहायका कुराहरु गर्न सक्नेछः–
३६. सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभः (१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछः–
(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र
(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछः–
(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ।
(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानी उपदफा (१) वा (२) बमोजिम कट्टी गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश कट्टी गर्ने प्रयोजनको लागि गणनाहरुको छनौट गर्न सक्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको कर योग्य गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ।
३७. सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानीः (१) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरुको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ।
(२) कुनै सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ।
३८. सम्पत्ति र दायित्वहरु बापतको खर्च र खुद खर्चः (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतको खर्चहरुमा देहायका खर्चहरु समावेश हुनेछन्ः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ख) सो सम्पत्ति वा दायित्वको परिवर्तन, सुधार र मर्मत संभार गर्दा लागेको खर्च लगायत सो सम्पत्ति वा दायित्वको स्वामित्व लिँदा निजबाट गरिएको खर्च र सम्पत्तिको सम्बन्धमा सो सम्पत्तिको मर्मत संभार गर्दा लागेको खर्च,
तर यस्तो खर्चमा दफा २१ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमका खर्चहरु र आय निर्धारण गर्दा कट्टी गर्न सकिने हदसम्मका खर्चहरु समावेश गनुपर्ने छैन।
(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरु सो समयमा सो सम्पत्ति वा दायित्व बापतका सबै आम्दानीहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतको सबै खर्चहरुको योग बढी भएजतिको रकमहरु मानी गणना गर्नु पर्नेछ।
(३) परिच्छेद–६ र ७ मा उल्लिखित आय गणना गर्दा कट्टी गरिने खर्च रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको खर्च रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिमका खर्चहरुका सम्बन्धमा लागू हुने छन्।
तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन।
३९. सम्पत्ति तथा दायित्व बापतका आम्दानी र खुद आम्दानीः (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानीहरुमा देहायका रकमहरु समावेश गर्नु पर्नेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(२) कुनै खास समयमा कुनै सम्पत्ति वा दायित्व बापतका खुद आम्दानीहरुमा सो समयमा सो सम्पत्ति वा दायित्व बापतका खर्चहरुको योगभन्दा सो सम्पत्ति वा दायित्व बापतका आम्दानीहरु बढी भएजतिको रकमहरु समावेश गर्नु पर्नेछ।
(३) परिच्छेद–६ र परिच्छेद–७ मा उल्लिखित विषयका सम्बन्धमा आय गणना गर्दा आयमा समावेश गरिने रकमलाई कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानी रकमको सन्दर्भमा भए सरह मानी उपदफा (१) बमोजिम गर्नु पर्नेछ।
तर उल्लिखित व्यवस्थाको सम्बन्धमा दफा २६ लागू हुने छैन।
४०. सम्पत्ति वा दायित्वको निसर्गः (१) कुनै व्यक्तिको कुनै सम्पत्तिबाट स्वामित्व हटेमा निजले सो सम्पत्तिको निःसर्ग गरेको मानिनेछ। सम्पत्तिको निःसर्गमा सो सम्पत्तिको स्वामित्व भएको व्यक्तिबाट सो सम्पत्तिको वितरण गरिनु सो सम्पत्ति अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, किस्ताबन्दी, बिक्रीको माध्यमबाट बिक्री गर्नु वा वित्तीय पट्टा अन्तर्गत कुनै अर्को व्यक्तिलाई पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु वा समर्पण गरिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ।
(२) कुनै व्यक्ति कुनै दायित्वको भारबाट हटेमा निजले सो दायित्वको निःसर्ग गरेको मानिनेछ । दायित्वको निःसर्गमा दायित्व फछ्र्यौट, रद्द, मुक्त, समापन हुनु वा अर्को दायित्व वा सम्पत्तिमा गाभिनु जस्ता कार्य समेत समावेश गर्नु पर्नेछ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै सम्पत्ति वा दायित्वको देहायका अवस्थाहरुमा निःसर्ग गरेको मानिनेछः–
(घ) कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दातको किसिम फेरिने गरी त्यस्तो सम्पत्ति निजले प्रयोग गर्न थालेको अवस्थामा सो सम्पत्तिको फेरिएको स्वरुप प्रयोग गर्नुभन्दा तत्काल अघि,
(४) उपदफा (१) बमोजिम कुनै व्यक्तिले कुनै वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्ति पट्टामा दिएर सो सम्पत्तिको निःसर्ग गरेमा निजले जुन व्यक्तिलाई सो सम्पत्ति पट्टामा दिएको हो त्यस्तो व्यक्तिले निःसर्गको समयमा सो सम्पत्तिको स्वामित्व प्राप्त गरेको मानिनेछ।
(५) सम्पत्ति तथा दायित्वहरुको निःसर्गबाट कुनै व्यक्तिले प्राप्त गरेको लाभ गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछः–
४१. सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्गः कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ) (ङ) र (च) मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ख) दायित्वको सम्बन्धमा,–
४२. किस्ताबन्दी बिक्री वा वित्तीय पट्टाको माध्यमबाट निसर्गः कुनै व्यक्तिले कुनै सम्पत्ति कुनै अर्को व्यक्तिलाई किस्ताबन्दी बिक्रीको माध्यमबाट वा वित्तीय पट्टा अन्तर्गत पट्टामा दिई निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः–
४३. पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्तिको हस्तान्तरणः सम्बन्ध बिच्छेद भएको वा अंश लिई भिन्न बसेको कुनै प्राकृतिक व्यक्तिले निजको पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीलाई सम्पत्ति हस्तान्तरण गरी सम्पत्तिको निःसर्ग गरेमा र सो पति, पत्नी वा पूर्व पति, पूर्व पत्नीले यो दफा लागू गरिपाउन लिखित रुपमा छनौट गरेमा देहाय बमोजिम हुनेछः–
४४. मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरणः कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निःसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछः–
४५. सम्बद्ध व्यक्तिहरु बीचको हस्तान्तरण र अन्य गैरबजार हस्तान्तरणहरुः (१) कुनै व्यक्तिले कुनै सम्पत्ति सम्बद्ध व्यक्तिलाई वा कुनै अन्य व्यक्तिलाई कुनै प्रतिफल नलिई हस्तान्तरण गरी सो सम्पत्ति निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः–
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक Ωकरयोग्य सम्पत्ति वा व्यापारिक मौज्दातका रुपमा रहेको सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा र उपदफा (६) बमोजिमका कुराहरु पूरा भएमा देहाय बमोजिम हुनेछः–
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) बमोजिमका कुराहरु पूरा गरी कुनै व्यक्तिले ह्रासयोग्य सम्पत्तिको स्वामित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरणबाट निःसर्ग गरेमा वा त्यस्तो सम्पत्ति सो ह्रासयोग्य सम्पत्तिको कुनै समूहमापर्ने भएमा देहाय बमोजिम हुनेछः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(क) सो व्यक्तिले सो निःसर्ग हुँदाका बखत अनुसूची–२ को दफा ४ बमोजिम सो समूहको घट्दो प्रणालीको बाँकी मूल्य बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र
(४) कुनै व्यक्तिले यस दफा बमोजिम कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी वा अन्य कुनै व्यक्तिलाई कुनै मूल्य Ωनदिई हस्तान्तरण गरी सो दायित्वको निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः–
(५) कुनै व्यक्तिले उपदफा (६) मा उल्लिखित कुराहरु पूरा गरी आफ्नो कुनै व्यवसायबाट आय आर्जन गर्दा लिएको कुनै दायित्व सम्बद्ध व्यक्तिलाई हस्तान्तरण गरी निःसर्ग गरेमा देहाय बमोजिम हुनेछः–
(६) उपदफा (२), (३), र (५) को प्रयोजनको लागि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछः–
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
व्यक्तिको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति हुनेछ।
४६. सम्पत्ति वा दायित्वको प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्गः (१) कुनै व्यक्तिले दफा ४० को उपदफा (१) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाले कुनै सम्पत्ति अस्वेच्छिक रुपमा निःसर्ग गरेको एक वर्षभित्र सो सम्पत्तिको बदलामा सोही किसिमको अर्को सम्पत्तिको स्वामित्व प्राप्त गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः–
(२) सो निःसर्गबाट प्राप्त गरिएको रकमभन्दा सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जति खर्च।
(२) कुनै व्यक्तिले दफा ४० को उपदफा (२) मा उल्लिखित तरिकाहरुमध्ये कुनै पनि तरिकाबाट कुनै दायित्व अस्वेच्छिक रुपमा निःसर्ग गरेको एक वर्षभित्र सो दायित्वको सट्टामा सोही किसिमको अर्को दायित्व वहन गरी यो दफा लागू हुन लिखित रुपमा अनुरोध गरेमा देहाय बमोजिम हुनेछः–
(३) कुनै निकायमा रहेको हितको परिवर्तन वा निकायको पुनर्निर्माणको फलस्वरुप सो निकायको एउटा हितको अर्को हित (सेक्यूरिटी) बाट प्रतिस्थापना भई अस्वेच्छिक निःसर्ग सिर्जना हुने अवस्थाहरु तोकिए बमोजिम हुनेछ।
४७. सम्पत्ति र दायित्व गाभिई हुने निसर्गः (१) कुनै व्यक्तिले कुनै सम्पत्ति प्राप्त गरेको वा दायित्व वहन गरेको परिणामस्वरुप सो व्यक्तिको स्वामित्वमा भएको अर्को कुनै सम्पत्ति वा वहन गरेको अर्को कुनै दायित्व समाप्त भई वा गाभिई निःसर्ग भएमा देहाय बमोजिम हुनेछः–
(१) गाभिने सम्पत्ति वा दायित्वको निःसर्गका सम्बन्धमा सो खुद खर्च बराबरको रकम प्राप्त गरेको मानिनेछ।
(२) उपदफा (१) मा उल्लिखित कुराहरुको प्रतिकूल नहुने गरी सो उपदफा देहायका अवस्थाहरुमा समेत लागू हुनेछः–
⌞४७क. ....
४८. विभाजनबाट हुने सम्पत्ति र दायित्वको निसर्गः कुनै व्यक्तिबाट स्वामित्व प्राप्त गरिएको कुनै सम्पत्तिसँग सम्बन्धित अधिकार वा वहन गरिएको दायित्वसँग सम्बन्धित भारहरु कुनै सम्पत्ति वा सोको कुनै भागको पट्टाको माध्यमबाट समेत अन्य कुनै व्यक्तिमा सिर्जना भएमा देहाय बमोजिम हुनेछः–
⌞ आर्थिक ऐन, २०८३ द्वारा झिकिएको।
(क) अधिकार वा भारहरु स्थायी भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको तर कुनै नयाँ सम्पत्ति वा दायित्व प्राप्त नगरेको मानिनेछ, र
४९. खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने निःसर्गः (१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, वहन गर्दा वा निःसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरु अवस्थानुसार प्राप्ति, वहन वा निःसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरु बीच बाँडफाँट गर्नु पर्नेछः–
(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेमा सो निःसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरुलाई निःसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निःसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँट गर्नु पर्नेछ।
५०. दम्पतिः (१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी छनौट गर्न सक्नेछन्।
(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनुपर्ने करको लागि एक अर्कोप्रति संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन्।
υ(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई दम्पती सरह मानिनेछ।
५१. औषधी उपचार बापत कर मिलानः (१) कुनै प्राकृतिक बासिन्दा व्यक्तिले निजको लागि आफै वा अन्य कुनै व्यक्ति मार्फत गरेको स्वीकृत औषधी उपचार खर्चको लागि कुनै आय वर्षमा औषधी उपचार बापत कर मिलान गर्न दाबी गर्न सक्नेछ।
(२) कुनै आय वर्षमा प्राकृतिक व्यक्तिको औषधी उपचार बापत कर मिलानको रकम उपदफा (१) बमोजिमको स्वीकृत औषधी उपचार खर्च रकमको पन्ध्र प्रतिशतको दरले हुने रकममा उपदफा (४) मा उल्लिखित कुनै रकम भए सो समेत जोडी गणना गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधी उपचार बापत कर मिलान रकम तोकिएको सीमाभन्दा बढी हुने छैन।
(४) कुनै आय वर्षमा कुनै प्राकृतिक व्यक्तिको हकमा देहायका हदसम्म खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम बढी भएको रकम जिम्मेवारी सारी आगामी वर्षहरुमा उपदफा (२) बमोजिमको रकममा समावेश गर्न सकिनेछः–
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "स्वीकृत औषधी उपचार खर्च" भन्नाले तोकिए बमोजिमको स्वीकृत औषधी उपचार खर्च सम्झनु पर्छ।
५२. निकायहरुका सम्बन्धमा लागू हुने करका सिद्धान्तहरुः (१) कुनै निकाय कर दाखिला गर्ने प्रयोजनको लागि त्यसको हिताधिकारीभन्दा छुट्टै रुपमा जिम्मेवार हुनेछ।
(२) निकायबाट हुने वितरण दफा ५३ मा उल्लेख भए बमोजिम हुनेछ र त्यसरी हुने वितरणमा दफा ५४ बमोजिम यसका हिताधिकारीलाई कर लगाइनेछ।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
(३) निकायबाट प्राप्त गरिएको रकम र ब्यहोरिएको खर्च रकम निकायले अन्य व्यक्तिको लागि प्राप्त गरेको वा नगरेको वा खर्च ब्यहोरेको वा नब्यहोरेको जे जस्तो भए पनि निकायले प्राप्त गरेको र ब्यहोरेको मानिनेछ।
(४) निकायको स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई सोही निकायको स्वामित्व वा भारमा रहेको मानिनेछ। यस्तो स्वामित्वमा रहेको सम्पत्ति र वहन गरिएका दायित्वलाई अन्य कुनै व्यक्तिको स्वामित्व वा भारमा रहेको मानिने छैन।
(५) निकायको आयको लागि त्यसको व्यवस्थापक, हिताधिकारी वा निकाय जोसुकैले दाखिला गरेको विदेशी आयकर सो निकायले दाखिला गरेको मानिनेछ।
(६) कुनै निकाय र यसका व्यवस्थापक तथा हिताधिकारी बीचको कारोबारलाई परिच्छेद–७ र दफा ४५ को अधीनमा रही मान्यता दिइनेछ।
५३. निकायबाट हुने वितरणः (१) निकायबाट हुने वितरणमा देहायका कुराहरु समावेश गर्नु पर्नेछः–
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (क) मा उल्लेख भएको कुनै भुक्तानी निम्न अवस्थाहरुमा मात्र वितरण भएको मानिनेछः–
(३) कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पूँजीको फिर्ता मानिनेछ।
(४) देहायका कुनै अवस्थामा कुनै निकायको वितरणलाई दफा ५५ को अधीनमा रही मुनाफाको वितरण मानिनेछः–
(क) उपदफा (३) मा उल्लिखित किसिमको वितरण भएमा र वितरणको समयमा निकायको दायित्वको बजार मूल्य तथा पूँजीकृत गरिएको मुनाफा समेत समावेश भएको पूँजी योगदान रकमको जम्मा रकमभन्दा सम्पत्तिको बजार मूल्य बमोजिमको रकम बढी भएमा,
(५) उपदफा (३) मा उल्लिखित वितरण मुनाफाको वितरण नभएको हदसम्म पूँजी फिर्ता भएको मानिनेछ।
(६) कुनै निकायको वितरण पूँजीको फिर्ता नभएको हदसम्म सो निकायको लाभांश मानिनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "मुनाफाको पूँजीकरण" भन्नाले बोनस शेयर वा यस्तै कुनै हित जारी गरी पूँजीकृत गरेको वा सो निकायको हितको चुक्ता रकममा वृद्धि गरेको वा निकायको प्रिमियम तथा पूँजी खातामा नाफालाई आम्दानी बाँधेको समेतलाई जनाउँछ।
५४. लाभांशको करः (१) बासिन्दा निकायले वितरण गरेको लाभांशमा देहाय बमोजिम हुनेछः–
(२) कुनै गैरबासिन्दा निकायले कुनै बासिन्दा हिताधिकारीलाई वितरण गरेको लाभांशलाई सो हिताधिकारीको आयको गणना गर्दा समावेश गरी कर लाग्नेछ।
Ω(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कर कट्टी भई प्राप्त भएको लाभांश वितरण गरेमा कर लाग्ने छैन।
(४) ◊................
(५) कुनै निकायको हिताधिकारीको हित बापत प्राप्त हुने परिच्छेद–८ बमोजिमका आम्दानीहरुमा सो हित बापत कुनै निकायबाट गरिएको पूँजीको फिर्ता रकम समावेश गर्नु पर्नेछ।
तर निकायले वितरण गरेको लाभांश समावेश गर्नुपर्ने छैन।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
५५. निकायको विघटनः (१) कुनै निकायको विघटनको क्रममा हितहरुको निःसर्ग हुँदा कुनै हिताधिकारीले पाउने नाफाको अंश र योगदान गरेको पूँजीको अंशको अनुपातमा गरेको वितरणलाई निम्न सबै अवस्थाहरु पूरा भएमा सो निकायको आंशिक लाभांश र आंशिक पूँजीको भुक्तानी मानिनेछः–
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै निकायमा रहेको कुनै हिताधिकारीको हित सो निकायले प्रचलित कानून बमोजिम मान्यता प्राप्त धितोपत्र विनिमय बजार मार्फत खरिद गरी उक्त हिताधिकारीलाई गरेको वितरणमा सो उपदफा र दफा ५३ को व्यवस्था लागू हुने छैन।
५६. निकाय र हिताधिकारी बीचको कारोबारः (१) दफा ४५ को अधीनमा रही कुनै निकाय तथा सो निकायको हिताधिकारी बीच एक अर्कामा वितरणको कुनै तरिका वा अन्य कुनै किसिमले सम्पत्तिको स्वामित्वको हस्तान्तरणबाट सम्पत्ति निःसर्ग भएमा देहाय बमोजिम हुनेछः–
(२) दफा ४५ को अधीनमा रही कुनै निकाय र सो निकायको कुनै हिताधिकारीबीच एक अर्कामा कुनै दायित्वको हस्तान्तरणबाट सो दायित्वको निःसर्ग भएमा देहाय बमोजिम हुनेछः–
(ख) दायित्व हस्तान्तरण गरिलिने सो व्यक्तिले दायित्व लिँदा खण्ड (क) मा उल्लेख भए बराबरको रकम प्राप्त गरेको मानिनेछ।
(३) कुनै निकायले कुनै हिताधिकारीलाई लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण गरेमा त्यस्तो लाभांशको रकमलाई सो निकायको आय गणना गर्दा समावेश गर्नु पर्नेछ।
तर तोकिएको कुनै अवस्थामा यो उपदफामा उल्लेख गरिएको कुरा लागू नहुने गरी व्यवस्था गर्न सकिनेछ।
५७. नियन्त्रणमा परिवर्तनः (१) कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निःसर्ग गरेको मानिनेछ।
≠तर स्टार्टअप भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डमा साबिकका शेयरवाला तथा साझेदारको शेयर सङ्ख्या र पुँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्था वा निकायको हिताधिकारीको मृत्युका कारण उक्त निकायमा रहेको हितको अस्वेच्छिक निःसर्ग भई कानूनी हकवालालाई हस्तान्तरण भएको वा बासिन्दा निकायको स्वामित्व परिवर्तन भई सोही कारण उक्त निकायको हित रहेको अर्को बासिन्दा निकायको स्वामित्व परिवर्तन भएको अवस्थामा यो दफा आकर्षित हुने छैन।
υ(१क) उपदफा (१) बमोजिमको कुनै निकायको पचास प्रतिशत वा पचास प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्ने प्रयोजनको लागि त्यस्तो निकायको देहाय बमोजिमको स्वामित्वलाई मात्र समावेश गरिनेछः–
≠ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
✎ आर्थिक ऐन, २०७९ द्वारा संशोधित।
(२) उपदफा (१) मा उल्लेख भए बमोजिम कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैनः–
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
⌂ आर्थिक ऐन, २०८० द्वारा झिकिएको
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(३) कुनै निकायको स्वामित्वमा कुनै आय वर्षमा उपदफा (१) मा उल्लिखित किसिमले परिवर्तन भएमा सो आय वर्षको स्वामित्व परिवर्तन अघि र पछिको भागहरुलाई छुट्टाछुट्टै आय वर्षहरुको रुपमा मानिनेछ।
५८. लाभांश कर घटाउन नदिने व्यवस्थाः Ω(१) कुनै निकायले देहायको सबै अवस्था कायम राखी गरेको प्रबन्धलाई लाभांश कर घटाउन गरेको प्रबन्ध मानिनेछः–
(२) उपदफा (१) बमोजिम गरिएको लाभांश कर घटाउने प्रबन्ध अन्तर्गत कुनै निकायबाट लाभांश वितरण गरिएकोमा सो प्रबन्धलाई देहाय सरह भएको मानिनेछः–
५९. बैंकिङ्ग व्यवसायः (१) बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ।
υ(१क) नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने βवा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति लिई हायर पर्चेज कारोबार गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकम तथा गैर बैंकिङ्ग सम्पत्ति वापत व्यवस्था गरिएको रकम समेतको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ।
υ(१ख) सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी ऋण रकमको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ।
υ(१ग) उपदफा (१क) र (१ख) बमोजिम जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र त्यस्तो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँट गरिएमा जुन वर्ष बाँडफाँट गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ।
(२) ◊...............
(३) ◊...............
६०. सामान्य बीमा व्यवसायः (१) सामान्य बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानी गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बीमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ।
(२) सामान्य बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आयको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा थप।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
(१) सो व्यवसाय सञ्चालन गर्दा सो व्यक्तिबाट बीमकको हैसियतमा सो वर्षमा गरिएको भुक्तानीहरु, र
तर यस उपखण्ड बमोजिम कुनै वर्ष खर्चकट्टी लिएको रकम आगामी आय वर्षमा बीमा व्यवसायको आय गणना गर्दा आयमा समावेश गर्नु पर्नेछ।
(३) ◊...............
(४) ◊..............
६१. लगानी बीमा व्यवसायः (१) लगानी बीमा व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा लगानी बीमा व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ।
(२) लगानी बीमा व्यवसाय गर्ने कुनै व्यक्तिको कुनै आय वर्षको आय गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
◊ आर्थिक ऐन, २०७५ द्वारा झिकिएको।
(ख) देहायका रकमहरु बाहेक यस ऐन बमोजिम कट्टी गर्न सकिने अन्य रकमहरु कट्टी गर्नेः–
(३) उपदफा (२) को खण्ड (क) को उपखण्ड (१) र (२) तथा खण्ड (ख) को उपखण्ड (१) र (२) मा उल्लिखित रकमहरु सो व्यक्तिको सम्पत्ति वा दायित्व बापतका आम्दानी र Ωखर्च मानिने छैन।
(४) कुनै व्यक्तिको लगानी बीमा व्यवसायको लगानी बीमा सम्झौता सो व्यक्तिको सम्पत्ति तथा दायित्व मानिने छैन।
६२. बीमाबाट प्राप्त रकमः (१) कुनै व्यक्तिको आयको गणना गर्ने प्रयोजनको लागि सो व्यक्तिले बीमाबाट प्राप्त गरेको रकमको सम्बन्धमा दफा ३१ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लगानी बीमाबाट प्राप्त लाभ सम्बन्धमा देहाय बमोजिम हुनेछः–
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "लगानी बीमाबाट प्राप्त लाभ" भन्नाले सो बीमाको सम्बन्धमा कुनै व्यक्तिले लगानी बीमा बापत प्राप्त गरेको भुक्तानी सो व्यक्तिले तिरेको प्रिमियमभन्दा बढी भएजतिको रकमलाई सम्झनु पर्छ।
६३. ÷अवकाश कोषः (१) ⌐ ...
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
÷ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
⌐ आर्थिक ऐन, २०८२ द्वारा झिकिएको।
(२) स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा सो कोषमा गरेको अवकाश योगदान आफ्नो करयोग्य Ωआयको गणना गर्दा घटाई पाउन दाबी गर्न सक्नेछ।
♠स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "स्वीकृत अवकाश कोष" भन्नाले कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापित कर्मचारी सञ्चय कोष; नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित नागरिक लगानी कोष; योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित अवकाश कोष र निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोष सम्झनु पर्छ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम कुनै आय वर्षमा कुनै व्यक्तिबाट घटाई पाउन दाबी गरिएको रकम तोकिएको अवकाश योगदानको सीमाभन्दा बढी हुने छैन।
६४. अवकाश कोषमा करः (१) अवकाश कोषको आय निर्धारण गर्ने प्रयोजनको लागि यस ऐन बमोजिम समावेश हुने वा कट्टी हुने रकमहरु कोषको आय गणना गर्दा समावेश वा कट्टी गर्नु पर्नेछ।
तर,–
(२) स्वीकृत अवकाश कोषको आयमा कर लाग्ने छैन।
(३) कुनै स्वीकृत अवकाश कोष त्यस्तो कोषको रुपमा नरहेमा त्यस्तो कोषले खण्ड (क) बमोजिमको रकमबाट खण्ड (ख) बमोजिमको रकम घटाई हुने रकममा Ωअनुसूची–१ को दफा २ को उपदफा (१) मा उल्लिखित करको दर अनुसार हुन आउने रकम कर बुझाउनु पर्नेछ।
♠ आर्थिक ऐन, २०८२ द्वारा थप।
Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(क) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधि बीच सो कोषमा जम्मा भएको सबै अवकाश योगदानहरु र उपदफा (२) लागू नभएको भए करयोग्य आय मानिने सबै आय रकम,
६५. अवकाश भुक्तानीहरुः (१) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृत अवकाश कोषमा रहेको υयोगदानमा आधारित हितबाट भएको υवा नेपाल सरकारबाट भएको अवकाश भुक्तानी आय गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिम हुनेछः–
(२) कुनै प्राकृतिक व्यक्तिको कुनै स्वीकृति नलिएको अवकाश कोषमा रहेको हितबाट भएको लाभ गणना गर्ने प्रयोजनका लागि देहाय बमोजिम हुनेछः–
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ" भन्नाले स्वीकृति नलिएको अवकाश कोषलाई सो कोषमा रहेको हित बापत हिताधिकारी प्राकृतिक व्यक्तिबाट बुझाइएको अवकाश योगदानहरुको रकमभन्दा सो कोषबाट
υ आर्थिक ऐन, २०७५ द्वारा थप।
× आर्थिक ऐन, २०८१ द्वारा झिकिएको।
सो व्यक्तिको हित बापत सो व्यक्तिलाई गरिएको अवकाश भुक्तानी बढी भए यस्तो बढी भए जतिको रकम सम्मन्नु पर्छ।
७.र हितिधकारीको योगदान नहुने कुनै कोष (नन् कन्ट्रीब्युटरी फण्ड) बाट भएको भुक्तानीलाई स्वीकृति नलिएको अवकाश कोषमा रहेको हित बापत भएको लाभ मानिने छैन ।
०६६. ...............
परिच्छेद–१३ अन्तर्राष्ट्रिय कर
६७. आयको स्रोत, नोक्सानी, लाभ र भुक्तानीः (१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ।
(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु, (ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरु।
(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ।
(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरु, (ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरु।
(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछः–
(क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खुद लाभ,
$\text{v}$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{o}$ आर्थिक ऐन, २०७५ द्वारा खारेज।
(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा वहन गर्नुपर्ने दायित्व समावेश भएकोमा दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ र रकमहरु,
(ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरु।
(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा वहन गर्नुपर्ने दायित्व समावेश भएकोमा सो सम्पत्ति वा दायित्वको मन:संगतबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ।
(५) आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरुमा देहायका रकमहरु समावेश भएकोमा त्यस्ता रकमहरुको स्रोत नेपालमा भएको मानिनेछः–
(क) नेपालमा रहेका सम्पत्तिहरुका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लेखित लागतको खर्च कट्टी गर्न पाउने रकम,
(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरु तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरु, र
(ग) खण्ड (क) र (ख) का अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरु।
(६) देहायका भुक्तानीहरुको स्रोत नेपालमा रहेको मानिनेछः–
(क) बासिन्दा निकायबाट भुक्तानी दिइएको लाभांशहरु,
(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,
(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,
(घ) नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग बापत भुक्तानी गरिएको बहाल रकम,
(ङ) कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्ने अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,
(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बीमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बीमा बापतको रकम र सो व्यक्तिलाई साधारण बीमा बापत बुझाइएको प्रिमियम,
(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिमाणस्वरूप बाहेक नेपालमा स्थल, सामुददक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानीः–
(१) प्रस्थान गर्ने यात्रुहरुको ओसार पसार गर्ने, वा
(२) डाँक, पशुपंक्षी वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने।
(ज) तार, रेडियो, अप्टिकल फाईबर वा भू–उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर वा सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित संयन्त्रहरुबाट खबर वा सूचनाको सम्प्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,
(झ) रोजगार गर्ने वा सेवा प्रदान गर्ने वा सो कार्यहरुमा बन्धनमा बापत खण्ड (छ) वा (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरुः–
(१) भुक्तानीको स्थान जहाँसुकै भएपनि नेपालमा सो कार्यहरु भएमा, वा
(२) रोजगार जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा।
(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम, लगानी बीमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरु सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,
(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरु, र
(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरुः–
(१) नेपालमा रहेको सम्पत्तिको नि:संगिको सम्बन्धमा वा नेपालमा वहन गर्नुपर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरु, वा
(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरु।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(७) माथिका उपदफाहरुमा लेखिए बमोजिम नेपालमा स्रोत भएको मानिने बाहेक कुनै आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय, नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकीन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरु कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन्।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “नेपालमा रहेको सम्पत्ति” भन्नाले नेपालमा रहेका जग्गा जमिन वा भवनहरु तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हिस्सा समेत सम्झनु पर्छ। (ख) "नेपालमा बहन गर्नु पर्ने दायित्व” भन्नाले नेपालमा सञ्चालित क्रियाकलापबाट बासिन्दा व्यक्तिको सिर्जना भएको दायित्व सम्झनु पर्छ।
६८. विदेशी स्थायी संस्थापनहरुः (१) दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनका अन्य व्यवस्थाहरुको अधीनमा रही गैरबासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ।
(२) विदेशी स्थायी संस्थापनको आयबाट दफा ६९ बमोजिम सो संस्थापनको स्वामित्व भएको व्यक्तिको आय छुट्याउनु पर्नेछ।
(३) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा दफा ३ को खण्ड (ख) मा उल्लेख भए बमोजिमको स्थायी संस्थापन उपर कर लाग्नेछ।
(४) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ।
६९. नियन्त्रित विदेशी निकायहरुः (१) कुनै निकायले कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा सो निकायले सो वर्षमा भएको सम्बद्ध आयको लाभांश वितरण गरेमा आफ्ना हिताधिकारीहरुलाई समानुपातिकमा देहाय बमोजिम लाभांश वितरण गरेको मानिनेछः–
(क) लाभांश वितरण गर्दा सो आयमा रहने सो हिताधिकारीहरुको अधिकार अनुसार, वा
(ख) ती अधिकारहरु मनासिब रुपमा निश्चित नभएमा विभागले परिस्थिति अनुरूप उपयुक्त ठानेको तरिका अनुसार।
(२) कुनै आय वर्षको अन्त्यमा नियन्त्रित विदेशी निकायको रुपमा रहेको निकायबाट सो आय वर्षमा उपदफा (१) बमोजिम बाहेक वितरण गरिएका लाभांशहरुमा कर लाग्ने छैन।
(३) लाभांश वितरणको समयमा नियन्त्रित विदेशी निकायसँग सम्बन्ध रहेका हितिधारिहरुलाई सो निकायबाट उपदफा (१) बमोजिम वितरण गरिएको मानिने लाभांशको सम्बन्धमा देहाय बमोजिम भएको मानिनेछः–
(क) सो निकायको सम्बद्ध आयको किसिम र स्रोत सरहको विशेषता भएको, र
(ख) सो निकायको सम्बद्ध आयको प्रत्येक किसिम र स्रोतमध्येबाट समानुपातिक रुपमा वितरण गरेको।
(४) उपदफा (३) बमोजिम वितरण गरिएको मानिने रकमका सम्बन्धमा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम दाखिला गरिएको मानिने समेत कुनै नियन्त्रित विदेशी निकायबाट दाखिला गरिएको कुनै कर सो निकायसँग सम्बन्धित हितिधारिका लागि छुट्याउनु पर्नेछ।
(५) बाँडफाँटको समयमा उपदफा (४) बमोजिम छुट्याइएको कर हितिधारिले दाखिला गरेको मानिनेछ र त्यस्तो करका लागि हितिधारिले दफा ७१ मा व्यवस्था गरिए बमोजिम कर मिलान गर्ने सुविधा पाउन सक्नेछ।
(६) वितरणको समयमा उपदफा (१) बमोजिम हितिधारिलाई वितरण गरिएको मानिने रकमलाई सो प्रापक हितिधारिको सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको खर्चमा समावेश गर्नु पर्नेछ।
(७) वितरणको समयमा उपदफा (२) बमोजिम कर छुट पाउने हितिधारिलाई वितरण गरिएको लाभांशलाई प्रापक हितिधारिको सो वितरण गर्ने निकायमा हितको रुपमा रहेको कुनै सम्पत्ति वा दायित्व बापतको आम्दानीमा समावेश गर्नु पर्नेछ।
(८) यस ऐनको प्रयोजनको लागि दाखिला गरेको विदेशी आयकरलाई वा उपदफा (५) वा दफा ५२ को उपदफा (५) बमोजिम कुनै नियन्त्रित विदेशी निकायले दाखिला गरे सरह मानिएको विदेशी आयकरलाई सो निकायले यस ऐन बमोजिम दाखिला गरेको वा दाखिला गरे सरह मानिएको कर रकम मानिनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि, –
(क) “सम्बद्ध आय” भन्नाले कुनै आय वर्षमा कुनै नियन्त्रित विदेशी निकायको करयोग्य आय गणना गर्दा सो निकायलाई बासिन्दा निकाय भए सरह मानी गणना गरिएको करयोग्य आय सम्झनु पर्छ।
(ख) “नियन्त्रित विदेशी निकाय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको प्रत्यक्ष रुपमा वा एक वा बढी मध्यस्थ गैरबासिन्दा निकायहरुको माध्यमबाट अप्रत्यक्ष रुपमा वहन रहेको कुनै गैरबासिन्दा निकायलाई जनाउँछ र सो व्यक्ति सो निकायसँग संबद्ध रहेको छ वा सो संबद्ध मानिने व्यक्ति तथा कुनै अन्य बढीमा चार बासिन्दा व्यक्तिहरु सो निकायसँग संबद्ध भएको भए त्यस्तो निकायलाई पनि नियन्त्रित विदेशी निकाय सम्झनु पर्छ।
७०. नेपालमा जल यात्रा, हवाई यातायात वा दूर सञ्चार सेवा उपलब्ध गराउने गैरबासिन्दालाई लाग्ने करः (१) जल यात्रा सञ्चालन, चार्टर सेवा सञ्चालन वा हवाई यातायात सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा सो वर्षमा अन्तर चलान (ट्रान्ससिपमेन्ट) बाट प्राप्त रकम बाहेक देहायका कार्यहरुबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ–
(क) नेपालबाट प्रस्थान हुने यात्रुहरुको ओसार पसार, वा
(ख) नेपालबाट चलान गरिएको डाँक, पशुपंक्षी वा मालसामानको ओसार पसार।
(२) तार, रेडियो, अप्टिकल फाइबर वा भू–उपग्रह सञ्चारको व्यवसाय सञ्चालन गर्ने गैरबासिन्दा व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा नेपालमा स्थापित संयन्त्रबाट गरिएको नेपालमा उत्पत्ति भएको वा नभएको खबर वा सूचनाको सम्प्रेषणबाट प्राप्त रकमहरु समावेश गर्नु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा समावेश गरिने रकमहरुमा अनुसूची–१ को दफा २ को उपदफा (७) मा तोकिएको दरले कर लाग्नेछ।
तर,
(क) सो व्यक्तिको कुनै बाँकी करयोग्य आयका सम्बन्धमा दाखिला गर्नुपर्ने कर गणना गर्दा ती रकमहरुलाई गणना गर्नुपर्ने छैन,
(ख) ती रकमहरुको गणनासँग सम्बन्धित खर्चहरु सो बाँकी कर योग्य आय गणना गर्दा कट्टी गर्न पाइने छैन, र
(ग) ती रकमहरुका सम्बन्धमा यस दफा बमोजिम सो व्यक्तिबाट दाखिला गर्नुपर्ने कर रकमबाट सो व्यक्तिले कुनै पनि कर मिलान गर्ने सुविधा पाउने छैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “गैरबासिन्दा व्यक्ति” भन्नाले नेपाल बाहिर मुख्य कार्यालय रहेको संबद्ध निकायहरुको समूहभित्र रहेको बासिन्दा निकाय सम्झनु पर्छ।
७१. वैदेशिक कर मिलानः (१) कुनै बासिन्दा व्यक्तिले कुनै आय वर्षमा दाखिला गरेको कुनै विदेशी आय कर सो व्यक्तिको निर्धारणयोग्य विदेशी आय बापत दाखिला गरिएको करको हदसम्म सो आय वर्षमा सो विदेशी आयकर बापत कर मिलानको दाबी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम दाबी गरिएको विदेशी कर मिलानको गणना गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) प्रत्येक देशको स्रोतको निर्धारणयोग्य विदेशी आयका लागि छुट्टाछुट्टै गणना गर्नु पर्नेछ, र
(ख) प्रत्येक गणनाका सम्बन्धमा सो वर्षमा उक्त व्यक्तिको नेपालको करको औसत दरभन्दा निर्धारणयोग्य विदेशी आयका हकमा बढी करको दरले सो विदेशी कर मिलानको दाबी गर्न पाइने छैन।
(३) उपदफा (२) को खण्ड (ख) मा व्यवस्था गरिएको सीमाको कारणले उपदफा (१) बमोजिम विदेशी कर मिलान गर्न पाउने सुविधा प्रदान नगरिने कुनै व्यक्तिको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको कुनै विदेशी आयकरलाई देहाय बमोजिम गर्न पाइनेछः–
(क) आगामी वर्षमा सार्न सकिने, र
(ख) यस्तो विदेशी आय भएको देशमा स्रोत रहेको सो व्यक्तिको भावी आय वर्षको निर्धारणयोग्य विदेशी आयका सम्बन्धमा दाखिला गरेको मानिने।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षको लागि कुनै व्यक्तिले सो वर्षमा पाउने विदेशी कर मिलानको दाबी छोडी यस्तो मिलान सुविधा उपलब्ध रहेको विदेशी आयकर बापतको रकम फिर्ता दाबी गर्न पनि सक्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “निर्धारणयोग्य विदेशी आय” भन्नाले कुनै आय वर्षमा कुनै बासिन्दा व्यक्तिको सो वर्षमा कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको सो व्यक्तिको निर्धारणयोग्य आयमा समावेश गरिने देहाय बमोजिमको आय सम्झनु पर्छः–
(१) विदेशी स्रोतबाट भएको आय, वा
(२) जुनसुकै स्रोतको भए तापनि दफा ६९ अन्तर्गत सो बासिन्दा व्यक्तिलाई वितरण गरिएको मानिने गैरबासिन्दा व्यक्तिको आय।
$\Omega$(ख) “नेपालको करको औसत दर” भन्नाले कुनै आय वर्षमा कुनै विदेशी कर मिलान गर्नु अगावैको दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले त्यस्तो वर्षमा दाखिला गर्नुपर्ने करको रकमलाई त्यस्तो व्यक्तिको उक्त आय वर्षको करयोग्य आयले भाग गरी हुन आउने रकमलाई एक सयले गुणन गर्दा हुन आउने दर सम्झनुपर्छ।
परिच्छेद–१४ कर प्रशासन तथा आधिकारिक कागजात
७२. विभाग: (१) यस ऐनको कार्यान्वयन तथा प्रशासन गर्ने कामको लागि विभाग जिम्मेवार हुनेछ।
$\Omega$(२) उपदफा (१) मा उल्लिखित विभागको जिम्मेवारी पूरा गर्ने कार्यमा सघाउ पुर्याउन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभाग मातहतमा ठूला करदाता कार्यालय, $\Psi$ मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न र ती कार्यालयको कार्यक्षेत्र तोक्न सक्नेछ। यसरी कार्यक्षेत्र तोकिएको कार्यालय विभागकै अङ्गको रुपमा रहने छन्।
(३) विभागमा देहाय बमोजिमका अधिकृत तथा अन्य कर्मचारीहरु रहन सक्नेछन्ः–
(क) महानिर्देशक,
(ख) आवश्यक सङ्ख्यामा उपमहानिर्देशक, प्रमुख कर प्रशासक, निर्देशक, प्रमुख कर अधिकृत, कर अधिकृत तथा अन्य अधिकृत, र
(ग) अन्य कर्मचारी।
(४) नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही महानिर्देशकले देहाय बमोजिम गर्न सक्नेछः–
(क) यस ऐन बमोजिम विभागलाई प्राप्त कुनै पनि अधिकारको प्रयोग गर्न,
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\Psi$ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(ख) उपदफा (५) र (६) को अधीनमा रही खण्ड (क) बमोजिमको अधिकार कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी अधिकार प्रत्यायोजन गर्न,
(ग) आन्तरिक राजस्व कार्यालय नभएको ठाउँमा खण्ड (क) बमोजिमको अधिकारमध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरुलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न, दफा १२९ बमोजिम कसूर थपेर जोड्न वा दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन बाहेक अन्य सबै वा केही अधिकार निजामती सेवाको कुनै अधिकृत कर्मचारीले प्रयोग गर्न पाउने गरी तोक्न।
(५) नेपाल सरकार वा महानिदेशकले दिएको निर्देशनको अधीनमा रही उपमहानिदेशक, प्रमुख कर प्रशासक, निदेशक, प्रमुख कर अधिकृत तथा कार्यालय प्रमुखको रुपमा रहने कर अधिकृतले देहाय बमोजिम गर्न सक्नेछन्–
(क) यस ऐन बमोजिम विभागलाई प्राप्त अधिकारमध्ये दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै पुनरावलोकनीय निर्णयलाई स्थगनमा राख्न वा अन्य तवरले प्रभावित गर्न, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरुलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ बमोजिम कसूर थपेर जोड्न बाहेक अन्य अधिकारहरु प्रयोग गर्न, र
(ख) उपदफा (६) को अधीनमा रही विभागको कुनै अर्को अधिकृतले प्रयोग गर्न पाउने गरी त्यस्तो अधिकार प्रत्यायोजन गर्न।
(६) महानिदेशक, उपमहानिदेशक, प्रमुख कर प्रशासक, निदेशक, प्रमुख कर अधिकृत वा कार्यालय प्रमुखको रुपमा रहने कर अधिकृत बाहेकको विभागको कुनै अर्को अधिकृतले देहाय बमोजिम गर्न सक्नेछन्–
(क) देहायका अधिकारहरु बाहेक विभागलाई भएको अधिकारहरुमध्ये सो अधिकृतलाई प्रत्यायोजन गरिएका कुनै अधिकारको प्रयोग गर्न सक्नेछन्–
(१) दफा ७५ बमोजिम सार्वजनिक परिपत्र जारी गर्न, दफा ७७ बमोजिमको कागजात तोक्न, दफा ११५ को उपदफा (५) बमोजिम कुनै
पुनरालोकोनीय निर्णयलाई स्थगनमा राख्न वा अन्यतर्फले प्रभावित गर्ने, दफा ११५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दिएको निवेदनमा उल्लिखित कुराहरुलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्न वा दफा १२९ अन्तर्गत कुनै कुरा थपेर जोड्न, वा
(२) दफा ८२ बमोजिम कुनै अधिकृतलाई अख्तियारी दिन वा दफा १०९ बमोजिम सूचना जारी गर्न, र
(ग) आफूलाई प्रत्यायोजन गरिएको कुनै अधिकार पुनः प्रत्यायोजन गर्न सक्ने छैन।
७३. अन्तर्राष्ट्रिय सम्झौताहरू: (१) कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानून बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने यस्तो दोहोरो कर नलाग्ने गरी नेपाल सरकारले विदेशी सरकारसँग अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ।
(२) नेपालसँग सम्पन्न भएका कुनै अन्तर्राष्ट्रिय सम्झौता बमोजिम अर्को देशको सक्षम अधिकारीले सो अर्को देशको कर कानून अन्तर्गत कुनै बक्यौता राख्ने व्यक्तिले बुझाउनुपर्ने रकम नेपालमा सङ्कलन गरिदिन विभागलाई अनुरोध गरेको अवस्थामा यो उपदफा लागू हुनेछ।
(३) उपदफा (२) लागू हुने अवस्थामा विभागले सो सक्षम अधिकारीलाई सो रकम पठाउने प्रयोजनको लागि कर बक्यौता राख्ने सो व्यक्तिलाई लिखित रुपमा सूचना गरी सो सूचनामा उल्लेख गरिएको मथितिवरमा त्यस्तो रकम विभागमा दाखिला गर्न लगाउन सक्नेछ।
(४) कुनै अन्तर्राष्ट्रिय सम्झौतामा नेपालले आय वा भुक्तानीमा छुट दिनुपर्ने वा आय वा भुक्तानीमा करको घटाइएको दर लगाउनुपर्ने गरी व्यवस्था गरिएको भएमा यो उपदफा लागू हुनेछ।
(५) उपदफा (४) लागू भएको अवस्थामा देहाय बमोजिमको कुनै निकायलाई कर छुट वा कर कट्टीको सुविधा उपलब्ध हुने छैनः–
(क) सो सम्झौताको प्रयोजनको लागि सो सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको बासिन्दा मानिने निकाय, र
(ख) सो निकायको निहित स्वामित्वको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा प्राकृतिक व्यक्तिहरुद्वारा वा कुनै प्राकृतिक व्यक्तिको हित रहेको निकायहरुद्वारा ग्रहण गरिएको र सो सम्झौताको प्रयोजनको लागि सो व्यक्तिहरु
वा निकायहरु सम्झौताको अर्को पक्ष रहेको राष्ट्रको वा नेपालीको पनि बासिन्दा नभएको।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “अन्तर्राष्ट्रिय सम्झौता” भन्नाले देहायको व्यवस्था गर्ने कुनै विदेशी सरकारसँग सम्पन्न गरिएको नेपालको हकमा लागू भएको कुनै सन्धि वा सम्झौता सम्झनु पर्छ:–
(क) दोहोरो करबाट मुक्ति दिने र वित्तीय छल निरोध गर्ने, वा
(ख) कर दायित्वको कार्यान्वयनमा पारस्परिक प्रशासनिक सहायता प्रदान गर्ने।
७४. करदाताको अधिकार: $\Omega$(१) करदाताले यस ऐन बमोजिमका कर्तव्यहरू पालना गर्नु पर्नेछ।
(२) करदातालाई यस ऐन बमोजिम कर बुझाउने सन्दर्भमा देहाय बमोजिमको अधिकार हुनेछ:–
(क) सम्मानपूर्वक व्यवहारको अधिकार,
(ख) कर सम्बन्धी कुराहरुको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार,
(ग) कर सम्बन्धी कुरामा सफाईको सबूत पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,
(घ) प्रतिनिधित्वको लागि कानून व्यवसायी वा लेखापरीक्षक मुकरर गर्ने अधिकार, र
(ङ) कर सम्बन्धी गोपनीय कुराहरु यस ऐनमा उल्लेख भए बाहेक अनन्यम्य हुने अधिकार।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “करदाता” भन्नाले दफा ३ मा उल्लेख भए बमोजिम कर लगाई असुल उपर गरिने व्यक्ति सम्झनु पर्छ।
७५. सार्वजनिक परिपत्र: (१) यस ऐनको कार्यान्वयनमा एकरूपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकारीहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्गनिर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाहरुको सम्बन्धमा व्याख्यासहित लिखित सार्वजनिक परिपत्रहरु जारी गर्न सक्नेछ।
$\beta$(१क) उपदफा (१) बमोजिम विभागले गरेको व्याख्या अन्तिम हुनेछ।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित । $\beta$ आर्थिक ऐन, २०८३ द्वारा थप।
(२) विभागले उपदफा (१) बमोजिम जारी गरिएका परिपत्रहरु सर्वसाधारणको जानकारीका लागि विभागमा, विभागको आफ्नो वेबसाइटमा वा राष्ट्रपतिको पत्रपत्रिकामा वा अन्य विद्युतीय माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम जारी गरिएको कुनै परिपत्र रद्द नगराएसम्म सो परिपत्र बमोजिम कारबाही गर्न विभाग बाध्य हुनेछ।
७६. पूर्वदेशाः (१) कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रबन्धका सम्बन्धमा यो ऐन लागू हुने अवस्था बारे कुनै द्विविधा निराकरणका लागि विभाग समक्ष लिखित रुपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई लिखित रुपमा सूचित गरी विभागको धारणा तोकिए बमोजिम पूर्वदेशद्वारा जारी गर्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्विविधा सम्बन्धी विषय अदालतमा विचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा त्यस्तो विषयमा विभागले उपदफा (१) बमोजिमको पूर्वदेश जारी गर्न सक्ने छैन।
(३) उपदफा (१) बमोजिम पूर्वदेश जारी गर्नु अगावै कुनै व्यक्तिले देहाय बमोजिम गरेमा सो व्यक्तिलाई दिइएको पूर्वदेश बहाल रहेसम्म सो आदेश बमोजिम यस ऐनको कार्यान्वयन गर्न विभाग बाध्य हुनेछः–
(क) सो आदेशसँग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गरेमा, र (ख) सो आदेशको लागि सो व्यक्तिले दिएको निवेदनमा उल्लिखित बुँदा अनुरूपको प्रबन्ध भएमा।
(४) दफा ७५ बमोजिम जारी गरिएका सार्वजनिक परिपत्र र उपदफा (१) बमोजिम जारी गरिएका पूर्वदेश एक आपसमा बाझिएमा पूर्वदेश जारी गरिएको व्यक्तिको हकमा पूर्वदेशमा उल्लिखित कुराहरुलाई प्राथमिकता दिइनेछ।
(५) उपदफा (१) बमोजिमको पूर्वदेश जारी गर्नु अघि विभागले निवेदकलाई आफैं वा आफ्नो प्रतिनिधि उपस्थित भई कुनै अपुग विवरण भएमा पेश गर्ने मौका दिन सक्नेछ।
(६) उपदफा (१) बमोजिम जारी गरिएको कुनै पूर्वदेश रद्द नगराएसम्म सो पूर्वदेश बमोजिम कारबाही गर्न विभाग बाध्य हुनेछ।
— आर्थिक ऐन, २०७८ द्वारा संशोधित।
७७. कागजातको ढाँचाः (१) यो ऐन र यस अन्तर्गत बनेको नियमावली बमोजिम आवश्यकपर्ने तथा यस ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यकपर्ने सूचना, विवरण तथा जानकारीहरु समावेश हुने गरी विभागले समय समयमा आवश्यक कागजात, आय विवरण लगायतका विवरणहरु, कर कट्टी विवरण दाखिला गर्ने तरिका र ढाँचा तथा अभिलेखको ढाँचा तोक्न सक्नेछ।
(२) विभागले उपदफा (१) बमोजिमका ढाँचाहरु सर्वसाधारणको जानकारीको लागि विभागमा र विभागले निर्धारण गरेका अन्य स्थानमा तथा अन्य माध्यमबाट उपलब्ध गराउनेछ।
(३) विभागले कुनै व्यक्तिले विभागमा पेश गर्नुपर्ने सूचना वा विवरण वा कागजात विद्युतीय माध्यमबाट पेश गर्नुपर्ने गरी तोक्न सक्ने छ।
७८. स्थायी लेखा नम्बरः (१) यस ऐनको अधीनमा रही कुनै व्यक्तिको पहिचान गर्ने प्रयोजनका लागि विभागले त्यस्तो व्यक्तिलाई स्थायी लेखा नम्बर जारी गर्नेछ।
तर विभागबाट स्वीकृति प्राप्त निकायले यस ऐनको प्रक्रिया पुर्याई यस्तो स्थायी लेखा नम्बर प्रदान गर्न सक्नेछ। यसरी जारी गरिएको स्थायी लेखा नम्बर प्राप्त गर्ने करदाताले विभागले तोकेको अवधिसम्म पैठारी नियतको कारोबार गर्न सक्ने छैन।
(२) विभागले कुनै पनि व्यक्तिलाई यस ऐनको प्रयोजनको लागि प्रयोग गरिने कुनै आय विवरण, विवरण, कथन वा अन्य कागजातमा आफ्नो स्थायी लेखा नम्बर उल्लेख गर्न आदेश दिन सक्नेछ।
(३) विभागले कुनै व्यक्तिलाई स्थायी लेखा नम्बर देखाउनपर्ने वा उल्लेख गर्नुपर्ने अवस्था तोक्न सक्नेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) बमोजिमको व्यक्तिले कारोबार गर्नुभन्दा पहिले स्थायी लेखा नम्बर लिनु पर्नेछ।
$\ast$ आर्थिक ऐन, २०८१ द्वारा थप। $\text{v}$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\Leftrightarrow$ आर्थिक ऐन, २०८१ द्वारा संशोधित।
(४क) उपदफा (४) बमोजिम स्थायी लेखा नम्बर लिई कारोबार गर्ने व्यक्तिले तोकिएको अवधिभित्र विभागले तोके बमोजिमको दर्ता सम्बन्धी विवरण यान्त्रिक प्रणालीमा अद्यावधिक गर्नु पर्नेछ।
(५) उपदफा (१), (२), (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थायी लेखा नम्बर नलिएको कारणबाट कुनै व्यक्तिले करको दायित्वबाट फुर्सद पाउने छैन।
७८क. स्थायी लेखा नम्बर स्थगन: (१) विभागले देहायको कुनै अवस्थामा स्थायी लेखा नम्बर स्थगन गर्न सक्नेछ: -
(क) कारोबार गर्न छाडेमा,
(ख) निकायको हकमा निकाय बन्द, बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो निकायको अस्तित्व कायम नरहेमा,
(ग) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,
(घ) भुलवश दर्ता भएकोमा।
(२) स्थायी लेखा नम्बर स्थगन सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ।
७९. कागजातको तामेली: (१) यस ऐन बमोजिम कुनै व्यक्तिलाई दिन बुझाउनुपर्ने कुनै पनि कागजात देहायको अवस्थामा सो व्यक्तिलाई बुझाइएको वा दिएको मानिनेछ:–
(क) कुनै व्यक्तिको ठेगानामा फ्याक्स, इमेल वा त्यस्तै अन्य विद्युतीय माध्यम मार्फत पठाएको,
(ख) व्यक्तिगत रुपमा जसलाई बुझाउनु पर्ने हो उसैलाई वा निजको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको तथा निकायको हकमा निकायको प्रबन्धक वा निजले तोकेको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको, वा
(ग) व्यक्तिको थाहा भएसम्मको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिस्ट्री गरी पठाएको।
$\circ$ आर्थिक ऐन, २०७६ द्वारा थप। $\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप। $*$ आर्थिक ऐन, २०७७ द्वारा थप। $\text{§}$ आर्थिक ऐन, २०७६ द्वारा संशोधित। $\text{†}$ आर्थिक ऐन, २०७८ द्वारा संशोधित। $\text{‡}$ आर्थिक ऐन, २०७७ द्वारा संशोधित।
(२) विभागको अधिकारप्राप्त अधिकारीको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्यूटर प्रविधिबाट इनपुट वा इनकोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस ऐन बमोजिम जारी गरिएको, तामेली गरिएको वा दिइएको कागजातलाई रीतपूर्वकको मानिनेछ।
(३) उपदफा (१) र (२) बमोजिम कागजातको तामेल हुन नसकेमा सम्बन्धित व्यक्तिको नाममा रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै पत्रपत्रिकाबाट तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सक्नेछ। त्यसरी गराएको जानकारी सम्बन्धित व्यक्तिले पाएको मानिनेछ।
८०. त्रुटिपूर्ण कागजातः (१) यस ऐन बमोजिम जारी गरिएको देहायको कुनै कागजात त्रुटिपूर्ण मानिने छैन नाः–
(क) मूलभूत रुपमा यस ऐन अनुकूल भएमा, र
(ख) जुन व्यक्तिलाई सो कागजातमा सम्बोधित गरिएको छ सो व्यक्तिलाई सामान्य रुपमा सो कागजातमा लिखित गरिएको भएमा।
(२) यस ऐन बमोजिम विभागले जारी गरेको कुनै कागजातमा कुनै त्रुटि भएमा र सो त्रुटिबाट यस ऐनको व्याख्या वा कुनै व्यक्ति विशेषको तथ्य सम्बन्धी कुनै विवाद नभएमा त्यस्तो त्रुटि सच्याउने प्रयोजनको लागि विभागले उक्त कागजातमा संशोधन गर्न सक्नेछ।
परिच्छेद–१५
अभिलेख र सूचना सङ्कलन
८१. कागजातको अभिलेख राख्नेः (१) यस ऐन बमोजिम कर बुझाउनुपर्ने दायित्व भएको प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार, ढाँचा, लेखापरीक्षणको प्रमाणीकरण वा अन्य प्रकारले गर्नुपर्ने प्रमाणीकरण तथा प्रमाणित गर्ने कागजातहरुका अतिरिक्त देहाय बमोजिमका आवश्यक कागजातहरु नेपालमा ढाडी गरी राख्नु पर्नेछः–
(क) यस ऐन बमोजिम विभागमा पेश गर्नुपर्ने आय विवरण वा अन्य कुनै कागजातहरुलाई पुष्ट्याइँ गर्ने बीजक लगायत आवश्यक सूचना तथा कागजात,
(ख) निजले बुझाउनुपर्ने कर निर्धारण गर्न सघाउ पुर्याउने कागजात,
(ग) खर्च कट्टीलाई पुष्ट्याइँ गर्ने कागजात।
(२) विभागले लिखित रुपमा जारी गरी अन्यथा तोकेकोमा बाहेक यस दफा बमोजिमका कागजातहरु सम्बन्धित आय वर्ष समाप्त भएको मितिले ......... पाँच वर्षको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको कुनै कागजात नेपाली वा अंग्रेजी भाषामा नभएमा विभागले लिखित सूचना जारी गरी सम्बन्धित व्यक्तिलाई निजको आफ्नै खर्चमा त्यस्तो कागजालाई प्रचलित कानून बमोजिम मान्यता प्राप्त अनुवादकबाट नेपाली भाषामा गरिएको अनुवादप्रति पेश गनि लगाउन सक्नेछ।
(४) विभागले मापदण्ड र प्रक्रिया तोकी कुनै व्यक्तिले विद्युतीय माध्यमबाट बीजक जारी गनि र उपदफा (१) बमोजिम राख्नुपर्ने कागजातहरू विद्युतीय माध्यमबाट राख्ने सम्बन्धमा आवश्यक व्यवस्था गनि सक्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागले सूचना प्रकाशन गरी त्यस्तो सूचनामा तोकिएको करदातालाई अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गरी विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (सिम्बएमएस) मा आबद्ध गनि वा विभागले उपलब्ध गराएको बिलिङ प्रणाली प्रयोग गरी विद्युतीय बीजक जारी गनि आदेश दिन सक्नेछ।
(६) विद्युतीय माध्यमबाट बीजक जारी गर्ने सफ्टवेयर वा उपकरणको सुरक्षा तथा विश्वसनीयता सम्बन्धमा विभागले कार्यविधि बनाई लागू गर्नेछ। ....
८१क. व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने: कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापि प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैङ्क खातामा जम्मा गनि पाइने छैन।
८२. विभागले जानकारी प्राप्त गर्न सक्नेः (१) यस ऐनको कार्यान्वयन गर्निको लागि विभागको अधिकृतले देहाय बमोजिम गनि सक्नेछः–
(क) प्रचलित कानूनको अधीनमा रही नेपालमा अवस्थित कुनै पनि परिसर, स्थान, कागजात वा अन्य सम्पत्तिमा पूर्ण वा निर्बाध पहुँच प्राप्त गनि,
(ख) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजातका इलेक्ट्रोनिक प्रति लगायत कागजको कुनै अंश वा प्रतिलिपि प्राप्त गनि,
$\diamond$ आर्थिक ऐन, २०७५ द्वारा खारेकिएको। $\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{¥}$ आर्थिक ऐन, २०८३ द्वारा संशोधित। $\text{L}$ आर्थिक ऐन, २०८३ द्वारा खारेकिएको।
(ग) खण्ड (क) बमोजिम पहुँच प्राप्त गरेको कागजात यस ऐन बमोजिम कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न आवश्यक हुने खालको प्रमाण हो भन्ने सम्बन्धित अधिकृतलाई लागेमा त्यस्तो कागजात आफ्नो कब्जामा लिन, र
(घ) कागजातमा पहुँच भएको कुनै व्यक्तिलाई त्यस्तो कागजातको प्रतिलिपि उपलब्ध गराईदिन अनुरोध गरेकोमा सो व्यक्तिले उपलब्ध नगराएकोमा खण्ड (क) बमोजिम त्यस्ता कागजातमा पहुँच प्राप्त गर्न त्यस्ता कागजात कुनै पनि रूपमा कुनै सम्पत्तिमा राखिएकोछ भन्ने सो अधिकृतलाई लागेमा त्यस्तो सम्पत्ति आफ्नो कब्जामा लिन।
(२) कुनै पनि अधिकृतले विभागबाट लिखित रूपमा अख्तियारी प्राप्त नगरी उपदफा (१) बमोजिमको कुनै पनि अधिकारको प्रयोग गर्न पाउने छैन। कुनै अधिकृतले उपदफा (१) बमोजिमको अधिकारको प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्दा सो परिसर वा स्थानको कब्जा गर्ने व्यक्तिले वा सम्बन्धित कुनै कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले विभागको अख्तियारी देखाउन अनुरोध गरेमा त्यस्तो अधिकृतले निजहरुलाई त्यस्तो अख्तियारी देखाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको अधिकार प्रयोग गरी कुनै परिसर वा स्थानमा प्रवेश गर्ने विभागको कुनै अधिकृतले अनुरोध गरेमा त्यस्तो परिसर वा स्थानको कब्जा गर्ने व्यक्ति वा सम्बन्धित कागजात वा सम्पत्तिमा पहुँच भएको व्यक्तिले सो अधिकारको प्रभावकारी प्रयोगका लागि सबै समुचित सुविधा तथा सहायता उपलब्ध गराउनु पर्नेछ।
(४) विभागले उपदफा (१) को खण्ड (ग) वा (घ) बमोजिम कब्जामा लिएको कागजात वा सम्पत्ति देहायको समयसम्म आफ्नो कब्जामा लिन सक्नेछ–
(क) उपदफा (१) को खण्ड (ग) बमोजिम कब्जामा लिएको कुनै कागजात कुनै व्यक्तिको कर दायित्व निर्धारण गर्न वा यस ऐन बमोजिम अन्य कुनै कारबाहीको लागि आवश्यकपर्ने समयसम्म, र
(ख) उपदफा (१) को खण्ड (घ) बमोजिम कब्जामा लिएको सम्पत्ति विवादित कागजातमा पहुँच प्राप्त गरी कब्जामा नलिएसम्मको समयसम्म।
(५) उपदफा (४) बमोजिम जुन व्यक्तिको कागजात कब्जामा लिइएको छ सो व्यक्तिले त्यस्तो कागजातको जाँच गर्न सक्नेछ र विभागले तोके बमोजिमको सुपरिवेक्षणमा सम्बन्धित व्यक्तिकै खर्चमा कार्यालय समयभर त्यस्तो कागजातको प्रतिलिपि वा अंश उधार गरी लिन सक्नेछ।
(६) यस ऐनको कार्यान्वयनको लागि आवश्यकपर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत्सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कब्जा गर्ने व्यक्ति” भन्नाले परिसर वा स्थानका सम्बन्धमा सो परिसर वा स्थानको स्वामित्व भएको व्यक्ति, प्रबन्धक वा त्यहाँ रहेको अन्य कुनै व्यक्ति सम्झनु पर्छ।
$\beta$ ८२क. सूचना वा विवरण प्राप्त गर्न सक्ने : यस ऐनको कार्यान्वयनका लागि प्रचलित कानूनको अधीनमा रही नेपालमा अवस्थित कुनै पनि व्यक्तिको स्वयम् वा त्यस्ता व्यक्तिको ग्राहक वा कर्मचारी वा सेवाग्राही वा सदस्य वा त्यस्ता व्यक्तिको तथ्याङ्क, सूचना र अभिलेख रहेको अन्य कुनै व्यक्तिको आर्थिक कारोबारसँग सम्बन्धित सूचना वा विवरण विभागले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्नेछ।
८३. सूचना दिई जानकारी प्राप्त गर्न सक्नेः (१) यस ऐन बमोजिम कर बुझाउने दायित्व भएको वा नभएको कुनै पनि व्यक्तिलाई विभागले लिखित रुपमा सूचना जारी गरेर देहाय बमोजिम गर्न आदेश दिन सक्नेछः–
(क) सूचनामा तोकिएको समयभित्र सो सूचनामा तोकिएको कुनै जानकारी कुनै कागजात जडा समेत गरेर पेश गर्न,
(ख) सो व्यक्ति वा अन्य कुनै व्यक्तिको कर सम्बन्धी कुराहरुका सम्बन्धमा विभागका अधिकृत समक्ष परीक्षणका लागि सो सूचनामा तोकिएको समय र स्थानमा विभागमा उपस्थित हुन,
(ग) सो व्यक्तिको नियन्त्रणमा रहेको सूचनामा उल्लिखित कुनै कागजात परीक्षणको प्रयोजनको लागि खण्ड (ख) बमोजिम सो व्यक्तिको परीक्षण हुँदाको बखत पेश गर्न।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम परीक्षण गरिने कुनै पनि व्यक्तिलाई त्यस्तो परीक्षणभर कानूनी वा अन्य प्रतिनिधिमद्वत्व गराउन पाउने अधिकार हुनेछ।
(३) यस ऐनको कार्यान्वयनको लागि आवश्यकपर्ने कागजातहरूमा पहुँच प्राप्त गर्ने सम्बन्धमा कुनै विशेषाधिकार सम्बन्धी वा सार्वजनिक हित सम्बन्धी जुनसुकै व्यवस्था गरिएको भए तापनि तत्सम्बन्धमा यस दफामा लेखिएको व्यवस्था लागू हुनेछ।
$\beta$ आर्थिक ऐन, २०८३ द्वारा थप।
८४. सरकारी गोप्यताः (१) विभागको कुनै पनि अधिकृत तथा अन्य कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्य पालनको सिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा जानकारी गोप्य राख्नु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको कुनै अधिकृतले उपदफा (१) बमोजिमको कागजात वा जानकारी देहायका व्यक्ति समक्ष देहाय बमोजिम प्रकट गर्न सक्नेछ–
(क) यस ऐन बमोजिम सो अधिकृतको कर्तव्यपालन गर्न आवश्यक भएको हदसम्म, (ख) यस ऐन बमोजिम प्रशासनीक पुनरावलोकन वा कारबाहीका सम्बन्धमा कुनै अदालत वा न्यायाधिकरणबाट आदेश भएकोमा, (ग) अर्थ मन्त्री समक्ष, (घ) अन्य कुनै वित्तीय कानूनको प्रयोजनका लागि प्रकट गर्न आवश्यक भएकोमा, (ङ) नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्तिलाई राजस्व वा तथ्याङ्क सम्बन्धी कार्यका लागि आवश्यक भएमा त्यस्तो व्यक्ति समक्ष, (च) पदीय कर्तव्यको पालनको सिलसिलामा पेश गर्न आवश्यक भएकोमा महालेखा परीक्षक वा महालेखा परीक्षकबाट अख्तियार प्राप्त कुनै व्यक्ति समक्ष, वा (छ) नेपालले अन्तर्राष्ट्रिय सम्झौता गरेको कुनै देशको सरकारको अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो सम्झौतामा तसम्बन्धमा व्यवस्था गरिएको हदसम्म।
(३) उपदफा (२) बमोजिम कागजात र जानकारी प्राप्त गर्ने कुनै व्यक्ति, अदालत, न्यायाधिकरण, निकाय वा अधिकारीले आवश्यक परेको न्यूनतम हदसम्मको अवस्थामा बाहेक त्यस्ता कागजात वा जानकारी गोप्य राख्नु पर्नेछ।
परिच्छेद–१६ करको भुक्तानी
८५. करको भुक्तानीको समय, स्थान र तरिकाः (१) यस ऐन बमोजिम तिर्नुपर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ र त्यसरी तिर्नुपर्ने कर विद्युतीय माध्यमबाट समेत तिर्नुपर्ने गरी विभागले तोक्न सक्ने छ।
(२) यस ऐन बमोजिम तिर्नुपर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछ–
(क) अग्रिम कर कट्टी गरी दाखिला गर्नु पर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,
(ख) किस्ताबन्दीमा कर बुझाउनु पर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा,
(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले –
(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनुपर्ने मितिमा,
(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,
(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाइएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,
(घ) दफा १०४ को उपदफा (४), दफा १०९ को उपदफा (१) वा दफा ११० को उपदफा (१) बमोजिम जारी भएको सूचना बमोजिम विभागलाई बुझाउनुपर्ने रकमहरुको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,
(ङ) दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर नबुझाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुझाउनुपर्ने हो सोही समयमा,
(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमशः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र, र
(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा ब्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा।
(३) देहायका अवस्थामा कर बुझाउनुपर्ने मिति प्रभावित हुने छैन:-
(क) कर असुल उपर गर्न परिच्छेद-२० बमोजिम विभागले गरेको कारबाही, वा
(ख) यस ऐन बमोजिम अन्य कारबाही गर्न प्रारम्भ गरिएकोमा।
८६. बुझाउनुपर्ने करको प्रमाणः कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनुपर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारबाहीमा सो व्यक्तिबाट बुझाउनुपर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछः–
(क) कर असुल उपर गर्ने परिच्छेद–२० बमोजिम विभागले गरेको कारबाही, वा
(ख) परिच्छेद–२३ बमोजिम कुनै कसूर सम्बन्धी कारबाही।
परिच्छेद–१७ भुक्तानीमा कर कट्टी
८७. रोजगारदाताबाट कर कट्टीः (१) प्रत्येक बासिन्दा रोजगारदाताले रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको आयको गणना गर्दा समावेश गरिने नेपालमा स्रोत भएको कुनै रकम भुक्तानी गर्दा अनुसूची–१ बमोजिमको दरले हुने कर कट्टी गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम कर कट्टी गर्नुपर्ने रोजगारदाताको दायित्व देहायको कारणले घटने वा समाप्त हुने छैनः–
(क) रोजगारदाताले उल्लेखित भुक्तानीबाट अन्य कुनै रकम कट्टी गर्ने वा रोक्का राख्ने वा घटाउने अधिकार वा कर्तव्य भएकोमा, वा
(ख) अन्य प्रचलित कानून बमोजिम कर्मचारी वा कामदारको रोजगारीबाट भएको आय घटाउन नपाउने भएकोमा।
८८. लगानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टीः (१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा वा शुल्क, कमिसन, बिक्री बोनस, अवकाश भुक्तानी र अन्य कुनै प्रतिफल .... को रकम भुक्तानी गर्दा कुल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ।
$\Omega$ तर देहायको भुक्तानीमा देहायका दरले कर कट्टी गर्नु पर्नेछः–
(१) नेपाल सरकारबाट भएको अवकाश भुक्तानी वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा पाँच प्रतिशतका दरले,
(२) बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिसनमा पाँच प्रतिशतका दरले,
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\text{}$ आर्थिक ऐन, २०८३ द्वारा खारेकिएको।
(३) वायुयानको लिज (पट्टा) बापतको रकम भुक्तानी गर्दा दश प्रतिशतका दरले,
(४) मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्ति वा मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा भुक्तानी रकमको एक दशमलव पाँच प्रतिशतका दरले,
(५) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा दश प्रतिशतका दरले,
तर,
(क) मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतले करकट्टी गर्नु पर्नेछ।
(ख) प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकममा करकट्टी गर्नु पर्नेछैन।
(ग) ° ....................
(६) सामूहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले,
(७) बासिन्दा व्यक्तिले भू–उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दूरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रसारण लाइन प्रयोग गरे बापतको भुक्तानीमा दश प्रतिशतका दरले,
(८) ¤ .................... “तर मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टी गर्नु पर्नेछ।
° आर्थिक ऐन, २०७७ द्वारा खारेकिएको। ¤ आर्थिक ऐन, २०८० द्वारा थप।
(९) बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको क्षेत्रमा लगानी गर्न विदेशी बैङ्क वा अन्य वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानी गर्दा पाँच प्रतिशतका दरले,
(९क) संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न हुने दुई सय मेगावाटभन्दा क्षमताका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले विदेशी बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानी गर्दा पाँच प्रतिशतका दरले।
(१०) उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित कानून बमोजिम भुक्तानी कार्ड, ई-मनी (वालेट), मोबाइल बैङ्किङ्ग जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा कर कट्टी गर्नु पर्ने छैन।
(११) विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतका दरले।
(१२) बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले।
(१३) साहित्यिक लेख वा रचना बापि बासिन्दा व्यक्तिलाई रोयल्टी रकम भुक्तानी गर्दा भुक्तानी रकमको एक दशमलब पाँच प्रतिशतका दरले।
(१४) बासिन्दा प्राकृतिक व्यक्ति रहेको बीमा अभिकर्तालाई भुक्तानी गरेको सेवा शुल्क वा कमिसनमा एक प्रतिशतका दरले।
(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको देहायका भुक्तानी गर्दा देहायका दरले करकट्टी गर्नु पर्नेछः–
(क) लाभांश भुक्तानी गरेकोमा भुक्तानी रकमको पाँच प्रतिशत,
(ख) लगानी बीमाको लाभ भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशत, वा
(ग) स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निष्काप, ऋणपत्र, भेन्चर तथा सरकारी बण्ड बापत देहाय बमोजिमको ब्याज वा ब्याज बापतको कुनै रकम भुक्तानी दिँदा कुल भुक्तानी रकममा "छ प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछः–
(क) नेपालमा स्रोत भएको, र
(ख) व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको।
(४) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैनः–
$\Omega$ (क) प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी,
$\upsilon$ (क१) पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्तानी ।
(ख) बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थातिरको ब्याज, वा
$\delta$ (ख२)......................
(ग) कर छुट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनुपर्ने भुक्तानी ।
$\upsilon$ (घ) क्रेडिट कार्ड जारी गर्ने बैंकतिरको इन्टररिजनल इन्टरचेन्ज शुल्क,
$\upsilon$ (ङ) सामूहिक लगानी कोष (म्युचुअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र ब्याज।
८८क. आकस्मिक लाभमा करकट्टीः (१) आकस्मिक लाभ बापतको भुक्तानीमा पच्चीस प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ।
$\square$ आर्थिक ऐन, २०८० द्वारा संशोधित। $\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\delta$ आर्थिक ऐन, २०८० द्वारा खारेकिएको।
तर साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि, कृषि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पुरस्कारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने गरी छुट दिन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि, कृषि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन।
" तर पुरस्कार रकम पाँच लाख रुपैयाँभन्दा बढी भएमा सो बढी भएको रकममा आकस्मिक लाभ कर लाग्नेछ।
८९. ठेक्का वा करारको भुक्तानी गर्दा कर कट्टीः $\Omega$(१) बासिन्दा व्यक्तिले ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी दिँदा भुक्तानीको कुल रकममा एक दशमलव पाँच प्रतिशतका दरले करकट्टी गर्नु पर्नेछ।
(२) उपदफा (१) मा उल्लेखित रकम यकिन गर्न एउटै करार अन्तर्गत त्यस्तो व्यक्ति वा निजको सम्बद्ध व्यक्तिबाट सोही करार अन्तर्गत भुक्तानी पाउने व्यक्ति वा निजको सम्बद्ध व्यक्तिलाई विगतको दश दिनमा दिइएका अन्य कुनै भुक्तानीहरु भए सो समेत जोडी यकिन गर्नु पर्नेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैरबासिन्दा व्यक्तिलाई दिने भुक्तानीबाट देहाय बमोजिम कर कट्टी गर्नु पर्नेछः–
$\Omega$ (क) $\circ$ ठेक्का वा करारमा पाँच प्रतिशत,
$\Omega$(ख) गैर बासिन्दा बीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा वा गैर बासिन्दा बीमा कम्पनीबाट पुनबीमा वापि प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिसनमा एक दशमलव पाँच प्रतिशत,
$\text{--}$ आर्थिक ऐन, २०८३ द्वारा संशोधित। $''$ आर्थिक ऐन, २०८१ द्वारा थप। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\circ$ आर्थिक ऐन, २०७७ द्वारा खारेज गरिएको।
Ω(ग) खण्ड (क) वा (ख) मा लेखिइरहेको बाहेक विभागले त्यस्तो बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित दरमा।
*नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले आफ्नो प्रयोजनका लागि खरिद गर्ने हातहतियार, गोली गट्टा तथा सञ्चार उपकरणको खरिद बापतको भुक्तानीमा यो उपदफा लागू हुने छैन।
ʋ(३क.) ɩ ...
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका भुक्तानीका हकमा यो दफा लागू हुने छैनः–
Ω(क) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र घरमा जडित सामान तथा उपकरण बापत लिएको भाडा बाहेकको अन्य कुनै भुक्तानी,
Ω(ख) कर छुट दिइएको भुक्तानी वा दफा ८७, ८८ वा ८८क. बमोजिम कर कट्टी गर्नुपर्ने भुक्तानी।
ʋस्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “ठेक्का वा करार” भन्नाले कुनै वस्तु वा श्रममिको आपूर्ति वा मूल्य र सम्पत्ति वा संरचनाको निर्माण वा जडान वा स्थापना गर्ने सम्बन्धमा गरिएको करार वा सम्झौता तथा विभागले ठेक्का वा करार भनी तोकेको कार्यलाई सम्बन्धि पुगेर र त्यस्तो करार वा सम्झौताले निर्माण वा जडान वा स्थापनासँग सम्बन्धित सेवा वा सेवालाई समेत समेटेको भए सो सेवा वा बापतको भुक्तानीलाई समेत जनाउँछ।
९०. कट्टी गरिएको करको विवरण र भुक्तानीः Ω(१) अग्रिम करकट्टी गर्नुपर्ने प्रत्येक व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नुपर्नेछ।
(२) उपदफा (१) मा उल्लिखित विवरणसँग अग्रिम कर कट्टी गर्ने व्यक्तिले कट्टी गरिएको कर वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिएको रकम उपदफा (१) मा उल्लिखित म्यादभित्र विभागमा दाखिला गर्नुपर्नेछ।
(३) अग्रिम कर कट्टी गर्नुपर्ने व्यक्तिले दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कर कट्टी नगरेको भए पनि सो कर कट्टी हुनुपर्ने समयमा सो कर कट्टी गरिएको मानिनेछ।
(४) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कुनै कर कट्टी गरिएको रकम वा उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम सो अग्रिम कर कट्टी गर्ने व्यक्तिले दाखिला गर्नुपर्नेछ र उपदफा (५) लागू हुने अवस्थामा कर कट्टी हुने व्यक्तिले उपदफा (१) मा उल्लेखित अवधि पश्चात् पच्चीस दिनभित्र सो कर दाखिला गर्नुपर्नेछ।
(४क) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि ............... ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर तिर्ने व्यक्तिले परिरच्छेद–१७ बमोजिम कट्टा गरिएको अग्रिम कर किस्ताबन्दी कर तिर्ने समयमा दाखिला गर्नुपर्नेछ।
(५) देहाय बमोजिमको अवस्थामा अग्रिम करकट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुवैजना संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा सो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्ः–
(क) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कुनै भुक्तानीबाट कर कट्टी नगरेमा, र
(ख) अग्रिम कर कट्टी गर्ने व्यक्तिले उपदफा (३) बमोजिम कर कट्टी गरेको मानिने रकम उपदफा (४) बमोजिम कर दाखिला गर्नुपर्ने मितिभित्र विभागमा दाखिला नगरेमा।
(६) अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कर कट्टी गरी विभागमा दाखिला गरेकोमा सो कर कट्टी भएको भुक्तानीका विषयमा कर कट्टी हुने व्यक्तिद्वारा कुनै दाबी गरिएमा सो रकम कर कट्टी हुने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ।
(७) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कर कट्टी नगरेको रकम अग्रिम कर कट्टी गर्ने व्यक्तिले विभागलाई दाखिला गरेको भएमा सो दाखिला भएको कर रकम बराबरको रकम सो कर कट्टी हुनुपर्ने व्यक्तिबाट असुल उपर गर्न पाउनेछ।
(८) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम दाखिला गर्नुपर्ने विवरण वा कर दाखिला नगरेको वा कुनै व्यक्तिको सम्बन्धमा उपदफा (५) को अवस्था रहेको कुरामा विभाग
$\cup$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{झ}$ आर्थिक ऐन, २०७६ द्वारा खारेज गरिएको। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
विश्वस्त भएमा दाखिल नगरेको वा घटी दाखिला गरेको रकम र दफा ११९ बमोजिमको ब्याज तथा अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानीमा कर कट्टी नगरेकोमा दफा १२० बमोजिमको शुल्क समेत दाखिला गर्न आदेश दिन सक्नेछ।
तर त्यस्तो आदेश दिनुभन्दा पहिले उचित कारण खोली सो आदेशका सम्बन्धमा सफाइको सबूत प्रमाण पेश गर्न पत्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ।
९१. कर कट्टी प्रमाणपत्राः (१) अग्रिम कर कट्टी गर्ने व्यक्तिले कर कट्टी हुने व्यक्तिलाई उपदफा (२) मा तोकिएको समयमा देहाय बमोजिमको कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछः–
(क) विभागद्वारा कुनै तरिका तोकिएको भए सो तरिका बमोजिम प्रमाणित गरिएको, र
(ख) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कट्टी गरिएको कर रकम तथा भुक्तानी रकमहरु उल्लेखेको।
(२) अग्रिम कर कट्टी गरेको अवधि खुलाई अग्रिम कर कट्टी गरेको महिना समाप्त भएको मितिले पच्चीस दिनभित्र अग्रिम कर कट्टी प्रमाणपत्र प्रदान गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८७ बमोजिम कर कट्टी गरिएको अवस्थामा अग्रिम कर कट्टी प्रमाणपत्र देहाय बमोजिम प्रदान गर्नु पर्नेछः–
(क) सो प्रमाणपत्र सो आय वर्षमा सो कर्मचारी बहाल रहेको अवधिभरको लागि मात्र हुनेछ।
(ख) सो प्रमाणपत्र सो वर्ष समाप्त भएको मितिले तीस दिनभित्र उपलब्ध गराई सक्नु पर्नेछ वा सो वर्षमा सो कर्मचारीले सो अग्रिम कर कट्टी गर्ने व्यक्तिकोमा रोजगारी गर्न छोडेको भए सो रोजगारी छोडेको मितिले तीस दिनभित्र सो प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ।
९२. अन्तिम रुपमा कर कट्टी हुने भुक्तानीः (१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी मानिनेछः–
(क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश,
$\text{u}$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{v}$ आर्थिक ऐन, २०७७ द्वारा थप। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा,
$\Omega$(ग) बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,
(घ) बासिन्दा व्यक्तिले तिरको स्वीकृति नलिएको अवकाश कोषको वहि बापत भुक्तानी गरेको लाभ,
$\Omega$(ङ) दफा ८८ को उपदफा (३) मा उल्लेखित बैङ्क, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याजाः–
(१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,
(२) दफा २ को खण्ड (ध) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको।
(च) $\Omega$दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम गैरबासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनुपर्ने भुक्तानी।
$\upsilon$(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानी समेत सबै प्रकारका अवकाश भुक्तानी (नियमित रूपमा भुक्तानी हुने निवृत्तभरण बाहेक),
$\upsilon$(ज) प्रति बैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए वापि, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे वापिको भुक्तानी,
$\upsilon$(झ) आकस्मिक लाभ वापिको भुक्तानी,
$\upsilon$(ञ) सामूहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम।
$\beta$(ञ१) दफा ९५क. को उपदफा (२) र (५) बमोजिम आय विवरण पेश गर्न नचाहने बासिन्दा प्राकृतिक व्यक्ति र गैर बासिन्दा व्यक्तिको लाभ रकम, उपदफा
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\beta$ आर्थिक ऐन, २०८३ द्वारा थप।
(६ख.), (६ग.) तथा (६घ.) बमोजिम विदेशी मुद्रामा भुक्तानी र उपदफा (६ङ) बमोजिमको सेवा वा वापतको भुक्तानी,
॥(ञ२) बासिन्दा प्राकृतिक व्यक्ति विमा अभिकर्तालाई भुक्तानी गरेको सेवा शुल्क वा कमिसन।
*(ट) अनुसूची-१ को दफा १ को उपदफा (१३) बमोजिम कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सवारी वा ढुवानी साधनको भाडा वा ढुवानी सेवा वापतको भुक्तानी।
(२) अग्रिम कर कट्टी गर्ने व्यक्तिले वा कर कट्टी हुने व्यक्तिले अन्तिम रुपमा कट्टी हुने भुक्तानीबाट दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम कर कट्टी गरेको वा दफा ९० को उपदफा (३) बमोजिम कट्टी गरिएको भनी मानिएको कर रकम विभागलाई दाखिला गरेमा दफा ३ को खण्ड (ग) मा उल्लेख भए बमोजिमको व्यक्तिले कर दायित्व पूरा गरेको मानिनेछ।
९३. अन्तिम रुपमा कट्टी नहुने करको मिलान सुविधा र समावेशाः (१) कुनै भुक्तानीको रकम गणना गर्ने प्रयोजनको लागि सो भुक्तानीबाट कुनै कर कट्टी गरिएको भए त्यस्तो कर कट्टी रकमलाई सो भुक्तानीको अंशको रुपमा लिइनेछ।
(२) अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेकको कुनै भुक्तानीमा कर कट्टी भएको रहेछ भने कर कट्टी हुने व्यक्तिले देहाय बमोजिमको कर रकम दाखिला गरे सरह मानिनेछः–
(क) दफा ८७, ८८ वा ८९ बमोजिम भुक्तानीमा कट्टी गरिएको कर रकम,
(ख) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० को उपदफा (३) बमोजिमको वा भुक्तानीमा कर कट्टी गरेको मानिने कर रकम विभागमा दाखिला गरेको भए त्यस्तो रकम।
(३) उपदफा (२) बमोजिमको रकम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नुपर्ने कर रकममा सार मिलान गर्न दाबी गर्न सक्नेछ।
परिच्छेद–१८ किस्ताबन्दी र अग्रिम कर
९४. किस्ताबन्दीमा कर दाखिलाः (१) कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम तीन किस्तामा कर दाखिला गर्नु पर्नेछः–
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि,–
(क) “अनुमानित कर” भन्नाले किस्ताबन्दीमा कर दाखिला गर्नुपर्ने कुनै व्यक्तिले कुनै वर्षको किस्ताबन्दी कर दाखिला गर्नुपर्ने समयमा दफा ९५ बमोजिम गणना गरेको किस्ताबन्दीको अनुमानित कर सम्झनुपर्छ।
(ख) “तीन बाँकी कर रकम” भन्नाले अनुमानित करको यस उपदफामा किस्तामा दाखिला गर्न तोकिएको प्रतिशतले हुने रकमबाट देहायको कुल जम्मा रकम घटाउँदा नपुग हुने रकम सम्झनुपर्छः–
(१) सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि यस दफा बमोजिम पूर्व किस्ताद्वारा त्यसो आय वर्षमा दाखिला गरेको कर रकम,
(२) त्यस्तो आय वर्षमा सम्बन्धित किस्ता दाखिला गर्नुपर्ने मिति अगाडि कुनै व्यक्तिको परिच्छेद–१७ बमोजिम उक्त वर्षमा त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश हुने भुक्तानीबाट कट्टी भएको कर रकम,
(३) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि उक्त वर्षमा करकट्टी गर्ने एजेण्ट वा करकट्टी हुने व्यक्तिले उपखण्ड (२) मा उल्लेखित भुक्तानीबाट दफा ९० को उपदफा (३) बमोजिम करकट्टी भएको मानिने रकम विभागमा दाखिला गरेको भए त्यसो कर रकम, र
(४) किस्ता बुझाउनुपर्ने मितिभन्दा अगाडि सो व्यक्तिले गरेको स्वीकृत औषधि उपचार खर्चको सम्बन्धमा सो व्यक्तिले दफा ५१ बमोजिम दाबी गर्न सक्ने औषधि उपचार खर्चको कर मिलान रकम।
(१क) कारोबारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्नेछ:–
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम बुझाउनुपर्ने समग्र किस्ताको जम्मा रकम ८ सात हजार पाँच सय रुपैयाँभन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनुपर्ने छैन ।
(२क) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसंगतिको आयमा दफा ९५क. बमोजिम दाखिला गर्नु पर्ने अग्रिम कर रकम किस्ताबन्दी रूपमा दाखिला गर्नु पर्ने छैन ।
(३) किस्ता दाखिला गर्ने व्यक्तिले यस दफा बमोजिम कुनै आय वर्षमा किस्ताबन्दीका माध्यमबाट दाखिला गरेको कर रकम सो वर्षमा लाग्ने कर बापत कट्टी गर्न पाउनेछ ।
९५. दाखिल गर्नुपर्ने अनुमानित करको विवरण: (१) कुनै आय वर्षमा किस्ता दाखिला गर्नुपर्ने प्रत्येक व्यक्तिले दफा ९४ बमोजिम सो वर्षमा पहिलो कर किस्ता रकम बुझाउनुपर्ने मितिभित्र सो
वर्षाका लागि सो व्यक्तिको देहायका रकमको अनुमान उल्लेख गरी सोको विवरण विभागबाट तोकिएको ढाँचा र तरिकामा विभागमा पेश गर्नु पर्नेछ–
(क) रोजगारी, व्यवसाय र लगानीको प्रत्येक स्रोतबाट उक्त व्यक्तिले सो वर्षमा प्राप्त गर्न सक्ने निर्धारणयोग्य आय तथा त्यस्तो आयको स्रोत,
(ख) सो वर्षमा प्राप्त हुनसक्ने सो व्यक्तिको करयोग्य आय र औषधि उपचार जस्ता बापत कर मिलानको रकम नघटाई दफा ४ बमोजिम गणना गरी दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम,
(ग) गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनको सम्बन्धमा त्यस्तो विदेशी संस्थापनले सो वर्षमा विदेश पठाएको आय रकम र सो आयमा दफा ४ को उपदफा (५) बमोजिम गणना गरिएको दफा ३ को खण्ड (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम, र
(घ) विभागले तोकेको अन्य कुनै विवरण।
(२) उपदफा (१) मा उल्लिखित व्यक्तिको उपदफा (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कर रकमको योग सो आय वर्षमा दाखिला गर्नुपर्ने अनुमानित कर हुनेछ।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै आय वर्षमा दाखिला गर्नुपर्ने करको अनुमान गर्न दफा ७१ बमोजिम दाबी गरिने वैदेशिक कर मिलान रकमको गणना गर्दा कुनै व्यक्तिले सो वर्षमा दाखिला गरेको कुनै वैदेशिक कर वा सो वर्षमा दाखिला गर्नुपर्ने भनी निजले अनुमान गरेको विदेशी आयकर मात्र गणना गर्नु पर्नेछ।
(४) करको किस्ता दाखिला गर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिमको ढाँचामा आवश्यक जानकारी उल्लेख गरी संशोधनका कारणहरु खुलाई संशोधित अनुमान विभागमा पेश नगरे सम्म निजले सो उपदफा बमोजिम गरेको अनुमान सो आय वर्ष भरको लागि कायम रहनेछ।
(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले उपदफा (४) बमोजिम पेश गरेको संशोधित अनुमान विभाग समक्ष पेश गरेको मिति पछि सो आय वर्षमा दफा ९४ बमोजिम बुझाउनुपर्ने करको किस्ताको हिसाब गर्दा मात्र लागू हुनेछ।
$\text{v}$ आर्थिक ऐन, २०७५ द्वारा थप।
(६) उपदफा (१) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्ति वा करको किस्ता दाखिला गर्नुपर्ने कुनै वर्गले उपदफा (१) बमोजिम अनुमान पेश गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ।
(७) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करको किस्ता दाखिला गर्नुपर्ने कुनै व्यक्तिले उपदफा (१) बमोजिम कुनै आय वर्षमा अनुमान पेश नगरेमा वा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा विभाग सन्तुष्ट नभएमा $\diamond$ विभागले देहाय बमोजिम गर्न सक्नेछ:–
(क) सो व्यक्तिको सो वर्षमा दाखिला गर्नुपर्ने अनुमानित करको अनुमान दफा ३ को खण्ड (क) वा (ख) मा उल्लिखित व्यक्तिले गत आय वर्षमा दाखिला गर्नुपर्ने करको आधारमा गर्न सक्नेछ, र
(ख) विभागले खण्ड (क) बमोजिम तयार गरेको अनुमान सो अनुमान तयार गर्न प्रयोग गरेको तरिका र व्यक्तिले पेश गरेको अनुमानमा विभाग सन्तुष्ट हुन नसकेको भए सोको कारण समेत उल्लेख गरिएको लिखित सूचना विभागले किस्ता दाखिला गर्नुपर्ने व्यक्तिलाई दिनेछ।
(८) विभागले किस्ता दाखिला गर्नुपर्ने व्यक्तिलाई उपदफा (७) बमोजिम सूचना दिएमा सो वर्षमा सो व्यक्तिले दाखिला गर्नुपर्ने अनुमानित कर रकम विभागले अनुमान गरेको रकम हुनेछ।
०९५क. अग्रिम कर असुल गर्ने: (१) कमोडिटी फ्युचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा दश प्रतिशतका दरले हुने रकम कमोडिटी फ्युचर मार्केट सेवा सञ्चालन गर्ने निकायले अग्रिम कर असुल गर्नु पर्नेछ ।
(२) प्रचलित कानून बमोजिम दिलता भई धितोपत्रको खरिद बिक्रीको कारोबार गर्ने बासिन्दा निकाय बाहेक अन्य कुनै व्यक्तिलाई कुनै बासिन्दा निकायमा रहेको हितको निःसंगतबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा देहाय बमोजिम अग्रिम कर असुल गर्नु पर्नेछ:–
(क) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसंगतबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले *बासिन्दा
$\diamond$ आर्थिक ऐन, २०७५ द्वारा खारेकिएको। $\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप।
प्राकृतिक व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 'सात दशमलव पाँच प्रतिशत' र तीन सय पैंसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 'दश प्रतिशत' बासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत, र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले,
(ख) नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित निसर्ग भएको हो सोही निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले,
(२क) उपदफा (२) को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो त्यस्तो निकायमा सो समयमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्नेछ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नुपर्नेछ।
(४) .................
(५) कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निसर्ग बापत भएको पूँजीगत लाभमा रजिष्ट्रेसन गर्ने निकायले रजिष्ट्रेसनका बखत देहाय बमोजिम अग्रिम कर असुल गर्नुपर्नेछ:–
(क) निसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने 'सात दशमलव पाँच प्रतिशतका दरले,
(क१) नेपाल सरकारको निर्णयबाट कुनै प्राकृतिक व्यक्तिको जग्गा अधिग्रहण हुने भई अस्वेच्छिक रुपमा निसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा
भवन) को हकमा दुई दशमलव पाँच प्रतिशतका दरले,
(ख) निसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्षभन्दा कम भएको छ भने दश प्रतिशतका दरले।
(५क) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक व्यक्तिले आफ्नो स्वामित्वको जग्गा वा निजी भवन नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई निःशुल्क प्रदान गर्दा सो जग्गा वा निजी भवनको निसर्गमा पुँजीगत लाभकर असुल गर्नु पर्ने छैन।
(६) उपदफा (५) मा लेखिएका बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवनको निसर्ग भएको मूल्यमा रजिष्ट्रेशन गर्ने निकायले रजिष्ट्रेशनका बखत एक दशमलव पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६क) विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बान्तामा बैंक वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको बखत पन्ध्र प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६ख) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६ग) व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
१ आर्थिक ऐन, २०८३ द्वारा संशोधित। ५ आर्थिक ऐन, २०७६ द्वारा संशोधित। ७ आर्थिक ऐन, २०७७ द्वारा थप। ४ आर्थिक ऐन, २०७८ द्वारा थप। २ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
(६घ) व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको पाँच प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६ङ) बासिन्दा विद्युतीय व्यापार सञ्चालक (इ-कमर्स अपरेटर) ले आफ्नो प्लेटफर्ममा आवद्ध भइरहनु कुनै वस्तु, सेवा वा वस्तु र सेवा प्रदान गर्ने व्यक्तिलाई वस्तु, सेवा वा वस्तु र सेवा बिक्री बापतको रकम भुक्तानी गर्दा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(६च) बासिन्दा राइड-सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड-सेयरिङ अपरेटर) ले आफ्नो प्लेटफर्ममा आवद्ध भइरहनु कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवा बापतको रकममा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।
(७) ...
(८) उपदफा (१), (२), (५), (६), (६क), (६ख), (६ग), (६घ) र (६ङ) बमोजिम अग्रिम कर असुल गर्नु पर्ने व्यक्ति वा निकायले अग्रिम कर असुल नगरेको भए तापनि असुल हुनु पर्ने समयमा सो कर असुल गरेको मानिनेछ।
(९) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चीस दिनभित्र विभागले तोकेको तरिका र ढाँचामा विभागमा विवरण दाखिला गर्नु पर्नेछ।
(१०) उपदफा (९) मा उल्लिखित विवरणसँग अग्रिम कर असुल गरिएको रकम वा उपदफा (८) बमोजिम असुल गरेको मानिएको रकम सोही उपदफा बमोजिमको म्यादभित्र विभागमा दाखिला गर्नु पर्नेछ।
(११) देहाय बमोजिमको अवस्थामा अग्रिम कर दाखिला गर्नु पर्ने र असुल गर्नु पर्ने व्यक्ति दुवैजना संयुक्त रूपमा र छुट्टाछुट्टै रूपमा त्यस्तो कर रकम विभागमा दाखिला गर्न जिम्मेवार हुनेछन्ः–
(क) अग्रिम कर असुल गर्नु पर्ने व्यक्तिले अग्रिम कर असुल नगरेमा, र
(ख) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले उपदफा (८) बमोजिम असुल गरेको मानिने रकम उपदफा (१०) बमोजिम विभागमा दाखिला नगरेमा।
(१२) उपदफा (११) बमोजिम अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले उपदफा (९) मा उल्लिखित म्याद समाप्त भएको पच्चीस दिनभित्र सो कर दाखिला गर्नु पर्नेछ।
(१३) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले असुल नगरेको अग्रिम कर उपदफा (१०) बमोजिम विभागमा दाखिला गरेको भए त्यसरी दाखिला भएको कर रकम बराबरको रकम त्यस्तो कर दाखिला गर्नुपर्ने व्यक्तिबाट असुल उपर गनि पाउनेछ।
(१४) यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ।
(१५) यस दफा बमोजिम असुल तथा दाखिला गर्नु पर्ने व्यक्तिले असुल नगरेको, दाखिला नगरेको, घटी दाखिला गरेको वा म्यादभित्र दाखिला नगरेको कुरामा विभाग विश्वस्त भएमा दाखिला नगरेको वा घटी दाखिला गरेको रकम र दफा ११९ बमोजिमको ब्याज तथा अग्रिम कर असुल नगरेकोमा दफा १२० बमोजिमको शुल्क समेत दाखिला गर्ने आदेश दिन सक्नेछ।
तर त्यस्तो आदेश दिनुभन्दा पहिले उचित कारण खोली सो आदेशको सम्बन्धमा सफाइ पेश गर्नु पर्ने दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ।
परिच्छेद–१९ आय विवरण र कर निर्धारण
९६. आय विवरणः (१) प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधीनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको आय विवरण देहाय बमोजिम हुनु पर्नेछः–
(क) देहायका कुरा खुलाई विभागबाट तोकिएको तरिका र ढाँचामा तयार गर्नु पर्नेछः–
(१) प्रत्येक रोजगारी, व्यवसाय वा लगानीबाट सो व्यक्तिको सो वर्षमा भएको निर्धारणयोग्य आय र त्यस्तो आयको स्रोत,
(२) सो वर्मा सो व्यक्तिको करयोग्य आय र सो आयमा दफा ३ को खण्ड (क) मा उल्लिखित व्यक्तिलाई लाग्ने कर,
(३) गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनले सो आय वर्मा विदेश पठाएको आय र सो आयमा लाग्ने कर,
(४) ०................
(५) ०................
(६) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी।
(ख) आय विवरण ठीक साँचो र पूर्ण भएको भन्ने घोषणा गरी सो व्यक्ति वा व्यवस्थापकबाट सहिछाप गरिएको हुनु पर्नेछ, र
(ग) आय विवरणसाथ देहायका कुराहरु संलग्न हुनु पर्नेछ:–
(१) ०................
(२) उपदफा (४) बमोजिम सो व्यक्तिलाई उपलब्ध गराइएको कुनै विवरण,
(३) º.....................
*(३क) दफा ४ को उपदफा (४ख) बमोजिम छनौट गरिएको भए सोको जानकारी,
(४) विभागले तोकेको अन्य कुनै सूचना तथा जानकारी।
(३) कुनै व्यक्तिले कर्मचारीको हैसियतले बाहेक कुनै भुक्तानी लिएर कुनै अर्को व्यक्तिको आय विवरण वा आय विवरणसाथ संलग्न हुनु पर्ने कागजात वा विवरण तयार पारेमा वा तयार पार्न सहयोग गरेमा त्यस्तो व्यक्तिले देहायको कुरा प्रमाणित गर्नु पर्नेछ:–
(क) अर्को व्यक्तिले दफा ८१ बमोजिम राखेको कागजातहरु जाँच गरेको, र
(ख) विवरण वा जानकारीले सम्बन्धित परिस्थितिहरुलाई वास्तविक रुपमा प्रतिबिम्बित गरेको।
$\diamond$ आर्थिक ऐन, २०७५ द्वारा खारेकिएको। º आर्थिक ऐन, २०७८ द्वारा खारेकिएको।
(४) उपदफा (३) बमोजिम विवरण प्रमाणित गर्नुपर्ने व्यक्तिले विवरण प्रमाणित गर्न ईन्कार गरेमा त्यसरी ईन्कार गर्नुका कारणहरू लिखित रूपमा उल्लेख गरी जसको आय विवरण प्रमाणित गरी दिनुपर्ने हो सो व्यक्तिलाई जानकारी गराउनु पर्नेछ।
(५) देहायका अवस्थामा उपदफा (१) बमोजिम कुनै वर्षको आय विवरण दाखिल गर्नुपर्ने म्यादभन्दा अगावै दफा १०० को अधीनमा रही विभागले कुनै व्यक्तिलाई दिएको लिखित सूचनामा उल्लेखित म्यादभित्र सो आय वर्ष वा आय वर्षको कुनै भागको आय विवरण दाखिल गराउन सक्नेछ:–
(क) सो व्यक्ति टाट पल्टिएमा, ऋणमा डुबेमा वा विघटन भएमा, (ख) सो व्यक्तिले अनिश्चित समयका लागि नेपाल छोड्ने भएमा, (ग) सो व्यक्तिले कुनै कारणले नेपालमा गरिरहेको कार्य छोड्न लागेमा, वा (घ) विभागले अन्यथा उपयुक्त सम्झिएमा।
☼(६) कुनै व्यक्तिले विभागमा म्यादभित्र पेश गरेको आय विवरण अन्यथा भई संशोधन गर्न चाहेमा विवरण पेश गरेको मितिले तीस दिनभित्र विभागले तोकेको प्रक्रिया बमोजिम आय विवरण संशोधन गर्न सक्नेछ।
Ω९७. आय विवरण दाखिला गर्न नपर्ने:– (१) दफा ९६ मा जुनसुकै कुरा लेखिएको भए तापनि ¥ देहायका कुनै पनि व्यक्तिले आय विवरण पेश गर्नु पर्ने छैन :-
(क) त्यस्तो आय वर्षमा दफा ३ को खण्ड (क) मा उल्लेखित व्यक्तिमध्ये कर तिर्नु नपर्ने कुनै व्यक्ति, (ख) त्यस्तो आय वर्षमा दफा ३ को खण्ड (ग) मा उल्लेखित व्यक्ति, (ग) त्यस्तो आय वर्षमा दफा ४ को उपदफा (३) आकर्षित हुने कुनै बासिन्दा प्राकृतिक व्यक्ति, (घ) अनुसूची-१ को दफा १ को उपदफा (१३) बमोजिम कर दाखिला गर्ने सवारी साधन धनी एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्ति भएमा त्यस्तो प्राकृतिक व्यक्ति,
☼ आर्थिक ऐन, २०७६ द्वारा थप। Ω आर्थिक ऐन, २०७५ द्वारा संशोधित। ¥ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(ङ) विभागले तोकेका व्यक्ति।
कर विभागले लिखित रूपमा आदेश दिई वा सार्वजनिक रूपमा सूचना प्रकाशन गरी त्यस्तो व्यक्तिलाई आय विवरण पेश गर्नु पर्ने गरी तोक्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक व्यक्तिको कुनै आय वर्षमा चालीस लाख रुपैयाँभन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम विवरण पेश गर्नुपर्ने व्यक्तिले समावेश गर्नुपर्ने आयको अतिरिक्त ऐनको दफा ५ को खण्ड (घ), दफा ७ को उपदफा (३), दफा ८ को उपदफा (३) को खण्ड (क), दफा ९ को उपदफा ३ को खण्ड (क) र दफा ११ बमोजिमको व्यावसायिक छुट सुविधाबाट प्राप्त आय समेत समावेश गर्नु पर्नेछ।
तर *अवकाश भुक्तानी बैठक भत्ता र व्याज आय समावेश गर्न अनिवार्य हुने छैन।
(४) उपदफा (३) बमोजिम कायम भएको आयबाट ऐनको दफा ३ को खण्ड (ग) को आय र दफा ११ अनुसार कर छुट प्राप्त आय घटाउनु पर्नेछ।
तर बैठक भत्ता र व्याज आय समावेश नगरेकोमा घटाउनुपर्ने छैन।
(५) उपदफा (२) बमोजिम पेश गर्नुपर्ने आय विवरणको ढाँचा $\delta$...............विभागले तोके बमोजिम हुनेछ।
९८. आय विवरण दाखिला गर्ने म्याद थप: (१) दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादमभर विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिब माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ। यसरी म्याद थपका लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम आय विवरण पेश गर्न विभागले एकै पटक वा पटक पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ।
९९. कर निर्धारणः (१) कुनै व्यक्तिले देहायका रकमहरु खुलाई आय विवरण दाखिला गर्नुपर्ने मितिमा कुनै आय वर्षको आय विवरण दाखिला गरेको रहेछ भने सो आय विवरणको कर निर्धारण गरे सरह मानिनेछः–
(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नुपर्ने आय विवरणमा उल्लेख गरेको करको रकम, र
(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम।
(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नुपर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरे सरह मानिनेछः–
(क) परिच्छेद–१७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद–१८ बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बराबर निजको सो वर्षको करको रकम भएको मानिनेछ, र
(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ।
१००. संशय कर निर्धारणः (१) दफा ९६ को उपदफा (५) बमोजिम कुनै आय वर्ष वा कुनै आय वर्षको कुनै अंशको आय विवरण दाखिला गर्नुपर्ने भएमा दफा ९९ बमोजिम गर्नुपर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९६ को उपदफा (५) मा उल्लिखित अवस्थामा विभागले कुनै आय वर्ष वा उक्त वर्षको अंशको लागि दफा ९६ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (१), (२), र (३) मा उल्लिखित रकमको आधारमा न्यायोचित रूपले त्यस्तो व्यक्तिको कर निर्धारण गर्न सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा देहाय बमोजिम हुनेछः–
(क) पूरा आय वर्षको कर निर्धारण गरिएको व्यक्तिले सो आय वर्षको लागि दफा ९६ को उपदफा (१) बमोजिमको आय विवरण दाखिल गर्नु पर्ने छैन, वा
(ख) कुनै आय वर्षको अंशको कर निर्धारण गरिएको व्यक्तिले दफा ९६ को उपदफा (१) बमोजिम सो आय वर्षको आय विवरण दाखिल गर्नुपर्नेछ।
(४) कुनै आय वर्षको कुनै अंशको कर निर्धारण अनुसार दाखिला गरेको कर रकम पूरा वर्षको कर निर्धारण गर्दा लाग्ने करमा मिलान गर्न पाइनेछ।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(५) यस दफा बमोजिम कर निर्धारण गर्दा विभागले सफाईको सबूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ।
१०१. संशोधित कर निर्धारणः (१) दफा ९९ वा १०० बमोजिम कर निर्धारण भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गरिएको संशोधित कर निर्धारणमा पुनः संशोधन गर्न विभागले उपयुक्त ठानेमा न्यायोचित आधारमा जतिपटक पनि संशोधन गर्न सक्नेछ।
(३) विभागले उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गर्दा देहायको मितिले तीन वर्षभित्र गरिसक्नु पर्नेछः–
(क) दफा ९९ बमोजिम कर निर्धारण भएकोमा आय विवरण पेश गर्नुपर्ने मिति,
(ख) दफा १०० को उपदफा (२) बमोजिम कर निर्धारण गरिएकोमा कर निर्धारण गरिएको व्यक्तिलाई दफा १०२ बमोजिम कर निर्धारणको सूचना दिएको मिति,
(ग) उपदफा (१) वा (२) बमोजिम कर निर्धारण गरिएकोमा उपदफा (१) बमोजिम संशोधन गरिएको साबितको कर निर्धारणसँग सम्बन्धित खण्ड (क) वा (ख) मा उल्लिखित मिति।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जालसाजीले गर्दा कुनै व्यक्तिको कर निर्धारण गलत ढङ्गबाट भएको रहे छ भने जुनसुकै बखत विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्नेछ। यसरी संशोधन गर्दा जालसाजी गरी विवरण राखेको वा कर निर्धारण गरेको जानकारी प्राप्त भएको एक वर्षभित्र संशोधन गरिसक्नु पर्नेछ।
(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व न्यायाधिकरण वा अन्य अधिकारप्राप्त अदालतहरुबाट कर निर्धारण संशोधन गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म विभागले त्यस्तो कर निर्धारणमा संशोधन गर्न सक्ने छैन।
तर पुनः छानबिन गर्ने आदेश दिएमा संशोधन गर्न बाधा पुगेको मानिने छैन।
(६) यस दफा बमोजिम कर निर्धारणमा संशोधन गर्दा विभागले त्यसरी संशोधन गर्नु परेको आधार स्पष्ट खुलाई सो व्यक्तिलाई लिखित सूचना दिई त्यस्तो कर निर्धारण सम्बन्धमा सफाईको सबूत प्रमाण पेश गर्न ७ दिनको म्याद दिनु पर्नेछ।
१०१क. स्रोत नखुलेको सम्पत्तिको कर निर्धारण: (१) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २८ बमोजिम कुनै व्यक्तिको स्रोत नखुलेको सम्पत्तिको कर निर्धारण सम्बन्धमा विभागमा लेखिआएमा सो दफाको अधीनमा रही विभागले कर सम्बन्धी कसूर गरे वा नगरेको विषयमा छानबिन गर्नेछ।
(२) विभागले उपदफा (१) बमोजिम छानबिन गर्दा कर सम्बन्धी कुनै कसूर गरेको नदेखिएमा सो वर्षको आयमा लाग्ने अधिकतम दरले हुने आयकर त्यस्तो व्यक्तिबाट असुल गरिनेछ।
१०२. कर निर्धारणको सूचना: विभागले देहायका कुराहरु खुलाई दफा १०० को उपदफा (२) वा दफा १०१ बमोजिम गरेको कर निर्धारणको लिखित सूचना कर निर्धारण गरिएको व्यक्तिलाई दिनु पर्नेछ।
(क) कर निर्धारणसँग सम्बन्धित आय वर्ष वा अवधिको लागि दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने र दाखिला गर्न बाँकी निर्धारित कर,
(ख) खण्ड (क) मा उल्लिखित कर निर्धारणमा कर गणना गरिएको तरिका,
(ग) विभागले कर निर्धारण गर्नु परेको कारण,
(घ) दाखिला गर्न बाँकी निर्धारित कर दाखिला गर्नुपर्ने समय, र
(ङ) कर निर्धारण उपर चित्त नबुझेमा उजुरी गर्ने समय, स्थान र तरिका।
परिच्छेद–२० कर सङ्कलन, मिनाहा र फिर्ता
१०३. कट्टी गरी बुझाउनुपर्ने कर बापतको सुरक्षा: (१) अग्रिम कर कट्टी गर्नुपर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टी गर्नुपर्ने करलाई अदालतको आदेश वा अन्य कुनै कानून बमोजिम वा अन्य कुनै किसिमले गर्नुपर्ने भुक्तानीभन्दा अधिकार दिनु पर्नेछ।
(२) अग्रिम कर कट्टी गर्नुपर्ने व्यक्तिले परिच्छेद–१७ बमोजिम कट्टा गरेको कर सम्बन्धमा देहाय बमोजिम हुनेछ:–
(क) त्यस्तो व्यक्तिले कट्टी गरेको कर र त्यस्तो कर बापत कुनै सम्पत्ति प्राप्त गरेको भए सो समेत नेपाल सरकारको निमित्त रोक्का राखेको मानिने,
(ख) सो कट्टी गरिएको कर रकम त्यस्तो व्यक्तिको ऋण वा दायित्वसँग आबद् गर्न नसकिने, र
(ग) त्यस्तो अग्रिम कर कट्टी गर्ने व्यक्ति टाट पल्टिएको वा विघटन भएको अवस्थामा सो कर कट्टी रकम त्यसरी विघटन भएको वा टाट पल्टिएको जेथाको भाग नमानिने र त्यसरी विघटन भई वा टाट पल्टई भाग लगाउनु पर्दा कट्टी गरिएको कर वा सो सम्पत्ति उपर विभागको पहिलो दाबी रहने।
१०४. सम्पत्ति माथिको दाबीः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कर दाखिला गर्नुपर्ने मितिसम्ममा सो कर दाखिला नगरेमा सो कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी सिर्जना भएको मानिनेछ।
(२) उपदफा (१) बमोजिम दाबी सिर्जना हुने सम्पत्ति माथि दाबी गर्दा विभागले देहायका कुराहरु खुलाएको लिखित सूचना सो व्यक्तिलाई दिनु पर्नेछः–
(क) दाबी गरिएको सम्पत्तिको विवरण,
(ख) उपदफा (३) मा उल्लेख गरिए बमोजिमको दाबीको सीमा,
(ग) सो दाबीसँग सम्बन्धित कर, र
(घ) अन्य कुनै कुरा भए सो कुरा।
(३) उपदफा (२) बमोजिम सम्पत्ति माथि दाबी गर्दा त्यस्तो व्यक्तिले बुझाउनुपर्ने कर, त्यस्तो करका सम्बन्धमा दफा ११९ बमोजिम बुझाउनुपर्ने ब्याज, दाबी र लिलाम बिक्री गर्दा लागेका खर्चहरुको हदसम्म मात्र दाबी सिर्जना हुनेछ।
(४) उपदफा (२) बमोजिम गरिएको दाबी देहायका कार्य नभएसम्म लागू हुने छैनः–
(क) भवन तथा जग्गा जमिनको सम्बन्धमा उपदफा (६) बमोजिम दाबी दर्ता गराउन विभागले जानकारी नदिएसम्म,
(ख) अन्य प्रत्यक्ष सम्पत्तिका सम्बन्धमा विभागले दफा १०५ को उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जा नगरे सम्म, र
(ग) अन्य जुनसुकै अवस्थामा कर बक्यौता रहेको व्यक्तिलाई उपदफा (२) बमोजिमको सूचना नदिएसम्म।
(५) कर बक्यौता रहेको व्यक्तिले बुझाउनुपर्ने उपदफा (२) बमोजिम गरिएको दाबीबाट खामिएको उपदफा (३) बमोजिमको सम्पूर्ण रकम विभागलाई बुझाएमा दाबी गरिएको सम्पत्ति फुकुवा हुनेछ।
(६) उपदफा (२) बमोजिम विभागले कुनै जग्गा, जमिन वा भवन उपर दाबी गरेमा सम्बन्धित मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ र उक्त कार्यालयले त्यस्तो जग्गा जमिन वा भवन कसैलाई बेचबिखन वा स्वामित्व हस्तान्तरण नहुने गरी रोक्का राख्नु पर्नेछ।
(७) उपदफा (५) बमोजिम जग्गा, जमिन र भवन उपरको दाबी फुकुवा गर्नुपर्ने भएमा विभागले सोको जानकारी मालपोत कार्यालयमा दिनु पर्नेछ। त्यस्तो जानकारी प्राप्त भएपछि मालपोत कार्यालयले त्यस्तो रोक्का भएको जग्गा जमिन र भवनको फुकुवा गरिदिनु पर्नेछ।
(८) उपदफा (३) बमोजिम लाग्ने खर्चका सम्बन्धमा विभागले यथाशीघ्र कर बक्यौता रहेका व्यक्तिलाई देहायका कुराहरु खुलाई सूचना दिनु पर्नेछः–
(क) त्यस्तो सूचना दिनु अगाडि कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका खर्चहरु, र
(ख) त्यस्ता खर्चहरु कर बक्यौता रहेको व्यक्तिले विभागलाई बुझाउनुपर्ने मति।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले देहाय बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च सम्झनु पर्छः–
(क) सो सम्पत्ति उपरको दाबी सिर्जना वा फुकुवा गर्ने सम्बन्धमा यस दफा बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च, वा
(ख) दाबी गरिएको सम्पत्ति कब्जामा लिने, आफूसँग राख्ने र लिलाम बिक्री गर्ने सम्बन्धमा दफा १०५ बमोजिम विभागले गरेको वा गर्नुपर्ने खर्च।
१०५. दाबी गरेको सम्पत्तिको लिलाम बिक्रीः (१) कर बक्यौता रहेको व्यक्तिसँग रहेको दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्ने सूचना विभागले कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम दिइएको सूचनालाई दफा १०४ को उपदफा (२) बमोजिम दिइएको सूचनामा समावेश गर्ने वा त्यस्तो सूचनासँग संलग्न गरिदिन सकिनेछ। यस्तो सूचनामा देहायका कुराहरु स्पष्ट रुपमा खुलाई कर बक्यौता रहेको व्यक्तिलाई दिनु पर्नेछः–
(क) दाबी गरेको सम्पत्ति, सो सम्पत्ति लिलाम वा बिक्री गर्ने तरिका र समय, र
(ख) मूल सम्पत्तिको सम्बन्धमा विभागले सो सम्पत्ति कब्जामा लिने तरिका र स्थान।
(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएपछि देहाय बमोजिम गर्न सक्नेछः–
(क) कुनै पनि समयमा सो सूचनामा उल्लिखित मूल सम्पत्ति कब्जामा लिने,
(ख) मूर्त सम्पत्ति कब्जामा लिने प्रयोजनको लागि उपदफा (१) को सूचनामा उल्लिखित कुनै परिसरमा कुनै पनि समयमा प्रवेश गर्ने, र
(ग) जग्गा जमिन वा भवन बाहेकका मूर्त सम्पत्तिका सम्बन्धमा त्यस्ता सम्पत्तिहरु कर बक्यौता रहेका व्यक्तिको खर्चमा विभागले उपयुक्त सम्झेको कुनै पनि स्थानमा राख्न।
(४) विभागले उपदफा (१) बमोजिमको सूचना कर बक्यौता रहेको व्यक्तिलाई दिएकोमा देहायको समयमा त्यस्ता दाबी गरेको सम्पत्ति सार्वजनिक रुपमा लिलाम बिक्री गर्न वा उपयुक्त सम्झेको तरिकाबाट त्यस्तो सम्पत्तिको बेचबिकन वा चलन गर्न सक्नेछः–
(क) दाबी गरेको सम्पत्ति जग्गा जमिन वा भवन भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको मितिले तीस दिनपछि,
(ख) दाबी गरेको सम्पत्ति नाश हुने मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको एक दिनपछि,
(ग) दाबी गरेको सम्पत्ति खण्ड (क) वा (ख) मा उल्लिखित सम्पत्ति बाहेकका मूर्त सम्पत्ति भएमा उपदफा (३) बमोजिम कब्जामा लिएको दश दिनपछि, र
(घ) अन्य कुनै किसिमको सम्पत्ति भएमा उपदफा (३) बमोजिम त्यस्तो सम्पत्ति कब्जामा लिएको दश दिनपछि।
(५) उपदफा (४) बमोजिम लिलाम बिक्रीबाट प्राप्त रकमबाट सर्वप्रथम लिलाम बिक्री गरिएको सम्पत्तिको दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च कटाइनेछ। यसरी खर्च कट्टी गरी सकेपछि बुझाउनुपर्ने कर र दफा ११९ बमोजिम सो करका सम्बन्धमा बुझाउनुपर्ने ब्याज कटाइनेछ र त्यसपछि कुनै रकम बाँकी रहन आएमा त्यस्तो रकम कर बक्यौता रहेका व्यक्तिलाई फिर्ता दिनु पर्नेछ।
(६) लिलाम बिक्रीबाट प्राप्त रकम उपदफा (५) बमोजिम मिलान गरिसकेपछि विभागले सो मिलानको प्रक्रिया जुलाईएको लिखित सूचना कर बक्यौता रहेका व्यक्तिलाई दिनु पर्नेछ।
(७) लिलाम बिक्रीबाट प्राप्त रकमलाई उपदफा (५) बमोजिमको प्रक्रिया अपनाई मिलान गर्दा सो उपदफामा उल्लिखित खर्च, कर र ब्याज वापिको रकम पूर्ण रुपमा भुक्तानी गर्न अपर्याप्त भएमा विभागले नपुग रकम असुल उपर गर्न दफा १०४, १११ वा यस दफा बमोजिम पुनः कारबाही प्रारम्भ गर्नु पर्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “दाबी गरेको सम्पत्ति” भन्नाले अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा १०३ को उपदफा (२) वा दफा १०४ को उपदफा (२) मा उल्लिखित कर बक्यौता रहेको व्यक्तिको सम्पत्ति सम्झनु पर्छ।
(ख) “दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च” भन्नाले दफा १०४ बमोजिम दाबी र लिलाम बिक्री गर्दा गरेको खर्च सम्झनु पर्छ।
(ग) “कर बक्यौता रहेको व्यक्ति” भन्नाले दफा १०३ र १०४ मा उल्लिखित अग्रिम कर कट्टी गर्ने व्यक्ति समेतलाई सम्झनु पर्छ।
१०६. नेपाल बाहिर जान रोक लगाइनेः (१) कुनै व्यक्तिले कर दाखिला गर्नुपर्ने मितिभित्र कर दाखिला नगरेमा विभागले त्यस्तो व्यक्तिलाई कर दाखिला गर्ने सूचना दिएको समय भुक्तानी भएको मितिदेखि ७२ घण्टासम्मका लागि नेपाल सरकारको सम्बन्धित कार्यालयलाई लिखित सूचना दिई सो व्यक्तिलाई देशबाट बाहिर जानबाट रोक्ने आदेश दिन सक्नेछ।
(२) उपदफा (१) मा उल्लिखित समयावधिमा थप गर्नुपर्ने भएमा विभागले सम्बन्धित उच्च अदालतको पूर्व स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको व्यक्तिले कर दाखिला गरेमा वा कर दाखिल गर्ने सम्बन्धमा सन्तोषजनक व्यवस्था गरेको विभागलाई लागेमा उपदफा (१) बमोजिम सम्बन्धित कार्यालयलाई सूचना दिई त्यस्तो आदेश फिर्ता लिन सक्नेछ।
१०७. निकायका अधिकृत कर्मचारीलाई जिम्मेवार बनाइनेः (१) कुनै निकायले यस ऐन बमोजिम पालन गर्नुपर्ने कुनै कुरा पालन नगरेमा सो समयमा सो निकायको अधिकृतको रुपमा कार्य गर्ने प्रत्येक व्यक्ति सोको निमित्त जिम्मेवार हुनेछन्।
(२) कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाई कसुर गरेमा सो निकायका तत्काल बहाल रहेका वा ६ महिना अघिसम्म बहाल रहेका प्रत्येक अधिकृतहरु संयुक्त वा छुट्टा छुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुनेछन्।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि सो उपदफाहरु देहायका अवस्थामा लागू हुने छैनन्ः–
(क) सो व्यक्तिको जानकारी वा मन्जुरी बिना सो निकायले त्यस्तो कसुर गरेको अवस्थामा, र
(ख) त्यस्तो कसुर हुन नदिन सो व्यक्तिले त्यस्तै समान परिस्थितिहरुमा सामान्य मानवीय विवेक प्रयोग गर्ने व्यक्तिले अपनाउनेसम्मको होशियारी, परिश्रम र सीप अपनाएको वा प्रयोग गरेको भएमा।
(४) कुनै व्यक्तिले उपदफा (२) बमोजिम बुझाउनुपर्ने कर दाखिला गरेमा सो व्यक्तिले देहाय बमोजिम गर्न सक्नेछ–
(क) निजले त्यसरी दाखिला गरेको रकम सो निकायबाट असुल उपर गर्ने,
(ख) खण्ड (क) को प्रयोजनको लागि त्यसरी दाखिला गरेको रकमभन्दा बढी नहुने गरी निजको कब्जामा रहेको वा रहन आउने सो निकायको द्रव्य समेतका सम्पत्ति आफ्नो अधीनमा राख्न।
(५) उपदफा (४) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर सो निकाय वा अन्य कुनै व्यक्तिले कुनै दाबी गर्ने पाउने छैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कुनै निकायका अधिकृत” भन्नाले सो निकायको व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने कुनै व्यक्ति सम्झनु पर्छ।
१०८. प्रापकबाट करको असुलीः (१) प्रत्येक प्रापकले प्रापकको पदमा नियुक्त भएको मिति वा नेपालस्थित कुनै सम्पत्ति कब्जामा लिएको मितिमध्ये जुन अघिल्लो हुन्छ सो मितिले पन्द्र दिनभित्र विभागलाई लिखित रुपमा सो कुराको सूचना दिनु पर्नेछ।
(२) कर बक्यौता राख्ने व्यक्तिले दाखिला गर्नुपर्ने रकमको सम्बन्धमा विभागले लिखित सूचना प्रापकलाई दिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त गरेपछि प्रापकले देहाय बमोजिम गर्नु पर्नेछ–
(क) प्रापकको कब्जामा आएको सम्पत्तिको आवश्यक हिस्सा बिक्री गरी आएको रकमबाट दफा १०३ को उपदफा (२) को खण्ड (ग) को अधीनमा रही उपदफा (२) बमोजिम दाखिला गर्नुपर्ने करभन्दा अधिकार रहेको कुनै ऋण भए त्यस्तो ऋण बापत भुक्तानी गरी सो उपदफा अन्तर्गत विभागले सूचित गरेको रकम छुट्याई राख्नुपर्ने, र
(ख) कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट निजको कर दायित्व बापत त्यसरी छुट्याइएको रकम विभागमा दाखिला गर्नुपर्ने।
(४) प्रापकले उपदफा (३) बमोजिम कुनै रकम छुट्याई नराखेको हदसम्म त्यस्तो कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट दाखिला गर्नुपर्ने कर दायित्व बराबरको रकम विभागमा दाखिला गर्ने व्यक्तिगत दायित्व प्रापकको हुनेछ।
तर दाखिला गरेको रकम कर बक्यौता रहेको व्यक्तिबाट प्रापकले असुल उपर गरिलिन सक्नेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि,–
(क) “प्रापक” भन्नाले देहायका कुनै व्यक्ति सम्मन्न पर्छन्ः–
(१) लिक्विडेटर,
(२) कुनै सम्पत्ति वा निकायका सम्बन्धमा प्रापकको रुपमा अदालत बाहिरबाट वा अदालतबाट नियुक्त व्यक्ति,
(३) बन्धकी लिई सम्पत्ति कब्जामा राख्ने व्यक्ति,
(४) मृतक प्राकृतिक व्यक्तिको सम्पत्तिको प्रत्यक्ष हकवाला, प्रशासक वा दामकाम गर्ने व्यक्ति, वा
(५) असक्षम प्राकृतिक व्यक्तिको काम कारबाही गरिदिने कुनै व्यक्ति।
(ख) “कर बक्यौता राख्ने व्यक्ति” भन्नाले जसको सम्पत्ति प्रापकको कब्जामा आएको हो सो व्यक्ति सम्मन्न पर्छ।
१०९. रकम बुझाउनुपर्ने व्यक्तिबाट कर असुल उपर गर्नेः (१) कुनै कर बक्यौता राख्ने व्यक्तिले कर भुजाईसक्नुपर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा देहाय बमोजिमको कुनै पनि भुक्तानीकर्तालाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनुपर्ने करको हदसम्मको रकम सो सूचनामा उल्लिखित मितिभित्र विभागमा दाखिला गर्न आदेश दिन सक्नेछः–
(क) कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउनुपर्ने व्यक्ति,
(ख) कर बक्यौता राख्ने व्यक्तिको लागि वा निजको तर्फबाट द्रव्य राख्ने व्यक्ति,
(ग) कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट द्रव्य राख्ने व्यक्ति, वा
(घ) तेस्रो पक्षबाट सो द्रव्य कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने अख्तियारी पाएको व्यक्ति।
(२) विभागले उपदफा (१) बमोजिम भुक्तानीकर्तालाई दिएको सूचनाको प्रतिलिपि कर बक्यौता राख्ने व्यक्तिलाई दिनु पर्नेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिमको सूचनामा उल्लिखित मिति खण्ड (क) र (ख) मा उल्लिखित मितिभन्दा अघिल्लो हुन सक्ने छैन:-
(क) सो रकम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनुपर्ने मिति वा निजको तर्फबाट त्यस्तो रकम राखेको मिति, र
(ख) उपदफा (२) बमोजिम सूचना दिएको मिति।
(४) उपदफा (१) बमोजिम भुक्तानीकर्ताले सो उपदफा बमोजिम दाखिला गरेको रकम कर बक्यौता राख्ने व्यक्तिलाई भुक्तानी गरे सरह मानिनेछ। यस्तो रकम कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले भुक्तानीकर्तासँग दाबी गर्न पाउने छैन।
११०. गैरबासिन्दा व्यक्तिको एजेन्टबाट कर असुल उपर गर्ने: (१) कुनै कर बक्यौता राख्ने गैरबासिन्दा व्यक्तिले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनै पनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बराबरको रकमबाट त्यस्तो कर बक्यौता राख्ने व्यक्तिले बुझाउनुपर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ।
(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको आदेश अनुसार कर रकम बुझाएमा निजले देहाय बमोजिम गर्न सक्नेछ:-
(क) सो व्यक्तिले कर बक्यौता राख्ने व्यक्तिबाट त्यस्तो भुक्तानी रकम असुल उपर गर्न,
(ख) खण्ड (क) को प्रयोजनको लागि सो व्यक्तिको आफ्नो कब्जामा रहेको वा कब्जामा रहन आउने कर बक्यौता राख्ने व्यक्तिको रकम समेतको कुनै पनि सम्पत्ति त्यसरी भुक्तानी गरिएको रकमभन्दा बढी नहुने गरी आफ्नो अधीनमा लिन।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै व्यक्तिले कुनै सम्पत्ति अधीनमा लिएमा त्यस्तो व्यक्ति उपर कर बक्यौता राख्ने व्यक्ति वा अन्य कुनै व्यक्तिले कुनै पनि दाबी गर्न पाउने छैन।
११०क. किस्ताबन्दीमा बक्यौता असुलीः दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्नु पर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा कर अधिकृतले मनासिब म्याद दिई किस्ताबन्दीमा तिर्न स्वीकृति दिन सक्नेछ।
११०ख. संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारीः संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुनेछन्।
११०ग. वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति कर भुक्तानी गर्न जिम्मेवार हुनेः व्यवसायको वास्तविक प्रतिफल प्राप्त गर्ने व्यक्ति व्यवसायी दर्ता भएको व्यक्तिभन्दा फरक भएको प्रमाणित भएमा त्यस्तो व्यवसायको कर भुक्तानी गर्ने दायित्व त्यस्तो प्रतिफल प्राप्त गर्ने व्यक्तिको हुनेछ।
१११. कर नतिरेमा मुद्दा चलाउनेः कर दाखिला गर्नुपर्ने म्यादभित्र कर दाखिला नगर्ने व्यक्तिबाट कर असुलीका लागि विभागले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्नेछ।
११२. मिनाहाः (१) कुनै व्यक्तिले बुझाउनुपर्ने कर असुल उपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्ण रुपमा मिनाहा दिन सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले परिच्छेद-२२ बमोजिम लगाईएको शुल्क तथा ब्याज पूरै वा आंशिक रुपमा मिनाहा दिन सक्नेछ।
११३. कर फिर्ता र हिसाब मिलानाः (१) कुनै व्यक्तिले आफूले दाखिला गर्नुपर्ने कर दायित्वभन्दा बढी हुने गरी कर बुझाएकोमा बढी दाखिला गरेको कर रकम निजले यस ऐन बमोजिम दाखिला गर्नुपर्ने कर रकमबाट घटाउन विभागले निर्देशन दिन सक्नेछ। यसरी घटाउँदा बढी हुन गएको जम रकम विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ।
(२) कुनै व्यक्तिले दफा ११९ बमोजिम दाखिला गरेको ब्याजसँग सम्बन्धित कर दाखिला गर्न नपर्ने भएमा विभागले यस्तो ब्याज सो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ।
(३) कुनै व्यक्तिले उपदफा (१) बमोजिम रकम फिर्ता पाउन खोजेबमोजिम विभागमा निवेदन दिएमा विभागले निवेदन परेको मितिले साठी दिनभित्र त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ।
$\upsilon$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\phi$ आर्थिक ऐन, २०७६ द्वारा थप। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(४) उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन देहायको मितिमध्ये पछिल्लो मितिबाट पाँच वर्षभित्र दिनु पर्नेछ। सो म्यादभित्र निवेदन नदिएमा उपदफा (१) बमोजिमको रकम फिर्ता हुने छैनः–
(क) बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मिति,
(ख) बढी रकम दाखिला गरिएको मिति, वा
(ग) मुद्दा फैसला भएको मिति।
(५) उपदफा (३) बमोजिम परेको निवेदनका सम्बन्धमा विभागले गरेको निर्णयको लिखित सूचना विभागले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
(६) अदालतको आदेशले वा अन्य कारणबाट विभागले करको कुनै रकम कुनै व्यक्तिलाई फिर्ता दिँदा विभागले देहाय बमोजिमको अवधिको सामान्य दर बमोजिमको ब्याज समेत त्यस्तो व्यक्तिलाई दिनु पर्नेछः–
(क) त्यस्तो कर फिर्ता दफा ९३, ९४ वा १०० बमोजिम कुनै व्यक्तिलाई कुनै आय वर्षमा उपलब्ध भएको अधिक कर मिलानसँग सम्बन्धित भएमा दफा ९६ बमोजिम आय विवरण पेश गर्नुपर्ने मितिदेखि कर फिर्ता दिएको मितिसम्मको अवधि, र
(ख) अन्य कुनै अवस्थामा त्यस्तो व्यक्तिले फिर्ता हुने कर बुझाएको मितिदेखि फिर्ता दिएको मितिसम्मको अवधि।
(७) कुनै आय वर्षमा दफा ५१ वा ७१ बमोजिम दाबी गर्न सकिने कर कट्टी मिलान र त्यस्ता कर कट्टीलाई यस उपदफा बमोजिम हिसाब मिलान गर्न वा फिर्ता दिन सकिने छैन।
तर सो वर्षमा कर कट्टी मिलानलाई दफा ४ को उपदफा (२), दफा ५१ को उपदफा (४) र दफा ७१ को उपदफा (३) मा गरिएको व्यवस्था बमोजिम गर्न सकिनेछ।
(८) ...
परिच्छेद–२१ पुनरावलोकन र पुनरावेदन
११४. प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णयहरू तथा कार्यविधिः (१) यस ऐनको प्रयोजनको लागि देहायका निर्णयहरू उपर प्रशासकीय पुनरावलोकन हुन सक्नेछः–
(क) दफा ७६ बमोजिम विभागले जारी गरेको पूर्वादेश,
(क१) दफा ९० को उपदफा (८) बमोजिम गरिएको निर्णय वा दिइएको आदेश,
(ख) दफा ९५ को उपदफा (७) बमोजिम कुनै व्यक्तिले दाखिला गर्नुपर्ने अनुमानित करका बारेमा विभागले गरेको अनुमान वा अनुमान गर्नको लागि गरेको निर्णय,
(ग) दफा ९६ को उपदफा (५) वा दफा ९७ बमोजिम आय विवरण पेश गर्ने कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,
(घ) कुनै व्यक्तिले दफा ९८ बमोजिम पेश गर्नुपर्ने आय विवरणको म्याद थप गरिपाउन दिएको निवेदनमा विभागले गरेको निर्णय,
(ङ) दफा १०० वा १०१ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षको लागि बुझाउनुपर्ने करको निर्धारण वा दफा १०५ को उपदफा (५) बमोजिमको लिलाम बिक्री बचीको निर्धारण वा दफा १२२ बमोजिम कुनै व्यक्तिले बुझाउनुपर्ने शुल्क तथा ब्याजको निर्धारण,
(च) दफा १०८ को उपदफा (२) बमोजिम प्रापकको हैसियतमा कुनै व्यक्तिले पाउने रकम भनी छुट्याई राख्नुपर्ने गरी विभागले दिएको सूचना,
(छ) दफा १०९ को उपदफा (१) बमोजिम कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनुपर्ने रकम राख्ने कुनै व्यक्तिलाई विभागमा दाखिला गर्ने आदेश दिने गरी विभागले गरेको निर्णय,
(ज) दफा ११० को उपदफा (१) बमोजिम गैरबासिन्दा व्यक्तिको तर्फबाट दाखिला गर्नुपर्ने कुनै व्यक्तिको कर दाखिला गर्ने कुनै व्यक्तिलाई आदेश दिने गरी विभागले गरेको निर्णय,
(झ) दफा ११३ को उपदफा (५) बमोजिम कर फिर्ता पाउँ भनी कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय, र
(ञ) दफा ११५ को उपदफा (३) बमोजिम निवेदन दर्ता गर्ने म्याद थपको लागि कुनै व्यक्तिले दिएको कुनै निवेदन उपर विभागले गरेको निर्णय।
$\cup$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{^}$ आर्थिक ऐन, २०७९ द्वारा संशोधित।
(२) उपदफा (१) को खण्ड (घ), (छ) र (ञ) मा उल्लिखित विषयहरुका सम्बन्धमा विभागले कुनै निर्णय गरेको भए तापनि दफा ९८, दफा ११३ को उपदफा (३) वा दफा ११५ को उपदफा (३) बमोजिम निवेदन दिने व्यक्तिलाई निवेदन परेको तीस दिनभित्र विभागले निर्णयको सूचना नदिएमा सो निवेदन अस्वीकार गर्ने निर्णय गरेको सरह मानी उपदफा (१) बमोजिम सो उपर प्रशासकीय पुनरावलोकन हुन सक्नेछ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र निर्णयको सूचना निवेदन दिने व्यक्तिलाई प्राप्त नभएमा र सोको जानकारी विभागमा दिलाएमा विभागले सो उपदफामा उल्लिखित निवेदन अस्वीकार गर्ने गरेको निर्णय र सोको सूचना सो मितिमा सो व्यक्तिलाई दिएको मानिनेछ।
११५. प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्नेः (१) दफा ११४ बमोजिमका प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णय उपर क्षत्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र सो निर्णय विरूद्ध विभाग समक्ष निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम दिने निवेदनमा त्यस्तो पुनरावलोकन हुनुपर्ने कारण तथा आधारहरु स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुजिन गई कुनै व्यक्तिले म्याद थपको लागि म्याद गुजेको मितिले सात दिनभित्र निवेदन दिएमा विभागले देहाय बमोजिम गर्न सक्नेछः–
(क) मनासिब कारण देखिएमा उपदफा (१) बमोजिम निवेदन दिने म्याद गुजेको मितिबाट बढीमा तीस दिनको लागि म्याद थप्न, र
(ख) सो निवेदन उपर विभागले गरेको निर्णयको लिखित सूचना निवेदकलाई दिन ।
(४) उपदफा (१) बमोजिम निवेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिने छैन।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम कुनै व्यक्तिबाट दिइएको निवेदनको टुङ्गो नलागेसम्म दफा ११४ को उपदफा (१) बमोजिम भएको निर्णयलाई विभागले ताबेलीमा राख्न वा अन्य कुनै किसिमले प्रभावविग्न सक्नेछ ।
$\Omega$(६) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले निर्धारित कर रकममध्ये विवादरहित करको सम्पूर्ण रकम र विवादित करको $\frac{१}{४}$ एकचौथाई रकम बुझाउनु पर्नेछ।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(७) कुनै व्यक्तिले उपदफा (१) बमोजिम दिएको निवेदन उपर विभागले देहाय बमोजिम गर्न सक्नेछ:-
(क) सो निवेदनमा उल्लिखित कुराहरुलाई पूर्ण वा आंशिक रुपमा स्वीकार वा अस्वीकार गर्ने, र
(ख) निवेदन उपरको निर्णयको लिखित सूचना सो व्यक्तिलाई दिन ।
(८) उपदफा (१) बमोजिम निवेदन दिएको मितिले साठी दिनभित्र विभागले सो निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले दफा ११६ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न सक्नेछ।
(९) उपदफा (८) बमोजिम पुनरावेदन गरेमा त्यस्तो व्यक्तिले पुनरावेदन दर्ता गरेको मितिले पन्ध्र दिनभित्र पुनरावेदनपत्रको प्रतिलिपि संलग्न गरी विभाग समक्ष लिखित जानकारी गराउनु पर्नेछ।
११६. राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने:- (१) दफा ११५ बमोजिम विभागमा दिएको निवेदन उपर भएको निर्णयमा क्षत्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दिने व्यक्तिले पुनरावेदन दिएको पन्ध्र दिनभित्र पुनरावेदनको सूचनाको एक प्रति विभागमा दर्ता गराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम पुनरावेदन दिएको कारणबाट दफा ११४ को उपदफा (१) मा उल्लिखित निर्णयको कार्यान्वयनमा असर परेको मानिने छैन ।
(४) दफा ११४ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफामा प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय महानिदेशकले गरेको भए राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ।
(५) उपदफा (१) बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिँदा निर्धारित कर रकममध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम, शुल्क र जरिवानाको पचास प्रतिशत रकम धरौटी वा त्यस्तो रकम बापत बैङ्क जमानत दिनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम धरौटी रकम वा बैङ्क जमानतिको गणना गर्दा आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिल गरेको पच्चीस प्रतिशत कर रकमलाई समेत गणना गर्नु पर्नेछ।
(७) उपदफा (५) बमोजिम सम्बन्धित कार्यालयको नाममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा रहेको धरौटी खातामा दाखिल गरेको बैङ्क भौचर वा त्यस्तो रकम बराबरको बैङ्क जमानतपत्र पुनरावेदनपत्र साथ पेश गर्नु पर्नेछ।
परिच्छेद–२२ शुल्क तथा ब्याज
११७. कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्नेः $\Omega$(१) कुनै व्यक्तिले देहाय बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः–
(क) दफा ९५ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा प्रति विवरण $\text{*} \text{पाँच हजार रुपैयाँ}$ वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम,
(ख) अग्रिम कर असुल गर्नुपर्ने कुनै व्यक्तिले दफा ९५क.को $\bullet$ उपदफा (९) बमोजिमको विवरण दाखिला नगरेमा त्यस्तो व्यक्तिलाई विवरण दाखिला गर्नुपर्ने मितिबाट विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर असुल गर्नुपर्ने रकमको वार्षिक डेढ प्रतिशतका दरले हुने रकम,
(ग) दफा ९६ को उपदफा (१) बमोजिम कुनै आय वर्षको आय विवरण दाखिला नगरेमा ऐनको दफा ४ को उपदफा (४) मा उल्लिखित व्यक्तिको हकमा $\diamond$ प्रति विवरण बाह्र सय रुपैयाँ तथा एक वर्षभन्दा कम अवधि भएमा प्रतिमहिना एक सय रुपैयाँका दरले हुने रकम र अन्य व्यक्तिको हकमा सो आय वर्षको
$$ आर्थिक ऐन, २०७९ द्वारा थप। $\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित। $\text{} $ आर्थिक ऐन, २०७६ द्वारा संशोधित। $\bullet$ आर्थिक ऐन, २०७७ द्वारा संशोधित। $\diamond$ आर्थिक ऐन, २०८१ द्वारा संशोधित।
आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र कुनै रकम समावेश गर्नुपर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा प्रति विवरण बाह्र सय रुपैयाँ तथा एक वर्षभन्दा कम अवधि भएमा प्रतिमहिना एक सय रुपैयाँका दरले हुने रकममध्ये जुन बढी हुन्छ त्यस्तो रकम ।
(घ) दफा ९७ को उपदफा (२) बमोजिम कुनै आय वर्षको आय विवरण पेश नगरेमा त्यस्तो व्यक्तिको निर्धारणयोग्य आयमा अन्तिम रूपमा करकट्टी हुने आय घटाई हुन आउने रकमको शून्य दशमलव एक प्रतिशत प्रति वर्षका दरले हुने रकम वा प्रति विवरण बाह्र सय रुपैयाँ तथा एक वर्षभन्दा कम अवधि भएमा प्रतिमहिना एक सय रुपैयाँका दरले हुने रकममध्ये जुन बढी हुन्छ त्यस्तो रकम।
(२) कुनै व्यक्तिले कुनै आय वर्षको दफा ८१ बमोजिम राख्नुपर्ने कागजात नराखेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कागजात नराखेको वर्षको लागि कुनै आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए त्यस्तो रकम नकटाई र रकमहरू समावेश गर्नुपर्ने भए त्यस्तो रकम समावेश गरी हुने निर्धारणयोग्य आयको रकमको शून्य दशमलव एक प्रतिशतले हुने रकम वा एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ त्यस्तो रकम शुल्क लाग्नेछ ।
(३) अग्रिम कर कट्टी गर्ने कुनै एजेण्टले दफा ९० को उपदफा (१) बमोजिमको विवरण पेश नगरेमा त्यस्तो एजेण्टलाई विवरण पेश गर्नुपर्ने मितिबाट यस्तो विवरण दाखिला नभएको मितिसम्मको प्रत्येक महिना र महिनाको भागको लागि अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतले हुने रकम शुल्क लाग्नेछ।
११८. किस्ताबन्दीमा दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा ब्याज लाग्ने: (१) कुनै व्यक्तिले कुनै आय वर्षमा दफा ९४ बमोजिम दाखिला गर्नुपर्ने किस्ता रकम सम्बन्धमा खण्ड (क) मा उल्लेखित रकमभन्दा खण्ड (ख) मा उल्लेखित रकम बढी भएमा यसरी बढी भएको रकममा उपदफा (२) बमोजिम ब्याज लाग्नेछ:–
(क) त्यस्तो व्यक्तिले कुनै आय वर्षमा तिरेको प्रत्येक किस्ताको रकम,
(ख) त्यस्तो आय वर्षमा प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने कुल रकमको अनुमान वा संशोधित अनुमान सही भएको भए त्यस्तो रकम र त्यस्तो रकम सही नभएको भए दफा ३ को खण्ड (क) र
(ख) मा उल्लिखित व्यक्तिले दाखिला गर्नुपर्ने कर रकमको प्रत्येक किस्ता अवधिको लागि किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकमको नब्बे प्रतिशत रकम।
(२) उपदफा (१) बमोजिमको व्यक्तिलाई सो वर्षको सो किस्ता बुझाउनुपर्ने मितिदेखि देहायको अवधिसम्मको प्रत्येक महिना र महिनाको भागको सामान्य ब्याजदरले ब्याज लाग्नेछ:-
(क) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण गर्ने व्यक्तिको हकमा आय विवरण बुझाउनुपर्ने मितिसम्म,
(ख) दफा ९९ को उपदफा (१) बमोजिमको कर निर्धारण नगरेको कारणले विभागले दफा १०१ बमोजिम पहिलो पटक संशोधित कर निर्धारण गरेको व्यक्तिको हकमा दफा १०२ बमोजिम त्यस्तो संशोधित कर निर्धारणको सूचना बुझाएको मितिसम्म।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “किस्ताबन्दीको रूपमा बुझाउनुपर्ने रकम” भन्नाले एक पटक अनुमान पेश गरी सकेपछि संशोधित अनुमान पेश नगरेको तथा अनुमान पेश नगरेको कारणले दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको हकमा दफा ९४ को उपदफा (१) बमोजिम र संशोधित अनुमान पेश गरेको हकमा तथा पेश गरिएको अनुमान वा संशोधित अनुमानमा सन्तुष्ट नभई दफा ९५ को उपदफा (७) बमोजिम विभागले अनुमान गरेको दफा ९५ को उपदफा (५) को व्यवस्थाअनुसार गणना गरिएको किस्ताको रकम सम्झनुपर्छ।
११९. कर नबुझाएमा ब्याज लाग्ने: (१) कर तिर्नुपर्ने तोकिएको मितिसम्म कुनै व्यक्तिले कर दाखिला नगरेमा दाखिला गर्न बाँकी रहेको रकममा यसरी कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि सो व्यक्तिलाई प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले ब्याज लाग्नेछ।
(२) उपदफा (१) बमोजिम तिर्नुपर्ने ब्याज गणना गर्ने प्रयोजनको लागि दफा ९८ बमोजिम दिइएको थप म्यादमा ब्याज छुट पाइने छैन।
$\Omega$(३) अग्रिम कर असुल गर्नुपर्ने व्यक्तिले दफा ९५क. को उपदफा (८) वा अग्रिम कर कट्टी गर्ने व्यक्तिले दफा ९० को उपदफा (४) पालना नगरेको कारणले निजले बुझाउनुपर्ने ब्याज निजले अग्रिम कर दाखिला गर्नुपर्ने वा अग्रिम कर कट्टी हुने व्यक्तिबाट असुल उपर गरी लिन पाउने छैन।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(४) दफा ११०क. बमोजिम दिइएको म्याद भित्र कर नतिरेमा बाँकी करमा वार्षिक पाँच प्रतिशतका दरले थप ब्याज लगाई त्यस्तो व्यक्तिबाट असुल उपर गरिनेछ।
११९क. शुल्क लाग्नेः (१) दफा ८१ को उपदफा (४) बमोजिम विद्युतीय बीजक जारी गर्ने करदाताले तथ्याङ्क मेट्न वा सच्याउन सकिने सफ्टवेयर प्रयोग गरेमा पाँच लाख रुपैयाँ र सोही दफाको अन्य व्यवस्था पालना नगरेमा एक लाख रुपैयाँ शुल्क लाग्नेछ।
(२) दफा ८१ को उपदफा (४) बमोजिम विद्युतीय बीजकको सफ्टवेयर वा उपकरण निर्माण गर्ने, जडान गर्ने वा सञ्चालन गर्ने व्यक्तिले विभागले जारी गरेको कार्यविधिको पालना नगरेमा पाँच लाख रुपैयाँ शुल्क लाग्नेछ।
(३) दफा ८१क. को उल्लङ्घन गरेमा प्रत्येक पटकको अनुगमनमा पाँच हजार रुपैयाँ वा कुल रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्नेछ।
(४) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्नेछ।
१२०. झुट्टा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई शुल्क लाग्नेः कुनै व्यक्तिले कुनै कुराका सम्बन्धमा विभागमा झुट्टा वा भ्रमपूर्ण विवरण दिएमा वा दाखिला गर्नुपर्ने कुनै कुरा वा वस्तुको जानकारी नदिई वा सो विवरणबाट हटाई विवरणमा उल्लेखित जानकारी भ्रमपूर्ण हुन गएमा त्यस्तो व्यक्तिलाई देहाय बमोजिम शुल्क लाग्नेछः–
(क) जानाजानी वा लापरवाहीपूर्वक गरेको नभई भूलवश झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको पचास प्रतिशत।
(ख) जानाजानी वा लापरवाही गरेको कारणले झुट्टा वा भ्रमपूर्ण हुन गएकोमा त्यसबाट हुने घटी कर रकमको एक सय प्रतिशत।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विभागमा दाखिला गरिएको विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्यको पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रुपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण समेतलाई जनाउनेछः–
$\cup$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\Leftrightarrow$ आर्थिक ऐन, २०८१ द्वारा संशोधित। $\yen$ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(क) निवेदन, सूचना, विवरण, उजूरी, बयान, वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
(ख) यस ऐन बमोजिम बाहेक विभाग वा विभागका कुनै अधिकृत समक्ष पेश गरिएको कागजात,
(ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
(घ) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्ति मार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी।
१२१. मध्यस्थिलाई शुल्क लाग्नेः यस ऐनमा मा उल्लेखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मध्यस्थिलाई त्यस्ता व्यक्तिले कम तिरेको करको प्रतिशत रकम शुल्क लाग्नेछ।
१२२. शुल्क तथा ब्याजको निर्धारणः (१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले बुझाउनुपर्ने शुल्क तथा ब्याजको निर्धारण विभागले गर्नेछ।
(२) कुनै खास काम पूरा नगरेकोले वा कुनै विवरणका सम्बन्धमा यस परिच्छेद बमोजिम शुल्क तथा ब्याज वापिको दायित्वको गणना गर्दा यस परिच्छेदको प्रत्येक दफाका हकमा छुट्टाछुट्टै रुपमा गणना गर्नु पर्नेछ।
(३) यस दफा बमोजिम लगाइने शुल्क तथा ब्याज यस ऐन बमोजिम अन्य कुनै कर बुझाउनुपर्ने भए त्यस्तो करमा थप गरिनेछ र त्यस्तो शुल्क तथा ब्याज बुझाउँदैमा परिच्छेद–२३ मा उल्लेखित फौजदारी कारबाही सम्बन्धी दायित्वबाट कुनै व्यक्ति मुक्त भएको मानिने छैन।
(४) यस दफा बमोजिम शुल्क तथा ब्याजको निर्धारण गरिएकोमा विभागले देहायका कुरा खुलाइएको सो निर्धारणको लिखित सूचना सो व्यक्तिलाई दिनेछ। यस्तो सूचना दफा १०२ बमोजिम जारी गरिने सूचनामा संलग्न गरी पठाउन सक्नेछः–
(क) विभागले शुल्क तथा ब्याज निर्धारण गर्नु परेको कारण,
(ख) बुझाउनुपर्ने शुल्क तथा ब्याज वापिको रकम,
(ग) सो रकम कसरी गणना गरिएको हो सोको तरिका, र
(घ) सो निर्धारण विरुद्ध उजूरी गर्ने समय, स्थान र तरिका।
(५) यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा देहाय बमोजिम हुनेछः–
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(क) दफा १०१ को उपदफा (१), उपदफा (२), उपदफा (३) को खण्ड (ख), उपदफा (४) र (५) मा लेखिएका कुराहरु यस दफा बमोजिम शुल्क तथा ब्याज निर्धारण गर्दा पनि लागू हुनेछ, र
(ख) दफा १०१ को उपदफा (३) को खण्ड (ख), (ग), उपदफा (४), (५) र दफा १०२ मा लेखिएका कुराहरु यस दफाको उपदफा (४) का हकमा पनि लागू हुनेछ।
परिच्छेद–२३ कसूर तथा सजाय
१२३. कर दाखिला नगर्नेलाई हुने सजायः मनासिब माफिको कारणबिना कर दाखिला गर्नुपर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ।
१२४. झुट्टा वा भ्रमपूर्ण विवरण दिनेलाई हुने सजायः कुनै व्यक्तिले विभागमा दिएको कुनै जानकारी वा विवरण जानाजानी वा लापरवाही साथ पेश गरेको कारणले झुट्टा वा भ्रमपूर्ण भएमा वा त्यस्तो व्यक्तिले त्यस्तो विषयका सम्बन्धमा कुनै खास कुरा वा विषयको जानकारी विवरणमा उल्लेख नगरी वा हटाई सो विवरण भ्रमपूर्ण हुन गएकोमा त्यस्तो व्यक्तिलाई चालीस हजार रुपैयाँदेखि एक लाख साठी हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “विभागमा दिएको कुनै जानकारी वा विवरण” भन्नाले विभागमा वा यस ऐन बमोजिम कर्तव्य पालना गर्ने सिलसिलामा विभागबाट अख्तियार प्राप्त अधिकृत समक्ष लिखित रूपमा दाखिला गरिएको विवरण र देहाय बमोजिम दाखिला गरिएको विवरण सम्झनु पर्छः–
(क) निवेदन, सूचना, विवरण, उजूरी, बयान वा यस ऐन बमोजिम दाखिला गरिएको, तयार पारिएको, दिइएको वा पेश गरिएको अन्य कागजात,
(ख) विभाग वा विभागका कुनै अधिकृत समक्ष पेश गरिएको कागजात,
(ग) विभाग वा कुनै अधिकृतले कुनै व्यक्तिलाई सोधेको प्रश्नको उत्तर, वा
(घ) विवरण दिइने कुराको मनासिब जानकारी भएको कुनै व्यक्तिले कुनै अर्को व्यक्तिमार्फत विभाग वा कुनै अधिकृतलाई दिएको जानकारी।
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
१२५. कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय: (१) देहायका कार्य गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ–
(क) यस ऐन बमोजिम आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा विभागको अधिकृतलाई बाधा विरोध गरेमा, (ख) दफा ८३ बमोजिमको सूचना बमोजिम कार्य नगरेमा, वा (ग) अन्य कुनै रूपमा यस ऐनको कार्यान्वयनमा बाधा विरोध गरेमा।
(२) उपदफा (१) बमोजिमको कार्य गर्ने उद्योग गरेमा सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ।
१२६. अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा हुने सजाय: (१) दफा ८४ को उल्लङ्घन गर्ने कुनै पनि अख्तियार प्राप्त व्यक्तिलाई असी हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(२) यस ऐन बमोजिम अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा वा उठाउन प्रयत्न गरेमा असी हजार रुपैयाँदेखि दुई लाख चालीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
१२७. मतियारलाई हुने सजाय: यस ऐन बमोजिम कुनै कसूर गर्ने कुनै व्यक्तिलाई जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्ने सल्लाह दिने वा दुरुत्साहन गर्ने वा झुट्टा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
तर त्यस्तो मतियार सरकारी कर्मचारी भएमा कसूरदारलाई हुने सजाय बराबर सजाय हुनेछ।
१२८. ऐनको पालना नगर्नेलाई हुने सजाय: यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुका कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१२९. विभागले जरिवानाको रकम दाखिला गर्ने आदेश दिन सक्ने: (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२६ मा उल्लिखित कसूरमा बाहेक कुनै व्यक्तिले आफूले यस परिच्छेदमा उल्लेख भएको अन्य कुनै एक वा एकभन्दा बढी कसूर गरेको भनी अदालती कारबाहीको प्रक्रिया सुरु हुनु अगावै लिखित रुपमा स्वीकार गरेमा त्यस्तो एक वा
एकभन्दा बढी कसूर बापत लाग्ने जरिवाना रकममा नबढ्ने गरी जरिवाना रकम दाखिला गर्न विभागले त्यस्तो व्यक्तिलाई आदेश दिन सक्नेछ।
(२) विभागले उपदफा (१) बमोजिमको आदेश दिँदा सो आदेशमा त्यस्तो कसूर, बुझाउनुपर्ने जरिवाना रकम र जरिवाना रकम बुझाउनुपर्ने मिति खुलाउनु पर्नेछ।
(३) विभागले यस दफा बमोजिम दिएको आदेश अन्तिम हुनेछ र सो उपर पुनरावेदन लाग्ने छैन।
१३०. नेपाल सरकार बादी हुनेः यस परिच्छेद अन्तर्गतको मुद्दा नेपाल सरकारवादी हुनेछ।
१३१. मुद्दाको तहकिकात र दायरीः (१) यस परिच्छेद बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको तहकिकात तोकिएको अधिकारीले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएको पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले सरकारी वकीलको राय सल्लाह लिनु पर्नेछ।
परिच्छेद–२४ विविध
१३२. विशेषज्ञको सेवा वा लिन सक्नेः नेपाल सरकार वा विभागले कर परीक्षण सम्बन्धी कार्यको लागि सम्बन्धित विशेषज्ञको सेवा वा लिन सक्नेछ र यस्ता विशेषज्ञका सम्बन्धमा समेत दफा ८४ मा उल्लेखित सरकारी गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ।
१३३. विभागीय कारबाही गरिनेः कुनै कर निर्धारण लापरवाहीबाट गरेको ठहरी करदाताको दायित्व बढ्न वा घट्न गएमा त्यस्तो कर निर्धारण गर्ने वा दफा १०१ को उपदफा (३) बमोजिमको म्यादभित्र संशोधित कर निर्धारण नगर्ने सम्बन्धित अधिकारीलाई निजको सेवा वा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम सजाय गर्न महानिदेशकले विभागीय कारबाही चलाउन सक्नेछ।
१३४. अधिकारीको परिचयपत्रः प्रत्येक अधिकारीले तोकिए बमोजिमको परिचयपत्र आफ्नो साथमा राख्नु पर्नेछ र कर्तव्य पालनाको सिलसिलामा कसैले त्यस्तो परिचयपत्र हेर्न माग गरेमा देखाउनु पर्नेछ।
१३५. अदालतलाई भए सरहको अधिकार हुनेः यस ऐनको प्रयोजनको लागि विभागलाई सम्बन्धित व्यक्तिलाई टिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ।
$\text{v}$ आर्थिक ऐन, २०७५ द्वारा थप।
१३६. असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन।
१३६क. पुरस्कार र सुराकी खर्चको व्यवस्थाः (१) कुनै व्यक्तिले आफ्नो करको दायित्व सम्पूर्ण वा केही अंश छलेको वा छल्न कोसिस गरेको प्रमाण सहितको सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असुल उपर गरिएको करको रकममध्ये निजले पेश गरेको प्रमाणबाट निर्धारण भए जतिको कर रकमको बीस प्रतिशत बराबरको रकम महानिर्देशकको निर्णयले पुरस्कार दिन सकिनेछ।
(२) उपदफा (१) बमोजिम पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रूपमा दिइनेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजस्व चुहावटको सूचना दिने व्यक्तिलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम तत्काल दशहजार रुपैयाँसम्म सुराकी खर्च दिन सकिनेछ।
(४) उपदफा (१) र (३) बमोजिमको सूचना दिने व्यक्तिको नाम, थर र वन गोप्य राखिनेछ।
१३७. नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्नेः कर प्रशासनलाई प्रभावकारी बनाउन नेपाल सरकारले विभागलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ।
१३८. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।
१३९. निर्देशिका बनाई जारी गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विभागले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ।
१४०. अनुसूचीमा थपघट तथा हेरफेरः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची–१ बाहेकका अनुसूचीमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ।
१४१. प्रहरीले सहयोग गर्नु पर्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्ने सम्बन्धमा विभागले मागेको सहयोग गर्नु प्रहरीको कर्तव्य हुनेछ।
१४२. कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सालबसाली लागू हुने आर्थिक ऐनले यस ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै
पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरुमा कुनै पनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्थाहरु गर्न सक्ने छैन।
१४३. खारेजी, संशोधन र बचाउः (१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन् ।
(२) देहायका ऐनहरुमा देहाय बमोजिम संशोधन गरिएका छन्ः– (क) $\phi$ ............
(ख) कर्मचारी सञ्चय कोष ऐन, २०१९ मा संशोधनः कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका “कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएका छन्।
(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधनः नेपाल पेट्रोलियम ऐन, २०४० को दफा १३ को खण्ड (ग) खारेज गरिएको छ।
(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा संशोधनः निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा रहेका “यसै अन्त्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक अन्त्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएका छन्।
(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ मा संशोधनः नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खारेज गरिएको छ।
(च) नेपाल $\phi$....... विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० मा संशोधनः नेपाल $\phi$.......... विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० खारेज गरिएको छ।
(छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधनः (१) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को खण्ड (ग), (घ), (ङ), (ञ), (ठ), (ड), (थ), (द) र (ध) खारेजिएका छन्।
$\phi$ गनतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको। $\blacktriangleright$ औद्योगिक व्यवसाय ऐन, २०७३ ले औद्योगिक व्यवसाय ऐन, २०४९ लाई खारेज गरेको र औद्योगिक व्यवसाय ऐन, २०७६ ले औद्योगिक व्यवसाय ऐन, २०७३ लाई खारेज गरेकोले हाल औद्योगिक व्यवसाय ऐन, २०७६ प्रचलनमा रहेको।
(२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरु खजिकिएका छन्।
(ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधनः विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१क) खजिकिएकोछ।
(झ) बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधनः बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको “आयकर” भन्ने शब्द खजिकिएकोछ।
(ञ) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधनः त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ३३ को उपदफा (२) खजिकिएकोछ।
(ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधनः
(१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको “आयकर” भन्ने शब्द खजिकिएकोछ।
(२) उपदफा (१), (२), (३), (४), (५) र (६) खजिकिएका छन्।
(ठ) पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधनः पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा (२) खजिकिएकोछ।
(ड) बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधनः बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ को उपदफा (१) मा रहेको “आयकर” भन्ने शब्द खजिकिएकोछ।
(ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधनः नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएकोछ।
(ण) दूर सञ्चार ऐन, २०५३ को दफा ३४ को उपदफा (१) खारेज गरिएकोछ।
(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफाहरु अन्तर्गत गरिएका सबै काम कारबाही यसै ऐन अन्तर्गत गरिएका मानिने छन्।
(४) यो ऐन लागू हुन हुनुभन्दा अघिका आय वर्षको आयकर निर्धारण र असुल उपर गर्ने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा आयकर ऐन, २०३१ का व्यवस्थाहरु लागू हुनेछन्।
पृष्ठव्यः– (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः–
अनुसूची–१ (दफा ४ सँग सम्बन्धित)
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएका शब्दहरुः– “पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।
करका दरहरु
१. प्राकृतिक व्यक्ति वा दम्पतीको सम्बन्धमाः (१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक व्यक्ति वा दम्पतीको करयोग्य आयमा यस अनुसूचीको उपदफा (४) र (४क) को अधीनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ :-
(क) दश लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भएमा एक प्रतिशत,
तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।
(ख) दश लाख रुपैयाँभन्दा बढी तर पन्ध्र लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम दश लाख रुपैयाँसम्म दश हजार रुपैयाँ र दश लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा दश प्रतिशत,
(ग) पन्ध्र लाख रुपैयाँभन्दा बढी तर पच्चीस लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम पन्ध्र लाख रुपैयाँसम्म साठी हजार रुपैयाँ र पन्ध्र लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत,
(घ) पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा खण्ड (ग) बमोजिम पच्चीस लाख रुपैयाँसम्म दुई लाख साठी हजार रुपैयाँ र पच्चीस लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा सत्ताईस प्रतिशत, र
(ङ) चालिस लाख रुपैयाँभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा खण्ड (घ) बमोजिम लागेको करको दरमा थप दुई प्रतिशत विन्दुले अतिरिक्त कर ।
(२) L....
आर्थिक ऐन, २०८३ द्वारा संशोधित। आर्थिक ऐन, २०८० द्वारा खारेकिएको।
(३) उपदफा (४) मा उल्लिखित व्यवस्था देहायको अवस्थामा लागू हुनेछ:- *(क) बासिन्दा प्राकृतिक व्यक्ति वा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा दश लाख रुपैयाँभन्दा बढी आय भएको, (ख) गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक व्यक्ति वा दम्पतीको आय र तदनुरूप करयोग्य आयको गणनामा समावेश भएको।
(४) उपदफा (३) को अधीनमा रही देहायका व्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछ:- (क) देहायका रकममध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको उपदफा (१) ... बमोजिमको दरले कर लाग्नेछ:- (१) त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम, *(२) प्राकृतिक व्यक्ति वा दम्पती सम्बन्धमा दशलाख रुपैयाँ। (ख) त्यस्तो करयोग्य आयको बाँकी रकममा दश प्रतिशतका दरले कर लाग्नेछ। तर, (१) निःसर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष वा पाँच वर्ष भन्दा बढी भएको छ भने षटदशमलव पाँच प्रतिशतका दरले कर लाग्नेछ।
(२) नि:सर्ग भएको गैरव्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा घरजग्गा) को स्वामित्व पाँच वर्ष भन्दा कम रहेको छ भने दश प्रतिशतका दरले कर लाग्नेछ।
(३) नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा तीन सय पैसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा सात दशमलब पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा दश प्रतिशतका दरले कर लाग्नेछ।
$^{२}$(४क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिको दफा ९५क. को उपदफा (६ख), (६ग), (६घ) बमोजिमको आयमा पाँच प्रतिशतले कर लाग्नेछ।
(५) नेपाल सरकारले तोकेको दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको दुर्गम भत्ता बापत तोकिए बमोजिम बढीमा पचास हजार रुपैयाँसम्म करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।
(६) नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ।
$^{३}$(७) ऐनको दफा ४ को उपदफा (४) बमोजिम करको रकम देहाय बमोजिम हुनेछ:–
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा सात हजार पाँचसय रुपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा चार हजार रुपैयाँ,
$^{२}$ आर्थिक ऐन, २०७९ द्वारा थप। $^{३}$ आर्थिक ऐन, २०८० द्वारा संशोधित। $^{४}$ आर्थिक ऐन, २०७६ द्वारा संशोधित।
(ग) खण्ड (क) र (ख) मा उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रुपैयाँ।
(८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ।
(९) $\circ$
(९क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहे छ भने प्राकृतिक व्यक्ति वा दम्पत्तिको लागि उपदफा (१) को खण्ड (क) मा उल्लिखित रकमको पच्चीस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ।
तर यसरी घटाइने रकमको सीमा तोकिए बमोजिमभन्दा बढी हुने छैन।
(१०) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्गता भएको रहे छ भने त्यस्तो प्राकृतिक व्यक्ति वा दम्पत्तिको लागि उपदफा (१) को खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ।
(११) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र अर्जन गर्ने महिला रहे छ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ।
(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहे छ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडाका सवारी साधन धनीबाट यातायात व्यवस्था कार्यालय मार्फत सवारी साधन दर्ता वा नवीकरणका बखत देहाय बमोजिमको वार्षिक आयकर असुल गरिनेछ:-
$\circ$ आर्थिक ऐन, २०७७ द्वारा खारेकिएको। $\text{--}$ आर्थिक ऐन, २०८८ द्वारा संशोधित। $\text{--}$ आर्थिक ऐन, २०७९ द्वारा संशोधित। $\text{--}$ आर्थिक ऐन, २०८८ द्वारा संशोधित।
(१४) 5..............
(१५) 5..............
(१६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ ।
(१६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम दश हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम करको गणना गरिनेछ।
(१६ख) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो सन्तान्को शिक्षाका लागि बासिन्दा व्यक्तिलाई शिक्षण शुल्क बापत भुक्तानी गरेको वार्षिक रकमको पच्चीस प्रतिशत वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा यस दफा बमोजिम करको गणना गरिनेछ।
(१७) ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबार रकमको कर गणना गर्दा तीस लाख रुपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र सो भन्दा बढीको कारोबार रकममा देहाय बमोजिमको दरले लाग्नेछ:-
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव दुई पाँच प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव तीन प्रतिशत,
$\text{}$ आर्थिक ऐन, २०७६ द्वारा खारेकिएको। $\text{}$ आर्थिक ऐन, २०७५ द्वारा थप। $\text{}$ आर्थिक ऐन, २०७८ द्वारा थप। $\text{¥}$ आर्थिक ऐन, २०८३ द्वारा संशोधित। $\text{β}$ आर्थिक ऐन, २०८३ द्वारा थप। $\text{}$ आर्थिक ऐन, २०७८ द्वारा संशोधित। $\text{}$ आर्थिक ऐन, २०८२ द्वारा संशोधित।
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म कारोबार रकमको एक प्रतिशत र पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार रकमको शून्य दशमलव आठ प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत।
२. निकायको सम्बन्धमाः (१) यस दफाको उपदफा (२), (३), (५) र (७) को अधीनमा रही कुनै आय वर्षमा कुनै निकायको करयोग्य आयमा पच्चीस प्रतिशतका दरले कर लाग्नेछ।
(२) कुनै आय वर्षमा कुनै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय - वित्तीय कारोबार गर्ने निकाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसुल्पा, खैनी, गुट्का, पानमसला, मदिरा, बियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा तीस प्रतिशतका दरले कर लाग्नेछ।
स्पष्टीकरणः पेट्रोलियम कार्यको हकमा “करयोग्य आय” भन्नाले पेट्रोलियम सम्झौतामा उल्लिखित कार्यविधि तथा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारण भएको करयोग्य आय सम्झनु पर्छ।
(३) सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछः-
(क) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पाँच प्रतिशत,
(ख) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा सात प्रतिशत,
(ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत,
तर बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको हकमा देहायको दरले कर लाग्नेछः-
(१) नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा दश प्रतिशत,
६ आर्थिक ऐन, २०७६ द्वारा संशोधित। ७ आर्थिक ऐन, २०८० द्वारा थप। ८ आर्थिक ऐन, २०७५ द्वारा थप। ९ आर्थिक ऐन, २०८० द्वारा संशोधित।
(२) उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा पन्ध्र प्रतिशत,
(३) महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा बीस प्रतिशत।
(३क) $\text{}$..............
$\text{}$ (३ख) सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सञ्चालित विद्यालय, महाविद्यालयको कर योग्य आयमा बीस प्रतिशतको दरले कर लाग्नेछ।
(४) $\text{}$..............
$\text{}$ (५) कुनै आय वर्षमा कुनै मृत बासिन्दा व्यक्तिको सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा अशाक्त बासिन्दा प्राकृतिक व्यक्तिको ट्रस्टको करयोग्य आयमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने वा रेखदेख गर्ने वा त्यस्तो ट्रस्टलाई बासिन्दा प्राकृतिक व्यक्ति सरह मानी यस अनुसूचीको दफा १ को उपदफा (१) र उपदफा (४) बमोजिम कर लाग्नेछ।
(६) कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा $\text{}$ पाँच प्रतिशतका दरले कर लाग्नेछ।
$\text{}$ (७) कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा पाँच प्रतिशतका दरले कर लाग्नेछ।
तर नेपालबाट अन्य विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा दुई प्रतिशतका दरले कर लाग्नेछ।
अनुसूची–२ (दफा १९ सँग सम्बन्धित) ह्रास कट्टीको निर्धारण
$\text{}$ आर्थिक ऐन, २०७६ द्वारा खारेप गरिएको। $\text{}$ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप। $\text{}$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
१. ह्रासयोग्य सम्पत्तिको वर्गीकरण र समूहीकरण: (१) ह्रासयोग्य सम्पत्तिको वर्गीकरण देहाय बमोजिमको हुनेछः-
(२) कुनै व्यक्तिले कुनै आय वर्षमा निजको स्वामित्वमा रही व्यवसाय वा लगानीबाट आय आर्जनको लागि प्रयोग गरेको कुनै ह्रासयोग्य सम्पत्तिलाई पहिलो पटक स्वामित्वमा आएको वा प्रयोग भएको समयमा निम्नानुसारको समूह राख्नु पर्नेछ र सो समूहहरुलाई सो वर्षमा उक्त व्यक्तिको ह्रासयोग्य सम्पत्तिहरुको समूह मानिनेछः-
(क) सो व्यक्तिको स्वामित्वमा रहेको वा प्रयोगमा रहेको उस्तै सम्पत्तिहरुको सम्बन्धमा वर्ग “क”, “ख”, “ग” वा “घ” का ह्रासयोग्य सम्पत्ति सोही वर्गका अन्य सम्पत्तिहरुको उही समूहमा।
(ख) वर्ग “ङ” का ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा उही वर्गको सम्पत्तिहरु भए तापनि बेग्लाबेग्लै समूहमा राख्नु पर्छ।
(३) व्यवसायबाट आय आर्जन गर्ने सिलसिलामा प्राकृतिक स्रोतको उत्खनन, खनिज निकाल्ने कार्य तथा सोको विकासको लागि परेको लागत सो आयसँग सम्बन्धित व्यवसायको लागि सम्पत्ति खरिद गर्दाको लागत सरह मानिनेछ।
२. ह्रास खर्चः (१) कुनै पनि व्यक्तिले कुनै आय वर्षमा सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिका समूहहरु बापत यस दफाको उपदफा (२) र (६) बमोजिम गणना गरिएका प्रत्येक समूहमा रहेका सम्पत्तिको सो वर्षमा भएको ह्रास बराबरको खर्च कट्टी गर्न पाउनेछ।
(२) कुनै व्यक्तिले आफ्नो आय वर्षमा समूहमा रहेका सम्पत्तिको ह्रास कट्टीको गणना देहाय बमोजिमको सूत्रको प्रयोग गरी निकाल्नु पर्नेछः-
क $\times$ ख
“क” भन्नाले सो आय वर्षको अन्त्यमा सम्पत्तिको समूहमा रहेको ह्रास आधार रकमलाई जनाउँछ ।
“ख” भन्नाले सो समूहको हकमा लागू हुने यस अनुसूचीको दफा ३ मा उल्लिखित ह्रास कट्टी दरलाई जनाउँछ ।
(३) कुनै आय वर्षको अन्त्यमा वर्ग “क”, “ख”, “ग” वा “घ” मा रहेका ह्रासयोग्य सम्पत्तिको ह्रास आधार रकम देहाय बमोजिमको खण्ड (क) र खण्ड (ख) को योगबाट खण्ड (ग) को रकम घटाई कायम गर्नु पर्नेछ।
तर यसरी घटाइएपछिको रकम शून्यभन्दा कम हुने छैनः–
(क) अघिल्लो वर्षको अन्त्यको सो समूहको ह्रास कट्टी आधार रकमबाट उपदफा (२) र (६) बमोजिम गणना गरिएको सो समूहको ह्रास खर्च कट्टी गरी बाँकी हुने रकम।
(ख) सो वर्षमा सो समूहको ह्रास कट्टी आधार रकममा सो समूहमा थपिएका सम्पत्तिको लागि गरिएको सो समूहमा थप गरेको सो आय वर्षभर यस अनुसूचीको $\Omega$ उपदफा (५) बमोजिमको खर्च वा समूहमा जोडिएको खर्च।
(ग) सो समूहको कुनै सम्पत्तिको सो वर्षमा भएको नि:संग्रहबाट प्राप्त कुनै रकम।
(४) कुनै आय वर्षको अन्त्यमा वर्ग “घ” अन्तर्गतका प्रत्येक ह्रासयोग्य सम्पत्तिको ह्रास कट्टीको आधार रकम देहाय बमोजिमको रकमको कुल योग हुनेछः–
(क) अघिल्लो आय वर्षको अन्त्यमा समूहमा रहेका ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टीको आधार रकम, र
(ख) त्यस आर्थिक वर्षमा सो ह्रास कट्टी आधार रकममा सो समूहभित्रको सम्पत्तिको लागि उपदफा (५) बमोजिम थपिएको रकम।
(५) कुनै व्यक्तिको ह्रासयोग्य सम्पत्तिको कुनै समूहमा समावेश भएको कुनै ह्रासयोग्य सम्पत्तिको लागि गरिएको लागतलाई सम्बन्धित समूहको ह्रास आधार रकममा देहाय बमोजिम जोड्नु पर्नेछः–
$\Omega$ आर्थिक ऐन, २०७५ द्वारा संशोधित।
(क) सो सम्पत्ति यस अनुसूचीको दफा १ बमोजिम समूहमा समावेश गरिने समय वा सो सम्पत्ति प्राप्त गर्न खर्च गरेको समयमध्ये जुन पछि आउँछ सो समयमा निम्न अनुसार गणना गरी पहिलो मान मानी जोड्नु पर्नेछ:–
क/३ $\times$ ख
यस खण्डको प्रयोजनको लागि “क” लाई देहायको अवधिको लागि देहायको मान हुनेछ:–
(अ) आय वर्षको सुरुदेखि पुस मसान्तसम्मको अवधिको अन्त्यको समय तीन हुनेछ, (आ) माघदेखि चैत मसान्त बीचको अवधि दुई हुनेछ, र (इ) वैशाखदेखि आय वर्षको अन्त्य सम्मको अवधि एक हुनेछ ।
“ख” भन्नाले सो लागत रकम जनाउनेछ ।
(ख) लागतको बाँकी भाग पहिलो भाग थप गरिएको आय वर्ष पछिको आय वर्षमा जोडिन्छ तर सो अवधिको बीचमा यस अनुसूचीको दफा ४ को उपदफा (२) बमोजिम उक्त समूह विघटन भएको हुनुहुँदैन।
(६) वर्ग “क”, “ख”, “ग” वा “घ” का समूहको ह्रासयोग्य सम्पत्तिहरुको ह्रास कट्टी आधार रकमबाट यस दफाको उपदफा (२) बमोजिम गणना गरिने ह्रास खर्च कटाउँदा दुई हजार रुपैयाँभन्दा कम भएमा अमोर्टि ह्रास खर्च बापत सो बाँकी रकम सबै गणना गर्नु पर्नेछ।
३. ह्रासको दर: (१) उपदफा (२) को अधीनमा रही यस अनुसूचीको दफा २ को उपदफा (२) मा उल्लिखित प्रत्येक समूहको हकमा लागू हुने ह्रासको दर देहाय बमोजिम हुनेछ:–
वर्ग दर “क” ५ प्रतिशत “ख” २५ प्रतिशत “ग” २० प्रतिशत “घ” १५ प्रतिशत “ङ” सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगअवधिले भाग गरी निकटतम आधा वर्षमा मिलान गरी हुन आउने दर प्रतिशतमा।
(२) यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र ऐनको दफा ११ को उपदफा (रख), (रछ) र (रथ) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग "क", "ख", "ग" र "घ" मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रासकट्टीको दरमा एक तिहाइले थप पाउनेछन्।
(३) कुनै व्यक्तिले आफ्नो व्यावसायिक प्रयोजनको निमित्त आवश्यकपर्ने ऊर्जाशक्ति उत्पादन गर्न पूँजीकृत गरेको सम्पत्तिको पूँजीगत रकमको पचास प्रतिशत सोही वर्ष ह्रास कट्टी बापत कट्टी दाबी गर्न सक्नेछ।
(४) कुनै व्यक्तिले फिस्कल प्रिन्टर र क्यास मेसिन राखी बिल बीजक जारी गर्ने गरेमा त्यस्तो प्रिन्टर तथा क्यास मेसिनमा भएको खर्चको एकमुष्ट रकम ह्रासकट्टी बापत सोही वर्ष दाबी गर्न सक्नेछ।
४. ह्रासयोग्य सम्पत्तिको निसर्गः (१) कुनै व्यक्तिको सो आय वर्षमा व्यवसाय वा लगानीमा प्रयोग भएका ह्रासयोग्य सम्पत्ति वा सम्पत्तिहरूको निसर्गबाट भएको आयको गणना गर्दा खण्ड (ख) भन्दा खण्ड (क) बढी भए यस्तो बढी भएको रकम सो आयमा समावेश गर्नु पर्नेछ।
(क) कुनै व्यक्तिको समूहको “क”, “ख”, “ग” वा “घ” वर्गमा पर्ने कुनै आय वर्षमा निजको सो वर्ष ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त भएका आयहरू,
(ख) निसर्गबाट प्राप्त आयलाई समावेश नगरी यस अनुसूचीको दफा २ को उपदफा (३) बमोजिम समूहको सो वर्षको अन्त्यमा रहेका ह्रास कट्टी आधार रकम।
(२) कुनै व्यक्तिले कुनै आय वर्ष समाप्त हुनुभन्दा अगाडि सो व्यक्तिको ह्रासयोग्य सम्पत्तिको समूहमा रहेका सबै सम्पत्तिहरू निसर्ग गरेमा सो समूह विघटन भएको मानिनेछ र देहाय बमोजिम हुनेछ–
(क) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुने ह्रास कट्टी रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिले सो वर्षको लागि सो बढी भएको रकम प्राप्त गरे सरह मानिनेछ।
क – ख वा
(ख) ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको निम्न सूत्र बमोजिम ह्रास गणना गर्दा हुन आउने रकम समूहको ह्रास कट्टी आधार रकमभन्दा बढी भएमा सो व्यक्तिलाई सो वर्ष सो बढी भएजति खर्च मिनाहा हुनेछ।
ख – क
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागिः–
(१) “क” भन्नाले कुनै व्यक्तिले सो सम्पत्तिको निःसंगतिबाट सो वर्ष प्राप्त गरेको वा प्राप्त गर्ने आम्दानीहरु (इनकमिङ्गस) सम्मन्नु पर्छ।
(२) “ख” भन्नाले खण्ड (अ), (आ) र (इ) को जम्मा रकम सम्मन्नु पर्छः–
(अ) सो वर्षमा समूहको घट्दो प्रणालीको बाँकी मूल्य,
(आ) समूहको ह्रास आधार रकममा जोडिएका सो वर्षका खर्चहरु (आउटगोइङ्गस), र
(इ) समूहको ह्रास आधार रकममा यस अनुसूचीको दफा २ को उपदफा (५) बमोजिम आगामी वर्षमा जोडिने खर्चहरु (आउटगोइङ्गस)।
(३) यस अनुसूचीको प्रयोजनको लागि कुनै आय वर्षमा ह्रासयोग्य सम्पत्तिको समूहको घट्दो प्रणालीको बाँकी रहेको मूल्य भन्नाले निम्नानुसारको रकमलाई जनाउँछः–
(क) समूहको वर्ग “क”, “ख”, “ग” वा “घ” को हकमा, सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो वर्षको लागि सो समूहको यस अनुसूचीको दफा २ को उपदफा (२) र उपदफा (६) बमोजिम गणना गरिएको कुनै ह्रास भए सो घटाएपछि हुने रकम,
(ख) समूहको वर्ग “घ” को सम्बन्धमा सो समूहको अघिल्लो आय वर्षको अन्त्यमा रहेको ह्रास आधार रकमबाट सो व्यक्तिलाई यस अनुसूचीको दफा २ को उपदफा (१) बमोजिम कट्टी गर्न दिइएका विगतका आय वर्षहरुका सबै खर्चहरु घटाएपछि हुने रकम।*
(१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा(२) कुनै असङ्गठित सङ्घ, समिति, संस्था वा समाज वा दर्ता गरिएका वा नगरिएका एकलौटी फर्म र साझेदारी बाहेकको व्यक्तिहरुको समूह वा ट्रष्ट,(३) बीस वा सोभन्दा बढी साझेदारहरु भई प्रचलित कानून बमोजिम दर्ता भए वा नभएको साझेदारी फर्म, अवकाश कोष, सहकारी संस्था, युनिट ट्रष्ट, संयुक्त उद्यम,(४) विदेशी कम्पनी,(५) महानिर्देशकले तोकेको अन्य कुनै विदेशी संस्था।(१) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,<sup>Ω</sup>(२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनुपर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनुपर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क. बमोजिम बुझाउनुपर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भएअनुसार बुझाउनुपर्ने रकम,(३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनुपर्ने रकम,(४) शुल्क तथा ब्याज बापत बुझाउनुपर्ने परिच्छेद–२२ बमोजिमको रकम, र(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नुपर्ने दफा १२९ बमोजिमको जरिबाना रकम।तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साबिकको कर निर्धारणलाई जनाउने छैन।(१) व्यवसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवनः– (क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र (ख) त्यस्तो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा दश वर्षभन्दा बढी बसोबास गरेको, <u>स्पष्टीकरणः</u> यस खण्डको प्रयोजनको लागि "निजी भवन" भन्नाले <sup>✦</sup>भवन, भवनले ओगटेको जग्गा र सो भवनले ओगटेको क्षेत्रफल बराबरको थप जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ।(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,(४) कुनै प्राकृतिक व्यक्तिको दश लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन वा(५) तीन पुस्ताभित्र भएको खरिद, बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति।(१) कर छुट पाउने संस्थाको रूपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकायः– (क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था, (ख) सदस्यहरूले लाभ नलिने गरी सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,(२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल, तर छुट पाउने संस्थाको उद्देश्यअनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा त्यस्तो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक त्यस्तो संस्थाको सम्पत्ति र त्यस्तो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पुर्याएको भए त्यस्तो संस्थालाई यस खण्ड बमोजिम कर छुट हुने छैन।तर यस शब्दले साझेदारी, सङ्गठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन।(१) मृतक व्यक्तिको जायजेथाको सञ्चालनकर्ता वा प्रशासक,(२) लिक्विडेटर, प्रापक वा ट्रष्टी,(३) निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,(४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र(१) साझेदारी, ट्रष्ट वा कम्पनी,<sup>Ω</sup>(२) <sup>⌐</sup>.... जिल्ला समन्वय समिति,<sup>Ω</sup>(३) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह,(४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धिद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय सङ्गठन, वा(५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको <u><sup>Ω</sup>उपखण्ड (१), (२), (३) र (४)</u> मा उल्लेख भएको संस्था वा सङ्गठनको स्थायी संस्थापन।(१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एक वा बढी मध्यस्थ निकायहरुद्वारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा<sup>Ω</sup>(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरे बापतको भुक्तानी, वा<sup>Ω</sup>(२) जमिनबाट समग्र वा आंशिक रूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम।तर यस शब्दले प्राकृतिक श्रोत वापत भएको भुक्तानी वा एकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिले घर बहाल वापत प्राप्त गरेको रकमलाई जनाउने छैन।(२) कुनै एक व्यक्तिबाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले वहन गरेमा,(३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,(४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा।(१) प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा ट्रेडमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने,(२) प्रविधिको ज्ञान प्रदान गर्ने,(४) उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा(५) उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने। तर यस शब्दले प्राकृतिक स्रोत बापतको भुक्तानीलाई जनाउने छैन।(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,(२) रोजगारी वा व्यवसाय। तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिनेछ।(१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्यु सम्बन्धी घटनाका हकमा गरिएको बीमा,(२) बीमित व्यक्ति वा निजको सम्बद्ध व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा, तर बीमाको बीमा सम्झौता कम्तीमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरुमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ।(३) कुनै रकम वा शृङ्खलाबद्ध रकमहरु भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,(४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बीमाको पुनर्बीमा, र(१) प्राकृतिक व्यक्तिको सम्बन्धमा, (क) सामान्य बसोबासको स्थान नेपालमा रहेको, (ख) <sup>◊</sup>........ अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको, वा (ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको।(२) साझेदारी फर्म,(३) ट्रष्टको सम्बन्धमा त्यस्तो ट्रष्ट जुन,– (क) नेपालमा स्थापना भएको, (ख) ट्रष्टको ट्रष्टी आय वर्षमा बासिन्दा व्यक्ति भएको, <sup>υ</sup><u>वा</u> (ग) ट्रष्टलाई आय वर्षमा बासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरुको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरुको माध्यमद्वारा नियन्त्रण गरेको।(४) कम्पनीको सम्बन्धमा त्यस्तो कम्पनी जुन,– (क) नेपालको कानून अन्तर्गत संस्थापित भएको, <sup>υ</sup><u>वा</u> (ख) कुनै आय बर्षमा नेपालमा सो कम्पनीको व्यवस्थापन प्रभावकारी रहेको।<sup>υ</sup>(४क) नेपाल सरकार वा प्रदेश सरकार,<sup>υ</sup>(५) गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति,(६) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय <sup>υ</sup><u>वा</u> स्थानीय सरकारको त्यस्तो निकायको सम्बन्धमा जुन,– (ख) कुनै आय वर्षमा नेपालमा त्यस्तो निकायको व्यवस्थापन प्रभावकारी रहेको।(७) कुनै सन्धि सम्झौता अन्तर्गत स्थापित संस्था वा निकाय, र(८) गैरबासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन।तर यस शब्दले रोजगारीलाई जनाउने छैन।(१) साँवा बाहेक ऋण दायित्व अन्तर्गतको भुक्तानी,(२) छुट, <u><sup>Ω</sup>ऋण दायित्व अन्तर्गतको छुट, प्रिमियम,</u> अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ, र(३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिने भुक्तानीमध्ये ब्याजको रुपमा लिइने दफा ३२ बमोजिमका रकमहरु।तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउने छैन।तर यस शब्दले व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउने छैन।(१) व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिक रुपमा व्यवसाय गर्ने स्थान,(३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी मार्फत वा अन्य प्रकारले प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा(४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरिवेक्षण सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरेको स्थान।(१) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साझेदार,(२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र(३) कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय। तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैनः–(१) कर्मचारी,(२) विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति। (क) कुनै निकाय आफैं वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पूँजी वा मताधिकारको तीस प्रतिशत वा सोभन्दा बढ हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय, (ख) ऋण रकम प्रदान गर्ने कुनै व्यक्तिको कुल सम्पत्तिको कम्तीमा पचास प्रतिशत ऋण रकम प्राप्त गर्ने निकाय, (ग) कुनै अर्को व्यक्तिको बौद्धिक सम्पत्ति अधिकार, प्राविधिक ज्ञान वा व्यावसायिक अधिकारमा अधिकांश वा पूर्ण रूपमा निर्भर भई आय आर्जन गर्ने निकाय, (घ) कुनै व्यक्तिलाई आवश्यक पर्ने नब्बे प्रतिशत वा सोभन्दा बढी कच्चा पदार्थ वा उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय।तर यस शब्दले दर्ता भएको वा नभएको एकलौटी फर्म वा संयुक्त उद्यमलाई जनाउने छैन।तर यस शब्दले व्यापारिक मौज्दातलाई जनाउने छैन।(क) कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति,(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र(ग) कुनै आय वर्षमा अन्तिम रुपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति।(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आय मात्र समावेश भएको,(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटा मात्र रोजगारदाता भएको, र<sup>Ω</sup>(ग) रोजगारदाताले भुक्तानी गरेको औषधी उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दाबी नगरेको।<sup>υ</sup>(क१) औषधी उपचार खर्च बापत दफा ५१ बमोजिम तथा अग्रिम करकट्टी बापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,<sup>✦</sup>(ख) व्यवसायबाट प्राप्त करयोग्य आय तीन लाख रूपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रूपैयाँभन्दा बढी नभएको,(ग) <sup>๐</sup>...............(घ)<sup>๐</sup>.............(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,<sup>✦</sup>(ख) व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपैयाँसम्म र व्यवसायको कारोबार तीस लाख रुपैयाँभन्दा बढी <sup>▣</sup><u>एक करोड रुपैयाँसम्म</u> भएको,(ग)<sup>๐</sup> ................(घ) चिकित्सक, इन्जिनियर, लेखा परीक्षक, कानून व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको।(क) व्यवसाय,(ख) रोजगारी, <sup>◊</sup>.......<sup>Ω</sup>(ग) लगानी, र<sup>υ</sup>(घ) आकस्मिक लाभ।(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय, र(ख) गैर–बासिन्दा व्यक्तिको आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय। तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४ वा दुबै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन।(क) सेवा शुल्क,(ख) व्यापारिक मौज्दातको निःसर्गबाट प्राप्त रकम,(ग) परिच्छेद–८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निःसर्गबाट प्राप्त खुद लाभ,(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त गरेको मानिने रकम,(ङ) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,(च) व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम,(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको भए तापनि त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसँग प्रत्यक्ष रुपमा सम्बन्धित भई प्राप्त गरेको रकम, र(ज) परिच्छेद–६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु।(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरे बापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु बापतको भुक्तानी,(ख) महँगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,(ग) निज वा निजको सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्र्यौंट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाए बापत गरिएका भुक्तानी,(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, र(ज) परिच्छेद–६ वा ७ बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु।(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी,(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्र्यौंट वा सोधभर्नाः– (१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा (२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च।<u>स्पष्टीकरणः</u> यस दफाको प्रयोजनको लागि "भुक्तानी" भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्झनु पर्छः–(क) रोजगारदाताबाट भएको,(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र(ग) रोजगारदाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको।<sup>β</sup>(ङ) सूचना प्रविधि उद्योगमा रोजगारी गरेर पारिश्रमिक बापत प्राप्त हुने स्वेट शेयर बराबरको रकम।(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,(ख) परिच्छेद–८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ,(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निर्सग गर्दा अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरु (आउटगोइङ्गस) सहितको बाँकी मूल्यभन्दा प्राप्त हुने आम्दानीहरु (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरु, र(छ) परिच्छेद–६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरु।(क) दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी, र(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम।(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय <u><sup>Ω</sup>सन्धि वा सम्झौतामा</u> उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,(ख) विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरे बापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम, तर,(१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैरबासिन्दा भएको हुनु पर्नेछ, र(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरु भुक्तानी गरिएको हुनु पर्नेछ।(घ) कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,<sup>Ω</sup>(ङ) नेपाल सरकार, <u><sup>÷</sup>प्रदेश सरकार</u> वा स्थानीय तहबाट सामाजिक सुरक्षाको रुपमा दिइने सबै प्रकारका भत्ता,(च) दफा ७, ८ वा ९ बमोजिम आयको गणना गर्दा समावेश गरिनुपर्ने रकम बाहेक उपहार, इच्छापत्र, अपुताली वा छात्रवृत्तिको रुपमा प्राप्त रकमहरु,(छ) छुट पाउने संस्थाले देहाय बापत प्राप्त गरेको रकमः– (१) चन्दा, उपहार, (२) दफा २ को खण्ड (ध) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित अन्य योगदानहरु, वा (३) <sup>◊</sup>.............(ज) विदेशी राष्ट्रको सेना वा प्रहरी सेवाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तिभरण बापतको रकम।<sup>υ</sup>(झ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको जुनसुकै प्रकारको आय,<sup>β</sup>(झ१) कुनै प्राकृतिक व्यक्तिले आफ्नो स्वामित्वको जग्गा वा निजी भवन नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई निःशुल्क प्रदान गर्दा त्यस्तो जग्गा वा निजी भवनको निःसर्गबाट प्राप्त आय,<sup>β</sup>(झ२) मुनाफा नकमाउने उद्देश्यले विदेशी सरकारको पूर्ण स्वामित्वमा स्थापित वित्तीय संस्थाले नेपालमा ऋण लगानी गरी प्राप्त गरेको ब्याज आय,<sup>υ</sup>(ञ) नेपाल राष्ट्र बैङ्कले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम।<sup>×</sup>(ट) ..........<sup>❈</sup>(ठ) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष (म्युच्युअल फण्ड) ले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम,<sup>β</sup>(ठ१) नेपालमा स्थापना भई सञ्चालनमा रहेको विश्वविद्यालयले आफ्नो उद्देश्य बमोजिम आर्जन गरेको रकम,<sup>❈</sup>(ड) <sup>▣</sup><u>नेपाल सरकारसँग</u> भएको समझदारीपत्रको आधारमा नाफा नकमाउने वा वितरण नगर्ने उद्देश्यले स्थापना भई सञ्चालनमा रहेको शैक्षिक संस्थाले आफ्नो उद्देश्य अनुरुप आर्जन गरेको रकम।(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एक तिहाईले,(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले,(ग) <sup>≜</sup>.................(क) एक सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको असी प्रतिशत, पाँच सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको पचहत्तरतर, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने कर रकममा थप दश प्रतिशत छुट हुने,(ख) अति अविकसित, अविकसित, <sup>■</sup><u>कम विकसित</u> क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो <sup>■</sup><u>उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म</u> उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत, <sup>❈</sup>तर कर्णाली प्रदेश <sup>⁋</sup><u>र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु</u>मा स्थापित सय भन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई कारोबार शुरु गरेको मितिले पन्ध्र बर्षसम्म आयकर छुट हुनेछ।(ग) एक अर्ब रुपैयाँभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने <sup>■</sup><u>विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई</u> कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत, तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी <sup>■</sup><u>दुई अर्ब रुपैयाँ पूँजी पुर्याई तीन सयभन्दा बढीलाई</u> वर्षभरी नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत।(क) हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले दश वर्षसम्म(ख) खण्ड (क) मा उल्लिखित क्षेत्र बाहेकको अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत र त्यसपछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत,(ग) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा लाग्ने करको कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म शत प्रतिशत र त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,(घ) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको पचास प्रतिशत,(क) <sup>▣</sup><u>संवत् २०८४ साल</u> चैत महिनासम्म जलविद्युत, सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्तिले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो दश <sup>▣</sup>तर संवत् २०८५ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका चालिस मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजना र ती आयोजनासँग तादाम्यता (टेन्डम अपरेशन) राखी सञ्चालन गरिने तल्लो तटीय जलविद्युत आयोजनाको हकमा पहिलो पन्ध्र वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म पचास प्रतिशत आयकर छुट पाउने छ।(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ हुँदाका बखत व्यापारिक उत्पादन प्रारम्भ गरिसकेका अनुमतिपत्र प्राप्त व्यक्तिको हकमा अनुमतिपत्र प्राप्त गर्दाको बखतको व्यवस्था कायम रहनेछ।(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,<sup>▣</sup>(ग) विजिनेस प्रोसेस आउटसोर्सिङ्ग, सफ्टवेयर प्रोग्रामिङ्ग, क्लाउड कम्प्युटिङ्ग लगायतका सूचना प्रविधिमा आधारित सेवा <sup>⇔</sup><u>निर्यात</u> गरी सो बापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४।८५ सम्म विदेशी मुद्रामा प्राप्त गरेको आयको हदसम्म लाग्ने करमा पचास प्रतिशत।(क) ट्राम वा ट्रलि बस सञ्चालन गरेमा चालीस प्रतिशत,(ख) रोपवे, केवलकार ,आकासे पुल निर्माण गरी सञ्चालन गरेमा चालीस प्रतिशत,(ग) सडक, पुल ,सुरुङ्ग मार्ग, टनेल, रेल्वे ,विमानस्थल निर्माण गरी सञ्चालन गरेमा पचास प्रतिशत।(क) एक अर्ब रूपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएकोलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रूपमा र त्यसपछिको तीन वर्षसम्म लाग्ने आयकरको दरमा पचास प्रतिशत छुट हुनेछ।(ख) तीन अर्ब रूपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएकालाई कारोबार सुरु गरेको मितिले दश वर्षसम्म पूर्ण रूपमा र त्यसपछिको पाँच वर्षसम्म लाग्ने आयकरको दरमा पचास प्रतिशत छुट हुनेछ।(ग) पाँच अर्ब रूपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएकालाई कारोबार सुरु गरेको मितिले पन्ध्र वर्षसम्म पूर्ण रूपमा छुट हुनेछ ।<sup>≠</sup>(क) "कृषि व्यवसाय" भन्नाले बालीनाली, फलफूल खेती, पशुपंक्षी पालन, मत्स्यपालन र मौरीपालन व्यवसाय सम्झनु पर्छ।<sup>Ω</sup>(ग) "विशेष उद्योग" भन्नाले चुरोट, बिडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला,मुख्य कच्चा पदार्थ सुर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक <sup>■</sup><u>औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७</u> को उपदफा (२) मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योग सम्झनु पर्छ।<sup>Ω</sup>(घ) "लघु उद्यम" भन्नाले <sup>■</sup><u>औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७</u> को उपदफा (१) को खण्ड (क) मा वर्गीकरण गरिएको लघु उद्यम सम्झनु पर्छ।<sup>♠</sup>(ङ) "सूचना प्रविधि उद्योग" भन्नाले टेक्नोलोजी पार्क, सूचना प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ्ग, बिजनेस प्रोसेस आउटसोर्सिङ्ग, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग सम्बन्धी उद्योग सम्झनु पर्छ।(क) सो आय वर्षमा भएका,(ख) सो व्यक्तिबाट भएका, र(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका।(क) कुनै रकम ऋण लिए बापत सो ऋण दायित्व सिर्जना भएकोमा सो रकम सोही वर्ष प्रयोग गरिएको वा सो वर्षमा प्रयोग गरिएका कुनै सम्पत्ति खरिद गर्न प्रयोग गरिएको, वा(ख) अन्य कुनै अवस्थामा सो ऋण दायित्व सिर्जना हुन गएको।(ग) <sup>◊</sup>..............(क) सो निकायको करयोग्य आयको गणनामा समावेश गरिने सो वर्षमा प्राप्त गरेको सबै ब्याज रकम, र(ख) सो निकायबाट प्राप्त गरिएको कुनै ब्याज समावेश नगरी वा सो निकायबाट बुझाइएको कुनै ब्याज कट्टी नगरी गणना गरिएको सो निकायको सो वर्षको <sup>Ω</sup><u>समायोजित करयोग्य आयको</u> पचास प्रतिशत रकम।(क) कर छुट पाउने संस्था र सोसँग सम्बद्ध व्यक्ति,(ख) सो वर्षमा दफा ११ बमोजिम कर छुट पाउने व्यक्ति वा त्यस्तो व्यक्तिसँग सम्बद्ध व्यक्ति,(ग) गैरबासिन्दा व्यक्ति वा गैरबासिन्दा व्यक्तिसँग सम्बद्ध व्यक्ति, वा(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित व्यक्तिहरुको कुनै संयोजन।(क) कुनै आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको शुरु मूल्यमा सो वर्षमा सो व्यवसायबाट प्राप्त गरिएको व्यापार मौज्दातको लागत जोडी हुने रकम,(ख) खण्ड (क) बमोजिमको आय वर्षमा कुनै व्यवसायको व्यापार मौज्दातको अन्तिम मूल्यको रकम।(क) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको लागत, वा(ख) सो आय वर्षको अन्त्यको व्यवसायको व्यापार मौज्दातको बजार मूल्य ।(क) व्यवसायको आय गणना गर्दा नगद आधारमा लेखा राख्ने व्यक्तिको हकमा परल लागत वा खपत लागतको तरिका प्रयोग गरेर, र(ख) व्यवसायको आय गणना गर्दा एक्रुयल आधारमा लेखा राख्ने व्यक्तिको हकमा खपत लागतको तरिका प्रयोग गरेर।(क) खपत लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने।(ख) परल लागत तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत प्रत्यक्ष सामाग्री लागत, प्रत्यक्ष श्रम लागत र कारखानाको परिवर्तनशील शिरोभार लागतको योग बराबर हुने गरी व्यापार मौज्दातको लागत गणना गर्ने।(ख) पहिलो प्राप्ति पहिलो निष्काशन तरिका बमोजिम गणना गर्दा लेखाको सर्वमान्य सिद्धान्त अन्तर्गत पहिले प्राप्त भएको व्यापार मौज्दात पहिले नै निःसर्ग हुन्छ भन्ने आधारमा गणना गर्ने।(क) "प्रत्यक्ष श्रम लागत" भन्नाले व्यापार मौज्दातको उत्पादनसँग प्रत्यक्ष रुपमा सम्बन्धित श्रम लागत सम्झनु पर्छ।(ख) "प्रत्यक्ष सामग्री लागत" भन्नाले व्यापार मौज्दातको अभिन्न अङ्गको रुपमा भएको वा हुने सामग्रीको लागत सम्झनु पर्छ।(ग) "कारखानाको शिरोभार लागत" भन्नाले प्रत्यक्ष श्रम र प्रत्यक्ष सामग्री लागत बाहेक व्यापार मौज्दातको उत्पादन गर्न लागेको कुल लागत सम्झनु पर्छ। <sup>υ</sup>तर कारखानाको शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी बापतको कुनै रकम समावेश हुने छैन।(घ) "परिवर्तनशील कारखाना शिरोभार लागत" भन्नाले व्यापार मौज्दातको उत्पादित परिमाणको परिवर्तनसँगै प्रत्यक्ष रुपमा परिवर्तन हुने कारखाना शिरोभार लागत सम्झनु पर्छ। <sup>υ</sup>तर परिवर्तनशील कारखाना शिरोभार लागतमा मर्मत तथा सुधार र ह्रास कट्टी बापतको कुनै रकम समावेश हुने छैन।(क) साबिकमा जडान भई रहेका संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु पुरानो वा जीर्ण भई काम नलाग्ने हुन गई सोको सट्टा नयाँ संयन्त्रहरु, उपकरणहरु र अन्य मेशिनरीहरु जडान गर्नुपर्ने भएमा यसरी जडान गरेको आय वर्षमा साबिकमा जडान भएका पुरानो वा जिर्ण भई काम नलाग्ने सम्पत्तिको लागतबाट सो आय वर्षसम्मको ह्रास कट्टी घटाउँदा बाँकी हुने मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ।(ख) खण्ड (क) बमोजिम फेरिएका पुराना सम्पत्ति बाहेकका अन्य सम्पत्तिहरुका सम्बन्धमा सो निकायले त्यस्ता आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समयमा सो सम्पत्तिको लागतबाट हस्तान्तरण हुने आय वर्षसम्मको ह्रास कट्टी घटाउँदा मूल्य बाँकी रहन आएमा त्यस्तो बाँकी मूल्य खर्चको रुपमा कट्टी गर्न पाउनेछ।(क) सो व्यक्तिले अन्य कुनै व्यवसायबाट व्यहोर्नु परेको सो वर्षको कुनै कट्टी हुन नपाएको नोक्सानी, रतर सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजना, विद्युत गृह निर्माण, उत्पादन तथा प्रसारण गर्ने आयोजना र नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको हकमा विगत बाह्र वर्षको कट्टी हुन नपाएको नोक्सानी।(क) विगतको आय वर्ष वा वर्षहरुमा पछाडि सारी लैजान पाउने, र(ख) सो वर्ष वा वर्षहरुमा सो दीर्घकालीन करारसँग सम्बन्धित व्यवसायको आयको गणना गर्दा आयतर्फ समावेश हुने रकमहरु खर्चतर्फ समावेश हुने रकमहरुभन्दा बढी भए जतिको हदसम्म मात्र कट्टी हुन नपाएको नोक्सानी मान्न पाउने।(ख) त्यस्ता प्रत्येक करारका लागि सो करारसँग सम्बन्धित वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा कट्टी गरिने खर्चहरु सो करारसँग सम्बन्धित समावेश गरिने रकमभन्दा बढी भएको नोक्सानी।(क) घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च,(ख) यस ऐन बमोजिम बुझाउनुपर्ने कर र कुनै देशको सरकार तथा सोको कुनै पनि स्थानीय निकायलाई कुनै कानून वा सो कानून अन्तर्गत बनेको कुनै नियम, विनियमको उल्लङ्घन गरे बापत बुझाइएको जरिबाना र यस्तै अन्य शुल्क,(ग) दफा १० बमोजिम छुट पाउने रकमहरु प्राप्त गर्न कुनै व्यक्तिबाट खर्च गरिएको हदसम्मका वा अन्तिम रुपमा कर कट्टी गरिएका रकमहरु प्राप्त गर्न गरिएका खर्चहरु,(घ) उपदफा (२) मा लेखिएको भुक्तानी बापतको खर्च,<sup>▪</sup>(घ१) पटके प्रकृतिको तीन हजार रुपैयाँसम्मको ज्याला भुक्तानी बाहेक स्थायी लेखा नम्बर नलिएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च,<sup>▪</sup>(घ२) स्थायी लेखा नम्बर उल्लेख नभएको दुई हजार रुपैयाँभन्दा बढीको बीजक बापतको खर्च, तर व्यावसायिक कारोबार नगर्ने प्राकृतिक व्यक्तिसँग सोझै गरिने कृषिजन्य, वन्यजन्य, पशुजन्य र अन्य घरायसी वस्तुको खरिदमा बिक्रेताले स्थायी लेखा नम्बर लिएको रहेनछ भने पनि त्यस्तो खरिद खर्च मान्य हुनेछ।(ङ) कुनै निकायबाट गरिएको मुनाफाको वितरण, <sup>×</sup>....<sup>↔</sup>(ङ१) बैङ्क मार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक पच्चीस हजार रुपैयाँभन्दा बढीको पारिश्रमिक, वा(च) यस परिच्छेद वा परिच्छेद–६, ७, १०, ११, १२ वा १३ बमोजिम प्रदान गरिएका बाहेक खण्ड <sup>÷</sup><u>खण्ड (क), (ख), (ग), (घ), (घ१), (घ२), (ङ) र (ङ१)</u> मा खर्च कट्टी गर्न नपाउने भनी नभनिएको भए तापनि यस्ता अन्य कुनै रकमहरु।(क) नेपाल सरकार, संवैधानिक निकाय, नेपाल सरकारको स्वामित्व भएको संस्थान वा बैङ्क वा वित्तीय संस्थालाई गरिएको भुक्तानी,(ख) प्राथमिक कृषि पैदावार उत्पादन गर्ने कृषक वा उत्पादकलाई भुक्तानी गर्दा र त्यस्तो पैदावारको प्राथमिक प्रशोधन भइसकेको भए पनि कृषक आफैले प्रशोधन गरी भुक्तानी पाएको भए सो रकम,(ग) अवकाश योगदान वा अवकाश भुक्तानी बापतको भुक्तानी,(घ) बैंकिङ्क सेवाहरु उपलब्ध नभएको स्थानमा गरिएको भुक्तानी,(ङ) बैंकिङ्क सेवा बन्द भएको दिनमा गरिएको भुक्तानी वा नगदमा नै गर्नुपर्ने कुनै अपरिहार्य बाध्यता भएको भुक्तानी, वा(च) भुक्तानी पाउने व्यक्तिको बैङ्क खातामा जम्मा गरिएको रकम।(क) "घरेलु वा व्यक्तिगत प्रकृतिका खर्च" भन्नाले देहायका खर्चहरु सम्झनु पर्छः– (१) कुनै <sup>Ω</sup><u>प्राकृतिक व्यक्तिको निजी खर्च</u>, ऋण लिएकोमा व्यक्तिगत प्रयोग भएको हदसम्मको ऋण बापतको ब्याज समेत देहायका खर्चहरुः– (क) बासस्थान, खाना, खाजा, मनोरञ्जन वा आमोद प्रमोदका अन्य क्रियाकलापहरु उपलब्ध गराउने समेतका प्राकृतिक व्यक्तिको लागि भएका खर्च, (ख) व्यवसाय वा लगानीको सिलसिलामा आवत जावत गर्ने बाहेक प्राकृतिक व्यक्तिले घरबाट व्यवसाय वा लगानी सञ्चालन गरिने स्थानमा आवत–जावत गरे बापतको खर्च, (घ) शिक्षा वा तालिमको लागि गरिएको खर्च। तर कुनै डिग्री वा डिप्लोमा हासिल नहुने किसिमका व्यवसाय वा लगानीसँग प्रत्यक्ष रुपले सम्बन्धित शिक्षाको लागि मात्र गरिएको खर्च कट्टी गर्न पाइनेछ। (२) देहायका अवस्थाहरु तथा सोको हदसम्म बाहेक कुनै व्यक्तिले कुनै प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको सम्बन्धमा लागेका खर्चहरु र तेस्रो व्यक्तिको लागि गरिएको खर्चहरुः– (क) प्राकृतिक व्यक्तिको आयको गणना गर्दा सो भुक्तानीलाई समावेश गरिएको भएमा, (ख) प्राकृतिक व्यक्तिले आफूले पाएको भुक्तानीको बजार मूल्य बराबरको सो व्यक्तिलाई प्रतिफलस्वरुप फिर्ता भुक्तानी गरेको भएमा, (ग) हिसाब राख्न कठिन हुने वा प्रशासनिक रुपले अव्यावहारिक हुने तोकिए बमोजिमका सानातिना रकमको भुक्तानी भएमा।(ख) "बैंकिङ्क सेवा उपलब्ध स्थान" भन्नाले कुनै स्थान विशेषको दश किलोमिटर क्षेत्रभित्र बैंकिङ्क सेवा उपलब्ध भएकोमा सो स्थानलाई बैंकिङ्क सेवा उपलब्ध स्थान सम्झनु पर्छ।<sup>Ω</sup>(ग) "नगद भुक्तानी" भन्नाले बैंक वा वित्तीय संस्था मार्फत प्रतितपत्र, एकाउण्ट पेयी चेक, ड्राफ्ट, धनादेश, टेलिग्राफिक ट्रान्सफर, मनी ट्रान्सफर (हुण्डी) द्वारा बैंक खातामा जम्मा हुने गरी गरिएको भुक्तानी <sup>⁋</sup><u>नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त डिजिटल वालेटको माध्यबाट हुने भुक्तानी</u> र बैंक वा वित्तीय संस्थाबीच अन्य कुनै किसिमबाट गरिएको स्थानान्तरण बाहेकका भुक्तानी सम्झनु पर्छ।(घ) "पूँजीगत प्रकृतिको खर्च" भन्नाले <sup>≠</sup><u>शेयर वा ऋणपत्र निष्काशन गर्दा लागेको खर्च बाहेक देहाय बमोजिम खर्च</u> सम्झनु पर्छः– (२) बाह्र महिनाभन्दा बढी लाभप्रद आयु भएको कुनै सम्पत्ति प्राप्त गर्दा लागेको खर्च, वा (३) दायित्वको निःसर्ग गर्दा लागेको खर्च।(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ।(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ।(क) कुनै अर्को व्यक्तिबाट भएको भुक्तानीको सट्टामा त्यस्तो खर्च समावेश भएको कुनै भुक्तानी गरिएको भएमा देहायको अवस्थामा खर्च व्यहोरेको मानिनेछः– (१) सो व्यक्तिमा सो भुक्तानी गर्ने दायित्व रहेकोमा, <sup>Ω</sup>(२) त्यस्तो दायित्वको मूल्य यथार्थपरक ढङ्गले अनुमान गर्न सकिने भएकोमा। (३) अर्को व्यक्तिबाट भुक्तानी प्राप्त भएकोमा, वा(ख) खण्ड (क) मा उल्लिखित अवस्था बाहेक अन्य सबै अवस्थामा भुक्तानी गरिएको समयमा खर्च व्यहोरेको मानिनेछ।(क) पछि गएर सो व्यक्तिले अवस्था अनुसार सो <sup>Ω</sup><u>रकम फिर्ता</u> गरेमा वा खर्च असुल उपर गरेमा,(ख) प्राप्त गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले सो रकम प्राप्त गर्ने आफ्नो अधिकार छाडिदिएमा वा सो रकम सो व्यक्तिको ऋण दाबी भएको अवस्थामा निजले सो ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा, वा(ग) खर्च गरिएको रकमको लेखा एक्रुयल आधारमा राखिएकोमा पछि गएर सो व्यक्तिले त्यस्तो खर्च गर्ने दायित्व छाडिदिएमा वा सो खर्च ऋण दाबी भएको अवस्थामा जुन व्यक्तिलाई सो ऋण तिर्नुपर्ने हो सो व्यक्तिले ऋण मिनाहा दिएमा।(क) कुनै वित्तीय संस्था वा बैङ्कको ऋण दाबीका हकमा सो ऋण दाबी तोकिएको मापदण्डहरु अनुसार डुबेको ऋणमा परिणत भएमा, र(ख) खण्ड (क) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा भुक्तानी प्राप्त गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अपनाएपछि सो व्यक्ति सो अधिकार वा ऋण दाबी असुल उपर हुन नसक्ने कुरामा मनासिब रुपमा विश्वस्त भएमा।(क) सो करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको, र(ख) सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार बाहेकको प्रतिफल विलम्बित हुने करार।(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई <sup>◊</sup>............ सम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित <sup>◊</sup>.......... सम्पत्तिको बजार मूल्य बराबरको रकम,(ख) देहायका कुरा उपलब्ध गराए बापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकमः– (१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिक रुपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा (२) भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन।(ग) देहायका कुरा उपलब्ध गराए बापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकमः– (१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा, (३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरु,(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नुपर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको ब्याज प्रचलित ब्याज दर अनुसार तिर्नुपर्ने ब्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम, र(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानी बाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतया पाउने फाइदाको मूल्य बराबरको रकम।(क) कुनै व्यवसाय, रोजगारी वा लगानीबाट सो व्यक्तिले प्राप्त गरेको वा प्राप्त हुन सक्ने कुनै आय वा सो आयको गणनामा समावेश हुने कुनै रकम बापतको क्षतिपूर्ति, वा(ख) कुनै व्यवसाय वा लगानीमा सो व्यक्तिलाई भएको वा हुनसक्ने नोक्सानी वा सो व्यक्तिको आयको गणना गर्दा कट्टी हुने खर्च रकम बापतको क्षतिपूर्ति। <sup>υ</sup>तर, (१) बासिन्दा प्राकृतिक व्यक्तिको व्यक्तिगत दुर्घटनाबाट भएको शारीरिक क्षति बापतको क्षतिपूर्ति भुक्तानी रकम आयमा समावेश गर्नुपर्ने छैन र त्यस्तो दुर्घटनाबाट भएको क्षतिको उपचारमा लागेको खर्च दफा ५१ बमोजिम कर मिलान दाबी गर्न पाउने छैन। (२) प्राकृतिक व्यक्तिको मृत्यु बापत प्राप्त हुने क्षतिपूर्तिको रकम आयमा समावेश गर्नुपर्ने छैन।(ख) उपदफा (१) बमोजिमका सबै भुक्तानीहरुको कुल योगबाट पूँजीगत भाग घटाउँदा हुन आउने ब्याज भाग।(क) पट्टा सम्झौतामा पट्टाको बहाली अवधि सकिएपछि स्वामित्वको हस्तान्तरण गरिने वा पट्टा लिने व्यक्तिले पट्टाको अवधि समाप्त भएपछि निश्चित वा पूर्वानुमानित मूल्यमा सो सम्पत्ति खरिद गर्न पाउने विकल्पको व्यवस्था भएको,(ख) पट्टाको अवधि सो सम्पत्तिको उपयोगी आयुको पचहत्तर प्रतिशतभन्दा बढी भएको,(ग) पट्टाको अवधि समाप्त भएपछि सो सम्पत्तिको अनुमानित बजार मूल्य पट्टाको प्रारम्भमा रहेको सो सम्पत्तिको बजार मूल्यको बीस प्रतिशतभन्दा कम भएको,(घ) सम्पत्तिको उपयोगी आयुको अन्तिम पच्चीस प्रतिशत आयुभन्दा अगावै प्रारम्भ हुने पट्टाको हकमा न्यूनतम पट्टा भुक्तानीको वर्तमान मूल्य पट्टाको अवधि प्रारम्भ हुँदाको समयमा सो सम्पत्तिको बजार मूल्यको नब्बे प्रतिशत बराबर वा सोभन्दा बढी भएको, वा(क) कुनै आय, नोक्सानी, रकम वा भुक्तानीको स्रोत र किसिमलाई पुनः चारित्रीकरण गर्न, वा(ख) कुनै व्यवसाय सञ्चालन गर्न कुनै व्यक्तिले मुख्य कार्यालय खर्च लगायत गर्नु परेको विभिन्न खर्चबाट, सम्बद्ध व्यक्ति वा व्यक्तिहरुलाई फाईदा पुग्न गएकोमा त्यस्तो खर्च व्यवसायको कारोबारको तुलनात्मक आधारमा सम्बद्ध व्यक्तिहरु बीच बाँडफाँट गर्न।(क) सूचना प्रविधि सेवा निर्यातको सञ्चालन खर्चमा कम्तीमा पन्ध्र प्रतिशत सञ्चालन मुनाफा दर कायम गरेको,(ख) अन्तर-समूह ऋण (विदेशी मुद्रामा) को ब्याजदर तोकिएको सन्दर्भ दरमा दुइसय देखि चारसय आधार विन्दु थप गरी कायम गरिएको, वा(ग) विभागले तोके बमोजिमका कम मूल्य अभिवृद्धि हुने सेवाको कुल लागतमा बढीमा पाँच प्रतिशत मुनाफा थप गरिएको।(क) प्राप्त गरिने रकम वा गरिने खर्चहरु, वा(ख) कुनै सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिले सो सम्पत्तिबाट प्राप्त गर्ने रकम वा उपभोग गर्ने रकम वा सो सम्पत्तिको स्वामित्व लिए बापत व्यहोरेको खर्च वा दिएको भुक्तानी।(क) कर मुक्ति योजनाको भागको रुपमा गरिएको वा गर्न खोजिएको कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई पुनः चारित्रीकरण गर्न,(ख) कुनै सारभूत आर्थिक असर नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको कुनै भागलाई बेवास्ता गर्न, वा(ग) सारभूततत्व नदेखाउने कुनै प्रबन्ध वा प्रबन्धको भागलाई पुनः चारित्रीकरण गर्न। <u>स्पष्टीकरणः</u> यस दफाको प्रयोजनको लागि "कर मुक्ति योजना" भन्नाले कर दायित्वबाट मुक्ति पाउने वा कर दायित्वमा कमी ल्याउने मुख्य उद्देश्य भएको कुनै प्रबन्ध सम्झनु पर्छ।(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी।(क) सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निःसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र(ग) विगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी।(१) "खुद नोक्सानी" भन्नाले,– (क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र(२) "कट्टी हुन नसकेको खुद नोक्सानी" भन्नाले कुनै व्यवसाय वा लगानीको,– (क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खुद नोक्सानीमध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र (ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिनाहा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ।(क) कुनै सम्पत्तिको सम्बन्धमा देहायका रकमहरु लगायत सो सम्पत्ति प्राप्त गर्दा सो व्यक्तिबाट गरिएका खर्चहरुः– (१) सो सम्पत्तिको निर्माण वा उत्पादन गर्दा लागेको सम्बन्धित खर्च, र <sup>Ω</sup>(२) त्यस्तो सम्पत्ति प्राप्त भएको कारणले त्यस्तो व्यक्तिको आय गणना गर्दा समावेश गरिनुपर्ने कुनै रकम।(ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा निजबाट गरिएको खर्च, र(घ) सो सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्दा र त्यस्तो सम्पत्ति वा दायित्व निःसर्ग गर्दा निजबाट गरिएका आकस्मिक खर्चहरु।(क) निजले दायित्वको सम्बन्धमा दायित्व वहन गर्दा प्राप्त गरेका रकमहरु,(ख) सम्पत्तिको मूल्य परिवर्तन वा न्यून गरी वा दायित्व बृद्धि गरी प्राप्त गरिएका रकमहरु लगायत सम्पत्ति प्राप्त गर्दा वा दायित्व वहन गर्ने सम्बन्धमा निजबाट प्राप्त गरिने रकमहरु, र(ग) सो सम्पत्ति वा दायित्वको निःसर्ग सम्बन्धमा निजले प्राप्त गरेको वा प्राप्त गर्ने रकमहरु। तर यस्तो आम्दानीमा कर छुट पाएको रकम, अन्तिम रुपमा कट्टी हुने <sup>Ω</sup><u>भुक्तानी</u> वा सो व्यक्तिको आय निर्धारण गर्दा आयमा समावेश गरिने रकमहरु समावेश हुने छैनन्।(क) प्राकृतिक व्यक्तिको सम्बन्धमा सो व्यक्तिको मृत्युको तत्काल अघि,(ख) कुनै सम्पत्तिको सम्बन्धमा सो सम्पत्ति बापतका आम्दानीहरुको योग सो सम्पत्ति बापतका खर्चहरुको योगभन्दा बढी भएमा,(ग) ऋण दाबी भएको सम्पत्तिको सम्बन्धमा,– (१) बैङ्क वा वित्तीय संस्थाको ऋण दाबीको सम्बन्धमा तोकिए बमोजिमका मापदण्ड अनुसार खराब ऋण हुन पुगेकोमा, र (२) अन्य कुनै अवस्थामा सो व्यक्तिले ऋण दाबी असुल उपर नहुने भनी मनासिब रुपमा विश्वास गरेकोमा। तर सो ऋण दाबी असुल उपर गर्न सो व्यक्तिले सबै उपयुक्त उपायहरु अवलम्बन गरी सकेको हुन पर्नेछ।(ङ) कुनै निकायको सम्बन्धमा दफा ५७ बमोजिमका अवस्थाहरुमा, र(च) नेपालमा अवस्थित जग्गा जमिन वा भवन बाहेक, सो व्यक्ति गैरबासिन्दा व्यक्ति हुनुभन्दा तत्काल अघि।(क) यो ऐन प्रारम्भ हुँदाका बखत सो व्यक्तिको स्वामित्वमा रहेका कुनै सम्पत्ति बापतका खुद खर्चहरुको रकम सो बखत उक्त सम्पत्तिको प्रचलित बजार मूल्य बराबर मानिनेछ।(ख) यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिको दायित्व बापतका खुद आम्दानीहरु त्यस बखत उक्त दायित्वको प्रचलित बजार मूल्य अनुसारको रकम बराबर मानिनेछ।(क) सम्पत्तिको सम्बन्धमा,– (१) सो व्यक्तिलाई निःसर्ग बापत निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र <sup>Ω</sup>(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोइङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ। (१) सो व्यक्तिलाई निःसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछ, र <sup>Ω</sup>(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खूद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ।(क) सम्पत्ति निःसर्ग गर्ने व्यक्तिलाई निःसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम सो निःसर्गबाट प्राप्त भएको मानिनेछ, र(ख) निःसर्गबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको उपखण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ। तर दफा ४५ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन।(क) सो व्यक्तिले निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएका खुद खर्चहरु बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र(ख) खण्ड (क) बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ ।(क) सो व्यक्तिले सो निःसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निःसर्ग बापत प्राप्त गरेको मानिनेछ, र(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ।(क) सो व्यक्तिले सो सम्पत्तिको निःसर्गबाट सो सम्पत्तिको निःसर्ग हुनु तत्काल अघि सो सम्पत्तिको बजार मूल्य वा सो सम्पत्ति बापत भएको खुद खर्चमध्ये जुन बढी हुन्छ सो रकम प्राप्त गरेको मानिनेछ, र(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ। तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन।<sup>υ</sup>(ग) ऐनको दफा २ को खण्ड (द) को उपखण्ड (५) बमोजिम हस्तान्तरण भई आएको सम्पत्तिको हकमा हस्तान्तरण गर्ने व्यक्तिको लागत नै हस्तान्तरण भई सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।(क) सो निःसर्गको तत्काल अघि सो सम्पत्ति बापत भएको खुद खर्च बराबरको रकम सो निःसर्ग बापत सो व्यक्तिले प्राप्त गरेको मानिनेछ, र(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।(ख) खण्ड (क) मा उल्लेख भए बराबरको रकम हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको लागत परेको मानिनेछ।(क) सो व्यक्तिको सो निःसर्ग बापत बजार मूल्य वा सो निःसर्ग हुनुभन्दा तत्काल अघिको सो दायित्व बापत भएको खुद आम्दानीमध्ये जुन घटी हुन्छ सो रकम बराबर लागत परेको मानिनेछ र(ख) जुन व्यक्तिलाई सो दायित्व हस्तान्तरण गरिएको हो सो व्यक्तिले उक्त दायित्व बराबरको रकम सो दायित्व लिँदाको सम्बन्धमा प्राप्त गरेको मानिनेछ। तर दफा ४३ र ४४ को व्यवस्था लागू हुने अवस्थामा यो व्यवस्था लागू हुने छैन।(क) सो व्यक्तिले उक्त निःसर्गको तत्काल अघि सो दायित्व बापत गरेको खुद आम्दानी बराबरको रकम सो निःसर्गको लागि सो व्यक्तिको लागत परेको मानिनेछ, र(ख) सो सम्बद्ध व्यक्तिले सो दायित्व लिने सम्बन्धमा उक्त रकम बराबरको प्राप्ति गरेको मानिनेछ।(क) निःसर्ग गरिएको व्यावसायिक सम्पत्ति, व्यापार मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध(ख) निःसर्ग गरिएको गैरव्यावसायिक करयोग्य सम्पत्ति वा कुनै लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्ने व्यक्तिबाट हस्तान्तरण गरिएको तत्कालपछिको सम्बद्ध व्यक्तिको व्यावसायिक सम्पत्ति, गैरव्यावसायिक करयोग्य सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापार मौज्दात हुनेछ।(ग) कुनै दायित्वको हकमा सम्बद्ध व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट आय आर्जनका लागि सो सम्बद्ध व्यक्तिलाई सो दायित्व हस्तान्तरण गर्नु पर्नेछ।(घ) हस्तान्तरणको बखतमा सो हस्तान्तरण गर्ने व्यक्ति र सम्बद्ध व्यक्ति बासिन्दा भएको हुनु पर्छ तथा सम्बद्ध व्यक्ति कर छुट पाउने व्यक्ति भएको हुनु हुँदैन।(ङ) सो सम्पत्तिमा निहित स्वामित्व वा सो दायित्वमा निहित भार अवस्था अनुसार कम्तिमा पचास प्रतिशत रहिरहनु पर्नेछ, र(च) अवस्था अनुसार उपदफा (२), (३) वा (५) अनुसारको छनौट लागू गर्न सो व्यक्ति तथा सम्बद्ध व्यक्ति दुवैबाट लिखित रुपमा अनुरोध गर्नु पर्नेछ।(क) सो व्यक्तिले देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम सो निःसर्ग बापत प्राप्त गरेको मानिनेछः– (१) निःसर्ग हुनुभन्दा तत्काल अघि सो सम्पत्ति बापतका खुद खर्च, र (२) सो प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा गरिएको खर्चभन्दा सो निःसर्गबाट प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जति रकम, र(ख) सो व्यक्तिले प्रतिस्थापित सम्पत्ति प्राप्त गर्दा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम खर्च गरेको मानिनेछ।(१) निःसर्ग हुनुभन्दा तत्काल अघि निःसर्ग गरिएको सम्पत्ति बापतका खुद खर्चहरु, र(क) सो व्यक्तिले उपखण्ड (१) मा उल्लिखित रकमबाट उपखण्ड (२) मा उल्लिखित रकम घटाई हुन आउने रकम सो निःसर्ग बापत खर्च गरेको मानिनेछः– (१) निःसर्गको तत्काल अघि सो दायित्व बापतको खुद आम्दानीहरु बापतको रकम, (२) सो प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकमभन्दा सो निःसर्ग गर्दा भएको खर्च बढी भए यस्तो बढी भए जतिको खर्च रकम,(ख) सो व्यक्तिले प्रतिस्थापित दायित्व लिँदा देहाय बमोजिमको रकमहरुको योग बराबरको रकम प्राप्त गरेको मानिनेछः– (१) निःसर्ग हुनुभन्दा तत्काल अघि निःसर्ग गरिएको दायित्व बापतका खुद आम्दानीहरु, र (२) निःसर्ग गर्दा भएको खर्चभन्दा प्रतिस्थापित दायित्व लिँदा प्राप्त गरिएको रकम बढी भए यस्तो बढी भए जतिको रकम।(क) निःसर्ग हुनुभन्दा तत्काल अघि गाभिने सम्पत्ति वा दायित्व बापतका खुद खर्चहरु भएकोमा सो व्यक्तिले, तर यस्तो रकम उक्त गाभिएको दायित्व बापत निजले प्राप्त गरेको रकमभन्दा बढी हुने छैन। (२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार वहन गर्दा उक्त रकम बराबरको रकम खर्च गरेको मानिनेछ।(ख) गाभिने दायित्वको सम्बन्धमा सो दायित्वको निःसर्गको तत्काल अघि गाभिने दायित्व बापत खुद आम्दानीहरु भएकोमा सो व्यक्तिलेः– (१) गाभिने दायित्वको निःसर्ग बापत सो खुद आम्दानी बराबरको रकम खर्च गरेको मानिनेछ। तर गाभिएको सम्पत्तिको हकमा सो सम्पत्ति प्राप्त गर्दा निजले खर्च गरेको रकमभन्दा बढी हुनु हुँदैन। (२) गाभिएको सम्पत्तिको स्वामित्व धारण वा दायित्वको भार ग्रहण गर्दा उक्त रकम बराबरको रकम प्राप्त गरेको मानिनेछ।(क) सो व्यक्तिले कुनै सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने कार्य गरेमा,(ख) सो व्यक्तिबाट पट्टामा दिइएको सम्पत्तिको प्राप्ति गरेमा, र(ग) हस्तान्तरण गरिलिने व्यक्तिबाट जमानत दिइएको दायित्वको हस्तान्तरण भएमा।(ख) अधिकार वा भारहरु अस्थायी वा सांयोगिक भएकोमा सो पहिलो व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निःसर्ग गरेको मानिने छैन। तर अवस्था अनुसार नयाँ सम्पत्ति प्राप्त गरेको वा नयाँ दायित्व लिएको मानिनेछ।(क) एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निःसर्ग गरेमा।(क) उपदफा (२) बमोजिमको रकम उपदफा (३) बमोजिमको सीमाभन्दा बढी भएमा यस्तो बढी भएको रकम, र(ख) सो वर्षमा दफा ३ को खण्ड (क) बमोजिमको व्यक्तिले दाखिला गर्नुपर्ने कर रकम कम भएको कारणले सो व्यक्तिले औषधी उपचार बापत कर मिलान उपयोग गर्न नसक्ने हदसम्मको रकम।(क) निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी, वा(ख) मुनाफाको पूँजीकरण।(क) निकायबाट प्राप्त हुनसक्ने प्रतिफलको सट्टामा हिताधिकारीले उक्त निकायलाई भुक्तानी गरेको रकमभन्दा सो भुक्तानी बढी भएमा, र(ख) सो भुक्तानीमा निम्न रकमहरु समावेश नभएमाः– (१) हिताधिकारीको आयको गणना गर्दा समावेश भएका रकमहरु, (२) वितरणको कारणले बाहेक अन्तिम रुपमा कर कट्टी भएको भुक्तानीहरु।(ख) मुनाफाको पूँजीकरण भएमा।<sup>Ω</sup>(क) कुनै कम्पनीको शेयरवाला वा साझेदारी फर्मको साझेदारलाई लाभांश वितरण गरेमा अन्तिम रुपमा कर कट्टीको विधिले कर लाग्नेछ, र<sup>Ω</sup>(ख) अन्य निकायहरूले वितरण गरेमा कर लाग्ने छैन।(क) प्रचलित कानूनको प्रक्रिया पूरा गरी कुनै निकायले आफ्नो हित खरिद गरेको वा कुनै निकायको विघटन भएको कारणबाट समेत सो निकायमा रहेको हितको खारेजी, मोचन वा समर्थनको सम्बन्धमा त्यस्तो निकायबाट कुनै वितरण गरिएको,(ख) पूर्ण विघटन भएकोमा बाहेक सो निकायको मुनाफाको अंशमा हिताधिकारीहरुको अधिकारको उपयुक्त अनुपातमा वितरणको गणना नभएको वा मनासिब रुपमा हुन नसकेको, र(ग) सो निःसर्ग पछि सो वितरण प्राप्त गर्ने सो हिताधिकारी सो निकायसँग सम्बद्ध व्यक्ति नभएको।(क) सम्पत्ति हस्तान्तरणकर्ताले सो सम्पत्तिको निःसर्ग हुनुभन्दा तत्काल अघिको बजार मूल्य सरहको रकम सो निःसर्गबाट प्राप्त गरेको मानिनेछ, र(ख) सम्पत्ति हस्तान्तरण गरिलिने व्यक्तिको सो सम्पत्ति प्राप्त गर्दा खण्ड (क) मा उल्लेख भए बराबरको रकम लागत परेको मानिनेछ।(क) दायित्व हस्तान्तरणकर्ताको सो दायित्व निःसर्ग हुनुभन्दा तत्काल अघिको बजार मूल्य सरहको रकम सो दायित्व निःसर्ग गर्दा लागत परेको मानिनेछ, र(क) कुल स्वामित्वको एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने <sup>✎</sup><u>शेयरवाला वा साझेदार</u>ले ग्रहण गरेको स्वामित्व, र(ख) कुल स्वामित्वको एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण गर्ने <sup>✎</sup><u>शेयरवाला वा साझेदार</u>मध्ये त्यस्तो निकायको कुल स्वामित्वको एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने <sup>✎</sup><u>शेयरवाला वा साझेदार</u>को सम्बद्ध व्यक्तिले ग्रहण गरेको स्वामित्व।(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न,(ख) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,(ग) स्वामित्वका परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४) <sup>◊</sup>........... बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछ्राडि लैजान,(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा (४) <sup>⌂</sup>..........बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको <sup>Ω</sup><u>दफा २४ को उपदफा (४) बमोजिम</u> सच्याएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा (१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको ऋण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त ऋणलाई डुबेको ऋण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निःसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तन पछि सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,(छ) स्वामित्व परिवर्तन हुनुअघि दफा ६० को उपदफा (२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा(ज) स्वामित्व परिवर्तन हुनुअघि विदेशी आयका सम्बन्धमा दाखिला गरेको करलाई दफा ७१ को उपदफा (३) बमोजिम आगामी वर्षमा सार्न।(क) त्यस्तो निकायको सञ्चित, चालु वा अपेक्षित मुनाफा भएमा,(ख) हित प्राप्त गर्ने कुनै व्यक्तिले त्यस्तो निकायको कुनै हित प्राप्त गर्छ र त्यस्तो हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले त्यस्तो निकायको हालको वा साबिकको हिताधिकारीलाई वा निजको सम्बद्ध व्यक्तिलाई हित प्राप्तिसँग सम्बन्धित भए वा नभए पनि र हित प्राप्तिको समयमा भुक्तानी भए वा नभए पनि कुनै भुक्तानी गरेकोमा,(ग) त्यस्तो भुक्तानी पूर्ण वा आंशिक रूपमा निकायको मुनाफामा प्रतिबिम्बित भएमा, र(घ) त्यस्तो निकायले त्यस्तो हित प्राप्तकर्तालाई लाभांश वितरण गरेकोमा र त्यस्तो लाभांशले पूर्ण वा आंशिक रूपले उक्त मुनाफालाई समावेश गरेमा।(क) हित प्राप्तकर्ता वा निजको सम्बद्ध व्यक्तिले गरेको भुक्तानीलाई सो व्यक्तिले गरेको भुक्तानी नमानी सो निकायले खण्ड (ख) मा उल्लिखित साबिक वा हालको हिताधिकारीलाई लाभांश वितरण गरे सरह मानिनेछ।(ख) सो निकायबाट हित प्राप्तकर्तालाई वितरण गरिएको लाभांश खण्ड (क) मा उल्लिखित लाभांशबाट सो भुक्तानी भनिएको रकम घटाई हुन आउने रकम बराबर भएको मानिनेछ।(क) आयतर्फ यस ऐन बमोजिम समावेश गर्नुपर्ने कुनै अन्य रकमहरुका अतिरिक्त देहायका रकमहरु पनि समावेश गर्नु पर्नेछः– (१) सो व्यक्तिले सो वर्षमा सो व्यवसाय सञ्चालन गरी प्राप्त गरेको पुनर्बीमाको प्रिमियम लगायत बीमाको प्रिमियम बापतको रकम, र (२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापत खण्ड (ख) को उपखण्ड (१) बमोजिमका भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु।(ख) खर्चतर्फ यस ऐन बमोजिम कट्टा गर्न पाउने रकमका अतिरिक्त देहायका रकमहरु पनि कट्टा गर्न पाउनेछः– (२) सो वर्ष वा विगत वर्षमा सो व्यवसायबाट भएको आय गणना गर्दा खण्ड (क) को उपखण्ड (१) बमोजिम समावेश गरिएका सो वर्षमा बीमितलाई फिर्ता दिइएका प्रिमियमहरु।<sup>υ</sup>(३) जोखिम व्यहोर्ने कोषमा राखेको देहाय बमोजिमको रकमको योगः– (क) कुनै वर्षको नाफा नोक्सान हिसाबमा देखाइएको खुद बीमा शुल्कको पचास प्रतिशतसम्मको रकम, र (ख) कुनै वर्षको अन्त्यमा दाबी भुक्तानी बापत बाँकी रकमको एकसय पन्ध्र प्रतिशतसम्मको रकम।(क) देहायका रकमहरु बाहेक यस ऐन बमोजिम समावेश गर्न सकिने अन्य रकमहरु समावेश गर्नेः– (१) सो व्यक्तिले सो व्यवसाय सञ्चालन गर्दा प्रिमियम लगायत बीमा प्रिमियम बापतको रुपमा सो आय वर्षमा प्राप्त गरेको पुन बीमाको रकम, र (२) पुनर्बीमा, जमानत, सुरक्षण वा क्षतिपूर्तिको कुनै करार बापतको खण्ड (ख) को उपखण्ड (१) बमोजिमको भुक्तानीबाट सो वर्षमा प्राप्त रकमहरु। (१) कुनै व्यक्तिले बीमकको हैसियतमा उक्त व्यवसाय सञ्चालन गर्दा गरेको भुक्तानीहरु, र <sup>Ω</sup>(२) बीमितलाई फिर्ता भएको खण्ड (क) को उपखण्ड (१) मा उल्लिखित प्रिमियम ।(क) बासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमित उपर अन्तिम रुपमा हुने कर कट्टीद्वारा कर लगाइनेछ, र(ख) गैरबासिन्दा व्यक्तिले त्यस्तो रकम भुक्तानी गरेको अवस्थामा बीमितको आयमा सो रकम समावेश गरी गणना गर्नु पर्नेछ।(क) सो कोषमा प्राप्त योगदान सो कोषको आम्दानी हुने छैन र त्यस्ता योगदानलाई गणनामा समावेश गरिने छैन।(ख) अवकाश भुक्तानीहरु सो कोषको खर्च हुने छैन र त्यस्ता भुक्तानीलाई आयको गणना गर्दा कट्टी गर्न पाईने छैन।(ग) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित सो कोषको दायित्व हुने छैन।(ख) सो कोषबाट स्वीकृत अवकाश कोषको रुपमा स्वीकृति प्राप्त गरेको मितिदेखि मान्यता समाप्त भएको मितिसम्मको अवधि बीच सो कोषले भुक्तानी दिएको सबै अवकाश भुक्तानी रकम।(क) सो कोषमा रहेको हित बापत सो कोषले गरेका अवकाश भुक्तानीहरुलाई आयमा समावेश गर्नु पर्नेछ, र(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि यदि त्यस्तो भुक्तानी एकमुष्ठ रुपमा गरिएको छ भने यसरी गरिएको भुक्तानी रकमबाट सो भुक्तानी रकमको पचास प्रतिशत वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम घटाई हुने भुक्तानीलाई सो प्राकृतिक व्यक्तिको गैरव्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ मानिनेछ। <sup>×</sup>......(क) बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रुपमा हुने कर कट्टीको रुपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ, र(ख) गैरबासिन्दा व्यक्तिले रकम भुक्तानी गरेकोमा सो हिताधिकारीको आय गणना गर्दा सो रकम समावेश गर्नु पर्नेछ।