प्रमाणीकरण र प्रकाशित मिति
२०८१।०४।०१
संशोधन
१. भन्सार (पहिलो संशोधन) नियमावली, २०८३ — २०८३।०२।१५
२. आर्थिक ऐन, २०८३ — २०८३।०३।३०
संवत् २०८१ सालको ऐन नं. ०७
प्रस्तावनाः नेपालबाट निकासी हुने र नेपालभित्र पैठारी हुने वस्तुमा भन्सार महसुल लगाउने र असुल गर्ने तथा भन्सार बिन्दुबाट वस्तु निकासी वा पैठारी गर्दा नेपाल सरकारलाई बुझाउनु पर्ने महसुल सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,
संघीय संसदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम "भन्सार महसुल ऐन, २०८१" रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "करमुक्त पसल" भन्नाले बैङ्क जमानत सुविधामा पैठारी गरिएको वस्तु कूटनीतिक सुविधा वा महसुल सुविधाप्राप्त व्यक्तिलाई बिक्री गर्न वा अन्तर्राष्ट्रिय उडानको क्याटरिङ्ग वा त्यस्तो उडानको करमुक्त पसलमा बिक्रीको लागि सम्बन्धित हवाई कम्पनीलाई बिक्री गर्न नेपाल सरकारले स्वीकृति दिएको पसल सम्झनु पर्छ।
(ख) "कूटनीतिक सुविधा" भन्नाले नेपाल पक्ष भएको सन्धि वा सम्झौता बमोजिम कुनै वस्तु जाँच नगरी र महसुल नलिई लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा वा सहुलियत सम्झनु पर्छ।
(ग) "जाँचपास" भन्नाले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम कार्यालय वा भन्सार वेयरहाउसबाट
कुनै वस्तु निकासी वा पैठारी गर्न वा भन्सार क्षेत्र बाहिर लैजान भन्सार अधिकृतले दिएको अनुमति सम्झनु पर्छ।
(घ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ङ) "निकासी" भन्नाले नेपालबाट विदेशी मुलुकमा वस्तु पठाउने काम सम्झनु पर्छ।
(च) "पैठारी" भन्नाले विदेशी मुलुकबाट नेपालभित्र वस्तु ल्याउने काम सम्झनु पर्छ।
(छ) "बैङ्क जमानत" भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्ताले वस्तु निकासी वा पैठारी गर्दा बुझाउनु पर्ने महसुल निजले नबुझाएमा आफूले तिरिदिने गरी प्रचलित कानून बमोजिम बैङ्किङ्ग कारोबार गर्न इजाजतप्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाले भन्सार कार्यालयलाई दिने जमानत सम्झनु पर्छ।
(ज) "बैङ्क जमानत सुविधा" भन्नाले कुनै निकासीकर्ता वा पैठारीकर्तालाई बैङ्क जमानतको आधारमा वस्तु निकासी वा पैठारी गर्न पाउने गरी प्रदान गरिएको सुविधा सम्झनु पर्छ।
(झ) "भन्सार अधिकृत" भन्नाले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिमको भन्सार अधिकृत सम्झनु पर्छ।
(ञ) "भन्सार कार्यालय" भन्नाले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिमको भन्सार कार्यालय सम्झनु पर्छ।
(ट) "भन्सार महसुल" भन्नाले निकासी वा पैठारी गरिने वस्तुमा यस ऐन बमोजिम लाग्ने भन्सार महसुल सम्झनु पर्छ।
(ठ) "भन्सार मूल्य" भन्नाले भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि निकासी वा पैठारी गरिने वस्तुको भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम निर्धारण गरिएको मूल्य सम्झनु पर्छ।
(ड) "मन्त्रालय" भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ।
(ढ) "महसुल" भन्नाले निकासी वा पैठारी गरिने वस्तुमा यस ऐन बमोजिम लाग्ने भन्सार महसुल सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिम लिइने कर, शुल्क वा सेवा दस्तुरलाई समेत जनाउँछ।
(ण) "महसुल सुविधा" भन्नाले कुनै वस्तु महसुल नलिई र वस्तु जाँच गरी वा नगरी लगत मात्र राखी निकासी वा पैठारी गर्न दिइने सुविधा सम्झनु पर्छ।
(त) "महानिर्देशक" भन्नाले भन्सार विभागको महानिर्देशक सम्झनु पर्छ।
(थ) "वस्तु" भन्नाले मुद्रा लगायत जुनसुकै प्रकारको चल वस्तु वा सम्पत्ति सम्झनु पर्छ।
(द) "व्यक्ति" भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्तिलाई समेत जनाउँछ।
(ध) "विभाग" भन्नाले भन्सार विभाग सम्झनु पर्छ।
(न) "विलम्ब शुल्क" भन्नाले दफा २२ बमोजिम वस्तुको धनीले नेपाल सरकारलाई तिर्नु वा बुझाउनु पर्ने विलम्ब शुल्क (डिमरेज) सम्झनु पर्छ।
(प) "हार्मोनाइज्ड प्रणाली" भन्नाले विश्व भन्सार सङ्गठनले प्रतिपादन गरेको हार्मोनाइज्ड वस्तु वर्गीकरण तथा सङ्केतीकरण प्रणाली (हार्मोनाइज्ड कमोडिटी डिस्क्रिप्सन एण्ड कोडिङ्ग सिष्टम) सम्झनु पर्छ।
३. भन्सार महसुल लाग्नेः निकासी वा पैठारी हुने प्रत्येक वस्तुमा यस ऐन बमोजिम भन्सार महसुल लाग्नेछ।
४. वस्तुको वर्गीकरणः (१) यस ऐनको प्रयोजनको लागि निकासी वा पैठारी हुने वस्तुलाई हार्मोनाइज्ड प्रणाली बमोजिमको परिच्छेद, भाग, शीर्षक र उपशीर्षकमा वर्गीकरण गरिनेछ।
(२) उपदफा (१) बमोजिम पैठारी हुने वस्तुको वर्गीकरण गर्दा पाँच वटा महल र निकासी हुने वस्तुको वर्गीकरण गर्दा चार वटा महल भएको तालिकामा गरिनेछ।
(३) उपदफा (२) बमोजिम वस्तुको वर्गीकरण गर्ने प्रयोजनको लागि महल १ मा उल्लेख भएको चार अङ्कले शीर्षक, महल २ मा उल्लेख भएको आठ अङ्कले उपशीर्षक र महल ३ मा उल्लेख भएको वस्तुको विवरणले त्यस्तो शीर्षक वा उपशीर्षकमा पर्ने वस्तुलाई जनाउनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको प्रयोजनको लागि आवश्यकता अनुसार छ अङ्कको उपशीर्षक समेत प्रयोग गर्न सकिनेछ।
(५) नेपाल सरकारले हार्मोनाइज्ड प्रणालीको आधारमा आवश्यकता अनुसार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वस्तु वर्गीकरणको शीर्षक वा उपशीर्षकको अङ्क वा वस्तुको विवरणमा परिवर्तन गर्न सक्नेछ।
तर त्यसरी परिवर्तन गर्दा निकासी वा पैठारी हुने वस्तुमा लाग्ने महसुल दर वा रकममा फरक पर्ने गरी परिवर्तन गर्न पाइने छैन।
(६) यस ऐन बमोजिम वस्तुको शीर्षक वा उपशीर्षकको प्रयोग गर्दा अङ्कहरूको बीचमा भएको बिन्दु वा थोप्लोलाई महत्त्व दिइने छैन।
५. वस्तुको वर्गीकरण तथा सङ्केतीकरण गर्ने नियमः दफा ४ बमोजिम वस्तुको वर्गीकरण गर्दा अनुसूची-१ मा उल्लिखित हार्मोनाइज्ड प्रणालीको व्याख्या सम्बन्धी सामान्य नियमहरू बमोजिम गर्नु पर्नेछ।
६. निकासीमा लाग्ने भन्सार महसुल दरः (१) निकासी हुने वस्तुमा अनुसूची-२ को महल ४ बमोजिमको दरमा भन्सार महसुल लाग्नेछ।
(२) उपदफा (१) बमोजिमको महसुल दरको सम्बन्धमा महल ४ मा कुनै वस्तुमा निश्चित परिमाणमा निश्चित रकम महसुल लाग्ने उल्लेख भएकोमा सोही बमोजिम र सो बाहेक सो महलमा उल्लेख भएको अङ्कले सम्बन्धित वस्तुको भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम निर्धारण भएको भन्सार मूल्यमा लाग्ने महसुल दरको प्रतिशतलाई बुझाउनेछ।
(३) उपदफा (१) बमोजिम भन्सार महसुल लगाउने भनी उल्लेख भएको उपशीर्षकमा पर्ने वस्तु बाहेक अन्य वस्तु निकासी गर्दा भन्सार महसुल लाग्ने छैन।
(४) यस दफामा लेखिएको कुनै कुराले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने थप महसुल, शुल्क वा जरिबाना असुल गर्न बाधा पर्ने छैन।
७. पैठारीमा लाग्ने भन्सार महसुल दरः (१) पैठारी हुने वस्तुमा अनुसूची-३ को महल ५ मा उल्लेख भएको दरमा भन्सार महसुल लाग्नेछ।
(२) उपदफा (१) बमोजिमको भन्सार महसुल दरको सम्बन्धमा महल ५ मा कुनै वस्तुमा निश्चित परिमाणको लागि निश्चित रकम महसुल लाग्ने भन्ने उल्लेख भएकोमा सोही बमोजिम र सो बाहेक सो महलमा उल्लेख भएको अङ्कले सम्बन्धित वस्तुको भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम निर्धारण भएको भन्सार मूल्यमा लाग्ने भन्सार महसुल दरको प्रतिशतलाई बुझाउनेछ।
(३) अनुसूची-३ को कुनै उपशीर्षकमा पर्ने वस्तुको विवरणसँगैको महल ५ मा "माफी" शब्द उल्लेख भएको उपशीर्षकमा पर्ने वस्तुमा भन्सार महसुल लाग्ने छैन।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारी भन्सार महसुल दर सम्बन्धमा अनुसूची-४ मा उल्लेख भएको व्यवस्थाको हकमा सोही बमोजिम हुनेछ।
(५) अस्थायी पैठारी गर्ने सवारी तथा ढुवानीका साधन, मेशिनरी र यन्त्र उपकरणमा लाग्ने शुल्क तथा जरिबाना सम्बन्धी अन्य व्यवस्था अनुसूची-५ बमोजिम हुनेछ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनका लागि "अस्थायी पैठारी" भन्नाले तोकिएको सर्तको अधिनमा रही पछि फिर्ता गर्नेगरी कुनै वस्तु पैठारी गर्ने कार्य सम्झनु पर्छ।
(६) अस्थायी पैठारी भएको वस्तु फिर्ता लैजानु पर्नेछ र त्यस्तो वस्तु फिर्ता लैजाने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
(७) यस दफामा लेखिएको कुनै कुराले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने थप महसुल, शुल्क वा जरिबाना असुल गर्न बाधा पर्ने छैन।
८. कृषि सुधार शुल्क लाग्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची-६ मा उल्लिखित उपशीर्षकमा पर्ने वस्तु भारत वा चीनको तिब्बतबाट स्थलमार्ग हुँदै पैठारी भएमा त्यस्तो वस्तुमा सोही अनुसूचीमा उल्लेख भए बमोजिम कृषि सुधार शुल्क लाग्नेछ।
(२) उपदफा (१) बमोजिम कृषि सुधार शुल्क लाग्ने वस्तुमा भन्सार महसुल लाग्ने छैन।
९. पैठारीको अवस्थामा महसुल असुल गरिनेः यस ऐन बमोजिम लाग्ने भन्सार महसुल र कृषि सुधार शुल्कको अतिरिक्त पैठारी हुने वस्तुमा प्रचलित कानून बमोजिम पैठारीको अवस्थामा लाग्ने भनी उल्लेख भएको अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, आयकर, अन्य कर, महसुल, शुल्क वा दस्तुर भन्सार कार्यालयले असुल गर्नेछ।
१०. निकासी भएको वस्तु पुनः पैठारी गरेमा महसुल लाग्नेः (१) नेपालमा उत्पादन वा तयार भई निकासी भएको वस्तु पुनः पैठारी गर्दा त्यस्तो वस्तुमा विदेशी मुलुकमा उत्पादन वा तयार भएको त्यस्तै प्रकारको वा त्यति नै मूल्य पर्ने वस्तु पैठारी गरे सरह महसुल लाग्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको वस्तुमा भन्सार महसुल लाग्ने छैनः-
(क) हुलाकमार्फत पुलिन्दाबाट निकासी भएको तर सम्बन्धित व्यक्तिलाई बुझाउन नसकी फिर्ता आएको, वा
(ख) भन्सार कार्यालयबाट जाँचपास भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित व्यक्तिले लिन अस्वीकार गरी फिर्ता आएको, वा
(ग) दुर्घटना वा प्राकृतिक विपद्को कारण गुणस्तर कायम रहन नसकी फिर्ता आएको।
(३) उपदफा (२) बमोजिम फिर्ता आएको वस्तुको उत्पादनमा प्रयोग भएको कच्चापदार्थ पैठारी गर्दा महसुल नतिरी पैठारी भएको रहेछ भने त्यस्तो कच्चापदार्थमा लाग्ने महसुल असुल गरिनेछ।
११. सम्झौता अन्तर्गत पैठारी हुने वस्तुमा लाग्ने भन्सार महसुलः (१) दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता अन्तर्गत पैठारी हुने वस्तु देहाय बमोजिम पैठारी भएमा अनुसूची-३ को महल ४ बमोजिम भन्सार महसुल लाग्नेछः-
(क) त्यस्तो वस्तु सम्झौताको पक्षराष्ट्रमा उत्पादन भई सोही राष्ट्रमा भुक्तानी हुने गरी प्रतीतपत्र खोली सोही राष्ट्रको उत्पादक वा निजको आधिकारिक वितरकबाट बीजक जारी भएको,
(ख) त्यस्तो राष्ट्रको आधिकारिक निकायबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र सहित पैठारी भएको, र
(ग) पैठारीकर्ताले पेस गरेको कागजात वा विवरणमा उल्लेख भएको वस्तुसँग सम्बन्धित उपशीर्षक अनुसूची-३ को महल २ मा उल्लेख भएको सोही वस्तुसँग सम्बन्धित उपशीर्षकको अघिल्ला छ अङ्कहरू समान भएको।
(२) उपदफा (१) बमोजिमको सर्त पूरा नहुने गरी पैठारी भएको वस्तुमा दफा ७ बमोजिम भन्सार महसुल लाग्नेछ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वस्तु वर्गीकरणको एउटै उपशीर्षकमा पर्ने वस्तुको हकमा अनुसूची-३ को महल ४ मा भन्दा महल ५ मा भन्सार महसुल दर कम रहेछ भने महल ५ बमोजिमको दरमा भन्सार महसुल लाग्नेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता अन्तर्गत नेपाल सरकारको संवेदनशील सूचीमा परेको अनुसूची-७ बमोजिमको उपशीर्षकमा पर्ने वस्तु सार्क मुलुकका गैरकमविकसित तथा कम विकसित मुलुकबाट पैठारी हुँदा यस दफाको व्यवस्था लागू हुने छैन।
१२. पैठारी हुने वस्तुको महसुल गणनाः पैठारी हुने वस्तुमा परिमाणको आधारमा लाग्ने महसुल बाहेक मूल्यको प्रतिशतको आधारमा लाग्ने महसुल गणना गर्दा देहाय बमोजिम गणना गरिनेछः-
(क) वस्तुको भन्सार मूल्यमा भन्सार महसुल दर बमोजिम लाग्ने भन्सार महसुल,
(ख) अन्तःशुल्कको गणना गर्दा वस्तुको भन्सार मूल्यमा खण्ड (क) बमोजिमको भन्सार महसुल जोड्दा आउने रकममा अन्तःशुल्कको दर बमोजिम लाग्ने अन्तःशुल्क,
तर परिमाणको आधारमा भन्सार महसुल लाग्ने वस्तुमा यस खण्ड बमोजिम अन्तःशुल्कको गणना गर्दा वस्तुको मूल्यमा सो भन्सार महसुल समेत जोडेर आउने रकममा अन्तःशुल्कको दर बमोजिम अन्तःशुल्क लाग्नेछ।
(ग) मूल्य अभिवृद्धि कर तथा खण्ड (क) र (ख) बाहेकको अन्य महसुल, कर, दस्तुर वा शुल्कको गणना गर्दा वस्तुको भन्सार मूल्यमा लाग्ने दर बमोजिमको महसुल, कर, दस्तुर वा शुल्क,
(घ) मूल्य अभिवृद्धि करको गणना गर्दा वस्तुको भन्सार मूल्यमा खण्ड (क), (ख) र (ग) बमोजिम लाग्ने सम्पूर्ण रकम जोड्दा आउने रकममा मूल्य अभिवृद्धि करको दर बमोजिम लाग्ने मूल्य अभिवृद्धि कर।
तर दफा २२ बमोजिमको विलम्ब शुल्क र भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम लाग्ने जरिबाना रकम मूल्य अभिवृद्धि कर प्रयोजनको लागि जोडिने छैन।
१३. कूटनीतिक सुविधा वा महसुल छुट तथा सुविधा दिइनेः (१) नेपाल सरकार पक्ष भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौता बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने व्यक्तिलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा तोकिए बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिइनेछ।
(२) वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा उपयोग गर्ने इन्धन, हवाईजहाजको इन्जिन, पार्टपुर्जा, यन्त्र उपकरण, उडानमा खपत हुने खाद्य सामग्री तथा पेय पदार्थमा तोकिए बमोजिम मन्त्रालयले पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्नेछ।
(३) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको वस्तुमा पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ।
(४) वैदेशिक ऋण वा सहायतामा सञ्चालन गरिने आयोजनाको लागि त्यस्तो आयोजना वा त्यस्तो आयोजनाको ठेकेदारको नाममा पैठारी हुने वस्तुमा नेपाल सरकारले पूर्ण वा आंशिक रुपमा भन्सार महसुल छुट दिन सक्नेछ।
(५) नेपालको कुनै भागबाट विदेशको बाटो प्रयोग गरी पुनः नेपालभित्र ल्याइने वस्तुमा वा विदेशबाट नेपालको बाटो प्रयोग गरी पुनः विदेश पठाइने वस्तुमा βतोकिए बमोजिमको अधिकारीले महसुल सुविधा दिन सक्नेछ।
(६) नेपाल सरकारले सम्झौता गरे बमोजिमको वा नेपाल सरकारले तोके बमोजिमको राहत सामग्रीको पैठारीमा लाग्ने भन्सार महसुल मन्त्रालयले छुट दिन सक्नेछ। त्यसरी भन्सार महसुल छुट दिँदा छुट दिइएको वस्तुको विवरण र छुट पाउने अवधि समेत खुलाउनु पर्नेछ।
(७) तोकिएको न्यूनतम मूल्यभन्दा कम मूल्यको वस्तुमा भन्सार महसुल नलाग्ने गरी मन्त्रालयले निर्धारण गरे बमोजिम छुट दिन सक्नेछ।
(८) हुलाक पुलिन्दाबाट पैठारी हुने वा निकासी हुने तोकिए बमोजिमको वा तोकिएको मूल्यसम्मको वस्तुमा मन्त्रालयले भन्सार महसुल छुट दिन सक्नेछ।
(९) कुनै वस्तुमा तोकिए बमोजिम न्यूनतम भन्सार महसुलभन्दा कम भन्सार महसुल लाग्ने भएमा त्यस्तो भन्सार महसुल असुल नगर्ने गरी छुट दिन सकिनेछ।
१४. बैङ्क जमानतमा पैठारी गर्न दिन सक्नेः (१) नेपाल सरकारले कुनै व्यक्तिलाई कुनै वस्तु पैठारी गर्दा त्यस्तो वस्तुमा लाग्ने महसुल बापतको रकम बैङ्क जमानत लिई पैठारी गर्ने सुविधा दिन सक्नेछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(२) कुनै उद्योगले वस्तु उत्पादन गरी निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने प्रयोजनको लागि पैठारी गर्ने βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)मा लाग्ने महसुल बापतको रकम तोकिएको सर्त बमोजिम बैङ्क जमानत राखी पैठारी गर्न चाहेमा त्यस्तो उद्योगलाई तोकिए बमोजिम बैङ्क जमानतको सुविधा प्रदान गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम बैङ्क जमानतमा पैठारी गरेको βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)बाट उत्पादित वस्तु तोकिएको सर्त बमोजिम निकासी नगरेमा वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री नगरेमा त्यस्तो βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरी असुल गरिनेछ।
(४) एकभन्दा बढी भन्सार कार्यालयबाट नियमित रूपमा वस्तु पैठारी गर्ने पैठारीकर्ताको हकमा एकल बैङ्क जमानतबाट वस्तु पैठारी गर्न सक्ने गरी भन्सार अधिकृतले तोकिए बमोजिम बैङ्क जमानत स्वीकार गर्न सक्नेछ।
(५) नेपाल सरकारले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम करमुक्त पसल सञ्चालनको अनुमति पाएको व्यक्तिलाई तोकिए बमोजिम कुनै वस्तु पैठारी गर्दा तोकिएको सर्त पालना गर्नु पर्ने गरी त्यस्तो वस्तुमा लाग्ने महसुल बापतको रकम बैङ्क जमानत लिई पैठारी गर्ने सुविधा दिन सक्नेछ।
(६) उपदफा (५) बमोजिम बैङ्क जमानतमा पैठारी गरेको वस्तु तोकिएको सर्त बमोजिम परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री नगरेमा त्यस्तो वस्तु पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरी असुल गरिनेछ।
(७) यस दफा बमोजिम पैठारी गर्ने सुविधा दिँदा भन्सार अधिकृतले त्यसरी पैठारी गर्दा लाग्ने भन्सार महसुलको अतिरिक्त उपदफा (३) वा (६) बमोजिम निजलाई लाग्न सक्ने थप महसुल रकमको समेत बैङ्क जमानत लिनु पर्नेछ।
(८) यस दफा बमोजिम बैङ्क जमानत पेस गर्ने, प्रयोग गर्ने र फुकुवा गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१५. नगद धरौटी राखी कच्चापदार्थ पैठारी गर्न सकिनेः (१) कुनै उद्योगले आफूले गरेको उत्पादन बैङ्किङ्ग प्रणालीमार्फत भुक्तानी पाउने गरी निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा लाग्ने महसुल तोकिए बमोजिम नगद धरौटी राखी पैठारी गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम नगद धरौटी राखी पैठारी गरेको βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)बाट उत्पादित वस्तु तोकिए बमोजिम निकासी गरेपछि वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेपछि मात्र तोकिए बमोजिम त्यस्तो नगद धरौटी फिर्ता गरिनेछ।
(३) उपदफा (१) बमोजिम नगद धरौटी राखी पैठारी गरेको βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)बाट उत्पादित वस्तु तोकिए बमोजिम निकासी नगरेमा वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री नगरेमा सो धरौटी रकम सम्बन्धित राजस्व खातामा जम्मा गरी त्यस्तो वस्तुमा त्यस्तो कच्चापदार्थ पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलको पन्ध्र प्रतिशत रकम थप असुल गरिनेछ।
१६. विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई सुविधा दिइनेः (१) प्रचलित कानून बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले पैठारी गर्ने वस्तुमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिसमा देहाय बमोजिम सुविधा प्रदान गरिनेछः-
(क) आफ्ना मजदुर तथा कर्मचारीको परिवहनको लागि उद्योगको नाममा पैठारी हुने एक थान बस र वस्तु ढुवानी गर्ने दुई थान ढुवानीको साधनमा एक पटकको लागि एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने गरी बाँकी भन्सार महसुल छुट दिने,
तर त्यसरी भन्सार महसुल छुटमा पैठारी गरिएको बस तथा ढुवानीको साधन दश वर्ष नपुगी नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गरेमा प्रचलित कानून बमोजिम पूरै महसुल लाग्नेछ।
(ख) निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरिने वस्तु उत्पादन गर्न आवश्यक पर्ने βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
पैठारी गर्दा तोकिएको सर्त बमोजिम लाग्ने महसुल बराबरको बैङ्क जमानत लिई पैठारी गर्न दिने,
(ग) उद्योगलाई आवश्यक पर्ने प्लान्ट, मेशिनरी, यन्त्र उपकरण तथा तिनका पार्टपुर्जा पैठारी गर्दा लाग्ने महसुल बराबरको बैङ्क जमानत लिई पैठारी गर्न दिने,
(घ) खण्ड (ग) बमोजिम पैठारी गरिएको प्लान्ट, मेशिनरी, यन्त्र उपकरण तथा पार्टपुर्जा उद्योगमा जडान गरी सञ्चालनमा आएको व्यहोरा विशेष आर्थिक क्षेत्र प्राधिकरणबाट लेखी आएपछि सम्बन्धित भन्सार कार्यालयले त्यस्तो बैङ्क जमानत फुकुवा गरिदिने,
(ङ) पैठारी गरिएको βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)बाट उत्पादन गरिएको वस्तु एक वर्षभित्र निकासी गरेको वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको प्रमाण सहित खण्ड (ख) बमोजिम राखिएको बैङ्क जमानत फुकुवाको लागि βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरेको मितिले एक वर्षभित्र विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिस सहित लेखी आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो जमानत फुकुवा गरिदिने।
(२) कुनै पैठारीकर्ताले पैठारी गरेको वस्तु विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)को रूपमा तोकिए बमोजिम बिक्री गरेमा निजले त्यस्तो वस्तु पैठारी गर्दा भन्सार महसुल तिरेको रहेछ भने भन्सार कार्यालयले त्यस्तो भन्सार महसुल तोकिए बमोजिम फिर्ता दिनेछ।
(३) विशेष आर्थिक क्षेत्र बाहिर रहेको कुनै उद्योगले उत्पादन गरेको तयारी वस्तु विशेष आर्थिक क्षेत्रभित्र स्थापित उद्योगलाई बिक्री गरेमा सो बिक्रीलाई निकासी गरे सरह मानी निकासी गर्दा पाए सरहको महसुल सुविधा दिइनेछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(४) उपदफा (१) को खण्ड (ख) बमोजिम पैठारी गरेको वस्तुबाट उत्पादन भएको वस्तु नेपालमा खपत गर्ने गरी बिक्री गरेमा त्यस्तो वस्तु तयार गर्न प्रयोग भएको βकच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरेको दिनमा लाग्ने महसुल सम्बन्धित भन्सार कार्यालयमा बुझाएपछि मात्र त्यस्तो वस्तु विशेष आर्थिक क्षेत्र बाहिर लैजान दिइनेछ।
(५) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले महसुल छुटमा पैठारी गरेको वस्तुको स्वामित्व विशेष आर्थिक क्षेत्रभित्र वा बाहिर कसैलाई हस्तान्तरण गर्ने सम्बन्धमा नेपाल सरकारले प्रक्रिया तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आदेश जारी गर्न सक्नेछ। त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ।
(६) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग सो क्षेत्र बाहिर स्थानान्तरण हुन चाहेमा त्यस्तो उद्योगले यस दफा बमोजिम छुट पाएको महसुल सम्बन्धित भन्सार कार्यालयमा बुझाएपछि मात्र सम्बन्धित निकायले त्यस्तो उद्योगलाई स्थानान्तरण गर्न स्वीकृति दिनु पर्नेछ।
१७. भन्सार सेवा दस्तुर लाग्नेः निकासी वा पैठारी हुने वस्तुको प्रत्येक प्रज्ञापनपत्रमा निकासी बापत एक सय रुपैयाँ र पैठारी बापत पाँच सय रुपैयाँ भन्सार सेवा दस्तुर लाग्नेछ।
तर निकासी महसुल लाग्ने वस्तु, कूटनीतिक तथा महसुल सुविधामा निकासी वा पैठारी हुने वस्तु तथा महसुल तिरी अस्थायी पैठारी हुने वस्तु, हवाईमार्गबाट यात्रुले आफूसँग लैजाने वस्तु र पाँच हजार रुपैयाँसम्म मूल्यको निकासी वा पैठारी हुने वस्तुमा भन्सार सेवा दस्तुर लाग्ने छैन।
१८. एउटा मात्र छुट वा सुविधा पाइनेः कुनै वस्तु पैठारी गर्दा यस ऐन बमोजिम भन्सार महसुलमा दिइएको एकभन्दा बढी छुट वा सुविधा प्राप्त हुने अवस्था देखिएमा दोहोरो छुट नपाउने गरी पैठारीकर्ताले चाहे बमोजिमको कुनै एउटा छुट वा सुविधा मात्र प्रदान गरिनेछ।
१९. महसुल नलाग्नेः (१) पैठारीकर्ताले आफूले पैठारी गरेको वस्तु भन्सार कार्यालयबाट नछुटाई नेपाल सरकारको हुने गरी छाड्न निवेदन दिएमा त्यस्तो वस्तुमा महसुल लाग्ने छैन।
(२) उपदफा (१) बमोजिम छाडिएको वस्तु नेपाल सरकारले आफैँ उपयोग गर्न वा भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम लिलाम बिक्री गर्न सक्नेछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(३) नेपालभित्र प्रयोग गर्ने गरी पैठारी भएको तर जाँचपास भइनसकेको कुनै वस्तु दुर्घटना वा प्राकृतिक विपद्मा परी वा आफ्नै प्रकृतिको कारणले नष्ट भएमा, परिमाण वा तौलमा कमी भएमा वा व्यापारिक रूपमा मूल्यहीन भएमा सोको प्रमाण सहित तोकिएको प्रक्रिया पूरा गरी तोकिएको समयावधिभित्र पैठारीकर्ताले निवेदन दिएमा सम्बन्धित भन्सार अधिकृतले महानिर्देशकको स्वीकृति लिई त्यस्तो क्षति वा घटी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएको वस्तुको महसुल छुट दिन वा असुल भइसकेको भए त्यस्तो महसुल फिर्ता दिन सक्नेछ।
(४) उपदफा (३) बमोजिम नोक्सान भए जति वस्तु जुन उद्देश्यको लागि पैठारी भएको हो सो उद्देश्य पूरा नहुने तर रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने अवस्थाको भएमा भन्सार अधिकृतले सोही रूपमा त्यस्तो वस्तुको भन्सार मूल्य कायम गरी महसुल असुल गर्न सक्नेछ।
२०. महसुल तथा जरिबाना बुझाउने दायित्वः (१) कुनै वस्तु निकासी वा पैठारी गर्दा त्यस्तो वस्तुमा लाग्ने महसुल बुझाउने दायित्व सो वस्तु भन्सार कार्यालयमा निकासी वा पैठारीको लागि घोषणा गर्ने व्यक्तिको हुनेछ।
(२) यस ऐन बमोजिम निर्धारण भएको महसुल बापतको रकम घोषणाकर्ताले त्यस्तो महसुल निर्धारण भएको मितिले सात दिनभित्र बुझाउनु पर्नेछ। त्यस्तो अवधिभित्र महसुल नबुझाएमा महसुल निर्धारण भएको मितिदेखि नै लागू हुने गरी निर्धारित महसुलमा प्रतिदिन शून्य दशमलव शून्य चार दुई प्रतिशतको दरले ब्याज समेत गणना गरी असुल गरिनेछ र त्यसरी ब्याज तिर्नु पर्ने अवधि महसुल निर्धारण भएको मितिले तीस दिनभन्दा बढी हुने छैन।
(३) यस दफा बमोजिम बुझाउनु पर्ने महसुल, ब्याज वा यस ऐन बमोजिम लाग्ने जरिबाना सम्बन्धित व्यक्तिले त्यस्तो वस्तु घोषणा गरिएको कार्यालय, महसुल निर्धारण गर्ने कार्यालय वा सो प्रयोजनको लागि तोकिएको बैङ्कमा बुझाउनु पर्नेछ।
(४) यस दफा बमोजिम निर्धारण भएको महसुल, ब्याज वा यस ऐन बमोजिम लागेको जरिबाना त्यसरी निर्धारण भएको मितिले तीस दिनभित्र दाखिला नगरेमा भन्सार अधिकृतले त्यस्तो वस्तु जफत गरी सो वस्तुको भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम लिलाम बिक्रीबाट प्राप्त हुने रकमबाट असुल गर्न सक्नेछ।
२१. महसुल बुझाई वस्तु लैजान सक्नेः (१) दफा २० को उपदफा (१) बमोजिमको घोषणाकर्ताले निकासी वा पैठारी गर्दा महसुल लाग्ने वस्तुको महसुल बुझाएको प्रमाण पेस गरेपछि मात्र त्यस्तो वस्तु भन्सार कार्यालयबाट लैजान अनुमति दिइनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महसुल नलाग्ने वस्तुको हकमा सोको जाँचपास भएको प्रमाण पेस गरेपछि र व्यक्तिगत प्रयोगको वस्तुको हकमा भन्सार अधिकृतले जाँच गरी वा गराई लैजाने अनुमति दिएपछि मात्र त्यस्तो वस्तु भन्सार कार्यालयबाट छुटाई लैजान सकिनेछ।
(३) कुनै वस्तुको सम्बन्धमा सो वस्तुको धनीलाई यस ऐन बमोजिम जरिबाना वा थप महसुल लागेमा सो जरिबाना वा थप महसुल नतिरेसम्म निजले त्यस्तो वस्तु भन्सार कार्यालयबाट लैजान पाउने छैन।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पाइपलाइनबाट पैठारी गरिने वस्तुको महसुल बुझाउने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
२२. विलम्ब शुल्क लाग्नेः (१) भन्सार कार्यालयले सञ्चालन वा व्यवस्थापन गरेको भन्सार वेयरहाउस, भन्सार कार्यालयको परिसर वा भन्सार क्षेत्रको कुनै स्थानमा राखिएको वस्तु तोकिए बमोजिमको अवधिभित्र जाँचपास गराई नलगेमा त्यस्तो वस्तुको धनीले तोकिए बमोजिमको विलम्ब शुल्क (डेमरेज) नेपाल सरकारलाई तिर्नु पर्नेछ।
तर वस्तुको मूल्याङ्कन वा वर्गीकरण गर्न द्विविधा भई वा भन्सार कार्यालयको अन्य कुनै कारणबाट जाँचपास हुन नसकेको अवधिको विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तुमा लागेको विलम्ब शुल्क कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएको कारणले मिनाहा दिनु पर्ने मनासिब कारण भएमा तोकिएको अधिकारीले तोकिए बमोजिम त्यस्तो विलम्ब शुल्क (डेमरेज) आंशिक वा पूर्णरूपले मिनाहा दिन सक्नेछ।
२३. छुट भएको महसुल वा जरिबाना तिर्नु पर्नेः (१) यस ऐन वा प्रचलित कानून बमोजिम कुनै व्यक्तिले भन्सार कार्यालयमा बुझाउनु पर्ने महसुल वा जरिबाना कुनै वस्तुको मूल्याङ्कन वा वर्गीकरण गर्दा वा गणितीय भूल वा अन्य कुनै कारणले छुट भएको कुरा पछिबाट देखिन आएमा वा विभागले कुनै छुट रकम असुल गर्न आदेश दिएकोमा भन्सार अधिकृतले त्यस्तो रकम पन्ध्र दिनभित्र बुझाउन सम्बन्धित व्यक्ति वा निजको भन्सार
एजेण्टलाई लिखित जानकारी दिनु पर्नेछ। त्यस्तो जानकारी प्राप्त भएपछि सम्बन्धित व्यक्तिले छुट भएको रकम सो अवधिभित्रै सम्बन्धित भन्सार कार्यालयमा बुझाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र छुट भएको रकम नबुझाएमा अवधि नाघेको मितिदेखि निर्धारित महसुलमा प्रतिदिन शून्य दशमलव शून्य चार दुई प्रतिशतको दरले ब्याज समेत गणना गरी असुल गरिनेछ।
तर छुट भएको रकम तोकिए बमोजिमको रकमभन्दा कम भएमा भन्सार अधिकृतले त्यस्तो रकम असुल नगर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिमको ब्याज समेतको एकमुष्ट रकम सम्बन्धित व्यक्तिले त्यस्तो ब्याज लाग्न शुरु भएको मितिले तीस दिनभित्र बुझाउनु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र सम्बन्धित व्यक्तिले त्यस्तो रकम नतिरेमा भन्सार अधिकृतले निजको कारोबार रोक्का राखी सो भन्सार कार्यालय वा अन्य भन्सार कार्यालयमा रहेको निजको जुनसुकै वस्तु भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम जफत तथा लिलाम बिक्री गरी वा गर्न लगाई सो रकम असुल गर्नेछ।
(५) उपदफा (४) बमोजिम लिलाम बिक्री गर्दा प्राप्त भएको रकमबाट समेत यस दफा बमोजिम असुल हुनु पर्ने रकम सम्बन्धित व्यक्तिबाट असुल हुन नसकेमा त्यसरी असुल हुन बाँकी रकम निजबाट सरकारी बाँकी सरह असुल गरिनेछ।
(६) उपदफा (४) बमोजिम लिलाम बिक्री गर्दा प्राप्त भएको रकम सम्बन्धित व्यक्तिले लिलाम बिक्री गरिएको दिनसम्म बुझाउनु पर्ने रकमभन्दा बढी भएमा बढी भए जति रकम निजलाई फिर्ता दिइनेछ।
२४. महसुल वा जरिबाना फिर्ता दिनेः (१) कुनै निकासीकर्ता वा पैठारीकर्ताले निकासी वा पैठारी गर्दा कानून बमोजिम लाग्नेभन्दा बढी भन्सार महसुल वा कृषि सुधार शुल्क बुझाएको रहेछ भने सम्बन्धित भन्सार कार्यालयले निजलाई त्यस्तो बढी भन्सार महसुल वा कृषि सुधार शुल्क तोकिए बमोजिम फिर्ता दिनु पर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा त्यस्तो महसुल फिर्ता हुने छैनः-
(क) वस्तु छुटाएको साठी दिनभित्र त्यस्तो महसुल फिर्ता लिन सम्बन्धित भन्सार कार्यालयमा निवेदन नदिएमा, वा
(ख) फिर्ताको लागि दाबी गरिएको रकम पाँच सय रुपैयाँभन्दा कम भएमा।
(३) भन्सार अधिकृतले असुल गरेको महसुल वा जरिबाना उपर प्रचलित कानून बमोजिम परेको पुनरावेदन उपर निर्णय हुँदा त्यसरी असुल भएको सबै वा केही महसुल वा जरिबाना नलाग्ने गरी निर्णय भएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो निर्णय उपर थप पुनरावेदन नलाग्ने अवस्थामा वा अनुमति प्राप्त नहुने भनी सम्बन्धित अदालतबाट निर्णय भएपछि मात्र भन्सार अधिकृतले सम्बन्धित व्यक्तिलाई त्यस्तो महसुल वा जरिबाना फिर्ता दिनेछ।
२५. महसुल निर्धारणको आधार मितिः यस ऐन बमोजिम वस्तुको महसुल निर्धारण गर्दा त्यस्तो वस्तु जाँचपास गर्ने मितिमा कायम रहेको महसुल दर बमोजिम निर्धारण गर्नु पर्नेछ।
तर कूटनीतिक सुविधा, महसुल सुविधा वा आंशिक वा पूर्ण महसुल छुटमा पैठारी भएको वस्तुको हकमा त्यस्तो वस्तुमा पछि महसुल बुझाउनु पर्ने अवस्था परेमा महसुल बुझाउने मितिमा कायम रहेको महसुल दर बमोजिम महसुल निर्धारण गरिनेछ।
२६. अस्थायी निकासी गर्न दिइनेः (१) कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्न वा कुनै वस्तु मर्मत गर्न वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैङ्क जमानत लिई तोकिए बमोजिम अस्थायी निकासी गर्न अनुमति दिइनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "अस्थायी निकासी" भन्नाले कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्न वा विदेशमा आयोजना गरिने मेला वा प्रदर्शनीमा प्रदर्शन गर्न वा मर्मत गर्न वा अन्य कुनै उद्देश्यको लागि तोकिएको सर्तको अधीनमा रही पुनः पैठारी गर्ने गरी कुनै वस्तु निकासी गर्ने कार्य सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिम अस्थायी निकासी गरिएको वस्तु तोकिएको अवधिभित्र पुनः पैठारी गरेमा महसुल लाग्ने छैन।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा देहाय बमोजिम हुनेछः-
(क) कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि निकासी गरी सोबाट उत्पादित वा निर्मित वस्तु पैठारी गर्दा सो वस्तुको उत्पादन वा निर्माण गर्दा भएको मूल्य अभिवृद्धि र नेपालबाट उक्त कच्चापदार्थ उत्पादन वा निर्माण स्थलसम्म लैजाँदा र तयारी वस्तु भन्सार कार्यालयसम्म
फिर्ता ल्याउँदा लागेको वा लाग्न सक्ने लागतको मूल्यमा मात्र महसुल लाग्ने,
(ख) कुनै सवारी साधनको चेसिस त्यस्तो सवारी साधन निर्माणको लागि विदेशमा लगी उक्त चेसिसमा सवारी साधन निर्माण गरी तोकिएको अवधिभित्र पुनः पैठारी गर्दा सो सवारी साधन निर्माण गर्दा लागेको चेसिस बाहेकको मूल्यमा महसुल लाग्ने,
(ग) नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै वस्तु मर्मत गर्न निकासी गर्दा धरौटी वा बैङ्क जमानत नलिइने र त्यस्तो वस्तु मर्मत गरी पैठारी गर्दा महसुल नलाग्ने,
(घ) हवाईजहाज वा हेलिकोप्टरको इन्जिन सम्बन्धित वायुसेवा कम्पनीको जमानतमा तोकिएको अवधिभित्र मर्मत गरी फिर्ता ल्याउने सर्तमा निकासी गर्दा नगद धरौटी वा बैङ्क जमानत नलिइने तर मर्मत गरी पैठारी गर्दा त्यस्तो वस्तुको मर्मतमा लागेको लागतको मूल्यमा मात्र महसुल लाग्ने,
(ङ) खण्ड (घ) मा उल्लिखित वस्तु बाहेक अन्य वस्तु मर्मत वा अन्य कुनै कार्य गरी तोकिए बमोजिम फिर्ता ल्याउँदा, मर्मत वा अन्य कुनै कार्य गर्दा लागेको लागतमा मात्र महसुल लाग्ने,
(च) संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिने नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालको प्रयोगको लागि सम्बन्धित मन्त्रालयको सिफारिसमा अस्थायी निकासी हुने आर्मर्ड पर्सनल क्यारियर, सवारी साधन, हातहतियार लगायतका वस्तु निकासी गर्दा धरौटी वा बैङ्क जमानत नलिइने र त्यसरी निकासी गरेको वस्तु पुनः पैठारी गर्दा महसुल नलाग्ने।
(४) उपदफा (१) बमोजिम लिइएको नगद धरौटी वा बैङ्क जमानत अस्थायी निकासी गरिएको वस्तु तोकिए बमोजिम पुनः पैठारी गरेपछि फिर्ता वा फुकुवा गरिनेछ।
(५) वस्तुको अस्थायी निकासी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२७. नियम बनाउने अधिकारः यस ऐन कार्यान्वयनको लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
२८. भन्सार महसुल सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार महसुल सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुनेछ।
(२) उपदफा (१) मा लेखिएको कुराले सालबसाली लागू हुने आर्थिक ऐनले महसुल लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गर्न बाधा पर्ने छैन।
४२८क. प्रशासकीय पुनरावलोकन तथा पुनरावेदन ः यस ऐन बमोजिम भन्सार अधिकृतले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम प्रशासकीय पुनरावलोकन तथा पुनरावेदन गर्न सक्नेछ।
२९. द्विविधा हटाउन वा त्रुटि सच्याउन सक्नेः अनुसूची- २, ३, ४, ५, ६ र ७ मा उल्लेख भएको वस्तु वा त्यस्तो वस्तुको शीर्षक वा उपशीर्षकमा फरक परी कार्यान्वयनमा द्विविधा भएमा वा त्यस्तो वस्तुको विवरण, शीर्षक वा उपशीर्षकमा कुनै त्रुटि फेला परेमा महानिर्देशकले व्याख्या गरी त्यस्तो द्विविधा हटाउन वा त्रुटि सच्याउन सक्नेछ।
३०. संशोधन, खारेजी र बचाउः (१) भन्सार ऐन, २०६४ को,-
(क) दफा २ को,-
(१) खण्ड (फ) मा रहेका "कानून बमोजिम" भन्ने शब्दहरूको सट्टा "भन्सार महसुल ऐन, २०८१ बमोजिम" भन्ने शब्दहरु राखिएका छन्।
(२) खण्ड (ष) झिकिएको छ।
(ख) दफा २२ को उपदफा (१) मा रहेका "प्रचलित आर्थिक ऐन अनुसारको उपशीर्षक बमोजिम" भन्ने शब्दहरूको सट्टा "भन्सार महसुल ऐन, २०८१ बमोजिम" भन्ने शब्दहरू राखिएका छन्।
(ग) दफा ५, ६, ७, ८, ९, ११, १२, ७२, ७३, ७४ र ७५ खारेज गरिएका छन्।
४ आर्थिक ऐन, २०८३ द्वारा थप।
(२) यो ऐन लागू हुनुअघि भन्सार महसुल लगाउने र असुल गर्ने सम्बन्धमा भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
(दफा ५ सँग सम्बन्धित)
वस्तुको वर्गीकरण गर्दा देहायका सिद्धान्त बमोजिम गर्नु पर्नेछः
नियम १
हार्मोनाइज्ड प्रणालीको परिच्छेद, भाग र उपभागका शीर्षक (टाइटल) वस्तुको सन्दर्भलाई बुझ्न सजिलो पार्नका लागि मात्र दिइएका हुन्; कानूनी प्रयोजनका लागि अन्यथा उल्लेख गरिएको अवस्थामा बाहेक शीर्षकका शब्द र सम्बन्धित परिच्छेद वा भागका द्रष्टव्य बमोजिम देहायमा उल्लिखित प्रावधान अनुसार वस्तुको वर्गीकरण गरिनेछ।
नियम २
(क) कुनै शीर्षकमा रहेको वस्तुको प्रसङ्गले त्यस्तो वस्तु अपूर्ण वा अर्धतयारी अवस्थामा रहेको भए तापनि त्यस्तो वस्तुमा सोही प्रकृतिको पूर्ण वा तयारी वस्तुको आधारभूत विशेषता (गुण) रहेमा त्यस्तो वस्तुलाई सन्दर्भ वस्तुका रुपमा लिनु पर्नेछ। त्यस्ता पूर्ण वा तयारी वस्तु (यस नियम बमोजिम पूर्ण वा तयारी भनी वर्गीकरण गर्न सकिने) छुट्टा छुट्टै (अनएसेम्बल्ड) वा खोलखाल गरिएको (डिसएसेम्बल्ड) अवस्थामा रहेको भए तापनि सन्दर्भ वस्तुका रुपमा लिनु पर्नेछ।
(ख) कुनै शीर्षकमा रहेको पदार्थ वा सारको प्रसङ्गले त्यस्ता पदार्थ वा सार वा अन्य पदार्थ वा सारसँगको मिश्रण वा योगलाई समेत सन्दर्भ वस्तुका रुपमा लिनु पर्नेछ। कुनै निश्चित पदार्थ वा सारबाट बनेको वस्तुको प्रसङ्गले त्यस्तो पदार्थ वा सारबाट पूर्ण वा आंशिक रुपमा बनेको वस्तुलाई समेत सन्दर्भ वस्तुका रुपमा लिनु पर्नेछ। एकभन्दा बढी पदार्थ वा सारबाट बनेको वस्तुको वर्गीकरण नियम ३ मा उल्लिखित सिद्धान्त बमोजिम हुनेछ।
नियम ३
नियम २(ख) को प्रयोग वा अन्य कुनै कारणबाट वस्तुहरूलाई प्रथम दृष्टिमा (प्राइमा फेसी) दुई वा दुईभन्दा बढी शीर्षकमा वर्गीकरण गर्न सकिने देखिएमा देहाय बमोजिम वर्गीकरण गरिनेछः
(क) सामान्य विवरण दिने शीर्षक भन्दा व्यापक विवरण दिने शीर्षकलाई प्राथमिकता दिनु पर्नेछ। तथापि, दुई वा सो भन्दा बढी शीर्षकले मिश्रित वा समग्र
(कम्पोजिट) वस्तु वा खुद्रा बिक्रीको समूह (सेट) मा रहेका वस्तुको पदार्थ वा सार आंशिकरुपमा मात्र उल्लेख गरेको अवस्थामा कुनै शीर्षकले तुलनात्मक रुपमा बढी वा यकिन विवरण उल्लेख गरे तापनि ती सबै शीर्षकलाई समान रुपमा विशिष्टीकृत मान्नु पर्नेछ।
(ख) नियम ३ (क) बमोजिम वर्गीकृत गर्न नसकिने विभिन्न पदार्थ वा अवयव (कम्पोनेन्ट) बाट निर्मित मिश्रित वा समग्र वस्तु र खुद्रा बिक्रीको समूह (सेट) मा राखिएका वस्तुलाई यी नियमका आधार (क्राइटेरिया) लागू हुने हदसम्म त्यस्ता पदार्थ वा अवयवमा आधारभूत विशेषता (गुण) रहेको मानी वस्तुको वर्गीकरण गरिनेछ।
(ग) नियम ३ (क) वा (ख) बमोजिम वस्तुहरुको वर्गीकरण गर्न नसकिने अवस्थामा समान महत्त्वकासाथ विचारयोग्य शीर्षकहरुमध्ये साङ्ख्यिक क्रममा अन्तिममा रहेको शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
नियम ४
माथि उल्लिखित नियम बमोजिम वर्गीकरण गर्न नसकिने वस्तुहरूलाई उपयुक्तताको आधारमा समान प्रकृतिका (मिल्दाजुल्दा) वस्तुको शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
नियम ५
देहायका वस्तुहरुका सम्बन्धमा देहायको व्यवस्था लागू हुनेछः
(क) लामो अवधिसम्म प्रयोगमा रहने क्यामरा, वाद्ययन्त्र, बन्दुक, रेखाचित्र सम्बन्धी औजार र कण्ठहार (नेकलेस) का खोल र त्यस्तो वस्तु राख्न मिल्ने गरी विशेषरुपमा तयार गरिएका सामग्री तथा त्यस्तै डिब्बा (कन्टेनर) सामान्यतयाः बिक्री हुने त्यस्तै प्रकारका वस्तुसँगै वर्गीकरण गरिनेछ। तर आधारभूत रुपमै समग्ररुप ग्रहण गर्ने कन्टेनरको हकमा यो नियम लागू हुने छैन।
(ख) प्याकिङ्ग अवस्थामा रहेका वस्तुसँग रहेका प्याकिङ्ग सामग्री वा डिब्बा (कन्टेनर) सामान्यतः प्याकिङ्ग गर्नका लागि प्रयोग हुने प्रकृतिका रहेछन् भने नियम ५(क) मा उल्लिखित व्यवस्थाको अधीनमा रही प्याकिङ्गमा रहेका त्यस्ता वस्तुसँगै वर्गीकरण गरिनेछ। तर त्यस्ता प्याकिङ्ग सामग्री वा डिब्बा पटक पटक प्रयोग गर्न सकिने प्रकृतिका भएमा यो व्यवस्था लागू हुने छैन।
नियम ६
कुनै शीर्षकको उपशीर्षकमा रहेका वस्तुहरुको वर्गीकरण समान तहका उपशीर्षक मात्र तुलनायोग्य हुन्छन् भन्ने मान्यताका आधारमा उपशीर्षकमा रहेका पदावली (टर्मस्) र नियममा आवश्यक हेरफेर सहित उल्लेख भएका सम्बन्धित उपशीर्षकको द्रष्टव्य बमोजिम गरिनेछ। विषय वा प्रसङ्गले अर्को अर्थ लाग्ने अवस्थामा बाहेक यी नियमको प्रयोजनका लागि सम्बन्धित परिच्छेद र भागका द्रष्टव्य लागू हुनेछन्। सन्दर्भले अन्यथा निर्दिष्ट गरेकोमा बाहेक यस नियमको प्रयोजनको लागि सम्बन्धित परिच्छेद तथा भागका द्रष्टव्य पनि लागू हुनेछन्।
(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
४ आर्थिक ऐन, २०८३ द्वारा थप।
(दफा ७ को उपदफा (१) र (३) र दफा ११ को उपदफा (१) र (३) सँग सम्बन्धित)
द्रष्टव्यहरू:
१. अन्यथा व्यवस्था गरिएकोमा बाहेक यस परिच्छेदमा उल्लिखित जीवजन्तुको खास जाति वा प्रजाति भन्नाले त्यस जाति वा प्रजातिको बच्चा, जीवजन्तुलाई समेत जनाउँछ।
२. विषय वा प्रसङ्गले अर्को अर्थ नलागोमा "सुक्खा" उत्पादन भन्नाले यो अनुसूचीभरि नै "निर्जलीकरण", "वाष्पीकरण" वा "हिमशुष्कीकरण" गरेका उत्पादनलाई समेत जनाउँछ।
द्रष्टव्य:
१. यो भागमा तल उल्लेख भएका बाहेक अन्य जीवजन्तुहरू पर्दछन्:
(क) शीर्षक ०३.०१, ०३.०६, ०३.०७ वा ०३.०८ का माछा र झिँगेमाछा जातका जीव (क्रुष्टासियन) बाहिरी खबटा हुने जीव (मोलस्क) र ढाडको हड्डी नहुने अन्य प्रकारका जलचर (इनभर्टिब्रेट्स) हरू,
(ख) शीर्षक ३०.०२ का सूक्ष्म जीवाणुका संवर्धन (कल्चर) हरू र अन्य उत्पादनहरू,
(ग) शीर्षक ९५.०८ का जीवजन्तुहरू।
द्रष्टव्यः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ०२.०१ देखि ०२.०८ वा ०२.१० मा वर्णन गरिए प्रकारका मानवीय उपभोगको निमित्त अयोग्य वा अनुपयुक्त उत्पादनहरू;
(ख) खान हुने, निर्जीव कीराहरू (शीर्षक ०४.१०);
(ग) जीवजन्तुको आन्द्रा, थैली वा भुँडी (शीर्षक ०५.०४) वा जीवजन्तुको रगत (शीर्षक ०५.११ वा ३०.०२); वा
(घ) शीर्षक ०२.०९ को उत्पादनहरू बाहेक जीवजन्तुको बोसो (भाग १५)।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ०१.०६ का स्तनपायीहरू;
(ख) शीर्षक ०१.०६ का स्तनपायीहरूको मासु (शीर्षक ०२.०८ वा ०२.१०);
(ग) माछा (तिनका कलेजो, फुल र प्रजनन ग्रन्थी समेत) वा झिँगेमाछा जातिका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नहुने जलचर, मरेका र जाति विशेषको कारणले वा अवस्था विशेषका कारणले मानिसले खान अयोग्य वा अनुपयुक्त (भाग ५); माछा वा झिँगेमाछा जातिका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नहुने जलचरहरूको मानिसले खान नहुने मैदा, पिठो वा गुटिका (पेलेट) हरू (शीर्षक २३.०१);
(घ) माछाको अचार (क्याभिएर) वा माछाको फुलबाट तयार गरेको माछाको अचारका प्रतिस्थापकहरू (शीर्षक १६.०४)।
२. यस भागमा "गुटिका (पेलेट) हरू" भन्नाले सोझै थिचेर वा कम मात्रामा संयोजक पदार्थद्वारा एकत्रित गरिएको उत्पादनलाई जनाउँछ।
३. शीर्षकहरू ०३.०५ देखि ०३.०८ सम्मले मानवीय उपभोगका लागि उपयुक्त मैदा, पिठो र गुटिका (पेलेट) हरू (पेलेट्स) लाई समेट्दैनन् (शीर्षक ०३.०९)।
द्रष्टव्यहरूः
१. "दूध" भन्नाले पूरा तर (क्रिम) भएको वा अंशतः वा पूर्णतः तर (क्रिम) निकालिएको दूधलाई जनाउँछ।
२. शीर्षक ०४.०३ को प्रयोजनको लागि, दही (योगर्ट) जमाएको (कन्सन्ट्रेटेड) वा वासनायुक्त हुन सक्छ र यसमा चिनी वा गुलियो पार्ने अरू पदार्थ, फल, सुक्खा फलहरू, कोको, चकलेट, मसलाहरू, कफी वा कफीका सारहरू, वनस्पति, वनस्पतिका अङ्गहरू, खाद्यान्न वा रोटी बनाउने पदार्थहरू राखिएका हुन सक्छन्। तर त्यस्तो थप गरिएको तत्व दूधका कुनै अवयवलाई पूर्ण वा आंशिक रूपमा विस्थापित गर्ने प्रयोजनको लागि प्रयोग हुँदैन र त्यस्तो उत्पादनले दही (योगर्ट)को चारित्रिक विशेषतालाई कायम राखेको हुन्छ।
३. शीर्षक ०४.०५ को प्रयोजनका लागिः
(क) "नौनी (बटर)" शब्दले पूर्णतः दूधबाट निकालिएको, दुग्ध-स्नेह (मिल्क फ्याट) को मात्रा तौलमा ८० प्रतिशत वा सोभन्दा बढी तर ९५ प्रतिशतभन्दा बढी नभएको, स्नेह रहित शुद्ध दूध (सोलिड्स-नट-फ्याट) को मात्रा तौलको हिसाबले अधिकतम २ प्रतिशत भएको र तौलको हिसाबले पानीको अधिकतम मात्रा १६ प्रतिशत भएको प्राकृतिक नौनी (नेचुरल बटर), फाटेको दूधको नौनी (ह्वे बटर) वा पुनः संयोजित नौनी (रिकम्बाइण्ड बटर) (ताजा, नुनिलो (साल्टेड) वा दुर्गन्धित (रानसिड) वा बट्टाबन्दी (क्यान्ड) नौनी समेत) लाई जनाउँछ। नौनी (बटर) मा पायसीकारक (इमल्सिफायर) को थप मात्रा रहँदैन। तर यसमा सोडियम क्लोराइड, खाद्य रङ्ग (फूड कलर) हरू, शमनकारी लवण (न्यूट्रलाइजिङ्ग साल्ट) र दुग्धाम्ल (ल्याक्टिक एसिड) उत्पादक अहानिकर जीवाणु (ब्याक्टेरिया) का कल्चरहरू भने रहेका हुन सक्तछन्।
(ख) "दुग्ध विस्तरण (डेरी स्प्रेड्स)" भन्ने शब्दले तेलमा-पानी (वाटर-इन-आयल) किसिमको विस्तार योग्य (स्प्रेडेबुल) पायस वा तैलद (इमलसन) लाई जनाउँछ, जसमा दुग्धस्नेह (मिल्कफ्याट) को मात्रा तौलको हिसाबले ३९ प्रतिशत वा सोभन्दा बढी तर ८० प्रतिशतभन्दा कम तथा दुग्धस्नेह (मिल्कफ्याट) एकमात्र स्नेह (फ्याट) को रूपमा रहेको हुन्छ।
४. निम्नलिखित तीन लक्षणयुक्त भएमा, ह्वे (फाटेको दूधको पानी) र दूध अथवा दुग्धस्नेह (मिल्कफ्याट) मिलाई सोलाई गाढा बनाई (जमाई) बनाइएका उत्पादनहरूलाई शीर्षक ०४.०६ मा चिजको रूपमा वर्गीकरण गरिनेछः
(क) सुक्खा पदार्थको तौलको हिसाबले ५ प्रतिशत वा सोभन्दा बढी दुग्धस्नेहको मात्रा भएको,
(ख) तौलको हिसाबले कम्तीमा ७० प्रतिशत तर ८५ प्रतिशतभन्दा बढी सुक्खा पदार्थको मात्रा नभएको, र
(ग) ढुसी परेका वा ढुसी पर्न सक्ने।
५. यस भागमा नपर्नेः
(क) मानवीय उपभोगका लागि अनुपयुक्त निर्जीव कीराहरू (शीर्षक ०५.११);
(ख) सुक्खा पदार्थमा गणना गरिँदा निर्जल (एनहाइड्रस) शर्करा (ल्याक्टोज) को रूपमा अभिव्यक्त, तौलको हिसाबले ९५ प्रतिशतभन्दा बढी शर्करा (ल्याक्टोज) भएको ह्वेबाट उपलब्ध उत्पादनहरू (शीर्षक १७.०२);
(ग) एक वा सोभन्दा बढी प्राकृतिक अवयवहरू (जस्तै, ब्युटाइरिक स्नेहहरू) लाई अर्को पदार्थ (जस्तै, ओलेइक स्नेहहरू) ले विस्थापन गरेर दूधबाट उपलब्ध उत्पादनहरू (शीर्षक १९.०१ वा २१.०६); वा
(घ) अल्बुमिनहरू (सुक्खा पदार्थमा गणना गरिँदा, तौलको हिसाबले ८० प्रतिशतभन्दा बढी ह्वे प्रोटिन भएको, दुई वा सोभन्दा बढी ह्वे प्रोटिनहरूका सान्द्र (कन्सेन्ट्रेट) हरू समेत (शीर्षक ३५.०२) वा ग्लोबुलिनहरू (शीर्षक ३५.०४)।
६. शीर्षक ०४.१० को प्रयोजनको लागि "कीराहरू" भन्ने शब्दले मानवीय उपभोगका लागि उपयुक्त कीराका मैदा र पिठोका साथै ताजा, चिसो पारिएका, हिमीकृत, सुकाइएका, धूमित गरिएका, नुनिलो पारिएका वा नुनपानीमा हालिएका खान योग्य पूर्ण वा अङ्गको रूपमा भएका निर्जीव कीराहरूलाई जनाउँछ। तर यसले अन्य तरिकाले तयार गरिएका वा सुरक्षित गरिएका खान योग्य निर्जीव कीराहरूलाई समेट्दैन। (सामान्यतः परिच्छेद ४)
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक ०४०४.१० को प्रयोजनहरूको लागि "परिवर्तित ह्वे (मोडिफाइड ह्वे)" भन्ने उक्तिले ह्वेका अवयव (कन्स्टिच्युएन्ट) हरू भएका उत्पादनहरू, अर्थात सम्पूर्ण वा आंशिक रूपमा शर्करा (ल्याक्टोज), प्रोटिन वा खनिज (मिनरल) हरू हटाइएको ह्वे, प्राकृतिक ह्वेका
अवयवहरू थपिएको ह्वे, प्राकृतिक ह्वेको अवयवहरू मिसाई प्राप्त हुन आएको उत्पादनलाई जनाउँछ।
२. उपशीर्षक ०४०५.१० को प्रयोजनहरूको लागि "नौनी (बटर)" शब्दले निर्जलीकृत नौनी (डिहाइड्रेटेड् बटर) वा घिउलाई समावेश गर्दैन (उपशीर्षक ०४०५.९०)।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) खान हुने उत्पादनहरू (जीवजन्तुको आन्द्रा, थैलीहरू र भुँडीहरू, सिङ्गै वा तिनका केही अंश र जीवजन्तुको रगत, तरल वा सुकाएको बाहेक);
(ख) शीर्षक ०५.०५ का वस्तुहरू बाहेकका छाला (हाइड र स्किन) हरू (भुवादार छाला समेत) र शीर्षक ०५.११ का छालाका टुक्राटाक्री र त्यस्तै काँचो छाला (हाइड र स्किन) को रद्दी (भाग ४१ वा ४३);
(ग) कपडा बनाउने जीवजन्तुका पदार्थहरू, (घोडाको रौं र घोडाको रौंको रद्दी बाहेक) (परिच्छेद ११) वा;
(घ) कुचो वा ब्रुसको लागि तयार गरिएको मुट्ठा (शीर्षक ९६.०३)।
२. शीर्षक ०५.०१ को प्रयोजनको लागि लम्बाइको हिसाबले छानिएको (तर फेद र टुप्पो सँगसँगै नपारिएको) रौंलाई प्रशोधित (वर्किङ्ग) भएको मानिने छैन।
३. यस अनुसूचीभरि हात्ती, जलगैँडा (हिपोपोटामस), समुद्री हात्ती (वालरस), नरह्वाल, र बँदेलको दाहा (दाँत) तथा गैंडाको सिङ्ग (खाग) र अन्य सबै जीवजन्तुको दाहा र दाँतलाई "हस्तिहाड (आइभोरी)" मानिनेछ।
४. यस अनुसूचीभरि "घोडाको रौं (हर्सहेयर)" भन्ने उक्तिले घोडा या गाईभैंसी जातिको याल, जगर वा पुच्छरको रौंलाई जनाउँछ। शीर्षक ०५.११ ले अन्य कुराका साथै सहयोगी सामग्रीका साथमा राखी वा नराखी तह तह पारी राखिएको वा नराखिएको घोडाको रौं र त्यस्तो रौंको रद्दी (वेष्ट) लाई समेट्दछ।
द्रष्टव्यः
यस परिच्छेदमा "गुटिका (पेलेट) हरू" भन्नाले सोझै थिचेर वा अनुपातमा तौलको हिसाबले ३ प्रतिशतभन्दा बढी नहुने गरी संयोजक पदार्थद्वारा एकत्रित गरिएका उत्पादनहरूलाई जनाउँछ।
द्रष्टव्यहरूः
१. शीर्षक ०६.०१ को दोस्रो खण्डको अधीनमा रही यस भागमा सामान्यतः नर्सरीका बगैँचेले वा मालीले रोप्नको लागि वा आलङ्कारिक प्रयोगको लागि आपूर्ति गर्ने प्रकारका जीवित रुख र मालवस्तुहरू (वनस्पतिका बिरुवा समेत) पर्दछन्; यद्यपि भाग ७ का आलु, प्याज, लसुन, छ्यापी वा अन्य उत्पादन यस भागमा पर्दैनन्। ।
२. शीर्षक ०६.०३ वा ०६.०४ मा भएको कुनै पनि किसिमको वस्तुको सन्दर्भले पुष्पगुच्छा (बुके), फूल सजाएको डाली (फ्लोरलबास्केट), पुष्पहार (रेथ) र यस्तै पूर्णतः वा अंशतः यस्तै वस्तुबाट बनेका सामानलाई जनाउने अर्थमा लिइनेछ, जसमा अन्य सहायक पदार्थहरूको गणना गरिने छैन। तर यी शीर्षकहरूभित्र शीर्षक ९७.०१ का समुच्चय चित्र (कोलाज) वा यस्तै सजावटका पाताहरू (प्लाक्स) पर्दैनन्।
द्रष्टव्यहरूः
१. शीर्षक १२.१४ अन्तर्गत पर्ने पशु आहार उत्पादन यस भाग अन्तर्गत पर्दैन।
२. शीर्षक ०७.०९, ०७.१०, ०७.११ र ०७.१२ का "वनस्पतिहरू" भन्नाले खाने च्याउ, जमीन मुनि हुने च्याउहरू, जैतुन, केपर, फर्सी, भान्टा, गुलियो मकै (स्याकराटा प्रकारको मकै), क्याप्सिकम वा पिमेण्टा जातका खुर्सानीहरू, सुप, ज्वानो (पार्सले), केरमिल, टेरागन, चमसुर (क्रेस), स्वीट मारजोराम (पुदिना जस्तो झार) (मेजोराना हर्टेन्सिस वा ओरिगानम मेजोराना) समेतलाई जनाउँछ।
३. तल लेखिएका बाहेक शीर्षक ०७.०१ देखि ०७.११ मा उल्लेख भएका सबै सुक्खा वनस्पतिहरू शीर्षक ०७.१२ अन्तर्गत पर्दछन्ः-
(क) सुकाइएका कोसे वनस्पतिहरू, कोसा छोडाएको (शीर्षक ०७.१३);
(ख) शीर्षक ११.०२ देखि ११.०४ सम्म उल्लिखित रूपका गुलियो मकै (स्वीट कर्न);
(ग) आलुको मैदा (फ्लावर), पिठो (मिल), धुलो (पाउडर), फ्लेक्स, दाना (ग्रान्यूल्स) र गुटिका (पेलेट) हरू (शीर्षक ११.०५);
(घ) शीर्षक ०७.१३ का सुकाइएका कोसे वनस्पतिहरूको मैदा, पिठो र धुलो (शीर्षक ११.०६)।
४. तर सुकाएका वा साना साना टुक्रा पारेका वा पिँधेका क्याप्सिकम र पिमेण्टा जातका फलहरू यो भागमा पर्दैनन् (शीर्षक ०९.०४)।
५. शीर्षक ०७.११ त्यस्ता वनस्पतिहरूमा लागू हुन्छ, जुन प्रयोग गर्नुभन्दा पहिले ढुवानी वा भण्डारणको समयमा अस्थायी सुरक्षाको लागि मात्र उपचार गरिएका हुन्छन् (उदाहरणको लागि सलफरडाइअक्साइड ग्याँसद्वारा, नुनपानीमा, गन्धक पानीमा वा अरू परिरक्षक घोलहरूमा राखेर), तर तिनीहरू त्यही स्थितिमा तुरुन्त उपभोगको लागि उपयुक्त हुँदैनन्।
द्रष्टव्यहरूः
१. खान नहुने काष्ठफल वा फलहरू यस भागमा पर्दैनन्।
२. चिस्याइएका फलहरू र काष्ठफललाई ताजा फल तथा काष्ठफलकै सम्बन्धित शीर्षक अन्तर्गत वर्गीकरण गरिन्छ।
३. यस भागका सुकेका फल वा सुकेका काष्ठफलहरू देहायका प्रयोजनको लागि आंशिक रूपमा पुनः जलसंयोजन गरिएका वा उपचार गरिएका हुन सक्तछन्ः-
(क) अतिरिक्त सुरक्षण (प्रिजर्भेसन) वा स्थिरीकरणको लागि (जस्तै, मध्यम तापोपचारद्वारा, गन्धक लगाएर (सल्फराइड), सोर्बिक एसिड वा पोटासियम सोर्बेट थपेर),
(ख) तिनको रूप (एपियरेन्स) को सुधार (इम्प्रुभ) वा अनुरक्षण (मेन्टेन) गर्नको लागि (जस्तै, वनस्पति तेल वा थोरै मात्रामा ग्लुकोज सिरप हालेर),
तर तिनले सुकेका फल वा सुकेका काष्ठफलहरूको लक्षण भने कायम (रिटेन) राखेकै हुनु पर्दछ।
४. शीर्षक ०८.१२ त्यस्ता फल र काष्ठफलहरूमा लागू हुन्छ, जसलाई प्रयोग गर्नुभन्दा पहिले ढुवानी वा भण्डारणको समयमा तिनीहरूको अस्थायी सुरक्षालाई सुनिश्चित गर्नको लागि मात्र उपचार गरिएका हुन्छन् (उदाहरणको लागि सलफरडाइअक्साइड ग्याँसद्वारा, नुनपानीमा, गन्धक पानीमा वा अरू परिरक्षक घोलहरूमा राखेर), तर तिनीहरू त्यही स्थितिमा तुरुन्त उपभोगको लागि उपयुक्त हुँदैनन्।
द्रष्टव्यहरूः
१. शीर्षक ०९.०४ देखि ०९.१० सम्मका उत्पादनहरूका मिश्रणहरूको वर्गीकरण निम्न बमोजिम गरिनेछः-
(क) एउटै शीर्षकका दुई वा दुईभन्दा बढी उत्पादनहरूको मिश्रणलाई त्यसै शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
(ख) विभिन्न शीर्षकका दुई वा दुईभन्दा बढी उत्पादनहरूको मिश्रणलाई शीर्षक ०९.१० अन्तर्गत वर्गीकरण गरिनेछ।
शीर्षक ०९.०४ देखि ०९.१० सम्मका उत्पादनमा (वा माथि उल्लेख भएको प्रकरण (क) वा (ख) मा उल्लिखित मिसाइएमा) अन्य तत्त्व मिसाइएमा तिनको वर्गीकरणमा कुनै असर पर्ने छैन। तर यसरी तयार भएको मिश्रणहरूमा ती शीर्षकहरूका वस्तुहरूमा हुनु पर्ने सारभूत लक्षण रहेको हुनु पर्दछ। अन्यथा त्यस्ता मिश्रणहरू यस भाग अन्तर्गत वर्गीकरण हुने छैनन्; मिश्रित मसला (कण्डिमेण्ट वा सिजनिङ्ग) हरू भएका मिश्रणहरूलाई शीर्षक २१.०३ मा वर्गीकरण गरिनेछ।
२. क्यूबेब मरिच (पाइपर क्यूबेबा) वा शीर्षक १२.११ का अन्य उत्पादनहरू यस भागमा पर्दैनन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. (अ) यो भागका शीर्षकहरूमा उल्लेख गरिएका उत्पादनहरू अन्नका दाना भएमा भेट्नो वा बालामा भए वा नभए पनि तोकिएकै शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
(आ) यस भागमा बोक्रा छुट्याइएका वा अन्य कार्य गरिएका अन्नहरू पर्दैनन्। तथापि, भुस हटाइएको, मिलमा कुटेको, पालिस लगाएको, चम्किलो पारेको, आंशिक उसिनेको वा कनिका भएको चामललाई शीर्षक १०.०६ मा नै वर्गीकरण गरिन्छ। यसै प्रकारले सापोनिनलाई अलग गर्नको लागि पूर्ण वा आंशिक रूपमा बीजकोष (पेरिकार्प) हटाइएको तर अरू कुनै प्रक्रियाहरू नगरिएको किन्वालाई शीर्षक १०.०८ बाटै वर्गीकरण गरिन्छ।
२. शीर्षक १०.०५ अन्तर्गत गुलियो मकै पर्दैन (भाग ७)।
उपशीर्षक द्रष्टव्यः
१. "दुरुम गहुँ" भन्नाले ट्रिटिकम दुरुम जातिको गहुँ र ट्रिटिकम गहुँको अन्तरजातीय मिश्रणबाट निस्केको त्यसै जातिको एकै सङ्ख्या (२८) क्रोमोजोम भएको उन्नत जातको (हाइब्रिड) गहुँलाई जनाउँछ।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) कफीको बदलामा प्रयोग हुने भुटेको माल्ट (शीर्षक ०९.०१ वा २१.०१);
(ख) शीर्षक १९.०१ का तयारी मैदा (फ्लावर), दलिया (ग्रोट्स), पिठो (मिल) वा स्वेतसारहरू;
(ग) शीर्षक १९.०४ मा पर्ने कर्न फ्लेक्स् वा अन्य उत्पादनहरू;
(घ) शीर्षक २०.०१, २०.०४ वा २०.०५ अन्तर्गतका तयारी वा सुरक्षित वनस्पतिहरू;
(ङ) भाग ३० का औषधि सम्बन्धी उत्पादनहरू; वा
(च) सुगन्धित वा श्रृङ्गार सम्बन्धी वा सफाइ सम्बन्धी प्रकृतिका श्वेतसारहरू (भाग ३३)।
२. (अ) पिँधिएका खाद्यान्नहरू सुक्खा उत्पादनमा वजनको हिसाबले तल लेखिए बमोजिमको अवस्थामा यस भाग अन्तर्गत पर्छन्ः
(क) माडको मात्रा (मोडिफाइड युअर्स पोलारिमेट्रिक प्रणालीद्वारा निर्दिष्ट) महल (२) मा देखाइएको भन्दा बढी भएमा; र
(ख) खरानीको मात्रा (मिसिएको कुनै खनिज पदार्थ घटाउँदा) महल (३) मा देखाइएको भन्दा बढी नभएमा; अन्यथा तिनीहरू शीर्षक २३.०२ अन्तर्गत पर्छन्।
तर, खाद्यान्नहरूको बीजाङ्कुर (जर्म), सिङ्गो, बेलिएको, पाप्रो पारिएको (फ्लेक्ड) वा पिँधिएको, जस्तो भए पनि सबै शीर्षक ११.०४ मा पर्छन्।
(आ) माथिको प्रावधान अनुसार यस भागका उत्पादनहरू यदि महल (४) वा (५) मा उल्लिखित आकारको प्वाल भएको धातुको तारबाट बुनिएको कपडाको जालीबाट छिर्ने सम्बन्धित खाद्यान्नको मात्राको प्रतिशतभन्दा तौलमा कम नभएमा शीर्षक ११.०१ वा ११.०२ अन्तर्गत वर्गीकरण गरिनेछ। अन्यथा तिनीहरू शीर्षक ११.०३ वा ११.०४ मा पर्छन्।
३. शीर्षक ११.०३ को "दलिया (ग्रोट्स)" र "पिठो (मिल)" भन्नाले खाद्यान्नका दानाहरूलाई खण्डीकरण (प्रयागमेन्टेशन) गरेर (कुटेर वा पिंधेर) प्राप्त गरिने उत्पादनहरूलाई जनाउँछ, जुनः
(क) मकैको उत्पादनका हकमा २ एम.एम. को प्वाल भएको धातुको तारबाट बुनेको चाल्नोबाट ९५ प्रतिशत चालिनु पर्छ;
(ख) अन्य खाद्यान्न उत्पादनको हकमा १.२५ एम.एम.को प्वाल भएको धातुको तारबाट बुनेको चाल्नोबाट ९५ प्रतिशत चालिनु पर्छ।
द्रष्टव्यहरूः
१. शीर्षक १२.०७, अन्य कुराको साथसाथै ताडीको फल र गुदी, कपासको बियाँ, अण्डीको दाना, तिलको दाना, सस्र्युँको दाना, कुसुम फूल (सेफ्लावर) को दाना, अफिमको दाना र शिया (कराइट) को दानाको हकमा लागू हुन्छ। यसमा शीर्षक ०८.०१ वा ०८.०२ का उत्पादनहरू वा जैतुन (अलिव्स) पर्दैन (भाग ७ वा भाग २०)।
२. शीर्षक १२.०८ चिल्लो पदार्थ नझिकिएको मैदा र पिठोको हकमा मात्र लागू हुने नभई अंशतः चिल्लो पदार्थ निकालिएको वा चिल्लो पदार्थ निकालिएको र पूर्णतः वा अंशतः तिनको मौलिक चिल्लो पदार्थ पुनः मिलाइएको मैदा र पिठोको हकमा समेत लागू हुन्छ। तर शीर्षक २३.०४ देखि २३.०६ सम्मको अवशेषहरूका हकमा यो लागू हुँदैन।
३. शीर्षक १२.०९ को प्रयोजनको लागि, चुकन्दरको बिउ, घाँस र अन्य जडिबुटीका बिउ, आलङ्कारिक फूलका बिउ, वनस्पतिका बिउ, जङ्गली रुखहरूका बिउ, फलका रुखका बिउ, भेचको बिउ (भिसिया फावा जातिको बाहेक) वा ल्यूपिनको बिउलाई "रोप्ने बिउ" मानिनेछ।
तर निम्न बमोजिमका बिउहरू रोप्ने बिउ भए पनि शीर्षक १२.०९ अन्तर्गत पर्दैनन्।
(क) कोसे वनस्पतिहरू वा गुलियो मकै (भाग ७);
(ख) भाग ९ का मसला र अन्य उत्पादनहरू;
(ग) खाद्यान्नहरू (भाग १०); वा
(घ) शीर्षकहरू १२.०१ देखि १२.०७ वा १२.११ का उत्पादनहरू।
४. शीर्षक १२.११ अन्य कुराहरूको साथसाथै देहायका बिरुवा र तिनका अङ्गहरूका हकमा लागू हुन्छः तुलसी, बोरेज, जिनसिङ्ग, हिसप, जेठीमधु, पुदिनाका सबै किसिमहरू, रोजमेरी, रू, सेज र वर्मउड।
तर निम्न वस्तुहरूका हकमा शीर्षक १२.११ लागू हुँदैन।
(क) भाग ३० का औषधिहरू;
(ख) भाग ३३ का सुगन्धित वस्तु, शरीर सफा गर्ने वस्तु तथा श्रृङ्गारका सामानहरू; वा
(ग) शीर्षक ३८.०८ का कीटनाशक, ढुसीनाशक वा झारपातनाशक वा विसङ्क्रमकहरू वा यस्तै उत्पादनहरू।
५. शीर्षक १२.१२ को प्रयोजनको लागि "समुद्री झार (सीविड्स) र अन्य शैवाल (अल्गी) हरू" मा निम्न वस्तुहरू पर्दैनन्ः
(क) शीर्षक २१.०२ को एउटै खबटा भएको मरेको सूक्ष्म जीवाणु;
(ख) शीर्षक ३०.०२ को सूक्ष्म जीवाणुका कल्चरहरू; वा
(ग) शीर्षक ३१.०१ वा ३१.०५ अन्तर्गत पर्ने मलखाद।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक १२०५.१० को प्रयोजनका लागि "न्यून इरुसिक अम्ल तोरी वा कोल्जाका दानाहरू" भन्ने उक्तिले इरुसिक अम्लको मात्रा तौलको हिसाबले २ प्रतिशतभन्दा कम भएको अवाष्पशील तेल आउने र प्रतिग्राम ३० माइक्रोमोलभन्दा कम ग्लुकोसिनोलेटको मात्रा भएको ठोस सङ्घटक (सोलिड कम्पोनेण्ट) तोरी वा कोल्जाका दानाहरूलाई बुझाउँछ।
द्रष्टव्यः
१. शीर्षक १३.०२ अन्य कुराको साथसाथै जेठीमधु (लिकोरिस) को सार, गोदावरी (अकरकरा वा पाइरिथ्रम) को सार, हाप लहराको सार, घिउकुमारी र अफिमको सारको निम्ति लागू हुनेछ।
निम्नलिखित कुराहरूमा यो शीर्षक लागू हुने छैनः-
(क) तौलमा १० प्रतिशतभन्दा बढी सुक्रोज (उखुको वा अन्य सोही प्रकारको चिनी) भएको वा मिठाइको रूपमा राखिएको जेठीमधु (लिकोरिस) को सार (शीर्षक १७.०४);
(ख) माल्टको सार (शीर्षक १९.०१)
(ग) कफी, चिया वा माटेइको सार (शीर्षक २१.०१);
(घ) मादक पेय बनाउने वानस्पतिक रस (साप) वा सार (एक्सट्राक्ट) हरू (भाग २२);
(ङ) कपूर, ग्लिसरिजिन वा शीर्षक २९.१४ वा २९.३८ का अन्य उत्पादनहरू;
(च) तौलको हिसाबले ५० प्रतिशतभन्दा कम क्षारतत्त्व (अल्कलाइड्स) नरहेको अफिमको पराल (पपी स्ट्र) को कन्सन्ट्रेट् (शीर्षक २९.३९);
(छ) शीर्षक ३०.०३ वा ३०.०४ का औषधिहरू वा रक्त समूह छुट्याउने प्रतिकारक (रिएजेण्ट) रासायनिक पदार्थहरू (शीर्षक ३८.२२);
(ज) छाला प्रशोधनका वा रङ्गाउने कार्यमा प्रयोग हुने सारहरू (शीर्षक ३२.०१ वा ३२.०३);
(झ) पेय पदार्थ (विभरेज) को उत्पादनको निमित्त प्रयोग हुने खालका वाष्पशील तेलहरू, सङ्ग्रथित पिण्डहरू (कङ्क्रीट्स), एब्सोल्यूटहरू, खोटो पदार्थहरू (रेजिन्वायड्स), निस्सारित तैलीय खोटो (एक्स्ट्रयाक्टेड ओलियोरेजिन्स), आसवित (तप्क्याएर निकालिएका) जलीय सारहरू वा वाष्पशील तेलको जलीय घोलहरू वा सुगन्धयुक्त (ओडोरिफेरस) तत्त्वहरूमा आधारित तयारी वस्तुहरू) (भाग ३३); वा
(ञ) प्राकृतिक रबर, बलाटा (दक्षिण अमेरिकामा पाइने रबर जस्तो गुँद), गट्टापर्चा (एक किसिमको गुँद वा रबर), ग्वायूले (एक किसिमको रबर), चिकल (एक प्रकारको गुँद) वा यस्तै प्राकृतिक गुँदहरू (शीर्षक ४०.०१)।
द्रष्टव्यहरूः
१. परिच्छेद ११ मा वर्गीकरण हुने निम्नलिखित उत्पादनहरू यस भाग अन्तर्गत पर्दैनन्ः वनस्पति पदार्थ वा जुनसुकै किसिमबाट तयार गरिएका मुख्यतया कपडा बनाउने वनस्पति रेशाहरू वा कपडा पदार्थको रूपमा मात्र प्रयोग हुन सक्ने गरी उपचार गरिएका अरू वनस्पति पदार्थहरू।
२. शीर्षक १४.०१, अन्य कुराका साथसाथै बाँस (फ्याक पारेको वा नपारेको, लामो गरी चिरेको वा नचिरेको, लम्बाइको हिसाबले काटेको वा नकाटेको, टुप्पो मुठारेको वा नमुठारेको, चहकिलो पारेको वा नपारेको, आगो नसल्कने बनाइएको वा नबनाइएको, पालिस लगाइएको वा नलगाइएको वा रङ्गाएको वा नरङ्गाएको), फ्याक पारेको बेत, निगालो र यस्तै वस्तुहरू, राटान (एक किसिमको लहरे ताड) को गुभो, पानी झिकिएको वा फ्याक पारिएको राटानको लागि लागू हुन्छ। यो शीर्षक छ्याकन वा चोइटा काठको लागि लागू हुँदैन (शीर्षक ४४.०४)।
३. शीर्षक १४.०४ काठको मिहीन छ्याकन (उड ऊल) (शीर्षक ४४.०५) र कुचो वा ब्रुस बनाउनका लागि तयार पारिएका गाँठा वा मुट्ठा (झुप्पा)) मा लागू हुँदैन (शीर्षक ९६.०३।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) सुँगुरको बोसो वा घरपालुवा चराचुरुङ्गी (कुखुरा जस्ता) को बोसो (शीर्षक ०२.०९);
(ख) कोको मख्खन, बोसो वा तेल (शीर्षक १८.०४);
(ग) वजनमा १५ प्रतिशतभन्दा बढी शीर्षक ०४.०५ अन्तर्गत पर्ने उत्पादन भएको तयारी खान हुने पदार्थहरू (साधारणतया भाग २१);
(घ) बोसो पगालेर बाँकी रहने थिग्रो (ग्रीब्स) (शीर्षक २३.०१) वा शीर्षक २३.०४ देखि २३.०६ सम्मका अवशेषहरू;
(ङ) बोसिलो अम्ल (फ्याटी एसिड) हरू तयारी मैनहरू, औषधिहरू र रङ्गलेप (पेन्ट) हरू, रोगन (वार्निस)हरू, साबुन, सुगन्धित वस्तुहरू, श्रृङ्गार सम्बन्धी वा शरीर सफा गर्ने वस्तुहरू, गन्धक मिसिएको तेल (सल्फोनेटेड आयल) वा परिच्छेद ६ का वस्तुहरू; वा
(च) तेलबाट बनेका फ्याक्टिस (सल्फर वा सल्फर क्लोराइडको वनस्पति तेलसँगको प्रतिक्रियाबाट बनेको नरम रबर जस्तो पदार्थहरू) (शीर्षक ४०.०२)।
२. घोलक निष्कर्षण प्रक्रिया (सल्भेन्ट एक्स्ट्र्याक्सन प्रक्रिया) द्वारा जैतुन (अलिव्स्) बाट निकालिएको तेल शीर्षक १५.०९ अन्तर्गत पर्दैन (शीर्षक १५.१०)।
३. केवल विकृत (डिनेचर्ड) बनाइएका बोसो, तेल र त्यसको अंश (फ्र्याक्सन) शीर्षक १५.१८ मा पर्दैनन्, तिनीहरूलाई अविकृत (अनडिनेचर्ड) बोसो, तेल र त्यसको अंशको उपयुक्त मिल्दो शीर्षकबाट वर्गीकरण गरिन्छ।
४. साबुन बनाउने वस्तुहरू, तेलबाट निस्केका अशुद्ध (थेग्रो) र विकार (काती) पदार्थहरू, बोसोको ठोस भाग, ग्लिसरोल पीच र ऊल ग्रीजको अवशेष शीर्षक १५.२२ अन्तर्गत पर्दछन्।
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक १५०९.३०.०० को प्रयोजनको लागि विशुद्ध जैतुन (अलिव) को तेलमा ओलेइक अम्लमा व्यक्त गरिएको स्वतन्त्र अम्लीयपन प्रति १०० ग्राममा २.० ग्रामभन्दा बढी हुँदैन र कोडेक्स एलिमेनटेरियस स्टान्डर्ड ३३-१९८१ मा उल्लिखित चारित्रिक गुणहरू अनुसार यसलाई अन्य विशुद्ध जैतुनको तेलका वर्गहरूबाट छुट्याउन सकिन्छ।
२. उपशीर्षक १५१४.११.०० तथा १५१४.१९.०० का प्रयोजनार्थ "न्यून इरुसिक अम्लयुक्त तोरी (रेप वा कोल्जा) को तेल" भन्ने उक्तिले तौलको हिसाबले २ प्रतिशतभन्दा कम इरुसिक अम्लको मात्रा (कण्टेण्ट) भएको अवाष्पशील तेललाई जनाउँछ।
द्रष्टव्यः
यस परिच्छेदमा "गुटिका (पेलेट) हरू" भन्नाले सोझै थिचेर तौलको हिसाबले अनुपातमा ३ प्रतिशतभन्दा बढी नहुने गरी संयोजक पदार्थद्वारा एकत्रित गरिएका उत्पादनहरूलाई जनाउँछ।
द्रष्टव्यहरूः
१. यस भागमा भाग २ वा ३, भाग ४ को द्रष्टव्य ६ वा शीर्षक ०५.०४ मा उल्लिखित प्रक्रियाहरूद्वारा तयार गरिएका वा सुरक्षित गरिएका कीराहरूका साथै मासु, अफल मासु, माछा, झिँगेमाछा जातका जीव (क्रुष्टासियन) हरू वा बाहिरी खबटा हुने जीव (मोलस्क) हरू वा अन्य ढाडमा हाड नहुने जलचर (इनभर्टिब्रेट) हरू पर्दैनन्।
२. ससेज, मासु, अफल मासु, रगत, कीराहरू, माछा वा झिँगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नभएका जलचरहरू वा तिनीहरूको कुनै संयोजन (मिश्रण) को २० प्रतिशतभन्दा बढी वजन भएका खाद्य पदार्थ मात्र यो भाग अन्तर्गत पर्दछन्। कुनै खाद्य पदार्थमा माथि उल्लेख भएका दुई वा दुईभन्दा बढी उत्पादनहरू समावेश भएमा जुन घटक (कम्पोनेण्ट) वा घटकहरूको मात्रा तौलको हिसाबले बढी हुन्छ भाग १६ को त्यसैको सम्बन्धित शीर्षक अन्तर्गत त्यसलाई वर्गीकरण गरिनेछ। यी प्रावधानहरू शीर्षक १९.०२ को भरेको (स्टफ्ड) खाद्य पदार्थ वा शीर्षक २१.०३ वा २१.०४ अन्तर्गतका परिकारमा लागू हुँदैनन्।
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक १६०२.१०.०० को प्रयोजनको लागि "समरुपी (होमाजिनाइज्ड) परिकारहरू" भन्नाले खुद्रा बिक्रीका लागि कन्टेनरमा राखिएको खुद तौल २५० ग्राम ननाघेको मासु, अफल मासु, रगत वा कीराहरू राम्रोसँग समरुपी गरिएको शिशु वा साना केटाकेटीको आहार वा पोषणका उद्देश्यले तयार गरिएको खाद्य पदार्थलाई जनाउँछ। यो परिभाषाको कार्यान्वयनको लागि कुनै वस्तुलाई स्वादिष्ट (सिजनिङ्ग) गर्न, सुरक्षा गर्न वा अन्य कुनै उद्देश्यका लागि थोरै मात्रामा अन्य सङ्घटक (वस्तु) प्रयोग भएको भए पनि त्यसको गणना गरिने छैन। त्यस्ता परिकारहरूमा मासु, अफल मासु वा कीराहरूको थोरै परिमाणमा स-साना देखन सकिने टुक्राहरू हुन सक्नेछन्। शीर्षक १६.०२ का अन्य सबै उपशीर्षकहरूमा यो उपशीर्षक प्रमुख हुनेछ।
२. शीर्षक १६.०४ वा १६.०५ का उपशीर्षकहरूमा आफ्ना सामान्य नामले मात्र उल्लिखित माछा, झिंगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव र ढाडमा हाड नहुने अन्य प्रकारका जलचरहरू भाग ३ का त्यसै नामले उल्लिखित जातिहरूकै हुन्।
द्रष्टव्यः
१. यस भागमा नपर्ने :
(क) कोको भएको चिनीको मिठाईहरू (शीर्षक १८.०६);
(ख) रासायनिक रूपमा शुद्ध चिनी (सुक्रोज, ल्याक्टोज, माल्टोज, ग्लुकोज र फ्रुक्टोज बाहेक) वा शीर्षक २९.४० का अन्य उत्पादनहरू; वा
(ग) औषधिहरू वा भाग ३० का अन्य उत्पादनहरू।
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक १७०१.१२, १७०१.१३ र १७०१.१४ को प्रयोजनको लागि "कच्चा चिनी" भन्नाले त्यस्तो चिनीलाई जनाउँछ जसमा सुक्खा रहेको अवस्थामा तौलको हिसाबले सुक्रोजको मात्रा पोलारीमिटर (ध्रुवीकृत प्रकाश मापक यन्त्र) बाट ९९.५ डिग्रीभन्दा कम देखाएको हुनु पर्दछ।
२. उपशीर्षक १७०१.१३.०० ले अपकेन्द्रित प्रक्रियाबिना प्राप्त गरिएको उखुको त्यस्तो चिनीलाई मात्र समेट्दछ जसमा तौलको हिसाबमा, सुक्खा अवस्थामा, पोलारिमिटरबाट हेर्दा सुक्रोजको मात्रा ६९ डिग्री वा सोभन्दा बढी तर ९३ डिग्रीभन्दा कम हुन्छ। यस्तो उत्पादनमा प्राकृतिक समथर पाटा (नेचुरल फेस) नभएका (एनहिड्रल), असमान आकारका, नाङ्गो आँखाले देखन नसकिने, मोलासेसका अवशेषहरू एवं उखुका अन्य अंशहरूले परिवेष्ठित माइक्रोक्रिष्टलहरू मात्र हुन्छन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) ससेज, मासु, अफल मासु, रगत, कीराहरू, माछा वा झिंगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नभएका जलचरहरू वा तिनीहरूको कुनै संयोजन (मिश्रण) को २० प्रतिशतभन्दा बढी वजन समावेश भएका तयारी खाद्य परिकारहरू (भाग१६);
(ख) शीर्षकहरू ०४.०३, १९.०१, १९.०२, १९.०४, १९.०५, २१.०५, २२.०२, २२.०८, ३०.०३ वा ३०.०४ का तयारी वस्तुहरू।
२. शीर्षक १८.०६ मा कोको मिश्रित चिनीका मिठाई र यसै भागको द्रष्टव्य १ का अधीनमा रही कोको मिश्रित अरू खाद्य परिकारहरू पर्दछन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक १९.०२ को भरेको (स्टफ्ड) खाद्य पदार्थको सन्दर्भमा बाहेक ससेज, मासु, अफल मासु, रगत, कीराहरू, माछा वा झिंगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नभएका जलचरहरू वा तिनीहरूको कुनै संयोजन (मिश्रण) को २० प्रतिशतभन्दा बढी वजन भएका तयारी खाद्य परिकारहरू (भाग १६);
(ख) बिस्कुट वा पशु आहारको लागि विशेष किसिमले तयार गरिएका मैदा वा श्वेतसारबाट बनाइएका अन्य वस्तुहरू (शीर्षक २३.०९); वा
(ग) भाग ३० मा पर्ने औषधि वा अन्य उत्पादनहरू।
२. शीर्षक १९.०१ को प्रयोजनको लागिः
(क) "दलिया" भन्ने शब्दले भाग ११ को खाद्यान्नको दलियालाई जनाउँछ;
(ख) "मैदा" र "पिठो" भन्ने शब्दहरूलेः
(१) भाग ११ को खाद्यान्नको मैदा र पिठो, र
(२) सुकाइएका वनस्पति (शीर्षक ०७.१२) को, आलुको (शीर्षक ११.०५) वा सुकाइएका कोसे वनस्पतिहरूको (शीर्षक ११.०६) मैदा, पिठो र धुलो बाहेक कुनै पनि भागको वनस्पतिजन्य मैदा, पिठो र धुलोलाई जनाउँछ।
३. पूर्णतः निःस्नेही (डिफ्याटेड) आधारमा गणना गर्दा तौलमा ६ प्रतिशतभन्दा बढी कोको भएको वा पूर्णरूपमा चकलेट आच्छादित (कोटेड) परिकारहरू वा कोको भएका शीर्षक १८.०६ मा पर्ने अन्य परिकारहरू शीर्षक १९.०४ अन्तर्गत पर्दैनन् (शीर्षक १८.०६)।
४. शीर्षक १९.०४ को प्रयोजनको लागि "अन्य प्रकारले तयारी" भन्नाले भाग १० वा ११ को द्रष्टव्य वा शीर्षकहरूमा उल्लेख भएको हदभन्दा बढी मात्रामा प्रशोधन वा तयारी भएको सम्झनु पर्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) भाग ७, ८ वा ११ मा उल्लेख भएका तरिकाहरूबाट तयार गरिएको वा सुरक्षित राखिएको फल वा काष्ठफल र वनस्पति;
(ख) वानस्पतिक बोसो र तेलहरू (भाग १५);
(ग) ससेज, मासु, अफल मासु, रगत, कीराहरू, माछा वा झिंगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नभएका जलचर वा तिनीहरूको संयोजनको अंश तौलको हिसाबमा २० प्रतिशतभन्दा बढी भएका खाद्य परिकारहरू (भाग १६)।
(घ) शीर्षक १९.०५ को बेकरी र अन्य उत्पादनहरू; वा
(ङ) शीर्षक २१.०४ को समरुपी (होमाजिनाइज्ड) मिश्रित खाद्य परिकारहरू।
२. चिनीको मिठाई (शीर्षक १७.०४) वा चकलेट मिठाई (शीर्षक १८.०६) को रूपमा रहेको फलको जेली, माडा, चिनी आच्छादित बदाम वा यस्तै वस्तुहरू शीर्षक २०.०७ र २०.०८ अन्तर्गत पर्दैनन्।
३. शीर्षक २०.०१, २०.०४ र २०.०५ ले द्रष्टव्य १(क) मा उल्लेख भएको प्रक्रियाहरू बाहेक अरू किसिमबाट तयार गरिएका वा सुरक्षित गरिएका भाग ७ का र शीर्षक ११.०५ वा ११.०६ का (भाग ८ का उत्पादनहरूका मैदा, पिठो चूर्ण बाहेक) उत्पादनहरूलाई मात्र स्थिति अनुसार समावेश गर्दछन्।
४. गोलभेँडाको रस जसको सुक्खा भागको मात्रा वजनको ७ प्रतिशत वा सोभन्दा बढी छ, शीर्षक २०.०२ अन्तर्गत वर्गीकरण गरिनेछ।
५. शीर्षक २०.०७ को प्रयोजनको लागि "पकाएर बनाइएका" भन्ने उक्तिले वातावरणीय चाप (एट्मोस्फेरिक प्रेसर) मा ताप उपचार (हिट ट्रिटमेण्ट) द्वारा प्राप्त वा घटाइएको चापमा पानीको मात्रा घटाएर कुनै वस्तुको लसिलोपन (भिस्कोसिटी) बढाएर वा अन्य उपायद्वारा प्राप्त भन्ने अर्थ बुझाउँछ।
६. शीर्षक २०.०९ को प्रयोजनको लागि "खमिरीकरण नगरेको र स्पिरिट नहालेको रस" भन्नाले आयतनको हिसाबले ०.५ प्रतिशत अल्कोहोलिक शक्ति ननाघेको रस (जुस) लाई सम्झनु पर्छ। (हेर्नुहोस् भाग २२, द्रष्टव्य २)
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक २००५.१० को प्रयोजनको लागि "समरुपी वनस्पति" भन्नाले दुई सय पचास ग्रामभन्दा बढी खुद वजन नभएको शिशु वा साना केटाकेटीको प्रयोगको लागि उपयुक्त आहार वा सन्तुलित आहार खुद्रा बिक्रीको लागि राम्रोसँग "समरुपी" बनाइएको वनस्पतिका परिकारहरू सम्झनु पर्छ। यो परिभाषाको कार्यान्वयनको लागि त्यस्तो परिकारमा स्वादिष्ट बनाउन, परिरक्षा वा अन्य उद्देश्यको लागि थोरै मात्रामा कुनै अवयव राखिएको भए पनि त्यसको हिसाब गरिने छैन। यस्ता परिकारहरूमा थोरै परिमाणमा वनस्पतिका आँखाले देखिने साना साना टुक्राहरू हुन सक्छन्। शीर्षक २०.०५ का सबै उपशीर्षकहरूमध्ये उपशीर्षक २००५.१० प्रमुख हुनेछ।
२. उपशीर्षक २००७.१० को प्रयोजनको लागि "समरुपी परिकार" भन्नाले २५० ग्रामभन्दा बढी खुद वजन नभएको, शिशु वा साना केटाकेटीको प्रयोगको लागि उपयुक्त आहार वा सन्तुलित आहारको रूपमा खुद्रा बिक्रीको लागि राम्रोसँग समरुपी बनाइएको फलका परिकारहरू सम्झनु पर्छ।यो परिभाषाको कार्यान्वयनको लागि त्यस्तो परिकारमा स्वादिष्ट बनाउन, परिरक्षा वा अन्य उद्देश्यको लागि थोरै मात्रामा कुनै अवयव राखिएको भए पनि त्यसको हिसाब गरिने छैन।यस्ता परिकारहरूमा थोरै परिमाणमा फलका आँखाले देखिने साना साना टुक्राहरू हुन सक्छन्। शीर्षक २०.०७ का सबै उपशीर्षकहरूमध्ये उपशीर्षक २००७.१० प्रमुख हुनेछ।
३. उपशीर्षकहरू २००९.१२, २००९.२१, २००९.३१, २००९.४१, २००९.६१ र २००९.७१ को प्रयोजनको लागि "ब्रिक्स मूल्य" भन्ने उक्तिले ब्रिक्स हाइड्रोमिटरबाट प्राप्त ब्रिक्स डिग्रीको प्रत्यक्ष पाठ्याङ्क वा २० डिग्री सेल्सियसको तापक्रममा वा अन्य फरक तापक्रममा पाठ्याङ्क गरिएको भए २० डिग्री सेल्सियसको अनुकूल ठीक गरेको रिफ्राक्टोमिटरले प्रतिशत सुक्रोजको मात्राको रूपमा अभिव्यक्त अपवर्तक सूचकाङ्क (रिफ्राक्टिभ इण्डेक्स) को प्रत्यक्ष पाठ्याङ्कलाई जनाउँछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ०७.१२ का मिश्रित वनस्पतिहरू
(ख) कुनै पनि अनुपातमा कफी मिसिएको, भुटिएका कफी प्रतिस्थापकहरू (शीर्षक ०९.०१);
(ग) स्वादिष्ट बनाइएको चिया (शीर्षक ०९.०२);
(घ) शीर्षक ०९.०४ देखि ०९.१० सम्मका मसलाहरू वा अन्य उत्पादनहरू;
(ङ) शीर्षक २१.०३ वा २१.०४ मा उल्लिखित खाद्य परिकारहरू बाहेक वजनमा २० प्रतिशतभन्दा बढी ससेज, मासु, अफल मासु, रगत, कीराहरू, माछा वा झिँगेमाछा जातका जीव, बाहिरी खबटा हुने जीव वा अन्य ढाडमा हाड नहुने जलचरहरू वा यिनीहरूको कुनै किसिमको संयोजन (भाग १६)
(च) शीर्षक २४.०४ का उत्पादनहरू;
(छ) शीर्षक ३०.०३ वा ३०.०४ का औषधिको रूपमा प्रयोग गरिने मर्चा (इष्ट) वा अन्य उत्पादनहरू; वा
(ज) शीर्षक ३५.०७ को तयारी इञ्जाइमहरू।
२. द्रष्टव्य १(ख) मा उल्लेख भएका प्रतिस्थापकहरूका सारहरू शीर्षक २१.०१ अन्तर्गत वर्गीकरण गरिनेछन्।
३. शीर्षक २१.०४ को प्रयोजनको लागि "समरुपी मिश्रित खाद्य परिकार" भन्नाले २५० ग्रामभन्दा बढी तौल नभएको शिशु वा साना केटाकेटीको प्रयोगको लागि उपयुक्त आहार वा सन्तुलित आहारको रूपमा खुद्रा बिक्रीको लागि राम्रोसँग समरुपी बनाइएको दुई वा दुईभन्दा बढी मुख्य वस्तुको सम्मिश्रण, जस्तै- मासु, माछा, वनस्पति, फल वा काष्ठफलहरू भएको परिकारलाई सम्झनु पर्छ। यो परिभाषाको कार्यान्वयनको लागि त्यस्तो मिश्रणलाई स्वाद बढाउन, सुरक्षा गर्न वा अन्य कुनै उद्देश्यका लागि थोरै मात्रामा अन्य वस्तु राखिएको भए पनि त्यसको लेखा गरिने छैन। त्यस्ता परिकारहरूमा थोरै परिमाणमा देखन सकिने स-साना टुक्राहरू हुन सक्छन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। ¥ आर्थिक ऐन, २०८३ द्वारा थप।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) भान्साको (पाकशालीय) प्रयोजनको लागि तयार गरिएको र त्यसबाट पेय पदार्थको रूपमा उपभोग गर्न अनुपयुक्त हुन गएका यस भागका उत्पादनहरू (शीर्षक २२.०९ का उत्पादनहरू बाहेक) (साधारणतया शीर्षक २१.०३);
(ख) समुद्रको पानी (शीर्षक २५.०१);
(ग) आसवित (डिस्टिल्ड) र संवाहनशील (कण्डक्टिभिटी) पानी र अन्य त्यस्तै शुद्ध पारिएको पानी (शीर्षक २८.५३);
(घ) तौलमा १० प्रतिशतभन्दा बढी कन्सेन्ट्रेटको एसिटिक एसिड भएको एसिटिक एसिड (शीर्षक २९.१५);
(ङ) शीर्षक ३०.०३ वा ३०.०४ का औषधिहरू; वा
(च) सुगन्धित वा शरीर सफा गर्ने तयारी सामग्रीहरू (भाग ३३)।
२. यो भाग र भाग २० र २१ को प्रयोजनको लागि "आयतनको हिसाबले अल्कोहलको शक्ति" लाई २० डिग्री सेल्सियसको तापमानमा निश्चित गरिनेछ।
३. शीर्षक २२.०२ को प्रयोजनको लागि "अल्कोहल नभएको पेय पदार्थ" भन्नाले आयतनको हिसाबबाट ०.५ प्रतिशतभन्दा बढी अल्कोहल शक्ति नभएको पेय पदार्थ सम्झनु पर्छ। अल्कोहलयुक्त पेय पदार्थहरूलाई उपयुक्तता अनुसार शीर्षक २२.०३ देखि २२.०६ वा शीर्षक २२.०८ मा वर्गीकरण गरिन्छ।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक २२०४.१० को प्रयोजनका लागि "स्पार्कलिङ्ग वाइन" भन्नाले २० डिग्री सेल्सियसको तापमा बन्द भाँडोमा राख्दा एक्सेस प्रेसर ३ बारभन्दा कम नभएको वाइनलाई सम्झनु पर्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
¥ आर्थिक ऐन, २०८३ द्वारा थप।
द्रष्टव्यः
१. वानस्पतिक रद्दी, वानस्पतिक अवशेष र त्यस्ता प्रक्रियाका उपोत्पादन (बाइप्रोडक्ट) हरू बाहेक वानस्पतिक वा पशुजन्य पदार्थहरूलाई तिनीहरूले आफ्नो मौलिक पदार्थको सारभूत लक्षण गुमाउने हदसम्म प्रशोधन गरी बनाइएका अन्यत्र उल्लेख वा समावेश नभएका पशु आहारमा प्रयोग हुने उत्पादनहरू शीर्षक २३.०९ अन्तर्गत पर्दछन्।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक २३०६.४१.०० को प्रयोजनार्थ "इरुसिक अम्ल न्यून भएका तोरी (रेप वा कोल्जा) का दानाहरू" भन्ने उक्तिले भाग १२ को उपशीर्षक द्रष्टव्य १ मा परिभाषित दाना (सीड) हरूलाई जनाउँछ।
द्रष्टव्यहरूः
१. भाग ३० को औषधिको रूपमा प्रयोग हुने चुरोट यस भाग अन्तर्गत पर्दैन।
२. यस भागको शीर्षक २४.०४ र अरू कुनै शीर्षकमा वर्गीकरणयोग्य उत्पादनहरूलाई शीर्षक २४.०४ मा नै वर्गीकरण गर्नु पर्दछ।
३. शीर्षक २४.०४ को प्रयोजनको लागि "दहन नगरी सासले तान्ने (इनहेलेशन विदाउट कम्बसन)" भन्ने अभिव्यक्तिको अर्थ दहन नगरी ताप पुऱ्याउने (हिटेड डेलिभरी) वा अन्य माध्यमबाट सासले तान्ने (इनहेलेशन) भन्ने सम्झनु पर्छ।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक २४०३.११ को प्रयोजनका लागि "वाटर पाइप टोबाको (तमाखु)" भन्ने उक्तिले सुर्ती र ग्लिसरोलको मिश्रण भएको, सुगन्धित तेल र सारहरू, खुदो (मोलासेस) वा चिनी भएको वा नभएको र फलले स्वादिष्ट बनाइएको वा नबनाइएको जलनली (हुक्का) द्वारा धूम्रपान गर्ने उद्देश्यबाट तयार सुर्तीलाई जनाउँछ। तथापि, जलनली (हुक्का) द्वारा धूम्रपान गर्ने उद्देश्यबाट तयार गरिएको भए पनि सुर्ती रहित उत्पादनहरू यस उपशीर्षकमा पर्दैनन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. तिनीहरूको प्रसङ्गले वा यसै भागको द्रष्टव्य ४ ले अन्यथा व्यवस्था गरेकोमा बाहेक, यस भागका शीर्षकहरूमा त्यस्ता उत्पादनहरू मात्र पर्छन् जुन कच्चा (क्रुड) अवस्थामा हुन्छन् वा जुन धोइएका (स्वरूप (स्ट्रक्चर) नबदलिने गरी अशुद्धताहरू निस्कने गरी रासायनिक पदार्थहरूले समेत), चूर्ण पारिएका, पिँधिएका, धुल्याइएका, लेदो पारिएका, निफनेका, छानिएका, उप्लवन (फ्लोटेसन) द्वारा केन्द्रिभूत गरेका, चुम्बकीय विच्छेद अथवा अन्य यान्त्रिक वा भौतिक प्रक्रिया (मणिभीकरण बाहेक) बाट गाढा वा बाक्लो पारिएका हुन्छन्, तर पोलिएको वा भस्मित गरिएका अथवा प्रत्येक शीर्षकमा उल्लेख गरिएको सीमाभन्दा बढी प्रशोधन गरेका उत्पादनहरू यस भागमा पर्दैनन्।
यो भागका उत्पादनहरूमा धुलिन रोक्ने कारक (एन्टी डस्टिङ्ग एजेण्ट) राखिएको हुन सक्छन् तर त्यस किसिमको योगले ती वस्तुलाई विशेष प्रयोगको लागि उपयुक्त बनाउने नभई सामान्य प्रयोगको लागि नै उपयुक्त हुन सक्ने बनाउँछन्।
२. यो भागमा नपर्नेः
(क) ऊर्ध्वपातित (सब्लाइम्ड) गन्धक, थेग्रो पारिएको (प्रिसिपिटेटेड) गन्धक अथवा अमणिभीय (कोलोइडल) गन्धक (शीर्षक २८.०२);
(ख) तौलमा ७० प्रतिशतभन्दा बढी फेरिक अक्साइडमा मूल्याङ्कन गरिएको संयुक्त फलाम भएको भूरङ्ग (शीर्षक २८.२१);
(ग) औषधिहरू वा भाग ३० का अन्य उत्पादनहरू;
(घ) अत्तर (सुगन्ध), श्रृङ्गारका सामान वा शरीर सफा गर्ने सामान सम्बन्धी वस्तुहरू (भाग ३३);
(ङ) डोलोमाइट ज्यामिङ् मिश्रण (शीर्षक ३८.१६);
(च) सडक छाप्ने ढुङ्गा (सेट) हरू, सडकको छेउ छाप्ने ढुङ्गा (कर्वस्टोन) र कडा खाले छाप्ने चेप्टो ढुङ्गा (फ्लागस्टोन) हरू (शीर्षक ६८.०१); मोजाइक क्यूब वा त्यस्तै सामान (शीर्षक ६८.०२); छानामा लगाउने (रुफिङ्ग), भित्तामा लगाउने (फेसिङ्ग) वा चिसोबाट जोगाउन सतहमा ओछ्याउने (ड्याम्पकोर्स) प्रस्तर फलकहरू (स्लेट) (शीर्षक ६८.०३)
(छ) बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (शीर्षक ७१.०२ वा ७१.०३);
(ज) प्रत्येकको २.५ ग्रामभन्दा कम तौल नभएको (चाक्षुस तत्त्व (अप्टिकल एलिमेण्ट) बाहेक) शीर्षक ३८.२४ का सोडियम क्लोराइड अथवा म्याग्नेसियम अक्साइडका सम्बर्द्धन गरिएका मणिभहरू (कल्चर्ड क्रिस्टलहरू); सोडियम क्लोराइड र म्याग्नेसियम अक्साइडका चाक्षुस तत्त्वहरू (अप्टिकल एलिमेण्ट) (शीर्षक ९०.०१);
(झ) बिलियार्ड खेलका चकहरू (शीर्षक ९५.०४); वा
(ञ) लेख्ने खरी अथवा चित्र बनाउने खरी (ड्रइङ्ग चक) वा सूचिकारले प्रयोग गर्ने खरी (टेलर्स चक) (शीर्षक ९६.०९)।
३. शीर्षक २५.१७ र यस भागका अन्य कुनै पनि शीर्षकहरूमा वर्गीकरणयोग्य कुनै पनि उत्पादनहरूलाई शीर्षक २५.१७ अन्तर्गत नै वर्गीकरण गरिनेछ।
४. अन्य कुराका साथै शीर्षक २५.३० निम्न सामानहरूका हकमा लागू हुन्छः भर्मिकुलाइट, पर्लाइट र क्लोराइटहरू, अविस्तारित; भूरङ्गहरू, भस्मित वा अभस्मित वा एकैसाथ मिसाइएका वा नमिसाइएका; प्राकृतिक अभ्रकीय लौहिक अक्साइडहरू; मिरसम् (पालिस लगाइएका वा नलगाइएका टुक्राहरू); एम्बर (तृणमणि); एकत्रित गरिएको मिरसम् र एकत्रित गरिएका एम्बरहरू, पाता र डण्डी छड वा त्यस्तै रूपमा तर आकार दिएपछि केही नगरिएका; जेट (कालो पत्थर); स्ट्रोन्टियम अक्साइड बाहेकको स्ट्रोन्टिनाइट (अभस्मित वा भस्मित); फुटेका माटाका भाँडा (पटरी), ईंट वा कङ्क्रिटका टुक्राटाक्री।
♠ नेपाल राजपत्रको मिति २०८१।०८।०६ मा प्रकाशित सूचनाद्वारा हेरफेर।
♠ नेपाल राजपत्रको मिति २०८१।०८।०६ मा प्रकाशित सूचनाद्वारा हेरफेर ।
द्रष्टव्यहरूः
१. यो भाग अन्तर्गत नपर्नेः
(क) रोडाको रूपमा तयार गरिएको धातुमल र त्यस्तै प्रकारका औद्योगिक रद्दीहरू, (शीर्षक २५.१७))
(ख) प्राकृतिक म्याग्नेसियम कार्बोनेट (म्याग्नेसाइट), भस्मित वा अभस्मित (शीर्षक २५.१९);
(ग) मूलतः शीर्षक २७.१० अन्तर्गत पर्ने पेट्रोलियम तेल राखिने भण्डारण ट्याङ्कीबाट निस्किने फोहोरमैलाको हिलोहरू;
(घ) भाग ३१ को आधारभूत धातुमल;
(ङ) धातुमलको रेशा, चट्टानको रेशा वा यस्तै खनिज रेशा (शीर्षक ६८.०६);
(च) बहुमूल्य धातु वा बहुमूल्य धातुले ढाकेका (क्ल्याड) धातुको रद्दी वा पत्रु (वेष्ट वा स्क्रयाप), बहुमूल्य धातुको पुनः प्राप्ति (रिकभरी) को लागि मुख्य रूपमा प्रयोग हुने खालका, बहुमूल्य धातु वा बहुमूल्य धातुका मिश्रण भएका अन्य रद्दी र पत्रु (शीर्षक ७१.१२ वा ८५.४९); वा
(छ) कुनै पनि गलाउने प्रक्रियाबाट उत्पादित तामा, निकल वा कोबाल्ट धातुहरूको म्याटहरू (परिच्छेद १५)।
२. शीर्षक २६.०१ देखि २६.१७ सम्मको उद्देश्यको लागि "धाउ" शब्दले पारो निकाल्ने धातु उद्योगमा यथार्थतः प्रयोग गरिने खनिज जातिको, शीर्षक २८.४४ वा परिच्छेद १४ वा १५ का धातुहरूको खनिजलाई जनाउँछ, यद्यपि ती धातुकर्म बाहेक अन्य कार्यको लागि पनि अभिष्ट हुन सक्तछन्। तर, शीर्षक २६.०१ देखि २६.१७ मा धातु उद्योगको सामान्य प्रक्रिया बाहेक अन्य प्रक्रिया (प्रोसेस) मा ल्याइएका खनिजहरू भने पर्दैनन्।
३. शीर्षक २६.२० देहायका वस्तुहरूको हकमा मात्र लागू हुन्छः
(क) धातु निकाल्ने (एक्स्ट्रयाक्सन) उद्योगमा वा धातुको रासायनिक यौगिक उत्पादन गर्ने उद्योगमा आधार (बेसिस) स्वरूप प्रयोग हुने खालको धातुमल, खरानी र अवशेष (रिसिडयू) हरू, तर नगरीय उत्सर्जित पदार्थ (म्युनिसिपल वेष्ट) को भस्मीकरणबाट निस्कने खरानी र अवशेषहरू बाहेक (शीर्षक २६.२१); तथा
(ख) आर्सेनिक वा धातुहरू निकाल्न प्रयोग हुने खालको वा तिनको रासायनिक यौगिक उत्पादनको लागि प्रयोग हुने खालको, धातुहरू भए वा नभएको, आर्सेनिक भएको धातुमल, खरानी र अवशेष (रेसिडयू) हरू।
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक २६२०.२१ को प्रयोजनार्थ "सिसायुक्त पेट्रोल (ग्यासोलीन) को फोहोरमैलाको हिलो (स्लजेज) तथा सिसायुक्त एण्टीनक यौगिकको फोहोरमैलाको हिलो (स्लजेज)" भन्नाले सिसायुक्त पेट्रोल (लिडेड ग्यासोलिन) र सिसायुक्त एण्टीनक यौगिक (उदाहरणको लागि, टेट्राइथिललिड) भण्डारण गर्ने ट्याङ्कीबाट निस्कने, मुख्यतः सिसा, सिसाको यौगिक र आइरन अक्साइड भएको फोहोरमैलाको हिलो (स्लजेज) लाई जनाउँछ।
२. आर्सेनिक, पारो (मरक्यूरी), थालियम वा तिनका मिश्रणहरू भएका धातुमल, खरानी तथा अवशेष (रेसिडयू) हरू, घातक विष निकाल्न वा ती धातुहरू निकाल्न अथवा तिनका रासायनिक यौगिक उत्पादन गर्न प्रयोग गरिने खालका भएमा, उपशीर्षक २६२०.६० मा वर्गीकरण गरिनेछन्।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक २७.११ मा वर्गीकरण हुने शुद्ध मिथेन र प्रोपेन बाहेक रासायनिक तवरले छुट्टै परिभाषित अर्गानिक यौगिकहरू;
(ख) शीर्षक ३०.०३ वा ३०.०४ मा पर्ने औषधिहरू; वा
(ग) शीर्षक ३३.०१, ३३.०२ अथवा ३८.०५ मा पर्ने मिश्रित असन्तृप्त हाइड्रोकार्बनहरू।
२. शीर्षक २७.१० को "पेट्रोलियम तेल र बिटुमिन खनिजबाट प्राप्त तेलहरू भन्ने" सन्दर्भले पेट्रोलियम तेल र बिटुमिन खनिजबाट उत्पन्न तेलहरू मात्र समावेश गर्ने नभई अरु अन्य उस्तै तेलहरू र जुनसुकै प्रक्रियाबाट उपलब्ध भएका मिश्रित असन्तृप्त हाइड्रोकार्बनलाई पनि समावेश गर्ने गरी लिइन्छ, तर तिनमा गैरसुगन्धित (नन-एरोमेटिक) वस्तुहरूको तौल सुगन्धित (एरोमेटिक) वस्तुको भन्दा बढी भएको हुनु पर्दछ।
तर, यस सन्दर्भले "रिडयूस्ड प्रेसर डिस्टिलेशन मेथड" प्रयोग गरिँदा १०१३ मिलिवारमा परिवर्तनपछि ३०० डिग्री सेल्सियसमा ६० प्रतिशतभन्दा कम आयतन (भोल्यूम) मा आसवन (डिस्टिल) हुने तरल कृत्रिम पोलिओलेफिनहरूलाई समावेश गर्दैन (भाग ३९)।
३. शीर्षक २७.१० को प्रयोजनार्थ "रद्दी तेल" (वेष्ट आयल) भन्नाले पानी मिसिएको वा नमिसिएको, मुख्यतः पेट्रोलियम तेल र बिटुमिन भएका खनिजहरू (यस भागको द्रष्टव्य २ मा उल्लेख भए अनुसारको) समावेश भएको रद्दी (वेष्ट) लाई जनाउँछ। यिनमा देहायका वस्तुहरू पर्छन्ः
(क) त्यस्ता तेलहरू जो अब प्राथमिक उत्पादन सरह प्रयोगको लागि उपयुक्त छैनन्, (उदाहरणको लागि, प्रयुक्त चिप्लो पार्ने तेल (लुब्रिकेटिङ्ग आयल), प्रयुक्त हाइड्रोलिक आयल र प्रयुक्त ट्रान्सफर्मर आयलहरू));
(ख) पेट्रोलियम तेलहरूको भण्डारण ट्याङ्कीबाट निस्कने फोहोरमैला (स्लज) युक्त तेलहरू मुख्यतः त्यस्ता तेलहरू र प्राथमिक उत्पादनहरूको निर्माण कार्यमा प्रयोग हुने
योगशील पदार्थ (एडिटिभ) हरूको (उदाहरणको लागि रसायनहरू) उच्च सान्द्र (कन्सेन्ट्रेसन) समावेश भएको; र
(ग) पानीमा तैलोद (इमल्सन) को रूपमा भएको वा पानीको साथमा मिश्रण भएका तेलहरू, जस्तो कि (ट्याङ्की आदिबाट) तेल पोखिएर (आयल स्पिल्स), भण्डारण ट्याङ्की पखालिँदा (वासिङ्ग) वा यन्त्रोपकरण चलाएको बेलामा कटिङ्ग आयलको प्रयोगबाट निस्कने तेलहरू।
उपशीर्षक द्रष्टव्यहरूः
१. उपशीर्षक २७०१.११ को प्रयोजनका लागि "आन्थ्रसाइट" भन्नाले उडेर जाने (भोलाटाइल) पदार्थको सीमा (सुक्खा, खनिज पदार्थ नभएको आधारमा) १४ प्रतिशतभन्दा बढी नभएको कोइलालाई सम्झनु पर्छ।
२. उपशीर्षक २७०१.१२ को प्रयोजनका लागि "बिटुमिनयुक्त कोइला" भन्नाले उडेर जाने (भोलाटाइल) पदार्थको सीमा (सुक्खा, खनिज पदार्थ नभएको आधारमा) १४ प्रतिशतभन्दा बढी भएको र क्यालोरिफिक मूल्य सीमा (आर्द्रमा खनिज पदार्थ नभएको आधारमा) ५,८३३ किलो क्यालोरी प्रतिकिलोग्राम बराबर वा बढी भएको कोइलालाई जनाउँछ।
३. उपशीर्षकहरू २७०७.१०, २७०७.२०, २७०७.३० र २७०७.४० को प्रयोजनार्थ "बेनजोल (बेनजिन)", "टोल्युओल (टोल्युइन)"; "जाइलोल (जाइलिन्स)"; र "नेप्थालिन" शब्दहरू त्यस्ता उत्पादनहरूको लागि प्रयुक्त हुन्छन्, जसमा तौलको हिसाबले क्रमशः बेनजीन, टोलुइन, जाइलिन्स र नेप्थालिनको मात्रा ५० प्रतिशतभन्दा बढी रहन्छ।
४. उपशीर्षक २७१०.१२ को प्रयोजनार्थ, "हलुका तेल र तयारी वस्तुहरू" त्यस्ता वस्तुहरू हुन् जसको आईएसओ ३४०५ पद्धति अनुसार (एएसटिएमडि ८६ पद्धति बराबर) २१० डिग्री सेल्सियसमा आयतनको हिसाबले ९० प्रतिशत वा सोभन्दा बढी (ह्रास समेत) आसवन (डिस्टिल) हुन्छ।
५. शीर्षक २७.१० का उपशीर्षकहरूको प्रयोजनका लागि "जैविक डिजेल (बायोडिजेल)" भन्ने उक्तिले इन्धनका रूपमा प्रयोग गर्ने किसिमको प्रयोग भएको वा नभएको जनावर वा वनस्पति वा सूक्ष्मजैविक (माइक्रोबियल) को बोसो र तेलबाट निकालिएको बोसे अम्ल (फ्याट्टी एसिड) को मोनोअल्काइल एष्टरहरूलाई बुझाउँदछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. (अ) शीर्षक २८.४४ वा २८.४५ का विवरण अनुसारका मिल्दा वस्तुहरू (विकीरणीय धाउ बाहेक) लाई त्यही शीर्षकहरूमा नै वर्गीकरण गरिनेछ, यस अनुसूचीको अन्य कुनै शीर्षकमा वर्गीकरण गरिने छैन।
(आ) माथिको प्रकरण (अ) का अधीनमा रही शीर्षक २८.४३, २८.४६ वा २८.५२ का विवरणसँग मिल्ने वस्तुहरूलाई त्यही शीर्षकमा नै वर्गीकरण गरिनेछ, यस परिच्छेदको अन्य कुनै शीर्षकमा वर्गीकरण गरिने छैन।
२. माथि द्रष्टव्य १ का अधीनमा रही शीर्षक ३०.०४, ३०.०५, ३०.०६, ३२.१२, ३३.०३, ३३.०४, ३३.०५, ३३.०६, ३३.०७, ३५.०६, ३७.०७ वा ३८.०८ मा वर्गीकरण गर्न सकिने खालका वस्तुहरू परिमित वा मापित (मेजर्ड) मात्रामा राखिनाको कारणले वा खुद्रा बिक्रीमा राखिनाको कारणले ती शीर्षकहरूमा नै वर्गीकरण गरिनेछन्, यस अनुसूचीको अन्य कुनै शीर्षकमा वर्गीकरण गरिने छैनन्।
३. दुई वा दुईभन्दा बढी भिन्दाभिन्दै घटकहरू (कन्स्टिच्यूएन्टस) मिली बनेका, समूह (सेट) को रूपमा राखिएका वस्तुहरू जसमध्ये केही वा सबै नै प्रस्तुत परिच्छेद अन्तर्गत पर्दछन् र परिच्छेद ६ अथवा ७ का उत्पादन प्राप्त गर्नका लागि जसलाई एकसाथ मिसाइन्छ, यदि त्यस्ता घटकहरू (कन्स्टिच्यूएन्टस) देहाय बमोजिमको भए त्यस्ता वस्तुहरूलाई तिनका उपयुक्त शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछन्ः
(क) तिनीहरूलाई राखिएको (प्याकिङ्ग गरेको) तरिकालाई विचार गर्दा तिनलाई पुनः प्याक गर्नु अगाडि ती वस्तुहरू एकैसाथ प्रयोग गरिने हुन् भनी स्पष्ट रूपले चिनिने छन्,
(ख) एकसाथ प्रस्तुत भएका छन्, र
(ग) तिनीहरूको प्रकृतिले वा सापेक्षिक अनुपातमा भएको उपस्थितिले ती एक अर्काका पूरक हुन् भनी चिनिन्छन्।
४. वर्णन गरिएको नाम वा कार्यको आधारमा कुनै वस्तुको विवरण परिच्छेद ६ को एक वा बढी शीर्षकहरूसँग र शीर्षक ३८.२७ सँग पनि मेल खाने भएमा शीर्षक ३८.२७ अन्तर्गत वर्गीकरण नगरी वस्तुको नाम र कार्य अनुसार सान्दर्भिक शीर्षकमा वर्गीकरण योग्य हुन्छ।
द्रष्टव्यहरूः
१. सन्दर्भहरूले अन्यथा व्यवस्था गरेकोमा बाहेक यस भागका शीर्षकहरूलाई निम्न वस्तुहरूमा मात्र लागू हुने गरी लिइन्छः-
(क) अशुद्धता भए वा नभएका भिन्न रासायनिक तत्त्व र भिन्न रासायनिक तवरले परिभाषित यौगिकहरू;
(ख) पानीमा घुलित माथि (क) मा उल्लिखित उत्पादनहरू;
(ग) अन्य घोलहरूमा घुलित माथि (क) मा उल्लिखित उत्पादनहरू, सुरक्षा वा परिवहनको मात्र कारणले साधारण र आवश्यक तरिकाले घोलमा राखिएको र सो घोलले त्यस वस्तुलाई कुनै खास किसिमको कार्यमा प्रयोग हुने तुल्याउने नभई सामान्य प्रयोगमै आउने खालका;
(घ) माथि (क), (ख) वा (ग) मा उल्लेख भएको उत्पादनहरूमा तिनको सुरक्षा (प्रिजर्भेसन) वा परिवहन (ट्रान्सपोर्ट) को लागि आवश्यक पर्ने स्थिरक (स्टेबिलाइजर) (अपिण्डन (एण्टिकेकिङ्ग) कारकहरू (एजेण्ट्स) समेत) थप गरिएका;
(ङ) कुनै खास किसिमको प्रयोगमा लाग्ने नतुल्याई सामान्य प्रयोगमै आउने किसिमबाट धुलोबाट जोगाउने पदार्थ वा चिन्न सजिलो पार्ने रङ्गीन पदार्थ वा सुरक्षाको लागि अन्य पदार्थ मिसाइएका माथि (क), (ख), (ग) वा (घ) मा उल्लिखित उत्पादनहरू।
२. प्राङ्गारिक पदार्थद्वारा स्थिर गराइएका डिथियोनाइट र सल्फो जाइलेट (शीर्षक २८.३१), अप्राङ्गारिक भस्म (बेस) का कार्बोनेट र परअक्सोकार्बोनेट (शीर्षक २८.३६), अप्राङ्गारिक भस्म (बेस) का साएनाइड, साएनाइड अक्साइड र जटिल साएनाइडहरू (शीर्षक २८.३७), अप्राङ्गारिक भस्म (बेस) का फुलमिनेटहरू, साइनेटहरू र थायोसायोनेटहरू (शीर्षक २८.४२) शीर्षक २८.४३ देखि २८.४६ र २८.५२ मा पर्ने प्राङ्गारिक उत्पादनहरू र
धातु र कार्बाइडहरू (शीर्षक २८.४९) का अतिरिक्त निम्न कार्बन यौगिकहरूलाई मात्र यस भागभित्र वर्गीकरण गरिनु पर्छः-
(क) कार्बन, हाइड्रोजन साएनाइड र फुलमिनेटका अक्साइडहरू, आइसोसाएनिक, थायोसाएनिक र अन्य साधारण वा जटिल साएनोजिन अम्लहरू (शीर्षक २८.११);
(ख) कार्बनको हलाइड अक्साइडहरू (शीर्षक २८.१२);
(ग) कार्बन डाइसल्फाइड (शीर्षक २८.१३);
(घ) थायोकार्बोनेटहरू, सेलेनोकार्बोनेटहरू, टेल्युरोकार्बोनेटहरू सेलेनोसाइनाइटहरू, टेल्युरोसाइनेटहरू, ट्रेटाथायो-साइनाटोडायमिनोक्रोमेट (रेनेकेट) हरू र अरू अप्राङ्गारिक क्षारहरूका जटिल साइनेटहरू (२८.४२);
(ङ) शुद्ध गरिएको वा नगरिएको क्यालिसयम साइनामाइड (भाग ३१) बाहेक, युरियाद्वारा सघनीकृत हाइड्रोजन परअक्साइड (शीर्षक २८.४७), कार्बन आक्सीसल्फाइड, थियो कार्बोनिल हलाइडहरू, सायनोजेन, साइनोजेन हलाइडहरू र साइनामाइड र यसका धातुका व्युत्पत्तिहरू (शीर्षक २८.५३)।
३. परिच्छेद ६ को द्रष्टव्य १ को अधीनमा रही निम्न कुराहरू यस भाग अन्तर्गत पर्दैनन्ः-
(क) शुद्ध वा अशुद्ध सोडियम क्लोराइड वा म्याग्नेसियम अक्साइड वा परिच्छेद ५ मा पर्ने अन्य उत्पादनहरू;
(ख) माथि द्रष्टव्य २ मा उल्लिखित बाहेक अन्य प्राङ्गारिक-अप्राङ्गारिक यौगिकहरू;
(ग) भाग ३१ को द्रष्टव्य २, ३, ४ वा ५ मा उल्लिखित उत्पादनहरू;
(घ) शीर्षक ३२.०६ का प्रकाशोत्पादक (ल्युमिनोफोरस) कार्यमा प्रयोग हुने खालका अप्राङ्गारिक उत्पादनहरू; शीर्षक ३२.०७ का पगालेको काँच (ग्लास फ्रिट) र धुलो (पाउडर), दाना (ग्रेन्यूल्स) वा पातला टुक्राहरू (फ्लेक्स) को रूपमा अन्य काँच (ग्लास);
(ङ) कृत्रिम ग्राफाइटहरू (शीर्षक ३८.०१); शीर्षक ३८.१३ का आगो निभाउने यन्त्र वा आगो निभाउने हथगोलामा राखिएका विष्फोटक उत्पादनहरू (चार्ज वा कार्ट्रिज), शीर्षक ३८.२४ का खुद्रा बिक्रीमा राखिएका मसी मेट्ने पदार्थहरूका पुलिन्दाहरू; शीर्षक ३८.२४ का भस्म वा भस्मीय मृत्तिका धातुहरू (अर्थमेटल) का हलाइडहरूको तौलमा प्रत्येक २.५ ग्रामभन्दा कम नभएका सम्बर्धित (कल्चर्ड) मणिभहरू (क्रिष्टल) (चाक्षुषीय तत्त्वहरू बाहेक);
(च) बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संश्लेपित वा पुनर्निर्मित) वा यस्ता पत्थरहरूको धुलो वा चूर्ण (शीर्षक ७१.०२ देखि ७१.०५), वा भाग ७१ मा पर्ने बहुमूल्य धातुहरू र बहुमूल्य धातुका मिश्रणहरू;
(छ) परिच्छेद १५ का, शुद्ध (प्योर) भए पनि नभए पनि धातुहरू, धातुका मिश्रणहरू (एल्वायज) वा सरमेटहरू, संपुञ्जित (सिन्टर्ड) धातुको कार्बाइडहरू (धातुले संपुञ्जित गरेका धातुका कार्बाइडहरू); वा
(ज) चाक्षुषीय तत्त्वहरू, उदाहरणको लागि क्षार वा क्षारीय मृत्तिका धातुहरू (अर्थमेटल्स) का हेलाइडहरू (शीर्षक ९०.०१)।
४. उपभाग २ मा पर्ने अधातुको अम्ल र उपभाग ४ मा पर्ने धातुको अम्ल भएको रासायनिक किसिमले परिभाषित जटिल अम्ललाई शीर्षक २८.११ भित्र वर्गीकरण गरिनु पर्छ।
५. शीर्षक २८.२६ देखि २८.४२ सम्म धातु वा एमोनियमको लवण वा परअक्सी लवणमा मात्र लागू हुन्छ। सन्दर्भमा अन्यथा उल्लेख गरिएकोमा बाहेक दोबर वा जटिल लवणलाई शीर्षक २८.४२ मा वर्गीकरण गरिनेछ।
६. शीर्षक २८.४४ देहायका हकमा मात्र लागू हुन्छः
(क) टेक्निटियम (परमाणु सङ्ख्या ४३), प्रोमिथियम (परमाणु सङ्ख्या ६१), पोलोनियम (परमाणु सङ्ख्या ८४) र परमाणु सङ्ख्या ८४ भन्दा बढी भएका सबै तत्त्वहरू;
(ख) प्राकृतिक वा अप्राकृतिक रेडियोधर्मी आइसोटोप (परिच्छेद १४ र १५ को बहुमूल्य धातु वा आधारभूत धातुका रेडियोधर्मी आइसोटोपहरू समेत) मिश्रित वा अमिश्रित;
(ग) यी तत्त्वहरू वा समस्थानिक तत्त्व (आइसोटोप) हरूका प्राङ्गारिक वा अप्राङ्गारिक यौगिकहरू, रासायनिक तवरले परिभाषित गरिएका वा नगरिएका, एकै साथ मिसाइएका वा नमिसाइए;
(घ) धातु मिश्रणहरू, प्रकीर्णन (डिस्पर्शन) हरू (सरमेटहरू सहित), सेरामिक उत्पादनहरू र यी तत्त्वहरू वा आइसोटोपहरू वा यिनका अप्राङ्गारिक वा प्राङ्गारिक यौगिकहरू (कम्पाउण्ड) भएका ७४ बीक्यू/जी (०.००२ (म्यूसीआइ/जी); भन्दा बढी विशिष्ट रेडियोधर्मिता (रेडियो एक्टिभिटी) भएका मिश्रणहरू;
(ङ) नाभिकीय उत्तेजक (न्यूक्लियर रियाक्टर) का प्रयुक्त (विकिरणित) इन्धन तत्त्व (टोटा वा कारतोस) हरू;
(च) प्रयोगमा ल्याउन हुने वा नहुने रेडियोधर्मी अवशेषहरू।
यस द्रष्टव्य र शीर्षक २८.४४ र २८.४५ का प्रयुक्त शब्दहरूको उदेश्यका लागि "(समस्थानिक तत्त्व (आइसोटोप) हरू" भन्ने शब्दले निम्न बमोजिमको सन्दर्भलाई लिन्छः-
७. तौलमा १५ प्रतिशतभन्दा बढी फष्फोरस भएको ताम्र फोष्फाइड (फोष्फोर कपर) शीर्षक २८.५३ अन्तर्गत पर्दछ।
८. इलेक्ट्रोनिक्समा प्रयोग गर्न विकार हालिएका (डोप्ड) रासायनिक तत्त्वहरू (जस्तै सिलिकन र सेलेनियम) लाई यसै भागमा वर्गीकरण गरिन्छ। तर ती ड्रुन वा वेलनाकार (सिलिण्डर) वा छड (रड) जस्ता अकृत (अनवर्कड) रूप (फर्म) मा हुनु पर्दछ। चक्का (डिस्क), सानो पातलो चक्का (वेफर) वा त्यस्तै रूपमा कातिएको भएमा तिनीहरू शीर्षक ३८.१८ मा पर्छन्।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक २८५२.१० को प्रयोजनका लागि "रासायनिक रूपले परिभाषित" भन्ने उक्तिले भाग २८ को द्रष्टव्य १ को खण्ड (क) देखि (ङ) सम्म वा भाग २९ को द्रष्टव्य १ को अनुच्छेद (क) देखि (ज) सम्म उल्लिखित आवश्यकताहरू पूरा गरेका पारोका सम्पूर्ण प्राङ्गारिक वा अप्राङ्गारिक यौगिकहरूलाई बुझाउँदछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. विषय वा प्रसङ्गले अर्को व्यवस्था गरेकोमा बाहेक यस भागका शीर्षकहरू निम्न विषयमा लागू हुनेछन्ः-
(क) अशुद्धता भए वा नभएका, रासायनिक रूपमा परिभाषित प्राङ्गारिक यौगिकहरू;
(ख) अशुद्धता भएका वा नभएका अचक्रीय (एसाइक्लिक) हाइड्रोकार्बन आइसोमरका मिश्रणहरू बाहेक (स्टेरियो आइसोमरहरू बाहेक) सन्तृप्त वा असन्तृप्त (भाग २७); एउटै प्राङ्गारिक यौगिकको दुई वा सोभन्दा बढी आइसोमरहरू (उस्तै र उत्तिकै तत्त्वहरूबाट बनेको भिन्न गुणका यौगिकहरू) को मिश्रण;
(ग) रासायनिक तवरले परिभाषित भए वा नभएका शीर्षकहरू २९.३६ देखि २९.३९ सम्मका उत्पादनहरू वा शीर्षक २९.४० का शर्करा ईथरहरू (सुगर इथरहरू) शर्करा एसिटलहरू (सुगर एसिटल्स) र शर्करा एस्टरहरू (सुगर एष्टर्स) र तिनका लवणहरू वा शीर्षक २९.४१ का उत्पादनहरू;
(घ) माथि (क), (ख) र (ग) मा उल्लिखित उत्पादनहरू, पानीमा घुलेको;
(ङ) अन्य घोलकहरूमा घुलित माथि (क), (ख) वा (ग) मा उल्लिखित उत्पादनहरू सुरक्षा वा परिवहनको मात्र कारणले साधारण र आवश्यक तरिकाले घोलमा राखिएको र सो घोलले त्यस वस्तुलाई कुनै खास किसिमको कार्यमा प्रयोग हुने तुल्याउने नभई सामान्य प्रयोगमै आउने खालको;
(च) सुरक्षा (प्रिजर्भेसन) वा परिवहन (ट्रान्सपोर्टको लागि आवश्यक स्थिरक (स्टेबिलाइजर) (अपिण्डन कारकहरू समेत) थप गरिएका माथि (क), (ख), (ग), (घ) वा (ङ) मा उल्लेख भएका उत्पादनहरू;
(छ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ) वा (च) मा उल्लिखित उत्पादनहरूमा तिनीहरूलाई परिचय (चिन्न सकिने गर्न) वा सुरक्षाको लागि धुलो प्रतिरोधी पदार्थ वा रङारङ्गाउने पदार्थ वा गन्ध भएको पदार्थ वा वान्ता हुने वा वाक वाक लाग्ने पदार्थ (इमेटिक) सँग मिसाइएको, तर मिश्रित पदार्थले उत्पादनलाई साधारण प्रयोग बाहेक विशेष किसिमको प्रयोगमा ल्याउन सकिने नबनाइएको;
(ज) एजोरङ्गको उत्पादनको लागि प्रयोग हुने, मानक शक्तिको हदसम्म पातलो पारिएको (डाइल्यूटेड) निम्नलिखित उत्पादनहरू डाइजोनियम लवणहरू, यी लवणहरू र डाइजोटिकरण योग्य अमीनहरू र तिनीहरूका लवणहरूलाई अनुयोजन गर्ने पदार्थहरू।
२. यस भागमा नपर्नेः
(क) शीर्षक १५.०४ का मालवस्तुहरू वा शीर्षक १५.२० को कच्चा (अप्रशोधित वा क्रुड) ग्लिसरोल;
(ख) इथाइल अल्कोहल (शीर्षक २२.०७ वा २२.०८);
(ग) मिथेन वा प्रोपेन (शीर्षक २७.११);
(घ) भाग २८ को द्रष्टव्य २ मा उल्लिखित कार्बनका यौगिकहरू;
(ङ) शीर्षक ३०.०२ को रोधक्षमता सम्बन्धी (इम्युनोलोजिकल) उत्पादनहरू;
(च) युरिया (शीर्षक ३१.०२ वा ३१.०५);
(छ) प्राणी वा वनस्पतिमूलक रङ्गाउने पदार्थहरू (शीर्षक ३२.०३), कृत्रिम प्राङ्गारिक रङ्गहरू (कलरिङ्ग म्याटर), प्रतिदीप्तिशील (फ्लुओरेसेन्ट) टल्काउने (ब्राइटेनिङ्ग) तत्त्वको रूपमा वा प्रकाश उत्सर्जक (ल्युमिनोफोरस) को रूपमा प्रयोग हुने कृत्रिम प्राङ्गारिक उत्पादनहरू (शीर्षक ३२.०४) वा खुद्रा बिक्रीको लागि आकार वा वेष्टन (प्याकिङ्ग) मा राखिएका डाइज (रञ्जक) वा अन्य रङ्गाउने पदार्थ (शीर्षक ३२.१२);
(ज) स्रावहरू (इञ्जाइमहरू) (शीर्षक ३५.०७);
(झ) इन्धनको रूपमा प्रयोग हुने, आकारयुक्त (उदाहरणतः ट्याबलेट, स्टिक वा यस्तै रूपमा रहेका) मेटल्डिहाइड, हेक्सामेथाईलिनटेट्रामाइन वा यस्तै पदार्थहरू, वा ३०० घन सेन्टिमिटरभन्दा बढी क्षमता नभएको सिगरेट लाइटर वा यस्तै लाइटरमा भर्ने वा पुनः भर्न हुने तरल वा तरलीकृत ग्याँस इन्धनहरू (शीर्षक ३६.०६); ग्याँस
(ञ) आगो निभाउने यन्त्र वा आगो निभाउने ग्रिनेडको टोटा (कार्तुस, चार्ज वा कार्टिज) को रूपमा राखिने उत्पादनहरू (शीर्षक ३८.१३); खुद्रा बिक्रीको लागि पुलिन्दा बनाइएका मसी मेट्नेहरू (शीर्षक ३८.२४); वा
(ट) चाक्षुष पदार्थहरू जस्तै इथालिनडायमाइन टार्टेट (शीर्षक ९०.०१)।
३. यस भागका दुई वा दुईभन्दा बढी शीर्षकहरूमा राखन सकिने मालवस्तुहरूलाई तीमध्ये साङ्ख्यिक क्रममा सबभन्दा पछिल्लो शीर्षकमा वर्गीकरण गरिनेछ।
४. शीर्षक २९.०४ देखि २९.०६, २९.०८ देखि २९.११ र २९.१३ देखि २९.२० सम्ममा पर्ने कुनै पनि सन्दर्भका ह्यालोजनेटेड, सल्फोनेटेड, नाइट्रेटेड वा नाइट्रोसेटेड व्युत्पत्तिहरूलाई यौगिक व्युत्पत्तिहरू जस्तै सल्फोह्यालोजेनेटेड, नाइट्रोह्यालोजेनेटेड, नाइट्रोसल्फोनेटेड वा नाइट्रोसल्फोह्यालोजेनेटेड, व्युत्पत्तिहरूलाई समेत समावेश गरेको हुन्छ।
नाइट्रो र नाइट्रोसो समूहहरूलाई २९.२९ शीर्षकको तात्पर्यको लागि "नाइट्रोजनेन्द्रिक" (नाइट्रोजन-फङ्सन) को रूपमा लिनु हुँदैन।
शीर्षक २९.११, २९.१२, २९.१४, २९.१८ र २९.२२ को "अक्सिजन फङ्क्सन" को उद्देश्यका लागि लक्षणात्मक प्राङ्गारिक अक्सिजन भएका सम्बन्धित शीर्षकहरूको समूहलाई शीर्षक २९.०५ देखि २९.२० सम्मका अक्सिजन-फङ्क्सनहरूका लागि सीमित गरिनु पर्दछ।
५. (अ) उपभाग १ देखि ७ सम्मका अम्ल फङ्क्सन प्राङ्गारिक यौगिकका एस्टरहरूलाई यी उपभागहरूका प्राङ्गारिक यौगिक सँगसँगै यी उपभागका साङ्ख्यिक क्रममा सबभन्दा पछिल्लो शीर्षकमा वर्गीकरण हुने यौगिकका साथ वर्गीकरण गरिनेछ।
(आ) इथाइल अल्कोहलका एस्टरहरूलाई उपभाग १ देखि ७ सम्मका अम्लीय (अम्ल फङ्क्सन) प्राङ्गारिक यौगिकका साथसाथै त्यही अनुरूपका अम्लीय (अम्ल फङ्क्सन) यौगिकहरूसँग वर्गीकरण गरिनेछ।
(इ) परिच्छेद ६ को द्रष्टव्य १ र भाग २८ को द्रष्टव्य २ को अधीनमा रहीः
(१) उपभाग १ देखि १० सम्मका वा शीर्षक २९.४२ का प्राङ्गारिक यौगिकका अप्राङ्गारिक लवणहरू जस्तै अम्ल-, फेनोल- वा एनोल-फङ्क्सन यौगिकहरू वा प्राङ्गारिक क्षारहरूलाई प्राङ्गारिक यौगिकका उपयुक्त शीर्षकमा वर्गीकरण गरिनेछ;
(२) उपभाग १ देखि १० सम्म वा शीर्षक २९.४२ अन्तर्गत पर्ने प्राङ्गारिक यौगिकहरू बीच निर्मित लवणलाई क्षार वा अम्ल (फेनोल- वा एनोल-फङ्क्सन यौगिकहरू समेत) को लागि उपयुक्त शीर्षकहरूमध्ये साङ्ख्यिक क्रममा सबभन्दा पछि आउने शीर्षकमा वर्गीकरण गरिनेछ; र
(३) उपभाग ११ वा शीर्षक २९.४१ मा वर्गीकरण हुने उत्पादनहरू बाहेकका समन्वयी यौगिकहरू, जुन धातु कार्बन बाहेकका संयोजित धातुलाई खण्डित गर्दा तयार हुने उपयुक्त अंशमध्ये पर्दछ, लाई भाग २९ को साङ्ख्यिक क्रममा सबैभन्दा पछि आउने शीर्षकमा वर्गीकरण गरिनेछ।
(ई) धातुको अल्कोहलेटहरूलाई, इथानोल (शीर्षक २९.०५) बाहेक, सम्बन्धित अल्कोहलको शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
(उ) कार्बोक्सिलिक अम्लहरूका ह्यालाइडहरूलाई सम्बन्धित अम्लहरू सँगसँगै वर्गीकरण गरिनेछ।
६. शीर्षक २९.३० र २९.३१ का यौगिकहरू त्यस्ता प्राङ्गारिक यौगिकहरू हुन जसका अणुहरूमा हाइड्रोजन, अक्सिजन वा नाइट्रोजनका अणुहरूका अतिरिक्त अन्य गैरधातु वा धातुहरू (जस्तै गन्धक, आर्सेनिक वा सिसा) का अणुहरू सोझै कार्बन अणुहरूका साथ संयुक्त भई समाविष्ट रहन्छन्।
शीर्षक २९.३० (प्राङ्गारिक गन्धक, यौगिकहरू) र शीर्षक २९.३१ (अन्य प्राङ्गारिक-अप्राङ्गारिक यौगिकहरू) मा सल्फोनेटेड वा ह्यालोजेनेटेड व्युत्पत्तिहरू (यौगिक व्युत्पत्तिहरू समेत) समावेश हुँदैनन्। हाइड्रोजन, अक्सिजन र नाइट्रोजनका अतिरिक्त यिनका सल्फर र ह्यालोजेनका अणुहरू सोझै कार्बनका साथ जोडिने हुन्छन् जसले तिनलाई सल्फोनेटेड वा ह्यालोजेनेटेड व्युत्पत्तिहरू (वा यौगिक व्युत्पत्तिहरू) को प्रकृति वा स्वभाव प्रदान गर्दछन्।
७. शीर्षक २९.३२, २९.३३ र २९.३४ मा त्रयाङ्गिक वलय (श्री-मेम्बर्ड रिङ्ग) युक्त इपोक्साइडहरू, केटोन परअक्साइडहरू, अल्डिहाइडहरूका वा थायोअल्डिहाइडहरूका चक्रीय (साइक्लिक) पोलिमरहरू, पोलिबेसिक कार्बोसिलिक अम्ल (अम्ल) का एनहाइड्राइडहरू, पोलिहाइड्रिक अलकोहलहरूका चक्रीय (साइक्लिक) एस्टरहरू वा पोलिबेसिक अम्लहरू सहितको फेनोलहरू र पोलिबेसिक अम्ल वा पोलिबेसिक अम्लका इमाइडहरू समाविष्ट छैनन्।
यहाँ उल्लेख भएका फङ्क्सनहरू वा साइक्लिसिङ्ग फङ्क्सनबाट मात्र प्राप्त हुन आएका रिङ्ग पोजिसन हेटेरो-एटम (वलयावस्थिति विषम अणु) हरू भएमा मात्र यी व्यवस्थाहरू लागू हुन्छन्।
८. शीर्षक २९.३७ को प्रयोजनको लागिः
(क) "हर्मोनहरू" भन्ने शब्दले हर्मोन-निर्मोचक (हर्मोन-रिलिजिङ्ग) वा हर्मोन-उद्दीपक (हर्मोन-स्टिमुलेटिङ्ग) कारक (फ्याक्टर्स) हरू, हर्मोन-अवरोधक (हर्मोन-इनहिबिटर) हरू तथा हर्मोन-प्रतिरोधी (हर्मोन-एण्टागोनिष्ट) हरू (प्रति-हार्मोन (एण्टिहर्मोनहरू) लाई समेत समावेश गर्दछ;
(ख) "मुख्यतः हर्मोनको रूपमा प्रयुक्त" भन्ने उक्ति हर्मोनका निर्गम वा व्युत्पत्ति तथा मुख्यतः हर्मोन सम्बन्धी प्रभाव निमित्त प्रयोग हुने संरचनात्मक समानान्तर वस्तु
(स्ट्रक्चरल एनालग) हरूको लागि मात्र लागू नभई यस शीर्षकका उत्पादनहरूको संश्लेषण (सिन्थेसिस) मा मुख्यरूपले माध्यमिक वस्तुहरूको रूपमा प्रयोग हुने व्युत्पत्तिहरू र संरचनात्मक समानान्तर वस्तु (स्ट्रक्चरल एनालग) हरूको हकमा समेत लागू हुन्छ।
उपशीर्षक द्रष्टव्यहरूः
१. सम्बन्धित उपशीर्षकहरूको श्रृङ्खलामा बढी विशेषतापूर्ण ढङ्गबाट निर्देशित गर्ने उपशीर्षक वा "अन्य" भन्ने उपशीर्षक नभएको अवस्थामा यस भागका कुनै एक शीर्षक भित्र पर्ने रासायनिक यौगिक (वा रासायनिक यौगिकको समूह) का व्युत्पत्तिहरूलाई त्यही यौगिक (वा यौगिकको समूह) पर्ने उपशीर्षकमा वर्गीकरण गरिनेछ।
२. यस भागको उपशीर्षकहरूमा भाग २९ को द्रष्टव्य ३ लागू हुने छैन।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) शिराभ्यन्तर (इण्ट्राभेनस) प्रयोग निमित्तका पोषणिक (न्यूट्रीशनल) तयारी वस्तुहरू बाहेक, खाद्य पदार्थ (फुड) हरू वा पेय पदार्थ (विभरेज) हरू (जस्तै पथ्य भोजन सम्बन्धी (डाइटेटिक), मधुमेह रोग सम्बन्धी (डाइवेटिक) वा पोषण तत्त्व वर्द्धित (फोर्टिफाइड) खाद्य पदार्थ (फुड) हरू, सम्पूरक खाद्य पदार्थ (फुड सप्लीमेण्ट) हरू, शक्तिबर्द्धक पेय पदार्थहरू तथा खनिज पानी (मिनरल वाटर) हरू (परिच्छेद ४);
(ख) सुर्तीको सेवनलाई रोक्न सहयोग पुऱ्याउने उद्देश्यले बनाइएका उत्पादनहरू, जस्तै निकोटिनयुक्त चक्की (ट्याबलेट)हरू, चुइङ्गम वा छालामा टाँस्ने पद्धति (ट्रान्सडर्मल सिस्टम) का चक्का (प्याच) हरू (शीर्षक २४.०४);
(ग) दन्तचिकित्सामा प्रयोग गर्न विशेष रूपले भस्मित गरिएको वा राम्रोसँग पिंधेको प्लाष्टर (लेपन) (शीर्षक २५.२०);
(घ) औषधिको लागि प्रयोग गर्न योग्य वाष्पशील तेलका जलीय अर्धवाहनहरू र घोलहरू (शीर्षक ३३.०१);
(ङ) रोगको उपचार वा रोकथाम गर्ने गुण भएका भए तापनि शीर्षक ३३.०३ देखि ३३.०७ सम्मका तयारी वस्तुहरू;
(च) शीर्षक ३४.०१ अन्तर्गतका औषधियुक्त साबुन र अन्य उत्पादनहरू;
(छ) दन्तचिकित्सा (डेन्टिस्ट्री) को लागि तयार गरिएका प्लाष्टर (लेप) मा आधारित (शीर्षक ३४.०७) वस्तुहरू;
(ज) रोगको उपचार वा रोकथामको प्रयोगको लागि तयार नगरिएका रगत अल्वुमिन (शीर्षक ३५.०२); वा
(झ) शीर्षक ३८.२२ का नैदानिक प्रतिकारक (रिएजेण्ट) हरू।
२. शीर्षक ३०.०२ को प्रयोजनको लागि "रोधक्षमता विज्ञान सम्बन्धी उत्पादन (इम्युनोलोजिकल प्रोडक्ट) हरू" भन्ने उक्ति पेप्टाइड (दुई वा सोभन्दा बढी एमिनो एसिड क्रमवद्ध रूपमा मिलेर बनेको यौगिक) र प्रोटिन (शीर्षक २९.३७ का वस्तु बाहेक) का हकमा लागू हुन्छ, जुन रोधक्षमतालाई नियमित गर्ने प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न
हुन्छन्, जस्तै प्रयोगशालामा निर्मित रोग प्रतिकारक (मोनोक्लोनल एण्टिबडी (एमएबी)) हरू, रोगप्रतिकारक खण्ड (एण्टिबडी प्रयाग्मेण्ट) हरू, रोग प्रतिकारकका संयुग्मी (एण्टिबडी कन्जुगेट) हरू र रोग प्रतिकारक खण्डका संयुग्मी (एण्टिबडी फ्रयाग्मेण्ट कन्जुगेट) हरू, इन्टरल्युकिनहरू, इन्टरफेरोनहरू (आइएफएन), किमोकाइनहरू र खास ट्युमर नेक्रोसिस तत्त्वहरू (टीएनएफ), वृद्धि तत्त्वहरू (जीएफ), हेमाटोपोइटिनहरू र कोलोनी उत्तेजक तत्त्वहरू (सीएसएफ)।
३. शीर्षक ३०.०३ र ३०.०४ को र यस भागको द्रष्टव्य ४(घ) को प्रयोजनको लागि निम्न लिखित कुराहरूलाई देहाय बमोजिम मानिनु पर्दछ:-
(क) अमिश्रित उत्पादनहरूको रूपमाः
(१) पानीमा घुलाइएका अमिश्रित उत्पादनहरू;
(२) भाग २८ र २९ मा पर्ने सबै वस्तुहरू; र
(३) शीर्षक १३.०२ मा पर्ने साधारण रूपमा मानकीकृत (स्याण्डराइज्ड) मात्र भएका वा कुनै घोलकमा घुलित सामान्य वनस्पति सारहरू।
(ख) मिश्रित उत्पादनहरूको रूपमाः
(१) अमणीभीय (कोलोइडल) घोलहरू र सस्पेन्सनहरू (कोलोइडल गन्धक बाहेक);
(२) वनस्पति पदार्थहरूको मिश्रणलाई उपचार गरी बनाइएको वानस्पतिक सारहरू; र
(३) प्राकृतिक खनिज पानी (मिनरल वाटर) लाई वाष्पीकरण गरी बनाइएका लवणहरू र सान्द्र (कन्सेन्ट्रेट) हरू।
४. शीर्षक ३०.०६ देहायका वस्तुहरूमा मात्र लागू हुन्छ र ती वस्तुहरू यस अनुसूचीको यो शीर्षक बाहेक अन्य शीर्षकमा वर्गीकरण गरिदैनन्:-
(क) जीवाणु रहित शल्यचिकित्सा सम्बन्धी तन्तु (तार वा क्याटगट), यस्तै टाँका दिने (स्यूचर) वस्तुहरू (जीवाणु रहित अवशोषणीय शल्यचिकित्सा वा दन्तचिकित्सा सम्बन्धी धागोहरू समेत) र शल्यचिकित्सामा घाउ बन्द गर्ने टिस्यु एडहेसिभहरू;
(ख) घाउ छेक्ने जीवाणु वा सूक्ष्माणु रहित (स्टेराइल) पातलो पाप्रो वा जाली (ल्यामिनेरिया वा ल्यामिनेरिया टेण्ट) हरू;
(ग) जीवाणु रहित शल्यचिकित्सा सम्बन्धी रगत शोषण क्षमता भएका वा दन्त चिकित्सा सम्बन्धी रक्त स्तम्भक (ह्यामोस्टेटिक्स) वस्तुहरू; शोषण क्षमता भएका वा नभएका जीवाणु रहित शल्यचिकित्सा वा दन्तचिकित्सा सम्बन्धी टँसाइ अवरोधकहरू;
(घ) एक्स-रे परीक्षणको लागि अपारदर्शी तयारी वस्तुहरू र रोग निदान प्रतिकारक (रिएजेण्ट) को रूपमा रोगीलाई दिइन बनाइएका निश्चित मात्रामा राखिएका अमिश्रित उत्पादनहरू वा दुई वा सोभन्दा बढी तत्त्वहरू मिलाई यस किसिमको प्रयोगको लागि तयार गरिएका उत्पादनहरू;
(ङ) सक्रिय औषधिहरू भएका भए पनि पहिचान गरिएको चिकित्सीय जाँच (क्लिनिकल ट्रायल)को प्रयोगको लागि परिमित मात्रामा राखिएका प्लेसबोहरू र ब्लाइन्डेड (वा डबल ब्लाइन्डेड) चिकित्सीय परीक्षण किट (ट्रायल किट) हरू;
(च) दन्तचिकित्सा सम्बन्धी सिमेन्ट वा दात भर्ने अन्य पदार्थहरू; अस्थि पुनर्निर्माण गर्ने सिमेन्ट (बोन रिकन्स्ट्रक्सन सिमेन्ट) हरू;
(छ) प्राथमिक उपचारको बाकस र बट्टाहरू;
(ज) हर्मोनमा, शीर्षक २९.३७ का अन्य उत्पादनहरूमा वा शुक्राणुनाशकहरूमा आधारित रासायनिक गर्भ निरोधक तयारी वस्तुहरू;
(झ) शल्यचिकित्सा (सर्जिकल अपरेसन) हरूमा शरीरका अङ्गलाई वा शारीरिक परीक्षणमा चिप्लो पार्ने वस्तुको रूपमा वा शरीर र चिकित्सा उपकरणहरू बीच संयोजन कारक (कपलिङ्ग एजेण्ट) को रूपमा मानव वा पशुको चिकित्सा औषधिको रूपमा रुपाङ्कित (डिजाइण्ड) क्षेपी तयारी वस्तु (जेल प्रिपरेसन) हरू;
(ञ) रद्दी औषधीय वस्तु (वेष्ट फार्मास्यूटिकल) हरू, अर्थात् त्यस्ता औषधीय उत्पादनहरू जो तिनका मौलिक (ओरिजिनल) अभिष्ट उद्देश्य (इण्टेण्डेड परपस) को लागि अनुपयुक्त (अनफिट) छन्, उदाहरणको लागि म्याद सिद्धिएको; र
(ट) ओस्टोमी प्रयोगका लागि उपयोग हुन सक्ने उपकरणहरू, जस्तै आकारमा काटिएका कोलोस्टोमी, आइलेओस्टोमी र युरोस्टोमीका थैलाहरू (पाउचेज) र तिनका अग्रभागका टाँसिने पदार्थहरू।
१. उपशीर्षक ३००२.१३ र ३००२.१४ को प्रयोजनका लागि तल उल्लिखित कुरालाई देहाय बमोजिम व्यवहार गरिनेछ:-
(क) अशुद्धिहरू रहेका वा नरहेका अमिश्रित उत्पादनहरू, शुद्ध उत्पादनहरूको रूपमा,
(ख) मिश्रण गरिएका उत्पादनहरूको रूपमा;
(१) पानी वा अन्य घोलकहरूमा घुलित माथि (क) मा उल्लेख गरिएका उत्पादनहरू;
(२) सुरक्षा (प्रिजर्भेसन) वा परिवहन (ट्रान्सपोर्ट) को लागि आवश्यक पर्ने स्थिरक (स्टेबिलाइजर) थप गरिएका माथि (क) र (ख) (१) मा उल्लेख भएका उत्पादनहरू; र
(३) अन्य कुनै योगशील पदार्थ (एडिटिभ) मिलाइएका (क), (ख) (१) र (ख) (२) मा उल्लेख भएका उत्पादनहरू।
२. उपशीर्षक ३००३.६० र ३००४.६० मा मुखबाटै सेवन गर्ने प्रयोजनका अन्य सक्रिय औषधीय घटकसँग मिलाइएका, वा तलका कुनै मुख्य घटक भएका, अन्य औषधीय सक्रिय घटकसँग मिलाइएका वा नमिलाइएका आर्टिमिसिनिन (आइएनएन) भएका औषधिहरू पर्दछन्: एमोडायक्विन (आइएनएन); आर्टेलिनिक अम्ल र यसका लवणहरू; आर्टेनिमोल (आइएनएन); आर्टेमोटिल (आइएनएन); आर्टेमेथर (आइएनएन); आर्टेसुनेट (आइएनएन); क्लोरोक्विन (आइएनएन); डाइहाइड्रोआर्टिमिसिनन (आइएनएन); ल्युमेफान्ट्राइन (आइएनएन); मेफ्लोक्विन (आइएनएन); पाइपराक्विन (आइएनएन); पाइरिमेथामाइन (आइएनएन) वा सल्फाडक्सीन (आइएनएन)।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) शीर्षक ०५.११ को जीवजन्तुहरूको रगत;
(ख) रासायनिक तवरले छुट्टै परिभाषित यौगिकहरू (द्रष्टव्य २(क), ३(क), ४(क) वा तल ५ को विवरणसँग मिल्ने बाहेक); वा
(ग) प्रत्येकको तौल २.५ ग्रामभन्दा कम नभएका शीर्षक ३८.२४ का संवर्द्धन गरिएका पोटासियम क्लोराइडका मणिभहरू (अप्टिकल तत्त्व बाहेक); पोटासियम क्लोराइडका अप्टिकल तत्त्वहरू (शीर्षक ९०.०१)।
२. शीर्षक ३१.०२ देहायका वस्तुहरूका हकमा मात्र लागू हुन्छ, तर तिनीहरू शीर्षक ३१.०५ मा वर्णन गरिए अनुसारको स्वरूपमा वा संवेष्टन (प्याकेज) हरूमा राखिएको हुनु हुँदैन।
(क) तल दिइएका मध्ये एक वा अन्य विवरणसँग मिल्ने वस्तुहरू:-
(१) शुद्ध वा अशुद्ध सोडियम नाइट्रेट्;
(२) शुद्ध वा अशुद्ध अमोनियम नाइट्रेट्;
(३) अमोनियम सल्फेट तथा अमोनियम नाइट्रेट्का शुद्ध वा अशुद्ध दोबर लवण (डबल साल्ट) हरू;
(४) शुद्ध वा अशुद्ध अमोनियम सल्फेट;
(५) दोबर लवणहरू (शुद्ध वा अशुद्ध) वा क्याल्सियम नाइट्रेट् र अमोनियम नाइट्रेट्का मिश्रणहरू;
(६) दोबर लवणहरू (शुद्ध वा अशुद्ध) वा क्याल्सियम नाइट्रेट् र म्याग्नेसियम नाइट्रेट्का मिश्रणहरू;
(७) क्याल्सियम साइअनामाइड, शुद्ध वा अशुद्ध वा तेलले उपचार गरेको वा नगरेको;
(८) युरिया, शुद्ध वा अशुद्ध।
(ख) माथि द्रष्टव्य (क) मा उल्लिखितमध्ये कुनै पनि वस्तुलाई मिसाएर बनाइएका मलखादहरू।
(ग) अमोनियम क्लोराइड वा माथि (क) वा (ख) मा उल्लिखित कुनै वस्तुका साथ खरिमट्टी (चक), जिप्सम वा अन्य अप्राङ्गारिक गैरमलखाद पदार्थहरू मिलाएर बनाइएका मलखादहरू।
(घ) माथि उपअनुच्छेद (क) २ वा (क) ८ का वस्तुहरू भएका वा ती वस्तुहरूको जलीय वा तरल वा अमोनिया घोलमा मिश्रण गरी तयार गरिएका तरल मलखादहरू।
३. शीर्षक ३१.०३ देहायका वस्तुहरूका हकमा मात्र लागू हुन्छ, तर तिनीहरूलाई शीर्षक ३१.०५ मा वर्णन गरिए अनुसारको स्वरूपमा वा संवेष्टन (प्याकेज) हरूमा राखिएको हुनु हुँदैन।
(क) तल दिइएका एउटा वा अन्य विवरणसँग मिल्ने वस्तुहरू:
(१) आधारभूत धातुमल (बेसिक स्ल्याग);
(२) शीर्षक २५.१० को प्राकृतिक फस्फेट, भस्मित वा अशुद्धिहरू हटाउने भन्दा बढी तापित (हिट ट्रिटेड);
(३) सुपरफस्फेटहरू (एकल, दोबर वा तेबर);
(४) सुक्खा एनहाइड्रुस उत्पादनको हिसाबले तौलमा फ्लोरिनको मात्रा ०.२ प्रतिशतभन्दा घटी नभएको क्याल्सियम हाइड्रोजन अर्थोफस्फेट,
(ख) माथि (क) मा उल्लिखितमध्ये कुनै पनि वस्तुहरूलाई मिसाएर बनाइएका, तर फ्लोरिनको मात्राको सीमालाई लेखा नगरिएका मलखादहरू।
(ग) माथि (क) वा (ख) मा उल्लिखितमध्ये कुनै पनि वस्तु, तर फ्लोरीनको मात्राको सीमाको लेखा नगरी, खरिमट्टी (चक), जिप्सम वा अन्य अप्राङ्गारिक गैरमलखाद पदार्थहरूसँग मिसाई तयार गरेका मलखादहरू।
४. शीर्षक ३१.०४ देहायका वस्तुहरूका हकमा मात्र लागू हुन्छ, तर तिनीहरूलाई शीर्षक ३१.०५ मा वर्णन गरिए अनुसारको स्वरूपमा वा संवेष्टन (प्याकेज) हरूमा राखिएको हुनु हुँदैन।
(क) तल दिइएका विवरणहरूमध्ये एउटा वा अन्यसँग मिल्ने वस्तुहरूः-
(१) कच्चा प्राकृतिक पोटासियम लवणहरू (उदाहरणको लागि, कार्नालाइट, काइनाइट र सिल्भाइट);
(२) माथि द्रष्टव्य १(ग) मा व्यवस्था भएभन्दा बाहेक, शुद्ध वा अशुद्ध पोटासियम क्लोराइड;
(३) शुद्ध वा अशुद्ध पोटासियम सल्फेट;
(४) शुद्ध वा अशुद्ध म्याग्नेसियम पोटासियम सल्फेट।
(ख) माथि (क) मा उल्लिखितमध्ये कुनै वस्तुहरूलाई मिसाएर बनेका मलखादहरू।
५. शुद्ध वा अशुद्ध अमोनियम डाइहाइड्रोजन अर्थोफस्फेट (मोनोअमोनियम फस्फेट) र डाइअमोनियम हाइड्रोजनअर्थोफस्फेट (डाइअमोनियमफस्फेट) र तिनका अन्तरमिश्रणहरूलाई शीर्षक ३१.०५ मा वर्गीकरण गरिनेछ।
६. शीर्षक ३१.०५ को प्रयोजनको लागि "अन्य मलखाद" शब्दले नाइट्रोजन, फस्फोरस वा पोटासियममध्ये कम से कम एउटा उर्वरक तत्त्व आवश्यक अवयव (एसेन्सियल कन्स्टिच्युएन्ट) को रूपमा रहेको र मलखादको रूपमा प्रयोग हुने उत्पादनलाई जनाउँछ।
१. यस भागमा नपर्नेः
(क) रासायनिक तवरले छुट्टै परिभाषित तत्त्वहरू वा यौगिकहरू (शीर्षक ३२.०३ वा ३२.०४ का, ज्योति उत्पादक (लूमिनोफोर) हरूका रूपमा प्रयोग हुने खालका अप्राङ्गारिक उत्पादनहरू (शीर्षक ३२.०६), शीर्षक ३२.०७ मा दिइए अनुसारको स्वरूपमा भएका गलाइएको (फ्युज्ड) स्फटिक (क्वार्ज) वा गलाइएको अन्य सिलिकाबाट बनेको काँच (ग्लास), र खुद्रा बिक्रीको लागि स्वरूपमा वा संवेष्टन (प्याकिङ्ग) हरूमा राखिएका शीर्षक ३२.१२ का रञ्जक (डाइज) हरू र अन्य रङ्गाउने पदार्थहरू समेत बाहेक);
(ख) ट्यानेटहरू वा शीर्षक २९.३६ देखि २९.३९ सम्म, २९.४१ वा ३५.०१ देखि ३५.०४ सम्मका उत्पादनका अन्य ट्यानिन व्युत्पत्तिहरू; वा
(ग) अस्फाल्टको खोटो (म्याष्टिक्स) वा अन्य बिटुमिनयुक्त खोटो पदार्थ (म्याष्टिक्स) (शीर्षक २७.१५)।
२. शीर्षक ३२.०४ मा एजोडाइज (एजोरञ्जक) उत्पादनको लागि चाहिने स्थिरीकृत डाइजोनियम लवणहरू र योजकहरू (कप्लरहरू) का मिश्रणहरू पर्छन्।
३. शीर्षक ३२.०३, ३२.०४, ३२.०५ र ३२.०६ कुनै पदार्थ रङ्गाउने खालका वा तयारी रङ्ग उत्पादनको अवयवको रूपमा प्रयोग हुने खालका रङ्गाउने पदार्थहरूमा आधारित तयारी वस्तु (शीर्षक ३२.०६ को हकमा शीर्षक २५.३० वा भाग २८ का रङ्गाउने वर्णकहरू (पिगमेन्ट्स), धातुका पातलो चेप्टो चोइटाहरू (फ्लेक्स) वा धातुको चूर्ण (पाउडर) समेत) को हकमा पनि लागू हुन्छ। तर, यी शीर्षकहरू ३२.०७, ३२.०८, ३२.०९, ३२.१०, ३२.१२, ३२.१३ वा ३२.१५ का अन्य उत्पादनहरू वा रङ्लेप (पेन्ट), इनामेल (शीर्षक ३२.१२) (ऐनाजस्तो कडा बाहिरी पत्र) समेतको उत्पादनमा प्रयोग हुने खालका निर्जलीय
माध्यममा परिक्षेपित (डिस्पर्स्ड), तरल वा लेदो (पेष्ट) रूपमा भएको वर्णक (पिगमेण्ट) का हकमा लागू हुने छैनन्।
४. शीर्षक ३२.०८ ले शीर्षक ३९.०१ देखि ३९.१३ सम्ममा उल्लेख भएका जुनसुकै उत्पादनयुक्त, द्रावक (सोल्भेन्ट) को तौल घोल (सोल्यूसन) को तौलभन्दा ५० प्रतिशत बढी भएको वाष्पशील प्राङ्गारिक द्रावकमा बनेको घोल (सोल्यूसन) (कोलोडियन बाहेक) लाई समावेश गर्दछ।
५. यस भागमा "रङ्गाउने पदार्थ" भन्ने उक्तिले तेल रङ्लेप (आयल पेन्ट) मा एक्सटेन्डर (विस्तारक) को रूपमा प्रयोग हुने खालको, रङ्गाउने समारञ्जक (कलरिङ्ग डिस्टेम्पर) को लागि पनि उपयुक्त भएका वा नभएका उत्पादनहरूलाई समावेश गर्दैन।
६. शीर्षक ३२.१२ मा भएको "स्ट्याम्पिङ्ग फ्वायलहरू" भन्ने उक्तिले, उदाहरणका लागि, पुस्तकको आवरण (बुक कभर) हरू वा टोपको पट्टी (ह्याट ब्याण्ड) हरूमा मुद्रण गर्न प्रयोग गरिने खालको निम्न बमोजिमका वस्तुहरू भएको पातलो पाता (शीट) लाई जनाउँछः
(क) सरेस (ग्लु), जिलेटिन वा अन्य योजक द्रव्य (बाइण्डर) द्वारा एकत्रित (एग्लोमेरेटेड) गरिएका धातुको धुलो (बहुमूल्य धातुको धुलो समेत) वा वर्णक (पिगमेण्ट); वा
(ख) कुनै पनि पदार्थबाट बनेको आधारपत्र (सपोर्टिङ्ग शीट) मा तह मिलाएर राखिएको धातु (बहुमूल्य धातु समेत) वा वर्णक (पिगमेण्ट)।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक १३.०१ वा १३.०२ का प्राकृतिक तैलीय खोटो (नेचुरल ओलियोरेजिन) हरू वा वानस्पतिक सार (भेजिटेबल एक्सट्र्याक्ट) हरू;
(ख) शीर्षक ३४.०१ मा पर्ने साबुन र अन्य उत्पादनहरू; वा
(ग) शीर्षक ३८.०५ मा पर्ने गम, काठ वा सल्फेट टर्पेन्टाइन (तारपिनको तेल) वा अन्य उत्पादनहरू।
२. शीर्षक ३३.०२ मा "सुगन्धयुक्त तत्त्वहरू" भन्ने उक्तिले शीर्षक ३३.०१ का तत्त्वहरू (सब्स्टान्सेस) लाई, ती तत्त्वहरूबाट अलग गरिएका (आइसोलोटेड) सुगन्धयुक्त अवयवीहरू (ओडोरिफेरस कन्स्टिच्यूएण्ट्स) लाई वा संश्लेषित सुरभित द्रव्य (सिन्थेटिक एरोम्याटिक्स) लाई मात्र जनाउँछ।
३. शीर्षक ३३.०३ देखि ३३.०७ अन्य कुराहरूको साथसाथै मिश्रण भएका वा नभएका (तरल डिस्टिलेटहरू र वाष्पशील तेलका जलीय घोलहरू बाहेक) यी शीर्षकहरूका वस्तुको रूपमा प्रयोग हुन उपयुक्त खालका र त्यस्तो प्रयोगको लागि खुद्रा बिक्रीको निमित्त पुलिन्दा (प्याकिङ्ग) मा राखिएका उत्पादनहरूको हकमा लागू हुनेछ।
४. शीर्षक ३३.०७ को "सुगन्धित सामग्री (परफ्यूमरी), श्रृङ्गार सामग्री (कस्मेटिक) वा शरीर सफाइ (ट्वाइलेट) का तयारी वस्तुहरू" भन्ने उक्ति अन्य कुराहरूको साथसाथै देहायका कुराहरूमा लागू हुन्छः सुगन्धित थैला (स्याचेट)हरू; सल्काउँदा बास्ना दिने उत्पादनहरू; सुगन्धित कागत र श्रृङ्गार सामग्रीद्वारा संसिक्त (इम्प्रिग्नेटेड) वा लेपित (कोटेड) कागतहरू; कन्ट्र्याक्टलेन्स वा आँखा सम्बन्धी कृत्रिम झोल (आई सोल्यूसन); सुगन्धित सामग्री वा श्रृङ्गार सामग्रीले संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड) वा आच्छादित (कभर्ड) गरिएका नरम गद्दा (वाडिङ्ग), जमोठ (फेल्ट) र नबुनेका वस्तुहरू, (ननउभन्स); जीवजन्तुका शरीर सफाइ (ट्वाइलेट) सम्बन्धी सामग्रीहरू।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) मोल्ड रिलिज सामग्रीको रूपमा प्रयोग हुने खालका जीवजन्तुजन्य, वानस्पतिक वा सूक्ष्मजैविक (माइक्रोबियल) बोसो वा तेलबाट बनाइएका खाद्य सामग्रीहरू वा मिश्रणहरू (शीर्षक १५.१७);
(ख) रासायनिक तवरले परिभाषित छुट्टै यौगिकहरू; वा
(ग) श्याम्पुहरू (कपाल धुने तरल साबुन), दन्तमञ्जनहरू (डेन्टिफ्रिसेस), दाही बनाउने क्रिम र फोमहरू, वा स्नानका तयारी वस्तुहरू, साबुन वा अन्य सतह-सक्रिय कारक (सर्फेस-एक्टिभ एजेण्ट) हरू समावेश भएका (शीर्षक ३३.०५, ३३.०६ वा ३३.०७)।
२. शीर्षक ३४.०१ का प्रयोजनको लागि "साबुन" भन्नाले पानीमा घुलनशील साबुनलाई मात्र लिइन्छ। शीर्षक ३४.०१ मा पर्ने साबुन र अन्य उत्पादनहरूमा अन्य थपिएको पदार्थ पनि हुन सक्छन्, (उदाहरणको लागि, बिसङ्क्रामक पदार्थहरू, अपघर्षी (खुर्कन वा खुइल्याउने) धुलोहरू, भरौट (फिलर) हरू वा औषधिहरू)। अपघर्षी (खुर्कने वा खुइल्याउने) धुलोहरू भएका उत्पादनहरू छड, केक वा ढालेर बनाइएका टुक्रा वा आकृतिहरूको स्वरूपमा भएमा मात्र शीर्षक ३४.०१ मा पर्दछन्। अन्य स्वरूपमा भए तिनीहरूलाई शीर्षक ३४.०५ मा "माझ्ने धुलोहरू र यस्तै तयारी वस्तुहरू" अन्तर्गत वर्गीकरण गरिन्छ।
३. शीर्षक ३४.०२ को प्रयोजनको लागि "प्राङ्गारिक सतह-सक्रिय कारकहरू" भन्नाले २० डिग्री सेल्सियसमा पानीसँग ०.५ प्रतिशत सान्द्रमा मिलाउँदा र त्यही तापमानमा एक घण्टासम्म स्थिर (स्ट्याण्ड) राख्दा देहाय बमोजिमको उत्पादनलाई जनाउँछः
(क) अघुलनशील पदार्थहरू नछुट्टिई पारदर्शक वा अर्धपारदर्शक तरल वा स्थिर (स्टेबल) इमल्सन दिने; र
(ख) पानीको सतही उद्वेग (सर्फेस टेन्सन) ४.५x१०-२ एन/एम (४५ डाइन /से.मि.) वा त्योभन्दा कममा झर्ने।
४. शीर्षक ३४.०३ को "पेट्रोलियम तेलहरू र बिटुमिनयुक्त खनिजहरूबाट प्राप्त तेलहरू" भन्ने अभिव्यक्तिले भाग २७ को द्रष्टव्य २ मा परिभाषित उत्पादनहरूलाई जनाउँछ।
५. तल दिइएको निषेध (एक्सक्लुजन) हरूको अधीनमा रही शीर्षक ३४.०४ मा उल्लेख भएको "कृत्रिम मैनहरू र तयारी मैनहरू" भन्ने अभिव्यक्ति देहाय बमोजिमका वस्तुहरूको हकमा मात्र लागू हुन्छः-
(क) पानीमा घुलनशील भए वा नभएका, मैनको चारित्रिक गुण भएका रासायनिक तवरबाट उत्पादित प्राङ्गारिक उत्पादनहरू;
(ख) विभिन्न प्रकारका मैनहरूको मिश्रणबाट बनाइएका उत्पादनहरू;
(ग) एक वा एकभन्दा बढी मैनको आधारमा बोसो, चोप, खनिज तत्त्व वा अन्य पदार्थहरू भएको मैनको चारित्रिक गुण भएका उत्पादनहरू।
यो शीर्षक निम्न वस्तुहरूको हकमा लागू हुँदैनः-
(क) मैनको चारित्रिक गुण भएकै भए तापनि शीर्षक १५.१६, ३४.०२ वा ३८.२३ का उत्पादनहरू;
(ख) शीर्षक १५.२१ का प्रशोधित भएका वा नभएका रङ्गीन वा रङ्गहीन अमिश्रित जीवजन्तुजन्य मैनहरू वा अमिश्रित वानस्पतिक मैनहरू;
(ग) रङ्गाएको मात्र वा नरङ्गाएको अन्तरमिश्रण गरेको वा नगरेको शीर्षक २७.१२ को खनिज मैन वा यस्तै उत्पादनहरू; वा
(घ) तरल माध्यममा मिश्रण गरिएको, परिक्षिप्त (डिस्पर्स) गरिएको वा घुलाइएको (डिजोल्भ्ड) मैनहरू (शीर्षक ३४.०५, ३८.०९ आदि)।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) मर्चा (शीर्षक २१.०२);
(ख) रक्तांश (ब्लड फ्रयाक्सन) (उपचारात्मक र प्रतिकारात्मक प्रयोगको लागि तयार नभएको रगत एल्बुमिन बाहेक), औषधिहरू र भाग ३० का अन्य उत्पादनहरू;
(ग) पूर्व चर्म-प्रशोधनका लागि तयार गरिएका स्रावहरू (एञ्जाइम) (शीर्षक ३२.०२);
(घ) भाग ३४ का स्रावीय सित्त गर्ने (सोकिङ्ग) वा धुने (वाशिङ्ग) का तयारी वस्तुहरू वा अन्य उत्पादनहरू;
(ङ) कडा गरिएको प्रोटिन (शीर्षक ३९.१३); वा
(च) छापाखाना उद्योगको सरेस (जिलेटिन) उत्पादनहरू (भाग ४९)।
२. शीर्षक ३५.०५ को प्रयोजनको लागि "डेक्स्ट्रिन" भन्ने उक्तिले १० प्रतिशतमा नबढाई सुक्खा पदार्थमा डेक्स्ट्रोज नामले अभिव्यक्त चिनीको अपचयित (रिड्यूसिङ्ग) मात्रामा भएको श्वेतसार (स्टार्च) को डिग्रेडेशन (प्राङ्गारिक हाइड्रो कार्बन जस्तो पदार्थ विश्लेषण गरी तयार गरेको) भन्ने जनाउँछ।
उत्पादन अपचयन गराउने चिनी १० प्रतिशतभन्दा बढी भएका उत्पादनहरू शीर्षक १७.०२ मा पर्दछन्।
द्रष्टव्यहरूः
१. यस भागमा तल द्रष्टव्य २(क) वा २(ख) मा वर्णन गरिएका बाहेक छुट्टै रासायनिक तवरले परिभाषित यौगिकहरू पर्दैनन्।
२. शीर्षक ३६.०६ को "ज्वलनशील पदार्थका सामग्रीहरू" भन्ने अभिव्यक्ति निम्नानुसारका हकमा मात्र लागू हुन्छः-
(क) इन्धनको रूपमा प्रयोग हुने मेटलडिहाइड्, हेक्सामिथाईलिनटेट्रामाइन र यस्तै प्रकारका पदार्थहरू विभिन्न स्वरूपमा राखिएका (उदाहरणको लागि, गोटी, छडी र यस्तै प्रकारका रूपमा); अल्कोहलीय आधारका इन्धनहरू र यस्तै प्रकारले तयार गरिएका इन्धनहरू, ठोस वा अर्धठोस रूपमा;
(ख) चुरोट वा यस्तै वस्तु सल्काउने (लाइटरहरू) मा भर्ने गरी प्रयोग हुने खालका तरल वा तरलीकृत ग्याँस इन्धनहरू, ३०० घन सेन्टिमिटरभन्दा बढी क्षमता नभएका आधान पात्रहरू (कन्टेनर) मा राखिएको; र
(ग) खोटो दीपिका (रेजिन टर्च), आगो सल्काउने साधन (फायर लाइटर) हरू र त्यस्तै सामानहरू।
द्रष्टव्यहरूः
१. यस भागमा रद्दी वा पत्रु (वेस्ट वा स्क्र्याप) पर्दैनन्।
२. यस भागमा "छायाँचित्रण" (फोटोग्राफिक) भन्ने शब्दले प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले, प्रकाश क्रियाद्वारा वा अन्य प्रकारका विकिरणद्वारा तापसुग्राही (थर्मोसेन्सिटिव) लगायत प्रकाशग्राही (फोटोसेन्सिटिभ) सतह (सर्फेस) मा दृश्य (भिजिबल) आकृति (इमेजेज) निर्माण हुने प्रक्रिया (प्रोसेस) लाई जनाउँछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यः
(क) खोलिएको (एक्सपोज्ड) र विकसित सिनेमा फिल्मको अस्थायी पैठारीका लागि निम्न प्रक्रिया तथा नियमहरू लागू गरिनेछन्ः-
(१) पैठारीकर्ताले शीर्षक ३७.०६ को महसुल दर अनुसार हिसाब गरिएको रकम धरौटी राख्नु पर्नेछ।
(२) यदि फिल्म जाँचक समितिबाट फिल्मलाई प्रदर्शनका लागि अनुमति दिइएन भने र फिल्मलाई फिर्ता पठाउनु पर्ने भएमा धरौटी रहेको मध्ये १० प्रतिशत कटाई बाँकी
फिर्ता दिइनेछ। यदि फिल्म जाँचक समितिले उक्त फिल्मलाई प्रदर्शन गर्न अनुमति दियो भने सम्पूर्ण रकम सदरस्याहा गरिनेछ।
(३) यदि सिनेमा हलको धनी वा आयातकर्ताले फिल्म अस्वीकार भएको सूचना धरौटी जम्मा भएको तीन दिनभित्र नदिएमा धरौटी सदरस्याहा हुनेछ। त्यस्तो फिल्म सिनेमा हलमा नदेखाइने भए तापनि महसुल फिर्ता दिइने छैन।
(ख) चलचित्र उद्योगले पैठारी गर्ने सिनेमा बनाउन नखिचिएको (अनएक्सपोज्ड) फिल्मको पैठारीमा शीर्षक ३७.०२ का सम्बन्धित उपशीर्षकमा लाग्ने महसुल नलिई प्रति मि. रु.१५।- मात्र लिइनेछ।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) निम्न लेखिएका बाहेक रासायनिक तवरले छुट्टै रूपमा परिभाषित तत्त्व वा यौगिकहरूः
(१) कृत्रिम ग्राफाइट (शीर्षक ३८.०१);
(२) कीटनाशक, कृन्तकनाशक (रोडेन्टिसाइड), ढुसीनाशक, झारपातनाशक, अङ्कुररोधी (एण्टिस्प्राउटिङ्ग) उत्पादनहरू, वनस्पति वृद्धिनियामक (प्लान्ट ग्रोथ रेगुलेटर), बिसङ्क्रामकहरू र त्यस्तै उत्पादनहरू, शीर्षक ३८.०८ मा उल्लेख भए बमोजिम राखिएका;
(३) अग्निशामक (फायरएक्स्टिङ्ग्विशर) को इन्धन (चार्ज) को रूपमा राखिएको वा अग्निशामक हातगोला (ग्रिनेड) को इन्धन (चार्ज) को रूपमा राखिएका उत्पादनहरू (शीर्षक ३८.१३);
(४) तल द्रष्टव्य २ मा उल्लेख भएका प्रमाणित सन्दर्भ सामग्रीहरू;
(५) तल द्रष्टव्य ३(क) वा ३(ग) मा उल्लिखित उत्पादनहरू।
(ख) मानवीय भोजन सामग्रीको तयारीमा प्रयोग हुने खालका खाद्य पदार्थहरू वा पौष्टिक महत्त्वका अन्य वस्तुहरूका साथ रासायनिक द्रव्यको मिश्रण (सामान्यतः शीर्षक २१.०६);
(ग) शीर्षक २४.०४ का उत्पादनहरू;
(घ) धातुहरू, आर्सेनिक वा तिनका मिश्रणहरू भएका भाग २६ (शीर्षक २६.२०) को द्रष्टव्य ३(क) वा ३(ख) का आवश्यकता (रिक्वायरमेण्ट) हरू पूरा गर्ने धातुमल, क्षार र अवशेषहरू (फोहोर नालीको हिलो बाहेकको फोहोरमैलाको हिलो समेत);
(ङ) औषधिहरू (शीर्षक ३०.०३ वा ३०.०४); वा
(च) आधारभूत धातु (बेस मेटल) हरूको निस्सारण (एक्सट्राक्सन) मा प्रयोग हुने खालका वा अपधातुहरू (बेसमेटल्स) का रासायनिक यौगिक (केमिकल कम्पाउण्डस) को उत्पादन (म्यानुफ्याक्चर) को लागि प्रयोग हुने खालका प्रयुक्त उत्प्रेरक
(क्याटालिस्ट) हरू (शीर्षक २६.२०), बहुमूल्य धातुको पुनर्प्राप्ति (रिकभरी) का लागि मुख्य रूपमा प्रयोग हुने खालका प्रयुक्त उत्प्रेरक (स्पेन्ट क्याटालिस्ट) हरू (शीर्षक ७१.१२) वा उदाहरणको लागि, मिहीन रूपले विभाजित चूर्ण वा बुनिएको जाली (वुभेन गज) को रूपमा भएका धातुहरू वा मिश्रधातु भएका उत्प्रेरक (क्याटालिस्ट) हरू (परिच्छेद १४ वा १५)।
२. (अ) शीर्षक ३८.२२ को प्रयोजनको लागि "प्रमाणित सन्दर्भ सामग्रीहरू" को अर्थ त्यस्ता सन्दर्भ सामग्रीहरू जसको साथमा यस्तो प्रमाणपत्र हुन्छ, जसले प्रमाणित लक्षणहरू (सर्टिफाइड् प्रोपर्टिज) का मान वा मूल्यहरू (भ्यालुज), यस्तो मान वा मूल्य (भ्यालु) निश्चित गर्न प्रयोग गरिएका पद्धतिहरू र प्रत्येक मान वा मूल्यसँग सम्बद्ध निश्चितता (सरटेण्टी) को मात्रा वा परिमाण (डिग्री) समेत हुन्छन् र यी विश्लेषणात्मक, अनुसंशोधनीय (क्यालिब्रेटिङ्ग) वा सन्दर्भ (रिफरेन्सिङ्ग) को प्रयोजनको लागि उपयुक्त हुन्छन्।
(आ) भाग २८ वा २९ का उत्पादनहरू बाहेक, प्रमाणित सन्दर्भ सामग्रीको वर्गीकरणका लागि यस अनुसूचीका अन्य शीर्षकभन्दा ३८.२२ ले अग्राधिकार (प्रिसिडेन्स) लिनेछ।
३. तल उल्लेख भएका वस्तुहरू शीर्षक ३८.२४ मा पर्छन् र ती वस्तुहरूलाई यस अनुसूचीमा अन्य कुनै शीर्षकमा वर्गीकरण गरिने छैन।
(क) म्याग्नेसियम अक्साइड वा क्षारीय धातु वा क्षारीय मृत्तिका धातु (अर्थ मेटल) को ह्यलाइडहरूको प्रत्येकको तौल २.५ ग्रामभन्दा कम नभएका संवर्धित (कल्चर्ड) मणिभहरू (अप्टिकल तत्त्व बाहेक);
(ख) फ्युजल तेल; डिपेलको तेल;
(ग) खुद्रा बिक्रीको लागि प्याक गरेर राखिएको मसी मेट्नेहरू (इङ्क रिमुभर);
(घ) स्टेनसिलमा सच्याउनेहरू, अन्य सच्याउने द्रव (फ्लूड) हरू र सच्याउने टेपहरू (शीर्षक ९६.१२ मा पर्ने बाहेकका), खुद्रा बिक्रीको लागि प्याक गरिएको; र
(ङ) सेरामिक फाइरिङ्ग टेस्टरहरू, फ्युजिबल (गलनशील) (जस्तै, सेगेर कोनहरू)।
४. यस अनुसूचीभरि नै "नगरीय उत्सर्जित पदार्थ (म्युनिसिपल वेष्ट)" भन्नाले गृहस्थको घरआँगन (हाउसहोल्ड), होटेलहरू, रेस्टुराँहरू, अस्पतालहरू, पसलहरू, कार्यालयहरू आदिबाट जम्मा गरिए जस्ता फोहोरमैला (कसिङ्गर) हरू, सडक र सडकका पेटी, खरञ्जा (पेभमेण्ट) का बढार्कुँदार (स्वीपिङ्ग), साथै निर्माण कार्य र ढाल्ने तोड्ने (डिमोलिशन) कार्यका
उत्सर्जन (वेस्ट) हरूलाई जनाउँछ। नगरीय उत्सर्जित पदार्थ (म्युनिसिपल वेस्ट) मा सामान्यतः प्लाष्टिक, रबर, काठ, कागज, कपडा पदार्थ (टेक्सटाइल), काँच, धातु, खाद्य वस्तुहरू, टुटफुट भएका फर्निचरहरू र अन्य बिग्रे भत्केका (ड्यामेज्ड) वा फालिएका (डिस्कार्डेड) वस्तुहरू हुन्छन्।
तर "नगरीय उत्सर्जित पदार्थ" भन्ने शब्दहरूले देहायका वस्तुलाई समावेश गर्दैनन्ः-
(क) फोहोर (कसिङ्गर) (वेस्ट) बाट छुट्याइएका अलग अलग (इनडिभिजुअल) पदार्थहरू वा वस्तुहरू उदाहरणको लागि प्लाष्टिक, रबर, काठ, कागज, कपडा पदार्थ (टेक्सटाइल), काँच वा धातुहरूको उत्सर्जन (वेस्ट), वैद्युतिक (इलेक्ट्रिकल) र विद्युत सम्बद्ध (इलेक्ट्रोनिक) उत्सर्जन र पत्रुहरू (प्रयोग भइसकेका ब्याट्रीहरू लगायत) जुन यस अनुसूचीको तिनीहरूको उपयुक्त शीर्षकहरूमै पर्दछन्;
(ख) औद्योगिक उत्सर्जित पदार्थ (वेस्ट);
(ग) भाग ३० को द्रष्टव्य ४(ज) मा परिभाषित रद्दी औषधिहरू; वा
(घ) तल द्रष्टव्य ६(क) मा परिभाषा गरिए अनुसारको औषधोपचारीय उत्सर्जनहरू (क्लिनिकल वेष्ट्स)।
५. शीर्षक ३८.२५ को प्रयोजनको लागि, "नालीको फोहोरमैलो" (सिवेज स्लज) भन्नाले शहरी क्षेत्रको निस्सारित फोहोरमैला शोधन संयन्त्र (अर्बन एफ्लुएण्ट ट्रिटमेण्ट प्लान्ट) बाट निस्कने हिलोमैलो (स्लज) लाई जनाउँछ र यसले शोधनपूर्व (प्रि-ट्रिटमेण्ट) का फोहोरमैला, धोई पखाली गर्दाको मैलो (एकाउरिङ्स) तथा नजमेको फोहोर हिलो (अनस्टेबिलाइज्ड स्लज) लाई समावेश गर्छ। मलखाद (फर्टिलाइजर) को रूपमा प्रयोग गर्न उपयुक्त भएपछिको फोहोरमैला (हिलो) यसमा पर्दैन (भाग ३१)।
६. शीर्षक ३८.२५ को प्रयोजनको लागि "अन्य फोहोरमैलाहरू" भन्ने उक्ति देहायका वस्तुहरूको हकमा लागू हुन्छः-
(क) औषधोपचारीय उत्सर्जनहरू (क्लिनिकल वेस्ट), अर्थात, चिकित्सा (मेडिकल) सम्बन्धी अनुसन्धान (रिसर्च), रोग निदान (डायग्नोसिस), उपचार (ट्रिटमेण्ट) वा अन्य औषधीय (मेडिकल), शल्यक्रिया (सर्जिकल), दन्तचिकित्सा (डेण्टल) वा पशुचिकित्सा (भेटेरिनरी) प्रक्रिया (प्रोसिजर) बाट निस्केका संदूषित (कण्टामिनेटेड) फोहोरमैला (वेस्ट) हरू जसमा प्रायसः रोगजनक पदार्थहरू (प्याथोजिन्स) तथा औषधीय तत्त्वहरू (फर्मास्यूटिकल सब्सटान्सेज) रहन्छन् र विशिष्ट निस्तारण क्रियाविधि (डिस्पोजल
प्रोसिजर) को अपेक्षा राख्छन् (उदाहरणको लागि, मैलो, दाग लागेको पट्टीहरू (स्वाइल्ड ड्रेसिङ्ग), प्रयोग भएका पञ्जाहरू र प्रयोग भएका सिरिञ्जहरू;
(ख) रद्दी प्राङ्गारिक द्रावक (सोलभेन्ट) हरू;
(ग) धातुको अम्लमार्जन निमित्तका द्रवहरू (मेटल पिकलिङ्ग लिकर्स), हाइड्रोलिक फ्लुडहरू, ब्रेक फ्लुडहरू तथा हिमिकरणरोधी द्रवहरू (ऐण्टी फ्रिजिङ्ग फ्लुड्स) का रद्दी (वेस्ट) हरू; तथा
(घ) रासायनिक वा समवर्गी (एलाइड्) उद्योगहरूबाट निस्कने अन्य फोहोरमैला (अदर वेस्ट) हरू।
तर "अन्य फोहोरमैला" भन्ने उक्तिले मुख्यतः पेट्रोलियम तेल वा बिटुमिनयुक्त खनिजबाट प्राप्त तेलहरू भएका फोहोरमैलाहरूलाई समाविष्ट गर्दैन (शीर्षक २७.१०)।
७. शीर्षक ३८.२६ को प्रयोजनका लागि "जैविक डिजेल" भन्ने उक्तिले प्रयोग भएको वा नभएको जनावर, वनस्पतिको वा सूक्ष्मजैविक (माइक्रोबियल) बोसो र तेलबाट निकालिएको इन्धनका रूपमा प्रयोग गर्ने किसिमको बोसे अम्ल (फ्याट्टी एसिड) को मोनो-अल्काइल एस्टरहरूलाई बुझाउँछ।
उपशीर्षक द्रष्टव्यहरूः
१. तल उल्लेख भएका एक वा सोभन्दा बढी पदार्थहरू भएका शीर्षक ३८.०८ मा पर्ने वस्तुहरूलाई मात्र उपशीर्षक ३८०८.५२ र ३८०८.५९ ले समेट्छन्ः अलाक्लोर (आइएसओ); अल्डिकार्ब (आइएसओ); आल्ड्रिन (आइएसओ); अजिन्फोस-मिथाइल (आइएसओ); बिनापाक्रिल (आइएसओ); क्याम्फेक्लोर (आइएसओ) (टोक्साफेन); क्याप्टाफोल (आइएसओ); कार्बोफ्यूरान (आइएसओ); क्लोरडेन (आइएसओ); क्लोरडिमेफर्म (आइएसओ); क्लारोबेन्जाइलेट (आइएसओ); डीडीटी (आइएसओ) (क्लोफिनोटेन (आइएनएन), १,१,१-ट्राइक्लोरो-२,२- विस (पी-क्लोरोफिनायल) इथेन); डियल्ड्रिन (आइएसओ, आइएनएन); ४,६-डाइनाइट्रो-ओ-क्रिसोल (डीएनओसी (आईएसओ)) वा यसका लवणहरू; डिनोसेव (आइएसओ), यसका लवणहरू वा एष्टरहरू; एन्डोसल्फान (आइएसओ); इथाइलिन डिब्रोमाइड (आइएसओ) (१,२-डाइब्रोमोथेन); इथाइलिन डाइक्लोराइड (आइएसओ) (१,२-डाइक्लोरोइथेन); फ्लुओरोएसेटामाइड (आइएसओ); हेप्टाक्लोर (आइएसओ); हेक्जाक्लोरोबेन्जिन (आइएसओ); १,२,३,४,५,६- हेक्जाक्लोरोसाइक्लोहेक्जेन (एचसीएच (आइएसओ)), लिन्डेन (आइएसओ, आइएनएन) समेत; पारोको यौगिकहरू;
मेथामाइडोफोस (आइएसओ); मोनोक्रोटोफोस (आइएसओ); अक्सिरेन (इथाइलिन अक्साइड); प्याराथिअन (आइएसओ); प्याराथिअन-मिथाइल (आइएसओ) (मिथाइल-प्याराथिन); पेन्टाक्लोरोफेनोल (आइएसओ), यसका लवण वा एष्टरहरू; परफ्लुरोअक्टेन सल्फोनिक अम्ल र यसका लवणहरू; परफ्लुरोअक्टेन सल्फोनामाइडहरू; परफ्लुरोअक्टेन सल्फोनाइल फ्लोराइड; फोस्फामिडोन (आइएसओ); २,४,५-टी (आइएसओ) (२,४,५-ट्राइक्लोरोफेनोक्सिएसेटिक अम्ल), यसका लवणहरू वा यसका एष्टरहरू; ट्राईबुटाईलटिन यौगिकहरू; ट्राइक्लोरोफन (आइएसओ)।
२. उपशीर्षक ३८०८.६१ देखि ३८०८.६९ सम्मका उपशीर्षकहरूले तल उल्लिखित पदार्थहरू भएका शीर्षक ३८.०८ मा पर्ने वस्तुहरूलाई मात्र समेट्दछन्ः अल्फा-साइपर्मेथ्रिन (आइएसओ), बेन्डिओकार्ब (आइएसओ), बिफेन्थ्रिन (आइएसओ), क्लोरफेनापार (आइएसओ), साइफ्लुथ्रिन (आइएसओ), डेल्टामेथ्रिन (आइएनएन, आइएसओ), इटोफेनप्रोक्स (आइएनएन) फेनिट्रोथियन (आइएसओ), लाम्बादा-साइहालोथ्रिन (आइएसओ), मालाथियन (आइएसओ), पिरिमिफोस-मिथायल (आइएसओ) वा प्रोपोक्सर (आइएसओ)।
३. उपशीर्षक ३८२४.८१ देखि ३८२४.८९ सम्मका उपशीर्षकहरूमा तल उल्लेख भएका एक वा सोभन्दा बढी पदार्थहरू भएका मिश्रण र तयारी वस्तुहरू मात्र पर्दछन्ः अक्सिरेन (इथाइलिन अक्साइड), पोलिब्रोमिनेटेड बाइफिनायल्स (पीबीबी हरू); पोलिक्लोरिनिकृत बाइफेनलहरू (पीसीबीहरू), पोलिक्लोरिनिकृत टरफेनलहरू (पीसीटीहरू); ट्रिस(२,३-डिब्रोमोप्रोपाइल) फोस्फेट; अल्ड्रिन (आइएसओ), क्याम्फेक्लोर (आइएसओ) (टेक्साफेन); क्लोर्डेन (आइएसओ); क्लोर्डेकोन (आइएसओ); डीडीटी (आइएसओ) (क्लोफिनोटेन (आइएनएन), १,१,१-ट्राइक्लोरो-२,२-विस पी (क्लोरोफिनायल) इथेन); डियल्ड्रिन आइएसओ, आइएनएन), इण्डोसल्फान (आइएसओ); एनड्रिन (आइएसओ); हेप्टाक्लोर (आइएसओ); माइरेक्स (आइएसओ); १, २,३,४,५,६- हेक्जाक्लोरोसाइक्लोहेक्जेन (एचसीएच (आइएसओ)), लिन्डेन (आइएसओ, आइएनएन) समेत; पेन्टाक्लोरोबेन्जिन (आइएसओ); हेक्जाक्लोरोबेन्जिन (आइएसओ); परफ्लुरोअक्टेन सल्फोनिक अम्ल, यसका लवणहरू; परफ्लुरोअक्टेन सल्फोनामाइडहरू; परफ्लुरोअक्टेन सल्फोनाइल फ्लोराइड वा टेट्रा-, पेन्टा-, हेक्जा-, हेप्टा- वा अक्टाब्रोमोडाइफिनायल इथरहरू; सर्ट-चेन क्लोरिनयुक्त प्याराफिनहरू।
सर्ट-चेन क्लोरिनयुक्त प्याराफिनहरू तलको सूत्र सहित तौलमा ४८ प्रतिशतभन्दा बढी क्लोरिनीकरण डिग्री भएका यौगिकका मिश्रणहरू हुन्ः-
सीएक्सएच(२एक्स-वाई+२)सीएलवाई, जहाँ एक्स=१०-१३ र वाई=१-१३।
४ उपशीर्षक ३८२५.४१ तथा ३८२५.४९ को प्रयोजनका लागि "रद्दी प्राङ्गारिक द्रावक (सोलभेन्ट) हरू" भनेका द्रावक पदार्थहरूको पुनर्प्राप्ति (रिकभरी) को अभिष्ट भएका वा नभएका त्यस्ता रद्दी पदार्थहरू हुन् जसमा मुख्यतः प्राङ्गारिक द्रावक पदार्थहरू (अर्गानिक सोलभेण्ट्स) हुन्छन् र ती जुन रूपमा प्रस्तुत भएका छन् प्राथमिक उत्पादनहरू सरह अब प्रयोगको लागि उपयुक्त हुँदैनन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। ¥ आर्थिक ऐन, २०८३ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. दुई वा दुईभन्दा बढी अलग अलग घटक (कन्स्टिच्यूएन्ट) हरू भएका समूह (सेट) मा राखिएका सामानहरू, जसमध्ये केही वा सबै नै यस परिच्छेदमा पर्दछन् र परिच्छेद ६ वा ७ का उत्पादन प्राप्तिको लागि तिनको एकअर्कासँग मिश्रण गर्ने उद्देश्य रहेको छ भने, तिनलाई ती उत्पादनको उपयुक्त शीर्षकमा वर्गीकरण गरिनेछ। यदि तिनका घटकहरूः-
(क) तिनीहरूलाई राखिएको तरिकालाई विचार गर्दा तिनलाई पुनः प्याक (रिप्याक) गर्नुभन्दा पहिले ती वस्तुहरू एकसाथ प्रयोग गरिने उद्देश्यकै हुन् भन्ने स्पष्ट रूपले चिनिने छन्;
(ख) एकसाथ प्रस्तुत हुन आएका छन्; र
(ग) तिनीहरूको स्वभाव (प्रकृति) वा तिनलाई प्रस्तुत गरिएको सापेक्षिक अनुपातको आधारमा ती एकअर्काका पूरक हुन् भनी स्थापित गर्न (छुट्याउन) सकिनेछन्।
२. शीर्षक ३९.१८ वा ३९.१९ का वस्तुहरू बाहेक, मोटिफ (बुट्टा), अक्षर (क्यारेक्टर) हरू वा चित्रात्मक प्रतिकृतिहरू छापिएका र ती कुराहरू ती वस्तुका प्राथमिक प्रयोगको लागि केवल सहायक (सब्सिडियरी) होइनन् भने त्यस्ता प्लाष्टिक, रबर वा तिनबाट बनेका वस्तुहरू भाग ४९ मा पर्दछन्।
१. यस अनुसूचीभरि नै "प्लाष्टिकहरू" भन्ने अभिव्यक्तिले शीर्षक ३९.०१ देखि ३९.१४ सम्मका ती वस्तुहरू जुन पोलिमराइजेशनकै समय वा त्यसपछिका अवस्थामा बाह्य प्रभाव (सामान्यतः ताप र दबाब, र आवश्यकतानुसार द्रावक वा प्लाष्टिसाइजरले) द्वारा मौल्डिङ्ग, काष्टिङ्ग, एक्स्ट्रुडिङ्ग, रोलिङ्ग वा अन्य प्रक्रियाद्वारा आकार प्रदान गरिन्छ र सो आकार बाह्य प्रभाव हटाइएपछि स्थायी रहन जान्छ।
यस अनुसूचीभरि नै "प्लाष्टिकहरू" को कुनै सन्दर्भले भल्कानाइज गरेको रेशालाई पनि समेट्छ। यसो भए तापनि यो अभिव्यक्ति परिच्छेद ११ को कपडा पदार्थ (टेक्सटाइल मेटेरियल) को रूपमा मानिने पदार्थहरूको हकमा लागू हुँदैन।
२. यस भागमा नपर्नेः
(क) शीर्षक २७.१० वा ३४.०३ का चिल्लो पार्ने तयारी वस्तुहरू;
(ख) शीर्षक २७.१२ वा ३४.०४ का मैनहरू;
(ग) रासायनिक तवरले छुट्टै परिभाषित प्राङ्गारिक यौगिकहरू (भाग २९);
(घ) हेपारिन (कलेजो सम्बन्धी) वा यसको लवणहरू (शीर्षक ३०.०१);
(ङ) वाष्पशील (भोलाटाइल) प्राङ्गारिक द्रावकहरूको तौल घोल (सोल्यूसन) को तौलभन्दा ५० प्रतिशत बढी हुने गरी बनेका, शीर्षक ३९.०१ देखि ३९.१३ सम्मका शीर्षकहरूमा उल्लेख भएका कुनै पनि उत्पादन समाविष्ट घोल (सोल्यूसन) हरू (कोलोडियन बाहेक) (शीर्षक ३२०८); शीर्षक ३२.१२ का स्ट्याम्पिङ्ग फ्वाइलहरू;
(च) शीर्षक ३४.०२ का प्राङ्गारिक सतह-सक्रिय कारकहरू वा तयारी वस्तुहरू;
(छ) रन गमहरू वा एस्टर गमहरू (शीर्षक ३८.०६);
(ज) खनिज तेलहरू (पेट्रोल समेत) वा खनिज तेलहरूको जस्तै उद्देश्यका लागि प्रयोग हुने अन्य तरल पदार्थहरूको निमित्तका तयारी योगशील पदार्थहरू (शीर्षक ३८.११);
(झ) भाग ३९ का पर्ने पोलिग्लाइकोलहरू, सिलिकोनहरू वा अन्य पोलिमरहरूमा आधारित तयारी हाइड्रोलिक द्रवहरू (शीर्षक ३८.१९),
(ञ) प्लाष्टिकको आलम्बन (ब्याकिङ्ग) मा भएका नैदानिक (डायग्नोस्टिक) वा प्रयोगशाला (लेबोरेटरी) का प्रतिकारक (रिएजेण्ट) हरू (शीर्षक ३८.२२);
(ट) भाग ४० को प्रयोजनको लागि परिभाषित कृत्रिम रबर वा तिनका सामग्री (आर्टिकल) हरू;
(ठ) काठी वा साज सम्बन्धी सामग्रीहरू (शीर्षक ४२.०१); वा शीर्षक ४२.०२ का बाकसहरू, सुटकेसहरू, हाते झोलाहरू वा अन्य कन्टेनरहरू;
(ड) भाग ४६ का चोया, पोया र अन्य सामग्रीहरू;
(ढ) शीर्षक ४८.१४ को भित्ता ढाक्ने वस्तु (वालकभरिङ्ग) हरू;
(ण) परिच्छेद ११ का वस्तुहरू (कपडाहरू र कपडाबाट बनेका वस्तुहरू);
(त) परिच्छेद १२ का वस्तुहरू (उदाहरणका लागि, जुत्ताहरू, शीरपोशहरू, छाताहरू, घाम छेक्ने छत्रीहरू, हिंड्दा प्रयोग हुने लठ्ठीहरू, कोर्राहरू, राइडिङ्ग कोरहरू वा तिनका पुर्जाहरू);
(थ) शीर्षक ७१.१७ का नक्कली गहनाहरू;
(द) परिच्छेद १६ अन्तर्गत पर्ने वस्तुहरू (यन्त्रहरू र यान्त्रिक वा विद्युतीय उपकरणहरू)
(ध) परिच्छेद १७ का हवाईजहाज वा सवारी साधनका पार्टपुर्जाहरू;
(न) भाग ९० का सामानहरू (जस्तै चाक्षुष तत्त्व (अप्टिकल एलिमेण्ट), चश्माको फ्रेम र रेखाचित्रण (ड्रइङ्ग) का उपकरणहरू);
(प) भाग ९१ का सामानहरू (दिवाल घडी (क्लक) र घडीका बट्टाहरू (वाच केसेस));
(फ) भाग ९२ का सामानहरू (जस्तै वाद्य यन्त्र र तिनका पुर्जाहरू);
(ब) भाग ९४ का सामान (जस्तै फर्निचर, बत्तीहरू (लुमिनेयरिज) र प्रकाश जडानहरू (लाइटिङ्ग फिटिङ्ग्स), प्रकाश गर्ने चिन्ह (इल्यूमिनेटेड साइन), पूर्वनिर्मित भवन (प्रिफ्याब्रिकेटेड विल्डिङ्ग));
(भ) भाग ९५ का सामानहरू (जस्तै खेलौना, आमोद प्रमोदका सामानहरू र खेलकुदका सामानहरू); वा
(म) भाग ९६ का सामानहरू (जस्तै ब्रुस, टाँक, स्लाइड फासनरहरू, काँइयो, धुम्रपान गर्ने पाइपको मुखले च्याप्ने खण्ड (माउथपिस) वा नली (स्टेम), चुरोट दानी (सिगरेट होल्डर) वा यस्तै वस्तु, भ्याकुम फ्लास्कका वा यस्तै वस्तुका पुर्जाहरू, कलमहरू, यान्त्रिक पेन्सिलहरू र मोनोपड,बाइपड,ट्राइपड र यस्तै सामग्रीहरू।
३. शीर्षक ३९.०१ देखि ३९.११ सम्मलाई देहायका वर्गमा पर्ने रासायनिक संश्लेषण (केमिकल सिन्थेसिस) द्वारा उत्पादित सामानहरूको हकमा मात्र लागू हुने गरी लिइन्छः-
(क) रिड्यूस्ड प्रेसर डिस्टिलेसन मेथड प्रयोग गरिंदा १०१३ मिलिवारमा परिवर्तन पछि ३०० डिग्री सेल्सियसको तापमानमा घनत्त्वको हिसाबले ६० प्रतिशतभन्दा कम
आसवन हुने तरल संश्लेषित (कृत्रिम) पोलिओलफिनहरू (शीर्षक ३९.०१ र ३९.०२);
(ख) धेरै बढी पोलिमराइज नगरेको कुमारोन इन्डिन प्रकारको रेजिन (शीर्षक ३९.११);
(ग) औसत कम्तीमा ५ मोनोमर इकाईका अन्य कृत्रिम पोलिमरहरू;
(घ) सिलिकोनहरू (शीर्षक ३९.१०);
(ङ) रिसोल (पग्लिने वस्तु) हरू (शीर्षक ३९.०९) र अन्य प्रिपोलिमरहरू;
४. "कोपोलिमरहरू" भन्ने अभिव्यक्तिले त्यस्ता सबै पोलिमरहरूलाई समावेश गर्दछ जसमा कुल पोलिमरको मात्रा (कन्टेण्ट) मा कुनै पनि एकल मोनोमर इकाईको अंश तौलको हिसाबले ९५ प्रतिशत वा बढी रहँदैन।
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यस भागको प्रयोजनको लागि कोपोलिमरहरू (कोपोलिकण्डेन्सेटहरू, कोपोलिएडिसन उत्पादनहरू, ढीका (ब्लक) कोपोलिमरहरू र ग्राफ्ट कोपोलिमरहरू समेत) र पोलिमरका मिश्रणहरूलाई त्यस शीर्षकमा वर्गीकरण गरिनेछ जसमा प्रत्येक अन्य एकल (सिङ्गल) कोमोनोमर इकाईभन्दा तौलमा प्रधानता (प्रिडोमिनेट) भएको कोमोनोमर इकाईको पोलिमरहरू समावेश हुन्छन्। यस द्रष्टव्यको प्रयोजनको लागि, एउटै शीर्षकमा पर्ने पोलिमरहरूका अवयवी (कन्स्टिच्यूएण्ट) कोमोनोमर इकाईहरूलाई एकैसाथ लिइनेछ।
यदि एकल कोमोनोमर इकाईको प्रधानता (प्रिडोमिनेट) नभएमा, स्थिति अनुसार कोपोलिमरहरू वा पोलिमरका मिश्रणहरूलाई उत्तिकै ध्यान दिन योग्य शीर्षकहरूमध्ये साङ्ख्यिक क्रममा सबभन्दा पछिल्लो शीर्षकमा वर्गीकरण गरिनेछ।
५. रासायनिक तरिकाले परिवर्तन गरिएको पोलिमरहरू अर्थात जसमा मुख्य पोलिमर श्रृङ्खलामा उपाङ्ग (एपेन्डेज) हरूमा मात्र रासायनिक प्रतिक्रियाद्वारा परिवर्तन गरिएका हुन्छन्, त्यस्ता पोलिमरहरूलाई परिवर्तन नगरिएका पोलिमरको उपयुक्त शीर्षकमा वर्गीकरण गरिनेछ। यो प्रावधान ग्राफ्ट कोपोलिमरहरूको हकमा लागू हुँदैन।
६. शीर्षक ३९.०१ देखि ३९.१४ सम्मका शीर्षकहरूमा उल्लिखित "प्राथमिक स्वरूप" भन्ने अभिव्यक्तिले निम्न बमोजिमको स्वरूपहरूलाई मात्र जनाउँछः-
(क) तरल र लेदो (पेस्ट), परिक्षेपण (डिस्पर्सन) हरू (पायस र निलम्बित घोलहरू) र घोलहरू समेत;
(ख) अनियमित आकृतिका ढिका, डल्लाहरू र धुलोहरू (मौल्डिङ्ग पाउडर समेत), दानाहरू, पातला साना टुक्रा (फ्लेक) हरू र यस्तै बहुमात्रा (बल्क) भएको रूपमा।
७. शीर्षक ३९.१५ प्राथमिक रूपमा परिवर्तन भएका एकल थर्मोप्लाष्टिक पदार्थका रद्दी (वेस्ट), कतरन (पेयरिङ्ग) र पत्रु (स्क्रयाप) को हकमा लागू हुँदैन (शीर्षक ३९.०१ देखि ३९.१४ सम्म)।
८. शीर्षक ३९.१७ को प्रयोजनको लागि "नलीहरू, पाइपहरू र होजहरू" भन्ने अभिव्यक्तिले अर्ध-उत्पादित वा तयारी खोक्रो उत्पादनहरूलाई जनाउँछ जुन सामान्यतः ग्याँस वा तरल पदार्थहरू बहन (कन्भे), सञ्चालन (कण्डक्ट) वा वितरणको कार्यमा प्रयोग हुने खालका हुन्छन् (उदाहरणको लागि बगैंचामा प्रयोग हुने करङ्ग भएको होज, छिद्रदार नली (ट्युबहरू)। यस अभिव्यक्तिले ससेज भर्ने नलिका र अन्य ले-फ्ल्याट ट्युबिङ्गलाई पनि समावेश गर्दछ। तर, अन्तिम उल्लेख भएको बाहेक तिर्यक्छेद (क्रस-सेक्सन) भएका वृत्ताकार, अण्डाकार, चतुर्भुजाकार (जसको लम्बाइ चौडाइको १.५ गुनाभन्दा बढी हुँदैन) वा रेगुलर पोलिगन (समबहुभुज) आकारको भएका बाहेकलाई पाइप, ट्युब वा होज नमानी प्रोफाइल आकारका मान्नु पर्दछ।
९. शीर्षक ३९.१८ को प्रयोजनका लागि "भित्ता वा भित्री छत (सिलिङ्ग) ढाक्ने प्लाष्टिकका वस्तुहरू" भन्ने अभिव्यक्ति रोलमा भएका, ४५ सेन्टिमिटरभन्दा कम चौडाइ नभएका, भित्ता वा भित्री छत सजावटका लागि उपयुक्त कागज बाहेक अरू कुनै पदार्थको पृष्ठाधार (ब्याकिङ्ग) मा स्थायी रूपमा प्लाष्टिक जडिएका (फिक्स्ड) र (सुल्टोपट्टि) प्लाष्टिकको तह (लेयर) दाना दाना पारेका, उच्चित्रित (इम्बोस्ड), रङ्गाएका बुट्टापारी छापेका वा अन्य किसिमले सजाएका प्लाष्टिकका उत्पादनहरूका हकमा लागू हुन्छ।
१०. शीर्षक ३९.२० र ३९.२१ मा "प्लेटहरू, शीटहरू, फिल्म, फ्वायल र स्ट्रिप" भन्ने अभिव्यक्ति मुद्रण गरिएको वा नगरिएको वा अन्य किसिमले सतही (सर्फेस) कार्य गरिएको वा नगरिएको, नकाटिएको वा आयताकार (वर्गाकार समेत) पारी काटिएको तर त्यसभन्दा बढी कार्य नगरिएको (त्यसरी काटिंदा, ती प्रयोगको लागि तयार हुने भए तापनि) प्लेटहरू, शीटहरू, फिल्म, फ्वायल र स्ट्रिप (भाग ५४ का बाहेक) तथा नियमित ज्यामितीय आकृतिका ढिका (ब्लक) हरूका हकमा लागू हुन्छ।
११. शीर्षक ३९.२५, उपभाग २ का अघिल्ला कुनै पनि शीर्षकहरूमा नपर्ने देहायका उत्पादनहरूको हकमा मात्र लागू हुन्छः-
(क) ३०० लिटरभन्दा बढी अट्ने क्षमता भएका रिजर्भ्वायरहरू, ट्याङ्कहरू (सेप्टिक ट्याङ्कहरू समेत),भ्याटहरू र यस्तै कन्टेनर (आधान पात्र) हरू;
(ख) निर्माण सम्बन्धी अवयवहरू उदाहरणको लागि भुईं, भित्ताहरू, कठबारहरू, भित्री छत (सिलिङ्ग) हरू वा छाना (रुफ) मा प्रयोग हुने;
(ग) ढल (गटर) र तिनका जडानका सामानहरू;
(घ) ढोकाहरू,झ्यालहरू र तिनीहरूका चौकोस (फ्रेम) र ढोकाका सँघारहरू;
(ङ) बालकोनी (कौशी)हरू, बार्दलीहरू, फेन्सिङ्ग (बार) गेटहरू र त्यस्तै छेकबार (ब्यारियर) हरू;
(च) सटरहरू, पर्दाहरू, (भेनेसिएन पर्दाहरू समेत) र त्यस्तै सामान तथा तिनका पुर्जाहरू र जडानका सामग्रीहरू;
(छ) जडानका र स्थायी स्थापनाका लागि ठूलो परिमाणका तखताहरू (सेल्भिङ्ग), उदाहरणको लागि पसलमा,कार्यशालामा,गोदाममा जडान हुने;
(ज) भवन निर्माणका आलङ्कारिक आकृतिहरू, उदाहरणको लागि फ्लूटिङ्ग (खोल्सा काट्ने काम),गुम्बज र परेवाको घुर; र
(झ) ढोकाहरू, झ्यालहरू, भन्याङ्गहरू, भित्ताहरू वा भवनको अन्य भागमा स्थायी रूपमा जडान गरिने जस्तै नोब (मूठ) हरू, ह्याण्डिलहरू, हुकहरू, ब्राकेटहरू, टावल रेलहरू, स्वीच-प्लेटहरू र अन्य सुरक्षात्मक प्लेटहरू।
१. यस भागको कुनै एक शीर्षकभित्र, पोलिमरहरू (कोपोलिमरहरू समेत) र रासायनिक तरिकाले परिवर्तित (मोडिफाइड) पोलिमरहरूलाई देहायका प्रावधान अनुरूप वर्गीकरण गरिनेछः-
(क) एकै श्रृङ्खला (सिरिज) मा "अन्य" नामक उपशीर्षक जहाँ छः-
(१) कुनै उपशीर्षकमा कुनै पोलिमरलाई "पोलि" उपसर्ग (प्रिफिक्स) द्वारा निर्दिष्ट गरिएको (उदाहरणतः, पोलिइथिलिन र पोलियामाइड -६, ६) छ भने त्यसको
अर्थ यसरी निर्दिष्ट गरिएको पोलिमरका अवयवी (कन्स्टिच्यूएण्ट) मोनोमर इकाई वा मोनोमर इकाईहरूलाई एकसाथ मिलाउँदा त्यसले कुल पोलिमरको मात्रा (कण्टेण्ट) को तौलको हिसाबले ९५ प्रतिशत वा बढी योगदान (कण्ट्रिब्यूट) गरेकै हुनु पर्दछ।
(२) उपशीर्षक ३९०१.३०, ३९०१.४०, ३९०३.२०, ३९०३.३० र ३९०४.३० मा उल्लेख भएका (नेम्ड) कोपोलिमरहरू यदि कुल पोलिमरको वस्तु परिमाण (कण्टेण्ट) मा तौलको हिसाबले ९५ प्रतिशत वा सोभन्दा बढी उल्लिखित कोपोलिमरहरूका कोमोनोमर इकाईहरू रहेका भए सोही उपशीर्षकहरूमा वर्गीकरण हुनेछन्।
(३) रासायनिक तवरले परिवर्तित (मोडिफाइड) पोलिमरहरूलाई "अन्य" नामाङ्कित उपशीर्षकमा वर्गीकरण गर्नु पर्दछ, तर त्यसरी रासायनिक तवरले परिवर्तित (मोडिफाइड) पोलिमरहरू अर्को उपशीर्षकद्वारा बढी स्पष्ट रूपमा (स्पेसिफिकली) समावेश (कभर) गरिएको हुनु हुँदैन।
(४) माथिका (१), (२) वा (३) सँग नमिल्ने पोलिमरहरूलाई त्यस श्रृङ्खला (सिरिज) का बाँकी उपशीर्षकहरूमध्ये त्यस उपशीर्षकमा वर्गीकरण गरिनेछ जसले अन्य प्रत्येक एकल कोमोनोमर इकाईको तौलको हिसाबले प्रधानता (प्रिडोमिनेट) भएको त्यस मोनोमर इकाईको पोलिमरलाई समावेश (कभर) गरेको हुन्छ। यस प्रयोजनको लागि, उही उपशीर्षकमा पर्ने पोलिमरहरूका अवयवी (कन्स्टिच्यूएण्ट) मोनोमर इकाई (युनिट) हरूलाई एकसाथ लिइनेछ। यसमा विचाराधीन उपशीर्षकहरूका श्रृङ्खला (सिरिज) मा पर्ने पोलिमरहरूका अवयवी कोमोनोमर इकाईहरूलाई मात्र तुलना गरिनु पर्दछ।
(ख) उही श्रृङ्खला (सिरिज) मा "अन्य" नामाङ्कित उपशीर्षक नभएमाः
(१) अन्य प्रत्येक कोमोनोमर इकाईमाथि तौलको हिसाबले प्रधानता (प्रिडोमिनेट) हुने त्यस मोनोमर इकाईका पोलिमरहरू समावेश भएको उपशीर्षकमा पोलिमरहरूलाई वर्गीकरण गरिनेछ। यस प्रयोजनको लागि, उही उपशीर्षकमा पर्ने पोलिमरहरूका अवयवी (कन्स्टिच्यूएण्ट) मोनोमर इकाईहरूलाई एकसाथ लिइनेछ। विचाराधीन श्रृङ्खला (सिरिज) भएका पोलिमरहरूका अवयवी कोमोनोमर इकाईहरूको मात्र तुलना गरिनेछ।
(२) रासायनिक तवरले परिवर्तित (मोडिफाइड) पोलिमरहरूलाई अपरिवर्तित (अनमोडिफाइड) पोलिमरको लागि उपयुक्त उपशीर्षकमा वर्गीकरण गरिनेछ।
पोलिमरका मिश्रणहरूलाई उही अनुपातमा उही मोनोमर इकाईहरूको पोलिमर वर्गीकरण भएको उपशीर्षकमा वर्गीकरण गरिनेछ।
२. उपशीर्षक ३९२०.४३ को प्रयोजनार्थ, "प्लास्टिसाइजरहरू" भन्ने शब्दले अमौलिक "प्लास्टिसाइजरहरू" (सेकेण्डरी प्लास्टिसाइजरहरू) लाई समेत समावेश गर्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अनुसूचीभरि "रबर" भन्ने अभिव्यक्तिले गन्धकले उपचार गरी बलियो पारिएको (भल्कनाइज गरिएको) वा नपारिएको वा कडा भएको वा नभएको देहायका उत्पादनहरूलाई जनाउँछः प्राकृतिक रबर, बलाटा, गट्टा-पर्चा, ग्वायुली, चिकल र यस्तै प्राकृतिक गमहरू, संश्लेषित (सिन्थेटिक) रबर, तेलबाट निकालिने फ्याक्टिस र यस्तै पुनर्निर्मित (रिक्लेम्ड) तत्त्वहरू।
२. यस भागमा नपर्नेः
(क) परिच्छेद ११ का सामानहरू (कपडा र कपडाबाट बनेका सामान);
(ख) भाग ६४ का जुत्ता वा त्यसका अङ्गहरू;
(ग) भाग ६५ का टोपी वा त्यसका अङ्गहरू (बाथिङ्ग क्याप समेत);
(घ) परिच्छेद १६ का कडा रबरका यान्त्रिक वा वैद्युतिक उपकरणहरू वा तिनका पुर्जाहरू (सबै किसिमका वैद्युतिक सामानहरू समेत);
(ङ) भाग ९०,९२, ९४ वा ९६ का सामानहरू; वा
(च) भाग ९५ का सामानहरू (खेलकुदको पञ्जाहरू, मिटनहरू र मिटहरू र शीर्षक ४०.११ देखि ४०.१३ सम्मका सामानहरू बाहेक)।
३. शीर्षक ४०.०१ देखि ४०.०३ सम्म र ४०.०५ मा उल्लेख भएको "प्राथमिक रूपहरू" भन्ने अभिव्यक्ति निम्न रूपहरूका हकमा मात्र लागू हुन्छः-
(क) तरल र लेदो (पेस्ट) (पूर्व-भल्कनाइज गरेको वा नगरेको लेटेक्स र अन्य परिक्षेपण (डिस्पर्सन) हरू र घोल (सोलुसन) हरू समेत);
(ख) विषम आकारका ढिक्काहरू, डल्लाहरू, गाँठहरू, चूर्णहरू, दानाहरू, मसिना टुक्राटाक्रीहरू र यस्तै किसिमको ठूलो आयतन (बल्क) का रूपहरू।
४. यस भागको द्रष्टव्य १ र शीर्षक ४०.०२ को "संश्लेषित रबर" भन्ने अभिव्यक्ति देहायका हकमा लागू हुन्छः-
(क) असन्तृप्त संश्लेषित तत्त्वहरू जसलाई गन्धक (सल्फर) का साथ भल्कनीकरण (भल्कानाइजेशन) गरी अप्रत्यावर्ती ढङ्गले गैरथर्मोप्लाष्टिक तत्त्वहरूमा रूपान्तरित गर्न सकिन्छ, जुन १८ डिग्रीदेखि २९ डिग्री सेलियसबीचको तापक्रममा आफ्नो मौलिक लम्बाइको तीन गुनासम्म तन्काउँदा चुड्दिँदैन र मौलिक लम्बाइको दुई गुनासम्म तन्काउँदा पाँच मिनेटको अवधिभित्र मौलिक लम्बाइको डेढ गुनाभन्दा कम लम्बाइमा फर्किन्छ। यस परीक्षणको उद्देश्यको निमित्त क्रस-लिङ्किङ्को लागि आवश्यक पर्ने तत्त्वहरू, जस्तै भल्कनीकरण सक्रिय कारक (एक्टिभेटर) वा त्वरक (एक्सिलेरेटर) हरू थप गर्न सकिन्छ; द्रष्टव्य ५(ख)(२) मा व्यवस्था गरिएका तत्त्वहरूको उपस्थिति पनि स्वीकार्य छ। तर, क्रस लिङ्किङ्को लागि आवश्यक नभएका तत्त्वहरूको उपस्थिति, जस्तै विस्तारक (एक्सटेण्डर) हरू, प्लाष्टिसाइजरहरू र फिलरहरू भने स्वीकार्य छैन;
(ख) थायोप्लास्टहरू (टीएम); र
(ग) प्लाष्टिक पदार्थका साथ मिसाएर वा कलमी (ग्राफ्टिङ्ग) गरेर अर्को रूप दिइएको प्राकृतिक रबर, डिपोलिमराइज्ड प्राकृतिक रबर, सन्तृप्त संश्लेषित उच्च पोलिमरहरूका साथ असन्तृप्त संश्लेषित तत्त्वहरूको मिश्रण। तर यी सबै माथि उल्लेख भएका उत्पादनहरूले भल्कनीकरण, तन्काइ (एलोङ्गेशन) र खुम्चाइ (रिकभरी) सम्बन्धी माथि खण्ड (क) मा उल्लेख गरिएका आवश्यकताको पूर्ति गरेको हुनु पर्दछ।
५. (अ) शीर्षक ४०.०१ र ४०.०२ तरलबाट ढिका भई जम्नु (कोएगुलेशन) अगाडि वा पछाडि देहायका तत्त्वहरूसँग मिलाइएका (कम्पाउण्डिङ्ग) कुनै पनि रबर वा रबरको मिश्रणका हकमा लागू हुँदैनः-
(१) भल्कनीकरण कारकहरू, त्वरक (एक्सिलेरेटर) हरू, मन्दक (रिटार्डर) हरू वा सक्रियकारक (एक्टिभेटर) हरू (पूर्व-भल्कनीकृत रबर लेटेक्स तयार गर्न मिसाइने बाहेकका);
(२) पहिचानको लागि मात्र मिसाइएको बाहेक, वर्णक (पिगमेण्ट) वा अन्य रङ्गाउने पदार्थ;
(३) प्लाष्टिसाइजरहरू वा विस्तारकहरू (तेल विस्तारित रबरको हकमा खनिज तेल बाहेक), पूरक (फिलर) हरू, प्रबलन कारकहरू, प्राङ्गारिक द्रावकहरू वा अन्य कुनै तत्त्वहरू, तल (ख) मा स्वीकार्य (तत्त्वहरू) बाहेक;
(आ) रबर वा रबरहरूको मिश्रणमा देहायका वस्तुहरूको उपस्थितिले यसको शीर्षक ४०.०१ वा ४०.०२ मा स्थिति अनुसार वर्गीकरण गर्नमा केही असर पार्दैन, तर त्यस्ता रबर वा रबरको मिश्रणले कच्चा पदार्थको सारभूत लक्षण भने कायमै राखेको हुनु पर्दछः-
(१) इमल्सिफायर (पायसीकारक) हरू वा आसञ्जनरोधी (एण्टी-ट्याक) कारकहरू
(२) इमल्सिफायरका ब्रेकडाउन उत्पादनको सानो परिमाण
(३) देहायका वस्तुहरूको धेरै सानो परिमाणः ताप-संवेदी (हिट-सेन्सिटिभ) कारकहरू (सामान्यतः ताप-संवेदी रबर लेटेक्सहरूको प्रासिको लागि), धनायनिक (क्याटआयोनिक) सतह-सक्रिय कारकहरू (सर्फेस एक्टिभ एजेण्टहरू) (सामान्यतः धनविद्युति (एलेक्ट्रो पोजिटिभ) रबर लेटेक्सको प्रासिको लागि), उपचयनिरोधी तत्त्वहरू, स्कन्दक पदार्थ (कोएगुलेन्ट) हरू, टुक्राउने वा धुलो पार्ने (क्रमबलिङ्ग) कारकहरू, हिमनिरोधी कारकहरू, पेपटाइजरहरू, परिरक्षकहरू, स्थिरकारकहरू, लसीलोपन-नियन्त्रण कारकहरू वा यस्तै विशेष उद्देश्यका योगशील पदार्थ (एडिटिभ) हरू।
६. शीर्षक ४०.०४ को प्रयोजनको लागि "रद्दी (वेष्ट), र पत्रु (स्क्रयाप)" भन्ने अभिव्यक्तिले रबर वा रबरका वस्तुको उत्पादन वा काम (वर्किङ्ग) बाट निस्केका र काटिएको वा घिसिएको (वियर) वा अन्य कारणले रबर वा रबरको वस्तुको रूपमा निश्चित रूपले प्रयोग गर्न नहुने रबरको रद्दी (वेष्ट), कतरन (पेयरिङ्स र पत्रु (स्क्रयाप)" लाई जनाउँछ।
७. पूर्णरूपमा भल्कनीकृत रबरको धागो जसको जुनसुकै तिर्यक-छेदीय आयाम (क्रस-सेक्सनल डाइमेनसन) ५ मिलिमिटरभन्दा बढी छ, लाई शीर्षक ४०.०८ को स्ट्रिप, छड (रड) वा प्रोफाइल आकार सरह वर्गीकरण गरिन्छ।
८. शीर्षक ४०.१० मा रबरले संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड), ढाकिएका (कभर्ड) वा पटलित (ल्यामिनेटेड) वा कपडाको धागो वा डोरीबाट बनेका रबरले संसिक्त, लेपित,
ढाकिएका (कभर्ड), आच्छादित (शिथ्ड) कपडाका परिबाहक वा पारगमन पेटी (बेल्ट) हरू वा पट्टा (बेल्टिङ्ग) हरू पर्छन्।
९. शीर्षक ४०.०१, ४०.०२, ४०.०३, ४०.०५ र ४०.०८ मा "प्लेटहरू" "सिटहरू" र "स्ट्रिप" भन्ने अभिव्यक्ति केवल ज्यामितीय समभुज आकारका, नकाटिएका वा सामान्य रूपले आयताकार (वर्गाकार समेत) मा काटिएका, कुनै सामानको लक्षण भएका वा नभएका, छापिएका वा नछापिएका वा अरु किसिमको सतही-कार्य गरिएका वा नगरिएका, तर अरू किसिमबाट आकारमा नकाटिएका वा बढी काम नगरिएका प्लेट, शीट, र स्ट्रिपलाई जनाउँछ।
शीर्षक ४०.०८ मा "छडहरू" र "प्रोफाइल आकारहरू" भन्ने अभिव्यक्ति लम्बाइमा काटिएका वा नकाटिएका वा सतही-कार्य गरिएका वा नगरिएका तर अरू किसिमबाट काम नगरिएका उत्पादनहरूलाई मात्र जनाउँछ।
१. यस भागमा नपर्नेः
(क) काँचो छाला (हाइड तथा स्किन) को कतरन (पेयरिङ्गस्) वा यस्तै रद्दी (वेस्ट) (शीर्षक ०५.११);
(ख) शीर्षक ०५.०५ वा ६७.०१ को भुवा (डाउन) वा प्वाँख (फिदर) हरू सहितको चराको छाला वा चराको छालाको अंश; वा
(ग) रौं वा ऊन सहितको छाला, काँचो, प्रशोधित (ट्याण्ड वा ड्रेस्ड) (भाग ४३); तर, चौपाया (बोभाइन जीवजन्तु) (भैंसी समेत) का, अश्वजातीय (इक्वाइन) जनावरहरूका, भेडा वा भेडाका पाठाहरूका (अष्टाखान, ब्रोडटेल, काराकुल, पर्सियन वा त्यस्तै भेडाका पाठाहरू, भारतीय, चिनिया, मङ्गोलियन वा तिब्बती भेडाका पाठा बाहेक), बाखा वा पाठाहरूका (यमनी, मङ्गोलियन वा तिब्बती बाखा र पाठाहरू बाहेक), सुँगुरका (पेकरी समेत), श्याम्वाको, सानो मिर्ग (गजेल) को, ऊँटहरू (ठूलो जुरो भएको एक जातको ऊँट (ड्रोमेडरी) समेत) को, हिउँमृग (रेन्डियर) को, एल्क (बारसिङ्गा) को, हरिणको, नर हरिण (रोवक) को वा कुकुरको रौं वा ऊन सहितको काँचो छाला (हाइड र स्किन) लाई भने भाग ४१ मा वर्गीकरण गरिन्छ।
२. (अ) प्रतिवर्त्य (रिभर्सिबल) चर्मशोधन प्रक्रिया (ट्यानिङ्ग प्रोसेस) (पूर्व-चर्मशोधन समेत) बाट निस्केका छाला (हाइड र स्कीन) हरू शीर्षकहरू ४१.०४ देखि ४१.०६ भित्र पर्दैनन् (शीर्षकहरू यथायोग्य ४१.०१ देखि ४१.०३ सम्म)।
(आ) शीर्षक ४१.०४ देखि ४१.०६ सम्मको प्रयोजनार्थ, क्रस्ट" शब्दले सुकाउनुभन्दा पहिले पुनर्शोधन (रिट्याण्ड), रङ्गाएको (कलर्ड) वा बोसोले उपचार गरिएको (फ्याट लिकर्ड) (स्टफ्ड) छाला (हाइड र स्किन) लाई समेट्छ।
३. यो अनुसूचीभरि नै "मिश्रित छाला" भन्नाले शीर्षक ४१.१५ मा उल्लेख गरे प्रकारका पदार्थहरूलाई मात्र जनाउँछ।
१. यस भागको प्रयोजनका लागि "छाला (लेदर)" अन्तर्गत श्यामवा (श्याम्वाको संयोजन समेत) को तयारी छाला, चम्किलो बनाइएको नरम खाले तयारी छाला (पेटेण्ट लेदर), चम्किलो र नरम बनाइएको पटलित तयारी छाला (पेटेण्ट ल्यामिनेटेड् लेदर) र धात्विकीकृत तयारी छाला (मेटालाइज्ड लेदर) पर्दछन्।
२. यस भागमा नपर्नेः
(क) जीवाणु रहित शल्यचिकित्सामा प्रयोग हुने सुकेको आन्द्राबाट बनाइएको तन्तु (क्याटगट) र यस्तै प्रकारको जीवाणु रहित टाँका दिने धागो (नहर) (स्यूचर) का सामग्री हरू (शीर्षक ३०.०६);
(ख) लुगाफाटा वा परिधान सहायकहरू (पञ्जाहरू, मिटन र मिटहरू बाहेक), भुवादार छाला वा कृत्रिम भुवाको अस्तर हालिएको वा केवल सजावट (ट्रिमिङ्ग) को लागि बाहेक भुवादार छाला वा कृत्रिम भुवा बाहिरपट्टि जडेको (शीर्षक ४३०३ वा ४३०४);
(ग) जाली (जालीदार कपडा) बाट बनेका तयारी सामग्रीहरू (शीर्षक ५६.०८);
(घ) भाग ६४ मा पर्ने सामग्रीहरू;
(ङ) भाग ६५ मा पर्ने शिरपोस वा त्यसका अङ्ग (पार्ट) हरू;
(च) शीर्षक ६६.०२ का चाबुक (व्हिप) हरू, घोडसवारको चाबुक (राइडिङ्ग-क्रप) हरू वा अन्य सामग्रीहरू;
(छ) कफलिङ्क (बाहुलाको जोडी टाँक) हरू, बाला (ब्रासलेट) हरू वा अन्य नक्कली गहनाहरू (शीर्षक ७१.१७);
(ज) बेग्लै प्रस्तुत गरिएका साज (हार्नेस) का जडानहरू वा सजावटका वस्तुहरू, जस्तै रिकाब (स्टिरप) हरू, लगामको नाडी (बिट) हरू, घोडाको साजको सजावटका पित्तलका वस्तुहरू (हर्स ब्रासेस) र खिप (बकल) हरू (सामान्यतया परिच्छेद १५);
(झ) तार (स्ट्रिङ्ग), ढोल वा यस्तै वस्तुको लागि छाला (स्किन) हरू, वा सङ्गीत वाद्य उपकरणका अन्य अङ्ग (पुर्जा) हरू (शीर्षक ९२.०९);
(ञ) भाग ९४ का सामग्रीहरू (उदाहरणतः फर्निचर, बत्तीहरू (लुमिनेयरिज) र प्रकाश जडान (लाइटिङ्ग फिटिङ्ग) हरू);
(ट) भाग ९५ मा पर्ने सामग्रीहरू (उदाहरणको लागि, खेलौनाहरू, आमोदप्रमोद र खेलकुदका सरसामानहरू); वा
(ठ) शीर्षक ९६.०६ का टाँक (बटन) हरू, प्रेसफास्नरहरू, स्न्यापफास्नरहरू, प्रेसस्टडहरू, बटनमोल्डहरू र यी वस्तुका अन्य अङ्गहरू, बटन ब्लाङ्गहरू।
३. (अ) माथि द्रष्टव्य २ मा भएका व्यवस्था (प्रोभिजिन) हरूका अतिरिक्त शीर्षक ४२.०२ भित्र नपर्नेः
(क) दीर्घकालिक प्रयोगको लागि रूपाङ्कन (डिजाइन) नगरिएका, मुद्रित (प्रिण्टेड) वा मुद्रण नगरिएका, ह्याण्डल सहितका, प्लाष्टिकका फिल्म (सिटिङ्ग) हरूबाट बनेका झोला (ब्याग) हरू (शीर्षक ३९.२३);
(ख) चोया पदार्थ (प्लेटिङ्ग म्याटेरियल) का सामग्रीहरू (शीर्षक ४६.०२)।
(आ) बहुमूल्य धातु वा बहुमूल्य धातुले ढाकिएका (क्ल्याड) धातुका, प्राकृतिक वा संवर्धित (कल्चर्ड) मोतीहरूका, बहुमूल्य वा अर्ध-बहुमूल्य पत्थरहरू (प्राकृतिक, संश्लेषित वा पुननिर्मित) का अङ्ग (पार्ट) हरू भएका शीर्षक ४२.०२ र ४२.०३ का वस्तुहरू ती शीर्षकहरूमै वर्गीकृत गरिन्छन् यद्यपि त्यस्ता अङ्ग (पार्ट) हरू सामान्य (माइनर) जडान (फिटिङ्ग) भन्दा बढी नै भएको पाइन्छन्, तर त्यस्ता अङ्ग (पार्ट) हरूले ती वस्तुहरूको सारभूत लक्षण (इसेन्सियल क्यारेक्टर) भने प्रदान गरेको हुनु हुँदैन। अर्कोतिर यदि ती अङ्ग (पार्ट) हरूले ती वस्तुहरूलाई तिनको सारभूत लक्षण (इसेन्सियल क्यारेक्टर) प्रदान गर्दछन् भने, ती वस्तुहरूलाई भाग ७१ मा वर्गीकरण गर्नु पर्छ।
४. शीर्षक ४२.०३ को प्रयोजनका लागि "लुगाफाटो वा सहायक परिधानहरू" भन्ने अभिव्यक्ति अन्य कुराको साथसाथै पञ्जा (ग्लोभ) हरू, मिटनहरू र मिटहरू (खेलकुद र सुरक्षाको निमित्तका समेत) एप्रोनहरू र अन्य बचावटको निमित्त बनाइएका (प्रोटेक्टिभ) परिधानहरू, अँठ्याउने पट्टी (ब्रेस) हरू, पेटीहरू, काँधमा भिर्ने कार्तुस पेटी र नाडीको फित्ता (स्ट्रयाप) हरू, तर घडीको फित्ता (शीर्षक ९१.१३) बाहेकका हकमा लागू हुन्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. शीर्षक ४३.०१ को काँचो भुवादार छालाको सन्दर्भ बाहेक, यस अनुसूचीभरिमा "भुवादार छाला" को सन्दर्भले सबै जनावरका रौं वा ऊन सहित प्रशोधित (ट्याण्ड) वा परिष्कृत (ड्रेस्ड) गरिएको छाला (हाइड वा स्किन) लाई जनाउँछ।
२. यस भागमा नपर्नेः
(क) प्वाँख वा भुवा सहितको चराचुरुङ्गीको छाला वा चराचुरुङ्गीको छालाका अंशहरू; (शीर्षक ०५.०५ वा ६७.०१);
(ख) भाग ४१ का रौं वा ऊन सहितका काँचो छाला (हाइड वा स्किन) हरू (उक्त भागको द्रष्टव्य १ (ग) हेर्नुहोस्);
(ग) तयारी छाला र भुवादारी छाला भएका वा तयारी छाला र कृत्रिम भुवा भएका पञ्जाहरू, मिटनहरू र मिटहरू (शीर्षक ४२.०३);
(घ) भाग ६४ का सामग्रीहरू;
(ङ) भाग ६५ का शिरपोस वा त्यसका अङ्गहरू; वा
(च) भाग ९५ मा पर्ने सामग्रीहरू (उदाहरणको लागि, खेलौनाहरू, खेलहरू र खेलकुदका आवश्यक सामानहरू)।
३. शीर्षक ४३.०३ ले अन्य पदार्थहरू समावेश गरेर जोडी तयार (एसेम्बल) गरिएका र पोशाकको रूपमा वा अङ्ग (पार्ट) हरूको रूपमा वा परिधान सहायक वा अन्य सामग्रीहरूको रूपमा एकसाथ सिइएका भुवादारी छाला वा तिनका अङ्ग (पार्ट) हरूलाई समावेश गर्दछ।
४. भुवादार छाला वा कृत्रिम भुवाको भित्री अस्तर (लाइनिङ्ग) भएका वा जसमा सजावट (ट्रिमिङ्ग) को लागि बाहेक बाहिरी भागमा भुवादारी छाला वा कृत्रिम भुवा टाँसिएको (अट्याच्ड) हुन्छ त्यस्ता पोशाकका सामग्रीहरू र परिधान सहायकहरू (क्लोदिङ्ग एक्सेसरिज) लाई (द्रष्टव्य २ ले वर्जित गरेको बाहेक) शीर्षक ४३.०३ वा ४३.०४ अन्तर्गत वर्गीकरण गरिन्छ।
५. यस अनुसूचीभरि "कृत्रिम भुवा" भन्नाले भुवादार छाला (फरस्किन) को जुनसुकै किसिमको अनुकृति वा नक्कललाई जनाउँछ, जसमा ऊन, रौं वा अन्य रेशाहरूलाई छाला, बुनिएको कपडा वा अन्य पदार्थहरूका साथ गुँदले टाँसेको (गम्ड) वा सियोले सिएको (स्यून) हुन्छ, तर यसमा बुनेर (उभेन) वा सलाईले बुनेर (निटेड) बनाइने नक्कली (इमिटेशन) भुवादार छाला पर्दैन (सामान्यतः शीर्षक ५८.०१ वा ६०.०१)।
१. यस भागमा नपर्नेः
(क) मुख्यतया सुगन्ध, औषधि, कीटनाशक, दुसीनाशक वा यस्तै उद्देश्यको लागि प्रयोग हुने खालको चोइटाचोइटी (चिप्स) को रूपमा, छ्याकन (शेभिङ्ग) को रूपमा भएको, पेलेको (क्रस्ड), पिँधेको वा धुलो काठ (शीर्षक १२.११);
(ख) प्राकृतिक रूपमा रहेका (इन द रफ), चिरेका (स्प्लिट) वा नचिरेका, आराले लम्बाइमा चिरेका (सौन लेङ्थवाइज) वा नचिरेका वा लम्बाइमा काटेर (कट टु लेन्थ) टुक्रयाइएका वा नटुक्रयाइएका बाँस वा मुख्य रूपले (प्राइमरिली) बुन्न वा बाट्नको लागि (चोया वा पोयाको रूपमा) प्रयोग गरिने खालका वन्य प्रकृति (ऊडी नेचर) का अन्य पदार्थहरू (शीर्षक १४.०१);
(ग) मुख्यतया रङ्गाउने वा छाला प्रशोधन गर्ने काममा प्रयोग हुने खालको चोइटाचोइटी, छ्याकनको रूपमा भएको, पिँधेको वा धुलो काठ (शीर्षक १४.०४);
(घ) सक्रिय कोइला (गोल) (शीर्षक ३८.०२);
(ङ) शीर्षक ४२.०२ का सामान
(च) भाग ४६ मा पर्ने सामानहरू
(छ) भाग ६४ मा पर्ने पाउपोश र तिनका पार्टपुर्जा;
(ज) भाग ६६ मा पर्ने सामान (जस्तै- छाता, लट्ठी र यिनीहरूका पार्टपुर्जा);
(झ) शीर्षक ६८.०८ मा पर्ने सामानहरू;
(ञ) शीर्षक ७१.१७ मा पर्ने नक्कली गहना;
(ट) परिच्छेद १६ वा १७ मा पर्ने सामान (जस्ते, यन्त्रका पार्टपुर्जा, यन्त्र र उपकरणका लागि बट्टा, ढकनी र दराज (क्याबिनेट) तथा पाङ्ग्रा वा गाडा बनाउने कालीगडका उत्पादनहरू);
(ठ) परिच्छेद १८ मा पर्ने सामान (जस्तै- दिवाल घडी (क्लक) को बट्टाहरू, वाद्ययन्त्रहरू र तिनका पार्टपुर्जा);
(ड) आग्नेयास्त्र (हातहतियार) का पार्टपुर्जाहरू (शीर्षक ९३.०५);
(ढ) भाग ९४ मा पर्ने सामानहरू (जस्तै- फर्निचर, प्रकाश-उपकरण (लुमिनेयरिज) र प्रकाश जडानहरू (लाइटिङ्ग फिटिङ्स), पूर्वनिर्मित घरहरू (प्रिफ्याब्रिकेटेड बिल्डिङ्ग);
(ण) भाग ९५ मा पर्ने वस्तुहरू (जस्तै- खेलौना, आमोदप्रमोदका वस्तुहरू, खेलकुदका सामानहरू);
(त) भाग ९६ मा पर्ने वस्तुहरू (जस्तै- धूम्रपानको नली (स्मोकिङ्ग पाइप) र त्यसका पार्टपुर्जाहरू, टाँकहरू, पेन्सिलहरू), र मोनोपड, बाइपड, ट्राइपड र यस्तै सामग्रीहरू) शीर्षक ९६.०३ मा पर्ने वस्तुका लागि चाहिने काठका बिँड (ह्याण्डिल) र मुख्य भाग (बडी) बाहेक; वा
(थ) भाग ९७ का वस्तुहरू (जस्तै कलाकृतिहरू)।
२. यस भागमा "घनीकृत काठ" (डेन्सिफाइड ऊड) भन्ने उक्तिले रासायनिक वा भौतिक उपचार गरिएका (तह तह मिलाएर राखिएकामा तहलाई जोड्ने वा गाँस्ने कामको हकमा त्यस्तो जोडलाई राम्ररी अड्याउने भन्दा बढी उपचारको क्रिया) र त्यस किसिमको उपचारबाट घनत्व वा कडापनामा वृद्धि भएको साथै यान्त्रिक शक्तिको विकास वा रासायनिक वा वैद्युतिक कारकहरूको प्रतिरोध क्षमतामा विकास भएको काठलाई जनाउँछ।
३. शीर्षक ४४.१४ देखि ४४.२१ सम्म काठका जस्ता किसिमका वस्तुहरूको हकमा लागू हुन्छन्, पार्टिकल बोर्ड वा त्यस्तै बोर्डहरू, फाइबर बोर्ड, अस्तर हालेको काठ (ल्यामिनेटेड् ऊड) वा घनीकृत काठ (डेन्सिफाइड् ऊड) का त्यस्तै विवरणका सामानहरूका हकमा पनि लागू हुन्छन्।
४. शीर्षक ४४.१०, ४४.११ वा ४४.१२ का उत्पादनहरूलाई शीर्षक ४४.०९ का वस्तुहरूको सम्बन्धमा व्यवस्था भएको आकार दिन, बक्क (कर्भ), कर्कट (गरागरा पार्ने कोरुगेटेड), छिद्रित (परफोरेटेड) पार्ने वा वर्ग वा चतुर्भुज आकार बाहेक अन्य आकारमा
काट्ने वा बनाउने काम वा कुनै अन्य क्रिया (अपरेशन) मा प्रस्तुत गर्न सकिनेछ, तर यसो गर्दा ती वस्तुहरूमा अन्य शीर्षकका वस्तुहरूको लक्षण आउनु भने हुँदैन।
५. शीर्षक ४४.१७ त्यस्ता औजारहरूका सम्बन्धमा लागू हुँदैन जसमा पत्ति (ब्लेड), काम गर्ने धार (वर्किङ्ग एज), काम गर्ने सतह (वर्किङ्ग सर्फेस) वा अन्य काम गर्ने भाग (वर्किङ्ग पार्ट) भाग ८२ को द्रष्टव्य १ मा उल्लेख भएका कुनै पनि पदार्थबाट बनेको हुन्छ।
६. माथिको द्रष्टव्य १ को अधीन र प्रसङ्गले अन्यथा अपेक्षा गरेकोमा बाहेक यस भागका शीर्षकहरूमा "काठ" (ऊड) को सन्दर्भले बाँस र वन्य प्रकृतिका अन्य पदार्थहरूलाई पनि जनाउँछ।
१. उपशीर्षक ४४०१.३१.०० को प्रयोजनका लागि "काठका गुटिका (ऊड पेलेट) हरू" भन्ने पदावलीले काठ प्रशोधन गर्ने यान्त्रिक उद्योग, फर्निचर बनाउने उद्योग वा अन्य काठको स्वरूप परिवर्तन गर्ने क्रियाकलापका क्रममा निस्कने छ्याकन, धुलो वा स-साना चोइटाचोइटी जस्ता किसिमका उपोत्पादन (बाइ-प्रोडक्ट) हरूलाई जनाउँदछ जुन सिधै थिचेर वा तौलको हिसाबले ३ प्रतिशतमा नबढ्ने गरी योजक द्रवहरू (बाइन्डर) राखेर एकत्रित गरिएको हुन्छ। यस्ता गुटिकाहरू २५ एमएम भन्दा बढी ब्यास नभएका र १०० एमएम भन्दा बढी लम्बाइ नभएका बेलनाकार (सिलिण्ड्रिकल) हुन्छन्।
२. उपशीर्षक ४४०१.३२.०० को प्रयोजनको लागि "काठका ब्रिकेटहरू" भन्ने अभिव्यक्तिले काठ प्रशोधन गर्ने यान्त्रिक उद्योग, फर्निचर बनाउने वा अन्य काठका स्वरूप परिवर्तन गर्ने क्रियाकलापका क्रममा निस्केका पत्रहरू (कटर सेभिङ्गस), आरा काट्दा निस्केको धुलो र साना साना चोइटाचोइटी वा टुक्राहरू जस्ता उपोत्पादन (बाइप्रोडक्ट) हरूलाई जनाउँछ, जसलाई सिधै थिचेर (कम्प्रेशन) वा अनुपातमा तौलको हिसाबले ३ प्रतिशतमा नबढ्ने गरी योजक द्रव (बाइण्डर) राखेर एकत्रित गरिएको हुन्छ। यस्ता ब्रिकेटहरू यूनतम तिर्यक-छेदन आयाम (क्रस-सेक्सनल डाइमेनसन) २५ मिलिमिटरभन्दा बढी भएका घनाकार (क्युबिफर्म), बहुकोणीय (पोलिहेड्रल) वा बेलनाकार (सिलिण्ड्रिकल) रूपमा हुन्छन्।
३. उपशीर्षक ४४०७.१३.०० को प्रयोजनको लागि "एस-पी-एफ" भन्नाले काठको स्रोत सरल (स्प्रुस), सल्लो (पाइन), र देवदारू (फर) भएको मिश्रित वृक्ष समूह (मिक्स्ड स्ट्याण्ड) लाई बुझाउँछ, जसमा प्रत्येक प्रजातिको अनुपात फरक फरक हुन्छ र अज्ञात हुन्छ।
४. उपशीर्षक ४४०७.१४.०० को प्रयोजनको लागि "हेम-फर" भन्नाले काठको स्रोत पश्चिमी हेमलक र देवदारू (फर) भएको मिश्रित वृक्ष समूह (मिक्स्ड स्ट्याण्ड) लाई बुझाउँछ, जसमा प्रत्येक प्रजातिको अनुपात फरक फरक हुन्छ र अज्ञात हुन्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) भाग ६४ का जुत्ता वा जुत्ताका पार्टपुर्जाहरू;
(ख) भाग ६५ का शिरपोस र तिनका पार्टपुर्जाहरू; वा
(ग) भाग ९५ का सामानहरू (जस्तै खेलौना, आमोदप्रमोदका सामान, खेलकुदका आवश्यक सामानहरू।
१. यस भागमा "बाटिने वा चोयाबाट बुनिने पदार्थ" (प्लेटिङ्ग म्याटेरियल) भन्ने शब्दले चुल्ठी पारी बुन्न (प्लेटिङ्ग), जेलेर वा जोल्ठ्याएर (इण्टरलेसिङ्ग) बुन्न वा यस्तै प्रक्रियाले बुन्न उपयुक्त अवस्था र रूप भएका पदार्थहरूलाई जनाउँछ; यसमा पराल, ओसियर (चोयाले बुन्ने काममा प्रयोग हुने एक किसिमको बिलो) वा विलो (पानीको छेउमा उम्रने एक किसिमको वेत वा बैंस), बाँस, लहरेताड (न्याटन), रश (नर्कट वेत), निगालो (रिड) काठका पट्टीहरू (स्ट्रिप्स), अन्य वनस्पति पदार्थका पट्टीहरू (स्ट्रिप्स) (उदाहरणको लागि बाकल (बोक्रा) का झिना पातहरू (न्यारो लिभ्स) र राफियाका पट्टीहरू (स्ट्रिप्स), वा चाक्लो पात (ब्रोडि्लभ्स) बाट उपलब्ध अन्य पट्टीहरू), कपडा पदार्थका नकातिएका प्राकृतिक रेशा, मोनोफिलामेण्ट र प्लाष्टिकका पट्टी (स्ट्रिप) र यस्तै वस्तुहरू, कागतका पट्टी (स्ट्रिप) पर्दछन्। तर छालाको वा मिश्रित छालाको वा फेल्टको वा नबुनेको कपडा (नन-उभेन्स), मानिसको रौं, घोडाको रौं, कपडा पदार्थका लच्छीहरू वा धागो वा, मोनोफिलामेण्ट र भाग ५४ का पट्टी (स्ट्रिप) र यस्तै वस्तुहरू यसमा पर्दैनन्।
२. यस भागमा नपर्नेः
(क) शीर्षक ४८.१४ को भित्ता ढाक्ने वस्तु (वाल कभरिङ्ग);
(ख) चुल्ठी पारी बाटेको वा नबाटेको डोरी, लठारो, लखाकी (ट्वाइन, कोर्डेज, रोप वा केबुल) (शीर्षक ५६.०७);
(ग) भाग ६४ वा ६५ मा पर्ने जुत्ता (पाउपोस) वा टोपी (शिरपोस) वा त्यसका अङ्गहरू;
(घ) चोयाबाट बुनी बनाइएको वाहन (भेहिकल) वा वाहनको मुख्य भाग (बडी) (भाग ८७); वा
(ङ) भाग ९४ को सामान (जस्तै फर्निचर, प्रकाश-उपकरणहरू (लुमिनेयरिज) र प्रकाश-जडानहरू (लाइटिङ्ग फिटिङ्स्)।
३. शीर्षक ४६.०१ को प्रयोजनको लागि "बाटिने वा चोयाबाट बुनिने पदार्थहरू, चुल्ठी (प्लेटस) र त्यस्तै बाटिने वा चोयाबाट बुनिने पदार्थ (प्लेटिङ्ग म्याटेरियल) का उत्पादनहरू, समानान्तर
पोयाहरूमा एकसाथ बाँधेर" भन्ने उक्तिले बाँध्ने पदार्थ कातिएको कपडा पदार्थ (धागो) भएको वा नभएको, सँगसँगै जोरेर वा नारेर राखिएका र एकसाथ बाँधिएका पाता वा चादरको रूपमा बाटिने वा चोयाबाट बुनिने पदार्थ, चुल्ठी (प्लेटस) र बाटिने वा बुनिने पदार्थ (प्लेटिङ्ग म्याटेरियल) का यस्तै उत्पादनहरूलाई जनाउँछ।
१. शीर्षक ४७.०२ को प्रयोजनको लागि "विलयनस्तर (डिसोल्भिङ्ग ग्रेड) को रासायनिक ऊड पल्प (रासायनिक प्रक्रियाद्वारा बनाइएको कागत बनाउने थलथले पदार्थ)," भन्ने उक्तिले २० डिग्री सेल्सियसको तापक्रममा १८ प्रतिशत सोडियम हाइड्रोक्साइड (एन.ए.ओ.एच.) भएको काष्ठिक सोडाको घोलमा १ घण्टा (राखे) पछि सोडा अथवा सल्फेट ऊड पल्पको लागि ९२ प्रतिशत वा बढी र सल्फाइट ऊड पल्पको लागि ८८ प्रतिशत वा बढी तौलमा अघुलनशील अंश भएको, र सल्फाइट ऊड पल्पको लागि तौलमा ०.१५ प्रतिशतभन्दा बढी नहुने गरी खरानीको मात्रा भएको रासायनिक ऊड पल्प भन्ने जनाउँछ।
१. यस भागको प्रयोजनको लागि, प्रसङ्गले अन्यथा अपेक्षा गरेकोमा बाहेक, "कागत" को सन्दर्भले कागतगाता (पेपरबोर्ड) (मोटाइ वा प्रति वर्गमिटर तौलको गणना नगरी) समेतलाई समेट्दछ।
२. यस भागमा नपर्नेः
(क) भाग ३० का सामानहरू;
(ख) शीर्षक ३२.१२ का स्टाम्पिङ्ग फ्वाइलहरू;
(ग) सुगन्धित कागत वा सौन्दर्य सामग्रीले संसित्त (इम्प्रिग्नेटेड) गरिएको वा लेपित गरिएका (कोटेड) कागतहरू (भाग ३३);
(घ) साबुन वा अपमार्जक (डिटर्जेण्ट) पदार्थ (शीर्षक ३४.०१) वा चमक (पालिस), क्रिम वा यस्तै तयारी वस्तु (शीर्षक ३४.०५) द्वारा संसित्त, लेपित वा आच्छादित (कभर्ड) कागत वा कोशमय गद्दा (सेल्यूलोज वाडिङ्ग) हरू;
(ङ) शीर्षक ३७.०१ देखि ३७.०४ सम्मका प्रकाशग्राही कागत र कागतगाता (पेपरबोर्ड);
(च) नैदानिक (डाइग्नोस्टिक) वा प्रशोगशालाका प्रतिकारकहरू (रिएजेण्ट्स) ले संसित्त (इम्प्रिग्नेटेड्) कागत (शीर्षक ३८.२२);
(छ) कागत (टाँसेर) बलियो पारेको प्लाष्टिकको पत्रपत्र परेको (स्ट्राटिफाइड) पाताहरू (शीिटङ्ग) वा एक तह कागत वा कागतगाता (पेपरबोर्ड) लाई एक तह प्लाष्टिक लेप गरेको वा ढाकेको, पछिल्लो (प्लाष्टिक) को मोटाइ सो वस्तुको मोटाइको आधाभन्दा बढी भएको, वा त्यस्ता वस्तुबाट बनेका सामानहरू, शीर्षक ४८.१४ को भित्ता ढाक्ने वस्तुहरू (वाल कभरिङ्ग) बाहेक (भाग ३९);
(ज) शीर्षक ४२.०२ का सामानहरू (जस्तै, यात्राका सामानहरू);
(झ) भाग ४६ का सामानहरू (चोया पोयाबाट उत्पादित सामानहरू);
(ञ) कागतको धागो वा कागतको धागोको कपडाका सामानहरू, (परिच्छेद ११);
(ट) भाग ६४ वा भाग ६५ का सामानहरू;
(ठ) खाक्सीयुक्त कागत वा कागतगाता (पेपरबोर्ड) (शीर्षक ६८.०५) वा कागत वा कागतगाताको अस्तर लगाएको अवरख (शीर्षक ६८.१४) (तर, अवरखको धुलो लेप (कोट) गरिएको कागत र कागतगातालाई भने यसै भागमा वर्गीकरण गरिन्छ);
(ड) कागत वा कागतगाता (पेपरबोर्ड) को अस्तर लगाइएको धातुको पन्नी (मेटल फ्वाइल) (सामान्यतया परिच्छेद १४ वा १५);
(ढ) शीर्षक ९२.०९ का सामानहरू;
(ण) भाग ९५ का सामानहरू (उदाहरणतः, खेलौना, आमोदप्रमोद, खेलकुदका सामग्रीहरू); वा
(त) भाग ९६ का सामानहरू (जस्तै, टाँकहरू, सेनिटरी टावल (प्याड) हरू र ट्याम्पोनहरू, न्याप्किन (डाइपर) हरू तथा न्याप्किन लाइनरहरू।
३. द्रष्टव्य ७ को व्यवस्थाका अधीनमा रही शीर्षक ४८.०१ देखि ४८.०५ सम्मका टल्कने गरी सम्याइएको (क्यालेण्डरिङ्ग), बढी टल्कने गरी सम्याइएको (सुपर क्यालेण्डरिङ्ग), टल्क्याइएको (ग्लेजिङ्ग) वा यस्तै किसिमको परिष्कार (फिनिसिङ्ग) गरेको, कृत्रिम पानीको छाप (फाल्स वाटर मार्क) लगाइएको वा सतहको छिद्र भर्न सरेस लगाइएको (सर्फेस साइजिङ्ग) कागत र कागतगाता तथा जुनसुकै तरिकाले पूर्णत, रङ्गाइएको (कलर्ड) वा रङ्गीन बुट्टा निकालिएका (मार्बल्ड) कागत, कागतगाता, कोषीय गद्दा (सेल्यूलोज वाडिङ्ग) र कोषीय रेशाका जालो (वेब) समेतलाई समावेश गरिन्छ। शीर्षक ४८.०३ ले अन्यथा व्यवस्था गरेकोमा बाहेक अन्य किसिमको प्रक्रियाले परिष्कार गरिएका कागत, कागतगाता (पेपरबोर्ड), कोषीय गद्दा (सेल्यूलोज वाडिङ्ग) वा कोषीय रेशाका जालो (वेव) हरूमा यी शीर्षकहरू लागू हुँदैनन्।
४. यस भागमा "अखबारी कागत" (न्यूजप्रिण्ट) भन्ने उक्तिले समाचार पत्र छाप्न प्रयोग हुने खालको, कुल रेशाको मात्रामा तौलको हिसाबले ५० प्रतिशतमा नघट्ने गरी यान्त्रिक वा रसायन-यान्त्रिक (केमी-मेकानिकल) प्रक्रियाद्वारा उपलब्ध गरिएको काष्ठरेशाहरू (ऊड फाइबर्स) भएको, आकार नदिइएको वा धेरै हलुका आकार दिइएको, सतह (सरफेस) को खस्रोपना (रफनेस) मापन गर्ने एकाइ पार्कर प्रिण्ट सर्फ (१ एमपीए) प्रत्येक पाटो (साइड) मा २.५ माइक्रोमिटर (माइक्रोन) भन्दा बढी भएको, ४० ग्राम प्रति वर्गमिटरभन्दा कम तथा ६५ ग्राम प्रति वर्गमिटरभन्दा बढी तौल नभएको, लेपन नगरिएको कागतलाई जनाउँछ र यो उक्तिः (क) २८ से.मि. भन्दा बढी चौडाइको पाता वा रोल (स्ट्रिप्स अर रोल) मा भएको; वा (ख) नदोबारिएको अवस्थामा एकापट्टि २८ से.मि.भन्दा बढी र अर्कोपट्टि १५
से.मि. भन्दा बढी नाप भएको आयताकार (वर्गाकार समेत) ताउ (शीट) स्वरूपका कागतका हकमा मात्र लागू हुन्छ।
५. शीर्षक ४८.०२ को प्रयोजनार्थ "लेखन, मुद्रण वा अन्य आलेखीय (ग्राफिक) प्रयोजनार्थ प्रयोग हुने खालका कागत र कागतगाता" र "अछिद्रित छेदनपत्र (नन्परफोरेटेड् पञ्च-कार्ड) र छेद्र पट्टिका पत्र (पञ्च टेप पेपर)" भन्ने उक्तिहरूले देहायका कुनै मानक (क्राइटेरिया) सङ्ग मिल्ने मुख्यतः विरञ्जित पल्प (ब्लिच्ड पल्प) बाट वा यान्त्रिकीय वा रसायन-यान्त्रिकीय प्रक्रियाबाट बनेको कागत वा कागतगाता भन्ने जनाउँछः
(अ) प्रति वर्गमिटर १५० ग्रामभन्दा बढी तौल नभएको कागत र कागतगाताको लागिः
(क) यान्त्रिकीय (मेकानिकल) वा रसायन-यान्त्रिकीय (केमि-मेकानिकल) प्रक्रियाबाट प्राप्त तन्तुहरू १० प्रतिशत वा सोभन्दा बढी भएको, र
१. तौल ८० ग्राम प्रति वर्गमिटरभन्दा बढी नभएको, वा
२. सम्पूर्णतया रङ्गाएको (कलर्ड थ्रुआउट द मास); वा
(ख) ८ प्रतिशतभन्दा बढी खरानीको मात्रा भएको, र
१. तौल ८० ग्राम प्रति वर्गमिटरभन्दा बढी नभएको, वा
२. सम्पूर्णतया रङ्गाएको (कलर्ड थ्रुआउट द मास); वा
(ग) ३ प्रतिशतभन्दा बढी खरानीको मात्रा भएको र ६० प्रतिशत वा बढी चम्किलोपन (ब्राइटनेस) भएको, वा
(घ) खरानीको मात्रा ३ प्रतिशतभन्दा बढी भएको तर ८ प्रतिशतभन्दा बढी नभएको, ६० प्रतिशतभन्दा कम चम्किलोपन (ब्राइटनेस) भएको र प्रस्फोट अभिसूचक (बस्ट इण्डेक्स) २.५ के.पी.ए. वर्गमिटर/ग्राम बराबर वा सोभन्दा कम भएको; वा
(ङ) ३ प्रतिशत वा सोभन्दा घटी खरानीको मात्रा भएको, चम्किलोपन (ब्राइटनेस) ६० प्रतिशत वा सोभन्दा बढीको भएको र प्रस्फोट अभिसूचक (बस्ट इण्डेक्स) २.५ के.पी.ए. वर्गमिटर/ग्राम भएको।
(आ) १५० ग्राम प्रति वर्गमिटरभन्दा बढी तौल भएको कागत वा कागतगाताको लागिः
(क) सम्पूर्णतया रङ्गाएको (कलर्ड थ्रुआउट द मास); वा
(ख) चम्किलोपन (ब्राइटनेश) ६० प्रतिशत वा सोभन्दा बढीको भएको, र
१. मोटाइ वा त्रय-आयामिक घनता (क्यालिपर) २२५ माइक्रोमिटर (माइक्रोन्स) वा सोभन्दा घटीको, वा
२. मोटाइ वा त्रय-आयामिक घनता (क्यालिपर) २२५ माइक्रोमिटर (माइक्रोन्स) भन्दा बढीको तर ५०८ माइक्रोमिटर (माइक्रोन्स) भन्दा बढी नभएको र खरानीको मात्रा ३ प्रतिशतभन्दा बढीको वा
(ग) चमकिलोपन (ब्राइटनेश) ६० प्रतिशतभन्दा कम, मोटाइ वा क्रय-आयामिक घनता (क्यालिपर) २५४ माइक्रोमिटर (माइक्रोन्स) वा सोभन्दा कम तथा खरानीको मात्रा ८ प्रतिशतभन्दा बढीको भएको।
तर, शीर्षक ४८.०२ ले निस्पन्दकपत्र (फिल्टर पेपर) वा कागतगाता (पेपरबोर्ड) (चियाथैलो कागत (टी ब्याग पेपर) समेत)) वा जमोठ कागत वा कागतगाता (फेल्ट पेपर वा पेपरबोर्ड) लाई समावेश गर्दैन।
६. यस भागमा "क्राफ्टपेपर र पेपरबोर्ड" भन्नाले सम्पूर्ण रेशाको मात्राको तौलको हिसाबले ८० प्रतिशतमा नघटाई केमिकल (रासायनिक) सल्फेट वा सोडा प्रोसेसेज (प्रक्रिया) बाट उपलब्ध रेशा भएको कागत वा कागतगातालाई जनाउँछ।
७. शीर्षकहरूमा भएका शब्दावली (टम्स) मा अन्यथा व्यवस्था भएकोमा बाहेक, शीर्षक ४८.०१ देखि ४८.११ सम्म मध्ये दुई वा दुईभन्दा बढी शीर्षकहरूमा भएको विवरणसँग मिल्ने कागत, कागतको गाता (पेपरबोर्ड), सेलुलोज वाडिङ्ग र सेलुलोजको जालीलाई तीमध्ये त्यस्तो एक शीर्षकमा वर्गीकरण गरिन्छ, जुन यस अनुसूचीमा साङ्ख्यिक क्रम अनुसार सबभन्दा अन्तिममा पर्न आउँछ।
८. शीर्षक ४८.०३ देखि ४८.०९ सम्मका शीर्षकहरू केवल निम्न अवस्थाका कोशमय तन्तुहरू (सेलुलोज फाइवर्स) का कागत, कागतगाता, कोशमय गद्दा (सेलुलोज वाडिङ्ग) र जालोहरू (वेब्स) को निमित्त मात्र लागू हुन्छन्ः
(क) ३६ से.मि. भन्दा बढी चौडाइको मुट्ठा (रोल्स) वा पट्टी वा धजो (स्ट्रीप्स) को रूपमा वा
(ख) नदोब्य्राइएको अवस्थामा (अनफोल्डेड् स्टेट) एकापट्टि ३६ से.मि. भन्दा बढी र अर्कोपट्टि १५ से.मि. भन्दा बढी चौडाइ भएको आयताकार (वर्गाकार समेत) रूपमा भएका ताउहरू (शिट्स)।
९. शीर्षक ४८.१४ को प्रयोजनको लागि "भित्ते कागत (वालपेपर) र यस्तै भित्ता ढाक्ने वस्तुहरू (वाल कभरिङ्स्)" भन्ने उक्ति देहाय बमोजिमका वस्तुमा मात्र लागू हुन्छः-
(क) रोलमा भएको कागत जसको चौडाइ ४५ से.मि. देखि १६० से.मि. सम्म हुन्छ र जो भित्ता वा अन्तश्छद (सिलिङ्ग) सजाउन उपयुक्त हुन्छः
१. काठको रेशाको अथवा सङ्गमरमरको बुट्टाको नक्कल गरी रङ्गाइएको वा प्रतिरूप निकालिएको (ग्रेन्ड), उत्थितालङ्कृत (एम्बोस्ड), सतह रङ्गाइएको (सर्फेस-कलर्ड), बुट्टा छापिएको (डिजाइन-प्रिन्टेड) वा अन्य किसिमबाट सतह सिङ्गारिएको (जस्तै कपडाको भुवाले), पारदर्शी संरक्षी (प्रोटेक्टिभ) प्लाष्टिकले आवृत (कोटेड) वा आच्छादित (कभर्ड) गरेको वा नगरेको;
२. काठ, पराल आदिको समावेशन (इनकरपोरेशन) को परिणामस्वरूप विषम (अनइभेन) सतहयुक्त;
३. अगाडिपट्टिको सतह (फेस साइड) मा प्लाष्टिकले, प्रतिरूप निकालिएको वा काठको रेशाको वा सङ्गमरमरको बुट्टाको नक्कल गरी रङ्गेको (ग्रेन्ड), उत्थितालङ्कृत (एम्बोस्ड), रङ्गाएको (कलर्ड), बुट्टा छापिएको वा अन्य किसिमले सिङ्गारिएको (डिकोरेटेड) प्लाष्टिकको पत्रले आवृत (कोटेड) वा आच्छादित (कभर्ड) गरेको; वा
४. समानान्तर डोरीमा एकसाथ बाँधेर जोडेको वा नजोडेको, बुनेको वा नबुनेको, चुल्ठी पार्ने पोयो पदार्थले अगाडिपट्टिको सतह (फेस साइड) आच्छादित (कभर्ड) गरेको;
(ख) भित्ता र अन्तश्छद (सिलिङ्ग) सजावटको लागि उपयुक्त, रोलमा भएका वा नभएका, माथि उल्लेख भए अनुसारको उपचार गरिएको, कागतका बुट्टादार किनारा र पट्टीहरू (बोर्डर र फ्रिजेज);
(ग) भित्तोमा लगाउँदा दृश्य, बुट्टा वा मोटिफ बन्ने गरी छापिएको, खण्ड खण्डमा तयार गरिएको, रोल वा ताउ (शीट) मा भएको कागतका भित्ते आच्छादन (वाल कभरिङ्ग) हरू।
भुईंमा ओछ्याउने (फ्लोर कभरिङ्स्) र भित्ताका आवरण (वाल कभरिङ्स्) दुवै रूपमा प्रयोग गर्न उपयुक्त कागत र कागतगाताको आधार भएको उत्पादनहरूलाई शीर्षक ४८.२३ मा वर्गीकरण गरिनेछ।
१०. छापिएका वा नछापिएका, उत्थितालङ्कृत (एम्बोस्ड) गरिएका वा नगरिएका वा छिद्रित वा अछिद्रित, आकार मिलाएर काटिएका, खुला ताउ (लूज शीट) वा पत्रक (कार्ड) लाई शीर्षक ४८.२० ले समावेश गर्दैन।
११. शीर्षक ४८.२३, अन्य कुराहरूको साथसाथै, जेकार्ड वा त्यस्तै किसिमका यन्त्रहरूको लागि र कागतको फिता (पेपर लेस) को लागि छिद्रित कागत वा कागतगाता (पेपरबोर्ड) का पत्रक (कार्डहरू) को हकमा लागू हुन्छ।
१२. शीर्षक ४८.१४ वा ४८.२१ का सामानहरू बाहेक पुनरावर्ती आकृति वा बुट्टा (मोटिफ), चिन्ह (क्यारेक्टर), चित्रात्मक प्रतिकृति (पिक्टोरियल रिप्रिजेन्टेशन) छापिएका, जो ती वस्तुको प्राथमिक प्रयोगको लागि केवल सहायक (सब्सिडियरी) मात्र हुँदैनन्, त्यस्ता कागत, कागतगाता (पेपरबोर्ड), कोषीय गद्दा (सेल्यूलोज वाडिङ्ग) र तिनबाट बनेका सामानहरू भाग ४९ मा पर्दछन्।
१. उपशीर्षक ४८०४.११ र ४८०४.१९ को प्रयोजनको लागि "क्राफ्ट-लाइनर" भन्नाले यन्त्र परिसज्जित (मेशिन फिनिस्ड) वा यन्त्रद्वारा चम्काइएको (मेशिन ग्लेज्ड), सम्पूर्ण रेशायुक्त तत्वको परिमाणको तौलको हिसाबले ८० प्रतिशतमा नघटाई रासायनिक सल्फेट वा सोडा प्रक्रियाहरूद्वारा उपलब्ध काष्ठतन्तु (ऊड फाइवर) ले बनेको, रोलमा भएको, तौलमा ११५ ग्राम प्रति वर्गमिटरभन्दा बढी भएको र न्यूनतम म्यूलेन प्रस्फोट शक्ति (ब्रष्टिङ्ग स्ट्रेङ्थ) तल तालिकामा देखाइए बमोजिम भएको वा अन्य कुनै तौलको लागि रेखात्मक रूपले (लाइनियली) अन्तर्वेशित वा बहिर्वेशित (इण्टर पोलेटेड वा एक्स्ट्रा पोलेटेड) समान वस्तु भएको कागत र कागतगातालाई जनाउँछ।
२. उपशीर्षक ४८०४.२१ र ४८०४.२९ को प्रयोजनको लागि "स्याक क्राफ्ट कागत" भन्नाले यन्त्र परिसज्जित (मेशिन फिनिस्ड), सम्पूर्ण तन्तुतत्त्व (फाइवर) को परिमाणको तौलको हिसाबले ८० प्रतिशतमा नघट्ने गरी रासायनिक सल्फेट वा सोडा प्रक्रियाहरू (प्रोसेसेज) द्वारा उपलब्ध रेशायुक्त तत्त्व भएको, रोलमा भएको, प्रति वर्गमिटरमा ६० ग्राम प्रति वर्गमिटरमा नघट्ने तर ११५ ग्राम प्रति वर्गमिटरमा नबढ्ने गरी तौल भएको र देहायमा
लेखिएका विवरण (स्पेशिफिकेसन्स) को समूहहरूमध्ये कुनै एकसँग मिल्ने खालको कागतलाई जनाउँछः
(क) म्यूलेन प्रस्फोट अभिसूचक (म्यूलेन वर्स्ट इण्डेक्स) ३.७ केपीए वर्गमिटर प्रतिग्राम (केपीए.मी२/ग्रा) भन्दा कम नभएको र विस्तारको कारक (स्ट्रेच फ्याक्टर) तिर्यक दिशा (क्रसडिरेक्सन) मा ४.५ प्रतिशतभन्दा बढीको र यन्त्रको दिशातर्फ २ प्रतिशतभन्दा बढीको भएको।
(ख) विदारण (टियर) र तन्य (टेन्साइल) को लागि देहायको तालिकामा देखाइए अनुसारका न्यूनतमहरू (मिनिमा) वा अन्य कुनै भारको लागि रेखात्मक रूपले अन्तरवेशित (इण्टरपोलेटेड) समानवस्तु (इक्यूभ्यालेन्ट) भएको
३. उपशीर्षक ४८०५.११ को प्रयोजनार्थ "अर्धरासायनिक खोल्सा पारिने कागत (सेमी केमिकल फ्लूटिङ्ग पेपर)" भन्नाले यान्त्रिक तथा रासायनिक प्रक्रियाको संयोजनबाट कागत बनाउन पल्प बनाउने प्रक्रिया (पल्पिङ्ग प्रोसेस) बाट प्राप्त, तौलको हिसाबले सम्पूर्ण रेशाहरूको मात्रा (कण्टेण्ट) को ६५ प्रतिशतमा नघट्ने गरी कडा काठका अविरञ्जित रेशाहरू भएको, तथा २३ डिग्री सेल्सियस (तापक्रम) मा, ५० प्रतिशत सापेक्षित आर्द्रतामा सीएमटी ३० (कोरुगेटेड मिडियम टेस्ट विथ ३० मिनट्स अफ कन्डिसनिङ्ग) क्रस रेसिस्टान्स (संदलन
प्रतिरोध) १.८ न्यूटन्स प्रतिग्राम प्रति वर्गमिटरभन्दा बढी भएको, मुट्ठा (रोल) मा भएको, कागतलाई जनाउँछ।
४. उपशीर्षक ४८०५.१२ ले, मुट्ठामा भएको (इन रोल), यान्त्रिक तथा रासायनिक प्रक्रियाको संयोजनबाट प्राप्त, घाँस परालको कागत बनाउने पल्पबाट मुख्य रूपमा निर्मित, १३० ग्राम प्रति वर्गमिटर वा सोभन्दा बढी तौल भएको, तथा सिएमटि ३० (कोरुगोटेड मेडियम टेष्ट विथ ३० मिनेट्स् अफ कण्डिशनिङ्ग) क्रस रेसिस्टान्स) (संदलन प्रतिरोध) ५० प्रतिशत सापेक्षित आर्द्रतामा, २३ डिग्री सेल्सियस तापक्रममा १.४ न्यूटन्स प्रतिग्राम प्रति वर्गमिटरभन्दा बढी भएको कागतलाई जनाउँछ। उपशीर्षक ४८०५.११ को प्रयोजनका लागि, "अर्ध-रासायनिक खोल्सा पारिने कागत (सेमी-केमिकल फ्लुटिङ्ग पेपर)" भन्नाले यान्त्रिक र रासायनिक पल्पिङ्ग प्रक्रियाको संयोजनद्वारा प्राप्त गरिएको कडा काठको अविरञ्जित रेशाहरूको कुल मात्रा तौलको हिसाबमा ६५% भन्दा कम नभएको, तथा २३ डिग्री सेल्सियस (तापक्रम) मा, ५० प्रतिशत सापेक्षित आर्द्रतामा सीएमटी ३० (कोरुगोटेड मिडियम टेस्ट विथ ३० मिन्ट्स अफ कन्डिसनिङ्ग) क्रस रेसिस्टान्स (संदलन प्रतिरोध) १.८ न्यूटन्स प्रतिग्राम प्रति वर्गमिटरभन्दा बढी भएको मुट्ठा (रोल) मा भएको कागतलाई जनाउँछ।
५. उपशीर्षक ४८०५.२४ र ४८०५.२५ ले पुनर्प्राप्त (रद्दी र अवशेष) कागत वा कागतगाता (रिकभर्ड (वेष्ट एण्ड स्क्र्याप) पेपर वा पेपरबोर्ड) को कागत बनाउने पल्पबाट पूर्णतया वा मुख्य रूपले निर्मित कागत वा कागतगातालाई समेट्दछ। माथिल्लो अस्तर (टेष्टलाइनर) को बाहिरी तह (सर्फेस लेयर) रङ्गीन (डाइङ्ग) कागतको वा अपुनर्प्राप्त (नन-रिकभर्ड) विरञ्जित वा अविरञ्जित कागत बनाउने पल्पबाट बनेको कागतको वा कागतगाताको हुन पनि सक्तछ। यस्ता उत्पादनहरूको मुलेन प्रस्फोट अभिसूचक (बष्ट इण्डेक्स) २ के.पि.ए. वर्गमिटर प्रति ग्राममा नघट्ने गरी रहन्छ।
६. उपशीर्षक ४८०५.३० को प्रयोजनको लागि "सल्फाइट ज्यापिङ पेपर" (सल्फाइट आवेष्टन कागत) भन्नाले यन्त्रद्वारा चमकदार (ग्लेज्ड) पारिएको रासायनिक सल्फाइड प्रक्रियाद्वारा प्राप्त काठका तन्तुतत्त्व (फाइवर) को परिमाण सम्पूर्ण तन्तुतत्त्वको परिमाणको तौलमा ४० प्रतिशतभन्दा बढी भएको, खरानीको मात्रा ८ प्रतिशतभन्दा बढी नभएको र १.४७ के.पि.ए. वर्गमिटर प्रतिग्राममा नघटाई म्यूलेन प्रस्फोट अभिसूचक भएको कागतलाई जनाउँछ।
७. उपशीर्षक ४८१०.२२ को प्रयोजनको लागि "हलुका-तौलको लेपित कागत (लाइट-वेट कोटेड पेपर)" भन्नाले दुवैतिर लेपन गरिएको (कोटेड), सम्पूर्ण तौल ७२ ग्राम प्रति वर्गमिटरभन्दा बढी नभएको, लेपन (कोटिङ्ग) को तौल प्रत्येक पाश्व (साइड) मा १५ ग्राम प्रति वर्गमिटरभन्दा बढी नभएको, यान्त्रिक प्रक्रिया (मेकानिकल प्रोसेस) द्वारा प्राप्त काठका तन्तुतत्त्वको मात्रा सम्पूर्ण तन्तुतत्त्वको परिमाणको तौलमा ५० प्रतिशतभन्दा कम नरहेको मुख्य अवयव (बेस) मा आधारित कागतलाई जनाउँछ।
१. यस भागमा नपर्नेः
(क) पारदर्शक आधार (बेस) मा भएको फोटोग्राफिक (छायाँचित्रणको) नेगेटिभ वा पोजिटिभ (भाग ३७);
(ख) छापिएका वा नछापिएका, उच्चावच रूपमा (इन रिलिफ) भएका, नक्शा (म्याप), मानचित्र (प्लान्स) वा गोलका मानचित्र (ग्लोव) हरू, (शीर्षक ९०.२३);
(ग) खेल्ने तास (प्लेइङ्ग कार्ड) र भाग ९५ का अन्य सामानहरू, वा
(घ) मौलिक उत्कीर्णन (एनग्रेभिङ्स), मुद्रण (प्रिन्ट्स) वा शिलामुद्रण (लिथोग्राफ्स्) (शीर्षक ९७.०२), हुलाक टिकट वा आयटिकट (रेभेन्यू स्ट्याम्पस्), हुलाकको छाप लागेको टिकटहरू (स्ट्याम्प-पोष्टमार्क), प्रथम दिवसीय आवरणहरू (फष्ट डे कभर्स), हुलाक लेखन सामग्री (पोष्टल स्टेशनरी) वा शीर्षक ९७.०४ का यस्तै सामानहरू, एक सय वर्षभन्दा पुरानो पुरातात्त्विक वस्तु वा भाग ९७ का अन्य सामानहरू।
२. भाग ४९ को प्रयोजनको लागि "मुद्रित" भन्ने उक्तिले अनुलिपियन्त्र (डुब्लिकेटिङ्ग मेशिन) द्वारा प्रतिलिपि निकालिएको, स्वचालित आँकडा प्रशोधनयन्त्र (अटोमेटिक डाटा प्रोसेसिङ्ग मेशिन) को नियन्त्रण अन्तर्गत उत्पादित, उच्चित्रण (एम्बोस्ड) गरेको, छायाँचित्रण (फोटोग्राफ) गरेको, छायाँ प्रतिलिपि (फोटोकपी) गरिएको, ताप प्रतिलिपि (थर्मोकपी) गरिएको वा टाइप गरिएको (टाइप रिटेन) समेतलाई जनाउँछ।
३. कागत बाहेक अन्य किसिमबाट जिल्दा लगाइएको समाचारपत्रहरू, पत्रपत्रिकाहरू (जर्नल्स) वा आवधिक पत्रपत्रिकाहरू (पेरियोडिकल्स), र विज्ञापन सामग्रीहरू भएका वा नभएका, एकै जिल्दामा एकभन्दा बढी अङ्कहरू समाविष्ट भएका समाचारपत्रहरू, पत्रपत्रिकाहरू वा आवधिक पत्रिकाहरूको समूह (सेट्स), लाई शीर्षक ४९.०१ मा वर्गीकरण गरिनेछ।
४. शीर्षक ४९.०१ मा देहायका वस्तुहरू पनि समावेश हुन्छन्ः
(क) एक वा सोभन्दा बढी ठेली (भोल्यूम) मा जिल्दा बाँधिराख्न उपयुक्त हुने गरी पृष्ठसङ्ख्या हाली राखिएको, उदाहरणको लागि, सम्बन्धित पाठ (टेक्स्ट) सहितको कलाकृति वा रेखाचित्र (ड्रइङ्ग) हरूका मुद्रित पुनरुत्पादन सङ्ग्रह;
(ख) जिल्दा बाँधिएको ठेली साथ संलग्न र सहायक सचित्र परिशिष्टाङ्क; र
(ग) एक पूर्णग्रन्थको सम्पूर्ण वा अंश वा खण्ड भएको, जिल्दा बाँध्ने उद्देश्यले एकत्रित वा छुट्टाछुट्टै पानाहरूको रूपमा रहेका पुस्तक वा पुस्तिकाको मुद्रित भाग वा सिग्नेचर (पुस्तक वा पत्रिकाको रूपमा जिल्दा बाँध्न पानाको आकारमा दोब्य्राइएका छापिएका ताउहरू);
तर, पाठ (टेक्स्ट) नभएका, सिग्नेचरको रूपमा वा छुट्टाछुट्टै ताउ (शीट) को रूपमा रहेका मुद्रित चित्रहरू (पिक्चर्स) वा निदर्शचित्रहरू (इल्युस्ट्रेशन्स) शीर्षक ४९.११ मा पर्दछन्।
५. यस भागको द्रष्टव्य ३ का अधीनमा रही मुख्य रूपले विज्ञापन मा समर्पित (डिभोटेड) प्रकाशनहरू (जस्तो व्यापार सङ्घ वा पर्यटन प्रचारद्वारा प्रकाशित विवरणिकाहरू (ब्रोसर), पर्चाहरू (पम्प्लेट), पत्रक (लिफलेट), व्यापारिक सूचीहरू (ट्रेड क्याटालग), शब्दकोष वा वर्ष पुस्तक (इयर बुक) लाई शीर्षक ४९.०१ मा समावेश गरिने छैन। त्यस्ता प्रकाशनहरूलाई शीर्षक ४९.११ मा वर्गीकरण गरिनेछ।
६. शीर्षक ४९.०३ को प्रयोजनको लागि "तस्बिर भएका केटाकेटीहरूका किताब" भन्नाले उद्धरण वा पाठहरू (टेक्स्ट) सहायक भई चित्रहरू प्रमुख अभिरुचिको विषय भएको केटाकेटीहरूको पुस्तकलाई जनाउँछ।
१. यस परिच्छेदमा नपर्नेः
(क) जीवजन्तुको ब्रुस बनाउने जगर वा रौं (शीर्षक ०५.०२); घोडाको रौं वा घोडाको रौंको अवशेष (शीर्षक ०५.११);
(ख) मानिसको रौं वा मानिसको रौंबाट बनेको सामान (शीर्षक ०५.०१, ६७.०३ वा ६७.०४), शीर्षक ५९.११ को तेल पेल्दा प्रयोग हुने तेल परिशोधन गर्ने वा छान्ने कपडा र यस्तै बाहेक;
(ग) कपासको स-साना भुवा (कटन् लिन्टर्स) वा भाग १४ मा पर्ने अन्य वानस्पतिक पदार्थ;
(घ) शीर्षक २५.२४ को अस्वेस्टस वा शीर्षक ६८.१२ वा ६८.१३ अन्तर्गतका अस्वेस्टसबाट बनेको सामान वा अन्य उत्पादनहरू;
(ङ) शीर्षक ३०.०५ वा ३०.०६ का वस्तुहरू; अलग अलग (इण्डिभिजुअल) खुद्रा बिक्रीको प्याकेजमा भएको, शीर्षक ३३.०६ को दाँतको चेप सफा गर्न प्रयोग हुने तन्तुहरू (यार्न) (डेण्टल फ्लास);
(च) शीर्षक ३७.०१ देखि ३७.०४ सम्मका सूक्ष्मग्राहीकृत (सेन्सिटाइज्ड) कपडा;
(छ) तिर्यक्छेदीय (क्रस-सेक्सनल) माप (डाइमेन्सन) १ मिलिमिटरभन्दा बढी भएको एकलतन्तु (मोनोफिलामेण्ट) वा प्रकटमा ५ मिलिमिटरभन्दा बढी चौडाइ भएको प्लाष्टिकको पाता (स्ट्रिप) वा यस्तै वस्तु (जस्तै कृत्रिम पराल) (भाग ३९), वा यस्ता एकलतन्तु (मोनोफिलामेण्ट) वा पाता (स्ट्रिप) का चुल्ठी वा सङ्ग्रथित वस्तु (प्लेट्स) वा कपडा (फ्याब्रिक) वा अन्य डोको, डालो, टोकरी आदि (बास्केटवेयर) वा वेतवासका चोया र हाँगाबिँगाबाट बुनिने खालका सामानहरू (विकरवर्क) (भाग ४६);
(ज) प्लाष्टिकले संसिक्त गरेको (इम्प्रिग्नेटेड), लेपन गरेको (कोटेड), आच्छादित (कभर्ड) वा अस्तर गरेको (ल्यामिनेटेड) तानमा बुनेको (उभेन्), काँटाले बुनेको (निटेड) वा कुरुसले बुनेको (क्रोशेड) कपडा, जमोठ (फेल्ट वा ननउभेन्स) (रासायनिक कारक वा तापन क्रियाद्वारा तन्तुहरूलाई जोडेर (नबुनीकन) तयार गरेको कपडा) वा तिनबाट बनेका भाग ३९ का सामानहरू;
(झ) रबर संसिक्त, लेपित, आच्छादित वा अस्तर गरेर तानमा बुनेको, काँटाले बुनेको वा कुरुसले बुनेको कपडा, जमोठ वा नन्उभेन्स वा ती वस्तुबाट बनेका, भाग ४० का, सामानहरू;
(ञ) रौं वा ऊन सहितको छाला (भाग ४१ वा ४३) वा शीर्षक ४३.०३ वा ४३.०४ को भुवादारी छालाका सामानहरू, कृत्रिम भुवा वा त्यसबाट बनेका सामानहरू;
(ट) शीर्षक ४२.०१ वा ४२.०२ का कपडा पदार्थका सामानहरू;
(ठ) भाग ४८ का उत्पादनहरू वा वस्तुहरू (उदाहरणार्थ, सेल्यूलोज वाडिङ्ग (कोषीय गट्ठा));
(ड) पाउपोश वा पाउपोशका पार्टपुर्जाहरू, लेगिङ्ग, ग्याटिस (गेटर्स) वा भाग ६४ का यस्तै वस्तुहरू;
(ढ) भाग ६५ का कपालका जालीहरू वा अन्य सिरपरिधान वा शिरोभूषण (हेडगियर) र तिनका पार्टपुर्जाहरू;
(ण) भाग ६७ का मालसामानहरू;
(त) अपघर्षक (खाक्सी) लेपित कपडा पदार्थ (शीर्षक ६८.०५) र कार्बोन रेशाहरू समेत वा शीर्षक ६८.१५ का कार्बन रेशाका वस्तुहरू;
(थ) काँचका रेशाहरू (ग्लास फाइबर्स) वा काँचका रेशाहरूबाट बनेका सामानहरू, काँचको धागोले कपडाको स्पष्ट पृष्ठभूमि (भिजिबल ग्राउण्ड) मा जरी भरिएको (इम्ब्रोइडरी) बाहेक (भाग ७०);
(द) भाग ९४ का वस्तुहरू (उदाहरणार्थ, फर्निचर, बरबिछ्यौना (बेडिङ्ग), प्रकाश उपकरणहरू (लुमिनेयरिज) र प्रकाश जडानहरू (लाइटिङ्ग फिटिङ्गस्);
(ध) भाग ९५ का वस्तुहरू (उदाहरणतः खेलौना, आमोदप्रमोदका साधन, खेलकुदका सामानहरू र जाल (नेट) हरू);
(न) भाग ९६ का वस्तुहरू (उदाहरणतः कुचोकुची (ब्रुस) हरू, यात्राको निमित्तको सिलाइ सेट, स्लाइड् फास्नरहरू, टाइपराइटरका रिबनहरू, स्यानिटरी टावल (प्याड) हरू र टेम्पोनहरू, न्याप्किन (डाइपर) हरू र न्याप्किन लाइनरहरू); वा
(प) भाग ९७ का वस्तुहरू।
२. (क) भाग ५० देखि ५५ सम्म वा शीर्षक ५८.०९ वा ५९.०२ मा वर्गीकरण गर्न सकिने सामानहरू र दुई वा दुईभन्दा बढी कपडा पदार्थको मिश्रणका सामानहरूलाई त्यस्ता मिश्रणमा भएका पदार्थहरूमध्ये तौलमा जुन कपडा पदार्थको प्रबलता
(प्रिडोमिन्यान्स) छ पूर्णतः सोही एकल कपडा पदार्थ भएको मानी वर्गीकरण गरिनेछ।
तौलको हिसाबले जब कुनै पनि कपडा पदार्थको प्रबलता (प्रिडोमिनान्स) रहँदैन तब सोही एकल कपडा पदार्थ भएको मानी जुन शीर्षक अन्तर्गत पर्दछन् समान गुण भएका र (इक्वेली मेरिट कन्सिडरेशन) हरूमध्ये सङ्ख्यात्मक क्रम (न्यूमेरिकल अर्डर) मा सबैभन्दा पछिल्लोमा वर्गीकरण गरिनु पर्छ।
(ख) माथिको नियमको प्रयोजनको लागिः
(अ) तारसित बाटेको घोडाको रौंको धागो (जिम्प्ड हसहियर यार्न) (शीर्षक ५१.१०) र धात्विकीकृत (मेटालाइज्ड) धागो (शीर्षक ५६.०५) लाई एउटै कपडा पदार्थको रूपमा मान्नु पर्दछ र यसको तौललाई यसका अवयवहरू (कम्पोनेण्ट) को तौलहरूको जोडको रूपमा लिइनु पर्दछ; तानमा बुनेको (उभेन्) कपडाको वर्गीकरणको लागि धातुको धागोलाई कपडा पदार्थको रूपमा लिइनु पर्दछ;
(आ) उपयुक्त शीर्षकको चयन (च्वाइस) गर्दा त्यस भागमा वर्गीकरण नहुने कुनै पनि पदार्थलाई वास्ता नगरीकन सर्वप्रथम भाग (च्याप्टर) अनि त्यसपछि त्यस भागभित्रको प्रयोज्य (अप्लिकेबुल) शीर्षक निश्चित गरेर गरिनेछ;
(इ) भाग ५४ र भाग ५५ दुवै अन्य भागका साथ सम्बद्ध (इनभोल्भ) हुन (वा मुछिन) आएमा भाग ५४ र ५५ लाई एउटै भागको रूपमा लिइनेछ;
(ई) कुनै भाग वा कुनै शीर्षकले विभिन्न कपडा पदार्थका सामानहरूको उल्लेख गर्दछ भने त्यस्तै पदार्थहरूलाई एक्लो कपडा पदार्थको रूपमा लिइनेछ।
(ग) माथि (क) र (ख) अनुच्छेद (पाराग्राफ) को व्यवस्था तलका द्रष्टव्यहरू ३, ४, ५ वा ६ मा उल्लेख भएका धागोहरूको सम्बन्धमा पनि लागू हुनेछ।
३. (क) यस परिच्छेदको प्रयोजनको लागि, र तलको अनुच्छेद (ख) मा भएका अपवादहरूको अधीनमा रही, देहायका विवरण अनुसारको धागो (एकल (सिङ्गल), बहुल (मल्टिपल वा फोल्डेड) वा केबुल्ड) लाई "ट्वाइन (दुई वा बढी पोया बटारेको डोरी वा सुतली), कर्डेज (खासगरी जहाजमा प्रयोग हुने डोरी वा लखाकी), रोप (लठारो, वा रस्सी) र केबल (बलियो मोटो लठारो वा रस्सा)" को रूपमा लिइनेछः
(अ) २०,००० डेसिटेक्सभन्दा बढी नापको रेशम वा रद्दी रेशम (वेष्ट सिल्क) को;
(आ) १०,००० डेसिटेक्सभन्दा बढी नापको कृत्रिम (म्यानमेड) रेशाको (भाग ५४ को दुई वा दुईभन्दा बढी एकलतन्तु (मोनोफिलामेण्ट) भएको धागो समेत);
(इ) टु-हेम्प वा फ्ल्याक्स (सन वा पाट जाति) कोः
(१) १,४२९ डेसिटेक्स वा सोभन्दा बढी नापको, चिल्याइएको वा चम्काइएको (पोलिस्ड) वा (ग्लेज्ड); वा
(२) २०,००० डेसिटेक्सभन्दा बढी नाप भएको, नचिल्याइएको वा नचम्काइएको;
(ई) तीन वा तीनभन्दा बढी तह (प्लाई) भएको नरिवलको जटाको;
(उ) २०,००० डेसिटेक्सभन्दा बढी नाप भएको अन्य वानस्पतिक रेशाको; वा
(ऊ) धातुको धागो (मेटल थ्रेड) ले सुदृढ पारिएको (रिइन्फोर्स्ड)।
(ख) अपवादहरूः
(अ) धातुको धागोले सुदृढ पारेको धागो बाहेक, ऊन वा अन्य जीव जन्तुको रौंको धागो र कागतको धागो;
(आ) भाग ५५ कृत्रिम (म्यान-मेड) तन्तु (फिलामेण्ट) को शिरोगुच्छ (टो) र भाग ५४ को नबटारिएको (विदाउट ट्विस्ट) वा प्रतिमिटर ५ फन्कोभन्दा कम बटारिएको (ट्विस्ट) बहुतन्तुमय (मल्टीफिलामेण्ट) धागो (यार्न);
(इ) शीर्षक ५०.०६ को रेशम कीराको आन्द्राभुँडी (गट), र भाग ५४ को एकलतन्तु (मोनोफिलामेण्ट) हरू;
(ई) शीर्षक ५६.०५ को धात्विकीकृत (मेटालाइज्ड) धागो; अनुच्छेद (क), (ऊ) को अधीनमा रही धातुको धागोले सुदृढ पारिएको धागो; र
(उ) शीर्षक ५६.०६ को मखमली कपडाको धागो (शनिल यार्न), डोरी वा तारसँग बाटेको धागो (गिम्प्ड) यार्न र सुर्केनी पारेर उकासेर बनाएको धागो (लूप वेल-यार्न)।
४. (क) भाग ५०, ५१, ५२, ५४ र ५५ को प्रयोजनका लागि धागोको सम्बन्धमा "खुद्रा बिक्रीको लागि राखिएका" भन्ने उक्तिले तलको अनुच्छेद (ख) को अपवादहरूका अधीनमा रही देहाय बमोजिम राखिएका (पुट अप) धागो (एकल, बहुल, फोल्डेड (दोबारेको) वा केबल्ड) लाई जनाउँछः
(अ) आलम्ब (सपोर्ट) समेत देहाय बमोजिम भन्दा बढी वजन नभएको कार्ड, लट्टाई (रील), नलिका (ट्युब) वा यस्तै आलम्ब (सपोर्ट) मा भएकोः
(१) रेशम, रद्दी रेशम वा कृत्रिम (म्यानमेड) रेशा (फिलामेण्ट) को हकमा ८५ ग्राम; वा
(२) अन्यको हकमा १२५ ग्राम;
(आ) डल्लो (बल), मुठो (ह्यान्क), लडिया वा पोलो (स्केन्स) मा भएको देहायको भन्दा बढी वजन नभएकोः
(१) ३,००० डेसिटेक्सभन्दा कमको कृत्रिम तन्तुको धागो, रेशम वा रद्दी (अवशेष) रेशमको हकमा ८५ ग्राम;
(२) २,००० डेसिटेक्सभन्दा कमको अन्य सबै धागोको हकमा १२५ ग्राम; वा
(३) अन्यको हकमा ५०० ग्राम;
(इ) देहायको भन्दा नबढ्ने गरी प्रत्येकको समान वजन भएको, एक अर्कोदेखि स्वतन्त्र राख्न विभाजक धागोहरूले छुटाइएको विभिन्न साना साना मुठ्ठा (ह्याँक) वा लडिया (स्केन्स) हरू मिलेर बनेका मुठ्ठा (ह्याँक) वा लडिया (स्केन्स) हरूमा भएका
(१) रेशम, अवशेष (रद्दी) रेशम वा कृत्रिम तन्तु (फिलामेण्ट) को धागोको हकमा ८५ ग्राम; वा
(२) अन्यको हकमा १२५ ग्राम।
(ख) अपवादहरूः
(अ) देहायको बाहेक, कुनै पनि कपडा पदार्थको एकल धागो (सिङ्गलयार्न)ः
(१) अविरञ्जित (अनब्लिच्ड) ऊन वा जनावरको मसिना रौंको एकल धागो; र
(२) ५,००० डेसिटेक्सभन्दा बढीको नाप भएको, ऊन वा जनावरको मसिनो रौंको विरञ्जित (ब्लिच्ड), रङ्गाएको (डाइड) वा छापिएको (प्रिन्टेड) एकल धागो (सिङ्गल यार्न);
(आ) बहुल (मल्टिपल वा फोल्डेड) वा केबल्ड धागो, अविरञ्जित (अनब्लिच्ड);
(१) जुनसुकै किसिमले प्रस्तुत गरिएको (राखिएको) रेशम र रद्दी रेशमको; वा
(२) लच्छी वा लडियामा भएको, ऊन र जनावरको मसिना रौं बाहेक, अन्य कपडा पदार्थको;
(इ) १३३ वा सोभन्दा कम डेसिटेक्स नापको, विरञ्जित (ब्लिच्ड), रङ्गाएको (डाइड) वा छापिएको (प्रिन्टेड) रेशमको वा रद्दी रेशमको बहुल (मल्टिपल वा फोल्डेड) वा केबल्ड धागो; र
(ई) एकल (सिङ्गल), बहुल (मल्टिपल वा फोल्डेड) वा केबल्ड धागो, कुनै पनि कपडा पदार्थकोः
(१) एक अर्का माथि खप्टिने गरी बेह्रिएको (क्रस रील्ड) लच्छी र लडियामा भएको; वा
(२) कपडा उद्योगमा यसको प्रयोग देखाउने गरी कुनै आलम्ब (सपोर्ट) मा वा अन्य किसिमबाट प्रस्तुत गरिएको (वा राखिएको) (उदाहरणको लागि शङ्कु आकारमा धागो बेह्रिएको (कोप्स), बटार्ने मिलका नलिकाहरू (ट्विस्टिङ्ग मिल ट्यूब्स), फिरकी (पिर्न), शङ्कु आकारका परेता वा बोविन वा कतुवा (स्पिण्डल), वा कार्चोपी (इम्ब्राइडरी) भर्ने करघा (लूम) को लागि कोया (कोकुन) को रूपमा)।
५. शीर्षक ५२.०४, ५४.०१ र ५५.०८ को प्रयोजनका लागि "सिउने धागो" (सुइङ्ग थ्रेड) भन्ने उक्तिले देहाय बमोजिमको बहुल (मल्टिपल फोल्डेड) वा केबल्ड धागो (यार्न) लाई जनाउँछः
(क) आलम्ब (सपोर्ट) (उदाहरणतः रिल, टयूब) मा राखिएको तौलमा (आलम्ब सहित) १,००० ग्रामभन्दा बढी नभएको;
(ख) सिउने धागोको रूपमा प्रयोग गर्न परिष्कार गरिएको (ड्रेस्ड);र
(ग) अन्तिममा अंग्रेजी अक्षर "जेड" आकारमा बेरिएको (ट्विस्ट)।
६. यस परिच्छेदको प्रयोजनको लागि "उच्च धारण क्षमताको धागो (हाई टिन्यासिटी यार्न)" भन्नाले देहायको भन्दा बढी सीएन/टेक्स (सेन्टिन्यूटन प्रति टेक्स) भएको धागोलाई जनाउँछः
नाइलन वा अन्य पोलियामाइड् वा पोलिष्टरको एकल धागो .............................६० सीएन/टेक्स
नाइलन वा अन्य पोलियामाइड् वा पोलिष्टरको बहुल (मल्टिपुल (फोल्डेड) वा केबल्ड धागो ५३ ........................................................................................सीएन/टेक्स
भिस्कोस रेयनको एकल, बहुल (मल्टिपल वा फोल्डेड्) र केबल्ड धागो ...............२७ सीएन/टेक्स
७. यस परिच्छेदको प्रयोजनको लागि "तयारी" (मेडअप) भन्ने उक्तिले देहायको अवस्थालाई जनाउँछः
(क) वर्गाकार वा चारकुने बाहेक अन्य प्रकारले काटेको;
(ख) तयार स्थितिमा उत्पादित, सिउने वा अन्य केही कार्य नगरी प्रयोगको लागि तयार (वा विभाजक धागोहरूलाई काटेर मात्र छुट्याउन हुने) (जस्तै, केही धुलो झार्ने (डस्टर), तौलिया वा गम्छा, टेबुल क्लोथ, वर्गाकार स्कार्फ, कम्बल);
(ग) आकारमा काटिएको र कम्तीमा एक छेउ (एज) तापद्वारा बन्द गरिएको एवं देखिने किसिमले एकातिर झिनो हुँदै गएको (ट्यापर्ड) वा किनारामा सेप्टी हालेको (कम्प्रेस्ड बोडर) तथा अर्को छेउ यस द्रष्टव्यको कुनै अन्य उपानुच्छेदहरूमा उल्लेख गरिएझैं तयार गरिएको, तर काटिएको किनारालाई धागो छुट्टिनबाट रोक्नलाई उष्ण कटाई (हट कटिङ्ग) वा अरू सामान्य उपायद्वारा रोकिएको कपडा बाहेक;
(घ) औँटारेको वा किनारमा सेप्टी लगाएको वा किनारा उल्टाएको वा कुनै किनारामा गाँठो पारेको फुर्का भएको, तर काटिएको किनारालाई धागो छुट्टिनबाट रोक्नेलाई खुटेर (ब्हिपिङ्) वा सामान्य उपायद्वारा रोकिएको कपडा बाहेक;
(ङ) आकारमा काटिएको र ड्रन-थ्रेड वर्कको प्रक्रिया (कार्चोपी भर्न कपडाको ताना र बानाका केही धागोहरू तानेर बुट्टा बनाउने र त्यसपछि कार्चोपी भर्ने काम) गरिएको;
(च) सिएर, गुँद टाँसेर वा अन्य किसिमबाट एकत्रित गरिएको (दुईथरी वा सोभन्दा बढी थरी लम्बाइका एकैथरी टुक्रा कपडालाई छेउछेउ जोडेर र दुईथरी वा सोभन्दा बढी थरी कपडाका टुक्रालाई तह तह (लेयर) पारेर एकत्रित गरिएको, गद्दादार भएको वा नभएको बाहेक);
(छ) काँटाले वा कुरुसले बुनेर (निटेड् वा क्रोसिड) आकृति दिइएका, अलग अलग वस्तुको रूपमा प्रस्तुत गरिएको वा लम्बाइमा विभिन्न वस्तुहरूको रूपमा प्रस्तुत गरिएको।
८. भाग ५० देखि ६० सम्मको प्रयोजनको लागिः
(क) माथि द्रष्टव्य ७ मा परिभाषित तयारी (मेडअप) वस्तुहरूको हकमा भाग ५० देखि ५५ एवं ६० र, प्रसङ्गले अन्यथा अपेक्षा गरेकोमा बाहेक, भाग ५६ देखि ५९ सम्मका भागहरू लागू हुँदैनन्।
(ख) भाग ५६ देखि ५९ सम्मको वस्तुहरूको हकमा भाग ५० देखि ५५ एवं ६० लागू हुँदैनन्।
९. भाग ५० देखि ५५ सम्मका तानमा बुनिएका कपडामा समानान्तर बुन्न योग्य (टेक्सटाईल) धागोहरूलाई एकअर्का माथि न्यूनकोण वा समकोणमा परिस्थापन (सुपरइम्पोज) गरिएको तह-तह भएको कपडा पनि समावेश हुनेछ। ती तहहरूलाई धागोहरूको प्रतिच्छेद बिन्दु (इण्टर सेक्सन) मा टाँस्ने पदार्थ (आसंजक) द्वारा वा उष्मीय जोडाई (थर्मल बौण्डिङ्ग) द्वारा जोडिन्छ।
१०. कपडा पदार्थका साथ रबरको धागो भएको इलाष्टिक (तन्कने) उत्पादनहरूलाई यसै परिच्छेदमा वर्गीकरण गरिनेछ।
११. यस परिच्छेदको प्रयोजनको लागि "संसिक्त" वा "संसेचित (इम्प्रिग्नेटेड)" भन्नाले "चोपेको" वा "डुबाएको (डिप्ड)" लाई समेत जनाउँछ।
१२. यस परिच्छेदको प्रयोजनको लागि "पोलियामाइड्स" भन्ने उक्तिले "अरामिड्स" लाई समेत जनाउँछ।
१३. यो परिच्छेद र यस अनुसूचीभरि नै, जहाँ प्रयोज्य (अप्लिकेबल) छ, "इलास्टोमेरिक धागो" भन्नाले, टेक्सचर्ड धागो बाहेक संश्लेषित कपडा पदार्थका, एकलतन्तु (मोनोफिलामेण्ट) लगायतका तन्तुमय धागो, जसलाई यसको मूल लम्बाइको तीन गुनासम्म तन्काउँदा पनि चुर्डिँदैन र जो यसको मूल लम्बाइको दुई गुनासम्म तन्काउँदा ५ मिनेटको अवधिभित्र मूल लम्बाइको डेढ गुनामा नबढ्ने गरी खुम्चिन आउँछ, लाई जनाउँछ।
१४ प्रसङ्गले अन्यथा अपेक्षा गरेमा बाहेक, विभिन्न शीर्षक अन्तर्गतका कपडाका पोशाक (टेक्सटाइल गार्मेन्ट्स) हरूलाई खुद्रा बिक्रीको लागि समूह (सेट) मा राखेको भए पनि आफ्नै शीर्षकमा वर्गीकरण गरिनेछ। यस द्रष्टव्यको प्रयोजनको लागि, "कपडाका पोशाक" भन्नाले शीर्षक ६१.०१ देखि ६१.१४ सम्म र शीर्षक ६२.०१ देखि ६२.११ सम्मका पोशाकहरू (गार्मेन्ट्स्) लाई जनाउँछ।
१५. परिच्छेद ११ को द्रष्टव्य १ को अधीनमा रही अतिरिक्त कार्यको लागि रासायनिक, यान्त्रिक वा विद्युतीय अवयव (कम्पोनेण्ट) हरू अभिन्न अवयवको रूपमा जोडिएका वा रेशा (फाइवर) वा कपडा (फेब्रिक) भित्र समावेश गरिएका कपडा पदार्थहरू, पोशाकहरू र कपडा पदार्थका सामानहरूले यस परिच्छेदका वस्तुहरूको सारभूत लक्षण कायम राखेको भएमा तिनीहरूलाई परिच्छेद ११ को सम्बन्धित शीर्षकहरूमा नै वर्गीकरण गरिन्छ।
१. यस परिच्छेदमा र यस अनुसूचीभरि नै, जहाँ प्रयोज्य (अप्लिकेबल) छ, देहायका उक्तिहरूको अर्थ यसबाट निर्धारित गरे अनुसार हुनेछः
(क) अविरञ्जित (अनब्लिच्ड) धागो
देहाय बमोजिमको धागोः
(१) रचक (कन्स्टिच्यूण्ट) रेशाहरूको प्राकृतिक रङ्ग भएको र सेतो वा विरञ्जित (ब्लिच्ड) नपारिएको,) रङ्गाएको (डाइड) (सम्पूर्णतः वा असम्पूर्णतः वा छापिएको (प्रिण्टेड);
(२) गार्नेटेड स्टक (रद्दीबाट पुनरुज्जित) बाट उत्पादित, अनिश्चित रङ्ग भएको ("खरानी रङ्गको धागो वा ग्रे यार्न")।
यस्तो धागोलाई रङ्गहीन परिष्करण (ड्रेसिङ्ग) वा उड्ने रङ्ग (फ्यूजिटिभ डाई) (जुन साबुनले सामान्य धुलाई गर्दा उड्छ) ले उपचार गरिएको र कृत्रिम (म्यानमेड) रेशाको हकमा चमक हटाउने कारक (डिलस्चरिङ्ग एजेण्ट) (उदाहरणतः टिटानियम डाई अक्साइड) द्वारा सम्पूर्णतः उपचार गरिएको हुन सक्तछ।
(ख) विरञ्जित (ब्लिच्ड) धागो
देहाय बमोजिमको धागोः
(१) विरञ्जन प्रक्रिया (ब्लिचिङ्ग प्रोसेस) गरिएको, विरञ्जित रेशाहरूबाट बनाइएको वा, प्रसङ्गले अन्यथा व्यवस्था गरेमा बाहेक, (सम्पूर्णतः वा असम्पूर्णतः) सेतो पारेर रङ्गाएको वा सेतो परिष्करण (हाइट ड्रेसिङ्ग) द्वारा उपचार गरिएको;
(२) अविरञ्जित र विरञ्जित रेशाहरूको मिश्रण भएको; वा
(३) बहुल (मल्टिपल, फोल्डेड) वा केबल्ड भएको र अविरञ्जित र विरञ्जित धागोहरू भएको।
(ग) रङ्गीन (रङ्गाएको वा छापिएकोः डाइड वा प्रिन्टेड) धागो
देहाय बमोजिमको धागोः
(१) सेतो बाहेक अन्य रङ्गमा वा उड्ने रङ्गमा (सम्पूर्णतः वा असम्पूर्णतः) रङ्गाएको, वा छापिएको, वा रङ्गाएको वा छापिएको रेशाबाट बनेको;
(२) विभिन्न रङ्गका रङ्गाइएका रेशाहरूको मिश्रण वा रङ्गीन रेशाहरूका साथ अविरञ्जित वा विरञ्जित रेशाहरूको मिश्रण (मार्ल) (छिर्केमिर्के) वा मिश्रित धागो, वा एक वा एकभन्दा बढी रङ्गहरूमा अन्तर पारी बिन्दुहरूको आभास दिने गरी छापिएको;
(३) छापिइएका प्यूरीहरू (स्लिभर्स वा रोभिङ्स्) बाट उपलब्ध; वा
(४) बहुल (मल्टिपल वा फोल्डेड) वा केबल्ड र अविरञ्जित वा विरञ्जित (अनब्लिच्ड वा ब्लिच्ड) धागो र रङ्गीन धागो समावेश भएको;
उपर्युक्त परिभाषाहरू, आवश्यक परिवर्तनका साथ, एकलतन्तु (मोनोफिलामेण्ट) र पाटा (स्ट्रिप) वा यस्तै (भाग ५४ का वस्तुहरू) का हकमा पनि लागू हुन्छ।
(घ) तानमा बुनेका अविरञ्जित कपडाहरू
अविरञ्जित धागोबाट बनेको र विरञ्जित नगरिएको, रङ्गाएको वा छापिएको तानमा बुनिएको कपडा। यस्तो कपडालाई रङ्गहीन परिष्करण (ड्रेसिङ्ग) वा उड्ने रङ्ग (फ्यूजिटिभ डाई) द्वारा उपचार गरिएको हुन सक्तछ।
(ङ) तानमा बुनेका विरञ्जित कपडा
तानमा बुनेका देहायका कपडाः
(१) विरञ्जित गरिएको वा, प्रसङ्गले अर्को व्यवस्था गरेमा बाहेक, थान कपडामा सेतो रङ्गमा रङ्गाएको वा सेतो परिष्करण (ड्रेसिङ्ग) ले उपचार गरिएको;
(२) विरञ्जित धागोहरू भएको; वा
(३) अविरञ्जित र विरञ्जित (ब्लिच्ड) धागोहरू भएको।
(च) तानमा बुनेका रङ्गाएका कपडा (डाइड् उभेन फ्याब्रिक)
तानमा बुनेका देहायको कपडाः
(१) थान कपडामा सेतो रङ्ग बाहेक अन्य एक रङ्गमा एकनाससँग रङ्गाएको (प्रसङ्गले अन्यथा व्यवस्था गरेकोमा बाहेक) वा सेतो बाहेक अन्य परिष्करण (फिनिश) द्वारा उपचार गरिएको (प्रसङ्गले अन्यथा व्यवस्था गरेकोमा बाहेक); वा
(२) एकनासको एकरङ्गा धागोहरू भएको।
(छ) विभिन्न रङ्गका धागोबाट तानमा बुनेको कपडा
तानमा बुनेको कपडा (उभेन फ्याब्रिक) (तानमा बुनेकोको छापिएको कपडा बाहेक) जुनः
(१) विभिन्न रङ्गका धागोहरू भएका वा एकै रङ्गका विभिन्न आभासक्रम (शेड) का धागोहरू भएका (रचक (कन्स्टिच्यूएन्ट) रेशाहरूको प्राकृतिक रङ्ग बाहेक);
(२) अविरञ्जित (अनब्लिच्ड) वा विरञ्जित (ब्लिच्ड) धागो र रङ्गीन धागोहरू भएका; वा
(३) छिर्केमिर्के (मार्ल) वा मिश्रित धागोहरू भएका
(सबै स्थितिमा, कपडाको किनारा र थानको अन्तमा प्रयोग भएको धागोलाई गणना गरिँदैन)।
(ज) तानमा बुनेको छापिएको कपडा
विभिन्न रङ्गको धागोबाट बनेको वा नबनेको, थानमा छापिएको (प्रिन्टेड), तानमा बुनेको कपडा (उभेन फ्याब्रिक)।
(देहायकालाई पनि छापिएका तानमा बुनिएको कपडा मानिन्छः विभिन्न बान्की (डिजाइन) युक्त, उदाहरणको रूपमा, कुरुसले वा पिचकारी (स्प्रेगन) ले, ट्रान्सफर पेपरको माध्यमबाट, मुल कपडामा अन्य कपडा पदार्थ टाँसेर वा मैनबाट बुटा हाल्ने (बाटिक) प्रक्रियाबाट बनाइएका बुट्टाहरू भएको तानमा बुनेको कपडा)।
मर्सराइजेशन (सबलीकृत गर्न र रङ्गको टिकाउपना बढाउन काष्टिक सोडाद्वारा उपचार गर्ने विधि) प्रक्रियाले माथिका वर्गभित्र धागो वा कपडालाई वर्गीकरण गर्नमा कुनै असर पार्दैन।
माथिका (ई) देखि (ऐ) सम्मका परिभाषाहरू, आवश्यक परिवर्तन सहित, निटेड् वा क्रोसिट् कपडा (फ्याब्रिक्स) को लागि पनि लागू हुन्छन्।
(झ) सरल बुनोट
बानाको प्रत्येक धागो एकान्तर रूपले (अल्टरनेट्ली) तानाका क्रमिक (सक्सेसिभ) धागोको माथि र तल भएर पार हुने र तानाको प्रत्येक धागो एकान्तर रूपले (अल्टरनेटिभली) वानाको क्रमिक (सक्सेसिभ) धागोको माथि र तल भएर पार हुने किसिमको कपडाको बनावट।
२. (क) दुई वा दुईभन्दा बढी कपडा पदार्थ भएका भाग ५६ देखि ६३ सम्मका उत्पादनहरूलाई एउटै कपडा पदार्थबाट बनेको भाग ५० देखि ५५ सम्म वा सोही कपडा पदार्थ भएका शीर्षक ५८.०९ का उत्पादनहरूको वर्गीकरणको लागि यस परिच्छेदको द्रष्टव्य २ अन्तर्गत चयन गरिने कपडा पदार्थबाट नै पूर्णतया बनेको मान्नु पर्दछ।
(ख) यो नियम लागू गर्नका लागिः
(अ) व्याख्या सम्बन्धी नियम ३ अन्तर्गत जुन अंशले वर्गीकरण निर्धारित गर्दछ, उपयुक्तता अनुसार, त्यसलाई मात्र ध्यान दिइनेछ।
(आ) आधार कपडा (ग्राउण्ड फ्याब्रिक) र मखमली भुवा (पायल) वा सुर्केनी गाँठोदार फुर्का (लूप) युक्त सतह भएको कपडा उत्पादनको हकमा आधार कपडाको लेखा गरिने छैन।
(इ) शीर्षक ५८.१० को कार्चोपी (इम्ब्रोइडरी) र तिनका वस्तुहरू (गुड्स) को हकमा आधार कपडा (ग्राउण्ड फ्याब्रिक) को मात्र गणना गरिनेछ। तर, आधार कपडा नदेखिने किसिमको कार्चोपी (इम्ब्रोइडरी) र तिनका वस्तुहरू (गुड्स) लाई कार्चोपी भर्ने धागोहरूको मात्र प्रसङ्ग (रफरेन्स) बाट वर्गीकरण गरिनेछ।
१. यो अनुसूचीभरिः
(क) "ऊन" भन्नाले भेडाबाट उत्पादन हुने प्राकृतिक रेशालाई सम्झनु पर्छ;
(ख) "जनावरको मसिनो रौं" भन्नाले अमेरिकन ऊँट (अल्पाका), दक्षिण अमेरिकाको ऊँट (लामा), दक्षिण अमेरिकामा पाइने स्तनधारी जनावर (भिकुना), ऊँट (ठूलो जुरो भएको एक जातिको ऊँट (ड्रोमेडरी) समेत), चौंरी, एङ्गोरा, च्याङ्ग्रा, काश्मीरी र यस्तै खालका खसी बाख्रा (तर साधारण खसी बाख्रा बाहेक), खरायो (एङ्गोरा खरायो समेत), ओत, पानी मुसो (न्यूट्रिआ) वा कस्तुरी मुसा (मस्कन्याट) का रौं सम्झनु पर्छ;
(ग) "जनावरको खस्रो रौं" भन्नाले बुरुस बनाउने रौं र सुँगुरको जगर जस्तो दरो रौं (शीर्षक ०५.०२) र घोडाको रौं (शीर्षक ०५.११) बाहेकको माथि उल्लेख नगरिएका जनावरको रौंलाई जनाउँछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. उपशीर्षकहरू ५२०९.४२ र ५२११.४२ को प्रयोजनको लागि "डेनिम" भन्ने उक्तिले विभिन्न रङ्गका धागोको, ब्रोकेन ट्विल लगायत, ३-डोरे वा ४-डोरे ट्विलको, तानातर्फ सुल्टो भाग (फेस) भएको, तानाका धागोहरू एउटै एकै रङ्गको भएको र बानाका धागोहरू अविरञ्जित (अन्ब्लिच्ड), विरञ्जित (ब्लिच्ड), खैरो रङ्गाएको (डाइड् ग्रे) वा तानाको धागोको रङ्गको हलुका छायाँ (लाइट शेड) को भएको कपडा (फ्याब्रिक्स) लाई जनाउँछ।
१. यस अनुसूचीभरि नै "मानव-निर्मित रेशा" भन्नाले देहायका मध्ये कुनै एक निर्माण प्रक्रिया (म्यानुफ्याक्चरिङ्ग प्रोसेस) द्वारा उत्पादित प्राङ्गारिक बहुलक (अर्गानिक पोलिमर) का प्रमुख रेशा वा तन्तु (स्टेपुल फाइबर र फिलामेण्ट) लाई जनाउँछः-
(क) पोलिमरहरू उत्पादन गर्नका लागि प्राङ्गारिक एकलक (अर्गानिक मोनोमर), जस्तै पोलियामाइड्स, पोलिस्टर्स, पोलियुरेथेन्सको पोल्योलेफिन्सको मोलिमराइजेसन प्रक्रियाद्वारा, वा यस प्रक्रियाद्वारा उत्पादित पोलिमरहरूका रासायनिक परिवर्तनद्वारा (जस्तै पोली (भिनाइल एसिटेट) को हाइड्रोलाइसिस प्रक्रियाबाट तयार भएको पोलि (भिनायल अल्कोहल)); वा
(ख) कुप्रोमोनियम रेयन (कुप्रो) वा भिस्कोस रेयन जस्ता बहुलक (पोलिमर) उत्पादन गर्नका लागि प्राकृतिक प्राङ्गारिक बहुलकहरू (अर्गानिक पोलिमर्स) को बिघटन वा रासायनिक उपचारद्वारा (जस्तै, सेलुलोज), वा सेलुलोज एसिटेट वा एलिजनेट जस्ता बहुलक (पोलिमर्स) उत्पादन गर्नका लागि प्राकृतिक प्राङ्गारिक बहुलक (जस्तै-सेलुलोज, क्यासेन र अन्य प्रोटिनहरू, वा एल्जिनिक अम्ल) को रासायनिक परिवर्तनद्वारा।
रेशाको सम्बन्धमा प्रयोग गरिएका "संश्लेषित" (सिन्थेटिक) र "कृत्रिम" (आर्टिफिसियल) भन्ने शब्दहरूको अर्थः संश्लेषित (सिन्थेटिक)ः (क) मा परिभाषा गरिए अनुसारका रेशाहरू; कृत्रिम (आर्टिफिसियल); (ख) मा परिभाषा गरिए अनुसारका रेशाहरू। शीर्षक ५४.०४ वा ५४.०५ का धरा (स्ट्रिप) र यस्तै वस्तुहरूलाई मानव-निर्मित रेशाहरू मानिँदैन।
"मानव-निर्मित", "संश्लेषित" र "कृत्रिम" शब्दहरू कपडा पदार्थको सम्बन्धमा प्रयोग हुँदा एउटै अर्थका हुनेछन्।
२. शीर्षक ५४.०२ र ५४.०३ भाग ५५ को संश्लेषित वा कृत्रिम तन्तुको शिरोगुच्छ (टो) को हकमा लागू हुँदैन।
१. शीर्षक ५५.०१ र ५५.०२ देहायको विवरण अनुसारको टो (धागो कात्न तयार गरिएको संक्षिष्ट रेशाहरूको गुच्छा) को लम्बाइ बराबरको एकनास लम्बाइ (यूनिफर्म लेन्थ) को समानान्तर तन्तुहरू (फिलामेण्ट) बाट बनेको मानव-निर्मित तन्तु गुच्छा (म्यानमेड फिलामेण्ट टो) को हकमा मात्र लागू हुन्छः-
(क) तन्तु गुच्छा (टो) को लम्बाइ २ मिटरभन्दा बढी;
(ख) बटाई (ट्विस्ट) प्रति मिटर ५ फन्को (टर्न) भन्दा कम;
(ग) प्रत्येक तन्तु (फिलामेण्ट) को नाप ६७ डेसिटेक्सभन्दा कम;
(घ) संश्लेषित तन्तु गुच्छ (फिलामेण्ट टो) मात्रः त्यस्तो तन्तु गुच्छ (टो) तानिएको (ड्रन) हुनु पर्दछ, अर्थात्, तन्काउँदा लम्बाइको १०० प्रतिशतभन्दा बढी नतन्किने हुनु पर्दछ;
(ङ) तन्तु गुच्छ (टो) को कुल नाप २०,००० डेसिटेक्सभन्दा बढी।
लम्बाइ २ मिटर ननाघ्ने तन्तु गुच्छ (टो) लाई शीर्षक ५५.०३ वा ५५.०४ मा वर्गीकरण गरिनेछ।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) गद्दा, जमोठ वा नबुनिएको कपडा (नन्वुभन्स), कुनै पदार्थ वा विरचन (प्रिपेरेशनः तयारी वस्तु) ले संसेचित, लेपित वा आच्छादित (जस्तै भाग ३३ को सुगन्ध वा सौन्दर्यका वस्तुहरू (कस्मेटिक्स), शीर्षक ३४.०१ को साबुन वा अपमार्जक (डिटर्जेन्ट) हरू, शीर्षक ३४.०५ को पालिस, क्रिम र त्यस्तै तयारी वस्तुहरू, शीर्षक ३८.०९ को कपडा मुलायम वा नरम पार्ने (फ्याब्रिक सफ्टनर) जसमा कपडा पदार्थ (टेक्सटाइल म्याटेरियल) केवल बाहक माध्यम (क्यारिइङ्ग मेडियम) को रूपमा उपस्थित रहन्छ;
(ख) शीर्षक ५८.११ को कपडा उत्पादनहरू (टेक्सटाइल प्रोडक्टस्);
(ग) जमोठ वा नबुनिएको कपडा (नन्वुभन्स) (शीर्षक ६८.०५) मा भएको प्राकृतिक वा कृत्रिम अपघर्षी (एब्रेसिभ) धुलो (पाउडर) वा दाना;
(घ) जमोठ वा नबुनिएको कपडा (नन्वुभन्स) (शीर्षक ६८.१४) को पृष्ठाधार (ब्याकिङ्ग) मा भएको एकत्रित (एग्लोमेरेटेड्) वा पुनर्गठित (रिकन्स्टिच्यूटेड) अबरख;
(ङ) जमोठ वा नबुनिएको कपडा (नन्वुभन्स) को पृष्ठाधार (ब्याकिङ्ग) मा भएको धातुको पन्नी (मेटल फ्वाइल); (सामान्यतया परिच्छेद १४ वा १५); वा
(च) शीर्षक ९६.१९ का सेनिटरी टाउल (प्याड) हरू र ट्याम्पोनहरू, न्याप्किन (डाइपर) हरू तथा न्याप्किन लाइनरहरू र यस्तै प्रकारका सामानहरू।
२. "जमोठ" शब्दले निडिललूम जमोठ र कपडा पदार्थका जालो (वेब) युक्त कपडालाई समेट्दछ, जुन जालोको एकात्मकता (कोहिजन) लाई त्यो जालोकै रेशाहरू प्रयोग गरेर टाँका लगाउने (स्टिच-बौण्डिङ्ग) प्रक्रिया द्वारा प्रवर्धन गरिएको हुन्छ।
३. शीर्षक ५६.०२ र ५६.०३ ले सुसंहत (कम्प्याक्ट) वा कोशमय जस्तोसुकै प्रकृतिको प्लाष्टिक वा रबरले संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड्), क्रमशः जमोठ (फेल्ट) र नबुनिएको कपडा (फ्याब्रिक) लाई समेट्दछ।
शीर्षक ५६.०३ ले नबुनेको कपडा (नन्वुभन्स) लाई पनि समेट्दछ, जसमा प्लाष्टिक वा रबर आवन्धन (जोड्ने-बौण्डिङ्ग) तत्त्वको काम गर्दछ। तर, देहायका वस्तुहरू शीर्षक ५६.०२ र ५६.०३ मा समावेश हुँदैनन्ः-
(क) तौलमा ५० प्रतिशत वा सोभन्दा कम कपडा पदार्थ भएको, प्लाष्टिक वा रबरले संसिक्त, लेपित (कोटेड), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड) गरिएको जमोठ वा प्लाष्टिक वा रबरमा पूर्णरूपमा जडिएको (इम्बेडेड्) जमोठ (भाग ३९ वा ४०);
(ख) पूर्ण रुपेण प्लाष्टिक वा रबरमा जडिएको (इम्बेडेड्) अथवा दुवैतर्फ सम्पूर्ण रूपमा त्यस्ता पदार्थले लेपन (कोटेड) वा आच्छादित (कभर्ड) गरिएको, तर त्यस्तो लेपन र आच्छादनलाई परिमाणतः हुने कुनै रङ्गको परिवर्तनलाई लेखा नगरी नाङ्गो आँखाले देखन सकिने किसिमको नबुनिएको कपडा (नन्वुभन्स) (भाग ३९ वा ४०); वा
(ग) जमोठ (फेल्ट) वा नबुनेको कपडा (नन्वुभन्स) को साथ संयुक्त गरिएको कोशमय (सेल्यूलर) प्लाष्टिक वा कोशमय रबरका पाता (प्लेट), चादर (शीट) वा पाटा (स्ट्रिप), जसमा कपडा पदार्थहरू केवल सुदृढ बनाउनको लागि राखिएको हुन्छ (भाग ३९ वा ४०),
४. शीर्षक ५६.०४ मा शीर्षक ५४.०४ वा ५४.०५ को कपडा बुन्ने धागो, वा पट्टी (स्ट्रिप) वा यस्तै वस्तुहरू, जसमा संसेचन (इम्प्रिग्नेशन), लेपन (कोटिङ्ग) आच्छादन (कभरिङ्ग) लाई नाङ्गो आँखाले देखन सर्किंदैन, (साधारणतया भाग ५० देखि ५५) समावेश हुँदैनन्; यस व्यवस्थाको प्रयोजनको लागि रङ्गको परिणामिक परिवर्तनलाई भने लेखाजोखा गरिनु हुन्न।
द्रष्टव्यहरूः
१. यस भागको प्रयोजनको लागि "गलैंचाहरू र कपडा पदार्थका अन्य भुईं ढाक्ने वस्तुहरू" भन्नाले प्रयोग गरिँदा कपडा पदार्थ अनावृत्त सतहको रूपमा काम गर्ने भुईं ढाक्ने वस्तुहरू (फ्लोर कभरिङ्ग) लाई जनाउँछ र यसमा कपडा पदार्थको भुईं ढाक्ने वस्तुहरूको लक्षण भएको तर अन्य प्रयोजनको लागि प्रयोग हुने वस्तुहरू समाविष्ट छन्।
२. भुईं ढाक्ने वस्तुको तल ओछ्याइने तलकपडा (फ्लोर कभरिङ्ग अण्डरलेज) यस भागमा पर्दैन।
द्रष्टव्यहरूः
१. भाग ५९ को द्रष्टव्य १ मा उल्लेख भएको संसिक्त (इम्प्रिग्नेटेड्), लेपित (कोटेड), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड्) बुनिएको कपडा वा भाग ५९ का अन्य सामानहरूको हकमा यो भाग लागू हुने छैन।
२. शीर्षक ५८.०१ ले तानमा बुनिएको बानाको मखमली वा भुवादारी कपडा जसको कपडाको सतहका फुर्का छरिएका धागोहरू (फ्लोट्स) काटी नसकिएका, यस स्थितिमा भुवा वा मखमल (पायल) ठाडो नभएको कपडालाई पनि समेट्दछ।
३. शीर्षक ५८.०३ को प्रयोजनको लागि "पातलो पारदर्शक कपडा (गज)" भन्नाले पूर्णतः वा अंशतः स्ट्याण्डिङ्ग वा ग्राउण्ड थ्रेड (धागो) र क्रसिङ्ग वा डोप धागो जुन स्ट्याण्डिङ्ग वा ग्राउण्ड धागोलाई आधा फन्को (हाफ टर्न), पूरा फन्को (कम्प्लिट टर्न) वा अझ त्योभन्दा बढी सुर्केनी बनाई त्यसबाट बाना (वेफ्ट) को धागो पार गर्ने किसिमबाट बनेको ताना भएको बुनेको कपडालाई जनाउँछ।
४. शीर्षक ५६.०८ को डोरी (ट्वाइन), लखाकी (कर्डेज) वा लठारो (रोप) को गाँठो पारी बनाएको जालीदार कपडा (नेट फ्याब्रिक) को हकमा शीर्षक ५८.०४ लागू हुँदैन।
५. शीर्षक ५८.०६ को प्रयोजनको लागि "साँघुरो पारी तानमा बुनेको कपडा" (न्यारो वुभन फ्याब्रिक) भन्नालेः
(क) चौडाइ ३० से.मि. मा नबढ्ने गरी सोही रूपमा तानमा बुनिएको वा चौडा थानहरूबाट काटेको, दुवै किनारामा धागो नफुस्किने (सेल्भेज) पारिएको (तानमा बुनेर, गुँद लगाएर वा अन्य किसिमले बनाएर) तानमा बुनेको कपडा;
(ख) समतल पारेर फैलाउँदा ३० से.मि. मा नबढ्ने चौडाइ भएको नलिकाकार (ट्यूबुलर) तानमा बुनेको कपडा; र
(ग) किनारा मोडेर तेर्सो पारी सिएको, फुकाउँदा ३० से.मि. ननाघ्ने चौडाइ भएको। तानमा बुनिएका फुर्काहरू भएको साँघुरो पारी तानमा बुनेको कपडालाई शीर्षक ५८.०८ मा वर्गीकरण गरिनेछ।
६. शीर्षक ५८.१० मा "कारचोपी" (इम्ब्राइडरी) भन्ने उक्तिले, अन्य कुराको साथसाथै, बुनेको कपडाको दृश्य भुईं (भिजिबल ग्राउण्ड) मा धातु वा काँचको धागोले जडी भरेको, र सितारा (सेक्विन), पोते (विड्स) वा कपडा पदार्थ वा अन्य पदार्थको आलङ्कारिक रुपाकृति (मोटिफ) को अप्लिके कार्य (कपडाका टुक्राका फरक फरक बुट्टालाई ठूलो कपडामा सिलाएर वा घुसाएर सजावटी बनाउने काम) गरी सिलाइएको कामलाई जनाउँछ। यो शीर्षक सूची शील्प (निडलवर्क) बाट बनाइएका चित्राकृतियुक्त कपडा (ट्यापेष्ट्री) को हकमा लागू हुँदैन (शीर्षक ५८.०५)।
७. शीर्षक ५८.०९ का उत्पादनहरूका अतिरिक्त यस भागमा धातुको धागोबाट बनेको र पोशाकको लागि प्रयोग हुने, सजावटका कपडाहरू (फर्निसिङ्ग फ्याब्रिक्स) वा यस्तै प्रयोजनका लागि प्रयोग हुने किसिमका वस्तुहरू पर्दछन्।
द्रष्टव्यहरूः
१. प्रसङ्गले अन्यथा अपेक्षा गरेमा बाहेक, यस भागको प्रयोजनको लागि "कपडा" (टेक्सटाइल फ्याब्रिक्स) भन्ने उक्तिले भाग ५० देखि ५५ सम्मका र शीर्षक ५८.०३ र ५८.०६ का तानमा बुनेका कपडाहरू, शीर्षक ५८.०८ का अदतमा (इन दी पिस) भएका चुल्ठे फित्ता (ब्रेइड्स) र आलङ्कारिक झालर (ट्रिमिङ्ग्स) हरू र शीर्षकहरू ६०.०२ देखि ६०.०६ सम्मको निटेड वा क्रोशेड कपडाहरूमा मात्र लागू हुन्छ।
२. शीर्षक ५९.०३ देहाय बमोजिमका वस्तुमा लागू हुन्छः-
(क) देहाय बमोजिमका बाहेक जस्तोसुकै प्रकृतिको प्लाष्टिक पदार्थ (कमप्याक्ट वा सेल्यूलर) र प्रति वर्गमिटर जतिसुकै तौल भएको प्लाष्टिकले संसिक्त (इम्प्रिग्नेटेड्), लेपित (कोटेड) आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड) कपडा;
(१) संसेचन, लेपन वा आच्छादनलाई नाङ्गो आँखाले देखन नसकिने कपडाहरू (सामान्यतः भाग ५० देखि ५५, ५८ वा ६०); यस व्यवस्थाको प्रयोजनको लागि रङ्गको परिणामिक (रिजल्टिङ्ग) परिवर्तनको लेखाजोखा गरिनु हुँदैन;
(२) १५० डिग्रीदेखि ३०० डिग्री सेल्सियसको तापक्रममा, ७ मि.मि. को ब्यास भएको बेलन (सिलिण्डर) को चारैतिर नभाँचिई वा नचर्किकन हातले नुगाउन वा मोड्न नसकिने उत्पादनहरू (सामान्यतः भाग ३९);
(३) कपडालाई पूर्णरूपले प्लाष्टिकमा आबद्ध गरिएका (इम्वेडेड) वा त्यस्तो पदार्थले दुवैतर्फबाट लेपन (कोटेड) वा आच्छादन (कभर्ड) गरिएका, तर त्यस्तो लेपन वा आच्छादनलाई नाङ्गो आँखाले, रङ्गको परिणामिक (रिजल्टिङ्ग) परिवर्तनको लेखाजोखा नगरीकन देखन सकिने किसिमका उत्पादनहरू (भाग ३९);
(४) प्लाष्टिकले अंशतः लेपित वा अंशतः आच्छादित र यस्तो उपचारको परिणामस्वरूप बनेका बुट्टाहरू भएका कपडाहरू (सामान्यतः भाग ५० देखि ५५, ५८, वा ६०);
(५) कपडा पदार्थ केवल सुदृढीकरणको प्रयोजनले राखिएको, कपडा पदार्थसँग संयोजित (कम्वाइन्ड) कोशमय (सेल्यूलर) प्लाष्टिकका पाता (प्लेट), चादर (शीट) वा पाटा (स्ट्रिप) (भाग ३९); वा
(६) शीर्षक ५८.११ को कपडा पदार्थका उत्पादनहरू।
(ख) शीर्षक ५६.०४ को, प्लाष्टिकले संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड), आच्छादित (कभर्ड) वा ढाकिएको (शिद्ड) धागो, पाटा (स्ट्रिप) वा यस्तै वस्तुबाट बनेका कपडाहरू;
३. शीर्षक ५९.०३ को प्रयोजनको लागि "प्लाष्टिकले पटलित कपडा" भन्नाले कपडाको एक वा धेरै तहलाई प्लाष्टिकको एक वा धेरै शीट वा फिल्मसँग जोडेर बनाइएका, क्रस-खण्डमा प्लाष्टिकका शीटहरू वा फिल्महरूलाई नाङ्गो आँखाले देखिने वा नदेखिने उत्पादनहरूलाई बुझाउँछ, जुन तहहरूलाई एकसाथ बाँध्ने कुनै प्रक्रियाद्वारा संयोजन (कम्बाइन) गरिएको हुन्छ।
४. शीर्षक ५९.०५ को प्रयोजनको लागि "कपडा पदार्थका भित्ताका आवरणहरू" (टेक्सटाइल वाल-कभरिङ्गस्) भन्ने उक्तिले बलियो पृष्ठाधार (ब्याकिङ्ग) मा जडिएको (फिक्स्ड), कपडा पदार्थको सतह (सर्फेस) भएको वा पृष्ठ भागमा उपचार गरिएको (टाँस्न वा पेस्ट गर्न सम्भव पार्न संसेचन वा लेपन गरिएको), भित्ता वा सिलिङ्ग सजाउन उपयुक्त, ४५ से.मि.मा नघट्ने गरी चौडाइ भएको, रोलमा भएको उत्पादनलाई जनाउँछ।
तर, कपडा पदार्थको भुवा (फ्लोक) वा धुलो (डस्ट) लाई सोझै कागतको पृष्ठाधार (ब्याकिङ्ग) मा (शीर्षक ४८.१४) वा कपडाको पृष्ठाधारमा (सामान्यतयः शीर्षक ५९.०७) मा जडान (फिक्स) गरिएका भित्ताका आवरणहरूको सम्बन्धमा यो शीर्षक लागू हुँदैन।
५. शीर्षक ५९.०६ को प्रयोजनको लागि "रबरयुक्त (रबराइज्ड) कपडा" भन्ने उक्तिले देहायका कपडालाई जनाउँछः-
(क) देहाय बमोजिमको रबरले संसेचित (इम्प्रिग्नेटेड), लेपित (कोटेड), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड) कपडा,
(१) तौलमा १,५०० ग्राम प्रति वर्गमिटरभन्दा बढी नभएको; वा
(२) तौलमा १,५०० ग्राम प्रति वर्गमिटरभन्दा बढी भएको र तौलको हिसाबले ५० प्रतिशतभन्दा बढी कपडा पदार्थ भएको।
(ख) रबरले संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड), आच्छादित (कभर्ड) वा ढाकिएको (शिद्ड) धागो, पाटा (स्ट्रिप) वा यस्तै वस्तुबाट बनेको, शीर्षक ५६.०४ को कपडा; र
(ग) रबरले एकत्रित गरिएको समानान्तर बुनिने धागोबाट रचना गरिएको, तिनको प्रति वर्गमिटर तौलको विचार नगरिएका कपडा।
तर, यो शीर्षक केवल सुदृढ पार्ने (रिइनफोर्सिङ्ग) उद्देश्यका लागि मात्र कपडाको विद्यमानता भएको, कपडायुक्त सेल्यूलर रबरका पाताहरू (प्लेट्स), चादरहरू (शीट्स) वा पट्टी (स्ट्रिप) को हकमा (भाग ४०), वा शीर्षक ५८.११ का कपडा पदार्थका उत्पादनहरू (टेक्सटाइल प्रोडक्ट्स) का हकमा लागू हुँदैन।
६. शीर्षक ५९.०७ देहायका वस्तुहरूमा लागू हुँदैनः-
(क) संसेचन, लेपन वा आच्छादनलाई नाङ्गो आँखाले देखन नसकिने कपडा (साधारणतया भाग ५० देखि ५५, ५८ वा ६०); यस व्यवस्थाको प्रयोजनका लागि रङ्गको परिणामिक (रिजल्टिङ्ग) परिवर्तनको लेखाजोखा गरिनु हुँदैन;
(ख) बुट्टा (डिजाइन) छापिएका कपडा (नाटकको लागि दृश्यावलीयुक्त छापिएको क्यानभास, स्टुडियोको पृष्ठपट (ब्याक क्लोथ) वा यस्तै सामानहरू बाहेक);
(ग) भुवा, धुलो कर्ककको धुलो र यस्तै पदार्थले अंशतः ढाकिएका र यस्तो उपचारको परिणामस्वरूप बुट्टाहरू धारण गर्ने कपडा; तर भुवादारी वा मखमली कपडाको अनुकृति (इमिटेशन) भने यसै शीर्षकमा वर्गीकरण हुनेछ;
(घ) श्वेतसरयुक्त (मंडिल) वा त्यस्तै तत्त्वको आधार (बेसिस) भएको सरेस (ड्रेसिङ्ग) द्वारा परिष्करण (फिनिस्ड) गरिएको कपडा;
(ङ) कपडाको पृष्ठाधार (ब्याकिङ्ग) मा काठको परत (भेनियर) लगाएको काठ (शीर्षक ४४.०८);
(च) कपडाको पृष्ठाधार (ब्याकिङ्ग) मा भएको प्राकृतिक वा कृत्रिम अपघर्षक (एब्रेसिभ) का धुलो वा दाना (शीर्षक ६८.०५);
(छ) कपडाको पृष्ठाधार (ब्याकिङ्ग) मा एकत्रित वा पुननिर्मित गरिएको अभ्रख (शीर्षक ६८.१४); वा
(ज) कपडाको पृष्ठाधार (ब्याकिङ्ग) मा भएको धातुका पन्नी (मेटल फ्वाइल) (सामान्यतया परिच्छेद १४ वा १५)।
७. देहायको सामानका सम्बन्धमा शीर्षक ५९.१० लागू हुँदैनः-
(क) ३ मि.मि. भन्दा कम मोटाइ भएको कपडा पदार्थको संप्रेषण (ट्रान्समिसन) वा बाहक (कन्भेयर) पट्टाहरू (बेल्टिङ्ग); वा
(ख) रबरद्वारा संसिक्त, लेपित, आच्छादित वा पटलित कपडाको वा रबरद्वारा संसिक्त, लेपित आच्छादित (कभर्ड) वा ढाकिएको (शिद्ड) कपडा पदार्थको धागो (यार्न) वा डोरी (कोर्ड) बाट बनेको संप्रेषण (ट्रान्समिसन) वा बाहक (कन्भेयर) का पेटी वा पट्टाहरू (शीर्षक ४०.१०)।
८. परिच्छेद ११ का अन्य कुनै पनि शीर्षकमा नपर्ने देहायका वस्तुहरूका सम्बन्धमा शीर्षक ५९.११ लागू हुन्छः-
(क) अदत वा गोटा गन्ती गर्न सकिने अवस्था (इन द पिस) मा भएको, लम्बाइमा काटेको वा चारकुने (वर्गाकार समेत) को आकारमा काटेको (शीर्षक ५९.०८ देखि ५९.१० सम्मका उत्पादनको लक्षण भएका बाहेकका) कपडा पदार्थका उत्पादनहरू, देहायका मात्रः
(१) रबर, छाला वा अन्य पदार्थले लेपित, आच्छादित वा पटलित, कार्ड क्लोदिङ्ग (कपास वा ऊन धुन्ने काम गर्ने यन्त्रमा प्रयोग हुने कपडा) निमित्त उपयोग गरिने खालको, कपडाहरू, जमोठ र जमोठको अस्तर हालिएका तानमा बुनिएका कपडाहरू, र अन्य प्राविधिक प्रयोजनमा उपयोग गरिने खालका यस्तै किसिमका कपडाहरू, वयनधुरी (विभिङ्ग स्पिण्डल) वा (विभिङ्ग बिम्स) लाई ढाक्ने काममा प्रयोग हुने रबर संसिक्त (इम्प्रिग्नेटेड्) मखमल (भेलभेट) को बनाइएको साँघुरा कपडाहरू (न्यारो फ्याब्रिक्स) समेत;
(२) बोल्टिङ्ग क्लोथ (छान्ने, परिशोधन गर्ने, स्क्रिन प्रिन्टिङ्ग गर्ने जस्ता काममा प्रयोग हुने रेशम वा संश्लेपित रेशाका छिद्रयुक्त कपडा);
(३) तेल पेल्ने यन्त्र (आयल प्रेस) वा यस्तैमा प्रयोग हुने खालको कपडा पदार्थको वा मानव रौं (ह्यूमन हेयर) को छान्ने वा चाल्ने कपडा (फिल्टरिङ्ग वा स्ट्रेनिङ्ग क्लोथ);
(४) यन्त्रमा वा अन्य यान्त्रिक प्रयोजनको लागि प्रयोग हुने खालका जमोठयुक्त, संसेचन वा लेपन भएका वा नभएका, बहुल (मल्टिपल) ताना वा बानायुक्त चौडा गरी तानमा बुनिएका (फ्ल्याट उभेन) कपडाहरू;
(५) प्राविधिक (टेक्निकल) प्रयोजनको लागि प्रयोग गरिने खालको धातुले सुदृढ (रिइनफोर्स) गरेका कपडाहरू;
(६) परिवेष्ठन (प्याकिङ्ग) वा स्नेहन (लुब्रिकेटिङ्ग) पदार्थको रूपमा उद्योगमा प्रयोग हुने खालको धातुले लेपन, संसेचन वा सुदृढीकरण गरेको वा नगरेको डोरी (कर्ड), चुल्ठे फित्ता (ब्रेडस) र यस्तै वस्तुहरू;
(ख) प्राविधिक (टेक्निकल) प्रयोजनको लागि प्रयोग हुने खालको (उदाहरणको लागि कागत बनाउने वा यस्तै यन्त्रहरू (जस्तै पल्प वा एस्वेस्टस-सिमेन्टका लागि) मा प्रयोग हुने खालका अन्तहीन (एण्डलेस) वा सम्बन्धन साधन (लिङ्किङ्ग डिभाइस) जडान भएको कपडा र जमोठ, गास्केट, वासर, चम्काउने चक्का (पोलिशिङ्ग डिस्क) र अन्य यान्त्रिक पुर्जाहरू जस्ता) कपडा पदार्थबाट तयार भएका वस्तुहरू (शीर्षक ५९.०८ देखि ५९.१० सम्मका बाहेक)।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ५८.०४ को कुरुसले बुनेको (क्रोशेड) आलङ्कारिक कपडा (लेस);
(ख) शीर्षक ५८.०७ को काँटाले बुनेको (निटेड) वा कुरुसले बुनेको (क्रोशेड) नामपत्र (लेबल), प्रतीक (ब्याज) वा यस्तै वस्तुहरू; वा
(ग) भाग ५९ को संसिक्त, लेपित (कोटेड्), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड्) काँटाले बुनेको (निटेड्) वा हुकले बुनेको (क्रोशेड्) कपडाहरू।
तर, संसिक्त, लेपित, आच्छादित वा पटलित निटेड् वा क्रोशेड् मखमली कपडा शीर्षक ६०.०१ मै वर्गीकरण हुन्छ।
२. धातुको धागोबाट बनेको र परिधान (पोशाक) को रूपमा प्रयोग हुने खालको, सजावटको कपडाको रूपमा प्रयोग हुने खालको वा यस्तै प्रयोजनको कपडा पनि यसै भागमा पर्दछन्।
३. यस अनुसूचीभरि नै "निटेड (काँटाले बुनेको)" वस्तुहरूको प्रसङ्गले कपडा पदार्थको धागोले श्रृङ्खला-सिलाई (चेन-स्टिच) गरिएको टाँकाले जोडेको (स्टिच बोण्डेड) सामानहरूको प्रसङ्गलाई पनि समेट्दछ।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक ६००५.३५ ले पोलिइथालिन एकल तन्तु (मोनोफिलामेण्ट) वा पोलिष्टर बहुलतन्तु (मल्टीफिलामेण्ट) को, ३० ग्राम प्रति वर्गमिटरभन्दा कम र ५५ ग्राम प्रति वर्गमिटरभन्दा बढी तौल नभएको, जाली (मेस) को आकार प्रति वर्ग सेन्टिमिटर २० छिद्र (होल) भन्दा कम र १०० छिद्र (होल) भन्दा बढी नभएको, तथा अल्फा-साइपरमेथ्रिन (आइएसओ), क्लोरफेनापार (आइएसओ), डेल्टामेथ्रिन (आइएनएन, आइएसओ), लाम्बदा-साइह्यालोथ्रिन (आइएसओ), परमेथ्रिन (आइएसओ) वा पाइरिमिफोस-मिथायल (आइएसओ) ले संसिक्त (इम्प्रिग्नेटेड) वा लेपित (कोटेड) कपडाहरूलाई समेट्दछ।
द्रष्टव्यहरूः
१. यो भाग काँटाले बुनेको वा कुरुसले बुनेको तयारी (मेडअप) वस्तुहरूको लागि मात्र लागू हुन्छ।
२. यस भागमा नपर्नेः
(क) शीर्षक ६२.१२ का सामानहरू;
(ख) शीर्षक ६३.०९ का पुराना (लगाएको) लुगाफाटा वा अन्य पुराना (लगाएको) सामानहरू; वा
(ग) विकलाङ्गता वा अङ्गभङ्गताको चिकित्सा सम्बन्धी (अर्थोपेडिक) उपकरणहरू, शल्यचिकित्सा सम्बन्धी पेटी (सर्जिकल वेल्ट), हर्नियाका बिमारीले प्रयोग गर्ने गद्दादार पेटीहरू (ट्रसेस) वा यस्तै वस्तुहरू (शीर्षक ९०.२१)।
३. शीर्षक ६१.०३ र ६१.०४ को प्रयोजनका लागिः
(क) "सुट" शब्दले दुई वा तीन थान (पिस) पोशाकहरू मिलेर बनेको, तिनको बाहिरी सतह (आउटर सरफेस) को हिसाबले, उस्तै कपडाबाट तयार गरिएको, पोशाकहरूको समूह (सेट) लाई जनाउँछ र यसमा देहायका सामान समाविष्ट गरिन्छन्ः-
एउटा सुट कोट वा ज्याकेट, जसको बाहिरी आवरण (आउटर सेल), बाहुलाहरू बाहेक, चार वा बढी टुक्रा (प्यानेल्स) बाट बनेको, शरीरको माथिल्लो भाग ढाक्नको लागि अभिकल्पित, सम्भवतः एउटा सिएको (टेलर्ड) वेष्टकोट पनि रहन्छ, जसको अगाडिको भाग उक्त सेटका अन्य अवयवहरूका बाहिरपट्टि (आउटर सरफेस) का कपडाजस्तै कपडाबाट र पछाडिको भाग चाहिँ सुट कोट वा ज्याकेटको भित्रीको जस्तै कपडाबाट बनेको हुन्छ; र
शरीरको तल्लो भाग ढाक्न अभिकल्पना (डिजाइन) गरिएको र ट्राउजर्स, ब्रिचेज वा शोर्ट (पौडी खेल्दा लगाउने बाहेकका घुँडाभन्दा तल नआउने पाइण्ट वा ट्राउजर), बाँध्ने वा कस्ने ईँजार वा पेटी (ब्रेस र विब) दुवै नभएको एउटा स्कर्ट
(जामा) वा एउटा डिभाइडेड् स्कर्ट (स्कर्टसँग मिल्ने खुकुलो सुरुवाल जस्तो पहिरन) भएको एउटा पोशाक।
"सुट"का सबै अवयवहरू समान बनोट, रङ्ग र रचना भएका कपडाको हुनै पर्दछ; तिनको शैली (स्टाइल) पनि समान हुनु पर्दछ र नाप (साइज) पनि एक अर्कोसँग मिल्दो र अनुकूलित हुनै पर्दछ।
तर, ती अवयवहरूका जोर्नीहरूमा फरक कपडाको पाइपिङ्ग वा सज्ञाप लगाइएको हुन सक्छ।
यदि शरीरको तल्लो भाग ढाक्ने प्रयोजनका विभिन्न छुट्टाछुट्टै अवयवहरू एकैसाथ प्रस्तुत हुन आउँछन् भने (उदाहरणतः दुई जोर ट्राउजर वा ट्राउजर र शोर्ट, वा स्कर्ट वा डिभाइडेड् स्कर्ट र ट्राउजर), तल्लो भागका कपडाहरूमा एकजोर ट्राउजर वा, जनाना वा केटीको सुटको हकमा, स्कर्ट वा डिभाइडेड् स्कर्ट हुनेछ। अन्य पोशाकहरूलाई छुट्टै रूपमा व्यवहार गरिनेछ।
माथिका सम्पूर्ण सर्तहरू पूरा गरे वा नगरे पनि "सुट" शब्दले देहायका पोशाकहरूको समूह (सेट) हरूलाई समेट्दछः-
प्रातः कालीन पोशाक, पछाडि तलसम्म लर्कने बाटुलो पृष्ठभाग भएको सादा ज्याकेट (कटअवे) तथा धर्कायुक्त ट्राउजर भएको;
सायंकालीन पोशाक (टेलकोट), साधारणतया कालो कपडाबाट बनेको, अगाडिपट्टि तुलनात्मक रूपमा छोटो, बन्द नहुने, नितम्ब भागमा कातिएको र पछाडिपट्टि झुण्डिने, नजिकै नभएका र साँघुरा स्कर्टहरू भएको ज्याकेट;
डिनर ज्याकेट सुटहरू, ज्याकेटको शैली साधारण ज्याकेट सरह भएको (यद्यपि कमिजको अगाडिको अधिकांश भाग देखिने गरी शायद खुला रहने), तर ल्यापेल (घाँटी मुनिको दुवैतर्फ दोबारिने भाग) भने चम्किलो रेशम वा अनुकृत रेशमको भएको।
(ख) "अन्सब्ल" भन्ने शब्दले पोशाकहरूको (सुटहरू र शीर्षक ६१.०७, ६१.०८ वा ६१.०९ का वस्तुहरू बाहेक) त्यस्तो समूहलाई जनाउँछ जसमा समान रूपको कपडाबाट बनेका, खुद्रा बिक्रीको लागि राखिएका, विभिन्न पोशाकहरू हुन्छन् र तिनमा देहायका वस्तुहरू समावेश हुन्छन्ः-
(यसले दोस्रो ऊर्ध्व पोशाकको रूपमा रहेको दोहोरो सेटको अर्थ दिन सक्छ), र वेष्टकोट (यसले पनि दोस्रो ऊर्ध्व पोशाकको काम गर्दछ), र
अन्सब्लका सबै अवयवहरू समान बनोट, शैली, रङ्ग र रचना भएका कपडाको हुने पर्दछ; तिनीहरूको नाप पनि एक अर्कासँग मिल्दो वा अनुकूलित हुने पर्दछ।
"अन्सब्ल" शब्द शीर्षक ६१.१२ को ट्र्याक सुट वा स्की सुटको हकमा लागू हुँदैन।
४. शीर्षकहरू ६१.०५ र ६१.०६ ले कम्मर मुनि खल्ती भएका, करङ्गदार कम्मर बन्धन (रिब्ड वेस्टब्याण्ड) भएका वा पोशाकको तल्लो भागमा कस्ने अन्य साधन भएका वा कम्तीमा १० से.मि. × १० से.मि. नापको क्षेत्रमा गणना गर्दा लम्बाइतर्फमा प्रति दिशा (डिरेक्सन) मा प्रति से.मि. मा सरदर १० टाँकाभन्दा कम सिलाई भएका पोशाकहरूलाई समावेश गर्दैनन्। शीर्षक ६१.०५ ले बाहुला नभएका (स्लिभलेस) पोशाकहरूलाई समावेश गर्दैन।
"शर्टहरू" र "शर्ट-ब्लाउजहरू" घाँटीको घेराबाट प्रारम्भ हुने आंशिक वा पूरा खुला भएका लामा वा छोटा बाहुला सहितका शरीरको माथिल्लो भाग ढाक्नको लागि रूपाङ्कित (डिजाइण्ड) पोशाकहरू हुन्। "ब्लाउजहरू" पनि शरीरको माथिल्लो भाग ढाक्नको लागि रूपाङ्कित नकसिने (लुज-फिटिङ्ग) पोशाकहरू हुन् तर यिनीहरू बाहुला नभएका र घाँटीको घेरामा खुला भएका वा नभएका हुन सक्छन्। "शर्ट", "शर्ट-ब्लाउजहरू" र "ब्लाउजहरू" को कलर (कठालो) पनि हुन सक्छ।
५. शीर्षक ६१.०९ ले पोशाकको छेउ (बटम) मा इँजार, करङ्गदार कम्मर बन्धन वा अन्य कस्न हुने (टाइटेनिङ्ग) साधन भएका पोशाकहरूलाई समावेश गर्दैन।
६. शीर्षक ६१.११ को प्रयोजनको लागिः
(क) "बच्चाहरूका पोशाक र परिधान सहायकहरू" (बेबिज गार्मेन्ट्स एण्ड क्लोदिङ्ग एक्सेसरिज) भन्नाले शरीरको उचाइ ८६ से.मि. भन्दा बढी नभएका साना केटाकेटीहरू निमित्तको सामानहरूलाई जनाउँछ;
(ख) प्रथम दृष्टिमा शीर्षक ६१.११ र यस भागका अन्य शीर्षकहरू दुवैमा वर्गीकरण गर्न सकिने खालका वस्तुहरूलाई शीर्षक ६१.११ मै वर्गीकरण गरिनेछ।
७. शीर्षक ६१.१२ को प्रयोजनको लागि "स्की सुटहरू" भन्नाले सामान्य रूप (एपिरेन्स) र बनावट (टेक्सचर) ले मुख्य रूपमा स्किइङ्ग (क्रसकन्ट्री वा अल्पाइन) गर्दा लगाउनका निमित्त लक्षित (इन्टेडेड) हो भनी पहिचान हुन सक्ने खालका पोशाक वा पोशाकको समूह (सेट) लाई जनाउँछ। ती देहाय बमोजिम कुनै एक अनुसार हुन सक्छन्ः-
(क) "स्की ओभर अल" अर्थात शरीरको माथिल्लो र तल्लो भाग ढाक्ने गरी अभिकल्पित (डिजाइन) गरिएको एउटै सिङ्गो (वन पिस) पोशाक; बाहुला र कठालो (कलर) का अतिरिक्त "स्किओभर अल" मा खल्तीहरू र फुटस्ट्रैप (खुट्टामा बाँध्ने लोता) हुन सक्छन्; वा
(ख) "स्की अन्सब्ल" अर्थात् दुई वा तीन थान पोशाक भएको, खुद्रा बिक्रीको लागि राखिएको, देहाय बमोजिम भएको पोशाकहरूको समूह (सेट)ः
अनोराक (भुवादारी कोट), विण्डचिटर, विण्डज्याकेट वा यस्तै वस्तुको एउटा पोशाक, जसलाई स्लाइड फास्नर (जिप्पर) ले बन्द गरिन्छ। साथमा एउटा वेस्टकोट पनि हुन सक्छ, र
कम्मरभन्दा माथिसम्म पुग्ने वा नपुग्ने एक जोडी ट्राउजर, एक जोडी ब्रिचेज वा एउटा विब र ब्रेस ओभरअल।
"स्की अन्सब्ल"मा माथि अनुच्छेद (क) मा उल्लेख गरे जस्तो एउटा ओभरअल र त्यस ओभरअल माथि लगाउने गद्दादार बाहुला नहुने खालको ज्याकेट पनि समावेश हुन सक्छ।
"स्की अन्सब्ल"का सम्पूर्ण अवयवहरू समान बनोट, शैली, र रचना भएका कपडाबाट तयार भएको हुनै पर्दछ एउटै बनोट शैली र रचनाको कपडाबाट बनाइएको हुनु पर्दछ र त्यसमा एउटै रङ्गको हुन वा नहुन सक्छ; तिनको नाप (साइज) पनि एक अर्कोसँग मिल्दो र अनुकूलित हुनै पर्दछ।
८. प्रथम दृष्टिमा शीर्षक ६१.१३ र यस भागको शीर्षक ६१.११ बाहेकका अन्य शीर्षकहरूमा वर्गीकरण गर्न सकिने पोशाकहरूलाई शीर्षक ६१.१३ मै वर्गीकरण गरिनेछ।
९. दाहिने माथि देब्रे पारी अगाडिपट्टि बन्द गरी लगाउने गरी अभिकल्पना (डिजाइन) गरिएका यस भागका पोशाकहरू (गार्मेन्टस्) लाई पुरुषको वा केटाको पोशाकहरू मानिनेछ, र देब्रे माथि दाहिने पारी अगाडि बन्द गरी लगाउने गरी अभिकल्पना (डिजाइन) गरिएका पोशाकहरूलाई महिलाको वा केटीको पोशाक मानिनेछ। जहाँ पोशाकको कटाई वा छाँट (कट) ले नै स्पष्ट रूपले नै पुरुषको वा महिलाको पोशाक भनी पहिचान हुन्छ, त्यहाँ यी व्यवस्थाहरू लागू हुने छैनन्।
यस भागमा भएका पुरुष वा केटाको पोशाक वा महिला वा केटीको पोशाक भनी चिन्न वा छुट्याउन नसकिने पोशाकहरूलाई महिलाको वा केटीको पोशाक समावेश गर्ने शीर्षकहरूमा वर्गीकरण गरिनु पर्दछ।
१०. यस भागमा वस्तुहरू धातुको धागोबाट बनेका हुन सक्तछन्।
द्रष्टव्यहरू
१. काँटाले बुनेका (निटेड) वा कुरुसले बुनेका (क्रोशेड्) कपडालाई छाडेर (शीर्षक ६२.१२ का बाहेक) गद्दा (वाडिङ्ग) बाहेकका जुनसुकै किसिमका कपडाबाट बनाइएका तयारी (मेडअप) वस्तुहरूको हकमा मात्र यो भाग लागू हुन्छ।
२. यस भागमा नपर्नेः
(क) शीर्षक ६३.०९ का पुराना (लगाएको) लुगाफाटा वा अन्य पुराना (लगाएको) सामानहरू; वा
(ख) विकलाङ्गता वा अङ्गभङ्गताको चिकित्सा सम्बन्धी (अर्थोपेडिक) उपकरणहरू, शल्यचिकित्सा सम्बन्धी पेटी (सर्जिकल वेल्ट), हर्नियाका बिमारीले प्रयोग गर्ने गद्दादार पेटीहरू (ट्रसेस) वा यस्तै वस्तुहरू (शीर्षक ९०.२१)।
३. शीर्षक ६२.०३ र ६२.०४ को प्रयोजनका लागिः
(क) "सुट" शब्दले दुई वा तीन थान (पिस) पोशाकहरू मिलेर बनेको, तिनको बाहिरी सतह (आउटर सरफेस) को हिसाबले, उस्तै कपडाबाट तयार गरिएको, पोशाकहरूको समूह (सेट) लाई जनाउँछ र यसमा देहायका सामान समाविष्ट गरिन्छन्ः-
एउटा सुट कोट वा ज्याकेट, जसको बाहिरी आवरण (आउटर सेल), बाहुलाहरू बाहेक, चार वा बढी टुका (प्यानेल्स) बाट बनेको, शरीरको माथिल्लो भाग ढाक्नको लागि अभिकल्पित, सम्भवतः एउटा सिएको (टेलर्ड) वेष्टकोट पनि रहन्छ, जसको अगाडिको भाग उक्त सेटका अन्य अवयवहरूका बाहिरपट्टि (आउटर सरफेस) का कपडाजस्तै कपडाबाट र पछाडिको भाग चाहिँ सुट कोट वा ज्याकेटको भित्रीको जस्तै कपडाबाट बनेको हुन्छ; र
शरीरको तल्लो भाग ढाक्न अभिकल्पना (डिजाइन) गरिएको र ट्राउजर्स, ब्रिचेज वा शोर्ट (पौडी खेल्दा लगाउने बाहेकका घुँडाभन्दा तल नआउने पाइण्ट वा
ट्राउजर), बाँध्ने वा कस्ने इँजार वा पेटी (ब्रेस र विब) दुवै नभएको एउटा स्कर्ट (जामा) वा एउटा डिभाइडेड् स्कर्ट (स्कर्टसँग मिल्ने खुकुलो सुरुवाल जस्तो पहिरन) भएको एउटा पोशाक।
"सुट"का सबै अवयवहरू समान बनोट, रङ्ग र रचना भएका कपडाको हुनै पर्दछ; तिनको शैली (स्टाइल) पनि समान हुनु पर्दछ र नाप (साइज) पनि एक अर्कोसँग मिल्दो र अनुकूलित हुनै पर्दछ।
तर, ती अवयवहरूका जोर्नीहरूमा फरक कपडाको पाइपिङ्ग वा सज्जाप लगाइएको हुन सक्छ।
यदि शरीरको तल्लो भाग ढाक्ने प्रयोजनका विभिन्न छुट्टाछुट्टै अवयवहरू एकैसाथ प्रस्तुत हुन आउँछन् भने (उदाहरणतः दुई जोर ट्राउजर वा ट्राउजर र शोर्ट, वा स्कर्ट वा डिभाइडेड् स्कर्ट र ट्राउजर), तल्लो भागका कपडाहरूमा एकजोर ट्राउजर वा, जनाना वा केटीको सुटको हकमा, स्कर्ट वा डिभाइडेड् स्कर्ट हुनेछ। अन्य पोशाकहरूलाई छुट्टै रूपमा व्यवहार गरिनेछ।
माथिका सम्पूर्ण सर्तहरू पूरा गरे वा नगरे पनि "सुट" शब्दले देहायका पोशाकहरूको समूह (सेट) हरूलाई समेट्दछः-
प्रातःकालीन पोशाक, पछाडि तलसम्म लर्कने बाटुलो पृष्ठभाग भएको सादा ज्याकेट (कटअवे) तथा धर्कायुक्त ट्राउजर भएको;
सायंकालीन पोशाक (टेलकोट), साधारणतया कालो कपडाबाट बनेको, अगाडिपट्टि तुलनात्मक रूपमा छोटो, बन्द नहुने, नितम्ब भागमा काटिएको र पछाडिपट्टि झुण्डिने, नजिकै नभएका र साँघुरा स्कर्टहरू भएको ज्याकेट;
डिनर ज्याकेट सुटहरू, ज्याकेटको शैली साधारण ज्याकेट सरह भएको (यद्यपि कमिजको अगाडिको अधिकांश भाग देखिने गरी शायद खुला रहने), तर ल्यापेल (घाँटी मुनिको दुवैतर्फ दोबारिने भाग) भने चम्किलो रेशम वा अनुकृत रेशमको भएको।
(ख) "अन्सब्ल" भन्ने शब्दले पोशाकहरूको (सुटहरू र शीर्षक शीर्षक ६२.०७ वा ६२.०८ का वस्तुहरू बाहेक) त्यस्तो समूहलाई जनाउँछ जसमा समान रूपको
कपडाबाट बनेका, खुद्रा बिक्रीको लागि राखिएका, विभिन्न पोशाकहरू हुन्छन् र तिनमा देहायका वस्तुहरू समावेश हुन्छन्ः-
शरीरको माथिल्लो (ऊर्ध्व) भाग ढाक्नको लागि अभिकल्पित (डिजाइन) गरिएको एउटा पोशाक, अपवादको रूपमा वेष्टकोट जसले दोस्रो ऊर्ध्व पोशाकको काम पनि गर्न सक्छ, र
एक वा दुई भिन्न पोशाकहरू, शरीरको अधो भाग ढाक्नको लागि अभिकल्पित ट्राउजरहरू, विब र ब्रेस ओभरअल ब्रिचेज, शर्टस (पौडी खेल्दा लगाउने बाहेक), स्कर्ट वा डिभाइडेड स्कर्टहरू।
अन्सब्लका सबै अवयवहरू समान बनोट, शैली, रङ्ग र रचना भएका कपडाको हुनै पर्दछ; तिनीहरूको नाप पनि एकअर्कासँग मिल्दो वा अनुकूलित हुनै पर्दछ। "अन्सब्ल" शब्द शीर्षक ६२.११ को ट्र्याक सुट वा स्कि सुटको हकमा लागू हुँदैन।
४. शीर्षकहरू ६२.०५ र ६२.०६ ले कम्मर मुनि खल्ती भएका, करङ्गदार कम्मर बन्धन (रिब्ड वेस्टब्याण्ड) भएका वा पोशाकको तल्लो भागमा कस्ने अन्य साधन भएका पोशाकहरूलाई समावेश गर्दैनन्। शीर्षक ६२.०५ ले बाहुला नभएका (स्लिभलेस) पोशाकहरूलाई समावेश गर्दैन।
"शर्टहरू" र "शर्ट-ब्लाउजहरू" घाँटीको घेराबाट प्रारम्भ हुने आंशिक वा पूरा खुला भएका लामा वा छोटा बाहुला सहितका शरीरको माथिल्लो भाग ढाक्नको लागि रूपाङ्कित (डिजाइन्ड) पोशाकहरू हुन्। "ब्लाउजहरू" पनि शरीरको माथिल्लो भाग ढाक्नको लागि रूपाङ्कित नकसिने (लुज-फिटिङ्ग) पोशाकहरू हुन् तर यिनीहरू बाहुला नभएका र घाँटीको घेरामा खुला भएका वा नभएका हुन सक्छन्। "शर्ट","शर्ट-ब्लाउजहरू" र "ब्लाउजहरू" को कलर (कठालो) पनि हुन सक्छ।
५. शीर्षक ६२.०९ को प्रयोजनको लागिः
(क) "बच्चाहरूका पोशाक र परिधान सहायकहरू" (बेबिज गार्मेन्ट्स एण्ड क्लोदिङ्ग एक्सेसरिज) भन्नाले शरीरको उचाइ ८६ से.मि. भन्दा बढी नभएका साना केटाकेटीहरू निमित्तका सामानहरूलाई जनाउँछ;
(ख) प्रथम दृष्टिमा, शीर्षक ६२.०९ र यस भागका अन्य शीर्षकहरू समेत दुवैमा वर्गीकरण गर्न सकिने खालका वस्तुहरूलाई शीर्षक ६२.०९ मा नै वर्गीकरण गरिनेछ।
६. प्रथम दृष्टिमा शीर्षक ६२.१० र यस भागका शीर्षक ६२.०९ बाहेकका अन्य शीर्षकहरू दुवैमा वर्गीकरण गर्न सकिने खालका वस्तुहरूलाई शीर्षक ६२.१० मा नै वर्गीकरण गरिनेछ।
७. शीर्षक ६२.११ को प्रयोजनको लागि "स्की सुटहरू" भन्नाले सामान्य रूप (एपिरेन्स) र बनावट (टेक्सचर) ले मुख्य रूपमा स्किइङ्ग (क्रसकन्ट्री वा अल्पाइन) गर्दा लगाउनका निमित्त लक्षित (इन्टेडेड) हो भनी पहिचान हुन सक्ने खालका पोशाक वा पोशाकको समूह (सेट) लाई जनाउँछ। ती देहाय बमोजिम कुनै एक अनुसार हुन सक्छन्ः-
(क) "स्की ओभर अल" अर्थात शरीरको माथिल्लो र तल्लो भाग ढाक्ने गरी अभिकल्पित (डिजाइन) गरिएको एउटै सिङ्गो (वन पिस) पोशाक; बाहुला र कठालो (कलर) का अतिरिक्त "स्किओभर अल" मा खल्तीहरू र फुटस्ट्राप (खुट्टामा बाँध्ने लोता) हुन सक्छन्; वा
(ख) "स्कि अन्सब्ल" अर्थात् दुई वा तीन थान पोशाक भएको, खुद्रा बिक्रीको लागि राखिएको, देहाय बमोजिम भएको पोशाकहरूको समूह (सेट)ः
अनोराक (भुवादारी न्यानो कोट), विण्डचिटर, विण्डज्याकेट वा यस्तै वस्तुको एउटा पोशाक, जसलाई स्लाइड फास्नर (जिप्पर) ले बन्द गरिन्छ। साथमा एउटा वेस्टकोट पनि हुन सक्छ, र
कम्मरभन्दा माथिसम्म पुग्ने वा नपुग्ने एक जोडी ट्राउजर, एक जोडी ब्रिचेज वा एउटा विब र ब्रेस ओभरअल।
"स्की अन्सब्ल"मा माथि अनुच्छेद (क) मा उल्लेख गरे जस्तो एउटा ओभरअल र त्यस ओभरअलमाथि लगाउने गद्दादार बाहुला नहुने खालको ज्याकेट पनि समावेश हुन सक्छ।
"स्की अन्सब्ल"का सम्पूर्ण अवयवहरू समान बनोट, शैली, र रचना भएका कपडाबाट तयार भएको हुनै पर्दछ एउटै बनोट शैली र रचनाको कपडाबाट
बनाइएको हुनु पर्दछ र त्यसमा एउटै रङ्गको हुन वा नहुन सक्छ; तिनको नाप (साइज) पनि एक अर्कोसँग मिल्दो र अनुकूलित हुनै पर्दछ।
८. स्कार्भ र स्कार्भ जस्ता वर्गाकार वा झण्डै वर्गाकार (एप्रोक्समेट्ली स्क्वायर) वस्तुहरू, जसको कुनै पनि किनारा (साइड) ६० से.मि. भन्दा बढी हुँदैन, लाई हाते रुमाल (ह्याण्डकरचिफ) का रूपमा वर्गीकरण गरिनु पर्दछ (शीर्षक ६२.१३)। कुनै पनि किनारा (साइड) ६० से.मि. भन्दा बढी भएका हाते रुमाल (ह्याण्डकरचिफ) लाई शीर्षक ६२.१४ मा वर्गीकरण गरिनेछ।
९. दाहिने माथि देब्रे पारी अगाडिपट्टि बन्द गरी लगाउने गरी अभिकल्पना (डिजाइन) गरिएका यस भागका पोशाकहरू (गार्मेन्टस) लाई पुरुषको वा केटाको पोशाकहरू मानिनेछ, र देब्रे माथि दाहिने पारी अगाडि बन्द गरी लगाउने गरी अभिकल्पना (डिजाइन) गरिएका पोशाकहरूलाई महिलाको वा केटीको पोशाक मानिनेछ। जहाँ पोशाकको कटाई वा छाँट (कट) ले नै स्पष्ट रूपले नै पुरुषको वा महिलाको पोशाक भनी पहिचान हुन्छ, त्यहाँ यी व्यवस्थाहरू लागू हुने छैनन्।
यस भागमा भएका पुरुष वा केटाको पोशाक वा महिला वा केटीको पोशाक भनी चिन्न वा छुट्ट्याउन नसकिने पोशाकहरूलाई महिलाको वा केटीको पोशाक समावेश गर्ने शीर्षकहरूमा वर्गीकरण गरिनु पर्दछ।
१०. यस भागमा वस्तुहरू धातुको धागोबाट बनेका हुन सक्तछन्।
द्रष्टव्यहरूः
१. उपभाग १ कुनै पनि कपडाका तयारी वस्तुहरूको हकमा लागू हुन्छ।
२. उपभाग १ अन्तर्गत नपर्नेः
(क) भाग ५६ देखि ६२ सम्मका वस्तुहरू; वा
(ख) शीर्षक ६३.०९ का पुराना वा लगाएका लुगाफाटा वा कपडाका अन्य पुराना वा लगाएका वस्तुहरू।
३. शीर्षक ६३.०९ देहायका सामानहरूको हकमा मात्र लागू हुन्छः
(क) कपडा पदार्थका वस्तुहरुः
(१) लुगाफाटा र परिधान सहायकहरू, र तिनका अंश (पार्ट) हरू;
(२) कम्बल (ब्लाङ्केट) हरू र यात्राका रगहरू (ट्राभेलिङ्ग रग) हरू;
(३) ओछ्यानका कपडा (बेडलिनेन), टेबुलपोश, स्नानागारका कपडाहरू (ट्वाइलेट लिनेन) र भान्साका कपडाहरू (किचेन लिनेन);
(४) शीर्षक ५७.०१ देखि ५७.०५ सम्मका गलैंचा (कार्पेट) हरू र शीर्षक ५८.०५ का चित्राकृतियुक्त कपडा (ट्यापेस्ट्री) बाहेकका, सजावट (फर्निसिङ्ग) का वस्तुहरू।
(ख) एस्वेस्टस बाहेक जुनसुकै पदार्थका पाउपोश (फुटवियर) र शिरपोश (हेडगियर)।
यस शीर्षकमा वर्गीकरण हुनका लागि, माथि उल्लेख भएका वस्तुहरूले देहायका दुवै आवश्यकता पूरा गरेको हुनै पर्दछः
(१) तिनमा लगाइसकेको वा प्रयोग भइसकेको भनेर चिनिने प्रष्ट चिन्ह वा सङ्केत हुनै पर्दछ, र
(२) तिनलाई थोक वा ठूलो परिमाणमा वा गाँठ, बोरा वा यस्तै संपुटन (प्याकिङ्ग) मा प्रस्तुत गरिएको हुनै पर्दछ।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक ६३०४.२० ले अल्फा-साइपरमेथ्रिन (आइएसओ), क्लोरोफेनापार (आइएसओ), डेल्टामेथ्रिन (आइएनएन, आइएसओ), लाम्बदा-साइहृालोथ्रिन (आइएसओ), परमेथ्रिन (आइएसओ) वा पाइरिमिफोस-मिथायल (आइएसओ) ले संसिक्त (इम्प्रिग्नेटेड) वा लेपित (कोटेड) तानाको दिशामा काँटाले बुनिएका (वार्प निट) कपडाहरूबाट निर्मित सामानहरूलाई समेट्दछ।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) धेरै पातलो पदार्थका (उदाहरणतः कागत, प्लाष्टिकको पन्नी) एक पटक मात्र प्रयोग गरिने (डिस्पोजेबल), तलुवाहरू नजोडिएका पाउ वा जुत्ताका आवरणहरू (कभरिङ्स)। यी उत्पादनहरू तिनका अवयवी (कन्स्टिच्यूएण्ट) पदार्थ अनुसार वर्गीकरण गरिन्छन्;
(ख) टाँसेर, सिएर, वा अन्य किसिमबाट जुत्ताको माथिल्लो भागकासाथ बाहिरी तलुवा नजोडिएको वा प्रयुक्त नभएको कपडा पदार्थ (टेक्सटाइल म्याटेरियल) को पाउपोश (परिच्छेद ११);
(ग) शीर्षक ६३.०९ को प्रयोग भइसकेको पाउपोश;
(घ) एस्बेस्टोस (अश्मतन्तु) का वस्तुहरू (शीर्षक ६८.१२);
(ङ) बिकृताङ्ग उपचारी (अर्थोपेडिक) पाउपोश वा अन्य बिकृताङ्ग उपचारी उपकरणहरू, वा तिनका अंश (पार्ट) हरू (शीर्षक ९०.२१); वा
(च) खेलौना पाउपोश (ट्वाई फुटवियर) वा हिउँ वा चिल्लो कडा जमीनमा चिप्लेटी खेल्ने पाता वा गुड्ने कुरा समेत भएको स्केटिंग बुटहरू; फुटबल खेल्दा नलिखुट्टाको सुरक्षाको लागि लगाइने वस्तु (शिन-गार्ड) वा यस्तै खालका खेलकुदका सुरक्षात्मक वस्तुहरू (स्पोर्टसवेयर) (भाग ९५)।
२. शीर्षक ६४.०६ को प्रयोजनको लागि "पार्टपुर्जाहरू" भन्ने शब्दले किलाहरू (पेग्स), जुत्ताका संरक्षी (प्रोटेक्टर्स), आइलेटहरू (फित्ता छिराउने साना प्वालहरू), अङ्कुसे (हुक्स), खिपहरू (बकल्स), अलंकरणहरू (अर्नामिण्टस), लोता (ब्रेड्स), तुना (लेस),
आलङ्कारिक फुर्कोहरू (पम्पोन्स) वा अन्य सजावटका वस्तुहरू (ट्रिमिङ्स) लाई जनाउँदैन (यी वस्तुलाई यिनका उपयुक्त शीर्षकहरूमा वर्गीकरण गर्नु पर्दछ)। यसै गरी शीर्षक ९६.०६ का टाँकहरू (बटन्स) वा अन्य वस्तुहरू समेत पार्टपुर्जा अन्तर्गत पर्दैनन्।
३. यस भागको प्रयोजनको लागिः
(क) "रबर" तथा "प्लाष्टिक" शब्दले नाङ्गा आँखाले देख्न सकिने गरी रबर वा प्लाष्टिकको बाहिरी तह चढाइएको तानमा बुनिएको कपडा वा अन्य कपडाका उत्पादनलाई समेट्दछ; यस व्यवस्थाको प्रयोजनका लागि, रङ्गको परिणामस्वरूप हुने परिवर्तनलाई गणना गरिनु हुँदैन; र
(ख) "छाला" (लेदर) शब्दले शीर्षक ४१.०७ र ४१.१२ देखि ४१.१४ सम्मका वस्तुहरूलाई जनाउँछ।
४. यस भागको द्रष्टव्य ३ का अधीनमा रहीः
(क) सहायक वस्तुहरू (एक्सेसरिज) वा सुदृढ गर्ने वस्तुहरू (रिइनफोर्समेण्ट्स्) जस्तै याङ्कल प्याचेज, घेरा (एजिङ्ग), सजावटका वस्तु (अर्नामेण्टेशन), खिप, ट्याब्स, आइलेट स्टेस (जुत्ताको प्वालको धातु वा यस्तै पदार्थको घेरो) वा यस्तै उपाङ्गहरू (एट्याचमेण्ट) को गणना नगरी सर्वाधिक बाहिरी सतहको क्षेत्र भएको जुत्ताको मास्तिरको भागको पदार्थलाई जुत्ताको अंगिभूत (कन्स्टिच्यूएण्ट) पदार्थको रूपमा लिइनेछ;
(ख) सहायक वस्तुहरू (एक्सेसरिज) वा सुदृढ गर्ने वस्तुहरू (रिइनफोर्समेण्टस), जस्तै स्पाइक (जुत्ताको तलुवामा ठोक्ने काँटा वा फलामे छेका), बारहरू, किला (नेल्स), प्रोटेक्टर (रक्षक वस्तु) हरू वा यस्तै उपांगहरू (एट्याचमेण्टस्) को लेखाजोखा नगरी सर्वाधिक सतही क्षेत्र जमीनसँग सम्पर्क (कन्ट्याक्ट) हुने पदार्थलाई बाहिरी तलुवाको अंगीभूत (कन्स्टिच्यूएण्ट) पदार्थको रूपमा लिइनेछ।
उपशीर्षक द्रष्टव्यः
१. उपशीर्षक ६४०२.१२, ६४०२.१९, ६४०३.१२, ६४०३.१९ र ६४०४.११ को प्रयोजनको लागि "खेलकुदका पाउपोश" भन्ने उक्ति देहायका अवस्थामा मात्र लागू हुन्छः
(क) खेलकुदको क्रियाकलापको लागि अभिकल्पना (डिजाइन) गरेको र स्पाइक, स्प्रिग (टाउको नभएको कीलो), स्टोप्स, क्लिप, बार वा यस्तै उपाङ्ग भएको वा सोको लागि व्यवस्था भएको पाउपोश;
(ख) स्केटिङ्ग बुटहरू, स्कि बुटहरू र क्रस-कन्ट्री स्किको पाउपोश, स्नोबोर्ड बुटहरू, कुस्तीका बुटहरू, बक्सिङका बुटहरू र साइक्लिङका जुत्ताहरू।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ६३.०९ को लगाएको पुरानो (वोर्न) शिरपोश (हेडगियर);
(ख) एस्बेस्टोस (अश्मतन्तु) को शिरपोश (शीर्षक ६८.१२); वा
(ग) भाग ९५ का पुतली (डल्स) को टोप (ह्याट), अन्य खेलौनाका टोपहरू (ह्याट्स) वा जात्रा-पर्व (मनोरञ्जन-मेला वा कार्निभल) मा लगाइने वस्तुहरू।
२. शीर्षक ६५.०२ मा सर्पिल शिखर वा कुण्डली (स्पाइरल) पारी पट्टी (स्ट्रिप्स) हरूलाई सिएर मात्र बनेको टोप-आकृति (ह्याट शेप) बाहेक सिएर तयार गरिएका टोप-आकृति (ह्याट-शेप) समावेश हुँदैन।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) मापन लठ्ठी (मिजर वाकिङ् स्टिक) वा यस्तै वस्तु (शीर्षक ९०.१७);
(ख) अग्न्यास्त्र लठ्ठी (फायरआर्म-स्टिक), गुप्ती वा भित्रपट्टी तरबार वा यस्तै हतियार राख्न हुने गरी बनाइएको लठ्ठी (शोर्ड-स्टिक), लोडेड् वाकिङ् स्टिक वा यस्तै वस्तुहरू (भाग ९३); वा
(ग) भाग ९५ का वस्तुहरू (उदाहरणको लागि खेलौना छाता, खेलौना घाम छेक्ने छाता (सन-अम्ब्रेला)।
२. शीर्षक ६६.०३ मा कपडा पदार्थका अंशहरू (पार्टस्), शोभोपकरण (ट्रिमिङ्ग) वा सहायक वस्तुहरू, वा कुनै पनि पदार्थका खोलहरू (कभर्स), झलर वा फुर्काहरू (ट्यासेल), छालाको डोरी (थोङ्ग), छाताको खोल वा यस्तै वस्तुहरू पर्दैनन्। यस्ता वस्तुहरू शीर्षक ६६.०१ वा ६६.०२ का वस्तुहरूका साथमै प्रस्तुत हुन आएका तर ती वस्तुमा जडान (फिटेड्) नभएका भएमा तिनलाई छुट्टै वर्गिकरण गरिनु पर्दछ र ती वस्तुहरूको अंश (पार्ट) को रूपमा मान्नु हुँदैन।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) मानिसको रौंबाट बनेको छान्ने र चाल्ने कपडा (शीर्षक ५९.११);
(ख) आलङ्कारिक कपडा (लेस) को वा कार्चोपी (इम्ब्रोइडरी) को फूलबुट्टे रुपाकृति (फ्लोरल मोटिफ्स) वा अन्य कपडा (परिच्छेद ११);
(ग) पाउपोश (भाग ६४);
(घ) शिरपोश र केश जाली (हेयर-नेट्स) हरू (भाग ६५);
(ङ) खेलौनाहरू, खेलकुदका आवश्यक वस्तु (स्पोर्टस रिक्विजिट) वा मेलापर्वका वस्तुहरू (भाग ९५); वा
(च) प्वाँखहरूको धूलिमार्ज (डस्टर), पाउडर-पफ वा रौंबाट बनेको चाल्नो (हेयर सिभ) (भाग ९६)।
२. शीर्षक ६७.०१ अन्तर्गत नपर्नेः
(क) प्वाँख वा प्वाँखका भुवाहरू भराई (फिलिङ्ग) वा गद्दा (प्याडिङ्ग) मात्रको रूपमा प्रयोग गरिएका वस्तुहरू (उदाहरणतः शीर्षक ९४.०४ को बिछ्यौना (बेडिङ्ग);
(ख) प्वाँख वा प्वाँखका भुवाहरू केवल साजसज्जा (ट्रिमिङ्ग) वा गद्दा (प्याडिङ्ग) का लागिभन्दा बढी प्रयुक्त नभएका पोशाकहरू वा परिधान सहायकहरू; वा
(ग) कृत्रिम फूल,पात वा तिनका अंश (पार्ट) हरू वा शीर्षक ६७.०२ का तयारी वस्तुहरू।
३. शीर्षक ६७.०२ अन्तर्गत नपर्नेः
(क) काँचका वस्तुहरू (भाग ७०); वा
(ख) माटो (पोटरी), पत्थर, धातु, काठ वा अन्य पदार्थका, साँचोमा ढालेर, पिटेर, कुँदेर, मुद्राङ्कित गरेर वा अन्य प्रक्रियाद्वारा सिङ्गो रूपमा (इन वन पिस) प्राप्त हुन आएको वा जोडेर, टाँसेर, एक अर्कोसँग जडान गरेर वा यस्तै तरिकाबाट बाहेक अरू तरिकाले अंशहरू (पार्टस्) लाई एकत्रित (एसेम्बल्ड) गरेर बनाइएका कृत्रिम फूल, पालुवा वा फलहरू।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) भाग २५ का मालसामानहरू;
(ख) शीर्षक ४८.१० वा ४८.११ का लेपित (कोटेड), संसिक्त (इम्प्रिग्नेटेड), वा आच्छादित (कभर्ड) कागत तथा कागतगाता (उदाहरणको लागि, अभ्रखको धुलो वा ग्रेफाइटले लेपन गरेको कागत तथा कागतगाता, विटुमिनीकृत (बिटुमिनाइज्ड) वा एस्फाल्टीकृत (एस्फाल्टेड) कागत);
(ग) भाग ५६ वा ५९ का लेपित, संसेचित वा आच्छादित कपडा (उदाहरणको लागि, अभ्रखको धुलोले लेपित वा आच्छादित कपडा, विटुमिनीकृत वा एस्फाल्टीकृत कपडा);
(घ) भाग ७१ का वस्तुहरू;
(ङ) भाग ८२ का औजार वा औजारका पार्टपुर्जाहरू;
(च) शीर्षक ८४.४२ का लिथोग्राफका पत्थरहरू;
(छ) इलेक्ट्रिकल इन्सुलेटरहरू (शीर्षक ८५.४६) वा शीर्षक ८५.४७ को अवरोधक पदार्थ (इन्सुलेटिङ्ग म्याटेरियल) का जडान सामग्रीहरू;
(ज) दन्तचिकित्सा सम्बन्धी बर (डेन्टल बर) हरू (शीर्षक ९०.१८);
(झ) भाग ९१ का वस्तुहरू (उदाहरणका लागि, घडी (क्लक) र घडीका बट्टाहरू);
(ञ) भाग ९४ का वस्तुहरू (उदाहरणका लागि फर्निचर, प्रकाश उपकरण र प्रकाश जडानहरू, पूर्व निर्मित भवनहरू);
(ट) भाग ९५ का वस्तुहरू (उदाहरणको लागि, खेलौना, आमोद प्रमोदका सामग्री (गेम्स) र खेलकुदका आवश्यक सामग्रीहरू (रिक्विजिट्स);
(ठ) भाग ९६ को द्रष्टव्य २ (ख) मा उल्लिखित पदार्थहरूबाट बनाइएको भएमा शीर्षक ९६.०२ का वस्तुहरू वा शीर्षक ९६.०६ का वस्तुहरू (उदाहरणका लागि टाँक), शीर्षक ९६.०९ का वस्तुहरू (उदाहरणका लागि स्लेटको पेन्सिल), शीर्षक ९६.१० का वस्तुहरू (उदाहरणका लागि रेखाङ्कनका स्लेटहरू वा शीर्षक ९६.२० का वस्तुहरू (मोनोपडहरू, बाइपडहरू, ट्राइपडहरू र यस्तै किसिमका सामग्रीहरू); वा
(ड) भाग ९७ का वस्तुहरू (उदाहरणका लागि, कलाकृतिहरू)।
२. शीर्षक ६८.०२ मा "स्मारक वा निर्माणका लागि परिष्कार गरिएका पत्थर" भन्ने उक्ति शीर्षक २५.१५ वा २५.१६ मा उल्लेख भएका विविध पत्थरहरूको लागि मात्र नभई त्यस्तै किसिमले परिष्कार गरिएका अन्य सम्पूर्ण प्राकृतिक पत्थरहरू (जस्तै क्वार्जाइट, फ्लिण्ट, डोलोमाइट र स्टटाइट) को हकमा पनि लागू हुन्छ; तर, स्लेटको लागि भने सो उक्ति लागू हुँदैन।
द्रष्टव्यहरूः
१. यो भाग त्यस्ता सेरामिकका उत्पादनहरूको हकमा मात्र लागू हुन्छ जुन आकृति प्रदान गरेपछि आगोमा पोलिएका हुन्छन्ः
(क) शीर्षकहरू ६९.०१ देखि ६९.०३ सम्म वर्गीकरण हुनसक्ने बाहेकका वस्तुहरूमा मात्र शीर्षकहरू ६९.०४ देखि ६९.१४ सम्म लागू हुन्छ;
(ख) रेजिनहरूलाई कडा बनाउने, जलयोजन (हाइड्रेसन) प्रतिक्रियाहरूलाई गति प्रदान गर्ने वा पानी वा अन्य अस्थिर (भोलाटल) अवयवहरूलाई हटाउने प्रयोजनको लागि ८०० डिग्री सेल्सियसभन्दा कम तापक्रममा तताएका वस्तुहरूलाई आगोमा पोलिएको मानिदैन। यस्ता वस्तुहरू भाग ६९ मा समावेश गरिदैनन्; र
(ग) सेरामिकका वस्तुहरू अप्राङ्गारिक, गैरधातुजन्य पदार्थहरूलाई आगोमा पोलेर बनाइन्छन् जसलाई सामान्यतया कोठाको तापक्रममा पहिले नै आकृति प्रदान गरी तयार गरिएको हुन्छ।कच्चापदार्थहरूमा, अन्य कुराहरूको साथै, माटोहरू (क्लेज), पगालिएको सिलिका लगायत सिलिकायुक्त पदार्थहरू, पग्लने बिन्दु उच्च भएका पदार्थहरू, जस्तै अक्साइडहरू, कार्बाइडहरू, नाइट्राइडहरू, ग्राफाइट वा अन्य कार्बन, र कुनै अवस्थामा बन्धक (बाइण्डर)हरू जस्तै उच्च ताप सहन गर्ने माटोहरू वा फोस्फेटहरू हुन्छन्।
२. यस भागमा नपर्नेः
(क) शीर्षक २८.४४ का उत्पादनहरू;
(ख) शीर्षक ६८.०४ का वस्तुहरू;
(ग) भाग ७१ का वस्तुहरू (उदाहरणको लागि, नक्कली गरगहना);
(घ) शीर्षक ८१.१३ का सरमेटहरू;
(ङ) भाग ८२ का वस्तुहरू;
(च)) वैद्युतिक अवरोधकहरू (शीर्षक ८५.४६) वा अवरोधक पदार्थका जडान सामग्रीहरू (फिटिङ्स) (शीर्षक ८५.४७);
(छ) कृत्रिम दाँतहरू (शीर्षक ९०.२१);
(ज) भाग ९१ का वस्तुहरू (उदाहरणको लागि, घडी वा घडीका खोल वा बट्टा);
(झ) भाग ९४ का वस्तुहरू (उदाहरणको लागि, फर्निचर, प्रकाश उपकरणहरू र प्रकाश जडानहरू, पूर्वनिर्मित भवनहरू);
(ञ) भाग ९५ का वस्तुहरू (उदाहरणको लागि, खेलौनाहरू, आमोद प्रमोदका सामग्रीहरू र खेलकुदका आवश्यक सामग्रीहरू (रिक्विजिट्स);
(ट) शीर्षक ९६.०६ का वस्तुहरू (जस्तै टाँक) वा शीर्षक ९६.१४ का वस्तुहरू (जस्तै स्मोकिङ्ग पाइप); वा
(ठ) भाग ९७ का वस्तुहरू (जस्तै, कलाकृतिहरू)।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा नपर्नेः
(क) शीर्षक ३२.०७ का सामानहरू (उदाहरणको लागि, काँचजस्तो इनामेल र चमक (ग्लेज), काँचका मसिना दाना वा चूर्ण, धुलो, दाना र पाप्रो (फ्लेक) को रूपमा भएका अन्य काँचहरू);
(ख) भाग ७१ का वस्तुहरू (जस्तै, नकली गहना);
(ग) शीर्षक ८५.४४ को अप्टिकल फाइबर केबुल), वैद्युतिक अवरोधक (शीर्षक ८५.४६) वा अवरोधक पदार्थका जडान सामग्रीहरू (फिटिङ्ग) (शीर्षक ८५.४७);
(घ) भाग ८६ देखि ८८ सम्मका वाहनहरूका लागि फ्रेम हालिएका, अग्रभागका वायुरोधी काँचका पर्दा (विन्डस्क्रिन वा विण्डशिल्ड) हरू, पृष्ठभागका झ्यालहरू र अन्य झ्यालहरू;
(ङ) भाग ८६ देखि ८८ सम्मका वाहनहरूका लागि तातो पार्ने उपकरणहरू वा अन्य वैद्युतिक वा इलेक्ट्रोनिक उपकरणहरू समावेश गरिएका, फ्रेम हालिएका वा नहालिएका, अग्रभागका वायुरोधी काँचका पर्दा (विन्डस्क्रिन वा विण्डशिल्ड) हरू, पृष्ठभागका झ्यालहरू र अन्य झ्यालहरू;
(च) भाग ९० का अप्टिकल फाइबर, चाक्षुपीय किसिमले काम गरिएका चाक्षुषिक तत्त्व (अप्टिकल एलिमेण्ट) हरू, हाइपोडर्मिक सिरिञ्जहरू, कृत्रिम आँखाहरू, थर्मामिटरहरू, ब्यारोमिटरहरू, हाइड्रोमिटरहरू वा अन्य वस्तुहरू;
(छ) शीर्षक ९४.०५ का प्रकाश उपकरणहरू (लुमिनेयरिज) वा प्रकाश जडानहरू (लाइटिङ्ग फिटिङ्स्), प्रदीप्त सङ्केत (इलुमिनेटेड साइन), प्रदीप्त नामपट्ट र स्थायी रूपले निश्चित प्रकाश स्रोत भएका यस्तै वस्तुहरू र तिनका पार्टपुर्जाहरू ;
(ज) भाग ९५ का खेलौनाहरू, गेमहरू, खेलकुदहरूका आवश्यक सामग्रीहरू (रिक्विजिट्स), क्रिसमस बृक्षाभूषण वा अन्य वस्तुहरू (खेल्ने पुतलीको लागि वा भाग ९५ का अन्य वस्तुको लागि यन्त्र रचनाबिनाको काँचका आँखाहरू बाहेक); वा
(झ) भाग ९६ का टाँकहरू (बटन्स), जडान भएका वायुशून्य बोतल (भ्याकुम फ्लास्क), सुगन्ध (सेण्ट) छर्ने वा त्यस्तै पचका (स्प्रे) वा अन्य वस्तुहरू।
२. शीर्षक ७०.०३, ७०.०४ र ७०.०५ को प्रयोजनको लागिः
(क) काँचलाई निस्तापन (एनिल) गर्नु अगाडि गरिएका कुनै पनि प्रक्रियाका कारणले काँचलाई "परिष्कार गरिएको (वर्क्ड)" मानिने छैन;
(ख) काँचको पाता (शिट) लाई आकारमा कातिनाले पातामा भएको काँचको वर्गीकरणमा कुनै असर पर्ने छैन;
(ग) "अवशोषक, प्रतिविम्बीय वा अप्रतिविम्बीय तह (लेयर)" भन्ने उक्तिले धातु वा रासायनिक यौगिक (जस्तै मेटल अक्साइड्) को सूक्ष्मदर्शी ढङ्गको (माइक्रोस्कोपिकली) पातलो लेपन (कोटिङ्ग) लाई जनाउँछ जसले, उदाहरणको लागि, इन्फ्रारेड लाइटलाई अवशोषण गर्दछ वा काँचको परावर्तक गुणहरूलाई विकसित गर्दछ जवकि अझै पनि यसले केही मात्रामा पारदर्शिता वा अर्धपारदर्शिता आफैंसँग राख्ने सम्भावना रहेको हुन्छ; अथवा प्रकाशलाई काँचको सतहमा परावर्तन हुनबाट रोक्दछ।
३. शीर्षक ७०.०६ मा उल्लेख भएका उत्पादनहरू, तिनमा कुनै वस्तुको लक्षण भए वा नभएमा पनि सोही शीर्षकमै वर्गीकरण हुन्छन्।
४. शीर्षक ७०.१९ को प्रयोजनको लागि "काँचको ऊन" भन्ने उक्तिले देहाय बमोजिम भएकालाई जनाउँछः
(क) तौलमा ६० प्रतिशतभन्दा घटी नहुने गरी सिलिका (एसआईओ२) को मात्रा भएको खनिज ऊन (मिनरल ऊल);
(ख) सिलीका (एसआईओ२) को मात्रा ६० प्रतिशतभन्दा कम भएको तर अल्कालाइन अक्साइड (के२ओ वा एनए२ओ) को मात्रा तौलमा ५ प्रतिशतभन्दा बढी वा बोरिक अक्साइड (बी२ओ३) को मात्रा तौलमा २ प्रतिशतभन्दा बढी भएको खनिज ऊन।
माथिको विवरणसँग मेल नखाने खनिज ऊन शीर्षक ६८.०६ मा पर्दछ।
५. यस अनुसूचीभरि नै "काँच" भन्ने उक्तिले संगलित (फ्यूज्ड) काँचमणि (क्वार्ज) र अन्य सङ्गलित सिलिकालाई समेट्दछ।
उपशीर्षक द्रष्टव्यः
उपशीर्षक ७०१३.२२, ७०१३.३३, ७०१३.४१ र ७०१३.९१ का प्रयोजनका लागि "सिसा स्फटिक (लीड क्रिस्टल)" भन्ने उक्तिले लिड मोनोक्साइड (पीबीओ) को मात्रा तौलमा २४ प्रतिशत भएको काँचलाई मात्र जनाउँछ।
द्रष्टव्यहरूः
१. परिच्छेद ६ को द्रष्टव्य १ (क) को अधीनमा रही तथा तल व्यवस्था भए अनुसार बाहेक पूर्णतः वा अंशतः देहाय बमोजिमका वस्तु मिलेर बनेका वस्तुहरुः
(क) प्राकृतिक वा सम्बर्धित मोतीका वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थर (प्राकृतिक, संश्लेषित वा पुनर्निर्मित) का, वा
(ख) बहुमूल्य धातु वा बहुमूल्य धातुको आवरण चढेको (क्ल्याड्) धातु, यस भागमा वर्गीकरण गरिनेछन्।
२. (क) बहुमूल्य धातु वा बहुमूल्य धातुको आवरण चढेको धातुको अल्प वा गौण अवयवी (कन्स्टिच्यूएण्ट) मात्र भएका वस्तुहरू, जस्तै लघु जडान सामग्री (फिटिङ्ग्स) वा लघु अलङ्करण (उदाहरणको लागि, गुम्फाक्षर (मोनोग्राम), फेरुल (लट्ठी, बिँड खम्बा आदिको टुप्पोमा बलियो पार्नको लागि जडान गरिने धातुको मुन्द्री, नलिका, टोपी) र पाङ्ग्रा आदिको घेरा (रिम) हरूलाई, शीर्षक ७१.१३, ७१.१४ र ७१.१५ ले समावेश गर्दैनन्। र माथिको द्रष्टव्यको अनुच्छेद (ख) यस्ता वस्तुका हकमा लागू हुँदैन।•
(ख) शीर्षक ७१.१६ ले बहुमूल्य धातु वा बहुमूल्य धातुको आवरण चढाइएको धातु भएको वस्तुहरू (लघु अवयवी (माइनर कन्स्टिच्यूएण्ट्स) बाहेक) लाई समावेश गर्दैन।
३. यस भागमा नपर्नेः
• माथि अण्डरलाइन गरिएको द्रष्टव्यको अंशले ऐच्छिक वाक्यांश जनाउँछ।
(क) बहुमूल्य धातु वा मिश्रित (कोलायडल) बहुमूल्य धातुहरूको मिश्रण (अमाल्गम) हरू, (शीर्षक २८.४३);
(ख) भाग ३० का विसंक्रमित (स्टेराइल) शल्यचिकित्साका सिउनी-सन्धि (स्युचर) का पदार्थहरू, दन्त पूरक (डेन्टल फिलिङ्ग) हरू वा अन्य वस्तुहरू;
(ग) भाग ३२ का सामानहरू (उदाहरणको लागि, चमक (लस्टर));
(घ) समर्थित उत्प्रेरकहरू (सपोर्टेड् क्याटालिष्ट्स) (शीर्षक ३८.१५);
(ङ) भाग ४२ को द्रष्टव्य ३(ख) मा उल्लेख भएका शीर्षक ४२.०२ वा ४२.०३ का वस्तुहरू;
(च) शीर्षक ४३.०३ वा ४३.०४ का वस्तुहरू;
(छ) परिच्छेद ११ का सामानहरू (कपडा र कपडा पदार्थका वस्तुहरू);
(ज) भाग ६४ वा ६५ का पाउपोश, शिरपोश वा अन्य वस्तुहरू;
(झ) भाग ६६ का छाताहरू, टेक्ने लट्ठीहरू वा अन्य वस्तुहरू;
(ञ) बहुमूल्य वा अर्धबहुमूल्य पत्थर (प्राकृतिक वा संश्लेषित) को धुलो वा चूर्ण भएको शीर्षक ६८.०४ वा ६८.०५ वा भाग ८२ को अपघर्षक (एब्रेसिभ) सामानहरू; बहुमूल्य पत्थर वा अर्धबहुमूल्य पत्थर (प्राकृतिक, संश्लेषित वा पुनर्निर्मित) का काम गर्ने अङ्ग भएका भाग ८२ का वस्तुहरू; परिच्छेद १६ का यन्त्र, यान्त्रिक उपकरणहरू वा वैद्युतिक सामानहरू वा तिनका पार्टपुर्जाहरू। तर प्रशुक (स्टाइलस) हरूको लागि, तयार गरिएका (वर्क्ड), नजडिएका (अनमाउण्टेड्) नीलम (स्यािफएर) हरू र हीरा (डायमण्ड) हरू (शीर्षक ८५.२२) बाहेक, पूर्णत बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संश्लेषित वा पुनर्निर्मित) यस भागमा वर्गीकरण भएर रहन्छन्;
(ट) भाग ९०, ९१ वा ९२ का वस्तुहरू (वैज्ञानिक औजारहरू, घडीहरू, वाद्ययन्त्रहरू);
(ठ) हातहतियार र तिनका पार्टपुर्जाहरू (पार्टस्) (भाग ९३);
(ड) भाग ९५ को द्रष्टव्य २ ले समावेश गरेका वस्तुहरू;
(ढ) भाग ९६ को द्रष्टव्य ४ को कारणले त्यस भाग (भाग ९६) मा वर्गीकरण गरिएका वस्तुहरू; वा
(ण) प्राकृतिक वा सम्बर्धित मोती वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू बाहेक मौलिक (ओरिजिनल) मूर्तिकलाका वस्तुहरू (स्कल्पचर वा स्टयाच्यूअरी) (शीर्षक ९७.०३),
सङ्ग्रहकर्ताका सङ्ग्रहणीय वस्तुहरू (कलेक्टर्स पिसेस) (शीर्षक ९७.०५), वा एक सय वर्षभन्दा पुरानो पुरातात्विक वस्तुहरू (एन्टिक) (शीर्षक ९७.०६)।
४. (क) "बहुमूल्य धातु" भन्ने उक्तिले चाँदी, सुन र प्लाटिनमलाई जनाउँछ।
(ख) "प्लाटिनम" भन्ने उक्तिले प्लाटिनम, इरिडियम, ओस्मियम, प्यालेडियम, रोडियम र रुथेनियमलाई जनाउँछ।
(ग) "बहुमूल्य वा अर्धबहुमूल्य पत्थर" भन्ने उक्तिले भाग ९६ को द्रष्टव्य २(ख) मा उल्लेख भएका कुनै पनि तत्त्वलाई समावेश गर्दैन।
५. यस भागको प्रयोजनका लागि बहुमूल्य धातु भएको कुनै पनि मिश्रधातु (संपुञ्जित मिश्रण वा अन्तरधात्विक यौगिक समेत) लाई, मिश्रधातुको तौलको २ प्रतिशतसम्म कुनै बहुमूल्य धातु मिसिएको छ भने, बहुमूल्य धातुको मिश्रधातु (एल्वाय) सरह मान्नु पर्दछ। बहुमूल्य धातुको मिश्रधातु (एल्वाय) लाई देहायका नियमहरू अनुसार वर्गीकरण गरिनु पर्दछ:
(क) तौलमा २ प्रतिशत वा सोभन्दा बढी प्लाटिनम भएको मिश्रधातुलाई प्लाटिनमको मिश्रधातु मान्नु पर्दछ;
(ख) तौलमा २ प्रतिशत वा सोभन्दा बढी सुन भएको तर प्लाटिनम नभएको वा भए पनि तौलको २ प्रतिशतभन्दा कम प्लाटिनम भएको मिश्रधातुलाई सुनको मिश्रधातु मान्नु पर्दछ;
(ग) तौलमा २ प्रतिशत वा सोभन्दा बढी चाँदी भएका अन्य मिश्रधातुहरूलाई चाँदीको मिश्रधातु मान्नु पर्दछ।
६. प्रसङ्गले अन्यथा व्यवस्था गरेकोमा बाहेक, यस अनुसूचीमा बहुमूल्य धातु वा कुनै खास बहुमूल्य धातुको उल्लेखले माथि द्रष्टव्य ५ का नियमहरू अनुसार बहुमूल्य धातु वा कुनै खास बहुमूल्य धातुको मिश्रधातुको उल्लेखलाई समावेश गरेको मान्नु पर्दछ, तर यस्तो उल्लेखले बहुमूल्य धातुको आवरण चढाइएको धातु वा बहुमूल्य धातुको पानी चढाइएको आधारभूत धातु (बेस मेटल) वा गैह्र धातु (नन्-मेटल) लाई भने समावेश गर्दैन।
७. यस अनुसूचीभरि नै "बहुमूल्य धातुको आवरण चढाएको धातु" भन्ने उक्ति धातुको आधारमा बनेको र सो धातुको एक वा बढी सतहमा सोल्डरिङ्ग, ब्रेजिङ्ग, वेल्डिङ्ग, हट-रोलिङ्ग वा यस्तै यान्त्रिक साधनद्वारा बहुमूल्य धातुको खोल (कभरिङ्ग) जडेर बनाइएका पदार्थहरूलाई जनाउँछ। प्रसङ्गले अन्यथा व्यवस्था गरेकोमा बाहेक यस उक्तिले बहुमूल्य धातुले मोहोरिएका (इनलेड) आधारभूत धातु (बेसमेटल) लाई समेत समावेश गर्दछ।
८. परिच्छेद ६ को द्रष्टव्य १(क) को अधीनमा रही शीर्षक ७१.१२ मा भएको विवरणसँग मिल्ने सामानहरू त्यस शीर्षकमै वर्गीकरण गरिनेछन् र यस अनुसूचीका अन्य कुनै शीर्षकमा वर्गीकरण गरिने छैनन्।
९. शीर्षक ७१.१३ को प्रयोजनको लागि "गरगहनाका वस्तुहरू" (आर्टिकल्स अफ ज्वेलरी) भन्ने उक्तिले देहाय बमोजिमका वस्तुहरूलाई जनाउँछः
(क) व्यक्तिगत शोभा वा सजावटको कुनै पनि सानो वस्तु (उदाहरणको लागि, औँठी, बाला, कण्ठहार (नेकलेस) ब्रोचेज, मुन्द्री, घडीको चेन, फौब (खल्तीमा राख्ने घडीको सिक्री), पेण्डेन्ट, टाइ-पिन, कफ-लिंक्स, ड्रेस-स्टड, धार्मिक वा अन्य पदक र चिन्ह (इनसिग्निया) हरू; र
(ख) खल्तीमा, हातेझोलामा वा शरीरमै सामान्यतया धारण गरिने व्यक्तिगत प्रयोगका वस्तुहरू (जस्तै सिगार वा चुरोटको बट्टा, नशको बट्टा, कत्था वा चक्की (पिल) को बट्टा, पाउडरको बट्टा, सिक्रीको थैली वा जप्ने माला (प्रेयर बिड्स)।
यी वस्तुहरू प्राकृतिक वा सम्बर्धित मोती, बहुमूल्य वा अर्धबहुमूल्य पत्थर, कृत्रिम वा पुनर्निर्मित बहुमूल्य वा अर्धबहुमूल्य पत्थर, कछुवाको खबटा, सिपी, हस्तीहाड, प्राकृतिक वा पुनर्निर्मित तृणमणि (एम्बर), कालो पत्थर (जेट) वा मुगा जस्ता वस्तुहरूसँग जडित हुन सक्दछन्।
१०. शीर्षक ७१.१४ को प्रयोजनको लागि "स्वर्णकारले बनाएका वा रजतकारले बनाएका वस्तुहरू" (आर्टिकल्स अफ गोल्डस्मीथ अर सिलभरस्मिथ्स वेयर्स) भन्ने उक्तिले आभूषणहरू, टेबलवेयर (भोजनका लागि प्रयोग गरिने प्लेटहरू, वाउलहरू, काँटाहरू आदि जस्ता सामान), स्नानगारका सामानहरू (ट्वाइलटवेयर), धूम्रपानकर्ताहरूको आवश्यक सामानहरू र गृहस्थ, कार्यालय वा धार्मिक प्रयोजनका वस्तुहरूलाई जनाउँदछ।
११. शीर्षक ७१.१७ को प्रयोजनको लागि "नक्कली गहना" (इमिटेशन ज्वेलरी) भन्ने उक्तिले माथिको द्रष्टव्य ९ को खण्ड (क) को तात्पर्य अन्तर्गतका गहनाका वस्तुहरूलाई जनाउँछ (तर यसमा टाँकहरू वा शीर्षक ९६.०६ का अन्य वस्तुहरू, वा शीर्षक ९६.१५ का ड्रेस-कम्ब, हेयर-स्लाइड वा यस्तै वस्तुहरू, र हेयर-पिन समावेश हुँदैनन्)। प्राकृतिक वा सम्बर्धित मोती, बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संश्लेषित वा पुनर्निर्मित) र (जलप लगाएको वा गौण मात्रामा रहेको बाहेक) बहुमूल्य धातु वा बहुमूल्य धातुले मोहोरेको धातु पनि यसमा समावेश हुँदैनन्।
१. उपशीर्षकहरू ७१०६.१०, ७१०८.११, ७११०.११, ७११०.२१, ७११०.३१ र ७११०.४१ का प्रयोजनको लागि "चूर्ण" (पाउडर) र "चूर्णको रूपमा" (इन पाउडर फर्म) भन्ने उक्तिहरूले ०.५ मिमि को छिद्र (प्वाल) भएको जालीयुक्त चाल्नोबाट तौलको ९० प्रतिशत वा सोभन्दा बढी छिर्ने खालका उत्पादनहरूलाई जनाउँछन्।
२. यस भागको द्रष्टव्य ४ (ख) मा जस्तोसुकै व्यवस्था भएको भए तापनि उपशीर्षकहरू ७११०.११ र ७११०.१९ को प्रयोजनका लागि "प्लाटिनम" शब्दले इरिडियम, ओस्मियम, पैलेडियम, रोडियम वा रुथेनियमलाई जनाउँदैन।
३. शीर्षक ७१.१० का उपशीर्षकहरूमा मिश्रधातुको वर्गीकरण गर्नको लागि प्रत्येक मिश्रधातुलाई त्यस्ता धातु, प्लाटिनम, पैलेडियम, रोडियम, इरिडियम, ओस्मियम वा रुथेनियम मध्ये तौलमा अरूकोभन्दा आधिक्यता भएको धातुसँग वर्गीकरण गरिनु पर्दछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस परिच्छेदमा नपर्नेः
(क) तयारी रोगनहरू (पेन्ट्स), मसीहरू (इन्क्स) वा धात्विक पाप्राहरू (मेटालिक फ्लेक्स) वा चूर्ण (पाउडर) को आधार (बेसिस) भएका अन्य उत्पादनहरू (शीर्षक ३२.०७ देखि ३२.१०, ३२.१२, ३२.१३ वा ३२.१५);
(ख) फेरो-सेरियम वा अन्य स्वतः ज्वलनशील (पाइरोफोरिक) मिश्रधातुहरू (एल्वायज) (शीर्षक ३६.०६);
(ग) शीर्षक ६५.०६ वा ६५.०७ को शिरपोश र तिनका पार्टपुर्जाहरू;
(घ) शीर्षक ६६.०३ को छाताको ढाँचा (फ्रेम) वा अन्य वस्तुहरू;
(ङ) भाग ७१ का सामानहरू (उदाहरणको लागि, बहुमूल्य धातुका मिश्रधातु (एल्वाय) हरू, बहुमूल्य धातुको आवरण चढाइएको आधारभूत धातु, नकली गहना);
(च) परिच्छेद १६ का वस्तुहरू (यन्त्र, यान्त्रिक उपकरणहरू र विद्युतीय सामानहरू);
(छ) रेल्वे वा ट्रामवेका संयोजित (एसेम्बल्ड) लिक (ट्र्याक) (शीर्षक ८६.०८) वा परिच्छेद १७ का अन्य वस्तुहरू (गाडीहरू, पानी जहाजहरू र डुङ्गाहरू, हवाईजहाजहरू);
(ज) परिच्छेद १८ का औजार वा उपकरणहरू, घडीका कमानीहरू समेत;
(झ) बन्दुकको लागि तयार गरिएको सिसाको गोली वा छर्रा (शीर्षक ९३.०६) वा परिच्छेद १९ का अन्य वस्तुहरू (हातहतियार र गोला बारुद);
(ञ) भाग ९४ का वस्तुहरू (उदाहरणको लागि, फर्निचर, म्याट्रेस-सपोर्ट, प्रकाश-उपकरणहरू (लुमिनेयरिज) र प्रकाश-जडानहरू (लाइटिङ्ग फिटिङ्स), प्रकाशमय (इल्युमिनेटेड) चिन्हहरू (साइन्स), पूर्वनिर्मित भवनहरू;
(ट) भाग ९५ का वस्तुहरू (उदाहरणको लागि, खेलौना, आमोदप्रमोदका सामग्रीहरू, खेलकुदका आवश्यक वस्तुहरू);
(ठ) हाते चालनो, टाँक, कलम, पेन्सिल-होल्डरहरू, कलमका निबहरू, मोनोपडहरू, बाइपडहरू, ट्राइपडहरू र यस्तै सामग्रीहरू वा भाग ९६ का अन्य सामानहरू (विविध निर्मित वस्तुहरू); वा
(ड) भाग ९७ का वस्तुहरू (उदाहरणको लागि, कलाकृतिहरू)।
२. यस अनुसूचीभरि नै "साधारण प्रयोगका पार्टपुर्जाहरू" (पार्ट्स् अफ जनरल युज) भन्ने उक्तिले देहाय बमोजिम जनाउँछः
(क) विशेष गरी औषधोपचार, शल्यचिकित्सा, दन्तोपचार वा पशु विज्ञानमा प्रत्यारोपणमा प्रयोग गर्ने गरी विशेष किसिमले अभिकल्पित सामानहरू (शीर्षक ९०.२१) बाहेकका शीर्षक ७३.०७, ७३.१२, ७३.१५, ७३.१७ वा ७३.१८ का वस्तुहरू र अन्य आधारभूत धातु (बेस मेटल) का यस्तै वस्तुहरू;
(ख) आधारभूत धातु (बेसमेटल) का कमानी (स्प्रिङ्ग) हरू र कमानीका पत्तिहरू, घडीका कमानी (स्प्रिङ्ग) हरू बाहेक (शीर्षक ९१.१४); र
(ग) शीर्षक ८३.०१, ८३.०२, ८३.०८, ८३.१० का वस्तुहरू र शीर्षक ८३.०६ का आधारभूत धातुका फ्रेम (ढाँचा) हरू र ऐनाहरू।
भाग ७३ देखि ७६ सम्म तथा भाग ७८ देखि ८२ सम्म (तर शीर्षक ७३.१५ बाहेक) का सामानका पार्टपुर्जाहरूको सन्दर्भले माथि परिभाषित साधारण प्रयोगका पार्टपुर्जाहरूको सन्दर्भलाई समावेश गर्दैन।
अघिल्लो अनुच्छेद तथा भाग ८३ को द्रष्टव्य १ का अधीनमा रही भाग ८२ वा भाग ८३ का वस्तुहरूलाई भाग ७२ देखि ७६ सम्म तथा भाग ७८ देखि ८१ बाट बाहेक गरिएको छ।
३. यस अनुसूचीभरि नै "आधारभूत धातु" (बेस मेटल) हरू भन्ने उक्तिलेः फलाम र इस्पात, तामा, निकेल, आल्यूमिनियम, सिसा, जस्ता, टिन, टङ्गस्टेन (वुलफ्राम), मलिब्डिनम, ट्याण्टालम, म्याग्नेसियम, कोबाल्ट, बिसमथ, क्याडमियम, टिटानियम, जाइक्रोनियम, एण्टिमनी, म्याङ्गानिज, बेरिलियम, क्रोमियम, जर्मानियम, भनेडियम, ग्यालियम, हैफनियम, इण्डियम, नियोबियम (कोलम्बियम), रिनियम र क्यालियमलाई जनाउँछ।
४. यस अनुसूचीभरि नै "सरमेट" भन्ने शब्दले धात्विक (मेटालिक) अवयव र मृत्तिका (सेरामिक) अवयवको सूक्ष्मदर्शी र (माइक्रोस्कोपिक) विजातीय (हेटेरोजेनस) सम्मिश्रण (कम्बिनेसन) लाई जनाउँछ। "सरमेट्स" शब्दले संपुंजित (सिण्टर्ड) धातु कार्बनका यौगिकहरू (मेटल कार्बाइड्स) (धातु कार्बनका यौगिकलाई कुनै धातुका साथ संपुंजन गरिएको) लाई समेत जनाउँछ।
५. मिश्रधातु (एल्वायज) (भाग ७२ र ७४ मा परिभाषित फेरो-एल्वायज र माष्टर एल्वायज बाहेक) को वर्गीकरणः
(क) आधारभूत धातुको मिश्रधातुलाई तौलको हिसाबमा प्रत्येक धातुको भन्दा बढी अधिकता भएको धातुको मिश्रधातु (एल्वाय) को रूपमा वर्गीकरण गरिन्छ;
(ख) यस परिच्छेदको आधारभूत धातु र यस परिच्छेदमा नपर्ने तत्त्वहरूबाट बनेको मिश्रधातुलाई त्यस्ता धातुहरूको तौल उपस्थित अन्य तत्त्वहरूको तौलको बराबर वा बढी छ भने आधारभूत धातुको मिश्रधातुको रूपमा लिनु पर्दछ;
(ग) यस परिच्छेदमा "मिश्रधातु" (एल्वाय) भन्ने शब्दले धातुका चूर्ण (पाउडर) हरूको संपुंजित (सिन्टर्ड) मिश्रणहरू, पगालेर प्राप्त भएको विजातीय (हेटेरोजेनस) आन्तरिक (इन्टिमेट) मिश्रणहरू (सरमेटहरू बाहेक) र अन्तरधात्विक यौगिकहरूलाई समावेश गर्दछ।
६. प्रसङ्गले अन्यथा अपेक्षा नगरेसम्म, यस अनुसूचीमा आधारभूत धातुको कुनै पनि उल्लेखले, माथि द्रष्टव्य ३ को कारणले, त्यस धातुको मिश्रधातुको रूपमा वर्गीकरण गरिने मिश्रधातुलाई पनि समावेश गर्दछ।
७. संयुक्त (कम्पोजिट) वस्तुहरूको वर्गीकरणः
शीर्षकहरूले अन्यथा अपेक्षा गरेकोमा बाहेक दुई वा दुईभन्दा बढी आधारभूत धातुहरू भएको आधारभूत धातुका वस्तुहरू (व्याख्या सम्बन्धी सामान्य नियमहरू अन्तर्गत आधारभूत धातुको वस्तु मानिने मिश्रित पदार्थहरूका वस्तुहरू समेत) लाई प्रत्येक अन्य धातुभन्दा तौलमा अधिकता भएका आधारभूत धातुको वस्तु मान्नु पर्दछ। यस प्रयोजनका लागिः
(क) फलाम र इस्पात, वा विभिन्न किसिमका फलाम वा इस्पातलाई एउटै उही धातुको रूपमा लिइन्छ,
(ख) द्रष्टव्य ५ का कारणले, मिश्रधातुलाई जुन धातुको मिश्रधातुको रूपमा वर्गीकरण गरिन्छ, सम्पूर्णतः त्यही धातुबाट बनेको मानिन्छ; र
(ग) शीर्षक ८१.१३ को सरमेटलाई एक्लो एकल आधारभूत धातुको रूपमा लिइन्छ।
८. यस परिच्छेदमा देहायका उक्तिहरूलाई यस प्रकारको अर्थ लाग्ने गरी निर्धारित गरिएको छः
(क) अवशेष र पत्रु (वेस्ट र स्क्र्याप)
(ख) चूर्ण (पाउडर) हरू
९. भाग ७४ देखि ७६ सम्म र भाग ७८ देखि ८१ सम्मको प्रयोजनको लागि देहायका अभिव्यक्ति (एक्सप्रेसन) हरूलाई यसैद्वारा देहाय बमोजिमको अर्थ प्रदान गरिएको छः
(क) छडहरू र दण्डीहरू
सम्पूर्ण लम्बाइभरि वृत्त (सर्कल), दीर्घवृत्त (ओभल), चतुर्भुज (वर्गाकार समेत), समभुजत्रिभुज वा उत्तलसम बहुभुज (रेगुलर कन्भेक्स पोलिगन) ("चेप्टोवृत्त" (फ्लाटेण्ड सर्कल्स) र "परिवर्तित चतुर्भुज" (मोडिफाइड रेक्ट्याङ्गल्स) समेत, जसको दुई ओटा सम्मुखका भुजाहरू उत्तल चापहरू हुन्छन्, अर्का दुई भुजा सरल, बराबर लम्बाइका र समानान्तर भएका हुन्छन्) आकारको समरूप (युनिफर्म) ठोस तिर्यक्च्छेद भएको, कुण्डली (क्वाइल) मा नभएको बेल्लित (रोल्ड), निःस्रावित (एक्सट्रुडेड), निकर्षित (ड्रन) वा गढेको (फोर्ज्ड) उत्पादनहरू। चतुर्भुज (वर्ग समेत), त्रिभुज वा बहुभुज तिर्यक्च्छेद भएका उत्पादनहरूको कोण (कुना वा चुच्चो) हरूलाई सम्पूर्ण लम्बाइ भरि गोल्याएको हुन सक्तछ। चतुर्भुजाकार (परिवर्तित चतुर्भुजाकार समेत) तिर्यक्च्छेद भएका त्यस्ता उत्पादनहरूको मोटाइ (थिकनेस) चौडाइको दशांशभन्दा बढी हुन्छ। यस अभिव्यक्ति (एक्सप्रेसन) ले उही रूप (फर्म) र माप (डाइमेन्सन) का, उत्पादन भएपछि अनुगामी (सब्सिक्वेण्ट) कार्य गरिएका (सामान्य काँटछाँट गर्ने वा खुर्कने काम बाहेक), ढालिएका (काष्ट) वा संपुञ्जित (सिण्टर्ड) उत्पादनहरूलाई समावेश गर्दछ, तर यसबाट तिनले अन्य शीर्षकहरूको उत्पादन वा वस्तुहरूको लक्षण धारण गरेको भने हुनु हुँदैन।
तर, ड्रइङ्ग-स्टक (वायर-रड) वा नली (ट्युब) जस्ता वस्तुमा परिवर्तन गर्न यन्त्रमा पसाउन सजिलो पार्नको लागि मात्र टुप्पोलाई तिखारेको वा अन्य किसिमको काम गरिएको भाग ७४ का तार-छड र साँप्लाहरू (बिलेट) लाई शीर्षक ७४.०३ को अपरिस्कृत (अनरट) तामा मान्नु पर्दछ। यो प्रावधान आवश्यक परिवर्तन सहित भाग ८१ का वस्तुहरूमा लागू हुन्छ।
(ख) प्रोफाइलहरू
छड, दण्डी, तार (वायर), पाता (प्लेट), चादर (शीट), पट्टी (स्ट्रिप), पन्नी (फ्वाइल), नली (ट्युब) वा नल (पाइप)हरूमध्ये कसैको पनि परिभाषासँग मेल नखाने, सम्पूर्ण
लम्बाइभरि समरूप (युनिफर्म) तिर्यक्च्छेद भएको, कुण्डलीकृत (क्वाइल्ड) गरिएको वा नगरिएको, बेल्लित (रोल्ड), निःस्रावित (एक्सट्रुडेड), निकर्षित (ड्रन), गढेको (फोर्ड वा रूप दिएको (फर्म्ड) उत्पादनहरू। उही रूपको, उत्पादन गरिएपछि अनुगामी (सब्सिक्वेण्ट) कार्य गरिएको (सामान्य काँटछाँट (ट्रिमिङ्ग) वा खुर्कने वा पाप्रो उप्काउने (डि-स्केलिङ्ग) काम बाहेक) ढालिएको (काष्ट) वा संपुञ्जित (सिण्टर्ड) उत्पादनहरू पनि यस अभिव्यक्ति (एक्सप्रेसन) भित्र पर्दछन्, तर तिनले त्यसबाट अन्य शीर्षकहरूको वस्तु वा उत्पादनहरूको लक्षण भने धारण गरेको हुनु हुँदैन।
(ग) तार (वायर)
सम्पूर्ण लम्बाइभरि वृत्त (सर्कल), दीर्घवृत्त (ओभल), चतुर्भुज (वर्ग समेत), समभुज त्रिभुज वा उत्तल समबहुभुज (रेगुलर कन्भेक्स पोलिगन) (चेप्टोवृत्त) (फ्लाटेण्ड सर्कल्स) र आपरिवर्तित चतुर्भुज (मोडिफाइड रेक्टाङ्गल्स) समेत, जसका सम्मुखका (अपोजिट) दुई वटा भुजाहरू उत्तल चाप (कन्भेक्स आर्कस), अर्को दुई भुजा सरल बराबर लम्बाइका र समानान्तर हुन्छन्) आकारको समरूप (यूनिफर्म) ठोस तिर्यक्च्छेद (क्रस सेक्सन) भएको, कुण्डली (क्वाइल) मा भएको वेल्लित (रोल्ड), निःस्रावित (एक्सट्रुडेड) वा निकर्षित (ड्रन) उत्पादनहरू। चतुर्भुज (वर्ग समेत), त्रिभुज वा बहुभुज (पोलिगन) आकारको तिर्यक्च्छेद (क्रस-सेक्सन) भएका उत्पादनहरूको सम्पूर्ण लम्बाइभरि कुना वा चुच्चाहरू गोल्याइएका (राउण्डेड) हुन सक्तछन्। चतुर्भुजाकार "(परिवर्तित चतुर्भुजाकार समेत)" तिर्यक्च्छेद भएका त्यस्ता उत्पादनहरूको मोटाइ (थिकनेस) चौडाइको दशांशभन्दा बढी हुन्छ।
(घ) पाता (प्लेट), चादर (शीट), पाटा (स्ट्रिप) र पन्नी (फ्वाइल)
कुण्डली (क्वाइल) मा भएको वा नभएको, ठोस चतुर्भुजाकार (वर्गाकार बाहेक) तिर्यक्च्छेद भएको, कुना वा चुच्चाहरू (कर्नर्स) गोल्याइएको (राउण्डेड) वा नगोल्याइएको, (सम्मुखका दुई भुजाहरू उत्तल चाप र अर्का दुई भुजा सरल, बराबर लम्बाइका र समानान्तर भएका "परिवर्तित चतुर्भुजाकार" समेत), एक रूपको मोटाइ (थिकनेस) भएको, चेप्टो सतह भएका (फ्लाट-सर्फेस्ड) उत्पादनहरू (शीर्षक ८०.०१ को कच्चा (अनरट) उत्पादनहरू बाहेक), जुनः
पाता (प्लेट), चादर (शीट), पट्टी (स्ट्रिप) र पन्नी (फ्वाइल) का शीर्षकहरू अन्य कुराको साथसाथै, बुट्टाहरू (उदाहरणको लागि, खाँचा (ग्रुब्स), धर्सा (रिब्स), चारखाना (चेकर्स), चिरा (टियर्स), थोप्ला (बटन्स), विषमकोण चतुर्भुज (लोजेन्जेज)) भएका पाता (प्लेट), चादर (शीट), पट्टी (स्ट्रिप) र पन्नी (फ्वाइल) को लागि पनि लागू हुन्छन् र छिद्रित (परफोरेटेड), गरा बनाइएको (कोरुगेटेड), चम्काइएको (पोलिस्ड) वा लेपन गरिएको (कोटेड), तर यसबाट अन्य शीर्षकहरूका वस्तुहरू वा उत्पादनहरूको लक्षण ग्रहण नगरेका, उत्पादनहरूको लागि पनि लागू हुन्छ।
(ङ) नली र पाइपहरू (ट्युब र पाइप)
कुण्डली (क्वाइल) पारेको वा नपारेको, वृत्त (सर्कल), दीर्घवृत्त (ओभल), चतुर्भुज (वर्ग समेत), समभुज त्रिभुज वा उत्तल समबहुभुज (रेगुलर कन्भेक्स पोलिगन) को आकार (शेप) मा सम्पूर्ण लम्बाइभरि एक मात्र समावृत्त (इनक्लोज्ड) रिक्तस्थान (भ्वाइड) युक्त समरूप तिर्यक्च्छेद भएको र भित्ताको मोटाइ समान रूपको भएको खोक्रा (होलो) उत्पादनहरू। चतुर्भुज (वर्ग समेत) आकार, समभुज त्रिभुजाकार वा उत्तल सम बहुभुज (रेगुलर कन्भेक्स पोलिगन) आकारको तिर्यक्च्छेद भएका, सम्पूर्ण लम्बाइभरि चुच्चा कुना (कर्नर्स) हरू गोल्याइएको (राउण्डेड), उत्पादनलाई पनि भित्री (इनर) र बाहिरी (आउटर) तिर्यक्च्छेद (क्रस सेक्सन) एक केन्द्रीय (कन्सेन्ट्रिक) छन् र उही रूप (फर्म) र अनुस्थापन (ओरिएण्टेशन) का छन् भने नली र पाइपको रूपमा लिनु पर्दछ। पूर्व उल्लिखित तिर्यक्च्छेद (क्रस सेक्सन) का नली र पाइपहरू चम्काइएका (पोलिस्ड), लेपित (कोटेड्), बङ्गयाइएका (बेन्ट), पेंचदार वा घाट बनाइएका (थ्रेडेड), छिद्रित (ड्रिल्ड), कटियुक्त (वेष्टेड), विस्तारित (एक्सप्याण्डेड), शङ्कु आकार (कोन-शेप्ड) का वा किनारा (फ्लान्जेज), पट्टा (कोलर्स) वा घेरा (रिङ्गस) युक्त हुन सक्तछन्।
१. यस भागमा र द्रष्टव्य (घ), (ङ) र (च) को हकमा यस अनुसूचीभरि नै देहायको शब्दावलीलाई यसैद्वारा देहायको अर्थ प्रदान गरिएको छः
(क) पिग आइरन (कच्चा फलाम)
तौलमा २ प्रतिशतभन्दा बढी कार्बन भएको, पिटेर कुनै आकारमा ल्याउनका लागि उपयोगी नहुने खालको र देहायको सीमाभित्र रही तौलको हिसाबले एक वा बढी अन्य तत्त्वहरू (एलिमेण्टस्) हुन सक्ने फलाम-कार्बनको मिश्रधातु (एल्वाय)ः
१० प्रतिशतमा नबढ्ने गरी क्रोमियम
६ प्रतिशतमा नबढ्ने गरी म्याङ्गानिज
३ प्रतिशतमा नबढ्ने गरी फोस्फोरस
८ प्रतिशतमा नबढ्ने गरी सिलिकोन
सम्पूर्णमा १० प्रतिशतमा नबढ्ने गरी अन्य तत्त्वहरू।
(ख) स्पिगलाइजन (एक किसिमको ढलुवा फलाम)
तौलमा ६ प्रतिशतभन्दा बढी तर ३० प्रतिशतमा नबढ्ने गरी म्याङ्गानिज भएको र अरू कुरामा माथि (क) को विवरणसँग मिल्ने फलाम-कार्बनको मिश्रधातु।
(ग) फेरो -एल्वायज् (लौहिक-मिश्रधातु)
तौलमा ४ प्रतिशत वा सोभन्दा बढी तत्त्व फलाम र देहायका एक वा बढी तत्त्वहरू भएको लाम्चो ढीक (पिग्स), ढिका (ब्लौक्स), पिण्डराशी (लम्प्स) वा यस्तै प्राथमिक रूपमा भएका, निरन्तर ढलाई (कण्टिन्यूअस कास्टिङ्ग) बाट प्राप्त हुन आएको रूपमा र दानादार (ग्रानुलर) वा चूर्ण (पाउडर) रूपमा भएका, एकत्रित (एग्लोमोरेटेड) गरिएका वा नगरिएका, सामान्यतः अन्य मिश्रधातु (एल्वायज) बनाउँदा योगशील (एडिटिभ) का रूपमा वा लौहधातुकर्म (फेरस मेटालर्जी) मा विअक्सीकरण (डिअक्सिडेण्ट) वा विगन्धकीकरणको कारकको रूपमा वा यस्तै प्रयोजनको लागि प्रयोग गरिने उपयोगी रूपमा आघात वर्धनीय वा नम्य (म्यालिएबल) नभएका मिश्रधातुहरूः
१० प्रतिशतभन्दा बढी क्रोमियम
३० प्रतिशतभन्दा बढी म्याङ्गानिज
३ प्रतिशतभन्दा बढी फोस्फोरस
८ प्रतिशतभन्दा बढी सिलिकन
तामाको हकमा अधिकतम मात्रा १० प्रतिशत रहने सर्तमा, कार्बन बाहेक, सम्पूर्णतः १० प्रतिशतभन्दा बढी अन्य तत्त्वहरू।
(घ) स्टिल (इस्पात)
शीर्षक ७२.०३ का बाहेक उपयोगी रूपमा आघात वर्धनीय (म्यालिएबुल) लौहिक (फलामे) पदार्थहरू (ढलाइको रूपमा उत्पादन हुने केही निश्चित किसिमका बाहेक), जसमा तौलको हिसाबले २ प्रतिशत वा सोभन्दा कम कार्बन रहन्छ।
तर, क्रोमियम स्टिलमा कार्बनको उच्च मात्रा हुन सक्तछ।
(ङ) स्टेनलेस स्टिल (खिया नलाग्ने इस्पात)
तौलको हिसाबले १.२ प्रतिशत वा सोभन्दा कम कार्बन भएको र १०.५ प्रतिशत वा सोभन्दा बढी क्रोमियम भएको, अन्य तत्त्वहरू भए वा नभएको मिश्रधातुको इस्पात (स्टिल) हरू।
(च) एल्वाय स्टिल (अन्य मिश्रधातुका इस्पात)
खिया नलाग्ने इस्पात (स्टेनलेस स्टिल) को परिभाषासँग मेल नखाने र तौलको हिसाबले देहायका एक वा सोभन्दा बढी तत्त्वहरू देखाइएका अनुपातमा हुने इस्पातहरूः
०.३% वा सोभन्दा बढी एल्यूमिनियम
०.०००८% वा सोभन्दा बढी बोरोन
०.३% वा सोभन्दा बढी क्रोमियम
०.३% वा सोभन्दा बढी कोबाल्ट
०.४% वा सोभन्दा बढी तामा
०.४% वा सोभन्दा बढी सिसा (लिड)
१.६५% वा सोभन्दा बढी म्याङ्गानिज
०.०८% वा सोभन्दा बढी मोलिब्डेनम
०.३% वा सोभन्दा बढी निकेल
०.०६% वा सोभन्दा बढी नियोबियम
०.६% वा सोभन्दा बढी सिलिकन
०.०५% वा सोभन्दा बढी टिटानियम
०.३% वा सोभन्दा बढी टङ्गस्टेन (वुल्फ्राम)
०.१% वा सोभन्दा बढी भनेडियम
०.०५% वा सोभन्दा बढी जिर्कोनियम
०.१% वा सोभन्दा बढी भिन्नाभिन्नै रूपमा रहेका अन्य तत्त्वहरू (सल्फर, फोस्फोरस, कार्बन र नाइट्रोजन बाहेक)।
(छ) फलाम वा इस्पातका पुनः पगाल्न हुने पत्रुका इन्गोट (ढिका)
पिग आइरन (कच्चा फलाम), स्पिगलाइजन (ढलुवा फलामको एक किसिम) को फलाम-मिश्रधातुहरू (फेरा-एल्वायज) वा रासायनिक बनोटसँग मेल नखाने, प्रत्यक्ष सतह त्रुटि भएको, फिडर-हेड्स वा हट टप्स रहित दण्डीहरू वा पिण्डहरूको रूपमा मोटामोटी रूपमा ढालिएका उत्पादनहरू।
(ज) ग्रान्यूल (दाना)
१ मि.मि. छिद्र भएको जालीदार चाल्नोबाट तौलमा ९०% भन्दा कम छिर्ने र ५ मि.मि. छिद्र भएको जालीदार चाल्नोबाट ९०% वा सोभन्दा बढी छिर्ने वा चालिने उत्पादनहरू।
(झ) अर्धतयारी उत्पादनहरू
प्राथमिक ताप-बेलन (हट रोलिङ्ग) गरिएको वा नगरिएको, लगातार ढलाई (कन्टिन्यूयस काष्ट) गरेको ठोस खण्ड भएका उत्पादनहरू; र प्राथमिक ताप-बेलनभन्दा बढी काम नगरिएको वा पिटाइ (फोर्जिङ्ग) बाट मोटामोटी आकार दिइएका कोण (एङ्गल्स) आकृति (शेप्स) वा खण्ड (सेक्सन्स) को निमित्तको ब्ल्याङ्क समेतका ठोस खण्ड (सोलिड सेक्सन) का उत्पादनहरू।
यस्ता उत्पादनहरू कुण्डली (क्वाइल) मा प्रस्तुत हुँदैनन्।
(ञ) चेप्टो बेलित (फ्ल्याट रोल्ड) उत्पादनहरू
माथि (झ) मा भएको परिभाषासँग मेल नखाने वर्गाकार बाहेकका ठोस चतुर्भुजाकार क्रस-सेक्सनको देहायको रूपमा भएका बेलित (रोल्ड) उत्पादनहरूः
एकपछि अर्को तह गरी खप्टिएर (सक्सेसिभ्ली सुपर इम्पोज्ड) बेहिएका कुण्डली (क्वाइल) हरू,
वा ४.७५ मि.मि. भन्दा कम मोटाइको भएमा मोटाइको कम्तीमा १० गुना चौडाइ भएका वा ४.७५ मि.मि. वा सोभन्दा बढी मोटाइको भएमा १५० मि.मि.
भन्दा बढी र मोटाइको कम्तीमा दुई गुना मापनको चौडाइ भएको सोझो लम्बाइ (स्ट्रेट लेङ्थ) का।
चेप्टो बेलित उत्पादनहरूमा बेलन (रोलिङ्ग) गर्दा नै प्रत्यक्ष रूपमा बनेका उक्सिएका आकृति (रिलिफ प्याटर्न) हरू (उदाहरणको लागि, खाँचा (ग्रुभ्स), धर्सा (रिब), चारखाना (चेकर), धाँजा (टियर), थोप्लाथोप्ली (बटन), विषमकोण चतुर्भुज (लोजेन्ज)) भएका र प्वाल परिएका (पर्फोरिटेड), खोल्सा र डाँडी बनाइएका (कोरुगेटेड) वा चम्काइएका (पोलिस्ड) तर यसो गर्दा अन्य शीर्षकहरूका वस्तु वा उत्पादनको लक्षण भने नआउने वस्तुहरूलाई समावेश हुन्छन्।
अन्य शीर्षकका उत्पादन वा वस्तुहरूको लक्षण धारण नगर्ने भएमा, चतुर्भुज वा वर्गाकार आकृति बाहेकको, जुनसुकै नाप (साइज) का चेप्टो बेलित (फ्ल्याट रोल्ड) उत्पादनहरूलाई ६०० मि.मि. वा सोभन्दा बढी चौडाइ भएको उत्पादनको रूपमा वर्गीकरण गरिनेछ।
(ट) ताप बेलित, अनियमित रूपले (इरेंगुलर्ली) क्वाइलमा बेहिएका छड र दण्डीहरू (बार्स र रड्स)
वृत्त, वृत्तखण्ड (सेगमेण्ट अफ सर्कल), दीर्घ वृत्ताकार (ओभल), चतुर्भुज (वर्गाकार समेत), त्रिभुजाकार वा अन्य उत्तल बहुभुज (कन्भेक्स पोलिगन) ("चौडा वृत्तहरू" र "परिवर्तित चतुर्भुजहरू" समेत, जसका सम्मुखका भुजाहरू उत्तल चाप (कन्भेक्स आर्क) को रूपमा, अन्य दुई भुजाहरू सिधा भएका, बराबर लम्बाइका र समानान्तर रूपमा हुन्छन्) आकारमा ठोस तिर्यक परिच्छेद (क्रस् सेक्सन) भएका, अनियमित (इरेंगुलर) रूपले कुण्डली आकारमा बेहिएका ताप-बेलित उत्पादनहरू। यस्ता उत्पादनहरूमा बेलन प्रक्रिया गरिँदाका बखत (छड र दण्डीलाई सबलीकरण गर्न) भङ्गुरीकरण (इण्डेण्टेशन), धर्सा (रिब्स), खाँच (ग्रुभ्स) वा अन्य विरूपण (डिफोर्मेसन) हरू उत्पन्न भएका हुन सक्तछन्।
(ठ) अन्य छड र दण्डीहरू
माथिका (झ), (ञ) वा (ट) का कुनै पनि परिभाषासँग नमिल्ने वा तार (वायर) को परिभाषासँग मेल नखाने, वृत्त (सर्कल), वृत्तखण्ड (सेगमेण्ट अफ सर्कल), दीर्घवृत्त (ओभल), चतुर्भुज (वर्गाकार समेत), त्रिभुजाकार वा अन्य उत्तल बहुभुज (कन्भेक्स पोलिगन) ("चौडा वृत्तहरू" र "परिवर्तित चतुर्भुजहरू" समेत, जसका सम्मुखका भुजाहरू उत्तल चाप (कन्भेक्स आर्क) को रूपमा, अन्य दुई भुजाहरू सिधा भएका,
बराबर लम्बाइका र समानान्तर रूपमा हुन्छन्), आकारमा सम्पूर्ण लम्बाइभरि एक समान ठोस तिर्यक परिच्छेद भएका उत्पादनहरू। त्यस्ता उत्पादनहरू देहाय बमोजिमका हुन सक्तछन्ः
बेलन प्रक्रिया गरिँदाका बखत (छड र दण्डीलाई सबलीकरण गर्न) भङ्गुरीकरण (इण्डेन्टेसन), धर्साहरू (रिब्स), खाँचहरू (ग्रुभ्स) वा अन्य विरूपणहरू (डिफोर्मेसन) उत्पन्न भएका;
बेलन प्रक्रिया पछि बटारिएका (ट्विस्टेड्)।
(ड) कोण (एङ्गल) आकार (शेप) र भाग (सेक्सन) हरू
सम्पूर्ण लम्बाइभरि समान रूपको ठोस तिर्यक परिच्छेद (क्रस सेक्सन) भएका माथिका (झ), (ञ), (ट) वा (ठ) मध्ये कुनै पनि परिभाषासँग वा तार (वायर) को परिभाषासँग मेल नखाने उत्पादनहरू।
शीर्षक ७३.०१ वा ७३.०२ का उत्पादनहरू भाग ७२ मा समावेश हुँदैनन्।
(ढ) तार (वायर)
चेप्टो बेलिएको (फ्ल्याट रोल्ड) उत्पादनहरूको परिभाषासँग नमिल्ने, सम्पूर्ण लम्बाइभरि कुनै समान रूपको ठोस तिर्यक परिच्छेद (क्रस सेक्सन) भएको, कुण्डली (क्वायल) मा भएको शीत निर्मित (कोल्ड फोर्म्ड) उत्पादनहरू।
(ण) ड्रिलका खोक्रो दण्डी र छडहरू
छेदक (ड्रिल) को लागि उपयुक्त हुने खालको, जतिसुकै तिर्यक परिच्छेद (क्रस सेक्सन) को, १५ मि.मि. भन्दा बढी तर ५२ मि.मि. ननाघ्ने सर्वाधिक बाहिरी आयाम भएको, सर्वाधिक बाहिरी आयामको आधामा नबढ्ने गरी सर्वाधिक आन्तरिक आयाम रहेको खोक्रो छड र दण्डीहरू। यस परिभाषासँग मेल नखाने फलाम वा इस्पातका खोक्रा छड र दण्डीहरूलाई शीर्षक ७३.०४ मा वर्गीकरण गरिन्छ।
२. अन्य लौहिक धातु (फेरस मेटल्स) को आवरण चढाइएको लौहिक धातुको वर्गीकरण तौलको हिसाबले अधिकता भएको लौहिक धातुको उत्पादनको रूपमा गरिनेछ।
३. विद्युतीय निक्षेपण (एलेक्ट्रोलाइटिक डिपोजिशन) द्वारा, चाप ढलाई (प्रेसर कास्टिङ्ग) द्वारा वा संपुञ्जन (सिन्टरिङ्ग) द्वारा उपलब्ध फलाम वा इस्पातका उत्पादनहरूलाई तिनको रूप (फोर्म), तिनको बनावट (कम्पोजिशन) र तिनको आकृति (एपियरेन्स) अनुसार यस भागका मिल्दा ताप-बेलित (हटरोल्ड) उत्पादनका शीर्षकहरूमा वर्गीकरण गरिनेछ।
१. यस भागमा देहायका उक्तिहरूको देहाय बमोजिमको अर्थ प्रदान गरिएको छः
(क) कच्चा फलामको मिश्रधातु (एल्वाय पिग आइरन)
देहायका एक वा सोभन्दा बढी तत्त्वहरू तौलको हिसाबले उल्लेख भएको अनुपातमा रहेको कच्चा फलाम (पिग आइरन)ः
०.२% भन्दा बढी क्रोमियम
०.३% भन्दा बढी तामा
०.३% भन्दा बढी निकेल
०.१% भन्दा बढी एल्यूमिनियम, मोलिब्डेनम, टिटानियम, टङ्गस्टेन (वुलफ्राम), भनेडियममध्ये कुनै तत्त्वहरू
(ख) गैरमिश्रधातु (नन् एल्वाय) फ्री कटिङ्ग इस्पातः
देहायमा उल्लेख गरिएको अनुपातमा तौलको आधारमा देहायका एक वा सोभन्दा बढी तत्त्वहरू भएको गैरमिश्रधातु इस्पातः
०.०८% वा सोभन्दा बढी गन्धक
०.१% वा सोभन्दा बढी सिसा
०.०५% भन्दा बढी सेलेनियम
०.०१% भन्दा बढी टेल्यूरियम
०.०५% भन्दा बढी विस्मथ
(ग) सिलिकन-वैद्युतिक इस्पात
तौलको हिसाबले कम्तीमा ०.६% तर ६% मा नबढ्ने गरी सिलिकन र ०.०८% मा नबढ्ने गरी कार्बनको मात्रा भएको मिश्रधातुका इस्पातहरू। तिनमा तौलको हिसाबले १% मा नबढ्ने गरी एल्यूमिनियम समेत हुन सक्तछ, तर उक्त इस्पातलाई अन्य मिश्रधातुको इस्पातको लक्षण प्रदान गर्ने अनुपातमा अन्य तत्त्वहरू भने रहेका हुँदैनन्।
(घ) उच्च गतिको इस्पात (हाइस्पिड स्टिल)
अन्य तत्त्वहरू सहित वा रहित मोलिब्डेनम, टङ्गस्टेन र भनेडियम यी तीन तत्त्वमध्ये कम्तीमा दुई वटा तत्त्व तौलको हिसाबले ७% वा सोभन्दा बढी भएको,
०.६% वा सोभन्दा बढी कार्बन र ३ देखि ६% सम्म क्रोमियम भएको मिश्रधातुको इस्पात।
(ङ) सिलिको म्याङगानिज इस्पात
तौलको हिसाबले देहाय अनुसारका तत्त्वहरू भएका मिश्रधातुको इस्पातः
०.७% भन्दा बढी कार्बन नभएको,
०.५% वा बढी तर १.९% मा नबढ्ने गरी म्याङ्गानिज भएको, र
०.६% वा बढी तर २.३% मा नबढ्ने गरी सिलिकोन भएको, तर उक्त इस्पातलाई अन्य मिश्रधातुको इस्पातको लक्षण प्रदान गर्ने अनुपातमा अन्य तत्त्वहरू नभएको।
२. शीर्षक ७२.०२ अन्तर्गतका उपशीर्षकहरूमा लौहिक-मिश्रधातुको वर्गीकरण गर्नको लागि देहायको नियमको पालना गरिनु पर्दछः
लौहिक मिश्रधातुलाई द्विधातुक (वाइनरी) को रूपमा मानिन्छ र उक्त मिश्रधातुको तत्त्वहरूमध्ये एउटा मात्र तत्त्वको प्रतिशत यस भागको द्रष्टव्य १(ग) मा उल्लेख भएको न्यूनतम प्रतिशत नाघेमा त्यस्तो सम्बन्धित उपशीर्षक (यदि त्यस्तोको अस्तित्व छ भने) मा त्यसको वर्गीकरण गरिन्छ; सादृश्यले दुई वा तीन मिश्रधातुका तत्त्वहरू न्यूनतम प्रतिशतभन्दा बढी भएमा तिनलाई क्रमशः त्रिधातुक (टर्नरी) वा चतुर्धातुक (क्वाटर्नरी) मानिन्छ।
यस नियमको कार्यान्वयनको लागि, यस भागको द्रष्टव्य १(ग) मा उल्लेख भएको अनुल्लिखित (अन्स्पेशिफाइड्) "अन्य तत्त्वहरू" प्रत्येक तौलको हिसाबले १०% भन्दा बढी भएकै हुनु पर्दछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
• कमविकसित मुलुकबाट पैठारी हुँदा मात्र।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
द्रष्टव्यहरूः
१. यस भागमा "ढालेको फलाम (काष्ट आइरन)" भन्ने उक्ति तौलमा अन्य हरेक तत्त्वहरूभन्दा फलाम बढी भएको र भाग ७२ को द्रष्टव्य १ (घ) मा परिभाषित इस्पातको रासायनिक बनावटसँग मेल नखाने, ढलाइबाट उपलब्ध उत्पादनहरूको हकमा लागू हुन्छ।
२. यस भागमा "तार (वायर)" भन्ने शब्दले तिर्यक्च्छेदीय आयाम (क्रस-सेक्सनल डाइमेन्सन) १६ मि.मि. भन्दा बढी नभएको, जस्तोसुकै तिर्यक्च्छेदीय आकृति (शेप) को ताप-निर्मित वा शीत-निर्मित उत्पादनहरूलाई जनाउँछ।
• कमविकसित मुलुकबाट पैठारी हुँदा मात्र।
• कमविकसित मुलुकबाट पैठारी हुँदा मात्र।
• कमविकसित मुलुकबाट पैठारी हुँदा मात्र।
द्रष्टव्यः
१. यस भागमा देहायका उक्तिहरूलाई यसद्वारा देहायका अर्थ प्रदान गरिएका छन्ः
(क) परिष्कृत तामा (रिफाइण्ड कपर)
तौलमा ९९.८५ प्रतिशत तामा भएको धातु; वा
तौलमा ९७.५ प्रतिशत तामा भएको, तर अन्य कुनै पनि तत्त्वको मात्रा (कण्टेण्ट) को सीमा तौलको हिसाबले निम्नलिखित तालिकामा उल्लेख भएकोभन्दा बढी नभएको धातुः
तालिका-अन्य तत्त्वहरू
(ख) तामाको मिश्रधातु (कपर एल्वाय)
अपरिष्कृत तामा बाहेक धात्विक द्रव्य (मेटालिक सब्स्टेन्स) हरू जसमा तौलको हिसाबले अन्य प्रत्येक तत्त्वभन्दा तामा बढी रहन्छ, तरः
∗ उदाहरणको लागि अन्य तत्त्वहरू हुन्ः एएल, बीई, सिओ, एफई, एमएन, एनआई, एसआई।
(१) अन्य तत्त्वहरूमध्ये कमसेकम एउटा तत्त्वको मात्रा तौलको हिसाबले माथिको तालिकामा उल्लेख भएको सीमाभन्दा बढी हुनु पर्छ; वा
(२) त्यस्ता अन्य तत्त्वहरूको कुल मात्रा तौलको हिसाबले २.५ प्रतिशतभन्दा बढी भएको हुनु पर्दछ।
(ग) माष्टर मिश्रधातु (मास्टर एल्वाय)
अन्य तत्त्वहरूको साथसाथै तौलमा १० प्रतिशतभन्दा बढी तामा भएको, उपयोगी रूपमा पिटेर आकार बदल्न नसकिने खालको र सामान्यतया अन्य मिश्रधातुको निर्माणमा संयोज्य (एडिटिभ) को रूपमा, वा अक्सीकरण, गन्धकीकरण हुनबाट बचाउने कारकको रूपका वा लौहेतर (नन्फेरस) धातुहरूको धातुकर्म (मेटालर्जी) मा यस्तै काममा प्रयोग गरिने मिश्रधातुहरू।
तर, तौलको हिसाबले १५ प्रतिशतभन्दा बढी फोस्फोरस भएको कपर फोस्फाइड (फोस्फोर कपर) भने शीर्षक २८.५३ मा पर्दछ।
उपशीर्षक द्रष्टव्यः
यस भागमा देहायका उक्ति (एक्सप्रेशन) हरूलाई यसैद्वारा देहाय बमोजिमको अर्थ प्रदान गरिएको छः
(क) तामा-जस्ता आधारभूत मिश्रधातु (पित्तल)
अन्य तत्त्वहरू सहित वा रहित, तामा र जस्ताको मिश्रधातु। यदि अन्य तत्त्वहरू भएमाः
(ख) तामा-टिन आधारभूत मिश्रधातु (काँस वा ढलोट)
अन्य तत्त्वहरू सहित वा रहित तामा र टिनको मिश्रधातु। अन्य तत्त्वहरू भएमा, तौलको हिसाबले त्यस्ता प्रत्येक तत्त्वभन्दा टिनको मात्रा बढी हुन्छ, सिबाय टिनको मात्रा ३ प्रतिशत वा बढी भई जस्ताको मात्रा तौलको हिसाबले टिनको भन्दा बढी भएको अवस्थामा, तर पनि १० प्रतिशतभन्दा कम हुनै पर्दछ।
(ग) तामा-निकेल-जस्ता आधारभूत मिश्रधातु (निकेल सिल्भर)
अन्य तत्त्वहरू सहित वा रहित तामा, निकेल र जस्ताको मिश्रधातु। निकेलको मात्रा तौलको हिसाबले ५ प्रतिशत वा सोभन्दा बढी हुन्छ (हेर्नुहोस् तामा-जस्ता मिश्रधातु (पितल))।
(घ) तामा-निकेल आधारभूत मिश्रधातु (बेस एल्वायज)
अन्य तत्त्वहरू सहित वा रहित तामा र निकेलको मिश्रधातु, तर जुनसुकै स्थितिमा पनि तौलमा १ प्रतिशतमा नबढ्ने गरी जस्ता भएको हुन्छ। अन्य तत्त्वहरू भएमा, त्यस्ता अन्य प्रत्येक तत्त्वहरूभन्दा निकेलको मात्रा बढी हुन्छ।
उपशीर्षक द्रष्टव्यहरूः
१. यस भागमा देहायका उक्तिहरूलाई यसैद्वारा देहाय बमोजिम अर्थ प्रदान गरिएको छः
(क) निकेल, अमिश्रित
तौलमा कम्तीमा ९९ प्रतिशत निकेल साथै कोबाल्ट भएको धातु, तरः
(१) कोबाल्टको मात्रा तौलको हिसाबले १.५ प्रतिशतभन्दा बढी नभएको, र
(२) कुनै अन्य तत्त्वको मात्रा तौलको हिसाबले निम्नलिखित तालिकामा उल्लेख गरेको सीमाभन्दा बढी नभएकोः
तालिका-अन्य तत्त्वहरू
(ख) निकेलका मिश्रधातु (निकेल एल्वायज)
तौलको हिसाबले अन्य प्रत्येक तत्त्वको भन्दा निकेलको मात्रा बढी भएको धात्विक द्रव्य (मेटालिक सब्स्ट्यान्स), तरः
(१) तौलको हिसाबले कोबाल्टको मात्रा १.५ प्रतिशतभन्दा बढी भएको,
(२) अन्य तत्त्वहरूमध्ये कमसेकम एक तत्त्वको मात्रा तौलको हिसाबले माथिको तालिकामा उल्लेख भएको सीमाभन्दा बढी भएको, वा
(३) निकेल र कोबाल्टको योगलाई बाहेक गर्दा अन्य तत्त्वहरूको सम्पूर्ण मात्रा तौलको हिसाबले १ प्रतिशतभन्दा बढी भएको।
२. परिच्छेद १५ को द्रष्टव्य ९(ग) मा जस्तोसुकै व्यवस्था गरिएको भए तापनि उपशीर्षक ७५०८.१० को प्रयोजनको लागि "तार (वायर)" शब्द, कुण्डली (क्वायल्स) मा भए वा
नभएका, जुनसुकै तिर्यक्च्छेदीय आकारका, जसको तिर्यक्च्छेदीय आयाम (क्रस-सेक्सनल डाइमेन्सन) ६ मि.मि. भन्दा बढी हुँदैन, त्यस्ता उत्पादनहरूको हकमा मात्र लागू हुन्छ।
उपशीर्षक द्रष्टव्यहरूः
१. यस भागमा देहायका उक्ति (एक्सप्रेशन) हरूलाई यसैद्वारा देहाय बमोजिमको अर्थ प्रदान गरिएको छः
(क) आल्युमिनियम, अमिश्रित
तौलमा घटीमा ९९ प्रतिशत आल्युमिनियम भएको धातु, तर अन्य कुनै तत्त्वको मात्रा तौलको हिसाबले तलको तालिकामा उल्लेख भएको भन्दा बढी हुनु हुँदैन।
तालिका -अन्य तत्त्वहरु
(ख) आल्युमिनियमका मिश्रधातुहरू
तौलको हिसाबले अन्य प्रत्येक तत्त्वको भन्दा आल्युमिनियमको मात्रा बढी भएको धात्विक द्रव्य (मेटालिक सब्स्ट्यान्स), तरः
(१) तौलको हिसाबले अन्य तत्त्वहरूमध्ये कुनै एक तत्त्वको मात्रा वा फलाम र सिलिकोनको योगको मात्रा माथिको तालिकामा उल्लेख भएको सीमाभन्दा बढी भएको; वा
(२) तौलको हिसाबले त्यस्ता अन्य तत्त्वहरूको कुल मात्रा १ प्रतिशतभन्दा बढी नभएको।
२. परिच्छेद १५ को द्रष्टव्य ९(ग) मा जस्तोसुकै व्यवस्था गरिएको भए तापनि, उपशीर्षक ७६१६.९१ को प्रयोजनको लागि "तार (वायर)" शब्द कुण्डली (क्वायल) मा भए वा नभएका, जुनसुकै तिर्यक्च्छेदीय आकारका, जसको तिर्यक्च्छेदीय आयाम (क्रस-सेक्सनल डाइमेन्सन) ६ मि.मि. भन्दा बढी हुँदैन, त्यस्ता उत्पादनहरूको हकमा मात्र लागू हुन्छ।
(भविष्यमा सम्भावित प्रयोगको लागि सुरक्षित)
१. यस भागमा "परिष्कृत सिसा" भन्ने उक्तिले:
तौलको हिसाबले कम्तीमा ९९.९ प्रतिशत सिसा भएको धातुलाई जनाउँछ।
तर अन्य कुनै तत्त्वको मात्रा तौलको हिसाबले तलको तालिकामा उल्लेख भएको सीमालाई नाघेको हुनु हुँदैनः
१. यस भागमा तलका उक्तिहरूलाई यसैद्वारा देहायको अर्थ प्रदान गरिएको छः
(क) जस्ता, अमिश्रित (नट एल्वायज)
तौलको हिसाबले कम्तीमा पनि ९७.५ प्रतिशत जस्ता भएको धातु।
(ख) जस्ताका मिश्रधातुहरू (एल्वायज)
तौलको हिसाबले अन्य तत्त्वहरू प्रत्येकभन्दा जस्ताको बाहुल्य भएको धात्विक द्रव्यहरू, तर त्यस्तो अन्य तत्त्वहरूको कुल मात्रा तौलको हिसाबले २.५ प्रतिशतभन्दा बढी हुनु पर्दछ।
(ग) जस्ताको धुलो (जिङ्क डस्ट)
जस्ताको चूर्ण (जिङ्क पाउडर) भन्दा मिहीन (फाइनर) गोलाकार (स्फेरिकल) कणहरू भएको जस्ताको वाष्प (जिङ्क भेपर) को सुद्रवण (कन्डेन्सेसन) द्वारा प्राप्त धुलो (डस्ट)। ६३ माइक्रोमिटर (माइक्रोन) को जालीदार चाल्नोबाट तौलको हिसाबले कम्तीमा पनि ८० प्रतिशत कणहरू छिर्दछन्। यसमा कम्तीमा पनि तौलको हिसाबले ८५ प्रतिशत धात्विक जस्ता भएको हुने पर्दछ।
१. यस भागमा तलका उक्तिहरू (एक्सप्रेशन) लाई यसैद्वारा देहायको अर्थ प्रदान गरिएको छः
(क) टिन, अमिश्रित
तौलको हिसाबले कम्तीमा पनि ९९ प्रतिशत टिन भएको, तर विस्मथ वा तामाको कुनै मात्रा भएमा तौलको हिसाबले देहायको तालिकामा उल्लेख भएको सीमा (लिमिट) भन्दा कम भएको धातुः
(ख) टिनको मिश्रधातु
अन्य तत्त्वहरूमध्ये प्रत्येकको भन्दा तौलको हिसाबमा टिनको मात्राको बाहुल्य भएको धात्विक द्रव्यहरू, तर तलका सर्तहरू पूरा भएको हुनु पर्दछः
(१) त्यस्ता अन्य तत्त्वहरूको कुल मात्रा तौलको हिसाबमा १ प्रतिशतभन्दा भएको; वा
(२) तौलको हिसाबले विस्मथको वा तामाको मात्रा माथिको तालिकामा उल्लेख भएको सीमाको बराबर वा सोभन्दा बढी भएको।
१. धमनदीप (ब्लो ल्याम्प), यताउति सार्न हुने आरन (पोर्टेबल फोर्जेज), फ्रेमवर्क सहितको पेषण चक्र (ग्राइण्डिङ्ग ह्वील), हात र नङको उपचार वा पाद उपचारका वस्तुहरूको समूह (म्यानिक्योर वा पेडिक्योर सेट्स), र शीर्षक ८२.०९ का सामानहरूका अतिरिक्त यस भागमा निम्न पदार्थका पत्ति (ब्लेड), काम गर्ने बिट (एज), काम गर्ने सतह वा अन्य काम गर्ने अङ्ग भएका वस्तुहरू मात्र पर्दछन्।
(क) आधारभूत धातुका;
(ख) मेटल कार्बाइड वा सरमेटका;
(ग) आधारभूत धातु, मेटल कार्बाइड वा सरमेटको आधारमा रहेका बहुमूल्य वा अर्धबहुमूल्य (प्राकृतिक, संश्लिष्ट वा पुननिर्मित) पत्थरहरूका; वा
(घ) आधारभूत धातुलाई आधार बनाएर रहेका अपघर्षक पदार्थहरू (एब्रेसिभ म्याटेरियल्स) का, तर त्यस्ता वस्तुहरूमा अपघर्षक (एब्रेसिभ) को प्रयोगपछि पनि तिनको पहिचान र कार्यहरू यथावत रहने आधारभूत धातुका काट्ने दाँती, घुमाउरो खोल्सा (फ्लूट) र खाँचा (ग्रुभ्) वा यस्तै भएका हुनु पर्दछ।
२. छुट्टै रूपमा उल्लेख भएका पार्टपुर्जाहरू र हाते औजारका औजार धारक (टूल होल्डर) हरू (शीर्षक ८४.६६) बाहेक यस भागका वस्तुहरूका आधारभूत धातु (बेसमेटल) का पार्टपुर्जाहरूलाई जुन वस्तुका पार्टपुर्जाहरू हुन्, त्यसैका साथ वर्गीकरण गर्नु पर्दछ।
तर, परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषा गरिएका साधारण प्रयोगका पार्टपुर्जाहरू भने सबै स्थितिमा यस भागमा पर्दैनन्।
दारी खौरने विद्युतीय यन्त्र (इलेक्ट्रिक शेभर) वा कपाल काट्ने विद्युतीय यन्त्र (इलेक्ट्रिक हेयर क्लिपर) हरूका लागि बनाइएका शीरोभाग (हेड), पत्ति (ब्लेड्) र काट्ने पाता (कटिङ्ग प्लेट्) हरूलाई शीर्षक ८५.१० मा वर्गीकरण गरिन्छ।
३. शीर्षक ८२.११ को एक वा बढी चक्कुहरू भएको र शीर्षक ८२.१५ को उत्ति नै सङ्ख्या भएका वस्तुहरूको समूह (सेट्स) लाई शीर्षक ८२.१५ मा वर्गीकरण गरिन्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागको प्रयोजनको लागि, आधारभूत धातु (बेस मेटल) का पार्टपुर्जाहरूलाई तिनका मूल वस्तु (प्यारेन्ट आर्टिकल) का साथ वर्गीकरण गरिनु पर्दछ। तर, शीर्षक ७३.१२, ७३.१५, ७३.१७, ७३.१८ वा ७३.२० का फलाम र इस्पातका वस्तुहरू वा आधारभूत धातुका त्यस्तै वस्तुहरू (भाग ७४ देखि ७६ र ७८ देखि ८१) लाई यस भागका वस्तुहरूका पार्टपुर्जाहरूको रूपमा लिइनु हुँदैन।
२. शीर्षक ८३.०२ को प्रयोजनको लागि "क्यास्टोरहरू" भन्ने शब्दले ७५ मि.मि.मा नबढ्ने गरी ब्यास (डायमिटर) भएको (जहाँ उपयुक्त छ, टायर समेत गरी) वा ७५ मि.मि.भन्दा बढी ब्यास भएको (जहाँ उपयुक्त छ, टायर समेत गरी), तर त्यसमा जडान भएको चक्का (ह्वील) वा टायरको चौडाइ ३० मि.मि.भन्दा कम रहेकोलाई जनाउँदछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
• कमविकसित मुलुकबाट पैठारी हुँदा मात्र।
१. यस परिच्छेदमा नपर्नेः
(क) भाग ३९ को प्लाष्टिकको, वा भल्कनाइज्ड रबर (शीर्षक ४०.१०), को सम्प्रेषण वा परिवहन (ट्रान्समिशन वा कन्भेयर) पेटी र पट्टाहरू (बेल्ट्स वा बेल्टिङ्ग), वा कडा रबर बाहेकको भल्कनाइज्ड रबरको यन्त्र वा यान्त्रिक वा वैद्युतिक उपकरणहरूमा प्रयोग हुने वा अन्य प्राविधिक प्रयोगका निमित्तका अन्य वस्तुहरू (शीर्षक ४०.१६);
(ख) यन्त्र वा यान्त्रिक उपकरणहरूमा प्रयोग हुने खालका वा अन्य प्राविधिक प्रयोग निमित्तको, छाला वा सम्मिश्रण छाला (कम्पोजिसन लेदर) को (शीर्षक ४२.०५) वा भुवादारी छाला (फरस्किन) का (शीर्षक ४३.०३) सामानहरू;
(ग) जुनसुकै पदार्थका बोबिनहरू, स्पूलहरू, कौपहरू, शङ्कु (कोन) हरू, कोरहरू, रीलहरू वा त्यस्तै आधार (सपोर्ट) हरू (उदाहरणको लागि भाग ३९, ४०, ४४ वा ४८ वा परिच्छेद-१५);
(घ) जेकर्ड वा त्यस्तै यन्त्रहरूको लागि छिद्रित (परफोरेटेड) कार्डहरू (उदाहरणतः भाग ३९ वा ४८ वा परिच्छेद-१५);
(ङ) कपडा पदार्थको सम्प्रेषण वा परिवहन पेटी (ट्रान्समिसन वा परिवहन बेल्ट एण्ड बेल्टिङ्ग) (शीर्षक ५९१०) वा प्राविधिक प्रयोग निमित्तको कपडा पदार्थको अन्य वस्तुहरू (शीर्षक ५९.११);
(च) शीर्षक ७१.०२ देखि ७१.०४ सम्मका बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संश्लेषित वा पुननिर्मित), वा स्टाइलसको लागि चाहिने नजडिएका परिष्कृत सेफायर र हीराहरू (शीर्षक ८५.२२) बाहेक शीर्षक ७१.१६ का पूर्णतः त्यस्ता पत्थरहरूका वस्तुहरू;
(छ) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित आधारभूत धातु (परिच्छेद १५) का साधारण प्रयोगका अङ्गहरू (पार्टस अफ जनरल युज), वा प्लाष्टिकका त्यस्तै सामानहरू (भाग ३९);
(ज) ड्रिल पाइप (शीर्षक ७३.०४);
(झ) धातुका तार वा पाटा (स्ट्रिप) को अन्त्यहीन पेटी (एण्डलेस बेल्ट) (परिच्छेद १५);
(ञ) भाग ८२ वा ८३ का वस्तुहरू;
(ट) परिच्छेद १७ का वस्तुहरू;
(ठ) भाग ९० का वस्तुहरू;
(ड) घडीहरू वा भाग ९१ का अन्य वस्तुहरू;
(ढ) शीर्षक ८२.०७ का अन्तरपरिवर्तनीय (इण्टरचेञ्जेबल) औजारहरू वा यन्त्रहरूका पार्टुपुर्जाको रूपमा प्रयोग हुने खालका बुरुसहरू (शीर्षक ९६.०३); यस्तै अन्तरपरिवर्तनीय औजारहरूलाई तिनको काम गर्ने भागको घटक पदार्थ (कन्स्टिच्यूएण्ट म्याटेरियल) अनुसार वर्गीकरण गरिन्छ (उदाहरणतः भाग ४०, ४२, ४३, ४५ वा ५९ मा वा शीर्षक ६८.०४ वा ६९.०९ मा);
(ण) भाग ९५ का वस्तुहरू; वा
(त) बेर्ने चक्का (स्पूल्स) मा वा कार्ट्रिजमा भए वा नभएको टाइपराइटरका वा यस्तै किसिमका रिवनहरू (तिनका घटक पदार्थ (कन्स्टिच्यूएण्ट म्याटेरियल) अनुसार वर्गीकरण हुने, वा छाप अङ्कित गर्न
मसीयुक्त बनाएर वा अन्य किसिमबाट तयार गरिएको भएमा शीर्षक ९६.१२ मा वर्गीकरण हुने), वा शीर्षक ९६.२० का मोनोपडहरू, बाइपडहरू, ट्राइपडहरू र यस्तै सामग्रीहरू।
२. यस परिच्छेदको द्रष्टव्य १, भाग ८४ को द्रष्टव्य १ र भाग ८५ को द्रष्टव्य १ का अधीनमा रही, यन्त्रका पार्टपुर्जाहरू (शीर्षक ८४.८४, ८५.४४, ८५.४५, ८५.४६ वा ८५.४७ का वस्तुहरूमा नलाग्ने पार्टपुर्जा) लाई देहायका नियमहरू बमोजिम वर्गीकरण गरिनेछ:
(क) भाग ८४ वा ८५ का जुनसुकै शीर्षकहरूमा (शीर्षकहरू ८४.०९, ८४.३१, ८४.४८, ८४.६६, ८४.७३, ८४.८७, ८५.०३, ८५.२२, ८५.२९, ८५.३८ र ८५.४८ बाहेक) सामानको रूपमा समाविष्ट पार्टपुर्जाहरूलाई सबै स्थितिमा तिनका सम्बन्धित शीर्षकहरूमै वर्गीकरण गरिनेछ;
(ख) कुनै खास किसिमको यन्त्रमा वा उही शीर्षकका अनेकौं यन्त्रहरूका साथमा (शीर्षक ८४.७९ वा ८५.४३ को यन्त्र समेत), पूर्णतया वा मुख्यतया प्रयोगको लागि उपयुक्त, अन्य पार्टपुर्जाहरूलाई त्यस किसिमका यन्त्रहरूका साथै वा शीर्षक ८४.०९, ८४.३१, ८४.४८, ८४.६६, ८४.७३, ८५.०३, ८५.२२, ८५.२९ वा ८५.३८ मा जहाँ उपयुक्त हुन्छ त्यहाँ वर्गीकरण गरिनेछ। तर, शीर्षक ८५.१७ र ८५.२५ देखि ८५.२८ सम्मका वस्तुहरूका साथ मुख्यतया प्रयोगको लागि उत्तिकै उपयुक्त पार्टपुर्जाहरूलाई शीर्षक ८५.१७ मा वर्गीकरण गरिनेछ र शीर्षक ८५.२४ का वस्तुहरूका साथ प्रयोगका लागि पूर्णतया वा मुख्यतया उपयुक्त पार्टपुर्जाहरूलाई शीर्षक ८५.२९ मा वर्गीकरण गरिनेछ।
(ग) अन्य सबै पार्टपुर्जाहरूलाई शीर्षक ८४.०९, ८४.३१, ८४.४८, ८४.६६, ८४.७३, ८५.०३, ८५.२२, ८५.२९ वा ८५.३८ मा जहाँ उपयुक्त हुन्छ त्यहाँ वर्गीकरण गरिनेछ अथवा, सो हुन नसकेमा, शीर्षक ८४.८७ वा ८५.४८ मा वर्गीकरण गरिनेछ।
३. प्रसङ्गले अन्यथा अपेक्षा गरेकोमा बाहेक, दुई वा दुईभन्दा बढी यन्त्रहरूलाई सँगै जडान गरी एउटा पूर्ण यन्त्र बनाइएका संयुक्त (कम्पोजिट) यन्त्रहरू तथा दुई वा दुईभन्दा बढी संपूरक (कम्प्लिमेण्टरी) वा वैकल्पिक (अल्टरनेटिभ) कार्यहरू सम्पादन गर्ने प्रयोजनको लागि अभिकल्पित अन्य यन्त्रहरूलाई प्रमुख कार्य सम्पादन गर्ने यन्त्रको अवयव (कम्पोनेण्ट) मात्र भएको मानेर वा प्रमुख कार्य सम्पादन गर्ने यन्त्रको रूपमा वर्गीकरण गरिनेछ।
४. भाग ८४ वा भाग ८५ मा कुनै एक शीर्षकले समेटेको, स्पष्टतया निर्दिष्ट कार्यमा योगदान गर्ने उद्देश्य भएको, अलग अलग अवयवहरू (छुट्टाछुट्टै भएका वा नलिका (पाइपिङ्ग) द्वारा, सञ्चारण साधन (ट्रान्समिसन डिभाइस) द्वारा, वैद्युतिक तार (केबुल) द्वारा वा अन्य साधनद्वारा परस्पर जोडिएका) बाट बनेको यन्त्र (यन्त्रहरूको संयोजन समेत) लाई सम्पूर्ण रूपमा त्यस्तो कार्यको लागि उपयुक्त शीर्षकमा वर्गीकरण गरिनेछ।
५. यी द्रष्टव्यहरूको प्रयोजनका लागि "यन्त्र" (मेशिन) भन्ने उक्तिले भाग ८४ वा ८५ का शीर्षकहरूमा उल्लेख भएका जुनसुकै यन्त्र (मेशिन), यन्त्रावली (मेशिनरी), संयन्त्र (प्लान्ट), उपकरण (इक्विपमेण्ट), औजार (एपरेटस) वा साधित्र (अप्लायन्स) लाई जनाउँछ।
६. (क) यस वस्तु अनुसूचीभरि नै "इलेक्ट्रिकल र इलेक्ट्रोनिक अवशेष र पत्रु" भन्ने अभिव्यक्तिले विद्युतीय (इलेक्ट्रिकल) र इलेक्ट्रोनिक संयोजन (एसेम्बली) हरू, मुद्रित
परिपथ पट (प्रिन्टेड सर्किट बोर्ड) र इलेक्ट्रिकल र इलेक्ट्रोनिक समानहरूलाई जनाउँछ जुनः
(१) टुटफुट, काँटछाट वा अन्य प्रक्रियाहरूको कारणले तिनीहरूको मौलिक उद्देश्यको लागि प्रयोगहीन भएका वा मौलिक उद्देश्यको लागि लायक (फिट) बनाउनको लागि मर्मत (रिपेयर) गर्न नवीकरण (रिफर्बिश) गर्न वा पुनर्निर्माण (रिनोभेट) गर्न आर्थिक रूपले उपयुक्त हुँदैनन्; र
(२) परिवहन, लोडिङ्ग वा अनलोडिङ्ग कार्यका अवस्थामा प्रत्येक सामानहरूलाई क्षति हुनबाट बचाउने मनसाय नराखी पोका पारिएका वा चलान गरिएका हुन्छन्।
(ख) "इलेक्ट्रिकल र इलेक्ट्रोनिक अवशेष र पत्रु" र अन्य अवशेष र पत्रुका मिश्रित खेप (कन्साइनमेण्ट) हरूलाई शीर्षक ८५.४९ बाट वर्गीकरण गरिनेछ।
(ग) यो परिच्छेदले भाग ३८ को द्रष्टव्य ४ मा परिभाषित नगरीय उत्सर्जित पदार्थ (म्युनिसिपल वेस्ट) लाई समेट्दैन।
१. यस भागमा नपर्नेः
(क) भाग ६८ का पिसानी मिलका पत्थरहरू (मिलस्टोन्स), साँध लगाउने वा पिँध्ने पत्थरहरू (ग्राइण्ड स्टोन्स) वा अन्य वस्तुहरू;
(ख) सेरामिक पदार्थका यन्त्रावली (मेशिनरी) वा उपकरणहरू (जस्तै, पम्पहरू) र जुनसुकै पदार्थका यन्त्रावली वा उपकरणहरूका सेरामिकका पार्टपुर्जाहरू (भाग ६९);
(ग) प्रयोगशालाका काँचका सामानहरू (शीर्षक ७०.१७); काँचका यन्त्रावली, उपकरण वा प्राविधिक प्रयोगका अन्य वस्तुहरू वा तिनका पार्टपुर्जाहरू (शीर्षक ७०.१९ वा ७०.२०);
(घ) शीर्षक ७३.२१ वा ७३.२२ का वस्तुहरू वा अन्य आधारभूत धातुका त्यस्तै किसिमका वस्तुहरू (भाग ७४ देखि ७६ सम्म वा ७८ देखि ८१ सम्म);
(ङ) शीर्षक ८५.०८ का निर्वात मार्जनीहरू (भ्याकुम क्लिनर्स);
(च) शीर्षक ८५.०९ का विद्युत-यान्त्रिकीय घरेलु उपकरणहरू; शीर्षक ८५.२५ का डिजिटल क्यामराहरू;
(छ) परिच्छेद १७ का वस्तुहरू निमित्तका रेडियटरहरू; वा
(ज) हस्त-परिचालित भुइँ बढार्ने यान्त्रिक उपकरणहरू, मोटर रहित (शीर्षक ९६.०३)।
२. परिच्छेद १६ को द्रष्टव्य ३ को कार्यान्वयन र यस भागको द्रष्टव्य ११ को अधीनमा रही, शीर्षक ८४.०१ देखि ८४.२४ सम्मका वा शीर्षक ८४.८६ का एक वा अधिक शीर्षकहरूका विवरण अनुरूपका, साथसाथै शीर्षक ८४.२५ देखि ८४.८० सम्मका एक वा अधिक शीर्षकहरूको विवरणसँग पनि मिल्ने खालका यन्त्र वा उपकरणलाई पछिल्लो समूहमा नभई, अवस्था अनुसार, अघिल्लो समूहको उपयुक्त शीर्षक वा शीर्षक ८४.८६ अन्तर्गत नै वर्गीकरण गरिनेछ।
(क) तर, देहायका वस्तुहरू शीर्षक ८४.१९ अन्तर्गत पर्दैनन्ः
(१) अङ्कुरण संयन्त्र (जर्मिनेशन प्लान्ट) उद्भवन-पात्र (इन्क्यूवेटर) वा फुल कोरल्ने मेशिन (ब्रुडर्स) (शीर्षक ८४.३६);
(२) अन्न ओस्याउने (ग्रेन ड्याम्पेनिङ्ग) यन्त्रहरू (शीर्षक ८४.३७);
(३) उखुको रस निकाल्नको लागि विसरण (डिफ्युजिङ्ग) उपकरणहरू (शीर्षक ८४.३८);
(४) कपडा बुन्ने धागोहरू, कपडा वा कपडा पदार्थका तयारी वस्तुहरूको तापोपचार (हिट ट्रिटमेण्ट) निमित्तका यन्त्रावली (शीर्षक ८४.५१); वा
(५) तापमानको परिवर्तन, आवश्यक भए पनि पूरक (वा गौण) मात्र भएको, यान्त्रिक परिचालनको लागि अभिकल्पित, यन्त्रावली वा संयन्त्र (प्लान्ट) वा प्रयोगशाला सम्बन्धी उपकरण।
(ख) देहायका वस्तुहरू शीर्षक ८४.२२ अन्तर्गत पर्दैनन्ः
(१) झोला वा त्यस्तै किसिमका आधानपात्र (कन्टेनर) लाई बन्द गर्ने खालका सिलाइ मेशिनहरू (शीर्षक ८४.५२); वा
(२) शीर्षक ८४.७२ को कार्यालय सम्बन्धी यन्त्रावली।
(ग) देहायका वस्तुहरू शीर्षक ८४.२४ अन्तर्गत पर्दैनन्ः
(१) इङ्क-जेट प्रिन्टिङ्ग मेशिन (शीर्षक ८४.४३); वा
(२) वाटर-जेट कटिङ्ग मेशिन (शीर्षक ८४.५६)।
३. शीर्षक ८४.५६ मा भएको विवरण अनुकूलको र साथसाथै शीर्षकहरू ८४.५७, ८४.५८, ८४.५९, ८४.६०, ८४.६१, ८४.६४ वा ८४.६५ मा भएका विवरणहरू अनुकूलको कुनै पनि पदार्थको काम गर्न निमित्तको यन्त्र-औजारलाई शीर्षक ८४.५६ मा वर्गीकरण गरिनेछ।
४. शीर्षक ८४.५७ देहायका कुनै पनि प्रक्रियाद्वारा विभिन्न किसिमका यान्त्रिक क्रियाहरू (मेशिनिङ्ग ओपरेशन्स) सञ्चालन गर्न सक्ने लेथहरू (टर्निङ्ग सेण्टर समेत) बाहेक धातुको काम गर्न निमित्तका यन्त्र-औजारका हकमा मात्र लागू हुन्छः
(क) यान्त्रिक योजना (मेशिनिङ्ग प्रोग्राम) (मेशिनिङ्ग सेण्टर) अनुरूप म्यागाजिन वा त्यस्तैबाट स्वचालित रूपले औजार परिवर्तनद्वारा,
(ख) एकैसाथ वा क्रमिक रूपमा स्थिर रूपमा रहेको काम गरिने वस्तु (वर्कपिस) मा काम गर्ने विभिन्न युनिट हेडहरूको स्वचालित प्रयोगद्वारा (युनिट कन्स्ट्रक्सन मेशिन, सिङ्गल स्टेशन), वा
(ग) काम गरिने वस्तु (वर्कपिस) लाई विभिन्न युनिट हेडहरूमा स्वचालित रूपमा स्थानान्तरणद्वारा (मल्टी-स्टेशन ट्रान्स्फर मेशिन)।
५. शीर्षक ८४.६२ को प्रयोजनको लागि समतल उत्पादनहरूका लागि "स्लिटिङ्ग लाइन" भनेको कुण्डली (क्वाइल) लाई सिधा बनाउने (अनक्वाइलर), कुण्डलीलाई समतल बनाउने (फ्लाटनर), लम्बाइमा चिर्ने (स्लिटर) र पुनः कुण्डली बनाउने (रिक्वाइलर) को संयोजनबाट बनेको एउटा प्रशोधन पथ हो। समतल उत्पादनहरूको लागि "कट-टु-लेङ्थ-लाइन)" भनेको कुण्डली (क्वाइल) लाई सिधा बनाउने (अनक्वाइलर), कुण्डलीलाई समतल बनाउने (फ्लाटनर) र कत्रने (शियर) समावेश भएको कार्यबाट बनेको एउटा प्रशोधन पथ हो।
६. (क) शीर्षक ८४.७१ को प्रयोजनको लागि "स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्र (अटोम्याटिक डेटा प्रोसेसिङ्ग मेशिन)" भन्नाले देहायको कार्य गर्न सक्षम मेशिनहरू भन्ने अर्थ लाग्दछः
(१) प्रोसेसिङ्ग प्रोग्राम वा प्रोग्रामहरू र त्यस प्रोग्रामको कार्यान्वयन (एक्जिक्यूशन) को लागि कम से कम तुरुन्त आवश्यक पर्ने डेटालाई सञ्चय गर्न सक्ने;
(२) प्रयोगकर्ताको आवश्यकताहरू बमोजिम स्वतन्त्र रूपले प्रोग्राम गर्न सक्ने;
(३) प्रयोगकर्ताले निर्दिष्ट गरे बमोजिम अङ्कगणितीय सङ्गणना (अरिथ्मेटिकल कम्प्युटेशन) सम्पादन गर्न सक्ने; र
(४) प्रोसेसिङ्ग रनको क्रममा तार्किक निर्णयद्वारा कार्यान्वयनको सुधार (मोडिफिकेशन) को अपेक्षा गर्ने प्रोसेसिङ्ग प्रोग्रामलाई मानव हस्तक्षेपबिना नै कार्यान्वयन गर्न सक्ने।
(ख) स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्रहरू (अटोमेटिक डेटा प्रोसेसिङ्ग मेशिन्स) परिवर्तनशील सङ्ख्या (भ्यारिएबल नम्बर) मा बेग्लाबेग्लै एकाइहरू भएको एक प्रणाली (सिष्टम) को रूपमा हुन सक्तछन्।
(ग) तलको अनुच्छेद (घ) र (ङ) का अधीनमा रही, कुनै एकाइले यदि देहायका सर्तहरू पूरा गर्छ भने त्यसलाई स्वचालित आँकडा प्रशोधन प्रणालीकै भागको रूपमा लिइनु पर्दछः
(१) यो पूर्णतया वा मुख्यतया कुनै स्वचालित आँकडा प्रशोधन प्रणाली (अटोमेटिक डेटा प्रोसेसिङ्ग सिष्टम) मा प्रयोग हुने खालको छ;
(२) यो सोझै वा एक वा बढी अन्य एकाइहरू मार्फत केन्द्रीय प्रशोधन एकाइ (सेण्ट्रल प्रोसेसिङ्ग युनिट) मा जोड्न मिल्ने किसिमको छ; र
(३) यो प्रणालीद्वारा प्रयोग गर्न सकिने स्वरूप (सङ्केत वा चिन्ह) मा आँकडाहरू ग्रहण गर्न वा प्रदान गर्न सक्षम छ।
कुनै पनि स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्रका अलग अलग प्रस्तुत हुन आएका एकाइहरूलाई शीर्षक ८४.७१ मा वर्गीकरण गरिनेछ।
तर, की बोर्डहरू, एक्स-वाई कोओर्डिनेट इन्पुट डिभाइसहरू र डिस्क स्टोरेज युनिटहरू जसले माथिका अनुच्छेदहरू (ग)(२) र (ग)(३) का सर्तहरू पूरा गर्दछन्, तिनलाई सबै स्थितिमा शीर्षक ८४.७१ का एकाइहरूको रूपमा वर्गीकरण गरिनेछ।
(घ) माथिको द्रष्टव्य ६(ग) मा उल्लेख भएका सम्पूर्ण सर्तहरू पूरा गरेको भए पनि तलका वस्तुहरू बेग्लै प्रस्तुत भएमा शीर्षक ८४.७१ अन्तर्गत पर्दैनन्ः
(१) मुद्रण यन्त्रहरू, प्रतिलिपि उतार्ने यन्त्रहरू, फ्याक्स गर्ने यन्त्रहरू, संयुक्त भएका वा नभएका;
(२) ध्वनि, छवि चित्र, वा अन्य आँकडा प्रसारण वा ग्रहण गर्ने उपकरणहरू, तारयुक्त वा तार रहित सञ्जाल (जस्तै स्थानीय वा विस्तृत क्षेत्र सञ्जाल) मा सञ्चार गर्ने उपकरणहरू समेत;
(३) लाउड स्पीकरहरू, माइक्रोफोनहरू;
(४) टेलिभिजन क्यामराहरू, डिजिटल क्यामराहरू र भिडियो क्यामरा रेकर्डरहरू;
(५) मनिटरहरू र प्रोजेक्टरहरू, टेलिभिजन सङ्ग्रहण गर्ने उपकरणहरू समाविष्ट नभएका।
(ङ) स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्र समाविष्ट भएका वा स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्रसँगै काम गर्ने र आँकडा प्रशोधन बाहेक विशेष कार्य सम्पादन गर्ने यन्त्रहरूलाई तिनका आ-आफ्नो कार्य अनुरूपका शीर्षकहरूमा वा, सो हुन नसकेमा, अवशिष्ट शीर्षकहरूमा वर्गीकरण गरिनेछ।
७. शीर्षक ८४.८२, अन्य कुराको साथसाथै, चम्काइएका इस्पातका गेडीहरूको हकमा पनि लागू हुन्छ जसको अधिकतम र न्यूनतम ब्यास (डायमिटर) हरूको अन्तर साङ्केतिक ब्यास (नोमिनल डायमिटर) सँग १ प्रतिशत वा ०.०५ मि.मि. मध्ये जुन कम हुन्छ, त्योभन्दा बढी हुँदैन।
इस्पातका अन्य गेडीहरूलाई शीर्षक ७३.२६ मा वर्गीकरण गरिन्छ।
८. एकभन्दा बढी प्रयोजनका लागि प्रयोग गरिने यन्त्रलाई, वर्गीकरण प्रयोजनको लागि, त्यसको मुख्य प्रयोजनलाई नै सोको एक मात्र (सोल) प्रयोजन मानिनेछ।
यस भागको द्रष्टव्य २ र परिच्छेद १६ को द्रष्टव्य ३ का अधीनमा रही कुनै पनि शीर्षकमा मुख्य प्रयोजन उल्लेख नगरिएको वा जसको कुनै एक प्रयोजनको मुख्य प्रयोजन नभएको किसिमको यन्त्रलाई प्रसङ्गले अन्यथा अपेक्षा गरेकोमा बाहेक, शीर्षक ८४.७९ मा वर्गीकरण गरिनेछ। शीर्षक ८४.७९ ले धातुका तार, कपडा पदार्थको धागो वा कुनै अन्य पदार्थ वा यस्ता पदार्थहरूको संयोजनबाट डोरी वा केबुल बनाउने यन्त्रहरू (उदाहरणका लागि कात्ने, बाट्ने वा धेरै पोयाहरूमा बाट्ने यन्त्रहरू) लाई पनि समेट्दछ।
९. शीर्षक ८४.७० को प्रयोजनको लागि "बगली नाप (पकेट साइज) को" भन्ने शब्द त्यस्ता यन्त्रहरूको लागि मात्र लागू हुन्छ जसको आयाम १७० मिमि x १०० मिमि x ४५ मि.मि. भन्दा बढी हुँदैन।
१०. शीर्षक ८४.८५ को प्रयोजनको लागि "योगात्मक उत्पादन (एडिटिव म्यानुफ्याक्चरिङ्ग)" (३डी प्रिन्टिङ्गको भनेर पनि बुझिने) भन्नाले पदार्थहरू (जस्तै धातु, प्लाष्टिकहरू र सेरामिक्स) लाई एकपछि अर्को जोड्ने, तह मिलाउने र एकत्रीकरण (कन्सोलिडेसन) र जमाउने कार्य (सोलिडीफिकेसन) गरी एउटा डिजिटल मोडेलको आधारमा भौतिक वस्तुहरू निर्माण गर्ने कार्यलाई जनाउँछ।
परिच्छेद-१६ को द्रष्टव्य १ र भाग ८४ को द्रष्टव्य १ को अधीनमा रही शीर्षक ८४.८५ को विवरणसँग मिल्ने यन्त्र उपकरणहरूलाई यसै शीर्षकमा वर्गीकरण गरिनेछ र यस अनुसूचीको अन्य शीर्षकबाट वर्गीकरण गरिने छैन।
११. (क) "सेमिकण्डक्टर उपकरणहरू" र "इलेक्ट्रोनिक इन्टिग्रेटेड सर्किट" भन्ने उक्तिहरूका सम्बन्धमा यो द्रष्टव्य र शीर्षक ८४.८६ मा प्रयोग भएजस्तै, भाग ८५ का द्रष्टव्यहरू क्रमशः १२(क) र १२(ख) पनि लागू हुन्छन्। तथापि यो द्रष्टव्य र शीर्षक ८४.८६ को प्रयोजनको लागि "सेमिकण्डक्टर उपकरणहरू" भन्ने उक्तिले फोटोसेन्सेटिभ (प्रकाशसँग बढी संवेदनशील हुने) सेमिकण्डक्टर उपकरणहरू र लाइट-इमिटिङ्ग डायोडहरू (एलइडी) लाई पनि समेट्दछ।
(ख) यो द्रष्टव्य र शीर्षक ८४.८६ को प्रयोजनका लागि "फ्ल्याट प्यानल डिस्प्लेको निर्माण" भन्ने उक्तिले आधारहरू (सबस्ट्रेट्स) लाई फ्ल्याट प्यानलको रूपमा तयार पार्ने कामलाई समेट्दछ। यसले काँचका उत्पादन कार्य वा प्रिन्टेड सर्किट बोर्डहरूको जडान कार्य वा फ्ल्याट प्यानलमा अन्य विद्युतीय अवयवहरू जडान गर्ने
कार्यलाई समावेश गर्दैन। "फ्ल्याट प्यानल डिस्प्ले" भन्ने उक्तिले क्याथोड रे ट्युब प्रविधिलाई समावेश गर्दैन।
(ग) तलका कार्यहरू गर्दा पूर्णरूपमा वा मुख्य रूपमा प्रयोग हुने यन्त्रहरू र उपकरणहरू पनि शीर्षक ८४.८६ मा पर्दछन्:
(१) मास्क र रेटिकलको उत्पादन वा मर्मत;
(२) सेमिकण्डक्टर उपकरणहरू वा इलेक्ट्रोनिक इन्टिग्रेटेड सर्किटहरूको जडान;
(३) बुल्स, वेफर्स, सेमिकण्डक्टर उपकरणहरू, इलेक्ट्रोनिक इन्टिग्रेटेड सर्किटहरू र फ्ल्याट प्यानल डिस्प्लेको उत्तोलन, सञ्चालन (हेण्डलिङ्ग), भार लदाई (लोडिङ्ग) वा भार अवतरण (अनलोडिङ्ग)।
(घ) परिच्छेद १६ को द्रष्टव्य १ र भाग ८४ को द्रष्टव्य १ का अधीनमा रही शीर्षक ८४.८६ को विवरणसँग मिल्ने यन्त्र र उपकरणहरू सोही शीर्षकमा वर्गीकरण हुनेछन् र यस अनुसूचीका अन्य शीर्षकमा वर्गीकरण हुने छैनन्।
१. उपशीर्षक ८४६५.२० को प्रयोजनका लागि "मेशिनिङ्ग सेन्टरहरू" भन्ने उक्ति काठ, कर्क, हाड, कडा रबर, कडा प्लाष्टिक वा यस्तै प्रकारका कडा पदार्थहरूको काम गर्ने प्रयोजनका, मेशिनिङ्ग प्रोग्राम अनुकूल म्यागाजिन वा यस्तै पात्रबाट स्वचालित रूपमा औजार परिवर्तन गरी विभिन्न किसिमका यान्त्रिक कार्य सञ्चालन गर्न सक्ने यन्त्र-औजारहरूका हकमा मात्र लागू हुन्छ।
२. उपशीर्षक ८४७१.४९ को प्रयोजनका लागि "प्रणाली (सिष्टम)" भन्नाले स्वचालित आँकडा प्रशोधन गर्ने यन्त्रहरू (अटोमेटिक डेटा प्रोसेसिङ्ग मेशिन्स) लाई जनाउँछ, जसका एकाइहरूले भाग ८४ को द्रष्टव्य ६(ग) मा निर्दिष्ट सर्तहरू पूरा गरेका हुन्छन् र जसमा कमसेकम एउटा केन्द्रीय प्रशोधन एकाइ (सेन्ट्रल प्रोसेसिङ्ग युनिट), एउटा निवेश एकाइ (इन्पुट युनिट) (उदाहरणको लागि, एउटा कीबोर्ड वा एउटा स्क्यानर) र एउटा उत्पादन एकाइ (आउटपुट युनिट) (उदाहरणको लागि, भिजुअल डिस्प्ले युनिट अथवा प्रिण्टर) अन्तरनिहित हुन्छन्।
३. उपशीर्षक ८४८१.२० को प्रयोजनका लागि "ओलियोहाइड्रोलिक वा न्युम्याटिक ट्रान्समिसन निमित्तका भल्भहरू" भन्नाले त्यस्ता भल्भहरूलाई जनाउँदछ जुन विशेषतः हाइड्रोलिक वा न्यूम्याटिक प्रणालीमा "द्रव शक्ति (फ्लुड पावर)" को ट्रान्समिसनमा प्रयोग
हुन्छन्, जहाँ शक्तिको स्रोत सघनीकृत द्रव (प्रेसराइज्ड फ्लुड) (तरल वा ग्याँस) को रूपमा आपूर्ति हुन्छ। यस्ता भल्भहरू जुनसुकै किसिमका हुन सक्छन् (उदाहरणका लागि, प्रेसर-रिड्युसिङ्ग किसिमको, चेक किसिमको)। शीर्षक ८४.८१ का अन्य सबै उपशीर्षकहरूभन्दा उपशीर्षक ८४८१.२० ले प्राथमिकता पाउँदछ।
४. उपशीर्षक ८४८२.४० केवल ५ मि.मि. मा नबढ्ने गरी समान (यूनिफर्म) ब्यास (डायामिटर) भएका र ब्यासभन्दा कम्तीमा तीन गुना लम्बाइ भएका बेलनाकार (सिलिन्ड्रिकल) रोलरहरू सहितका बियरिङ्गहरूको हकमा लागू हुन्छ। ती रोलहरूको छेउ गोल्याइएका (राउण्डेड) हुन सक्दछन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) बिजुलीद्वारा न्यानो पारिएका कम्बलहरू (ब्लाङ्केट्स), बिछ्यौनाको गद्दा (बेड प्याड्स), खुट्टा ढाक्ने (फूट-मफ्स) वा यस्तै वस्तुहरू; बिजुलीद्वारा न्यानो पारिएका कपडाहरू, पाउपोशहरू वा कान छोप्ने गद्दाहरू वा बिजुलीद्वारा न्यानो पारिएका शरीरमा लगाउने वा शरीर ढाक्ने वस्तुहरू;
(ख) शीर्षक ७०.११ का काँचका वस्तुहरू;
(ग) शीर्षक ८४.८६ का यन्त्र र उपकरणहरू;
(घ) चिकित्सा, शल्यचिकित्सा, दन्तचिकित्सा वा पशुचिकित्सा विज्ञानमा प्रयोग हुने किसिमका निर्वात (भ्याकुम) उपकरणहरू (शीर्षक ९०.१८); वा
(ङ) भाग ९४ का बिजुलीद्वारा तापित फर्निचर।
२. शीर्षक ८५.११, ८५.१२, ८५.४०, ८५.४१ वा ८५.४२ मा उल्लेख भएका सामानहरूको हकमा शीर्षक ८५.०१ देखि ८५.०४ लागू हुँदैनन्।
तर मेटल टैङ्क मर्करी आर्क रेक्टिफायरलाई शीर्षक ८५.०४ मा नै वर्गीकरण गरिन्छ।
३. शीर्षक ८५.०७ को प्रयोजनका लागि "विद्युत सञ्चित गर्ने साधन (इलेक्ट्रिक एकुमुलेटर)" भन्ने उक्तिले विद्युत सञ्चायकको शक्तिको सञ्चय र आपूर्ति गर्ने काममा भूमिका खेल्ने वा यसलाई क्षति हुनबाट बचाउने आनुषाङ्गिक अवयव (एन्सिलरी कम्पोनेण्ट) हरू, जस्तै विद्युतीय संयोजक (इलेक्ट्रिक कनेक्टर) हरू, तापक्रम नियन्त्रण गर्ने साधनहरू (उदाहरणका लागि, थर्मिस्टरहरू) र परिपथ संरक्षण गर्ने साधन (सर्किट प्रोटेक्शन डिभाइस) हरूका साथमा प्रस्तुत भएका विद्युतीय सञ्चायकहरूलाई समेट्दछ। यसले सो वस्तुको सुरक्षात्मक आवरण (हाउजिङ्ग) को हिस्सा पनि पर्न सक्छ, जसमा ती उपकरणहरू प्रयोग गरिन्छन्।
४. शीर्षक ८५.०९ ले साधारणतया घरेलु प्रयोजनका लागि प्रयोग हुने खालका देहायका विद्युत् यान्त्रिकीय यन्त्रहरूलाई मात्र समावेश गर्दछः
(क) फ्लोर पोलिशर (भुईं चम्काउने साधन) हरू, आहार पेषण गर्ने र मिश्रण गर्ने साधनहरू र फल वा वनस्पतिको रस निचोर्ने साधनहरू, जतिसुकै तौलका भए पनि;
(ख) अन्य यन्त्रहरू, यदि त्यस्ता यन्त्रहरूको तौल २० के.जी. भन्दा बढी हुँदैन भने।
तर, यो शीर्षक पङ्खा, फिल्टर जडान भएको वा नभएको तर पङ्खा समावेश भएको भेन्टिलेटिङ्ग वा रिसाइक्लिइङ्ग हुडहरू (शीर्षक ८४.१४), सेन्ट्रिफ्यूगल वस्त्र शोषक (क्लोथ ड्रायर्स) (शीर्षक ८४.२१), भाँडा धुने यन्त्र (शीर्षक ८४.२२), घरेलु किसिमको लुगा धुने यन्त्र (शीर्षक ८४.५०), रोलर वा अन्य इस्त्री गर्ने यन्त्र (शीर्षक ८४.२० वा ८४.५१), सिलाइ यन्त्र (शीर्षक ८४.५२), विद्युत कैंची (शीर्षक ८४.६७) वा इलेक्ट्रोथर्मिक उपकरणहरू (शीर्षक ८५.१६) का हकमा लागू हुँदैन।
५. शीर्षक ८५.१७ को प्रयोजनको लागि "स्मार्टफोनहरू" भन्नाले स्वचालित डेटा प्रशोधन गर्ने यन्त्रले जस्तै तेस्रो पक्षीय एप्लिकेशनहरू लगायत एकैसाथ धेरै एप्लिकेशनहरू डाउनलोड गर्ने र चलाउने जस्ता कार्यहरू सम्पादन गर्ने गरी डिजाइन गरिएका, डिजिटल क्यामराहरू र मार्गनिर्देशन सहायता प्रणाली (न्याभिगेशनल एड सिस्टम) जस्ता अन्य विशेषताहरू एकीकृत गरिएका वा नगरिएका, मोबाइल सञ्चालन प्रणाली (मोबाइल अपरेटिङ्ग सिस्टम) द्वारा सज्जितल, सेलुलर नेटवर्कहरूका लागि बनाइएका टेलिफोनहरू सम्झनु पर्छ।
६. शीर्षक ८५.२३ को प्रयोजनका लागिः
(क) "सोलिड-स्टेट नन्-भोलाटायल (सुगठित-अवस्थाका विद्युत आपूर्ति नहुँदा पनि सञ्चित डेटा नमेटिने) सञ्चय उपकरणहरू" (जस्तै, "फ्ल्यास मेमोरी कार्ड" वा "फ्ल्यास इलेक्ट्रोनिक स्टोरेज कार्ड") भनेका एउटा जोड्ने सकेट भएका त्यस्ता उपकरणहरू हुन् जसमा एउटा मुद्रित परिपथ पट (प्रिन्टेड सर्किट बोर्ड) मा जडित इन्टिग्रेटेड सर्किट (परिपथ) को स्वरूपमा एउटै हाउजिङ्ग (आवरण) मा एक वा बढी फ्ल्यास मेमोरीहरू (जस्तै, "फ्ल्यास इ२प्रोम") हुन्छन्। तिनीहरूमा इन्टिग्रेटेड सर्किटको रूपमा एउटा नियन्त्रक र क्यापासिटर र रेसिष्टरहरू जस्ता खण्डित निष्क्रिय अवयवहरू समावेश भएका हुन सक्दछन्।
(ख) "स्मार्ट कार्डहरू" भन्नाले चिप्सको रूपमा रहेका एक वा बढी इलेक्ट्रोनिक इन्टिग्रेटेड सर्किट्सहरू (माइक्रोप्रोसेसर, न्यान्डम एक्सेस मेमोरी (न्याम) वा रिड-वान्ली मेमोरी (रोम) भएका कार्डहरू भन्ने बुझिन्छ। ती कार्डहरूमा एउटा सम्पर्कस्थान (कन्ट्याक्ट), एउटा चुम्बकीय पट्टी वा एउटा अन्तर्निहित एन्टेना हुन सक्छन् तर अन्य कुनै सक्रिय वा निष्क्रिय परिपथका अंशहरू (सर्किट एलिमेन्ट्स) समावेश भएका हुँदैनन्।
७. शीर्षक ८५.२४ को प्रयोजनको लागि "फ्ल्याट प्यानल डिस्प्ले मोड्युलहरू" भन्नाले प्रयोग गर्नुभन्दा पहिले अन्य शीर्षकका वस्तुहरूमा समावेश गर्नु पर्ने गरी रूपाङ्कन गरिएका, सूचना प्रदर्शनको लागि कम्तीमा प्रदर्शन स्क्रिन जोडिएका साधन वा उपकरणहरूलाई जनाउँछ। फ्ल्याट प्यानल डिस्प्ले मोड्यूलहरूका लागि प्रदर्शन स्क्रिनहरूमा, समतल (फ्ल्याट), घुमाइएका (कर्भ्ड), लचकदार (फ्लेकजिबल), दोबार्ने मिल्ने (फोल्डेबल) वा तन्काउन मिल्ने (स्ट्रेचेबल) स्वरूपका, तर यतिमा मात्र सीमित नभई, मोड्युलहरू समावेश हुन्छन्। फ्ल्याट प्यानल डिस्प्ले मोड्यूलहरूमा दृश्य सङ्केतहरू ग्रहण गर्ने र त्यस्ता सङ्केतहरूलाई प्रदर्शनमा पिक्सेलहरूमा विनियोजन गर्न आवश्यक पर्ने अतिरिक्त अवयव (इलिमेण्ट) हरू समावेश गरिएका हुन सक्छन्। तर शीर्षक ८५.२४ ले दृश्य सङ्केतहरू (उदाहरणको लागि स्केलर आइसी, डीकोडर आइसी, या एप्लिकेशन प्रोसेसरहरू) वा अन्य शीर्षकहरूका वस्तुको विशेषता भएका डिस्प्ले मोड्यूलहरूलाई समेट्दैन।
यस द्रष्टव्यमा परिभाषित फ्ल्याट प्यानल डिस्प्ले मोड्यूलहरूको वर्गीकरणको लागि यस अनुसूचीको अन्य शीर्षकभन्दा शीर्षक ८५.२४ लाई प्राथमिकता दिइनेछ।
८. शीर्षक ८५.३४ को प्रयोजनको लागि "मुद्रित परिपथ (प्रिन्टेड सर्किट)" भन्नाले वैद्युतिक सङ्केत उत्पादन गर्न, परिशोधन (रेक्टिफाई) गर्न, आवश्यकता अनुसार घटबढ गर्न वा बदल्न (मोड्यूलेट) वा परिवर्धित (एम्प्लिफाई) गर्न सक्ने इलिमेण्टहरू (उदाहरणतः सेमिकण्डक्टर इलिमेण्टहरू) बाहेक, इन्सुलेटिङ्ग आधार (बेस) मा बनाएर, कुनै पनि मुद्रण प्रकिया (जस्तै- इम्बोसिङ्ग, प्लेटिङ्ग-अप, उत्कीर्णन (एचिङ्ग)) द्वारा वा "फिल्म सर्किट" प्रविधि, सम्बाहक (कण्डक्टर) एलिमेण्ट, सम्पर्क (कन्ट्याक्ट) वा अन्य मुद्रित अवयवहरू (उदाहरणको लागि, इण्डक्टेन्स, रेसिष्टर, क्यापासिटर) लाई एक्लै वा पूर्वस्थापित ढाँचा (प्याटर्न) अनुसार आपसमा जोडेर प्राप्त गरिएका परिपथ (सर्किट) हरूलाई जनाउँछ।
"मुद्रित परिपथ (प्रिण्टेड सर्किट)" भन्ने उक्तिले मुद्रण प्रक्रियाको क्रममा उपलब्ध बाहेकका तत्त्वहरू (एलिमेण्ट्स) सँग संयोजित परिपथ (सर्किट) हरूलाई समावेश गर्दैन, न त यसले छुट्टै रहेका एकल रेसिष्टर, क्यापासिटर वा इनडक्टन्सहरूलाई नै समावेश गर्दछ। तर मुद्रित परिपथ (प्रिन्टेड सर्किट) हरूमा अमुद्रित जडान अवयव (नन्-प्रिन्टेड कनेक्टिङ्ग एलिमेण्ट) हरू जडिएका हुन सक्तछन्।
सोही प्राविधिक प्रक्रियाको क्रममा प्राप्त भएका निष्क्रिय र सक्रिय (प्यासिभ एण्ड एक्टिभ) तत्त्वहरू समावेश भएका पातलो वा बाक्लो फिल्म सर्किटलाई शीर्षक ८५.४२ मा वर्गीकरण गरिनेछ।
९. शीर्षक ८५.३६ को प्रयोजनको लागि "अप्टिकल फाइबर, अप्टिकल फाइबरका मुठ्ठा (बन्डल) वा केबुलहरूका संयोजक (कनेक्टर) हरू" भन्नाले डिजिटल लाइन प्रणालीमा अप्टिकल फाइबरका टुप्पा-टुप्पालाई सामान्य यान्त्रिक तवरले जोड्ने संयोजक (कनेक्टर) हरूलाई जनाउँदछ। तिनिहरूले अन्य कार्यहरू, जस्तै सङ्केतलाई विस्तार, पुनरुत्पादन वा रुपान्तरण, गर्दैनन्।
१०. टेलिभिजन रिसिभरहरू वा अन्य विद्युतीय उपकरण (शीर्षक ८५.४३) का दूर नियन्त्रण (रिमोट कन्ट्रोल) का लागि तारविहीन परावैजनी (इन्फ्रारेड) उपकरणहरू शीर्षक ८५.३७ मा पर्दैनन्।
११. शीर्षक ८५.३९ को प्रयोजनको लागि "लाइट-इमिटिङ्ग डायोड (एलइडी) प्रकाशका स्रोतहरू" भन्ने अभिव्यक्तिले देहायका कुराहरूलाई समावेश गर्दछः
(क) "लाइट-इमिटिङ्ग डायोड (एलइडी) मोड्युलहरू", जुन विद्युतीय परिपथमा व्यवस्थित गरिएका लाइट-इमिटिङ्ग डायोडहरूमा आधारित एवं विद्युतीय, यान्त्रिक, तापक वा अप्टिकल तत्त्व जस्ता अन्य तत्त्वहरू भएका विद्युतीय प्रकाशका स्रोतहरू हुन्। तिनीहरूमा विद्युत आपूर्ति वा विद्युत नियन्त्रणको प्रयोजनको लागि अलग सक्रिय तत्त्वहरू, अलग निष्क्रिय तत्त्वहरू वा शीर्षक ८५.३६ वा ८५.४२ का सामानहरू पनि रहेका हुन्छन्। लाइट इमिटिङ्ग डायोड मोड्यूलहरूमा सजिलै स्थापना (इन्स्टलेशन) गर्नको लागि वा प्रकाशमा प्रतिस्थापनाको लागि र यान्त्रिक तथा विद्युतीय सम्पर्क सुनिश्चितताको लागि रूपाङ्कित (डिजाइन) गरिएको टोपी (क्याप) हुँदैन।
(ख) "लाइट-इमिटिङ्ग डायोड बत्तीहरू" जुन एक वा बढी एलइडी मोड्यूलहरू र विद्युतीय, यान्त्रिक, तापक वा अप्टिकल तत्त्वहरू भएका विद्युतीय प्रकाशका स्रोतहरू हुन। लाइट-इमिटिङ्ग डायोड (एलइडी) मोड्यूल र लाइट-इमिटिङ्ग डायोड बत्तीहरू बीचको भिन्नता के हो भने बत्तीहरूमा सजिलै स्थापना (इन्स्टलेशन) गर्नको लागि वा प्रकाशमा प्रतिस्थापनाको लागि र यान्त्रिक तथा विद्युतीय सम्पर्क सुनिश्चितताको लागि रूपाङ्कित (डिजाइन) गरिएको टोपी (क्याप) हुन्छ।
१२. शीर्षक ८५.४१ र ८५.४२ को प्रयोजनको लागिः
(क) (अ) "सेमिकण्डक्टर साधनहरू" भनेका त्यस्ता सेमिकण्डक्टर साधनहरू हुन्, जसको सञ्चालन विद्युत क्षेत्र वा सेमिकण्डक्टरमा आधारित ट्रान्सड्युसरहरूको अनुप्रयोगमा प्रतिरोधकतामा हुने भिन्नतामाथि निर्भर हुन्छ।
सेमिकण्डक्टर साधनहरूमा सहायक कार्यहरूका सक्रिय वा निष्क्रिय साधनहरू जडान भएका वा नभएका एकाधिक (प्लुरल) तत्त्वहरूका संयोजन (एसेम्बली) पनि समावेश हुन सक्छन।
यो परिभाषाको प्रयोजनको लागि "सेमिकण्डक्टरमा आधारित ट्रान्सड्युसरहरू" भनेका आन्तरिक कार्य सम्पादन गर्ने र कुनै पनि प्रकारको भौतिक वा रासायनिक दृश्य घटना वा कार्यलाई विद्युतीय सङ्केतमा वा विद्युतीय सङ्केतलाई कुनै प्रकारको भौतिक घटना (फिनोमेना) वा कार्यमा परिवर्तन गर्न सक्षम फरक प्रकारका सेमिकण्डक्टरमा आधारित सेन्सरहरू, सेमिकण्डक्टरमा आधारित एक्चुएटरहरू, सेमिकण्डक्टरमा आधारित रेजोनेटरहरू र सेमिकण्डक्टरमा आधारित ओस्सिलेटरहरू हुन्।
सेमिकण्डक्टरमा आधारित ट्रान्सड्युसरहरूमा सबै तत्त्वहरू अविभक्त किसिमले संयोजन गरिएका हुन्छन् र तिनीहरूको निर्माण वा कार्यलाई सक्षम बनाउन आवश्यक सामग्रीहरू अविभक्त किसिमले संलग्न गरिएका पनि हुन सक्छन्।
देहायका अभिव्यक्तिहरूको अर्थः
(१) "सेमिकण्डक्टरमा आधारित" भन्नाले सेमिकण्डक्टर आधार (सब्स्ट्रेट) मा बनाइएका वा निर्माण गरिएका वा सेमिकण्डक्टर पदार्थहरूबाट बनेका, सेमिकण्डक्टर प्रविधिद्वारा निर्माण गरिएका, जसमा सेमिकण्डक्टर
आधार (सब्स्ट्रेट) वा पदार्थले ट्रान्सड्यूसरको कार्य र निष्पादनको महत्त्वपूर्ण र अपरिवर्तनीय भूमिका खेलेको हुन्छ र यसको सञ्चालन भौतिक, विद्युतीय, रासायनिक र अप्टिकल गुणहरू लगायत सेमिकण्डक्टर गुणहरू (प्रपर्टिज) मा आधारित हुन्छ।
(२) "भौतिक वा रासायनिक दृश्य घटनाहरू (फेनोमेना)", दबाब (प्रेसर), ध्वनिक तरङ्गहरू (अकुस्टिक वेभ्स), गतिवर्धन (एक्सिलेरेसन), कम्पन (भाइब्रेसन), चाल (मुभमेण्ट), अभिविन्यास (ओरियन्टेसन), निष्पीडन (स्ट्रेन), चुम्बकीय क्षेत्रको बल (म्याग्नेटिक फिल्ड स्ट्रेङ्थ), विद्युतीय क्षेत्रको बल (इलेक्ट्रिक फिल्ड स्ट्रेङ्थ), प्रकाश, रेडियोधर्मिता (रेडियो एक्टिभिटी), आर्द्रता (ह्युमिडिटी), प्रवाह (फ्लो), रासायनिक सघनता (केमिकल कन्सन्ट्रेसन) आदि जस्ता दृश्य घटना (फिनोमेना) हरूसँग सम्बन्धित छन्।
(३) "सेमिकण्डक्टरमा आधारित सेन्सर" सेमिकण्डक्टर साधनको एउटा प्रकार हो, जसमा माइक्रोइलेकट्रोनिक वा यान्त्रिक संरचनाहरू रहेका हुन्छन्, यिनीहरू स्थूल रूपमा वा सेमिकण्डक्टरको सतहमा तयार गरिएका हुन्छन् र भौतिक वा रासायनिक परिमाणहरू पत्ता लगाउने कार्य गर्दछन् र विद्युतीय गुण (प्रोपर्टी) मा हुने परिवर्तन वा यान्त्रिक संरचनाको विस्थापनका कारणले तिनलाई विद्युतीय सङ्केतमा बदल्छन्।
(४) "सेमिकण्डक्टरमा आधारित प्रवर्तक (एक्चुएटर)" सेमिकण्डक्टर साधनको एउटा प्रकार हो, जसमा माइक्रोइलेक्ट्रोनिक वा यान्त्रिक संरचनाहरू रहेका हुन्छन्, यिनीहरू स्थूल रूपमा वा सेमिकण्डक्टरको सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले विद्युतीय सङ्केतलाई भौतिक गतिमा परिवर्तन गर्ने काम गर्दछन्।
(५) "सेमिकण्डक्टरमा आधारित प्रतिध्वनित यन्त्र (रेजोनेटर)" सेमिकण्डक्टर साधनको एउटा प्रकार हो, जसमा माइक्रोइलेक्ट्रोनिक वा यान्त्रिक संरचनाहरू रहेका हुन्छन्, यिनीहरू स्थूल रूपमा वा अर्धसंबाहकको सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले पूर्वनिर्धारित आवृत्तिको यान्त्रिक वा विद्युतीय दोलन (ओस्सिलेशन) सिर्जना गर्दछन् जुन बाह्य
आदान (इन्पुट) को प्रतिक्रिया स्वरूप उत्पन्न हुने ती संरचनाको भौतिक ज्यामिति (फिजिकल जियोमेट्री) मा भर पर्दछ।
(६) "सेमिकन्डकण्डक्टरमा आधारित दोलक (ओस्सिलेटर)" सेमिकण्डक्टर साधनको एउटा प्रकार हो, जसमा माइक्रोइलेक्ट्रोनिक वा यान्त्रिक संरचनाहरू रहेका हुन्छन्, तिनीहरू स्थूल रूपमा वा सेमिकण्डक्टरको सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले ती संरचनाको भौतिक ज्यामिती (फिजिकल जियोमेट्री) मा आधारित पूर्वनिर्धारित आवृत्तिको यान्त्रिक वा विद्युतीय दोलन (ओस्सिलेशन) सिर्जना गर्ने काम गर्दछन्।
(आ) "लाइट-इमिटिङ्ग डायोडहरू (एलइडी)" विद्युतीय रूपमा एकआपसमा आबद्ध भएका वा नभएका र सुरक्षात्मक डायोडहरूसँग जोडिएका वा नजोडिएका सेमिकण्डक्टर पदार्थमा आधारित सेमिकण्डक्टर साधनहरू हुन् जसले विद्युतीय ऊर्जालाई दृश्य, इन्फ्रा-रेड वा पराबैगनी (अल्ट्राभ्वायलेट) किरणहरूमा बदल्छन्। शीर्षक ८५.४१ का लाइट-इमिटिङ्ग डायोडहरूमा शक्ति (पावर) आपूर्ति गर्ने वा शक्ति नियन्त्रण गर्ने उद्देश्यका लागि तत्त्वहरू समावेश गरिएका हुँदैनन्।
(ख) "इलेक्ट्रोनिक इन्टिग्रेटेड सर्किटहरू निम्नबमोजिम छन्ः
(अ) मोनोलिथिक (अखण्ड) इन्टिग्रेटेड सर्किट्हरू, जसमा नछुट्टिने गरी जोडिएका (इनसेपरेब्ली एसोसिएटेड) सेमिकण्डक्टर वा कम्पाउण्ड सेमिकण्डक्टर पदार्थ (जस्तै डोप्ड सिलिकोन, ग्यालियम आर्सेनाइड, सिलिकोन जरम्यानियम, इन्डियम फोस्फाइड) हरूको पिण्डमा (इन द मास) (अनिवार्य रूपले) र सतहमा रचना गरिएका सर्किट एलिमेण्टहरू (डायोड्स, ट्राञ्जिस्टर्स, रेसिस्टर्स, क्यापासिटर्स, इन्डक्टेन्सेस आदि) हुन्छन्;
(आ) हाइब्रिड इन्टिग्रेटेड सर्किटहरू, जसमा पातलो वा बाक्लो फिल्म प्रविधिद्वारा उपलब्ध निष्क्रिय तत्त्वहरू (रेसिष्टर, क्यापासिटर इन्डक्टेन्सहरू आदि) र सेमिकण्डक्टर प्रविधिद्वारा उपलब्ध क्रियाशील तत्त्वहरू (डायोड, ट्राञ्जिस्टर, अखण्ड सघन परिपथहरू आदि) लाई सबै उद्देश्य र प्रयोजनका लागि यथार्थतः अविभाज्य रूपले, अन्तरङ्ग रूपमा वा अन्तरसंयोजक केबुलद्वारा एकल विद्युतरोधन आधार (सब्स्ट्रेट) (काँच, सेरामिक वा चिनिया माटो आदिका)
माथि संयोजन गरिएको हुन्छ। यी सर्किटहरूमा भिन्न उपादानहरू (डिस्क्रिट कम्पोनेन्ट्स) पनि समावेश भएका हुन सक्दछन्।
(इ) मल्टीचिप इन्टिग्रेटेड सर्किटहरूमा दुई वा सोभन्दा बढी अन्तरसंयोजित मोनोलिथिक (अखण्ड) इन्टिग्रेटेड सर्किटहरू हुन्छन् जुन सबै उदेश्य र प्रयोजनका लागि यथार्थतः अविभाज्य रूपमा, एक वा सोभन्दा बढी विद्युत अवरोधी आधारहरू (इन्सुलेटिङ्ग सब्स्ट्राट्स) मा संयोजन गरेर वा नगरेर, लिडफ्रेमहरू समावेश गरेर वा नगरेर तर अन्य सक्रिय वा निष्क्रिय परिपथ तत्त्वहरूबिना, संयोजन गरिएका हुन्छन्।
(ई) बहु-उपादान (मल्टी-कम्पोनेण्ट) इन्टिग्रेटेड सर्किटहरू (एमसीओएस)ः तलका मध्ये कम्तीमा कुनै एक उपादान (कम्पोनेण्ट) का साथमा एक वा सोभन्दा बढी अखण्ड (मोनोलिथिक), हाइब्रिड, वा मल्टी-चिप इन्टिग्रेटेड सर्किटहरूको संयोजन भएकोः सिलिकनमा आधारित सेन्सर, एक्चुएटर, ओस्सिलेटर, रेजोनेटरहरू वा तिनका संयोजनहरू, वा शीर्षक ८५.३२, ८५.३३, ८५.४१ मा वर्गीकरण हुने खालका वस्तुहरू वा सम्पूर्ण अभिप्राय वा उद्देश्यका लागि इन्टिग्रेटेड सर्किट जस्तै गरी मुद्रित सर्किटमा एसेम्बलीको लागि प्रयोग गरिने किसिमको घटकको रूपमा बोर्ड-पीसीबी वा अन्य बाहक (क्यारिअर) मा पीन, लिड, बल, ल्याण्ड, बम्प, वा प्याडहरूमार्फत एकल स्वरूप (सिङ्गल बडी) मा अविभाज्य रूपमा सुगठित शीर्षक ८५.०४ मा वर्गीकरण हुने खालका इण्डक्टरहरू।
यो परिभाषाको प्रयोजनका लागिः
१. "उपादान (कम्पोनेण्ट) हरू" पृथक हुन सक्छन्, स्वतन्त्र रूपमा निर्मित हुन सक्छन् र त्यसपछि मल्टी-कम्पोनेण्ट इन्टिग्रेटेड सर्किट (एमसीओ) को बाँकी भागमा संयोजित हुन सक्छन् वा अन्य उपादानहरूमा एकीकृत हुन सक्छन्।
२. "सिलिकनमा आधारित" भन्नाले सिलिकनको आधार (सब्स्ट्रेट) मा निर्मित, वा सिलिकन पदार्थहरूबाट बनाइएको, वा सघन परिपथको साँचो (डाइ) मा ढालेर बनाइएको भन्ने बुझ्नु पर्दछ।
३. (क) "सिलिकनमा आधारित सेन्सरहरू" मा माइक्रोइलेक्ट्रोनिक वा यान्त्रिक (मेकानिकल) संरचनाहरू रहेका हुन्छन् यिनीहरू स्थूल रूपमा वा सेमिकण्डक्टरको सतहमा तयार गरिएका हुन्छन् र भौतिक वा रासायनिक दृश्य घटनाहरू (फिनोमेना) पत्ता लगाउने कार्य गर्दछन् र विद्युतीय गुण (प्रोपर्टी) मा हुने परिवर्तन वा मेकानिकल संरचनाको विस्थापनका कारणले तिनलाई विद्युतीय सङ्केतमा पारक्रमण (ट्रान्सड्यूस) गर्दछन्। "भौतिक वा रासायनिक दृश्य घटनाहरू (फिनोमेना)" दबाब (प्रेसर), ध्वनि तरङ्ग (अकुस्टिक वेभ), गतिवर्धन (एक्सिलेरेशन), कम्पन (भाइब्रेशन), चाल (मुभमेण्ट), ओरियन्टेसन, निष्पीडन (स्ट्रेन), चुम्बकीय क्षेत्रको बल (म्याग्नेटिक फिल्ड स्ट्रेङ्थ), विद्युतीय क्षेत्रको बल (इलेक्ट्रिक फिल्ड स्ट्रेङ्थ), प्रकाश (लाइट), रेडियोधर्मिता (रेडियोएक्टिभिटी), आर्द्रता (ह्युमिडिटि), प्रवाह (फ्लो), रासायनिक सघनता (केमिकल कन्सन्ट्रेसन) आदिसँग सम्बन्धित छन्।
(ख) "सिलिकनमा आधारित एक्चुयटरहरू" मा माइक्रोइलेक्ट्रोनिक वा मेकानिकल संरचनाहरू रहेका हुन्छन्, यिनीहरू स्थूल रूपमा वा सेमिकण्डक्टरको सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले विद्युतीय सङ्केतलाई भौतिक गतिमा परिवर्तन गर्ने काम गर्दछन्।
(ग) "सिलिकनमा आधारित रेसोनेटरहरू" भनेका माइक्रोइलेक्ट्रोनिक वा मेकानिकल संरचनाहरू रहेका उपादानहरू हुन्, यिनीहरू स्थूल रूपमा वा अर्धसंबाहक (सेमिकण्डक्टर) को सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले पूर्वनिर्धारित आवृत्तिको यान्त्रिक वा विद्युतीय दोलन (ओस्सिलेशन) सिर्जना गर्दछन् जुन बाह्य आदान (इन्पुट) को प्रतिक्रियास्वरूप उत्पन्न हुने ती संरचनाको भौतिक ज्यामिति (फिजिकल जियोमेट्री) मा भर पर्दछ।
(घ) "सिलिकनमा आधारित ओस्सिलेटरहरू" भनेका त्यस्ता सक्रिय उपादान (कम्पोनेण्ट) हरू हुन् जसमा माइक्रोइलेक्ट्रोनिक वा मेकानिकल संरचनाहरू रहेका हुन्छन्, स्थूल रूपमा वा अर्धसंबाहक
(सेमिकण्डक्टर) को सतहमा सिर्जना गरिएका हुन्छन् र यिनले ती संरचनाको भौतिक ज्यामिति (फिजिकल जियोमेट्री) मा आधारित पूर्वनिर्धारित आवृत्तिको यान्त्रिक वा विद्युतीय दोलन (ओस्सिलेशन) सिर्जना गर्ने काम गर्दछन्।
यस द्रष्टव्यमा परिभाषित वस्तुहरूको वर्गीकरणको लागि, ती वस्तुहरूलाई खासगरी तिनको कार्यको सन्दर्भबाट समावेश गर्न सक्ने शीर्षक ८५.२३ को हकमा बाहेक, यस अनुसूचीका अन्य कुनै पनि शीर्षकले भन्दा शीर्षक ८५.४१ र ८५.४२ ले प्राथमिकता पाउनेछन्।
१. उपशीर्षक ८५२५.८१ ले केवल देहायका एक वा बढी विशेषताहरू भएका उच्च गतिका टेलिभिजन क्यामराहरू, डिजिटल क्यामराहरू र भिडियो क्यामरा रेकर्डरहरूलाई समेट्दछः
लेखन गति प्रति माइक्रोसेकेण्ड ०.५ मिलिमिटरभन्दा बढी भएका;
टाइम रिजोल्युसन ५० न्यानोसेकेण्ड वा कम भएका;
फ्रेम दर प्रतिसेकेण्ड २२५००० फ्रेमभन्दा बढी भएका।
२ उपशीर्षक ८५२५.८२ को सम्बन्धमा, विकिरणबाट बचाउने (रेडियसन-हार्डेण्ड) वा विकिरण सहिष्णु (रेडिएसन-टोलरेण्ट) टेलिभिजन क्यामराहरू, डिजिटल क्यामराहरू, भिडियो क्यामरा रेकर्डरहरू उच्च-विकिरण वातावरणमा सञ्चालन गर्न सकिने गरी रूपाङ्कित वा सिल गरिएका हुन्छन्। यी क्यामराहरू सञ्चालनमा हुने गिरावट (अपरेशनल डिग्रेडेसन) बिना कुल विकिरणको मात्रा कम्तीमा ५०x१०३ जीवाई (सिलिकन) (५x १०६ आरएडी (सिलिकन)) सहन (विथस्ट्याण्ड) गर्न सक्ने गरी रूपाङ्कित (डिजाइन) गरिएका हुन्छन्।
३. उपशीर्षक ८५२५.८३ ले दृश्य आकृतिको साइज वा गुणस्तर बढाउने र दृश्य आकृतिमा परिवर्तन हुन सक्ने बनाउनको लागि उपलब्ध प्रकाशलाई इलेक्ट्रोनहरूमा परिवर्तन गर्न फोटोक्याथोड प्रयोग गर्ने राति देखिने (नाइट भिजन) टेलिभिजन क्यामराहरू, डिजिटल क्यामराहरू र भिडियो क्यामरा रेकर्डरहरूलाई समेट्छ। यस उपशीर्षकमा थर्मल आकृति क्यामराहरू पर्दैनन् (सामान्यतः उपशीर्षक ८५२५.८९)।
४. उपशीर्षक ८५२७.१२ ले, बनिबनाउ (बिल्ट-इन) एम्प्लीफायर समाविष्ट भएको, बनिबनाउ ध्वनि विस्तारक (बिल्ट-इन लाउड्स्पीकर) समाविष्ट नभएको, विद्युत शक्तिको बाह्य
स्रोतबिना सञ्चालन हुन सक्ने र १७० मिमि x १०० मिमि x ४५ मिमि भन्दा बढी आयाम (डाइमेन्सन) हरू नभएका क्यासेट प्लेयरहरूलाई मात्र समावेश गर्दछ।
५. उपशीर्षकहरू ८५४९.११ देखि ८५४९.१९ को प्रयोजनको लागि, "प्रयोग भइसकेका (स्पेन्ट) प्राथमिक सेलहरू, प्रयोग भइसकेका प्राथमिक ब्याट्रीहरू र प्रयोग भइसकेका विद्युत सञ्चायकहरू" भनेका ती हुन्, जुन फुटेर, टुक्रिएर, थोत्रिएर वा अन्य कारणहरूले गर्दा त्यसै अवस्थामा प्रयोगको लागि अनुपयुक्त र रिचार्ज हुन नसक्ने अवस्थाका हुन्छन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस परिच्छेदमा शीर्षक ९५.०३ वा ९५.०८ का वस्तुहरू, वा शीर्षक ९५.०६ का बबस्लेज, हिमयान (टोबोगन्स) वा त्यस्तै वस्तुहरू समावेश हुँदैनन्।
२. यस परिच्छेदका वस्तुहरूका लागि भनी पहिचान हुने वा नहुने देहायका वस्तुहरूको हकमा "पार्टपुर्जाहरू" र "पार्टपुर्जा र सहायक सामग्रीहरू" भन्ने उक्ति लागू हुँदैनः
(क) जुनसुकै पदार्थका जोर्नी (ज्वाइन्ट), वासर वा यस्तै वस्तुहरू (तिनका घटक पदार्थ अनुसार वा शीर्षक ८४.८४ मा वर्गीकरण हुने) वा कडा रबरका बाहेक भल्कनाइज्ड रबरका अन्य वस्तुहरू (शीर्षक ४०.१६);
(ख) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषा गरिए बमोजिमका सामान्य प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका यस्तै किसिमका वस्तुहरू (भाग ३९);
(ग) भाग ८२ का वस्तुहरू (औजारहरू);
(घ) शीर्षक ८३.०६ का वस्तुहरू;
(ङ) शीर्षक ८४.०१ देखि ८४.७९ सम्मका यन्त्र वा उपकरणहरू, वा तिनका पार्टपुर्जाहरू, यस परिच्छेदका वस्तुका रेडियटरहरू बाहेक; शीर्षक ८४.८१ वा ८४.८२ का वस्तुहरू वा, मोटर वा इन्जिनका अभिन्न अङ्ग हुन् भने शीर्षक ८४.८३ का वस्तुहरू;
(च) विद्युतीय यन्त्रावली वा उपकरणहरू (भाग ८५);
(छ) भाग ९० का वस्तुहरू;
(ज) भाग ९१ का वस्तुहरू;
(झ) हातहतियार (भाग ९३);
(ञ) शीर्षक ९४.०५ का प्रकाश-उपकरणहरू (लुमिनेयरिज), प्रकाश-जडानहरू र तिनका पार्टपुर्जाहरू वा
(ट) वाहन वा गाडीहरू (भेहिकल्स) का पार्टपुर्जाको रूपमा प्रयोग हुने खालका ब्रसहरू (शीर्षक ९६.०३)।
३. भाग ८६ देखि ८८ सम्म उल्लेख भएका "पार्टपुर्जाहरू" वा "सहायक सामग्रीहरू" ती भागका वस्तुहरूका साथ पूर्णरूपमा वा मुख्यरूपमा प्रयोग गर्न उपयुक्त नभएका पार्टपुर्जा वा सहायक सामग्रीहरूका हकमा लागू हुँदैनन्। ती भागहरूका दुई वा दुईभन्दा बढी शीर्षकका विवरणसँग मेल खाने पार्टपुर्जा वा सहायक सामग्रीहरूलाई त्यस पार्टपुर्जाहरू वा सहायक सामग्रीहरूको मुख्य प्रयोगसँग मेल खाने शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
४. यस परिच्छेदको प्रयोजनको लागिः
(क) सडक तथा लिक दुवैमा हिँड्ने गरी विशेष रूपले बनाइएका गाडी (भेहिकल) हरू लाई भाग ८७ को उपयुक्त शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ;
(ख) जल तथा स्थल दुवैमा हिँड्ने (एम्फिबियस) मोटर गाडीहरूलाई भाग ८७ को उपयुक्त शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ;
(ग) सडकमा गुड्ने वाहन (रोड भेहिकल) को रूपमा पनि प्रयोग गर्न सकिने गरी विशेष रूपले निर्माण गरिएको बायुयान (एयरक्राफ्ट) लाई भाग ८८ को उपयुक्त शीर्षक अन्तर्गत वर्गीकरण गरिनेछ।
५. एयरकुशन वाहन (भेहिकल) हरूलाई यस परिच्छेद अन्तर्गत त्यस्तो वाहन (भेहिकल) हरूका साथमा, तल उल्लेख गरिए अनुसार, वर्गीकरण गरिनेछ, जो तिनका सर्वाधिक सजातीय (मोस्ट एकिन) छन्ः
(क) गाइड-ट्र्याकमा हिँड्ने गरी अभिकल्पित (होभर ट्रेनहरू) भएमा भाग ८६ मा;
(ख) जमीनमा वा जल र स्थल दुवैमा हिँड्ने गरी अभिकल्पित भएमा भाग ८७ मा;
(ग) सामुद्री किनारा वा अवतरण स्थलहरूमा अवतरण गर्न सक्ने वा नसक्ने वा हिउँमा पनि यात्रा गर्न सक्ने वा नसक्ने जे भए पनि, पानीमाथि हिँड्ने गरी अभिकल्पित भएमा भाग ८९ मा।
एयर-कुशन वाहनका पार्टपुर्जा वा सहायक सामग्रीहरूलाई माथिको व्यवस्था अन्तर्गत एयरकुशन भेहिकल वर्गीकरण गरिने शीर्षकहरूका वाहन (भेहिकल) का पार्टपुर्जा वा सहायक सामग्रीहरू सरह त्यस्तै किसिमले वर्गीकरण गरिनेछ।
होभरट्रेनको ट्र्याकका जडान सामग्री (फिक्स्चर एण्ड फिटिङ्ग) हरूलाई रेलमार्गको ट्र्याकका जडान सामग्री (फिक्स्चर एण्ड फिटिङ्ग) हरूका रूपमा र होभरट्रेन परिवहन प्रणालीका सङ्केत (सिग्नलिङ्ग), सुरक्षा (सेफ्टी) वा आवागमन नियन्त्रण (ट्राफिक कन्ट्रोल) गर्ने उपकरणलाई रेलमार्गका सङ्केत, सुरक्षा वा आवागमन नियन्त्रण गर्ने उपकरणका रूपमा वर्गीकरण गरिनेछ।
१. यस भागमा नपर्नेः
(क) काठका वा कङ्क्रिटका रेल्वे वा ट्रामवेका पटरीहरू (स्लीपर्स), वा होभरट्रेनका लागि कङ्क्रिटका गाइड ट्र्याक सेक्सनहरू (शीर्षक ४४.०६ वा ६८.१०);
(ख) शीर्षक ७३.०२ का फलाम वा इस्पातका ट्रामवे वा रेल्वेका ट्र्याक निर्माणका सामग्रीहरू;
(ग) शीर्षक ८५.३० का सङ्केतसूचक (सिग्नलिङ्ग), सुरक्षा (सेफ्टी) वा आवागमन नियन्त्रण सम्बन्धी विद्युतीय उपकरणहरू।
२. शीर्षक ८६.०७, अन्य कुराहरूको साथसाथै, देहायका कुराहरूमा पनि लागू हुन्छः
(क) एक्सल, हील, हीलसेट (रनिङ्ग गियर), धातुका टायर, हूप र हव र हीलका अन्य भागहरू;
(ख) फ्रेम, अण्डरफ्रेम, बोगी र बिसेल-बोगीहरू;
(ग) एक्सल बक्सहरू; ब्रेक गियर;
(घ) रोलिङ्ग-स्टकका बफरहरू; हुक र अन्य कपलिङ्ग गियर र कोरिडोर कनेक्सनहरू;
(ङ) कोचवर्क।
३. माथि द्रष्टव्य १ को व्यवस्थाका अधीनमा रही, शीर्षक ८६.०८, अन्य कुराहरूको साथसाथै, देहायका वस्तुहरूमा पनि लागू हुन्छः
(क) समायोजित (एसेम्बल्ड) ट्र्याक, टर्नटिबुल, प्लेटफर्म वफर, लोडिङ्ग गेज;
(ख) रेल्वे, ट्रामवे, सडक, अन्तरस्थलीय जलमार्ग, पार्किङ्ग क्षेत्र, बन्दरगाह संस्थापन (पोर्ट इन्स्टलेशन) वा हवाईमैदानहरूका निमित्त विद्युतीय प्रकाशका लागि, जडान गरिएका वा नगरिएका, सङ्केत यन्त्र (सेमाफोर), यान्त्रिकीय सिग्नल डिस्क, लेभल क्रसिङ
कन्ट्रोल गियर, सिग्नल र प्वाइण्ट्स कन्ट्रोल र अन्य यान्त्रिकीय (विद्युत यान्त्रिकीय समेत) सङ्केत सूचक (सिग्नलिङ्ग), सुरक्षा (सेफ्टी) वा आवागमन (ट्राफिक) नियन्त्रण उपकरणहरू।
१. यस भागले लिक (रेल) मा चलनका लागि मात्र अभिकल्पना गरिएका रेल्वे वा ट्रामवे रोलिङ्ग-स्टकहरूलाई समेट्दैन।
२. यस भागको प्रयोजनको लागि "ट्र्याक्टर" भनेको मूलतः अन्य वाहन, उपकरण वा भारलाई घिस्याउन वा घचेट्नका लागि निर्माण गरिएका गाडीहरू हुन्, ट्र्याक्टरको रूपमा गरिने मुख्य प्रयोगका साथै यिनीहरू औजार, बिउबिजन, मलखाद वा अन्य वस्तुहरू ओसारपसार गर्नका लागि सहायक व्यवस्था भएका वा नभएका हुन सक्छन्।
शीर्षक ८७.०१ का ट्र्याक्टरहरूका अन्तर्परिवर्तनीय (इण्टरचेञ्जेबल) उपकरणका रूपमा अभिकल्पित यन्त्रहरू र काम गर्ने औजारहरू ट्र्याक्टरका साथमा प्रस्तुत हुन आए पनि, र ट्र्याक्टरमा जडान भए वा नभए पनि तिनका आफ्नै शीर्षकमा वर्गीकरण गरिन्छन्।
३. क्याबहरू जडान भएका मोटर च्यासिसहरू शीर्षक ८७.०२ देखि ८७.०४ सम्म पर्दछन्, र शीर्षक ८७.०६ मा होइन।
४. शीर्षक ८७.१२ मा केटाकेटीहरूका सबै दुईपाङ्ग्रे साइकलहरू पर्दछन्। केटाकेटीका अन्य साइकलहरू शीर्षक ९५.०३ मा पर्दछन्।
१. उपशीर्षक ८७०८.२२ मा पूर्णरूपले वा मुख्यरूपले शीर्षक ८७.०१ देखि ८७.०५ सम्मका मोटर गाडीहरूमा प्रयोग गर्नका लागि उपयुक्त देहायका वस्तुहरू पर्दछन्ः
(क) फ्रेम लगाइएका अगाडिको हावा छेक्ने विण्डस्क्रिन (विण्डशिल्ड), पछाडिको झ्याल र अन्य झ्यालहरू; र
(ख) ततााउने उपकरणहरू वा अन्य वैद्युतिक वा इलेक्ट्रोनिक उपकरणहरू समावेश गरिएका, फ्रेम लगाइएका वा नलगाइएका, अगाडिको हावा छेक्ने विण्डस्क्रिन (विण्डशिल्ड), पछाडिको झ्याल र अन्य झ्यालहरू।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित। ¥ आर्थिक ऐन, २०८३ द्वारा थप।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागको प्रयोजनको लागि "मानव रहित वायुयान (अनम्यान्ड एयरक्राफ्ट)" भन्ने उक्तिले शीर्षक ८८.०१ मा पर्ने बाहेकका, चालक (पाइलट) बिना उड्ने गरी बनाइएका जुनसुकै वायुयानलाई जनाउँछ। तिनीहरू भार बहन गर्ने गरी वा स्थायी रूपले एकीकृत डिजिटल क्यामराहरू वा अन्य उपकरण जडान गरेर बनाइएका हुन सक्छन् जसले तिनीहरूलाई उडानको समयमा उपयोगी कार्यहरू सम्पादन गर्न सक्षम बनाउँछन्।
१. उपशीर्षकहरू ८८०२.११ देखि ८८०२.४० सम्मको प्रयोजनको लागि “सामान नहाल्दाको तौल” भन्ने उक्तिले सामान्य उडानको अवस्थामा, चालक दल र इन्धनको र स्थायी रूपले जडान गरिएका बाहेकका अन्य उपकरणको तौललाई छाडेर हुन आउने यन्त्रको तौललाई जनाउँछ।
२. उपशीर्षक ८८०६.२१ देखि ८८०६.२४ तथा ८८०६.९१ देखि ८८०६.९४ को प्रयोजनको लागि "उड्ने बेलाको अधिकतम तौल (म्याक्सिमम् टेक-अफ वेट)" भन्ने अभिव्यक्तिले सामान्य उडानको अवस्थामा, उड्ने बेलामा प्रदायभार (पेलोड), उपकरण र इन्धनको तौल लगायत यन्त्र (मेशिन) को अधिकतम तौललाई जनाउँछ।
१. पानीजहाजको काया (हल्), अवयवहरू जोडजाड गरिएको (एसेम्बल्ड), जोडजाड नगरिएको (अन-एसेम्बल्ड) वा खोलखाल गरिएको (डिसएसेम्बल्ड) वा तयारी भइनसकेको (अन फिनिस्ड) वा अपूर्ण अवस्थाको (इनकम्प्लिट) जलयान, वा जोडजाड नगरिएको वा खोलखाल गरिएको अवस्थाको पूर्ण तयारी जलयानमा यदि कुनै निश्चित प्रकारको जलयानको सारभूत लक्षण छैन भने त्यसलाई शीर्षक ८९.०६ मा वर्गीकरण गरिनेछ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) यन्त्र, उपकरण वा अन्य प्राविधिक प्रयोजनको लागि प्रयोग हुने खालका वस्तुहरू, कडा रबर बाहेकको गन्धकीकृत (भल्कनाइज्ड) रबरका (शीर्षक ४०.१६), छाला वा मिश्रित छाला (कम्पोजिसन लेदर) का (शीर्षक ४२.०५) वा कपडा पदार्थ (शीर्षक ५९.११) का बाहेक;
(ख) मानव अङ्गलाई आड दिने वा थाम्ने अपेक्षित प्रभाव पूर्णतया तिनको लचकताबाट प्राप्त हुने, कपडा पदार्थका आड दिने (सपोर्टिङ्ग) पेटीहरू वा आड दिने अन्य वस्तुहरू (जस्तै, प्रसूतिका पेटी (म्याटर्निटी बेल्ट), छाती र पिठको माथिल्लो भागलाई आड दिने पट्टी (थोरासिक सपोर्ट ब्याण्डेज), पेटलाई आड दिने पट्टी (एब्डोमिनल सपोर्ट ब्याण्डेज), जोर्नी वा मांशपेशीलाई आड दिने साधनहरू (परिच्छेद ११);
(ग) शीर्षक ६९.०३ का उच्च ताप सहन गर्न सक्ने सामानहरू (रिफ्ग्राक्टोरी गुड्स); शीर्षक ६९.०९ का प्रयोगशाला, रासायनिक वा अन्य प्राविधिक प्रयोग निमित्तका सेरामिकका भाँडाहरू;
(घ) अप्टिकल काम नगरिएका शीर्षक ७०.०९ का काँचका ऐनाहरू वा अप्टिकल तत्व नभएका आधारभूत धातुका वा बहुमुल्य धातुका ऐनाहरू (शीर्षक ८३.०६ वा भाग ७१);
(ङ) शीर्षक ७०.०७, ७०.०८, ७०.११, ७०.१४, ७०.१५ वा ७०.१७ का सामानहरू;
(च) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित आधारभूत धातुका सामान्य प्रयोगका पार्टपुर्जाहरू (परिच्छेद १५) वा प्लाष्टिकका त्यस्तै सामानहरू (भाग ३९); तर विशेष रूपमा औषधोपचार, शल्यचिकित्सा, दन्तोपचार वा पशुचिकित्सा विज्ञानमा प्रत्यारोपण गर्नका लागि विशेष किसिमले बनाइएका सामानहरू शीर्षक ९०.२१ मा वर्गीकरण गरिनेछन्।
(छ) शीर्षक ८४.१३ को, मापन गर्ने साधन समावेश भएका पम्पहरू; भार-चालित (वेट-अपरेटेड) गणना गर्ने वा जाँच गर्ने यन्त्रावली वा तराजु (ब्यालेन्स) को लागि चाहिने छुट्टै प्रस्तुत हुन आएका ढकहरू (शीर्षक ८४.२३); उचाल्ने (लिफ्टिङ्ग) वा चलाउने (ह्याण्डलिङ्ग) यन्त्रावली (शीर्षक ८४.२५ देखि ८४.२८); कागत वा कागतगाता काट्ने सबै किसिमका यन्त्रहरू (शीर्षक ८४.४१); यन्त्र-औजार वा वाटर-जेट कटिङ्ग मेशिनहरूमा काम गरिने वस्तु वा औजारलाई मिलाउने शीर्षक ८४.६६ का जडानका सामग्रीहरू, माप (स्केल) पढ्ने अप्टिकल साधनहरू (उदाहरणतः “अप्टिकल” डिभाइडिङ्ग हेड) भएका जडानका सामग्रीहरू समेत, तर जो स्वयंमा मूल रूपले अप्टिकल उपकरणहरू हुन् भने त्यस्ता चाहिँ होइन (जस्तै एलाइनमेण्ट टेलिस्कोपहरू); गणना गर्ने (क्यालकुलेटिङ्ग) मेशिन (शीर्षक ८४.७०); भल्भ वा शीर्षक ८४.८१ का अन्य उपकरणरू, शीर्षक ८४.८६ का यन्त्र र उपकरणहरू (सेन्सिटाइज्ड सेमिकण्डक्टर पदार्थहरूमा प्रोजेक्सन गर्ने वा सर्किटको ढाँचा रेखाङ्कन गर्ने उपकरणहरू समेत)।
(ज) साइकल वा मोटरगाडीहरूका लागि प्रयोग हुने खालका सर्चलाइट वा स्पट लाइटहरू (शीर्षक ८५.१२); शीर्षक ८५.१३ का बोकेर हिँड्न मिल्ने विद्युतीय बत्तीहरू; चलचित्र सम्बन्धी ध्वनि अभिलेखन गर्ने, सुनाउने वा पुनः अभिलेखन गर्ने उपकरणहरू (साउण्ड रिकर्डिङ्ग, रिप्रोड्यूसिङ्ग अर रि-रिकर्डिङ्ग एपेरटस) (शीर्षक ८५.१९); साउण्ड-हेडहरू (शीर्षक ८५.२२); टेलिभिजन क्यामरा, डिजिटल क्यामरा र भिडियो क्यामरा रेकर्डरहरू (शीर्षक ८५.२५); राडार उपकरणहरू, रेडियो मार्गनिर्देशन सहायक उपकरणहरू (रेडियो नेविगेशनल एड एपेरटस्) वा रेडियो दूर नियन्त्रण उपकरणहरू (रेडियो रिमोट कन्ट्रोल एपेरटस) (शीर्षक ८५.२६); अप्टिकल फाइबर, अप्टिकल फाइबरका मुठा (बन्डल) वा केबुलका कनेक्टरहरू (शीर्षक ८५.३६); शीर्षक ८५.३७ का साङ्ख्यिक नियन्त्रण उपकरणहरू (न्यूमेरिकल कन्ट्रोल एपेरटस);
शीर्षक ८५.३९ का सिल्ड विम ल्याम्प युनिट्स (बन्द किरणपुन्ज एकाइहरू); शीर्षक ८५.४४ का अप्टिकल फाइवर केबुलहरू);
(झ) शीर्षक ९४.०५ का सर्चलाइट वा स्पटलाइटहरू;
(ञ) भाग ९५ का वस्तुहरू;
(ट) शीर्षक ९६.२० का मोनोपड, बाइपड, ट्राइपड, र यस्तै सामग्रीहरू;
(ठ) क्षमता मापक साधन (क्यापासिटी मेजर) हरू, जसलाई तिनका घटक पदार्थहरू (कन्स्टिच्यूएण्ट म्याटेरियलस्) अनुसार वर्गीकरण गरिनेछ; वा
(ड) स्पूल, रिल वा यस्तै आधार (सपोर्ट) हरू (जसलाई तिनका घटक पदार्थ (कन्स्टिच्यूएण्ट म्याटेरियल) अनुसार वर्गीकरण गरिनेछ, उदाहरणको लागि, शीर्षक ३९.२३ वा परिच्छेद १५)।
२. माथिको द्रष्टव्य १ को अधीनमा रही यस भागका यन्त्र, औजार, उपकरण वा वस्तुहरूका पार्टपुर्जा र सहायक सामग्रीहरूलाई देहायका नियमहरू अनुसार वर्गीकरण गरिनेछः
(क) यस भागका वा भाग ८४, ८५ वा ९१ का (शीर्षक ८४.८७, ८५.४८ वा ९०.३३ बाहेक) कुनै पनि शीर्षकमा परेका सामानकै रूपमा भएका पार्टपुर्जा र सहायक सामग्रीहरूलाई सबै स्थितिमा तिनको सम्बन्धित शीर्षकहरूमा वर्गीकरण गरिनेछ;
(ख) कुनै खास किसिमको यन्त्र, उपकरण वा औजार वा एउटै शीर्षक अन्तर्गतका विभिन्न यन्त्र, उपकरण वा औजारहरू (शीर्षक ९०.१०, ९०.१३ वा ९०.३१ का यन्त्र, उपकरण वा औजार समेत) मा पूर्णरूपमा वा मुख्यरूपमा प्रयोगयोग्य छन् भने त्यस्ता अन्य पार्टपुर्जा र सहायक सामग्रीहरूलाई त्यस किसिमका यन्त्र, उपकरण वा औजारहरूसँगै वर्गीकरण गरिनेछ;
(ग) अन्य सबै पार्टपुर्जा र सहायक सामग्रीहरूलाई भने शीर्षक ९०.३३ मा वर्गीकरण गरिनेछ।
३. परिच्छेद १६ को द्रष्टव्य ३ र ४ मा भएका व्यवस्थाहरू यस भागको हकमा पनि लागू हुन्छन्।
४. हतियारहरूमा जडान गरिने दूरबिक्षणीय दृश्य (टेलिस्कोपिक साइट), पनडुब्बी वा टैङ्कमा जडान गरिने परिदर्शी दूरबिक्षण यन्त्र (पेरिस्कोपिक टेलिस्कोप) वा परिच्छेद १६ वा यस
भागका यन्त्र, उपकरण वा औजारमा प्रयोग हुने टेलिस्कोपहरूका हकमा शीर्षक ९०.०५ लागू हुँदैन; त्यस्ता दूरबिक्षणीय दृश्य (टेलिस्कोपिक साइट) र दूरबिक्षण यन्त्रहरूलाई शीर्षक ९०.१३ मा वर्गीकरण गरिनेछ।
५. मापन वा परीक्षण गर्ने अप्टिकल सामग्री, उपकरण वा यन्त्रहरू जो यो द्रष्टव्य नभएको भए शीर्षक ९०.१३ र शीर्षक ९०.३१ दुवैमा वर्गीकरण हुन सक्दथे, तिनलाई शीर्षक ९०.३१ मा वर्गीकरण गरिनेछ।
६. शीर्षक ९०.२१ को प्रयोजनार्थ, “हाडजोर्नी उपचार सम्बन्धी उपकरणहरू” भन्ने उक्तिले निम्न कार्यका साधनहरूलाई जनाउँछः
शारीरिक विकृति (डिफोर्मिटी) हरूबाट जोगाउने; वा
बिमारी (इलनेस), शल्योपचार (अपरेशन) वा चोटपटक (इन्जुरी) पछि शरीरका अङ्गहरूलाई सहारा दिने (सर्पोटिङ्ग) वा थाम्ने (होल्डिङ्ग)।
हाडजोर्नी उपचार सम्बन्धी उपकरणहरू (अर्थोपेडिक अप्लायन्सेज) भित्र हाडजोर्नीको अवस्थालाई सुधार गर्न अभिकल्पित पाउपोश र विशेष खालका भित्री तलुवाहरू, यदि (१) नाप अनुसार बनाइएका वा (२) जोडामा नभई जुन खुट्टामा लगाए पनि हुने गरी एकल रूपमा ठूलो सङ्ख्यामा उत्पादन गरिएका हुन् भने, पर्दछन्।
७. शीर्षक ९०.३२ देहायका वस्तुहरूको हकमा मात्र लागू हुन्छः
(क) तरल पदार्थ वा ग्याँसको प्रवाह, स्तर, दबाब वा अन्य परिवर्ती (भेरियबल) हरूलाई स्वचालित रूपमा नियन्त्रण गर्ने, वा तापमानलाई स्वचालित रूपमा नियन्त्रण गर्ने औजार तथा उपकरणहरू, जसको सञ्चालन स्वचालित रूपमा नियन्त्रण हुने कारक अनुसार हेरफेर भइरहने वैद्युतिक घटनामाथि निर्भर हुने वा नहुने हुन्छ, जसलाई उक्त कारकको यथार्थ मान (एक्चुअल भ्यालु) लाई निरन्तर वा समय-समयमा मापन गर्दै वाञ्छित मान (भ्यालु) मा ल्याउने र यसलाई गडबडीको विरुद्धमा स्थिर बनाएर राख्ने गरी डिजाइन गरिएको हुन्छ; र
(ख) विद्युतीय मात्रा (इलेक्ट्रिकल क्वाण्टिटी) का स्वचालित रेगुलेटरहरू तथा अविद्युतीय मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्ने औजार र उपकरणहरू, जसको सञ्चालन नियन्त्रण गरिने कारक अनुसार हेरफेर भइरहने वैद्युतिक घटना (इलेट्रिकल फेनोमेनोन) माथि भर पर्दछ, जसलाई निरन्तर वा समय-समयमा यसको यथार्थ मान
(एक्चुअल भ्यालु) को मापनद्वारा यस कारकलाई वाञ्छित मान (भ्यालु) मा ल्याउने र यसलाई गडबडीको विरुद्धमा स्थिर बनाएर राख्ने गरी डिजाइन गरिएको हुन्छ।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(खाली पृष्ठ)
१. यस भागमा नपर्नेः
(क) ठूला घडी (क्लक) वा साना घडी (वाच) का काँच (ग्लास) वा भार (वेट्) हरू (तिनका घटक पदार्थ अनुसार वर्गीकरण गरिने);
(ख) घडीका चेनहरू (अवस्था अनुसार शीर्षक ७१.१३ वा ७१.१७);
(ग) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित सामान्य प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका त्यस्तै सामानहरू (भाग ३९) वा बहुमूल्य धातु वा बहुमूल्य धातुको आवरण चढाइएका धातुका (सामान्यतया शीर्षक ७१.१५); ठूला वा साना घडीका स्प्रिङ्गहरूलाई भने ती घडीका पार्टपुर्जाका रूपमा (शीर्षक ९१.१४) वर्गीकरण गरिनेछ;
(घ) बियरिङ्ग बलहरू (अवस्था अनुसार शीर्षक ७३.२६ वा ८४.८२);
(ङ) घडीको गतिक्रमको पुर्जा (इस्केपमेण्ट) बिना नै काम गर्ने गरी निर्माण गरिएका शीर्षक ८४.१२ का वस्तुहरू;
(च) बल बियरिङ्गहरू (शीर्षक ८४.८२); वा
(छ) एकसाथ वा घडीको मुभमेण्टभित्र अन्य अवयवहरूसँग संयोजित भइनसकेका वा पूर्णरूपमा वा मुख्य रूपमा यस्ता मुभमेण्टहरूका पार्टपुर्जाका रूपमा प्रयोग गर्नयोग्य वस्तुभित्र संयोजित भइनसकेका भाग ८५ का वस्तुहरू (भाग ८५)।
२. शीर्षक ९१.०१ ले पूर्णतः बहुमूल्य धातु वा बहुमूल्य धातुले ढाकिएको धातु वा यिनै पदार्थहरूसँग शीर्षक ७१.०१ देखि ७१.०४ सम्मका प्राकृतिक वा सम्बर्धित मोती वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थर (प्राकृतिक, संक्षिप्ट वा पुनर्निर्मित) को संयोजनबाट बनेका बट्टा (केस) सहितका साना घडीहरूलाई मात्र समेट्दछ। बहुमूल्य धातु जडेको (इनलेड) आधारभूत धातुका बट्टा सहितका साना घडीहरू शीर्षक ९१.०२ मा पर्दछन्।
३. यस भागको प्रयोजनको लागि "घडीको मुभमेण्ट" भन्ने उक्तिले ब्यालेन्स ह्वील र हेयरस्प्रिङ्ग, क्वार्ट्ज क्रिस्टल वा समयको अन्तराल निर्धारण गर्नसक्ने कुनै अन्य प्रणाली, प्रदर्शन पट
(डिस्प्ले) वा यान्त्रिक प्रदर्शन (मेकानिकल डिस्प्ले) समावेश गर्न सकिने प्रणालीद्वारा नियन्त्रित साधनहरूलाई जनाउँछ। यस्ता वाच मुभमेण्टहरूको मोटाइ १२ मि.मि. तथा चौडाइ, लम्बाइ वा ब्यास ५० मि.मि. भन्दा बढी हुनु हुँदैन।
४. द्रष्टव्य १ मा व्यवस्था भएकोमा बाहेक, ठूला वा साना घडी दुवैमा र अन्य वस्तुहरूमा (उदाहरणको लागि, सटिकताका उपकरण (प्रिसिजन इन्स्ट्रुमेण्ट) हरूमा प्रयोग गर्नका लागि उपयुक्त मुभमेण्ट र अन्य पार्टपुर्जाहरूलाई यसै भागमा वर्गीकरण गरिनेछ।
(खाली पृष्ठ)
१. यस भागमा नपर्नेः
(क) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित सामान्य प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका त्यस्तै किसिमका वस्तुहरू (भाग ३९);
(ख) वाद्ययन्त्रका साथमा प्रयोग गरिने तर तिनमा समावेश नगरिएका वा यस भागका उपकरणका रूपमा एउटै डब्बा (क्याबिनेट) मा सामेल नगरिएका भाग ८५ वा ९० का माइक्रोफोन, एम्प्लिफायर, लाउड स्पीकर, हेड फोन, स्वीच, स्ट्रोबोस्कोप वा अन्य सहायक औजार वा उपकरणहरू;
(ग) खेलौना यन्त्र र उपकरणहरू (शीर्षक ९५.०३);
(घ) वाद्ययन्त्र सफा गर्ने बुरुसहरू (शीर्षक ९६.०३), वा मोनोपड, बाइपड, ट्राइपड र यस्तै सामग्रीहरू (शीर्षक ९६.२०); वा
(ङ) सङ्ग्रहकर्ताका सङ्ग्रहणीय वस्तुहरू वा पुरातात्त्विक वस्तुहरू (शीर्षक ९७.०५ वा ९७.०६)।
२. शीर्षक ९२.०२ वा ९२.०६ का वाद्ययन्त्रहरू बजाउन प्रयोग गरिने, तिनका साथमा तिनलाई चाहिने सङ्ख्यामा प्रस्तुत गरिएका र तिनका साथमा प्रयोग हुने भनेर स्पष्ट रूपमा थाहा हुने धनुष (बो) र छडी (स्टिक) तथा यस्तै किसिमका साधनहरू सम्बन्धित् वाद्ययन्त्रका साथमा नै वर्गीकरण गरिनेछन्।
कुनै उपकरणका साथमा प्रस्तुत हुन आएका शीर्षक ९२.०९ का कार्ड, डिस्क र रोलहरूलाई ती उपकरणका अंशका रूपमा नभई अलग वस्तुका रूपमा लिनु पर्दछ।
१. यस भागमा नपर्नेः
(क) भाग ३६ का वस्तुहरू (उदाहरणका लागि, पर्कसन क्यापहरू, डिटोनेटरहरू, सिग्नलिङ्ग फ्लारहरू);
(ख) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित सामान्य प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका त्यस्तै किसिमका वस्तुहरू (भाग ३९);
(ग) कवचित वा बख्तरबन्द लडाकु वाहन (आर्मर्ड फाइटिङ्ग भेहिकल) हरू (शीर्षक ८७.१०);
(घ) हतियारका साथमा प्रयोग गर्नका लागि उपयुक्त दूरविक्षण दृष्टिपट (टेलिस्कोपिक साइट) हरू वा अन्य अप्टिकल साधनहरू, बन्दुकमा जडान नगरिएसम्म वा तिनीहरूलाई जडान गर्न अभिकल्पित बन्दुकका साथमा प्रस्तुत नभएसम्म (भाग ९०);
(ङ) धनुष, वाण, तरबारबाजी अभ्यास गर्ने तरबार (फेन्सिङ्ग फ्वाइल) वा खेलौनाहरू (भाग ९५); वा
(च) सङ्ग्रहकर्ताका वस्तु (कलेक्टर्स पिस) हरू वा पुरातात्त्विक वस्तुहरू (शीर्षक ९७.०५ वा ९७.०६)।
२. शीर्षक ९३.०६ को "तिनका पार्टपुर्जाहरू" भन्ने उक्तिले शीर्षक ८५.२६ का रेडियो वा रडार उपकरणहरूलाई समेट्दैन।
फर्निचर; बिछ्यौनाहरू (बेडिङ्ग), डस्ना, (म्याट्रेस), खाट वा पलङ (म्याट्रेस सपोर्ट), तकिया (कुशन) तथा यस्तै किसिमका केही वस्तु कोचेर गद्दा जस्तो बनाइएका (स्टफ्ड) सरसामानहरू (फर्निशिङ्ग); अन्यत्र उल्लेख वा समावेश नभएका प्रकाश-उपकरण (लुमिनेयरिज) र प्रकाश-जडान (लाइटिङ्ग फिटिङ्ग) हरू; प्रकाशमय सङ्केत (इल्युमिनेटेड् साइन), प्रकाशमय नामपट (इल्युमिनेटेड् नेम-प्लेट) र यस्तै वस्तुहरू; पूर्वविरचित भवन (प्रिफ्याब्रिकेटेड बिल्डिङ्ग) हरू
१. यस भागमा नपर्नेः
(क) भाग ३९, ४० वा ६३ का, हावा भर्ने वा पानी भर्ने डस्ना (म्याट्रेस), तकिया वा चक्लाहरू;
(ख) भुईं वा मैदानमा राख्ने गरी अभिकल्पित (डिजाइन्ड) शीर्षक ७०.०९ का ऐनाहरू (उदाहरणको लागि, शेभाल-ग्लास (स्विङ मिरर);
(ग) भाग ७१ का वस्तुहरू;
(घ) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषा गरिए बमोजिमका सामान्य प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका त्यस्तै सामानहरू (भाग ३९), वा शीर्षक ८३.०३ का सेफहरू;
(ङ) शीर्षक ८४.१८ का चिस्याउने (रेफ्रिजरेटिङ्ग) वा हिमीकरण गर्ने (फ्रिजिङ्ग) उपकरणका पार्टपुर्जाका रूपमा विशेष रूपमा अभिकल्पित (डिजाइन्ड) फर्निचर सिलाइ मेशिनका लागि विशेष रूपमा अभिकल्पित (डिजाइन्ड) फर्निचर (शीर्षक ८४.५२);
(च) भाग ८५ का बत्तीहरू वा प्रकाशका स्रोतहरू र तिनका पार्टपुर्जाहरू;
(छ) शीर्षक ८५.१८ का उपकरणका पार्टपुर्जाका रूपमा विशेष रूपमा अभिकल्पित (डिजाइन्ड) फर्निचर (शीर्षक ८५.१८), शीर्षक ८५.१९ वा ८५.२१ का उपकरणका पार्टपुर्जाका रूपमा विशेष रूपमा अभिकल्पित (डिजाइन्ड) फर्निचर
(शीर्षक ८५.२२) वा शीर्षक ८५.२५ देखि ८५.२८ सम्मका उपकरणका पार्टपुर्जाका रूपमा विशेष रूपमा अभिकल्पित (डिजाइण्ड) फर्निचर (शीर्षक ८५.२९);
(ज) शीर्षक ८७.१४ का वस्तुहरू;
(झ) शीर्षक ९०.१८ का दन्तचिकित्साका साधनहरू समावेश गरिएका दन्तचिकित्सक (डेन्टिस्ट) का कुर्सीहरू वा दन्तचिकित्सकका पिकदान (स्पिटोन) हरू (शीर्षक ९०.१८);
(ञ) भाग ९१ का वस्तुहरू (उदाहरणका लागि ठूला घडी र तिनका बट्टाहरू);
(ट) खेलौना फर्निचर वा खेलौना प्रकाश-सामग्रीहरू (लुमिनेयरिज) र खेलौना प्रकाश-जडानहरू (शीर्षक ९५.०३), बिलियार्ड टेबुलहरू वा खेलको लागि विशेष रूपले निर्मित अन्य फर्निचर (शीर्षक ९५.०४), जादु-चटक (कन्जुरिङ्ग ट्रिक्स) वा सजावटका फर्निचर (प्रकाशको डोरो (लाइटिङ्ग स्ट्रिङ्ग) बाहेक) जस्तै, चिनिया लालटिनहरू (शीर्षक ९५.०५); वा
(ठ) मोनोपड, बाइपड, ट्राइपड र यस्तै वस्तुहरू (शीर्षक ९६.२०)।
२. शीर्षक ९४.०१ देखि ९४.०३ सम्म उल्लेख भएका वस्तुहरू (पार्टपुर्जाहरू बाहेक) लाई ती वस्तु भुईं वा मैदानमा राख्नका लागि अभिकल्पना (डिजाइन) गरिएका भए मात्र ती शीर्षकहरूमा वर्गीकरण गरिनेछन्।
तर, देहायका वस्तुहरूलाई झुण्ड्याउन, भित्तामा जडान गर्न वा एक अर्को माथि ठड्याएर राख्न अभिकल्पना (डिजाइन) गरिएका भए पनि माथि उल्लेख भएका शीर्षकहरूमा नै वर्गीकरण गरिनेछः
(क) दराज, पुस्तक राख्ने दराज (बुक केस), अन्य तखता भएका फर्निचर (भित्तामा जडान गर्ने आधारका साथमा प्रस्तुत भएका एकल तखता भएका समेत) र युनिट फर्निचर;
(ख) आसन (सिट) र शैय्या (बेड) हरू।
३. (क) शीर्षक ९४.०१ देखि ९४.०३ सम्मका वस्तुका पार्टपुर्जाहरूको सन्दर्भले काँच (ऐना समेत), मार्बल वा अन्य पत्थर वा भाग ६८ वा ६९ मा उल्लेख भएका अन्य पदार्थहरूका शीट र स्ल्याबहरू (आकारमा काटिएका वा नकाटिएका तर अन्य पार्टपुर्जाहरूसँग समायोजन नगरिएका) को सन्दर्भलाई समेट्दैन।
(ख) शीर्षक ९४.०४ मा उल्लिखित सामानहरू छुट्टै प्रस्तुत हुन आएमा तिनीहरूलाई वस्तुका पार्टपुर्जाका रूपमा शीर्षक ९४.०१, ९४.०२ वा ९४.०३ मा वर्गीकरण गरिने छैन।
४. शीर्षक ९४.०६ को प्रयोजनको लागि "पूर्वविरचित भवनहरू" भन्ने उक्तिले कारखानामा तयार गरिएका वा अवयवको रूपमा राखिएका, एकसाथ प्रस्तुत हुन आएका, निर्माणस्थलमा जोडजाड (एसेम्बल) गरिने, आवास वा कार्यस्थलका आवास, कार्यालय, विद्यालय, पसल, टहरा, ग्यारेज वा त्यस्तै खालका भवनहरूलाई जनाउँछ।
पूर्वविरचित भवनहरू अन्तर्गत सामान्यतः स्तरीकृत शिपिङ्ग कन्टेनरको नाप र आकारमा प्रस्तुत भएका तर मूलतः वा पूर्णतः आन्तरिक रूपमा पहिने नै जडान गरिएका इस्पातका मोड्युलर "भवन एकाइ (बिल्डिङ्ग युनिट)" हरू पर्दछन्। यस प्रकारका मोड्युलर भवनका एकाइहरू सामान्यतः एकसाथ जोडेर स्थायी भवनहरू बनाउनका लागि रूपाङ्कन (डिजाइन) गरिएका हुन्छन्।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
β आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
१. यस भागमा नपर्नेः
(क) मैनबत्तीहरू (शीर्षक ३४.०६);
(ख) शीर्षक ३६.०४ का आतिशवाजी वा अन्य अग्निक्रीडा (पाइरोटेक्निक) का वस्तुहरू;
(ग) भाग ३९, शीर्षक ४२.०६ वा परिच्छेद ११ का, लम्बाइमा काटिएका तर माछा मार्ने बल्छीको धागो (फिशिङ्ग लाइन्स) को रूपमा तयार नगरिएका धागो (यार्न), एकल तन्तु (मोनोफिलामेण्ट), डोरी (कर्ड) वा आन्द्रा (गट) वा यस्तै माछा मार्ने वस्तुहरू;
(घ) शीर्षक ४२.०२, ४३.०३ वा ४३.०४ का खेलकुदका झोला (स्पोर्टस ब्याग) वा अन्य आधानपात्र (कन्टेनर) हरू;
(ङ) भाग ६१ वा ६२ का कपडा पदार्थका चित्र-विचित्र पोशाक (फ्यान्सी ड्रेस); खेलकुदका परिधानहरू (स्पोर्टस क्लोदिङ्ग) र भाग ६१ र ६२ का कपडा पदार्थका परिधानका विशेष सामग्रीहरू, कुहिनो, घुँडा वा जाँघ (ग्रइन) क्षेत्रमा लगाइने गद्दा (प्याड), गद्दादार वस्तु (उदाहरणका लागि, छेकबारको काम गर्ने परिधान वा फूटबलको गोल रक्षकले लगाउने जर्सीहरू) जस्ता किसिमका दुर्घटनाबाट बचाउने अवयवहरू समावेश भएका वा नभएका;
(च) भाग ६३ का, कपडाका ध्वजा वा पताकाहरू, वा डुङ्गा, सेलबोर्ड वा स्थलयान (ल्याण्ड क्राफ्ट) हरूमा प्रयोग हुने पालहरू (सेल्स);
(छ) भाग ६४ का खेलकुदका पाउपोश (हिम स्केट वा रोलर स्केटहरू जोडिएका स्केटिङ्ग बुटहरू बाहेक), वा भाग ६५ का खेलकुदका शिरपोश;
(ज) टेक्ने लौरो, कोर्रा (ह्विप्स), घोडचढीको छोटो चावुक (राइडिङ्ग-कोस) वा यस्तै वस्तुहरू (शीर्षक ६६.०२) वा तिनका पार्टपुर्जाहरू (शीर्षक ६६.०३);
(झ) पुतली वा अन्य खेलौनाका नजडेका (अनमाउण्टेड्) शीर्षक ७०.१८ का, काँचका आँखाहरू;
(ञ) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित, साधारण प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका यस्तै किसिमका सामानहरू (भाग ३९);
(ट) शीर्षक ८३.०६ का घण्टी (बेल), घण्टा (गोङ्ग) वा यस्तै वस्तुहरू;
(ठ) तरल पदार्थका लागि पम्पहरू (शीर्षक ८४.१३), तरल पदार्थ वा ग्याँसहरूका लागि निस्पदक (फिल्टरिङ्ग) वा शुद्ध गर्ने (प्युरिफाइङ्ग) यन्त्रावली र उपकरण (शीर्षक ८४.२१), विद्युतीय मोटरहरू (शीर्षक ८५.०१), विद्युतका ट्रान्सफर्मरहरू (शीर्षक ८५.०४), रेकर्ड गरिएका वा नगरिएका डिस्क, टेप, सुगठित अवस्थाका विद्युत विच्छेद भए पनि डेटा नमेटिने (सोलिड-स्टेट नन्-भोलाटाइल) सञ्चय उपकरणहरू, "स्मार्ट कार्ड" र ध्वनि वा अन्य प्रत्यक्ष दृश्य घटना (फिनोमेना) रेकर्ड गर्न सकिने अन्य माध्यम (मिडिया) (शीर्षक ८५.२३), रेडियो रिमोट कण्ट्रोल उपकरण (शीर्षक ८५.२६) वा तारविहीन (कर्डलेस) इन्फ्रारेड रिमोट कण्ट्रोल उपकरण (शीर्षक ८५.४३);
(ड) परिच्छेद १७ का खेलकुदका गाडीहरू (हिउँमा चिप्लने बोब्स्लेज, टोबोगन र यस्तै साधनहरू बाहेक);
(ढ) केटाकेटीहरूका बाइसाइकलहरू (शीर्षक ८७.१२);
(ण) मानव रहित (अनम्यान्ड) वायुयान (शीर्षक ८८.०६)
(त) दुवैतिर चुच्चो भएको सानो डुङ्गा (क्यानेउ) र खियाउने सानो डुङ्गा (स्किफ्) जस्ता खेलकुदका जल-साधनहरू (भाग ८९), वा तिनलाई धकेलेर चलाउने साधनहरू (काठबाट बनेका त्यस्ता वस्तुहरूका लागि भाग ४४);
(थ) खेलकुद वा घर बाहिरका खेलबाडहरूका लागि चश्मा, गगल्स र यस्तै वस्तुहरू (शीर्षक ९०.०४);
(द) जीवजन्तुका नक्कली आवाज निकाल्ने साधन (डिक्वाय कल) वा सिट्ठी (ह्विसिल्) हरू (शीर्षक ९२.०८);
(ध) भाग ९३ का हातहतियारहरू वा अन्य वस्तुहरू;
(न) सबै किसिमका बिजुलीका माला (इलेक्ट्रिक गार्ल्यान्ड) हरू (शीर्षक ९४.०५);
(प) मोनोपड, बाइपड, ट्राइपड र यस्तै सामग्रीहरू; (शीर्षक ९६.२०),
(फ) र्याकेटका डोरीहरू, पाल वा अस्थायी शिविरका सामानहरू वा पञ्जाहरू, बुढी औंला एकातिर र अरू चार औंला एकै ठाउँ अर्कोतिर ढाक्ने गरी बनाइएको पञ्जाहरू तथा औंलाहरू खुल्ला रहने गरी बनाइएको पञ्जाहरू (तिनका घटक पदार्थ अनुसार वर्गीकरण हुने); वा
(ब) टेबुलका सामान, भान्छाका सामान, शौचालयका सामान, कार्पेट र कपडा पदार्थका अन्य भुईं ढाक्ने वस्तुहरू, कपडाहरू (एप्यारेल), ओछ्यानमा प्रयोग हुने कपडा,
टेबुलमा प्रयोग हुने कपडा, शौचालयमा प्रयोग हुने कपडा, भान्सामा प्रयोग हुने कपडा र उपयोगी कार्य भएका यस्तै प्रकारका सामग्रीहरू (तिनीहरूका घटक पदार्थ (कन्स्टिचुएन्ट म्याटेरियल) अनुरूप वर्गीकरण गरिन्छन्)।
२. नगण्य (माइनर) अवयवको रूपमा प्राकृतिक वा सम्बर्धित मोती, बहुमूल्य वा अर्धबहुमूल्य पत्थर (प्राकृतिक, संश्लेषित वा पुनर्निर्मित), बहुमूल्य धातु वा बहुमूल्य धातुले मोहोरिएका धातुहरू रहेको वस्तुहरूलाई यस भागले समेट्दछ।
३. माथिको द्रष्टव्य १ का अधीनमा रही, यस भागका वस्तुहरूमा पूर्णतः वा मुख्यतः प्रयोग गर्न उपयुक्त पार्टपुर्जा र सहायक सामग्रीहरूलाई ती वस्तुहरूसँग वर्गीकरण गरिनेछ।
४. माथिको द्रष्टव्य १ का अधिनमा रही एक वा सोभन्दा बढी वस्तुहरूसँग संयोजित भएका, व्याख्या सम्बन्धी सामान्य नियमहरूको ३(ख) अन्तर्गत समूह (सेट) को रूपमा मान्न नसकिने, र छुट्टै प्रस्तुत भएमा अन्य शीर्षकहरूमा वर्गीकरण हुने वस्तुहरू, यदि खुद्रा बिक्रीका लागि एकैसाथ राखिएका छन् र तिनीहरूको संयोजनमा खेलौनाको सारभूत लक्षण रहेको छ भने, त्यस्ता वस्तुहरूको हकमा, अन्य कुराका साथै, शीर्षक ९५.०३ लागू हुन्छ।
५. रूपाङ्कन, आकृति वा घटक पदार्थका कारणले जनावरहरूको लागि मात्र परिलक्षित गरी बनाइएका भनेर पहिचान गर्न सकिने वस्तुहरू, उदाहरणका लागि, "घरपालुवा जनावरले खेल्ने खेलौना (पेट ट्वाइज)", शीर्षक ९५.०३ मा पर्दैनन् (तिनका आफ्नै उपयुक्त शीर्षकमा वर्गीकरण गरिन्छन्)।
६. शीर्षक ९५.०८ को प्रयोजनको लागिः
(क) "मनोरञ्जन उद्यानका सवारीहरू (अम्यूजमेण्ट पार्क राइड्स)" भन्ने अभिव्यक्तिले मनोरञ्जन वा रमाइलो गर्ने मुख्य उद्देश्यले कुनै व्यक्ति वा व्यक्तिहरूलाई जलमार्ग लगायत कुनै निश्चित वा निर्धारित मार्गमा वा मार्ग मार्फत वा तोकिएको क्षेत्रभित्र बोक्ने, लैजाने वा निर्देशित गर्ने साधनलाई वा साधन वा उपकरणहरूको संयोजनलाई जनाउँछ। यस्ता सवारी (राइड) हरू कुनै मनोरञ्जन उद्यान (अम्यूजमेण्ट पार्क), मनोविनोद उद्यान (थिम पार्क), जल उद्यान (वाटर पार्क) वा मेला क्षेत्र (फेयरग्राउण्ड) भित्र संयोजित (कम्बाइन्ड) हुन सक्छन्। यी मनोरञ्जन उद्यानका सवारीहरूले सामान्यतः आवासीय घर वा खेल मैदानहरूमा स्थापना गर्ने खालका उपकरणहरूलाई समेट्दैनन्;
(ख) "जल उद्यानका मनोरञ्जनका साधनहरू (वाटर पार्क अम्यूजमेन्ट्स)" भन्ने अभिव्यक्तिले कुनै उद्देश्यले निर्मित मार्ग रहित, तोकिएको जलयुक्त क्षेत्रको चारित्रिक
विशेषता भएको साधनलाई वा साधन वा उपकरणहरूको संयोजनलाई जनाउँछ। जल उद्यानका मनोरञ्जनका साधनहरू अन्तर्गत जल उद्यानका लागि विशेष रूपले बनाइएका उपकरणहरू मात्र पर्दछन्; र
(ग) "मेला क्षेत्रका मनोरञ्जनका साधनहरू (फेयरग्राउण्ड अम्यूजमेन्ट्स)" भन्ने अभिव्यक्तिले मौका (चान्स), बल (स्ट्रेन्थ) वा सीप (स्किल) का खेलहरूलाई जनाउँछ, जसलाई सञ्चालन गर्न सामान्यतः एउटा सञ्चालक वा परिचालक रहेको हुन्छ र यी खेलहरू स्थायी भवन वा स्वतन्त्र रियायती स्टलहरूमा स्थापना गरिएका हुन सक्छन्। मेला क्षेत्रका मनोरञ्जनका साधनहरूमा शीर्षक ९५.०४ का उपकरणहरू पर्दैनन्।
यस अनुसूचीमा अन्यत्र किटानीसाथ वर्गीकृत उपकरणहरू यस शीर्षकमा पर्दैनन्।
१. उपशीर्षक ९५०४.५० मा पर्नेः
(क) टेलिभिजन रिसिभर, मोनिटर वा अरू बाह्य पर्दा वा सतहमा छवि पुनरुत्पादन गर्ने भिडियो गेमका कन्सोलहरू; वा
(ख) यताउता लैजान सकिने (पोर्टेबल) वा नसकिने, अन्तर्निहित दृश्य पर्दा (भिडियो स्क्रीन) भएका भिडियो गेमका यन्त्रहरू।
यो उपशीर्षकमा मुद्रा (क्वाइन), बैङ्क नोट, बैङ्क कार्ड, टोकन वा भुक्तानीका अन्य माध्यमद्वारा सञ्चालन गरिने भिडियो गेमका कन्सोलहरू वा यन्त्रहरू पर्दैनन् (उपशीर्षक ९५०४.३०)।
१. यस भागमा नपर्नेः
(क) श्रृङ्गार वा प्रसाधनका लागि प्रयोग हुने पेन्सिलहरू (भाग ३३);
(ख) भाग ६६ का वस्तुहरू (जस्तै- छाताका पार्टपुर्जाहरू वा टेक्ने लठ्ठी));
(ग) नक्कली गहना (शीर्षक ७१.१७);
(घ) परिच्छेद १५ को द्रष्टव्य २ मा परिभाषित साधारण प्रयोगका पार्टपुर्जाहरू, आधारभूत धातुका (परिच्छेद १५), वा प्लाष्टिकका त्यस्तै सामानहरू (भाग ३९);
(ङ) कुँदेका वा ढलाइ गरिएका पदार्थका बिंड (ह्यान्डल) वा अन्य अंशहरू भएका, भाग ८२ का कटलरी वा अन्य वस्तुहरू; तर छुट्टै प्रस्तुत गरिएका यस्ता वस्तुका बिंड (ह्यान्डल) वा अन्य पार्टपुर्जाहरूका हकमा, शीर्षक ९६.०१ वा ९६.०२ लागू हुन्छन्;
(च) भाग ९० का वस्तुहरू (उदाहरणका लागि, चश्माका फ्रेमहरू (शीर्षक ९०.०३), गणितीय रेखांकन गर्ने कलम (शीर्षक ९०.१७), दन्तोपचार, औषधोपचार, शल्यचिकित्सा वा पशुचिकित्सामा प्रयोग हुने खालका विशेष किसिमका बुरुसहरू (शीर्षक ९०.१८);
(छ) भाग ९१ का वस्तुहरू (जस्तै, घडीका बट्टाहरू);
(ज) वाद्ययन्त्रहरू वा तिनका पार्टपुर्जा वा सहायक सामग्रीहरू (भाग ९२);
(झ) भाग ९३ का वस्तुहरू (हातहतियार र तिनका पार्टपुर्जाहरू);
(ञ) भाग ९४ का वस्तुहरू (जस्तै- फर्निचर, प्रकाश-उपकरणहरू (लुमिनेयरिज) र प्रकाश-जडानहरू (लाइटिङ्ग फिटिङ्गस्));
(ट) भाग ९५ का वस्तुहरू (खेलौना (ट्वाय), खेल (गेम) खेलकुद का आबश्यक सामानहरू (स्पोर्ट रिक्विजिट्स), वा
(ठ) कला-कृतिहरू, सङ्ग्रहकर्ताका सङ्ग्रहणीय वस्तुहरू (कलेक्टर्स पिसेज) वा पुरातात्त्विक महत्त्वका वस्तुहरू (एन्टिक्स) (भाग ९७)।
२. शीर्षक ९६.०२ मा "वनस्पति वा खनिज वस्तुका कुँद्रे पदार्थहरू" भन्नाले देहायका वस्तुहरूलाई जनाउँछः
(क) कुँद्रे कार्यमा प्रयोग हुने खालका कडा बीउहरू, बियाँहरू, बोक्राहरू र कडा बियाँको काष्ठफल (नट्स) हरू र यस्तै बानस्पतिक पदार्थहरू (उदाहरणको लागि, कोरोजो र डोम);
(ख) तृणमणि (अम्बर), समुद्रफेन (मीरशौम), एकत्रित वा सङ्कुलित तृणमणि (एग्लोमरेटेड अम्बर) र एकत्रित वा सङ्कुलित समुद्रफेन (एग्लोमेरेटेड मीरशौम), कृष्ण प्रस्तर (जेट) र कृष्ण प्रस्तर (जेट) को खनिज प्रतिस्थापक।
३. शीर्षक ९६.०३ मा "कुचो वा बुरुस (ब्रुम वा ब्रुस) बनाउने तयारी ग्रन्थी (नट) हरू र झुप्पा (टफ्ट) हरू" भन्ने उक्ति केवल जनावरको रौं, वानस्पतिक रेशा (फाइबर) वा अन्य पदार्थहरूका अवलम्ब नहालिएका ग्रन्थी र झुप्पाहरूमा लागू हुन्छ, जुन विभाजन नगरीकन कुचो वा बुरुसहरूमा समावेश गर्नका लागि तयार गरिएका, हुन्छन् वा जसमा त्यस्तो समावेशनको लागि तयार पार्न टुप्पो काटछाँट गरी आकार दिने जस्ता मामुली प्रक्रियाको आवश्यकता रहन्छ।
४. शीर्षक ९६.०१ देखि ९६.०६ वा ९६.१५ का बाहेक यस भागका वस्तुहरू पूर्णतः वा अंशतः बहुमूल्य धातु वा बहुमूल्य धातुले मोहोरेको धातु, प्राकृतिक वा सम्बर्धित मोती वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संक्लिष्ट वा पुनर्निर्मित) को संयोजनबाट बनेका वा नबनेका जे भए पनि यसै भागमा वर्गीकृत हुन्छन्। तर, प्राकृतिक वा सम्बर्धित मोती, वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (प्राकृतिक, संक्लिष्ट वा पुनर्निर्मित), बहुमूल्य धातु वा बहुमूल्य धातुको आवरण चढाइएका धातु मामुली अंशका रूपमा रहेका वस्तुहरू शीर्षक ९६.०१ देखि ९६.०६ सम्म र ९६.१५ मा पर्दछन्।
१. यस भागमा नपर्नेः
(क) शीर्षक ४९.०७ का प्रयोग नभएका हुलाक टिकट वा राजस्व टिकट (रेभेन्यू स्ट्याम्प) हरू, हुलाकका लेखन सामग्री (टिकटयुक्त कागत) वा यस्तै सामग्रीहरू;
(ख) शीर्षक ९७.०६ मा वर्गीकरण हुन सक्ने बाहेकका मुद्रित क्यान्भासका रङ्गमञ्चका दृश्यावली, स्टुडियोको पृष्ठपट पर्दा (ब्याक क्लोथ) र यस्तै वस्तुहरू (शीर्षक ५९.०७); वा
(ग) प्राकृतिक वा सम्बर्धित मोतीहरू, वा बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू (शीर्षक ७१.०१ देखि ७१.०३)।
२. कलाकारद्वारा डिजाइन गरिएका वा सिर्जना गरिएका भए तापनि परम्परागत शिल्पकौशलका, ठूलो सङ्ख्यामा व्यापारिक रूपमा उत्पादित, प्रतिकृति (रिप्रोडक्सन), ढलाइ (कास्ट) वा कलाकार्य (वर्क) गरिएका मोज्याकहरूका हकमा शीर्षक ९७.०१ लागू हुँदैन।
३. शीर्षक ९७.०२ को प्रयोजनको लागि "मौलिक उत्कीर्णन (इन्ग्रेभिङ्ग), मुद्रण (प्रिन्ट) र प्रतिकृति-मुद्रण (लिथोग्राफ) हरू" भन्नाले कलाकारले पूर्णतः हातले निष्पादन (एक्जिक्यूट) गरेका एक वा अधिक प्लेटहरूबाट सोझै उत्पादित सादा (ब्ल्याक एण्ड हाइट) वा रङ्गीन प्रभाव वा निशान (इम्प्रेशन) लाई जनाउँछ, जसमा कलाकारले प्रयोग गरेको प्रक्रिया वा पदार्थहरूलाई महत्त्व दिइँदैन, तर कुनै पनि मेकानिकल वा फोटोमेकानिकल प्रक्रियाहरू भने यसमा समावेश हुने छैनन्।
४. कलाकारद्वारा डिजाइन गरिएका वा सिर्जना गरिएका भए तापनि परम्परागत शिल्पकौशलका, ठूलो सङ्ख्यामा व्यापारिक रूपमा उत्पादित प्रतिकृति (रिप्रोडक्सन) वा कलाकार्य (वर्क) का हकमा शीर्षक ९७.०३ लागू हुँदैन।
५. (क) माथिका १ देखि ४ सम्मका द्रष्टव्यका अधीनमा रही, यस भागका वस्तुहरूलाई यसै भागमा वर्गीकरण गरिनेछ र यस अनुसूचीका अन्य कुनै भागमा वर्गीकरण गरिने छैन।
(ख) यस भागका पूर्ववर्ती शीर्षकहरूका वस्तुहरूका हकमा शीर्षक ९७.०६ लागू हुने छैन।
६. चित्रपट (पेण्टिङ्ग) हरू, रेखाचित्र (ड्रइङ्ग) हरू, विभिन्न रङ्गका सिसाकलमले बनाएका चित्र (पास्टेल) हरू, सतहमा अन्य चित्र टाँसेर बनाइएका चित्र (कोलाज) हरू वा यस्तै सजावटी (डिकोरेटिभ) पाता (प्लाक) हरू, उत्कीर्णन (इनग्रेभिङ्ग) हरू, मुद्रण (प्रिण्ट) हरू वा प्रतिकृति-मुद्रण (लिथोग्राफ) हरूका चारैतिरका फ्रेमहरूलाई ती वस्तुहरूसँगै वर्गीकरण गरिनेछ, तर ती फ्रेमहरू मूल्य र किसिमको हिसाबले ती वस्तुहरूसँग स्वाभाविक रूपले मिल्ने हुनु पर्दछ। यस द्रष्टव्यमा उल्लेख भएका वस्तुहरूसँग स्वाभाविक रूपले नमिल्ने किसिमका वा नमिल्ने मूल्यका फ्रेमहरूलाई छुट्टै वर्गीकरण गरिनेछ।
(दफा ७ को उपदफा (४) सँग सम्बन्धित)
१. यात्रुले ल्याउने वस्तु सम्बन्धमा : यात्रुले महसुल छुटमा ल्याउन पाउने वस्तु बाहेक यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी सूचना अनुसार विदेशबाट आफूसँग ल्याएको (एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको (अनएकम्पनिड) वस्तुमा दफा ७ र ९ बमोजिम महसुल लाग्नेछ।
तर,
(१) विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुन, चाँदी तथा सुन, चाँदीका गहनामा देहाय बमोजिम महसुल लाग्नेछुः-
(क) सुनको हकमा,-
(अ) पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल।
(आ) पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत।
(ख) सुनको गहनाको हकमा,-
(अ) पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन।
(आ) उपखण्ड (अ) मा उल्लेख भएको परिमाणभन्दा बढी थप पचास ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ।
(इ) उपखण्ड (आ) मा उल्लेख भएको परिमाणभन्दा बढी थप पचास ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ।
(ग) चाँदीको हकमा,
(अ) पाँच सय ग्रामसम्मको चाँदीमा प्रचलित दर अनुसार महसुल लाग्नेछ।
(घ) चाँदीको गहनाको हकमा,-
पाँच सय ग्राम सम्म चाँदीका गहनामा कुनै महसुल लाग्ने छैन।
उपखण्ड (अ) मा उल्लेख भएको परिमाण भन्दा बढी थप पाँच सय ग्रामसम्म चाँदीको गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ।
(२) बुँदा (१) को खण्ड (क), (ख), (ग) र (घ) मा उल्लेख भए भन्दा बढी परिमाणमा सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ।
ᵝ आर्थिक ऐन, २०८३ द्वारा संशोधित।
(३) यात्रुले ल्याउने सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहनामा महसुल लिने प्रयोजनको लागि मूल्य कायम गर्दा भन्सार अधिकृतले अन्तर्राष्ट्रिय बजार मूल्य समेतलाई आधार लिई भन्सार मूल्य कायम गर्न सक्नेछ।
(४) विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी सो गहनाको मूल्यको बिस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ। त्यसरी ल्याएको गहना निज यात्रु फर्कँदा भन्सार कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सक्नेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम कारबाही हुनेछ।
तर भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने शर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सक्नेछ।
(५) कुनै विदेशी यात्रु वा गैरआवासीय नेपाली वा स्थायी आवासीय अनुमति प्राप्त गरी विदेशमा बसोबास गरेका नेपालीले तोकिएको परिमाणभन्दा बढी सुन तथा चाँदीका गहनाहरु ल्याई भन्सार कार्यालयमा ट्रान्जिटमा डिपोजिट राख्न घोषणा गरेमा भन्सार कार्यालयले त्यस्ता गहना सुरक्षित साथ राखी सोको निस्सा सम्बन्धित यात्रुलाई दिनु पर्नेछ। त्यस्तो यात्रु नेपालबाट फिर्ता जाँदा निजले डिपोजिट राखेको गहना भन्सार कार्यालयले फिर्ता दिनु पर्नेछ।
(६) श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई फर्केका नेपाली नागरिकले ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिमको देहायका वस्तुमा महसुल छुट दिइनेछुः -
(क) लगातार कम्तीमा छ महिना विदेशमा बसी फर्केको यात्रुले ल्याएको आफूले प्रयोग गरिरहेको बाहेक अर्को सेलुलर मोबाइल फोन एक थान।
(ख) लगातार कम्तीमा बाह्र महिना विदेशमा बसी फर्केको यात्रुले ल्याएको पैंसठ्ठी इञ्चसम्मको टेलिभिजन एक थान।
तर यस खण्ड बमोजिमको सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ।
२. पुराना सवारी साधन र यन्त्र उपकरणमा ह्रासकट्टी सम्बन्धी व्यवस्था : (१) कूटनीतिक सुविधा वा महसुल सुविधामा पैठारी भएका वा आयोजना वा आयोजनाको ठेकेदार वा परामर्शदाताका नाममा पछि फिर्ता लैजाने शर्तमा पूर्ण वा आंशिक महसुल सुविधामा वा
लाग्ने महसुल बापत बैङ्क जमानत वा नगद धरौटी राखी पैठारी भएका वा अन्य सङ्घ, संस्थाको नाममा पूर्ण वा आंशिक भन्सार महसुल छुटमा पैठारी भएका सवारी साधन तथा यन्त्र उपकरण नेपालभित्र कसैलाई उपहार दिएमा वा बिक्री गरेमा वा पैठारी गर्नेले आफ्नै प्रयोजनको लागि राख्ने भएमा त्यस्ता सवारी साधन तथा यन्त्र उपकरणको भन्सार महसुल लिने प्रयोजनको लागि भन्सार अधिकृतले पैठारी हुँदाको अवस्थामा कायम भएको मूल्यमा वार्षिक दश प्रतिशतको दरबाट प्रत्येक वर्षको अवशिष्ट मूल्यमा अधिकतम पाँच वर्षको ह्रासकट्टी गरी मूल्य कायम गर्नेछ।
तर एक वर्षभन्दा कम हुन आउने अवधिलाई ह्रासकट्टी प्रयोजनका लागि गणना गरिने छैन।
(२) बुँदा (१) बाहेक निजी प्रयोगका लागि आंशिक भन्सार महसुल छुटमा व्यक्तिगत रूपमा पैठारी भएका सवारी साधन अन्य व्यक्तिलाई बिक्री गर्ने वा हक हस्तान्तरण गर्ने भएमा भन्सार महसुल लिने प्रयोजनको लागि मूल्य कायम गर्दा वार्षिक दश प्रतिशतका दरले प्रत्येक वर्षको अवशिष्ट मूल्यमा अधिकतम पाँच वर्षको ह्रासकट्टी गरी मूल्य कायम गरिनेछ।
तर एक वर्षभन्दा कम हुन आउने अवधिलाई ह्रासकट्टी प्रयोजनका लागि गणना गरिने छैन।
(३) बुँदा (१) वा (२) बमोजिम पैठारी भएको सवारी साधनको पैठारीका अवस्थामा कायम भएको मूल्य अन्य त्यस्तै सवारी साधनको मूल्यभन्दा अस्वाभाविक रूपमा कम भएको अवस्थामा बाहेक सामान्यतः पैठारी गर्दा कायम गरेको विदेशी मुद्रालाई आधार मानी बुँदा (१) वा (२) बमोजिम मूल्य कायम गरिनेछ।
(४) बुँदा (१) वा (२) बमोजिम सवारी साधनमा ह्रासकट्टी गर्दा उक्त सवारी साधनको उत्पादन मितिदेखि गणना गरिनेछ र पैठारी हुनुपूर्व विदेशमा व्यतित भएको अवधि कटाई बाँकी अवधिको मात्र ह्रासकट्टी गरिनेछ।
(५) यस प्रकरणमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कूटनीतिक निकायबाट गरेको सवारी साधनको बिक्रीलाई लिलाम गरे सरह मानिनेछ।
३. सवारी वा ढुवानीका साधन पैठारी सम्बन्धी विशेष व्यवस्थाः
(१) सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका शर्तहरू पालना गर्नु पर्नेछुः-
(क) निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछ।
(ख) रिकण्डिसन्ड, प्रयोग भइसकेको वा प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डभित्र नपर्ने सवारी वा ढुवानीका साधन पैठारी गर्न पाइने छैन। त्यस्तो साधन कसैले पैठारी गरेमा जफत हुनेछ।
(ग) बिक्री गर्ने प्रयोजनको लागि खण्ड (क) बमोजिम पैठारी गरेका सवारी वा ढुवानीका साधनको पैठारीकर्ताले चौमासिक रूपमा एक वर्षमा तीन पटक त्यस्ता साधनको अधिकतम खुद्रा बिक्री मूल्य (एम.आर.पी.) राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नु पर्नेछ।
(घ) पैठारी भएका सवारी वा ढुवानीका साधनको खण्ड (ग) बमोजिम अधिकतम खुद्रा बिक्री मूल्य (एम.आर.पी.) प्रकाशित नगर्ने पैठारीकर्ताको पैठारी तथा बिक्री कारोबार रोक्का राखी विभागले छानबिन गर्न सक्नेछ।
(ङ) विद्युतीय सवारी तथा ढुवानी साधन वा त्यस्तो साधनमा प्रयोग हुने ब्याट्रीको पैठारीकर्ताले आफूले पैठारी गरेको साधनमा प्रयोग भएको वा आफूले बिक्री गरेको ब्याट्री क्रेताबाट फिर्ता लिने तथा त्यस्तो ब्याट्रीको व्यवस्थापनसँग सम्बन्धित उपयुक्त योजना वर्षको एक पटक भन्सार कार्यालयमा पेस गरी सम्बन्धित पैठारीकर्ताको वेबसाइटमा समेत राख्नु पर्नेछ। त्यस्तो योजना पेस नगर्ने पैठारीकर्ताले विद्युतीय सवारी तथा ढुवानीको साधन पैठारी गर्न पाउने छैन।
(च) खण्ड (क) मा उल्लिखित शर्त उल्लङ्घन गरी सवारी वा ढुवानी साधन पैठारी गरेमा त्यस्ता सवारी तथा ढुवानी साधन जफत गर्नु पर्नेछ।
तर,
(अ) सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधाप्राप्त व्यक्ति वा निकाय, ऋण तथा सहायतामा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीका साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने स्कुटरमा यस बुँदाको खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(आ) दमकल (बारुणयन्त्र) पैठारी गर्दा यस बुँदाको खण्ड (क) तथा (ख) को व्यवस्था लागू हुने छैन।
(इ) एक वर्षभन्दा बढी विदेशस्थित नेपालको कूटनीतिक नियोगमा काम गरेको नेपाली नागरिक आफ्नो कार्यकाल समाप्त भई नेपाल फर्कंदा निजले विदेशमा आफ्नो नाममा दर्ता गरी आफैंले प्रयोग गरेको सवारी साधन नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्न सक्नेछ। त्यसरी पैठारी भएको सवारी साधनमा यस अनुसूचीको प्रकरण २ बमोजिमको ह्रासकट्टी गरिने छैन।
(ई) नेपाल सरकार,स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एम्बुलेन्स, शीर्षक ८७.०१ मा पर्ने ट्याक्टर र शीर्षक ८७.०५ मा पर्ने मोटरगाडी पैठारी गर्दा यस बुँदाको खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(उ) नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरी पैठारी गर्ने प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डभित्र पर्ने सवारी साधनको हकमा यस बुँदाको खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(ऊ) नेपालस्थित विदेशी कूटनीतिक नियोगमा कार्यरत कूटनीतिक पदाधिकारीले प्रयोग भइसकेका सवारी साधन पैठारी गर्न चाहेमा पारस्परिकताको आधारमा पैठारी गर्न दिन नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सिफारिस गरेको अवस्थामा प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डभित्र पर्ने सवारी साधन पछि आफ्नो कार्य अवधि समाप्त भएपछि फिर्ता लैजाने शर्तमा पैठारी गर्न दिन सकिनेछ।
(ए) यस अनुसूची बमोजिम वा नेपाल सरकारको निर्णयद्वारा भन्सार महसुल पूर्ण वा आंशिक छुट दिइएको व्यक्ति वा संस्था वा निकायले निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट सवारी साधन खरिद गरी पैठारी गर्दा यस बुँदाको खण्ड (क) को व्यवस्था लागू हुने छैन।
(२) भाग ८७ को गाडी र तिनका चेसिस पैठारी भएकोमा जुन किसिमको सवारी साधनको चेसिस वा जुन किसिमको गाडी भनी महसुल बुझाएको छ सोही किसिमको सवारी साधनमा दर्ता गर्नु पर्नेछ। अर्को किसिमको सवारी साधनमा दर्ता गरी प्रयोग गर्नु परेमा भन्सार कार्यालयले महसुल अपुग हुने भए सो रकम असुल गरी स्वीकृति दिएको अवस्थामा मात्र अर्को किसिमको सवारी साधनमा दर्ता गरी प्रयोग गर्न सकिनेछ र स्वीकृति नलिई यस बुँदा विपरीत दर्ता गरेको वा प्रयोगमा ल्याएको सवारी साधन जफत गरिनेछ।
(३) शीर्षक ८७.०२ को प्रयोजनका लागि सिट सङ्ख्या गणना नियमित सिट र ड्राइभर सिट गणना गरिनेछ।
तर कण्डक्टर सिट र अन्य अतिरिक्त सिट तथा फोल्डिङ्ग सिटलाई गणना गरिने छैन।
(३क) यान्त्रिक रूपमा धक्का दिने प्रयोजनका लागि इन्टरनल कम्बस्टन इञ्जिन र विद्युतीय मोटर दुवै भई दुवै शक्तिबाट गुड्न सक्ने (प्रोपल्सन हुने) किसिमको सवारी साधनलाई मात्र हाइब्रिड सवारी साधनको रुपमा वर्गीकरण गर्नुपर्ने अन्यथा जुन शक्ति स्रोतबाट सञ्चालन हुने हो सोही अनुरुपका शीर्षक अन्तर्गत वर्गीकरण गरिने छ।
(४) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्थाले महसुल सुविधामा पैठारी गरेको पाँच वर्षभन्दा पुरानो गाडी र यन्त्र उपकरण लिलाम बिक्री गर्दा त्यसमा भन्सार महसुल लाग्ने छैन।
तर भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम जफत भई नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्दा पाँच वर्षको बन्देज लागू हुने छैन।
४. भन्सार महसुल सुविधामा पैठारी भएको वस्तु सम्बन्धी विशेष व्यवस्था
(१) कूटनीतिक सुविधाप्राप्त व्यक्ति वा निकायले कूटनीतिक वा महसुल सुविधामा पैठारी गरेका सवारी साधन, यन्त्र उपकरण तथा वस्तु पैठारी गरेको मितिले पाँच वर्ष पुगेपछि बिक्री गरेमा वा उपहार दिएमा अनुसूची-३ बमोजिम लाग्ने भन्सार महसुलको साठी प्रतिशत छुट हुनेछ। कूटनीतिक सुविधा वा महसुल सुविधामा पैठारी भएका त्यस्ता सवारी साधन, यन्त्र उपकरण तथा वस्तुको हकमा कुनै व्यक्तिलाई सो सुविधा दिंदा निजको नेपालमा पदाधिकार रहेको अवधिभर एक पटक मात्र दिइनेछ।
(२) नेपालभित्रका आयोजना सञ्चालनार्थ ती आयोजना वा ठेकेदारको नाममा पैठारी हुने वस्तुका सम्बन्धमा देहाय बमोजिम हुनेछ।
(क) सवारी र ढुवानीका साधन, निर्माणका यन्त्र उपकरण समेतको सम्बन्धमा,-
(अ) नेपाल सरकारसँग भएको सम्झौता वा नेपाल सरकारको निर्णयको अधीनमा रही सरकारी वा निजी क्षेत्रबाट सञ्चालित आयोजना वा सम्बन्धित ठेकेदारको नाममा पैठारी हुने निर्माणका यन्त्र उपकरण तथा सरकारी आयोजना वा सोसँग सम्बन्धित विदेशी ठेकेदार वा विदेशी ठेकेदार र नेपाली ठेकेदारको संयुक्त उपक्रमका नाममा पैठारी हुने सवारी तथा निर्माणका यन्त्र उपकरण र ढुवानी साधनमा लाग्ने महसुल बापतको रकम बैङ्क जमानत लिई अस्थायी पैठारी गर्न दिन सम्बन्धित मन्त्रालय वा लगानी बोर्ड नेपालले निर्णय गरी सिफारिस गरेमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुमा लाग्ने महसुल बापतको रकम बैङ्क जमानत लिई अस्थायी पैठारी गर्न दिन सक्नेछ। त्यसरी बैङ्क जमानत लिई अस्थायी पैठारी गर्न दिइने आयोजनाको लागि नभई नहुने वस्तुको विवरण भएको मास्टरलिस्ट सम्बन्धित निकायको राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृत वा लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट स्वीकृत भएको हुनुपर्नेछ। यसरी स्वीकृत भएको मास्टर लिष्ट अनुसार बैङ्क जमानत सुविधाका लागि सिफारिस गरिएको वस्तुको अद्यावधिक विवरण सुविधा सिफारिस गर्ने निकायले राख्नुपर्नेछ।
तर वैदेशिक सहायतामा सञ्चालित आयोजनाको हकमा सम्झौतामा उल्लिखित शर्तको अधीनमा रही सम्बन्धित मन्त्रालयको सचिव वा विकास साझेदारबाट भएको सिफारिसका आधारमा आयोजनाको लागि आवश्यक निर्माण यन्त्र उपकरण र सवारी तथा ढुवानी साधन आयोजनाको समाप्तिपछि
अनिवार्य रुपमा फिर्ता लैजाने गरी सम्बन्धित भन्सार कार्यालयले लगतमा राखी अस्थायी पैठारी गर्न अनुमति दिन सक्नेछ। त्यसरी पैठारी भएको वस्तु नेपालमा कसैलाई बिक्री, दान वा हस्तान्तरण गर्न पाइने छैन।
(आ) उपखण्ड (अ) बमोजिम पैठारी हुने सवारी र ढुवानी साधन, निर्माण यन्त्र उपकरण पैठारी गर्दा प्रज्ञापनपत्रमा नेपालभित्र रहने अवधि उल्लेख गरी जाँचपास गर्नु पर्नेछ। निर्धारित अवधिमा आयोजना सम्पन्न नभएको कारणले प्रज्ञापनपत्रमा उल्लिखित अवधिभन्दा बढी अवधिसम्म नेपालभित्र राख्नु पर्ने भएमा सम्बन्धित निकायबाट स्वीकृति लिई आयोजनाको अवधि थप भएको जानकारी भन्सार कार्यालयलाई दिनु पर्नेछ।
(इ) उपखण्ड (अ) बमोजिम पैठारी हुने सवारी र ढुवानी साधनको सवारी दर्ता गर्दा छुट्टै पहिचान हुने किसिमले दर्ता गर्नु पर्नेछ र परियोजना अवधि समाप्त भएपछि त्यस्तो साधनको नवीकरण गरिने छैन। पैठारीकर्ताले त्यसरी दर्ता भएको सवारी तथा ढुवानी साधनको दर्ता प्रमाणपत्रको प्रतिलिपि सहितको जानकारी दर्ता भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित भन्सार कार्यालयलाई दिनु पर्नेछ।
(ई) नेपाल सरकारले म्याद थप दिएकोमा बाहेक आयोजना सम्पन्न भएको मितिले वा करार सम्झौता (ठेक्का सम्झौता) रद्द भएको मितिले तीन महिनाभित्र यस खण्ड बमोजिमका वस्तु फिर्ता लगिसक्नु पर्नेछ।
स्पष्टीकरणः यस प्रकरणको प्रयोजनको लागि "आयोजना सम्पन्न भएको मिति" भन्नाले सम्झौतामा उल्लेख भए अनुसारको डिफेक्ट लायाविलिटी पिरियड वा मर्मत अवधि (मेन्टिनेन्स पिरियड) सम्झनु पर्छ।
(उ) उपखण्ड (अ) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम वैदेशिक सहायतामा सञ्चालित आयोजनाले लगतमा राखी अस्थायी पैठारी गरेका निर्माण उपकरण, यन्त्र, सवारी तथा ढुवानी साधन बाहेक उपखण्ड (ई) बमोजिम वस्तु फिर्ता नलगी आफैंले उपयोग गरेमा, कसैलाई उपहार दिएमा वा बिक्री गरेमा उल्लिखित अवधिभित्रै प्रचलित कानून बमोजिम लाग्ने महसुल बुझाउनु पर्नेछ। त्यसरी तोकिएको अवधिभित्र फिर्ता नलगेका वा महसुल नबुझाएका सवारी र ढुवानी साधन, निर्माण यन्त्र तथा उपकरण जफत गरिनेछ र अस्थायी पैठारी गर्दा राखेको बैङ्क जमानतबाट लाग्ने महसुल बराबरको रकम समेत राजस्वमा आम्दानी बाँधिनेछ।
(ऊ) सम्बन्धित ठेकेदारले एउटा परियोजनाको नाममा पैठारी गरेको वस्तु फिर्ता नलगेसम्म वा त्यस्तो वस्तुको महसुल नतिरेसम्म सोही ठेकेदारले अर्को
परियोजनाको लागि त्यस्तै सवारी साधन, यन्त्र उपकरण तथा वस्तुहरू पैठारी गर्न पाउने छैन।
(ख) खण्ड (क) मा उल्लिखित मास्टरलिस्टमा वस्तुको नाम, एकाइ, प्रतिएकाइ मूल्य, जम्मा मूल्य (सि.आई.एफ., सि.आई.पी., एफ.ओ.वि., एक्स वर्क्स् डब्लु वा अन्य), मुद्रा, वस्तु वर्गीकरणको उपशीर्षक, उत्पत्तिको मुलुक, आयोजना तथा पैठारीकर्ताको नाम र आयोजना सम्पन्न हुने मिति समेत स्पष्ट रुपमा खुलाइएको हुनु पर्नेछ।
(ग) खण्ड (क) मा उल्लिखित स्वीकृत मास्टर लिस्टमा पर्ने वस्तुको प्रतिएकाइ मूल्य सो मास्टर लिस्टमा उल्लेख भएको भन्दा पच्चीस प्रतिशतसम्म घटी भएमा समेत सो मूल्यलाई मान्यता दिनुपर्नेछ। वस्तुको प्रतिएकाइ मूल्य पच्चीस प्रतिशतभन्दा बढी घट्न गएमा मास्टर लिस्ट संशोधन गरी त्यस्तो मूल्य समायोजन गर्नु पर्नेछ।
द्रष्टव्य : यस खण्ड बमोजिम वस्तुको प्रतिएकाइ मूल्य गणना गर्दा मास्टर लिस्ट स्वीकृत हुँदाका बखतको विनिमय दर बमोजिम गरिने छ।
(३) बुँदा (२) बमोजिम सुविधामा पैठारी भएको वस्तु जुन आयोजनाको लागि पैठारी भएको हो सोही आयोजनामा मात्र प्रयोग गर्न पाइनेछ। नेपाल सरकारले स्वीकृति दिएको अवस्थामा बाहेक तोकेको आयोजनाभन्दा अन्यत्र प्रयोग भएको पाइएमा खपत हुने वस्तुको हकमा त्यस्तो वस्तुमा लाग्ने महसुल र सो महसुल बराबर जरिबाना हुनेछ। खपत नहुने सवारी साधन, मेशिनरी यन्त्र उपकरण लगायतका वस्तुको हकमा त्यस्ता वस्तु जफत गरिनेछ र महसुल बापत बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानतबाट लाग्ने महसुल बराबरको रकम राजस्वमा आम्दानी बाँधिनेछ।
(४) बुँदा (२) बमोजिम महसुल नबुझाएका वा सो बुँदामा उल्लिखित अवधिभित्र फिर्ता नलगेका सवारी तथा ढुवानीका साधन, निर्माण यन्त्र र उपकरणको यथार्थ सूचना दिई कब्जा गर्न सहयोग गर्ने व्यक्तिलाई त्यस्तो वस्तु लिलाम गरी प्राप्त हुने रकमको दश प्रतिशत पुरस्कार स्वरूप दिइनेछ।
५. देहायका वस्तुमा देहाय बमोजिम भन्सार महसुल छुट हुनेछुः-
(१) भन्सार महसुल पूर्ण छुट हुनेः
(क) जुट उद्योगले पैठारी गर्ने शीर्षक ५३.०३ मा पर्ने जुट,
(ख) नेपाल सरकारले पैठारी गर्ने उपशीर्षक ४९०७.००.२० को हुलाक टिकट; उपशीर्षक ४९०७.००.३० को हवाईपत्र; उपशीर्षक ४९०७.००.४० को राहदानी; उपशीर्षक ४९०७.००.५० को अन्तःशुल्क टिकट र उपशीर्षक ४९०९.००.०० को पोष्टकार्ड,
(ग) निजी प्रयोगको लागि आंशिक भन्सार महसुल सुविधामा पैठारी भई सवारी साधनका धनीको मृत्यु भएको कारणले निजको हकवाला पति वा पत्नीको नाममा नामसारी हुने सवारी साधन,
(घ) भारतमा उत्पादन भई भारतबाटै पैठारी हुने देहायका उपशीर्षकका वस्तुः
(ङ) मूल्य अभिवृद्धि करमा दर्ता भएको धागो उद्योगले पैठारी गर्ने उपशीर्षक ५४०२.४६.०० को आंशिक चहकिलो पारिएको धागो (पि.ओ.वाई) र उपशीर्षक ५५०३.११.००, ५५०३.१९.००, ५५०३.२०.००, ५५०३.३०.००, ५५०३.४०.००, ५५०३.९०.००, ५५०४.१०.००, ५५०४.९०.००, ५५०६.१०.००, ५५०६.२०.००, ५५०६.३०.००, ५५०६.४०.००, ५५०६.९०.०० र उपशीर्षक ५५०७.००.०० मा पर्ने मानव निर्मित स्टेपुल फाइबर,
(च) रक्त सञ्चार सेवाको लागि आवश्यक पर्ने उपशीर्षक ९०१८.९०.२० मा पर्ने रगत राख्ने प्लाष्टिकका थैला तथा सोही प्रयोजनका लागि नेपाल रेडक्रस सोसाइटीले पैठारी गर्ने
उपशीर्षक ९०१८.९०.९० मा पर्ने ट्रान्सफ्यूजन सेट; उपशीर्षक ३००२.९०.१० मा पर्ने टेस्टिङ्ग किट्स र उपशीर्षक ३८२२.११.००, ३८२२.१२.००, ३८२२.१३.००, ३८२२.१९.००, ३८२२.९०.०० मा पर्ने रिएजेण्ट,
(छ) दृष्टिविहीनहरूले प्रयोग गर्ने उपशीर्षक ८४४३.३१.००, ८४४३.३२.०० र ८४४३.३९.०० मा पर्ने ब्रेलो (ब्रेल प्रिन्टर); उपशीर्षक ८५३१.८०.०० मा पर्ने रङ्गसूचक, पानीसूचक र प्रकाशसूचक यन्त्रहरू; उपशीर्षक ९०२५.१९.९० मा पर्ने आवाज दिने थर्मामिटर; उपशीर्षक ९१०२.९९.०० मा पर्ने ब्रेल घडी; उपशीर्षक ९०१३.८०.०० मा पर्ने मेग्नीफाइङ्ग ग्लास; उपशीर्षक ९०१४.१०.०० मा पर्ने ब्रेल कम्पास; उपशीर्षक ४९०१.९१.०० र ४९०१.९९.०० मा पर्ने ब्रेल पुस्तक; उपशीर्षक ८४४३.३९.०० मा पर्ने ब्रेल इम्बोसर; उपशीर्षक ८४७२.१०.०० मा पर्ने ब्रेल स्टेनसिल मेसिन,
(ज) नेपाल राष्ट्र बैङ्कको नाममा पैठारी हुने भाग २८, २९, र ३८ मा पर्ने रसायन; भाग ४८ मा पर्ने टकमरीको निमित्त आवश्यक पर्ने कागज; उपशीर्षक ४९०७.००.६० मा पर्ने चेक फर्म तथा चेकबुक; भाग ७१ मा पर्ने सिक्का; शीर्षक ७१.०६, ७१.०८ र ७१.१३ मा पर्ने चाँदी, सुन तथा सोका गहना; भाग ७४ को धातु; शीर्षक ८४.७२ मा पर्ने भन्सार महसुल माफी भएका बाहेकका कार्यालय यन्त्र तथा यस्तै प्रकृतिका अन्य वस्तु,
(झ) विदेशी प्रकाशकद्वारा प्रकाशित शीर्षक ४९.०१, ४९.०३ र ४९.०४ मा पर्ने पुस्तक तथा पत्रिका,
(ञ) उद्योगले पैठारी गर्ने शीर्षक ४७.०७, ७६.०१ र ७९.०१ मा पर्ने वस्तु।
(ट) जुट उद्योगले आफ्नो उद्योगको लागि पैठारी गर्ने उपशीर्षक ८४०९.९९.९०, शीर्षक ८४.४८, उपशीर्षक ८४५२.९०.००, शीर्षक ८४.५५, शीर्षक ८४.८२ र उपशीर्षक ८४८३.९०.०० मा पर्ने स्पेयर्स पार्टहरू।
(२) भन्सार महसुल एक प्रतिशत मात्र लाग्नेः-
(क) हवाई सेवा प्रदायक संस्थाले वा नागरिक उड्डयन प्राधिकरणबाट इजाजत प्राप्त गरेका कम्पनीले पैठारी गर्ने उपशीर्षक ८८०२.२०.००, ८८०२.३०.००, ८८०२.४०.०० र ८८०६.१०.०० मा पर्ने हवाईजहाज; उपशीर्षक ८८०२.११.०० र ८८०२.१२.०० मा पर्ने हेलिकोप्टर; उपशीर्षक ८४८३.४०.०० मा पर्ने गेयर बक्स; उपशीर्षक ८४०७.१०.०० मा पर्ने इञ्जिन; उपशीर्षक ८४११.११.००, ८४११.१२.००, ८४११.२१.०० र ८४११.२२.०० मा पर्ने टर्बो जेट इञ्जिन र टर्बो प्रोपेलर; उपशीर्षक ४०११.३०.०० मा पर्ने टायर; उपशीर्षक ४०१३.९०.३० मा पर्ने ट्युब; उपशीर्षक ८५०७.१०.०० मा पर्ने ब्याट्री; उपशीर्षक ७३१८.१६.००, ७३१८.१९.०० र ७३१८.२३.०० मा पर्ने नट, बोल्ट र रिभेट; उपशीर्षक ८८०७.१०.०० मा पर्ने प्रोपेलर, रोटर र ब्लेड;
उपशीर्षक ८४०९.१०.०० मा पर्ने पिष्टन; उपशीर्षक ८८०७.३०.१० मा पर्ने हवाईजहाज वा हेलिकोप्टरका अन्य पार्टपुर्जा; उपशीर्षक ८८०५.१०.०० मा पर्ने ल्याण्डिङ्ग गियर; उपशीर्षक ७००७.११.०० र ७००७.२१.०० मा पर्ने विण्डशिल्ड,
तर लिजमा पैठारी भएका हवाईजहाज, हेलिकोप्टर वा तिनका इञ्जिन पैठारी गरेको मितिले तीन वर्षभित्र फिर्ता गरेमा वा नेपालमा दुर्घटना भई पुनः सञ्चालन गर्न नसक्ने भएमा तथा सोही कारण फिर्ता लैजान समेत नसकेमा पैठारी हुँदा तिरेको भन्सार महसुल फिर्ता दिइनेछ।
(ख) दाना तथा पशुपन्छी उद्योगले स्वदेशमा प्रयोग गर्ने गरी पैठारी गर्ने उपशीर्षक ०५११.९१.०० मा पर्ने माछाका टुक्राटाक्री वा धुलो र सिपीको टुक्रा; उपशीर्षक २३०१.१०.०० र २३०१.२०.०० मा पर्ने फिड सप्लिमेन्टको कच्चापदार्थ; उपशीर्षक २३०३.१०.०० मा पर्ने मकैको ग्लुटेन; उपशीर्षक २५२१.००.०० मा पर्ने चुन ढुङ्गाको धुलो र उपशीर्षक ३५०७.९०.०० मा पर्ने इञ्जाइम,
(ग) कपडा तथा कार्पेट उद्योगले पैठारी गर्ने शीर्षक ५२.०५ र उपशीर्षक ५२०७.१०.०० मा पर्ने धागो,
(घ) उद्योगले पैठारी गर्ने उपशीर्षक ९०२७.१०.००, ९०२७.३०.०० र ९०२७.९०.१० मा पर्ने यन्त्र, उपकरण तथा ९०२७.९०.९० मा पर्ने तिनका पार्टपुर्जा,
(ङ) टायर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादनको प्रयोजनको लागि पैठारी गर्ने शीर्षक ३९.०९ र ३९.११ का रेजिन, शीर्षक ४०.०१ का प्राथमिक रबर; शीर्षक ४०.०२ का सिन्थेटिक रबर; शीर्षक ४०.०३ का पुनर्निर्मित रबर; शीर्षक ४०.०४ का क्रम्प रबर; उपशीर्षक २७१०.१९.९४ मा पर्ने रबर प्रोसेसिङ्ग आयल; उपशीर्षक २८०३.००.०० मा पर्ने कार्बन ब्ल्याक; उपशीर्षक २८१७.००.०० मा पर्ने जिङ्क अक्साइड; उपशीर्षक २८३६.५०.०० मा पर्ने क्यालसियम कार्बोनेट; उपशीर्षक ३८१२.१०.०० मा पर्ने तयारी रबर एक्सलेटर; उपशीर्षक २९१५.७०.०० र ३८२३.११.०० मा पर्ने स्टेरिड एसिड; उपशीर्षक ४०१६.९५.०० मा पर्ने ब्लाडर; उपशीर्षक ५९०२.१०.०० मा पर्ने टायर कर्ड फेब्रिक्स, उपशीर्षक ७२१७.३०.०० मा पर्ने फलाम वा अमिश्रित इस्पातका तार र उपशीर्षक ७२२९.२०.०० मा पर्ने सिलिको-म्यागनिज इस्पातको तार,
(च) लघु, घरेलु तथा साना उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने भाग ८४ अन्तर्गत पर्ने घरायसी प्रयोग हुन सक्ने बाहेकका मिल-मेशिनरी,
(छ) बालीनालीमा प्रयोग हुने जैविक विषादि उत्पादन गर्ने उद्योगले जैविक विषादि उत्पादन गर्नका लागि पैठारी गर्ने भाग ८४ मा पर्ने भन्सार महसुल माफी भएका बाहेकका मेशिनरी तथा यन्त्र उपकरण,
(ज) धागो तथा कपडा उद्योगले आफ्नो उत्पादन प्रयोजनका लागि पैठारी गर्ने शीर्षक ८४.०२, ८४.२०, ८४.४४, ८४.४५, ८४.४६, ८४.४७, ८४.४८; उपशीर्षक ८४२१.१२.००, ८४५१.२९.००, ८४५१.३०.००, ८४५१.४०.००, ८४५१.५०.०० मा पर्ने मेशिनरी तथा उपकरण, सोका स्पेयर्स पार्टहरू; शीर्षक २८.१५, २८.३०, २८.३६, २८.४७, २९.१५, ३२.०४, ३४.०३, ३८.०९, ३९.०५, ३९.०६, मा पर्ने केमिकल, डाइज र पोलिमर,
(झ) तयारी पोशाक निर्यात गर्ने उद्योगहरूले पैठारी गर्ने उपशीर्षक ९४०३.२०.९० र ९४०३.६०.०० मा पर्ने भ्याकुम आइरनिङ्ग टेबुल र उपशीर्षक ८५१६.४०.०० मा पर्ने स्टीम आइरन,
(ञ) कृषि तथा पशुजन्य उद्योगमा प्रयोग हुने उपशीर्षक ८४२१.११.०० मा पर्ने सेपरेटर; उपशीर्षक ७३०९.००.०० र ७६११.००.०० मा पर्ने मिल्क चिलिङ्ग भ्याट; उपशीर्षक २८०४.३०.०० मा पर्ने लिक्विड नाइट्रोजन; उपशीर्षक ८४१८.१०.०० मा पर्ने औद्योगिक रेफ्रिजरेटर र उपशीर्षक ७६१३.००.२० मा पर्ने लिक्विड नाइट्रोजन राख्ने कन्टेनर। त्यस्ता यन्त्र उपकरणहरू सि.के.डि. वा एस.के.डि. रूपमा पैठारी हुँदा द्विविधा पर्न गएमा पैठारी गर्दाकै अवस्थामा एक प्रतिशत भन्सार महसुल लिई बाँकी महसुल बापतको बैङ्क जमानत लिइने र उक्त यन्त्र, उपकरण जडान भइसकेपछि मेशिन ठहरिएमा उक्त बैङ्क जमानत फुकुवा गरिनेछ।
(ट) भाग ८४ का पाँच प्रतिशत भन्सार महसुल लाग्ने घरायसी प्रयोग हुन सक्ने बाहेकका मेशिनरी, यन्त्र उपकरण र उद्योग विभागको स्वीकृत स्किम बमोजिम सि.के.डि. वा एस.के.डि. अवस्थामा पटक पटक पैठारी हुने मेशिनरीका मुख्य अवयव तथा तिनका पहिचानयोग्य पार्टपुर्जा तथा सहायक सामग्री,
तर शीर्षक ७३.०९, ७३.१० मा पर्ने मेकानिकल संयन्त्र जडान नगरिएका भण्डारण ट्याङ्की, उपशीर्षक ७३२६.११.०० मा पर्ने पेषण गुटिका (ग्राइण्डिङ्ग बल), शीर्षक ७३.०३, ७३.०४, ७३.०५ र ७३.०६ मा पर्ने फलाम वा स्पातका पाइप, भाग ६९ मा पर्ने ताप सहन गर्न सक्ने ईंटा; शीर्षक ८५.०४ अन्तर्गत पर्ने विद्युतीय प्रसारण लाइनमा जडान गरिने ट्रान्सफरमर, शीर्षक ८५.४४ मा पर्ने तार उपशीर्षक ८४२८.१०.०० मा पर्ने लिफ्ट; उपशीर्षक ८४२८.२०.०० मा पर्ने एलिभेटर र कन्भेयरहरु; उपशीर्षक ८४७४.३१.०० मा पर्ने कंक्रिट वा मोटार मिक्सरहरू; शीर्षक ८४.७६ मा पर्ने भेण्डिङ्ग मेशिन र मनी चेञ्जिङ्ग मेशिन, शीर्षक ८४.२९ मा पर्ने वस्तु, पुराना वा प्रयोग भइसकेका मिल, मेशिनरी, यन्त्र, उपकरणमा यस बुँदा बमोजिमको छुट दिइने छैन।
(ठ) चिया उद्योगले पैठारी गर्ने शीर्षक ६०.०५ मा पर्ने वेदरिङ्ग नेट; उपशीर्षक ८४०२.२०.०० मा पर्ने बोइलर; उपशीर्षक ८४१४.५९.०० मा पर्ने ट्रफ फ्यान;
शीर्षक ८४.२३ मा पर्ने वेइङ्ग ब्रिज; शीर्षक ८४.५९ मा पर्ने रोलर सार्पनिङ्ग मेशिन; उपशीर्षक ८२०१.६०.०० मा पर्ने प्लकिङ्ग शियर; उपशीर्षक ८२०८.४०.०० मा पर्ने कटिङ्ग ब्लेड; उपशीर्षक ३५०६.९९.०० मा पर्ने किरा टाँसिने गम; उपशीर्षक ८४३८.८०.९० मा पर्ने टी प्रोसेसिङ्ग मेशिन, रोलिङ्ग टेबुल, टी ब्लेण्डिङ्ग मेशिन, प्लकिङ्ग मेशिन; शीर्षक ८४.८२ मा पर्ने वियरिङ्ग; उपशीर्षक ८४३८.९०.०० मा पर्ने पार्टपुर्जा; उपशीर्षक ४८२३.२०.१० मा पर्ने टी व्याग फिल्टर पेपर; उपशीर्षक ७६०७.११.०० मा पर्ने अलुमिनियम फ्वाइल; चिया प्याकिङ्गको लागि उद्योगको नाम छपाइ गरी पैठारी गर्ने शीर्षक ४८.१९ अन्तर्गतका सबै उपशीर्षकमा पर्ने प्याकिङ्ग मेटेरियल; उपशीर्षक ४८२१.१०.०० मा पर्ने प्रिन्टिङ्ग लेबल र उपशीर्षक ३९२३.१०.९०, ३९२३.२१.००, ३९२३.२९.००, ३९२३.९०.९०, ४४१५.१०.०० र ७६१२.९०.०० मा पर्ने प्याकिङ्ग मेटेरियल,
(ड) दर्ता भएका मत्स्य फार्मले पैठारी गर्ने उपशीर्षक ५६०८.११.०० मा पर्ने तयारी जाल; उपशीर्षक ५६०७.५०.०० मा पर्ने जाल बनाउन प्रयोग गरिने नाइलनको धागो र उपशीर्षक ७३१४.४९.०० मा पर्ने माछा पाल्ने तयारी केज; उपशीर्षक ८४१३.८१.०० मा पर्ने पम्प सेट; उपशीर्षक ८४१४.५९.०० मा पर्ने ऐरेटर; उपशीर्षक ३८०८.९१.९० मा पर्ने मत्स्य विष तथा मत्स्य प्रजनन्का लागि आवश्यक उपशीर्षक २९३७.१९.०० र २९३७.२९.०० मा पर्ने हर्मोन,
(ढ) धागो उद्योगले पैठारी गर्ने शीर्षक ५२.०१ र ५२.०३ मा पर्ने कपास,
(ण) मौरी पालन उद्योगले पैठारी गर्ने मौरी पालनको लागि आवश्यक पर्ने उपशीर्षक ७३१०.१०.०० र ७३१०.२९.०० मा पर्ने मेटल व्यारल; उपशीर्षक ७३२६.९०.०० मा पर्ने आधार चाका रोलर, व्हील प्लेट र रानी छेक्ने पाता; उपशीर्षक ८४१३.८१.०० मा पर्ने गियर पम्प; उपशीर्षक ९०३१.८०.०० मा पर्ने महको गुणस्तर परीक्षण गर्ने उपकरण र उपशीर्षक ९६०३.९०.०० मा पर्ने मौरी ब्रुस,
(त) कृषि कार्यमा प्रयोग हुने उपशीर्षक ३९२६.९०.९३ र ८५१६.७९.१० मा पर्ने किरा मार्ने ट्र्याप (इन्सेक्ट ट्र्याप); शीर्षक ३५.०६ मा पर्ने मुसा टाँसिने गम (ग्लु),
(थ) सामान्य भाँडाबर्तन बाहेक कुखुरालाई दाना तथा पानी खुवाउने उपशीर्षक ३९२४.९०.१०, ७३२३.९३.००, ७३२३.९४.०० र ७३२३.९९.०० मा पर्ने विशेष किसिमका भाँडा; उपशीर्षक ३९२६.९०.९९ मा पर्ने बिउ उमार्ने तथा रोप्न प्रयोग हुने ट्रे,
(द) औषधि उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ९०१६.००.०० मा पर्ने तराजु, उपशीर्षक ८४२१.२१.०० मा पर्ने पानी छान्ने वा शुद्धिकरण गर्ने उपकरण,
(ध) ग्याँस सिलिण्डरको भल्भ बनाउने उद्योगले आफ्नो उत्पादन प्रयोजनको निमित्त पैठारी गर्ने उपशीर्षक ७४०७.२१.०० मा पर्ने पित्तलको डण्डी,
(न) डिस्पोजेबल डाइपर, बेबी वाइप र सेनेटरी प्याड उत्पादन गर्ने उद्योगले त्यस्ता वस्तु उत्पादन गर्न पैठारी गर्ने उपशीर्षक ३५०६.९१.०० मा पर्ने ग्लु (हटमेल्ट); उपशीर्षक ३९२०.४९.१०, ३९२०.४९.९० मा पर्ने पी.ई. फिल्म; उपशीर्षक ३९१९.१०.०० मा पर्ने सेल्फ एडेसिप टेप; उपशीर्षक ३९२१.१९.१० र ३९२१.१९.९० मा पर्ने पी.पी.ई. फिल्म; शीर्षक ३९.२३ मा पर्ने प्याकिङ मेटेरियल; उपशीर्षक ४७०३.२१.०० मा पर्ने फ्लफ पल्प; उपशीर्षक ४८०३.००.०० मा पर्ने टिस्यु पेपर; उपशीर्षक ४८११.९०.९० मा पर्ने रिलिज पेपर; उपशीर्षक ४८१८.९०.०० मा पर्ने सुपर एब्जरबेन्ट पोलिमर पेपर(एस.ए.पी.पेपर), उपशीर्षक ४८२३.७०.०० मा पर्ने एयरलेड पेपर; र उपशीर्षक ५६०३.९१.०० मा पर्ने नबुनिएका कपडा,
(प) उद्योगले पैठारी गर्ने शीर्षक ७२.०१, ७२.०२, ७२.०३ र ७२.०४ मा पर्ने वस्तुहरू,
(फ) भारतमा उत्पादन भई भारतबाटै पैठारी भएको उपशीर्षक २७०९.००.०० मा पर्ने कच्चा पेट्रोलियम तेल र बिटुमिन खनिजबाट प्राप्त कच्चा तेल,
(ब) विद्युत, सोलार वा ब्याट्रीबाट मात्र चल्ने दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी वा ढुवानी साधन उत्पादन गर्ने गरी दर्ता भएका उद्योगले आफूले उत्पादन गर्ने सवारी वा ढुवानी साधनको उत्पादनमा प्रयोग गर्ने उपशीर्षक ८७०६.००.४० र ८७०६.००.५० मा पर्ने चेसिस; उपशीर्षक ८५०१.१०.००, ८५०१.२०.००, ८५०१.३१.००, ८५०१.३२.००, ८५०१.३३.००, ८५०१.३४.००, ८५०१.४०.००, ८५०१.५१.००, ८५०१.५२.००, ८५०१.५३.०० ८५०१.६१.००, ८५०१.६२.००, ८५०१.६३.००, ८५०१.६४.०० मा पर्ने मोटर; उपशीर्षक ८५०४.४०.१० मा पर्ने ब्याट्री चार्जर र दुईपाङ्ग्रे सवारीको चेसिस तथा फ्रेम बनाउन आवश्यक पर्ने शीर्षक ७२.२५ को स्टिल सिट मेटल; शीर्षक ७३.०६ मा पर्ने स्टिल ट्यूब; उपशीर्षक ७४०७.२१.०० मा पर्ने ब्रास मेटल; उपशीर्षक ७६०४.१०.९० मा पर्ने अल्मुनियम रड र उपशीर्षक ७६०६.११.०० मा पर्ने अल्मुनियम सिट मेटल,
(भ) विद्युतीय इन्डक्सन वा इन्फ्रारेड चुल्हो उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ३५०६.१०.०० मा पर्ने सिलिकन ग्लु; शीर्षक ३९.०२ र ३९.०३ मा पर्ने प्लाष्टिक दाना; उपशीर्षक ३९२१.९०.९१ मा पर्ने थर्मोकोल; उपशीर्षक ७००८.००.०० मा पर्ने ग्लास टप; शीर्षक ७४.०८ मा पर्ने कपर वायर; उपशीर्षक
८४१४.५९.०० मा पर्ने पङ्खा; उपशीर्षक ८५०१.१०.०० मा पर्ने मोटर; उपशीर्षक ८५१६.९०.०० मा पर्ने मदर बोर्ड र अपरेटिङ्ग बोर्ड, हिटिङ्ग क्वायल तथा सेन्सर।
(म) भन्सार उपशीर्षक ५१०८.१०.१०, ५१०८.१०.२०, ५१०८.२०.१०, ५१०८.२०.२०, ५१०९.१०.१०, ५१०९.९०.१० मा पर्ने धागो।
(य) उपशीर्षक ७१०१.१०.००, ७१०१.२१.००, ७१०१.२२.००, ७१०२.१०.००, ७१०२.२१.००, ७१०२.२९.००, ७१०२.३१.००, ७१०२.३९.००, ७१०३.१०.००, ७१०३.९१.००, ७१०३.९९.००, ७१०४.१०.००, ७१०४.२१.००, ७१०४.९१.०० मा पर्ने प्राकृतिक वा सम्बर्धित (कल्चर्ड) मोती र बहुमूल्य वा अर्ध बहुमूल्य पत्थरहरू।
(र) उपशीर्षक ८२०१.९०.१० मा पर्ने कृषि वा वागवानीमा प्रयोग हुने अन्य हाते औजार र उपशीर्षक ८४१३.७०.१० मा पर्ने २ देखि ८ हर्ष पावर क्षमताका खनिज इन्धन(ग्यासोलिन) बाट संचालन हुने पम्पहरु।
(ल) भन्सार उपशीर्षक ८४२४.४१.००, ८४२४.४९.००, ८४२४.८२.००, ८४३०.३१.००, ८४३०.३९.००, ८४३२.१०.००, ८४३२.२१.००, ८४३२.२९.००, ८४३२.३१.००, ८४३२.३९.००, ८४३२.४१.००, ८४३२.४२.००, ८४३२.८०.००, ८४३२.९०.००, ८४३३.११.००, ८४३३.१९.००, ८४३३.२०.००, ८४३३.३०.००, ८४३३.४०.००, ८४३३.५१.००, ८४३३.५२.००, ८४३३.५३.००, ८४३३.५९.००, ८४३३.६०.००, ८४३३.९०.००, ८४३४.१०.००, ८४३४.२०.००, ८४३४.९०.००, ८४३५.१०.००, ८४३५.९०.००, ८४३६.१०.००, ८४३६.२१.००, ८४३६.२९.००, ८४३६.८०.००, ८४३६.९१.००, ८४३६.९९.००, ८४३७.१०.००, ८४३७.८०.००, ८४३७.९०.००, ८४३८.५०.००, ८४३८.६०.००, ८४३८.८०.१०, ८४५२.१०.००, ८४५२.२१.००, ८४५२.२९.००, ८४५२.३०.००, ८७०१.१०.१०, ८७०५.३०.००, ८९०३.२१.००, ८९०३.२२.००, ८९०३.२३.०० मा पर्ने वस्तुहरु।
(३) भन्सार महसुल आंशिक रूपमा छुट हुनेः-
(क) कार्पेट उद्योगले पैठारी गर्ने उपशीर्षक ५५०३.११.००, ५५०३.१९.००, ५५०३.२०.००, ५५०३.३०.००, ५५०३.४०.००, ५५०३.९०.००, ५५०४.१०.००, ५५०४.९०.००, ५५०६.१०.००, ५५०६.२०.००, ५५०६.३०.००, ५५०६.४०.००, ५५०६.९०.००, ५५०७.००.०० मा पर्ने स्टेपुल फाइवरमा लाग्ने भन्सार महसुलमा नब्बे प्रतिशत छुट दिइनेछ,
(ख) भाग ३० मा पर्ने (उपशीर्षक ३००२.१२.००, ३००२.१३.००, ३००२.१४.००, ३००२.१५.००, ३००२.४१.००, ३००२.४२.००, ३००२.४९.००, ३००२.५१.००, ३००२.५९.००, ३००३.९०.४१, ३००३.९०.४९, ३००३.९०.५०, ३००४.९०.४१, ३००४.९०.४९ र ३००४.९०.५० बाहेक) औषधिमा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(ग) जुट उद्योगले आफ्नो उत्पादनका लागि पैठारी गर्ने उपशीर्षक २७१०.१९.७० मा पर्ने जुट ब्लिचिङ्ग आयलमा दश प्रतिशत भन्सार महसुल लाग्नेछ,
(घ) कर्न फ्लेक्स, ओट्स, मुस्ली, पोरिज, ह्वीट फ्लेक्स जस्ता ब्रेक फास्ट सेरियल्स उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक १००४.९०.०० मा पर्ने भुस सहितको ओट्स पैठारी गरेमा पाँच प्रतिशत भन्सार महसुल लाग्नेछ,
(ङ) मूल्य अभिवृद्धि करमा दर्ता भएका पोलिकोटिङ्ग पेपर र प्रिन्टेड लेमिनेशन फिल्म उत्पादन गर्ने उद्योगले पोलिकोटिङ्ग पेपर वा प्रिन्टेड लेमिनेशन फिल्म उत्पादन गर्न आवश्यक पर्ने परिमाणसम्मको उपशीर्षक ३९१९.९०.०० तथा शीर्षक ३९.२० र ३९.२१ का सबै उपशीर्षकमा पर्ने पोलिष्टर फिल्म, वि.ओ.पी.पी. फिल्म, मेटालाइज्ड सी.पी.पी. फिल्म र मिल्की सी.पी.पी. फिल्म पैठारी गर्दा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने,
(च) कुखुरापालन व्यवसायको लागि आवश्यक पर्ने उपशीर्षक ०४०७.११.०० र ०४०७.१९.०० मा पर्ने चल्ला कोरल्नका लागि निषेचित फुलको पैठारीमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(छ) उपशीर्षक ६२११.३२.२०, ६२११.३३.२०, ६२११.४३.२०, ६२११.४९.९०, ६२११.४२.२० मा पर्ने साडी, लुङ्गी र धोतीमा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(ज) वाणिज्य बैङ्कले सर्वसाधरण जनतालाई बिक्री गर्न आफ्नो लोगो अङ्कित स-साना परिमाणका उपशीर्षक ७११३.१९.१० र ७११३.१९.९० मा पर्ने सिक्का पैठारी गरेमा सो सिक्कामा उपशीर्षक ७१०८.१३.०० बमोजिमको दरमा भन्सार महसुल लाग्ने,
(झ) नेपालमा केबुलकार सञ्चालन गर्ने उद्देश्यले दर्ता भएका उद्योगले पैठारी गर्ने उपशीर्षक ७३१२.१०.०० मा पर्ने केबुल (लट्ठा) र उपशीर्षक ८४३१.३९.०० मा पर्ने तयारी क्याव वा क्याव निर्माण गर्न आवश्यक पर्ने उपशीर्षक ७२१०.९०.०० मा पर्ने स्टिल पाता पैठारी गर्दा चार प्रतिशत भन्सार महसुल लाग्ने,
(ञ) शीर्षक ३९.२० अन्तर्गतका सबै उपशीर्षकमा पर्ने फिलर मास्टर ब्याचमा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(ट) अगरबत्ती उत्पादन गर्ने उद्योगले उपशीर्षक २९१७.३४.०० मा पर्ने डी.ई.पी; शीर्षक ४४.२१ मा पर्ने सिन्काहरु र उपशीर्षक ३३०२.९०.०० मा पर्ने अगरबत्ती
कम्पाउण्ड पैठारी गर्दा पाँच प्रतिशत तथा उपशीर्षक २७१०.१९.९५ मा पर्ने लिक्विड प्यारफिन आयल र उपशीर्षक २७१०.१९.९६ मा पर्ने व्हाइट आयल पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(ठ) वस्तु चिस्यानमा राखी ढुवानी गर्न प्रयोग हुने गरी रेफ्रिजिरेटिङ्ग प्रणाली जडान गर्न आवश्यक पर्ने शीर्षक ८७.०६ अन्तर्गतका चेसिस र उक्त चेसिसमा जडान हुने बक्स र सोसँग सम्बन्धित मेशिनरी उपकरण सहितको चेसिस (रेफ्रिजिरेसन सिष्टम) पैठारी गरेमा नियम अनुसार लाग्ने पूरै महसुल धरौटीमा राखी पछि वस्तु चिस्यानमा राखी ढुवानी गर्न प्रयोग हुने गरी पूर्णरुपले रेफ्रिजिरेसन जडान भएको ढुवानीको साधन बनाई यातायात व्यवस्था कार्यालयमा दर्ता गरेको प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि महसुल बापत एक प्रतिशत रकम असुल गरी बाँकी धरौटी रकम फिर्ता गरिने,
तर त्यसरी सुविधा प्राप्त गर्नका लागि त्यस्तो ढुवानी साधन अरू प्रयोजनमा प्रयोग हुन नसक्ने, चालकले ड्यासबोर्डबाट नै सबै कुराको नियन्त्रण गर्न सक्ने गरी स्थायी किसिमबाट आवश्यक संयन्त्र जडान गरी तयार भएको हुनु पर्नेछ। सामान्य ढुवानी साधनमा अस्थायी तवरबाट अन्य संयन्त्र जडान गरिएको अवस्थामा त्यस्तो सुविधा प्रदान गरिने छैन। उपशीर्षक ८७०४.२१.५०, ८७०४.२२.७०, ८७०४.२३.१०, ८७०४.३१.५०, ८७०४.३२.७०, ८७०४.४१.५०, ८७०४.४२.७०, ८७०४.४३.१०, ८७०४.५१.५०, ८७०४.५२.७० र ८७०४.६०.१० मा पर्ने प्रशितक प्रणाली (रेफ्रिजिरेटिङ्ग सिष्टम) जडान गरिएको तयारी ढुवानी साधनको हकमा समेत त्यस्तो व्यवस्था लागू हुनेछ।
(ड) स्पिलिटिङ्ग तथा डिस्टिलेशन प्लान्ट राखी डिस्टिल्ड फेट्टी एसिड उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक १५०३.००.०० मा पर्ने टेलो आयल; उपशीर्षक ३८२३.११.०० र ३८२३.१२.०० मा पर्ने पाम एसिड आयल र एसिड आयल तथा उपशीर्षक ३८२३.१३.०० मा पर्ने पाम फेट्टी एसिडमा लाग्ने भन्सार महसुलमा पचहत्तर प्रतिशत छुट हुने,
(ढ) हार्डवेयरमा पहिले नै लोड भई आएका (प्रि-लोडेड वा इनबिल्ट) सफ्टवेयर पैठारी हुँदा जुन हार्डवेयरमा लोड भई आएको हो सोही हार्डवेयरमै वर्गीकरण गरी महसुल लिइनेछ र सफ्टवेयरको छुट्टै वर्गीकरण गर्नु नपर्ने,
(ण) रङ (पेन्ट) उत्पादन गर्ने उद्योगले कच्चापदार्थको रुपमा पैठारी गर्ने उपशीर्षक ३२०९.१०.१० मा पर्ने एक्रेलिक इमल्सनमा बिस प्रतिशत र उपशीर्षक २८२१.१०.०० मा पर्ने आइरन अक्साइड; उपशीर्षक २८२३.००.०० र उपशीर्षक ३२०६.११.०० मा पर्ने टिटानियम डाइअक्साइडमा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(त) कम्तीमा एक हेक्टर क्षेत्रफलमा माछा पालन गरेका मत्स्य फार्मले जीवित माछा तथा माछाका भुरा ढुवानी गर्ने गरी तयार गरेका अक्सिजन संयन्त्र जडित डबल क्याब पिकअप बाहेकका शीर्षक ८७.०४ अन्तर्गत सबै उपशीर्षकमा पर्ने ढुवानी साधनमा दश प्रतिशत भन्सार महसुल लाग्ने,
तर त्यसरी सुविधा प्राप्त गर्नका लागि त्यस्तो ढुवानी साधन उत्पादक कम्पनीबाट अरू प्रयोजनमा प्रयोग हुन नसक्ने, चालकले ड्यासबोर्डबाट सबै कुराको नियन्त्रण गर्न सक्ने गरी स्थायी किसिमबाट आवश्यक संयन्त्र जडान गरी तयार भएको हुनु पर्नेछ। सामान्य ढुवानी साधनमा अस्थायी तबरबाट अन्य संयन्त्र जडान गरी ल्याएको अवस्थामा त्यस्तो सुविधा प्रदान गरिने छैन।
(थ) चालीस वा सोभन्दा बढी सिट क्षमताका यात्रु बोक्ने कम्तीमा पाँच वटा मोटर गाडी सार्वजनिक यातायातमा सञ्चालन गर्ने गरी दर्ता भएका सहकारी संस्था, तथा कम्पनीले उल्लिखित प्रयोजनका लागि पैठारी गर्ने उक्त क्षमताका उपशीर्षक ८७०२.१०.१० मा पर्ने यात्रु बोक्ने मोटर गाडी र उपशीर्षक ८७०६.००.८० मा पर्ने चेसिसमा पाँच प्रतिशत भन्सार महसुल लाग्नेछ। त्यसरी पैठारी गरेका सवारी साधन पैठारी गरेको मितिले दश वर्ष नपुगी सार्वजनिक यातायात सञ्चालन गर्ने उद्देश्यले दर्ता भएका सहकारी संस्था वा कम्पनी बाहेक अरुलाई बिक्री वितरण, नामसारी वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाइने छैन। दश वर्ष नपुगी नामसारी, बिक्री वा कुनै किसिमले हक हस्तान्तरण गरेमा प्रचलित कानून बमोजिम पूरै महसुल लाग्ने,
(द) ग्रिज र लुब्रिकेटिङ्ग आयल उत्पादन गर्ने उद्देश्यले दर्ता भएका उद्योगले पैठारी गर्ने उपशीर्षक २७१०.१९.६० मा पर्ने बेस आयलमा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने,
(ध) झोला उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ५६०३.१२.००, ५६०३.१३.०० र ५६०३.१४.०० मा पर्ने नबुनिएका कपडा पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(न) विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका निमित्त पैठारी गर्ने विद्युतीय मोटरसाइकल वा स्कुटरमा प्रयोग हुने शीर्षक ८७.१४ अन्तर्गतका पार्टपुर्जा तथा सहायक सामग्री र विद्युतीय रिक्सा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका निमित्त पैठारी गर्ने विद्युतीय रिक्सामा प्रयोग हुने शीर्षक ८७.०८ अन्तर्गत पर्ने पार्टपुर्जा तथा सहायक सामग्री पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पचहत्तर प्रतिशत छुट हुने,
(प) तेल उत्पादन गर्ने उद्योगले उपशीर्षक १२०१.९०.०० मा पर्ने भटमासको गेडा; उपशीर्षक १२०५.१०.०० मा पर्ने तोरी, रायो र क्यानोला (रेप्सिड) को गेडा;
उपशीर्षक १२०६.००.०० मा पर्ने सूर्यमुखीको गेडा र उपशीर्षक १२०७.५०.०० मा पर्ने सस्युँको गेडा पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(फ) दाना तथा पशुपन्छी उद्योगले पैठारी गर्ने उपशीर्षक २३०४.००.०० मा पर्ने भटमासको पिनामा लाग्ने भन्सार महसुलमा दश प्रतिशत छुट हुने,
(ब) एसेम्बल गरी सवारी साधन cva उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड अवस्थाका शीर्षक ८७.०२ र ८७.०३ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पच्चीस प्रतिशत छुट हुने,
(भ) एडेसिभ उत्पादन गर्ने उद्योगले उपशीर्षक २९०५.१३.०० मा पर्ने नर्मल वुटाइल अल्कोहल; उपशीर्षक २९१५.३१.०० मा पर्ने इथायल एसेटेट; उपशीर्षक २९१५.३२.०० मा पर्ने भिनायल एसेटेट मोनोमर र उपशीर्षक ३९०५.३०.०० मा पर्ने पोलिभिनाइल अल्कोहल पैठारी गर्दा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(म) औषधि उत्पादन गर्ने उद्योगले औषधि उत्पादन तथा गुणस्तर कायम गर्न आवश्यक पर्ने उपशीर्षक ८४१५.८३.१० मा पर्ने एयर ह्याण्डलिङ्ग युनिट पैठारी गर्दा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(य) सिपिङ्ग कम्पनीले शीर्षक ८६.०९ मा पर्ने सिपिङ्ग कन्टेनर पैठारी गर्दा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(र) शीर्षक ३९.२० मा पर्ने प्लाष्टिकजन्य कार्डियोग्राफ पेपर र अल्ट्रासोनोग्राफ पेपरको पैठारीमा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने,
(ल) उद्योगले आफ्नो उद्योगको प्रयोजनको लागि पैठारी गर्ने शीर्षक ३९.२१ अन्तर्गत पर्ने प्लाष्टिक बेस भएका मिश्रित फेब्रिक पैठारी गर्दा पन्ध्र प्रतिशत भन्सार महसुल लाग्ने,
(व) मसी बनाउने उद्योगले पैठारी गर्ने उपशीर्षक २८२१.१०.०० मा पर्ने आइरन अक्साइड; उपशीर्षक २९०२.३०.०० मा पर्ने टलुइन; उपशीर्षक २९०५.३२.०० मा पर्ने प्रोपिलिन ग्लाइकोल; उपशीर्षक २९१५.३१.०० मा पर्ने इथाइल एसिटेट; शीर्षक ३२.०४ र ३२.०६ मा पर्ने वर्णक (पिगमेण्ट); उपशीर्षक ३२०६.११.०० मा पर्ने टिटानियम डाइअक्साइड; उपशीर्षक ३८१४.००.०० मा पर्ने सोलभेन्ट; शीर्षक ३८.२४ मा पर्ने रसायन र भाग ३९ मा पर्ने पोलिमरमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(श) सवारी तथा ढुवानीका साधनको स्प्रिङपत्ता बनाउने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने उपशीर्षक ७२२६.९९.००, ७२२८.१०.०० र ७२२८.२०.०० मा पर्ने स्पातका लाप्सा र डण्डीको पैठारीमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(ष) मास्क बनाउने उद्योगले सर्जिकल मास्क बनाउनका लागि कच्चापदार्थको रुपमा पैठारी गर्ने उपशीर्षक ५६०३.११.०० र ५६०३.९१.०० मा पर्ने नबुनिएका कपडा;
उपशीर्षक ५६०४.१०.०० मा पर्ने इलाष्टिक डोरी, शीर्षक ७२.१७ मा पर्ने फलाम वा अमिश्रित इस्पातका तार र शीर्षक ७२.२६ मा पर्ने खिया नलाग्ने स्पातको स्ट्रीप पैठारी गर्दा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(स) साबुन तथा डिटरजेन्ट उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा पैठारी गर्ने उपशीर्षक २८२३.००.०० मा पर्ने टिटानियम अक्साइड; उपशीर्षक २८३३.१९.०० मा पर्ने सोडियम सल्फेट र उपशीर्षक २८३३.२१.०० मा पर्ने म्याग्नेसियम सल्फेट को पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(ह) हेलमेट उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि औद्योगिक कच्चापदार्थको रुपमा उपशीर्षक ३२०८.१०.०० तथा उपशीर्षक ३२०८.२०.०० मा पर्ने पेन्ट र शीर्षक ३९.२० मा पर्ने प्लाष्टिकका सिटको पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(क्ष) अप्टिकल फाइबर केबुल उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा उपशीर्षक ७२१७.१०.०० मा पर्ने स्प्रिङ्ग स्टिल वायर र उपशीर्षक ७३१२.१०.०० मा पर्ने ट्वीस्टेड स्टिल वायर पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(त्र) शीर्षक ८५.२३ मा पर्ने चिप्स जडित स्मार्ट कार्डको उत्पादन तथा छपाइ गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि पैठारी गर्ने शीर्षक ३९.२० मा पर्ने प्लाष्टिकका सिटको पैठारी गर्दा पाँच प्रतिशत भन्सार महसुल लाग्ने,
(ज्ञ) जुत्ता, चप्पल उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा शीर्षक ३९.२० र ३९.२१ मा पर्ने स्टिफनर सिट र टीपीयु सेन्थेटिक सिट; उपशीर्षक २८३६.५०.०० मा पर्ने क्यालसियम कारबोनेट; उपशीर्षक २९०९.६०.०० मा पर्ने डाइक्युमिल पेरोक्साइड, उपशीर्षक २९१५.७०.०० मा पर्ने पामिटिक अम्ल, स्टियरिक अम्ल, तिनका लवण र एस्टरहरू; उपशीर्षक २९१७.३२.०० मा पर्ने डाइओक्टायल अर्थोथ्यालेटहरु; शीर्षक ३५.०६ मा पर्ने ग्लु; शीर्षक ३९.०१, ३९.०४, ३९.०७, ३९.०९, ३९.१० मा पर्ने वस्तु र शीर्षक ४०.०१ मा पर्ने प्राकृतिक रबर पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(ज्ञक) कागज उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा शीर्षक ४७.०१ देखि ४७.०६ सम्मका कागजका पल्प पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(ज्ञख) व्यावसायिक माछा पालन गर्न दर्ता भएका मत्स्य फार्मले उपशीर्षक ३९२५.१०.०० मा पर्ने एक्वा कल्चरल ट्याङ्क पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(ज्ञग) शरीर सफाई तथा श्रृङ्गारका सामान उत्पादन गर्ने उद्योगले उपशीर्षक २७१०.१९.९५ मा पर्ने लिक्विड प्यारफिन आयल पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ र शीर्षक ३४.०२ मा पर्ने कोकामिडोप्रोपाइल बेटेन, इथोक्सी ट्वेन्टी सोर्बिटान मोनोलाउरेट, सोडियम आइसेथियोनेट/सोडियम लॉरिल आइसेथियोनेट, सोडियम लॉरेथ सल्फेट, सोडियम लॉरिल सल्फेट पैठारी गर्दा बिस प्रतिशत भन्सार महसुल लाग्नेछ।
(ज्ञघ) विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि कच्चापदार्थको रुपमा शीर्षक ३९.०३ अन्तर्गतका पोलिमर, उपशीर्षक ३९०७.४०.०० मा पर्ने पोलिकार्बोनेट; उपशीर्षक ८४१४.९०.०० मा पर्ने पाटपुर्जाहरु; उपशीर्षक ८५०१.२०.०० मा पर्ने मोटर र उपशीर्षक ८५३६.१०.०० मा पर्ने फ्युजको पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(ज्ञङ) शीर्षक ३७.०१ मा पर्ने प्रकाशग्राही (सेन्सिटाइज्ड) र छायाचित्रण सम्बन्धी प्रिन्टिङ प्लेटको पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
६. नेपाल सरकारको सम्बन्धित निकायको सिफारिसमा महसुल छुट हुनेः-
(१) भन्सार महसुल पूर्ण छुट हुनेः-
(क) कूटनीतिक नियोग, कूटनीतिक व्यक्ति, परियोजना र अन्य निकाय (सरकारी तथा गैरसरकारी सङ्घ संस्था) ले महसुल सुविधामा पैठारी गरेका सुरु उत्पादन वर्षले दश वर्ष नाघेका वा कूटनीतिक नियोग र कूटनीतिक व्यक्तिले प्रयोग गरेका तर दश वर्ष व्यतीत नभई दुर्घटना वा प्राविधिक कारणले सञ्चालन हुन नसक्ने पुराना सवारी साधन मन्त्रालयको स्वीकृति लिई पुनः प्रयोग हुन नसक्ने गरी स्क्र्याप गरी रजिष्ट्रेशन रद्द गर्न चाहेमा त्यस्तो सवारी साधन,
(ख) नेपाल सरकार, रक्षा मन्त्रालयको सिफारिसमा नेपाली सेनाका नाममा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) सैनिक प्रयोगका खरखजाना, हातहतियार, गोली गट्ठा, बारूद र तिनका स्पेयर पार्ट, विशेष प्रकारको तेल र टल्लीहरू, एक्सेसरिज, विष्फोटक पदार्थ, सैनिक सामग्री उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ तथा सुरक्षाको निमित्त प्रयोग गर्ने मेशिनरी औजार र पार्टपुर्जा,
(आ) जीवित घोडा, खच्चड र कुकुर तथा घोडा, खच्चड, कुकुर र सैनिक जवानको स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने औजार, उपकरण, औषधि र तत्सम्बन्धी वस्तु,
(इ) नेपाली सेनाले उपयोग गर्ने सञ्चारका उपकरण र सोको सञ्चालनको लागि आवश्यक वस्तु,
(ई) इञ्जिनियरिङ्ग सर्भे र निर्माण कार्यमा प्रयोग हुने हेभी अर्थमुभिङ्ग प्लाण्ट, औजार र सो सम्बन्धी पार्टस, अप्टिकल इक्विपमेण्ट तथा नेपाल सरकार, रक्षा मन्त्रालयद्वारा तोकिए बमोजिमको डिफेन्स स्टोरका वस्तु,
(उ) क्याम्पिङ्ग इक्विपमेण्टस तथा स्पेशल फोर्स र प्यारा ट्रुपरलाई आवश्यक पर्ने वस्तु,
(ऊ) सैनिक अस्पतालको लागि आवश्यक पर्ने फर्निचर तथा वस्तु, औषधि, मेडिकल औजार र उपकरण,
(ए) नेपाली सेनाको नाममा पैठारी हुने हवाईजहाज, हेलिकोप्टर र तिनका पार्टपुर्जा, प्यारासुट (व्याग समेत) टुल्स, तथा ग्राउण्ड इक्विपमेण्ट,
(ऐ) विपद् उद्धार कार्यमा प्रयोग हुने वस्तु,
(ओ) संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिने सैनिक डफ्फाको प्रयोगका लागि पैठारी गर्ने तथा लगतमा राखी लगेका आर्मर्ड पर्सनल क्यारियर, सवारी साधन, हातहतियार लगायत सबै प्रकारका वस्तु।
(ग) नेपाल सरकार, गृह मन्त्रालयको सिफारिसमा सशस्त्र प्रहरी बल नेपालको नाममा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) शान्ति सुरक्षा कायम गर्न आवश्यक पर्ने मेशिनरी औजार,
(आ) हातहतियार,
(इ) भिड नियन्त्रणका वस्तु,
(ई) अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने उपकरण तथा औजार,
(उ) सशस्त्र प्रहरीले प्रयोग गर्ने सञ्चार सम्बन्धी वस्तु (नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिस बमोजिम),
(ऊ) अपराध अनुसन्धानको लागि आवश्यक पर्ने जीवित कुकुर एवं अन्य आवश्यक उपकरण तथा वस्तु,
(ए) विष्फोटक सम्बन्धी सशस्त्र प्रहरीलाई आवश्यक पर्ने वस्तु,
(ऐ) वैज्ञानिक प्रयोगशालाको लागि चाहिने वस्तु,
(ओ) विपद् उद्धार कार्यमा प्रयोग हुने वस्तु,
(औ) संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिने सशस्त्र प्रहरीको प्रयोगका लागि पैठारी गर्ने तथा लगतमा राखी लगेका आर्मर्ड पर्सनल क्यारियर, सवारी साधन, हातहतियार लगायत सबै प्रकारका वस्तु।
(घ) नेपाल सरकार, गृह मन्त्रालयको सिफारिसमा नेपाल प्रहरीको नाममा पैठारी हुने देहायका वस्तुः-
(अ) शान्ति सुरक्षा कायम राख्न आवश्यक मेशिनरी तथा औजार,
(आ) हातहतियार,
(इ) भिड नियन्त्रणको लागि आवश्यक वस्तु,
(ई) अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने उपकरण तथा औजार,
(उ) प्रहरीले प्रयोग गर्ने सञ्चार सम्बन्धी वस्तु (नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिस बमोजिम),
(ऊ) ट्राफिक सम्बन्धी वस्तु,
(ए) फिङ्गर प्रिन्ट्स र सो सम्बन्धी आवश्यक वस्तु,
(ऐ) अपराध अनुसन्धानको लागि आवश्यक पर्ने जीवित कुकुर एवं अन्य आवश्यक उपकरण तथा वस्तु,
(ओ) विष्फोटक सम्बन्धी प्रहरीलाई आवश्यक पर्ने वस्तु,
(औ) वैज्ञानिक प्रयोगशालाको लागि चाहिने वस्तु,
(अं) विपद् उद्धार कार्यमा प्रयोग हुने वस्तु,
(अः) संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ खटिने नेपाल प्रहरीको प्रयोगका लागि पैठारी गर्ने तथा लगतमा राखी लगेका आर्मर्ड पर्सनल क्यारियर, सवारी साधन, हातहतियार लगायत सबै प्रकारका वस्तु।
(ङ) वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको सिफारिसमा पर्वतारोहण दलले ट्रान्जिटको रूपमा नेपालको बाटो गरी निकासी वा पैठारी गर्ने वस्तु,
(च) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टर र धुलिखेल अस्पताल को नाममा पैठारी हुने निर्माण तथा अस्पताल सञ्चालनको लागि आवश्यक निर्माण सामग्री, चिकित्सा सम्बन्धी उपकरण र औजार,
(आ) क्यान्सरका बिरामीलाई निःशुल्क वितरण गर्ने प्रयोजनको लागि सरकारी वा सामुदायिक अस्पताल तथा नेपाल सरकार स्वास्थ्य सेवा विभागले पैठारी गर्ने क्यान्सर निरोधक औषधि।
(इ) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा स्वास्थ्य सेवा विभागको नाममा पैठारी हुने क्यान्सर निरोधक औषधि, दातृ निकायबाट अनुदानस्वरूप नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा स्वास्थ्य सेवा विभागको नाममा पैठारी हुने खोप तथा खोपजन्य सामग्रीहरू, परिवार नियोजनका साधन तथा सामग्रीहरू र औषधि तथा पोषण सामग्रीहरू।
द्रष्टव्य : खण्ड (इ) मा उल्लेख भएबमोजिम अनुदानस्वरुप प्राप्त हुने औषधी र स्वास्थ्य सामग्रीको हकमा त्यस्तो अनुदान सहायता स्वीकार भएको हुनुपर्नेछ।
(छ) चलचित्र विकास बोर्डको सिफारिसमा पैठारी गर्ने विदेशमा रहेका पुराना ऐतिहासिक नेपाली चलचित्र तथा वृत्तचित्रका डिजिटल प्रति, टेप, क्यासेट वा रिल,
(ज) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा स्थानीय तहले पैठारी गर्ने शीर्षक ८७.०४ मा पर्ने एक थान कृषि एम्बुलेन्स वा ढुवानी साधन। त्यस्तो कृषि एम्बुलेन्स वा ढुवानी साधन पैठारी गरेका मितिले सात वर्षसम्म बिक्री वितरण वा नामसारी गर्न नपाइने,
(झ) उद्योग विभागको सिफारिसमा अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्ने सामग्री उत्पादन गर्ने उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ,
(ञ) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सिफारिसमा ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ७३११.००.९० मा पर्ने हाइड्रोजन भण्डारणको लागि हाइ प्रेसर सिलिण्डर; उपशीर्षक ८४१४.८०.०० मा पर्ने हाइड्रोजन कम्प्रेशर; उपशीर्षक ८४२१.३९.९० मा पर्ने ग्याँस शुद्धीकरण उपकरण; उपशीर्षक ९०२५.८०.०० मा पर्ने हाइड्रोजन ग्याँसको आद्रता नाप्ने उपकरण; उपशीर्षक ९०२६.८०.९० मा पर्ने लिक डिटेक्टर र उपशीर्षक ९०२७.१०.०० मा पर्ने ग्याँस विश्लेषण गर्ने उपकरण।
(२) भन्सार महसुल एक प्रतिशत मात्र लाग्नेः-
(क) स्वीकृतिप्राप्त निजी वा सामुदायिक अस्पताल तथा स्थानीय तहले नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा सो मन्त्रालयले तोकेको मापदण्ड अनुसारको देहाय बमोजिमको शर्त अनुसार पैठारी गर्ने देहाय बमोजिमको परिमाणसम्मको एम्बुलेन्स तथा यस अनुसूचीको प्रकरण ३ को बुँदा (१) को खण्ड (क) को अधीनमा रही पैठारी गर्ने देहाय बमोजिमको परिमाणसम्मको शववाहनः-
(अ) एक सयभन्दा कम शय्या भएको निजी वा सामुदायिक अस्पतालका लागि एउटा एम्बुलेन्स र एउटा शववाहन तथा एक सय वा सोभन्दा बढी शय्या भएको अस्पतालका लागि दुई वटासम्म एम्बुलेन्स र एउटा शववाहन; गाउँपालिकाको लागि दुई वटा, नगरपालिकाको लागि तीन वटा र उपमहानगरपालिका तथा महानगरपालिकाको लागि चार वटा एम्बुलेन्स।
यस उपखण्ड बमोजिम सिफारिस गर्दा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उक्त संस्था वा निकायले त्यसभन्दा अघि त्यस्तो सुविधा उपभोग नगरेको व्यहोरा उक्त सिफारिसपत्रमा खुलाउनु पर्नेछ।
त्यसरी सुविधामा पैठारी भएको एम्बुलेन्स र शववाहन दश वर्ष पुरानो भई वा दुर्घटना वा अन्य कुनै कारणले प्रयोग गर्न नसक्ने भएमा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट त्यसलाई पत्रु (स्क्रयाप) गरी दर्ता खारेज गराई सोको
प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि सोको सट्टा अर्को एम्बुलेन्स र शववाहन पैठारी गर्दा त्यस्तो सुविधा दिइनेछ।
(आ) यस खण्डको उपखण्ड (अ) बमोजिम एम्बुलेन्स वा शववाहन पैठारी गर्दा निम्न बमोजिमको शर्त समेत पालना गर्नु पर्नेछुः-
(१) एम्बुलेन्स वा शववाहन पैठारी गर्दा पैठारीकै अवस्थामा त्यस्तो एम्बुलेन्स वा शववाहनको अगाडि पछाडि टाढैबाट देखिने गरी ठूला-ठूला अक्षरमा एम्बुलेन्स वा शववाहन भनी लेखिएको हुनु पर्नेछ,
(२) एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका अतिरिक्त अन्य आवश्यक औजारहरू फिट गरिएको हुनु पर्नेछ,
(३) एम्बुलेन्स वा शववाहनमा चालकको पछाडिपट्टि कुनै पनि सिट राखिएको हुनु हुँदैन,
(४) एम्बुलेन्सलाई बिरामीको सेवा बाहेक अन्यत्र प्रयोग गर्न र शववाहनलाई शवको ओसारपसार गर्न बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन,
(५) एम्बुलेन्स वा शववाहन नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नु पर्नेछ,
(६) पैठारी भएको एम्बुलेन्स वा शववाहनको सवारी दर्ता गर्दा एम्बुलेन्स वा शववाहन भनी सवारी दर्ता प्रमाणपत्रमा स्पष्ट उल्लेख गर्नु पर्नेछ,
(७) एम्बुलेन्समा टाढैबाट देखिने गरी ठूला ठूला अक्षरमा "नेपाल सरकारबाट राजस्व छुट सुविधाप्राप्त" भन्ने लेखिएको हुनु पर्नेछ,
(८) एम्बुलेन्सले बिरामी ओसारपसार लगायतका सेवा प्रदान गरे बापत लिने भाडादर नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(इ) उपखण्ड (आ) मा उल्लिखित शर्त उल्लङ्घन गरेको पाइएमा त्यस्तो एम्बुलेन्स वा शववाहन जफत गरी बिगो बमोजिम जरिबाना गरिनेछ।
(ख) सरकारी, सामुदायिक तथा निजी क्षेत्रका अस्पताल बाहेक कानून बमोजिम दर्ता भएका अन्य सङ्घ, संस्था, कम्पनी वा उद्योगले नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा सो मन्त्रालयले तोकेको मापदण्ड अनुसारको खण्ड (क) को उपखण्ड (आ) बमोजिमको शर्तका अधीनमा रही पैठारी गर्ने एम्बुलेन्स र शववाहन एक एक थान।
त्यसरी सुविधामा पैठारी भएको एम्बुलेन्स र शववाहन दश वर्ष पुरानो भई वा दुर्घटना वा अन्य कुनै कारणले प्रयोग गर्न नसक्ने भएमा सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट त्यसलाई पत्रु (स्क्रयाप) गरी दर्ता खारेज गराई सोको प्रमाण पेस गरेमा सोको सट्टा अर्को एम्बुलेन्स र शववाहन पैठारी गर्दा समेत यो सुविधा दिइनेछ।
यस खण्ड बमोजिम सिफारिस गर्दा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उक्त संस्थाले त्यसभन्दा अघि त्यस्तो सुविधा उपभोग नगरेको वा गरेको भए सो सुविधामा पैठारी गरेको एम्बुलेन्स र शववाहन पत्रु (स्क्रयाप) गरी दर्ता खारेज गरेको व्यहोरा त्यस्तो सिफारिसपत्रमा खुलाउनु पर्नेछ।
(ग) सरकारी अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा पैठारी गर्ने सो मन्त्रालयले तोकेको मापदण्ड अनुसारको एम्बुलेन्स र शववाहन,
(घ) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम कुनै उद्योगलाई रूग्ण उद्योग घोषणा गरी सोही सूचनामा तोकिएको निकायको सिफारिसमा त्यस्तो रूग्ण उद्योगको पुनर्स्थापनाको लागि पैठारी गर्ने भाग ८४ अन्तर्गत पर्ने औद्योगिक मेशिनरी र पार्टपुर्जा,
(ङ) पशु सेवा विभागको सिफारिसमा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) दाना तथा पशुपन्छी उद्योग र फिड सप्लिमेन्ट उत्पादन गर्ने उद्योगले पैठारी गर्ने भाग २८ र २९ मा पर्ने कच्चापदार्थ, सहायक कच्चापदार्थ तथा शीर्षक ३९.२३, ४८.१९, ६३.०५ र उपशीर्षक ८३०९.९०.०० मा पर्ने प्याकिङ्ग मेटेरियल,
त्यसरी सिफारिस गर्दा एक आर्थिक वर्षमा खपत हुन सक्ने परिमाण एकैपटक सिफारिस गर्न सकिनेछ। त्यस्तो सुविधा अन्तर्गत पैठारी गर्ने कच्चापदार्थ, सहायक कच्चापदार्थ तथा उद्योगको ट्रेडमार्क अङ्कित प्याकिङ्ग मेटेरियलको सिफारिस गर्दा पशु सेवा विभागले खपत अनुपात र बिक्री तथा विदेश निकासी भएको परिमाणको आधारमा गर्नु पर्नेछ।
(आ) नश्ल सुधारको लागि विदेशबाट पैठारी गरिने उपशीर्षक ०५११.१०.०० मा पर्ने उन्नत जातका चौपायाको वीर्य (सिमेन) र पशुको भ्रूण,
(इ) दैनिक ५०० लिटर भन्दा बढी दुध उत्पादन गर्ने कृषि तथा दुग्ध उत्पादन फर्महरुले पैठारी गर्ने शीर्षक ७३.१० र शीर्षक ७६.१२ मा पर्ने मिल्क क्यान र शीर्षक ८४.१३ अन्तर्गतका पानी तान्ने पम्प।
(च) कृषि यन्त्र तथा उपकरण निर्माण गर्ने गरी दर्ता भएका उद्योगले उद्योग विभागको सिफारिसमा पैठारी गर्ने कृषि यन्त्र तथा उपकरण निर्माण गर्न आवश्यक पर्ने वस्तु तथा नवीनतम् कृषि प्रविधि एवम् सामग्री,
यस खण्ड बमोजिम वस्तुको सिफारिस गर्दा उद्योगको वार्षिक निर्माण क्षमताका आधारमा रही गर्नु पर्नेछ।
(छ) वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सिफारिसमा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) वैकल्पिक ऊर्जाको स्रोत, जस्तै हावाबाट विद्युत उत्पादन गर्ने उपशीर्षक ८५०२.३१.०० मा पर्ने हावा मिल र उपशीर्षक ८५०३.००.१० मा पर्ने हावा मिलका एसेसरिज र पार्टपुर्जा,
(आ) भन्सार महसुल दर माफी भएका बाहेकका सौर्य शक्तिबाट विद्युत उत्पादन गर्न प्रयोग हुने निम्न उपकरणः-
(१) उपशीर्षक ८५०४.४०.९० मा पर्ने सोलार चार्ज कन्ट्रोलर,
(२) उपशीर्षक ७८०१.९१.०० मा पर्ने एण्टिमोनियल लिड एल्वाय इन्गट; उपशीर्षक ७८०१.१०.०० र ७८०१.९९.०० मा पर्ने लिड; उपशीर्षक ८५०७.९०.०० मा पर्ने ब्याट्री बक्स, सेपरेटर र ट्यूबलर व्याग,
(३) उपशीर्षक ८४१३.८१.०० मा पर्ने सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने (डि.सी.पम्प) र उपशीर्षक ८५०४.४०.९० मा पर्ने सौर्य ऊर्जाबाट चल्ने पानी तान्ने पम्पका लागि आवश्यक सोलार चार्ज कन्ट्रोलर,
(४) असी प्रतिशतभन्दा बढी क्षमता भएको उपशीर्षक ८५०४.४०.९० मा पर्ने सोलार इन्भर्टर,
(५) सौर्य टुकीमा प्रयोग हुने १२ भन्दा कम भोल्ट र १० भन्दा कम एम्पीयर क्षमताका उपशीर्षक ८५०७.६०.०० मा पर्ने लिथियम आयन ब्याट्री।
(इ) गोबर ग्याँस लगायत बायोग्याँसका लागि आवश्यक पर्ने उपशीर्षक ८४८१.१०.०० मा पर्ने मेन ग्याँस भल्भ तथा बायोग्याँसमा प्रयोग हुने अन्य भल्भ र उपशीर्षक ७३०७.२३.०० मा पर्ने तिनका फिटिङ्ग; उपशीर्षक ७३०७.२२.०० र ७३०७.९२.०० मा पर्ने एल्बो; उपशीर्षक ३९१७.३९.०० मा पर्ने ग्याँस पाइप; उपशीर्षक ९०२८.१०.०० मा पर्ने ग्याँस मिटर; उपशीर्षक ७३२१.११.०० मा पर्ने गोबरग्याँस चुल्हो र उपशीर्षक ७३२१.९०.०० मा पर्ने तिनका पार्टपुर्जा र उपशीर्षक ४००९.३१.०० मा पर्ने रबर होज पाइप,
(ई) गोबरबाट विद्युत उत्पादन गर्नका लागि ब्याट्री बनाउने उद्योगले पैठारी गर्ने सो ब्याट्री बनाउन चाहिने आवश्यक कच्चापदार्थ भनी उद्योग विभाग वा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबाट सिफारिस भई आएका उद्योगको वार्षिक क्षमता र स्वीकृत स्कीममा तोकिएको परिमाणसम्मका कच्चापदार्थ,
(उ) बायो उर्जामा आधारित उपशीर्षक ७३२१.१९.०० मा पर्ने बायो स्टोभ; उपशीर्षक ७३२१.९०.०० मा पर्ने वेकेलाइट हेन्डल र उपशीर्षक ८४१४.५९.०० मा पर्ने हाईस्पिड डी.सी. पङ्खा,
(ऊ) जैविक इन्धन (ठोस, तरल तथा ग्याँस) उत्पादनको प्रयोजनको लागि पैठारी हुने उपशीर्षक ८४१९.३९.०० मा पर्ने ड्रायर; उपशीर्षक ८४१७.८०.०० मा पर्ने कार्बोनाइजेशन फर्नेश; उपशीर्षक ८४७९.८९.७० मा पर्ने ब्रिकेट मेशिन लगायतका जैविक इन्धन उत्पादन गर्ने मेशिनरी; उपशीर्षक ८४७९.८२.०० मा पर्ने मिक्सर मेशिन; उपशीर्षक ८४१६.२०.०० मा पर्ने उड पेलेट बर्नर; उपशीर्षक
८४१९.११.०० मा पर्ने बायोमास ग्यासिफायर तथा तिनका पार्टपुर्जा र भाग २८, २९ र ३८ मा पर्ने रसायन,
(ए) सौर्य ऊर्जाबाट मात्र सञ्चालन हुने तथा सौर्य ताप ऊर्जा उत्पादनमा प्रयोग हुने निम्न उपशीर्षकमा पर्ने वस्तुः-
७४१०.२१.००, ७६०७.१९.००, ८४०३.१०.००, ८४०३.९०.००, ८४१२.८०.००, ८४१९.३४.००, ८५१६.६०.११, ८५१६.६०.१२, ८५१६.६०.१९, ८५१६.६०.२०, ८५१६.६०.३० र ८५१६.६०.९०।
(ज) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा सरकारी, सामुदायिक तथा मुनाफा वितरण नगर्ने अस्पतालले पैठारी गर्ने मृगौला उपचारमा प्रयोग हुने उपशीर्षक ९०१८.९०.९० मा पर्ने हेमो डायलाइसिस मेसिन, डायलाइसिस रिप्रोसेसर, डायलाइजर र यसको ट्यूबिङ्ग; उपशीर्षक ९४०२.९०.२० मा पर्ने डायलाइसिस बेड तथा उपशीर्षक ९४०२.९०.९० मा पर्ने कुर्सी; मुटुको रोग निदान तथा उपचारमा प्रयोग हुने उपशीर्षक ९०१८.११.०० मा पर्ने इकोकार्डियोग्राफ; उपशीर्षक ९०१८.१९.९० मा पर्ने भिडियो स्कोप, क्याथल्याब, हर्ट लङ्ग मेसिन र डिफ्रिब्रिलेटर; क्यान्सर रोगको निदान तथा उपचारमा प्रयोग हुने उपशीर्षक ९०२२.१२.०० मा पर्ने पोजिट्रोन इमिशन टोमोग्राफी (पेट) स्क्यान मेशिन, कम्प्युटेड टोमोग्राफी (सि.टी.) स्क्यान मेशिन, मेमोग्राफी; उपशीर्षक ९०२२.२१.०० मा पर्ने ब्रेसीथेरापी र लिनियर एक्सिलरेटर; रोग निदानमा प्रयोग हुने उपशीर्षक ९०१८.१९.९० मा पर्ने फ्लो साइटोमिटर, नेक्स्ट जेनेरेशन सिक्वेन्सर, प्रोटिन माइक्रोएरी प्लेटफर्म; उपशीर्षक ९०१८.९०.३० मा पर्ने मल्टिप्लेक्स रियल टाइम पि.सि.आर. र उपशीर्षक ९०१८.१३.०० मा पर्ने म्याग्नेटिक रिजोनेन्स इमेजिङ्ग (एम.आर.आई.) मेसिन।
(झ) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पशुपन्छी पालन उद्योग, कृषि फर्म तथा कम्पनी तथा कृषि सहकारी संस्थाले पैठारी गर्ने कृषिजन्य उत्पादन, सुरक्षित गर्न निर्माण गरिने शीत भण्डारको लागि आवश्यक पर्ने उपशीर्षक ८४१४.३०.०० मा पर्ने कम्प्रेसर; उपशीर्षक ८४१५.८३.१० मा पर्ने एयर ह्याण्डलिङ्ग यूनिट; उपशीर्षक ८४१८.६९.१० मा पर्ने चिलर; उपशीर्षक ८४१९.५०.०० मा पर्ने ताप विनिमय एकाइ; उपशीर्षक ८४८१.८०.९० मा पर्ने भल्भ; उपशीर्षक ३९२१.९०.९१ मा पर्ने थर्मोकोल; शीर्षक ३९.२० र ३९.२१ मा पर्ने कुखुरा पालनको लागि आवश्यक पर्ने विशेष प्रकारको प्लाष्टिक सिट; उपशीर्षक ४८१९.१०.१० र ३९२३.१०.२० मा पर्ने अण्डा राख्ने क्रेट र च्याउको बिउ उत्पादनमा प्रयोग हुने उपशीर्षक ९४०३.२०.९० मा पर्ने बिउ राख्ने एस.एस. वाल टेबुल,
(ञ) प्लाण्ट क्वारेन्टिन तथा विषादि व्यवस्थापन केन्द्रको सिफारिसमा पैठारी हुने बालीनालीको लागि मात्र प्रयोग हुने उपशीर्षक ३८०८.९१.९० मा पर्ने कीटनाशक; उपशीर्षक
३८०८.९२.०० मा पर्ने ढुसीनाशक; उपशीर्षक ३८०८.९३.१० मा पर्ने झारपातनाशक; उपशीर्षक ३८०८.९९.११ मा पर्ने मुसानाशक विषादि तथा उल्लिखित वस्तु उत्पादन गर्ने उद्योगले उक्त केन्द्रको परिमाण र अवधि खोलिएको सिफारिसका आधारमा पैठारी गर्ने कच्चापदार्थ र पशु सेवा विभागको सिफारिसमा पशुपन्छीको जैविक सुरक्षाका लागि आवश्यक पर्ने उपशीर्षक ३८०८.९४.९० मा पर्ने निसङ्क्रामक (डिस्ईन्फेक्टेन्ट), पानी सफा गर्ने (वाटर सेनिटाइजर), पानी अम्लीकरण गर्ने (वाटर एसिडीफायर)।
(ट) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा पैठारी हुने देहाय बमोजिमका वस्तुः-
(अ) सरकारी, सरकारी सहायता प्राप्त तथा सामुदायिक अस्पतालले पैठारी गर्ने भाग ८४ र ९० मा पर्ने औषधीय तथा शल्यचिकित्सा सम्बन्धी यन्त्र, उपकरण र औजार; मुटुभित्र प्रत्यारोपण गरिने उपशीर्षक ९०२१.९०.३० मा पर्ने भल्भ र स्टेण्टहरू; उपशीर्षक ९०२१.५०.०० मा पर्ने पेस मेकर र पेस मेकरका पार्टपुर्जा; मुटु तथा मानव शरीर प्रत्यारोपणमा प्रयोग हुने उपशीर्षक ९०२१.९०.९० मा पर्ने आर्टिएल सेप्टल डिफेक्ट (एसडी), पाटेन्ट डक्टटस आर्टेरुसस (पिडीए), भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भिसडी), एलएलए डिभाइसेस भास्कुलर प्लग,
तर त्यसरी पैठारी गरेका वस्तु वारेण्टी वा ग्यारेण्टीको अवधिमा पैठारी गरेको मितिले एक वर्षभित्र मर्मत गर्न लैजाँदा वा मर्मत गरी ल्याउँदा वा सोको सट्टा सोही प्रकारको अर्को वस्तु पैठारी गर्दा त्यसमा भन्सार महसुल पूर्ण छुट हुनेछ।
(आ) सरकारी, सरकारी सहायताप्राप्त, सामुदायिक तथा गैरसरकारी अस्पताल, संस्था वा निकायले पैठारी गर्ने आँखा उपचारको प्रयोगमा आउने इण्ट्राओकुलर लेन्स उत्पादन गर्न आवश्यक पर्ने उपशीर्षक ३९२६.९०.३९, ३९२६.९०.९९, ९००१.१०.००, ९००१.२०.०० र ९००१.९०.०० मा पर्ने कच्चापदार्थ र तिनका सहायक सामग्री, यन्त्र उपकरण र तिनका पार्टपुर्जा।
(ठ) नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशाला निर्माण र सञ्चालनको लागि आवश्यक पर्ने शीर्षक ५६.०७ मा पर्ने साइड स्क्रिन बाउण्ड्री रोप; उपशीर्षक ८४२४.१०.०० मा पर्ने फायर एक्सटिङिग्वशर; उपशीर्षक ८५३१.२०.०० मा पर्ने डिजिटल स्कोर बोर्ड; उपशीर्षक ८४३२.८०.०० मा पर्ने टर्फ रोलर, उपशीर्षक ८४३३.११.०० मा पर्ने घाँस काट्ने मेशिन; उपशीर्षक ८४७९.८९.४० मा पर्ने गार्बेज कम्प्याक्टर मेशिन; ९४०१.९९.०० मा पर्ने प्रि फ्याब्रिकेटेड सिट र शीर्षक ९४.०५ मा पर्ने फ्लड लाईट,
(ड) सम्बन्धित स्थानीय तहको सिफारिसमा फोहोरमैला सङ्कलन गरी पुनः उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ७३०९.००.०० मा पर्ने गार्बेज कन्टेनर।
(ढ) विदेशी नियोग तथा दातृ संस्थाले कूटनीतिक सुविधा वा महसुल सुविधामा पैठारी गरी कुनै आयोजनाको स्वीकृत वार्षिक कार्यक्रम अनुरूप आयोजनालाई नै हस्तान्तरण गरी सरकारी नम्बर प्लेटमा परिवर्तन गर्ने वा कुनै आयोजनाको नाममा पूर्ण वा आंशिक महसुल सुविधामा (लगत वा बैङ्क जमानतमा पैठारी भएको बाहेक) पैठारी भएका र आयोजना समाप्तिपछि मन्त्रालयको स्वीकृति लिई सरकारी नम्बर प्लेटमा परिवर्तन गर्ने गरी सरकारी निकायलाई हस्तान्तरण गर्ने वा कम्तीमा पन्ध्र शय्याभन्दा बढी क्षमताका स्वीकृति प्राप्त गैरनाफामुखी सामुदायिक अस्पताललाई हस्तान्तरण गर्ने सवारी साधन।
तर उत्पादन मितिले दश वर्ष नाघेका सवारी साधनलाई यो सुविधा दिइने छैन।
(ण) औषधि व्यवस्था विभागको सिफारिसमा औषधि उद्योगले पैठारी गर्ने भाग २८, २९ र ३८ मा पर्ने कच्चापदार्थ, सहायक कच्चापदार्थ र रासायनिक पदार्थ; शीर्षक ११.०८ का सबै उपशीर्षकमा पर्ने माड (स्वेतसार); उपशीर्षक १३०२.१९.०० मा पर्ने जडिबुटीका सार; उपशीर्षक १५१६.२०.०० मा पर्ने वनस्पतिको बोसो, तेल र तैलांश; शीर्षक १५.२१ मा पर्ने मौरीको मैन, वनस्पति मैन तथा अन्य मैन; उपशीर्षक १७०१.१४.९० मा पर्ने उखुको चिनी; उपशीर्षक १७०२.११.०० मा पर्ने ल्याक्टोज; उपशीर्षक १७०२.३०.१० र १७०२.३०.२० मा पर्ने ग्लुकोज; उपशीर्षक १७०२.३०.३० मा पर्ने डेक्स्ट्रोज; उपशीर्षक १७०२.९०.९० मा पर्ने फ्रुक्टोज वा अन्य चिनी; उपशीर्षक १९०५.९०.४० मा पर्ने औषधि भर्न हुने खाली क्याप्सुल (एम्प्टी क्यासे); उपशीर्षक २२०७.१०.१० र २२०७.२०.९० मा पर्ने इथानोल; उपशीर्षक २२०७.१०.२० र २२०७.२०.१० मा पर्ने रेक्टिफाइड स्प्रिट; उपशीर्षक २५१९.९०.०० मा पर्ने म्याग्नेसियम अक्साइड; शीर्षक २७.१२ मा पर्ने ह्वाइट सफ्ट प्याराफिन र पेट्रोलियम जेली; शीर्षक ३२.०३ र ३२.०४ का सबै उपशीर्षकमा पर्ने रङ; शीर्षक ३२.०५ मा पर्ने कोटिङ्ग मेटेरियल; उपशीर्षक ३३०१.९०.०० मा पर्ने एसेन्सियल आयल; उपशीर्षक ३३०२.९०.०० मा पर्ने सुगन्धयुक्त तत्त्व; शीर्षक ३४.०२ मा पर्ने टिविइन ८० सोडियम लौरेल सल्फेट; उपशीर्षक ३४०४.२०.०० र ३४०४.९०.०० मा पर्ने मैन; उपशीर्षक ३५०१.९०.०० मा पर्ने सोडियम केसिनेट; उपशीर्षक ३५०५.१०.०० मा पर्ने फर्मास्युटिकल गम; उपशीर्षक ३५०७.९०.०० मा पर्ने इञ्जाइम; उपशीर्षक ३९०५.९९.०० मा पर्ने पोलिभिनायल पिरालोडोन (भिनायल एसिटेट) एसिटेट; उपशीर्षक ३९०६.९०.०० मा पर्ने कारबोमर; उपशीर्षक ३९१०.००.०० मा पर्ने प्राथमिक रुपका सिलिकन; शीर्षक ३९.१२ मा पर्ने माइक्रोक्रिस्टिलाइन सेलुलोज; उपशीर्षक ३९१३.९०.०० मा पर्ने ज्यान्थन गम; शीर्षक ३९.१४ मा पर्ने को-पोलिमर टेष्ट मेकिङ्ग; उपशीर्षक ४०१४.९०.०० मा पर्ने रबर स्टोपर; उपशीर्षक ४८२१.१०.०० मा पर्ने लेबल; उपशीर्षक ७०१०.१०.०० मा पर्ने एम्पुल; उपशीर्षक ७६१२.१०.०० मा पर्ने आल्मोनियमका लचकदार ट्युब; शीर्षक ३९.२०, ३९.२१ र ४८.१९ का सबै उपशीर्षक तथा उपशीर्षक ३९२३.१०.१०,
३९२३.१०.९०, ३९२३.३०.९०, ३९२३.५०.००, ७०१०.९०.००, ७६०७.११.००, ७६०७.१९.००, ७६०७.२०.०० र ९६०२.००.०० मा पर्ने प्याकिङ्ग मेटेरियल तथा उपशीर्षक ३९२६.९०.९९ मा पर्ने १५ एम.एल. सम्म क्षमताका मेजरिङ्ग कप; उपशीर्षक ८३०९.९०.०० अन्तर्गतका आधारभूत धातुका बिर्कोहरु; उपशीर्षक ८४२२.३०.०० अन्तर्गतका फिलिङ र प्याकेजिङ मेसिन र उपशीर्षक २५०१.००.१० मा पर्ने नुन।
त्यस्तो सिफारिस गर्दा औषधि व्यवस्था विभागले कच्चापदार्थको खपत अनुपात, स्वदेशमा हुने उपभोग र विदेशमा भएको निकासीको आधारमा एक आर्थिक वर्षको लागि चाहिने परिमाण एकैपटक सिफारिस गर्न सक्नेछ।
(त) लगानी बोर्ड नेपालबाट स्वीकृत हुने जल, सौर्य वा वायु ऊर्जामा आधारित विद्युत उत्पादन आयोजना वा प्रसारण लाईन आयोजनाको हकमा सो बोर्डको र नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित आयोजना लगायत अन्य जलविद्युत आयोजना वा प्रसारण लाईन आयोजनाको हकमा विद्युत विकास विभागको सिफारिसमा सम्बन्धित आयोजना वा सोको ठेकेदार वा आयोजनाको प्रवर्द्धकले पैठारी गर्ने विद्युत उत्पादन, सञ्चय, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने निर्माण यन्त्र उपकरण, विष्फोटक पदार्थ, स्टिल प्लेट, मेशिनरी, औजार तथा तिनका पार्टपुर्जा र उच्च भण्डारण क्षमताका ब्याट्रि एवम् अन्य सम्बन्धित वस्तु र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सिफारिसमा सौर्य तथा वायु उर्जाबाट विद्युत उत्पादन, सञ्चय, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने निर्माण उपकरण, मेशिनरी, औजार र तिनका पार्टपुर्जा तथा अन्य सम्बन्धित वस्तु,
यस खण्ड बमोजिम सिफारिस गर्दा आयोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन प्रतिवेदनमा उल्लिखित परिमाण अनुसारको वस्तु मात्र सिफारिस गर्नु पर्नेछ।
(थ) बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिसमा पैठारी हुने उपशीर्षक १००१.११.०० र १००१.९१.०० मा पर्ने गहुँको बिउ; उपशीर्षक १००५.१०.०० मा पर्ने मकैको बिउ; उपशीर्षक १००६.१०.१० मा पर्ने धानको बिउ; उपशीर्षक १२०९.९१.१०, १२०९.९१.२०, १२०९.९१.३०, १२०९.९१.४०, १२०९.९१.५० र १२०९.९१.९० मा पर्ने तरकारीको बिउ तथा उपशीर्षक १२०९.२१.००, १२०९.२२.००, १२०९.२३.००, १२०९.२४.००, १२०९.२५.०० र १२०९.२९.०० मा पर्ने विभिन्न उन्नत जातका घाँसको बिउ,
(द) वातावरण विभागको सिफारिसमा पैठारी हुने सफा टेम्पोमा प्रयोग गरिने उपशीर्षक ८५०७.२०.०० मा पर्ने डिप साइकल लिड एसिड ब्याट्री र काठमाडौँ उपत्यकामा सञ्चालित सफा टेम्पोमा प्रयोग हुने उपशीर्षक ८५०७.६०.०० मा पर्ने लिथियन आयन ब्याट्री,
(ध) पत्रपत्रिका प्रकाशन गर्न स्वीकृति प्राप्त सञ्चार गृहले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा पैठारी गर्ने उपशीर्षक ४८०१.००.०० मा पर्ने अखवारी कागज,
(न) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा कृषि, बागवानी तथा पुष्प फार्मले पैठारी गर्ने उपशीर्षक ९४०६.१०.१० र ९४०६.९०.१० मा पर्ने ग्रीन हाउस र सिँचाइमा प्रयोग हुने शीर्षक ३९.१७ र ७३.०६ मा पर्ने पाइप; शीर्षक ३९.१७ र ७३.०७ मा पर्ने पाइप जडान; उपशीर्षक ८४१३.७०.१९, ८४१३.७०.९१, ८४१३.७०.९२ र ८४१३.७०.९९ तथा ८४१३.८१.०० मा पर्ने पानी तान्ने पम्प,
(प) सम्बन्धित स्थानीय तहको सिफारिसमा फलफूल, पुष्प तथा तरकारी खेती गर्ने कृषि तथा नर्सरी फर्मले पैठारी गर्ने शीर्षक ३९.२० र ३९.२१ मा पर्ने यूभी प्लाष्टिक फिल्म; उपशीर्षक ३९२६.९०.९९ र ६३०७.९०.९० मा पर्ने इन्सेक्ट नेट; उपशीर्षक ३९२६.९०.९९ मा पर्ने हेल नेट (असिना छेक्ने जाली) र टनेल प्लास्टिक; उपशीर्षक १४०४.९०.९१ मा पर्ने कोकोपिट; उपशीर्षक ६००५.३५.०० मा पर्ने थर्मल स्क्रिन सेट; ग्रीन हाउसमा प्रयोग हुने शीर्षक ६०.०५ मा पर्ने एग्रोनेट र उपशीर्षक ९४०६.१०.१० र ९४०६.९०.१० मा पर्ने ग्रीन हाउस,
(फ) औषधि व्यवस्था विभागको सिफारिसमा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगले आयुर्वेदिक औषधि उत्पादन गर्न पैठारी गर्ने कच्चापदार्थ,
(ब) काठमाडौँ उपत्यकाभित्र सञ्चालित उद्योग काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गरी पुनः सञ्चालन गर्न चाहने उद्योगले उद्योग विभागको सिफारिसमा पैठारी गर्ने भाग ८४ मा पर्ने औद्योगिक मेशिनरी, उपकरण तथा पार्टपुर्जा,
(भ) संवत् २०८३ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधीन होटेल तथा रिसोर्टमध्ये नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा एक अर्ब रुपैयाँदेखि दुई अर्ब रुपैयाँसम्म लगानी गरेका होटेल तथा रिसोर्टले पैठारी गर्ने दुई वटा सवारी साधन; दुई अर्ब रुपैयाँदेखि पाँच अर्ब रुपैयाँसम्म लगानी गरेका होटेल तथा रिसोर्टले पैठारी गर्ने पाँच वटा सवारी साधन र पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका होटेल तथा रिसोर्टले पैठारी गर्ने दश वटा सवारी साधन।
तर त्यसरी पैठारी हुने सवारी साधन पैठारी भएको दश वर्षसम्म निजी सवारीको रूपमा दर्ता गर्न वा नामसारी गर्न नपाइने र त्यसरी पैठारी भएका सवारी साधनमा बाहिरपट्टि त्यस्ता होटल तथा रिसोर्टको नाम लेखिएको हुनु पर्नेछ। त्यस्तो सवारी साधन दश वर्ष नपुगी नामसारी गरेमा नियम अनुसार पूरै भन्सार महसुल लाग्नेछ र दश वर्षपछि नामसारी भएमा भन्सार महसुल लाग्ने छैन। एक पटक त्यस्तो सुविधा उपभोग गरिसकेको दश वर्ष व्यतित गरिसकेपछि मात्र पुनः त्यस्तो सुविधा प्रदान गरिनेछ।
(म) सम्बन्धित स्थानीय तहको सिफारिसमा पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने उपशीर्षक ४०१६.९१.०० मा पर्ने पशु चौपायाका लागि ओछ्याउने म्याट,
(य) प्रविधिजन्य स्वास्थ्य सामग्री जस्तै प्लाष्टिकका सिरिञ्ज, क्यानुला, अक्सिजन मास्क, भेन्टिलेटर मास्क, अक्सिजन कनेक्टर तथा ट्यूबिङ्ग, ब्लड कलेक्सन कन्टेनर वा व्याग, युरिन व्याग, हेमोडाइलासिस कन्टेनर तथा ट्यूबिङ्ग जस्ता वस्तु उत्पादन गर्ने उद्योगले औषधि व्यवस्था विभागको सिफारिसमा उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिमाणको आधारमा शीर्षक ३९.०२ मा पर्ने प्लाष्टिकका दाना; उपशीर्षक ३९२३.५०.०० मा पर्ने प्लाष्टिक क्याप; उपशीर्षक ३९२६.९०.३९ मा पर्ने पेट ट्यूब तथा उपशीर्षक ४०१६.९३.९० मा पर्ने रबरका बिर्को र सिरिञ्ज ग्यासकेट।
(र) उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिमाणको आधारमा औषधि व्यवस्था विभागको सिफारिसमा औषधि उद्योगमा मात्र प्रयोग हुने पेट बोतल (पोलीइथाइलिन), एचडीपीई (हाइडेन्सिटी पोलीइथाइलिन) बोतल तथा बिर्को र मेजरमेन्ट क्याप उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ३९०१.१०.००, ३९०१.२०.०० र ३९०७.६१.०० मा पर्ने प्लाष्टिक दाना,
(ल) लगानी बोर्ड नेपालबाट स्वीकृत हुने निजी लगानीका औद्योगिक क्षेत्र विकास आयोजनाको हकमा सो बोर्डको सिफारिसमा सम्बन्धित आयोजना वा सोको ठेकेदार वा आयोजनाको प्रवर्द्धकले पैठारी गर्ने औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पर्ने निर्माण उपकरण, मेशिनरी, औजार तथा अन्य सम्बद्ध निर्माण सामग्री,
यस खण्ड बमोजिम सिफारिस गर्दा आयोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन प्रतिवेदनमा उल्लिखित परिमाण अनुसारको वस्तु मात्र सिफारिस गर्नु पर्नेछ।
(व) उद्योग विभागको सिफारिसमा काठ सिजनिङ्ग गर्ने उद्योगले पैठारी गर्ने शीर्षक ८४.०२ मा पर्ने बोइलर; उपशीर्षक ८४१४.५९.०० मा पर्ने एयर फ्यान; उपशीर्षक ८४१९.३५.०० मा पर्ने काठ सुकाउने यन्त्र (ड्रायर); उपशीर्षक ८४२२.४०.०० मा पर्ने प्याकिङ्ग गर्ने मेशिन; शीर्षक ८४.२५ मा पर्ने स्किप होइष्टहरु; शीर्षक ८४.६५ मा पर्ने काठको बोक्रा छिल्ने मेशिन; उपशीर्षक ८४६५.९१.०० मा पर्ने काठ चिर्ने यन्त्र (सइङ्ग मेशिन); उपशीर्षक ८४६५.९२.०० मा पर्ने रन्दा र उपशीर्षक ९०२५.८०.०० मा पर्ने मोइश्चर मापन गर्ने यन्त्र,
(श) उद्योग विभागको सिफारिसमा विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ८४२४.१०.०० मा पर्ने फायर एक्सटिडिङ्वशर; उपशीर्षक ८५३७.२०.०० मा पर्ने प्यानल; शीर्षक ८५.४४ मा पर्ने चार्जिङ्ग केवल तथा कनेक्टर; उपशीर्षक ९०२८.३०.०० मा पर्ने स्मार्ट इलेक्ट्रिक मिटर र उपशीर्षक ९०३२.८९.०० मा पर्ने कन्ट्रोलर।
(ष) वार्षिक उत्पादन क्षमता र खपत परिमाणको आधारमा औषधि व्यवस्था विभागले गरेको सिफारिस अनुसार हाडजोर्नी उपचारमा प्रयोग हुने सामाग्री उत्पादन गर्ने उद्योगले पैठारी गर्ने उपशीर्षक ७२२२.२०.०० मा पर्ने एम एस फ्लाट एण्ड राउण्ड बार र रड्स;, उपशीर्षक ७२२२.४०.०० मा पर्ने कोण, आकार र खण्डहरु;, शीर्षक ७२.२३ मा पर्ने खिया नलाग्ने इस्पातका तार;, उपशीर्षक ७३०४.४१.०० मा पर्ने एम एस हलो ड्रिल बार पाइप; र उपशीर्षक ८१०८.९०.०० मा पर्ने टिटानियमका वस्तुहरु।
(स) वार्षिक उत्पादन क्षमता र खपत परिमाणको आधारमा औषधि व्यवस्था विभागले गरेको सिफारिस अनुसार डाइनोष्टिक टेष्ट किट उत्पादन गर्ने गरी दर्ता भएका उद्योगले पैठारी गर्ने उपशीर्षक २८११.२२.०० मा पर्ने सिलिकन डाइअक्साइड; उपशीर्षक ३८२२.१९.०० मा पर्ने अनकट रिएजेन्ट सिट; उपशीर्षक ३९२३.४०.९० मा पर्ने प्लाष्टिक लेमिनेटेड पाउच;, उपशीर्षक ३९२६.९०.९९ मा पर्ने नमुना संकलन बट्टा; र उपशीर्षक ७६०७.२०.०० मा पर्ने अल्मुनियम फ्वायल।
(३) भन्सार महसुल आंशिक छुट हुनेः-
(क) नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा स्वदेशी मुद्रण (प्रेस) उद्योगले आफ्नो उद्योगको प्रयोगको लागि पैठारी गर्ने उपशीर्षक ३२१५.१९.०० मा पर्ने मसीमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(ख) पर्यटन विभागको सिफारिसमा ट्रेकिङ्ग एजेन्सीले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने उपशीर्षक ६३०६.२२.०० र ६३०६.२९.०० मा पर्ने पाल; उपशीर्षक ५६०७.५०.०० मा पर्ने क्लाइम्बिङ्ग रोप, क्लाइम्बिङ्गमा मात्र प्रयोग हुने वस्तु, विशेष प्रकारका क्याम्पिङ्ग क्रोकरी; उपशीर्षक ८२१५.२०.०० र ८२१५.९९.०० मा पर्ने कटलरी र उपशीर्षक ४२०२.९१.००, ४२०२.९२.००, ४२०२.९९.१० र ४२०२.९९.९० मा पर्ने रूकस्याक, क्याम्पन र पिटन पहिलो पटक पैठारी गर्दा पाँच प्रतिशत मात्र भन्सार महसुल लाग्ने,
त्यस्तो एजेन्सीले नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा पैठारी गर्ने सञ्चार उपकरणमा समेत लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ। त्यसरी पैठारी हुने वस्तुमध्ये क्याम्पिङ्ग क्रोकरी र कटलरीमा ट्रेकिङ्ग एजेन्सीको नाम र चिन्ह अङ्कित भएको हुनु पर्नेछ।
(ग) पर्यटन विभागको सिफारिसमा जलयात्राको व्यवसाय गर्ने र्याफ्टिङ्ग सेवा सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको लागि उपशीर्षक ६५०६.१०.०० मा पर्ने हेलमेट एक सय थान र उपशीर्षक ३९२३.१०.९० मा पर्ने वाटरप्रुफ क्यामरा कण्टेनर दश थान पहिलो पटक पैठारी गर्दा भन्सार महसुल पाँच प्रतिशत लाग्ने,
(घ) नेपालमा छायाङ्कन गरिएको शीर्षक ३७.०६ मा पर्ने फिल्म डेभलप गर्न वा प्रशोधन गर्न वा प्रदर्शन गर्न अस्थायी निकासी गर्नु परेमा चलचित्र विकास बोर्डको सिफारिसमा भन्सार महसुल
नलिई लगतमा राखी निकासी गर्न दिइनेछ। त्यस्तो सिनेमा पुनः पैठारी गर्दा प्रति सिनेमा पाँच हजार रुपैयाँ भन्सार महसुल लाग्नेछ। विदेशमा प्रदर्शनका लागि लगिएको सिनेमा फिर्ता ल्याउँदा भने भन्सार महसुल लाग्ने छैन।
तर विदेशी चलचित्र नेपालमा प्रदर्शनको लागि पैठारी गर्दा प्रति चलचित्रको मूल्यमा सम्झौता मूल्यको एक प्रतिशत भन्सार महसुल लाग्नेछ। नेपालमा चलचित्र छायाङ्कन गर्नको लागि विदेशी नागरिकले आफूसँग ल्याउने तथा नेपाली नागरिकले विदेशमा चलचित्र छायाङ्कन गर्नको लागि आफूसँग लैजाने चलचित्र सम्बन्धी यन्त्र उपकरण र सोसँग सम्बन्धित वस्तु चलचित्र विकास बोर्डको सिफारिसमा पछि फिर्ता लैजाने वा फिर्ता ल्याउने शर्तमा भन्सार महसुल नलिई लगतमा राखी पैठारी वा निकासी गर्न दिन सकिनेछ।
(ङ) स्थायी स्वीकृतिप्राप्त ट्राभल एजेन्सी, ट्रेकिङ्ग एजेन्सी, र्याफ्टिङ्ग एजेन्सी र तारे तथा रिसोर्ट होटलले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा पैठारी गर्ने उपशीर्षक ८७०२.१०.१०, ८७०२.२०.१०, ८७०२.३०.१० र ८७०२.९०.१०, ८७०२.१०.२०, ८७०२.२०.२०, ८७०२.३०.२० र ८७०२.९०.२० मा पर्ने यात्रुहरु बोक्ने मोटर गाडीहरु मध्ये जम्मा दुई थानमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने।
तर त्यसरी पैठारी हुने सवारी साधन पैठारी भएको दश वर्षसम्म निजी सवारीको रूपमा दर्ता वा नामसारी गर्न नपाइने र सवारी साधनमा बाहिरपट्टि त्यस्ता एजेन्सी वा होटलको नाम लेखिएको हुनु पर्नेछ। त्यस्तो सवारी साधन दश वर्ष नपुगी नामसारी गरेमा प्रचलित कानून बमोजिमको पूरै भन्सार महसुल लाग्नेछ र दश वर्षपछि नामसारी भएमा भन्सार महसुल लाग्ने छैन। एक पटक त्यस्तो सुविधा उपभोग गरिसकेको दश वर्ष व्यतित गरिसकेपछि मात्र पुनः त्यस्तो सुविधा प्रदान गरिनेछ
(च) तारे होटल वा रिसोर्टले स्वीकृत योजना अनुसार होटलको निर्माणका लागि पर्यटन विभागको सिफारिसमा पहिलो पटक पैठारी गर्दा निम्न उपशीर्षकमा पर्ने वस्तुमा पाँच प्रतिशत भन्सार महसुल लाग्नेछः-
उपशीर्षक ९४०३.१०.००, ९४०३.२०.९०, ९४०३.४०.००, ९४०३.५०.००, ९४०३.६०.००, ९४०३.७०.९०, ९४०३.८२.००, ९४०३.८३.००, ९४०३.८९.००, ९४०४.१०.०० मा पर्ने फर्निचर तथा फिक्चर्स; उपशीर्षक ९४०६.९०.९० मा पर्ने पुनर्निर्मित भवन; शीर्षक ३२.०८, ३२.०९ र ३२.१० अन्तर्गतका सबै उपशीर्षकमा पर्ने रङ; उपशीर्षक ५७०२.३२.००, ५७०२.३९.००, ५७०२.४२.००, ५७०२.४९.९०, ५७०२.५०.००, ५७०२.९२.००, ५७०२.९९.००, ५७०३.२१.००, ५७०३.२९.००, ५७०३.३१.००, ५७०३.३९.००, ५७०३.९०.१० र ५७०३.९०.९० मा पर्ने कार्पेट; उपशीर्षक ७००७.१९.०० मा पर्ने काँच र काँचका सामान; उपशीर्षक ८५३६.१०.००, ८५३६.२०.००, ८५३६.३०.००, ८५३६.४९.००, ८५३६.६१.००, ८५३९.१०.००,
८५३९.२१.००, ८५३९.२२.००, ८५३९.२९.००, ८५३९.३१.००, ८५३९.३२.००, ८५३९.३९.००, ८५३९.४१.००, ८५३९.४९.००, ८५३९.९०.०० मा पर्ने इलेक्ट्रिक इन्स्टलेशन; उपशीर्षक ८४५१.१०.०० मा पर्ने ड्राइक्लिनिङ्ग मेशिन; उपशीर्षक ६३०२.३१.१०, ६३०२.३१.९०, ६३०२.३२.१०, ६३०२.३२.९०, ६३०२.३९.१०, ६३०२.३९.९०, ६३०२.९१.००, ६३०२.९३.००, ६३०२.९९.०० मा पर्ने हाउसकिपिङ्गका वस्तु; उपशीर्षक ८४१४.३०.००, ८४१४.४०.०० मा पर्ने कम्प्रेशर; उपशीर्षक ८४१४.१०.०० मा पर्ने भ्याकुम पम्प; उपशीर्षक ८३०१.४०.०० मा पर्ने डोर लक्स; उपशीर्षक ८५०४.३३.०० मा पर्ने ट्रान्सफर्मर; उपशीर्षक ८५०२.१२.००, ८५०२.१३.००, ८५०२.२०.०० मा पर्ने जेनेरेटर; उपशीर्षक ८२१४.९०.००, ८२१५.१०.००, ८२१५.२०.००, ८२१५.९१.००, ८२१५.९९.०० मा पर्ने क्रकरी तथा कटलरी; उपशीर्षक ७०१३.१०.००, ७०१३.२२.००, ७०१३.२८.००, ७०१३.३३.००, ७०१३.३७.००, ७०१३.४१.००, ७०१३.४२.००, ७०१३.४९.००, ७०१३.९१.००, ७०१३.९९.०० मा पर्ने ग्लासवेयर; उपशीर्षक ७३२३.९३.०० मा पर्ने टेबुलवेयर; उपशीर्षक ६९१०.१०.०० र ८४८१.८०.९० मा पर्ने सेनिटरी फिटिङ्ग,
माथि उल्लिखित वस्तुमध्ये क्रकरी, ग्लासवेयर, कट्लरी, टेबुलवेयर, सेनेटरी फिटिङ्ग र लिनेनमा होटलको नाम र चिन्ह अङ्कित भएको हुनु पर्नेछ।
(छ) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा सरकारी, सामुदायिक वा मुनाफा वितरण नगर्ने अस्पतालले पैठारी गर्ने उपशीर्षक ८७०२.१०.२०, ८७०२.२०.२०, ८७०२.३०.२० र ८७०२.९०.२० मा पर्ने यात्रुहरु बोक्ने मोटर गाडीहरुमा देहाय बमोजिमको संख्यामा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट दिइनेछः-
(अ) न्यूनतम पन्ध्र शय्यादेखि पचास शय्यासम्म भएको अस्पतालको लागि एउटा र पचास शय्याभन्दा बढी भएको अस्पतालको लागि दुई वटा,
(आ) उपखण्ड (अ) बमोजिम सुविधामा पैठारी भएको यात्रुहरु बोक्ने मोटर गाडीहरु पुरानो भई प्रयोग गर्न नसकिने भएमा त्यसलाई स्क्र्याप गरी सोको प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि सोही प्रकारको अर्को मोटर गाडी पैठारी गर्दा समेत यो सुविधा दिइनेछ।
(ज) चलचित्र धुलाई गर्ने, ध्वनि भर्ने वा निर्माण गर्ने उद्देश्यले दर्ता भएका उद्योग वा कम्पनीले चलचित्र विकास बोर्डको सिफारिसमा पैठारी गर्ने देहायको उपखण्ड (अ) मा उल्लिखित वस्तु र चलचित्र प्रदर्शन गर्ने उद्देश्यले दर्ता भएका उद्योग वा कम्पनीले उपखण्ड (आ) मा उल्लिखित वस्तु पहिलो पटक पैठारी गर्दा दुई दशमलव पाँच प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिइनेछ। त्यसरी सिफारिस गर्दा चलचित्र विकास बोर्डले
सम्बन्धित उद्योग वा कम्पनीको क्षमता र प्रयोगको आधारमा परिमाण किटान गरेर सिफारिस गर्नु पर्नेछः-
(अ) उपशीर्षक ९०१०.५०.०० मा पर्ने कम्प्युटराइज्ड प्रिभ्यूएबल, भिडियो एसिष्ट सहित कलर एनालाइजिङ्ग (करेक्सन) मेशिन सेट, फाइनल प्रिन्टिङ्ग तथा फाइनल प्रोसेसिङ्ग मेशिन, प्रोसेसर तथा प्रिन्टर, एनालाइजर, स्टेनवेक, साउन्ड रिडर, सिक्रोमिटर, डबर, मिक्ससचर, अडियो मिक्सिङ्ग कन्सोल, स्पालाइजर, रिवाइण्डर, कलर करेक्सन समेतको टेलिसिने मेशिन, साउण्ड अप्टिकल ट्रान्सफरिङ्ग मेशिन सेट, रिफ्लेक्टर, वेवी, सुपर मल्टी-१०, मल्टी-२० सोलार, एच.एम.आई, रेक्टिफाईस, प्रोजेक्ट कन्सोल, डिजिटल फिल्म सर्वर, सवउफर्स, फिल्म प्लाटर्स, फिल्म अटोमेशन इक्विपमेण्ट्स, टेलिसिने सम्बन्धी उपकरण; उपशीर्षक ८५२८.४९.०० मा पर्ने मनिटर; उपशीर्षक ९००७.२०.०० मा पर्ने प्रोजेक्टर र उपशीर्षक ९००२.११.०० मा पर्ने प्रोजेक्टर लेन्स, साउण्ड अप्टिकल क्यामराको लेन्स र लेन्स; उपशीर्षक ८५२८.५९.०० मा पर्ने एच.डी. मोनिटर; उपशीर्षक ८४२६.३०.०० मा पर्ने जीब क्रेन; उपशीर्षक ८५१९.८१.०० र उपशीर्षक ८५१९.८९.०० मा पर्ने साउण्ड रेकर्डर; उपशीर्षक ८५२८.६९.०० मा पर्ने प्रिन्ट प्रिभ्यू प्रोजेक्टर, उपशीर्षक ९००६.५३.०० र ९००६.५९.०० मा पर्ने क्यामरा; उपशीर्षक ९००२.२०.०० मा पर्ने फिल्टर; उपशीर्षक ९००७.९१.०० मा पर्ने क्यामरा स्टेण्ड; उपशीर्षक ८५०४.४०.९० मा पर्ने ब्याट्री चार्जर; उपशीर्षक ८७१६.८०.०० मा पर्ने ट्रली; उपशीर्षक ८४२६.११.०० मा पर्ने क्रेन पहिलो पटक पैठारी गर्दा दुई दशमलव पाँच प्रतिशत भन्सार महसुल लिई बाँकी भन्सार महसुल छुट दिइने,
(आ) शीर्षक ९४.०१ अन्तर्गत पर्ने लक्जरी सिट; उपशीर्षक ८४१५.१०.०० मा पर्ने ४ टनभन्दा बढी क्षमताको एयर कण्डिसनर; उपशीर्षक ८५३९.२९.०० मा पर्ने प्रोजेक्टर ल्याम्प र जेनन बल्ब; उपशीर्षक ९००२.११.०० मा पर्ने प्रोजेक्टर लेन्स; उपशीर्षक ९००७.२०.०० मा पर्ने प्रोजेक्टर; उपशीर्षक ९०१०.६०.०० मा पर्ने प्रोजेक्सन स्क्रिन, उपशीर्षक ८५१८.४०.०० र ८५१८.५०.०० मा पर्ने एम्प्लिफायर; उपशीर्षक ८५१८.२१.०० र ८५१८.२२.०० मा पर्ने स्पिकर।
(झ) नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा पर्वतारोहण दलले नेपालका हिमाल आरोहण गर्नको निमित्त पैठारी गर्ने नेपालमा खपत हुने मदिरा तथा चुरोट बाहेकका वस्तुमा दश प्रतिशतभन्दा बढी भन्सार महसुल लाग्ने भएमा दश प्रतिशत मात्र भन्सार महसुल लाग्नेछ। त्यस्तो दलले पैठारी गर्ने नेपालमा खपत नहुने वस्तुको हकमा लाग्ने महसुल धरौटीमा लिई वस्तु फिर्ता गरेपछि धरौटी रकम फिर्ता दिइनेछ,
(ञ) उद्योग विभागको सिफारिसमा संक्षेपित तन्तुको धागो (सेन्थेटिक यार्न) उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि आवश्यक उपशीर्षक ३९०२.१०.०० मा पर्ने पी.पी. ग्रेनुयल्सको पैठारीमा दुई दशमलव पाँच प्रतिशत भन्सार महसुल लाग्नेछ,
(ट) सिरिञ्ज उत्पादन गर्ने उद्योग र स्लाइन पानी उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनको लागि आवश्यक पर्ने परिमाणसम्मको भाग ३९ मा पर्ने प्लाष्टिक दानामा उद्योग विभागको सिफारिसमा पैठारी गर्दा दुई दशमलव पाँच प्रतिशत भन्सार महसुल लाग्नेछ। उद्योग विभागले त्यसरी सिफारिस गर्दा उद्योगले उत्पादन तथा बिक्री गरेको सिरिञ्ज वा स्लाइन बोतलको परिमाण, त्यस्तो वस्तु उत्पादन गर्दा लाग्ने प्लाष्टिक दानाको परिमाण र खपत अनुपात समेतका आधारमा एक आर्थिक वर्षको लागि आवश्यक पर्ने प्लाष्टिक दानाको परिमाण एकैपटक सिफारिस गर्नु पर्नेछ,
(ठ) मुटुको शल्यक्रिया गर्दा प्रयोग हुने उपशीर्षक ९०१८.९०.९० मा पर्ने कष्टम ट्यूबिङ्ग प्याक (सी.टि.पी.) उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादनको लागि आवश्यक पर्ने परिमाणसम्मको उपशीर्षक ३९१७.३९.०० मा पर्ने मेडिकल पी.भि.सी. ट्यूब र सोको सहायक सामग्री उद्योग विभागको सिफारिसमा पैठारी गर्दा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(ड) पचास वटा भन्दा बढी दुधालु गाई वा भैंसी पाल्ने पशु फार्म र कृषि सहकारीले आफ्नो प्रयोजनको निमित्त नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्ने शीर्षक ८७.०४ मा पर्ने जुनसुकै एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ। त्यस्तो ढुवानीका साधन पैठारी गरेको मितिले सात वर्षसम्म बिक्री वितरण वा नामसारी गर्न पाइने छैन,
(ढ) चिया उद्योगले चिया ढुवानी गर्ने प्रयोजनको निमित्त उपशीर्षक ८७०४.२१.२० मा पर्ने पिकअप वा उपशीर्षक ८७०४.३२.९० मा पर्ने मिनि ट्रक नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गरेमा सात वर्षसम्म बिक्री वितरण वा नामसारी गर्न नपाउने गरी एक पटकका लागि देहाय बमोजिमको संङ्ख्यामा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछः-
(अ) दश बिगाहादेखि तीस बिगाहासम्म क्षेत्रफलमा चिया खेती गरी चिया उत्पादन गर्ने उद्योगलाई एउटा,
(आ) तीस बिगाहाभन्दा बढी क्षेत्रफलमा चिया खेती गरी चिया उत्पादन गर्ने उद्योगलाई दुई वटा।
(ण) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पशुपन्छी पालन उद्योग, कृषि फर्म तथा कम्पनी र कृषि सहकारी संस्थाले पैठारी गर्ने कृषिजन्य उत्पादन सुरक्षित गर्न निर्माण गरिने शीत भण्डारको लागि आवश्यक पर्ने उपशीर्षक ३९२५.९०.२० मा पर्ने पफ स्याण्डविच वाल एण्ड रुफ प्यानलमा दश प्रतिशत भन्सार महसुल लाग्ने,
(त) नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सामुदायिक शिक्षण संस्थाले विद्यार्थी ल्याउने लैजाने प्रयोजनका लागि तीस सिटभन्दा बढी क्षमताको उपशीर्षक ८७०२.१०.१०, ८७०२.२०.१०, ८७०२.३०.१०, ८७०२.४०.१०, ८७०२.९०.१० मा पर्ने यात्रु बोक्ने मोटर गाडीमा पाँच सय विद्यार्थीसम्म अध्ययनरत भएका शिक्षण
संस्थालाई एउटा र सोभन्दा बढी विद्यार्थी अध्ययनरत शिक्षण संस्थालाई थप एउटा यात्रु बोक्ने मोटर गाडी पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पचहत्तर प्रतिशत छुट दिइनेछ।
(थ) नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सिफारिसमा नेपाल सरकारबाट स्वीकृति प्राप्त निजी स्वास्थ्य संस्थाले पैठारी गर्ने मृगौला उपचारमा प्रयोग हुने उपशीर्षक ९०१८.९०.९० मा पर्ने हेमो डायलाइसिस मेशिन, डाइलासिस रिप्रोसेसर, डायलाइजर र यसको ट्यूबिङ्ग; उपशीर्षक ९४०२.९०.२० मा पर्ने डाइलासिस बेड तथा उपशीर्षक ९४०२.९०.९० मा पर्ने कुर्सी; मुटुको रोग निदान तथा उपचारमा प्रयोग हुने उपशीर्षक ९०१८.११.०० मा पर्ने इकोकार्डियोग्राफ; उपशीर्षक ९०१८.९०.९० मा पर्ने भिडियो स्कोप, क्याथल्याब, हर्ट लङ्ग मेशिन र डिफ्रिब्रिलेटर; क्यान्सर रोगको निदान तथा उपचारमा प्रयोग हुने उपशीर्षक ९०२२.१२.०० मा पर्ने पोजिट्रोन इमिशन टोमोग्राफी (पेट) स्क्यान मेशिन, कम्प्युटेड टोमोग्राफी (सि.टी.) स्क्यान मेशिन, मेमोग्राफी; उपशीर्षक ९०२२.२१.०० मा पर्ने ब्रेसीथेरापी र लिनियर एक्सिलरेटर; रोग निदानमा प्रयोग हुने उपशीर्षक ९०१८.१९.९० मा पर्ने फ्लो साइटोमिटर, नेक्स्ट जेनेरेशन सिक्वेन्सर र प्रोटिन माइक्रोएरी प्लेटफर्म; उपशीर्षक ९०१८.९०.३० मा पर्ने मल्टिप्लेक्स रियल टाइम पि.सी.आर. र उपशीर्षक ९०१८.१३.०० मा पर्ने म्याग्नेटिक रिजोनेन्स इमेजिङ्ग (एम.आर.आई.) मेशिनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(द) पशु सेवा विभागको सिफारिसमा भेटेरिनरी अस्पतालले पैठारी गर्ने उपशीर्षक ८५४३.७०.०० मा पर्ने मेटल डिटेक्टर; उपशीर्षक ९०१८.१२.०० मा पर्ने अल्ट्रासाउण्ड; उपशीर्षक ९०१८.९०.९० मा पर्ने ग्यास एनेस्थेसिया सेट; उपशीर्षक ९०२२.१४.०० मा पर्ने एक्स-रे मेशिनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(ध) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा मोबाइल भेटेरिनरी सेवा प्रदान गर्ने संस्थाले मोबाइल भेटेरिनरी सेवा सञ्चालनका लागि आवश्यक पर्ने भेटेरिनरी एम्बुलेन्स र प्रयोगशाला तथा डायोग्नोष्टिक सुविधा जडित उपशीर्षक ८७०५.९०.९० मा पर्ने मोटर गाडी पैठारी गर्दा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने,
(न) तराईमा पाँच हेक्टरभन्दा बढी र पहाड तथा हिमालमा तीन हेक्टरभन्दा बढी क्षेत्रफलमा सामूहिक कृषि खेती गर्ने कृषि सहकारी संस्थाले आफ्नो उत्पादन ढुवानी गर्ने प्रयोजनका लागि नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्ने उपशीर्षक ८७०४.२१.१० वा ८७०४.२२.१० मा पर्ने डबल क्याब पिकअप; उपशीर्षक ८७०४.२१.५०, वा ८७०४.२२.७० वा ८७०४.२३.१० वा ८७०४.३१.५० वा ८७०४.३२.५० वा ८७०४.४१.५० वा ८७०४.४२.७० वा ८७०४.५१.५० वा ८७०४.५२.७० वा ८७०४.६०.१० मा पर्ने प्रशितक प्रणाली (रेफ्रिजरेटिङ्ग सिष्टम) जडान गरिएको ढुवानी साधन बाहेक जुनसुकै प्रकारका एउटा ढुवानीको साधनमा लाग्ने भन्सार
महसुलमा पचास प्रतिशत छुट हुनेछ। त्यस्तो ढुवानीको साधन पैठारी गरेका मितिले सात वर्षसम्म बिक्री वितरण वा नामसारी गर्न पाइने छैन,
(प) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा कृषि सहकारीले सङ्कलन गर्ने कृषिजन्य उत्पादन ढुवानी गर्न पैठारी गर्ने शीर्षक ८७.०४ पर्ने डबल क्याप पिकअप बाहेकको एक थान ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ। त्यस्तो ढुवानी साधन पैठारी गरेका मितिले सात वर्षसम्म बिक्री वितरण वा नामसारी गर्न पाइने छैन,
(फ) उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिमाणको आधारमा कडा बनाइएको (तापित) सुरक्षित काँच बनाउने उद्योगले उद्योग विभागको सिफारिसमा उपशीर्षक ७००५.२१.०० र ७००५.२९.०० मा पर्ने काँचको पैठारी गर्दा पच्चीस प्रतिशत भन्सार महसुल लाग्नेछ।
(ब) लाइट गेज फ्रेमिङ सिस्टममा आधारित प्रविधिबाट भवन निर्माण गर्ने गरी दर्ता भएका उद्योगले पैठारी गर्ने भन्सार उपशीर्षक ७२१०.६१.०० अन्तर्गतको आलमुनियम-जिङ्क मिश्र धातुको जलप वा लेप लगाएको वस्तुमा उद्योग विभागको सिफारिसमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने।
(भ) घाँसको उत्पादन गरी निकासी गर्ने उद्देश्यले दर्ता भएका फर्मले कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गर्ने शीर्षक ३९.२० र ३९.२१ मा पर्ने प्लाष्टिकका सिट पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(म) उद्योग विभागको सिफारिसमा फ्लेक्स ब्यानर उत्पादन गर्ने उद्योगले पैठारी गर्ने शीर्षक ३९.२० मा पर्ने प्लास्टिकका सिट, फिल्म तथा उपशीर्षक ६००५.३६.०० मा पर्ने बुनेको कपडामा भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
(य) उद्योगको उत्पादन क्षमता र वार्षिक खपत परिमाणको आधारमा उद्योग विभागको सिफारिस अनुसार जस्तापाता उत्पादन गर्ने उद्योगले पैठारी गर्ने शीर्षक ३२.०८ र ३२.०९ अन्तर्गतको रङ्ग (पेन्ट) मा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुनेछ।
७. भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण छुट हुनेः देहायका वस्तु पैठारी गर्दा भन्सार महसुल तथा कृषि सुधार शुल्क पूर्ण रूपमा छुट हुनेछः-
(क) उपशीर्षक ०१०५.११.००, ०१०५.१२.००, ०१०५.१३.००, ०१०५.१४.००, ०१०५.१५.००, ०१०५.९४.००, ०१०५.९९.०० र ०१०६.३३.०० मा पर्ने प्रजननका लागि पैठारी हुने (प्यारेन्ट स्टक) चल्ला,
(ख) उपशीर्षक ०६०१.१०.००, ०६०१.२०.००, ०६०२.१०.००, ०६०२.२०.००, ०६०२.३०.००, ०६०२.४०.०० र ०६०२.९०.०० मा पर्ने फलफूल तथा फूलका गाना तथा जराहरू, फलफूल तथा फूलका बिरूवा र कलमी बिरूवाहरू र उपशीर्षक १२०९.३०.०० मा पर्ने फूलको बिउबिजन,
(ग) कुखुराको दाना उत्पादन गर्ने उद्योग वा ह्याचरी फर्महरूले पैठारी गर्ने कुखुराको दानामा प्रयोग हुने उपशीर्षक ०५०६.१०.०० र ०५०६.९०.०० मा पर्ने हाडको धुलो र अवशेष,
(घ) नेपालमा जैविक मल उत्पादन गर्ने गरी दर्ता भएका उद्योगले जैविक मलको उत्पादनका लागि पैठारी गर्ने उपशीर्षक २३०६.९०.०० मा पर्ने निमखली र अण्डीखली,
(ङ) जैविक इन्धन उत्पादनको लागि पैठारी गरिने उपशीर्षक १४०४.९०.९९ मा पर्ने सजिवन (जट्रोफा) को दाना तथा बिउ (सिड्स्),
(च) पशु सेवा विभागको सिफारिसमा नस्ल सुधारको लागि पैठारी गरिने भाग १ मा पर्ने जीवित चौपाया पशु,
(छ) नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा पैठारी गरिने उन्नत जातका फलफूलका बिरुवा।
८. पैठारी सम्बन्धी विशेष व्यवस्था : (१) वस्तु पैठारी गर्दा एक पटकमा एउटा कन्साइन्मेन्टबाट उस्तै प्रकृतिका वस्तु मात्र पैठारी गर्न पाइने गरी विभागले तोक्न सक्नेछ। त्यसरी तोकेको भन्दा फरक किसिमबाट वस्तु पैठारी भएको पाइएमा त्यस्तो कन्साइनमेन्टमा घोषित वस्तुमा लाग्ने महसुल र सोको पचास प्रतिशत जरिबाना गरी भन्सार अधिकृतले जाँचपास गर्न सक्नेछ।
(२) व्यावसायिक प्रयोजनका लागि पैठारी हुने खाद्य सामग्री वा सोको प्याकिङ्गमा वस्तुको ब्राण्ड, लेबल, लेबलमा कच्चापदार्थको मिश्रण र उपभोग्य मिति तथा खाद्य सामग्री बाहेकका अन्य तयारी वस्तुको हकमा सो वस्तु वा सोको प्याकिङ्गमा वस्तुको ब्राण्ड र लेबल समेत खुलाएको हुनु पर्नेछ। त्यस्तो विवरण नखुलेको वस्तु र नक्कली वस्तु पैठारी गरेको वा गर्न खोजेको पाइएमा त्यस्तो वस्तु भन्सार अधिकृतले जफत गरी त्यसरी जफत गरिएको वस्तु सडाउन लाग्ने खर्च समेत पैठारीकर्ताबाट असुल गर्नेछ।
(३) नेपालभित्र प्रतीतपत्रको माध्यमद्वारा भुक्तानी हुने गरी पैठारी हुने वस्तुको हकमा प्रतीतपत्र खोल्दाकै अवस्थामा र अन्य बैङ्किङ्ग प्रणालीमार्फत भुक्तानी हुने गरी पैठारी भएको वस्तुहरूको हकमा प्रोफर्मा इन्भ्वाइस तथा बीजकमा वस्तुको किटानी (स्पेसिफिक) विवरण, वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रतिएकाइ मूल्य र परिमाण, उत्पत्तिको मुलुक तथा यथासम्भव वस्तुको प्रकृति अनुसार ब्राण्ड नाम, मोडेल नम्बर र कम्पनी समेत खुलाउनु पर्नेछ। वस्तु धनी वा भन्सार एजेण्टले पैठारी गर्ने वस्तुको घोषणा गर्दा बीजकमा उल्लिखित वस्तुलाई प्रज्ञापनपत्रमा अलग अलग घोषणा (सिङ्गल इन्ट्री) गर्नु पर्नेछ। वस्तुलाई अलग अलग घोषणा (सिङ्गल इण्ट्री) गरेको नपाइएमा वा प्रतीतपत्र, प्रोफर्मा इन्भ्वाइस तथा बीजकमा वस्तुको किटानी (स्पेसिफिक) विवरण, वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रतिएकाइ मूल्य, परिमाण, उत्पत्तिको मुलुक, वस्तुको प्रकृति अनुसारको ब्राण्ड नाम, मोडेल नम्बर र कम्पनी जस्ता विवरण उल्लेख गरेको नपाइएमा भन्सार अधिकृतले सो बमोजिम
घोषणा गर्न लगाई त्यस्ता वस्तुमा भन्सार अधिकृतले निर्धारण गरेको मूल्यको दुई प्रतिशत थप रकम असुल गरी जाँचपास गर्न सक्नेछ।
(४) पैठारी हुने तयारी वस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता वस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनु पर्नेछ। त्यसरी लेबल नलगाई बजारमा बिक्री वितरणको लागि पठाइएको पाइएमा अनुगमन गर्ने अधिकारीले त्यस्ता वस्तु जफत गर्न सक्नेछ।
९. निजी क्षेत्रबाट सञ्चालित कुरियरबाट हुने निकासी वा पैठारी सम्बन्धी व्यवस्थाः निजी क्षेत्रबाट सञ्चालित कुरियरमार्फत हुने निकासी पैठारीका सम्बन्धमा देहायको व्यवस्था लागू हुनेछः-
(१) देहायका वस्तु कुरियरबाट पैठारी गर्न पाइने छैनः-
(क) एक पोकामा पच्चिस किलोग्रामभन्दा बढी तौल भएको,
(ख) जनावर तथा तिनका अङ्ग,
(ग) वनस्पति र तिनका अङ्ग,
(घ) जुनसुकै स्वरुपका सुन, चाँदी तथा गरगहना,
(ङ) बहुमूल्य तथा अर्धबहुमूल्य पत्थर,
(च) प्रचलित कानून बमोजिम पैठारीको लागि प्रतिबन्ध लगाइएका अन्य वस्तु।
(२) देहायका वस्तु कुरियरबाट निकासी गर्न पाइने छैनः-
(क) निकासी महसुल लाग्ने वस्तु,
(ख) कच्चापदार्थ पैठारी गर्दा बण्डेड वेयरहाउस तथा नगद धरौटीको सुविधा उपभोग गरेका उद्योगले निकासी गर्ने वस्तु,
(ग) प्रचलित कानून बमोजिम निकासीको लागि प्रतिबन्ध लगाइएका अन्य वस्तु।
(३) कुरियर कम्पनीले आफ्नो कुरियरमार्फत हुने पैठारी वा निकासीको कन्सोलिडेटेड मेनिफेस्ट अग्रिम रुपमा भन्सार कार्यालयमा प्रस्तुत गर्नु पर्नेछ। भन्सार कार्यालयले वस्तु जाँचपास गर्दा प्रज्ञापनपत्रका साथ त्यस्तो मेनिफेष्टको प्रतिलिपि अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ।
(४) नमुना (स्याम्पल) वा निःशुल्क उपहारको रुपमा एक कन्साइन्मेन्टमा पाँच सय अमेरिकी डलर मूल्यसम्मको वस्तु भुक्तानी प्रक्रियाबिना पैठारी गर्न सकिनेछ। व्यापारिक प्रयोजनका हकमा अधिकतम एक हजार अमेरिकी डलर मूल्यसम्मको वस्तु स्वीकृत बैङ्किङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी पैठारी गर्न सकिनेछ र त्यसरी हुने पैठारीका हकमा सामान्य भन्सार प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
(५) नमुना (स्याम्पल) वा निःशुल्क उपहारको रुपमा एक कन्साइन्मेन्टमा एक हजार अमेरिकी डलर मूल्यसम्मको वस्तु भुक्तानी प्रक्रियाबिना निकासी गर्न सकिनेछ। व्यापारिक प्रयोजनका हकमा अधिकतम दश हजार अमेरिकी डलर मूल्यसम्मको वस्तु
स्वीकृत बैङ्किङ्ग प्रणाली अन्तर्गत भुक्तानी हुने गरी निकासी गर्न सकिनेछ र त्यसरी हुने निकासीका हकमा सामान्य भन्सार प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
(६) निकासी वा पैठारी गर्दा प्रेषकले प्रत्येक पोकामा रहेको वस्तुको तौल समेतको विवरण र मूल्य खुलेको फाराम वा कन्सोलिडेटेड मेनिफेष्ट प्रत्येक पोकासँगै पठाउनु पर्नेछ।
(७) निकासी पैठारी हुने वस्तु जाँचपास गर्दा प्रज्ञापनपत्रकासाथ बुँदा (६) बमोजिमको फाराम वा मेनिफेष्टको प्रतिलिपि संलग्न गर्नु पर्नेछ।
(८) नेपाल सरकारको स्वीकृति लिई निकासी वा पैठारी हुने वस्तु तथा डाक्टरको प्रेस्क्रिप्सनका आधारमा पैठारी हुने औषधिको हकमा बुँदा (४) र (५) बमोजिमको मूल्यको बन्देज लागू हुने छैन।
(९) बुँदा (४) र (५) बमोजिम निकासी वा पैठारी हुने नमुना वा उपहारका हकमा अन्य आवश्यक कागजातका अतिरिक्त बुँदा (६) बमोजिमको फाराम वा मेनिफेस्ट संलग्न गरी सम्बन्धित कुरियर कम्पनीकै नाममा प्रज्ञापनपत्र भरी जाँचपास गर्न सकिनेछ।
(१०)यस प्रकरण बमोजिमको व्यवस्था जुनसुकै मुलुकबाट हुने पैठारी वा जुनसुकै मुलुकमा हुने निकासीका हकमा लागू हुनेछ।
(११)बुँदा (४) र (५) मा तोकिएको मूल्यको सीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गरेमा सोही बमोजिम हुनेछ।
(१२)यस प्रकरणको कार्यान्वयनमा कुनै बाधा अड्काउ परेमा महानिर्देशकले त्यस्तो बाधा अड्काउ फुकाउन वा यस प्रकरणमा उल्लिखित प्रक्रियालाई आवश्यकता अनुसार सरलीकरण गर्न सक्नेछ।
१०. विविधः (१) देहायमा उल्लेख भए बाहेक पुराना तथा प्रयोग भएका वस्तुहरू पैठारी गर्न पाइने छैनः-
(क) कुनै उद्योगले आफ्नो उद्योगको सञ्चालनको लागि पैठारी गर्ने भाग ८४ मा पर्ने उत्पादन मितिले पाँच वर्ष ननाघेका मेशिनरी तथा यन्त्र उपकरण।
तर मुद्रण उद्योगले आफ्नो उद्योगको प्रयोजनको लागि उत्पादनको मितिले दश वर्ष ननाघेको मुद्रण यन्त्र (प्रिन्टिङ्ग मेशिन) पैठारी गर्न सक्नेछ।
(ख) उद्योगले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने धातुका पत्रु (मेटल स्क्र्याप), उपशीर्षक ४०१२.२०.०० मा पर्ने प्रयोग गरिएका (युज्ड/स्क्र्याप) टायर, शीर्षक ४०.०४ मा पर्ने स्क्रेप ट्युव; उपशीर्षक ८५४९.११.०० र ८५४९.१२.०० मा पर्ने पुराना ब्याट्री, शीर्षक ४७.०७ मा पर्ने रद्दी कागज (वेस्ट एण्ड स्क्र्याप) र रोजिन तथा टर्पेन्टाइन उद्योगले आफ्नो प्रयोजनका लागि पैठारी गर्ने उपशीर्षक ८००७.००.१० मा पर्ने प्रयोग गरेका खाली टिनका डिब्बा र कत्था उद्योगले पैठारी गर्ने शीर्षक ३९.२३ मा पर्ने प्रयोग भएका बट्टा तथा ड्रमहरु।
(ग) हवाई सेवा कम्पनीहरूले हवाई सेवा सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा पुराना वा प्रयोग भएका हवाईजहाज, हेलिकोप्टर र तिनका इञ्जिन तथा फेडरल एभिएशन एड्मिन्सट्रेशन (एफ.ए.ए.), यूरोपियन एभिएशन सेफ्टी एजेन्सी (इ.ए.एस.ए.) वा सम्बन्धित देशका नागरिक उड्डयन प्राधिकरण (सी.ए.ए.) बाट स्वीकृत प्राप्त मेन्टिनेन्स रिपियर ओभरहल (एम.आर.ओ.) कम्पनीले मेन्टिनेन्स मर्मत सम्भार वा ओभरहल गरी एयरओर्दिनेस स्टाण्डर्ड प्रमाणीकरण गरेका वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतिप्राप्त कम्पनीले मर्मत सम्भार वा ओभरहल गरेका हवाईजहाज र हेलिकोप्टरका अन्य पार्टपुर्जा।
(घ) यात्रुले साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी मन्त्रालयको सूचना अन्तर्गत पैठारी गर्न पाइने निजी प्रयोगका वस्तु।
(ङ) नेपाल सरकारको स्वीकृति लिई राहत तथा उद्धार कार्यका लागि अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट सहयोगस्वरूप पैठारी हुने वस्तु।
(च) नेपालमा सञ्चालित आयोजनाको लागि आयोजना तथा ठेकेदारले पछि फिर्ता लैजाने शर्तमा पैठारी गर्ने पुराना मिल मेशिनरी तथा यन्त्र उपकरण र पछि फिर्ता लैजाने शर्तमा नेपाल आयल निगमले भारतीय आयल निगमबाट पैठारी गर्ने पुराना रिफ्यूलर ट्याङ्कर; वैदेशिक सहायतामा सञ्चालित टर्न की आयोजनाको लागि पछि फिर्ता लैजाने शर्तमा आयोजना वा ठेकेदारले पैठारी गर्ने पुराना सवारी तथा ढुवानीका साधन।
(छ) यस बुँदामा उल्लेख गरिएदेखि बाहेकका पुराना वा प्रयोग भएका वस्तु र उत्पादन मिति नखुलेका मिल मेशिनरी तथा यन्त्र उपकरण पैठारी गरेको पाइएमा जफत गरिनेछ।
(२) चीनको तिब्बतबाट वस्तु पैठारी गर्दा देहायमा उल्लिखित वस्तु वस्तु विनिमय वा बैङ्किङ्ग प्रणाली अनुसार र अन्य सबै वस्तु बैङ्किङ्ग प्रणाली अनुसार गर्नु पर्नेछः-
(क) कच्चा ऊन,
(ख) जीवित भेडा च्याङ्ग्रा,
(ग) नून,
(घ) चौंरी गाई र चौंरी गाईको पुच्छ्रर,
(ङ) गलैंचा,
(च) जडीबुटी।
तर निकासी गर्दा र सोह्र हजार रुपैयाँसम्मको वस्तु पैठारी गर्दा बैङ्किङ्ग प्रणाली अनिवार्य हुने छैन।
(३) ब्रुअरी कम्पनीले क्राउनकर्क पैठारी गर्दा आन्तरिक राजस्व कार्यालयको सिफारिसमा मात्र पैठारी गर्नु पर्नेछ।
(४) तेस्रो मुलुक तथा चीनको तिब्बतमा निकासी हुने वस्तु कुनै निकासीकर्ताले काठमाडौँस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय र चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गराई बन्द कन्टेनरमा भन्सारको सिलछाप लगाई दक्षिण सीमास्थित भन्सार कार्यालय तथा उत्तरी सीमामा अवस्थित तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट निकासी गर्न चाहेमा विभागले प्रक्रिया तोकी त्यस्तो सुविधा प्रदान गर्नेछ।
(५) कुनै सरकारी निकाय, उद्योग, व्यक्ति, संस्था वा विदेशी नागरिकले व्यापारिक प्रयोजन बाहेक कुनै खास प्रयोजनको लागि पछि फिर्ता लैजाने शर्तमा पैठारी गर्ने वस्तु सम्बन्धित मन्त्रालय वा दूतावासको सिफारिसमा बढीमा तीन महिनासम्मको लागि लगतमा राखी पैठारी गर्न दिन सकिनेछ। त्यसरी सिफारिस नभएको अवस्थामा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता गर्ने शर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्क बापत नगद धरौटी वा बैङ्क जमानत लिई जाँचपास गर्न स्वीकृति दिन सक्नेछ। त्यसरी तोकिएको अवधिमा वस्तु फिर्ता गरेमा सो वस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैङ्क जमानतमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा गरिनेछ। त्यस्तो तोकिएको अवधिमा वस्तु फिर्ता नगरेमा सो वस्तु जफत गरी बैङ्क जमानत वा नगद धरौटीबाट महसुल बराबरको रकम राजस्वमा आम्दानी बाँधिनेछ।
तर विपद्को अवस्थामा उद्धार तथा राहत कार्यमा प्रयोग हुने तथा उद्धार तथा राहतका लागि आउने विदेशी व्यक्तिलाई आवश्यक पर्ने देहाय बमोजिमका वस्तु पछि फिर्ता लैजाने गरी लगतमा राखी अस्थायी पैठारी गर्न दिन सकिनेछः-
(क) सूचना तथा सञ्चार सम्बन्धी उपकरण,
(ख) पानी शुद्धीकरण तथा पानी भण्डारण सम्बन्धी उपकरण तथा वस्तु,
(ग) डाक्टर, इञ्जिनियर, सञ्चारकर्मी, लजिष्टिसियन, सामुदायिक कामदार आदिको कामको लागि आवश्यक पर्ने सबै किसिमका यन्त्र, उपकरण, मेशिन तथा विद्युतीय उपकरण,
(घ) राहतको लागि प्रत्यक्ष रुपमा प्रयोग नहुने तर विपद्बाट भएको असरलाई हटाउन र सोको सामना गर्न प्रयोग हुने उपकरणहरू जस्तैः सबै प्रकारका प्रदूषण हटाउने, बिग्रिएका, भत्किएका घर, भवन तथा संरचना सफा गर्ने वा हटाउने, औद्योगिक संरचना निरीक्षण गर्ने आदि कार्यमा प्रयोग हुने मेशिनरी तथा उपकरण,
(ङ) कार्यालय उपकरण जस्ता प्रशासनिक सहयोगी वस्तु, जस्तैः कम्प्युटर, फोटोकपि तथा प्रिन्टर, खर्च भएर जाने प्रकृतिका वस्तु, कर्मचारी सुरक्षा सम्बन्धी उपकरण, प्रशासनिक म्यानुअल तथा कागजात,
(च) विपद्को समयमा उद्धार कार्यमा खटिने कर्मचारीका लागि स्थानान्तरण गर्न सकिने बासस्थान तथा यसका सहायक सामग्री, जस्तैः खाना पकाउने तथा खाने उपकरण तथा सामग्रीहरू, स्नानागार सम्बन्धी सामग्री, सुरक्षा सम्बन्धी सामग्री,
(छ) सवारी साधन, तिनका स्पेयर पार्टस तथा मर्मतका लागि आवश्यक उपकरण,
(ज) उद्धार कार्यका लागि आवश्यक जनावर, जस्तैः तालिमप्राप्त कुकुर,
(झ) विपद्को समयमा उद्धारमा संलग्न व्यक्ति बस्न तथा निजको कार्यसम्पादनको लागि आवश्यक पर्ने वस्तु,
(ञ) नेपाल सरकारले राहत प्रयोजनको लागि तोके बमोजिमका अन्य वस्तु।
(६) चीनको तिब्बतबाट क्रेडिट सुविधा अन्तर्गत वस्तु पैठारी गर्दा राखेको धरौटी रकम फिर्ता पाउनको लागि उक्त वस्तु पैठारी गरेको मितिले तीन महिनाभित्र बैङ्किङ्ग प्रणालीबाट भुक्तानी पठाएको प्रमाण पेस गरी धरौटी फिर्ता लिइसक्नु पर्नेछ। वस्तु पैठारी भएको मितिले तीन महिनाभित्र उपरोक्त बमोजिम फिर्ता नभएको धरौटी रकम सदरस्याहा गरिनेछ र त्यसमा पैठारीकर्ताको दाबी लाग्ने छैन।
(७) नेपालको अन्य राष्ट्रहरूसँग भएका द्विपक्षीय तथा बहुपक्षीय सम्झौता वा सन्धिको प्रतिकूल नहुने गरी नेपालमा पैठारी भएका वस्तु देहाय बमोजिम निकासी गर्न दिइनेछः-
(क) वस्तु पैठारी भएको मितिले छ महिनाभित्र पुनः अर्को मुलुकमा निकासी गर्ने गरी पैठारी गर्न चाहेमा पैठारीकर्ताको अनुरोधमा उक्त वस्तुमा पैठारी गर्दा लाग्ने महसुल तथा सोको थप दश प्रतिशतले हुने रकम नगद धरौटी वा बैङ्क जमानत राखी पैठारी गर्न दिइनेछ। त्यस्तो वस्तुहरू निकासी गर्दा पैठारी गर्दाको अवस्थामा भुक्तानी गरेको रकममा नघट्ने गरी विदेशी मुद्रा आर्जन गरेको प्रमाण र निकासी भएको प्रमाण पेस गरेको एक महिनाभित्र धरौटी रहेको रकमबाट वा बैङ्क जमानतबाट लाग्ने भन्सार महसुलको दश प्रतिशत रकम असुल गरी बाँकी धरौटी रकम फिर्ता गरिने वा बैङ्क जमानत फुकुवा गरिनेछ। त्यसरी छ महिनाभित्र निकासी गर्न नसकेमा महसुल बापतको रकम नगद धरौटीमा रहेको रकमबाट वा बैङ्क जमानतबाट असुल गरिनेछ।
(ख) कुनै व्यक्तिले नेपालमा पैठारी भएको वस्तु बैङ्किङ्ग प्रक्रियामार्फत भुक्तानी हुने गरी निकासी गर्न चाहेमा पैठारी मूल्यमा कम्तीमा दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी बापतको बिदेशी मुद्रा अग्रिम रूपमा प्राप्त भइसकेको वा सो बापत खोलिएको प्रतितपत्रको आधारमा विदेशी मुद्रा प्राप्त हुने प्रमाण पेस गरेमा निकासी गर्न दिइनेछ।
तर पैठारी भएको मितिले दुई वर्ष नाघेका र नेपालमा बिक्री हुन नसकेका विद्युतीय उपकरण (इलेक्ट्रिक वा इलेक्ट्रोनिक) पैठारीकर्ता स्वयंले निकासी गर्न चाहेमा निकासीकर्ता र त्यस्तो पैठारीकर्ताका बीचमा भएको खरिद बिक्री सम्झौता पेस गरेमा निकासी गर्न दिइनेछ र यस खण्डमा उल्लिखित मूल्य अभिवृद्धिको शर्त लागू हुने छैन।
(८) नेपालमा पैठारी भई वा नेपालमा नै उत्पादन भई प्रयोग भइसकेका वा भाग ८४, ८५ र ९० मा पर्ने पुराना वस्तुको तथा नेपालभित्रबाट सङ्कलित जुनसुकै रद्दी तथा पत्रु वस्तु निकासी बापतको विदेशी मुद्रा अग्रिम रूपमा प्राप्त भइसकेको वा सो बापत खोलिएको प्रतीतपत्रको आधारमा दुई पक्षीय सन्धि विपरीत नहुने गरी निकासी गर्न दिइनेछ। निकासी
गरिने पुराना मेशिनरी, यन्त्र तथा उपकरणको हकमा प्रचलित कानून बमोजिम ह्रासकट्टी पश्चात कायम हुने अवशिष्ट मूल्य भन्दा घटी मूल्यमा निकासी गर्न पाइने छैन।
तर विद्युतीय सवारी तथा ढुवानी साधनमा प्रयोग भएका ब्याट्री लगायत नेपालमा रिसाइकल गर्न नसकिने वस्तु रिसाइकल गर्न विदेश पठाउँदा विदेशी मुद्रा प्रासि सम्बन्धी कागजात आवश्यक पर्ने छैन।
(९) महसुल, मूल्याङ्कन, तथ्याङ्क वा यस्तै अन्य प्रयोजनको लागि महानिर्देशकले वस्तु वर्गीकरणको उपशीर्षकमा आवश्यक अङ्क थप गरी कार्यान्वयनमा ल्याउन सक्नेछ।
(१०) अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएको स्कुटर, नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा अपाङ्गता भएको व्यक्तिको नाममा पैठारी गर्दा भन्सार महसुल लाग्ने छैन। पैठारीको अवस्थामा अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न मिल्ने नभएका र पैठारी गरिसकेपछि अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न मिल्ने बनाई दर्ता गर्ने भएमा उक्त मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा पैठारी गर्दा लाग्ने भन्सार महसुल धरौटी लिइनेछ। अपाङ्गता भएको व्यक्तिको नाममा उपर्युक्त बमोजिम दर्ता भएको प्रमाण भन्सार कार्यालयमा पेस गरेपछि धरौटी रहेको भन्सार महसुल फिर्ता दिइनेछ। त्यसरी पैठारी गरेको स्कुटर नेपाल अपाङ्ग सङ्घको सिफारिसमा अपाङ्गता भएको व्यक्तिलाई नै बिक्री वा नामसारी गर्दा भन्सार महसुल लाग्ने छैन।
(११) बण्डेड वेयरहाउस र नगद धरौटीको सुविधा नलिएका उद्योगले आफूले निकासी गर्ने वस्तु उत्पादनको लागि आवश्यक पर्ने कच्चापदार्थ, सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरी सोबाट उत्पादित तयारी वस्तु तोकिएको अवधिभित्र तोकिएको प्रक्रिया अनुसार निकासी गरेमा त्यस्ता कच्चापदार्थ, सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा भन्सार बिन्दुमा लागेको कर, महसुल नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिए बमोजिमका वस्तुमा तोकिए बमोजिमको मितिदेखि तोकिए बमोजिमको समदरमा भन्सार बिन्दुबाट फिर्ता दिइनेछ।
(१२) वस्तु वर्गीकरणका विभिन्न शीर्षक र उपशीर्षकमा पर्ने वस्तुको प्रति एकाइको मापन विभागले तोके बमोजिम हुनेछ।
(१३) चलचित्र विकास बोर्डको सिफारिसमा नेपाली चलचित्रको छायाङ्कनको लागि आवश्यक यन्त्र तथा उपकरण पछि फिर्ता गर्ने शर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने महसुल बापतको रकम बैङ्क जमानत लिई पैठारी गर्न दिन सकिनेछ। त्यसरी पैठारी गरिएका यन्त्र तथा उपकरण फिर्ता गरेपछि राखेको बैङ्क जमानत फुकुवा गरिनेछ। त्यसरी तोकेको अवधिमा फिर्ता नगरेमा लाग्ने महसुल बैङ्क जमानतबाट असुल गरी त्यस्ता यन्त्र तथा उपकरण जफत गरिनेछ।
(१४) पैठारीकर्ताले नेपालमा बिक्री गरिने अधिकतम खुद्रा बिक्री मूल्य पैठारीकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य घोषणा गर्नु पर्ने गरी विभागले वस्तु तोक्न सक्नेछ।
(१५) पुराना ट्रकलाई विदेश लगी कन्टेनर-ट्रक वा कन्टेनर बोक्ने ट्रेलर-ट्रक बनाई फिर्ता ल्याएमा सोमा लागेको खर्च रकममा लाग्ने भन्सार महसुल पूर्णरूपमा छुट दिइनेछ।
(१६) शीर्षक ८७.०४ मा पर्ने कुनै ढुवानी साधनको इञ्जिनसँग जोडिएको शीर्षक ८७.०६ मा पर्ने चेसिसमा पैठारी भन्सार महसुल दर बढी भएको र सोही चेसिसमा बनेको तयारी साधनमा पैठारी भन्सार महसुल दर कम भएको अवस्थामा कुनै पैठारीकर्ताले त्यस्तो तयारी साधन पैठारी नगरी सोको इञ्जिनसँग जोडिएको चेसिस पैठारी गरी सो चेसिस नेपालभित्रै वा विदेशमा लगी तयारी साधन बनाउन चाहेमा देहाय बमोजिम सुविधा प्रदान गरिनेछः-
(क) इञ्जिनसँग जोडिएको चेसिस पैठारी गरी नेपालभित्रै तयारी साधन बनाउन चाहेमा सो चेसिस पैठारी गर्दा पैठारीकर्ताको अनुरोधमा चेसिसमा लाग्ने पूरै महसुल धरौटीमा राखी छ महिनाभित्र तयारी साधन बनाई सम्बन्धित निकायमा दर्ता गरी सोको प्रमाण तथा तयारी साधन सम्बन्धित भन्सार कार्यालयमा प्रस्तुत गरेपछि त्यस्तो तयारी साधन पैठारी गर्दा लाग्ने महसुल दर बमोजिमको महसुल रकम धरौटीबाट कट्टा गरी बाँकी धरौटी रकम पैठारीकर्तालाई फिर्ता दिइनेछ।
(ख) इञ्जिनसँग जोडिएको चेसिस पैठारी गरी पुनः उक्त चेसिस विदेशमा लगी तयारी साधन बनाई ल्याउन चाहेमा पैठारीकर्ताको अनुरोधमा सो चेसिस पैठारी गर्दा लाग्ने पूरै महसुल धरौटीमा राखिनेछ र पैठारी भएको मितिले तीन महिनाभित्र पैठारीकर्ताको अनुरोधमा कुनै प्रकारको महसुल नलिई सो चेसिस विदेश निकासी गर्न अनुमति दिइनेछ। त्यसरी निकासी भएको चेसिसमा निकासी भएको मितिले छ महिनाभित्र तयारी साधन बनाई पैठारी गरेमा त्यस्तो तयारी साधन बनाउन लागेको खर्च र पहिले पैठारी भएको चेसिस समेतको मूल्यमा त्यस्तो तयारी साधन पैठारी हुँदा दरबन्दी बमोजिम लाग्ने दर बमोजिमको महसुल चेसिस पैठारी गर्दा राखेको धरौटीबाट असुल गरी बाँकी धरौटी रकम फिर्ता दिइनेछ र धरौटीबाट अपुग भएमा पैठारीकर्ताबाट असुल गरिनेछ।
(ग) नेपालस्थित आधिकारिक बिक्रेता वा एजेन्सीको नाममा धरौटी राखी पैठारी भएको चेसिस अन्य व्यक्तिले खरिद गरी खण्ड (क) र (ख) बमोजिम तयारी साधन बनाउन चाहेमा त्यस्तो व्यक्तिलाई समेत खण्ड (क) र (ख) बमोजिमको सुविधा प्रदान गरिनेछ।
(घ) उल्लिखित सुविधाको कार्यान्वयनका क्रममा कुनै प्रक्रियागत कठिनाइ सिर्जना भएमा वा उल्लिखित समय सीमा अपर्याप्त भएमा महानिर्देशकले छ महिनासम्म म्याद थप गर्न र आवश्यक निर्देशन दिई सरलीकरण गर्न सक्नेछ।
(ङ) उल्लिखित ढुवानी साधनको प्रकृति फरक गरी वा अन्य प्रयोजनको लागि बिक्री गर्ने भएमा वा आफैले अन्य प्रयोगमा ल्याउन चाहेमा कानून बमोजिम लाग्ने पूरै महसुल तिरी बिक्री गर्न वा अन्य प्रयोजनमा ल्याउन पाइनेछ। सो बमोजिम प्रक्रिया पूरा नगरी ढुवानी साधनको प्रकृति फरक पारेको वा घोषित बाहेक अन्य प्रयोगमा ल्याएको पाइएमा त्यस्तो साधन जफत गरिनेछ।
(१७) सवारी वा ढुवानीका साधनको प्रदर्शनी मेलामा प्रदर्शनमा राखी त्यस्तो मेला समाप्त भएको पन्ध्र दिन भित्र अनिवार्य फिर्ता लैजाने शर्तमा लाग्ने सम्पूर्ण महसुल नगद धरौटी वा बैङ्क जमानत राखी नयाँ सवारी तथा ढुवानीका साधनहरु बढीमा छ महिना सम्मको लागि अस्थायी पैठारी गर्न दिन सकिनेछ। यसरी पैठारी भएको सवारी तथा ढुवानी साधन फिर्ता गरेपछि नगद धरौटी वा बैङ्क जमानतमा रहेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी बाँकी नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा गरिनेछ। सो अवधि भित्र फिर्ता नगरेमा सवारी तथा ढुवानी साधन जफत गरी नगद धरौटी वा बैङ्क जमानतबाट लाग्ने महसुल बराबरको रकम राजस्वमा आम्दानी बाँधिनेछ।
(१८) कुनै भन्सार कार्यालयबाट वस्तु पैठारी गर्ने गरी प्रतीतपत्र खोलेको तर कारणबश सो भन्सार कार्यालयको सट्टा अन्य भन्सार कार्यालयबाट पैठारी गर्नु पर्ने अवस्था परेमा प्रतीतपत्र खोलेको बैङ्कले पैठारी हुने भन्सार कार्यालय संशोधन गरेको प्रमाण पैठारी हुने भन्सार कार्यालयमा पेस भएमा सम्बन्धित भन्सार कार्यालयले वस्तु जाँचपास गर्न सक्नेछ। त्यसरी पैठारी हुने भन्सार बिन्दु परिवर्तनका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक पर्ने छैन।
(१९) नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाले बिरामीको शरीरबाट लिइएको कुनै नमुना परीक्षणको लागि विदेशमा पठाउँदा वा ल्याउँदा महसुल नलिई लैजान वा ल्याउन दिइनेछ।
(२०) नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा स्वदेशी वायुसेवा कम्पनीका स्वामित्वमा रहेका हवाईजहाज तथा हेलिकोप्टर विदेशमा लिजमा दिने गरी लगतमा राखी अस्थायी निकासी गर्न दिन सकिनेछ।
(२१) पच्चीस हजार अमेरिकी डलर मूल्यसम्मका नेपालमा उत्पादन भएका वस्तु निकासी गर्दा निकासीकर्ताले विदेशी मुद्रा प्रासिको कागजात तत्काल पेस गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेस गर्ने शर्तमा निकासी गर्न दिइनेछ। निकासीकर्ताले निकासी गरेको छ महिनाभित्र विदेशी मुद्रा भुक्तानी प्रासिको कागजात वा निकासी भएको वस्तु फिर्ता आएको भए सोको प्रमाण पेस गर्नु पर्नेछ। त्यस्तो अवधिभित्र भुक्तानीको कागजात वा निकासी भएको वस्तु फिर्ता आएको प्रमाण पेस नगरेमा भन्सार अधिकृतले विदेशी विनिमय सम्बन्धी प्रचलित कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(दफा ७ को उपदफा (५) सँग सम्बन्धित)
१. कार्ने बाहेक अस्थायी पैठारी हुने देहायका सवारी तथा ढुवानी साधनमा देहाय बमोजिम एकमुष्ट शुल्क लाग्नेछः-
(क) मोटरसाइकल वा स्कुटरमा दैनिक दुई सय रूपैयाँ;
(ख) तीनपाङ्ग्रे सवारी साधनमा दैनिक चार सय रूपैयाँ;
(ग) कार, जीप वा भ्यानमा दैनिक छ सय रूपैयाँ;
(घ) बस, मिनिबस, माइक्रोबस लगायतका पर्यटक गाडीमा दैनिक छ सय रूपैयाँ;
(ङ) ट्रेलर फिट नभएको ट्र्याक्टरमा प्रतिदिन पाँच सय रूपैयाँ;
(च) ट्रेलर फिट भएको ट्र्याक्टरमा वा ट्रेलर मात्रमा प्रतिदिन आठ सय रूपैयाँ;
(छ) ट्र्याक्टर बाहेकका ट्रेलर, ट्रक वा अन्य वस्तु परिवहनका साधनमा एक पटकमा सात दिनसम्म प्रतिदिन एक हजार सात सय रूपैयाँ;
(ज) एल.पी. ग्याँस ढुवानी गरी ल्याउने बुलेट-ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि वस्तु जाँचपास भएको छ्यानब्बे घण्टासम्मको लागि एक हजार पाँच सय रुपैयाँ;
(झ) एल.पी. ग्याँस बाहेक अन्य वस्तु ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर, ट्याक्टर र अन्य ढुवानीका साधनहरुलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कनका लागि वस्तु जाँचपास भएको बहत्तर घण्टासम्मको लागि एक हजार पाँच सय रुपैयाँ।
तर पैठारी हुने वस्तु ढुवानी गरी भन्सार यार्ड वा गोदामभित्र अनलोड गरी फर्कनका लागि र वस्तु निकासीका लागि भन्सार यार्ड वा गोदामभित्र रहेको वस्तु लोड गरी फर्कनका लागि रित्तो कन्टेनर लिई आएको ट्रेलर, ट्रक लगायतका अन्य ढुवानीका साधनलाई यस प्रकरण बमोजिम अस्थायी पैठारी शुल्क लाग्ने छैन।
२. अस्थायी पैठारी सम्बन्धी अन्य व्यवस्थाः
(१) प्रकरण १ को खण्ड (ज) र (झ) मा उल्लिखित ढुवानी साधन बाहेक अस्थायी पैठारी भएका सवारी र ढुवानीका साधन एक आर्थिक वर्षमा तीस दिनसम्म मात्र अस्थायी पैठारी गर्न पाइनेछ। सवारी र ढुवानीका साधन अस्थायी पैठारीको लागि शुल्क बुझाएको अवधिभन्दा बढी नेपालमा राख्न पाइने छैन।
(२) अस्थायी पैठारी भएका सवारी र ढुवानीका साधन कुनै कारणवस प्रकरण १ बमोजिमको शुल्क बुझाएको अवधिभित्र फिर्ता लैजान नसकेको कारण मनासिब लागेमा भन्सार अधिकृतले त्यस्तो साधनको मूल्यमा नबढ्ने गरी बढी बसेको दिनको देहाय बमोजिम शुल्क लिई फिर्ता लैजान अनुमति दिन सक्नेछः-
(क) मोटरसाइकल वा स्कुटरमा दैनिक एक हजार दुई सय रूपैयाँ;
(ख) अन्य सवारी वा ढुवानीका साधनमा दैनिक दुई हजार पाँच सय रूपैयाँ।
(३) अस्थायी पैठारी भएका सवारी तथा ढुवानीका साधन दुर्घटना भई वा अन्य अनुसन्धानको सिलसिलामा कब्जामा रहेको व्यहोरा सम्बन्धित प्रहरी वा राजस्व अनुसन्धान विभाग वा अन्य अधिकारप्राप्त सरकारी निकायबाट लेखिआएमा सो अवधिको लाग्ने शुल्क भन्सार अधिकृतले छुट दिन सक्नेछ।
(४) विदेशी यात्रुले नेपालमा प्रवेश गर्दा प्रयोग गरेको सवारी साधन यस अनुसूची बमोजिम लाग्ने शुल्क कुनै कारणले बुझाउन छुट भएको र निजले पछि भन्सार कार्यालयमा स्वयं उपस्थित भई त्यस्तो शुल्क बुझाउन निवेदन दिएमा देहायको अवस्थामा बाहेक भन्सार अधिकृतले त्यस्तो सवारी साधन नेपालमा रहेको अवधिको प्रकरण १ बमोजिम लाग्ने शुल्क र पच्चीस हजार रुपैयाँ जरिबाना लिई फिर्ता लैजान दिन सक्नेछः-
(क) त्यस्तो सवारी साधन नेपाल प्रवेश गरेको मिति यकिन हुने प्रमाण पेश नभएको वा प्रमाण पेश भएको हकमा प्रवेश गरेको मितिले सात दिन नाघेको;
(ख) चोरी पैठारी वा अन्य कसूरमा अधिरकारप्राप्त अधिकारी वा निकायले नियन्त्रणमा लिई कारबाहीको लागि पेश भएको।
(५) बुँदा (१) र (२) बमोजिमको समयावधि भन्दा बढी मनासिब कारणबिना नेपालमा बसेको वा झुट्टा विवरण दिई नेपालभित्र प्रवेश गरेको ठहरेमा भन्सार अधिकृतले त्यस्तो सवारी तथा ढुवानीको साधन जफत गर्नेछ।
३. अस्थायी पैठारी हुने देहायका उपकरणमा देहाय बमोजिम एकमुष्ट शुल्क लाग्नेछः-
(क) एक्साभेटर, डोजर, लोडर, रोलर, लेभलर वा क्रेन लरीमा प्रतिदिन एक हजार पाँच सय रुपैयाँ शुल्क लिई बढीमा छ महिनासम्मको लागि अस्थायी पैठारी गर्न दिइनेछ।
(ख)बेलर वा स्ट्र कलेक्टर सहितको कम्बाइन्ड हार्भेष्टरमा प्रतिदिन एक हजार सात सय रुपैयाँ शुल्क लिई बढीमा तीन महिनासम्मको लागि अस्थायी पैठारी गर्न दिइनेछ।
(ग) बोरिङ मेशिन जडित ढुवानीका साधनमा प्रतिदिन तीन हजार रुपैयाँ शुल्क लिई बढीमा छ महिनाका लागि अस्थायी पैठारी गर्न दिइनेछ।
(घ)खण्ड (क), (ख) वा (ग) बमोजिम अस्थायी पैठारी गरी ल्याएको वस्तु सोही भन्सार कार्यालयबाट फिर्ता गर्नु पर्नेछ। यसरी अस्थायी पैठारी शुल्क तिरेको समय व्यतित भएपछि फिर्ता लैजाने क्रममा मनासिब कारण भएमा भन्सार अधिकृतले त्यस्तो उपकरणको मूल्यमा नबढ्ने गरी बढी बसेको अवधिको प्रतिदिनको पाँच हजार रुपैयाँका दरले शुल्क असुल गरी फिर्ता लैजान दिन सक्नेछ।
(ङ) खण्ड (क), (ख) वा (ग) मा उल्लिखित उपकरण शुल्क नबुझाई नेपालमा राखेको अवस्थामा पक्राउ परी कारबाहीका लागि भन्सार कार्यालयमा पेश भएमा भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम चोरी पैठारीको कसूरमा कारबाही हुनेछ।
४. कार्ने सम्बन्धी व्यवस्थाः (१) कार्ने अन्तर्गत पर्यटकले ल्याएका व्यक्तिगत प्रयोगका सवारी साधन र त्यस्तो साधनसँग सम्बद्ध वस्तु नेपालभित्र अस्थायी रूपमा प्रथम पटक प्रवेश गरेको मितिले एक वर्षको अवधिमा लगातार वा पटक पटक गरी जम्मा छ महिनाको अवधिसम्म नेपालभित्र राख्न पाउनेछ।
(२) बुँदा (१) बमोजिम नेपालमा राखेको अवधिभर कुनै शुल्क लाग्ने छैन।
(३) दुर्घटना भई प्रहरी कब्जामा रहेको वा मर्मतको लागि वर्कशपमा रहेको भनी प्रहरी कार्यलयले सिफारिस गरेको वा कुनै दैवी प्रकोप, विपद्, स्वास्थ्य सम्बन्धी समस्या वा संक्रामक रोग फैलिएका कारण सम्बन्धित व्यक्ति तत्कालै अन्य साधनको प्रयोग गरी नेपाल बाहिर जानु परेको अवस्थामा भने बुँदा (१) बमोजिमको अवधि कार्नेमा तोकिदिएको अवधिमा गणना हुने छैन।
(४) कार्ने अन्तर्गत पैठारी भएका सवारी साधनहरू दान, दातव्य वा उपहार दिन वा बिक्री गर्न पाइने छैन।
(५) कार्नेमा जनाई नेपाल प्रवेश गराइएको सवारी साधन बुँदा (१) बमोजिमको अवधिभित्र फिर्ता नलगेमा स्वतः जफत हुनेछ।
५. विविध व्यवस्थाः (१) यस अनुसूचीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायमा लेखिएका कुरामा देहाय बमोजिम हुनेछः-
(क) अस्थायी पैठारी भएका यात्रुवाहक सवारी साधन नजिकको बजारसम्म पुगी प्रवेश गरेकै दिन फर्कने भएमा कुनै शुल्क लाग्ने छैन। यसरी नेपाल प्रवेश गर्ने सवारी साधनले भन्सार कार्यालयबाट सुविधा सम्बन्धी निस्सा लिनु पर्नेछ।
(ख)नेपालसँग भएको द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम अस्थायी पैठारी हुने सवारी साधनको सम्बन्धमा सोही सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
(२) चलचित्र छायाङ्कन, शैक्षिक प्रदर्शनी तथा सामाजिक जनचेतना अभिवृद्धिका निमित्त संयन्त्र जडित भई आउने विशेष प्रकारका सवारी साधनको लागि यस अनुसूचीमा उल्लिखित समयावधिले नपुग हुने भई सम्बन्धित कार्यालय प्रमुखको राय सहित लेखी आएमा महानिर्देशकले नियम अनुसारको शुल्क लिई बढीमा तीन महिनासम्मको म्याद थप गरिदिन सक्नेछ।
(३) नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा अस्थायी पैठारी हुने वस्तुमा धरौटी वा बैङ्क जमानत नलिई लगत राखी छाड्न सकिनेछ।
(दफा ८ को उपदफा (१) सँग सम्बन्धित)
१. देहायका उपशीर्षकमा पर्ने वस्तुमा पाँच प्रतिशतका दरले कृषि सुधार शुल्क लाग्नेछः-
द्रष्टव्यः माथि उल्लिखित उपशीर्षक १००१.११.०० र १००१.९१.०० मा पर्ने गहुँको बिउ, उपशीर्षक १००५.१०.०० मा पर्ने मकैको बिउ, उपशीर्षक १००६.१०.१० मा पर्ने धानको बिउ तथा उपशीर्षक १२०९.९१.१०, १२०९.९१.२०, १२०९.९१.३०, १२०९.९१.४०, १२०९.९१.५० र १२०९.९१.९० मा पर्ने तरकारीको बिउमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको सिफारिसमा पैठारी हुँदा एक प्रतिशत कृषि सुधार शुल्क लाग्नेछ।
२. देहायका उपशीर्षकमा पर्ने वस्तुमा नौ प्रतिशतका दरले कृषि सुधार शुल्क लाग्नेछः-
(दफा ११ को उपदफा (४) सँग सम्बन्धित)
१. सार्क मुलुकमध्ये गैरकमविकसित मुलुकको लागि लागू हुने संवेदनशील वस्तुको उपशीर्षकको सूचीः
२. सार्क मुलुकमध्ये कमविकसित मुलुकको लागि लागू हुने संवेदनशील वस्तुको उपशीर्षकको सूचीः
(अ) सबै धातुका अवशेष र पत्रु; (आ) टुटफुट, काटकुट भएको, प्रयोगबाट थोत्रिएको वा अरू कारणहरूले त्यसै अवस्थामा निश्चित रूपले प्रयोगयोग्य नभएका धातुका वस्तुहरू। १ मि.मि. छिद्र भएको जालीदार चाल्नीबाट तौलमा ९० प्रतिशत वा सोभन्दा बढी छानिएर निस्कने वा चालिने उत्पादनहरू।तर "मानव रहित वायुयान (अनम्यान्ड एयरक्राफ्ट)" भन्ने उक्तिले केबल मनोरञ्जन गर्ने उद्देश्यले बनाइएका उड्ने खेलौनाहरूलाई समेट्दैन (शीर्षक ९५.०३)।