विष्फोटक पदार्थ ऐन, २०१८
२०१८ सालको ऐन नं. ८ $\times$............ विष्फोटक पदार्थ उत्पादन गर्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने र पैठारी गर्ने कामलाई व्यवस्थित गर्न बनेको ऐन
प्रस्तावना : $\square$ शान्ति र व्यवस्था कायम राख्न विष्फोटक पदार्थहरू उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने र पैठारी गर्ने कामलाई व्यवस्थित गर्नु वांछनीय भएकोले,
$\ast$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\dagger$ यो ऐन सम्बत् २०७५ साल भदौ १ गते देखि प्रारम्भ भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको । $\square$ नेपाल ऐनहरू संशोधन गर्ने ऐन, २०१८ द्वारा रुपिएको ।
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइ सकेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “विष्फोटक पदार्थ ऐन, २०१८” रहेको छ ।
(२) यो ऐन नेपाल ............ भर लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।≠
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–
(क) “विष्फोटक पदार्थ” भन्नाले विष्फोटन भई हानी पुर्याउने ई.ई.डी, टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, डायनाईट डिनोनाइट एक्स्प्लोसिभ (डी.ई.एक्स), टोर फेक्स, ब्लास्टिक एक्स्प्लोसिभ, डायनामाइट, बारुद, नाइट्रोस्ललमिसरिन, जेलेलनाइट, थर्माइट, सेल्साइट, डेटोनेटर, ब्लास्टिक क्याप, विद्युतीय ब्लास्टिक क्याप, फ्युज, मिसाजी, पटाका, गन कटन, गन पाउडर र ब्लास्टिक पाउडर, पारो (मर्करी) वा अन्य कुनै धातुको फुल्यूनेट, सोही प्रकृतिको विष्फोटन हुने अन्य कुनै पदार्थ वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै पदार्थ सम्झनु पर्छ र सो शब्दले हानी समेतलाई जनाउँछ ।
(क१) “बम” भन्नाले कुनै विष्फोटक पदार्थ वा अन्य कुनै साधन, फर्मुला, प्रक्रिया वा उपायद्वारा आफैँ वा अन्य कुनै पदार्थद्वारा विष्फोटन हुने गरी बनाइएको मिश्रण वा त्यस्तै प्रकृतिको अन्य विष्फोटक पदार्थयुक्त वस्तु वा पदार्थ सम्झनु पर्छ ।”
(ख) “उत्पादन” भन्नाले कुनै विष्फोटक पदार्थलाई भाग भागमा छुट्याउने वा टुक्राउने वा बनाइसकेकोलाई मिसाउने विधि वा कुनै नोक्सानी भएको विष्फोटक पदार्थलाई काम लायक
नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थापन गरी चालू राख्ने ऐन, २०१९ द्वारा संशोधित । नेपाल ऐनहरू संशोधन गर्ने ऐन, २०१८ द्वारा संशोधित । गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्वीकृत । ≠ मिति २०२०।८।२९ देखि ऐन लागू हुने गरी मिति २०२०।८।२९ को नेपाल राजपत्रमा सूचना प्रकाशित । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप ।
बनाउने विधि र कुनै विष्फोटक पदार्थलाई दोहर्याई बनाउने, हेरफेर गर्ने वा मर्मत गर्ने विधिलाई समेत जनाउँछ ।
(ग) “बोझ वाहक” भन्नाले मोटर, गाडा, बग्गी, रिक्सा, डुङ्गा, टाँगा र पानी वा जमीन वा हवाई मार्गबाट माल वस्तु वा यात्री ओसार्ने अरु जुनसुकै सवारीको साधनलाई समेत जनाउँछ।
(घ) “पैठारी” भन्नाले नेपाल $\text{....................}$ भित्र ल्याउने काम सम्झनु पर्छ ।
(ङ) “इजाजतपत्र” भन्नाले यो ऐन अन्तर्गत दिइएको इजाजतपत्र सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियममा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।
३. विष्फोटक पदार्थ घोषित गर्ने अधिकार : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै पदार्थ त्यसमा विष्फोटक तत्त्वहरू रहेको कारणले वा त्यसको उत्पादन गर्दागर्दैको सिलसिलामा चाहिने विधिहरू अपनाउँदा कुनै किसिमको विष्फोट हुने सम्भावना भएको कारणले व्यक्तिहरूको जीउ ज्यान वा सम्पत्तिमा खतरा हुने देखेमा नेपाल सरकारले सो पदार्थलाई विष्फोटक पदार्थ भनी घोषित गर्न सक्नेछ र त्यसरी घोषित गरिएका प्रत्येक पदार्थलाई यो ऐनको तात्पर्यको लागि विष्फोटक पदार्थ मानिनेछ ।
४. इजाजत पत्र लिनु पर्ने : (१) विष्फोटक पदार्थ उत्पादन गर्न, राख्न, प्रयोग गर्न, बिक्री गर्न, ढुवानी वा परिवहन र पैठारी गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजत पत्र लिनु पर्नेछ । त्यस्तो प्रत्येक इजाजतपत्रको ढाँचा, त्यसमा लाग्ने दस्तुर र त्यसको म्याद तोकिए बमोजिमको हुनेछ ।
(२) कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, ढुवानी वा परिवहन गर्ने वा पैठारी गर्ने कामको इजाजतपत्र लिन चाहने वा त्यस्तो इजाजतपत्रको म्याद बढाउन चाहने व्यक्तिले तोकिएको विवरणहरू सहित तोकिएको ढाँचाको आवेदनपत्र प्रमुख जिल्ला अधिकारी समक्ष दिनु पर्छ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको अधीनमा रही प्रमुख जिल्ला अधिकारीले कुनै इजाजतपत्रमा लेखिएका कुनै कुरामा सम्बन्धित इजाजतपत्रवालालाई सूचना दिई आवश्यक देखेको संशोधन गर्न सक्नेछ ।
(४) आफ्नो इजाजतपत्रमा संशोधन गर्न चाहने कुनै व्यक्तिले सो संशोधन गर्न चाहेको कुरा र त्यसको कारण खोली प्रमुख जिल्ला अधिकारी समक्ष आवेदनप दिनु पर्छ । त्यसरी संशोधन गर्न लाग्ने दस्तुर तोकिए बमोजिमको हुनेछ ।
४क. उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्ने : (१) विष्फोटक पदार्थको उत्पादन वा कारोबार गर्न इजाजत प्राप्त गरेको व्यक्तिले त्यस्तो पदार्थको उत्पादन, निर्माण, तयारी वा कारोबार गर्दा प्रत्येक पटक उत्पादन वा कारोबार गरेको प्रत्येक विष्फोटक पदार्थको छुट्टै अभिलेख राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछ :-
(क) के कस्तो विष्फोटक पदार्थ, के कति परिमाणमा उत्पादन, तयारी वा निर्माण भएको हो, सो कुरा,
(ख) विष्फोटक पदार्थको कारोबार भएको भए के कस्तो प्रयोजनका लागि कारोबार भएको हो,
(ग) विष्फोटक पदार्थ बिक्री वितरण भएको भए कुन व्यक्तिलाई के कस्तो प्रयोजनका लागि के कति परिमाण बिक्री वितरण भएको हो ।
(३) उपदफा (१) बमोजिम राखिएको अभिलेख विष्फोटक पदार्थको कारोबार गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारी, मुद्दाको तहकीकात वा अभियोजन गर्ने अधिकारी वा मुद्दा हेर्ने अधिकारीले मागेका बखत उपलब्ध गराउनु पर्नेछ ।
(४) यस दफा विपरीत काम गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
४ख. होसियारी अपनाउनु पर्ने : विष्फोटक पदार्थको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्तिले त्यस्ता वस्तुको प्रयोग गर्दा, ढुवानी वा ओसार पसार गर्दा वा भण्डारण गर्दा त्यस्तो पदार्थको
प्रकृति अनुसार पर्याप्त सुरक्षा हुने गरी प्रयोग गर्नु पर्ने वा उपयुक्त उपकरणमा राखी होसियारी पूर्वक ढुवानी वा ओसार पसार वा भण्डारण गर्नु पर्नेछ ।
७५. विष्फोटक पदार्थको उत्पादन, प्रयोग, बिक्री, परिवहन र पैठारी गर्ने तथा राख्ने काम निषेध तथा नियन्त्रण गर्न सक्ने नेपाल सरकारको अधिकार : यो ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले सार्वजनिक सुरक्षाको निमित्त आवश्यक देखेमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै विष्फोटक पदार्थलाई उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने कामलाई पूर्णतः वा केही हदसम्म मनाही गर्न सक्नेछ ।
६. निरीक्षण गर्ने, खोजतलास गर्ने, कब्जा गर्ने, रोक्का गर्ने र हटाउने अधिकारः (१) प्रमुख जिल्ला अधिकारीले वा निजले खटाएको कुनै राजपत्रांकित वा घटीमा नायब निरीक्षक दर्जाका प्रहरी कर्मचारीले इजाजतपत्र अन्तर्गत कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने काम भइरहेको कुनै ठाउँ वा बोझ बाहकमा गई निरीक्षण र जाँचबुझ गर्न सक्ने र त्यहाँ रहेको कुनै विष्फोटक पदार्थको नमूना मूल्य मिरी लिन सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको उल्लंघन कुनै ठाउँ वा बोझ बाहकमा कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने काम भएको भन्न्ने विश्वास हुने मनासिब माफिकको कारण भएमा प्रमुख जिल्ला अधिकारी वा निजले खटाएको कुनै राजपत्रांकित कर्मचारीले वा घटीमा नायब निरीक्षक दर्जाका प्रहरी कर्मचारीले सो ठाउँ वा बोझ बाहकमा गई निरीक्षण र जाँचबुझ गर्न, खोज तलासी गर्न त्यस्तो विष्फोटक पदार्थ फेला परेमा त्यस उपर कब्जा गर्न र त्यसलाई रोक्का गर्न सक्नेछ ।
७७. पक्राउ गर्ने अधिकार : (१) कुनै व्यक्तिलाई यस ऐनबमोजिमको कुनै कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान गर्ने अधिकारीले सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूजी जारी गर्ने अनुमति दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पक्राउ पूजी जारी गरिएको व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।
(४) कसैले यस ऐन अन्तर्गत सजाय हुने कुनै कसूर गर्न लागेको फेला परेमा, निजको सो कामले गर्दा कुनै विष्फोटक पदार्थ उत्पादन हुने वा रन्क्याइने कुनै ठाउँ वा कुनै रेल्वे लाइन वा कुनै विमानस्थल वा कुनै माल वाहक वा त्यसको आसपासमा विष्फोटन हुने वा आगलागी हुने सम्भावना देखिएमा सो ठाउँको भोग चलन गर्ने व्यक्तिले वा निजको प्रतिनिधिमम वा निजबाट अधिकार पाएको अरु व्यक्तिले वा सार्वजनिक यातायातका धनी वा कर्मचारीले वा रेल्वे प्रशासन वा विमानस्थलका कुनै कर्मचारीले त्यस्तो व्यक्तिलाई भाग्न उम्कन नपाउने व्यवस्था गरी प्रहरीलाई खबर गर्नु पर्नेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए वापनि उपदफा (४) बमोजिमको अवस्था भएमा वा त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण, दसी वा सबूत नष्ट गर्न सक्ने मनासिब कारण भएमा प्रहरीले त्यस्तो व्यक्तिलाई पक्राउ पूजी बिना गिरफ्तार गर्न सक्नेछ र गिरफ्तार गरिएको व्यक्तिलाई बाटोका म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
८. दुर्घटनाको सूचना : कुनै विष्फोटक पदार्थ उत्पादन भै रहेको, राखिएको वा प्रयोग भै रहेको ठाउँ वा परिबहन भै रहेको वा लाद्ने वा उघार्ने काम भै रहेको कुनै बोझ वाहकमा वा सो ठाउँ वा बोझ वाहकको आसपासमा विष्फोट वा आगलागी भै व्यक्तिहरूको जीउ, ज्यान वा सम्पत्तिको नाश भएमा वा ठूलो क्षति भएमा सो ठाउँको तत्काल भोग चलन गर्ने व्यक्ति वा सो बोझ वाहकको धनी वा तत्कालको चालकले सो कुराको सूचना तोकिएको तरिका बमोजिम तोकिएको म्यादभित्र सबैभन्दा नजिकको प्रहरी थाना चौकीको अधिकृत इञ्चार्ज कहाँ दिनु पर्छ ।
९. दुर्घटनाको जाँचबुझ गर्ने : (१) नेपाली सेनाको नियन्त्रणमा रहेको कुनै ठाउँ वा बोझ वाहकमा वा त्यसको आसपासमा दफा ८ मा लेखिए बमोजिमको कुनै दुर्घटना भएमा सरोकारवाला नेपाली सेनाका अधिकारीले सो दुर्घटनाको कारणको जाँचबुझ गर्नु पर्छ र सो बाहेक अन्य त्यस्तो कुनै दुर्घटना भएमा प्रमुख जिल्ला अधिकारीले सो दुर्घटनाको कारणको जाँचबुझ गर्नु पर्दछ ।
(२) उपदफा (१) अन्तर्गत जाँचबुझको काम गर्ने सैनिक अधिकृत वा उपदफा (४) अन्तर्गत जाँचबुझ गर्ने नेपाल सरकारबाट खटिएको अधिकारीलाई प्रमुख जिल्ला अधिकारी सरहको सबै अधिकार हुनेछ र दफा ६ बमोजिम प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न पाउने अधिकारको प्रयोग पनि सो जाँचबुझको प्रयोजनको निमित्त आवश्यक एवं उपयुक्त देखेमा गर्न सक्नेछ ।
(३) यस दफा अन्तर्गत कुनै दुर्घटना सम्बन्धी जाँचबुझ गर्ने व्यक्तिले सो जाँचबुझ सकिएपछि सो दुर्घटनाको कारण र परिस्थिति समेत खोली नेपाल सरकारमा लिखित प्रतिवेदन पेश गर्नु पर्छ ।
(४) उपदफा (३) बमोजिम प्रतिवेदन प्राप्त भइसकेपछि वा नहुँदै नेपाल सरकारले दुर्घटनाको रुप हेरी आवश्यक देखेमा उपदफा (१) अन्तर्गत जाँचबुझ गर्ने कामलाई रोक्ने आदेश दिन सक्नेछ र अरु उपयुक्त ठानेका कुनै अधिकारीद्वारा सो दुर्घटनाको कारणको जाँचबुझ गराउन सक्नेछ ।
(५) यस दफा अन्तर्गत जाँचबुझ गर्न खटिएका अधिकारीलाई साक्षीहरू टिकाउने लिखित अन्य महत्वपूर्ण माल वस्तुहरू दाखिल गराउने, बयान कपि गराउने सम्बन्धमा प्रचलित नेपाल कानून बमोजिम शुरु अदालतलाई भए सरहको अधिकार हुनेछ ।
७१०. दण्ड सजाय र जप्ती : (१) कुनै व्यक्तिले दफा ४ अन्तर्गत इजाजतपत्र नलिई वा दफा ५ को उल्लंघन गरी देहायको विष्फोटक पदार्थ उत्पादन गरेमा, राखेमा, प्रयोग गरेमा, बिक्री गरेमा, परिहन गरेमा वा पैठारी गरेमा निजलाई प्रत्येक कसूर बापत देहाय बमोजिम दण्ड सजाय हुनेछ :-
(क) नाइट्रोग्लिसरिन, डाइनामाइट, ब्लास्टिङ्ग पाउडर वा पारोको वा धातुको फुलमिनेट भए दुई वर्षसम्म कैद वा $\beta$तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै,
(ख) खण्ड (क) मा लेखिएको विष्फोटक पदार्थ र आतसबाजी र पटाका बाहेक अन्य विष्फोटक पदार्थ भए एक वर्षसम्म कैद वा $\beta$दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै,
(ग) आतसबाजी वा पटाका भए $\beta$एक हजार रुपैयाँसम्म जरिवाना ।
तर एउटै विष्फोटक पदार्थका सम्बन्धमा दण्ड सजाय गर्दा उत्पादन गरेको, पैठारी गरेको वा प्रयोग गरेको बापत सजाय हुने भएमा सो पदार्थ साथ राखे बापत र पैठारी गरेको, प्रयोग गरेको वा बिक्री गरेको बापत सजाय हुने भएमा परिहन गरेको बापत छुट्टै दण्ड सजाय हुने छैन ।
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित । $\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
(२) कुनै व्यक्तिले दफा ४ अन्तर्गत लिएको इजाजतपत्रको शर्त उल्लंघन गरेमा वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेमा उपदफा (१) को खण्ड (क) को कुरामा $\beta$पाँच हजार रुपैयाँ सम्म, खण्ड (ख) को कुरामा $\beta$दुई हजार पाँच सय रुपैयाँसम्म र खण्ड (ग) को कुरामा $\beta$पाँच सय रुपैयाँ सम्म जरिवाना हुनेछ ।
स्पष्टीकरण : इजाजतपत्रको म्याद नाघेकोमा र इजाजतपत्रले अधिकार नै नदिएको काम कुरा गरेकोमा इजाजतपत्र नलिएको मानी कारिवाही र सजाय हुनेछ ।
(३) दफा ४ वा ५ अन्तर्गतको कसूरसँग सम्बन्धित विष्फोटक पदार्थ जफत भई नेपाल सरकार लालिनेछ ।
११. हातहतियार र खरखजाना सम्बन्धी नेपाल कानूनको बचाउ : यो ऐनमा लेखिएका कुनै कुराले हातहतियार र खरखजाना सम्बन्धी नेपाल कानूनमा कुनै कुरालाई असर पार्ने छैन ।
तर कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने कामको इजाजतपर दिने प्रमुख जिल्ला अधिकारीलाई यो ऐन अन्तर्गत बनेका नियम बमोजिम अधिकार भएमा निजले दिएको कुनै इजाजतपत्रलाई हातहतियार र खरखजाना सम्बन्धी नेपाल कानून अन्तर्गत दिइए सरह मान्यता हुनेछ भन्ने सो इजाजतमा लेखिदिन सक्नेछ ।
१२. अन्य नेपाल कानून अन्तर्गत सजाय हुन सक्ने : कुनै कसूर यो ऐन अन्तर्गत सजाय हुने र अन्य नेपाल कानून अन्तर्गत पनि सजाय हुने रहे छ भने सो कसूरमा कुनै व्यक्तिलाई अन्य नेपाल कानून अन्तर्गत मुद्दा चलाउने वा यो ऐन भन्दा बढी सजाय हुने गरी व्यवस्था भएको अन्य नेपाल कानून अन्तर्गत सजाय दिनमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमका कुनै कुराले बाधा पुर्याउने छैन ।
१३. बचाउ र लागू नगर्ने अधिकार :(१) यो ऐनमा लेखिएका कुनै कुरा निम्न्लिखित व्यक्ति वा अधिकारीद्वारा उत्पादन हुने, राख्ने, प्रयोग गरिने, परिवहन गरिने वा पैठारी गरिनेमा लागू हुने छैन :-
(क) नेपाल सरकारले बनाएका नियम अनुसार नेपाली सेनाद्वारा, र
(ख) नेपाल सरकारको कुनै मन्त्रालय विभाग वा अड्डाद्वारा ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित ।
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै विष्फोटक पदार्थको सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको सबै वा कुनै कुरा पूर्ण तथा केही शर्तका अधीनमा रही लागू नहुने गर्न सक्नेछ ।
१४. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
१५. ¤ . . . . . . . . . . . . . . .
¤ नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ द्वारा स्वीकृतको] . रिव्य :- १. नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरू :- (क) “गजेटेड” को सट्टा “राजपत्रविहित” । (ख) “गजेट” को सट्टा “राजपत्र” । (ग) “अफिसर” को सट्टा “अधिकारी” । (घ) “रिपोर्ट” को सट्टा “प्रतिवेदन” । (ङ) “पुलिस” को सट्टा “प्रहरी” । २. प्रहरी (पहिलो संशोधन) ऐन, २०१९ द्वारा रुपान्तर भएका शब्द :- “सुपेरिन्टेन्डेन्ट” को सट्टा “नायब निरीक्षक” । ३. विष्फोटक पदार्थ (दोश्रो संशोधन) ऐन, २०४८ द्वारा रुपान्तर भएका शब्दहरू :- “अञ्चलाधीश” वा “जिल्लाका अञ्चलाधीश” को सट्टा “प्रमुख जिल्ला अधिकारी” । ४. सैनिक ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु :- “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” । ५. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू :- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।