हातहतियार खरखजाना ऐन, २०१९
२०१९ सालको ऐन नं. ४५ ×............ हातहतियार खरखजाना सम्बन्धी नेपाल कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको ऐन
प्रस्तावना : नेपालको सुरक्षा एवं शान्ति र व्यवस्था कायम राख्नको निमित्त हतियार खरखजाना सम्बन्धी प्रचलित नेपाल कानूनलाई एकीकरण र संशोधन गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यो ऐनको नाम “हातहतियार खरखजाना ऐन, २०१९” रहेकोछ ।
(२) यो ऐन नेपाल $\times$............ भर लागू हुनेछ ।
तर नेपाल सरकारको आदेशबमोजिम वा कुनै सरकारी कर्मचारीको हैसियतले आफ्नो कर्तव्य पालन गर्दा निजले दिएको आदेश बमोजिम हातहतियार खरखजाना बनाउन, मरम्मत गर्न, एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न, बेच्न, तबक्रीको लागि दिन, तल्लिएर हिड्न, आफू साथ वा आफ्नो नियन्त्रणमा राख्न, नेपाल $\times$........... बाट विदेशमा निकासी गर्न, विदेशबाट नेपाल $\times$............ भित्र पैठारी गर्न वा नेपाल $\times$........... भित्रको एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लै जानमा यो ऐनका कुनै कुरा लागू हुने छैन ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।$\neq$
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “हातहतियार” भन्नाले तोप, मोटर, बख्तरबन्द गाडी, मेसिनगन, राइफल, बन्दुक, पिस्तोल, रिभल्भर वा खरखजाना प्रयोग गरी वा नगरी चलाइने त्यस्तै प्रकृतिका अन्य यन्त्र सम्पुर्ण पछन् र सो शब्दले हातहतियार बनाउने मेसिन, उपकरण र हातहतियारको पाटपुर्जा समेतलाई जनाउँछ ।
(ख) “मेसिनगन” भन्नाले ब्रे नगन, लुइसगन, स्टे गन, मेसिन, कारबाइन, टम्स मेसिन कारबाइन, जी.एम.जी, एल.एम.जी, सटन मेसिन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्पुर्ण पछन् र सो शब्दले मेसिनगन बनाउने मेसिन, उपकरण र मेसिनगनको पाटपुर्जा समेतलाई जनाउँछ ।
(ग) “खरखजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छरान, डिटोनेटर, कातुस, फ्यूज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा निष्क्रिय गरिएको । $\neq$ मिति २०२०।९।१ देखि ऐन प्रारम्भ हुने गरी मिति २०२०।९।१५ को नेपाल राजपत्रमा सूचना प्रकाशित। केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित।
(घ) $\times$.............. (ङ) $\rho$............... (च) “इजाजत” भन्नाले हातहतियार, खरखजानाका सम्बन्धमा यो ऐन बमोजिम प्राप्त भएको इजाजतपत्र र “इजाजतपत्रवाला” भन्नाले त्यस्तो इजाजतपत्र प्राप्त गर्ने व्यक्तिलाई सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा आदेशमा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।
३. इजाजतपत्र लिनु पर्ने : देहायका कुनै कार्य गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ :-
(क) हातहतियार वा खरखजाना बनाउन वा मर्मत गर्न,
(ख) हातहतियार वा खरखजानाको निकासी वा पैठारी गर्न,
(ग) हातहतियार वा खरखजाना राख्न वा लिएर हिँड्न ।
३क. स्वीकृति लिनु पर्ने : (१) कसैले पनि आफूसँग भएको निजी उपयोगको हातहतियार वा खरखजाना प्रचलित कानून बमोजिम निषेध गरेको अवस्थामा बाहेक अन्य व्यक्तिलाई बिक्री वा हस्तान्तरण गर्नु पर्दा खरिद गर्ने वा प्राप्त गर्ने व्यक्तिको नाम, थर, ठेगाना र नागरिकता नम्बर उल्लेख गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) विपरीत काम गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
$\times$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा झिकिएको । $\rho$ पहिलो संशोधनद्वारा झिकिएको । $\approx$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । $\square$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप ।
४. ल्याउन वा लैजान मनाही : (१) कसैले तोप वा मेन्शन गन विदेशबाट नेपाल $\times \dots \dots \dots \dots$ भित्र ल्याउन, नेपाल $\times \dots \dots \dots \dots$ बाट विदेशमा लैजान वा नेपाल $\times \dots \dots \dots \dots$ को एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान समेत हुँदैन ।
(२) इजाजतपत्र नलिई वा इजाजतपत्रमा तोकिएको बन्देज नरही कुनै व्यक्तिले हातहतियार वा खरखजाना विदेशबाट नेपाल $\times \dots \dots \dots \dots$ भित्र ल्याउन, नेपाल $\times \dots \dots \dots \dots$ बाट विदेशमा लैजान वा नेपाल $\times \dots \dots \dots \dots$ को एक जिल्लाबाट अर्को जिल्लामा ल्याउन लैजान समेत हुँदैन ।
५. इजाजतपत्र बेगर हातहतियार लिएर हिँड्न मनाही : (१) कुनै व्यक्तिले इजाजतपत्र नलिई वा इजाजतपत्रमा तोकिएको शर्त बन्देज नरही हातहतियार लिएर हिँड्न हुँदैन ।
$\text{}$ (२) उपदफा (१) विपरीतको कसूर गर्ने व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।
$\text{¤}$ (३) उपदफा (२) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूजी जारी गर्ने अनुमति दिन सक्नेछ ।
$\text{¤}$ (४) उपदफा (३) बमोजिम पक्राउ पूजी जारी गरिएको व्यक्तिलाई प्रमुख जिल्ला अधिकारी वा निजले खटाएको व्यक्ति वा प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टातभर मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।
$\text{¤}$ (५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि इजाजतपत्र बेगर वा यस ऐनका विरूद्ध हातहतियार लिएर हिँड्ने कुनै व्यक्ति तत्काल पक्राउ नभएमा वा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबूत नष्ट गर्ने मनासिब कारण भएमा त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूजी जारी गरी जुनसुकै ठाँउमा पक्राउ गरी निजले साथमा लिएको हातहतियार कब्जा समेत गरी मुद्दा हेने अधिकारी समक्ष स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित उपस्थित गराउनु पर्नेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको । $\text{}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित । $\text{¤}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप ।
५क. निर्वाचन अवधिमा हातहतियार लिएर हिँड्न मनाही : (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन आयोगले प्रचालित कानून बमोजिम गराउने निर्वाचनमा उम्मेदवारको लागि दरखास्त दिने मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको सात दिनसम्मको अवधिभर सुरक्षा सम्बन्धी सरकारी कर्मचारी बाहेक अरू कसैले निर्वाचन क्षेत्रमा इजाजतपत्र प्राप्त हातहतियार पनि लिई हिँड्न हुँदैन ।
(२) कसैले उपदफा (१) को उल्लंघनलाग हातहतियार लिई हिँडेमा लाइसेन्स नभएको हातहतियार लिएर हिँडेको सरह मानी निजलाई दफा ५ बमोजिम कारवाई हुनेछ ।
६. शंका लागेमा हातहतियार, खरखजाना, ल्याउने लैजाने व्यक्तिहरूको खानतलासी लिई पक्राउ गर्ने: (१) इजाजतपत्र बेगर वा इजाजतपत्र भए तापनि कुनै गैरकानूनी काम गर्ने हेतुले कुनै व्यक्तिले हातहतियार वा खरखजाना निकासी वा पैठारी गरेको वा एक जिल्लाबाट अर्को जिल्लामा ओसार पसार गरेको शंका लागेमा सहायक निरीक्षक दर्जा वा सो भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीले त्यस्तो व्यक्तिको जीउ र त्यस्तो वस्तु भएको शंका लागेको गाडी, पोका, भारी, बोक्ने जवानहरू र ओसार पसार गराउनको बाकसहरूलाई रोकी खानतलासी गर्न र त्यस्तो वस्तु फेला परेमा निजलाई हवना वारेन्ट तगरफ्तार गर्न र त्यस्तो हातहतियार वा खरखजाना कब्जा समेत गर्न सक्नेछ ।
(२) यस दफा अन्तर्गत तगरफ्तार गरिएको व्यक्ति र बरामद भएको हातहतियार वा खरखजानालाई बाटोको म्याद बाहेक २४ घण्टा भित्र तुरुन्त मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नुपर्नेछ ।
७. खानतलासी गर्ने अड्डा वा चौकी : नेपाल सरकारले आवश्यक देखेमा नेपाल सरहद र विदेशी सरहदको सीमानाका बीच हातहतियार वा खरखजानाको तलासी लिने चौकीहरू खडा गर्न सक्नेछ र नेपाल सरकारबाट अख्तियार पाएको व्यक्तिले त्यस ठाउँमा आवत जावत गर्ने गाडी र भारी
$\square$ केही नेपाल ऐन (संशोधन) ऐन, २०४३ द्वारा थप । $\nabla$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून (संशोधन) गर्ने ऐन, २०६६ द्वारा संशोधित । $\text{\textbullet}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित। $\diamond$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा थप। $\star$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
बोक्ने मानिस वा जीवजन्तुहरूलाई रोकी बसार पसार गर्दा प्रयोग गरिएको बाकसहरू र पोकाहरूको तलासी लिन सक्नेछ ।
८. कुनै निश्चित ठाउँमा हातहतियार, खरखजाना राख्न मनाही : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको ठाउँमा तोकिएको कुनै किसिमको हातहतियार वा खरखजाना कुनै व्यक्तिले पनि राख्न नपाउने गर्न सक्नेछ ।
९. प्रहरी थानामा हातहतियार खरखजाना बुझाउने : (१) हातहतियार र खरखजाना राख्ने कुनै पनि व्यक्तिको इजाजतपत्रको अवधि समाप्त भएमा वा इजाजतपत्र बदर गरिएमा वा दफा ८ अन्तर्गत सूचना प्रकाशित भएबाट वा अरू कुनै तरिकाबाट त्यस्तो हातहतियार वा खरखजाना राख्न गैरकानूनी हुन आएमा त्यस्तो हातहतियार वा खरखजाना स्थानीय प्रहरी कार्यालयमा तुरुन्त बुझाई दिनु पर्छ र प्रहरी कार्यालयले पनि बुझी लिई प्रचलित कानून बमोजिम कार्रवाई गर्नुपर्छ।
(२) उपदफा (१) बमोजिम हातहतियार वा खरखजाना बुझाई दिए पछि सो बुझाउने व्यक्तिले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको अवधि समाप्त हुनु भन्दा अगावै पनि पुनः देहायको हक प्राप्त गर्न सक्नेछ:-
(क) त्यसरी बुझाएको हातहतियार वा खरखजाना आफूसाथ राख्न कानूनी हुन आएमा सो हातहतियार वा खरखजाना फिर्ता लिन पाउने,
(ख) त्यसरी बुझाएको हातहतियार वा खरखजाना कानूनी तवरबाट राख्न पाउने व्यक्तिलाई बिक्री गर्न, गराउन वा त्यस्तो बिक्रीबाट आएको मुनाफा आफूले लिन पाउने ।
तर $\times$.......... जफत गरिएको कुनै हातहतियार वा खरखजाना यस उपदफाको कुनै कुराले फिर्ता लिन वा बिक्री गर्न अधिकार दिएको मानिने छैन ।
(३) तोकिएको अवधि भित्र उपदफा (२) बमोजिम फिर्ता नभई जम्मा भएको हातहतियार वा खरखजाना नेपाल सरकारको सम्पत्ति हुनेछ ।
(४) माथि उल्लेख गरिएका दफाहरूको सर्वसामान्यतयामा कुनै प्रतिकूल प्रभाव नपारी नेपाल सरकारले देहायको विषयमा नियम बनाउन सक्नेछ :-
$\times$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा खारेज गरिएको ।
(क) इजाजतपत्रवालाले कस्तो अवस्था र परिस्थितिमा हातहतियार वा खरखजाना बुझाउनु पर्ने, र
(ख) कति अवधि समाप्त भएपछि उपदफा (३) अन्तर्गत हातहतियार वा खरखजाना जफत हुने ।
१०. इजाजतपत्र प्राप्त गर्ने वा रिन्यू गर्ने तरिका : (१) कुनै व्यक्तिले यो ऐन अन्तर्गत इजाजतपत्र लिनको निमित्त तोकिएको दस्तुर र तोकिएको ढाँचाको दरखास्त प्रमुख जिल्ला अधिकारी छेउ दिनुपर्छ ।
(२) उपदफा (१) अन्तर्गत कसैको दरखास्त दाखिल भएपछि प्रमुख जिल्ला अधिकारीले तोकिए बमोजिमको आवश्यक जाँचबुझ गरी हेर्दा दरखास्तमा लेखिए बमोजिम काम गर्न पाउने गरी इजाजतपत्र दिन मनासिव सन्धिमा तोकिए बमोजिमको शर्त बन्देज राखी दरखास्तवालालाई तोकिएको ढाँचाको इजाजतपत्र दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिइएको प्रत्येक इजाजतपत्रको अवधि र त्यसलाई रिन्यू गर्ने तरिका, स्थान र त्यसरी रिन्यू गराउँदा लाग्ने दस्तुर तोकिए बमोजिमको हुनेछ ।
११. इजाजतपत्र रद्दी वा स्थगित गर्ने अधिकार : (१) सार्वजनिक शान्ति सुरक्षाको लागि आवश्यक देखिएमा प्रमुख जिल्ला अधिकारीले कारण सहितको पचान खडा गरी आफ्नो अधिकार क्षेत्र भित्रको सबै ठाउँमा वा त्यसको कुनै भागमा वा सबै वा केही इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै इजाजतपत्रवाला दोषी ठहरिएमा प्रमुख जिल्ला अधिकारीले निजको इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल $\times$.......... भर वा त्यसको कुनै भागमा रहेको सबै वा केही इजाजतपत्र रद्दी वा स्थगित गर्न सक्नेछ ।
१२. खानतलासी लिने, कब्जा गर्ने प्रमुख जिल्ला अधिकारीको अधिकार : कुनै प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र भित्र बसोबास भएका कुनै व्यक्तिसँग बिना इजाजतपत्र वा गैरकानूनी प्रयोजनको निमित्त कुनै हातहतियार वा खरखजाना राखिएको छ भन्ने भरपदो शंका लागेमा, वा त्यस्तो व्यक्तिसँग सो हातहतियार वा खरखजाना राख्न दिनु सार्वजनिक शान्तिको निमित्त उचित
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा निरुद्ध गरिएको ।
हुनेछैन भन्ने प्रमुख जिल्ला अधिकारीलाई विश्वास लागेमा कारण सहितको पर्चा खडा गरी सो पर्चाको आधारमा त्यस्तो व्यक्तिको घर जग्गामा वा अरू शंका लागेको ठाउँमा खानतलासी गर्न गराउन र इजाजतपत्र भएको वा नभएको जुनसुकै हातहतियार वा खरखजाना उपर कब्जा गर्न सक्नेछ ।
त्यस्तो किसिमको खानतलासी गदान गराउँदा प्रमुख जिल्ला अधिकारीले अरू कुनै अड्डाखानाको कर्मचारीलाई साक्षी राखी मार गनुन गराउनु पर्छ ।
१३. रोक्का गर्ने नेपाल सरकारको अधिकार : कसै ले हातहतियार वा खरखजाना राख्न इजाजतपत्र पाएको भए तापनि नेपाल सरकारले सार्वजनिक सुरक्षाको लागि आवश्यक ठानेमा जुनसुकै समयमा सो व्यक्तिको साथमा रहेको हातहतियार वा खरखजाना कब्जा गरी रोक्का राख्न आदेश दिन सक्छ।
१४. लागू गर्ने नेपाल सरकारको अधिकार : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै व्यक्ति वा व्यक्तिहरूको सम्बन्धमा वा कुनै खास इलाकामा वा कुनै खास किसिमको हातहतियार वा खरखजानको सम्बन्धमा यो ऐनको सबै वा केही कुराहरू लागू नहुने वा सोही सूचनामा तोकिएबमोजिम संशोधित भई लागू हुने गर्न सक्नेछ ।
१५. हातहतियार, खरखजानाको लगत लिने अधिकार : नेपाल सरकारले समय समयमा सूचना प्रकाशित गरी नेपाल .................... भरमा सोही सूचनामा तोकिएको कुनै ठाउँमा कुनै हातहतियार वा खरखजाना राख्ने व्यक्तिले त्यसको लगत तोकिएको अधिकारीलाई दिन निर्देशन गर्न सक्नेछ ।
त्यस्तो सूचना प्रकाशित भएपछि सम्बन्धित हातहतियार वा खरखजाना राख्ने सबै व्यक्तिहरूले तोकिएको अधिकारीले मागे बमोजिमको लगत दाखिल गर्नुपर्छ र निजले त्यस्तो हातहतियार वा खरखजाना नै हेर्न चाहेमा सो समेत देखाउनु पर्छ ।
१६. हातहतियार, खरखजाना पदार्थ जफत गर्ने अधिकार : कुनै व्यक्तिले हातहतियार खरखजाना सम्बन्धी कसूर गरेको साबित भएमा मुद्दा हेर्ने अधिकारीले निजसँग भएको कसूरसँग सम्बन्धित
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेजिएको । $\text{}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा संशोधित। $\text{}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित ।
सबै वा कुनै हातहतियार वा त्यसको खरखजाना वा त्यसको सम्बन्धमा प्रयोग भएको सवारी, जन्तु, बाकस वा थैली जफत गरी नेपाल सरकार लाग्ने गर्न सक्नेछ ।
१७. सेना सम्बन्धी हातहतियारको प्रतिवेदन पेश नगरेमा जफत हुने : कसैले सरकारी बोरोको (सेना सम्बन्धी) राइफल, पिस्तौल, रिभल्भर र त्यस्तै अरू हातहतियार इजाजतपत्र लिई निकालेको भए त्यसको प्रमाण र कम्पनीको बिल समेत तोकिएको अवधि भित्र तोकिएको अधिकारी छेउ पेश गर्नुन पर्छ । मुनासिब कारण बाहेक तोकिएको अवधि भित्र सो हातहतियार पेश नगरेमा नेपाल सरकारले हर्जाना मुआब्जा त्यस्तो हातहतियार जफत गर्न सक्नेछ ।
१८. कसूरको सम्बन्धमा सूचना दिनुपर्ने : यो ऐनले सजाय हुने कसूर गरेको काम कुरा थाहा पाउने प्रत्येक व्यक्तिले मुनासिब माफिकको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा वा प्रहरी कार्यालयमा उक्त कुराको सूचना दिनुपर्छ ।
१९. ⌧...................... २०. ⌧..................... २१. ⌧...................... २२. ⌧......................... २३. ⌧.......................
➔२४. मुद्दा हेर्ने अधिकारी : (१) दफा २० को उपदफा (१) बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) मा लेखिएका बाहेक यस ऐन बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
ϕ२४क. थुनामा राखी कारबाही गर्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको मुद्दाका अभियुक्तलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखी कारबाही गर्नुपर्नेछ ।
⌧ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा खारेज । ➔ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित । ϕ दोस्रो संशोधनद्वारा थप ।
२५. जाहेरवालालाई पुरस्कार दिने : हातहतियार खरखजाना सम्बन्धी कसूरको सूचना दिने व्यक्तिलाई सो मुद्दामा कसूरदारबाट उपर भएको जरिवानाको सरकारी कर्मचारी भए चौथाई र अरू भए आधा पुरस्कार दिइनेछ ।
२६. नेपाल सरकारको नियम बनाउने अधिकार : (१) यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) मा लेखिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियमहरूमा खास गरेर देहायका सबै वा केही कुराहरूको व्यवस्था गर्न सकिनेछ :-
(क) इजाजतपत्र दिने हातहतियारको किसिम र संख्या तोक्ने,
(ख) हातहतियार वा खरखजानाको सम्बन्धमा दिइने इजाजतपत्रको ढाँचा र इजाजतपत्र दिँदाको शर्त बन्देजहरू तोक्ने,
(ग) त्यस्तो इजाजतपत्र लागू हुने अवधि तोक्ने,
(घ) इजाजतपत्रको दस्तुर निर्धारित गर्ने,
(ङ) प्रत्येक इजाजतपत्रवालाले तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र बमोजिम काम कुरा गरेको हिसाब किताब वा लगत राख्ने, र सरकारी कर्मचारीले जाँच्न चाहेमा त्यस्तो हिसाब किताब वा लगत देखाउनु पर्ने निर्देश दिने,
(च) प्रमुख जिल्ला अधिकारीले हातहतियार वा खरखजाना तयार हुने वा बिक्री हुने ठाउँमा प्रवेश गर्ने र जाँच निरीक्षण गर्ने वा हिसाब जाँच्ने कुनै सरकारी कर्मचारीलाई अख्तियार दिने,
(छ) इजाजतपत्र बमोजिमको वस्तु तयार गर्ने वा बिक्री गर्ने व्यक्तिलाई आफ्नो साथमा रहेको वा नियन्त्रणमा रहेको हातहतियार वा खरखजाना नेपाल सरकारबाट अख्तियार पाएको व्यक्तिलाई देखाउन निर्देश दिने,
(ज) हातहतियार वा खरखजाना आफ्नो साथमा राख्ने व्यक्तिले नेपाल सरकारबाट जाँचको लागि अख्तियार पाएको व्यक्तिलाई लगत हिसाब दिने,
(झ) इजाजतपत्र रिन्यू गर्ने व्यवस्था गर्ने, (ञ) हातहतियार वा खरखजानाको पसल र कारखाना नेपाल $\times$............ भित्र खोल्न दिने व्यवस्था गर्ने, (ट) विदेशतर्फको इजाजतपत्र दिने, (ठ) कस्ता बन्दुक, राइफल, पिस्तौल र रिभल्भर सरकारी बोरमा गणना गर्ने सो कुरा तोक्ने । $\text{§}२७. \text{§}$.......................
$\times$ शासन सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । $\text{§}$ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा खारेज ।
द्रष्टव्य :- १. प्रहरी (पहिलो संशोधन) ऐन, २०२९ द्वारा रूपान्तर भएका शब्दहरु:- “असिस्टेन्ट सब इन्स्पेक्टर” को सट्टा “सहायक निरीक्षक” । २. नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरु :- (क) “पुलिस” को सट्टा “प्रहरी” । (ख) “अफिसर” को सट्टा “अधिकारी” । (ग) “गजेट” को सट्टा “राजपत्र” । (घ) “रिपोर्ट” को सट्टा “प्रतिवेदन” । (ङ) “अपील” को सट्टा “पुनरावेदन” । ३. हातहतियार खरखजाना (पहिलो संशोधन) ऐन, २०४८ द्वारा रूपान्तर भएका शब्दहरु :- “स्थानीय अञ्चलाधीश” को सट्टा “प्रमुख जिल्ला अधिकारी” । ४. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । ५. केही नेपाल कानूनलाई संहोड्ढन एकीकरण समायोजन र खारेज गर्ने ऐन, २०७४ द्बारा रूपान्तर भएका शब्दहरू :- “लाइसेन्स” को सट्टा “इजाजतपत्र”।*