प्रमाणीकरण र प्रकाशन मिति २०७४।६।३०
संशोधन गर्ने ऐन १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ (२०७६।०१।०२) २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ (२०७९।३।३१) ३. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने ऐन, २०७९ (२०७९।३।३१) ४. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० (२०८०।०४।१२)
सम्मत २०७४ सालको ऐन नं. ३६
प्रस्तावनाः मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदाय बीचको सुसम्बन्ध तथा शान्ति कायम गर्ने, फौजदारी कसूर निवारण र नियन्त्रण गर्ने र तत्सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसद्ले यो ऐन बनाएको छ।
भाग – १
सामान्य प्रावधानहरू
परिच्छेद – १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “मुलुकी अपराध संहिता, २०७४” रहेकोछ।
(२) यो संहिता संवत् २०७५ साल वैशाख १ गतेदेखि प्रारम्भ हुनेछ।
२. संहिताको बाह्यक्षेत्रीय प्रयोग: (१) कसैले नेपाल बाहिर देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरि यस संहिता बमोजिम सजाय हुनेछ:–
(क) दफा ५४ बाहेक भाग २ को परिच्छेद १ अन्तर्गतको कसूर,
(ख) नेपालबाट कुनै व्यक्तिलाई अपहरण गरी भाग २ परिच्छेद १७ अन्तर्गत गरेको कसूर,
(ग) दफा १६७, २७६ र २७९ अन्तर्गतको कसूर,
(घ) नेपालभित्र चलनचल्तीमा ल्याउने वा पैठारी गर्ने उद्देश्यले गरेको भाग २ परिच्छेद २२ र २३ अन्तर्गतका कसूर,
(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संगठित संस्थाको कुनै पदीय हैसियतमा कार्य सम्पादन गर्दा गरेको यस ऐन अन्तर्गतको कसूर।
(२) कसैले नेपालमा दर्ता गरिएको वायुयान वा जलयानभित्र यस ऐन अन्तर्गतको कुनै कसूर नेपाल बाहिर रहँदाका बखत गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरि यस ऐन बमोजिम सजाय हुनेछ।
(३) कुनै नेपाली नागरिक वा अन्य कसैले नेपाल बाहिर कुनै नेपाली नागरिक विरुद्ध देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरि यस ऐन बमोजिम सजाय हुनेछ:–
(क) ज्यान लिएको वा ज्यान लिने उद्योग, दुरुत्साहन वा षड्यन्त्र गरेको कसूर,
(ख) असहाय व्यक्तिलाई परित्याग गरेको कसूर,
(ग) अङ्गभङ्ग गरेको कसूर,
*(ग१) दफा १९२क. बमोजिमको कसूर,
(घ) अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राखेको कसूर,
(ङ) जबरजस्ती करणी वा हाडनाता करणी गरेको कसूर,
(च) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्था विरुद्ध आपराधिक उपद्रव, आपराधिक लाभ, आपराधिक विश्वासघात, कीते, चोरी, ठगी, डाँका वा सम्पत्तिको आपराधिक उपयोग गरेको कसूर,
(छ) दफा १५८ अन्तर्गतको कसूर,
(ज) भाग २ परिच्छेद ११ अन्तर्गतका हिसाब सम्बन्धी कसूर,
(झ) नेपालभित्र पैठारी गर्ने उद्देश्यले खाद्य पदार्थ वा औषधिमा मिसावट गरेको कसूर,
(ञ) दफा २३१, २३२ र २३३ अन्तर्गतका इलाज सम्बन्धी कसूर,
(ट) भाग ३ को परिच्छेद २ अन्तर्गतको कसूर।
३. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किस्मका फौजदारी मुद्दाको कारबाही र किनारा गर्न कानून बमोजिम अधिकारप्राप्त अदालत, अन्य न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ।
(ख) “आश्रय दिने” भन्नाले कुनै व्यक्तिलाई खान, पिउन, बस्न, नगदी, जिन्सी, लत्ता कपडा, हातहतियार वा सवारीको साधन दिने वा पक्राउबाट बच्न वा अन्य सहायता दिने काम सम्झनु पर्छ।
(ग) “कसूर” भन्नाले यस संहिता वा कानून बमोजिम सजाय हुने काम सम्झनु पर्छ।
(घ) “कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ।
(ङ) “काम” भन्नाले कामहरूको समूह सम्झनु पर्छ र सो शब्दले कानून बमोजिम गर्नु पर्नेमा नगरेको वा गर्नु नहुनेमा गरेको काम समेतलाई जनाउँछ।
(च) “गम्भीर कसूर” भन्नाले तीन वर्षभन्दा बढी दश वर्षसम्म कैद सजाय हुने कसूर सम्झनु पर्छ।
(छ) “जघन्य कसूर” भन्नाले जन्मकैद वा दश वर्षभन्दा बढी कैद सजाय हुने कसूर सम्झनु पर्छ।
(ज) “ज्यान” भन्नाले मानिसको ज्यान सम्झनु पर्छ।
(झ) “न्यायाधीश” भन्नाले मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अदालतको अधिकारी सम्झनु पर्छ र सो शब्दले कुनै खास हकमिसका फौजदारी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकारप्राप्त अधिकारी समेतलाई जनाउँछ।
(ञ) “राष्ट्रसेवक” भन्नाले देहायको कुनै व्यक्ति सम्झनु पर्छः–
(१) संविधान वा अन्य कानून बमोजिम सार्वजनिक जवाफदेहीको पदमा निर्वाचित, मनोनीत वा नियुक्त भएको व्यक्ति,
(२) कानून वा करार बमोजिम नेपाल सरकार वा प्रदेश सरकारको सेवामा वा अन्य कुनै सरकारी सेवामा नियुक्त भएको व्यक्ति,
(३) स्थानीय तह वा जिल्ला समन्वय समितिको कुनै पद वा सेवामा निर्वाचित, मनोनीत वा नियुक्त भएको व्यक्ति,
(४) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्थाका पदाधिकारी वा त्यस्तो संस्थाको सेवामा नियुक्त भएको व्यक्ति, वा
(५) सार्वजनिक जवाफदेही भएको पदमा अन्य कुनै निकायले नियुक्त गरेको वा बहाल रहेको व्यक्ति।
(ट) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।
(ठ) “सङ्गठित संस्था” भन्नाले कुनै कानून बमोजिम स्थापित वा कानून बमोजिम दर्तायरिएको संस्था सम्झनु पर्छ।
(ड) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
(ढ) “सार्वजनिक लिखत” भन्नाले देहायको कुनै लिखत सम्झनु पर्छः–
(१) विधायिकाबाट पारित भएको लिखत,
(२) संविधान बमोजिम राष्ट्रपतिबाट भएको औपचारिक कार्यको अभिलेखको रुपमा रहेको लिखत,
(२क) संविधान बमोजिम प्रदेश प्रमुखबाट भएको औपचारिक कार्यको अभिलेखको रुपमा रहेको लिखत,
(३) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका कार्यालय वा संवैधानिक निकाय वा पदाधिकारी, अदालत वा ऐन वा आदेशद्वारा स्थापित संस्था, नेपाल सरकारको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्थाको कार्यालयले जारी गरेको वा त्यस्ता कार्यालयमा अभिलेखको रुपमा रहने किताव, श्रेस्ता वा अन्य कुनै लिखत,
(३क) संघीय, प्रदेश वा स्थानीय कानून बमोजिम जारी भएको कुनै लिखत,
(४) अदालतबाट भएको फैसला, निर्णय वा आदेश।
४. सामान्य रुपमा लागू हुने सिद्धान्त र व्यवस्थाहरुः *यस संहिताको भाग १ को परिच्छेद– २, ३, ४ र ५ बमोजिमका सिद्धान्त र व्यवस्थाहरु यस संहिता र अन्य ऐन अन्तर्गतका कसूरका सम्बन्धमा सामान्यतः लागू हुने छन्।
५. विशेष ऐनको व्यवस्था लागू हुनेः कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा छुट्टै कसूर मानी सजाय गर्ने व्यवस्था भएको रहे छ भने त्यस्तो कसूरका सम्बन्धमा सोही ऐन लागू हुनेछ।
परिच्छेद –२ फौजदारी न्यायका सामान्य सिद्धान्तहरु
६. कानून बमोजिमको काम कसूर नहुनेः कानून बमोजिम गर्नु पर्ने वा कानूनले क्षम्य मानेको कामलाई कसूर मानिने छैन।
७. कानून बमोजिम बाहेक सजाय नहुनेः कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गराएको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन।
८. तथ्यको भ्रममा परी गरेको काम कसूर नहुनेः तथ्यको भ्रममा परी कानून बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन। तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन।
९. एउटै कसूरमा दोहोरो सजाय नहुनेः कुनै व्यक्ति विरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन।
१०. स्वच्छ सुनुवाइबाट वञ्चित नहुनेः कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाइबाट वञ्चित हुने छैन।
११. आफ्नो बिरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो बिरुद्ध साक्षी हुन कर लाग्ने छैन।
१२. कसूर प्रमाणित निएसम्म कसूरदार नमानिनेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित निएसम्म कसूरदार मानिने छैन।
१३. बालबालिकाले गरेको काम कसूर नहुनेः दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन।
१४. होस ठेगानमा नरिहेको व्यक्तिले गरेको काम कसूर नमानिनेः कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरिहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन।
१५. मञ्जुरी लिई गरेको काम कसूर नहुनेः ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भई गरेकोमा बाहेक कसैले अठार वर्ष माथिको कुनै व्यक्तिको मञ्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसूर मानिने छैन।
१६. भलाइका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुनेः कसैले कुनै व्यक्तिको भलाइका लागि निजको मञ्जुरी लिई असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन।
१७. भलाइका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुनेः अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरिहेको व्यक्तिको भलाइका लागि निजको संरक्षकले वा त्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन।
तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक दायित्वबाट छुटकारा पाउने छैन ।
१८. भलाइका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुनेः कुनै व्यक्तिको भलाइका लागि तत्काल कुनै काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति कुनै कारणले त्यस्तो काम गर्नुपर्ने दिनको लागि तत्काल आफै मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मञ्जुरी दिन सक्ने संरक्षक पनि तत्काल उपलब्ध नभएको अवस्थामा निजको भलाइका लागि मञ्जुरी नलिई पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाई कुनै क्षति वा हानि, नोक्सानी पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।
स्पष्टीकरणः दफा १६, १७ र यस दफाको प्रयोजनका लागि “भलाइ” भन्नालेः
(क) आर्थिक रुपमा प्राप्त भलाइलाई जनाउने छैन,
(ख) ज्यान लिने वा मनासिब कारण बिना अङ्गभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन ।
१९. मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेः दफा १५, १६ वा १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि ती दफाहरुमा लेखिएको काम कानून बमोजिम अन्य कसूर मानिने भएमा त्यस्तो काम मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेछ ।
२०. मञ्जुरीः मञ्जुरी मौखिक वा लिखित रुपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिनेछ ।
तर देहायका अवस्थामा दिइएको मञ्जुरीलाई मञ्जुरी मानिने छैनः–
(क) तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि, नोक्सानी हुन सक्ने डर, त्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएको र त्यस्तो मञ्जुरी अनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी त्यसरी दिइएको हो भन्ने कुरा थाहा भएमा वा निजले विश्वास गर्नु पर्ने कुनै मनासिब कारण भएमा,
(ख) मानसिक असुस्थताको कारणले आफूले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,
(ग) अठार वर्ष ननाघेको बालबालिकाले मञ्जुरी दिएकोमा,
(घ) अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा।
२१. असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुनेः कसैले कुनै व्यक्तिलाई निजको भलाइको लागि असल नियतले दिएको कुनै कुराको सूचना वा जानकारीबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुगि गएमा त्यस्तो काम कसूर मानिने छैन।
२२. डर त्रासमा परी गरेको काम कसूर नहुनेः (१) कसैले जोखिमि हातहतियार वा विपालु वा विष्फोटक पदार्थ मलाई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको निजको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नो वा आफ्नो निजको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन।
तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने छः–
(क) ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,
(ख) जबरजस्ती करणी गरेकोमा,
(ग) राज्य विरुद्धको कसूर गरेकोमा, वा
(घ) त्यस्तो काम गर्ने व्यक्ति आफैँले गराया वा आफूले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा।
(२) उपदफा (१) बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैँले त्यस्तो कसूर गरे सरि कानून बमोजिम सजाय हुनेछ।
२३. अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुनेः कसैलाई कुनै हानि, नोक्सानी हुने कुनै काम तत्काल नगरे आफ्नो वा अरु कसैको जीउ, ज्यान वा
सम्पत्तिमा त्यसभन्दा ठूलो हानि, नोक्सानी हुने निश्चित भई आपराधिक नियत बिना र संभावित ठूलो हानि, नोक्सानी रोक्ने वा टार्ने उद्देश्यले असल नियतले त्यस्तो हानि, नोक्सानी हुने काम गरेमा हानि पुग्न सक्छ भन्ने जानीजानी गरेको कारणले मात्र त्यस्तो काम कसूर मानिने छैन ।
२४. निजी रक्षाको लागि गरेको काम कसूर नमानिनेः (१) यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गराएर गरेको कुनै काम कसूर मानिने छैन ।
(२) प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउने अधिकार हुनेछ ।
(३) यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउन सकिंदैन भन्ने मनासिब *विश्वास भएमा वा विश्वास गर्नु पर्ने मनासिब कारण भएमा मात्र प्रयोग गर्नु पर्नेछ ।
२५. निजी रक्षाको अधिकारमा बन्देजः (१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका विरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैन–
(क) कसैको जीउ वा सम्पत्तिमा गैर कानूनी क्षति पुर्याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,
(ख) जसको जीउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,
(ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,
(घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,
(ङ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट वंचित हुने छैनः–
(क) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको फैसला वा आदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचय वा सो काम गर्ने पाएको अधिकारपत्र माग गर्दा पनि निजले आफ्नो परिचय नदिएमा वा त्यस्तो काम गर्ने पाएको अधिकारपत्र नदेखाएमा,
(ख) उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नुपर्ने मनासिब कारण नभएमा,
(ग) उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नुपर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशन अनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्ने अधिकारपत्र भएकोमा माग गर्दा पनि त्यस्तो अधिकार पत्र नदेखाएमा।
(३) दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नेको लागि आवश्यक पर्नु मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन।
२६. ज्यान लिने अधिकार नहुनेः (१) यस परिच्छेद बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैलाई कसैको ज्यान लिने अधिकार हुनेछैन।
(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि दफा २५ को उपदफा (३) को अधीनमा रही देहायको अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर मानिने छैनः–
(क) आफू वा अरु कसैमाथि भएको आक्रमण विरुद्ध तत्काल रक्षा नगराउँदा आफ्नो वा अरु कसैको ज्यान जान वा आफू वा अरु कसैलाई गम्भीर चोट लाग्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने मनासिब विश्वास भएमा,
(ख) जबरजस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जबरजस्ती करणी गर्दाका बखत वा गरिसकेपछि पीडितबाट तत्काल कुनै काम लिएकोमा,
(ग) ज्यान मार्ने, बन्धक वा अपहरण गराउन मुक्ति रकम लिने, जबरजस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने नियतले शरीर बन्धक लिएकोमा वा अपहरण गरेकोमा,
(घ) मानिस बस्ने, पूजा वा प्रार्थना गर्ने, सम्पत्ति राख्ने कुनै घर, पाल वा सवारी साधनलाई घेराबन्दी गरी, जोखिमपूर्ण हातहतियार प्रयोग गरी, आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी क्षति पुर्याउन खोजेकोमा,
(ङ) डाँकाको कसूर विरुद्ध रक्षा गर्नु परेमा,
(च) कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रण रहेको सङ्गठित संस्थाको सम्पत्ति वा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अधिकार प्राप्त अधिकारीको आदेशबाट खटिएको सुरक्षाकर्मीले त्यस्तो व्यक्ति वा सम्पत्ति विरुद्ध भएको आक्रमण रोक्न तत्काल प्रतिकार गर्नु परेकोमा।
२७. मामूली हानि, नोक्सानी भएकोमा कसूर नहुनेः साधारण समझको व्यक्तिले गरेको मामूली किसिमको हानि, नोक्सानीलाई कसूर मानिने छैन।
२८. बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुनेः कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसूर गर्न लगाएको रहेछ भने
त्यसरी कसूर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तो कसूर गरे सरह सजाय हुनेछ।
२९. निरपेक्ष दायित्व (स्ट्रिक्ट लायबिलिटी) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुनेः यस संहिता वा कानून बमोजिम निरपेक्ष आपराधिक दायित्व हुने कसूरमा त्यस्तो कसूर मनसायपूर्वक गरेको हो वा होइन भन्ने कुरा परीक्षण हुने छैन।
३०. सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुनेः कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानून बमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति हट्टान गर्न नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि हट्टान गर्न नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नुपर्नेछ।
३१. समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुनेः दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसूर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुनेछ।
३२. अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुनेः (१) अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ।
(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुनःस्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ।
परिच्छेद – ३ आपराधिक षड्यन्त्र, उद्योग, दुरुत्साहन र मतिपार
३३. आपराधिक षड्यन्त्र गर्न नहुनेः (१) कसैले कुनै आपराधिक षड्यन्त्र गर्न हुँदैन।
(२) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कसूर गर्न वा गराउन मन्जुर गरी कुनै *एकजना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कार्य गरेमा निजहरूले आपराधिक षड्यन्त्र गरेको मानिने छ।
(३) जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस संहितामा अन्यत्र छुट्टै सजायको व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरीको सजाय,
(ख) आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरूप भएको रहेछ भने त्यस्तो कसूर बापत हुने सजाय,
(ग) आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरूप भएको रहेछ भने त्यस्तो कसूरको समेत थप सजाय,
(घ) आपराधिक षड्यन्त्र गर्ने कार्य पूरा भई नसकेको भएमा त्यस्तो कसूरमा हुने सजायको आधा सजाय।
३४. कसूर गर्ने उद्योग गर्ने नहुनेः (१) कसैले कुनै कसूर गर्ने उद्योग गर्ने हुँदैन।
(२) जुन कसूरको उद्योग भएको हो त्यस्तो कसूर जुन असम्भव भएमा पनि उद्योग गरेको मानिनेछ।
(३) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसूर गर्ने उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ।
३५. दुरुत्साहन दिन नहुनेः (१) कसैले कसैलाई कुनै कसूर गर्न दुरुत्साहन दिनु हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कसूर गर्न उक्साएमा निजले दुरुत्साहन दिएको मानिनेछ।
(३) दुरुत्साहन दिने व्यक्तिलाई यस संहितामा छुट्टै सजायको व्यवस्था गरिएकोमा सोही बमोजिम र नगरिएकोमा देहाय बमोजिम सजाय हुनेछः–
(क) दुरुत्साहन दिए बमोजिम कसूर भए भए निज स्वयंले कसूर गरे सरिइको सजाय,
(ख) दुरुत्साहन दिए बमोजिम कसूर भई नसकेकोमा सो कसूरका लागि तोकिएको सजायको आधा सजाय।
(४) कुनै व्यक्तिलाई एउटा कसूर गर्न दुरुत्साहन दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो दुरुत्साहनको प्रभाव वा सम्भावित परिणाम स्वरूप कुनै अर्को कसूर गरेमा दुरुत्साहन दिने व्यक्तिलाई त्यस्तो कसूर पनि निज स्वयंले गरे सरि सजाय हुनेछ।
३६. मतियार हुन नहुनेः (१) कुनै व्यक्ति कुनै कसूरको मतियार हुन हुँदैन।
(२) कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिनेछ।
(३) मतियारलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्रमा संलग्न भई कसूर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्ध कसूर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट वञ्चित गराउने वा कसूर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसूर निजले गरे सरिको सजाय,
(ख) खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसूर भए गरेको काममा निजको संलग्नताको मात्रा अनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय।
३७. हदम्याद लागू हुने: यस संहितामा कुनै कसूरका सम्बन्धमा व्यवस्था गरिएको उजुर गर्ने हदम्याद त्यस्तो कसूरको षड्यन्त्र, उद्योग, दुरुत्साहन वा मतियारको सम्बन्धमा समेत लागू हुनेछ।
परिच्छेद–४ कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरू
३८. कसूरको गम्भीरता बढाउने अवस्थाः यस संहिताको प्रयोजनका लागि देहायका अवस्थाहरू विद्यमान रहेमा कसूरको गम्भीरता बढाएको मानिने छः
(क) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको विरुद्ध कसूर गरेको, (ख) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको, (ग) विश्वासको दुरुपयोग गरी कसूर गरेको, (घ) कुनै सार्वजनिक पदको लाभ उठाई वा दुरुपयोग गरी कसूर गरेको, (ङ) सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पुर्याउने वा निजलाई कुनै गैरकानूनी काम गर्न लगाउने नियतले कसूर गरेको, (च) कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको, (छ) पाँच वा पाँचभन्दा बढी व्यक्तिहरू समूहमा आवद्ध भई कसूर गरेको, (ज) सार्वजनिक शान्ति खलल भएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएको महामारी फैलिएको, अनिकाल परेको वा त्यस्तै किसिमको अन्य कुनै सङ्कटको लाभ लिई कसूर गरेको, (झ) हातहतियार वा विषालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,
(झ१) तेजाब, अन्य घातक रासायनिक वा ज्वलनशील पदार्थ कसैमाथि प्रहार वा प्रयोग गरी वा कसैलाई सेवन गराई कसूर गरेको,
(ञ) एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको,
(ट) कुनै पारितोषिक वा आश्वासन वा लाभ पाई वा लाभ पाउने प्रलोभनमा परी कसूर गरेको,
(ठ) आफ्नो संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको विरुद्ध कसूर गरेको,
(ड) कसैलाई यातना दिई वा क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गरी कसूर गरेको,
(ढ) एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,
(ण) एकै वारदातमा एकभन्दा बढी व्यक्तिका विरुद्ध कसूर गरेको,
(त) कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,
(थ) थुना, हिरासत, कैद वा नियन्त्रणमा रहेको व्यक्ति विरुद्ध कसूर गरेको,
(द) कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आफूले सुरक्षा गर्नु पर्ने व्यक्तिको विरुद्ध कसूर गरेको,
(ध) कुनै जात, जाति वा समुदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) को उद्देश्यले कसूर गरेको,
(न) कुनै जात, जाति, धार्मिक वा सांस्कृतिक समुदाय विरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको,
(प) मानवता विरुद्धको कसूर गरेको,
(फ) नियोजित वा सङ्गठित रुपमा कसूर गरेको,
(ब) पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मानसिक अस्वस्थताले गर्दा होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकाको विरुद्ध कसूर गरेको,
(भ) सवारी वा विमान दुर्घटना वा प्राकृतिक प्रकोपपदाय उद्धार गर्ने काममा खटिँदा कसूर गरेको,
(म) एकपटक कुनै कसूरबाट पीडित भइसकेको व्यक्तिका विरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको।
३९. कसूरको गम्भीरता घटाउने अवस्थाः यस संहिताको प्रयोजनको लागि देहायका अवस्थाहरु विद्यमान रहेमा कसूरको गम्भीरता घटाएको मानिनेछः–
(क) कसूरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको,
(ख) कसूरदारको कसूर गर्ने मनसाय नभएको,
(ग) जुन व्यक्तिको विरुद्ध कसूर भएको छ त्यस्तो व्यक्तिले कसूरदारलाई कसूर हुनुभन्दा तत्कालअघि उक्साएको वा धम्की दिएको,
(घ) कसूरदार वा निजको कुनै नजिकको नातेदारका विरुद्ध गरिएको कुनै गम्भीर कसूरको प्रतिकारको रुपमा तत्कालै कसूर भएको,
(ङ) कसूरदारले स्वेच्छाले कसूर स्वीकार गरेको वा त्यस्तो कसूर गरे बापत पश्चाताप गरेको,
(च) कसूरदारले सम्बन्धित अधिकारी समक्ष आत्मसमर्पण गरेको,
(छ) कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी पीडितलाई क्षतिपूर्ति दिइसकेको वा दिन मञ्जुर गरेको,
(ज) शारीरिक, मानसिक तथा अपाङ्गताको कारणले गर्दा कसूरदारको क्षमता ह्रास भएको,
(झ) पीडित पक्ष र समाजलाई हुन गएको हानि, नोक्सानीको मात्रा उल्लेखनीय नदेखिएको,
(ञ) अदालतमा साँचो कुरा व्यक्त गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको,
(ट) कसूर स्वीकार गरी भविष्यमा फौजदारी कसूर नगर्ने प्रतिबद्धता व्यक्त गरेको,
(ठ) कसैको बिकाउ वा दबाबमा अपराध गरेको।
परिच्छेद– ५ सजाय र अन्तरिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था
४०. सजायका प्रकारः (१) यस संहितामा उल्लिखित कसूर गरे बापत हुने सजाय देहाय बमोजिम हुने छन्ः–
(क) जन्म कैद, (ख) कैद, (ग) जरिबाना, (घ) कैद र जरिबाना, (ङ) क्षतिपूर्ति, (च) जरिबाना वा क्षतिपूर्ति मात्रै बापतको कैद, (छ) कैदको सट्टा *सुधार गृह वा सामुदायिक सेवा।
(२) कानूनमा कुनै कसूर बापत सर्वोच्चको सजाय हुने रहे छ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसूरमा सजाय गर्दा सर्वोच्च हुने गरी सजाय गरिने छैन।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक रुपैयाँभन्दा कम जरिबाना र एक दिनभन्दा कम कैद हुने गरी सजाय गरिने छैन।
४१. जन्म कैद हुनेः यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहे सम्म कैद गर्नु पर्नेछः–
(क) क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
(ख) वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको,
(ग) अपहरण गरी वा शरीरबन्धक बनाई ज्यान मारेको,
(घ) सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको,
(ङ) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
(च) जबरजस्ती करणी गरी ज्यान मारेको।
४२. जन्म कैदको गणना: दफा ४१ मा उल्लिखित अवस्थामा बाहेक जन्म कैदको सजाय गणना गर्दा पच्चीस वर्ष कैद सजाय हुने गरी गणना गर्नु पर्नेछ।
४३. एकीकृत कसूर बापत थप सजाय हुने: (१) कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसूर गरेमा त्यस्तो व्यक्तिले एकीकृत कसूर गरेको मानिनेछ।
(२) उपदफा (१) बमोजिमको एकीकृत कसूर गर्ने कसूरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसूर बापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्नु पर्नेछ।
तर जन्मकैदको सजाय हुने अवस्थाको कसूरदारको हकमा यो उपदफा लागू हुने छैन।
४४. थप सजाय हुने: (१) जघन्य वा गम्भीर कसूरमा सजाय पाएको व्यक्तिले अर्को कसूर गरेमा निजले पछिल्लो पटक गरेको कसूरमा हुने सजायको दोब्बरसम्म सजाय हुनेछ।
तर जन्म कैदको सजाय पाएको कसूरदारको हकमा यो दफा लागू हुने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर बाहेक अन्य कसूरमा सजाय पाएको व्यक्तिले त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्षभित्र अर्को कसूर गरेमा निजलाई पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म सजाय हुनेछ।
४५. बालबालिकालाई हुने सजायः (१) कानून बमोजिम कसूर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन ।
$\ast$ (२) दश वर्ष वा दश वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिले कानून बमोजिम जरिबाना हुने कुनै कसूर गरेकोमा जरिबाना नगरी निजलाई सम्झाई बुझाई गनुपर्नेछ र कैद हुने कसूर गरेकोमा कसूर हेरी छ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ ।
$\times$ (३) चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको व्यक्तिले कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
$\times$ (४) सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाइ सजाय हुनेछ ।
(५) उपदफा (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोह्र वर्ष उमेर पूरा नभएका बालबालिकालाई सजाय गर्दा जघन्य कसूर, गम्भीर कसूर वा पटकै रुपमा कसूर गरेकोमा बाहेक कैदको सजाय गर्नु हुँदैन ।
४६. जरिबाना बापत कैद गर्न सकिनेः $\ast$ (१) कुनै कसूरदारलाई तोकिएको जरिबाना निजको सम्पत्तिबाट असूल उपर गरिनेछ । निजको कुनै सम्पत्ति नभएमा वा त्यसरी जरिबाना बापतको रकम निजबाट असूल उपर गर्न नसकेमा निजलाई कैद गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम कैद निर्धारण गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) कैद र जरिबाना दुवै सजाय हुने $\ast$ ठहर भएको कसूरमा जरिबाना नतिरे बापतको कैद निर्धारण गर्दा दश वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ ।
$\times$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा खारेजिएको । $\square$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप । $\ast$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(ख) कैद वा जरिबानामामध्ये कुनै वा दुवै सजाय हुन सक्ने कसूरमा जरिबाना मात्रको सजाय भई त्यस्तो जरिबाना नतिरे बापतको कैद निर्धारण गर्दा त्यस्तो कसूरमा हुन सक्ने कैदको उपल्लो हदको आधाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
(ग) जरिबाना मात्र सजाय हुने कसूरमा जरिबानाको सजाय भई सो नतिरे बापत *कैद निर्धारण गर्दा दुई वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अठार वर्ष उमेर नपुगेको बालबालिकाको हकमा जरिबाना बापत कैद गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) जरिबाना मात्र हुने वा कैद वा जरिबानामामध्ये कुनै एक सजाय हुने कसूरमा जरिबाना नतिरेकोमा कैद नगरी जरिबाना मिनाहा गर्नु पर्नेछ।
(ख) कैद वा जरिबाना वा दुवै सजाय हुने कसूरमा जरिबाना मात्र सजाय भएकोमा त्यस्तो जरिबाना नतिरे बापत *कैद निर्धारण गर्नु पर्दा तीन महिनाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
(ग) चौध वर्ष उमेर पुगेको तर अठार वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई उपदफा (२) बमोजिम कैद निर्धारण गर्दा अठार वर्ष उमेर पुगेको व्यक्तिलाई गर्नु पर्ने कैद सजायको आधाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
४७. सजाय छुट दिन सकिनेः (१) कुनै कसूरदारले आफूले गरेको कसूर स्वीकार गरी त्यस्तो कसूरका सम्बन्धमा प्रमाण जुटाउन, अन्य अभियुक्त वा त्यसको गिरोह वा मतियारलाई पक्राउ गर्न वा अनुसन्धान वा अभियोजन पक्ष वा अदालतलाई सघाउ पुर्याएकोमा कानून बमोजिम हुने सजायको बढीमा पचास प्रतिशतसम्म सजाय छुट दिन सकिनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसूरदारले सजायमा छुट पाउन सक्ने छैनः–
(क) उपदफा (१) अन्तर्गत एक पटक सजाय छुट पाइसकेको,
(ख) कैद सजाय हुने कसूरमा दोषी ठहर भई कैद भुक्तान गरेको अवधि तीन वर्ष पूरा नगरेको,
(ग) जुन कसूरमा सजाय छुट माग गरिएको हो सोही प्रकृतिको कसूरमा एक पटक सजाय पाइसकेको।
(३) उपदफा (१) बमोजिम सजायमा छुट दिँदा अभियोक्तेले अनुसन्धान वा पुपूयिको कुन अवस्थामा कसूर स्वीकार गरेको हो र कस्तो परिस्थितिमा त्यस्तो कसूर स्वीकार गरेको हो त्यस्तो कुरालाई समेत विचार गर्नु पर्नेछ।
४८. अन्तरिम क्षतिपूर्तिका लागि आदेश दिन सक्ने: (१) यस संहितामा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूर भएको कारणबाट त्यस्तो कसूरबाट पीडित व्यक्ति वा निजमा आश्रित व्यक्तिलाई तत्काल उपचार गराउनु पर्ने भएमा वा क्षतिपूर्ति वा कुनै प्रकारको राहत रकम दिनु परेमा त्यस्तो व्यक्तिलाई औषधोपचार गराउन वा अन्तरिम रूपमा क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन अदालतले आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको आदेश भएमा कसूरबाट पीडित वा निजका आश्रित व्यक्तिलाई फौजदारी कसूरमा सजाय निर्धारण र कार्यान्वयन सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोषबाट क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम उपलब्ध गराइएको क्षतिपूर्ति वा राहत रकम अदालतबाट फैसला हुँदा अभियोग लागेको व्यक्ति कसूरदार ठहर भएमा त्यस्तो कसूरदारलाई फैसला भएको पैंतीस दिनभित्र त्यस्तो रकम पीडित राहत कोषमा जम्मा गर्न अदालतले आदेश दिनेछ।
(४) उपदफा (३) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो कसूरदारले क्षतिपूर्ति वा राहत बापतको रकम पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ र निजले सो अवधिमा त्यस्तो रकम जम्मा नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो कसूरदारको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असूल उपर गर्नु पर्नेछ।
(५) यस दफा बमोजिम क्षतिपूर्ति वा राहत रकम पाएको व्यक्तिले झुट्टा उजुरी गरेको ठहरेमा वा वारदात स्थापित नभएमा निजले क्षतिपूर्ति वा राहत बापत पाएको रकम फिर्ता गर्न अदालतले आदेश दिनेछ।
(६) उपदफा (५) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो व्यक्तिले क्षतिपूर्ति वा राहत बापत पाएको रकम फैसला भएको पैंतीस दिनभित्र पीडित राहत कोषमा फिर्ता गर्नु पर्नेछ र निजले सो अवधिमा त्यस्तो रकम फिर्ता नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो व्यक्तिको जुनसुकै जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्नु पर्नेछ।
भाग – २
फौजदारी कसूरहरु
परिच्छेद – १
राज्य विरुद्धका कसूर
४९. सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्ने नहुनेः (१) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हातहतियार र खरखजाना जम्मा गर्ने, हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्ने वा त्यस्तो कार्य गर्ने उद्योग गर्नु हुँदैन।
(२) कसैले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गर्नु वा गराउनु हुँदैन।
(३) कसैले उपदफा (१) वा (२) अन्तर्गतको कसूर गर्ने दुरुत्साहन दिनु हुँदैन।
(४) कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा सङ्घीय इकाईबिचको सुसम्बन्ध खलल पर्ने सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गर्ने वा गराउने वा त्यस्तो गर्ने
उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन।
(५) यस दफा बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (१) वा (२) बमोजिमको कसूर भए जन्मकैद,
(ख) उपदफा (३) बमोजिमको कसूर भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,
(ग) उपदफा (४) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।
५०. राजद्रोहः (१) नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद हुनेछ।
(३) नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीको सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न गराउन हुँदैन।
तर यस उपदफामा लेखिएको कुनै कुराले नेपाल सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसूर गरेको मानिने छैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
५१. राष्ट्रहित प्रतिकूल काम गर्न नहुनेः (१) कसैले राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको कुनै काम गरे वा गराएमा राष्ट्रहित प्रतिकूल काम गरेको मानिनेछः–
(क) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान गर्ने, होच्याउने वा घृणा वा द्वेष फैलाउने,
(ख) नेपालको अन्तर्राष्ट्रिय सीमा अतिक्रमण गर्ने वा छिमेकी मुलुकसँग सहमति भएको अवस्थामा बाहेक सीमास्तम्भ हटाउने वा सीमास्तम्भ राखिएको ठाउँ परिवर्तन गर्ने वा नेपालको भौगोलिक वा प्रादेशिक अखण्डता उपर प्रतिकूल हुने गरी सीमास्तम्भ परिवर्तन गर्ने।
(३) नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्निय कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहे छ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।
(४) उपदफा (२) वा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहायको सजाय हुनेछः–
(क) उपदफा (२) बमोजिमको कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ख) उपदफा (३) बमोजिमको कसूर भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।
(५) कसैले उपदफा (२) वा (३) बमोजिमको कसूर गराउदै कुनै रकम लेनदेन गरेको भएमा उपदफा (४) बमोजिमको सजायका अतिरिक्त लेनदेन गरेको रकम समेत जफत हुनेछ।
(६) उपदफा (३) बमोजिमको कसूर गर्ने आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने वा उक्साउने, त्यस्तो कसूर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसूरदार सरह सजाय हुनेछ।
(७) उपदफा (२) वा (३) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने निजलाई तीन वर्षसम्म थप कैद हुनेछ।
५२. जातिहत्या गर्न नहुनेः (१) कसैले पनि जातिहत्या (जेनोसाइड) को कसूर गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि कुनै जात, जाति, सम्प्रदाय वा धार्मिक समूहको अस्तित्व पूर्ण वा आंशिक रुपमा विनास गर्ने नियतले देहायको कुनै काम गरेमा वा त्यसको उद्योग वा षडयन्त्र गरेमा जातिहत्याको कसूर गरेको मानिनेछः–
(क) एकै पटक वा पटकपटक गरी त्यस्तो समूहका सदस्यहरुको योजनाबद्ध रुपमा आमहत्या गरेमा,
(ख) एकै पटक वा पटकपटक गरी योजनाबद्ध रुपमा त्यस्तो समूहका सदस्यहरुको शारीरिक अङ्गभङ्ग गरेमा वा निजहरुलाई शारीरिक वा मानसिक अशक्त बनाएमा,
(ग) त्यस्तो समूहका सदस्यहरुको पूर्ण वा आंशिक रुपमा भौतिक विनास हुने आकलन गरी त्यस्ता सदस्यहरुले प्रयोग गर्ने पानी, खाद्यान्न, इन्धन, औषधि जस्ता अत्यावश्यक वस्तुको आपूर्ति वा आवागमनमा अवरोध गरी त्यस्ता समूहका सदस्यको जीवन यापनका शर्तहरुलाई नियोजित रुपमा कष्टप्रद बनाएमा,
(घ) स्वेच्छाले अपनाएको परिवार नियोजनका साधन प्रयोग गरेकोमा बाहेक त्यस्ता समूहभित्र शिशुहरुको जन्म रोक्ने नियतले त्यस्ता समूहका सदस्यहरुलाई जबरजस्ती गर्भ निरोधक उपाय अपनाउन बाध्य पारिएमा,
(ङ) त्यस्ता समूहबाट जन्मिएका बालबालिकालाई जबरजस्ती अर्को समूहमा हस्तान्तरण गरेमा।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) खण्ड (क) बमोजिमको कसूर भए जन्मकैद,
(ख) खण्ड (ख) बमोजिमको कसूर भए र यस संहिता बमोजिम शारीरिक अङ्गभङ्ग वा कुटपिट बापत हुने सजायमा थप पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ग) खण्ड (ग), (घ) वा (ङ) बमोजिमको कसूर भए दश वर्षसम्म कैद।
(४) यस दफा बमोजिमको कसूर कुनै व्यक्ति वा कुनै संगठित वा असंगठित समूहको आदेश वा निर्देशनबाट भएको रहेछ भने त्यस्तो निर्देशन दिने व्यक्ति वा त्यस्तो समूहको जिम्मेवार व्यक्ति वा व्यक्तिहरूलाई मुख्य कसूरदार सरह सजाय हुनेछ।
(५) यस दफा बमोजिमको कसूर सामूहिक रुपमा वा विभिन्न व्यक्तिहरूको संलग्नतामा भएको रहेछ भने त्यस्तो कसूरमा संलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ।
(६) यस दफा बमोजिमको कसूर गर्ने कुनै व्यक्तिले सार्वजनिक पद धारण गरेको भए निजले आफूभन्दा माथिको अधिकारीको आदेश पालना गर्ने वा कानून र व्यवस्था कायम गर्ने वा कानून कार्यान्वयन गर्ने सिलसिलामा त्यस्तो कसूर भएको दाबी लिन सक्ने छैन र निजले त्यस्तो दाबी लिएको आधारमा सजायबाट छुट वा उन्मुक्ति पाउने छैन।
५३. नेपाल विरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्न नहुने: (१) कसैले नेपाल विरुद्ध हातहतियार उठाई युद्ध गर्ने वा युद्ध गर्ने घोषणा गर्ने, युद्ध गर्ने उद्योग गर्ने वा धम्की दिन वा नेपाल विरुद्ध युद्ध गर्ने नियतले हातहतियार, खर्चजाना जम्मा गर्ने वा सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्नु हुँदैन।
(२) कसैले युद्ध स्थितिको घोषणा भएको वा नभएको जुनसुकै अवस्थामा पनि नेपालसँग युद्धमा संलग्न रहेका कुनै विदेशी शी सेनालाई कुनै किसिमको सामरिक वा सैनिक सूचना दिन वा अन्य कुनै किसिमबाट सहायता गर्ने वा त्यसको उद्योग गर्नु हुँदैन।
(३) नेपालसँग युद्धमा संलग्न रहेको राज्य, त्यस्तो राज्यका नागरिक वा संगठित संस्थासँग सम्बन्ध राख्न, कारोबार गर्ने वा त्यस्तो राज्यका वस्तु वा सेवा पैठारी वा प्राप्त गर्न नसक्ने गरी नेपाल सरकारबाट घोषणा भएकोमा कसैले त्यस्तो राज्य, नागरिक वा संस्थासँग त्यस्तो सम्बन्ध राख्न, कारोबार गर्ने वा त्यस्ता वस्तु वा सेवा पैठारी वा प्राप्त गर्नु हुँदैन।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैद र उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद र एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
५४. मित्र राष्ट्र विरुद्ध युद्ध वा विद्रोह गर्न नहुनेः (१) कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा सोको उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
५५. सैनिक वा प्रहरीलाई भड्काउन नहुनेः (१) कसैले नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा बहाल रहेका सैनिक, प्रहरी वा सशस्त्र प्रहरी जवान वा अधिकृतलाई नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल छाडी भाग्न वा भड्काउन वा अनुशासन भंग गर्न दुरुत्साहन दिन वा कर्तव्यबाट विचलित गराउने उद्योग गर्न वा त्यसरी सेना वा प्रहरी वा बलबाट भागेको व्यक्ति हो भन्ने जानीजानी वा विश्वास गर्ने कारण भई त्यस्तो व्यक्तिलाई आश्रय दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
५६. जासूसी गर्न नहुनेः (१) कसैले नेपालको सार्वभौमसत्ता, सुरक्षा वा भौगोलिक वा प्रादेशिक अखण्डतामा हानी पुऱ्याउने वा नेपालको हितमा कुनै प्रतिकूल असर पार्ने नियतले वा त्यस्तो हुन सक्छ भन्ने जानीजानी वा कुनै विदेशी राज्य वा अन्तर्राष्ट्रिय संघ, संस्थाको प्रलोभनमा परी कसैलाई नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषय वा नेपाल सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्न पर्ने विषय वा गोप्य लिखत वा कानून बमोजिम गोप्य रहेका वा राख्नु पर्ने विषयको सूचना दिन वा त्यसको षड्यन्त्र वा उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो सूचना दिने नियतले अन्य कुनै काम गर्न हुँदैन र गरेमा जासूसी गरेको मानिनेछ।
(२) उपदफा (१) बमोजिम जासूसी गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था वा आन्तरिक सुरक्षाको विषयका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद,
(ख) नेपाल सरकारले राजनीतिक, आर्थिक वा कूटनीतिक दृष्टिकोणले गोप्य राख्नु पर्ने विषय वा अन्य कुनै गोप्य लिखतका सम्बन्धमा जासूसी गर्ने वा गराउने व्यक्तिलाई पच्चीसदेखि दश वर्षसम्म कैद,
(ग) खण्ड (क) र (ख) बाहेक अन्य कुराको जासूसी गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र *पचास हजार रुपैयाँसम्म जरिवाना,
(घ) कसैले जासूसी गर्न लागेको थाहा पाएर पनि नेपाल सरकारलाई त्यस्तो कुराको जनाउ नदिने व्यक्तिलाई एक वर्षसम्म कैद र *एक लाख रुपैयाँसम्म जरिवाना।
५७. राष्ट्रपति उपर आक्रमण गर्न नहुनेः (१) कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गर्न हुँदैन।
(२) कसैले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले अपहरण गर्नु वा गराउनु वा निजको शरीर बन्धक लिन वा लिन लगाउनु हुँदैन।
(३) कसैले नेपालको राष्ट्रपति उपर कुनै किसिमले आक्रमण गर्नु वा गराउनु हुँदैन।
(४) यस दफा बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (१) बमोजिमको कसूर भए जन्मकैद,
(ख) उपदफा (२) बमोजिमको कसूर भए दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद,
(ग) उपदफा (३) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद।
५८. राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने: (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका-संसदलाई समेत जनाउँछ।
५९. हदम्याद: (१) दफा ४९, ५०, ५१, ५२, ५३ र ५७ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्न सक्नेछ।
(२) उपदफा (१) मा उल्लिखित दफा बाहेक र यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद –२ सार्वजनिक शान्ति विरुद्धको कसूर
६०. गैरकानूनी भेला गर्न नहुने: (१) कसैले गैरकानूनी भेला गर्न हुँदैन।
(२) देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँचजना वा पाँचजना भन्दा बढी व्यक्तिहरूको भेलालाई गैरकानूनी भेला मानिने छः–
(क) बलको प्रयोग वा प्रदर्शन गरी वा जोखिमि हातहतियार प्रदर्शन गरी,
(१) राष्ट्रसेवकलाई कानूनले तोकेको काम गर्न वा कर्तव्य पालना गर्न नदिने,
(२) कसैको सम्पत्ति लिने वा कब्जा गर्ने,
(३) कसैलाई बाटो, पानी, सार्वजनिक यातायात वा सडक वा अन्य यस्तै कुनै कुरा उपयोग गर्ने हकबाट वंचित गर्ने,
(४) कुनै व्यक्तिलाई कानूनले गर्न नहुने काम गर्न लगाउने वा कानूनले गर्न पाउने काम गर्न नदिने।
(ख) कुनै कानून वा कानूनी कारबाहीको कार्यान्वयनमा बाधा अवरोध खडा गर्ने,
(ग) कैदको सजाय हुने कुनै कसूर गर्ने।
(३) गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाई हातहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना र हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(४) कसैले आफू सहभागी नभई कसैलाई ज्याला दिई वा अरु कुनै हकमिसले प्रलोभन वा दबाबमा पारी कुनै गैरकानूनी भेलामा सहभागी गराएमा निज स्वयं त्यस्तो गैरकानूनी भेलामा सहभागी भएको मानी उपदफा (३) बमोजिमको सजाय हुनेछ।
६१. गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुनेः (१) अधिकार प्राप्त अधिकारीले कुनै गैरकानूनी भेलालाई रोक्न वा भङ्ग गर्न आदेश दिएकोमा कसैले त्यस्तो भेलामा रहिरहन वा सहभागी हुन हुँदैन।
(२) उपदफा (१) बमोजिम गैरकानूनी भेलामा रही रहने, सहभागी हुने वा सहभागी हुन आउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
६२. प्रत्येक सदस्यले कसूर गरेको मानिनेः गैरकानूनी भेलाको कुनै सदस्यले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्नको लागि कुनै कसूर गरेमा त्यस्तो कसूर हुँदाको बखत त्यस्तो कसूर गर्न जानीजानी सहयोग पुर्याउने सो भेलाका प्रत्येक सदस्यले त्यस्तो कसूर गरेको मानिनेछ।
६३. हुलदङ्गा गर्न नहुनेः (१) कसैले हुलदङ्गा गर्न वा गराउन हुँदैन।
(२) कुनै गैरकानूनी भेलाले वा त्यस्तो भेलाको सहभागीले त्यस्तो भेलाको उद्देश्य प्राप्त गर्न मसलमलामा बल प्रयोग गरेमा वा सार्वजनिक वा निजी सम्पत्ति तोडफोड वा हानि, नोक्सानी गरेमा त्यस्तो भेलाको प्रत्येक सहभागीले हुलदङ्गा गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने प्रत्येक व्यक्तिलाई जोखिमि हातहतियार लिई गरेको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना र जोखिमि हातहतियार नलिई गरेको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
६४. हुलदङ्गा गर्न दुरुत्साहन दिन नहुनेः (१) कसैले हुलदङ्गा गराउने नियतले वा हुलदङ्गा हुन सक्छ भन्ने जानीजानी कुनै व्यक्तिलाई हुलदङ्गा गर्न दुरुत्साहन दिनु हुँदैन।
(२) उपदफा (१) बमोजिम दुरुत्साहन दिने व्यक्तिलाई हुलदङ्गा भइसकेकोमा एक वर्षसम्म र हुलदङ्गा भइसकेको रहेन भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
६५. सार्वजनिक शान्ति खलल पार्न नहुनेः (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ण, जात, जाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालका विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर कुनै देवस्थल वा पूजा वा प्रार्थना गर्ने ठाउँ वा धार्मिक, सांस्कृतिक चाड वा समारोह भइरहेको ठाउँमा गरेको भए उपदफा (२) बमोजिमको सजायमा थप एक वर्षसम्म कैद हुनेछ।
६६. राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुनेः (१) कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैर कानूनी भेला रोक्ने, भङ्ग गर्ने वा हुलदङ्गा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्याउन वा पुर्याउने उद्योग गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
६७. सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्ने नहुने: (१) कसैले सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेलवे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, धम्की देखाई बन्द गर्ने वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेलवे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा पुर्याउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्ने कुनै किसिमले बाधा, अवरोध गर्ने हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
६८. सार्वजनिक सेवा अवरुद्ध गर्ने नहुने: (१) कसैले सार्वजनिक विद्युत वा दूरसंचार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानून बमोजिमको सार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको डर त्रास, धम्की देखाई बन्द गर्ने वा कुनै किसिमले अवरुद्ध गर्ने हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
६९. कर्फ्यू उल्लंघन गर्ने नहुने: (१) गैरकानूनी भेला वा जुलुङ्गा वा शान्ति भंग हुने अन्य कुनै कामलाई रोक्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीले दिएको कर्फ्यू आदेशलाई कसैले जानीजानी उल्लंघन गर्ने हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७०. झुठ्ठा अफवाह फैलाउन नहुनेः (१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी निएनगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७१. शान्ति भङ्ग गर्ने घर, जग्गा वा सवारी साधन दिन नहुनेः (१) कुनै व्यक्तिले सार्वजनिक शान्ति भङ्ग गर्ने वा हुलदङ्गा गर्ने लागेको कुरा थाहा पाउँदा पाउँदै वा थाहा पाउनु पर्ने मनासिब कारण हुँदा हुँदै त्यस्तो व्यक्तिलाई कसैले पनि आफ्नो घर, जग्गा, सवारी साधन वा हातहतियार उपलब्ध गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७२. संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुनेः (१) नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, सुरक्षा, सार्वजनिक शान्ति वा शिष्टाचारको कारणले अधिकार प्राप्त अधिकारीको आदेशबाट संवेदनशील सार्वजनिक क्षेत्र भनी तोकिएको कुनै ठाउँमा कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने नियतले मशाल जुलुश, आगोज्यन वा प्रज्वलनशील वस्तुलाई जुलुश, सखा गर्ने वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७३. आवश्यक वस्तु तोडफोड वा हानि, नोक्सानी गर्ने नहुनेः (१) कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरी कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरु कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसूरमा हुने सजायमा थप एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्ति समेत निजबाट भराउनु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ।
७४. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – ३ सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसूर
७५. समाह्वान, इत्तलानामा इत्यादिो तामेलीमा बाधा पुर्याउन नहुनेः (१) कानून बमोजिम जारी भएको समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना वा आदेश तामेल गर्दा वा खानतलासी, बरामद वा नाप नक्सा वा सरजमिन गर्दा वा वारेन्ट बमोजिम कसैलाई पक्राउ गर्दा कसैले पनि बाधा विरोध गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर राष्ट्रसेवकले गरेको भए निजलाई तीन महिनासम्म थप कैद सजाय हुनेछ।
७६. समाह्वान, इत्तलानामा, सूचना वा आदेश नबुझी फर्काउन नहुनेः (१) कुनै व्यक्तिलाई निजका नाममा कानून बमोजिम जारी भएको समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना
वा आदेश बुझाउन ल्याएकोमा निजले त्यस्तो समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना वा आदेश बदरनियतपूर्वक नबुझी फर्काउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७७. समाह्वान, इत्तलानामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुने: (१) अधिकार प्राप्त अधिकारीले जारी गरेको समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना वा आदेश बुझनु पर्ने व्यक्तिले त्यस्तो समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना वा आदेश तामेल हुन नदिनको लागि बदरनियतपूर्वक छली हिड्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७८. समाह्वान, इत्तलानामा इत्यादि च्यात्न वा उप्काउन नहुने: (१) कसैले कानून बमोजिम टाँसेको समाह्वान, इत्तलानामा, पक्राउ पूजी, सूचना वा आदेश त्यसको प्रयोजन बाँकी छँदै बदरनियतपूर्वक च्यात्न वा उप्काउन हुँदैन।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
७९. झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुने: (१) कानून बमोजिम म्याद तामेल गर्ने वा गराउनु पर्ने कर्तव्य भएको व्यक्तिले झुट्टो तरिकाले म्याद तामेल गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८०. लिखत पेश गर्न इन्कार गर्न नहुने: (१) कानून बमोजिम कुनै अड्डा, अदालत वा राष्ट्रसेवक समक्ष कुनै लिखत पेश गर्नु पर्ने वा पठाउनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस्तो लिखत पेश गर्न वा पठाउन इन्कार गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८१. शपथ लिएको व्यक्तिले झुठ्ठा कुरा व्यक्त गर्न नहुनेः (१) अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको वा शपथ लिएको व्यक्तिले वा कानून बमोजिम शपथ लिई सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झुठ्ठा कुरा व्यक्त गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८२. शपथ गर्न इन्कार गर्न नहुनेः (१) अधिकार प्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्न उपस्थित भएको व्यक्तिले त्यस्तो कुरा व्यक्त गर्ने प्रयोजनको लागि शपथ लिन आदेश दिएकोमा त्यस्तो शपथ लिन इन्कार गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८३. जवाफ दिन इन्कार गर्न नहुनेः (१) अधिकार प्राप्त अधिकारी समक्ष कुनै विषयमा साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस्तो विषयमा त्यस्तो अधिकारीले सोधेको प्रश्नको जवाफ दिन इन्कार गर्न हुँदैन।
तर कसैलाई पनि आफ्नो विरुद्ध बयान दिन कर लाग्ने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८४. झुठ्ठा जानकारी दिन नहुनेः (१) कसैले कुनै राष्ट्रसेवकलाई निजले कानून बमोजिम गर्नु पर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुठ्ठा जानकारी दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८५. बाधा विरोध गर्न नहुनेः (१) आफ्नो पदीय कर्तव्यको पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोर जुलुम वा हुज्जत गरी वा अन्य कुनै किसिमले बाधा विरोध गरी कर्तव्य पालन गर्न अवरोध पुर्याउनु हुँदैन।
(२) कसैले कानून बमोजिम गर्न लागेको कुनै सम्पत्तिको जायजात, तायादाती, रोक्का, लिलाम वा बिक्रीको प्रक्रियामा जानीजानी बाधा विरोध गर्नु हुँदैन।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८६. राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गर्न नहुनेः (१) कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालन गर्दा त्यस्तो काममा मद्दत दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन ईन्कार गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८७. आदेशको अवज्ञा गर्न नहुनेः (१) कसैले अधिकारप्राप्त अधिकारीको कानून बमोजिमको आदेश अनुसार कानून बमोजिम गर्नु पर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
८८. हदम्यादः यस परिच्छेदको दफा ७८, ८० र ८३ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले र अन्य दफा अन्तर्गतका कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – ४ सार्वजनिक न्याय विरुद्धका कसूर
८९. झुठ्ठा प्रमाण बनाउन नहुनेः (१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले न्यायिक वा अन्य कानूनी कारबाहीमा प्रमाणको रुपमा प्रयोग गराउने नियतले कुनै झुठ्ठा
प्रमाण बनाउन वा झुठ्ठा परिस्थितिको सिर्जना गर्न वा कुनै झुठ्ठा लिखत वा विद्युतीय अभिलेख बनाउन वा कुनै लिखत वा विद्युतीय अभिलेखमा झुठ्ठा कुरा जनाउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
तर त्यस्तो झुठ्ठा प्रमाणको आधारमा कुनै व्यक्तिलाई जन्मकैदको सजाय भएको रहेछ भने सात वर्षसम्म कैद र सत्तर हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जुन कसूरको सम्बन्धमा झुठ्ठा प्रमाण बनाइएको हो त्यस्तो कसूरमा हुन सक्ने अधिकतम सजायभन्दा बढी हुने गरी यो दफा अन्तर्गत सजाय हुने छैन।
९०. झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुनेः (१) कुनै कुराको सम्बन्धमा कानून बमोजिम पेश गर्ने, प्रमाणित गर्ने, प्रमाणीकरण गर्ने, सत्यथथ्ययुक्त विवरण (एफिडेभिट) पेश गर्ने वा प्रमाणपत्र दिने अख्तियारी वा कर्तव्य भएको व्यक्तिले जानीजानी झुठ्ठा कुरा उल्लेख गरी पेश गर्न, प्रमाणित गर्न, प्रमाणीकरण गर्न वा प्रमाणपत्र दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
९१. झुठ्ठा प्रमाण वा प्रमाण पत्र प्रयोग गर्न नहुनेः (१) कसैले कुनै प्रमाण वा प्रमाणपत्र झुठ्ठा हो भन्ने जानीजानी त्यस्तो प्रमाण वा प्रमाणपत्रलाई साँचो प्रमाण वा प्रमाणपत्रको रुपमा प्रयोग गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
९२. लिखत नष्ट गर्न नहुनेः (१) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा कुनै लिखत वा विद्युतीय अभिलेख प्रमाणको रुपमा पेश गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानीजानी त्यस्तो लिखत वा अभिलेख नष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनै प्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) कुनै न्यायिक वा अन्य कानूनी कारबाहीमा पेश भएको कुनै लिखित वा विद्युतीय अभिलेखले कसैले कानून विपरीत जानीजानी नष्ट गर्न, केरमेट गरी नबुझिने पार्न वा अन्य कुनै प्रकारले प्रमाणमा प्रयोग गर्न नमिल्ने बनाउन वा गैरकानूनी रुपमा हटाउन वा अनधिकृत रुपमा कसैलाई दिनु हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(५) उपदफा (१) वा (३) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरेमा निजलाई सोही उपदफामा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ।
९३. कसूरको प्रमाण दबाउन नहुनेः (१) कसैले कुनै कसूरदारलाई बचाउने नियतले निजले गरेको कसूर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
९४. सूचना दिन अवरोध पुर्याउन नहुनेः (१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको विषयमा प्रहरी वा अधिकार प्राप्त अधिकारी समक्ष खबर वा सूचना दिन जाने व्यक्तिलाई कसैले छेकाटुन गर्न वा अन्य कुनै हकमिसले बाधा अवरोध पुर्याउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
९५. कसूरदारलाई आश्रय दिन नहुनेः (१) कसैले कुनै कसूरदारलाई जानीजानी पक्राउ हुनबाट वा कानून बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिनु हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “कसूरदार” भन्नाले कुनै कसूरमा शङ्कास्पद रहेको, अभियुक्त बनाइएको वा अदालतबाट दोषी ठिर्याइएको व्यक्ति सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) जन्मकैद वा बीस वर्षसम्म कैद सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ख) दश वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कसूरको कसूरदारलाई आश्रय दिएको भए त्यस्तो कसूरमा हुन सक्ने कैद वा जरिवानाको उपल्लो हदको चार खण्डको एक खण्डसम्म कैद वा जरिवाना वा दुवै।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको पति वा पत्नी वा बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बजै, नाति, नातिनी, सासु, ससुरा, बुहारी, ज्वाइँले आश्रय दिएकोमा यस दफा बमोजिमको कसूर भएको मानिने छैन।
९६. कसूर भएको जानकारी दिनु पर्नेः (१) कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानकारी नदिई बस्न वा कुनै कसूर भएको थाहा पाएको व्यक्तिले जानीजानी झुठ्ठा जानकारी दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
९७. सम्पत्ति दबाउन वा सम्पत्तिमा झुठ्ठा दाबी गर्न नहुनेः (१) कसैले अदालत वा अधिकार प्राप्त अधिकारीको निर्णय बमोजिम जफत हुने भएको वा तायदाती, रोक्का, लिलाम वा बिक्री हुने वा चलन चलाई दिनु पर्ने भएको सम्पत्ति वा त्यस्तो सम्पत्ति वा जायजात उपरको अधिकार वदनियत साथ जफत, तायदाती, जायजात, रोक्का, लिलाम वा बिक्री हुनबाट वा चलन चलाउनबाट रोक्नको लागि त्यस्तो सम्पत्ति वा त्यस उपरको अधिकार दबाउन,
कसैलाई हस्तान्तरण गर्न वा गराउन वा त्यस्तो सम्पत्ति वा अधिकार उपर दाबी गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
९८. झुठ्ठा उजुरी दिन नहुनेः (१) कसैले कसैलाई क्षति पुऱ्याउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कार्यबाही गर्ने अधिकारी समक्ष झुठ्ठा कुराको दाबी गरी वा अभियोग लगाई कुनै व्यक्तिका विरुद्ध उजुरी वा सूचना दिनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जुन कसूरको झुठो अभियोग लगाएको हो त्यस्तो कसूरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनेछ।
तर नेपाल सरकारवादी हुने मुद्दाको हकमा यस दफाको व्यवस्था लागू हुने छैन।
(३) उपदफा (१) बमोजिमको कसूरबाट पीडित व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी पुगेको भए निजलाई त्यस बापतको क्षतिपूर्ति कसूरदारबाट भराई दिनु पर्नेछ।
९९. बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुनेः (१) कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने नियतले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी भएमा निजले त्यस्तो कसूरदारबाट क्षतिपूर्ति भराई लिन सक्नेछ।
१००. जमानतको शर्त विपरीत अनुपस्थित हुन नहुनेः (१) कुनै कसूरको अभियोग लागि जमानतमा छुटेको व्यक्ति मनासिब कारण बिना जमानतको शर्त विपरीत जमानत दिएको कार्यालय वा अदालतमा अनुपस्थित हुनु हुँदैन।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “जमानत” भन्नाले नगद, जेथा बैंक जमानत वा हाजिर जमानत सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) यस दफा बमोजिम अनुपस्थित भएको व्यक्ति निजलाई आरोप लागेको कसूरको कसूरदार ठहरिएमा निजलाई त्यस्तो कसूरमा हुने सजायमा यस दफा बमोजिमको सजाय समेत थप हुनेछ।
(४) कानून बमोजिम हाजिर जमानीमा छुटेको व्यक्ति त्यस्तो जमानत बमोजिम कार्यालय वा अदालतमा उपस्थित नभएमा त्यसरी हाजिर जमानी दिने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(५) यस दफा बमोजिम सजाय पाएको व्यक्ति तीन वर्षसम्म हाजिर जमानी हुन योग्य हुने छैन।
१०१. पक्राउको बाधा विरोध गर्न वा थुनाबाट भाग्न नहुने: (१) कुनै व्यक्तिलाई पक्राउ गर्न कानून बमोजिम पक्राउ पूजी जारी भएकोमा त्यस्तो व्यक्तिले पक्राउको सिलसिलामा वा पक्राउ पर्दा वा पक्राउ परिसकेको भए पक्राउबाट बच्नको लागि जानीजानी बल प्रयोग गरी बाधा विरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिले थुनाबाट भाग्न वा भाग्ने उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१०२. पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने: (१) कानून बमोजिम पक्राउ गर्न पक्राउ पूजी जारी गरिएको व्यक्तिलाई पक्राउको सिलसिलामा वा पक्राउ गर्दा वा निजलाई पक्राउ गरिसकेको भए निजलाई पक्राउबाट उम्काउनको लागि कसैले जानीजानी बाधा अवरोध गर्न वा कानून बमोजिम थुनामा रहेको व्यक्तिलाई जानीजानी भगाउन वा भाग्नको लागि मद्दत गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर कुनै राष्ट्रसेवकले गरे वा गराएमा निजलाई उपदफा (२) मा उल्लिखित सजायको दोब्बर सजाय हुनेछ।
१०३. हदम्यादः (१) दफा १०१ वा १०२ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर लाग्नेछ।
(२) दफा १०० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर
१०४. सङ्क्रामक रोग फैलाउन नहुनेः (१) कसैले कसैको ज्यानलाई खतरा पुऱ्याउन सक्ने कुनै किसिमको सङ्क्रामक रोग फैलाउने वा फैलिन सक्ने कुनै काम गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, लापरवाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१०५. मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) को रोग फैलाउन नहुनेः (१) कसैले आफ्नो वा अरु कसैको शरीरमा रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा हेपाटाइटिस बी को जिवाणु रहेको थाहा पाउँदा पाउँदै कसैलाई त्यस्तो रोग सार्ने नियतले आफ्नो रगत दिन वा त्यस्तो व्यक्तिको रगत दिन लगाउन वा कुनै किसिमको पूर्व सावधानी नलिई कसैसँग यौन सम्पर्क कायम गर्नु वा कुनै किसिमबाट आफ्नो वा त्यस्तो व्यक्तिको रगत, वीर्य, योन, थुक वा कुनै मानव अङ्ग अर्काको शरीरभित्र पठाउन हुँदैन।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
तर त्यस्तो रोग सार्ने नियत नभई लापरवाही वा हेलचेक्र्याइँबाट सरेको रहेछ भने तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) पीडित आफैँ मानव रोग प्रतिरोधक क्षमता उन्मुष्ट गर्ने जिवाणु वा हेपाटाइटिस बी को जिवाणु रहेको व्यक्तिसँग यौन सम्पर्क गर्न गएको रहेछ भने त्यस्तो जिवाणु रहेको व्यक्तिले यस दफा बमोजिमको कसूर गरेको मानिने छैन।
१०६. सरुवा रोग सम्बन्धी कानूनको उल्लङ्घन गर्न नहुनेः (१) कसैले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोगको सम्बन्धमा जारी गरेको नियम, निर्देशन वा आदेश उल्लङ्घन गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
तर त्यस्तो नियम, निर्देशन वा आदेश उल्लङ्घन गरेको कारणबाट कसैको ज्यान जान सक्ने अवस्था रहेछ भने निजलाई दफा १०४ बमोजिम सजाय हुनेछ।
१०७. खाद्य पदार्थमा मिसावट गर्न नहुनेः (१) कसैले सर्वसाधारणले खाने, पिउने वा सेवन गर्ने पदार्थमा खान, पिउन वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्ने, बिक्री वितरण गर्ने वा म्याद नाघेको वा मिसावट भएको खाद्य पदार्थ बिक्री वितरण गर्ने वा निर्धारित स्तरभन्दा न्यून स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ बिक्री वितरण गर्ने वा पैठारी गर्ने वा बिक्री वितरणको लागि राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१०८. झुक्क्याउन पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुनेः (१) कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्क्याई वा कुनै उच्च
गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१०९. झुक्यानमा पारी कुनै वस्तु बिक्री–वितरण गर्न नहुनेः (१) कसैले खाद्य पदार्थ बाहेक कमसल वस्तुलाई असल वस्तु हो भनी वा एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारी वा कुनै वस्तुमा त्यस्तो वस्तुको गुणस्तर घटने गरी मिसावट गरी बिक्री गर्न वा कुनै वस्तुमा रहेको लेवल साट्न वा म्याद नाघेको वस्तु बिक्री गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११०. बिक्री गर्ने उपभोग्यवस्तु बिक्री नगरी जम्माखोरी गर्न नहुनेः (१) कसैले कुनै उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव सिर्जना गरी त्यस्तो वस्तुको मूल्य वृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा बिक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको बिक्रीबाट अनुचित नाफा लिने उद्देश्यले त्यस्तो वस्तु बिक्री वितरण नगरी थुपार्न वा संचित गरी राख्न वा जम्माखोरी गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१११. पानी दूषित पार्न नहुनेः (१) कसैले सर्वसाधारणले पिउने पानी वा पिउने पानीको मुहानलाई पिउन नहुने गरी दूषित गर्न वा पिउने बाहेक अन्य कुनै काममा प्रयोग हुने पानीलाई त्यस्तो काममा प्रयोग गर्न नहुने गरी दूषित पार्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) पिउने पानी वा पानीको मुहान दुषित गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,
(ख) अन्य प्रयोजनका लागि प्रयोग हुने पानी दुषित पार्ने वा پانय लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
११२. वातावरण प्रदुषित गर्न नहुनेः (१) कसैले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पुर्याउने गरी फोहरमैलाको उत्पादन, प्रशोधन, प्रसारण, निष्काशन, उत्सजयन, ओसारपसार गर्न वा थुपार्न हुँदैन।
(२) कसैले सर्वसाधारणको स्वास्थ्यमा हानि पुर्याउने गरी वा जीउ ज्यानको लागि खतरा हुन सक्ने गरी प्रदुषण गर्न वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत बिना सार्वजनिक साधनबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहर मैलाको उत्पादन, प्रशोधन, प्रसारण, निष्काशन, उत्सजयन, ओसारपसार गर्न वा थुपार्न हुँदैन।
(३) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(४) उपदफा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११३. सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुनेः (१) कसैले कुनै काम गरी वा आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सम्पत्तिको स्याहार सम्भार नगरी सार्वजनिक बाटो, नदी वा अन्य कुनै सार्वजनिक स्थलमा कसैलाई कुनै खतरा, बाधा वा अवरोध पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
११४. विष्ालु वा विष्फोटक पदार्थ प्रयोग गर्दा लापरबाही गर्न नहुनेः (१) कसैले विष्ालु पदार्थ, आगोजन्मय पदार्थ, प्रज्वलनशील पदार्थ, विष्फोटक पदार्थ वा जोखिमि हथियार वा यन्त्र
चलाउँदा वा प्रयोग गर्दा कसैको शरीर वा ज्यानमा खतरा वा क्षति पुग्न सक्ने गरी लापरबाही गर्न वा आफ्नो वा आफ्नो कब्जा वा जिम्मा रहेका त्यस्तो बस्तुबाट कसैको ज्यान जान सक्ने खतरालाई रोक्ने आवश्यक बन्दोबस्त जानीजानी नगर्न वा त्यस्तो बन्दोबस्त गर्नमा लापरबाही गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११५. घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्न नहुनेः (१) कसैले घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा त्यस्तो कार्यबाट वा त्यस्तो घर वा त्यसको केही भाग ढली वा खसी कसैको ज्यान जान वा अङ्गभङ्ग हुन सक्ने खतरालाई रोक्न वा टार्न आवश्यक बन्दोबस्त नगरी वा त्यस्तो बन्दोबस्त गर्न लापरबाही गरी घर निर्माण गर्न, भत्काउन वा मर्मत गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११६. पशुपंक्षी राख्दा लापरबाही गर्न नहुनेः (१) कसैले आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेका हिंस्रक वा अन्य कुनै पशुपंक्षी राख्दा वा पाल्दा त्यस्तो कार्यबाट वा त्यस्तो पशुपंक्षीबाट कसैको ज्यान जान सक्ने वा कसैलाई चोट पुग्न सक्ने खतरालाई रोक्न आवश्यक पूर्वसावधानीको बन्दोबस्त नगरी वा लापरबाही गरी त्यस्तो पशुपंक्षी राख्न वा पाल्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११७. पशुपंक्षी छाडा छाड्न नहुनेः (१) कसैले आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मा रहेका कुनै पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छाडा छोड्न हुँदैन।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११८. अभद्र व्यवहार गर्न नहुनेः (१) कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
११९. वेश्यागमनको प्रचार गर्न नहुनेः (१) कसैले वेश्यागमनको लागि प्रचार, प्रसार गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१२०. वेश्यावृत्ति वा वेश्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुनेः (१) कसैले वेश्यावृत्ति वा वेश्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन उपलब्ध गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१२१. अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुनेः (१) कसैले सार्वजनिक रुपमा अश्लील किताब, पर्चा बनाउने लगायतका देहायको कुनै काम गर्न हुँदैनः–
(क) शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आश्रित गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न,
(ख) त्यस्तो अश्लील वस्तु खरिद बिक्री वा वितरण गर्न वा भाडामा दिन वा सर्वसाधारणलाई देखाउन वा त्यस्तो गर्ने नियतले आफुँना साथमा राख्न,
(ग) कुनै व्यक्तिबाट त्यस्तो अश्लील वस्तु यस प्रकार प्राप्त हुन सक्छ भनी विज्ञापन दिन,
(घ) त्यस्तो अश्लील वस्तु बिक्री वितरण गर्ने उद्देश्यले निकासी वा पैठारी गर्न वा आफूसँग बोक्न।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक, शैक्षिक, कलात्मक, साहित्यिक, अनुसन्धानमूलक, ज्ञानबृद्धक महत्त्व वा अभिरुचीको वा धार्मिक प्रयोजनको लागि राखिएको वा बनाइएको कुनै कृतिको हकमा यस दफाको व्यवस्था लागू हुने छैन।
१२२. सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने: (१) दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१२३. सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने: (१) कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१२४. सार्वजनिक उपद्रवलाई गर्न नहुने: (१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले कुनै काम गरी वा कानून बमोजिम गर्नुपर्ने कुनै काम नगरी छरमछिमेक वा सर्वसाधारणलाई कुनै प्रकारको हानि, नोक्सानी, क्षति वा खतरा पुर्याउन वा झिझिध्याट गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१२५. जुवा खेलन वा सट्टाबाजी गर्नु नहुनेः (१) कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिवाना,
(ख) दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना।
स्पष्टीकरणः यस संहिताको प्रयोजनको लागिः
(१) “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा चुरोलाई समेत जनाउँछ।
तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवा मानिने छैनः–
(क) कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेल,
(ख) अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा।
(२) “जुवा खेलाउने” भन्नाले आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलब्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलब्ध गराई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ।
(३) जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ।
तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन।
(४) कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन।
(५) उपदफा (४) को प्रयोजनको लागि कसैले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा तास पते ताशमा हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ।
(६) उपदफा (४) बमोजिमको कसूर भएमा त्यसमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(७) यस दफा बमोजिमको कसूरमा पटेक कार्म गर्दा अदालतबाट कसूरदार ठिरेको आधारमा कार्म गरिनेछ।
१२६. भिक्षा माग्न वा माग्न लगाउन नहुनेः (१) कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ र भिक्षाको बिगो जफत समेत हुनेछः–
(क) पहिलो पटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना र दोस्रो पटकदेखि प्रत्येक पटक दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना,
(ख) पहिलो पटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक
पटक तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि:
(१) कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागेकोमा त्यस्तो कार्यलाई यस दफा अन्तर्गतको कसूर मानिने छैन,
(२) “सार्वजनिक स्थान” भन्नाले सडक, गल्ली, पार्क, सवारी बिसेउनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर सम्झनु पर्छ र सो शब्दले सार्वजनिक प्रयोगमा रहेको सवारी साधनलाई समेत जनाउँछ।
१२६क. कसूर पीडितको नाममा सहयोग लिन नहुने: (१) कसैले कुनै व्यक्ति कसूर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जाल मार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी मागनु, लिनु वा प्राप्त गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूर पीडित वा निजका परिवारका सदस्यले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनै सहयोग वा कुनै सुविधा प्राप्त गरेकोमा वा कुनै सामाजिक संस्था वा कुनै व्यक्तिले आफूखुसी दिएको सहयोग प्राप्त गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा थप।
१२७. क्षतिपूर्ति भराउनु पर्नेः यस परिच्छेदको दफा १०४, १०५, १०६, १०७, १०८, १०९, ११०, १११, ११३, ११४, ११५, ११६, ११७, ११८ र १२४ बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी वा कसैको सम्पत्तिमा क्षति भएमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी हुने व्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्नेछ।
१२८. हदम्यादः (१) यस परिच्छेद अन्तर्गतको कुनै कसूरबाट कसैको ज्यान मरेकोमा जहिलेसुकै पनि उजुर गर्न सकिनेछ।
(२) दफा ११३, ११४, ११५, ११६, ११७, ११८, ११९, १२०, १२१ र १२२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद–६ हातहतियार तथा खरखजाना सम्बन्धी कसूर
१२९. इजाजत पत्र प्राप्त नगरी हातहतियार उत्पादन गर्न नहुनेः (१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लिखित शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार वा खरखजानाको उत्पादन गर्न वा त्यसको मर्मत संभार गर्न हुँदैन।
स्पष्टीकरणः यस संहिताको प्रयोजनका लागिः
(क) “हातहतियार” भन्नाले तोप, मोर्टार, बख्तरबन्द गाडी, मेशिनगन, राइफल, बन्दुक, पिस्तोल, रिभल्भर वा खरखजाना प्रयोग गरी वा नगरी चलाइने त्यस्तै प्रकृतिका अन्य शस्त्र सम्झनु पर्छ र सो शब्दले हातहतियार बनाउने मेशिन, उपकरण र हातहतियारको पाटपुर्जा समेतलाई जनाउँछ,
(ख) “मेशिनगन” भन्नाले ब्रे नगन, लुइसगन, स्टेगन, मेशिन, कारबाइन, टम्स मेशिन कारबाइन, जी.एम.जी, सटय मेमसन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्झनु पर्छ र सो शब्दले मेशिनगन बनाउने मेशिन, उपकरण र मेशिन गनको पाटपुर्जा समेतलाई जनाउँछ,
(ग) “खरजजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छुरो, डिटोनेटर, कातुस, फ्युज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई हातहतियार वा खरजजानाको जोखिमको गम्भीरीता हेरी दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
१३०. इजाजत पत्र प्राप्त नगरी हातहतियारको कारोबार गर्न नहुनेः (१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भएपनि इजाजत पत्रको शर्त तथा बन्देज विपरीत हुने गरी हातहतियार तथा खरजजानाको कारोबार गर्न हुँदैन।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने, बिक्री गर्ने, ओसार पसार गर्ने, स्वामित्व प्राप्त गर्ने, हस्तान्तरण गर्ने, सञ्चय वा सङ्कलन गर्ने, भण्डारण गर्ने, निकासी वा पैठारी गर्ने काम सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१३१. खास किसिमका हातहतियार प्राप्त गर्न नहुनेः (१) कसैले देहायका हातहतियार खरिद बिक्री गरी वा दान, उपहार, पुरस्कार, अंश, अपुतालीबाट वा अन्य कुनै किसिमबाट प्राप्त गर्ने, राख्न, सञ्चय गर्ने, भण्डारण गर्ने र अधिकार प्राप्त अधिकारीको आदेश बिना प्रयोग गर्ने, ओसार पसार गर्ने वा निकासी वा पैठारी गर्ने हुँदैनः–
(क) बख्तरबन्द गाडी (ट्याङ्क) तथा त्यसको खरजजाना, (ख) तोप वा मोर्टार तथा त्यसको खरजजाना, (ग) मेशिनगन तथा त्यसको खरजजाना, (घ) जुनसुकै प्रकारको राइफल तथा त्यसको खरजजाना, (ङ) सर्वसाधारणले प्राप्त गर्ने वा राख्न नहुने भनी अधिकार प्राप्त अधिकारीले तोकेका अन्य हातहतियार तथा त्यसको खरजजाना।
(२) उपदफा (१) मा उल्लिखित हातहतियार प्राप्त गर्ने व्यक्तिले त्यस्तो हातहतियार प्राप्त भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र ستر हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(४) यस दफामा अन्तर जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा जवानले वा कानून बमोजिम हातहतियार प्रयोग गर्न पाउने अन्य सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनको सिलसिलामा त्यस्ता हातहतियार राख्न वा प्रयोग गर्न बाधा पुगेको मानिने छैन।
१३२. इजाजतपत्र बिना हातहतियार राख्न वा लिएर हिँड्न नहुनेः (१) कसैले कानून बमोजिम प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिँड्न सक्ने हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रको शर्त तथा बन्देज विपरीत हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिँड्न हुँदैन।
तर सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा जवानले वा कानून बमोजिम हातहतियार प्रयोग गर्न पाउने अन्य सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनको सिलसिलामा त्यस्तो हातहतियार आफूसित राख्न, प्रयोग गर्न वा लिएर हिँड्न बाधा पुग्ने छैन।
(२) उपदफा (१) बमोजिमका कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१३३. हातहतियार खरखजानाको कारोबारको अभिलेख राख्नु पर्नेः (१) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरखजानाको कारोबार गर्ने व्यक्तिले आफूले कारोबार गरेको हातहतियार वा खरखजानाको छुट्टै अभिलेख राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम राखिएको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछः–
(क) आफूले खरिद वा बिक्री गरेको, ओसार पसार गरेको, भण्डारण गरेको, निकासी वा पैठारी गरेको हातहतियारको किसिम, विवरण र परिमाण,
(ख) हातहतियार कसैलाई बिक्री गरेको भए खरिद गर्ने व्यक्तिको नाम, थर, पता, नागरिकता वा राहदानीको नम्बर र जारी भएको मिति तथा स्थान।
(३) हातहतियार वा खरजनाको कारोबार गर्ने व्यक्तिले उपदफा (२) बमोजिमको अभिलेख हातहतियार तथा खरजनाको नियन्त्रण वा प्रशासन गर्ने अधिकारी, मुद्दाको अनुसन्धान गर्ने अधिकारी वा अदालतले मागेको बखत देखाउनु वा पेश गर्नु पर्नेछ।
(४) इजाजतपत्र प्राप्त गरी हातहतियार वा खरजनाको व्यावसायिक कारोबार गर्ने व्यक्ति बाहेक अन्य कसैले हातहतियार वा खरजनाको कारोबार गर्नु पर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई गर्नु पर्नेछ।
(५) उपदफा (१), (३) वा (४) विपरीतको कार्य गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१३४. आणविक, रासायनिक, जैविक (जीवाणुयुक्त) वा विषालु हातहतियार उत्पादन वा कारोबार गर्न नहुनेः (१) कसैले कुनै पनि प्रकारको आणविक, रासायनिक, जैविक (जीवाणुयुक्त) वा विषालु हातहतियारको निर्माण, उत्पादन, खरिद, बिक्री, प्राप्ति, स्वामित्व धारण, हस्तान्तरण, भण्डारण, सञ्चय, ओसार पसार वा निकासी वा पैठारी वा त्यसको लागि लगानी वा व्यवस्थापन गर्न वा गराउनु हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागिः
(क) “रासायनिक हातहतियार” भन्नाले सम्बत् २०४९ साल पौष २९ गते (१३ जनवरी, १९९३ का दिन पेरिसमा सम्पन्न भएको रासायनिक हातहतियारको विकास, उत्पादन, सञ्चय तथा उपयोगको प्रतिबन्ध गर्ने तथा त्यसकोै विनाशका सम्बन्धमा व्यवस्था गरिएको महासन्धि (कन्भेन्सन अन दि प्रोहिबिशन अफ दि डेभलपमेन्ट, प्रडक्सन, स्टकपाइलिंग एण्ड युज अफ
केमिकल विपन्स एण्ड डियर डिस्ट्रक्शन) ले परिभाषा गरे बमोजिमको रासायनिक हातहतियार सम्झनु पर्छ।
(ख) “जैविक वा विषालु हातहतियार” भन्नाले संवत २०२८ साल चैत २८ गते (१० अप्रिल, १९७२) का दिन लण्डन, मस्को र वासिङटनमा सम्पन्न भएको जैविक (जीवाणुयुक्त) र विषालु हातहतियारको विकास, उत्पादन तथा सञ्चयको प्रतिबन्ध तथा त्यसको विनाशका सम्बन्धमा व्यवस्था भएको महासन्धि (कन्भेन्सन अन दि प्रोहिबिशन अफ दि डेभलपमेन्ट, प्रडक्टसन एण्ड स्टकपाइलिङ्ग अफ ब्याक्टेरियोलोजिकल (बायोलोजिकल) एण्ड टक्सिन विपन्स एण्ड अन डियर डिस्ट्रक्शन) ले परिभाषा गरे बमोजिमको जैविक (जीवाणुयुक्त) वा विषालु हातहतियार सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बीस वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
१३५. कसूरसाँग सम्बन्धित चल अचल सम्पत्ति जफत हुनेः यस परिच्छेद अन्तर्गतको कुनै कसूर भएकोमा त्यस्तो कसूरसाँग सम्बन्धित हातहतियार र खरखजाना र त्यस्ता हातहतियारको उत्पादन गर्ने, निर्माण गर्ने, राख्ने वा ओसार पसार गर्ने, यन्त्र, उपकरण, औजार वा सवारी साधन र त्यस्तो हातहतियार वा खरखजानाको खरीद बिक्रीबाट प्राप्त रकम र त्यसबाट बढे बढाएको रकम जफत हुन्छ।
तर ढुवानीको साधन वा सवारी साधनको धनीले हातहतियार वा खरखजाना ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित गरेमा त्यस्तो सवारी साधन जफत हुने छैन।
१३६. क्षतिपूर्ति भराउनेः कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ वा सम्पत्तिको हानि, नोक्सानी भएको रहेछ भने कसूरदारबाट पीडित व्यक्तिलाई त्यसको मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
१३७. हदम्यादः दफा १३२ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – ७
विस्फोटक पदार्थ सम्बन्धी कसूर
१३८. विस्फोटक पदार्थ उत्पादन गर्न नहुने: (१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विस्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।
स्पष्टीकरण: यस संहिताको प्रयोजनका लागि:
(क) “विस्फोटक पदार्थ” भन्नाले विस्फोटन भई क्षति पुऱ्याउने आइ.इ.डी; टी.एन.सी. एमाटोल, बारोटोल, पेन्टोलाइट, ट्यापिड डिटोनेटिभ एक्स्प्लोसिभ (आर.डी. एक्स), टोर फेक्स, ब्लास्टिक एक्स्प्लोसिभ, डाइनामाइट, बारुद, नाइट्रोग्लिसरिन, जेलेगनाइट, स्टेमाइट, सेल्साइट, डिटोनेटर, ब्लास्टिक क्याप, विद्युतीय ब्लास्टिक क्याप, फ्यूज, आतिशबाजी, पटाका, गन कटन, गन पाउडर ब्लास्टिक पाउडर, पारो (मर्करी) वा अन्य कुनै धातुको फुल्र्युनेट, सोही प्रकृतिका विस्फोटन हुने अन्य कुनै पदार्थ वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कुनै पदार्थ सम्झनु पर्छ र सो शब्दले बम समेतलाई जनाउँछ।
(ख) “बम” भन्नाले कुनै विस्फोटक पदार्थ वा अन्य कुनै साधन, फर्मुला, प्रक्रिया वा उपायद्वारा आफैँ वा अन्य कुनै पदार्थद्वारा विस्फोटन हुने गरी बनाइएको मिनाड वा त्यस्तै प्रकृतिको अन्य विस्फोटक पदार्थयुक्त वस्तु वा पदार्थ सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:–
(क) कडा विस्फोटक पदार्थ (हाई एक्स्प्लोसिभ) भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
(ख) नरम विस्फोटक पदार्थ (लो एक्स्प्लोसिभ) भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
(ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना,
(घ) विष्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने सन्नत्र, मेशीन वा ज्वालावलको उत्पादन गर्ने, प्रयोग गर्ने, राख्ने वा अन्य कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना।
स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि:–
(१) “कडा विष्फोटक पदार्थ” भन्नाले डाइनामाइट, नाइट्रोग्लिसरिन, टी.एन.सी., जेलेनाइट, मर्कुरिटोलाब, पारोको फुल्यूनेट, आर.डी. एक्स, एमाटोल, बारोटोल, पेन्टोलाइट, स्टेटमाइट, सेलसाइटल, ब्लास्टिक एक्स्पोलोभिस बम र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ।
(२) “नरम विष्फोटक पदार्थ” भन्नाले ब्लास्टिक पाउडर, गन पाउडर, गन कटन, पारो, बारुद वा अन्य कुनै धातुको फुल्यूनेट र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ।
(३) “सामान्य विष्फोटक पदार्थ” भन्नाले डिटोनेटर, ब्लास्टिक क्याप, विद्युतीय ब्लास्टिक क्याप, फ्यूज, आतिसाजी, पटाका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ।
१३९. विष्फोटक पदार्थको कारोबार गर्न नहुने: (१) कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजत पत्र प्राप्त गरेको भएपनि इजाजतपत्रमा उल्लेख भएका शर्त र बन्देज विपरीत हुने गरी विष्फोटक पदार्थको कारोबार गर्न वा गराउन हुँदैन।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “कारोबार” भन्नाले खरिद गर्ने गराउने, बिक्री गर्ने, राख्ने, प्रयोग गर्ने, सञ्चय गर्ने, भण्डारण गर्ने, ओसार पसार गर्ने, परिवर्तन गर्ने, मिसावट गर्ने, निकासी वा पैठारी गर्ने काम सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ:–
(क) कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,
(ख) नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ग) सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।
१४०. कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुनेः (१) कसैले सर्वसाधारणले प्रयोग वा उपभोग गर्ने सामान्य उपभोग्य वस्तुको वा त्यस्तो वस्तुको भौतिक वा रासायनिक तत्त्वमा कुनै भौतिक वा रासायनिक प्रक्रिया, फर्मुला, उपाय वा विधिबाट फेरफेर, परिवर्तन गरी वा त्यसको रुप, बनौट वा आकारमा परिवर्तन गरी कुनै किसिमको बम वा अन्य कुनै विष्फोटक पदार्थको रुपमा प्रयोग गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ।
१४१. बारुदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुनेः (१) कसैले सार्वजनिक रुपमा प्रयोग हुने सडक वा बाटो, स्थल, भवन, पुल, सुरुङ्ग वा सर्वसाधारणले हिँडडुल गर्ने अन्य कुनै ठाउँमा विष्फोटक पदार्थ ओछ्याउन वा राख्न वा कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) राख्न वा त्यस्तो पदार्थ राखी वा धराप ओछ्याई आवागमनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा अवरोध पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गरेको कारणबाट कसैको जीउ, ज्यान वा सम्पत्तिमा क्षति पुगेमा कसूरदारलाई त्यस बापत यस संहिता बमोजिम हुने सजायमा उपदफा (२) बमोजिमको सजाय थप हुनेछ।
१४२. उत्पादन वा कारोबारको अभिलेख राख्नु पर्नेः (१) विष्फोटक पदार्थको उत्पादन वा कारोबार गर्न इजाजत पत्र प्राप्त गरेको व्यक्तिले त्यस्तो पदार्थको उत्पादन, निर्माण, तयारी वा कारोबार गर्दा प्रत्येक पटक उत्पादन वा कारोबार गरेको प्रत्येक विष्फोटक पदार्थको छुट्टै अभिलेख राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको अभिलेखमा अन्य कुराको अतिरिक्त देहायका विवरण खुलाउनु पर्नेछः–
(क) के कस्ता विष्फोटक पदार्थ, के कति परिमाणमा उत्पादन, तयारी वा निर्माण भएको हो,
(ख) विष्फोटक पदार्थको कारोबार भएको भए के कस्तो प्रयोजनका लागि कारोबार भएको हो,
(ग) विष्फोटक पदार्थ बिक्री वितरण भएको भए कुन व्यक्तिलाई के कस्तो प्रयोजनका लागि के कति परिमाण बिक्री वितरण भएको हो।
(३) उपदफा (१) बमोजिम राखिएको अभिलेख विष्फोटक पदार्थको कारोबार गर्ने व्यक्तिले विष्फोटक पदार्थ नियन्त्रण वा प्रशासन गर्ने अधिकारप्राप्त अधिकारी, मुद्दाको तहकीकात वा अभियोजन गर्ने अधिकारी वा अदालतले मागेका बखत उपलब्ध गराउनु पर्नेछ।
(४) यस दफा विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१४३. विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्नेः (१) विष्फोटक पदार्थको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्तिले त्यस्ता वस्तुको प्रयोग गर्दा, ढुवानी वा ओसार पसार गर्दा वा भण्डारण गर्दा त्यस्तो पदार्थको प्रकृति अनुसार पर्याप्त सुरक्षा हुने गरी प्रयोग गर्नु वा उपयुक्त म्यागाजिनमा राखी ढुवानी वा ओसार पसार वा भण्डारण गर्नु पर्नेछ।
(२) उपदफा (१) विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१४४. कसूरसँग सम्बन्धित चल वा अचल सम्पत्ति जफत हुनेः यस परिच्छेद अन्तर्गत सजाय हुने कुनै कसूर भएकोमा त्यस्तो कसूरसँग सम्बन्धित सम्पूर्ण या विष्फोटक पदार्थ, त्यस्तो पदार्थ उत्पादन, तयारी वा निर्माण गर्न प्रयोग हुने मालसामान, उपकरण, औजार वा कच्चा पदार्थ, त्यस्तो पदार्थ ओसार पसार वा ढुवानी गर्ने सवारी साधन वा ढुवानी साधन र त्यस्तो
पदार्थको उत्पादन, तयारी, निर्माण वा कारोबार गरी प्राप्त गरेको रकम र त्यसबाट बढे बढाएको रकम जफत हुनेछ ।
तर ढुवानीको साधन वा सवारी साधनको धनीले विष्फोटक पदार्थ ढुवानी भएको कुरा निजलाई थाहा नभएको प्रमाणित भएमा त्यस्तो ढुवानीको साधन वा सवारी साधन जफत हुने छैन ।
१४५. क्षतिपूर्ति भराउनेः कसैले यस परिच्छेद अन्तर्गतको कुनै कसूर गरेको कारणबाट कसैको जीउ, धनको हानि, नोक्सानी भएको रहे छ भने कसूरदारबाट पीडित व्यक्तिलाई त्यसको मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
१४६. हदम्यादः दफा १४३ अन्तर्गतका कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्नेछैन ।
परिच्छेद – ८ राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धका कसूर
१४७. व्यक्ति विशेषले सार्वजनिक घर, जग्गा आफ्नो बनाउन नहुनेः (१) कसैले देहायको घर वा जग्गा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्वस्वीकृति बिना दर्ता गरी वा नगरी आफ्नो बनाउन वा कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्न वा त्यस्तो घर वा जग्गाको भोग चलनमा कुनै किसिमको बाधा अवरोध गर्न हुँदैनः-
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रण भएको सार्वजनिक संस्थाको नाममा रहेको ....... घर जग्गा,
(ख) परापूर्वदेखि सामुदायिक वा सार्वजनिक भोग चलनमा रहेको सामुदायिक वा सार्वजनिक घर जग्गा ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) मा उल्लिखित घर, जग्गा कुनै व्यक्ति विशेषको नाममा दर्ता वा नामसारी भइसकेको भए त्यस्तो दर्ता समेत स्वतः बदर हुनेछ।
१४८. व्यक्ति विशेषले सार्वजनिक सम्पदा आफ्नो बनाउन नहुनेः (१) कसैले कुनै सार्वजनिक सम्पदा दर्ता गरी वा नगरी निजी बनाउन वा त्यस्तो सम्पदाको सार्वजनिक जोग चलनमा कुनै किसिमले बाधा अवरोध गर्ने वा अन्य कुनै किसिमले कब्जा, आवाद वा अतिक्रमण गर्ने वा त्यस्तो सम्पदालाई कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक सम्पदा” भन्नाले देहाय बमोजिमका सम्पदा सम्झनु पर्छः–
(क) परापूर्व यदेशि सार्वजनिक रुपमा हिँडी आएको बाटो,
(ख) सार्वजनिक रुपमा जोग चलन हुँदै आएको सडक, गौचर, पानीघाट, शचिान, मसानघाट, धारो, पधेरो, कुवा, पोखरी, पोखरीको डिल, खानेपानीको मूल, निर, कुलो, गाईवस्तु चराउने चौर वा निकाल्ने निकास,
(ग) हाट बजार लाग्ने स्थान,
(घ) देवस्थल, मठ, मन्दिर, स्तुप, गुम्बा, मस्जिद वा गिरायघर,
(ङ) पाटी, पौवा सत्तल, चौतारो,
(च) ऐतिहासिक मूर्ति, शालिक, सांस्कृतिक स्तम्भ वा स्मारक,
(छ) धार्मिक वा सांस्कृतिक कार्य वा समारोह गर्ने ठाउँ,
(ज) नेपाल सरकारले तोकेको राष्ट्रिय वन वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व रहे को वन वा त्यसको कुनै अंश।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको सार्वजनिक सम्पदा कसैको नाममा दर्ता वा नामसारी भइसकेको भए सो समेत स्वतः बदर हुनेछ।
१४९. प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्न नहुनेः (१) कसैले कानून बमोजिम बाहेक प्राकृतिक सम्पदामाथि कुनै किसिमले अतिक्रमण वा कब्जा गर्न वा त्यस्तो सम्पदा बिक्री वितरण गर्न वा त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “प्राकृतिक सम्पदा” भन्नाले देहायका सम्पदालाई सम्झनु पर्छः–
(क) प्राकृतिक वातावरण, वनस्पति र वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारले तोकेको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु वा शिकार आरक्ष,
(ख) नेपाल सरकारले तोकेको संरक्षण क्षेत्र, नदी, नाला, खोला, ताल तलैया, सिमसार क्षेत्र वा प्राकृतिक झरना, हिमशिखर वा त्यसको कुनै अंश, उच्च पहाडी चुचुरो,
(ग) प्रचलित कानून वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेको वन्यजन्तु, वनस्पति वा भू–बनोट,
(घ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले संरक्षण गरेका वन्यजन्तुको वासस्थान, पर्यावरणीय पद्धति वा बिक्री वितरण, निकासी वा पैठारीमा निषेध गरेका जडिबुटी।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र विगो खुलेकोमा विगो बमोजिम र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१५०. सार्वजनिक भौतिक संरचनाको अनधिकृत कब्जा वा विनाश गर्न नहुनेः (१) कानून बमोजिम बाहेक कसैले कुनै सार्वजनिक भौतिक संरचना अनधिकृत रुपमा कब्जा गर्न, त्यस्तो संरचना प्रयोग हुन नदिन वा कुनै किसिमले हानि, नोक्सानी वा विनाश गर्न हुँदैन।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “सार्वजनिक भौतिक संरचना” भन्नाले सार्वजनिक रुपमा प्रयोग हुने देहायका संरचना सम्झनु पर्छ:—
(क) सडक, बाटो, पुल, सुरुङ्ग, विमानस्थल,
(ख) जलाशय, नहर, खानेपानीको मुहान तथा पोखरी, विद्युत गृह, विद्युत प्रसारण केन्द्र वा त्यसको लाइन,
(ग) रज्जुमार्ग, केबलकार, दूरसंचार सम्बन्धी उपकरण, रेडियो स्टेशन, टेलिभिजन प्रसारण केन्द्र तथा त्यसको टावर,
(घ) रेल तथा रेलमार्ग,
(ङ) सार्वजनिक बस भिसौनी, सार्वजनिक उद्यान, वा
(च) अन्य त्यस्तै संरचना।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
१५१. राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने: (१) कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्ने, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्ने वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशान छाप प्रयोग गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) कसैले नेपालसँग मैत्री सम्बन्ध भएको मुलुक विरुद्ध घृणा फैलाउने वा त्यस्तो मुलुकको अपमान गर्ने नियतले त्यस्तो मुलुकको राष्ट्रिय झण्डा जलाउन, त्यसको जानीजानी दुरुपयोग गर्ने वा त्यस्तो झण्डा वा त्यस्तो मुलुकको निशान छापको दुरुपयोग गर्ने वा सार्वजनिक नैतिकता र शिष्टाचारको दृष्टिकोणबाट प्रयोग गर्न नहुने वस्तु, ठाउँ वा अवस्थामा त्यस्तो झण्डा वा छापको प्रयोग गर्नु हुँदैन।
(४) कसैले संयुक्त राष्ट्र संघ वा संयुक्त राष्ट्र संघसँग सम्बद्ध संस्था वा विशिष्टीकृत निकाय वा नेपाल सदस्य रहेको कुनै अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थालाई घृणा
वा अपमान गर्ने नियतले त्यस्ता संस्थाको झण्डा वा निशान छाप कुनै किसिमले दुरुपयोग गर्न वा त्यस्ता संस्थाको स्वीकृति बिना त्यस्तो झण्डा वा त्यस्तो संस्थाको चिह्न, सवारी साधन वा अन्य कुनै वस्तु प्रयोग गर्न हुँदैन।
(५) उपदफा (३) वा (४) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१५२. राष्ट्रिय विभूतिको अपमान गर्न नहुनेः (१) कसैले नेपाल सरकारले तोकेका राष्ट्रिय विभूतिलाई जानीजानी घृणा, अपमान वा बदनाम गर्न, त्यस्ता विभूतिको शालिक, स्तम्भ वा स्मारक भत्काउन वा हानि, नोक्सानी गर्न हुँदैन।
तर त्यस्ता विभूतिको जीवनी अध्ययन अनुसन्धान वा मूल्याङ्कनको सन्दर्भमा असल नियतले गरिएको टिका टिप्पणीलाई यस दफा बमोजिमको कसूर मानिने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१५३. क्षतिपूर्ति भराई दिनु पर्नेः दफा १५० बमोजिमको कसूर गरेको कारणबाट भएको हानि, नोक्सानी बापत कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
१५४. हदम्यादः यस परिच्छेदको दफा १४७, १४८ र १४९ अन्तर्गतका कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ र अन्य दफा अन्तर्गतको कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिनापछि उजुर लाग्ने छैन।
परिच्छेद – ९ धर्म सम्बन्धी कसूर
१५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दूषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) विदेशी शीले उपदफा (१) बमोजिमको कसूर गरे वा गराएको रहेछ भने उपदफा (२) बमोजिमको कैद र जुमान भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ।
१५६. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१५७. धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः (१) कसैले सनातनदेखि अपनाउँदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१५८. धर्म परिवर्तन गराउन नहुनेः (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्नु वा दुरुत्साहन दिन हुँदैन।
(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्नु वा खलल पुग्ने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्नु हुँदैन।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद र जुमान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ।
१५९. हदम्याद: दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद –१० भेदभाव तथा अन्य अपमानजनक व्यवहार सम्बन्धी कसूर
१६०. भेदभावपूर्ण व्यवहार गर्न नहुने: (१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गभ्यवस्था, आर्थिक अवस्था, भाषा वा भेष, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१६१. भेदभाव गरी वस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुने: (१) कसैले कुनै वस्तु वा सेवाको खरिद वा बिक्री वितरण गराउँदा कुनै खास जात, जाति वा सम्प्रदायको व्यक्तिबाट मात्र वा त्यस्ता व्यक्तिलाई मात्र खरिद वा बिक्री वितरण गर्ने वा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई उपलब्ध नगराउने वा बिक्री वितरण नगर्ने कार्य गर्न हुँदैन।
तर आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पिछडिएको वर्गको हित संरक्षण वा विकासका लागि कानून बमोजिम अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई कुनै खास वस्तु वा सेवा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई मात्र उपलब्ध गराएकोमा वा बिक्री वितरण गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१६२. जबरजस्ती काममा लगाउन नहुने: (१) कसैले कसैलाई निजको इच्छा विरुद्ध काममा लगाउन हुँदैन।
तर सार्वजनिक कामको लागि कानून बमोजिम श्रममा लगाउन यस दफाले बाधा पुर्याएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६३. दास बनाउन नहुनेः (१) कसैले कुनै व्यक्तिलाई दास वा कमारा, कमारी बनाउन, त्यस्तो हैसियतमा राख्न, काममा लगाउन वा सो सरहको अन्य कुनै पनि व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँचदे शि दश वर्षसम्म कैद र पचास हजारदे शि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१६४. बन्धक बनाउन वा बाँधा राख्न नहुनेः (१) कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाँधा राख्न वा बाँधाको हैसियतमा काममा लगाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षदेखि सात वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१६५. सामाजिक रीति स्थितिमा खलल पार्न नहुनेः (१) कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पार्ने वा खलल हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि जातीय भेदभाव हुने रीतिस्थितिलाई सामाजिक रीतिस्थिति मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६६. जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेः (१) कसैले कसैलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय,
शारीरिक अवस्था वा सामाजिक समुदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न बस्मित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बस्मित गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ।
१६७. यातना दिन नहुनेः (१) प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानूनको कार्यान्वयन गर्ने वा कानून बमोजिम नियन्त्रण, हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिन लगाउन वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि पक्राउ परेको, नियन्त्रणमा रहेको, हिरासत, थुना, कैद वा नजरबन्द वा आफ्नो सुरक्षामा रहेको कुनै व्यक्ति वा त्यस्तो व्यक्तिको कारणले अन्य कुनै व्यक्तिलाई देखाएको उद्देश्यले जानीजानी शारीरिक वा मानसिक पीडा वा कष्ट पुर्याएमा वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिएमा त्यस्तो व्यक्ति उपर यातना दिएको वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको मानिनेछः–
(क) कुनै विषयमा जानकारी हासिल गर्ने, (ख) कुनै कसूरमा साबित गराउने, (ग) कुनै कार्यको लागि दण्ड दिने, (घ) जोर जुलुम वा त्रास देखाउने, वा (ङ) कानून विपरीतका अन्य कुनै कार्य गर्ने।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्न आदेश दिने व्यक्ति वा यस दफा बमोजिमको कसूर गर्न सहयोग गर्ने मतियारलाई मुख्य कसूरदार सरह सजाय हुनेछ।
(४) उपदफा (१) बमोजिम कसूर गर्ने कुनै व्यक्तिले आफूभन्दा माथिका अधिकारीको आदेश पालना गरी त्यस्तो कसूर गरेको भन्ने दाबी मिलाउन पाउने छैन र निजले त्यस्तो आधारमा त्यस्तो कसूर गरे बापत हुने सजायबाट उन्मुक्ति पाउने छैन।
१६८. अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने: (१) कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन। $\times$ (क) बोक्सा बोक्सीको आरोप लगाउने, (ख) बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाउँबाट निकाल्ने, (ग) सामाजिक बहिष्कार गर्ने, वा (घ) अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(५) राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ।
१६९. क्षतिपूर्ति भराई दिनु पर्ने: यस परिच्छेद बमोजिमको कसूर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
$\times$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा खारेज गरिएको।
१७०. हदम्याद: (१) दफा १६३ र १६४ अन्तर्गतका कसूरमा जहिले सुकै उजुर लाग्नेछ।
(२) दफा १६७ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको वा सम्बन्धित व्यक्ति पक्राउ, नियन्त्रण, हिरासत, थुना, कैद वा नजरबन्दबाट मुक्त भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा कसूर भए गरेको थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद—११ विवाह सम्बन्धी कसूर
१७१. मञ्जुरी बिना विवाह गर्न नहुने: (१) विवाह गर्ने व्यक्तिहरूको मञ्जुरी बिना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिम मञ्जुरी बिना भएको विवाह बदर हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि दफा १७३ बमोजिम विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
१७२. हाडनातामा विवाह गर्न नहुने: (१) कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको विवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो विवाह बदर हुनेछ।
(३) उपदफा (१) बमोजिमको विवाह जानीजानी भएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः बदर हुनेछ।
१७३. बाल विवाह गर्न नहुने: (१) विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१७४. विवाहमा लेनदेन गर्न नहुनेः (१) आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले जाँइर जानु, सताउन वा कुनै अमानवीय वा अपमानजनक व्यवहार गर्न हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(५) उपदफा (१) वा (३) बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ।
१७५. बहुविवाह गर्न नहुनेः (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन।
(२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(५) उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन।
१७६. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – १२ ज्यान सम्बन्धी कसूर
१७७. ज्यान मार्ने नियतले कुनै काम गर्न नहुनेः (१) कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मार्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरूपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जन्म कैदको सजाय हुनेछ।
१७८. ज्यान जान सक्ने काम गर्न नहुनेः (१) कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुनेछ।
१७९. गम्भीर उत्तेजना वा रीसको आवेशबाट ज्यान लिन नहुनेः (१) *दफा १७७ वा १७८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा ज्यान लिने व्यक्तिलाई दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछः–
(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा,
तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः–
(१) कसैले कानूनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसूरदार उत्तेजित हुन गएमा,
(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसैको ज्यान गएकोमा,
(ख) निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाघ्न गई जसको विरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मारेकोमा,
(ग) एकाएक भएको झगडामा उठेको रीसको आवेशमा तत्काल कसैको ज्यान मारेकोमा,
तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुर वा अस्वाभाविक तरबाट काम गरेको हुनु हुँदैन।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि इबी लिएर सोच विचार गरेर ज्यान लिएकोमा सो खण्डहरूमा लेखिएको व्यवस्था लागू हुने छैन ।
१८०. मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुनेः दफा १७७, १७८ र १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कसैलाई मार्न नितले वा कुनै व्यक्ति मर्न सक्छ भन्ने जानीजानी वा त्यसको विश्वास गर्नु पर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई अवस्था अनुसार दफा १७७, १७८ र १७९ मा लेखिए बमोजिमको सजाय हुनेछ ।
१८१. लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुनेः (१) कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१८२. हेलचक्र्याइँ गरी ज्यान मार्न नहुनेः (१) दफा १७९ को अवस्थामा बाहेक कसैले हेल्चक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१८३. ज्यान मार्ने उद्योग गर्ने नहुनेः (१) कसैले कसैको ज्यान मार्ने नितले त्यसको उद्योग गर्ने हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१८४. आफ्नो संरक्षणमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुनेः (१) कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा बेवास्ता गरी छोड्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो बालबालिका, अशक्त, रोगी वा वृद्ध व्यक्ति मरेको रहेछ भने कसूरदारलाई सात वर्षसम्म कैद र सतरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
तर फालिएको, परित्याग गरिएको वा बेवास्ता गरी छाडेको कारणबाट नवजात शिशुको मृत्यु भएमा दफा १७७ बमोजिम सजाय हुनेछ।
१८५. आत्महत्या गर्न दुरुत्साहन दिन नहुनेः (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१८६. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिम भएको कसूरबाट कसैको जिउ, ज्यान वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा कसूरदारबाट पीडित व्यक्ति र निज नभए निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
१८७. हदम्यादः (१) दफा १७७, १७८, १७९, १८०, १८१, १८२ र १८४ को उपदफा (३) मा रहेको प्रतिबन्धात्मक वाक्यांश अन्तर्गतका कसूरदार आफैं साबित भई पोलेकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ। त्यस्तो कसूरमा कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पता नलागेकोमा बीस वर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेकका यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।
परिच्छेद – १३ गर्भ संरक्षण विरुद्धको कसूर
१८८. गर्भपतन गर्न नहुनेः (१) दफा १८९ को अवस्थामा बाहेक कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भपतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन ।
(२) कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ–
(क) बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना, (ख) बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना, (ग) पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना ।
(४) गर्भपतन गर्ने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी त्यस्तो कामको परिणाम स्वरूप जन्मेको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिनेछ ।
(५) कसैले कुनै गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको पच्चीस हप्ता वा पच्चीस हप्ताभन्दा बढी अवधिको गर्भपतन हुन गएमा सो काम गर्ने कसूरदारलाई यस संहिता वा अन्य कानून बमोजिमको सजायमा थप पाँच वर्षसम्म कैद हुनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गर्भवती महिला विरुद्ध कुनै रिस इबीले कुनै काम गर्दा गर्भपतन हुन गएमा गर्भपतन गर्ने नियतले त्यस्तो काम गरेको रहेनछ भने पनि देहाय बमोजिमको सजाय हुनेछः–
(क) बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद,
(ख) बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद,
(ग) पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद।
(७) कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन।
(८) उपदफा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुन्छः–
(क) गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद, र
(ख) लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद।
१८९. गर्भपतन गराउन सक्नेः दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस संहिता अन्तर्गतको कसूर भए गरेको मानिने छैनः–
(क) गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराएकोमा,
(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
(ग) जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "स्वास्थ्यकर्मी" भन्नाले निर्धारित योग्यता पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनु पर्छ।
१९०. हदम्याद: यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – १४ कुटपिट वा अङ्गभङ्ग सम्बन्धी कसूर
१९१. कुटपिट गर्न नहुने: (१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन।
(२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछ:–
(क) कुनै किसिमको शारीरिक पीडा पुर्याएमा, (ख) कुनै काम गरी दफा १०४ र १०५ मा उल्लिखित रोग बाहेकको अन्य कुनै रोग सारेमा, (ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "अशक्त" भन्नाले शरीरको कुनै अङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१९२. अङ्गभङ्ग गर्न नहुने: (१) कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
(२) कसैले कसैलाई जानीजानी कुटपिट गर्दा देहाय बमोजिमको परिणाम भएमा अङ्गभङ्गको कसूर गरेको मानिनेछः–
(क) आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिहीन बनाइदिएमा, (ख) नाकको सुँघ्ने शक्ति नाश गरिदिएमा, (ग) कानको सुन्ने शक्ति नाश गरिदिएमा, (घ) जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा, (ङ) महिलाको स्तन काटिदिएमा, (च) महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा, (छ) मेरुदण्ड, डाँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोनी फाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा, (ज) कुटपिटको कारणबाट आफ्नो पेशाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा।
(३) कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरूप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिनेछ।
(४) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै हकिमसको काम दिने एउटाभन्दा बढी अङ्ग हुनेमा त्यसमध्ये एउटा अङ्गमात्र बेकम्मा पारी दिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अङ्गभङ्ग भएको हद निको भई कामलाग्ने भएमा तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
१९२क. तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुनेः (१) कसैले कसैलाई तेजाब छ्याँकी, छर्किई, खनाई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग गर्नु वा गराउनु वा शारीरिक क्षति पुऱ्याउनु हुँदैन।
स्पष्टीकरण: यस संहिताको प्रयोजनका लागि "तेजाब" भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुऱ्याउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पुऱ्याउने अकारबोमिक (इनअर्गानिक) एमसडजन्र रासार्मनक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक तथा ज्वलनशील रासार्मनक पदार्थलाई समेत जनाउँछ।
(२) उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यस्तो कार्यको परिणाम स्वरूप कसैको दुवै आँखा जली वा क्षति भई पूर्णरूपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पूर्णरूपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरूपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नामसिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपैयाँ जरिवाना हुनेछ।
(३) उपदफा (२) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गरी वा त्यसको परिणाम स्वरूप कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्णरूपमा जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा पन्ध्र वर्ष देखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
(४) उपदफा (२) वा (३) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यसको परिणाम स्वरूप कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
(५) उपदफा (१) बमोजिम भएको कसूरबाट पीडित व्यक्तिको तत्काल मृत्यु नभई सोही कार्यको परिणाम स्वरूप त्यस्तो कसूर भएको व्यक्तिले एक वर्षभित्र मृत्यु भएमा ज्यान मारेको कसूर र उपदफा (२), (३) वा (४) बमोजिमको परिणाम निस्केमा सोही उपदफा बमोजिमको कसूर भएको मानिनेछ।
(६) कसैले उपदफा (१) बमोजिमको कार्य गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसूर गर्न उद्योग गरेको मानिनेछ र सो बापत पाँच वर्षदेखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(७) उपदफा (२), (३) वा (४) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ।
(८) यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भीरीता तथा जरिबाना रकम समेत विचार गरी सजाय निर्धारण गर्दा मनासिब क्षतिपूर्ति भराउनु पर्नेछ।
१९३. "ज्वलनशील जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने: ⸻(१) कसैले कसैलाई तेजाब वा त्यस्तै प्रकारका अन्य रासायनिक पदार्थ बाहेकका अन्य ज्वलनशील, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा फ्राँकी, छिकेई, खनाई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ।
(३) उपदफा (२) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ।
१९४. गम्भीर उत्तेजना वा रिसको आवेशबाट कुटपिट वा अङ्गभङ्ग भएकोमा सजाय: (१) दफा १९१ वा १९२ मा जुनसुकै कुरा ले शिएको भए तापनि देहावको अवस्थामा कुटपिट गर्ने व्यक्तिलाई कुटपिट गरी अङ्गभङ्ग गरेको रहे छ भने दुई वर्षसम्म कैद वा बीस हजार
$\text{प}$ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी संहिता ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा खारेज गरिएको। $\text{स}$ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी संहिता ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा संशोधित।
रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र अन्य कुनै किसिमले चोट पुर्याएको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछः–
(क) कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने कुनै काम गरेबाट कसूरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिलाई वा भ्रमवश अरु कसैलाई कुटपिट गरेमा वा संयोगवश अरु कसैलाई चोट पुग्न गएकोमा।
तर देहायको अवस्थामा यो खण्ड लागू हुने छैनः–
(१) कसैले कानूनको पालन गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा, कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालन गर्दा वा पालन गर्न लागेको कुनै कामबाट उत्तेजित हुन गई कुटपिट गरेकोमा,
(२) कसैलाई कुनै क्षति पुर्याउने नियतले कसूरदार स्वयंले कसैलाई उत्तेजित गराएको र त्यसरी उत्तेजित भई त्यस्तो व्यक्तिले गरेको कामबाट कसूरदार आफैँ उत्तेजनामा परी कुटपिट गरी चोट पुर्याएकोमा ।
(ख) निजी रक्षाको लागि आवश्यक पर्ने बलभन्दा बढी बल प्रयोग गरी कसैलाई क्षति पुर्याएकोमा,
(ग) एकाएक उठेको झगडाको रीसको आवेशमा तत्काल कसैलाई चोट पुर्याएकोमा।
तर यस खण्ड बमोजिमको काम गर्दा कसूरदारले अनुचित लाभ हासिल गरेको वा क्रुर वा अस्वाभाविक तवरबाट काम गरेको हुनु हुँदैन।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि ईबी लिएर वा सोच विचार गरेर कुटपिट वा अङ्गभङ्ग गरेकोमा सो खण्डहरूमा लेखिएको व्यवस्था लागू हुने छैन।
१९५. लापरवाहीपूर्ण काम गरी वा हेलचेक्र्याइँ गरी कुटपिट गर्न वा अङ्गभङ्ग वा अन्य चोट पुर्याउन नहुनेः (१) कसैले लापरवाहीपूर्ण काम गरी वा हेलचेक्र्याइँ गरी कसैलाई कुटपिट गर्न, अङ्गभङ्ग गर्न वा अन्य चोट पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः-
(क) लापरवाहीपूर्ण काम गरी अङ्गभङ्ग भएकोमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र अन्य किसिमको चोट पुगेको रहेछ भने एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,
(ख) हेलचेक्र्याइँ गरी त्यस्तो कसूर गरेको रहेछ भने छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय ।
१९६. आपराधिक बल प्रयोग गर्न नहुनेः (१) कसैले कसै उपर आपराधिक बल प्रयोग गर्न हुँदैन।
(२) कसैले कसैलाई देहाय बमोजिमको कार्य गरेमा निजले आपराधिक बल प्रयोग गरेको मानिनेछः-
(क) कुनै कसूर गर्ने नियतले कुनै व्यक्ति उपर कुनै किसिमको बल प्रयोग गरेमा,
(ख) कुनै व्यक्ति वा निजको परिवार वा सम्पत्तिलाई क्षति पुर्याउने डर, त्रास उत्पन्न गराउने वा श {ि} याउने नियतले वा त्यस्तो हुन सक्छ भन्ने जानीजानी निज उपर बल प्रयोग गरेमा,
(ग) कसैलाई आफू उपर बल प्रयोग हुन लागेको भन्ने त्रासित पारेमा वा धम्की दिएमा वा जोर जुलुम गरेमा वा अरु कुनै किसिमले त्यसको उद्योग गरेमा।
(३) यस दफामा अन्तर्गत् जुनसुकै कुराले الشيءको भए तापनि सम्बन्धित विषयको शिक्षण, प्रशिक्षण वा तालिम दिँदा, कुनै किसिमको अभिनय गर्दा, उपचार गर्दा वा भलाई हुने किसिमले कसैको मञ्जुरी लिई कुनै बल प्रयोग गरेकोमा वा कुनै किसिमको खेल हुँदा स्वाभाविक प्रकृतिको बल प्रयोग गरेकोमा आपराधिक बल प्रयोग गरेको मानिने छैन । तर
कसैलाई क्षति पुर्याउने बदनियतले बल प्रयोग गरेकोमा यस उपदफाको व्यवस्था लागू हुने छैन ।
(४) आपराधिक बल प्रयोग गर्ने वा गराउने व्यक्तिलाई हतियार मिली गरेको भए तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र हतियार नमिली गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
१९७. कसूर गर्ने नियतले बेहोस पार्न नहुनेः (१) कसैले कुनै कसूर गर्न सजिलो हुने नियतले अरुलाई बेहोस तुल्याउने, लठ्याउने वा अस्वस्थ पार्ने पदार्थ खुवाउन वा अन्य कुनै प्रकारले सेवन गराउन वा कुनै प्रकारले बेहोस गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको काम गरी त्यस्तो कसूर भइसकेको रहेछ भने त्यस्तो कसूर बापत हुने सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ।
१९८. क्षतिपूर्तिः यस परिच्छेदमा उल्लिखित कसूरबाट कसैको जीउ वा ज्यानमा चोटपटक वा हानि, नोक्सानी भएको रहेछ भने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
१९९. हदम्यादः दफा १९६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिना नाघेपछि, दफा १९७ अन्तर्गतको कसूरमा त्यस्तो व्यक्तिको होस आएको मितिले छ महिना नाघेपछि र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – १५ गैरकानूनी थुना सम्बन्धी कसूर
२००. बदनियतपूर्वक थुन्छाक गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) अधिकार प्राप्त व्यक्ति बाहेक अरु कसैले कसैको आवागमनमा अवरोध गर्नु वा गराउनु हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२०१. मानवोचित न्यूनतम सुविधा नदिई थुनामा राख्न नहुने: (१) कानून बमोजिम थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई पनि कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधा नदिई वा थुनामा राखिएको ठाउँमा उपलब्ध न्यूनतम मानवोचित सुविधा नदिई थुनामा राख्न वा राख्न लगाउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई डेढ वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२०२. छाड्ने आदेश भएकोमा थुनी राख्न नहुने: (१) कानून बमोजिम थुनामा रहेको कुनै व्यक्तिलाई थुनाबाट छाड्न कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट आदेश प्राप्त भएपछि त्यस्तो व्यक्तिलाई थुनाबाट नछाडी थुनी राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म हुनेछ।
२०३. गोप्य तरिकाले थुनामा राख्न नहुने: (१) अधिकार प्राप्त अधिकारीले कुनै व्यक्तिलाई थुनामा राख्दा निज थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी नहुने वा पत्ता नलाग्ने गरी गोप्य रुपमा थुनामा राख्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
२०४. क्षतिपूर्ति भराई दिनु पर्ने: यस परिच्छेद बमोजिमको कसूर गर्ने वा गराउने कसूरदारबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
२०५. हदम्याद: दफा २०० को उपदफा (३) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतका अन्य कसूरमा थुनामा परेको व्यक्ति थुनाबाट मुक्त भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
परिच्छेद–१६ व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसूर
२०६. व्यक्ति बेपत्ता पार्ने काम गर्न गराउन नहुने: (१) कसैले कसैलाई बेपत्ता पार्ने कार्य गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि “व्यक्ति बेपत्ता पार्ने कार्य” भन्नाले देहायको कार्य सम्झनु पर्छः–
(क) कानून बमोजिम पक्राउ गर्न, अनुसन्धान गर्न वा कानून कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै निकायले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष त्यसरी पक्राउ गरेको वा नियन्त्रणमा लिएको मितिले बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र उपस्थित नगराई वा सरोकारवालालाई भेटघाट गर्न नदिई निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा जानकारी नदिने,
(ख) कुनै व्यक्ति, संगठन वा संगठित वा असंगठित समूहको नामबाट कुनै व्यक्तिलाई अपहरण गरी, कब्जा वा नियन्त्रणमा लैई वा अन्य कुनै निकायले निजको वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरेकोमा त्यसरी वञ्चित गर्नुको कारण तथा निजलाई कहाँ, कसरी र कुन अवस्थामा राखिएको छ भन्ने सम्बन्धमा सरोकारवालालाई जानकारी नदिने ।
(३) कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशले पक्राउ गरी, थुनामा राखी वा नियन्त्रणमा लैई बेपत्ता पारेको हो त्यस्तो आदेश दिने र त्यस्तो आदेशको कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ ।
(४) व्यक्ति बेपत्ता पार्ने कार्य कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा सङ्गठन वा सङ्गठित वा असङ्गठित समूहको जिम्मेवार व्यक्तिको आदेश वा निर्देशन बमोजिम भए गरेको रहेछ भने त्यस्तो आदेश वा निर्देशन दिने व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार मानिनेछ।
(५) कसैले आफू मातहतको पदाधिकारी, निकाय वा समूहद्वारा व्यक्ति बेपत्ता पार्ने कार्य गर्न वा गराउन लागेको कुरा थाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा निजले समेत यस दफा बमोजिम कसूर गरेको मानिनेछ।
(६) कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रुपमा बेपत्ता पारेमा त्यस्तो कार्यमा संलग्न प्रत्येक व्यक्ति समान रुपमा कसूरदार मानिनेछ।
(७) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) व्यक्ति बेपत्ता पार्नेलाई बेपत्ता पारेको अवधि र अवस्थालाई समेत विचार गरी त्यस्तो काम गर्ने मुख्य कसूरदारलाई पञ्च वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना,
(ख) व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदार सरह र सोको उद्योग गर्ने वा परिपक्व मिलाउने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय।
(८) महिला वा बालबालिका विरुद्ध उपदफा (१) बमोजिमको कसूर मानिने कार्य गर्नेलाई उपदफा (७) बमोजिम हुने सजायमा थप दुई वर्ष कैद सजाय हुनेछ।
(९) कसैले कुनै व्यक्तिलाई बेपत्ता पारिएको अवस्थामा बेपत्ता पारिएको व्यक्तिको विरुद्ध कानून बमोजिम सजाय हुने अन्य कुनै कसूर गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापत कानून बमोजिम हुने सजायमा यस दफा बमोजिम थप सजाय हुनेछ।
(१०) सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई यस दफामा हुने सजायमा थप एक वर्ष कैद हुनेछ।
२०७. कसूरसँग सम्बन्धित मालसामान जफत हुनेः यस परिच्छेद अन्तर्गत सजाय हुने कसूर गर्दा सम्बन्धित धनीले जानीजानी प्रयोग गर्न दिएको वा धनीको सहमतिले प्रयोग गरिएका घर जग्गा, सवारी साधन, हातहतियार तथा अन्य सबै मालसामान जफत हुनेछन्।
तर सरकारी भवन, साधन, हातहतियार तथा मालसामान जफत हुने छैन।
२०८. क्षतिपूर्ति भराई लिन पाउनेः (१) बेपत्ता पारिएको व्यक्ति पछि सार्वजनिक भएमा वा गरिएमा निजले बेपत्ता पार्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ।
(२) बेपत्ता पारिएको व्यक्तिको मृत्यु भइसकेको भए उपदफा (१) बमोजिमको क्षतिपूर्ति निजको नजिकको हकवालाले भराई लिन पाउनेछ।
२०९. धनमाल फिर्ता गर्नु पर्नेः यस परिच्छेद बमोजिम कसैले कुनै व्यक्तिलाई बेपत्ता पार्दा त्यस्तो व्यक्तिको धनमाल समेत लिएको रहेछ भने त्यसरी बेपत्ता पार्ने व्यक्तिबाट बेपत्ता पारिएको वा निजको नजिकको हकवालालाई त्यस्तो धनमाल भए फिर्ता गर्नु पर्नेछ र नभएमा त्यस्तो धनमाल बापतको मनासिब क्षतिपूर्ति तिर्नु पर्नेछ।
२१०. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूर भएको थाहा भएको वा बेपत्ता पारिएको व्यक्ति सार्वजनिक भएको वा गरिएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
तर उजुर गर्ने सकिने परिस्थिति नभएको कारण खुलाई अदालतको अनुमति लिई प्रमाण सहित उजुर गरेमा जहिले सुकै उजुर लाग्नेछ।
परिच्छेद – १७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर
२११. अपहरण गर्ने नहुनेः (१) कसैले कुनै व्यक्तिलाई अपहरण गर्ने वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले अपहरण गरेको मानिनेछः–
(क) कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डररासमा पारी, जोर जुलुम गरी, हातहतियार
देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै कसैले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै कसैले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा,
(ख) कुनै व्यक्तिलाई निजको मञ्जुरी बिना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रितमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी बिना वा झुक्यानमा पारी जबर्जस्ती कुनै ठाउँमा लगेमा।
२१२. शरीर बन्धक लिइनु नहुने: (१) कसैले कसैको शरीर बन्धक लिइँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरी बिना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरी बिना बल प्रयोग गरी वा सोको धम्की दिई, डर रास देखाई, जोर जुलुम गरी, जातिमतार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुराले लेखिएको भए तापनि मानसिक रुपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मञ्जुरी लिई असल नियतबाट सम्बन्धित व्यक्तिको हितको लागि उपचार गर्ने क्रममा वा अन्य कुनै प्रयोजनका लागि कसैको निगरानी वा नियन्त्रणमा राखिएकोमा शरीर बन्धक लिएको मानिने छैन।
२१३. अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय: कसैले ज्यान लिने, कुटपिट गरी चोट पुर्याउने, जबर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा विरूद्ध जबर्जस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सतरी हजारदेखि एक लाख रुपैयाँसम्म
जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
२१४. थप सजाय हुने: (१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वा कानून बमोजिम कसूर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसूर बापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ।
(३) दफा २११ र २१२ को कसूर सङ्गठित रुपमा गरे गराएको रहेछ भने त्यस्तो गराउने व्यक्तिलाई थप दुई वर्ष कैद सजाय हुनेछ।
२१५. दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई सजाय हुने: (१) यस परिच्छेदमा लेखिएको कसूर गर्न दुरुत्साहन दिने वा आदेश दिने व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरह सजाय हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो कुराको उद्योग वा षडयन्त्र गर्ने वा मतियार हुने व्यक्तिलाई सो कसूरमा हुने सजायको आधा सजाय हुनेछ।
२१६. आत्मसमर्पण गरेमा सजाय कम हुने: यस परिच्छेद अन्तर्गतको कसूर गर्ने व्यक्तिले कसूर गर्दागर्दै को बखत सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेमा वा अन्य कसूरदार वा सो कसूर गर्ने गिरोहका सदस्यलाई पक्राउ गर्न सहयोग पुर्याएमा अवस्था हेरी अदालतले निजलाई सजाय कम गर्न सक्नेछ।
२१७. क्षतिपूर्ति भराई दिनु पर्ने: (१) यस परिच्छेद अन्तर्गतको कसूर गरे वा गराएको ठहरेमा कसूर गर्ने वा गराउने व्यक्तिबाट पीडित व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित व्यक्ति मरी सकेको भए निजको नजिकको हकदारलाई भराई दिनु पर्नेछ।
२१८. हदम्याद: (१) यस परिच्छेद अन्तर्गतका कुनै कसूर गरी कसै को ज्यान लिएकोमा जहिले सुकै पनि उजुर गर्न सकिने छ।
(२) उपदफा (१) मा लेखिए बाहेक यस परिच्छेद अन्तर्गतको कुनै कसूर भए गरेको मितिले दुई वर्ष र दफा २११ र २१२ अन्तर्गतको कसूर भएकोमा सम्बन्धित व्यक्ति त्यस्तो कसूरबाट मुक्त भएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – १८ करणी सम्बन्धी कसूर
२१९. जबरजस्ती करणी गर्ने नहुने: (१) कसैले जबरजस्ती करणी गर्ने हुँदैन।
(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकलाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकलाई जबरजस्ती करणी गरेको मानिनेछ।
स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि: (क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्क्याउन पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, (ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ।
(३) जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गराएको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ:– (क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद
(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बाालिका भए अठार वर्षदेखि बीस वर्षसम्म,
(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बाालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,
(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,
(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म।
@(३क) जबरजस्ती करणी गर्ने व्यक्तिलाई उपदफा (३) बमोजिमको कैद सजायको अतिरिक्त देहाय बमोजिमको जरिबाना समेत हुनेछ र त्यस्तो जरिबाना बापत प्राप्त सबै रकम प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोषमा जम्मा गरिनेछ:-
(क) उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिम कैद सजाय हुने कसूरदारलाई सात लाख रुपैयाँ जरिबाना,
(ख) उपदफा (३) को खण्ड (ग) वा (घ) बमोजिम कैद सजाय हुने कसूरदारलाई पाँच लाख रुपैयाँ जरिबाना,
(ग) उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय हुने कसूरदारलाई तीन लाख रुपैयाँ जरिबाना।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ।
तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन:-
(क) पतिसँग मानो छुट्टई अंश मुद्दा चलेको,
(ख) पतिसँग अंश मलाई छुट्टै बसेको, (ग) पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको।
(५) उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछः–
(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन, (ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन, (ग) दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन, (घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै कसैले जबरजस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछः–
(क) मानवरोग प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबरजस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,
(ख) अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबरजस्ती करणी गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।
(७) सामूहिक रुपमा जबरजस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ।
तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजाय हुनेछ।
(८) कसैले हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेकोमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ।
२२०. हाडनातामा करणी गर्न नहुनेः (१) कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी मिलनु दिनु हुँदैन।
(२) देहायका नातामा उपदफा (१) बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछः-
(क) जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद,
(ख) सौतेनी आमा छोरा वा बाबु छोरी, सिोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वापनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना,
(ग) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा
भाँजी वा भान्ज माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाइँको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना,
(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिएदेखि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा नाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना।
२२१. थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः (१) कैद वा थुनामा रहेका कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई सहयोग पारी मिलाइ दिई करणी गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ।
२२२. आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः (१) कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नो हेरचाहमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनस्र्थापना गर्ने कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुन्छ।
२२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुनेः (१) सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा
उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्ने अरुलाई सहयोग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ।
२२४. यौन दुर्व्यवहार गर्न नहुनेः (१) कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन।
(२) कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना करणीका आशर्ले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुनाउन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील शरीर वा तस्बिर देखाएमा, यौनका आशर्ले जिस्क्याएमा वा हेरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२२५. बालयौन दुरुपयोग गर्न नहुनेः (१) कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन।
(२) कसैले करणीका आशर्ले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुनाउन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२२६. अप्राकृतिक मैथुन गर्न नहुने: (१) कसैले कसैको मञ्जुरी बिना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) बालबालिका विरुद्ध उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दफा २१९ बमोजिम सजाय हुनेछ।
२२७. पशु करणी गर्न नहुने: (१) कसैले पनि पशु करणी गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई गाईको करणी गरे वा गराएको भए दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना र अन्य पशु करणी गरे वा गराएको भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२२७क. मिलाप गर्न वा गराउन नहुने: (१) यस परिच्छेद बमोजिम करणी सम्बन्धी कसूर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै हकसम्मको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलाप गराउन वा त्यसको लागि दबाब दिन वा प्रभाव पार्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा (२) बमोजिम हुने सजायमा थप छ महिना कैद सजाय हुनेछ।
(४) यस दफामा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम मतिमार वा दुरुत्साहन मानिने कसूरमा सोही बमोजिम मुद्दा चलाई सजाय हुनेछ।
२२८. क्षतिपूर्ति भराई दिनु पर्ने: ❖दफा २२० र २२७ अन्तर्गतको कसूर बाहेक र यस परिच्छेद बमोजिमको अन्य कसूरबाट पीडित व्यक्तिलाई ⁂जरिवानाबाट प्राप्त हुने रकम समेत विचार गरी कसूरदारलाई सजाय निर्धारण गर्दा निजबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ र कसूरदारले जरिवाना बापत पीडित राहत कोषमा बुझाएको रकम समेत पीडितलाई दिनु पर्नेछ।
तर कसूरदारको कुनै सम्पत्ति नभई जबरजस्ती करणीको कसूरबाट पीडितले क्षतिपूर्ति नपाउने देखिएमा र प्रचलित कानून बमोजिमको पीडित राहत कोष स्थापना भइनसकेको अवस्थामा अदालतले नेपाल सरकारको महिला तथा बालबालिका विषय हेर्ने निकायको नाममा क्षतिपूर्ति स्वरूप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ र त्यसरी आदेश भएमा सो कार्यालयबाट क्षतिपूर्ति बापतको रकम तत्काल पीडितलाई उपलब्ध गराउनु पर्नेछ।
२२९. हदम्याद: (१) दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ।
(२) दफा २१९, २२१, २२२, २२३, २२४, २२५ र ⁂२२६ को उपदफा (३) र दफा २२७क. को उपदफा (१) अन्तर्गतको कसूर बालबालिकाको विरुद्ध भएकोमा त्यस्तो बालबालिका अठार वर्ष पूरा भएको मितिले तीन वर्षभित्र, त्यस्तो कसूर पूर्ण अशक्त अपाङ्गता भएका, सुस्त मनस्थिति भएका वा सत्तरी वर्षभन्दा बढी उमेर भएका व्यक्तिका विरुद्ध भएकोमा कसूर भएको मितिले तीन वर्षभित्र र अन्यको हकमा त्यस्तो कसूर भएको मितिले दुई वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – १९ इलाज सम्बन्धी कसूर
❖ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। ⁂ यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७९ द्वारा संशोधित। ◊ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
२३०. इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गर्न नहुनेः (१) चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको शिरफार गर्न, कुनै प्रकारको औषधी खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधी खुवाउन वा सानोतिनो घाउ, खटिरा शिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(४) उपदफा (१) विपरीत हुने गरी चिकित्सा सेवा दिँदा, शिरफार गर्दा वा औषधी खुवाउँदा कसैको ज्यान गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ।
२३१. बदरियत चिताइ इलाज गर्न नहुनेः (१) कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधी खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा शिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको शिरफार गर्नु पर्नेमा अर्को अङ्ग शिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) कसैको ज्यान गएकोमा जन्मकैद, (ख) कसैको अङ्गभङ्ग भएकोमा दफा १९२ बमोजिमको सजाय।
२३२. लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुनेः (१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा गम्भीर लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा शलफार गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मन गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचेक्र्याइँ गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२३३. मञ्जुरी बिना मानव शरीरमा परीक्षण गर्न नहुनेः (१) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले मानव शरीरमा कुनै इलाज सम्बन्धी विधि, शलफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस ठेगानमा नभएको व्यक्ति भए निजको बाबु आमा वा संरक्षकको मञ्जुरी नलिई र त्यस्तो व्यक्ति वा बाबु आमा वा संरक्षकलाई त्यस कुराको जानकारी नदिई त्यस्तो काम गर्नु वा गराउनु हुँदैन।
तर विपद् वा सडक दुर्घटना भएको वा सम्बन्धित व्यक्तिको बाबु, आमा वा संरक्षकको तत्काल मञ्जुरी लिन नसकिने वा सो कुराको जानकारी दिन नसकिने अवस्थामा त्यस्तो व्यक्तिको ज्यान जोगाउनको लागि तत्काल उपचार वा अङ्ग शलफार गर्न कुनै बाधा पर्ने छैन।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा त्यस्तो विधि, शलफार वा औषधिको मानव शरीरमा हुन सक्ने असर समेतलाई विचार गरी होसियारी पुर्याउनु पर्नेछ।
(३) कसैले अनुचित आर्थिक लाभ लिने वा महिलाको गोपनीयता भंग गर्ने वा अन्य कुनै नियतले कसैको शारीरिक परीक्षण गर्नु वा अङ्ग परिवर्तन गर्नु वा गराउनु हुँदैन।
(४) उपदफा (१), (२) वा (३) विपरीत परीक्षण गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
* मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। $\square$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
(५) उपदफा (१), (२) वा (३) बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेकोमा ज्यान मारे सरह र अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गरे सरह सजाय हुनेछ।
२३४. जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुनेः (१) कानून बमोजिम औषधि बिक्री वितरण गर्न नपाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२३५. औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुनेः (१) कसैले जानीजानी औषधिको असर शून्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै वस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,
(ख) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मनय सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह,
(ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा ह्रास हुन सक्ने भएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,
(घ) खण्ड (क), (ख) वा (ग) को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।
२३६. म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुनेः (१) कसैले कुनै निश्चित समयावधिभर प्रयोग गरिसक्नु पर्ने औषधि सो म्याद नाघेपछि बिक्री गर्न वा कुनै औषधि बिक्री वितरण गर्दा कुनै खास पूर्व सावधानी लिनु पर्नेमा त्यस्तो नलिई बिक्री वितरण गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२३७. एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुनेः (१) कानून बमोजिम औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्त्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनु पर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२३८. झुठ्ठा प्रतिवेदन दिन नहुनेः (१) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (पाथोलोजिकल टेस्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, शल्यक्रिया गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ।
(४) उपदफा (३) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुनेछ।
२३९. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट
सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
२४०. हदम्याद: (१) दफा २३० को उपदफा (४), २३१, २३२, २३३ को उपदफा (४), २३५ र २३८ को उपदफा (४) बमोजिमको कामबाट ज्यान मरेकोमा *दफा १८७ को उपदफा (१) मा उल्लिखित हदम्याद लाग्नेछ।
(२) दफा २३० को उपदफा (१) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरको हकमा त्यस्तो कसूर भए गरेको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २० चोरी तथा डकैत सम्बन्धी कसूर
२४१. चोरी गर्न नहुने: (१) कसैले चोरी गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति आफ्नो बनाउने, उपभोग गर्ने वा लिनु खानका लागि त्यस्तो व्यक्तिको मञ्जुरी बिना बेइमानीका नियतले लिएमा वा स्थान परिवर्तन गरेमा निजले चोरी गरेको मानिनेछ।
स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि – (क) “मञ्जुरी” भन्नाले लिखित वा मौखिक रुपमा दिइएको वा आचरणद्वारा व्यक्त भएको मञ्जुरी सम्झनु पर्छ। (ख) अठार वर्ष नपुगेका बालबालिकाको वा होस ठेगानमा नभएको व्यक्तिको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
२४२. चोरी गरेमा हुने सजाय: (१) देहाय बमोजिमको अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ:–
(क) कुनै सरकारी वा सार्वजनिक सम्पत्ति वा कुनै धार्मिक स्थान वा देवालयको सम्पत्ति चोरी गरेमा,
(ख) कुनै व्यक्तिलाई मादक पदार्थ खुवाई वा लागू पदार्थ सेवन गराई वा अरु किसिमले बेहोस गराई कुनै सम्पत्ति चोरी गरेमा,
(ग) भूकम्प, आगलागी, बाढी, हुलङ्गा वा यस्तै प्रकृतिको अरु कुनै सङ्कटापन्न स्थिति वा कुनै दुर्घटनाको मौका छोपी कुनै सम्पत्ति चोरी गरेमा,
(घ) आफू जुन कार्यालय वा व्यक्तिको सेवामा रहेको छ त्यस्तो कार्यालय वा व्यक्तिको सम्पत्ति चोरी गरेमा,
(ङ) मानिस वा वस्तु परिवहनको लागि उपयोग भएको कुनै सवारीमा चोरी गरेमा।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२४३. नकबजनी चोरी गर्नु नहुनेः (१) कसैले नकबजनी चोरी गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कुनै घरमा सो घरको मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट प्रवेश गरी चोरी गरेमा वा चोरी गरिसकेपछि मूल ढोका फोरी वा मूल ढोका बाहेक अन्य कुनै बाटो, स्थान वा तरिका वा साधनबाट बाहिर निस्केमा वा निस्कने उद्योग गरेमा निजले नकबजनी चोरी गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
२४४. डाँका गर्नु नहुनेः (१) कसैले डाँका गर्नु वा गराउनु हुँदैन।
(२) कसैले देहाय बमोजिमको चोरी गरेमा निजले डाँका गरेको मानिनेछः–
(क) चोरी गराउनका लागि वा चोरी गर्दा वा चोरी गरेको सम्पत्ति लैजान वा चोरी गरेपछि पक्राउबाट बच्नका लागि कुनै व्यक्तिको ज्यान
लिएमा वा निजलाई *गम्भीर चोट पुर्याएमा वा बाँध्छाँद वा थुनछेक गरेमा वा सो कुराको उद्योग गरेमा वा तत्कालै कुनै व्यक्तिको ज्यान लिने वा निजलाई *गम्भीर चोट पुर्याउने डररास देखाएमा वा जोखिमि हातहतियार साथमा लिई चोरी गरेमा,
(ख) तत्कालै कसैको ज्यान लिने वा कसैलाई चोट पुर्याउने वा नियन्त्रणमा लिने डररास देखाई वा आपराधिक लाभ लिई कुनै रकम वा आर्थिक लाभ प्राप्त गरेमा,
(ग) बाटो घाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी डर, रास देखाई जोखिमि हातहतियार प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा चोरी गरेमा।
(घ) तीन जना वा तीन जनाभन्दा बढीको जमात भई चोरी गरेमा।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर भए सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँदेखि एक लाख चालीस हजार रुपैयाँसम्म जरिवाना,
(ख) उपदफा (२) को खण्ड (ग) वा (घ) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना।
२४५. चोरीमा प्रयोग हुने औजार लिई हिड्न नहुनेः (१) कसैले चोरी गर्ने वा डाँका गर्ने नियतले चोरी वा डाँकामा प्रयोग हुन सक्ने औजार, मालसामान, हातहतियार, नक्कली साँचो, पञ्जा, भन्ड्याङ्ग आदि साधन लिई कसैको घर परिसरमा हिड्न वा प्रवेश गर्न वा प्रवेश गर्ने उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिम हिँड्ने, प्रवेश गर्ने वा प्रवेश गर्ने उद्योग गर्ने व्यक्तिले अन्यथा प्रमाणित भएकोमा बाहेक चोरी गर्ने नियतले हिडेको, प्रवेश गरेको वा प्रवेश गर्न उद्योग गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२४६. बगली मार्न नहुने: (१) कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले पैदल हिँडिरहेको, सवारी साधनमा यात्रा गरिरहेको वा कुनै सार्वजनिक स्थानमा रहेको व्यक्तिले थाहा पाउने वा नपाउने गरी निजको बगली वा निजको साथमा रहेको थैली, झोला वा अन्य कुनै किसिमको साधनमा रहेको नगद वा धनमाल लिएमा निजले बगली मारेको मानिनेछ।
तर दश हजार रुपैयाँ नगद वा दश हजार रुपैयाँभन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भए दफा २४१ बमोजिमको कसूर गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:
(क) पहिलो पटक बगली मारेको भए एक महिनासम्म कैद वा बिगो बमोजिम जरिवाना वा दुवै सजाय,
(ख) दोस्रो पटकदेखि पटकै पिच्छे दुई महिनासम्म कैद वा बिगो बमोजिम जरिवाना कैद वा दुवै सजाय।
२४६क. थप सजाय गरी क्षतिपूर्ति भराइने: (१) कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै सरकारी, सार्वजनिक वा निजी वस्तु वा सम्पत्ति चोरी गर्ने वा चोरी गरी प्राप्त गरेको वस्तु वा सम्पत्ति जानीजानी किन्ने वा बेच्ने कार्य गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसूरमा हुने सजायमा थप एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(२) उपदफा (१) बमोजिमको वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्ति समेत कसूरदारबाट भराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्न यकिन व्यक्ति भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसूर गरेको मानिनेछ।
२४७. बिगो भराउनु पर्नेः * (१) यस परिच्छेद बमोजिमको कसूर गर्ने कसूरदारबाट त्यस्तो कसूरको बिगो भएमा बिगो जफत गरी सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ। कसूरदारले बिगोको सम्पत्ति मासिसकेको भए त्यस्तो बिगोको मूल्य बराबरको सम्पत्ति धनीलाई भराई दिनु पर्नेछ। $\square$ (२) उपदफा (१) बमोजिम बिगो भराउँदा बरामद भई आएको मालमध्ये चिनिंदै वा प्रमाणबाट यसको भन्ने ठिरेको जमती जसको हो उसैलाई भराई दिई अरु धनी पत्ता नलागेको माल धरौट राखी तीन महिनाको अवधि दिई सूचना जारी गर्नु पर्नेछ र सो अवधिमा कसैले लिन आएको र चोरीको दरखास्तमा लेखिएको मालसँग मिल्न आएको भने सम्बन्धित मालधनीलाई फिर्ता दिनु पर्नेछ। त्यसरी मालवस्तु लिन आएन वा दरखास्तको मालमा मिलेन भने पहिले पक्री ल्याउने धनीलाई साबुत भराई बढता भए अरु कार्म गराइसकेको धनीलाई दामासाहीको हिसाबले भराई दिई बढी भए लिलाम गरी सरकारी कोषमा दाखिला गर्नु पर्नेछ।
२४८. हदम्यादः दफा २४५ र २४६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २१ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटेन्सन) सम्बन्धी कसूर
२४९. ठगी गर्ने नहुनेः (१) कसैले ठगी गर्ने वा गराउन हुँदैन।
* मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। $\square$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको बिश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ।
स्पष्टीकरण: ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै लिखत गराएको रहेछ भने त्यस विषयमा लिखत बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना,
(ख) आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ग) दण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सतरी हजार रुपैयाँसम्म जरिवाना।
(४) बालबालिका, ठोस ठेगाना नभएको व्यक्ति, असहाय, निरवल वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद सजाय हुनेछ।
२४९क. अनुचित लेनदेन गर्न नहुने: (१) कसैले अनुचित लेनदेन गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि घरसारमा कसैले देहायका काम गरेमा अनुचित लेनदेन गरेको वा गराएको मानिनेछः-
(क) लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने,
(ख) लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने,
(ग) लेनदेन गर्दाकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत तयार गर्ने,
(घ) ब्याजलाई सावाँमा जोडी नयाँ लिखत तयार गर्ने,
(ङ) ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने,
(च) ऋणको सावाँभन्दा बढी ब्याज लिने,
(छ) ऋण असुलीको लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने, वा
(ज) अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने।
(३) यो दफा प्रारम्भ हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा कसैले उपदफा (२) बमोजिमको काम गर्ने, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्ने ऋणीलाई हैरानी पुऱ्याउनु हुँदैन।
(४) उपदफा (१) वा (३) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई कसुरको गम्भीरता हेरी सात वर्षसम्म कैद र सतरी हजार रूपैयाँसम्म जरिवाना हुनेछ।
(५) अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानून बमोजिमको ब्याज निजलाई दिई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित ऋणीलाई कसुरदारबाट भराइदिनु पर्नेछ।
(६) अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ।
२५०. ठेक्का वा करारको काममा फरक पर्न नहुने: (१) निर्माण सम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले
बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटीबढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्नु वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) कुनै माल, वस्तु वा सेवा आपूर्ति गर्ने जिम्मेवारी लिएको व्यक्ति वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्नु वा अन्य कुनै किसिमबाट तोकिएको भन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गराउनु हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२५१. सम्पत्तिको आपराधिक उपयोग गर्न नहुनेः (१) कसैले सम्पत्तिको आपराधिक उपयोग गर्नु वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले देहायको काम गरेमा निजले सम्पत्तिको आपराधिक उपयोग गरेको मानिनेछः–
(क) अर्काको सम्पत्ति बेइमानीको नियतले कब्जा गरी उपयोग गरेमा, हानि, नोक्सानी वा हिनमिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरी बिना भाडामा लगाएमा वा बेचबिखन गरेमा,
तर कुनै जग्गाको वास्तविक साँधियारले भुलबस सामान्य रुपमा साँध सीमाना मिच्ने गरी कसैको सम्पत्ति उपयोग गरेकोमा यस खण्ड बमोजिमको कसूर मानिने छैन।
(ख) बेवारिसी सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी थाहा भएर वा त्यस्तो सम्पत्तिको धनी थाहा हुँदा हुँदै वा थाहा पाएपछि पनि मनासिब समयभित्र त्यस्तो धनीलाई त्यस्तो सम्पत्ति फिर्ता नगरी वा सम्पत्ति फिर्ता लिन सूचना नदिई वा त्यस्तो सम्पत्तिको धनीलाई उचित म्यादसम्म नपर्खि बेइमानीपूर्वक त्यस्तो सम्पत्ति
आफ्नो निमित्त उपयोग गरेमा वा कुनै प्रकारले रूपान्तरण गरेमा।
तर उचित प्रयास गर्दा पनि सम्पत्तिको धनी पत्ता नलागेमा वा सूचना दिएको उचित म्यादभित्र सम्पत्ति धनी सम्पत्ति फिर्ता लिन नआएमा सम्पत्ति पाउने व्यक्तिले सो सम्पत्ति आफ्नो निमित्त असल नियतले उपयोग गरेमा यस दफा बमोजिमको कसूर गरेको मानिने छैन।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) कुनै व्यक्तिको मृत्यु हुँदाको बखत निजको कब्जामा रहेको सम्पत्ति निजको कानून बमोजिमको हकवालाको कब्जामा नपर्दै त्यस्तो सम्पत्तिको आपराधिक उपयोग गरेमा वा बालबालिका, मानसिक वा शारीरिक अस्वस्थताले होस ठेगानमा नरहेको व्यक्ति वा पचहत्तर वर्ष माथिका व्यक्तिको सम्पत्तिको आपराधिक उपयोग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा सम्पत्तिको आपराधिक उपयोग गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
(४) यस दफा बमोजिम आपराधिक उपयोग गरेको सम्पत्ति फिर्ता गर्न सकिने अवस्थामा रहेछ भने त्यसरी उपयोग गर्ने व्यक्तिले त्यस्तो सम्पत्तिको धनी वा निजको मृत्यु भइसकेको भए निजको नजिकको हकवालालाई फिर्ता गर्नु पर्नेछ।
२५२. आपराधिक विश्वासघात गर्न नहुनेः (१) कसैले आपराधिक विश्वासघात गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक विश्वासघात गरे वा गराएको मानिनेछः–
(क) आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रूपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा,
(ख) अर्काको कुनै काम कारोबार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी लिएको व्यक्तिले वा कुनै काम कारोबारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य लिएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना,
(ख) खण्ड (क) मा लेखिएका बाहेक अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
२५३. आपराधिक लाभ (एक्सटर्सन) लिन नहुनेः (१) कसैले आपराधिक लाभ (एक्सटर्सन) लिन वा लिन लगाउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्याउने डर रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु
कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना,
(ख) कसैको व्यवसायमा गैर कानूनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना।
२५४. क्षतिपूर्तिः यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी पुगेको रहेछ भने त्यस्तो कसूरदारबाट बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराई दिनु पर्नेछ र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।
२५५. हदम्यादः यस परिच्छेद अन्तर्गतका कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघे पछि उजुर लाग्ने छैन।
परिच्छेद – २२ मुद्रा सम्बन्धी कसूर
२५६. खोटा मुद्रा बनाउन नहुनेः (१) कसैले खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि,–
(क) “मुद्रा” भन्नाले सबै किसिमको ಕರೆन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतिपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनु पर्छ र सो शब्दले बैङ्कले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य यस्तै प्रकारका मौद्रिक उपकरण समेतलाई जनाउँछ।
(ख) “खोटा मुद्रा” भन्नाले नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्क वा विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने जान्ने पाने वा विश्वास हुने गरी अनधिकृत रुपमा बनाएको वा नक्कली मुद्रा सम्झनु पर्छ।
२५७. खोटा मुद्रा चलन गराउन नहुनेः (१) कसैले खोटा मुद्रा हो भन्ने जानीजानी सददे सरह चलन गराउने नियतले त्यस्तो मुद्रा खरिद वा बिक्री गर्ने, निकासी वा पैठारी गर्ने, लेनदेन गर्ने, सददे सरह चलनमा ल्याउन वा त्यसको उद्योग गर्ने वा आफूसँग राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२५८. खोटा मुद्रा बनाउने सामान बनाउन, राख्न वा मर्मत गर्न नहुनेः (१) खोटा मुद्रा बनाउन वा बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई कसैले कुनै औजार वा अन्य कुनै सामान बनाउन, मर्मत गर्ने, खरिद बिक्री गर्ने, दिन लिन वा निकासी वा पैठारी गर्ने वा आफूसँग राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२५९. मापदण्ड विपरीत मुद्रा बनाउन नहुनेः (१) प्रचलित कानून बमोजिम मुद्रा बनाउने अधिकार पाएको कुनै अधिकारी वा व्यक्तिले जानीजानी कानूनद्वारा निर्धारित मापदण्ड विपरीत हुने गरी मुद्रा बनाउन, मुद्रा बनाउने शर्त बन्देज विपरीत मुद्रा बनाउन, बनाउनु पर्नेभन्दा बढी परिमाणमा मुद्रा बनाउन वा त्यसरी फरक पारी बनाउने नियतले कुनै काम गर्न वा त्यसबाट आफूलाई वा अरु कसैलाई लाभ पुर्याउन वा त्यस्तो काममा सहयोग पुर्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सतरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६०. मुद्रा बनाउने औजार बाहिर लैजान नहुनेः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक कसैले मुद्रा बनाउने यन्त्र वा उपकरण वा अन्य सामग्री मुद्रा बनाउने ठाउँबाट बाहिर लैजान हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६१. मुद्राको तौल घटाउन वा रुप बदल्न नहुनेः (१) सददे सरि व्यवहारमा चलाउने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पारी वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने जान पाने गरी निकासी वा पैठारी गर्न वा आफूसँग राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६२. रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुनेः (१) चलन चल्तीमा रहेको मुद्रालाई चलन चल्तीमा ल्याउन रोक लगाउने गरी कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश दिएकोमा त्यस्तो आदेश प्रतिकूल हुने गरी त्यसरी रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन, लेनदेन गर्न वा राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी चलन चलाएको, लेनदेन गरेको वा राखेको मुद्रा समेत जफत हुनेछ।
२६३. बैङ्क नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैङ्क नोटमा लेख्न नहुनेः (१) अधिकार प्राप्त अधिकारीको आदेश बिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन।
(२) कसैले बैङ्क नोटमा लेख्न वा कोर्न हुँदैन।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६४. झुरो बैङ्क नोट दुरुपयोग गर्न नहुनेः (१) मुद्राको रुपमा ग्राह्य भएको बैङ्क नोट झुरो भई वा अक्षर, चिह्न वा आकार नचिन्ने भई वा अन्य कुनै कारणले चलन चल्तीमा ल्याउन नहुने भई सडाउने वा जलाउने ठिर भएका झुरा नोटहरु कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले जलाउने वा सडाउने कर्तव्य भएको व्यक्तिले त्यस्तो बैङ्क नोट चलन चल्तीमा ल्याउन वा त्यसबाट कुनै हकसमको लाभ पाउने नियतले नजलाई वा नसडाई राख्न वा कसैलाई दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६५. जफत हुनेः यस परिच्छेद बमोजिमको कसूर गर्न प्रयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र त्यससँग सम्बन्धित सामग्री जफत हुनेछ।
२६६. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २३ टिकट सम्बन्धी कसूर
२६७. खोटा टिकट बनाउन वा चलन गर्न नहुनेः (१) कसैले सक्दे सरह चलन गर्ने नियतले खोटा टिकट बनाउन वा बनाउने उद्योग गर्न, खरिद बिक्री गर्न, लेनदेन गर्न वा निकासी
बा पैठारी गर्न वा सदे सरह चलन गर्न वा त्यस्तो गर्न उद्योग गर्न वा आफूसँग राख्न हुँदैन।
स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि:
(क) “टिकट” भन्नाले हुलाक टिकट वा लिखतमा टाँसिने राजस्व सम्बन्धी अन्य टिकट सम्झनु पर्छ र सो शब्दले खाम, हुलाक पत्र वा अरु कुनै वस्तुमा लगाइएको वा छापिएको टिकटको निस्सा वा टिकटको प्रयोजनका लागि प्रयोग हुने स्टिकर समेतलाई जनाउँछ।
(ख) “खोटा टिकट” भन्नाले खण्ड (क) मा उल्लेख गरिए बमोजिमको टिकट हो भन्ने जानु पर्ने गरी अनधिकृत रुपमा बनाएको नक्कली टिकट सम्झनु पर्छ र सो शब्दले एकपटक प्रयोग भइसकेको टिकट समेतलाई जनाउँछ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६८. खोटा टिकट बनाउने औजार खरिद, बिक्री, मर्मत इत्यादि गर्न नहुने: (१) खोटा टिकट बनाउने काममा प्रयोग हुन्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले कुनै औजार वा अन्य कुनै सामान बनाउन, मर्मत गर्न, खरिद बिक्री गर्न, लेनदेन गर्न वा आफूसँग राख्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२६९. प्रयोग भएको टिकट पुनः प्रयोगमा ल्याउन नहुने: (१) एक पटक प्रयोग भइसकेको टिकट हो भन्ने जानीजानी त्यस्तो टिकट कसैले पुनः सदे सरह प्रयोग गर्न, सदे सरह प्रयोग गर्ने नियतले टिकटमा लागेको छाप वा चिह्न मेट्न, खुइल्याउन वा उडाउन वा त्यसको उद्योग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२७०. सार्वजनिक लिखतमा प्रयोग भएको टिकट उप्काउन नहुनेः (१) कसैले कुनै सार्वजनिक लिखतमा प्रयोग भएको कुनै टिकट उप्काउन वा उप्काउने उद्योग गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२७१. जफत हुनेः यस परिच्छेद बमोजिमको कसूर गर्दा प्रयोग भएको टिकट, औजार, उपकरण वा त्यससँग सम्बन्धित सामग्री जफत हुनेछ।
२७२. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २४ नापतौल सम्बन्धी कसूर
२७३. नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गराउन नहुनेः (१) कसैले नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुनै साधन निर्धारित स्तरभन्दा घटी बढी हुने गरी बनाउन वा बनाउन लगाउन वा त्यसरी बनाएको नाप्ने, तौलने, गुणस्तर निर्धारण गर्ने साधन जानीजानी सक्कली सरी चलन गराउन वा चलन गराउने नियतले राख्न वा बिक्री गर्न वा त्यस्तो साधनमा लगाउने छाप वा टाँचा नक्कली बनाउन वा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधनको छाप वा टाँचा हटाउन वा अर्को कुनै साधनको मद्दतले त्यस्तो साधनको नाप्ने, तौलने वा गुणस्तर निर्धारण क्षमतामा प्रभाव पार्न वा त्यस्तो साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटी बढी हुन सक्ने बनाउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन” भन्नाले कुनै वस्तु वा सेवाको इकाई, गुण वा परिमाण वा त्यस्तो वस्तु वा सेवाको शुद्धता वा स्तर वा कुनै वस्तुको इकाई निर्धारण गर्ने कानून बमोजिम चलन चल्तीमा रहेको साधन सम्झनु पर्छ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) उपदफा (१) बमोजिम बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजार समेत जफत हुनेछ।
२७४. नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन कपटपूर्ण प्रयोग गर्न नहुनेः (१) कसैले कुनै व्यवसाय, कारोबार वा व्यापारको सिलसिलामा नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने साधन प्रयोग गर्दा कानून बमोजिम त्यस्तो साधनको चलन चल्तीमा निर्धारण गरिएको नाप, तौल वा स्तरभन्दा घटी बढी हुने गरी कपटपूर्ण रुपमा प्रयोग गर्ने, अन्य कुनै साधन वा उपायको मद्दतले त्यस्तो साधनको चलन चल्तीको नाप्ने, तौलने वा गुणस्तर निर्धारण गर्ने कुरामा प्रतिकूल प्रभाव पार्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२७५. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २५ लिखत सम्बन्धी कसूर
२७६. कीर्ते गर्न नहुनेः (१) कसैले कीर्ते गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि,–
(क) “लिखत” भन्नाले लिखतमा लागेको सही, औँठा छाप, छाप र लिखतमा जमिएको अङ्क, अक्षर, मिति वा अन्य कुनै व्यहोरा सम्झनु पर्छ।
(ख) “झुठ्ठा लिखत बनाउने काम” भन्नाले देहायको कुनै काम सम्झनु पर्छः–
(१) जुन अधिकारी बा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहीछाप गरेको होइन त्यस्तो अधिकारी बा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहीछाप गरेको हो भन्ने विश्वास हुने किसिमबाट बेइमानीपूर्वक लिखत वा त्यसको अंश तयार गर्ने, विद्युतीय अभिलेख तयार गर्ने वा पठाउने, विद्युतीय अभिलेखमा डिजिटलहरू संरक्षण गर्ने,
(२) बिना अधिकार बा बेइमानीपूर्वक कुनै लिखत बा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी, केरी, परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक बा नबुझिने बनाउने,
(३) मानसिक अवस्थाको कारणबाट होस ठेगानमा नभएको, मादक पदार्थ बा लागू पदार्थ सेवन गरेको वा छलकपटमा पारिएको कारणले कसैले लिखतमा लेखिएको कुराको मतलब बुझ्न नसक्दै नभन्ने जानीजानी त्यस्तो व्यक्तिलाई लिखत बनाउन, सहीछाप गर्न वा लिखतमा लेखिएको कुनै कुरा बदल्न लगाउने,
(४) एक कामको लागि सहीछाप गरी लिफा, कागज बा छाप लिए दिएकोमा त्यस्तो काममा नलगाई अर्कै प्रयोजनको लिखत खडा गर्ने वा सोमा लगाउने।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना,
(क१) प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई खण्ड (क) बमोजिमको कैद र जरिबाना,
(ख) अदालतको फैसला बा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँसम्म जरिबाना,
(ग) खण्ड (क) र (ख) मा लेखिएदेखि व्यतित अन्य सरकारी वा सार्वजनिक लिखित कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना,
(घ) खण्ड (क), (ख) र (ग) मा लेखिएदेखि व्यतित अन्य कुरा कीर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।
(४) कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लम्साइसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त बिगो बमोजिमको थप जरिवाना समेत हुनेछ।
(५) कसैले कीर्ते गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति लम्साइसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई भराई दिनु पर्नेछ।
२७७. कीर्ते लिखित सद्ध सरह राख्न वा व्यवहारमा ल्याउन नहुनेः (१) कीर्ते लिखित हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले बेइमानीपूर्वक त्यस्तो लिखित सद्ध सरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(३) कीर्ते लिखित हो भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखित सद्ध सरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखित कीर्ते गरे सरिइको सजाय हुनेछ।
२७८. कीर्ते लिखित बनाउने औजार बनाउन नहुनेः (१) कसैले कीर्ते लिखित खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तो काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कीर्ते लिखित बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
२७९. जालसाजी गर्न नहुने: (१) कसैले जालसाजी गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कीते मानिने कसूर बाहेक कसैको हक मेट्ने, हदम्याद, तारीख जाने, कुनै किसिमले हानि, नोक्सानी गर्ने वा कसैलाई क्षति वा लाभ पुर्याउने नियतले जानीजानी निए वा नगरेको कुरा िए गरेको हो भनी वा झुठ्ठा मिति, अङ्क वा व्यहोरा उल्लेख गरी लिखत बनाएमा वा त्यस्तो लिखतमा सहीछाप गरे वा गराएमा वा आफ्नो हक निएको कुरामा हक िएको देखाई कुनै काम गरेमा जालसाजीको कसूर गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(४) कसैले जालसाजी गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई उपदफा (३) बमोजिमको सजायको अतिरिक्त बिगो बमोजिमको थप जरिवाना समेत हुनेछ।
(५) कसैले जालसाजी गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसूरदारको अन्य जायजातबाट त्यसको बिगो धनीलाई दिलाई दिनु पर्नेछ।
२८०. जालसाजी लिखत सददे सरि व्यवहारमा ल्याउन नहुने: (१) कसैले जालसाजी लिखत हो भन्ने थाहा पाई वा थाहा पाउनु पर्ने मनासब कारण भई त्यस्तो लिखत सददे सरि व्यवहारमा ल्याउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई जालसाजी गरे सरिको सजाय हुनेछ।
२८१. मतियार मानी सजाय हुने: (१) कीते कागज हो भनी जानीजानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीते कसूरको मतियार मानिनेछ।
(२) उपदफा (१) बमोजिमको मतियारलाई दफा २७६ को उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ।
२८२. क्षतिपूर्ति भराइ दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी, भएकोमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी भएको व्यक्तिलाई मनासिब क्षतिपूर्ति भराइ दिनु पर्नेछ।
२८३. हदम्यादः सार्वजनिक लिखत कीर्ते गरेकोमा थाहा पाएको मितिले दुई वर्ष र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद –२६ अपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसूर
२८४. अपराधिक प्रवेश गर्न नहुनेः (१) कसैले कसैको सम्पत्तिमा अपराधिक प्रवेश गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गर्ने नियतले भूल लुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले अपराधिक प्रवेश गरेको मानिनेछः–
(क) कुनै कसूर गर्ने, वा (ख) जुन व्यक्तिको स्वामित्व वा कब्जामा सम्पत्ति रहेको छ त्यस्तो व्यक्तिलाई डर्रास देखाउने, अपमान गर्ने वा झिझ्याउने।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) उपदफा (२) को खण्ड (क) को प्रयोजनका लागि अपराधिक प्रवेश गर्नेलाई त्यस्तो कसूरको उद्योग गरे सरिको सजाय, (ख) उपदफा (२) को खण्ड (ख) को उद्देश्यले कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए छ
महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि:
(१) अस्थायी बसोबास गरेको ठाउँलाई पनि घर मानिनेछ।
(२) सनातनदेखि प्रयोग गर्दै आएको बाटो, निकास, पानीघाट, सिँचाइको कुलो, मसानघाट, देवलमा प्रवेश गरेको वा प्रयोग गरेकोमा आपराधिक प्रवेश गरेको मानिने छैन।
२८५. आपराधिक उपद्रव गर्न नहुने: (१) कसैले आपराधिक उपद्रव गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक उपद्रव गरेको मानिनेछ:–
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुऱ्याउने नियतले वा त्यस्तो क्षति पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई वा लापरवाही वा हेलचेक्र्याइँ गरी कुनै सरकारी, सार्वजनिक वा निजी सम्पत्ति नाश गरेमा वा त्यसको मूल्य, महत्त्व वा उपयोगिता घट्ने कुनै काम गरेमा,
(ख) सार्वजनिक वा निजी ढल, निकास, कुलो, पाँधेरो, सडक, पुल वा कुनै सञ्चार वा यातायातको साधन इत्यादिो हानि, नोक्सानी वा अनुचित क्षति पुऱ्याएमा वा क्षति पुग्ने कुनै काम गरेमा वा सोको उपयोगमा जानीजानी कुनै हकसमेतले बाधा अवरोध हानि, नोक्सानी वा अनुचित क्षति पुऱ्याएमा वा क्षति पुग्ने कुनै काम गरेमा,
(ग) अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक सुविधाको लागि राखिएको कुनै सङ्केत वा चिह्न नासेमा, हटाएमा, मेटेमा वा बिगारेमा,
(घ) झुटो अफवाह फैलाएर वा अरुलाई धोका दिने कुनै साधनको प्रयोग गरेर अर्काको काम कारोबार वा व्यवसायमा बाधा पुर्याएमा वा अर्काको व्यापारको ख्यातिलाई क्षति पुर्याएमा,
(ङ) अर्काको चिठ्ठी, सूचना, पुलिन्दा वा अन्य कुनै माल लुकाएमा वा बदनियतसाथ ढिलो पुग्ने गराएमा।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) नेपाल सरकारले संरक्षण गरेको वा कानून बमोजिम संरक्षित कुनै वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्व नै विनाश गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज वा आरक्ष वा संरक्षित क्षेत्र, विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक वा पुरातात्विक स्मारक वा स्तम्भ, ऐतिहासिक वा पुरातात्विक महत्वका वस्तु सङ्कलन गरी राखिएको स्थान वा सङ्ग्रहालय, ऐतिहासिक लिखतहरू राखिएको अभिलेखालय, जङ्गी वा प्रहरीको हातहतियार तथा खरजाना राखिएको सैनिक वा अर्धसैनिक घर वा ठाउँ, सुरक्षा छापाखाना, सिक्का टक्मारी गर्ने टक्सार, कारखाना, बैङ्क नोट छाप्ने वा थुपाउने नेपाल राष्ट्र बैङ्कको गोदाममा आगो लगाएमा वा विष्फोटक पदार्थ प्रयोग गरेमा जन्मकैदको सजाय र विगो बमोजिम जरिवाना,
(ख) खण्ड (क) मा लेखिए बाहेकका ऐतिहासिक, पुरातात्विक वा धार्मिक स्मारक वा स्तम्भ, सार्वजनिक वा सरकारी महत्वका कागजात रहेका भवन वा तहखाना रहेका अदालत, संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यालय वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण या अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संस्था, विदेशी कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संस्थाको कार्यालयमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेको भए पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद र विगो बमोजिम जरिवाना,
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै काम गरी कुनै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याई आपराधिक उपद्रव गरेकोमा चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँसम्म जरिवाना,
(घ) कसैको घर, कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेकोमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना,
(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।
(४) यस दफा बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी भएमा हानि, नोक्सानी भएको हिसाब बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ।
२८६. लुटपिट गर्नु नहुनेः (१) कसैले लुटपिट गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि कसैले आफ्नो हक नपुग्ने वा अन्य कसैको स्वामित्व, कब्जा वा नियन्त्रणमा रहेको सम्पत्ति चोरी वा ठगी गरेको अवस्थामा बाहेक अरु कुनै हकसमेतले जबर्जस्ती गरी वा नगरी खोसी, धरपकड वा लछारपछार गरी वा त्यस्तो गर्ने धम्की दिई लै जाने वा हानि, नोक्सानी गर्ने नियतले कुनै काम गरेमा लुटपिट गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको हिसाबको पच्चीस प्रतिशतसम्म जरिवाना वा दुवै सजाय हुनेछ र लुटपिट भएको सम्पत्तिको हिसाब कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ।
२८७. कसूर गरी प्राप्त गरेको सम्पत्ति लिन नहुनेः (१) कुनै कसूर गरी प्राप्त गरेको सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास हुने कुनै मनासिब कारण भई कसैले कुनै सम्पत्ति लिन, राख्न वा खरिद–बिक्री गर्नु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्ष कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिम लिए राखेको वा खरिद बिक्री गरेको सम्पत्ति सो सम्पत्तिको धनीलाई फिर्ता गर्नु पर्नेछ।
२८८. हदम्यादः दफा २८४ र २८५ अन्तर्गतको कसूर त्यस्तो कसूर भएको मितिले छ महिनाभित्र र दफा २८६ को अन्तर्गतको कसूरमा सो भए गरेको मितिले तीन महिनाभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूर त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद – २७ पशुपक्षी सम्बन्धी कसूर
२८९. गाई, गोरु मार्न वा कुट्न नहुनेः (१) कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मरेमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ।
(३) कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको शरीर वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मरेमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
२९०. पशुपक्षी प्रति निर्दयी व्यवहार गर्न नहुनेः (१) कसैले कुनै पशुपक्षीलाई कुटी, हिकावाई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन।
तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन बाधा पर्नु छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
२९१. सार्वजनिक स्थलमा पशु वा पक्षी मार्न नहुनेः (१) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मारुँदैन ।
तर परम्परादेखि नै पशु वा पक्षीको बध गर्ने चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पक्षी मार्न बाधा पर्नु छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सार्वजनिक स्थल” भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आउत जाउत गर्ने ठाउँ सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बली दिनुपर्दै परम्परादेखि बली दिँदै आएको धार्मिकस्थल बाहेक अन्य सार्वजनिक वा धार्मिकस्थलमा पशु वा पक्षीको बली दिन सकिने छैन ।
(३) उपदफा (१) बमोजिम पशु वा पक्षीको बली दिनुपर्दै पशु वा पक्षीको बलीको विकल्पमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलंबन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पक्षीको बली दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाउँमा र निर्धारण गरेको विधि बमोजिम बली दिने काम गर्नु पर्नेछ ।
(५) यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
२९२. हदम्यादः दफा २९० अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
भाग –३
वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसूर
परिच्छेद – १
गोपनीयता विरुद्धका कसूर
२९३. अर्काको कुरा सुन्न वा ध्वनि अङ्कन गर्न नहुनेः (१) कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरी बिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
तर सार्वजनिक रुपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू हुने छैन।
२९४. गोप्य कुरा प्रकट गर्न नहुनेः (१) कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानूनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९५. अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुनेः (१) कसैले कुनै व्यक्तिको अनुमति बिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरु कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन।
तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचित भएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
(३) कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अको भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९६. अनुमति बिना एकको तस्बिर अरुलाई दिन वा बिक्री गर्न नहुनेः (१) कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमति बिना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिङ्गाउन वा सताउने, हेराउने पाने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९७. चिठ्ठी खोल्न वा टेलिफोनमा गरेको कुरा सुन्न नहुनेः (१) अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमति बिना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बीचमा सुन्न वा ध्वनि अङ्कन गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९८. विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुनेः (१) कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्ने तसको गोपनीयता भङ्ग गर्ने वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
२९९. छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुनेः (१) कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हेरांनी पाने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३००. हैरान पार्ने व्यक्तिले चिट्ठी पत्र लेख्न नहुनेः (१) कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिट्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखित लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्ने वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३०१. अरुको शरीर खानतलासी गर्ने नहुनेः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश वा सुरक्षाको प्रयोजनका लागि खटिएको व्यक्तिले अधिकार प्राप्त अधिकारीको अनुमतिले बाहेक कसैले सम्बन्धित व्यक्तिको स्वीकृति बिना अरुको शरीर, सवारी साधन वा निजी प्रयोगका वस्तुहरुको खानतलासी गर्ने वा गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३०२. अरुको आवासमा अनाधिकृत प्रवेश गर्ने नहुनेः (१) कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेशले बाहेक कसैले अरुको घरमा सम्बन्धित घर धनीको स्वीकृति बिना अनधिकृत रुपमा प्रवेश गर्ने, घर धनी वा निजको परिवारको गोप््यता भङ्ग गर्ने वा त्यस्तो घरको खानतलासी गर्ने वा गराउन हुँदैन।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “घर” भन्नाले कुनै व्यक्तिले बसोबास गरेको घर, निवास, आवास, कोठा सम्झनु पर्छ र सो शब्दले त्यस्तो व्यक्तिले रात बिताउने गरी बसेको होटल को कोठा, शिविर र पाल समेतलाई जनाउँछ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३०३. क्षतिपूर्ति भराई दिनु पर्नेः यस परिच्छेद बमोजिमको कसूर गरी कसैले कुनै लाभ प्राप्त गरेको वा कसैलाई कुनै किसिमको हानि, नोक्सानी, हैरानी वा क्षति पुर्याएको रहेछ भने कसूरबाट त्यस्तो लाभ, हानि, नोक्सानी, हैरानी वा क्षतिको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ।
३०४. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।
परिच्छेद –२ गाली बेइज्जती सम्बन्धी कसूर
३०५. गाली गर्न नहुनेः (१) कसैले कसैलाई गाली गर्न हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
३०६. बेइज्जती गर्न नहुनेः (१) कसैले कसैको बेइज्जती गर्न हुँदैन।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहाय बमोजिमको काम गरेमा निजले बेइज्जती गरेको मानिनेछः–
(क) अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारणHei लिएर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्न गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा
कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा वितरण गरेमा,
(ख) मृतकलाई कुनै आरोप लगाइएकोमा त्यस्तो आरोप लगाउँदाका बखत निज जीवित रहेको भए निजको इज्जतमा धक्का पुग्ने रहेछ भन्ने जानीजानी निजको परिवार वा नजिको अन्य नातेदारहरुको भावनामा चोट पुर्याउने नियतले कुनै आरोप लगाएकोमा,
*(ग) ...............
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कामलाई बेइज्जती मानिने छैनः–
(क) सर्वसाधारणको हितको लागि प्रमाण र आधार सहित कुनै व्यक्तिसँग सम्बन्धित साँच्चै कुरा प्रकाशन वा प्रसारण गर्नु,
(ख) कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा निजको आचरणलाई लिएर वा त्यस्तो आचरणबाट बुझिनेसम्मको मात्र निजको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै कुरा प्रकाशन गर्नु,
(ग) कुनै व्यक्तिको सार्वजनिक पद वा ओहोदाको महत्त्वसँग सम्बन्ध राख्ने आचरण र त्यस्तो आचरणबाट बुझिनेसम्मको निजको चरित्रलाई लिएर असल नियतले कुनै विचार प्रकट गर्नु,
(घ) कुनै कुरा गर्ने व्यक्तिले सर्वसाधारणको रायको लागि कुनै कुरा पेश गरेकोमा त्यस्तो कुराको गुण वा दोषलाई लिएर वा सो हदसम्म मात्र त्यस्तो कुरा गर्ने व्यक्तिको चरित्रलाई लिएर असल नियतले मर्यादित ढङ्गबाट कुनै विचार प्रकट गर्नु,
(ङ) कुनै व्यक्तिको अर्को कुनै व्यक्ति उपर कानूनद्वारा वा निजसँग भएको करारद्वारा कुनै अधिकार भएकोमा निजले सो अधिकार सम्बन्धी काम कुरामा त्यस्तो व्यक्तिको आचरणमा असल नियतले कुनै खोट लगाउनु,
(च) कानून बमोजिम कुनै कसूरको अनुसन्धान गर्नु वा त्यस्तो आधारमा निजलाई कानून बमोजिम अभियोग लगाउनु,
(छ) कसैलाई निजको हितको लागि, निजको स्वार्थ भएको व्यक्तिको हितको लागि वा सर्वसाधारणको हितको लागि अरु कुनै व्यक्तिको विरुद्ध सतर्क पर्नु,
(ज) सार्वजनिक हित, सदाचार वा नैतिकताको लागि असल नियतले कसैको कुनै कार्य, चरित्र वा आचरणको सम्बन्धमा व्वाङ्क्य गर्नु वा आधार र कारण सहित कुनै टिप्पणी गर्नु वा कुनै कुरा प्रकाशन वा प्रसारण गर्नु।
३०७. बेइज्जती गरेमा हुने सजायः (१) कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
तर विद्युतीय वा अन्य आम संचारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
(२) कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठिहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसूरको गम्भीरीता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा परेको असर तथा विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्च समेत भराउनु पर्नेछ।
(३) मरिसकेको कुनै व्यक्तिलाई यस परिच्छेद बमोजिम बेइज्जती गरेको ठिहरिएमा कसूरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराई दिनु पर्नेछ।
३०८. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।