मुलुकी देवानी संहिता, २०७४
प्रमाणीकरण र प्रकाशन मिति २०७४।६।३०
संशोधन गर्ने ऐन मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७६।०१।०२ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० २०८०।०४।१२
संवत् २०७४ सालको ऐन नं. ३४
प्रस्तावना : मुलुकमा कानून र व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार र सुविधा एवं आर्थिक हित कायम राख्न तथा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न जात, जाति वा समुदायहरू बीचको सुसम्बन्ध कायम राख्नको लागि मुलुकी ऐन तथा अन्य कानूनमा रहेका देवानी सम्बन्धी व्यवस्थाहरूलाई संशोधन र एकीकरण समेत गरी समयानुकूल बनाउनु वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २६८ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसद्ले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) इस ऐनको नाम “मुलुकी देवानी संहिता, २०७४” रहेको छ । (२) यो संहिता संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछ ।
❖ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(ख) “कानुन” भन्नाले तत्काल प्रचलित कानुन सम्झनु पर्छ । (ग) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्ति समेतलाई जनाउँछ । (घ) “नालिस” भन्नाले फिरादपत्र सम्झनु पर्छ र सो शब्दले अन्य कुनै किसिमको उजुरी, दाबी, प्रतिदाबी वा सो सरहको निवेदन समेतलाई जनाउँछ । (ङ) “नाबालक” भन्नाले अठार वर्ष उमेर पूरा नगरेको बालबालिका सम्झनु पर्छ । (च) “स्थानीय तह” भन्नाले गाउँ पालिका वा नगरपालिका सम्झनु पर्छ । (छ) “सम्पत्ति” भन्नाले चल वा अचल सम्पत्ति सम्झनु पर्छ । (ज) “हकवाला” भन्नाले दफा २३९ बमोजिम अपुताली पाउने प्राथमिकताक्रममा रहेको व्यक्ति सम्झनु पर्छ ।
३. विशेष कानूनी व्यवस्थालाई असर नगर्ने : यस संहिताले नियमित गरेका विषयमा प्रचलित कानुनमा छुट्टै व्यवस्था भएको रहेछ भने त्यस्तो विषयमा यस संहिताको व्यवस्थाले कुनै असर पार्ने छैन ।
परिच्छेद–२ देवानी कानुनका सामान्य सिद्धान्त
४. सामान्य रूपमा लागु हुने सिद्धान्त तथा व्यवस्था : यस परिच्छेदमा उल्लिखित सिद्धान्त तथा व्यवस्थाहरू सामान्यतः देवानी कानुनका विषयमा लागु हुनेछन् । ५. कानुनको अज्ञानता क्षम्य नहुने : कानुनको अज्ञानता क्षम्य हुने छैन । कानुन सबैले जानेको अनुमान गरिनेछ । ६. सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने : कसैले पनि सार्वजनिक हित विपरीत हुने गरी कुनै काम कार्रवाई गर्न पाउने छैन । ७. कानुन विपरितको काम अमान्य हुने : कानुन विपरितको काम अमान्य हुनेछ । ८. गल्ती गर्नेले क्षति व्यहोर्नु पर्ने : (१) कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरुलाई हानि, नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नु पर्नेछ । (२) प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैँले व्यहोर्नु पर्नेछ ।
(३) यस संहिता वा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित व्यक्तिले क्षतिपूर्ति व्यहोर्नु पर्नेछ । (४) क्षतिपूर्तिको निर्धारण कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
९. अरुलाई दुःख दिने गरी काम गर्न नहुने : कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन ।
१०. गलतीको फाइदा लिन नपाउने : कसैले पनि आफूले गरेको गलतीबाट फाइदा लिन पाउने छैन ।
११. हित विपरीतको काम अमान्य हुने : आफ्नो संरक्षण, माथवरि, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत गरिएको काम अमान्य हुनेछ ।
१२. व्यक्तित्वलाई स्वीकार गर्नु पर्ने : प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेछ ।
१३. असल छिमेकीपन कायम गर्नु पर्ने : प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानीनोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नु पर्नेछ ।
१४. देयानी दायित्वबाट छुटकारा नपाउने : कुनै व्यक्ति उपर फौजदारी कुसरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानून बमोजिमको देयानी दायित्वबाट छुटकारा पाउने छैन ।
१५. कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिने : कानून विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।
१६. विदेशीको हकमा पनि लागु हुने : विषय, प्रसंग वा प्रकृतिले कुनै कानूनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागु हुने अवस्था बाहेक यो संहिता वा देयानी कानून सम्बन्धी अन्य प्रावधान विदेशीको हकमा पनि समान रूपमा लागु हुनेछ ।
परिच्छेद–३ नागरिक अधिकार सम्बन्धी व्यवस्था
१७. कानूनको दृष्टिमा समान हुने : (१) प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने छन् । (२) कुनै पनि नागरिकलाई कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
१८. भेदभाव गर्न नपाउने : (१) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । (२) कुनै पनि व्यक्तिलाई उत्पत्ति, धर्म, वर्ण, जात, जाति, समुदाय, पेसा, व्यवसाय, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा निजी तथा सार्वजनिक स्थानमा भेदभाव गरिने छैन र त्यस्तो आधारमा कुनै पनि व्यक्तिलाई सार्वजनिक प्रयोगमा रहेका सेवा, सुविधा वा उपयोगका कुराहरू प्रयोग गर्नबाट वा सार्वजनिक स्थल वा सार्वजनिक धार्मिक स्थलमा प्रवेश गर्न वा आफ्नो इच्छा अनुसारको धार्मिक कार्य गर्नबाट वंचित गरिने छैन । (३) कसैलाई पनि समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन । (४) कुनै नागरिकलाई सरकारी वा सार्वजनिक पदमा नियुक्ति गर्दा कानूनले निर्धारण गरेको योग्यताका आधारमा मात्र गरिनेछ । त्यसरी नियुक्ति गर्दा कुनै पनि नागरिकमाथि उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
१९. विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिने : दफा १७ र १८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक वा सांस्कृतिक दृष्टिकोणले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरेकोमा भेदभाव गरेको मानिने छैन ।
२०. स्वतन्त्रता र अधिकार हुने : (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन । (२) कानूनको अधीनमा रही प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता र अधिकार हुनेछ :-
(क) आफ्नो विचार राख्ने तथा अभिव्यक्ति गर्ने, (ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा सभा, सम्मेलन गर्ने, (ग) संघ वा संस्था खोल्ने, (घ) नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने, (ङ) कुनै पेशा, रोजगार, उद्योग, व्यवसाय गर्ने, (च) आफूले चाहेको शिक्षा वा आफ्नो मातृभाषामा शिक्षा आर्जन गर्ने, (छ) सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, हस्तान्तरण गर्ने र सम्पत्तिको अन्य कुनै कारोबार गर्ने, (ज) सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चली आएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने, (झ) आफ्नो समुदायको भाषा, लिपि वा संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने, (ञ) आफ्नो धार्मिक समुदायको स्वतन्त्र अस्तित्व कायम राखी धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन गर्ने, (ट) आफ्नो जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार वा सूचनाको रक्षा गर्ने वा गोप्य राख्ने ।
२१. गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने : (१) कानून बमोजिम बाहेक कसैले सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई देहायका कुनै काम कुरा गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेछ :- (क) कुनै व्यक्तिको बासस्थानमा प्रवेश गरेमा, (ख) कसैको चिठ्ठीपत्र खोलेमा वा त्यसको प्रयोग गरेमा, टेलिफोन वा अन्य प्रविधिको माध्यमबाट भएको कुराकानी, बोली, ध्वनिको टेप वा रेकर्ड गरेमा वा सुनेमा, (ग) कुनै व्यक्तिको निजी जीवनको व्यवहार, आचरणको चियो चर्चा, प्रकाशन, प्रसारण वा प्रचार गरेमा, (घ) कसैको आकृति वा तस्वीर खिचेमा, (ङ) अरुको नाम, आकृति, तस्वीर वा आवाजको नक्कल गरी सार्वजनिक गरेमा ।
(२) उपदफा (१) को खण्ड (घ) वा (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले साहित्यिक वा कलात्मक प्रयोजन वा सार्वजनिक हितको लागि ती खण्डहरूमा लेखिएको कुनै काम गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने छैन ।
२२. करार गर्न पाउने : प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही करार गर्ने अधिकार हुनेछ ।
२३. कानून बमोजिम बाहेक कर लगाउन नपाइने : कानून बमोजिम बाहेक कुनै व्यक्तिको सम्पत्ति वा आयमा कर लगाउन सकिने छैन ।
२४. इच्छा विरुद्ध काममा लगाउन नपाइने : कुनै पनि व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै काममा लगाउन पाइने छैन ।
२५. सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिने : (१) कानून बमोजिम सार्वजनिक हितको लागि बाहेक राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्ति गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले अधिकारको सिर्जना गर्ने छैन । तर केवल कानूनी रूपले आर्जन गरेको सम्पत्तिको हकमा यो व्यवस्था लागू हुने छैन । (२) कानून बमोजिम बाहेक कसैको सम्पत्ति लिलाम वा जफत गरिने छैन ।
२६. उजुर गर्न सक्ने : (१) गिरफ्तार भएको वा थुनिएको व्यक्ति आफैँले वा निजको तर्फबाट जोसुकैले बन्दीप्रत्यक्षीकरणको आदेशको लागि सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतमा उजुरी दिन सक्नेछ । (२) कसैले एकभन्दा बढी अदालतमा उजुरी दिएमा माथिल्लो अदालतमा दिएको उजुरी कायम रहनेछ । (३) कसैले यस परिच्छेद विपरीत कुनै काम कारबाही गरेमा वा गर्न लागेको पर्याप्त आशंका भएमा त्यस्तो काम कारबाहीबाट मर्नु पर्ने जाने व्यक्तिले आफ्नो अधिकारको प्रचलनको लागि प्रादेशिक क्षेत्राधिकार भएको उच्च अदालत वा जिल्ला अदालतमा उजुर गर्न सक्नेछ । (४) उपदफा (१) बमोजिम परेको उजुरी जाँबुझ गर्दा कानून विपरीत गिरफ्तार गरिएको वा थुनिएको देखिएमा सम्बन्धित अदालतले त्यसरी गिरफ्तार वा थुनिएको व्यक्तिलाई तुरुन्तै थुनाबाट छाड्न आदेश दिनेछ । (५) उपदफा (३) बमोजिम परेको उजुरी जाँबुझ गर्दा प्रतिवादीले निजको अधिकारमा केही क्षति पुर्याएको वा क्षति पुर्याउन लागेको देखिएमा सम्बन्धित अदालतले त्यस्तो प्रतिवादीको नाममा उजुर गर्ने व्यक्तिको अधिकार उपर क्षति पुग्ने किसिमको काम
नगर्न, नगराउन र केही काम गरिसकेको भए बाँकी काम नगर्न वा कुनै काम गर्न लगाउन आदेश जारी गर्न सक्नेछ ।
२७. क्षतिपूर्ति भराइदिने : (१) दफा २६ बमोजिम परेको उजुरी जाँचुबढ गर्दा प्रतिवादीले उजुरीकर्तालाई वदनियतपूर्वक क्षति पुग्ने कुनै काम गरेको ठहरेमा सम्बन्धित अदालतले अवस्था हेरी प्रतिवादीबाट उजुरीकर्तालाई मनासिब क्षतिपूर्ति भराइदिनेछ । (२) कुनै सरकारी वा सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले यस परिच्छेदमा उल्लिखित नागरिक अधिकारको जानिजानी उल्लंघन गरेको ठहरेमा उपदफा (१) बमोजिमको क्षतिपूर्तिको रकम त्यस्तो पदाधिकारी वा कर्मचारी आफैँले व्यहोर्नु पर्नेछ ।
२८. भुट्ठा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराइदिने : (१) कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी पुऱ्याउने नियतले भुट्ठा उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी भुट्ठा उजुरी दिने उजुरीकर्ताबाट प्रतिवादीलाई मनासिब क्षतिपूर्ति भराइदिनेछ । (२) उपदफा (१) बमोजिम भराइने क्षतिपूर्तिमा प्रतिवादीले अदालतमा आफ्नो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछन् ।
२९. हदमादद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले गिरफ़्तार वा थुनिएको हकमा जहिलेसुकै र अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिदेखि ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।
भाग–२ व्यक्ति सम्बन्धी कानून परिच्छेद–१ प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्था
३०. व्यक्तिको मान्यता पाउने : प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रूपमा मान्यता पाउनेछ र निज जीवित रहेसम्म कानून बमोजिमको अधिकार उपभोग गर्न पाउनेछ ।
३१. नामको अधिकार हुने : (१) प्रत्येक व्यक्तिलाई जन्मनासाथ नामको अधिकार हुनेछ र आफ्नो नामको सम्मानजनक तवरले उपयोग गर्न पाउनेछ । (२) प्रत्येक व्यक्तिलाई आफ्नो नाम, इज्जत र प्रतिष्ठाको रक्षा गर्ने अधिकार हुनेछ र त्यस्तो अधिकार अन्य व्यक्तिमा हस्तान्तरण हुन सक्ने छैन ।
(३) कसैले पनि अन्य व्यक्तिको नाम दुरुपयोग गर्न पाउने छैन ।
३२. सक्षमता प्राप्त गर्ने : (१) अठार वर्ष उमेर पूरा भएको प्रत्येक व्यक्ति बालिग भएको मानिनेछ र सोही हैसियतमा नि कानूनी रूपमा सक्षम भएको मानिनेछ । (२) उपदफा (१) बमोजिमको सक्षम व्यक्तिले कानूनको अधीनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ ।
३३. असक्षम मानिने : (१) दफा ३२ मा जुनसुकै कुरा लेखिएको भए तापनि तपनि दस वर्ष उमेर पूरा नभएको वा त्यस्तो उमेर पुगेको भए पनि होस् ठेगानामा नरहेको कारण आफ्नो हक र हित संरक्षण गर्न नसक्ने व्यक्ति कानूनी रूपमा असक्षम मानिनेछ । स्पष्टीकरण : यस संहिताको प्रयोजनको लागि "होस् ठेगानामा नरहेको" भन्नाले शारीरिक वा मानसिक अवस्थाका कारण सामान्य समयमा सामान्य रूपमा आफूले गरेको काम र त्यसको परिणाम बुझ्न नसक्ने अवस्थामा रहेको सम्झनु पर्छ । (२) असक्षम व्यक्तिले कुनै किसिमको कानूनी दायित्व व्यहोर्नु पर्ने छैन र कुनै अधिकार उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत उपयोग गर्नु वा गराउनु पर्नेछ । (३) असक्षम व्यक्तिको तर्फबाट कुनै कागज गराउनु पर्दा निजको संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ ।
३४. अर्थसक्षम मानिने : (१) दस वर्ष पूरा भई अठार वर्ष उमेर पूरा नगरेको व्यक्ति अर्थसक्षम मानिनेछ । (२) अर्थसक्षम व्यक्तिले कानूनको अधीनमा रही जुनसुकै अधिकार उपयोग गर्न, दायित्व निर्वाह गर्न तथा कर्तव्य पालना गर्न सक्नेछ । (३) अर्थसक्षम व्यक्तिले कुनै अधिकारको उपयोग गर्दा संरक्षक वा माथवरको मञ्जुरी लिई वा संरक्षक वा माथवर मार्फत गराउनु पर्नेछ । (४) अर्थसक्षम व्यक्तिको कुनै कागज गराउँदा संरक्षक वा माथवरको रोहवरमा गराउनु पर्नेछ ।
३५. अदालतको निर्णय बमोजिम हुने : कुनै व्यक्तिको सक्षमता, असक्षमता वा अर्थसक्षमताको सम्बन्धमा विवाद उत्पन्न भएमा अदालतको निर्णय बमोजिम हुनेछ ।
३६. शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्ने : (१) कुनै पनि व्यक्तिले कानूनको अधीनमा रही आफ्नो शरीरको परीक्षण, उपचार, अङ्ग परिवर्तन वा शरीरको कुनै अङ्गको कुनै अंश वा त्यसको कुनै नमूना सङ्कलन गर्न वा गराउन सक्नेछ । (२) कुनै व्यक्ति आफैँले मञ्जुरी दिन नसक्ने गरी अचेत भएको अवस्थामा संरक्षक वा मान्यवरले निजको हितको लागि उपदफा (१) बमोजिमको काम गर्न वा गराउन सक्नेछ ।
३७. आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्ने : (१) कुनै पनि व्यक्तिले जीवित छँदै आफ्नो मृत्यु पछि गरिने दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम कुनै व्यक्तिले दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गरेकोमा हकवालाले पनि मर्ने व्यक्तिको इच्छा बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ । (३) उपदफा (१) बमोजिम कुनै व्यक्तिले आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण नगरेकोमा हकवालाले प्रचलित परम्परा तथा संस्कार बमोजिम निजको दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ ।
३८. शव वा अङ्ग दान दिन सक्ने : (१) कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अङ्ग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिन गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्यक्तिको शव, शरीरको अङ्ग वा त्यसको कुनै अंशको प्रयोग मर्ने व्यक्तिको इच्छा बमोजिम गर्नु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश स्वीकार गर्ने व्यक्ति उपलब्ध हुन नसकेमा वा त्यस्तो शव, अङ्ग वा त्यसको कुनै अंश छुट्याउन सम्भव नहुने भएमा त्यस्तो शवको दफा ३७ बमोजिम दाह संस्कार, काजकिरिया वा सदगत गर्नु पर्नेछ ।
३९. बसोबासको ठेगाना मानिने : (१) कुनै व्यक्तिको बसोबासको ठेगाना निर्धारण गर्नु पर्दा निजले त्यस प्रयोजनको लागि कुनै ठेगाना दिएको रहेछ भने सोही ठेगाना र त्यसरी ठेगाना दिएको रहेनछ भने नेपालभित्र निजले स्थायी रूपमा बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा बसोबास पता नलागेमा त्यस्तो व्यक्ति तत्काल बसोबास गर्दै आएको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै व्यक्तिको बसोबास नभएमा वा निजको बसोबास पता नलागेमा निजले कुनै व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको रहेछ भने त्यस्तो व्यापार, व्यवसाय, रोजगार वा कारोबार गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको बसोबासको ठेगाना परिवर्तन भएको रहेछ भने त्यस्तो व्यक्ति तत्काल जुन ठाउँमा बसोबास गरेको छ सोही ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(५) असक्षम वा अर्धसक्षम व्यक्तिको बसोबास निर्धारण गर्नु पर्दा त्यस्तो व्यक्तिले स्थायी रूपमा बसोबास गरेको ठाउँ र त्यस्तो ठाउँ नभएमा त्यस्तो व्यक्तिको संरक्षक वा मयत्व बसोबास गरेको ठाउँलाई निजको बसोबासको ठेगाना मानिनेछ ।
(६) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले कुनै खास प्रयोजनको लागि कुनै ठेगानालाई आफ्नो बासस्थान मानेको भए त्यस्तो ठेगानालाई निजको बसोबासको ठेगाना मानिनेछ ।
४०. मृत्यु भएको मानिने : (१) कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ ।
तर देहायको अवस्थामा देहायको अवधि समाप्त भएपछि त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ :– (१) असी वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष, (२) युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले चार वर्ष, (३) दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्ष ।
(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ ।
(३) कुनै दुर्घटनामा परी एकसाथ एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यसरी मृत्यु हुने प्रत्येक व्यक्तिको एकसाथ मृत्यु भएको मानिनेछ ।
तर कुनै खास प्रयोजनको लागि त्यसरी भएको दुर्घटनामा कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न निरुपण गर्नु पर्ने भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।
(४) कुनै व्यक्ति बिना सूचना बेपत्ता भएको वा कुनै विपद वा दुर्घटनामा परेकोले निजको मृत्युको सम्बन्धमा न्यायिक घोषणा गरी पाऊँ भनी त्यस्तो व्यक्ति बेपत्ता भएको वा मृत्यु भएको मिति, ठेगाना, कारण र आधार सहित खुलाई सरोकारवाला व्यक्तिले निवेदन दिएमा अदालतले पर्याप्त प्रमाण बुझी त्यस्तो व्यक्तिको सम्बन्धमा मृत्युको न्यायिक घोषणाको आदेश गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम मृत घोषित भइसकेको व्यक्ति जीवित रूपमा फर्की अघि भएको न्यायिक घोषणा बदर गरी पाऊँ भनी निज आफैँले वा निजको मृत्यु भएको मिति न्यायिक घोषणा भएको मितिभन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाऊँ भनी निजको हकदारले निवेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपदफा (४) बमोजिम गरेको न्यायिक घोषणाको आदेश संशोधन वा बदर गर्नेछ ।
तर, (१) कुनै जीवित पत्नीले त्यस्तो घोषणा पछि अर्का विवाह गरेको रहेछ भने घोषित व्यक्तिसँगको वैवाहिक सम्बन्ध पुनः स्थापित हुन सक्ने छैन । (२) मृत घोषित व्यक्तिको कानून बमोजिमको अधिकारमा कुनै प्रतिकूल असर पर्ने छैन । (३) मृत्यु भएको नयाँ मिति कायम भएको कारणबाट पहिलेको न्यायिक घोषणाबाट भइसकेको काममा प्रतिकूल असर पर्ने छैन ।
(४) खण्ड (३) बमोजिम भएको काम कारबाहीबाट कुनै व्यक्तिको कानून बमोजिम प्राप्त हक, हित वा सरोकारमा कुनै असर पर्ने छैन ।
४१. हदमाद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछ :- (क) दफा ३६ को अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र, (ख) दफा ४० को उपदफा (५) को अवस्थामा त्यस्तो काम कारबाही भएको थाहा पाएको मितिले एक वर्षभित्र, (ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र ।
परिच्छेद-२ कानूनी व्यक्ति सम्बन्धी व्यवस्था
४२. कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्ने : (१) कानून बमोजिम संस्थापना भएको सङ्गठित संस्थाले कानूनी व्यक्तित्व प्राप्त गर्नेछ र सोही हैसियतमा कानूनी सक्षमता प्राप्त गर्नेछ । (२) उपदफा (१) बमोजिम कानूनी सक्षमता प्राप्त गर्नको लागि कुनै संस्था कानून बमोजिम दर्ता भएको हुनु पर्नेछ । (३) उपदफा (२) बमोजिम दर्ता हुनका लागि कानूनमा छुट्टै व्यवस्था भएकोमा बाहेक देहायका कुरा खुलाई सम्बन्धित अधिकारी समक्ष निवेदन गर्नु पर्नेछ :- (क) सङ्गठित संस्थाको नाम, (ख) सङ्गठित संस्थाको प्रधान कार्यालय र त्यस्तो कार्यालय रहने ठेगाना (ग) सङ्गठित संस्थाको उद्देश्य तथा कार्यहरू, (घ) सङ्गठित संस्थाको पूँजीगत संरचना रहने भए त्यसको विवरण, (ङ) अन्य आवश्यक विवरण । (४) उपदफा (२) बमोजिम संस्था दर्ता भएपछि त्यस्तो संस्था संस्थापना भएको मानिनेछ । (५) कानूनी व्यक्तिको सङ्गठित व्यक्तित्व (कपोरेट पर्सनालिटी) हुनेछ र आफ्नो काम कारबाहीको लागि छुट्टै छाप प्रयोग गर्नेछ ।
(६) यस दफा बमोजिम संस्थापित संस्था अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ र कानूनको अधीनमा रही सोही हैसियतमा व्यक्ति सरह देहायको काम गर्न सक्नेछ :- (क) सम्पत्ति प्राप्त गर्न, राख्न, आर्जन गर्न, भोगचलन गर्न, बेचबिकन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न, (ख) करार गर्न, करार बमोजिमको अधिकार प्रयोग र दायित्व निर्वाह गर्न वा अन्य कुनै किसिमबाट कुनै किसिमको हक वा दायित्व स्वीकार गर्न, (ग) आफ्नो काम, कारबाही वा व्यवसाय सञ्चालन गर्न आवश्यक विधान वा विनियमावली बनाउन,
४३. संस्थापना भएपछि कानूनी सक्षमता प्राप्त गर्ने : (१) कानूनी व्यक्तिको संस्थापना भएपछि त्यस्तो व्यक्तिले दफा ४२ मा उल्लेखित कामका अतिरिक्त देवानि तथा वाणिज्य सम्बन्धी काम कारबाही गर्न कानूनी सक्षमता प्राप्त गर्नेछ । (२) उपदफा (१) बमोजिम प्राप्त गरेको सक्षमता कानूनी व्यक्तिको कानून बमोजिम लिक्विडेसन, विघटन वा अन्त्य नभएसम्म कायम रहनेछ ।
४४. कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिने : दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका निकायले स्वतः कानूनी व्यक्तिको रुपमा सक्षमता प्राप्त गरेको मानिनेछ :- (क) नेपाल राज्य, (ख) नेपाल सरकार, (ग) सङ्घीय संसद वा व्यवस्थापिका-संसद,
(घ) अदालत, संवैधानिक निकाय वा त्यस्ता निकाय अन्तर्गतका कुनै कार्यालय, (ङ) नेपाल सरकारका मन्त्रालय, सचिवालय, विभाग वा अन्य कुनै सरकारी कार्यालय, (च) प्रदेश, (छ) प्रदेश सरकार वा प्रदेश स्तरका सरकारी कार्यालय, (ज) प्रदेश सभा, (झ) गाउँपालिका, नगरपालिका वा जिल्ला सभा वा त्यस्ता निकाय अन्तर्गतका स्थानीय तहका सरकारी कार्यालय, (ञ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सरकारले कानून बमोजिम स्थापना गरेको आयोग, समिति वा त्यस्तै अन्य निकाय, (ट) कानून बमोजिम स्थापना भएका संस्थान, संगठित संस्था वा निकाय, (ठ) परम्परादेखि सञ्चालन भई सम्पत्ति भएका मठ, मन्दिर, देवालय, चैत्य, गुम्बा, मस्जिद, गिरजाघर, धर्मशाला, पाटी, सत्तल, अन्त्येष्टिस्थल जस्ता सार्वजनिक प्रयोजनका लागि स्थापना भएका संस्था, (ड) सार्वजनिक प्रयोजनका लागि स्थापना भएको सामुदायिक विद्यालय वा महाविद्यालय वा विश्वविद्यालय ।
४५. कानूनी व्यक्ति रहने ठेगाना : कानूनी व्यक्ति रहने ठेगाना संगठित संस्था संस्थापना गर्दाका बखत उल्लेख भएको ठेगाना हुनेछ र त्यसरी उल्लेख नभएकोमा त्यस्तो संस्थाको प्रधान कार्यालय वा रजिष्ट्रार कार्यालय रहेको ठेगाना र त्यस्तो कार्यालय वा ठेगाना पनि निर्धारण नभएकोमा त्यस्तो संस्थाको प्रमुख प्रशासकीय कार्यालय वा कारोबार तथा व्यवसाय रहेको ठेगानामा रहेको मानिनेछ ।
४६. कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन : (१) कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालन त्यस्तो व्यक्तिको विधानमा व्यवस्था भए बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा एक वा एकभन्दा बढी संख्याका सञ्चालकबाट हुनेछ ।
(२) उपदफा (१) बमोजिम सञ्चालकबाट भएको व्यवस्थापन तथा सञ्चालनको लागि कानूनी व्यक्ति जिम्मेवार हुनेछ ।
४७. कानूनी व्यक्तिको कार्य सम्पादन : (१) कानूनी व्यक्तिको तर्फबाट कार्य सम्पादन गर्नु पर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो व्यक्तिको सञ्चालकहरूको निर्णयबाट हुनेछ । (२) उपदफा (१) बमोजिम कार्य सम्पादन गर्दा सञ्चालकले कुनै काम कुनै सञ्चालक वा अरु कसैले सम्पादन गर्न सक्ने गरी अधिकार दिन सक्नेछ ।
४८. कानूनी व्यक्ति गाभिएमा हक वा दायित्व सर्ने : (१) कुनै कानूनी व्यक्ति कुनै कारणले अर्को कानूनी व्यक्तिसँग गाभिएमा त्यस्तो व्यक्तिको हक वा दायित्व त्यसरी गाभिदाका बखत निर्धारण भए बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम निर्धारण नभएकोमा अर्को व्यक्तिसँग गाभिएका कानूनी व्यक्तिको हक वा दायित्व गाभिएको कानूनी व्यक्तिमा सर्नेछ ।
४९. कानूनी व्यक्ति प्रतिनिधि हुन सक्ने : कानूनी व्यक्तिले कानूनको अधीनमा रही अर्को कुनै व्यक्तिको प्रतिनिधि (एजेन्ट) भई काम गर्न सक्नेछ ।
५०. स्वार्थ बाधिने भएमा निर्णयमा भाग लिन नहुने : (१) कुनै संस्था वा निकायको सदस्य वा सञ्चालकले आफ्नो निजी स्वार्थ निहित भएको विषय सम्बन्धी निर्णय प्रक्रियामा भाग लिन हुँदैन । (२) उपदफा (१) बमोजिम स्वार्थ निहित भई निर्णयमा असर परेको रहेछ भने त्यस्तो निर्णय बदर हुनेछ ।
५१. कानूनी व्यक्ति जिम्मेवार रहने : कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै काम कारबाही गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी पर्न गएमा त्यसको जिम्मेवारी त्यस्तो कानूनी व्यक्तिको हुनेछ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले व्यहोर्नु पर्नेछ । तर कानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही गरेको वा बदनीयत पूर्वक गरेको काम कारबाहीबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ ।
५२. सम्पत्ति वा दायित्व फछ्र्यौट गर्नु पर्ने : कुनै कानूनी व्यक्ति कुनै कारणले विघटन भएमा त्यस्तो व्यक्तिको सम्पत्ति तथा दायित्व कानून बमोजिम फछ्र्यौट गर्नु पर्नेछ ।
५३. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले दफा ५० को अवस्थामा त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले तीन महिनाभित्र र अन्य अवस्थामा सो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–३ प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी व्यवस्था
५४. दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने : (१) कुनै व्यक्तिको ऋण तथा निजले व्यहोर्नु पर्ने अन्य दायित्व निजको जायजेथाभन्दा बढी भएमा त्यस्तो जायजेथाबाट ऋण भुक्तानी वा असुल गर्न वा दायित्व फछ्र्यौट गर्न दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिने छैन :- (क) नियमित आम्दानी भएको वा भविष्यमा आम्दानी हुने निश्चितता भएको व्यक्तिले आफ्नो आम्दानीबाट निश्चित अवधिमा ऋण वा अन्य दायित्व भुक्तानी वा फछ्र्यौट गर्न सक्ने कुरा निजले प्रमाणित गरेमा वा त्यस्तो कुरामा साहु सन्तुष्ट भएमा, (ख) दामासाहीमा पर्न लागेको व्यक्तिले दामासाहीको कारबाही प्रारम्भ गर्नु पर्ने अवस्था सृजना भएको मितिबाट त्यस्तो कारबाही प्रारम्भ नगर्न वा नगराउनका लागि साहुको ऋण भुक्तानीको अवधि र त्यसको स्रोत खुलाई पाँच वर्षसम्मको समयावधि माग गरेमा, वा (ग) दामासाहीको कारबाही प्रारम्भ गर्न वा गराउन साहुले मञ्जुर नगरेमा ।
स्पष्टीकरण : (१) यस परिच्छेदको प्रयोजनको लागि “जायजेथा” भन्नाले सम्बन्धित व्यक्तिको तत्काल कायम रहेको वा यस परिच्छेद बमोजिम दामासाही सम्बन्धी कारबाही सम्पन्न हुनुभन्दा अगाडिसम्म आर्जन हुने वा हुन सक्ने सम्पत्ति सम्झनु पर्छ ।
(२) खण्ड (ग) को प्रयोजनको लागि "साहु" भन्नाले एकभन्दा बढी साहु भएको अवस्थामा दामासाहीमा पर्न लागेको व्यक्तिको कूल ऋणमध्ये पचास प्रतिशत वा सोभन्दा बढी ऋण लिनु पर्ने साहु वा साहुहरूको समूह सम्झनु पर्छ ।
(३) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाबाट साहुको ऋण वा दाबी फछ्र्यौट भएकोमा त्यस्तो व्यक्ति साहुको दामासाहीमा परेको मानिनेछ ।
(४) उपदफा (३) बमोजिम दामासाहीमा परेको व्यक्तिको लगत्त अदालतले त्यस्तो प्रयोजनका लागि खडा भएको दामासाही प्रशासन कार्यालयमा पठाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको लगत्त दामासाही प्रशासन कार्यालयले अभिलेख गरी राख्नु पर्नेछ ।
(६) उपदफा (३) बमोजिम कुनै व्यक्ति दामासाहीमा परेकोमा यस परिच्छेद बमोजिम फछ्र्यौट भएको निजले लिएको ऋण वा निजले पूरा गर्नु पर्ने दायित्व बाहेक अन्य ऋण वा दायित्व निजले भुक्तानी वा पूरा गर्नु पर्ने छैन ।
(७) उपदफा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति साहुको दामासाहीमा परेपछि निजले सुरु गर्ने व्यापार, व्यवसाय वा कारोबारबाट देहायको दायित्व पूरा गर्नु पर्नेछ :- (क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई बुझाउनु पर्ने कर, शुल्क वा दस्तुर, (ख) अदालतको आदेश बमोजिम बुझाउनु पर्ने दण्ड, जरिवाना वापतको रकम, (ग) आफ्नो संरक्षकता वा माथबरीमा रहेको व्यक्तिको सम्पत्ति हिनगमना गरे वापत बुझाउनु पर्ने रकम, (घ) चोरी गरेको सामानको बुझाउनु पर्ने रकम, (ङ) गुठीको सम्पत्ति हिनगमना गरे वापत बुझाउनु पर्ने रकम ।
(८) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा परेको व्यक्तिले त्यस्तो हैसियतमा कानून बमोजिम गर्न नहुने काम, कारबाही बाहेक अन्य जुनसुकै व्यापार, व्यवसाय वा कारोबार गर्न सक्नेछ ।
५५. दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्ने : (१) दामासाहीमा पर्न लागेको व्यक्ति आफैँले वा ऋण सार्वजनिक भएको भए कम्तीमा पच्चीस प्रतिशत वा सोभन्दा बढी ऋण दाबी भएको र ऋण सार्वजनिक नभएको भए पाँचलाख रुपैयाँभन्दा बढी ऋण दाबी भएका साहु वा साहुहरूको समूहले दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि अदालतमा निवेदन दिन सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम दामासाहीका लागि दामासाहीमा पर्न लागेको व्यक्तिले निवेदन दिँदा देहायको विवरण निवेदनमा खुलाउनु पर्नेछ :- (क) निजको कुल जायेमालको यथार्थ विवरण र त्यसको मूल्य, (ख) निजले लिएको कुल ऋण रकम, त्यसमा लागेको ब्याजको विवरण तथा त्यस्तो ऋण दिने साहु वा साहुहरूको ठेगाना सहितको विवरण, (ग) निजले चुक्ता गर्नु पर्ने अन्य दायित्व भए त्यसको विवरण, (घ) ऋण तथा अन्य दायित्व चुक्ता वा पूरा गर्न नसक्नुको कारण ।
(३) उपदफा (१) बमोजिम साहु वा साहुहरूको समूहले दामासाहीको लागि निवेदन दिँदा देहायको विवरण निवेदनमा खुलाउनु पर्नेछ :- (क) निजको ऋणि दामासाहीमा पर्न लागेको प्रमाण, (ख) आफूले थाहा पाएसम्मको निजको जायेमालको विवरण र त्यसको अनुमानित मूल्य, (ग) आफ्नो दाबी तथा अन्य साहुको ऋण वा दाबी थाहा पाएको भए त्यसको विवरण, (घ) साहुहरूको ठेगाना समेतको विवरण ।
(४) दामासाहीको कारबाही प्रारम्भ गर्न उपदफा (१) बमोजिम निवेदन दिनु अघि साहु वा साहुहरूको समूहले कम्तीमा तीन महिनाको म्याद दिई निजको ऋण वा अन्य दायित्व चुक्ता गर्न र त्यस्तो अवधिभित्र चुक्ता नगरेमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि अदालतमा निवेदन गर्ने कुराको सूचना ऋणिलाई दिएको हुनु पर्नेछ ।
५६. साहुलाई सूचना दिने : (१) दफा ५५ बमोजिम ऋणिले दामासाहीको कारबाही प्रारम्भ गर्न निवेदन गरेकोमा अदालतले ऋणिले ऋण तिर्नु पर्ने भनी उल्लेख गरेको साहु वा साहुहरूलाई पैँतीस दिनको म्याद सहितको सूचना दिई त्यस सम्बन्धी सूचना राष्ट्रियस्तरको कुनै दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सूचना प्रकाशन गर्दा जुन व्यक्तिको जायजेथा दामासाही गर्न खोजिएको हो त्यस्तो व्यक्तिको जायजेथा उपर अरु कसैको कुनै किसिमको दाबी भए सोही उपदफामा तोकिएको म्यादभित्र सबुत प्रमाण सहित दाबी पेश गर्न आउनु भन्नु भर्ने व्यहोरा समेत खुलाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको म्यादभित्र पर्न आएको साहु वा साहुहरु वा अन्य कसैको दाबीलाई त्यस्तो व्यक्तिको जायजेथा विरुद्ध पर्न आएको अन्तिम दाबी मानिनेछ र सोही आधारमा निजको जायजेथाको दामासाही सम्बन्धी कारबाही प्रारम्भ गरिनेछ ।
५७. ऋणीलाई सूचना दिनु पर्ने : (१) दफा ५५ बमोजिम साहु वा साहुहरुको समूहले ऋणीको जायजेथाको दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न निवेदन दिएकोमा अदालतले निजको जायजेथा उपर दामासाही सम्बन्धी कारबाही गर्नु पर्ने हो वा होइन र नगर्नु पर्ने कुनै कारण भए त्यसको प्रमाण सहित अदालतमा उपस्थित हुन पैँतीस दिनको म्याद सहितको सूचना ऋणीलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ऋणीलाई सूचना दिएकोमा अन्य साहु वा दाबीकर्तालाई त्यस सम्बन्धमा पैँतीस दिनभित्र दाबी पेश गर्न आउनु भनी सूचना दिई त्यस्तो सूचना राष्ट्रियस्तरको कुनै दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र दाबी पेश नगर्ने व्यक्तिको दाबी त्यस्तो अवधिपछि मान्य हुने छैन ।
(४) उपदफा (२) बमोजिम वा दफा ५६ को उपदफा (१) बमोजिम राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा सूचना प्रकाशन गर्दा लाग्ने दस्तुर सम्बन्धित निवेदकबाट असुल गरिनेछ ।
(५) उपदफा (४) बमोजिम असुल गरिएको दस्तुर दामासाहीको क्रममा ऋणीबाट भराई दिन सकिनेछ ।
५८. दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिने : (१) दफा ५५ बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतमा निवेदन परेमा सो सम्बन्धमा कारबाही प्रारम्भ गर्न उपयुक्त हुने वा नहुने सम्बन्धमा अदालतले आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न आदेश दिएकोमा अदालतले दामासाहीमा पर्न लागेको व्यक्ति स्वयं वा साहुको अनुरोधमा निजको परिवारको अन्य कुनै सदस्यलाई जुन व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी
कारबाही प्रारम्भ गर्ने हो त्यस्तो व्यक्तिको जायजेथा दामासाहीको प्रयोजनको लागि यथास्थितिमा राख्नको लागि आदेश दिनेछ ।
(३) दामासाहीमा पर्नु लागेको व्यक्तिको सम्पत्ति त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यबाट व्यवस्थापन गर्दा हिनमानना हुन सक्ने वा त्यसको समुचित व्यवस्थापन हुन सक्दैन भन्ने अदालतलाई लागेमा पक्षको निवेदनको आधारमा वा अदालतको आफ्नै तजबिजीबाट देहायको कुनै व्यक्तिलाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गर्न जिम्मेवारी दिन सक्नेछ :- (क) कानून बमोजिम दामासाही व्यवसायीको रुपमा इजाजत प्राप्त व्यक्ति, (ख) कानून बमोजिम नियुक्त दामासाही ट्रस्टी, (ग) स्थानीय तहको सम्बन्धित वडा समिति, (घ) अदालतले तोकेको अदालतको कुनै अधिकृत कर्मचारी वा कानून व्यवसायी ।
(४) उपदफा (३) बमोजिम तोकिएको स्थानीय तह, ट्रस्टी वा व्यक्तिले अदालतको आदेश बमोजिम दामासाहीमा पर्नु लागेको व्यक्तिको जायजेथाको व्यवस्थापन गर्नु पर्नेछ ।
५९. कारोवार स्वतः स्थगन वा बदर हुने :- (१) दफा ५८ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने अदालतले आदेश दिएकोमा त्यस्तो आदेश भएपछि देहायको कुनै कारबाही गर्न सकिने छैन र त्यस्तो कुनै कारबाही प्रारम्भ भइसकेको वा भइरहेको तर पूरा भइनसकेको भए त्यस्तो कारबाही स्वतः स्थगन हुनेछ :- (क) दामासाहीमा पर्नु लागेको व्यक्तिको कुनै पनि जायजेथा कसैलाई कुनै किसिमले हक हस्तान्तरण गरिदिन, नासो, धितो राख्न, धितो बन्धकको रुपमा राख्न वा एक वर्षभन्दा बढी अवधिको लागि कुनै किसिमले लिइ वा बहालमा दिन, (ख) अदालतको फैसला बमोजिम दामासाहीमा पर्नु लागेको व्यक्तिको जायजेथा जायजात् गर्न वा धितो बन्धक चलन चलाउन, (ग) दामासाहीमा पर्नु लागेको व्यक्तिको कुनै जायजेथाबाट कुनै साहुको ऋण तिर्न वा कसैको दायित्व पूरा गर्न ।
(२) उपदफा (१) मा लेखिएको व्यवस्थाको प्रतिकूल हुने गरी गरेको कुनै पनि लिखत, करार, व्यवहार, कारोबार वा बन्दोबस्त स्वतः बदर भएको मानिनेछ ।
६०. ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्ने : (१) दफा ५८ को उपदफा (१) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएकोमा ऋणीको जायजेथा, ऋण तथा अन्य दायित्व यकीन भएपछि सोही दफाको उपदफा (३) बमोजिम सम्पत्ति व्यवस्थापन गर्न जिम्मेवारी पाएको स्थानीय तह, ट्रस्टी वा व्यक्तिले ऋणी, साहु वा अन्य दाबीकर्ताहरूको बैठक बोलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बोलाइएको बैठकमा दामासाहीमा पर्न लागेको व्यक्तिको ऋण वा अन्य दायित्व त्यस्तो व्यक्ति र साहु वा दाबीकर्ता बीच आपसी सहमतिमा त्यस्तो व्यक्तिको सबै वा कुनै जायजेथाबाट आफ्नो दाबी पूरा वा आंशिक रूपमा प्राप्त गर्न वा आफ्नो दाबीभन्दा कम रकम लिई हिसाब मिलान गर्न मनासिब अवसर दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम हिसाब मिलान गर्दा कुनै साहुले केही वा अधिकांश साहुको ऋण वा दाबी चुक्ता गरी त्यस्तो व्यक्तिको विरुद्ध एकमुष्ट दाबी पेश गर्ने व्यवस्था गर्न सकिनेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम पक्षहरू बीच सहमति कायम भएमा वा पक्षहरूको सहमतिबाट अन्य कुनै कारणले तत्काल दामासाही सम्बन्धी कारबाही स्थगित गर्न सम्बन्धित पक्षहरू मञ्जुर भएमा सोही बमोजिम अदालतमा संयुक्त निवेदन दिन सकिनेछ ।
(५) उपदफा (४) बमोजिम दामासाही सम्बन्धी कारबाही स्थगित गर्न निवेदन परेमा अदालतले दफा ५५ को उपदफा (२) को खण्ड (ख) को अवधिमा नबढ्ने गरी माग भए बमोजिम दामासाही सम्बन्धी कारबाही स्थगित गर्न आदेश दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम आदेश भएकोमा त्यस्तो अवधि व्यतित नभई त्यस्तो व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी कारबाही गर्न सकिने छैन ।
६१. ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रममा : (१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाको दामासाही गर्दा वा गराउँदा त्यस्तो व्यक्तिको जायजेथाबाट देहायको प्राथमिकताक्रमको आधारमा त्यस्तो व्यक्तिले भुक्तान गर्नु पर्ने ऋण वा पूरा गर्नु पर्ने दायित्व फछ्र्यौट गर्नु पर्नेछ :-
(क) दामासाही सम्बन्धी कारबाही गर्दा लागेको खर्च,
(ख) धितो बन्धक लिई ऋण दिने सुरक्षित साहुको दायित्व त्यस्तो धितो बन्धकले राखेको हदसम्म, (ग) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई भुक्तानी गर्नु पर्ने कर, जरिवाना वा अन्य सरकारी दस्तुर र बाँकी रकम, (घ) खण्ड (ख) मा लेखिएबाहेकका अन्य साहुको ऋण, (ङ) खण्ड (ख), (ग) वा (घ) मा लेखिएबाहेकका अन्य दावीकर्ताको दाबी ।
(२) उपदफा (१) बमोजिम ऋण वा दायित्व भुक्तान वा फछ्र्यौट गर्दा एउटै प्राथमिकताक्रममा एकभन्दा बढी साहु वा दावीकर्ता भएकोमा प्रत्येक साहु वा दावीकर्ताको ऋण वा दाबी रकमको अनुपातमा दामासाही भएको जायजेथाबाट समानुपातिक दरमा ऋण वा दाबी फछ्र्यौट गर्नु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (ख) बमोजिम सुरक्षित साहुहरूको ऋण भुक्तानी गर्दा निजले धितो बन्धक लिएको जायजेथाबाट निजको ऋण असुल उपर भइसकेपछि त्यस्तो धितोको कुनै अंश वा रकम बाँकी रहेकोमा त्यस्तो अंश वा रकम उपर अन्य साहु वा दावीकर्ताले दाबी गर्न सक्नेछन् ।
तर त्यस्तो जायजेथाबाट सुरक्षित साहुको ऋण पूर्ण रूपमा असुल हुन नसकेमा निजले अन्य सम्पत्ति दाबी गर्न सक्ने छैन ।
६२. बढी ऋण देखाउने साहुको ऋणले प्राथमिकता नपाउने : दफा ६१ को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा पर्न लागेको व्यक्ति र कुनै साहुको मिलोमतोबाट अन्य साहु वा दावीकर्तालाई हानि, नोक्सानी पुऱ्याउने बदनियतले नभए वा नगरेको व्यवहारबाट बढी ऋण वा दाबी देखाएको ठहरीमा त्यस्तो साहुको ऋण अन्य साहु वा दावीकर्ताको ऋण वा दायित्व असुल उपर भएपछि मात्र भुक्तानी वा फछ्र्यौट गर्नु पर्नेछ ।
६३. सम्पत्ति छुट्याउनु पर्ने : (१) यस परिच्छेद बमोजिम कुनै व्यक्तिको जायजेथाको दामासाही गर्नु गराउनु अघि देहायको सम्पत्ति छुट्याई बाँकी रहेको जायजेथाबाट दामासाहीको कारबाही गर्नु गराउनु पर्नेछ :-
(क) दामासाहीमा पर्न लागेको व्यक्ति बाहेक अन्य व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको कुनै सम्पत्ति, (ख) दामासाहीमा पर्न लागेको व्यक्ति र निजको एकाघरका परिवारले लगाएको र लगाउने तीन जोरसम्मको कपडा तथा जुत्ता, (ग) दामासाहीमा पर्न लागेको व्यक्तिको एकाघरका परिवारलाई आवश्यक खाना पकाउने तथा खाने एकसोरो भाँडा, थाल कचौरा, एकसोरो ओढ्ने ओछ्याउने तथा मनासिब संख्याका फर्निचर, (घ) दामासाहीमा पर्न लागेको व्यक्ति र निजको एकाघरका परिवारको लागि दामासाहीको कारबाही प्रारम्भ हुनुभन्दा अगावै खरिद गरिसकेको औषधि तथा स्वास्थ्य सम्बन्धी उपकरण, (ङ) पढ्न पाठन गर्न आवश्यक पुस्तक, (च) खण्ड (ख) मा लेखिएका व्यक्तिलाई बढीमा तीन महिनासम्म जीवन निर्वाह गर्न आवश्यक खाद्यान्न, (छ) खण्ड (ख) मा लेखिएको व्यक्तिको पेशा वा रोजगारसँग सम्बन्धित एकसोरो हतियार वा औजार । (२) उपदफा (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि ती खण्डहरूमा उल्लिखित सम्पत्तिको कुल मूल्य एक लाख रुपैयाँभन्दा बढी हुन सक्ने छैन ।
६४. जायजेथा लुकाउन नहुने : (१) दफा ५५ बमोजिम आफ्नो जायजेथाको दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्नको लागि निवेदन दिने व्यक्तिले आफ्नो सम्पूर्ण जायजेथाको वास्तविक विवरण दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम विवरण दिँदा साहुलाई हानि, नोक्सानी पुऱ्याउने बदनियतले कुनै जायजेथा लुकाएमा वा छिपाएमा निज उपर तुरुन्तै नालिस लाग्न सक्छ । (३) उपदफा (२) बमोजिम जायजेथा लुकाएको वा छिपाएकोमा दामासाही सम्बन्धी कारबाही पूरा नहुँदै त्यस्तो जायजेथा पत्ता लगाउनुमा पत्ता लगाउने साहु तथा दाबीकर्ता र अन्य साहु तथा दाबीकर्ताका सम्बन्धमा दफा ६१ को उपदफा (२) बमोजिम गर्नु पर्नेछ । (४) दामासाहीको कारबाही पूरा भइसकेपछि कुनै साहु वा दाबीकर्ताले उपदफा (३) बमोजिम जायजेथा पत्ता लगाई ल्याउने साहु वा दाबीकर्तालाई दामासाहीको
कारबाही गर्दाको बखत निजको दाबी बमोजिमको रकम असुल उपर भइसकेको भए पत्ता लगाई ल्याएको सम्पत्तिको दश प्रतिशत र निजको दाबी बमोजिमको रकम असुल उपर हुन नसकेको भए निजको रकम असुल उपर गरी बाँकी रहेको जायजेथा अन्य साहु वा दाबीकर्तालाई सोही उपदफा बमोजिम वितरण गर्नु पर्नेछ । तर दामासाहीमा परेको व्यक्तिको हकदार, नातेदार साहु वा दाबीकर्ता भएकोमा निजले त्यस्तो सुविधा पाउने छैन । (५) उपदफा (२) बमोजिम लुकाए वा दापेको जायजेथा उपदफा (४) बमोजिम साहु वा दाबीकर्तालाई भुक्तानी गरी बाँकी रहेमा सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ । ६५. दामासाहीमा परेको हैसियत अन्तो हुने : (१) दामासाहीमा परेको व्यक्तिको त्यस्तो हैसियत दामासाहीमा परेको मितिबाट बाह्र वर्षसम्म कायम रहनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दामासाहीमा परेको व्यक्तिले दामासाहीमा पर्दाका बखत साहुलाई भुक्तान गर्नु पर्ने सम्पूर्ण दायित्व भुक्तान गरी त्यसको प्रमाण सहित साहुको दामासाहीमा परेको हैसियत अन्तो गरी पाउन अदालतमा निवेदन गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम परेको निवेदन उपर सुनुवाइ गराउन अदालतले त्यस्तो व्यक्ति दामासाहीमा पर्दाका बखत आंशिक रूपमा भुक्तानी पाएका वा भुक्तानी नपाएका सम्पूर्ण साहुहरूलाई बाटोको म्याद बाहेक पन्ध्र दिनको म्याद दिई फिकाउन आदेश दिनेछ । (४) उपदफा (२) बमोजिम परेको निवेदन उपर सुनुवाइ गर्दा दामासाहीमा परेको व्यक्तिले निज दामासाहीमा पर्दाका बखत भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण ऋण तथा दायित्व भुक्तानी गरेको देखिएमा अदालतले निज दामासाहीमा पर्दाका बखत गरेको आदेश खारेज गर्न सक्नेछ । (५) उपदफा (४) बमोजिम आदेश खारेज भएकोमा त्यस्तो आदेश खारेज भएको मितिले एक वर्षपछि निजको दामासाहीमा परेको हैसियत अन्तो भएको मानिनेछ । ६६. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मक्र पर्ने व्यक्तिले दामासाहीको प्रक्रिया प्रारम्भ गर्नु परेको कारण परेको मितिले देहाय बमोजिमको अवधिभित्र नालिस गर्न सक्नेछ :- (क) दफा ५४ अन्तर्गतको विषयमा नालिस गर्नु पर्ने कारण परेको मितिले तीन वर्षभित्र,
(ख) दफा ६२ र ६४ सम्बन्धी विषयमा थाहा पाएको मितिले दुई वर्षभित्र, (ग) खण्ड (क) र (ख) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा भए गरेको मितिले छ महिनाभित्र ।
भाग–३ पारिवारिक कानून परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्था
६७. विवाह भएको मानिने : कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
६८. विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने : (१) विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ । (२) उपदफा (१) बमोजिमको वैवाहिक बन्धन दफा ८२ बमोजिम अन्त नभएसम्म कायम रहनेछ ।
६९. विवाह गर्ने स्वतन्त्रता : (१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनोपभोग गर्ने स्वतन्त्रता हुनेछ । (२) विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ । (३) प्रत्येक व्यक्तिको पारिवारिक जीवन अनतिक्रम्य हुनेछ ।
७०. विवाह हुन सक्ने : (१) यस परिच्छेदको अधीनमा रही देहायका अवस्थामा पुरुष र महिला बीच विवाह हुन सक्नेछ :– (क) पुरुष र महिलाले एकअर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर गरेमा, (ख) कानून बमोजिम पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, (ग) पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा,
(घ) बीस वर्ष उमेर पूरा भएमा । (२) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो जातीय समुदाय वा कुलमा चली आएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विवाह गर्न वा गराउन कुनै बाधा पर्ने छैन ।
७१. विवाह गर्न, गराउन नहुने : (१) कसैले पनि दफा ७० बमोजिम विवाह हुन सक्ने अवस्था नभएको पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन । (२) कसैले पनि देहायका कुनै अवस्थाको पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन :– (क) शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको, (ख) यौनाङ्ग नभएको, नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको, (ग) पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिहीन वा कुष्ठ रोगी भएको, (घ) होस ठेगानमा नभएको, (ङ) विवाह भइसकेको, (च) गर्भवती भएको, (छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएको । (३) उपदफा (२) बमोजिम झुक्याई विवाह गरेको कारणबाट मकर पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
७२. विवाह बदर हुने : (१) देहायको अवस्थामा भएको विवाह स्वतः बदर हुनेछ :- (क) पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह, (ख) हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरू बीच भएको विवाह,
(ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) विपरीत भएको विवाह, (घ) कानून बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह । (२) उपदफा (१) बमोजिम भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ । (३) उपदफा (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७० को उपदफा (२) बमोजिम भएको विवाह बदर हुने छैन ।
७३. विवाह बदर गराउन सक्ने : (१) देहायका अवस्थामा भएको विवाह त्यस्तो विवाह गर्ने कुनै व्यक्तिले मञ्जुर नगरेमा बदर गराउन सक्नेछ :– (क) =========== (ख) दफा ७१ को उपदफा (२) बमोजिम हुलुङ्गो विवाह गरे वा गराएमा । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विवाहको परिणाम स्वरूप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मञ्जुरी भएमा मात्र विवाह बदर हुन सक्नेछ ।
७४. शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा विवाह भएको मानिने : (१) दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको भए पनि सोही कारणले पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने छैन :– (क) जबरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, (ख) दफा ७० को उपदफा (२) बमोजिम विवाह गर्न हुने नाता सम्बन्धमा बाहेक हाडनाता करणीमा सञ्जा हुने नाताका
पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, (ग) दफा ७० को उपदफा (१) को खण्ड (घ) बमोजिम विवाह गर्ने उमेर पूरा नभएमा, (घ) बहुविवाह कायम हुने अवस्था भएमा ।
७५. जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्ने : दफा ७२ बमोजिम विवाह बदर भएमा वा दफा ७३ बमोजिम विवाह बदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा कुनै असर पर्ने छैन ।
७६. विवाह दर्ता गर्नु पर्ने : (१) पति तथा पत्नीले कानून बमोजिम तोकिएको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्नेछ । तर दफा ७४ को उपदफा (१) को अवस्थामा पति र पत्नी दुवैले वा कुनै एक जनाले विवाह दर्ता गराउन निवेदन दिन सक्नेछ । (२) नेपाल बाहिर बसोबास गरेका पति तथा पत्नीले आफू रहे बसेको मुलुकमा रहेको नेपालको राजदूतावास वा महावाणिज्य दूतावासमा विवाह दर्ताको लागि निवेदन दिन सक्ने छन् । (३) उपदफा (१) वा (२) बमोजिम विवाह दर्ताको लागि निवेदन परु आएमा सम्बन्धित अधिकारीले निवेदन परेको पन्ध्र दिनभित्र आफ्नो कार्यालयमा रहेको विवाह सम्बन्धी अभिलेखमा विवाह दर्ता गरी प्रचलित कानून बमोजिमको ढाँचामा निवेदकलाई विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "सम्बन्धित अधिकारी" भन्नाले विवाह दर्ता गर्ने अधिकारी सम्झनु पर्छ । (४) उपदफा (१) वा (२) बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गर्न नहुने भएमा सम्बन्धित अधिकारीले त्यसको कारण खुलाई निवेदन परेको सात दिनभित्र निवेदकलाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (१) को प्रतिबन्धनात्मक वाक्यांश बमोजिम परेको निवेदन अनुसार विवाह दर्ता गराउने सम्बन्धमा कुनै एक पक्ष उपस्थित नभएकोमा सम्बन्धित अधिकारीले निजलाई बुझाई विवाह दर्ता गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम बुझाई अर्को पक्षले विवाह दर्ता गर्न असहमति जनाएमा सम्बन्धित अधिकारीले विवाह दर्ता नगरी अदालतबाट निर्णय भए बमोजिम हुने जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(७) यस दफा बमोजिमको विवाह दर्ता सम्बन्धी विवरणको अभिलेख सम्बन्धित अधिकारीले सुरक्षित राख्नु पर्नेछ ।
(८) यो संहिता प्रारम्भ हुनु अघि विवाह भइसकेका र विवाह दर्ता नगरेका दम्पत्तिले चाहेमा यस दफा बमोजिम विवाह दर्ता गराउन सक्नेछन् । तर त्यसरी विवाह दर्ता नगराएको कारणले मात्र त्यस्तो दम्पत्तिको विवाहले कानूनी मान्यता नपाएको मानिने छैन ।
७७. दर्ताद्वारा विवाह गर्न सक्ने : (१) दफा ६९ को उपदफा (२) र दफा ७४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुष र महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा आफ्नो नाम, थर, उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे, बज्यैको नाम, अघि विवाह भए वा नभएको र विवाह भएको भए वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा तथा कम्तीमा दुई जना साक्षीको नाम समेत खुलाई नेपालभित्र भए सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदुतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन दिनुको लागि पुरुष वा महिला वा दुवै निवेदन दिनु अघि जिल्ला अदालतमा निवेदन दिने भए सम्बन्धित जिल्लामा र राजदुतावास वा महावाणिज्य दूतावासमा निवेदन दिने भए राजदुतावास वा महावाणिज्य दूतावास रहेको सम्बन्धित देशमा कम्तीमा पन्ध्र दिनदेखि रहेर बसेको हुनु पर्नेछ ।
७८. विवाह हुने वा नहुने निर्णय गर्नु पर्ने : (१) दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन परेमा सम्बन्धित अधिकारीले त्यस सम्बन्धमा आवश्यक छानबिन गरी निवेदन परेको मितिले सात दिनभित्र विवाह हुने वा नहुने विषयमा निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित सम्बन्धित अधिकारीलाई प्रस्तावित विवाहको सम्बन्धमा कुनै शङ्का लागेमा नेपाल सरकार समक्ष पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ ।
७९. सहमतिपत्र तयार गर्नु पर्ने : दफा ७८ बमोजिम निवेदक बीच विवाह हुने निर्णय भएमा सम्बन्धित अधिकारीले निवेदनमा उल्लिखित कुरा र विवाह गर्ने पक्षहरू कानून बमोजिम एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र तयार गरी आफ्नो रोहबरमा निहरू तथा उपस्थित साक्षीहरूको सहिछाप गराई त्यस्तो सहमतिपत्रमा आफुले समेत सहिछाप गर्नु पर्नेछ ।
८०. विवाह दर्ता सम्बन्धी व्यवस्था : (१) दफा ७९ बमोजिम सहमतिपत्रमा सहिछाप गराई सकेपछि सम्बन्धित अधिकारीले त्यस्तो विवाह दर्ता किताबमा दर्ता गरी आफ्नो र विवाह गर्ने पक्ष तथा उपस्थित साक्षी समेतको सहिछाप गर्न वा गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम विवाह दर्ता गरिसकेपछि सम्बन्धित अधिकारीले विवाह दर्ताका पक्षहरूलाई प्रचलित कानून बमोजिम तोकिएको ढाँचामा विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम विवाह दर्ताको प्रमाणपत्र पाएको दिनदेखि निवेदकहरू बीच विवाह भएको मानिनेछ ।
८१. विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था : (१) विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन् । (२) विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ । (३) पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् ।
८२. वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने : देहायका कुनै अवस्थामा पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ :- (क) दफा ७२ वा ७३ बमोजिम विवाह बदर भएमा, (ख) कानून बमोजिम पति पत्नीको सम्बन्ध विच्छेद भएमा, (ग) पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा ।
८३. पुन: विवाह गर्न सक्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुरुष वा महिलाले पुन: विवाह गर्न सक्नेछ :- (क) दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा,
(ख) पति वा पत्नीको मृत्यु भएमा, (ग) पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा ।
८४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–२ विवाहको परिणाम सम्बन्धी व्यवस्था
८५. पति र पत्नी मानिने : कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिनेछ ।
८६. पति र पत्नीको सम्बन्ध र दायित्व : (१) पति र पत्नी बीच आपसी प्रेम र सद्भाव हुनु पर्नेछ । (२) आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पर्नेछ । (३) पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्नेछ ।
८७. पतिको घर बासस्थान मानिने : पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको बासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।
८८. एक अर्कोको प्रतिनिधि मानिने : कानूनमा अन्यथा व्यवस्था भएकोमा वा पति र पत्नी बीच कानूनी विवाद भएकोमा बाहेक सामान्य घर व्यवहारको काममा पति वा पत्नी एक अर्कोको प्रतिनिधि रहेको मानिनेछ ।
८९. इज्जत अनुसार व्यवहार गर्नु, गराउनु पर्ने : पति वा पत्नीले एक अर्कोलाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ ।
९०. सहमतिमा घर व्यवहार चलाउनु पर्ने : (१) एकसगोल्का पति र पत्नीले आफ्नो सम्पत्ति, आम्दानी तथा हैसियत अनुरूप आपसी सहमतिको आधारमा घर व्यवहार चलाउनु पर्नेछ । (२) पति वा पत्नीले आफ्नो नाममा रहेको सम्पत्ति बिक्री वा अन्य तवरले हस्तान्तरण गर्दा कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक अर्कोको मञ्जुरी लिनु पर्नेछ ।
११. पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने : पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न हुँदैन ।
१२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–३ सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था
१३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्ने : पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्छन् ।
१४. पतिले सम्बन्ध विच्छेद गर्न सक्ने : पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ :- (क) कानून बमोजिम अंश लिई वा मानो छुट्टी पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
१५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने : पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछन् :- (क) कानून बमोजिम अंश लिई वा मानो छुट्टी पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पतिले अर्को विवाह गरेमा,
(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, (च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा ।
९६. सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्ने : सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
९७. पति पत्नीको मेलमिलाप गराउनु पर्ने : दफा ९६ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भर्सक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्नेछ ।
९८. सम्बन्ध विच्छेद गरिदिनु पर्ने : दफा ९७ बमोजिम सम्झाई बुझाई गर्दा पनि पति पत्नी बीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुनु उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध विच्छेद गरिदिनु पर्नेछ । तर दफा ९७ बमोजिम पति र पत्नी बीच मेलमिलाप गराउन अदालतले सम्झाई बुझाई गर्दा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्नेछ ।
९९. सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्ने : (१) पतिको कारणबाट पति पत्नी बीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ । (२) दफा ९५ को खण्ड (ख), (ग), (घ), (ङ) वा (च) बमोजिमको आधारमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा उपदफा (१) को प्रयोजनको लागि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने छ । (३) सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरू बीच कानून बमोजिम त्यस्तो सम्पत्तिको अंशबण्डा गर्नु पर्नेछ । (४) सम्बन्ध विच्छेद हुने पतिले नै बाबु वा अन्य अंशियारबाट अंश लिई नसकेको भए अदालतले दुवै पक्षबाट अंशियार खुलाउन लगाई र अंशबण्डा गर्ने अन्य अंशियार भएमा त्यस्ता अंशियारलाई समेत बुझ्नु पर्ने भए बुझी निजहरूबाट अंशको फँटवारी माग गरी पति पत्नीको अंश छुट्याई अंशबण्डा गराई दिनु पर्नेछ ।
(५) उपदफा (१), (३) वा (४) बमोजिम अंशबण्डा गर्दा लामो समय लाग्ने देखिएमा अदालतले पति पत्नी बीच सम्बन्ध विच्छेद गरी अंशबण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्थाको आधारमा पतिबाट पत्नीलाई मासिक खर्च भराई दिन सक्नेछ । तइर त्यसरी अंशबण्डा नहुँदै त्यस्तै महिलाले अर्को विवाह गरेमा अंश पाउने छैन । (६) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९४ को खण्ड (ख), (ग) वा (घ) बमोजिमको आधारमा सम्बन्ध विच्छेदको लागि निवेदन गरेकोमा पत्नीलाई यस परिच्छेद बमोजिम अंश दिन वा खर्च भराउन पति बाध्य हुने छैन ।
१००. एकमुष्ठ रकम वा खर्च भराई दिन सक्ने : दफा ९९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्ध विच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा त्यस्तै पत्नीलाई एकमुष्ठ रकम दिलाई दिन वा वार्षिक वा मासिक रूपमा रकम वा खर्च भराई दिन सक्नेछ । तर त्यस्तै पत्नीले अर्को विवाह गरेमा त्यस्तो रकम वा खर्च दिनु पर्ने छैन ।
१०१. खान लगाउने खर्च भराई दिन सक्ने : दफा ९९ बमोजिम अंशबण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लगाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्तै पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिको आम्दानीको आधारमा खान लगाउने खर्च भराई दिन सक्नेछ । तर, (१) त्यस्तै पत्नीले अर्को विवाह गरेमा त्यस्तो खर्च दिनु पर्ने छैन । (२) पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा त्यस्तो खर्च दिनु पर्ने छैन ।
१०२. सहमति बमोजिम हुने : यस परिच्छेदमा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ । तर नाबालकको हित विपरीत हुने गरी कुनै सहमति गर्न सकिने छैन ।
१०३. अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने : सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपिकका हकवालाले पाउनेछ ।
१०४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–४ आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्था
१०५. आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुने : (१) कुनै व्यक्तिको मातृत्व वा पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ । (२) उपदफा (१) बमोजिम पितृत्व निर्धारण गर्दा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजको आमाको पल्लो रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।
१०६. विवाहित पतिताबाट शिशु जन्मेको अनुमान गरिने : अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मेको शिशु विवाहित पतिताबाट जन्मेको अनुमान गरिनेछ :– (क) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मेको, (ख) पतिताको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मेको ।
१०७. पितृत्व इन्कार गर्न सक्ने : (१) पति पत्नी बीच अन्यथा सहमति भएकोमा बाहेक विवाह भएको एक सय असी दिन अगाडि नै पत्नीबाट जन्मेको शिशुको पितृत्वलाई पत्नी र त्यस्तो शिशुको जन्म हुनु अगाडि नै पतिको मृत्यु भइसकेको रहेछ भने निजको हकवालाले इन्कार गर्न सक्नेछ । (२) उपदफा (१) मा जनुसुकै कुरा लेखिएको भए तापनि विवाह गर्नु अगाडि कुनै महिला गर्भवती भएको थाहा पाएर वा थाहा पाउनु पर्ने मनासिब कारण भई कुनै पुरुषले त्यस्तो महिलासँग विवाह गरेको रहेछ भने त्यस्तो अवधि अगाडि जन्मेको कारणले मात्र शिशुको पितृत्व इन्कार गर्न सकिने छैन ।
१०८. छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्ने : (१) पितृत्व वा मातृत्वको ठेगाना नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मेको वा पहिचान भएको मितिले दुई वर्षभित्र गरि सक्नु पर्नेछ ।
(२) पितृत्वको ठेगाना नभई जन्मेको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मेको मितिले दुई वर्षभित्र गरिसाक्नु पर्छ । तर त्यस्तो शिशुको मृत्यु भएपछि दाबी गर्न सकिने छैन ।
१०९. कृत्रिम गर्भाधानबाट जन्मेको शिशुको पितृत्व बाबुको हुने : पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको वीर्यबाट कृत्रिम गर्भाधान प्रणालिद्वारा जन्मेको शिशु विवाहित पतिबाट नै जन्मेको मानिनेछ र सोही बमोजिम निजको पितृत्व निर्धारण हुनेछ ।
११०. अदालतबाट ठहरे बमोजिम हुने : कुनै व्यक्तिको मातृत्व वा पितृत्वका सम्बन्धमा विवाद उत्पन्न भएमा त्यसको निर्णय अदालतबाट निर्णय भए बमोजिम हुनेछ ।
१११. नाम र थर पाउने : (१) प्रत्येक व्यक्तिले जन्मेपछि आ–आफ्नो धर्म, संस्कृति, चलन र परम्परा अनुसार निजको आमा वा बाबुले राखेको नाम पाउनेछ । (२) कसैको आमा वा बाबु तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नभएमा निजले आफूलाई हेरचाह गर्ने संरक्षक वा मान्यवरले राखे बमोजिमको नाम पाउनेछ । (३) प्रत्येक व्यक्तिले जन्मेपछि निजको आमा बाबुको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसकेमा निजको बाबुको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ । तर पितृत्वको ठेगाना नलाएको व्यक्तिले आफ्नो नाम पछाडि आमाको थर प्रयोग गर्न पाउनेछ । (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । (५) कुनै व्यक्तिको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो बाबुको थर प्रयोग गरेको मानिनेछ । (६) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमा दुवैको ठेगाना नलाएको व्यक्तिले निजलाई हेरचाह गर्ने संरक्षकाद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।
११२. आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउने : (१) कुनै औपचारिक कार्य, कानूनी काम कारबाही वा लिखतमा कानून बमोजिम आमा, बाबु तथा बाजे, बजैको नाम खुलाउनु
पर्ने रहेछ भने त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले आफ्नो आमा, बाबु तथा बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आमा, बाबु तथा बाजे, बजैको नाम उल्लेख गर्नु पर्ने कुनै व्यक्तिको बाबु पत्ता नलागेको अवस्थामा निजले आमा र आमा तर्फको बाजे, बजैको नाम उल्लेख गर्न सक्नेछ र आमाको पनि नाम पत्ता नलागेको भए सोही व्यहोरा उल्लेख गरी निज नाबालक भए संरक्षक वा माववरको र बालिग भए आफ्नो नाम मात्र उल्लेख गर्नु पर्याप्त हुनेछ ।
११३. छोरा, छोरीको जन्म दर्ता गर्नु पर्ने : (१) कुनै दम्पतिको कुनै छोरा, छोरी जन्मिएमा कानून बमोजिम तोकिएको अधिकारी सम्म त्यस्तो छोरा, छोरी जन्मिएको तीन महिनाभित्र जन्म दर्ताको लागि आमा वा बाबुले निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कसैले छोरा वा छोरीको जन्म दर्ताको लागि निवेदन दिन चाहेमा प्रचलित कानूनमा तोकिदिए बमोजिमको रकम जरिवाना वापत तिर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन परे अर्ना सम्बन्धित अधिकारीले आफ्नो कार्यालयमा खडा गरिएको जन्म दर्ता किताबमा त्यसको विवरण उल्लेख गरी निवेदकलाई कानून बमोजिम तोकिएको ढाँचामा जन्म दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको दर्ता किताबमा विवरण उल्लेख गर्दा सम्बन्धित व्यक्तिको नाम, थर, जन्मिएको मिति (साल, महिना, गते र बार समेत) र ठाउँ, निजको आमा, बाबु तथा बाजे बजैको नाम, थर, ठेगाना समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम सम्बन्धित अधिकारीले प्रत्येक महिनाको मसान्तसम्म आफ्नो कार्यालयमा खडा गरेको दर्ता किताबमा उल्लेख भएको विवरण त्यसपछिको पहिलो महिनाको गन्तेभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ र त्यस्तो कार्यालयले पनि प्रत्येक महिनाको अन्त्यसम्म त्यस्तो विवरण सो प्रयोजनको लागि आफ्नो कार्यालयमा खडा गरेको जन्म दर्ता किताबमा उल्लेख गरी प्रत्येक तीन महिनामा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मन्त्रालयमा पठाउनु पर्नेछ ।
◆ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(६) उपदफा (५) बमोजिम प्राप्त भएको विवरणलाई सम्बन्धित मन्त्रालयले त्यस्तो प्रयोजनको लागि खडा गरेको जन्मदर्ता किताबमा उल्लेख गरी प्रत्येक वर्ष अद्यावधिक विवरण कायम गर्नु पर्नेछ ।
११४. हेरचाह र स्याहार सम्भार गर्नु पर्ने : (१) प्रत्येक नाबालकलाई आमा बाबुले संयुक्त रूपमा हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम हेरचाह र स्याहार सम्भार गर्दा आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्योपचार, शिक्षा, দীक्षा, खेलकुद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
११५. आमा वा बाबुको जिम्मामा रहने : (१) दफा ११४ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नीको वैवाहिक सम्बन्ध अन्त भएकोमा निजहरूबाट जन्मेको नाबालक देहाय बमोजिम आमा वा बाबुको जिम्मामा रहनेछ :– (क) पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा, (ख) पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजको जिम्मा, (ग) खण्ड (क) वा (ख) बाहेकको अन्य अवस्थामा बाबुको जिम्मा । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा वा भिन्न हुँदाका बखत नाबालक जिम्मा लिने सम्बन्धमा छुट्टै सहमति भएकोमा सोही बमोजिम हुनेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्ष उमेर पूरा गरिसकेको नाबालक बाबु वा आमा कसको जिम्मा रहने हो त्यस सम्बन्धमा निर्णय गर्नु पर्दा सम्बन्धित नाबालकको राय लिन सकिनेछ । (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक यस दफा अन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मामा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनु पर्नेछ । तर आमाले अर्को विवाह गरिसकेकोमा पाँच वर्ष पूरा भएको नाबालक जिम्मा लिन निजलाई कर लाग्ने छैन ।
(५) यस दफामा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम पति पत्नी भिन्न भिन्न भएमा निजहरूको कुनै नाबालक भए त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारको व्यवस्थाको सम्बन्धमा पति पत्नी बीच कुनै सहमति भएकोमा सोही बमोजिम र त्यस्तो सहमति नभएकोमा देहाय बमोजिम हुनेछ :- (क) पाँच वर्ष पूरा नगरेको नाबालक भए आमाको जिम्मा, (ख) पाँच वर्ष वा सोभन्दा माथि दश वर्ष पूरा नभएको नाबालक भए बाबुको जिम्मा, (ग) दश वर्ष पूरा गरेको नाबालक भए निजले आमा, बाबुमध्ये जोसँग बस्न मञ्जुर गरेकोछ निजको जिम्मा ।
११६। आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्ने :- (१) दफा ११५ बमोजिम नाबालक जिम्मा लिएको आमा वा बाबुले आफूले जिम्मा लिएको नाबालकको हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ र त्यसरी हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक जिम्मा लिने आमा वा बाबुभन्दा जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने त्यस्तो आमा वा बाबुले त्यस्तो नाबालकको पालनपोषण, शिक्षा र उपचारका लागि त्यस्तो आमा बाबुको सहमति बमोजिमको र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको खर्च त्यस्तो नाबालकलाई उपलब्ध गराउनु पर्नेछ ।
११७। भेटघाटको सुविधा पाउने :- (१) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त भएको वा आमा र बाबु भिन्न बसेको अवस्थामा आमाको जिम्मा रहेको नाबालकलाई बाबुसँग र बाबुको जिम्मा रहेको नाबालकलाई आमासँग समय समयमा भेट गर्न वा आमा बाबुको सहमतिमा केही अवधिको लागि साथमा रहन दिनु पर्नेछ । तर त्यसरी भेट गर्न वा साथमा रहन दिँदा नाबालकको हित प्रतिकूल हुने कुनै सम्भावना देखिएमा त्यसरी भेट गर्न वा साथमा रहन दिन रोक लगाउने गरी सम्बन्धित जिल्ला अदालतले आदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बाबु वा आमासँग भेट गर्ने पटक वा साथमा रहने अवधि सम्बन्धित आमा बाबुबाट निर्धारण भए बमोजिम हुनेछ र त्यसरी निर्धारण हुन नसकेमा सम्बन्धित जिल्ला अदालतको आदेश बमोजिम हुनेछ ।
(३) यस दफा बमोजिम कुनै नाबालक बाबु वा आमाको साथमा रहेकोमा नाबालक राख्ने बाबु वा आमाले त्यस्तो नाबालकको हेरचाह र स्याहार सम्भार गर्दा दफा ११४ को उपदफा (२) मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ ।
११८. छोरा छोरीको अधिकार कायम रहने : (१) यस संहिता बमोजिम पति पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त भए तापनि निहरूबाट जन्मेका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायम रहनेछ । (२) कुनै व्यक्तिको बाबु आमा यस संहिता बमोजिम पति पत्नी हुन नसक्ने भएपनि निहरूबाट जन्मेका छोरा, छोरीको बाबु, आमा माथिको कानूनी अधिकार र निज प्रतिको बाबु, आमाको दायित्व कायम रहनेछ ।
११९. सहमति बिना भिन्न बस्न नहुने : (१) आमा वा बाबुको सहमति बिना छोरा छोरीले आमा बाबुबाट भिन्न बस्न पाउने छैनन् । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा छोरा छोरी आमा बाबुबाट भिन्न बस्न सक्ने छन् :– (क) आमा बाबुबाट कानून बमोजिम अंश लिई वा नलिई छुट्टिएकोमा, (ख) निजले विवाह गरेकोमा, (ग) निजको उमेर कम्तीमा एक्काइस वर्ष पूरा भएकोमा, वा (घ) निजले रोजगारी प्राप्त गरिसकेकोमा ।
१२०. नाबालकले श्रमिकको रूपमा काम गर्न नहुने : कानून बमोजिम श्रमिकको रूपमा काम गर्न पाउने नाबालकले आमा, बाबु, अन्य संरक्षक वा माहेरको सहमति बिना श्रमिकको रूपमा काम गर्न सक्ने छैन ।
१२१. नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुने : यस संहिता बमोजिम वैवाहिक सम्बन्ध कायम हुन नसक्ने वा वैवाहिक सम्बन्ध अन्यो भए बाबु आमाबाट जन्मेका नाबालकको हकिगतको सम्बन्धमा कुनै निर्णय गर्नु पर्ने विषयमा बाबु, आमा बीच विवाद
उत्पन्न भएमा त्यस्तो नाबालक बाबु, आमामध्ये जोसँग बसेको छ निजले निर्णय गरे बमोजिम हुनेछ ।
१२२. आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्ने : (१) प्रत्येक छोरा छोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नु पर्नेछ । (२) प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकसाथमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नु पर्नेछ ।
१२३. हदमादन : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदमादन लेखिएकोमा सोही बमोजिम र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–५ मातृत्व तथा पैतृक अख्तियारी सम्बन्धी व्यवस्था
१२४. आमा बाबुको सुपरिवेक्षण र नियन्त्रण रहने : (१) नाबालक छोरा, छोरी आमा, बाबुको सुपरिवेक्षण, निगरानी, नियन्त्रण, संरक्षण वा अख्तियारी अन्तर्गत रहनेछन् । (२) उपदफा (१) अन्तर्गत रहेको नाबालकले आमा बाबुले कानून सम्मत दिएको आज्ञा, आदेश वा निर्देशनको पालना गर्नु पर्नेछ ।
१२५. मातृत्व तथा पैतृक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्ने : (१) यस परिच्छेद अन्तर्गत आमा बाबुले आफ्ना छोरा छोरी उपर प्रयोग गर्न सक्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य निजहरू दुवैको सहमतिले संयुक्त रूपमा गर्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सो उपदफा बमोजिम प्रयोग गर्ने अख्तियारी, पूरा गर्नु पर्ने जिम्मेवारी तथा पालना गर्नु पर्ने कर्तव्य देहायका आमा वा बाबुले गर्ने :- (क) आमा वा बाबुमध्ये कसैको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले, (ख) आमा वा बाबुमध्ये कुनै एकको होस् ठेगानमा नरहेको अवस्थामा त्यस्तो अवस्था कायम रहेको अवधिभर होस् ठेगानमा रहेको आमा वा बाबुले,
(ग) आमा बाबुको वैवाहिक सम्बन्ध अन्त्य भएको वा कानून बमोजिम भिन्न बसेकोमा नाबालक जिम्मा लिने आमा वा बाबुले, (घ) बाबुको ठेगाना नलागेको नाबालक भए आमाले ।
१२६. मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्य : यस परिच्छेद बमोजिम मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्न पाउने आमा वा बाबुको अधिकार, निजले पूरा गर्नुपर्ने जिम्मेवारी र पालना गर्नुपर्ने कर्तव्य देहाय बमोजिम हुनेछ :- (क) नाबालकलाई आफूसँग राख्ने, सामीप्यता दिने तथा निजको काम, कारबाही तथा आचरणलाई निगरानी राख्ने, (ख) खान, लगाउन दिने तथा खान, लगाउन र परिश्रम गर्न सिकाउने, (ग) स्नेह, अनुराग तथा माया दिने, (घ) सामाजिक मर्यादा, शिष्टाचार, सदाचार, नैतिकता, संस्कार, संस्कृति र सहन सहनु सिकाउने, बुझाउने र सो अनुसार आचरण गर्न सिकाउने, (ङ) इमानदारी, आत्मविश्वास, स्वावलम्बन, सच्चरित्रता, परिश्रम, अनुशासन जस्ता सामाजिक मूल्यमा आधारित नैतिक शिक्षा दिने, (च) शारीरिक तथा मानसिक स्वास्थ्यप्रति निगरानी राख्ने, स्वास्थ्योपचार गर्ने वा गराउने, (छ) आवश्यकता अनुसार खेल्ने र मनोरञ्जन गर्ने अवसर दिने, (ज) पठनीय तथा सन्देशमूलक शैक्षिक सामग्री उपलब्ध गराउने, (झ) परिवार, समाज, समुदाय, राष्ट्र तथा मुलुकप्रति निष्ठावान रहन मार्गदर्शन दिने, (ञ) कुलत, खराब संगत तथा अश्लील विषयबाट अलग राख्ने, (ट) आज्ञापालन, आदर तथा सम्मान गर्न सिकाउने, (ठ) शारीरिक, मानसिक तथा बौद्धिक व्यक्तित्व विकासका लागि आवश्यक पर्ने अन्य जुनसुकै काम गर्ने वा गराउने ।
१२७. भेदभाव गर्न नहुने : आमा बाबुले आफ्नो छोरा, छोरीको पालनपोषण, शिक्षा तथा दीक्षा, खेलकुद, स्वास्थ्योपचार, मनोरञ्जन, सुविधा वा घरेलू कामकाजमा छोरा वा छोरीको आधारमा वा छोरा छोरा वा छोरी छोरी बीच कुनै किसिमले भेदभाव गर्न हुँदैन ।
१२८. विशेष हेरचाह गर्नु पर्ने : (१) कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त वा अपाङ्ग भएमा वा निजलाई मानव रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने (एच.आई.भी.) वा हेपाटाइटिस बी जस्ता प्राणघातक रोग लागेमा आमा बाबुले त्यस्तो छोरा छोरी उपर विशेष निगरानी राखी निजलाई विशेष सहायता र संरक्षण प्रदान गर्नु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "शारीरिक वा मानसिक रूपले अशक्त" भन्नाले शारीरिक वा मानसिक रूपले आफूले दिनचर्या गर्न असमर्थ वा असक्षम रहेको व्यक्ति सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको छोरा छोरीलाई विशेष प्रकारले स्वास्थ्योपचार गराई भविष्यमा आर्थिक रूपमा स्वावलम्बी बनाउन आमा बाबुले आफ्नो आर्थिक हैसियत र क्षमता अनुसार विशेष प्रकारको शिक्षा वा तालिमको व्यवस्था गर्नु पर्नेछ ।
१२९. आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्ने : यस परिच्छेद बमोजिम आफ्नो सुपरिवेक्षण, निगरानी, नियन्त्रण वा अख्तियारी अन्तर्गत रहेको नाबालकको आचरण, बानी व्यवहार तथा चरित्रमा सुधार गर्न आवश्यक ठान्दा बाबु आमाले त्यस्ता नाबालकलाई उपयुक्त सम्झे बमोजिमको कुनै कार्य गरी नाबालकको आचार वा बानी व्यवहारमा सुधार गर्न लगाउन सक्नेछन् ।
तर निजलाई शारीरिक वा मानसिक कष्ट हुने कुनै व्यवहार गर्न सकिने छैन ।
१३०. अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिने : आमा बाबुले आफ्नो छोरा छोरीको शिक्षा दीक्षाको लागि कुनै शिक्षक नियुक्त गरेमा वा छोरा छोरीलाई कुनै किसिमको शिक्षा प्राप्तिका लागि कुनै शिक्षण संस्थामा भर्ना गरेमा त्यसरी नियुक्त भएको शिक्षक वा त्यस्ता शिक्षण संस्थाको प्रधानाध्यापक वा शिक्षकलाई शिक्षा दीक्षाका सम्बन्धमा दफा १२९ बमोजिमको अधिकार प्रयोग गर्ने अख्तियारी दिएको मानिनेछ ।
१३१. संरक्षक वा मावरेले पनि मातृक तथा पैतृक अख्तियारी प्रयोग गर्न सक्ने : कुनै नाबालकको आमा बाबु दुवैको मृत्यु वा बेपत्ता भएको, बाबुको मृत्यु भई आमाले अर्को विवाह गरिसकेको वा निजका बाबु, आमा दुवैको होस ठेगानामा नभएको कारणले निज
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
संरक्षक वा मायवरसँग बसेको रहेछ भने निजको संरक्षक वा मायवरले यस परिच्छेद अन्तर्गत आमा बाबुले प्रयोग गर्न पाउने मातुक तथा पैतृक अख्तियारी, पूरा गर्नुपर्ने जिम्मेवारी वा पालना गर्नुपर्ने कर्तव्य प्रयोग गर्न, पूरा गर्न वा पालना गर्न सक्नेछ ।
१३२। मातुक तथा पैतृक अख्तियारीमा रोक लगाउन सक्ने : (१) यस परिच्छेद बमोजिम मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्न पाउने व्यक्तिले नाबालकका विरुद्ध देहायको कुनै काम गरेको कुरा कुनै व्यक्ति वा कानून बमोजिम संस्थापना भएको कुनै बाल कल्याण सम्बन्धी संस्थाको उजुरी परी छानबिन गर्दा प्रमाणित भएमा अदालतले त्यस्तो व्यक्तिलाई त्यस्तो अख्तियारी प्रयोग गर्नबाट रोक लगाउन सक्नेछ :- (क) क्रूर, अमानवीय वा यातनापूर्ण सजाय दिएको वा व्यवहार गरेको, (ख) पटक–पटक उपेक्षा वा हेला गरेको वा दुरुपयोग गरेको, (ग) अनैतिक वा यौनजन्य पेशामा लगाएको, (घ) जीउ, ज्यान वा स्वास्थ्यमा खतरा हुन सक्ने काममा लगाएको, (ङ) निजको हित विपरीत निजको सम्पत्ति खर्च गरी हानि, नोक्सानी गरेको वा पछि आफूले लिने मनसायले अरू कसैलाई बिक्री गरेको, (च) सन्यासी, फकिर, भिक्षु, पाचर, नन बनाई वा यस्तै प्रकारले गृहस्थ जीवन त्याग्न बाध्य गरिएको, (छ) धार्मिक वा सांस्कृतिक रीतिस्थितिको पालना गर्दाको अवस्थामा बाहेक निजलाई शिक्षामा लगाउने काममा लगाएको, (ज) कानून बमोजिम कसूर हुने अन्य कुनै काम गर्न लगाएको । (२) उपदफा (१) बमोजिम रोक लगाएकोमा अदालतले त्यस्तो नाबालकका सम्बन्धमा मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्न पाउने गरी कानून बमोजिम संरक्षक नियुक्त गर्नुपर्नेछ । (३) उपदफा (२) बमोजिम मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्न संरक्षक नियुक्ति भएकोमा त्यस्तो संरक्षकले नाबालकको हित अनुरूप यस परिच्छेद बमोजिमको मातुक तथा पैतृक अख्तियारीको प्रयोग गर्न सक्नेछ । (४) उपदफा (१) बमोजिम मातुक तथा पैतृक अख्तियारी प्रयोग गर्नबाट वञ्चित भएको व्यक्तिले सो उपदफा बमोजिमको काम नदोहोर्याउने कबुल गरी अदालतमा निवेदन
गरेमा अदालतले निजलाई लगाएको रोक फुक्वा करि उपदफा (२) बमोजिमको नियुक्ति बदर गर्न सक्नेछ ।
१३३. मातृक तथा पैतृक अख्तियारी अन्त हुने : देहायका अवस्थामा छोरा छोरी उपर यस परिच्छेद बमोजिम आमा बाबुले प्रयोग गर्न पाउने मातृक तथा पैतृक अख्तियारी अन्त भएको मानिनेछ :- (क) निजको उमेर अठार वर्ष पूरा भएमा, (ख) निजले रोजगारी प्राप्त गरी भिन्न बसेमा । तर कुनै छोरा छोरी शारीरिक वा मानसिक रूपले अशक्त भएकोमा निजले विवाह गरी भिन्न बसेको अवस्था बाहेक निज उपरको मातृक तथा पैतृक अख्तियारी अन्त हुने छैन ।
१३४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–६ संरक्षकता सम्बन्धी व्यवस्था
१३५. संरक्षक मानिने : असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षण, निजको हक वा हितको संरक्षण गर्न यस परिच्छेद बमोजिम नियुक्त वा दायित्व भएको व्यक्ति संरक्षक मानिनेछ ।
१३६. संरक्षकको प्राथमिकताक्रम : (१) यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहायका प्राथमिकताक्रमको व्यक्ति असक्षम वा अर्धसक्षम व्यक्तिको स्वतः संरक्षक हुनेछ :- (क) एकासगोल्का पति वा पत्नी, (ख) बाबु वा आमा, (ग) एकासगोल्का छोरा, छोरी वा विधवा बुहारी, (घ) भिन्न भएका पति वा पत्नी, (ङ) भिन्न भएको छोरा, छोरी वा विधवा बुहारी, (च) बाजे वा बजै, (छ) नाति वा नातिनी, (ज) दाजु, भाइ वा दिदी, बहिनी
(फ) मावलीपिटिका बाजे, बजै, मामा, माइजू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा देहायको व्यक्ति संरक्षक हुनेछ :- (क) एउटै क्रमका एकभन्दा बढी व्यक्ति संरक्षक हुने भए निजहरूले आपसी सहमति गरे बमोजिमको व्यक्ति र त्यसरी सहमति हुन नसकेमा अदालतले तोके बमोजिमको व्यक्ति, (ख) मानसिक रुपमा स्वस्थ भएको र दस वर्ष उमेर पूरा गरेको व्यक्तिको हकमा निजले रोजेको व्यक्ति, तर त्यसरी संरक्षक रोज्दा सोको लिखित गरी अदालतबाट प्रमाणित गर्नु पर्नेछ । (ग) कानून बमोजिम वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिको नाबालक भए निजलाई पालनपोषण गर्ने बाबु वा आमा, (घ) पहिलो प्राथमिकता क्रमको कुनै व्यक्ति संरक्षक हुन नचाहेमा, निज होस् ठेगानामा नरहेमा, बेपत्ता भएमा वा निजले संरक्षकको हैसियतले काम नगरेमा सोभन्दा तल्लो प्राथमिकताक्रमको व्यक्ति । तर त्यसरी तल्लो क्रमको व्यक्ति संरक्षक हुने भएमा निजले आफू संरक्षक भएको ब्यहोरा अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।
१३७. अन्य व्यक्ति संरक्षक मानिने :- दफा १३६ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असक्षम वा अर्धसक्षम व्यक्तिलाई सो दफामा लेखिएका व्यक्तिले संरक्षकत्व प्रदान नगरी अन्य व्यक्तिले संरक्षकत्व प्रदान गरेको भए त्यसरी संरक्षकत्व प्रदान गर्ने व्यक्ति नै त्यस्तो व्यक्तिको संरक्षक मानिनेछ । तर त्यस्तो संरक्षक हुने व्यक्तिले आफू संरक्षक भएको ब्यहोरा अदालतबाट प्रमाणित गर्नु पर्नेछ ।
१३८. संस्था संरक्षक भएको मानिने :- (१) बालबालिकाको कल्याण गर्ने तथा हक हित संरक्षण गर्ने उद्देश्यले कानून बमोजिम दर्ता भएका बाल कल्याण गृह, अनाथालय, बाल गृह वा बालमन्दिर जस्ता संस्थामा रहेका बालबालिकाको अन्य संरक्षक नभएमा त्यस्तो संस्था नै संरक्षक भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमका संस्थामा रहेका नाबालकको तर्फबाट कुनै काम कारबाही गर्नु पर्दा त्यस्तो संस्थाको प्रमुखबाट गरिनेछ । स्पष्टीकरण : यस परिच्छेद र भाग ३ को परिच्छेद–७ को प्रयोजनको लागि “प्रमुख” भन्नाले त्यस्तो संस्थाको प्रमुख कार्यकारी अधिकृत वा त्यस्तो हैसियतमा काम गर्ने अध्यक्ष, महाप्रबन्धक, प्रबन्ध निर्देशक वा अन्य कुनै अधिकृत सम्झनु पर्छ ।
१३९। अदालतले संरक्षक नियुक्त गर्न सक्ने : (१) दफा १३६ वा १३७ मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले देहायको अवस्थामा कुनै खास व्यक्तिलाई त्यसको कारण खुलाई संरक्षक नियुक्त गर्न सक्नेछ– (क) दफा १३६ बमोजिम कुनै व्यक्ति संरक्षक हुन नचाहेको अवस्थामा संरक्षक नियुक्ति गर्न सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा समितिले अदालतमा निवेदन दिएमा, (ख) सरोकारवालाले संरक्षक नियुक्त गर्न अदालतमा निवेदन दिएमा । (२) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले त्यस्तो असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हित वा संरक्षण हुन सक्ने वा नसक्ने कुरा तर्फ विचार गर्नु पर्नेछ । (३) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले संरक्षक हुने व्यक्तिको समेत सहमति लिनु पर्नेछ । (४) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गरी सकेपछि अदालतले त्यसको लिखित जानकारी संरक्षक हुने व्यक्ति र स्थानीय तहलाई दिनु पर्नेछ ।
१४०। सुपरिवेक्षक तोक्न सक्ने : (१) दफा १३९ बमोजिम अदालतबाट संरक्षक नियुक्त गरेकोमा त्यस्तो संरक्षकोंको काम कारबाहीको सम्बन्धमा जाँचबुझ गर्न आवश्यक देखेमा अदालतले कुनै व्यक्तिलाई सुपरिवेक्षक तोक्न सक्नेछ । (२) उपदफा (१) बमोजिम तोकिएको सुपरिवेक्षकले संरक्षकोंको काम कारबाहीको सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यसको प्रतिवेदन अदालत समक्ष पेश गर्नु पर्नेछ । (३) दफा १४४ बमोजिम संरक्षकता समाप्त भएकोमा सुपरिवेक्षकता पनि स्वतः समाप्त भएको मानिनेछ ।
१४१। संरक्षक हुन नसक्ने : देहायका व्यक्तिहरू संरक्षक हुन सक्ने छैनन् :– (क) असक्षम वा अर्धसक्षम व्यक्ति,
(ख) असक्षम वा अर्धसक्षम व्यक्तिको हक वा हित विपरीत काम गरेको प्रमाणित भएको व्यक्ति, (ग) अदालतबाट तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको व्यक्ति, तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक हुन यो खण्डले कुनै बाधा पुऱ्याएको मानिने छैन । (घ) अदालतबाट संरक्षक हुन अयोग्य देखिएको व्यक्ति ।
१४२. असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार : (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था निजको सम्पत्ति भए त्यस्तो सम्पत्तिबाट र त्यस्तो सम्पत्ति नभए आफ्नो सम्पत्तिबाट गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था निजको चल सम्पत्ति भएसम्म त्यस्तो सम्पत्तिबाट र चल सम्पत्ति नभए वा त्यस्तो सम्पत्तिबाट पालनपोषण, स्वास्थ्य, शिक्षा, मनोरञ्जन तथा हेरविचारको व्यवस्था हुन नसक्ने भएमा त्यस्तो प्रयोजनको लागि अदालतको पूर्व सहमति लिई निजको अचल सम्पत्ति बिक्री गर्न सकिनेछ । तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा अचल सम्पत्ति बिक्री गर्दा अदालतको अनुमति लिनु पर्ने छैन ।
१४३. सम्पत्तिको रेखदेख, संरक्षण तथा उचित व्यवस्थापन गर्नु पर्ने : (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिको रेखदेख तथा संरक्षण गर्नु पर्नेछ । (२) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति लगानी गरी कुनै व्यवसाय वा कारोबार गर्न सक्नेछ ।
१४४. हिसाब किताब दुरुस्त राख्नु पर्ने : (१) संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचार गर्दा लागेको खर्च तथा निजको सम्पत्ति व्यवस्थापन गर्दा भएको आय व्ययको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण दुरुस्त राख्नु पर्नेछ । तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा त्यस्तो हिसाब किताब राख्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम राखिएको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण संरक्षकले असक्षम वा अर्धसक्षम व्यक्ति कानून बमोजिम उमेर पूरा गरेको वा निजले आफू कामकाज गर्न सक्षम भएको कुरा लिखित रूपमा अदालतलाई जानकारी गराएको मितिले एक वर्षभित्र त्यस्तो व्यक्ति समक्ष पेश गर्नु पर्छ ।
(३) आफ्नो संरक्षकत्वमा रहेको अवस्थामा कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भए संरक्षकले उपदफा (१) बमोजिमको हिसाब किताब र सम्पत्तिको स्वामित्व प्रमाणित गर्ने विवरण निजको मृत्यु भएको मितिले छ महिनाभित्र निजको नजिको हकवाला समक्ष बुझाउनु पर्छ ।
१५५. कानूनी कारबाही चलाउन वा मुद्दाको प्रतिरक्षा गर्न सक्ने : संरक्षकले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हितको लागि कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा निज उपर परेको मुद्दाको प्रतिरक्षा गर्न सक्छ ।
तर असक्षम वा अर्धसक्षम व्यक्ति बादी वा प्रतिवादी भई चलेको मुद्दाको सम्बन्धमा संरक्षकले निजलाई मारा गर्ने गरी कुनै मुद्दाको दाबी वा जिकिर छोड्न वा कुनै मुद्दा मिलापत कर गर्न सक्दैन ।
१५६. असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट काम गर्न सक्ने : यस परिच्छेदमा अन्यत्र लेखिएको व्यवस्थाको अधीनमा रही असक्षम वा अर्धसक्षम व्यक्तिले कानून बमोजिम गर्ने काम निजको तर्फबाट संरक्षकले गर्न सक्छ ।
१५७. शर्त बमोजिम मात्र काम गर्न सक्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको सम्बन्धमा कुनै व्यक्तिलाई कुनै शर्त तोकी संरक्षक तोकिएकोमा त्यस्तो संरक्षकलाई शर्त बमोजिमको मात्र काम गर्ने अधिकार हुनेछ ।
१५८. संरक्षकत्वको समाप्ति : (१) देहायको अवस्थामा संरक्षकत्व समाप्त भएको मानिनेछ :- (क) संरक्षकले आफू संरक्षक हुन नसक्ने भनी दिएको निवेदन अदालतबाट स्वीकृत भएमा, (ख) संरक्षक वा संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको मृत्यु भएमा, (ग) असक्षम वा अर्धसक्षम व्यक्ति सक्षम भएमा,
(घ) संरक्षणत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको अनुरोधमा अदालतले संरक्षकलाई हटाएमा ।
(२) उपदफा (१) बमोजिम संरक्षणत्व समाप्ति भएमा र संरक्षक हुने तथा संरक्षणत्वमा रहने व्यक्ति जीवित भएमा निजले नै अर्को संरक्षक नतोकिएसम्म आफ्नो संरक्षणत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम संरक्षणत्व समाप्ति भएमा त्यसरी संरक्षणत्व समाप्ति भएको मितिदेखि अर्को संरक्षक नतोकिएसम्म यस परिच्छेद बमोजिम संरक्षकले गर्नु पर्ने कुनै कानूनी कार्यबाहीको हदम्याद, म्याद वा तारीख गुज्रेको मानिने छैन ।
१४९. हकवालामा संरक्षणत्व नसर्ने : कुनै संरक्षकको मृत्यु भई दफा १४८ बमोजिम संरक्षणत्व समाप्ति भएकोमा संरक्षकको हेसियतले निजमा रहेको हक, अधिकार र दायित्व निजको हकवालामा सर्ने छैन ।
तर कुनै असक्षम वा अर्धसक्षम व्यक्तिको सम्बन्धमा अर्को संरक्षक नियुक्ति गर्नु पर्ने अवस्था भएकोमा संरक्षक नियुक्ति नभएसम्मको लागि संरक्षकको उत्तराधिकारीको हेसियतले त्यस्तो असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचार निजले गर्नु पर्नेछ ।
१५०. खर्च भरपाई लिन सक्ने : कुनै संरक्षकले आफ्नो संरक्षणत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको पालन पोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरविचार आफ्नो सम्पत्तिबाट गरेको भए त्यस्तो हेरविचार गर्दा खर्च भएको रकम संरक्षणत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिबाट भरपाई लिन सक्नेछ ।
तर दफा १३६ को उपदफा (१) बमोजिमको प्राथमिकताक्रममा रहेका व्यक्ति संरक्षक भएकोमा त्यस्तो खर्च भरपाई लिन सकिने छैन ।
१५१. हानी, नोक्सानीको रकम भरपाई लिन सक्ने : कुनै संरक्षकले आफूलाई लाभ हुने वा नहुने गरी जानिजानी, छलकपट, जालसाजी वा बदनियतले आफ्नो संरक्षणत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिमा हानी, नोक्सानी पुर्याएमा त्यसबाट मर्का पर्ने असक्षम वा अर्धसक्षम व्यक्तिले त्यस्तो संरक्षकबाट आफूलाई हानी, नोक्सानी भएको रकम भरपाई लिन सक्नेछ ।
१५२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद-७ माथवर सम्बन्धी व्यवस्था
१५३। नाबालकको माथवर हुने : (१) कुनै नाबालकको यस भागको परिच्छेद-६ बमोजिमको कुनै संरक्षक नभएमा निज अठार वर्ष पूरा नभएसम्म निजको पालनपोषण, स्वास्थ्य, शिक्षा, हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि कुनै व्यक्तिले त्यस्तो नाबालकको माथवरको हैसियतले काम गर्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो नाबालकको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरविचारको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गर्न सक्नेछ ।
१५४। होस् ठेगानामा नरहेको व्यक्तिको माथवर हुने : (१) होस् ठेगानामा नरहेको व्यक्तिको यस भागको परिच्छेद-६ बमोजिमको संरक्षक नभएकोमा निजको पालन पोषण, हेरविचार तथा सम्पत्तिको हेरचाहको लागि अन्य कुनै व्यक्तिले माथवरको हैसियतले काम गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम माथवर नभएकोमा वा योग्य नभएकोमा होस् ठेगानामा नरहेको व्यक्ति तत्काल जसको जिम्मा, सुपरिवेक्षण वा रेखदेखमा रहेको छ सोही व्यक्ति त्यस्तो व्यक्तिको माथवर हुनेछ ।
१५५। नाबालकको माथवर आमा हुन सक्ने : दफा १५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालकको बाबुको मृत्यु भएको वा निज बेपत्ता भएको, होस् ठेगानामा नरहेको वा विदेश गएको अवस्थामा दस वर्षभन्दा कम उमेरको नाबालकको आमा भएमा निजले अर्को विवाह गरिसकेको भएपनि निज नै त्यस्तो नाबालकको माथवर हुनेछ ।
१५६। सङ्घित संस्था माथवर हुने : (१) यस भागको परिच्छेद-६ बमोजिम संरक्षक नभएको कुनै व्यक्ति कुनै सङ्घित संस्थाको रेखदेख, संरक्षण वा जिम्मामा रहेको भए त्यस्तो सङ्घित संस्था त्यस्तो व्यक्तिको माथवर हुनेछ । (२) उपदफा (१) बमोजिमको सङ्घित संस्था माथवर भएकोमा त्यस्तो सङ्घित संस्थाको प्रमुखले माथवरको अधिकार प्रयोग गर्नेछ ।
१५७। अदालतले माथवर नियुक्त गर्न सक्ने : (१) कुनै व्यक्तिको यस भागको परिच्छेद-६ बमोजिम संरक्षक नभएमा वा कुनै व्यक्तिले पनि निजको माथवरको रूपमा काम नगरेमा स्थानीय तहको सम्बन्धित वडा समितिले त्यसको विवरण खुलाई माथवर नियुक्त गर्न अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन गर्दा स्थानीय तहको सम्बन्धित वडा समितिले माथवर हुन सक्ने सम्भावित व्यक्तिहरूको नाम, थर, ठेगाना र पेशा खुलाई माथवर नियुक्त हुन सक्ने सम्भावित व्यक्तिले माथवरको रूपमा काम गर्न दिएको मञ्जुरीको लिखित समेत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले उपदफा (२) बमोजिम नाम पेश भएका व्यक्तिहरूमध्येबाट उपयुक्त कुनै एक व्यक्तिलाई माथवर नियुक्त गर्ने आदेश दिनेछ ।
१५८. माथवरको योग्यता : दफा १४१ बमोजिम संरक्षक हुन अयोग्य व्यक्ति बाहेक अन्य व्यक्ति माथवर हुन सक्नेछ ।
१५९. माथवरले सम्पत्ति जिम्मा लिनु पर्ने : (१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्ति जिम्मा लिई सोको व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ ।
(२) माथवरले आफूले जिम्मा लिएको सम्पत्तिबाट आफ्नो माथवरीमा रहेको व्यक्तिलाई सम्भव भएसम्म निजको हैसियत अनुसार पालनपोषण तथा शिक्षा दिक्षा र औषधि उपचारको व्यवस्था गर्नु पर्नेछ ।
१६०. सम्पत्ति प्रयोग गर्न सक्ने : माथवरले आफूले जिम्मा लिएको सम्पत्तिबाट प्राप्त भएको प्रतिफल माथवरीमा रहेको व्यक्तिको पालनपोषण, स्वास्थ्य तथा त्यस्तो व्यक्ति नाबालक भए शिक्षा दिक्षाको लागि पूरा खर्च गर्न सक्नेछ ।
१६१. अदालतको अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्ने : (१) माथवरले आफ्नो माथवरीमा रहेको कुनै व्यक्तिको पालनपोषण गर्दा, शिक्षा दिक्षा दिँदा वा औषधि उपचार गर्दा निजको चल सम्पत्तिबाट नभ्याउने रहेछ भने त्यस प्रयोजनको लागि अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न त्यसको कारण खुलाई अनुमतिको लागि अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा त्यस्तो अचल सम्पत्ति बिक्री गर्नु पर्ने कारण मनासिब देखेमा अदालतले उचित ठाने बमोजिम अचल सम्पत्ति वा त्यसको कुनै अंश बिक्री गर्न अनुमति दिन सक्नेछ ।
१६२. विवेकपूर्ण र होशियारीपूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्ने : (१) माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको सम्पत्तिको रेखदेख र संरक्षण विवेकपूर्ण र होशियारीपूर्वक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्तिको रेखदेख र संरक्षण नगरेको कारणबाट माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएकोमा सम्बन्धित माथवर जवाफदेही हुनेछ । तर विपद् परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा निज जवाफदेही हुने छैन । (३) उपदफा (१) बमोजिम माथवरले सम्पत्तिको रेखदेख र संरक्षण नगरेको उजुरी परेमा अदालतले सम्बन्धित व्यक्तिलाई माथवरबाट हटाउन सक्नेछ ।
१६३. हक हस्तान्तरण स्वत: बदर हुने : माथवरले आफ्नो माथवरीमा रहेको व्यक्तिको अचल सम्पत्ति त्यस्तो व्यक्तिको हक मेट्ने दुराशयले आफ्नो वा आफ्नो परिवारका कुनै सदस्यको नाममा बिक्री गरेमा वा त्यस्ता व्यक्तिको नाममा कुनै किसिमले हक हस्तान्तरण हुन आएमा त्यस्तो हक हस्तान्तरण स्वतः बदर हुनेछ ।
१६४. माथवरी स्वत: अन्त हुने : (१) देहायको अवस्थामा माथवरी स्वतः अन्त भएको मानिनेछ– (क) नाबालक भए निजको उमेर अठार वर्ष पूरा भएमा, (ख) होस ठेगानामा नरहेको व्यक्ति भए निजको होस ठेगानामा रहेमा, (ग) नाबालकको आमा वा बाबु वा दुवैले नाबालकलाई आफ्नो जिम्मा लिएमा, (घ) नाबालक वा होस ठेगानामा नरहेको व्यक्तिको संरक्षक नियुक्ति भएमा, (ङ) दफा १६२ को उपदफा (३) बमोजिम अदालतले माथवरीबाट हटाएमा, (च) माथवरको दफा १५८ बमोजिमको योग्यता नभएमा वा नरहेमा, (छ) माथवर हुने वा माथवरीमा रहेको व्यक्तिको मृत्यु भएमा । (२) उपदफा (१) बमोजिम माथवरी अन्त भएकोमा माथवरको हैसियतमा जिम्मा लिएको सम्पत्ति माथवर भएको व्यक्तिले तुरुन्त सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
१६५. सम्पत्ति जिम्मा दिन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफु रहे बसेको इलाका छोडी अन्यत्र जानु परेको कारणबाट आफ्नो हक, स्वामित्व वा भोगको सम्पत्तिको संरक्षण तथा व्यवस्थापन आफैँले गर्न नसक्ने अवस्था परेमा त्यसको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गरी आफ्नो सम्पत्ति निजको जिम्मा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई सम्पत्ति जिम्मा दिएकोमा त्यस्तो सम्पत्ति जिम्मा लिने व्यक्तिले त्यस्तो सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्नु पर्नेछ र सम्पत्ति जिम्मा दिने व्यक्तिले मागेको बखत निजलाई त्यस्तो सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।
१६६. अदालतबाट प्रमाणित गराउनु पर्ने : दफा १५३, १५४ र १६५ बमोजिम माथवर हुनेले आफू माथवर भएको व्यवहार अदालतबाट प्रमाणित गराउनु पर्नेछ ।
१६७. अन्य व्यवस्था लागू हुने : दफा १४४, १४५, १४६, १४७, १४८, १५० र १५१ का व्यवस्थाहरू आवश्यक हेरफेर सहित (म्युटाटिस म्युटाण्डिस) माथवर तथा माथवरीमा रहने व्यक्तिको हकमा समेत लागू हुनेछ ।
१६८. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको ५ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–८ धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था
१६९. धर्मपुत्र वा धर्मपुत्री मानिने : कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिनेछ ।
१७०. बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्ने : यस संहिता बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेछ ।
१७१. छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने : (१) यस परिच्छेद बमोजिम छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायिक पुष्टीकरण गरी भिन्न बसेको महिला वा पुरुषसँग छोरा छोरी सँगै नबसेमा यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेछन् । स्पष्टीकरण : यस परिच्छेद र यस भागको परिच्छेद–९ को प्रयोजनका लागि “न्यायिक पुष्टीकरण” भन्नाले अदालतको आदेश बमोजिम अंश लिएको, कानून बमोजिम भिन्न बसेको वा मानो छुट्टिएको अवस्था सम्झनु पर्छ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको
व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदनमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदनकर्तालाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ ।
१७२। धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने : (१) देहायका कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछ :– (क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती, (ख) पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला, (ग) पैँतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैन :– (क) होस ठेगानमा नभएको, (ख) नैतिक पतन देखिएको फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, (ग) नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको ।
(३) यस दफा बमोजिम सगोलका पति वा पत्नीले धर्मपुत्र वा धर्मपुत्री राख्दा एक अर्काको मञ्जुरी लिनु पर्नेछ ।
१७३। धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुने : (१) कसैले पनि देहायका कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन वा दिन हुँदैन :– (क) चौध वर्ष उमेर पूरा गरेको, (ख) एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको, तर दफा १५५ को उपदफा (३) बमोजिमको अवस्थामा यो व्यवस्था लागू हुने छैन । (ग) एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको,
तर कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा यो व्यवस्था लागू हुने छैन । (घ) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको, (ङ) गैरनेपाली नागरिक । तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि तानीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्व पति तर्फ छोरा वा छोरी भएमा चौथ वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।
१७४. धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेरको फरक : (१) धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा पच्चीस वर्ष फरक हुनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्ने छैन ।
१७५. धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्ने : (१) कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिकाका बाबु र आमा दुवै जीवित भए दुवै जनाको र बाबु र आमामध्ये कुनै एक मात्र जीवित भए जीवित बाबु वा आमाको लिखित सहमति लिनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति र पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भई वा न्यायिक पृथकीकरण भएको कारणबाट बाबु र आमा अलग भएकोमा त्यसरी सम्बन्ध अन्त्य हुँदा वा न्यायिक पृथकीकरण हुँदा भएको सहमति बमोजिम त्यस्तो बाबु वा आमासँग बसेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा त्यस्तो बालबालिका बाबु वा आमामध्ये जोसँग निज बसेको छ सोही बाबु वा आमाको सहमति लिनु पर्नेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा पत्ता नलागेको, जीवित नभएको वा बाबु आमा जीवित भए पनि बाबु वा आमाले अर्को विवाह गरी त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछ भने यसरी पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम दश वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको लिखित सहमति सम्बन्धित बालबालिकाले आफ्नो बाबु आमा वा मातृक तथा पैतृक अख्तियारी प्रयोग गर्ने संरक्षक वा माथवरको रोहवरमा गर्नु पर्नेछ ।
(६) यस दफा बमोजिम सहमति लिनु अघि धर्मपुत्र वा धर्मपुत्री दिने व्यक्ति, संरक्षक वा माथवर तथा बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको अर्थ, कानूनी हैसियत र त्यसको परिणाम समेतको जानकारी गराउनु पर्नेछ ।
(७) यस दफा बमोजिम सहमति लिँदा कुनै किसिमको आर्थिक प्रलोभनमा पर्नु हुँदैन र त्यस्तो सहमति स्वेच्छाले दिएको हुनु पर्नेछ ।
१७६. दम्पतीबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिने : कुनै पति वा पत्नीले न्यायिक पृथकीकरण गरी बसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राखेकोमा पछि पति पत्नी दुवै सगोल्मा बसेमा त्यसरी बस्नुभन्दा अघि राखेको धर्मपुत्र वा धर्मपुत्री दुवै दम्पतीले राखेको मानिनेछ ।
१७७. धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि : (१) कसैले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानूनको रीत पुर्याई धर्मपुत्र वा धर्मपुत्रीको लिखित सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको धर्मपुत्र वा धर्मपुत्रीको लिखित जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन हुने देखेमा सम्बन्धित जिल्ला अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्ने आदेश दिई त्यस्तो लिखित प्रमाणीकरण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन नहुने देखेमा सम्बन्धित अदालतले सोही बमोजिमको आदेश गरी निवेदकलाई त्यसको जानकारी दिनु पर्नेछ ।
१७८. धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकार : (१) धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुनेछ ।
(२) कसैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि निजको छोरा वा छोरी जन्मिए पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्ने छैन ।
१७९. धर्मपुत्र वा धर्मपुत्रीको थर : धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । तर, (१) धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर समेत प्रयोग गर्न सक्नेछ । (२) धर्मपुत्र वा धर्मपुत्री बदर भएमा निजको थर निजलाई जन्माउने बाबु वा आमाको हुनेछ ।
१८०. बाबु आमाको अंशमा दाबी गर्न नपाउने : धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैन । तर, (१) धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले बाबु आमाको अंशमा दाबी गर्न पाउनेछ । (२) धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ति समेत लिन पाउनेछ ।
१८१. धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व : (१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :- (क) धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरी सरह आफ्नो इज्जत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने, (ख) धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने । (ग) यस भागको परिच्छेद–५ बमोजिमको अख्तियारी प्रयोग गर्ने । (२) उपदफा (१) बमोजिमको दायित्व धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो अंश छुट्याई भिन्न हुन सक्नेछ ।
१८२. धर्मपुत्र वा धर्मपुत्रीको दायित्व : धर्मपुत्र वा धर्मपुत्रीको दायित्व देहाय बमोजिम हुनेछ :- (क) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफ्नो बाबु आमा सरह इज्जत तथा क्षमता अनुसार पालनपोषण, स्वास्थ्य तथा हेरचाहको व्यवस्था गर्ने, (ख) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्ने,
(ग) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने ।
१८३. भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्ने : धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई समय समयमा निजको जन्म दिने बाबु आमालाई भेटघाट तथा पत्राचार गर्ने सुविधा दिनु पर्नेछ ।
१८४. धर्मपुत्र वा धर्मपुत्री बदर हुने : कसैले दफा १७१, दफा १७२ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) र (ख), दफा १७३, १७४ र १७५ विपरीत कसैलाई धर्मपुत्र वा धर्मपुत्री राखेमा त्यस्तो धर्मपुत्र वा धर्मपुत्री स्वतः बदर हुनेछ ।
१८५. धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने : (१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दफा १८१ बमोजिमको दायित्व पूरा नगरेमा कुनै धर्मपुत्र वा धर्मपुत्रीले धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ । तर त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले अझ लिइ सकेको भए बदर गराउन सक्ने छैन । (२) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले देहायका कुनै अवस्थामा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ– (क) धर्मपुत्र वा धर्मपुत्रीले दफा १८२ बमोजिमको दायित्व पूरा नगरेमा, (ख) धर्मपुत्र वा धर्मपुत्रीले आफुलाई घरबाट निकाला गरेमा वा पटक पटक शारीरिक वा मानसिक यातना दिएमा, (ग) धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो सम्पत्तिको दुरुपयोग गरेमा, (घ) आफ्नो मञ्जुरी नलिई तीन वर्ष वा सोभन्दा बढी समयसम्म आफुलाई छाडी धर्मपुत्र वा धर्मपुत्री अलग बसेमा । (३) उपदफा (२) को खण्ड (क) र (घ) को व्यवस्था विवाहिता धर्मपुत्रीको हकमा लागु हुने छैन ।
१८६. धर्मपुत्र वा धर्मपुत्रीको अन्त्य : (१) दफा १८४ वा १८५ बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएमा धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएको मानिनेछ । (२) उपदफा (१) बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सम्बन्ध अन्त्य भएमा धर्मपुत्र वा धर्मपुत्रीको हैसियतले निजमा रहेको हक, अधिकार तथा दायित्व समेत अन्त्य हुनेछ ।
तर धर्मपुत्र वा धर्मपुत्री कायम रहेको अवधिसम्म भोगिसेको सुविधा, हासिल वा उपयोग गरिसकेको अधिकार र निर्वाह गरिसकेको दायित्वमा कुनै असर पर्ने छैन ।
१८७. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–९ अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्था
१८८. अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिने : कुनै विदेशीले नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा स्वीकार गरेमा अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिनेछ ।
१८९. अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने : (१) कुनै विदेशीले नेपाल सरकारको अनुमति नलिई कुनै नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा राख्न पाउने छैन । (२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री स्वीकार गर्न सकिने गरी खुला गरिएका मुलुकका नागरिक वा दम्पतीलाई मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिइनेछ ।
१९०. धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु पर्ने : (१) यस परिच्छेद बमोजिम विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिनु अघि नेपाल सरकारले बालबालिकाको सर्वोत्तम हित, निजको मानव अधिकारको संरक्षण र त्यस्तो बालबालिका अपहरण, बेचबिखन वा अन्य कुनै किसिमले दुरुपयोग हुने वा नहुने तर्फ विचार गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम विचार गर्दा कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न दिन उचित देखिएमा मात्र यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिइनेछ ।
१९१. धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिका : बाल गृहमा कम्तीमा ५ महिना बसेका देहायका बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिनेछ :- (क) बाबु र आमा दुवैको मृत्यु भई कसैको संरक्षणमा नरहेको अनाथ बालबालिका, (ख) स्वेच्छाले त्यागेका बालबालिका ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि,–
(१) “बाल गृह” भन्नाले बालबालिकाको हक र हित संरक्षण गर्ने उद्देश्यले कानून बमोजिम खडा भएका बाल कल्याण गृह र अनाथालय सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारद्वारा स्थापना गरिएका बाल गृह वा बालमन्दिर समेतलाई जनाउँछ ।
(२) “अनाथ नाबालक” भन्नाले जिल्ला प्रशासन कार्यालयबाट अनाथ प्रमाणित भएका देहायका कुनै बालबालिका सम्झनु पर्छ :– (क) बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको र निजको बाबु वा आमा फेला नपरेको, (ख) अस्पताल वा स्वास्थ्य संस्थामा बेवारिसे अवस्थामा छोडिएको, (ग) बाबु र आमा पता नलागेको, (घ) बाबु र आमा दुवैको मृत्यु भई पालनपोषणको लागि कुनै सम्पत्ति नभएको ।
(३) “स्वेच्छाले त्यागेका बालबालिका” भन्नाले देहायका व्यक्तिले आफुले बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको व्यवस्था गर्न नसकी त्यस सम्बन्धी लिखित गरी जिल्ला प्रशासन कार्यालय मार्फत बाल गृहमा जिम्मा लगाएका देहायका बालबालिका सम्झनु पर्छ :– (क) बाबु मरेको वा बेपत्ता भएको र आमाले अर्को विवाह गरेको अवस्थाको बालबालिका हकमा त्यस्ती आमाले, (ख) एकभन्दा बढी बालबालिकाको जन्म भई बाबु मरेको वा बेपत्ता भएको वा होस ठेगानामा नभएको अवस्थामा निजको आमाले त्यस्तो बालबालिकाको आर्थिक कारणबाट पालनपोषण गर्न नसक्ने वा शिक्षा दिक्षा दिन नसक्ने भएमा त्यस्ता बालबालिकाको आमाले, (ग) एकभन्दा बढी बालबालिकाको जन्म भई आमा मरेकी वा होस ठेगानामा नभएको अवस्थामा आर्थिक कारणले त्यस्तो बालबालिकाको पालन पोषण गर्न नसक्ने बाबु भएमा त्यस्ता बालबालिकाको बाबुले,
(घ) कुनै सम्पत्ति नभएका अनाथ बालबालिकाको हकमा संरक्षक वा माथिवरेले ।
१९२. धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशी : (१) देहायका कुनै विदेशीलाई नेपाली नागरिक वा नेपालमा बसोबास गरेको विदेशीको कुनै बालबालिका धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिन सकिनेछ :– (क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पत्ति, (ख) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघ्ने अविवाहित, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला, (ग) पैँतालीस वर्ष उमेर पूरा भई पचपन्न वर्ष उमेर ननाघ्ने अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सकिने छैन :– (क) होस ठेगानमा नभएको, (ख) नैतिक पतन देखिने फौजदारी अभियोजनमा नेपाल वा सम्बन्धित मुलुकको अदालतबाट कसूरदार ठहरिएको । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विदेशी मुलुकको कानूनमा त्यस्तो देशको नागरिकले एकभन्दा बढी बालबालिका धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था भएकोमा निजले छोरा छोरी भए तापनि धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछ । (४) यस दफामा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निषेध गरेको वा धर्मपुत्र वा धर्मपुत्रीको हक र प्राकृतिक रूपमा जन्मेका छोरा छोरीको अधिकारमा विभेद भएको मुलुकको व्यक्तिले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सक्ने छैन ।
१९३. अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्था : (१) यस परिच्छेद बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमतिको लागि सिफारिस गर्ने प्रयोजनको लागि केन्द्रीय निकायको रूपमा कार्य गर्न नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशन गरी एक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड गठन गर्न वा कुनै सरकारी निकायलाई त्यस्तो काम गर्ने गरी तोक्न सक्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “बोर्ड” भन्नाले अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्झनु पर्छ र सो शब्दले त्यस्तो काम गर्न तोकिएको सरकारी निकायलाई समेत जनाउँछ । (२) उपदफा (१) बमोजिमको बोर्ड गठन गर्दा बाल अधिकारको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको एकजना बाल अधिकारकर्मी समेत रहने गरी गठन गर्नु पर्नेछ । (३) यस परिच्छेदमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा नीति निर्माण गरी नेपाल सरकारलाई सिफारिस गर्ने, (ख) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी विषयमा विभिन्न निकायहरू बीच समन्वय गर्ने, (ग) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने अनुचित आर्थिक तथा अन्य लाभ रोक्ने, (घ) अन्य देशका धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी केन्द्रीय निकाय वा सो सम्बन्धी अन्य सार्वजनिक निकायले धर्मपुत्र वा धर्मपुत्रीको स्थितिका बारेमा कुनै सूचना माग गरेमा उपलब्ध गराउने, (ङ) धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा हुन सक्ने बाल दुर्व्यवहार, शोषण, ओसारपसार वा अपहरण, बेचबिखन रोक्ने र बालबालिकालाई हानि हुन सक्ने अन्य कुनै अभ्यासबाट नेपाली बालबालिकाको संरक्षण गर्ने, (च) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि लाग्ने दस्तुर निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने, (छ) धर्मपुत्र वा धर्मपुत्री लिनको लागि दिइने निवेदनको ढाँचा तोक्ने, (ज) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा बस्न चाहने नाबालक, निजलाई जन्म दिने बाबु र आमा वा धर्मपुत्र वा धर्मपुत्री लिने बाबु र आमाको अभिलेख गोप्य रूपमा राख्ने व्यवस्था गर्ने,
(झ) अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।
(४) बोर्डको बैठक लगायत बोर्डले सम्पादन गर्ने कार्य सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैँले निर्धारण गर्नेछ ।
१९४. धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्ने : (१) नेपाली नाबालक वा नेपालमा बसोबास गरेका विदेशीका कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहने दफा १९२ बमोजिम योग्यता पुगेको विदेशी वा दम्पत्ति नेपालस्थित आफ्नो देशको राजदूतावास र त्यस्तो राजदूतावास नभए नेपालको निमित्त तोकिएको राजदूतावास वा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न अनुमति दिने सम्बन्धित मुलुकको केन्द्रीय निकाय मार्फत देहायका कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :- (क) निवेदकको जन्म दर्ता प्रमाणपत्र, (ख) निवेदकको हालसालै खिचिएको फोटो, (ग) निवेदकको राहदानीको प्रतिलिपि, (घ) निवेदकको वैवाहिक अवस्था प्रमाणित गर्न कागज, (ङ) निवेदकको स्वास्थ्य सम्बन्धमा अनुमति प्राप्त चिकित्सकले दिएको प्रमाणपत्र, (च) निवेदक असल चरित्र भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको भनी सम्बन्धित मुलुकको सरकारी निकायले दिएको प्रमाणपत्र, (छ) निवेदकको सम्पत्ति र आयस्रोत प्रमाणित गर्न कागजात, (ज) निवेदकको सामाजिक, मनोवैज्ञानिक र गृह अध्ययन सम्बन्धी प्रतिवेदन (सोसल, साइकोलोजिकल, होमस्टडी रिपोर्ट), (झ) धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन चाहेको बालबालिकाको उमेर, लिङ्ग र अन्य विवरण, (ञ) निवेदकलाई निजको देशको सरकारले नेपालबाट धर्मपुत्र वा धर्मपुत्री लिन दिएको सहमतिपत्र, (ट) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानून अनुसार धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको हैसियत आफ्नै छोरा छोरी सरह
हुने भन्ने सम्बन्धित देशको सरकार वा सो देशको नेपालस्थित वा नेपालका लागि तोकिएको राजदुतावासबाट लेखिएको प्रत्याभूतिपत्र, (ठ) धर्मपुत्र वा धर्मपुत्री लिन चाहने व्यक्तिको मुलुकको कानुन अनुसार निज धर्मपुत्र वा धर्मपुत्री लिन योग्य भएको र निजसँग धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा संरक्षण लगायतको सम्पूर्ण जिम्मेवारी वहन गर्ने आर्थिक क्षमता भएको सम्बन्धमा त्यस्तो व्यक्तिको मुलुकको सरकार, त्यस्तो देशको नेपालस्थित वा नेपालको लागि तोकिएको राजदुतावासबाट लेखिएको प्रत्याभूति पत्र ।
(२) उपदफा (१) बमोजिमका कागजात अंग्रेजी भाषामा लेखिएको वा अधिकार प्राप्त निकायले अंग्रेजी वा नेपाली भाषामा अनुवाद गरेको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा निवेदनको माग बमोजिम धर्मपुत्र वा धर्मपुत्री दिन उपयुक्त देखिएमा बोर्डले निवेदनको नाम र ठेगाना गोप्य राखी त्यस सम्बन्धी विवरण छनौट समितिमा पठाउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम निवेदन दिँदा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरेको बमोजिमको निवेदन दस्तुर बुझाउनु पर्नेछ ।
१९५। छनौट समिति सम्बन्धी व्यवस्था : कुनै विदेशी व्यक्ति वा団体लाई कस्तो नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा नाबालक लिन चाहने व्यक्ति वा संस्था र नाबालक छनौट गरी बोर्ड समक्ष सिफारिस गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एक छनौट समिति गठन गर्नेछ ।
१९६। नाबालक लिने व्यक्ति तथा बालबालिकाको छनौट गरी सिफारिस गर्नु पर्ने : छनौट समितिले दफा १९४ को उपदफा (१) बमोजिम प्राप्त निवेदन तथा सो साथ संलग्न विवरण बमोजिम प्राप्त नाबालकको विवरणको आधारमा निवेदनको मागलाई समेत दृष्टिगत गरी कुन निवेदनकर्तालाई कस्तो किसिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन उपयुक्त हुन्छ सो यकिन गरी निवेदन र नाबालकको नाम बोर्ड समक्ष सिफारिस गर्नु पर्नेछ ।
१९७। धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिने : (१) दफा १९६ बमोजिम छनौट समितिबाट प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सिफारिस अनुरूपको नाबालक विदेशीलाई धर्मपुत्र वा
धर्मपुत्रीको रुपमा दिन उपयुक्त देखेमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ । (२) उपदफा (१) बमोजिम बोर्डबाट भएको सिफारिस जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा नेपाल सरकारले बोर्डको सिफारिस बमोजिम त्यस्तो नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्न दिन अनुमति दिनेछ । (३) उपदफा (२) बमोजिम अनुमति दिएपछि नेपाल सरकारले त्यस प्रयोजनको लागि तत्सम्बन्धी प्रमाणपत्र जारी गर्नेछ । (४) उपदफा (३) बमोजिम प्रमाणपत्र जारी भएपछि नेपालबाट रीतिपूर्वक अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गरेको मानिनेछ । (५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा अनुमति दिनु अघि सम्बन्धित नाबालकको बाबु, आमा वा अन्य संरक्षकले आफ्नो नाबालक फिर्ता लैजान चाहेमा त्यस्तो नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा दिन सकिने छैन । (६) उपदफा (२) बमोजिम नेपाल सरकारबाट कुनै नाबालक विदेशीलाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा दिने अनुमति भएमा निवेदक उपस्थित भई सम्बन्धित नाबालक आफैँले बुझिलिनु पर्नेछ । तर निवेदक दम्पति भई दुवैमध्ये कुनै एक जना उपस्थित हुन नसक्ने भएमा अनुपस्थित पति वा पत्नीले दिएको प्रमाणित मञ्जुरनामाको आधारमा एक जनाले मात्र त्यस्तो नाबालक बुझ्न सक्नेछ । (७) यस दफा बमोजिम कुनै बालबालिका विदेशीलाई धर्मपुत्र वा धर्मपुत्री दिने अनुमति भएपछि नेपाल सरकारले त्यस्तो कुराको जानकारी धर्मपुत्र वा धर्मपुत्री लिने व्यक्तिको मुलुकमा रहेको अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी कार्य गर्ने केन्द्रीय निकाय र नेपालका लागि सम्बन्धित देशको राजदुतावास भए त्यस्तो राजदुतावासमा समेत दिनु पर्नेछ । (८) धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्न निवेदन दिने विदेशी नागरिक वा दम्पतिले नेपाल सरकारबाट गरिएको कुनै निर्णय उपर चित्त नबुझेमा सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।
१९८. विशेष हेरचाहको आवश्यकता भएका नाबालकको लागि परिवारको छनौट सम्बन्धी विशेष व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले विशेष हेरचाहको आवश्यकता भएका नाबालकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न निवेदन दिने निवेदकलाई प्राथमिकता दिई परिवारको छनौट गर्न सक्नेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “विशेष हेरचाहको आवश्यकता भएका नाबालक” भन्नाले अनाथ नाबालक वा स्रेस्ताले तोगेका नाबालकमध्ये शारीरिक वा मानसिक वा असभाबिक वा असामान्य विकास वा बढी उमेरका कारण विशेष हेरचाहको आवश्यकता भएको नाबालक सम्झनु पर्छ । (२) कुनै नाबालक विशेष हेरचाहको आवश्यकता भएको नाबालक हो वा होइन भन्ने विषयको निर्धारण बोर्डले गर्नेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम परिवार र विशेष हेरचाहको आवश्यकता भएका नाबालक छनौट गर्दा पहिलो प्राथमिकता क्रममा रहेको परिवारले माग गरे अनुसार बालबालिकाको उमेर, लिङ्ग र स्वास्थ्य सम्बन्धी कुनै विवरण मेल नखाएमा त्यस्तो परिवारले माग गरेको विवरणसँग मेल खाने विशेष हेरचाहको आवश्यकता भएका नाबालक क्रमशः छनौट गर्न सकिनेछ । (४) विशेष हेरचाहको आवश्यकता भएका नाबालकका लागि परिवारको छनौट सम्बन्धी अन्य प्रक्रिया र त्यस्तो नाबालकको वर्गीकरण नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
१९९. धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ख्याति प्राप्त कुनै विदेशी नागरिकले दफा १९१ बमोजिमको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहेमा सम्बन्धित देशको राष्ट्रप्रमुख, सरकार प्रमुख वा परराष्ट्र मन्त्रीको औपचारिक सिफारिस सहित बोर्ड समक्ष निवेदन दिन सक्नेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “ख्याति प्राप्त विदेशी नागरिक” भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छ :- (क) विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख, (ख) अन्तर्राष्ट्रिय अन्तर सरकारी संगठनका प्रमुख, (ग) नोबेल पुरस्कार विजेता,
(घ) वार्षिक तीन लाख अमेरिकी डलरभन्दा बढी आम्दानी भएको व्यक्ति वा व्यवसायी,
(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचुब गर्दा त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन मनासिब देखिएमा बोर्डले सोही व्यहोराको सिफारिस नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न स्वीकृति दिन सक्नेछ ।
(४) यस दफा बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने विदेशी नागरिकले त्यसरी धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिसकेपछि यस परिच्छेदमा लेखिएका अन्य व्यवस्था पालना गर्नु पर्नेछ ।
२००. विवरण पठाउनु पर्ने : यस परिच्छेद बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्ने विदेशीले धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नाबालकलाई बालिग नभएसम्म सम्बन्धित मुलुकको कानून बमोजिम निजको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको सम्बन्धमा आफुद्वारा गरिएको विस्तृत विवरण पहिलो दुई वर्षसम्म प्रत्येक ६ महिनामा र त्यसपछि प्रत्येक वर्ष आफ्नो देशमा रहेको नेपाली राजदूतावास वा वाणिज्य दूतावास वा नेपाली नियोग र त्यस्तो दूतावास वा नियोग नभएमा त्यस्तो मुलुकसँग सम्बन्धित नेपालको राजदूतावास मार्फत नेपाल सरकार समक्ष पठाउनु पर्नेछ ।
२०१. अनुगमन गर्ने : (१) विदेशीले धर्मपुत्र वा धर्मपुत्री बनाई लगेका नेपाली नाबालकलाई बालिग नभएसम्म पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गरे वा नगरेको सम्बन्धमा बोर्ड आफैँले अनुगमन गर्न वा त्यस्तो कामको लागि आवश्यकतानुसार सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास वा वाणिज्य दूतावासको प्रतिनिधि समेत रहने गरी उपसमिति गठन गर्न सक्नेछ ।
(२) बोर्ड वा उपदफा (१) बमोजिमको उपसमितिले सो प्रयोजनको लागि बालबालिका रहे बसेको ठाउँमा गई अनुगमन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बोर्ड वा उपसमितिले आफूले गरेको अनुगमनको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको स्वार्थ हित भए या नभएको व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको स्वार्थ हित नभएको व्यहोरा उल्लेख भई आएमा नेपाल सरकारले सम्बन्धित नाबालक राजु दिन सक्ने अवस्थाको भएमा वा दस वर्षभन्दा बढी उमेरको भएमा निजको राजु समेत लिई सम्बन्धित मुलुकको सरकार समक्ष कूटनीतिक माध्यम मार्फत त्यस्तो विषयमा ध्यानाकर्षण गराउनेछ ।
(६) उपदफा (५) बमोजिम ध्यानाकर्षण गराइएकोमा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नेपाली नाबालकको स्थितिमा सुधार नआएमा भविष्यमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो मुलुकका नागरिकलाई नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सकिने मुलुकको रूपमा खुला गरिएको सूचीबाट हटाउनेछ ।
२०२. मुद्दा दायर गर्न सक्ने : धर्मपुत्र वा धर्मपुत्री भएको नाबालकलाई उचित पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था नगरेको आधारमा धर्मपुत्र वा धर्मपुत्री हुने नाबालकले बालिग भएको मितिले र धर्मपुत्र वा धर्मपुत्री रहेको देशमा रहेको नेपाली राजदुतावास वा वाणिज्य दुतावास वा नेपाल सरकारको अनुरोधमा सम्बन्धित देशको धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी काम गर्ने निकायले धर्मपुत्र वा धर्मपुत्री राख्नेबाट त्यस्तो व्यवस्था नगरेको मितिले एक वर्षभित्र सम्बन्धित देशको अदालतमा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन मुद्दा दायर गर्न सक्नेछ ।
२०३. संहिताको व्यवस्था लागु हुने : (१) धर्मपुत्र वा धर्मपुत्रीको सम्बन्धमा दफा १३७, १३४, १३५, १३८, १३९, १८०, १८१ र १८३ मा गरिएका व्यवस्थाहरू यस परिच्छेद बमोजिम विदेशिद्वारा राखिएका धर्मपुत्र वा धर्मपुत्रीको हकमा समेत लागु हुनेछन् ।
(२) नेपालमा बसोबास गरेका विदेशिका नाबालकलाई धर्मपुत्र वा धर्मपुत्री राख्ने सम्बन्धमा दफा १९१ को व्यवस्था लागु हुने छैन ।
(३) यस परिच्छेद बमोजिमका व्यवस्थाको कार्यान्वयन गर्न बोर्डको सिफारिसमा नेपाल सरकारले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।
२०४. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम र त्यसरी हदम्याद नतोकिएकोमा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१० अंशबण्डा सम्बन्धी व्यवस्था
२०५. अंशियार मानिने : सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।
२०६. अंशको समान हकदार हुने : (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् । (२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याएको अंश अन्य अंशियारेले बराबरी पाउनेछन् ।
२०७. वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा, छोरीले अंश पाउने : कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा छोरीले त्यस्ता बाबु आमाबाट अंश पाउनेछन् ।
२०८. आमाबाट अंश पाउने : (१) बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् । (२) प्रकाशन नगरी बाहिर राखेकी पत्नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउने छैन ।
२०९. बाबु वा पतिको भागबाट अंश पाउने : (१) सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्नो बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन् । (२) अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् । (३) कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।
२१०. पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट अंश पाउने : (१) कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबँडा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अंश मिलाई सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन् । (२) यस परिच्छेदमा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आफूले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनु पर्नेछ ।
२११. अंश लिन सक्ने : (१) सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पति, पत्नी, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आम्द अनुसार खान लगाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको व्यवस्था पूरा गर्नु पर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।
२१२. जहिलेसुकै भिन्न हुन सक्ने : (१) अंशियारहरू बीच आपसी सहमति भएमा निहरू जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्छन् । (२) पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबँडा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबँडा गरी छुट्टिई भिन्न हुन सक्छन् । स्पष्टीकरण : यस संहिताको प्रयोजनको लागि “घरको मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले घरको मुख्य भई काम गर्ने वा सगोलमा बसी विभिन्न ठाउँमा खेती, व्यापार, व्यवसाय वा अन्य कुनै काम गरी घर व्यवहार चलाउने जिम्मेवारी भएको कानून बमोजिम उमेर पूरा गरेको व्यक्ति सम्झनु पर्छ ।
२१३. पति वा पत्नीले अंश लिई भिन्न हुन सक्ने : दफा २११ मा जुनसुकै कुरा लेखिएको भए तापनि पति वा पत्नीले देहायका कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्छन्– (क) पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा, (ख) पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा ।
२१४. विधवाले अंश लिई भिन्न हुन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विधवाले Jहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछ । (२) विधवाले अर्को विवाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्तै विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैँले लिइ पाउनेछ ।
२१५. अंश छोडपत्र गर्न सक्ने : (१) कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नाबालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन । (३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ । (४) अंश छोडपत्र गर्दा वा अंश भुक्तिलर्नु पर्दा अंशियार आफैँ उपस्थित हुनु पर्नेछ । तर निज उपस्थित हुन नसकेमा त्यस प्रयोजनका लागि निजले कानून बमोजिम अधिकृत वारेस नियुक्त गर्नु पर्नेछ ।
२१६. अंशबण्डा गर्नु पर्ने : (१) सगोलको सम्पत्ति अंशबण्डा गर्दा यस परिच्छेदको अर्थमा रही अंशियारहरू बीच लिखित रूपमा बण्डापत्र गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी बढी नहुने गरी बण्डा गर्नु पर्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “सगोलको ऋण” भन्नाले घरको मुख्य भई काम गर्ने व्यक्ति वा सबै अंशियारले सहमति गरेको वा सगोलमा बसी विभिन्न ठाउँमा घर, खेती, व्यापार वा अरु कुनै काम गर्ने उमेर पुगेका व्यक्तिले लिएको ऋण वा गरेको व्यवहार वा सगोलका उमेर पुगेका अन्य व्यक्तिले गरेको व्यवहारमा त्यस्ता व्यक्तिको लिखित सहमति भएको कारोबारमा लागेको ऋण सम्झनु पर्छ । (३) अंशबण्डा गर्दा असल कमसल मिलाई अंशियारहरूको मञ्जुरी बमोजिम र त्यसरी मञ्जुरी हुन नसकेमा गोला हाली बण्डा गर्नु पर्नेछ ।
(४) अंशबण्डा गर्दा कुनै सम्पत्तिमा विवाद परेमा तो:तर्फो विवाद समाप्त भएपछि अंशबण्डा गर्नु पर्नेछ । तर त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्न सकिनेछ ।
२१७. अंशबण्डाको लिखतमा खुलाउनु पर्ने कुराहरू : अंशबण्डाको लिखतमा देहायका कुराहरू खुलाउनु पर्नेछ :- (क) अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम, (ख) अंशियारहरूले पाउने सम्पत्ति, (ग) अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम, (घ) बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा, (ङ) बण्डा गर्नु पर्ने सम्पत्ति कुनै अंशियारले नउकाए वा नचपाएको कुरा, (च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण, (छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा, (ज) अन्य आवश्यक कुराहरू ।
२१८. अंशबण्डाको लिखत पारित गर्नु पर्ने : (१) अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहिछाप गरी कानूनको रीत पुर्याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत २०३४ साल पौष २७ गतेभन्दा अघि कुनै अंशियार बीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अंशबण्डा गरी छिट्टै आफ्नो अंश भाग बमोजिम लिई पाई दाखिल खरेज समेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको असल सम्पत्ति छुट्टा छुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंशबण्डाको लिखत पारित नभएको भए पनि अंशबण्डा भएको मानिनेछ ।
२१९. अंशबण्डा नगरी सम्पत्ति दिन नपाउने : (१) घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन । तर,
(१) सबै अंशियारको मञ्जुरी लिई कुनै सम्पत्ति कुनै अंशियारलाई दिन सकिनेछ । (२) आफ्नो अंश भागमा पर्ने हदमसम्मको सम्पत्ति अन्य अंशियारको मञ्जुरी नभए पनि कुनै अंशियारलाई दिन सकिनेछ । (२) यस परिच्छेद बमोजिम अंशबण्डा हुँदा उपदफा (१) को प्रतिबन्धनात्मक वाक्यांशको खण्ड (१) बमोजिम कुनै अंशियारलाई दिएको सम्पत्ति निजले पाउने अंशमा हिसाब गरी अन्य सम्पत्ति बण्डा गर्नु पर्नेछ ।
२२०। सम्पत्तिको फाँटवारी खुलाई नालिस गर्नु पर्ने : (१) कुनै अंशियारले आफ्नो अंश भाग छुट्याई भिन्न हुन चाहेमा अन्य अंशियारसँग आफ्नो मानाओ छुटिएको मिति उल्लेख गरी आफ्नो र थाहा पाएसम्म अन्य अंशियारको नाममा रहे भएको अंशबण्डा हुने सम्पत्ति र ऋण धनको फाँटवारी खुलाई नालिस गर्नु पर्नेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मानाओ छुटिएको मिति” भन्नाले देहायका मिति वा दिन सम्झनु पर्छ :– (क) मानाओ छुटिएको लिखतमा उल्लेख भएको मिति, (ख) मानाओ छुटिएको लिखत नभए अंशियारहरू बीच मानाओ छुटिएको सम्बन्धमा सहमति कायम भएको मिति, (ग) खण्ड (ख) बमोजिम अंशियारहरू बीच सहमति कायम नभए फिराद गरेको अघिल्लो दिन, (घ) अन्यथा सहमति भएकोमा बाहेक विवाहित छोरीको हकमा निजको विवाह भएको दिन । (२) कुनै अंशियारहरू बीच मात्र मानाओ छुटिएको लिखत भएको रहेछ भने त्यस्तो लिखत रजिष्ट्रेशन पारित भएको मितिदेखि मात्र लागू हुनेछ । (३) उपदफा (१) बमोजिम नालिस गर्ने व्यक्तिले सम्पत्तिको फाँटवारी पेश गर्न नसक्ने भएमा त्यसको कारण समेत खुलाउनु पर्नेछ । (४) उपदफा (१) बमोजिम नालिस परेमा सम्बन्धित व्यक्तिले पनि नालिस गर्ने व्यक्तिलाई अंश दिनु पर्ने वा नपर्ने कुरा खुलाई र अंश दिन मञ्जुरी भएमा आफ्नो नाममा रहे भएको सम्पत्ति र ऋणधनको फाँटवारी अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत पेश गर्नु पर्नेछ ।
२२१. फौंटबारीमा खुलाउनु पर्ने : (१) यस परिच्छेद बमोजिम सम्पत्तिको फौंटबारी दिदा देहायका विवरणहरू खुलाउनु पर्नेछ– (क) जग्गा रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल र अनुमानित मूल्य, (ख) घर भए त्यस्तो घर रहेको ठाउँ, कित्ता नम्बर, क्षेत्रफल, घरको कबल, नाल, तला, कल्लो, चक्की पस्ली र त्यसको अनुमानित मूल्य, (ग) चल सम्पत्ति भए त्यसको विवरण र अनुमानित मूल्य, (घ) नगद भए त्यसको विवरण, बैङ्क मौज्दात, शेयर, डिबेन्चर, ट्रेजरी बिल भए त्यस सम्बन्धी विवरण, (ङ) पशु धन भए त्यसको विवरण र अनुमानित मूल्य, (च) सुन, चाँदी, जवाहरात भए त्यसको विवरण र अनुमानित मूल्य, (छ) सवारी साधन भए त्यसको विवरण र अनुमानित मूल्य, (ज) खण्ड (क) देखि खण्ड (छ) मा उल्लेख भए बाहेकका अन्य सम्पत्ति भए त्यस्तो सम्पत्तिको विवरण र अनुमानित मूल्य । (२) उपदफा (१) बमोजिम कुनै सम्पत्तिको मूल्य नखुलेमा वा मूल्यको सम्बन्धमा विवाद परेमा अदालतले अचलको हकमा मालपोत कार्यालयले कायम गरेको मूल्यलाई र चलको हकमा तत्काल प्रचलित बजार मूल्यलाई आधार लिनु पर्नेछ ।
२२२. फौंटबारी लिई अंशबण्डा गरी दिनु पर्ने : (१) दफा २२० बमोजिम परेको नालिस वा प्रतिउत्तरबाट अंशबण्डा गरिदिनु देखिन आएमा र नालिस वा प्रतिउत्तरसाथ सम्पत्तिको फौंटबारी पेश भएकोमा अदालतले अंशबण्डा गर्नु पर्ने सम्पत्ति यही हो, लुकाए छिपाएको छैन भन्ने व्यहोरा समेत उल्लेख गरी अंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ । (२) नालिस वा प्रतिउत्तर साथ सम्पत्तिको फौंटबारी पेश नभएमा अदालतले म्याद तोकी अंशियारहरूसँग सम्पत्तिको फौंटबारी माग गर्नु पर्नेछ र त्यसरी तोकिएको म्यादभित्र अंशियारले सम्पत्तिको फौंटबारी पेश गरेमा उपदफा (१) बमोजिम अंशियारहरूको कागज गराई अंशबण्डा गरिदिनु पर्नेछ ।
२२३. प्राप्त फौंटबारीको आधारमा अंशबण्डा गरिदिनु पर्ने : (१) दफा २२२ बमोजिमको म्यादभित्र सम्पत्तिको फौंटबारी दिनु पर्ने व्यक्तिले फौंटबारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी
मयाद गुजारी बसेमा अदालतले अन्य अंशियारले दिएको सम्पत्तिको फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम अंशबण्डा भएकोमा अंशमा चित्त नबुझे भनी नालिस गर्न सकिने छैन । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अंशियारले दिएको सम्पत्तिको फाँटवारीमा नखुलेको सम्पत्ति पछि मात्र पत्ता लगाई बण्डा गर्न नालिस गरेमा अदालतले त्यस्तो सम्पत्ति अंशबण्डा गरिदिनु पर्नेछ ।
२२४. तलामा खोली सम्पत्तिको फाँटवारी लिन सक्ने : सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटवारी नदिएको कारण निज जिम्माको घरको तला खुलाई फाँटवारी लिनु पर्ने भएमा अदालतले घरको साँचो लिने अंशियार भए निजलाई समेत र नभए अंश पाउनु भन्ने व्यक्ति र स्थानीय तहको सम्बन्धित वडाको प्रतिनिधि सहित कम्तीमा दुईजना रोहबरमा राखी घरको तला खोली भएसम्मको सम्पत्तिको विवरण खडा गरी सम्पत्तिको फाँटवारी लिन सक्नेछ ।
२२५. फाँटवारी ल्याएका बखत अंशबण्डा गरी दिने : (१) सम्पत्तिको फाँटवारी दिनु पर्ने व्यक्तिले फाँटवारी नदिएमा वा निजले प्रतिउत्तर पेश नगरी मयाद गुजारी बसेमा र अंश पाउनु भन्नेले समेत सम्पत्तिको फाँटवारी दिन नसकेमा अदालतले सोही कुरा खुलाई नालिस गर्नेको कागज पछि फाँटवारी दिएका बखत अंशबण्डा हुने गरी मुद्दा तामेलीमा राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम मुद्दा तामेलीमा रहेकोमा नालिस गर्नेले पछि फाँटवारी साथ निवेदन गरेमा अदालतले अघिल्लो मिसिलबाटै कानून बमोजिम अंशियार बीच अंशबण्डा गरिदिनु पर्नेछ ।
२२६. सम्पत्ति लुकाउन छिपाउन नपाउने : (१) कसैले पनि अंशबण्डा गर्नु पर्ने सम्पत्ति लुकाउन छिपाउन पाउने छैन । (२) अंशबण्डा हुँदा वा अदालतले सम्पत्तिको फाँटवारी मागेका बखत कुनै अंशियारले आफ्नो नाममा रहेको बण्डा हुने सम्पत्ति लुकाए वा छिपाएको कुरा पछि thểरेमा त्यसरी लुकाउने वा छिपाउनेले त्यस्तो सम्पत्ति लिन पाउने छैन । (३) उपदफा (२) बमोजिम लुकाए वा छिपाएको सम्पत्ति अन्य अंशियारले अंश भाग लगाई लिन पाउनेछ ।
२२७. अंश शोधभनाप गर्नु पर्ने : कुनै अंशियारको अंश भागमा परेको कुनै सम्पत्ति कानून बमोजिम अंशियारको हक नहुने भई निजले भोग गर्न नपाएमा त्यस बराबरको सम्पत्ति सबै अंशियारबाट समानपात्रिक हिसाबमा शोधभनाप गर्नु पर्नेछ ।
२२८. अंश सट्टा पाठाउन नपाउने : अंशियारहरू बीच आपसी सहमति भएकोमा बाहेक कुनै अंशियारेले अंशबण्डाबाट प्राप्त गरेको कुनै सम्पत्ति अंशबण्डा भए पछि विरक्त नसेको वा मन नपरेको कारण देखाई अन्य अंशियारसँग सट्टापाठाउन पाउनु छैन ।
२२९. धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने : (१) कुनै अंशियारेले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको देखिएमा अदालतले सबै अंशियारहरू मञ्जुर भएमा सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सबै अंशियारहरू मञ्जुर हुन नसकेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको वा एकघरका उमेर पुगेका अरुले घरको मुख्य भई काम गर्ने व्यक्तिको समेत सहमतिपछिको धितोबन्धक राखेको थाहा पाएमा अदालतले सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा उल्लेख भएको अवस्थामा बाहेक अन्य अवस्थामा कुनै अंशियारेले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको थाहा पाएमा अदालतले निजको अंश भागमा पर्ने सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।
२३०. अंशबण्डा नभएसम्म सम्पत्ति वा आयस्ता रोक्का राख्न सक्ने : अंश मुद्दामा नालिस गर्नेले अंश पाउने देखिएमा सम्पत्तिको फाँटवारी पेश भइसकेपछि आफ्नो अंश भागमा पर्ने हक सम्मको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता रोक्का गरी पाऊँ भनी अदालतमा निवेदन दिएमा अदालतले निजले पाउने अंश भाग जतिको सम्पत्ति वा त्यस्तो सम्पत्तिको आयस्ता कानूनको रीत पुर्याई अंशबण्डा नभएसम्मको लागि रोक्का राख्न सक्छ ।
२३१. बाटो वा निकासको व्यवस्था हुने गरी बण्डा गर्नु पर्ने : अंशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आउन जानको लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारको जग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारेले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनु पर्ने गरी बण्डा गर्नु पर्नेछ ।
२३२. साहुको मञ्जुरी नलिई अंश बण्डामा ऋणी तोक्न नहुने : (१) अंशबण्डा गर्दा साहुको मञ्जुरी नलिई कुनै अंशियारले मात्र सगोलको ऋण तिर्ने जिम्मा रहने गरी अंशबण्डा गर्न सकिँदैन । (२) उपदफा (१) विपरीत कुनै अंशियारलाई सगोलको ऋण तिर्न जिम्मा दिएको भए पनि साहुले मञ्जुरी नगरे सबै अंशियारहरूलाई सगोलको ऋण बराबर भाग लाग्नेछ ।
२३३. अंश नपाउनेले नालिस गरेमा क्षतिपूर्ति दिनु पर्ने : अंश नपाउने व्यक्तिले अंश पाऊँ भनी नालिस गरेको ठहरेमा अदालतले मिसिलबाट विगो खुल्न आएमा विगो र विगो खुल्न नआएमा निजको हैसियत विचार गरी नालिस गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिको रकम प्रतिवादीलाई भराई दिनु पर्नेछ ।
२३४. अंश, रकम वा खर्च भराई दिन सक्ने : (१) फैसला बमोजिम कुनै व्यक्तिबाट अंश, रकम वा खर्च पाउने व्यक्तिले अंश, खर्च वा रकम नपाई फैसला गर्ने सुरु अदालतमा निवेदन दिएमा र पक्षहरू उपस्थित भएमा अदालतले फैसला बमोजिम यथाशक्य छिटो अंश, खर्च वा रकम भराई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम अंश, खर्च वा रकम नदिएमा त्यस वापत अंश, खर्च वा रकम दिनु पर्ने व्यक्तिबाट निवेदनकारलाई मनासिब क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।
२३५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मरेका व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछ :- (क) अंशबण्डा नै नभएको वा अंशबण्डा हुँदा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै, (ख) अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिनाभित्र, (ग) सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म, (घ) खण्ड (क), (ख) र (ग) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र ।
२३६. अंश भएको मानिने : (१) यो संहिता प्रारम्भ हुनु अघि कानून बमोजिम भएको अंशबण्डा यस संहिता बमोजिम नै अंशबण्डा भए गरेको मानिनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै कसैले अंश वापत जिउनी लिएको रहेछ भने निजले अंश लिएको मानिनेछ ।
परिच्छेद–११ अपुतली सम्बन्धी व्यवस्था
२३७. अपुतली परेको मानिने : कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुतली खुला भएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “अपुतली” भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम हकवालामा सर्ने कार्य सम्झनु पर्छ ।
२३८. हकवालाले अपुतली पाउने : कुनै व्यक्तिको अपुतली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुतली पाउनेछ ।
२३९. अपुतली पाउने हकवालाको प्राथमिकताक्रम : (१) अपुतली पाउने नजिकको हकवालाको प्राथमिकताक्रम यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहाय बमोजिम हुनेछ :– (क) सगोल्को पति वा पत्नी, (ख) सगोल्को छोरा, छोरी, विधवा बुहारी, (ग) सगोल्का बाबु, आमा, सौतेनी आमा, छोरा छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी, (घ) भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा, (ङ) भिन्न भएका छोरातर्फका नाति, नातिनी, (च) भिन्न भएका बाजे, बज्यै, (छ) सगोल्का जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाजु वा भाइ बुहारी (ज) सगोल्का काका, काकी, भतिजा, भतिजी, (झ) भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाजु वा भाइ बुहारी ।
(२) कुनै व्यक्तिको अपुतली खुला हुँदाका बखत उपदफा (१) को प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुतली पाउने छैन ।
(३) उपदफा (१) बमोजिम एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुतली पाउनेछन् ।
(४) उपदफा (३) बमोजिमको अपुताली पाउने प्राथमिकताक्रमको कुनै हबवालाले अपुताली लिन नचाहेमा सोही क्रमका अन्य हबवालाले र त्यस्तै क्रमका कुनै हबवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हबवालाले अपुताली पाउनेछ ।
२४०. टाढाको हबवालाले अपुताली पाउने : कुनै व्यक्ति निजको हबवाला हुँदैहुँदै आफ्नो अंश लिई टाढाको कुनै हबवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हबवालाले पाउनेछ ।
२४१. स्याहारसम्भार गर्ने हबवालाले अपुताली पाउने : कुनै व्यक्तिलाई निजको हबवालाले स्याहार सम्भार नगरी टाढाको हबवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हबवालाले पाउनेछ ।
२४२. भिन्न भएको हबवालाले अपुताली पाउने : (१) सगोलोको हबवालाले स्याहार सम्भार नगरी कुनै व्यक्ति आफ्नो अंश लिई भिन्न बसेको हबवालासँग बस्न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्न भएका हबवालाले पाउनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफ्नो अंश केही नलिई केही दिनको लागि मात्र कुनै हबवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्न गएका हबवालाले अपुताली पाउने छैन ।
२४३. स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको स्याहार सम्भार हबवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार सम्भार गर्ने व्यक्तिले पाउनेछ ।
२४४. अपुताली स्वीकार गर्न कर नलाग्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर लाग्ने छैन । (२) कुनै व्यक्तिले अपुताली स्वीकार नगरेमा अपुताली परेको तीन वर्षभित्र त्यस्तो कुराको जानकारी सम्बन्धित जिल्ला अदालतलाई लिखित रूपमा दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको अवधिभित्र अपुताली स्वीकार नगरेमा त्यस्तो अपुताली त्यस पछि प्राथमिकताक्रमको अन्य हबवालामा सरेको मानिनेछ । (४) उपदफा (१) बमोजिम कुनै हबवालाले अपुताली स्वीकार नगरेमा पनि निजले मृतकको रीत, परम्परा अनुसार सदुत्त गर्नु पर्नेछ ।
२४५. अपुताली नपाउने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै रिस इबी वा अपुताली पाउने बदनियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी
ज्ञान लिने वा लिन लगाउने व्यक्ति र निजको हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन ।
२४६. अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार : (१) अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकार देहाय बमोजिम हुनेछ :- (क) मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु वा गराउनु पर्ने, (ख) मृतकले लिएको ऋण साहुलाई भुक्तानी गर्नु पर्ने, र (ग) मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति माथि निजको अधिकार हुने ।
(२) कुनै व्यक्तिको मृत्यु भई निजको सद्गत तथा किरिया अपुताली पाउने व्यक्ति बाहेक अन्य व्यक्तिले गरेको भए अपुताली पाउने व्यक्तिले मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप पच्चीस प्रतिशत रकम त्यसरी सद्गत तथा किरिया गर्ने व्यक्तिलाई दिनु पर्नेछ । तर कुनै व्यक्तिले मृतकको सद्गत तथा किरिया आफुले नगरी अन्य व्यक्ति मार्फत गराउन लगाएको रहेछ भने त्यसरी सद्गत तथा किरिया गर्दा लागेको वास्तविक खर्च मात्र दिन सक्नेछ ।
२४७. साहुले ऋण भरपाई लिन सक्ने : कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहु भएमा त्यस्ता साहुले अपुताली पाउनेबाट ऋण तथा दायित्व भरपाई लिन सक्नेछ । तर मृतकको सम्पत्ति भन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन ।
२४८. अपुतालीको सम्पत्ति स्थानीय तहको हुने : (१) कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहु भए साहुको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुनेछ ।
(२) कुनै व्यक्तिको मृत्यु भएमा निजका कोही हकवाला रहेनन् र सम्पत्ति रहेछ भने निजको सद्गत गर्ने वा हरिसाफ राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा मृतकको ठेगाना पत्ता लागेमा त्यस्तो कार्यालयले मृतकको हकवालालाई तीन महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम हकवालाले सम्पत्ति स्वीकार नगरेमा वा उपदफा (४) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित नभएमा वा त्यस्तो हकवालाको ठेगाना पत्ता नलागेमा त्यस्तो कार्यालयले मृतकको कुनै हकवाला भए पैंतीस दिनभित्र मृतकको सम्पत्ति दाबी गर्न आउनु भनी राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सदगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सदगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको दस प्रतिशत लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्नेछ ।
(७) उपदफा (५) बमोजिमको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतकको सदगत गर्दा लागेको खर्च सदगत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहको हुनेछ ।
(८) उपदफा (१) वा (७) बमोजिम स्थानीय तहलाई प्राप्त भएको सम्पत्ति सम्बन्धित हकवाला वा उपदफा (३) बमोजिमको कार्यालयले कानून बमोजिम स्थानीय तहलाई जिम्मा दिनु पर्नेछ ।
(९) स्थानीय तहले यस दफा बमोजिम प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि प्रयोग गर्नु पर्नेछ ।
२४९. नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुताली : (१) नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहेछ भने निजको सदगत गर्ने वा हरहिसाफ राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकीको स्थानीय तहलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा त्यस्तो कार्यालयले तुरुन्तै सद्धिय गृह मन्त्रालयलाई जानकारी दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको सूचना प्राप्त भएमा सद्धिय गृह मन्त्रालयले सम्बन्धित देशको कूटनीतिक माध्यम मार्फत मृतकको हकवालालाई चार महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्नेछ ।
(५) नेपालसँग कूटनीतिक सम्बन्ध नभएको मुलुकको नागरिकको मृत्यु भई उपदफा (३) बमोजिमको विवरण प्राप्त भएमा सद्धिय गृह मन्त्रालयले छ महिनाभित्र त्यस्तो सम्पत्ति बुझिलिन राष्ट्रियस्तरको अंग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना सद्धिय गृह मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राख्नु पर्नेछ ।
(६) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सदगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सदगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको मूल्यको दश प्रतिशत दस्तुर लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्नेछ ।
(७) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतकको सदगत गर्दा लागेको खर्च सदगत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति स्थानीय तहको हुनेछ ।
(८) यस दफा बमोजिम स्थानीय तहले प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।
२५०. हदम्याद : यस परिच्छेदमा अन्यत्र हदम्याद लेखिएकोमा सोही हदम्यादभित्र अन्यथा अपुताली खुला भएको मितिले तीन वर्षभित्र नालिस गर्न सकिनेछ ।
भाग–४ सम्पत्ति सम्बन्धी कानून परिच्छेद–१ सम्पत्ति सम्बन्धी सामान्य व्यवस्था
२५१. सम्पत्ति मानिने : उपभोग गर्न, खरिद, बिक्री वा अन्य तरिकाले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ । स्पष्टीकरण : यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक “वस्तु” भन्नाले खरिद बिक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनु पर्छ ।
२५२. सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिने : भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेछ ।
२५३. अचल सम्पत्ति मानिने : (१) देहायका सम्पत्ति अचल मानिनेछ :– (क) घर वा जमिन वा सोसँग जोडिएको संरचना, (ख) घर वा जमिनसँग स्थायी रूपमा आबद्ध भएको कुनै वस्तु, (ग) जमिनसँग आबद्ध रहेको खानी, ढुङ्गा वा खनिजजन्य वस्तु, (घ) प्राकृतिक स्वरूपमा रहेको पानी, भूसतह तथा भूमिगत रूपमा रहेको पानी, (ङ) नदी, ताल, तलैयामा तैरने गरी स्थायी रूपमा बनाइएका घर वा अन्य संरचना, (च) जमिनमा खडा भएको रूख, बिरुवा वा फलफूलका बोट वा त्यस्ता रूख, बिरुवा वा फलफूलका बोटमा फलेका फल वा फुलेका फूल, जमिनमा फलेको बाली, (छ) अचल सम्पत्तिसँग आबद्ध रहेको कुनै चल सम्पत्ति । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अचल सम्पत्तिसँग जोडिएको वा आबद्ध भएको कुनै संरचना, वस्तु वा त्यसको कुनै भाग कुनै किसिमले अचल सम्पत्तिबाट अलग भएमा वा गरिएमा त्यसरी अलग भएको वा गरिएको संरचना, वस्तु वा भाग चल सम्पत्ति मानिनेछ ।
२५४. चल सम्पत्ति मानिने : देहायको सम्पत्ति चल मानिनेछ :– (क) नगद वा नगद सरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा,
(ख) सुन, चाँदी, जवाहरत, रत्न, सुनचाँदीबाट बनेका गहना वा बहुमूल्य पत्थर, (ग) खण्ड (क) वा (ख) बाहेकका एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सकिने अन्य वस्तु, (घ) ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, (ङ) बौद्धिक सम्पत्ति, (च) धितोमा रहेको हक, (छ) व्यापारिक ख्याति वा फ्रन्चाइजी, (ज) अचल सम्पत्ति बाहेकका अन्य सम्पत्ति ।
२५५। स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरण : सम्पत्तिको स्वामित्व तथा त्यसको प्रयोगको स्वरूपको आधारमा सम्पत्तिको वर्गीकरण देहाय बमोजिम हुनेछ :- (क) निजी सम्पत्ति, (ख) सगोलको सम्पत्ति, (ग) संयुक्त सम्पत्ति, (घ) सामुदायिक सम्पत्ति, (ङ) सार्वजनिक सम्पत्ति, (च) सरकारी सम्पत्ति, (छ) गुठीको सम्पत्ति ।
२५६। निजी सम्पत्ति मानिने : (१) कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ :- (क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको, (ख) दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको, (ग) चिट्ठा वा उपहार स्वरूप प्राप्त गरेको, (घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षा बापत प्राप्त गरेको, (ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको,
(च) कानून बमोजिम मानो छुट्टै भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुके तर्फले प्राप्त गरेको, (छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको, (ज) महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलोती हक हुने गरी लिखित गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति, (झ) कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको । (२) कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस संहिताको अधीनमा रही आफुकुसी गर्न पाउनेछ । २५७. सगोलोको सम्पत्ति मानिने : (१) दफा २५६ को अधीनमा रही सगोलाका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलोको सम्पत्ति मानिनेछ :- (क) पुख्यौलीबाट प्राप्त सम्पत्ति, (ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, (ग) अंशियारले सगोलोको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति । (२) कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलोको सम्पत्ति हुनेछ । (३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलोको सम्पत्ति मानिनेछ । (४) सगोलोको सम्पत्तिको उपभोग, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ ।
२५८. संयुक्त सम्पत्ति मानिने : (१) एकसगोलका अंशियारहरू बाहेक दुई वा दुईभन्दा बढी व्यक्तिहरूको नाममा रहेको वा त्यसबाट बढे बढाएको सम्पत्ति संयुक्त सम्पत्ति मानिनेछ । (२) संयुक्त सम्पत्तिमा कुनै व्यक्तिको हक वा हिस्सा खुलाइ लिखित भएकोमा सोही बमोजिम र लिखितमा कुनै उल्लेख नभएकोमा त्यस्तो सम्पत्ति रहने व्यक्तिहरूको समान हक र हिस्सा रहेको मानिनेछ । (३) संयुक्त सम्पत्तिको उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस परिच्छेद तथा यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ ।
२५९. सीमानामा रहेको रूख, बिरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिने : अन्यथा प्रमाणित भएमा बाहेक दुई वा दुईभन्दा बढी सञ्चिबारको सीमानामा रहेको रूख, बिरुवा वा वस्तु सबै सञ्चिबारको संयुक्त सम्पत्ति मानिनेछ ।
२६०. संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार : (१) संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार त्यस्तो सम्पत्तिको स्वामित्ववालाहरूको सहमति बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्न स्वामित्ववालाहरू बीच सहमति हुन नसकेमा बहुमत सदस्यको निर्णयको आधारमा संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गर्ने सम्बन्धमा बहुमत कायम हुन नसकेमा त्यस्तो सम्पत्तिमा सबैभन्दा बढी हक वा हिस्सा हुने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ । तर स्वामित्ववालाहरूको बराबर हक भएकोमा त्यस्तो सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार सबै स्वामित्ववालाहरूले बराबर रूपमा गर्नु पर्नेछ । (४) उपदफा (२) वा (३) बमोजिम कुनै स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गरेमा सो गर्दा लागेको खर्च सबै स्वामित्ववालाहरूले आफ्नो हक वा हिस्साको आधारमा व्यहोर्नु पर्नेछ । (५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार नगर्ने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च एक वर्षभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालालाई बुझाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको अवधिभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च कुनै स्वामित्ववालाले नबुझाएमा निजको हक वा हिस्साको सम्पत्ति, संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालाले प्रचलित मुल्यमा खरिद गरी लिन पाउनेछ । त्यसरी संयुक्त सम्पत्ति खरिद गर्नेले निजको भागको व्यवस्थापन तथा मर्मत खर्च गर्दा व्यहोरेको रकम लिन पाउनेछ ।
२६१. सहमति बिना संयुक्त सम्पत्ति फेरबदल गर्न नसकिने : संयुक्त सम्पत्तिका सबै स्वामित्ववालाहरूको सहमति बिना कुनै संयुक्त सम्पत्ति फेरबदल गर्न वा त्यस्तो सम्पत्तिको स्वरूपमा परिवर्तन गर्न सकिने छैन ।
२६२. संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्ने : (१) संयुक्त सम्पत्तिको संरक्षण गर्ने सम्बन्धमा कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्नु पर्ने भएमा सबै स्वामित्ववालाले गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम सबै स्वामित्ववाला उपलब्ध नभएमा कुनै स्वामित्ववालाले आफ्ना वा अन्य स्वामित्ववालाको तर्फबाट कुनै व्यक्ति उपर कानूनी कारबाही चलाउन वा कुनै मुद्दाको प्रतिरक्षा गर्न सक्नेछ ।
२६३. संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्ने : (१) संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालासँग जहिलेसुकै छुट्टाई लिन सक्नेछ । (२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्ति छुट्याउँदा सबै स्वामित्ववालाको सहमति बमोजिम गर्नु पर्नेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त सम्पत्ति छुट्याउँदा अन्य स्वामित्ववालालाई सारभूत रूपमा नोक्सान पर्ने भएमा वा संयुक्त सम्पत्तिको स्वरूप बिगर्ने देखिएमा त्यस्तो सम्पत्ति छुट्याउन सकिने छैन । (४) उपदफा (३) बमोजिमको अवस्था परी कुनै संयुक्त सम्पत्ति छुट्याउन नसकिने भएमा त्यस्तो सम्पत्तिका स्वामित्ववालाहरूले त्यस्तो सम्पत्ति बिक्री गरी प्राप्त रकम आफ्नो हक वा हिस्साको आधारमा आपसमा बाँडफाँट गरी लिन दिनु पर्नेछ । (५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्ति बिक्री नभएमा वा बिक्री गर्न सबै स्वामित्ववालाहरू मञ्जुर नभएमा र त्यस्तो सम्पत्ति कुनै स्वामित्ववालाले लिन चाहेमा
त्यस्तो स्वामित्ववालाले सोही अनुपातमा अन्य स्वामित्ववालालाई त्यस्तो सम्पत्तिको मूल्य भुक्तानी गरी त्यस्तो सम्पत्ति एकलौटी लिन सक्नेछ । (६) उपदफा (५) बमोजिम एकभन्दा बढी स्वामित्ववालाले संयुक्त सम्पत्ति लिन चाहेमा सबैभन्दा बढी मूल्य तिर्न मञ्जुर गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।
२६४. सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति सम्बन्धी व्यवस्था : सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति, त्यस्तो सम्पत्तिको स्वामित्व, उपभोग, व्यवस्थापन, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेदमा उल्लेख भए बमोजिम हुनेछ ।
२६५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकर पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–२ स्वामित्व र भोगधिकार सम्बन्धी व्यवस्था
२६६. स्वामित्व रहेको मानिने : कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानून बमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिनेछ ।
२६७. स्वामित्ववालाको अधिकार हुने : कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा स्वामित्ववालाको हैसियतले देहायको अधिकार हुनेछ :– (क) सम्पत्ति उपभोग गर्न, (ख) सम्पत्ति बिक्री वा अन्य तरिकाले कसैलाई हक हस्तान्तरण गर्न, (ग) सम्पत्तिको कुनै किसिमले धितो वा बन्धकी राख्न, (घ) सम्पत्तिको कुनै कारोबार गर्न, (ङ) स्वामित्वबाट जुनसुकै किसिमबाट फाइदा लिन, (च) आफ्नो जग्गा जमिनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्न वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्न, (छ) आफ्नो जमिन वा जमिनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमिन माथिको आकाश प्रयोग गर्न,
(ज) सम्पत्ति कुनै तवरले नष्ट वा समाप्त गर्न, (झ) सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानूनी कार्यवाही चलाउन ।
२६८. भोगधिकार रहेको मानिने : कसैले कुनै सम्पत्ति भोग गर्ने मनसायले कानून बमोजिम आफूसँग राखेमा त्यस्तो सम्पत्तिमा निजको भोगधिकार रहेको मानिनेछ ।
२६९. भोगधिकार प्राप्त गर्न सकिने अवस्था : (१) देहायको अवस्थामा कुनै सम्पत्ति उपर भोगधिकार प्राप्त गर्न सकिनेछ :– भोगधिकार प्राप्त गर्ने– (क) स्वामित्ववालाको हैसियतले, (ख) अन्य व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति कानून बमोजिम प्राप्त गरेर, (ग) भोगधिकारको सहमति लिई । (२) असल मनसाय, शालिनतापूर्ण वा खुला रूपमा प्राप्त गरेको भोगधिकारलाई मात्र कानूनी रूपले भोगधिकार प्राप्त गरेको मानिनेछ ।
२७०. भोगधिकार प्राप्त गर्न सक्ने व्यक्ति : (१) भोगधिकार आफैँले वा प्रतिनिधि मार्फत प्राप्त गर्न सकिनेछ । (२) असक्षम वा अर्धसक्षम व्यक्तिले संरक्षक वा माहिर मार्फत भोगधिकार प्राप्त गर्न सक्नेछ ।
२७१. भोगधिकारवालाको अधिकार : (१) कानूनको अधीनमा रही कुनै पनि व्यक्तिलाई भोगधिकारको हैसियतले देहायको अधिकार प्राप्त हुनेछ– (क) आफ्नो भोगमा रहेको सम्पत्ति प्रचलित कानून वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए त्यस्तो करारको अधीनमा रही निर्वाध रूपमा भोग गर्न, (ख) आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ उपभोग गर्न । (२) कसैले आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोग गरेमा त्यस्तो सम्पत्तिमा पछि निजको भोगधिकार नरहने भए तापनि निजले त्यस्तो सम्पत्तिमा भोगधिकार रहेको अवधिमा सम्बन्धित स्वामित्ववालाको सहमति लिई त्यस्तो सम्पत्तिको
व्यवस्थापन, मर्मत सम्भार वा रेखदेख गर्दा लागेको अत्यवश्यक खर्च त्यस्तो सम्पत्तिको स्वामित्ववालासँग शोधभनान गरी लिन पाउनेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमको खर्च शोधभनान नभएसम्म साविकको भोगिधारवालाले त्यस्तो सम्पत्ति आफैँसँग राख्न पाउनेछ । (४) आफ्नो स्वामित्वमा नरहेको सम्पत्ति असल नियतले भोगिधार गर्दा कुनै व्यक्तिले त्यस्तो सम्पत्तिमा कुनै वस्तु जडान गरेको भए त्यस्तो सम्पत्ति नलिने गरी आफूले जडान गरेको वस्तु उपकापन्न वा भिन्न सकेगा । २७२. भोगिधार समाप्त हुने अवस्था : देहायका कुनै अवस्थामा कुनै व्यक्तिको सम्पत्ति माथि रहेको भोगिधार अन्त भएको मानिनेछ– (क) निजले सम्पत्ति परित्याग गरेमा, (ख) निजले सम्पत्ति हस्तान्तरण गरेमा, (ग) कुनै सम्पत्ति पूर्णरूपमा नष्ट वा बेक्माम भएमा । २७३. प्रतिकूल भोगिधार रहेको मानिने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आफुँनै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्तो सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगिधार रहेको मानिनेछ । तर, (१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगिधार प्राप्त हुने छैन । (२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगिधार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी बिना, गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको व्यवस्था लागू हुने छैन । (४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो संहिता प्रारम्भ भएको मितिबाट गणना गरिनेछ ।
२७४. क्षतिपूर्ति तिर्नु पर्ने : (१) कसैले कुनै सम्पत्ति जबरजस्ती, वदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ र त्यस्तो सम्पत्ति भोग गर्दा आफ्नो हेलचक्र्याइँबाट हुन पुगेको नोक्सानी बापत मनासिब क्षतिपूर्ति समेत तिर्नु पर्नेछ । (२) अरुको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्ति बापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।
२७५. हदमाद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकर पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–३ सम्पत्तिको उपभोग सम्बन्धी व्यवस्था
२७६. अन्य व्यक्तिको सम्पत्ति उपभोग, विगार्न वा प्राप्त गर्न नपाउने : (१) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति निजको मञ्जुरी बिना उपभोग गर्न पाउने छैन । (२) कसैले पनि अन्य व्यक्तिको बाटो वा निस्कास बन्द गरी, आफ्नो जग्गाको साँधमा कुनै काम वा निर्माण गरी वा अन्य कुनै तरले कुनै व्यक्तिको सम्पत्ति विगार्न पाउने छैन । (३) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति निजको मञ्जुरी बिना प्राप्त गर्न सक्ने छैन । तर नेपाल सरकारले सार्वजनिक हितको लागि कानून बमोजिम कुनै व्यक्तिको सम्पत्ति प्राप्त गर्न सक्नेछ । (४) कसैले पनि कानून बमोजिम बाहेक कुनै व्यक्तिको मञ्जुरी नलिई निजको घर कम्पाउण्डमा प्रवेश गर्न पाउने छैन ।
२७७. सम्पत्ति अनतिक्रम्य हुने : (१) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति च्यापी, मिची वा कुनै तरले खिचोला वा अतिक्रमण गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचोला वा अतिक्रमण गरेको मानिनेछ ।
२७८. सुरक्षात्मक उपाय अपनाउनु पर्ने : कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा छिमेकीको घर वा जग्गा वा छिमेकीलाई कुनै किसिमले हानि, नोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ । तर कुनै छिमेकीले व्यावसायिक कारोबार गरेकोमा बाहेक आफ्नो घर वा जग्गाको उपयोग र प्रयोग गर्दा आएको वा निस्केको सामान्य प्राकृतिकको गन्ध, गन्ध, धुवाँ वा आवाज जस्ता कुराले घर वा जग्गालाई हानि, नोक्सानी पारेको वा असर पारेको मानिने छैन ।
२७९. सहमति नलिई अर्काको जग्गामा घर बनाउन नहुने : (१) कसैले पनि स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन सक्ने छैन । (२) कसैले स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाएमा जग्गाधनीले चाहेमा त्यस्तो घरको बजार मूल्यको पच्चीस प्रतिशतसम्म कम मूल्यमा त्यस्तो घर खरिद गर्न पाउनेछ । (३) उपदफा (२) बमोजिम जग्गाधनीले त्यस्तो घर खरिद गरी नलिएमा घरधनीले स्वामित्ववालाको मञ्जुर भएमा त्यस्तो घर भएको जग्गाको बजार मूल्यको पच्चीस प्रतिशतसम्म मूल्य थप गरी त्यस्तो जग्गा खरिद गर्न सक्नेछ । (४) उपदफा (२) वा (३) बमोजिम घर वा जग्गा खरिद बिक्री गरी लिन दिन दुवै पक्ष मञ्जुर नभएमा घर बनाउनेले त्यस्तो घर बनाएको मितिले तीन महिनाभित्र घर भत्काई आफ्नो मालसामान लैजानु पर्नेछ । (५) उपदफा (४) बमोजिमको अवधिभित्र घर नभत्काएमा त्यस्तो घर जग्गाधनीको हुनेछ ।
२८०. भुलान राख्दा जग्गा छोड्नु पर्ने : कुनै व्यक्ति वा सरकारी निकायले छिमेकीको जग्गा तर्फ भुलान वा ढोका राखी घर बनाउनु पर्ने भएमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ ।
२८१. घर वा बलेसीको पानी भार्न नपाउने : कसैले पनि आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी भार्न पाउने छैन ।
२८२. सीधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन नहुने : (१) कसैले पनि सीधियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन पाउने छैन । (२) कसैले आफ्नो जग्गामा सेफ्टी ट्याङ्की बनाउनु परेमा सीधियारको जग्गा तर्फ सीधियारको स्वीकृति भएकोमा बाहेक कतिमा सम्बन्धित निकायले तोकेको मापदण्ड बमोजिमको जग्गा छोड्नु पर्नेछ ।
२८३. इनार वा कुवा खन्दा जग्गा छोड्नु पर्ने : कसैले आफ्नो जग्गामा इनार वा कुवा खन्दा सीधियारको जग्गाबाट कतिमा एक मिटर दूरी कायम हुने गरी जग्गा छोड्नु पर्नेछ ।
२८४. असर पर्ने गरी रूख बिरुवा लगाउन नहुने : (१) कसैले पनि रूख वा बिरुवा लगाउँदा अन्य व्यक्तिको घर, जग्गा वा कुनै सम्पत्तिलाई असर पर्ने गरी लगाउन हुँदैन । (२) कुनै व्यक्तिले आफ्नो जग्गामा लगाएको रूख वा बिरुवाले अन्य व्यक्तिको घर जग्गा वा अन्य सम्पत्तिमा फैलिएर असर पुर्याएमा त्यस्तो रूख वा बिरुवा लगाउने व्यक्तिले त्यस्तो व्यक्तिको घर, जग्गा वा सम्पत्ति नोक्सान नहुने गरी अरुलाई असर पर्ने रूख वा बिरुवाको हाँगो वा जरा काट्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम रूख वा बिरुवा लगाउने व्यक्तिले रूख वा बिरुवाको हाँगो वा जरा नकाटेमा त्यसबाट असर पर्ने व्यक्तिले त्यस्तो रूख वा बिरुवाको हाँगो वा जरा आफैँले काट्न सक्नेछ ।
२८५. क्षतिपूर्ति भराई लिन सक्ने : कसैले यस परिच्छेद बमोजिम गरेको काम कारबाहीबाट कुनै व्यक्तिलाई क्षति हुना गएमा क्षतितबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन सक्नेछ ।
२८६. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिदेखि ५ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–४ जग्गा आबाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्था
२८७. अर्काको जग्गा भोगचलन गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हक, भोग र स्वामित्वको जग्गा निजको मञ्जुरी नलिई आबाद गर्न वा भोगचलन गर्न वा गराउन हुँदैन ।
२८८. कुलो बनाउन दिनु पर्ने : (१) जग्गा आबाद गर्न कसैलाई अन्य व्यक्तिको जग्गाबाट कुलो बनाउनु पर्ने भई जग्गा मागमा सम्बन्धित जग्गाधनीले उपयुक्त ठहर्याएको ठाउँबाट त्यस्तो व्यक्तिलाई कुलो बनाउनको लागि जग्गा दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम कुलो बनाउन जग्गा दिए वापत कुलो बनाउने व्यक्तिले सट्टा जग्गा, कुलो बनाई प्रयोग भएको जग्गाको प्रचलित मूल्य बमोजिमको रकम वा मनासिब क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक वा सरकारी जग्गामा कुलो बनाएकोमा कुलोमा परेको जग्गा वापत सट्टा जग्गा, जग्गाको मूल्य वा क्षतिपूर्ति दिनु पर्दैन ।
२८९. नदी वा खोलाको सबै पानी प्रयोग गर्न नसक्ने : कसैले आफ्नो जग्गामा उत्पत्ति भएको वा त्यसबाट बगेको नदी वा खोलाको सम्पूर्ण पानी तल्लो ततवर्ती जग्गाधनीले प्रयोग गर्न नपाउने, त्यस्तो नदी वा खोलामा रहेका जलचर बाँच्न नसक्ने वा पर्यावरणमा प्रतिकूल हुने गरी प्रयोग गर्न पाउने छैन ।
२९०. सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्ने : कसैले पनि पहिले बनाई सञ्चालनमा रहेको कुलोद्वारा सिंचित खेतमा पानी सारभूत रूपमा कम हुने गरी त्यसभन्दा माथि नयाँ कुलो बनाउन पाउने छैन ।
२९१. कुलोको पानीको उपयोग र बाँडफाँट : (१) कुलो बनाउनको लागि जुन व्यक्तिले श्रम वा खर्च गरेको छ सोही व्यक्तिले जग्गा आबाद गर्नको लागि कुलोको पानीमा पहिलो प्राथमिकता पाउनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परपूर्वेदेखि भागबण्डा बमोजिम पानी प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरूले भागबण्डा अनुसार कुलोको पानी उपयोग गर्न पाउनेछन् । (३) उपदफा (१) बमोजिम पानी उपयोग गर्ने व्यक्तिलाई पानी पर्याप्त भएपछि वा निजलाई पानी आवश्यक पर्ने भएमा जुनसुकै व्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आबाद गर्नलाई कुलोको पानी उपयोग गर्न पाउनेछ । (४) कुनै व्यक्तिको जग्गा सिंचित भई बढी भएको पानी अर्को व्यक्तिको जग्गामा बगेकोमा सम्बन्धित जग्गाधनीको अनुमति बिना पनि प्रयोग गर्न सकिनेछ र त्यस वापत कुनै दाबी लाग्ने छैन ।
२९२. सहमति बिना कुलो बदल्न नहुने : कुनै व्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य व्यक्तिले समेत प्रयोग गर्दै आएको भएमा त्यस्तो कुलो भएको जग्गाधनीले कुलो उपयोग गर्ने व्यक्तिको सहमति बिना साविकको कुलो अन्य ठाउँमा फेरबदल गर्न पाउने छैन ।
२९३. कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउने : (१) नयाँ कुलो बनाउँदा वा साविकदेखि भएको पुरानो कुलो मर्मत सम्भार गर्दा त्यस्तो कुलोको पानी उपयोग गर्ने सबै व्यक्तिहरूले आ–आफ्नो जग्गाको अनुपातमा आवश्यक श्रम वा खर्च गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम नयाँ कुलो बनाउँदा वा पुरानो कुलो मर्मत सम्भार गर्दा श्रम वा खर्च नगर्ने व्यक्तिले त्यस्तो कुलोको पानी उपयोग गर्न पाउने छैन ।
२९४. आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा आवद्रण गर्न कुलो बनाउने वा पानी उपयोग गर्ने सम्बन्धमा सम्बन्धित जग्गाधनी वा कुलो बनाउने वा पानी उपयोग गर्ने बीच छुट्टै सहमति भएमा सोही सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेछ ।
२९५. खोलाको साहायको जग्गा आवद्रण गर्ने : कुनै जग्गाको बीचमा नदी वा खोला पसी वारपारि जग्गा भएमा वा कुनै जग्गालाई नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडेपछि त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको नै हुनेछ र निले आवद्रण गर्न पाउनेछ ।
२९६. दर्ता गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हकको जग्गा आफ्नो नाममा दर्ता गराउन हुँदैन ।
२९७. नामसारी दाखिल खारेज गर्नु पर्ने : (१) कुनै जग्गाको दर्तावाला मरी आफ्नो नातामा जग्गा नामसारी गर्नु परेमा वा कुनै जग्गा कुनै व्यहोराले आफ्नो हक हुन आई दाखिल खारेज गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो काम भएको पैंतीस दिनभित्र मालपोत कार्यालयमा निवेदन दिई नामसारी, दाखिल खारेज गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले नामसारी, दाखिल खारेजको लागि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधि व्यतित भए तापनि एकसौ रुपैयाँ दस्तुर लिई त्यस्तो जग्गा निवेदकको नाममा नामसारी, दाखिल खारेज गरिदिनु पर्नेछ ।
२९८. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिदेखि छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद-५ सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति सम्बन्धी व्यवस्था
२९९. सरकारी सम्पत्ति मानिने : नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देहायको सम्पत्ति सरकारी सम्पत्ति मानिनेछ :- (क) सरकारी घर, भवन वा जग्गा, (ख) सडक, बाटो वा रलेबे, (ग) वन, जङ्गल वा वन जङ्गलमा रहेका रूख, बुट्यान, (घ) नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल, (ङ) नहर, कुलो वा एलाणी, पत्रि जग्गा, (च) खनिज वा खनिज पदार्थ, (छ) हिमाल, भीर, पहाड, डाँडा, बगर, सार्वजनिक बगरचा, (ज) सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको सम्पत्ति बाहेकको अन्य सम्पत्ति ।
३००. सार्वजनिक सम्पत्ति मानिने : (१) सार्वजनिक प्रयोजनको लागि रहेका देहायको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ :- (क) parapuujerka-le-dekhi रहेको घर, जग्गा, ढल वा बाटो, (ख) कुवा, पोखरी, पानीघाट, इनार, पोखरी तथा त्यसको डिल, (ग) गाइवस्तु निकाल्ने निकास, गोचर, खर्क, अन्त्येष्टिस्थल, चिहान, मसानघाट, समाधिस्थल कब्रिस्तान रहेको जग्गा, (घ) पाटी, पौवा, देवल, धार्मिक उपासनास्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जिद, इगदाह, कब्रगाह, लिगाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा, (ङ) हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा, (च) सार्वजनिक प्रयोजनको लागि कसैले प्रदान गरेको निजी सम्पत्ति, (छ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक सम्पत्ति भनी तोकिदिएको अन्य सम्पत्ति ।
(२) सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहनेछ ।
३०१. सामुदायिक सम्पत्ति मानिने : कुनै समुदायले आफ्नो प्रयोगको लागि राखेको जग्गा, त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्व रहेको अन्य सम्पत्ति सामुदायिक सम्पत्ति मानिनेछ ।
३०२. विवरण अभिलेख राख्नु पर्ने : (१) मालपोत कार्यालयले जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक सम्पत्तिको सम्बन्धमा देहायका विवरणहरू तयार गरी अभिलेख गरी राख्नु पर्नेछ :- (क) सरकारी वा सार्वजनिक सम्पत्ति रहेको स्थान वा जग्गा भए कित्ता नम्बर तथा क्षेत्रफल र घर भए त्यसको स्थिति, (ख) सरकारी वा सार्वजनिक सम्पत्ति कुनै निकाय वा संस्थाको हकभोग वा अधीनन रहेको भए त्यसको विवरण, (ग) अन्य आवश्यक कुराहरू । (२) उपदफा (१) बमोजिमको विवरण तयार गर्न स्थानीय तहले मालपोत कार्यालयलाई आवश्यक सहयोग गर्नु पर्नेछ । (३) उपदफा (१) बमोजिम विवरण तयार गरिसकेपछि मालपोत कार्यालयले त्यसको एक एक प्रति सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहमा पठाउनु पर्नेछ । (४) स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक सम्पत्तिको सम्बन्धमा उपदफा (१) बमोजिमको विवरणहरू सङ्कलन र अभिलेख गरी त्यसको एक प्रति सम्बन्धित मालपोत कार्यालयमा पठाउनु पर्नेछ ।
३०३. जग्गाधनी दर्ता प्रमाणपुर्जा उपलब्ध गराउनु पर्ने : (१) सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा कुनै सरकारी जग्गा भएमा मालपोत कार्यालयले त्यस्तो निकायको नाममा त्यस्तो जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरी त्यस्तो निकाय वा संस्थालाई उपलब्ध गराउनु पर्नेछ । (२) कुनै समुदायको नाममा कानून बमोजिम कुनै जग्गा प्राप्त भएमा मालपोत कार्यालयले त्यस्तो समुदायको नाममा त्यस्तो जग्गाको जग्गाधनी प्रमाणपुर्जा तयार गरी त्यस्तो समुदायलाई उपलब्ध गराउनु पर्नेछ ।
३०४. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति संरक्षण गर्ने दायित्व : (१) नेपाल सरकार, सार्वजनिक संस्था वा समुदायले आफ्नो हक, भोग, जिम्मा वा अधीनमा रहेको सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिको संरक्षण आफैँले गर्नु पर्नेछ । (२) सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहको हुनेछ । (३) सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सम्बन्धित समुदाय तथा स्थानीय तहको हुनेछ ।
३०५. सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न नहुने : (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न वा गराउन हुँदैन । (२) कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे वा गराएमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ । (३) सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता गरे गराएको सम्बन्धमा कसैको उजुरी परेमा सम्बन्धित मालपोत कार्यालयले त्यस सम्बन्धमा दर्तावाला समेतलाई भिकाई आवश्यक जाँचबुझ गरी उजुरी परेको छ महिनाभित्र आवश्यक निर्णय गर्नु पर्नेछ । (४) यस दफा बमोजिम व्यक्ति विशेषको नाममा रहेको कुनै सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति दर्ता बदर हुने भएमा मालपोत अधिकृतले आफ्नो कार्यालयमा रहेको स्रेस्तामा त्यस्तो व्यहोरा अभिलेख गरी त्यसको जानकारी सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहलाई दिनु पर्नेछ । (५) यस दफा विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा दर्ता गराउनेलाई मालपोत कार्यालयले पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्नु पर्नेछ । (६) सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो वा व्यक्ति विशेषको नाममा दर्ता गराउने कार्य प्रचलित कानून बमोजिम पनि कसुर हुनेमा सो बमोजिमको कसुरमा सजाय गर्नको लागि कारबाही चलाउन यस दफामा लेखिएका कुराले कुनै बाधा पर्दैन ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
३०६. सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा वा आवाद गर्न नहुने : (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा च्यापी, मिची, घुसाई वा अन्य कुनै तवरले आफ्नो कब्जामा राख्न हुँदैन । (२) कसैले पनि नेपाल सरकार, सम्बन्धित सार्वजनिक संस्था वा समुदायको स्वीकृति नलिई सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आवाद गर्न वा गराउन हुँदैन । (३) उपदफा (१) वा (२) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आफ्नो कब्जामा राखेमा वा आवाद गरेमा सरकारी वा सार्वजनिक जग्गा भए सम्बन्धित मालपोत कार्यालयले र सामुदायिक जग्गा भए सम्बन्धित स्थानीय तहले जग्गा छुट्याई र त्यस्तो जग्गाबाट उठाएको बाली निहाले लिई जग्गा खाली गराइदिनु पर्नेछ । (४) यस दफा विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा कब्जा वा आवाद गर्ने व्यक्तिलाई मालपोत कार्यालयले दश हजार रुपैयाँसम्म जरिवाना गर्नेछ ।
३०७. संरचना बनाउन नहुने : (१) कसैले पनि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा निजी वा सार्वजनिक प्रयोजनको लागि कुनै संरचना बनाउन हुँदैन । तर सरकारी वा सार्वजनिक जग्गाको हकमा नेपाल सरकारले उचित ठहर्याएको प्रयोजनका लागि र सामुदायिक जग्गाको हकमा सार्वजनिक प्रयोजनका लागि सम्बन्धित समुदायबाट कुनै संरचना बनाउन सकिनेछ । (२) उपदफा (१) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाउन लागेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा स्थानीय तहले त्यस्तो कार्य तुरुन्त रोक्नु पर्नेछ । (३) उपदफा (१) विपरीत कसैले सरकारी, सार्वजनिक वा सामुदायिक जग्गामा कुनै संरचना बनाइसकेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना भत्काउनको लागि संरचना बनाउने मुख्य व्यक्तिलाई पन्ध्र दिनको म्याद दिनु पर्नेछ । (४) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र त्यस्तो संरचना बनाउने मुख्य व्यक्तिले आफ्नै खर्चमा संरचना भत्काउनु पर्नेछ । (५) उपदफा (३) बमोजिम दिइएको म्यादभित्र त्यस्तो संरचना बनाउने मुख्य व्यक्तिले संरचना नभत्काएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले त्यस्तो संरचना आफैँले भत्काउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्रमुख जिल्ला अधिकारीले कुनै संरचना भत्काएकोमा त्यस्तो संरचना भत्काउँदा लागेको खर्च संरचना बनाउने मुख्य व्यक्तिबाट असुल गरी त्यस्तो संरचना बनाए बापत निजलाई पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(७) उपदफा (२) बमोजिम कुनै संरचना बनाउन रोक लगाउन वा बनिसकेको संरचना भत्काउने सम्बन्धमा स्थानीय तहले कुनै सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु सम्बन्धित प्रहरी कार्यालयको कर्तव्य हुनेछ ।
३०८। सरकारी सम्पत्ति हस्तान्तरण गर्न सक्ने : नेपाल सरकारले कुनै निकाय वा संस्थाको हकेभोग वा अधिनमा रहेको कुनै सरकारी सम्पत्ति त्यस्तो निकाय वा संस्थाको स्वीकृति लिई अन्य निकाय वा संस्थाको नाममा हस्तान्तरण गर्न सक्नेछ ।
३०९। सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत हुन सक्ने : (१) कुनै समुदायले राखेको सामुदायिक सम्पत्ति त्यस्तो समुदायले प्रयोग नगरेमा वा कुनै समुदायले सामुदायिक सम्पत्ति समुदायको काममा प्रयोग गर्न आवश्यक नभएको व्यहोरा जनाई त्यस्तो समुदायका सबै परिवारका मुख्य व्यक्तिले सहिछाप गरी सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिएमा सम्बन्धित मालपोत अधिकृतले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत भएमा सम्बन्धित मालपोत अधिकृतले आफ्नो कार्यालयमा रहेको श्रेस्तामा त्यस्तो व्यहोरा जनाई त्यसको जानकारी सम्बन्धित जिल्लास्तरीय प्रशासनिक कार्यालय र स्थानीय तहलाई दिनु पर्नेछ ।
३१०। उजुरी गर्नेलाई पुरस्कार दिने : (१) कसैले यस परिच्छेद विपरीत सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति दर्ता र गराएको, त्यस्तो सम्पत्ति अन्तर्गतको जग्गा कब्जा गरी उपयोग वा आवाद गरेको वा त्यस्तो जग्गामा कुनै निर्माण कार्य गरेको विषयमा जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा साँचो ठहरिएमा सम्बन्धित निकायले त्यस्तो कार्य गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिम भएको जरिवानाको आधा रकम उजुरी गर्ने व्यक्तिलाई पुरस्कार बापत उपलब्ध गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दिइएको उजुरी सम्बन्धित निकायले गोप्य राख्न सक्नेछ ।
३११. कारबाही हुने : (१) कुनै कर्मचारीले जाणीजानी हेलचेक्र्याइँ वा लापरवाहीसाथ सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति कुनै व्यक्तिको नाममा दर्ता गरे वा गराएमा वा यस परिच्छेद बमोजिम सहयोग गर्नु पर्ने कर्तव्य भएको कर्मचारीले कुनै सहयोग नगरेमा त्यस्तो कर्मचारीलाई निजको सेवा, शर्त सम्बन्धी कानून बमोजिम विभागीय कारबाही हुनेछ । (२) उपदफा (१) बमोजिमको काम गर्ने कर्मचारी उपर उपदफा (१) को कारबाहीको अतिरिक्त कानून बमोजिम फौजदारी कसुरमा कारबाही गर्न बाधा पर्दैन ।
३१२. मुद्दा दायर गर्न वा निवेदन वा पुनरावेदन गर्न सरकारी वकीललाई अधिकार हुने : (१) कुनै निकाय वा अधिकारीले सरकारी वा सार्वजनिक सम्पत्तिमा प्रतिकूल असर पर्ने गरी गरेको निर्णय उपर कानून बमोजिम मुद्दा गर्न, निवेदन वा पुनरावेदन गर्ने अधिकार सम्बन्धित सरकारी वकीललाई हुनेछ । (२) उपदफा (१) बमोजिम मुद्दा दायर गर्दा वा निवेदन वा पुनरावेदन दिने सम्बन्धमा सम्बन्धित कार्यालय वा अधिकारीले सरकारी वकीललाई आवश्यक पर्ने कागजात उपलब्ध गराउनु लगायत अन्य सहयोग गर्नु पर्नेछ ।
३१३. हदमाद : यस परिच्छेदको दफा ३०५, ३०६ र ३०७ को सम्बन्धमा जहिलेसुकै र अन्य दफा बमोजिम भए गरेको काम कारबाहीबाट मुक्त पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–६ गुठी सम्बन्धी व्यवस्था
३१४. गुठी स्थापना भएको मानिने : कसैले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति हितग्राहीको लागि अरु कसैबाट सञ्चालन र व्यवस्थापन गर्ने गरी आवश्यक बन्दोबस्त गरेकोमा गुठी स्थापना भएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “हितग्राही” भन्नाले गुठीको सम्पत्तिबाट लाभ पाउने व्यक्ति, समूह, सर्वसाधारण, असङ्घटित वा सङ्घटित संस्था वा समुदाय सम्झनु पर्छ ।
३१५. गुठी सार्वजनिक वा निजी हुन सक्ने : (१) गुठी सार्वजनिक वा निजी हुन सक्नेछ । (२) देहायको उद्देश्य पूरा गर्नको लागि राखिएको गुठी सार्वजनिक गुठी मानिनेछ :-
(क) आर्थिक विकासका पूर्वाधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथा प्रयोग गर्ने, (ख) निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यक कोषको स्थापना तथा सञ्चालन गर्ने, (ग) सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने, (घ) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिक संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने, (ङ) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने, (च) प्राकृतिक, ऐतिहासिक वा सांस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवर्द्धन गर्ने, (छ) वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने, (ज) विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने, (झ) खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, (ञ) सेवामुक्ती कल्याणकारी कार्य गर्ने, (ट) उद्धार कार्य सञ्चालन गर्ने, (ठ) मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिजाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने, (ड) सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्ने ।
(३) कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पुऱ्याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मानिनेछ । (४) सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी मानिनेछ ।
३१६. गुठी स्थापना गर्न निवेदन दिनु पर्ने : (१) कुनै गुठी स्थापना गर्न चाहने व्यक्तिले देहायका विवरणहरू खुलाई पञ्जीकाधिकारी समक्ष निवेदन दिनु पर्नेछ :- (क) गुठीको लागि राखिएको सम्पत्तिको मूल्य र त्यसको विवरण, (ख) हितग्राही र निजले पाउने लाभ, सुविधा, त्यसको शर्त र हदको विवरण, (ग) कुनै खास समयावधिको लागि गुठी स्थापना गरिने भए त्यस सम्बन्धी कुरा, (घ) अन्य आवश्यक विवरण । (२) उपदफा (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका कागजात समेत पेश गर्नु पर्नेछ :- (क) गुठीको संस्थापनापत्र, (ख) गुठी सञ्चालकको नाम र निजको मञ्जुरी सम्बन्धी लिखतको प्रतिलिपि, (ग) गुठी स्थापना गर्न कुनै लिखत भएको रहेछ भने त्यस्तो लिखतको प्रतिलिपि, (घ) गुठी संस्थापकको पहिचान सम्बन्धी विश्वसनीय लिखत र कुनै संगठित संस्था गुठीको संस्थापक भए त्यस्तो संगठित संस्थाको संस्थापना सम्बन्धी लिखतको प्रमाणित प्रतिलिपि र गुठी संस्थापना सम्बन्धमा त्यस्तो संगठित संस्थाको निर्णयको प्रमाणित प्रतिलिपि, (ङ) गुठी दर्ता गर्न कानून बमोजिम लाग्ने दस्तुर तिरेको रसिद ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि,– (१) “पञ्जीकाधिकारी” भन्नाले गुठीको दर्ता, सुपरिवेक्षण र खारेजीका लागि कानून बमोजिम व्यवस्था भएको अधिकारी सम्झनु पर्छ र सो शब्दले त्यसरी व्यवस्था नभएकोमा सम्बन्धित जिल्लाको मालपोत अधिकृतलाई जनाउँछ । (२) “गुठी सञ्चालक (ट्रस्टी)” भन्नाले गुठी सम्पत्ति सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको व्यक्ति सम्झनु पर्छ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो हक, भोग र स्वामित्वको सम्पत्ति निजको मौखिक व्यवहार, आचरण वा निजको शेष पछि प्रभावकारी हुने गरी दान बमोजिम गुठीको रूपमा सञ्चालन तथा व्यवस्थापन हुने व्यवस्था गरेको रहेछ भने त्यस्तो व्यवहार, आचरण वा दान बमोजिम नै गुठी स्थापना भएको मानिनेछ ।
तर कानून बमोजिम हक हस्तान्तरण र रजिष्ट्रेशन पारित गर्नु पर्ने सम्पत्तिको हकमा तत्सम्बन्धी लिखित पारित भएको हुनु पर्नेछ ।
(४) कुनै विदेशी व्यक्तिले गुठी स्थापना गर्न चाहेमा उपदफा (१) र (२) बमोजिमको प्रक्रिया पूरा गरी निवेदन दिनु पर्नेछ । त्यसरी स्थापना गर्ने गुठीमा विदेशी व्यक्ति संस्थापक हुन सक्छ ।
तर दफा ३१५ को उपदफा (२) को खण्ड (छ) बमोजिमको उद्देश्य पूरा गर्न विदेशी व्यक्तिले गुठी स्थापना गर्न सक्ने छैन ।
(५) उपदफा (४) बमोजिम स्थापना भएको गुठीको सञ्चालकमध्ये कम्तीमा एक तिहाइ सञ्चालक नेपालमा स्थायी बसोबास गरेको नेपाली नागरिक हुनु पर्नेछ ।
३१७. संस्थापनापत्रमा खुलाउनु पर्ने विवरण : गुठीको संस्थापनापत्रमा देहायका विवरण खुलाउनु पर्नेछ :–
(क) गुठी संस्थापकको नाम, थर, बतन र संगठित संस्था संस्थापक भए त्यस्तो संस्थाका सञ्चालकहरूको नाम, थर र बतन, (ख) गुठीको उद्देश्य र प्रकृति, (ग) गुठी सञ्चालकको नाम, थर, बतन र निजले गर्ने कामको विवरण र संगठित संस्था गुठी सञ्चालक हुने भए त्यस्तो संस्थाले गुठी सञ्चालकको काम गर्न तोकेको व्यक्तिको नाम, थर र बतन, (घ) हितग्राहीको विवरण, (ङ) गुठी सम्पत्तिको प्रयोग गर्ने विधि, (च) गुठी सञ्चालकको पदावधि तोकिएको भए त्यसको विवरण, (छ) गुठी सञ्चालकले पारिश्रमिक वा अन्य कुनै सुविधा पाउने भए त्यसको विवरण र हद, (ज) कुनै निश्चित अवधिको लागि गुठी स्थापना गर्न चाहेको भए त्यस्तो अवधि,
(भ) गुठीको अन्त्य भएमा सीको परिणाम, (त्र) गुठीको सम्पत्ति सञ्चालन, व्यवस्थापन तथा अनुगमन सम्बन्धी व्यवस्था, (ट) अन्य आवश्यक कुराहरू ।
३१८. गुठी दर्ता गर्नुपर्ने : (१) दफा ३१६ बमोजिम गुठी स्थापना गर्न निवेदन पर्दा आएमा पञ्जीकाधिकारीले गुठीको उद्देश्य र गुठी स्थापना गर्न प्रस्ताव गरिएको सम्पत्तिको विवरण सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा गुठी दर्ता गर्न मनासिब देखिएमा त्यसरी निवेदन परेको पैंतीस दिनभित्र गुठी दर्ता गरी गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम गुठी दर्ता भएमा गुठी स्थापना भएको मानिनेछ । (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजी गुठी दर्ता बिना पनि सञ्चालन गर्न सकिनेछ । तर कसैले त्यसरी निजी गुठी सञ्चालन गरेमा त्यसको जानकारी सम्बन्धित पञ्जीकाधिकारीलाई दिनु पर्नेछ ।
३१९. गुठी दर्ता गर्न इन्कार गर्न सकिने : (१) दफा ३१८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा पञ्जीकाधिकारीले गुठी दर्ता गर्न इन्कार गर्न सक्नेछ :- (क) दफा ३१६ बमोजिमको विवरण, कागजात तथा दस्तुर उल्लेख वा दाखिला नभएमा, (ख) गुठीको नाम त्यस्तो गुठी दर्ता हुनुभन्दा अगाडि नै दर्ता भइसकेको अन्य कुनै गुठीको नामसँग मिल्ने भएमा, (ग) गुठीको उद्देश्य वा शर्त सार्वजनिक हित, सदाचार, शिष्टाचार वा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) को कारणले अनुपयुक्त वा अवाञ्छित देखिएमा, कानूनसम्मत नभएमा वा अनिश्चित वा अस्पष्ट भई कार्यान्वयन गर्न सम्भव नहुने भएमा । (२) उपदफा (१) बमोजिम कुनै गुठी दर्ता नहुने भएमा पञ्जीकाधिकारीले त्यसको कारण खुलाई पैंतीस दिनभित्र निवेदकलाई जानकारी दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम जानकारी प्राप्त भएपछि निवेदकले आवश्यक कुरा सच्याई पुनः गुठी दर्ता गर्न निवेदन गरेमा त्यसरी निवेदन परेको पन्ध्र दिनभित्र गुठी दर्ता गरी दफा ३१८ को उपदफा (१) बमोजिम गुठी दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
३२०. गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्ने : (१) गुठी संस्थापकले आफुले गुठीको लागि छुट्याएको सम्पत्ति गुठी स्थापना भएको तीन महिनाभित्र गुठी सञ्चालकलाई हस्तान्तरण गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम हस्तान्तरण गर्नु पर्ने सम्पत्ति अचल भएमा त्यस्तो सम्पत्ति कानून बमोजिम हस्तान्तरण गरेको अवस्थामा मात्र रीतपूर्वक हस्तान्तरण भएको मानिनेछ । (३) नेपालमा गुठी स्थापना गर्ने विदेशी व्यक्तिले तीन महिनाभित्र कम्तीमा दश लाख अमेरिकी डलर बराबरको चल सम्पत्ति नियमित वैदेशिक प्रक्रिया (रेगुलर वैदेशिक च्यानल) बाट नेपाल ल्याई गुठी सञ्चालकको जिम्मा लगाउनु पर्नेछ । (४) उपदफा (३) बमोजिम चल सम्पत्ति जिम्मा लगाएको जानकारीt पञ्जीकारिधकारीलाई दिनु पर्नेछ ।
३२१. सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुने : दफा ३२० बमोजिमको म्यादभित्र सम्पत्ति हस्तान्तरण नभएमा त्यस्तो गुठीको दर्ता स्वतः बदर भई गुठी भङ्ग भएको मानिनेछ ।
३२२. गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुने : (१) गुठी सञ्चालकले गुठीको नामको सम्पत्ति संस्थापनापत्रमा उल्लेख भएको शर्त तथा बन्देसको अधीनमा रही सञ्चालन र व्यवस्थापन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम सम्पत्ति सञ्चालन र व्यवस्थापन गर्दा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक अचल सम्पत्ति वा त्यसको कुनै अंश सम्बन्धित पञ्जीकारिधकारीको पूर्व स्वीकृति बिना बिक्री गर्न, बन्धकी दिन वा अन्य कुनै किसिमले हस हस्तान्तरण गर्न सकिने छैन । (३) उपदफा (२) बमोजिम पञ्जीकारिधकारीको पूर्व स्वीकृति माग गर्दा त्यस्तो सम्पत्ति बिक्री, बन्धकी वा हस हस्तान्तरण गर्नु पर्ने कारण र त्यसबाट हितग्राहीलाई बढी लाभ हुन सक्ने कुराको कारण र आधार उल्लेख गर्नु पर्नेछ ।
३२३. गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने : (१) गुठी सञ्चालकले आफ्नो क्षमता तथा विवेक इमानदारितापूर्वक प्रयोग गरी उपयुक्त ढङ्गबाट गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा त्यस्तो सम्पत्तिको हानि, नोक्सानी नहुने गरी दिगो रूपमा कायम रहने प्रबन्ध गर्नु पर्नेछ ।
(३) संस्थापकपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) र (२) बमोजिम गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन गर्दा गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ ।
(४) संस्थापकपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (३) बमोजिम लगानी गर्दा तत्काल लगानी गर्ने कुल रकमको देहायको अनुपातमा देहाय बमोजिम लगानी गर्न सकिनेछ :- (क) कम्तिमा पच्चीस प्रतिशत रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, बचतपत्र (ट्रेजरी बिल) वा नेपाल सरकारबाट जमानत प्राप्त ऋणपत्र खरिद गरेर, (ख) बढीमा पच्चीस प्रतिशत रकम वाणिज्य बैंकको मुद्दति खातामा जम्मा गरेर, (ग) बढीमा दश प्रतिशत रकम विकास बैंकको मुद्दति खातामा जम्मा गरेर, (घ) बढीमा पाँच प्रतिशत रकम वाणिज्य बैंकको साधारण शेयर खरिद गरेर, (ङ) बढीमा दश प्रतिशत रकम वित्त कम्पनीको मुद्दति खातामा जम्मा गरेर, (च) बढीमा पाँच प्रतिशत रकम सूचीकृत पब्लिक लिमिटेड कम्पनीको खुला रूपमा कारोबार हुने साधारण शेयर खरिद गरेर ।
(५) उपदफा (४) बमोजिम गरिएको लगानी सम्बन्धमा गुठी सञ्चालकले समय समयमा अनुगमन गर्नु पर्नेछ र त्यसरी अनुगमन गर्दा एक क्षेत्रमा भएको लगानीको प्रतिफल कम हुने देखिएमा लगानीका शर्त बन्देजको अधीनमा रही त्यस्तो लगानी भकि बढी प्रतिफल हुने अर्को क्षेत्रमा लगानी गर्न सकिनेछ ।
(६) उपदफा (५) बमोजिम अनुगमन वा लगानी गर्दा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रको विशेषज्ञको राय लिन सकिनेछ ।
(७) उपदफा (६) बमोजिम लिएको रायलाई अनुगमन वा लगानीको लागि आधार मान्न सकिनेछ ।
(८) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति अलग अलग राखी त्यसको व्यवस्थापन तथा सञ्चालन गर्नु पर्नेछ र खाता सञ्चालन गर्नु पर्ने भए छुट्टैछुट्टै खाता राख्नु पर्नेछ ।
३२४. गुठी सञ्चालक नियुक्त गर्नु पर्ने : (१) गुठी सम्पत्तिको सञ्चालन, व्यवस्थापन, संरक्षण, हेरविचार गर्न तथा त्यस्तो सम्पत्तिबाट प्राप्त लाभ हितग्राहीको लागि प्रयोग गर्न वा त्यसको उपयुक्त प्रबन्ध गर्न गुठी सञ्चालकको नियुक्ति गर्नु पर्नेछ । (२) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको नियुक्ति गुठी संस्थापकले गर्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम गुठी सञ्चालक नियुक्त नभएकोमा वा हुन नसकेमा गुठी संस्थापक नै गुठी सञ्चालक भएको मानिनेछ ।
३२५. गुठी सञ्चालकको योग्यता : देहायको व्यक्ति गुठी सञ्चालक हुन योग्य हुने छैन :- (क) करार गर्न अयोग्य भएको, (ख) आफ्नो जिम्मामा रहेको सम्पत्ति हिनामिना गरेको, (ग) भ्रष्टाचारको कसुरमा अदालतबाट दोषी ठहरिएको, (घ) नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको, (ङ) गुठी सञ्चालन भएको सम्पत्तिको आफू मात्र हितग्राही भएको ।
३२६. गुठी सञ्चालकको संख्या : संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेदको अन्य व्यवस्थाको अधिनमा रही गुठी सञ्चालकको संख्या कम्तीमा एकजना र बढीमा एघार जनासम्म हुनेछ ।
३२७. सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्ने : (१) कानून बमोजिम स्थापना भएको सङ्गठित संस्था गुठी सञ्चालकको रूपमा नियुक्त हुन सक्नेछ । (२) उपदफा (१) बमोजिमको संस्था गुठी सञ्चालकमा नियुक्त भएमा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने व्यक्ति वा त्यस्तो संस्थाको सञ्चालक समितिले निर्णय गरी अधिकार प्रत्यायोजन गरीएको व्यक्तिले त्यस्तो संस्थाको तर्फबाट काम गर्नु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि "मुख्य भई काम गर्ने व्यक्ति" भन्नाले त्यस्तो संस्थाको अध्यक्ष, सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक, कार्यकारी निर्देशक वा संस्थाको प्रमुख भई काम गर्न त्यस्तो संस्थाबाट अधिकार पाएको व्यक्ति सम्झनु पर्छ ।
३२८. गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था : (१) देहायका कुनै अवस्थामा गुठी सञ्चालकको पद रिक्त हुनेछ :- (क) गुठी सञ्चालक हुन निज अयोग्य भएमा, (ख) निजले गुठी सञ्चालकको पदबाट राजीनामा दिएमा, (ग) निजको मृत्यु भएमा वा दावासाहीमा परेमा, (घ) संगठित संस्था भए कानून बमोजिम विघटन, खारेजी भएमा वा दावासाहीमा परेमा, (ङ) निश्चित अवधिको लागि गुठी स्थापना भएको भए सो अवधि पूरा भएमा, (च) निश्चित पदावधि तोकी गुठी सञ्चालक नियुक्त भएकोमा त्यस्तो पदावधि समाप्त भएमा, (छ) गुठी सम्पत्ति हिनमानना गरेको वा त्यस्तो सम्पत्तिको मनासिब हेरचाह नगरेको कारण देखाई गुठी संस्थापक वा अदालतले निजलाई हटाएमा ।
(२) उपदफा (१) बमोजिम गुठी सञ्चालकको पद रिक्त भएमा त्यस्तो पद संस्थापकपत्रमा उल्लेख भएको कार्यविधि पूरा गरी पदपूर्ति गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम गुठी सञ्चालकको पदपूर्ति हुन नसकेमा हितग्राही भए निजले र हितग्राही नभए वा हितग्राही यकिन हुन नसकेमा सम्बन्धित स्थानीय तहले गुठी सञ्चालक नियुक्ति गर्न सम्भावित नामावली सहित सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम गुठी सञ्चालक नियुक्त गर्न निवेदन परु आएमा जिल्ला अदालतले संस्थापकपत्रको भावना अनुरूप निवेदकले उपलब्ध गराएको उम्मेदवारको नामावलीमध्येबाट उपयुक्त व्यक्तिलाई गुठी सञ्चालकको पदमा नियुक्त गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिमको कारणबाट कुनै गुठी सञ्चालक पदबाट मुक्त भएमा निजले यथाशीघ्र आफ्नो जिम्मा, नियन्त्रण वा उपयोगमा रहेको गुठीको सम्पत्ति अन्य सञ्चालकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यसरी निज पदमुक्त भएको कारणले मात्र निजले
सञ्चालक हुँदाका बखत गरेको काम कारबाही वापतको कुनै किसिमको दायित्व वा कानूनी कारबाहीबाट उन्मुक्ति पाउने छैन । तर्ब सबै सञ्चालक पदमुक्त हुने भएमा अर्को सञ्चालक नियुक्त भएपछि त्यस्तो सम्पत्ति हस्तान्तरण गर्नु पर्नेछ । (६) यस दफा बमोजिम एक जना मात्र सञ्चालक भएको सार्वजनिक गुठीको सञ्चालक पद रिक्त भएमा वा पदपूर्ति भएकोमा त्यसको जानकारी रजिष्ट्रार कार्यालयलाई दिनु पर्नेछ ।
३२९. गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने : (१) गुठी सञ्चालकको उत्तराधिकारी सर्नु सम्बन्धमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकको मृत्युपछि निजको ज्येष्ठतम छोरा, छोरा बुहारी वा छोरीले प्राथमिकताक्रमको आधारमा गुठी सञ्चालकको पद प्राप्त गर्नेछ र निजमध्ये कोही नभए निजको हकवालाले गुठी सञ्चालकको पद प्राप्त गर्नेछ । (२) उपदफा (१) बमोजिम गुठी सञ्चालक हुने व्यक्ति गुठी सञ्चालक हुन योग्य रहँदैन भने त्यस्तो व्यक्ति योग्य रहेको अवधिसम्म निजको संरक्षक वा निजलाई हेरचाह गर्ने व्यक्तिले निजको तर्फबाट गुठी सञ्चालकको दायित्व पूरा गर्नु पर्नेछ । (३) संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिको सन्तान दरसन्तान गुठी सञ्चालक हुने गरी व्यवस्था भएको रहेछ भने आ–आफ्नो हकसम्मको हदसम्म त्यस्तो व्यक्तिको सन्तान दरसन्तानले गुठी सञ्चालकको पद प्राप्त गर्ने छन् र त्यस्तो अवस्थामा दफा ३२६ को व्यवस्था लागू हुने छैन ।
३३०. विशेष परिस्थितिमा गुठी सञ्चालकको दायित्व निर्वाह गर्नु पर्ने : गुठी सञ्चालकको सम्पूर्ण पद रिक्त भई दफा ३२८ को उपदफा (२) बमोजिम तत्काल गुठी सञ्चालकको पदपूर्ति हुन सक्ने अवस्था नभएमा त्यसरी पदपूर्ति नभएसम्मको अवधिको लागि स्थानीय तहले गुठी सञ्चालकको रूपमा काम गर्नु पर्नेछ ।
३३१. सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्ने : (१) एकभन्दा बढी गुठी सञ्चालक रहेको गुठीमा संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक सम्भव भएसम्म गुठी सञ्चालकहरु सबैको सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सर्वसम्मति कायम हुन नसकेमा तत्काल कायम रहेका गुठी सञ्चालकहरूको बहुमतद्वारा र त्यस्तो सम्भव नभएमा उमेरको हिसाबले ज्येष्ठ गुठी सञ्चालकको निर्णय बमोजिम गुठी सञ्चालन हुन सक्नेछ ।
३३२. गुठीको उद्देश्य कार्यान्वयन गर्ने : गुठी सञ्चालकले गुठी संस्थापनापत्रमा उल्लेख भए बमोजिम गुठीको उद्देश्य कार्यान्वयन गर्नु पर्नेछ र त्यसरी गुठीको उद्देश्य कार्यान्वयन गर्दा निजले आफ्नो क्षमता, विवेक र इमानदारिपूर्वक कार्य सम्पादन गर्नु पर्नेछ ।
३३३. गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्ने : (१) गुठी सञ्चालकले गुठीको सम्पत्तिको फाटवारी तयार गरी अभिलेख अद्यावधिक गर्नु पर्नेछ र सार्वजनिक गुठीको हकमा प्रत्येक वर्ष त्यस्तो अभिलेखको एक प्रति प्राKindsधिकारीकरण समिति दाखिल गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको फाटवारीमा कुल सम्पत्ति, ऋण, वा त्यस्तो सम्पत्ति कुनै व्यवसायमा लगानी गरेको भए सोको साँवा, ब्याज वा अन्य कुनै प्रतिफल प्राप्त गरेको भए सो समेत उल्लेख गर्नु पर्नेछ ।
३३४. गुठी सम्पत्तिको संरक्षण : (१) गुठी सञ्चालकले गुठीको सम्पत्ति सम्भार तथा संरक्षण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनको लागि कुनै किसिमको कानूनी कारबाही गर्नु पर्ने भए वा कुनै सार्वजनिक अधिकारी समिति कुनै किसिमको रीत पुऱ्याउनु पर्ने भए त्यस्तो समेत गर्न सक्नेछ । (२) गुठीको सम्पत्ति संरक्षण वा सम्भार गर्दा गुठी सञ्चालकले आफ्नै सम्पत्ति सरह उचित र मनासिब हेरविचार तथा गुठी सम्पत्तिको अभिवृद्धि हुने काम गर्नु पर्नेछ ।
३३५. हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुने : गुठी सञ्चालकले गुठीको सम्पत्ति हितग्राहीको हित प्रतिकूल हुने गरी आफ्नो वा अरु कसैको लागि भोगचलन वा प्रयोग गर्न हुँदैन ।
३३६. गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्ने : (१) हितग्राहीको हित प्रतिकूल वा गुठीको उद्देश्य विपरीत हुने गरी गुठीको विनाश गर्ने, अन्त गर्ने वा अन्य कुनै किसिमले नोक्सानी गर्ने काम हुन दिनबाट रोक्ने दायित्व गुठी सञ्चालकको हुनेछ । (२) गुठीको सम्पत्ति उपयुक्त ढंगबाट व्यवस्थापन नभएमा, ठगी वा जालसाजी भएमा, हिनामिना भएमा वा गुठीको उद्देश्य पूरा नगरी गुठी सम्पत्तिको अन्यत्र उपयोग भएमा कुनै संस्थापक वा हितग्राहीले संस्थापनापत्रमा उल्लिखित व्यवस्थाको अधीनमा रही गुठी सम्पत्ति त्यसरी हिनामिना हुनबाट रोक्न अदालतमा उजुरी गर्न सक्नेछ ।
तर सार्वजनिक गुठीको हकमा जोसुकैले पनि उजुरी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको उजुरी बमोजिम गुठी सम्पत्ति व्यवस्थापन नभएको, ढिपी, जालसाजी वा हिनामिना भएको वा अन्यत्र उपयोग भएको ठहर भएमा अदालतले हिनामिना गर्नेबाट लिई उसुर उपर गर्नेछ र गुठी सञ्चालकले त्यसरी हिनामिना गरेको रहेछ भने निजबाट त्यस वापत क्षतिपूर्ति समेत भराउन सक्नेछ ।
३३७. गुठीको लेखा राख्नु पर्ने : (१) गुठी सञ्चालकले गुठी सम्पत्तिको हिसाब स्पष्ट र वास्तविक रूपमा देखिने गरी लेखा राख्नु पर्नेछ र पञ्जिकारिकारी, गुठी संस्थापक वा हितग्राही पहिचान भएकोमा निजले निरीक्षण गर्न चाहेमा त्यसको विवरण उपलब्ध गराउनु पर्नेछ । (२) गुठी सञ्चालकले सार्वजनिक गुठीका सम्बन्धमा प्रत्येक वर्ष मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई लेखापरीक्षण प्रतिवेदनको एक प्रति पञ्जिकारिकारी समक्ष पेश गर्नु पर्नेछ ।
३३८. गुठीको उल्लंघन : (१) गुठी सञ्चालकले यस परिच्छेद बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा निजले गुठी उल्लंघन गरेको मानिनेछ । (२) उपदफा (१) बमोजिम गुठीको उल्लंघन भएमा त्यसबाट गुठीको सम्पत्ति वा हितग्राहीलाई हुनु गएको हानि, नोक्सानी वापत त्यसरी गुठी उल्लंघन गर्ने गुठी सञ्चालक जिम्मेवार हुनेछ र त्यस वापतको दायित्व निजले व्यहोर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम दायित्व व्यहोर्नु पर्दा गुठी उल्लंघन नहुँदा गुठी वा हितग्राहीलाई जे जस्तो आय वा लाभ हुने थियो सोही बराबरको लाभ गुठी उल्लंघन गर्ने गुठी सञ्चालकले व्यहोर्नु पर्नेछ । (४) कुनै गुठीमा एकभन्दा बढी गुठी सञ्चालक भएकोमा गुठी उल्लंघन गर्ने प्रत्येक गुठी सञ्चालकले गुठी उल्लंघन गरेको कारणबाट हानि, नोक्सानी वापत सामूहिक रूपमा दायित्व व्यहोर्नु पर्नेछ । (५) कुनै गुठीको एक अंशमा गुठी उल्लंघन भएको र अर्को कुनै अंशमा लाभ प्राप्त भएकोमा गुठी सञ्चालकले त्यस्तो लाभलाई आफ्नो दायित्व पूरा गर्ने काममा प्रयोग गर्न सक्ने छैन । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा गुठी सञ्चालकले गुठी उल्लंघन सम्बन्धमा भएको हानि, नोक्सानी वापतको दायित्व व्यहोर्नु पर्ने छैन :-
(क) कानूनको कार्यान्वयनबाट हुन गएको हानि, नोक्सानी, (ख) आफुभन्दा पहिलेको गुठी सञ्चालकको कुनै काम वा त्यसको परिणामबाट गुठी उल्लंघन हुन गई भएको हानि, नोक्सानी ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु भन्दा अत्ति तत्काल प्रचलित कानून बमोजिम संस्थापना भई सञ्चालन हुँदै आएका गुठीको सम्बन्धमा कसैले देहायको काम गरेमा गुठी उल्लंघन गरेको मानिनेछ :– (क) गुठीको दानपत्र, शिलपत्र वा त्यस्तो गुठी राख्ने लिखत बमोजिमको काम नगरेमा, (ख) गुठी राख्ने वा निजका सन्तान वा हकवालाले गुठीको दानपत्र शिलपत्र समेतका लिखत बमोजिमको काम चलाई भोग चल्न गन पाउने श्रेष्ठ बाहेक गुठीको जग्गा बेचबिखन गरेमा, दान दातव्य दिएमा वा धितो बन्धक राखेमा, वा (ग) गुठीको चल सम्पत्ति गुठीको कामका लागि चलन व्यवहार गर्दा मनासिब तवरले भिइ ठढेकोमा बाहेक गुठीयरले हिनमानिमा गरेमा ।
(८) उपदफा (७) बमोजिम गुठीको उल्लंघन गरेमा यो संहिता प्रारम्भ हुँदाका बखत कायम रहेको कानून बमोजिम कारबाही हुनेछ ।
३३९. गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसंग रहने : (१) गुठी संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सम्पत्तिको स्वामित्व तथा भोगचलन सम्बन्धी लिखत, कागजत तथा त्यस सम्बन्धी अन्य सबुत प्रमाण सबै गुठी सञ्चालकको जिम्मामा रहनेछ र सार्वजनिक गुठीको हकमा त्यस्तो लिखत, कागजतको प्रतिलिपि गुठी सञ्चालकले रजिष्ट्रारको समक्ष दाखिला गर्नु पर्नेछ । तर रजिष्ट्रारले नै स्वीकृति दिने लिखत, कागजत वा प्रमाणको प्रतिलिपि निज समक्ष दाखिला गर्नु पर्ने छैन । (२) उपदफा (१) बमोजिमका लिखत, कागजत तथा प्रमाण गुठी सञ्चालक तथा रजिष्ट्रारले सुरक्षित तवरले राख्नु पर्नेछ ।
३४०. गुठी सम्पत्तिबाट शोधभरण लिन पाउने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गुठी सम्पत्ति संरक्षण गर्ने, गुठीको उद्देश्य कार्यान्वयन गर्ने वा हितग्राहीको हित
संरक्षण गर्ने सिलसिलामा गुठी सञ्चालकले आफ्नो निजी वा अन्य कसैको सम्पत्ति प्रयोग गरेको रहेछ भने त्यस्तो सम्पत्ति वापतको रकम गुठी सम्पत्तिबाट शोधभनान लिन पाउनेछ ।
३४१. अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिने : यस परिच्छेदमा स्पष्ट रूपमा उल्लेख भएको अधिकार, कर्तव्य र दायित्वका अतिरिक्त संस्थापकपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठीको उद्देश्य कार्यान्वयन गरी पूरा गर्न, गुठी सम्पत्तिको हेरविचार र संरक्षण गर्न तथा हितग्राहीको हक, हित संरक्षण गर्नको लागि आवश्यक पर्ने अन्य अधिकार र कर्तव्य गुठी सञ्चालकमा रहेको मानिनेछ ।
३४२. गुठी सञ्चालकले गर्न नहुने : (१) संस्थापकपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक गुठी सञ्चालकले देहायको काम गर्न वा गराउन हुँदैन :- (क) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक अन्य कुनै किसिमले प्रयोग गर्न, (ख) गुठीको सम्पत्ति गुठीको उद्देश्य पूरा गर्न बाहेक आफू वा अन्य कसैलाई मुनाफा हुने कुनै काममा प्रयोग गर्न वा लगाउन, (ग) अर्को गुठी सञ्चालक वा अन्य कसैलाई गुठी सञ्चालकको जिम्मेवारी वा दायित्व प्रत्यायोजन वा सुम्पन्, तर कुनै सामान्य कारोबारमा आफ्नो प्रतिनिधि वा वारेस नियुक्त गर्न वा त्यस्तो कारोबारको प्रकृतिले जिम्मेवारी वा दायित्व प्रत्यायोजन हुनु पर्ने रहेछ भने त्यस्तो जिम्मेवारी वा दायित्व सुम्पन्न वा हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राहीको अनुमतिले कसैलाई कुनै जिम्मेवारी दिन बाधा पर्ने छैन । (घ) एकभन्दा बढी गुठी सञ्चालक भएकोमा दफा ३२९ विपरीत एक्लैले गुठी सम्बन्धी कुनै काम गर्न, (ङ) गुठी सञ्चालक भए बापत निजले कुनै किसिमको पारिश्रमिक, भत्ता वा सुविधा प्राप्त गर्न, तर कार्यालय स्थापना गरी पूर्णकालिक वा आंशिक काम गरेकोमा वा गुठीको उद्देश्य वा हितग्राहीको हित प्रतिकूल नहुने गरी पञ्जीकारिकाधिकारीको पूर्व स्वीकृति लिई मनासिब पारिश्रमिक, भत्ता वा सुविधा लिन सकिनेछ ।
(च) गुठी सञ्चालक बहाल रहेको अवधिभर र गुठी सञ्चालकबाट अवकाश प्राप्त गरेको कम्तीमा तीन वर्ष व्यतित नभई आफू सञ्चालक रहेको गुठीको सम्पत्ति खरिद गर्न वा त्यस्तो सम्पत्ति कुनै किसिमले धितो, बन्धक, लिइ वा भाडामा लिन ।
(२) गुठी सञ्चालकले आफ्नो निजी सम्पत्ति र गुठी सम्पत्ति बीच आर्थिक कारोबार गर्न गराउन पाउने छैन । यस्तो कार्य गरेमा गुठी सम्पत्तिमा पुग्न गएको क्षति वापत निजले क्षतिपूर्ति दिनु पर्नेछ ।
(३) गुठी सञ्चालकले आफ्नो सम्पत्ति र गुठी सम्पत्तिलाई मिसाउन पाउने छैन ।
३४३. गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिने : संस्थापकपत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक एक मात्र हितग्राही भएकोमा निज करार गर्न योग्य भएपछि र एकभन्दा बढी हितग्राही भए प्रत्येक हितग्राही करार गर्न योग्य भई एकमत भएपछि निजले गुठीको सम्पत्ति आफूलाई हस्तान्तरण गर्न गुठी सञ्चालकलाई निर्देशन दिन सक्नेछन् र त्यसरी निर्देशन दिएमा त्यस्तो निर्देशन पालना गर्नु गुठी सञ्चालकको कर्तव्य हुनेछ । तर सार्वजनिक गुठीको हकमा यो व्यवस्था लागू हुने छैन ।
३४४. गुठी सम्पत्तिको लाभ तथा उपयोग गर्न सक्ने : (१) निजी गुठीको हकमा करार गर्न योग्य भएका हितग्राहीले गुठी सम्पत्तिबाट प्राप्त हुने आफ्नो हक, लाभ, सुविधा वा हित गुठी सञ्चालक र Приठाधिकारीलाई लिखित रूपमा सूचना दिई आर्थिक वा पूरा तथा उपयोग गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिम गुठी सम्पत्तिबाट प्राप्त हुने हक, लाभ, सुविधा वा हित पूरा तथा उपयोग गरी कुनै हितग्राही बाँकी नरहेमा त्यस्तो गुठी विघटन भएको मानिनेछ ।
३४५. गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्ने : (१) गुठी सम्पत्ति दर्ता श्रेस्तामा गुठी जनाई संस्थापकपत्रमा उल्लेख भए बमोजिमको व्यक्तिको नाममा रहनेछ र संस्थापकपत्रमा स्वामित्व रहने व्यक्ति उल्लेख नभएकोमा हितग्राही व्यक्तिको नाममा रहनेछ ।
(२) सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति सञ्चालन तथा व्यवस्थापन गर्न छुट्टै संगठित संस्था खडा गर्नु पर्ने व्यवस्था संस्थापकपत्रमा भएकोमा त्यस्तो सम्पत्ति त्यसरी खडा भएको संगठित संस्थाको नाममा रहनेछ ।
३४६. गुठीको उद्देश्यमा हेरफेर हुन सक्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि गुठी संस्थापकले गुठी स्थापना गर्दाका बखत संस्थापकपत्रमा उल्लेख भएको उद्देश्य
संशोधन वा हेरफेर गर्न उपयुक्त देखिइ कारण खुलाइ प्रिपिाकाधिकारी समक्ष निवेदन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम पर्न आएको निवेदन जाँबुझ गर्दा संस्थापनापत्रमा उल्लिखित उद्देश्य संशोधन वा हेरफेर गर्नु पर्ने कारण मनासिब भएमा प्रिपिाकाधिकारीले त्यस्तो उद्देश्य संशोधन वा हेरफेर गर्ने आदेश दिन सक्नेछ र त्यसरी आदेश भएकोमा सोही बमोजिम संस्थापनापत्रको उद्देश्य संशोधन वा हेरफेर भएको मानिनेछ ।
३४७. गुटी सम्पत्ति गणना नहुने : गुटी सञ्चालकले गुटी सम्पत्ति सञ्चालन र व्यवस्थापन गरेकोमा त्यस्तो सम्पत्ति कर निर्धारण गर्ने वा अन्य कुनै प्रयोजनको लागि गुटी सञ्चालकको सम्पत्तिको रूपमा गणना हुने छैन । तर त्यस्तो सम्पत्तिबाट कुनै लाभ, सुविधा वा हित प्राप्त गर्ने व्यक्तिको हकमा त्यस्तो लाभ, सुविधा वा हितलाई गणना गरिनेछ ।
३४८. गुटी बदर भएमा त्यसको परिणाम : (१) एक पटक स्थापना भएको गुटी कुनै कारणवश भङ्ग वा विच्छेदन भएमा अघि भए गरेको काममा कुनै असर पर्ने छैन । (२) उपदफा (१) बमोजिम गुटी भङ्ग वा कुनै कारणले विच्छेदन भएमा सार्वजनिक गुटीको हकमा त्यस्तो गुटीको सम्पत्ति संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रिपिाकाधिकारीको आदेशले गुटी सञ्चालकले त्यस्तै उद्देश्य भएको अन्य कुनै गुटी र त्यस्तो गुटी नभएकोमा समान उद्देश्य भएको कुनै सार्वजनिक संस्थालाई हस्तान्तरण गर्नेछ र निजी गुटी भए हितग्राही व्यक्ति भएमा त्यस्तो हितग्राही र त्यस्तो हितग्राही नभएकोमा निजको नजिको हकवाला र त्यस्तो हकवाला पनि नभएमा गुटी संस्थापक र गुटी संस्थापक पनि नभएमा अन्य हकवालालाई हस्तान्तरण गर्नेछ । (३) उपदफा (२) बमोजिमको कुनै संस्था वा व्यक्ति नभएमा भङ्ग वा विच्छेदन भएको गुटीको सम्पत्ति नेपाल सरकारको हुनेछ ।
३४९. पुनरावेदन गर्न सक्ने : यस परिच्छेद बमोजिम प्रिपिाकाधिकारीले गरेको आदेश वा निर्णय उपर चित्त नबुझने पक्षले त्यस्तो आदेश वा निर्णय भएको थाहा पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
३५०. अन्य गुटी सम्बन्धी व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनुभन्दा अघि नै तत्काल प्रचलित कानून बमोजिम संस्थापना भई
सञ्चालन हुँदै आएका गुठीलाई यस परिच्छेदका कुनै कुराले असर पार्ने छैन र त्यस्तो गुठी संस्थापना गर्ने दानपत्र, शिलपत्र, संस्थापनापत्र वा अन्य कुनै लिखतमा लेखिए बमोजिम वा रीत, परम्परा वा अभ्यास बमोजिम गुठी सञ्चालन गर्न सकिनेछ । तर त्यस्तो गुठी यो संहिता प्रारम्भ भएको तीन वर्षभित्र यस संहिता बमोजिम दर्ता गरी वा त्यस्तो गुठी सञ्चालन हुँदै आएको जानकारी प्रशिक्षकाधिकारीलाई गराई अभिलेख राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको गुठी जुन उद्देश्य र प्रयोजनका लागि संस्थापना भएको थियो सोही उद्देश्य र प्रयोजनका लागि पूर्ववत रूपमा व्यवस्थापन र सञ्चालन गर्नु पर्नेछ र सोही बमोजिमको उद्देश्य र प्रयोजन पूरा गरी बाँकी रहेको सम्पत्ति वा आम्दानी भोग चलन गर्न वा धितो बन्धक राख्न सकिनेछ । (३) उपदफा (१) बमोजिम संस्थापना भएका गुठीको उद्देश्य र प्रयोजनमा प्रतिकूल असर नपर्ने गरी गुठीको सम्पत्ति खरिद बिक्री गर्न सकिनेछ । (४) उपदफा (३) बमोजिम खरिद गरी लिने व्यक्तिले जुन प्रयोजनका लागि गुठी संस्थापना भएको हो सोही उद्देश्य र प्रयोजनका निमित्त सम्पत्ति प्रयोग गर्नु पर्नेछ । (५) सरकारी जग्गा प्राप्त गरी कुनै खास प्रयोजनका लागि उपदफा (१) बमोजिमको गुठी संस्थापना वा सञ्चालन गरेको भए त्यस्तो जग्गा जुन प्रयोजनका लागि गुठी सञ्चालन भएको थियो त्यस्तो उद्देश्य र प्रयोजन पूरा गर्न प्रयोग गर्नु पर्नेछ र त्यस्तो जग्गा गुठी राख्ने वा निजका सन्तान वा हकवालाले भोगचलन गर्न पाउने छैन । (६) उपदफा (५) बमोजिमको व्यक्तिले त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा नगरेमा जुन व्यक्तिले त्यस्तो उद्देश्य र प्रयोजन पूरा गरेको छ सोही व्यक्तिले त्यस्तो जग्गा भोग चलन गर्न पाउनेछ । (७) यस दफामा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि कुनै लिखत नभई उपदफा (१) बमोजिमको गुठी कसैले निरन्तर रूपमा सोह्र वर्ष वा सोभन्दा बढी अवधि देखि सञ्चालन गर्दै आएको रहेछ भने त्यस्तो गुठीको उद्देश्य र प्रयोजन पूरा गरी त्यसको सम्पत्ति निजले भोग चलन गर्न सक्नेछ । (८) यस दफामा लेखिएको बाहेकका अन्य कुराहरू गुठी संस्थापना पत्र, शिलपत्र, दानपत्रमा लेखिए बमोजिम वा त्यस्तो गुठी सञ्चालन सम्बन्धी परम्परा र अभ्यास बमोजिम हुनेछ ।
३५१. हदम्याद : (१) यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकर पर्ने व्यक्तिले नालिस गर्नु पर्दा देहायको विषयमा कुनै हदम्याद लाग्ने छैन :- (क) गुठीको सम्पत्ति हिनगमना गरेको, (ख) गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखित जालसाजी वा किर्ते गरेको, (ग) गुठीको सम्पत्ति मसे खाएको, (घ) सञ्चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको, (ङ) गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको । (२) उपदफा (१) मा उल्लेखित विषय बाहेक अन्य विषयमा नालिस गर्नु पर्ने कारण भएको मितिले ५ महिनाभित्र नालिस गर्न सकिनेछ ।
परिच्छेद–७ फलोपभोग सम्बन्धी व्यवस्था
३५२. फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिने : (१) कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिनेछ । (२) फलोपभोगको व्यवस्था सम्बन्धित व्यक्तिहरू बीच भएको करार बमोजिम हुनेछ ।
३५३. फलोपभोग प्रभावकारी हुने : करार बमोजिम कायम भएको फलोपभोगको व्यवस्था करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार प्रारम्भ भएको मितिदेखि प्रभावकारी हुनेछ ।
३५४. लिखित गर्नु पर्ने : (१) कसैले आफ्नो अचल सम्पत्ति फलोपभोग गरी दिँदा कानून बमोजिम लिखित गर्नु पर्नेछ । (२) कसैले सगोलको सम्पत्ति फलोपभोगको रूपमा दिँदा एकसगोलको अंशियारको सहमति लिनु पर्नेछ ।
३५५. फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउने : (१) कसैले आफ्नो सम्पत्ति कसैलाई फलोपभोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने फलोपभोगीले त्यस्तो सम्पत्ति, त्यसबाट प्राप्त वा आर्जन हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा र त्यसबाट बढे बढाएको प्रतिफल, लाभ, आम्दानी वा सुविधा आफ्नो सम्पत्ति सरह प्रयोग गर्न पाउनेछ ।
(२) उपदफा (१) बमोजिम सम्पत्ति प्राप्त गर्ने एकभन्दा बढी फलोपभोगी भएकोमा प्रत्येक फलोपभोगीले सामूहिक रूपमा वा एक्ला एक्लै त्यस्तो सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।
(३) फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्ति अंशबण्डा भएकोमा अंशबण्डा बमोजिम फलोपभोग गर्न पाउने प्रत्येक अंशियारले उपदफा (१) बमोजिम सम्पत्ति प्रयोग गर्न पाउनेछन् ।
(४) फलोपभोगीले फलोपभोगको व्यवस्था अन्तर्गत प्राप्त भएको सम्पत्तिको संरक्षण वा भोगचलनको लागि आवश्यकतानुसार अदालतमा नालीस दिन सक्नेछ ।
३५६. फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्ति : दफा ३५५ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिसँग सम्बन्धित देहायका सम्पत्ति फलोपभोगीले प्रयोग गर्न सक्ने छैन :- (क) सम्पत्तिसँग सम्बन्धित खानी तथा खनिज पदार्थ, तर खानी नै फलोपभोग अन्तर्गत प्रयोग गर्न दिएकोमा त्यस्तो खानी प्रयोग गर्न सकिनेछ । (ख) हुर्किसकेका रुख, तर रुखबाट प्राप्त हुने फल, फूल वा अन्य पैदावार प्रयोग गर्न सकिनेछ ।
३५७. स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउने : फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त भएको सम्पत्ति स्वामित्ववालाको पूर्व स्वीकृति बिना त्यस्तो सम्पत्तिको मौलिक अवस्था (substance) वा त्यसको स्वरूप (form) मा उल्लेखनीय रूपमा हेरफेर गर्न वा त्यस्तो सम्पत्ति विनाश गर्न पाउने छैन । तर फलोपभोग अन्तर्गत दिइएको सम्पत्तिको स्वरूप हेरफेर वा त्यसको विनाश बिना प्रयोग गर्न नसकिने भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सम्पत्ति फिर्ता गर्दा कायम हुन सक्ने मूल्य तिरि त्यस्तो सम्पत्तिको स्वरूप हेरफेर वा विनाश गरी प्रयोग गर्न सकिनेछ ।
३५८. फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्ने : (१) फलोपभोगीले चाहेमा फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति दफा ३५२ को उपदफा (२) बमोजिमको करारको अधीनमा रही लिखित गरी बहाल, लिज वा बन्धकीमा दिन सक्नेछ ।
तर, (१) मासिक बीस हजार रुपैयाँसम्ममा सम्पत्ति बहालमा दिँदा लिखित गर्नु पर्ने छैन । (२) त्यसरी बहाल, लिज वा बन्धकीमा सम्पत्ति दिएकोमा फलोपभोगीले स्वामित्ववालालाई जानकारी गराउनु पर्नेछ । (३) फलोपभोग अन्तर्गत प्राप्त सम्पत्ति फलोपभोग कायम रहनेभन्दा बढी अवधिको लागि बहाल, लिज वा बन्धकीमा दिन सकिने छैन । (२) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिँदा त्यस सम्बन्धी लिखितमा फलोपभोग अन्तर्गतको सम्पत्ति भएको कुरा उल्लेख गर्नु पर्नेछ । (३) उपदफा (१) र (२) विपरीत कसैले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिएको भए त्यस्तो व्यवहार स्वतः बदर हुनेछ । (४) उपदफा (१) बमोजिम बहाल, लिज वा बन्धकीमा लिएको सम्पत्ति बहाल, लिज वा बन्धकी लिने व्यक्तिले फलोपभोगीले सरु प्रयोग गर्न सक्नेछ । ३५९। फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्ने : (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति आफ्नै सम्पत्ति सरु मानी उचित र मनासिब तवरले मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेछ । (२) कुनै व्यक्तिले फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा लिएकोमा निले त्यस्तो सम्पत्तिको उचित र मनासिब तवरले हेरविचार गर्नु पर्नेछ । (३) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको मर्मत सम्भार आफ्नै खर्चमा गर्नु पर्नेछ । तर विपद्को कारण सारभूत रकम (सब्स्टन्सियल एमाउन्ट) खर्च गरी त्यस्तो सम्पत्ति मर्मत र सम्भार गर्नु परेमा स्वामित्ववालाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी भएको मर्मत सम्भारको खर्च स्वामित्ववालाले व्यहोर्नु पर्नेछ । ३६०। फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्नु नहुने : (१) फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको हानि, नोक्सानी गर्नु वा गराउनु हुँदैन ।
(२) फलोपभोगी वा दफा ३५८ बमोजिम बहाल, लिज वा बन्धकीमा लिने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्दा कुनै किसिमबाट हानि, नोक्सानी भएमा फलोपभोगी जिम्मेवार हुनेछ । तर विपर्परी त्यस्तो सम्पत्ति हानि, नोक्सानी भएकोमा फलोपभोगी जिम्मेवार हुने छैन । (३) उपदफा (२) बमोजिम सम्पत्ति प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानीका विरुद्ध फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको संरक्षणको लागि बीमा वा अन्य आवश्यक सुरक्षात्मक उपाय अपनाउन सक्नेछ ।
३६१. कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्ने : फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको कानून बमोजिम लाग्ने कर, मालपोत वा दस्तुर फलोपभोगीले व्यहोर्नु पर्नेछ । तर फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति वापत भुक्तान गर्नु पर्ने सम्पत्ति कर स्वामित्ववालाले व्यहोर्नु पर्नेछ ।
३६२. कसैले दाबी वा खिचाोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्ने : (१) फलोपभोग अन्तर्गतको सम्पत्ति उपर कसैले अतिक्रमण, दाबी वा खिचाोला गरेमा फलोपभोगीले त्यसको पन्ध्र दिनभित्र सो कुराको जानकारी स्वामित्ववालालाई गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम जानकारी नगराउने फलोपभोगी त्यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति जवाफदेही हुनेछ ।
३६३. फलोपभोगको व्यवस्था बहाल रहने अवधि : (१) फलोपभोगको व्यवस्था करारमा उल्लेख भएको अवधिसम्मको लागि बहाल रहनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा उल्लेख भएकोमा बाहेक देहायको अवधिभन्दा बढी फलोपभोगको व्यवस्था बहाल रहने छैन :- (क) कुनै प्राकृतिक व्यक्ति फलोपभोगी भएमा निजको मृत्यु भएको वा फलोपभोगको व्यवस्था भएको उन्चास वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि, (ख) कुनै कानूनी व्यक्ति फलोपभोगी भएमा त्यस्तो व्यक्ति विघटन भएको वा फलोपभोगको व्यवस्था भएको उन्तीस वर्ष पूरा भएकोमध्ये जुन पहिले हुन्छ त्यस्तो अवधि ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि "विघटन" भन्नाले कानूनी व्यक्तिको खारेजी, लिक्विडेशन, दर्ता खारेजी वा दामासाहीमा परेको अवस्था समेत सम्मन्न हुन्छ ।
(३) एकभन्दा बढी व्यक्ति फलोपभोगी भएकोमा करारमा अन्यथा उल्लेख भएको बाहेक कुनै फलोपभोगीको मृत्यु वा विघटन भएको अनुपातमा फलोपभोगको सम्पत्ति स्वामित्ववालामा हस्तान्तरण हुनेछ ।
३६४. फलोपभोगको व्यवस्था रद्द गर्न सक्ने : (१) दफा ३६३ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति हानि, नोक्सानी गरेमा, दुरुपयोग गरेमा, जुन प्रयोजनको लागि फलोपभोग अन्तर्गत सम्पत्ति लिएको हो त्यस अनुरूप सम्पत्ति प्रयोग नगरेमा वा अन्य कुनै किसिमले त्यस्तो सम्पत्तिमा स्वामित्ववालाको हक अधिकार उपर प्रतिकूल असर पार्ने कुनै काम गरेमा सम्बन्धित स्वामित्ववालाले जुनसुकै बखत फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था रद्द भएमा फलोपभोगीले फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।
३६५. फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्ने : दफा ३६३ र ३६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीले प्रयोग गर्न नचाहेको नेमा निजले जुनसुकै बखत त्यस्तो सम्पत्ति कम्तीमा पैँतालीस दिनको सूचना दिई स्वामित्ववालालाई फिर्ता गर्न सक्नेछ ।
३६६. फलोपभोगको व्यवस्था अन्त्य भएको मानिने : (१) देहायका कुनै अवस्थामा फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेछ :– (क) दफा ३६३ बमोजिम फलोपभोग वहन रहने अवधि समाप्त भएमा, स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "अवधि समाप्त" भन्नाले,– (१) एकभन्दा बढी प्राकृतिक व्यक्ति फलोपभोगी भएकोमा सबैभन्दा पछि जुन फलोपभोगीको मृत्यु हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ ।
(२) एकभन्दा बढी कानूनी व्यक्ति फलोपभोगी भएकोमा सबैभन्दा पछि जुन फलोपभोगी कानूनी व्यक्तिको विघटन हुन्छ सोही मितिबाट फलोपभोग समाप्त भएको मानिनेछ । (ख) दफा ३६४ बमोजिम फलोपभोग रद्द भई सम्पत्ति फिर्ता भएमा, (ग) दफा ३६५ बमोजिम फलोपभोगीले फलोपभोगको सम्पत्ति फिर्ता गरेमा, (घ) फलोपभोगीले मनासिब कारण बिना फलोपभोगको व्यवस्था प्रभावकारी भएको मितिले छ महिनासम्म सो व्यवस्था अन्तर्गत प्राप्त सम्पत्ति प्रयोग नगरेमा, (ङ) कुनै खास उद्देश्य पूरा गर्नको लागि फलोपभोगको व्यवस्था कायम गरिएको भए त्यस्तो उद्देश्य पूरा भएमा, (च) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्ति फलोपभोगीको नाममा कानून बमोजिम हस्तान्तरण हुन गएमा, (छ) फलोपभोग अन्तर्गत प्राप्त गरेको सम्पत्तिको पूर्ण रूपमा विनाश भएमा । (२) उपदफा (१) बमोजिम फलोपभोगको व्यवस्था अन्त भएमा सो उपदफाको खण्ड (च) वा (छ) को अवस्थामा बाहेक फलोपभोग अन्तर्गत कसैलाई दिएको सम्पत्ति स्वतः स्वामित्ववालामा सर्नेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको निश्चित उमेर पूरा नभएसम्म बहाल रहने शर्तमा कुनै सम्पत्ति फलोपभोगको व्यवस्था अन्तर्गत दिएकोमा त्यस्तो व्यक्तिको त्यस्तो उमेर पूरा हुनु अगावै मृत्यु भएमा पनि निज जीवित रहे सरह त्यस्तो उमेर पूरा हुने मितिसम्म फलोपभोगको व्यवस्था बहाल रहनेछ । ३६७. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकर पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–८ सुविधाभाार सम्बन्धी व्यवस्था ३६८. सुविधाभाार (सर्व्ह्युड्स) को व्यवस्था भएको मानिने : (१) कसैको हक, स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अर्को सम्पत्तिको
धनीले यस परिच्छेद बमोजिम भोगचलन वा प्रयोग गर्न पाउने भएकोमा सुविधाभारको व्यवस्था भएको मानिनेछ । (२) करार, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यास बमोजिम सुविधाभारको व्यवस्था कायम हुनेछ ।
३६९। सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्ने : (१) दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बन्धित अचल सम्पत्तिको धनीले सुविधाभारको व्यवस्था बमोजिम आफ्नो अचल सम्पत्ति अन्य व्यक्तिलाई भोगचलन वा प्रयोग गर्न दिनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिनेछ । (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम कायम भएको सुविधाभार कानून बमोजिम प्रयोग गर्न सकिनेछ ।
३७०। अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने : (१) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरा वा केही अंश कसैलाई कुनै व्यवहारले हस्तान्तरण गरेमा पनि त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था कायमै रहनेछ । (२) सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको अंशबण्डा भएमा पनि प्रत्येक अंशियारले त्यस्तो सुविधाभार प्रदान गरेको मानिनेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबण्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भई त्यसरी भएको हस्तान्तरण वा अंशबण्डाबाट हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनु नपर्ने भए सोही हदसम्म सुविधाभार समाप्त भएको मानिनेछ ।
३७१। भोगचलन वा प्रयोग गर्न दिनु पर्ने : (१) कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भए पनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रूपमा हिँड्दै आएको बाटो, पस्न निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पानीघाट, पोखरी, सार्वजनिक सडक, ढल, घोडेटो वा मूल बाटो, पाटी, पौवा, अन्तेरीस्थिल, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, ईदगाह, करबला, कब्रिस्तान वा जिगाधर, सामुदायिक विद्यालय, अस्पताल वा त्यस्तै
प्रकारका सार्वजनिकस्थल जुन प्रयोजनको लागि राखिएको हो सोही बमोजिम सम्बन्धित व्यक्तिलाई प्रयोग गर्न दिनु पर्नेछ । (२) उपदफा (१) मा लेखिएको व्यवस्थालाई प्रतिकूल हुने गरी सुविधाभार प्रदान गर्ने जग्गाको स्वामित्ववाला वा भोगिदारवालाले त्यस्तो जग्गा आवाद वा कमोड गर्न, त्यसमा कुनै संरचना निर्माण गर्न वा त्यसको अन्य कुनै किसिमले भोगचलन गर्न वा गराउन पाउने छैन ।
३७२. विपद परेको बस्तिका धनीहरूको घर वा जग्गा प्रयोग गर्न सकिने : आगलागी, भूकम्प, ज्वालामुखी, बाढी जस्ता विपद परेको बस्ति कसैको घर वा जग्गामा प्रवेश वा प्रयोग नगरी त्यस्तो विपदबाट पीडित हुनेको उद्धार गर्न नसकिने भएमा सम्बन्धित घर वा जग्गाको स्वामित्ववाला भए त्यस्तो घर वा जग्गाको स्वामित्ववालाको अनुमति लिई र घर वा जग्गाको स्वामित्ववाला तत्काल उपलब्ध नभए वा निजले अनुमति नदिए निजको अनुमति बिना नै त्यस्तो घर वा जग्गामा प्रवेश गरी पीडितको उद्धार गर्न वा गराउन सकिनेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि "घर वा जग्गाको स्वामित्ववाला" भन्नाले सम्बन्धित घर वा जग्गा तत्काल उपयोग, भोग वा नियन्त्रण गरिरहेको व्यक्ति सम्झनु पर्छ ।
३७३. बाटोको सुविधाभार प्राप्त गर्ने : (१) पहिले बाटोको निकास भएको घर जग्गामा पछि विपद परी बाटो विनाश भएमा त्यस्तो घर जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक मार्गसम्म पुग्ने मनासिब बाटोको सुविधाभार पाउनेछ । (२) उपदफा (१) बमोजिमको बाटोको सुविधाभार वरपरिको सबै घर वा जग्गाको स्वामित्ववालासँग माग गर्न पाउने छैन र जुन दिशाबाट सार्वजनिक बाटोमा पुग्न सबैभन्दा नजिक हुन्छ सोही दिशाको घर वा जग्गाको स्वामित्ववालासँग त्यस्तो सुविधाभार माग गर्न सकिनेछ ।
३७४. बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुने : (१) कसैले पनि बाटो वा निकास भएको घर वा जग्गाको कुनै भाग छुट्याई कसैलाई हस्तान्तरण गर्दा लिनेदिने दुवै पक्षलाई बाटो वा निकासको व्यवस्था नगरी त्यस्तो घर वा जग्गा हस्तान्तरण गर्न हुँदैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो घर वा जग्गामा आउन जानको लागि अन्यत्र बाटो वा निकास भएमा बाटो वा निकासको व्यवस्था गर्नु पर्दैन ।
३७५. आधारभूत सेवा विस्तार गर्न पाउने : कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत सेवा, ग्यास, टेलिफोन जस्ता आधारभूत सेवा उपलब्ध गराउन निजको आफ्नै जग्गाबाट वा सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नहुने भएमा निजले सधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानि, नोक्सानी नहुने गरी पाइप वा लाइन लैजान पाउनेछ ।
३७६. नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्ने : कुनै व्यक्तिको निजी सम्पत्ति अन्तर्गत रहेको वा कुनै व्यक्तिको निजी सम्पत्तिबाट उत्पत्ति भएको नदी वा खोला वा त्यस्तो नदी वा खोलाको किनारको दुवै तर्फको चार मिटरसम्मको चौडाई क्षेत्रमा जुनसुकै व्यक्तिले हिँडडुल गर्न वा त्यस्तो नदी वा खोलामा जल परिवहन गर्न वा डुङ्गा चलाउन वा माछा मार्ने काम गर्न सक्नेछ । तर बाह्र महिना पानीको बहाव नभएको स–साना खोलामा त्यस्तो कार्य पाइने छैन ।
३७७. निकास मार्ग प्रयोग गर्न पाउने : (१) कुनै नदी वा खोलालाई डाइभर्सन गरेको, त्यसमा रिभेटमेन्टको निर्माण गरेको वा त्यसमा कुनै कारणले बाँध बाँधेकोमा त्यस्तो डाइभर्सन, रिभेटमेन्ट वा बाँधसम्म जान आउनको लागि सर्वसाधारण मानिस र पशु हिँड्न सक्ने मनासिब निकास सम्बन्धित जग्गाको स्वामित्ववालाले दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको निकास मार्ग कायम गर्नु पर्दा एकभन्दा बढी जग्गाको स्वामित्ववालाको जग्गाबाट त्यस्तो निकास मार्ग कायम गर्न सकिने अवस्था भएकोमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो मार्गबाट डाइभर्सन, रिभेटमेन्ट वा बाँधसम्म पुग्न प्राविधिक दृष्टिकोणले सम्भव भएको सबैभन्दा नजिकको जग्गाबाट निकास मार्ग कायम गर्नु पर्नेछ ।
३७८. प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुने : (१) प्रत्येक घर वा जग्गाको स्वामित्ववालाले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैँले गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको व्यवस्था नभएकोमा प्राकृतिक रूपमा वर्षाको पानी जता तर्फ बग्दछ सोही बमोजिम बग्न दिनु पर्नेछ । तर कुलो बनाई, भल नियन्त्रण वा बगेको पानी अन्य कुनै किसिमबाट डाइभर्सन गरी वा मानवीय हस्तक्षेपबाट तल्लो प्रस्काको जग्गामा प्रतिकूल असर पर्ने गरी बगाउन पाइने
छैन ।
३७९. खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्ने : कसैको जग्गामा उत्पत्ति भएको वा सोबाट बगेको खोला, नदी वा पोखरीको पानी सम्बन्धित धनीलाई पुगेपछि खानेपानी वा सिँचाइको प्रयोजनको लागि जोसुकैले पनि प्रयोग गर्न सक्नेछ । तर त्यसरी प्रयोग गर्दा सधियारले प्राथमिकता पाउनेछ ।
३८०. खेती गर्नको लागि बाटो वा निकास दिनु पर्ने : (१) कुनै व्यक्तिको खेती गर्ने जग्गामा मानिस वा खेती गर्नको लागि प्रयोग हुने जनवार आउने जाने बाटो वा निकास रहेनछ र निजलाई त्यस्तो बाटो वा निकास चाहिने भए सम्बन्धित जग्गाको स्वामित्ववालाले त्यस्तो व्यक्तिलाई बाटो वा निकासको सुविधा दिनु पर्नेछ । तर घर कम्पाउण्डको जग्गाबाट त्यस्तो बाटो वा निकास दिन कुनै पनि व्यक्ति बाध्य हुने छैन । (२) उपदफा (१) बमोजिम बाटो वा निकास प्रयोग गर्ने व्यक्तिले बाटो वा निकास दिने व्यक्तिको जग्गाको बाली वा अन्य सम्पत्ति हानि, नोक्सानी नहुने गरी बाटो वा निकास प्रयोग गर्नु पर्नेछ ।
३८१. क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने : कसले दफा ३७२, ३७३, ३७५, ३७७ र ३८० मा उल्लिखित प्रयोजनको लागि कुनै व्यक्तिको घर वा जग्गा प्रयोग गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी हुनु गएमा त्यस्तो व्यक्तिले सम्बन्धित घर वा जग्गाधनीलाई मनासिब क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ ।
३८२. हदमद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्कु पर्ने जाने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मिति ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–९ घर बहाल सम्बन्धी व्यवस्था
३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "घर" भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात समेत सम्झनु पर्छ ।
३८४. असुरक्षित घर बहालमा दिन, लिन नहुने : (१) कसैले पनि मानव बसोबास गर्नुको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन । (२) गोदाम, पशुपालन, भण्डार, शीत भण्डार जस्ता गैरआवासीय प्रयोजनको घरको गुणस्तर घर बहाल सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ ।
३८५. घर बहालको अवधि : (१) घर बहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ । तर व्यापारिक प्रयोजनका लागि घर बहाल दिएकोमा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घर बहालको अवधि समाप्त भएपछि घर बहालमा लिने दिने व्यक्तिहरूको सहमतिमा त्यस्तो अवधि पटक पटक थप गर्न सकिनेछ ।
३८६. बहालमा दिँदा सम्झौता गर्नु पर्ने : (१) कुनै व्यक्तिले घर बहालमा दिँदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्नेछ :– (क) घर बहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, (ख) घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, (ग) बहालमा लिने प्रयोजन, (घ) बहाल सुरु हुने मिति, (ङ) बहाल कायम रहने अवधि, (च) मासिक बहाल रकम, (छ) बहाल बुझाउने समय र प्रक्रिया, (ज) घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व, (झ) घर बहाल कर भुक्तानी गर्ने कुरा, (ञ) बहालमा लिएको घरको बिमा गर्नु पर्ने भए सो सम्बन्धी कुरा, (ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा,
(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा, र (ड) अन्य आवश्यक कुराहरू ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मासिक बीस हजार रूपैयाँसम्मको घर बहालमा लिन दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्ने छैन ।
(३) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहालमा लिने दिने व्यक्ति र दुवै पक्षका कम्तीमा दुई जना साक्षीको सहिछाप गरी त्यस्तो लिखतको एक एक प्रति बहालमा लिने दिने व्यक्तिले लिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरेपछि बहाल सम्बन्धमा घरधनी र बहालमा लिने व्यक्तिबीच सम्झौता भएको मानिनेछ ।
३७८. घरको विवरण दिनु पर्ने : कसैले कुनै घर बहालमा दिदा त्यस्तो घरको बनोट सम्बन्धमा कुनै कमजोरी वा त्रुटि भए त्यसको विवरण घर बहालमा लिने व्यक्तिलाई सम्झौता गर्दाका बखत दिनु पर्नेछ ।
३७८. मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्ने : (१) घर धनीले आफ्नो घर बहालमा दिनु अघि बहालमा दिने घरमा रहेका मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको विवरणमा उल्लिखित मालसामान वा वस्तु बहालमा लिने व्यक्तिले प्रयोग गर्न भएमा त्यस्तो मालसामान वा वस्तु बुझी त्यसको भरपाइ घरधनीलाई दिनु पर्नेछ ।
३७९. घरधनीको दायित्व : घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ :- (क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने, (ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा बिजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने, (ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनाबाट रोक्ने,
(घ) सम्झौतामा उल्लेखित अन्य कुराहरू पालना गर्ने ।
३९०. बहालमा लिने व्यक्तिको दायित्व : बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :- (क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने, (ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाई, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने, (ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने, (घ) सम्झौतामा उल्लेखित अन्य कुराहरू पालना गर्ने ।
३९१. बहाल बुझाउने तरिका र प्रक्रिया : (१) बहालमा लिने व्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रक्रिया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम बहाल बुझाउने सम्बन्धमा सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा लिने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ । (३) उपदफा (२) बमोजिम बहाल बुझाउँदा चेक वा नगद रूपमा बुझाउन सकिनेछ । (४) यस दफा बमोजिम घरधनीले नगदी बहाल बुझेकोमा त्यसको भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ ।
३९२. कर तथा अन्य दस्तुर बुझाउने दायित्व : (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ । (२) उपदफा (१) बमोजिम घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएर निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैँले बुझाउन सक्नेछ । (३) उपदफा (२) बमोजिम बहालमा लिने व्यक्तिले कर वा दस्तुरको रकम बुझाएकोमा निजले घरधनीसँग त्यस्तो रकम बहाल दिँदा कटाउन पाउनेछ ।
३९३. घरको बीमा गराउनु पर्ने : (१) औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “औद्योगिक वा व्यावसायिक प्रयोजन” भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने दायित्व भएको व्यक्तिले घरको बीमा नगराएमा र सो घर विपद्, अशान्ति, हुलङ्गा, आगजनी जस्ता कारणबाट क्षति हुन गएमा त्यसको जिम्मेवारी घर बहालमा लिने व्यक्तिले वहोर्नु पर्नेछ ।
३९४. बहालमा लिएको घरको मर्मत तथा सम्भार : (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुनेछ ।
(२) सम्झौतामा बहालमा लिएको घरको मर्मत सम्भार घरधनीले गर्ने कुरा उल्लेख भएमा र बहालमा लिएको कुनै घरको मर्मत सम्भार गर्नु पर्ने भएमा बहालमा लिने व्यक्तिले समयमै घरधनीलाई लिखित सूचना गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना गर्दा पनि घरधनीले बहालमा दिएको घरको मर्मत सम्भार नगरेमा बहालमा बसेको व्यक्तिले त्यस्तो घरको आफैले मर्मत सम्भार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम घरको मर्मत सम्भार गर्दा लागेको बिल बमोजिमको रकम बहालमा बस्ने व्यक्तिले घरधनीलाई दिनु पर्ने बहाल रकमबाट कट्टाई लिन पाउनेछ ।
(५) उपदफा (३) बमोजिम घरको मर्मत, सम्भार गर्दा घरधनी र बहालमा बस्ने व्यक्ति बीच त्यस सम्बन्धमा छुट्टै सहमति भएकोमा बाहेक मर्मत सम्भार गर्नु अघि बहालमा लिने व्यक्तिले मर्मत, सम्भारको लागत अनुमान तयार गरी घरधनीलाई पन्ध्र दिन अघि नै लिखित जानकारी गराउनु पर्नेछ ।
३९५. बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्ने : (१) घरधनीसँग सम्झौता हुँदा आफुले बहालमा लिएको घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने कुरा उल्लेख भएकोमा बहालमा लिने व्यक्तिले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई सम्झौताको अधीनमा रही बहालमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बहालमा लिने व्यक्तिले घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई बहालमा दिएकोमा त्यसरी बहालमा लिने व्यक्तिको नाम र ठेगाना पन्ध्र दिनभित्र घरधनीलाई लिखित रूपमा दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम घर बहालमा लिने व्यक्तिले आफुले लिएको घर वा
त्यसको कुनै अंशको बहाल त्यसरी बहालमा राख्ने व्यक्तिलाई बुझाउनु पर्नेछ । (४) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा यस परिच्छेद बमोजिम बहालवालाले पालना गर्नु पर्ने सबै शर्त र व्यवस्था पालना गर्नु पर्नेछ । (५) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजले बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दु:ख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्नेछ ।
३९६. स्वीकृति बिना संरचना हेरफेर गर्न नहुने : (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक घर बहालमा लिने व्यक्तिले घरधनीको लिखित स्वीकृति बिना बहालमा लिएको घरको कुनै संरचना हटाउन, हटाउन, विगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न पाउने छैन । (२) उपदफा (१) विपरीत कुनै काम गरी बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पुर्याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफुले परेको नोक्सानीको क्षतिपूर्ति भराई लिन पाउनेछ ।
३९७. सम्झौता विपरीत घर प्रयोग गर्न नहुने : बहालमा लिने व्यक्तिले घरधनीको पूर्वस्वीकृति विना जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो प्रयोजन बाहेक अन्य कामको लागि घर प्रयोग गर्न पाउने छैन ।
३९८. सम्झौता हेरफेर गर्न सक्ने : बहालमा लिने दिने व्यक्तिले आपसी समझदारीमा घर बहाल सम्झौतालाई आवश्यक हेरफेर गर्न सक्नेछन् । तर त्यस्तो सम्झौता यस संहिता बमोजिम रजिष्ट्रेशन पारित भएको रहेछ भने सम्बन्धित निकायमा निवेदन दिई हेरफेर गर्नुपर्नेछ ।
३९९. निरीक्षण गर्न सक्ने : (१) घरधनीले बहालमा लिने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको घरको समय समयमा निरीक्षण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम घरधनीले बहालमा दिएको घर निरीक्षण गर्न चाहेमा निजलाई निरीक्षण गर्न दिनु बहालमा लिने व्यक्तिको कर्तव्य हुनेछ ।
४००. बहालमा लिएको घर छाड्न सक्ने : (१) बहालमा लिने व्यक्तिले देहायका कुनै अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछ :– (क) घरधनीले दफा ३९८ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,
(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो त्यस्तो कामको लागि निजलाई घर नचाहिने भएमा, (ग) घरधनीले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा । (२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बहालमा लिने व्यक्तिले घर छाड्नु परेमा सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक कम्तीमा पैंतीस दिन अगावै घरधनीलाई लिखित रूपमा सूचना दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम सूचना नदिई बहालमा लिने व्यक्तिले घर छाडेमा घरधनीले त्यस्तो समयको घरको बहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए त्यसबाट कट्टा गर्न र नदिएको भए निजबाट भराई लिन पाउनेछ ।
४०१. बहालमा लिने व्यक्तिलाई हटाउन सक्ने : (१) देहायका कुनै अवस्थामा घरधनीले बहालमा लिने व्यक्तिलाई घरबाट हटाउन सक्छन् :- (क) बहालमा बस्ने व्यक्तिले दफा ३९० बमोजिम आफ्नो दायित्व पूरा नगरेमा, (ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कुसरुजनी कुनै क्रियाकलाप गरेमा, (ग) घर धनी आफूलाई घर आवश्यक भएमा, (घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा, (ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा, (च) घर बहालको अवधि समाप्त भएमा, (छ) बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा, (ज) दफा ३९५ को उपदफा (५) को अवस्था कायम भएमा । (२) उपदफा (१) को खण्ड (ग) बमोजिमको अवस्थामा बहालमा लिएको व्यक्तिलाई घरबाट हटाउनु परेमा घरधनीले कम्तीमा पैंतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम घरधनीले बहालमा लिएको व्यक्तिलाई हटाएको त्यस्तो घर आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन ।
(४) उपदफा (३) बमोजिम घरधनीले त्यस्तो घर तीन महिनाभित्र अन्य व्यक्तिलाई बहालमा दिने भएमा र पहिला बहालमा लिने व्यक्तिले त्यस्तो घर बहालमा लिन चाहेमा निजले प्राथमिकता पाउनेछ ।
४०२। घर बहालको सम्झौता समाप्त भएको मानिने : देहायको कुनै अवस्थामा दफा ३८६ बमोजिम गरेको घर बहालको सम्झौता समाप्त भएको मानिनेछ :- (क) बहालमा लिने व्यक्तिले घर छाड्दामा, (ख) घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा, (ग) बहालमा लिने, दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा, (घ) घर बहालको अवधि समाप्त भएमा ।
४०३। मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्ने : (१) बहालमा लिने व्यक्तिले आफूले लिएको घर बहालबाट छाड्दा आफ्नो जिम्मामा रहेको मालसामान वा वस्तु गन्ती गरी तथा घर सफा वा रङ्गरोगन गर्नु पर्ने भए सो समेत गरी घरधनीलाई दुरुस्त बुझाउनु पर्नेछ । (२) घर बहालमा लिने व्यक्तिले आफ्नो जिम्माको कुनै मालसामान वा वस्तु हराएमा वा हानि, नोक्सानी गरेमा त्यस्तो मालसामान वा वस्तु वा सो मालसामान वा वस्तुको प्रचलित मूल्य बमोजिमको रकम बहालमा लिने व्यक्तिले घरधनीलाई दिनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक प्रयोग गर्दा खिइने वा नष्ट हुने मालसामान वा वस्तुको शोधभर्ना गर्न वा त्यस्तो मालसामान वा वस्तुको रकम दिन बहालमा लिने व्यक्ति बाध्य हुने छैन ।
४०४। घर खाली गराउन सक्ने : (१) यस परिच्छेदमा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि घर लिने कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी अवधिसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो ब्यहोराको निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित वडा कार्यालयले पन्ध्र दिनको सूचना दिई बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ । (३) उपदफा (२) बमोजिमको सूचना प्रकाशन भएकोमा बहालवाला व्यक्ति त्यस्तो अवधिभित्र उपस्थित हुनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र त्यस्तो व्यक्ति उपस्थित नभएमा सम्बन्धित वडा कार्यालयले बहालमा रहेको घर खोली मालसामान आफ्नो वा कुनै मानिसको जिम्मा रहने गरी घर खाली गराउन सक्छ । (५) उपदफा (१) बमोजिम बेपत्ता भएको मानिस छ महिनाभित्र फर्की आएमा वा आफ्नो कुनै प्रतिनिधि पठाएमा सम्बन्धित वडा कार्यालयले बहाल वापतको बाँकी रकम लिई मालसामान निजलाई फिर्ता दिनु पर्नेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन परेको एक महिनाभित्र पनि त्यस्तो कार्यालयले कुनै कारबाही नगरेमा सम्बन्धित घरधनी आफैँले सम्बन्धित वडा कार्यालय र नजिको प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी कर्मचारी र कम्तीमा दुईजना स्थानीय व्यक्तिलाई साक्षी राखी लिखित खट ढाल गरी घर खोली निजको मालसामान प्रहरीको जिम्मा दिनु पर्नेछ । ४०५. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१० दान बकस सम्बन्धी व्यवस्था ४०६. दान वा बकस भएको मानिने : (१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि नि:शुल्क रूपमा दिने कार्यलाई दान मानिनेछ । (२) कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिभाइप वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा त्यस्तो व्यक्तिलाई नि:शुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ । (३) उपदफा (१) वा (२) बमोजिम दान वा बकस दिदा दान वा बकस दिनासाथ वा कुनै निश्चित अवधि पछि वा दान वा बकसपत्र दिने व्यक्तिको मृत्यु पछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम दान वा बकस दिने व्यक्तिको मृत्यु पछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेष पछिको दान वा शेषपछिको बकस दिएको मानिनेछ ।
४०७. उद्घोषणा गरी सम्पत्ति दान दिन सक्ने : कुनै खास कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले त्यस्तो कामको निमित्त खास रकम वा सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा उद्घोषणा गरी त्यस्तो रकम वा सम्पत्ति दान दिन सक्नेछ । तर निजले त्यसरी दान दिएको सम्पत्ति हस्तान्तरण नगरेमा कुनै नालिस गर्न सकिने छैन ।
४०८. दान वा बकस बदर हुने : यस परिच्छेद बमोजिम दिएको दान वा बकस देहायका कुनै अवस्थामा स्वतः बदर हुनेछ :- (क) दान वा बकस पाउने व्यक्ति आफैँले वा आफ्नो प्रतिनिधि मार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा, (ख) कसैलाई शेषपछि हक हुने गरी सम्पत्ति दान वा बकस दिएकोमा दान वा बकस दिने व्यक्तिभन्दा दान वा बकस पाउने व्यक्ति अघि मरेमा वा दान वा बकस पाउने संस्था विघटन भएमा, (ग) गर्भमा रहेको शिशुलाई सम्पत्ति दान वा बकस दिएकोमा त्यस्तो शिशु जीवित रूपमा जन्मिनभएमा, (घ) दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिमा ।
४०९. दान वा बकस बदर गराउन सकिने : (१) यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा त्यस्तो दान वा बकस बदर गराउन सकिनेछ :- (क) अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा, (ख) कानून बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा, (ग) असक्षम वा अर्धसक्षम व्यक्तिले कुनै सम्पत्ति दान वा बकस दिएमा, (घ) कानूनको रीत नपुर्याई सम्पत्ति दान वा बकस दिएमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनु पर्ने अवस्थामा मञ्जुरी नलिई दान वा बकस गरी दिएकोमा यसरी मञ्जुरी नलिएको हदसम्मको सम्पत्ति बदर हुनेछ ।
४१०. शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्ने : (१) शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफू उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुट्टै लिखित खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ । (३) उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखित गराउँदा शेषपछिको बकसपत्र गराउँदाको कार्यविधि अवलम्बन गर्नु पर्नेछ । (४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोजिम शेषपछिको बकसपत्र रद्द नगरी सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन । (५) उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ ।
४११. शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्ने : शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तो शेषपछिको बकसपत्र पाउनेले शेषपछिको बकसपत्र दिने व्यक्तिका विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरेमा निजले शेषपछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन ।
४१२. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएमा सोही बमोजिम, आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले दुई वर्षभित्र तथा अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम, कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–११ सम्पत्तिको हस्तान्तरण तथा प्राप्ति सम्बन्धी व्यवस्था
४१३. सम्पत्ति हस्तान्तरण भएको मानिने : कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई विकी, दान, बकस वा अन्य कुनै तबरेले हस्तान्तरण गरी दिएमा त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति हस्तान्तरण भएको मानिनेछ ।
४१४. सम्पत्ति हस्तान्तरण गर्न सक्ने : (१) यस संहिता वा प्रचलित कानुन बमोजिम करार गर्न असक्षम व्यक्ति बाहेक अन्य जुनसुकै व्यक्तिले यस संहिताको अधीनमा रही आफ्नो हक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रूपमा हस्तान्तरण गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको सक्षमता वा असक्षमताको निर्धारण निजले सम्पत्ति हस्तान्तरण गर्दाको बखत निज सक्षम वा असक्षम रहेको आधारमा गरिनेछ । (३) उपदफा (१) बमोजिम कसैले आफ्नो हक र स्वामित्वको सम्पत्ति तत्काल वा शेषपछि हक हुने गरी हस्तान्तरण गर्न सक्नेछ । (४) यस दफा बमोजिम सम्पत्ति हस्तान्तरण गर्दा कानुनको रीत पुऱ्याई लिखत गर्नु पर्नेछ । तर, (१) एक लाख रुपैयाँसम्मको नगद वा कुनै चल सम्पत्ति दान वा बकस गर्दा लिखत गर्नु पर्ने छैन । (२) चल सम्पत्ति विकी वा अन्य तबरेले हस्तान्तरण गर्दा प्रचलित कानुन बमोजिम हुनेछ ।
४१५. संरक्षक वा माथवरले सम्पत्ति विकी गर्न सक्ने : (१) संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको हक, हित वा संरक्षणको लागि यस संहिताको अधीनमा रही सम्पत्ति विकी गरी हस्तान्तरण गर्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक अदालतको अनुमति बिना अचल सम्पत्ति विकी गर्न सकिने छैन ।
४१६. सम्पत्ति पाउने व्यक्तिको स्वामित्व हुने : (१) दफा ४१४ बमोजिम कुनै व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गरिदिएमा त्यसरी सम्पत्ति हस्तान्तरण गरेको
मितिदेखि त्यस्तो सम्पत्तिमा रहेको निजको स्वामित्व समाप्त भई त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिको नाममा स्वामित्व कायम हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले आफ्नो शेषपछि हक हुने गरी सम्पत्ति हस्तान्तरण गरेकोमा निजको शेषपछि मात्र सम्पत्ति पाउने व्यक्तिको नाममा स्वामित्व कायम हुनेछ । (३) दुई वा दुईभन्दा बढी व्यक्तिले एउटै सम्पत्ति प्राप्त गरेमा जसले जे जति सम्पत्ति पाएको छ सोही अनुपातमा त्यस्तो सम्पत्तिमा निजको हक कायम हुनेछ । (४) सम्पत्ति प्राप्त गर्दा कुनै व्यक्तिले यति हिस्सा पाउने भनी लिखतमा उल्लेख नभएकोमा सम्पत्ति प्राप्त गर्ने सबै व्यक्तिले समान रूपले सम्पत्ति पाएको मानिनेछ ।
४१७. निजी सम्पत्ति हस्तान्तरण गर्न सकिने : कुनै व्यक्तिले आफ्नो निजी सम्पत्ति कसैको मञ्जुरी नलिई कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ ।
४१८. संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिने : (१) संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नु पर्दा त्यस्तो सम्पत्तिका सबै स्वामित्ववालाहरूको मञ्जुरीले हस्तान्तरण गर्न सकिनेछ । (२) उपदफा (१) बमोजिम सबै स्वामित्ववालाहरू संयुक्त सम्पत्ति हस्तान्तरण गर्न मञ्जुर नभएमा पनि कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ । (३) उपदफा (१) बमोजिम कुनै स्वामित्ववालाको हक वा हिस्साको संयुक्त सम्पत्ति हस्तान्तरण गर्दा प्राविधिक दृष्टिले त्यस्तो भाग छुट्याउन नमिल्ने भएमा र त्यस्तो सम्पत्ति अन्य स्वामित्ववालाले लिन चाहेमा स्वामित्ववालाहरू बीच एक आपसमा मञ्जुर गरेको मूल्यमा लिन पाउनेछ । (४) एकभन्दा बढी स्वामित्ववालाहरूले संयुक्त सम्पत्ति लिन चाहेमा सबैभन्दा बढी मूल्य तिर्न मञ्जुरी गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ । (५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वामित्ववालाको हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालाले लिन नचाहेमा र त्यस्तो सम्पत्ति छुट्याई हस्तान्तरण गर्न प्राविधिक दृष्टिले नमिल्ने भएमा संयुक्त सम्पत्तिको सम्पूर्ण हिस्सा बिक्री गरी प्राप्त रकम त्यस्तो सम्पत्तिमा रहेको हक वा हिस्साको आधारमा स्वामित्ववालाहरू बीच बाँडफाँड गर्नु पर्नेछ ।
(६) उपदफा (१) विपरीत कसैले संयुक्त सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा कायम छ त्यति सम्पत्ति मात्र हस्तान्तरण गरेको मान्य हुनेछ र निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित व्यक्तिले फिर्ता लिन पाउनेछ ।
४१९. मञ्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न नपाउने : (१) कसैले पनि सगोलका अंशियारको लिखित मञ्जुरी नलिई सगोलको सम्पत्ति कसैलाई हस्तान्तरण गर्न पाउने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सगोलको सम्पत्ति हस्तान्तरण गर्दा सगोलका अंशियार लिखितमा साक्षी बसेको भए निजको मञ्जुरी लिएको मानिनेछ । (३) उपदफा (१) विपरीत कसैले सगोलको सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा छ त्यति सम्पत्ति मात्र हक हस्तान्तरण गरेको मान्य हुनेछ । निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित अंशियारले फिर्ता लिन पाउनेछ ।
४२०. घर व्यवहारको लागि सगोलको सम्पत्ति बिक्री गर्न सक्ने : दफा ४१९ मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य व्यक्तिले घर व्यवहारको लागि चल सम्पत्तिमा सबै र अचल सम्पत्तिमा आधासम्म कसैको मञ्जुरी नलिइकन सगोलको सम्पत्ति बिक्री गर्न सक्नेछ ।
४२१. अर्काको सम्पत्ति हस्तान्तरण गर्न नहुने : (१) कसैले पनि अर्काको हक र स्वामित्वको सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाउने छैन । (२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुनेछ । (३) उपदफा (१) बमोजिम हक हस्तान्तरण गरेको सम्पत्ति वास्तविक स्वामित्ववालाले दाबी गरेमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति सम्बन्धित स्वामित्ववालालाई फिर्ता गर्नु पर्नेछ । (४) कसैको हराएको वा चोरी भएको सम्पत्ति कसैले पेला फरायोको भए त्यस्तो सम्पत्तिको स्वामित्ववालाले त्यसरी सम्पत्ति हराएको वा चोरी भएको मितिले तीन वर्षभित्र त्यस्तो सम्पत्तिमा आफ्नो स्वामित्व रहेको सबूत सहित दाबी गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम कसैले त्यस्तो सम्पत्ति दाबी गर्न आएमा त्यस्तो सम्पत्ति फेला पार्ने व्यक्तिले त्यस्तो सम्पत्ति संरक्षण वा मर्मत सम्भार गर्दा कुनै रकम खर्च गरेको भए त्यस्तो रकम लिई त्यस्तो सम्पत्ति स्वामित्ववालालाई फिर्ता दिनु पर्नेछ ।
(६) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चोरीको वा कसैको हराएको सम्पत्ति सार्वजनिक बजार वा कुनै व्यक्ति वा निकायले सार्वजनिक रूपमा गरेको लिलाम वा बढाबढाराद्वारा खरिद गरी प्राप्त गरेको रहेछ भने त्यस्तो सम्पत्तिको स्वामित्ववालाले त्यस्तो सम्पत्ति प्राप्त गर्दा निजले कुनै शुल्क वा रकम तिरेको भए त्यस वापतको रकम नबुझाएसम्म त्यस्तो सम्पत्ति वास्तविक स्वामित्ववालालाई फिर्ता गर्न बाध्य हुने छैन ।
४२२. दोहोरो पारी सम्पत्ति हस्तान्तरण गर्न नहुने : (१) कसैले पनि एउटा व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति दोहोरो पारी अन्य व्यक्तिलाई हस्तान्तरण गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा अचल सम्पत्ति हस्तान्तरण गरेको भए पहिले रजिष्ट्रेशन पारित भएको लिखतले कानूनी मान्यता पाउने छ र चल सम्पत्ति हस्तान्तरण गरेको भए जुन व्यक्तिले पहिले सम्पत्ति प्राप्त गर्दछ सोही हस्तान्तरण मान्य हुनेछ ।
४२३. संरक्षक वा मावयरले दान वा बकस दिन नसक्ने : संरक्षक वा मावयरले आफ्नो संरक्षकत्व वा मावयरिमा रहेको व्यक्तिको सम्पत्ति कुनै व्यक्तिलाई दान वा बकस दिन सक्ने छैन ।
४२४. सम्पत्ति भोग गर्न नपाए रकम वा क्षतिपूर्ति पाउने : (१) यस परिच्छेद बमोजिम कसैले सम्पत्ति बिक्री गरी हस्तान्तरण गरेकोमा त्यसरी हुने हस्तान्तरण कुनै व्यवहारले कच्चा भई खरिदकर्ताले पूरा वा आंशिक रूपमा सम्पत्ति भोग गर्न नपाएमा त्यसरी भोग गर्न नपाए जति सम्पत्तिको खरिदकर्ताले तिरेको रकम, त्यस्तो रकमको वार्षिक दश प्रतिशतका दरले हुने ब्याज र सम्पत्ति हस्तान्तरण गर्दा रजिष्ट्रेशन दस्तुर वा अन्य रकम तिरेको भए त्यस्तो रकम समेत खरिदकर्ताले त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट कपालि सरह भराई लिन पाउनेछ ।
(२) कसैले यस परिच्छेद बमोजिम खरिद गरेको सम्पत्तिमा कुनै संरचना बनाएकोमा त्यसरी गरिएको खरिद कुनै कारणबाट कच्चा भई सो सम्पत्ति निजले भोग गर्न नपाउने भए छ महिनाभित्र आफूले बनाएको संरचना भत्काई लैजान पाउनेछ ।
(३) कसैले दफा ४१७, ४२१ र ४२२ विपरीत सम्पत्ति हस्तान्तरण गरेको वा उपदफा (२) बमोजिम कुनै संरचना भत्काई नगरेको कारणबाट कुनै व्यक्तिलाई मर्का पर्नु गएमा निजले उपदफा (१) बमोजिमको रकमको अतिरिक्त आफूलाई परेको वास्तविक हानि, नोक्सानी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट क्षतिपूर्ति समेत भराई लिन सक्नेछ ।
(४) यस परिच्छेद बमोजिम भए गरेको कुनै कारणबाट दान पाउन सक्ने वा दान वा बकस पाउने व्यक्तिले त्यस्तो सम्पत्ति प्रयोग गर्न नपाई निजलाई मर्का पर्नु गएमा यस परिच्छेदका अन्य दफाका अधीनमा रही दान वा बकस दिने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ ।
तर शेषपछिको बकसपत्र बदर भएकोमा क्षतिपूर्ति भराई लिन पाउने छैन ।
(५) यस दफामा अन्यथ भइसकेको जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सम्पत्ति प्राप्त गर्नेले उपदफा (१), (३) र (४) बमोजिमको रकम भराई लिन पाउने छैन :– (क) अन्य व्यक्तिको वा चोरीको सम्पत्ति हो भन्ने जानीजानी लिएमा, (ख) अन्य व्यक्तिलाई हस्तान्तरण गरिसकेको सम्पत्ति जानीजानी लिएमा ।
४२५. वारेसले सम्पत्ति हक हस्तान्तरण गर्न सक्ने : (१) कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नको लागि आफू सम्बन्धित कार्यालयमा उपस्थित हुन नसक्ने कारण जनाई कानून बमोजिम वारेस हुन सक्ने व्यक्तिलाई अधिकृत वारेस नियुक्त गरी पठाएमा त्यस्तो अधिकृत वारेसले निजको तर्फबाट निजको सम्पत्ति कुनै व्यक्तिलाई बिक्री गरी हस्तान्तरण गर्न सक्नेछ । (२) कसैले आफ्नो चल सम्पत्ति वारेस वा प्रतिनिधि मार्फत बिक्री गर्न सक्नेछ ।
४२६. संगठित संस्थाले सम्पत्ति लिँदा वा दिँदा पूरा गर्न पर्ने कार्यविधि : (१) कानून बमोजिम स्थापना भएका कुनै संगठित संस्थाले आफ्नो नाममा रहेको अचल सम्पत्ति हस्तान्तरण गर्दा त्यस्तो संगठित संस्थाको सञ्चालक समितिले निर्णय गरी सञ्चालक समितिको कुनै सदस्य वा सो संस्थाको कर्मचारीलाई सम्पत्ति हस्तान्तरण गर्न अधिकार दिएमा त्यस्तो व्यक्तिले संगठित संस्थाको तर्फबाट सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ । (२) कुनै संगठित संस्थाको नाममा अचल सम्पत्ति खरिद वा अन्य कुनै प्रकारले प्राप्त गर्दा उपदफा (१) बमोजिमको प्रक्रिया पूरा गरेमा त्यस्तो संस्थाको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सकिनेछ ।
४२७. अन्य व्यक्तिले सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्ने : दफा ४२६ मा लेखिएको अवस्थामा बाहेक यस परिच्छेद बमोजिम सम्पत्ति खरिद वा प्राप्त गर्ने व्यक्ति विशेषले सम्बन्धित कार्यालयमा उपस्थित हुन नसकी निजको तर्फबाट त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गर्ने सम्बन्धमा कानुनले वारेस दिन हुने व्यक्तिलाई कानुनको रीत पुर्याई अख्तियारनामा र निजको नागरिकताको प्रमाणपत्र समेत दिई पठाएमा त्यस्तो वारेसले निजको नाममा त्यस्तो सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्नेछ ।
४२८. असक्षम वा अर्धसक्षम व्यक्तिको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सक्ने : संरक्षक वा मायवरले आफ्नो संरक्षकता, मायवरिमा रहेको असक्षम वा अर्धसक्षम व्यक्ति वा संरक्षकले आफ्नो वा सगोल परिवारका सदस्यले gerneमा रहेको शिशुको लागि कुनै सम्पत्ति दान, बकस, खरिद वा अन्य तरले प्राप्त गर्न सक्नेछ ।
४२९. शेषपछि हक हुने गरी हस्तान्तरण गरेको सम्पत्तिको दाखिल खारिज : (१) कसैले आफ्नो शेषपछि हक हुने गरी कुनै व्यक्तिलाई आफ्नो सम्पत्ति हस्तान्तरण गरेकोमा र त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएमा निजको मृत्यु भएको मितिदेखि ५ महिनाभित्र सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा दाखिल खारिज गराउनको लागि मृत्यु दर्ताको प्रमाणपत्र लगायतका अन्य प्रमाण सहित सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा सम्बन्धित कार्यालयले पनि आफूसँग रहेको लिखत हेरी त्यस्तो लिखत गरिदिने मानिसको मृत्यु भए या नभएको र त्यस्तो लिखत बदर भए या नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएको र निजले लिखत बदर नगराएको देखिएमा निवेदन परेको मितिदेखि पन्ध्र दिनभित्र निवेदन दिने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति दाखिल खारिज गरिदिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिमको म्याद ननाघी कुनै व्यक्तिले दाखिल खारिज गर्न कार्यालयमा निवेदन दिएमा कार्यालयले निजलाई म्याद ननाघेको प्रत्येक वर्षको लागि पाँच सय रुपैयाँका दरले दस्तुर लिई त्यस्तो लिखत बमोजिम त्यस्तो सम्पत्ति निजको नाममा दाखिल खारिज गरिदिनु पर्नेछ ।
४३०. बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न नपाउने : कुनै व्यक्तिले कसैबाट कुनै सम्पत्ति खरिद गरी लिएसकेपछि त्यस्तो सम्पत्ति बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न पाउने छैन । तर भुक्तानीमा पारी वा लिखतमा उल्लिखित व्यहोरा भन्दा फरक पारी कुनै सम्पत्ति दिएको रहेछ भने त्यसको क्षतिपूर्ति दाबी गर्न पाउनेछ ।
४३१. सम्पत्ति सट्टापट्टा गर्न सक्ने : (१) कुनै व्यक्तिले आफ्नो नाममा रहेको सम्पत्ति केही रकम थप गरी वा नगरी अर्को व्यक्तिको सम्पत्तिसँग सट्टापट्टा गर्न सक्नेछ । (२) यस संहिता बमोजिम सम्पत्ति सट्टापट्टा गर्दा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।
४३२. विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न नपाउने : (१) कसैले पनि नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न पाउने छैन । तर गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा प्रचलित कानून बमोजिम हुनेछ । (२) उपदफा (१) विपरीत कसैले विदेशीलाई कुनै अचल सम्पत्ति हस्तान्तरण गरेमा सो सम्बन्धी लिखत स्वतः बदर भई त्यस्तो सम्पत्ति नेपाल सरकारको हुनेछ । (३) उपदफा (१) बमोजिम अचल सम्पत्ति प्राप्त गर्दा परेको साहुको थैली कपालि सरह हुनेछ ।
४३३. विदेशीलाई अंश वा अपुताली प्राप्त भए हस्तान्तरण गर्नु पर्ने : (१) कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन । तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन । (२) उपदफा (१) बमोजिम विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्ने दिनको लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पुर्जा जारी गर्नेछ ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
(३) उपदफा (१) बमोजिम विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यसो प्राप्त भएको तीन वर्षभित्र उपदफा (२) बमोजिम नेपाली नागरिकलाई हस्तान्तरण नगराएमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्ति उपर नेपाल सरकारको हक हुनेछ ।
४३४. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम, $\text{*} $ दफा ४३२ को हकमा जहिलेसुकै र अन्य अवस्थामा यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकर पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले ५ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१२ अचल सम्पत्तिको बन्धकी सम्बन्धी व्यवस्था
४३५. बन्धकीमा दिएको मानिने : (१) साहूसँग ऋण लिए वापत कसैले आफ्नो हक, स्वामित्व वा भोगको अचल सम्पत्ति वा त्यसको कुनै अंश लिखत भएको मिति वा निश्चित समयावधि पश्चात् भोग गर्न पाउने गरी साहूलाई भोग गर्न दिएकोमा त्यस्तो सम्पत्ति बन्धकीमा दिएको मानिनेछ । (२) उपदफा (१) बमोजिम बन्धकीमा दिएको सम्पत्ति साहूले ऋण तिराकै बखत वा कुनै निश्चित समयावधि पछि भोग गर्न पाउने व्यवस्था भएकोमा भोगबन्धकी र ऋण चुक्ता गर्न साहू असामीले निर्धारण गरेको भाखाभित्र असामीले ऋण चुक्ता नगरेको अवस्थामा भोग गर्न पाउने व्यवस्था भएकोमा दृष्टिबन्धकी दिएको मानिनेछ । (३) बन्धकीमा दिने सम्पत्ति बन्धकी लिने व्यक्तिले भोगचलन गर्न सकिने प्रकृति को हुनु पर्नेछ । (४) आफ्नो हक, स्वामित्व वा भोगअधिकारमा नरहेको वा भविष्यमा प्राप्त हुने सम्पत्ति बन्धकीको रुपमा दिन सकिने छैन ।
४३६. लिखत गर्नु पर्ने : (१) यस परिच्छेद बमोजिम कुनै सम्पत्ति बन्धकीको रुपमा दिँदा कानून बमोजिम लिखत गर्नु पर्नेछ । (२) बन्धकीको लिखत गर्ने व्यक्ति कानून बमोजिम सक्षम हुनु पर्नेछ ।
$\text{*} $ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
४३७. बन्धकी लिएको सम्पत्ति भोगचलन गर्न पर्ने : (१) साहुले भोग बन्धकीको रूपमा लिएको सम्पत्ति त्यस सम्बन्धी लिखित भएको मिति वा लिखितमा छुट्टै मिति तोक भएकोमा त्यसरी तोक भएको मितिबाट र दृष्टिबन्धकीमा लिएको सम्पत्ति असामीले ऋण तिर्नु पर्ने भाखा नाघेको मितिले दुई वर्षभित्र भोगचलन गर्न पर्नेछ । (२) उपदफा (१) बमोजिको अवधिभित्र कुनै कारणवश साहुले त्यस्तो सम्पत्ति भोगचलन गर्न नसक्ने भएमा वा असामीले कुनै किसिमले भोगचलन गर्न नदिएमा त्यस्तो सम्पत्ति भोगचलनको लागि चलन चलाइ पाउन कानून बमोजिम नालिस गर्न सक्नेछ । (३) उपदफा (१) बमोजिम साहुले भोगचलन नगरेकोमा वा उपदफा (२) बमोजिम भोगचलनको लागि चलन चलाइ पाउन नालिस नगरेकोमा त्यस्तो बन्धकी स्वतः निकिृष हुनेछ । (४) उपदफा (३) बमोजिम बन्धकीको लिखित निकिृष भएमा त्यस सम्बन्धी लिखित कपालि सरह हुनेछ ।
४३८. बन्धकीमा दिएको सम्पत्तिको भोगधिकार हस्तान्तरण भएको मानिने : कसैले कुनै सम्पत्ति बन्धकीमा दिएकोमा त्यस्तो सम्पत्तिमा साहुले भोगचलन गरेको मितिबाट निजमा भोगधिकार हस्तान्तरण भएको मानिनेछ ।
४३९. आफ्नो सम्पत्ति सरह भोग गर्न पाउने : (१) साहुले बन्धकी लिएको सम्पत्ति र त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ तथा सुविधा आफ्नो सम्पत्ति सरह भोगचलन गर्न पाउनेछ । (२) बन्धकीमा लिएको सम्पत्ति कच्चा भई वा असामीले बाधा बिरोध गरी साहुले भोगचलन गर्न नपाएमा असामीले त्यस बापत साहुलाई मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।
४४०. बन्धकीमा लिएको सम्पत्तिको मनासिब हेरविचार गर्नु पर्ने : (१) बन्धकीमा लिएको सम्पत्तिमा भोगधिकार कायम भए पछि साहुले आफ्नो सम्पत्ति सरह त्यसको मनासिब हेरविचार र संरक्षण गर्नु पर्नेछ । (२) बन्धकीमा लिएको सम्पत्ति भोगचलन गरे बापत कानून बमोजिम कुनै कर वा दस्तुर बुझाउनु पर्ने रहेछ भने त्यस्तो कर वा दस्तुर साहुले नै बुझाउनु पर्नेछ । तर कानून बमोजिम लाग्ने मालपोत भने असामीले नै बुझाउनु पर्नेछ । (३) बन्धकी लिएको सम्पत्ति असामी बाहेक अन्य व्यक्तिबाट बाधा अवरोध भई भोगचलन गर्न नपाएमा साहुले भोगचलनको लागि कानून बमोजिम नालिस गर्न सक्नेछ ।
४४१. ब्याज, शुल्क वा दस्तुर लिन नपाउने : (१) यस सहमतिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहूले कुनै सम्पत्ति भोग बन्धकी लिई ऋण दिएकोमा त्यस्तो ऋण वापत ऋणीसँग कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन । (२) दृष्टिबन्धकी लिएको सम्पत्तिमा साहूको भोग कायम भएपछि साहूले त्यस्तो ऋण वापत कुनै किसिमको ब्याज, दस्तुर वा शुल्क लिन पाउने छैन ।
४४२. भोगबन्धकीको सम्पत्ति भोगलान गर्ने अवधि : (१) भोगबन्धकी लिएको सम्पत्ति दश वर्षभन्दा बढी अवधि भोगलान गर्न सकिने छैन । (२) उपदफा (१) बमोजिकको अवधिभित्र भोगबन्धकीमा दिएको सम्पत्ति फिर्ता नलिएमा त्यस सम्बन्धी लिखित कपालि सरह हुनेछ ।
४४३. दृष्टिबन्धकीको भाखाको अधिकतम अवधि : (१) कुनै सम्पत्ति दृष्टिबन्धकी दिँदा वा लिँदा पाँच वर्षभन्दा बढीको भाखा राख्न सकिने छैन । (२) उपदफा (१) बमोजिकको अवधि पूरा नभई साहूले असामीबाट दृष्टिबन्धकीमा राखेको सम्पत्ति चलन चलाइ लिन् वा त्यस्तो सम्बन्धी ऋण असुल गराउने कारबाही गर्न सक्ने छैन । (३) उपदफा (१) बमोजिकको अवधिपछि भोग गरेको सम्पत्ति दश वर्षसम्म भोग गर्न पाउनेछ । (४) उपदफा (३) बमोजिम भोग गरेको दश वर्षको अवधिभित्र दृष्टिबन्धकीमा दिएको सम्पत्ति फिर्ता नलिएमा त्यस सम्बन्धी लिखित कपालि सरह हुनेछ ।
४४४. बन्धकीमा दिएको सम्पत्ति जुनसुकै बखत फिर्ता लिन सक्ने : (१) भोग बन्धकीमा दिएको सम्पत्ति भए साहूबाट लिएको ऋण र दृष्टिबन्धक दिएको सम्पत्ति भए त्यसमा कुनै ब्याज लाग्ने भए सो समेत साहूलाई बुझाई असामीले जुनसुकै बखत आफ्नो सम्पत्ति फिर्ता लिन सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बन्धकीमा लिएको सम्पत्ति खेती योग्य जमिन जमिन रहेछ र बन्धकीमा लिएको जमिन फिर्ता गर्दाका बखत त्यस्तो जमिनमा साहूले बाली लगाइराखेको रहेछ भने साहू र असामीले अन्यथा मञ्जुरी गरेकोमा बाहेक त्यस्तो बाली साहूले नै भोगलान गर्न पाउनेछ ।
४४५. बन्धकीमा लिएको सम्पत्ति लखबन्धकी दिन सक्ने : (१) कसैले बन्धकीमा लिएको सम्पत्ति वा त्यसको कुनै अंश त्यस सम्बन्धी लिखतमा उल्लेख भएको रकम बराबर वा त्यसभन्दा कम
रकम लिई अन्य कसैलाई पुन: बन्धकीमा दिन सक्नेछ र त्यसरी पुन: बन्धकीमा दिएकोमा लख बन्धकी दिएको मानिनेछ । तर बन्धकीमा लिएको सम्पत्तिमा भोगधिकार कायम नभई लखबन्धकी दिन सकिने छैन । (२) उपदफा (१) बमोजिम दिएको लखबन्धकीको भोगचलन गर्ने अवधि बन्धकी अन्तर्गत भोगचलन गर्ने अवधिभन्दा बढी हुन सक्ने छैन । (३) सम्पत्तिमा हक र स्वामित्व हुने असामीले उपदफा (१) बमोजिम लखबन्ध दिएको सम्पत्ति फिर्ता लिन चाहेमा लखबन्धकी लिँदाको रकम सुरुको थैली बराबरको भए सिधै लखबन्धकी लिने व्यक्तिबाट र त्यस्तो रकमभन्दा कम रकम भए सुरुमा बन्धकी दिएको साहु मार्फत थैली भुक्तानी गरी सम्पत्ति फिर्ता लिन सक्नेछ । (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरुमा बन्धकी लिँदाको शर्तको प्रतिकूल हुने गरी भएको लखबन्धकीको कारोबार त्यस हदसम्म स्वतः बदर हुनेछ । (५) यस परिच्छेद बमोजिम लखबन्धकी दिएको सम्पत्ति साहुले भोग गर्न नपाएमा त्यस्तो लखबन्धकीको लिखत कपालि सरह हुनेछ । ४५६। सम्पत्तिको प्रतिफल वा लाभ बन्धकीमा दिन सक्ने : दफा ४५५ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले बन्धकीमा लिएको सम्पत्ति बन्धकी नदिई त्यस्तो सम्पत्तिबाट प्राप्त हुने प्रतिफल, लाभ वा सुविधा वा त्यस्तो सम्पत्ति खेतीयोग्य जग्गा भए त्यसबाट प्राप्त हुने उपजनी, बाली, रूख, बाँस, पाकेको वा पाक्ने फलफूल, तरकारी, फूल वा अन्य कुनै किसिमको पैदावार मात्र लखबन्धकीमा दिन सक्नेछ । ४५७। असामीको तर्फबाट अर्को व्यक्तिले आफ्नो सम्पत्ति बन्धकी दिन सक्ने : (१) अन्य व्यक्तिले लिएको ऋण वापत कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति असामीको तर्फबाट साहुलाई बन्धकीमा दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम बन्धकी दिएको सम्पत्ति असामीद्वारा साहुलाई बन्धकी दिएको सम्पत्ति सरह साहुले यस परिच्छेद बमोजिम भोगचलन गर्न सक्नेछ । (३) उपदफा (१) बमोजिम अर्को व्यक्तिले सम्पत्ति बन्धकी दिएकोमा असामी र त्यस्तो व्यक्तिको सम्बन्ध बन्धकीको लिखत वा अन्य छुट्टै करारमा लेखिए बमोजिम हुनेछ र त्यसरी नलेखिएकोमा त्यस्तो व्यवहार कपालि सरह हुनेछ ।
४४८. बन्धकी दिएको सम्पत्ति अविभाज्य हुने : (१) साहुका अंशियारबारीच अंशबण्डा भई वा अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुँदा एकभन्दा बढी साहु कायम हुन आए पनि असामीले साहुलाई बन्धकी दिएको सम्पत्ति अविभाज्य रहनेछ र असामीले लिएको सम्पूर्ण ऋण बन्धकीको लिखत बमोजिम पूरा चुक्ता नगरेसम्म बन्धकीमा दिएको सम्पत्ति वा त्यसको कुनै अंश फिर्ता लिन सक्ने छैन । (२) असामीका अंशियारहरू बीच अंशबण्डा भई, अपुताली परी वा साझेदारीबीच भाग विभाजन हुँदा एकभन्दा बढी असामी कायम हुन आएकोमा प्रत्येक असामीले आ–आफ्नो हिस्साको सम्पूर्ण ऋण चुक्ता नगरेसम्म बन्धकी दिएको सम्पत्ति फिर्ता लिन सकिने छैन ।
४४९. बन्धकीमा दिएको सम्पत्ति हानि, नोक्सानी भएमा साहु जवाफदेही हुने : (१) बन्धकी लिएको सम्पत्तिमा साहुको भोगिधिकार कायम भएपछि त्यस्तो सम्पत्ति कुनै किसिमले हानि, नोक्सानी भएमा त्यस उपर साहु नै जवाफदेही हुनेछ । (२) उपदफा (१) बमोजिम बन्धकीमा लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहुले त्यस्तो सम्पत्ति आफ्नै खर्चमा मर्मत सम्भार गरी पहिलेकै अवस्थामा ल्याउनु पर्नेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विबद परी बन्धकी लिएको सम्पत्ति हानि, नोक्सानी भएकोमा साहु जवाफदेही हुने छैन र त्यसरी भएको हानि, नोक्सानीको मर्मत सम्भार साहुले असामीको लिखित मञ्जुरी लिई गर्नु पर्नेछ । (४) उपदफा (३) बमोजिम मर्मत सम्भार गर्दा लागेको खर्च असामीले बन्धकी दिएको सम्पत्ति फिर्ता लिँदा साहुको थैलीमा त्यस्तो खर्च समेत समावेश गरी भुक्तानी गर्नु पर्नेछ ।
४५०. बन्धकीको सम्पत्तिमा हेरानी गर्न नहुने : बन्धकीको सम्पत्तिमा भोगिधिकार कायम भए पछि साहुले त्यस्तो सम्पत्ति उपयुक्त नभएको वा घटी बढी भएको भनी लिखित विपरित हुने गरी असामीलाई हेरानी गर्न हुँदैन । तर भोग गर्नु पर्ने सम्पत्ति कुनै किसिमले भोग गर्न नपाएमा वा सो सम्पत्ति कुनै किसिमले कच्चा ठहरेमा बन्धकीको लिखत बमोजिम रकम भुक्तानीका लागि दाबी गर्न बाधा पर्दैन ।
४५१. विदेशीलाई बन्की दिन नसकिने : नेपाल सरकारको पूर्व स्वीकृति बिना कसैले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति बाहेक अन्य विदेशी व्यक्तिलाई अचल सम्पत्ति बन्की दिन पाउने छैन ।
४५२. दोहोरो बन्की दिन वा हस्तान्तरण गर्न नसकिने : (१) एक पटक बन्की दिएको सम्पत्ति दोहोरो पारी अर्को व्यक्तिलाई बन्की दिन वा हस्तान्तरण गर्न सकिने छैन । (२) उपदफा (१) विपरीत कसैले दोहोरो पारी बन्की दिएकोमा अघिल्लो मितिमा रजिष्ट्रेशन पारित भएको लिखतले मान्यता पाउनेछ र पछिल्लो लिखत स्वतः बदर हुनेछ । (३) उपदफा (२) बमोजिम लिखत बदर भएकोमा जानाजानी दोहोरो पारी लिखत गरी लिने साहुको रकम भुस हुनेछ र थाहा नपाई लिएको भए कपालि सरह हुनेछ । (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दोहोरो लिखत भएकोमा पहिलो लिखतबाट कुनै किसिमको बन्की र पछिल्लो लिखतबाट हक हस्तान्तरण भएकोमा हक हस्तान्तरण गरी पाउनेले पहिलो बन्की लिखत बमोजिमको रकम चुक्ता गरी लिखत बमोजिम हक कायम गर्न सक्नेछ । (५) यस दफा बमोजिम दोहोरो लिखत गरिदिनेलाई पहिल्लो लिखतको बिगो देखिए त्यसतो बिगो बमोजिम, त्यस्तो बिगो नदेखिए अघिल्लो लिखत बमोजिम र त्यस्तो बिगो पनि नदेखिए पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । तर जतिसुकै बिगो भएपनि एक लाख रुपैयाँभन्दा बढी जरिवाना हुने छैन । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बन्कीको दोहोरो लिखत भई पहिलो लिखत भोगबन्की दिएकोमा त्यस्तो लिखत भएको मितिले दुई वर्ष र दृष्टिबन्की दिएकोमा भोगु गर्न पाउने अवस्था भएको मितिले दुई वर्षभित्र भोगिअधिकार कायम गर्नु पर्नेछ । (७) उपदफा (६) बमोजिम भोगिअधिकार कायम गर्न नसकेमा साहुको रकम कपालि सरह हुनेछ ।
४५३. हदम्याद : यस परिच्छेदमा नालिस गर्ने सम्बन्धमा छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम र अन्य अवस्थामा यस परिच्छेद बमोजिम गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद-१३ अचल सम्पत्तिको हकसफा सम्बन्धी व्यवस्था
४५४. हकसफा गरेको मानिने : कसैले आफ्नो हक, भोग र स्वामित्वको कुनै अचल सम्पत्ति अन्य व्यक्तिलाई कुनै किसिमले हक हस्तान्तरण गरी दिएकोमा त्यस्तो सम्पत्तिको सन्निपन्न पर्ने व्यक्तिले यस परिच्छेद बमोजिम निभानी लिएमा हकसफा गरेको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “सन्निपन्न” भन्नाले कुनै व्यक्तिको घर वा जग्गासंग हक हस्तान्तरण गरी दिएको अर्को व्यक्तिको साझ जोडिएको घर वा जग्गा नभएको कारणबाट कुलो पानी, बाटो निकास आदि बन्द हुने अवस्था समेत सम्झनु पर्छ ।
४५५. हकावालाले हकसफा गरी लिन सक्ने : (१) कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरेकोमा त्यस्तो सम्पत्तिमा सन्निपन्न पर्ने हकावालाले त्यस्तो सम्पत्ति खरिद गर्ने व्यक्तिले तिरेको रकम र लिखत पारित गर्दा लागेको दस्तुर निजलाई बुझाई त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्छन् । (२) उपदफा (१) बमोजिम हकसफा गरी लिन चाहने हकावाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकावालाले, त्यस्तो हकावाला एकभन्दा बढी भएमा सबैभन्दा बढी सन्निपन्न पर्ने हकावालाले र त्यस्तो हकावाला पनि एकभन्दा बढी भएमा समान अनुपातमा सबै हकावालाहरूले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्छन् । (३) उपदफा (२) बमोजिम नजिकको हकावालाले त्यस्तो सम्पत्ति हकसफा गरी नलिएमा प्राथमिकताक्रमको आधारमा सबैभन्दा नजिकको हकावालाले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्छन् ।
४५६. मोहीले हकसफा गरी लिन सक्ने : दफा ४५५ बमोजिम सन्निपन्न पर्ने हकावाला नभएमा वा भए पनि निजले हक सफा गरी नलिएमा र त्यस्तो सम्पत्तिमा कानून बमोजिम मोही रहेछ भने निजले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्छन् ।
४५७. बिक्री गरेको घर हकसफा गरी लिन सक्ने : (१) एउटै घरको भिन्नभिन्न हिस्साको भिन्न भिन्न धनी भएको अवस्थामा त्यस्तो घरको कुनै हिस्साको धनीले आफ्नो हिस्सा जति कसैलाई बिक्री गरी दिएकोमा अर्को हिस्साको धनीले त्यस्तो हिस्सा हकसफा गरी लिन चाहेमा त्यस्तो धनीले खरिदकर्ताले तिरेको रकम र लिखत पारित गर्दाका बखत भुक्तानी गरेको दस्तुर निजलाई बुझाई त्यस्तो घर हकसफा गरी लिन सक्छन् ।
(२) उपदफा (१) बमोजिम हकसफा गरी लिँदा देहायको व्यक्तिले देहायबमोजिम प्राथमिकता पाउनेछ :- (क) अर्को हिस्साको धनी हकावाला भएमा त्यस्तो हकावालाले र एकभन्दा बढी हकावाला भएमा सबैभन्दा नजिकको हकावालाले, (ख) अर्को हिस्साको धनी हकावाला बाहेकको अन्य व्यक्ति भएमा सम्बन्धपरण पर्नु पर्ने वा त्यस्तो हिस्सासँग जोडिएको हिस्साको धनीले ।
४८८. दान वा बकसमा दिएको घर हक सफा गर्न पाउने :- (१) दफा ४८५, ४८६ वा ४८७ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यहोराले आफ्नो हक छाडी एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगपत्त दान, बकस गरी दिएकोमा त्यसरी दान, बकस पाउनेले त्यस्तो घर वा जग्गा अर्को व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गरी दिएमा, त्यस्तो दान, बकस गरिदिने व्यक्ति वा निजको सोही ठाउँमा बस्ने हकावालाले त्यस्तो हक सफा गरी लिन चाहेमा त्यस्तो घर वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगपत्त हक सफा गरी लिन पाउनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यक्तिबाट एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा वा लगपत्त दान, बकस पाएकोमा जसबाट आफूले दान बकस पाएको हो त्यस्तो व्यक्तिले त्यस्तो घर वा जग्गाको बाँकी अर्को व्यक्तिलाई पुनः दान बकस गरिदिएमा, त्यसरी पहिले दान बकस पाउनेले वा निजको हकावालाले त्यस्तो बाँकी हक सफा गरी लिन पाउनेछ । (३) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिँदा दान, बकस गर्दा मूल्य अङ्क खुुलेकोमा त्यस्तो मूल्य बराबरको रकम र मूल्य अङ्क खुुलेको रहेन भने प्रचलित बजार मूल्य बराबरको रकम र लिखित पारित गर्दा लागेको दस्तुर साहुलाई चुक्ता गर्नु पर्नेछ । (४) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिन चाहने हकावाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकावाला र नजिकका हकावाला पनि एकभन्दा बढी भएमा सबैभन्दा बढी मकार पर्ने हकावालाले हक सफा गरी लिन सक्नेछ ।
४५९. हकसफा गर्ने नपाउने : दफा ४५७ र ४५८ मा जुनसुकै कुरा लेखिएको भए तापनि संयुक्त आवास सम्बन्धी प्रावधान अन्तर्गत बनेको घर वा घरको भाग हकसफा गर्न पाइने छैन ।
४६०. हकसफा गर्दाको कार्यविधि : (१) कुनै अचल सम्पत्ति यस परिच्छेद बमोजिम हकसफा गर्न चाहने व्यक्तिले त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा पारित भएको लिखतमा सम्पत्तिको मूल्य उल्लेख भएकोमा त्यस्तो मूल्य, मूल्य उल्लेख नभएकोमा प्रचलित बजार मूल्य बराबरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर समेत धरौटी राखी त्यस्तो लिखत पारित गर्ने कार्यालयमा उजुरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा लिखत पारित गर्ने कार्यालयले उजुरीकर्तालाई तराखामा राखी हकसफा गरिदिनु पर्ने व्यक्तिलाई बाटाका म्याद बाहेक सात दिनभित्र त्यस्तो कार्यालयमा हाजिर हुन म्याद पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरी दिन मञ्जुर गरेमा लिखत पारित गर्ने कार्यालयले उपदफा (१) बमोजिम धरौटी राखेको रकम निजलाई बुझाई हकसफा गरी दिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भई हकसफा गरिदिन मञ्जुर नगरे पनि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको सेवाबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरिदिने निर्णय गर्नु पर्नेछ र हकसफा गरिदिनु नपर्ने देखिएमा हकसफा गरिदिनु नपर्ने निर्णय गरी उजुरीकर्तालाई सोही बमोजिमको जानकारी दिनु पर्नेछ ।
(५) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित हुन नआएमा म्याद नाघेपछि प्राप्त उजुरी, पारित भएको लिखत र कार्यालयको सेवाबाट हकसफा गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले हकसफा गरी दिने निर्णय गरी हकसफा गरी पाउने सम्पत्ति चलन गर्नु भनी हकसफा गरी पाउनेलाई चलन पुर्जी दिई हकसफा गरिदिनु पर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम धरौटी रहेको रकम लिन आउन सूचना पठाउनु पर्नेछ ।
(६) उपदफा (२) बमोजिमको म्यादभित्र हकसफा गरिदिनु पर्ने व्यक्ति उपस्थित भएपनि निजले त्यस्तो सम्पत्तिको बजार मूल्य प्रति असहमति जनाएमा लिखत पारित गर्ने
कार्यालयले त्यस्तो सम्पत्तिको बजार मूल्य कायम गरी त्यस्तो बजार मूल्य बराबरको रकम हकसफा गरी दिने व्यक्तिलाई दिलाई हकसफा गरिदिनु पर्नेछ । (७) उपदफा (६) बमोजिम हकसफा गर्ने सम्पत्तिको कायम गरिएको बजार मूल्यमा कुनै पक्षको सहमति नभएमा वा हकसफा गरिदिनु पर्ने व्यक्ति म्यादभित्रै उपस्थित भई हकसफा गरिदिनु नपर्ने कारण देखाएमा र त्यस्तो विषयमा प्रमाण बुझि इन्साफ गर्नु पर्ने देखिएमा लिखत पारित गर्ने कार्यालयले पैंतीस दिनभित्र सम्बन्धित अदालतमा नाले गर्नुहोस् जानु भनी सुनाई दिनु पर्नेछ र त्यस्तोमा म्यादभित्रै अदालतमा नाले परेकोमा अदालतको निर्णय बमोजिम र नाले नपरेकोमा कार्यालयको निर्णय बमोजिम गर्नु पर्नेछ । (८) उपदफा (४) बमोजिम हकसफा नहुने निर्णय भई उजुर्वालालाई रकम फिर्ता दिँदा उपदफा (१) बमोजिम धरौटी राखेको रकमको अढाई प्रतिशत रकम कट्टा गर्नु पर्नेछ । (९) हकसफा पाई भनी निवेदन दिने व्यक्तिले पछि कुनै कारणले निगमन नचाहेमा वा तारीख छुटेमा निजले राखेको धरौटी रकमको तीन प्रतिशत जरिवाना गरी त्यस्तो रकम धरौटी रकमबाट कट्टाई बाँकी रकम निजलाई फिर्ता दिनु पर्नेछ । ४६१. हकसफा भएकोमा अभिलेख अद्यावधिक गर्नु पर्ने : यस परिच्छेद बमोजिम हकसफा हुने गरी सम्बन्धित कार्यालय वा अदालतबाट ठहर भएकोमा सोही बमोजिम त्यस्तो कार्यालयमा रहेको हकसफा भएको सम्पत्ति सम्बन्धी अभिलेखमा अद्यावधिक गर्नु पर्नेछ । ४६२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले लिखत पारित भएको मिति छ महिनासम्ममा या थाहा पाएको मिति पैंतीस दिनभित्र नालिस दिन सक्नेछ । तर मोहीको हकमा जग्गाधनीले निगमन पाउने मिति समाप्त भएको मितिले पैंतीस दिनभित्र नालिस दिन सक्नेछ ।
परिच्छेद–१४ लिखत पारित सम्बन्धी व्यवस्था ४६३. लिखत पारित भएको मानिने : कसैले यस परिच्छेद बमोजिम स्वीकृतिको लागि सम्बन्धित कार्यालयमा दाखिल गरेको कुनै लिखत त्यस्तो कार्यालयबाट स्वीकृत भएमा त्यस्तो लिखत पारित भएको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित कार्यालय” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको कार्यालय सम्पुर्ण हुन्छ र त्यसरी कार्यालय नतोकिएसम्म सम्बन्धित मालपोत कार्यालयलाई जनाउँछ ।
४६४. पारित गराउनु पर्ने लिखत : (१) कसैले देहाय बमोजिमको लिखत गर्दा त्यस्तो लिखत सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ :- (क) कुनै पनि व्यहोराले अचल सम्पत्ति हस्तान्तरण गरी दिएको लिखत, (ख) भोग, दृष्टि वा लभन्धकी लेखिदिएको लिखत, (ग) अचल सम्पत्तिको शेषपत्ति पछिको दान वा बकसपत्र, (घ) अचल सम्पत्ति सङ्गापङ्गा गरेको लिखत, (ङ) अंशबण्डा वा अंश छोडपत्रको लिखत, (च) मानो छुट्टिएको वा मानो जोडिएको लिखत, (छ) गुठी स्थापना गरेको लिखत, (ज) मासिक एक लाख रुपैयाँभन्दा बढी घर बहाल लिनु दिनु गरेको लिखत, (झ) अचल सम्पत्ति फलोपभोग भएको लिखत, (ञ) यस संहिता वा कानून बमोजिम पारित गर्नु पर्ने अन्य लिखत । (२) कसैले उपदफा (१) बमोजिम पारित गर्नु पर्ने लिखत पारित नगराएमा त्यस्तो लिखतले कानूनी मान्यता पाउने छैन ।
४६५. अन्य लिखत पारित गर्न सक्ने : (१) कुनै व्यक्तिले चाहेमा दफा ४६४ मा लेखिएदेखि बाहेक अन्य लिखत समेत पारित गराउन सक्नेछ । (२) उपदफा (१) बमोजिम लिखत पारित गर्नको लागि कुनै व्यक्तिको निवेदन परेमा सम्बन्धित कार्यालयले कानूनको रीत पुर्याई त्यस्तो लिखत पारित गरिदिनु पर्नेछ ।
४६६. डोरमार्फत लिखत पारित हुन सक्ने : (१) कसैले यस परिच्छेद बमोजिम कुनै लिखत कार्यालयबाट डोर खटाई पारित गराई पाउन सम्बन्धित कार्यालयमा निवेदन दिएमा र त्यस्तो लिखत आफ्नै कार्यालयबाट पारित गरिदिनु पर्ने देखिएमा लिखत पारित गर्दा लाग्ने दस्तुर कार्यालयमा धरौटी राख्न लगाई कार्यालयको प्रमुख वा निजले तोकेको अन्य कर्मचारीले पाँच दिनभित्र निवेदकले उल्लेख गरेको स्थानमा गई कानूनको रीत पुर्याई त्यस्तो लिखत स्वीकृत गरी पारित गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खटिएको ढोरबाट लिखित पारित भएमा सोही उपदफा बमोजिम राखेको धरौटी रकम कार्यालयले सदर सघ्याउनु पर्नेछ । (३) उपदफा (१) बमोजिम खटिएको ढोरबाट कुनै कारणले लिखित पारित नभएमा धरौटी रकम निवेदकले तीन महिनाभित्र फिर्ता लिनु पर्नेछ । (४) उपदफा (३) बमोजिमको म्यादभित्र निवेदकले धरौटी रकम फिर्ता नलिएमा त्यस्तो धरौटी रकम कार्यालयले सदर सघ्याउनु पर्नेछ ।
४६७. अन्य जिल्लाबाट लिखित पारित गराउन सक्ने : (१) लिखित पारित गरी लिने दिने व्यक्तिले कुनै एक व्यक्ति रहे बसेको वा सम्पत्ति रहेको जिल्ला बाहेक अन्य जिल्लाबाट कुनै लिखित पारित गर्न चाहेमा सोही व्यहोरा खुलाई सोही जिल्लाको सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम लिखित पारितको लागि कुनै निवेदन परेमा त्यस्तो कार्यालयले आवश्यक जाँचबुझ गरी कानूनको रीत पुर्याई त्यस्तो लिखित पारित गरी दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम अन्य जिल्लाबाट अचल सम्पत्तिको लिखित पारित भएमा सो कार्यालयले पारित लिखितको एक प्रति सम्बन्धित जिल्लाको सो काम गर्ने कार्यालयमा पठाइदिनु पर्नेछ ।
४६८. लिखित पारित गर्दा दस्तुर लाग्ने : (१) लिखित पारित गर्दा कानून बमोजिमको दस्तुर लाग्नेछ । (२) कुनै लिखितको पारित दस्तुर कानूनद्वारा तोकिएकोमा बाहेक रकम लिइदिनु गरी लिखित भएकोमा लिखितमा उल्लेखित रकमको आधारमा दस्तुर लाग्नेछ । तर त्यस्तो लिखितमा लेखिएको अचल सम्पत्तिको मूल्य नेपाल सरकारले तोकेको न्यूनतम मूल्यभन्दा कम भएमा नेपाल सरकारबाट तोकिएको मूल्य अनुसार दस्तुर लाग्नेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्य जिल्लाबाट लिखित पारित गर्दा सो उपदफाहरूमा लेखिएको दस्तुरको दश प्रतिशत थप दस्तुर लाग्नेछ ।
४६९. दस्तुर बुझाउनु पर्ने दायित्व : (१) देहायको लिखित पारित गर्दा लाग्ने दस्तुर देहायका व्यक्तिले बुझाउनु पर्नेछ :– (क) सम्पत्ति हस्तान्तरण वा बन्की सम्बन्धी लिखित भए लिखित गरी लिनेले,
(ख) अंशबण्डा, अंश छौँडपत्र, मानो छौँडिएको वा जोडिएको लिखत भए समान हिस्सामा सबै अंशियारले, (ग) सम्पत्ति सङ्कापा सम्बन्धी लिखत भए लिखत लिने दिने दुवैले, (घ) शेषपत्तिरको बकसपत्र भए दिनेले, (ङ) घरबहाल भए घरबहालमा दिनेले, (च) गुठी संस्थापना गरेको लिखत भए संस्थापना गर्नेले, (छ) अन्य लिखत भए लिने दिने दुवैले । (२) उपदफा (१) को खण्ड (ङ) बमोजिमको लिखत पारित गर्दा घरबहाल वापत प्राप्त हुने पहिलो महिनाको बहाल रकमलाई मुल्त मानी दस्तुर निर्धारण हुनेछ ।
४७०। रकम बुझाउने सम्बन्धी व्यवस्था : लिखत गर्ने व्यक्तिहरूबीच पारित हुने लिखत बमोजिमको रकम लिनु दिनु गर्दा घरसारमा, कार्यालयका सम्बन्धित कर्मचारीको रोहबरमा वा गुड फर पेमेन्ट लेखिएको चेकमार्फत रकम लिने दिने गर्न सक्नेछन् ।
४७१। दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने : (१) पारित भएको लिखतबाट दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने भएमा सम्बन्धित कार्यालयले लिखत पारित भएको दिन, त्यस दिन सम्भव नभएमा त्यसको भोलिपल्ट दाखिल, खारेज तथा नामसारी गर्नु पर्नेछ । (२) आफ्नो कार्यालयबाट पारित भएको लिखत अनुसार अन्य कार्यालयको श्रेस्तामा दाखिल, खारेज तथा नामसारी गर्नु पर्ने भएमा लिखत गराई लिने मानिसलाई सम्बन्धित कार्यालयमा दाखिल, खारेज तथा नामसारी गर्न जानु भनी पैंतीस दिनको म्याद दिई त्यस्तो लिखत समेत सम्बन्धित कार्यालयमा पठाईदिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम अन्य जिल्लाबाट दाखिल, खारेज तथा नामसारीको लागि लिखत प्राप्त भएमा सम्बन्धित कार्यालयले आफ्नो श्रेस्तामा त्यसरी पारित भएको कुरा उल्लेख गरी लिखत बमोजिम दाखिल, खारेज तथा नामसारी गरिदिनु पर्नेछ ।
४७२। अघिल्लो मितिमा पारित भएको लिखत मान्य हुने : एउटै विषयमा एकभन्दा बढी लिखत पारित भएकोमा अघिल्लो मितिमा पारित भएको लिखत मान्य हुनेछ ।
४७३। हदम्याद : (१) यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्को इलाकाको कार्यालयबाट लिखत पारित भएकोमा सम्बन्धित कार्यालयमा त्यस्तो लिखतको प्रति प्राप्त भएको मितिले एक वर्षभित्र नालिस गर्न सकिनेछ ।
परिच्छेद–१५ लेनदेन व्यवहार सम्बन्धी व्यवस्था
४७४. लेनदेन भएको मानिने : (१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिनेछ । (२) उपदफा (१) बमोजिम लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “रकम” भन्नाले वस्तुको मूल्य समेत सम्झनु पर्छ ।
४७५. ऋण लिए सरह मानिने : कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिनेछ र त्यस्तो व्यक्तिले यस परिच्छेदको व्यवस्थाको अधीनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नु पर्नेछ ।
४७६. लिखत नगरी लेनदेन गर्न नहुने : कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न हुँदैन । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “लिखत” भन्नाले कुनै लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजात सम्झनु पर्छ ।
४७७. लिखतमा खुलाउनु पर्ने कुराहरू : लेनदेन गर्दा लेनदेन व्यवहारको प्रकृति बमोजिम देहायका कुराहरू खुलाउनु पर्नेछ :– (क) लेनदेन गर्ने व्यक्तिहरूको नाम, थर, उमेर, ठेगाना तथा बाबु, आमा, बाजे, बाजेको नाम, तर विवाहित व्यक्तिले भए पति, पत्नीको नाम समेत उल्लेख गर्नु पर्नेछ । (ख) लेनदेन गर्नु परेको कारण, (ग) लेनदेनको परिमाण,
(घ) कुनै वस्तु लेनदेन गरेकोमा त्यस्तो वस्तुको मूल्य, (ङ) कुनै वस्तु निश्चित समय पछि फिर्ता गर्ने गरी सापटि, पैँचो वा अन्य तबरले लिनु दिनु गरेको भए त्यस्तो व्यहोरा, (च) कुनै वस्तु साझा पसा गरेको भए त्यस्तो व्यहोरा, (छ) लेनदेन गरेको रकम बुझाउने मिति, (ज) लेनदेन गर्दा ब्याज लिने, दिने भए ब्याजको दर, (झ) लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखित बमोजिमको अन्य शर्त पूरा नगराएमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा, (ञ) लिखित गरिएको ठाउँ, (ञ१) लिखित तयार गर्दाका बखत साहु र ऋणीको कम्तीमा एक-एकजना साक्षीको नाम, थर र ठेगाना, (ट) लिखित तयार गरिएको मिति, (ठ) लेनदेनको प्रकृति बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक कुराहरू ।
४७८. साहुले ऋणीसँग ब्याज लिन पाउने : (१) लेनदेन सम्बन्धी लिखित हुँदा लिखितमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाट लिखितमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ । (२) उपदफा (१) बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन । (३) उपदफा (१) बमोजिम लिखित हुँदा लिखितमा ब्याजको दर कितीन गरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहुले ऋणीबाट साँवा रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउनेछ । (४) उपदफा (१) बमोजिम लिखित हुँदा लिखितमा ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखितबाट नदेखिए साहुले ऋणीबाट ब्याज सरह लिन पाउनेछ ।
४७९. साहुले ऋणीबाट ब्याज लिन नपाउने : लेनदेन हुँदा लिखितमा ब्याज लिने दिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट ब्याज लिन पाउने छैन ।
¹ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप ।
४८०. ब्याजको ब्याज नपाउने : (१) साहुले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन । (२) उपदफा (१) विपरीत कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नु पर्नेछ ।
४८१. साँवाभन्दा बढी ब्याज लिन नपाउने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि साहुले ऋणीबाट साँवाभन्दा बढी ब्याज लिन पाउने छैन ।
४८२. साँवा, ब्याज लिँदा दिँदा रीत पुर्याउनु पर्ने : साँवा, ब्याज लिँदा दिँदा देहाय बमोजिम रीत पुर्याउनु पर्नेछ :– (क) ऋणीले साहुलाई साँवा, ब्याजको सबै रकम चुक्ता गरेमा साहुसंग भएको लेनदेनको लिखित च्याटी वा त्यस्तो लिखितमा रकम असुल भएको व्यहोरा लिखितको कुनै ठाउँ वा पृष्ठमा खुलाई साहुले सहिछाप गरी ऋणीलाई लिखित फिर्ता गर्नु पर्ने, (ख) खण्ड (क) बमोजिम साँवा, ब्याजको रकम दिँदाका बखत सो लिखित पेलान नपरेमा साहुले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी भरपाई गरी ऋणीलाई दिनु पर्ने, (ग) साँवामध्ये केही रकम वा ब्याज बुझाउँदा साहुले ऋणीसंग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखितको पृष्ठमा खुलाई ऋणीको सहिछाप गराई र तत्काल लिखित पेलान नपरे वा साथमा नए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने ।
४८३. रकम भराएको मितिसम्मको ब्याज पाउने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४८८ को अवधिभित्र नालिस गरेको रहेछ भने अदालतबाट साहुले ब्याज समेत पाउने गरी फैसला भएकोमा साहुले ऋणीबाट फैसला बमोजिम भरिभराउँदाको मितिसम्मको ब्याज समेत पाउनेछ ।
४८४. घरसारमा भएको लिखितको अवधि : (१) यस परिच्छेद बमोजिम घरसारमा भएको लिखितको अवधि बढीमा दश वर्षको हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश वर्षको अवधिभित्र ऋणीले साहुलाई साँवा वा ब्याजमध्ये केही रकम बुझाएमा वा साँवा ब्याज बुझाउनको लागि लिखितको अवधि थप गरेमा त्यसरी साँवा वा ब्याज बुझाएको वा अवधि थप गरेको मितिले अर्को दश वर्षको अवधि थप हुनेछ ।
४८५. असक्षम तथा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले मान्यता नपाउने : कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता पाउने छैन ।
४८६. सगोलको सम्पत्तिबाट रकम भराई लिन नपाउने : (१) कसैले कुनै व्यक्तिसँग लेनदेन गरेकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहिछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन पाउने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो रकम तिरिदिएमा साहुले लिन पाउनेछ । (३) उपदफा (१) बमोजिमको अवस्था परी कुनै व्यक्तिले ऋणीसँग रकम लिन नसक्ने भएमा दश वर्षभित्र साहुले ऋणी उपर नालिस गरी आफ्नो हक कायम गरी राख्नु पर्नेछ । (४) उपदफा (३) बमोजिम ऋणीसँग हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि साहुले निजबाट कानून बमोजिम आफ्नो रकम भराई लिन पाउनेछ । (५) उपदफा (४) बमोजिम रकम भराई लिनको लागि असामीको हक पुगेको मितिले नालिस गर्ने हदम्याद सुरु हुनेछ ।
४८७. मञ्जुरी नलिई चल सम्पत्ति सट्टापट्टा गर्न नहुने : (१) एकसगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई सगोलका कुनै सम्पत्ति सट्टापट्टा गर्न हुँदैन । तर आफ्नो निजी सम्पत्ति सट्टापट्टा गर्न घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी लिनु पर्ने छैन । (२) उपदफा (१) विपरीत कसैले सम्पत्ति सट्टापट्टा गरेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले मञ्जुरी नगरे त्यस्तो सम्पत्ति सट्टापट्टा गरेको मान्य हुने छैन । (३) उपदफा (१) विपरीत सम्पत्ति सट्टापट्टा गरेकोमा घरको मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी नभए पैँतीस दिनभित्र आफ्नो सम्पत्ति फिर्ता लिन सकिने छ ।
४८८. लेनदेन गरेको देखिएमा रकम भराई दिने : कसैले यस परिच्छेद बमोजिमको रीत पुर्याई लिखत नगरे पनि कुनै लिखत, बैङ्क कारोबार, विनिमय अधिकारपत्र, चेक, भौचरबाट वा बही खातामा लेखिएको व्यवहारबाट कुनै व्यक्तिसँग लेनदेन भएको कुरा देखिए आएमा अदालतले त्यस्तो लिखत, बैङ्क कारोबार, विनिमय अधिकारपत्र, चेक, भौचरबाट वा बही
खातामा लेखिएको आधारमा नालिस गर्ने व्यक्तिलाई ऋणीबाट त्यस्तो रकम भराई दिन सकिनेछ । $\text{१}$ तर एक लाख रूपैयाँभन्दा बढीको लेनदेन कारोबार घरसारमा नगरी गरेको अवस्था भएमा त्यस्तो रकम भराइदिइने छैन ।
४८९। घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्ने : (१) घरसारमा भएको लिखत हराएमा वा काबू बाहिरको परिस्थिति परी नालिसमा साहुले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखी कार्यालयको छाप लगाई त्यसको भरपाई निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ । (३) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको नातागोको हकवालालाई सात दिनभित्र बेपत्ताइ किजाई निजले मञ्जुर गरेु साविक बमोजिमको लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदन दिने व्यक्तिलाई दिनु पर्नेछ । (४) उपदफा (३) बमोजिम लिखत गरिदिने व्यक्तिले लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको जनाई अर्को लिखत गरी दिन मञ्जुर नगरेमा साहुले त्यस्तो म्यान नादेको पैंतीस दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्नेछ ।
४९०। लेनदेन गरेको वस्तु सट्टा भएमा फिर्ता गर्नु पर्ने : (१) लिखतमा अन्यथा व्यवस्था भएकोमा बाहेक मूल्य राखी लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई वा कुनै किसिमले सट्टा भई त्यस्तो वस्तु निजले भोग गर्न नसक्ने भएमा लेनदेन भएको मितिले पैंतीस दिनभित्र वस्तु दिने व्यक्तिलाई त्यस्तो कुराको सूचना गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम वस्तु लिने व्यक्तिबाट त्यस्तो कुराको सूचना प्राप्त भएमा र निजको कुरा मनासिब देखिइमा वस्तु दिनेसँग त्यस्तै प्रकारको अन्य वस्तु भए त्यस्तो वस्तु सट्टापट्टा गरिदिनु पर्नेछ र नभएमा आफ्नो वस्तु फिर्ता लिई त्यस्तो लेनदेनको सम्बन्धमा भएको लिखत फट्टा (निस्कासी) गरी दिनु पर्नेछ ।
$\text{१}$ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप ।
(३) उपदफा (२) बमोजिम वस्तु दिनेले त्यस्तो वस्तु सङ्गापाङ्ग गरी नदिएमा वा आफ्नो वस्तु फिर्ता नलिएमा वस्तु लिनेले आफूलाई भएको हानि, नोक्सानी बापत सम्बन्धित व्यक्तिबाट त्यस्तो वस्तुको मूल्य बराबरको रकम तथा मनासिब क्षतिपूर्ति भराई लिन वा त्यस्तो लेनदेन बदर गराउन नालिस गर्न सक्नेछ ।
४९१. यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्ने : (१) कसैले कुनै व्यक्तिको स्वामित्व वा भोगमा रहेको वस्तु कुनै खास कामको लागि भाडा तिर्ने वा नतिर्ने वा सापटि वाPerRow जुनसुकै शर्तमा लिए पनि त्यस्तो कार्य सम्पन्न भएपछि आफुले जुन प्रकार, परिमाण र गुणस्तरको वस्तु लिएको हो सोही प्रकार, परिमाण र गुणस्तरको वस्तु स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको वस्तु हराएमा, नासिएमा, फुटेमा, बिग्रिएमा वा अन्य कुनै किसिमले क्षति भएमा लिखतमा अन्यथा भएकोमा बाहेक वस्तु लिनेले त्यस्तै किसिमको अन्य वस्तुको व्यवस्था गरी स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ र त्यस्तै वस्तु पाउन सकिने अवस्था नभएमा त्यस्तो वस्तुको प्रचलित बजार मूल्य बराबरको रकम स्वामित्व वा भोगवालालाई बुझाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम वस्तु, त्यस्तो वस्तु वापतको भाडा वा रकम बुझाउने सम्बन्धमा लिखतमा अन्यथा भएकोमा बाहेक जुन कामको लागि वस्तु लिएको हो त्यस्तो काम सम्पन्न भएको पन्ध्र दिनभित्र स्वामित्व वा भोगवालालाई त्यस्तो वस्तु वा भाडाको कम बुझाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र वस्तु लिनेले स्वामित्व वा भोगवालालाई वस्तु वा रकम नबुझाएमा त्यसबाट मर्का पर्ने व्यक्तिले त्यस्तो वस्तुको रकम र आफूलाई भएको नोक्सानी बापत मनासिब क्षतिपूर्ति समेत भराई लिन सक्नेछ ।
४९२. हदम्याद : (१) असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति आफ्नो गराउन, हिनमिनाना वा नोक्सान गर्न वा विगार्न लेनदेन गरेको वा ब्याजको ब्याज लिएको वा ब्याजमा दश प्रतिशत भन्दा बढी लिएको विषयमा नालिस गर्न हदम्याद लाग्ने छैन ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक यस परिच्छेद बमोजिम भए गरेको कुनै काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले देहाय बमोजिम नालिस गर्न सक्नेछ :-
(क) यस परिच्छेदमा नालिस गर्नु छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम, (ख) कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नु पर्ने कारण परेको मितिले एक वर्षभित्र ।
भाग–५ करार तथा अन्य दायित्व सम्बन्धी व्यवस्था
परिच्छेद–१ दायित्व सम्बन्धी सामान्य व्यवस्था
४९३. दायित्व सृजना हुने : (१) कुनै काम गर्न वा नगर्नका लागि कानूनी रूपमा बाध्यता भएकोमा त्यस्तो काम नगरे वा गरेमा दायित्व सृजना हुनेछ । (२) उपदफा (१) बमोजिम सृजना हुने दायित्व यस परिच्छेद बमोजिम कायम भई निर्धारण हुनेछ ।
४९४. दायित्व सृजना हुने अवस्था : (१) दफा ४९३ बमोजिमको दायित्व देहाय बमोजिम सृजना भई कायम हुनेछ :- (क) कानून, (ख) करार, (ग) अप्रत्याशित वा अर्ध करार (घ) अनुचित समृद्धि (अनजस्ट इन्रिचमेन्ट) (ङ) दायित्व लिने गरी भएको कुनै व्यक्तिको एकतर्फी प्रतिबद्धता, (च) कानून बमोजिम दुष्कृति (टोर्ट्स) मानिने काम, (छ) कानून बमोजिम अर्ध दुष्कृति मानिने काम । (२) उपदफा (१) को,– (क) खण्ड (क) बमोजिमको दायित्व यस संहिता वा अन्य कानून बमोजिम कायम हुनेछ । (ख) खण्ड (ख) बमोजिमको दायित्व पक्षहरूबीच सम्पन्न भएको करार बमोजिम कायम हुनेछ ।
(ग) खण्ड (ग) बमोजिमको दायित्व यस भागको परिच्छेद–१५ बमोजिम परिभाषित अप्रत्यक्ष वा अर्ध करार बमोजिम कायम हुनेछ । (घ) खण्ड (घ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१६ बमोजिम परिभाषित अनुचित सम्बृद्धि (अनजस्ट इन्रिचमेन्ट) बमोजिम कायम हुनेछ । (ङ) खण्ड (ङ) बमोजिमको दायित्व कुनै व्यक्तिको एकतर्फी प्रतिवद्धताबाट कानून बमोजिम दायित्व सृजना हुने व्यवस्था बमोजिम निर्धारण हुनेछ । (च) खण्ड (च) बमोजिमको दायित्व यस भागको परिच्छेद–१७ बमोजिम परिभाषित दुष्कृति (टोर्ट्स) बाट कायम हुनेछ । (छ) खण्ड (छ) बमोजिमको दायित्व यस भागको परिच्छेद–१८ बमोजिम परिभाषित त्रुटिपूर्ण उत्पादन वा कानून बमोजिम अर्धदुष्कृति मानिने अन्य कामबाट कायम हुनेछ ।
४९५. दायित्व पूरा गर्नु पर्ने : (१) कुनै विषयको दायित्व जसले पूरा गर्नु पर्ने गरी कायम वा सृजना भएको छ वा जुन व्यक्तिले दायित्व लिएको हो सोही व्यक्तिले त्यस्तो विषयको दायित्व पूरा गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम दायित्व पूरा नहुँदै त्यस्तो व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानामा नरहेमा निजको सम्पत्ति प्राप्त गर्ने हकवाला वा निजको संरक्षक वा मान्यवरले वा जमानी सम्बन्धी करार भए त्यस्तो जमानत दिनेले त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।
४९६. निर्धारित समयमा दायित्व पूरा गर्नु पर्ने : (१) कुनै दायित्व पूरा गर्नको लागि कुनै निश्चित अवधि तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही अवधिभित्र त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ । (२) कुनै दायित्व पूरा गर्न कुनै निश्चित दिन वा समय तोकिएको रहेछ भने सम्बन्धित व्यक्तिले सोही दिन वा समयमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ । तर निश्चित दिन वा समयभित्र दायित्व पूरा गर्ने व्यवस्था भएकोमा त्यस्तो दिन वा समय अघि पनि दायित्व पूरा गर्न सकिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै दायित्व पूरा गर्ने अवधि, दिन वा समय निर्धारण नभएकोमा दायित्वको प्रकृतिबाट त्यस्तो दायित्व पूरा गर्नु पर्ने अवधि, दिन र समय निर्धारण गरी मनासिब अवधिभित्र दायित्व पूरा गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिम दायित्व पूरा नगरेमा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा पूरा गर्न नसकेको मानिनेछ ।
४९७. प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्ने : (१) एकभन्दा बढी व्यक्तिले कुनै दायित्व लिएको वा निजको हकमा त्यस्तो दायित्व सृजना भएको भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रत्येक व्यक्तिले समान रूपमा त्यस्तो दायित्व पूरा गर्नु पर्नेछ ।
(२) कुनै व्यक्तिले एकभन्दा बढी व्यक्ति प्रति दायित्व पूरा गर्नु पर्ने भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजले प्रत्येक व्यक्ति प्रति समान रूपले दायित्व पूरा गर्नु पर्नेछ ।
४९८. दायित्व विभाजन हुन सक्ने : (१) एकभन्दा बढी व्यक्तिहरू प्रति दायित्व पूरा गर्नु पर्ने वा एकभन्दा बढी व्यक्तिले दायित्व पूरा गर्नु पर्ने अवस्थामा त्यस्ता व्यक्तिहरू प्रतिको वा त्यस्ता व्यक्तिहरूले पूरा गर्नु पर्ने दायित्व त्यसको प्रकृतिबाट विभाजन वा खण्ड खण्ड गर्न सकिने रहेछ भने त्यस्तो दायित्व विभाजन हुन सक्छ र सोही बमोजिम प्रत्येक व्यक्ति प्रति वा प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रत्येक व्यक्ति वा सबै व्यक्तिले दायित्व पूरा गर्नु पर्ने प्रत्येक व्यक्ति वा सबै व्यक्तिबाट दायित्व पूरा गराई माग्न सक्नेछ ।
४९९. असल नियतले दायित्व पूरा गर्नु पर्ने : दफा ४९८ बमोजिम सृजना भएको दायित्व त्यस्तो दायित्व पूरा गर्नु पर्ने व्यक्तिले असल नियतले पूरा गर्नु पर्नेछ ।
५००. दायित्व पूरा नगरेमा क्षतिपूर्ति व्यहोर्नु पर्ने : (१) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले दायित्व पूरा नगरेको वा दायित्व पूरा गर्न विलम्ब गरेको कारणबाट अन्य कसैलाई कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको वास्तविक हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।
(२) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जालसाजी गरी दायित्व पूरा नगरेको वा नियतवश वा लापरवाहीको कारणबाट कुनै किसिमले हानि, नोक्सानी भएमा त्यसरी भएको हानि, नोक्सानी वापतको क्षतिपूर्ति निजले व्यहोर्नु पर्नेछ ।
५०१. कानुन प्रतिकुलको दायित्व पूरा गर्न नपर्ने : यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्व पूरा गर्दा कानुन, सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा सार्वजनिक नैतिकता प्रतिकुल हुने रहेछ भने त्यस्तो दायित्व पूरा गर्नु पर्ने छैन ।
५०२. असम्भव दायित्व पूरा गर्न नपर्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दायित्व सृजना हुँदाका बखत पूरा गर्न नसकिने असम्भव प्रकृतिको दायित्व सृजना भएको रहेछ भने त्यस्तो दायित्व पूरा गर्नु पर्ने छैन । (२) दायित्व सृजना हुँदाका बखत पूरा गर्न सम्भव भएको तर पछि दायित्व पूरा गर्न असम्भव भएकोमा त्यस्तो दायित्वको परिणाम कानुन बमोजिम निर्धारण हुनेछ । (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्वको कुनै अंश पूरा गर्न सकिने र बाँकी अंश पूरा गर्न नसकिने रहेछ भने पूरा गर्न सकिने हदसम्मको दायित्व पूरा गर्नु पर्नेछ ।
५०३. हदमाद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्क गर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–२ करार सम्पन्न गर्ने व्यवस्था
५०४. करार भएको मानिने : (१) दुई वा दुई भन्दा बढी व्यक्तिहरूबीच कुनै काम गर्न वा नगर्नका लागि कानुन बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ । (२) उपदफा (१) को प्रयोजनको लागि एक व्यक्तिले अर्को व्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावमा त्यसरी प्रस्तावित व्यक्तिले स्वीकृति जनाएपछि करार भएको मानिनेछ । (३) करार भएपछि करारका पक्षहरूबीच विधायिक कानूनी सम्बन्ध कायम हुनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि,– (१) "प्रस्ताव" भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रेयले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ । (२) "स्वीकृति" भन्नाले प्रस्तावका कुराहरू प्रस्तावकले जुन अर्थमा प्रस्ताव गरेको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ ।
५०५. कानुन बमोजिम कार्यान्वयन हुने करार : (१) देहायका शर्तहरू पूरा गरी सम्पन्न भएको करार कानुन बमोजिम कार्यान्वयन हुन सक्ने गरी करार भएको मानिनेछ :- (क) करार गर्ने व्यक्तिले आफूलाई बन्धनकारी बनाउन व्यक्त गरेको सहमति, (ख) करार गर्ने व्यक्तिको करार गर्न सक्ने क्षमता वा योग्यता, (ग) दायित्व सृजना गर्ने निश्चित विषय, (घ) कानुनसम्मत दायित्व । (२) करार लिखित वा मौखिक रूपमा वा करार गर्ने व्यक्तिहरूको आचरणबाट पनि हुन सक्छ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै करार कुनै खास कार्यविधि वा औपचारिकता पूरा गरेर मात्र गर्नु पर्ने व्यवस्था भएकोमा त्यस्तो कार्यविधि वा औपचारिकता पूरा नभएसम्म त्यस्तो करार कार्यान्वयन हुन सक्ने छैन ।
५०६. करार गर्न सक्षम व्यक्ति : (१) देहायका व्यक्ति बाहेक अरु जुनसुकै व्यक्ति करार गर्न सक्षम हुनेछन् :- (क) नाबालक, (ख) होस ठेगानमा नभएको । स्पष्टीकरण : (१) साधारणतया होस ठेगानमा नरहेको तर कहिलेकाहीँ होस ठेगानमा रहेको व्यक्तिले होस ठेगानमा रहेका बखत करार गर्न सक्नेछ । (२) साधारणतया होस ठेगानमा रहेको तर कहिलेकाहीँ होस ठेगानमा नरहेको व्यक्तिले होस ठेगानमा नरहेका बखत करार गर्न सक्ने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानुन बमोजिम कुनै खास करार गर्न असमर्थ मानिएको व्यक्ति त्यस्तो करार गर्न सक्षम भएको मानिने छैन । (३) असमर्थ वा अर्धसक्षम व्यक्तिका तर्फबाट करार गर्नु पर्दा निजको संरक्षक वा माथवरले करार गर्न सक्नेछ ।
(४) कानूनी व्यक्तिको तर्फबाट करार गर्नु पर्दा त्यस्तो व्यक्तिको व्यवस्थापन तथा सञ्चालन गर्न अधिकार प्राप्त सञ्चालक वा सञ्चालकहरूको निर्णय वा निजको अख्तियार प्राप्त व्यक्तिले गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा यस परिच्छेद बमोजिम करार गर्न असक्षम मानिएको व्यक्ति त्यस्तो विषयमा निज अन्य कानून बमोजिम करार गर्न सक्ने व्यवस्था भएमा त्यस्तो विषयमा त्यस्तो व्यक्ति करार गर्न सक्षम भएको मानिनेछ ।
५०७. पक्षहरू स्वयम् हुने : यस संहिताको अधीनमा रही करारको स्वरूप वा विषयवस्तु छनोट गर्न, करारका शर्त तथा करार उल्लंघन भएमात उप्रचारको प्रकृति निर्धारण गर्न र करार बमोजिमको विवाद समाधान गर्ने उपाय निश्चित गर्न करारका पक्षहरू स्वयम् हुने छन् ।
५०८. प्रस्ताव र स्वीकृति पूरा भएको मानिने : (१) प्रस्ताव पठाएको कुरा प्रस्तावित व्यक्तिले थाहा पाएपछि प्रस्ताव पठाउने कार्य पूरा भएको मानिनेछ ।
(२) प्रस्तावमा आफ्नो स्वीकृति जनाई प्रस्तावित व्यक्तिले प्रस्तावक समक्ष पठाएको स्वीकृति प्रस्तावकले पाएमा प्रस्तावको हकमा र प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिएको कुरा प्रस्तावकलाई थाहा भएमा प्रस्तावित व्यक्तिको हकमा स्वीकृति दिने कार्य पूरा भएको मानिनेछ ।
(३) प्रस्तावमा प्रत्यक्ष रूपमा स्वीकृति नजनाएको भए तापनि प्रस्तावित व्यक्तिले आफ्नो आचरणबाट प्रस्तावमा उल्लिखित कुनै शर्त पालना गरेमा, प्रस्तावमा उल्लिखित लाभ वा सेवा स्वीकार गरेमा वा अन्य कुनै व्यवहारबाट स्वीकृति जनाएमा पनि प्रस्तावमा स्वीकृति प्रदान गरेको मानिनेछ ।
(४) प्रस्तावकले कुनै निश्चित समय तोकी त्यस्तो समयसम्म प्रस्ताव इन्कार गरिएको सूचना नपठाएमा प्रस्ताव स्वीकार गरेको मानिनेछ भन्ने व्यवहारको प्रस्ताव राखेको भए त्यस्तो समयसम्म प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकार गरेको सूचना नपठाएमा त्यस्तो प्रस्ताव स्वीकार गरेको मानिने छैन ।
५०९. प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिने : (१) प्रस्तावकले आफ्नो प्रस्ताव सूचनाद्वारा रद्द गर्न सक्नेछ ।
तर प्रस्ताव रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावित व्यक्तिले प्रस्तावमा स्वीकृति दिइसकेको सूचना प्रस्तावकले पाइसकेको भए त्यस्तो प्रस्ताव रद्द हुने छैन । (२) प्रस्तावित व्यक्तिले आफूले पठाएको स्वीकृति सूचनाद्वारा रद्द गर्न सक्नेछ । तर स्वीकृति रद्द गरिएको सूचना पाउनुभन्दा अगावै प्रस्तावकले स्वीकृतिको सूचना पाइसकेको भए स्वीकृति रद्द हुने छैन । (३) प्रस्तावमा इन्कारी जनाई सूचना पठाउने व्यक्तिले प्रस्तावमा पुनः स्वीकृति दिईं सूचना पठाउन सक्नेछ । तर यसरी इन्कारी जनाइएको वा स्वीकृति दिइएको सूचनाहरूमध्ये इन्कारी जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिने छैन र स्वीकृति जनाइएको सूचना पहिले पुगेमा करार भएको मानिनेछ । (४) प्रस्ताव पठाई सकेपछि उपदफा (१) बमोजिमको सूचना पठाएकोमा, स्वीकृति पठाई सकेपछि उपदफा (२) बमोजिमको सूचना पठाएकोमा वा प्रस्तावमा इन्कारी जनाई सकेपछि उपदफा (३) बमोजिमको सूचना पठाएकोमा र त्यस्ता सूचनाहरू सम्बन्धित व्यक्तिले एकै समयमा पाएमा करार भएको मानिने छैन । (५) प्रस्तावकले पठाएको प्रस्तावमा प्रस्तावित व्यक्तिले शर्त सहित वा कुनै कुरा परिवर्तन गरी स्वीकृति पठाएमा प्रस्तावित व्यक्तिले प्रति प्रस्ताव गरेको मानिनेछ ।
५१०. प्रस्ताव रद्द भएको मानिने : देहायको कुनै अवस्थामा प्रस्ताव रद्द भएको मानिनेछ :- (क) प्रस्तावकले प्रस्ताव स्वीकृत गरेको सूचना कुनै निश्चित समयसम्म पाउने शर्तमा प्रस्ताव राखेकोमा त्यस्तो समयसम्ममा प्रस्तावित व्यक्तिले स्वीकृति जनाएको सूचना प्रस्तावकले प्राप्त नगरेमा, (ख) खण्ड (क) बमोजिम स्वीकृतिको सूचना पठाउनु पर्ने समय उल्लेख नभएकोमा प्रस्तावित व्यक्तिले मनासिब समयभित्र स्वीकृति जनाएको सूचना प्रस्तावकलाई नदिएमा, (ग) प्रस्ताव राखेपछि स्वीकृति प्राप्त गर्नुभन्दा अगावै प्रस्तावकको मृत्यु भएमा वा निजको होस् ठेगानामा नरहेमा, (घ) दफा ५०९ बमोजिम प्रस्ताव रद्द गरिएमा,
(ङ) प्रस्तावित व्यक्तिले स्वीकृति दिए पनि प्रस्तावकले स्वीकृति प्राप्त गर्नु अगावै निजको मृत्यु भएमा वा निजको होश ठेगानामा नरहेमा, (च) प्रस्तावित व्यक्तिले दफा ५०९ को उपदफा (५) बमोजिम प्रति प्रस्ताव पठाएमा, (छ) प्रस्तावित व्यक्तिले प्रस्ताव स्वीकृत गर्नु अघि कुनै कार्य वा कुनै शर्त पूरा गर्नुपर्ने गरी प्रस्तावकले प्रस्ताव राखेकोमा त्यस्तो कार्य वा शर्त पूरा नगरी स्वीकृत गरेकोमा ।
५११. सर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करार : (१) कुनै व्यक्तिले सार्वजनिक रुपमा विज्ञापन गरी त्यस्तो विज्ञापनमा उल्लेखित कुनै काम गरेमा यति पारिश्रमिक दिनेछु भनी सार्वजनिक रुपमा प्रस्ताव राखेकोमा त्यस्तो विज्ञापन बमोजिमको काम गर्ने व्यक्तिलाई त्यस्तो विज्ञापन प्रकाशित गर्ने व्यक्तिले विज्ञापनमा उल्लेखित पारिश्रमिक दिनु पर्नेछ । तर विज्ञापनमा उल्लेखित काम त्यस्तो विज्ञापनको जानकारी विना गरेको रहेछ भने त्यस्तो व्यक्तिले पारिश्रमिक पाउने छैन । (२) उपदफा (१) बमोजिमको प्रस्तावमा उल्लेखित काम .................... एकभन्दा बढी व्यक्तिले गरेमा जुन व्यक्तिले पहिले त्यस्तो काम गरेको छ सोही व्यक्तिले मात्र पारिश्रमिक पाउनेछ । तर दुई वा दुईभन्दा बढी व्यक्तिहरूले एकै समयमा प्रस्तावमा उल्लेखित काम गरेमा त्यसरी काम गर्ने प्रत्येकले पारिश्रमिक बराबर बाँडी लिन पाउने छन् र पारिश्रमिक बाँड्न नमिल्ने रहेछ भने त्यस्तो बिक्री गरी आएको रकम त्यस्ता व्यक्तिहरूलाई बराबर बाँडी दिनु पर्नेछ । (३) उपदफा (१) बमोजिम प्रकाशित विज्ञापन बमोजिम गर्नु पर्ने कामको लागि निश्चित समयावधि तोकिएको रहेछ भने त्यस्तो समय समाप्त हुनासाथ विज्ञापन बमोजिमको प्रस्ताव रद्द भएको मानिनेछ । (४) उपदफा (१) बमोजिम राखिएको प्रस्ताव जुन माध्यमद्वारा प्रकाशित भएको हो, सोही माध्यमद्वारा रद्द गर्न सकिनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्ताव रद्द गरेको सूचना प्रकाशित हुनु अगावै कसैले उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम गरिसकेको भए विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनु पर्नेछ । तर विज्ञापन बमोजिम काम गर्ने व्यक्तिले विज्ञापनदातालाई यथासम्भब छिटो काम सम्पन्न भएको सूचना गरेको हुनु पर्नेछ । (६) कसैले विज्ञापनदातालाई उपदफा (१) बमोजिमको विज्ञापन अनुसार काम सुरु गरेको कुरा सूचना गरी काम सुरु गरेको रहेछ भने त्यसरी काम गर्ने व्यक्तिलाई विज्ञापन रद्द हुनुभएसम्म गरेको कामका लागि उचित पारिश्रमिक दिनु पर्नेछ ।
५१२. करार भएको ठाउँ : (१) प्रस्तावले जुन ठाउँमा स्वीकृति पाउनका लागि प्रस्ताव पठाएको हो सोही ठाउँलाई करार भएको ठाउँ मानिनेछ । (२) उपदफा (१) बमोजिम ठाउँ नखुलाएको अवस्थामा प्रस्तावले स्वीकृति पाएको ठाउँलाई करार भएको ठाउँ मानिनेछ । (३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरूले करारमा करार भएको ठाउँ उल्लेख गरेकोमा सोही ठाउँलाई करार भएको ठाउँ मानिनेछ ।
५१३. सान्धोगिक करार : (१) भविष्यमा कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना नघटेसम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन । (२) भविष्यमा कुनै व्यक्तिले कुनै खास काम गरेमा करार भएको मानिने गरी करार भएकोमा त्यस्तो व्यक्तिले त्यस्तो काम नगर्ने वा गर्न नसक्ने गरी कुनै काम कारबाही गरेमा त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन । (३) भविष्यमा कुनै अनिश्चित घटना नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना घट्न असम्भव भएपछि मात्र त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ । (४) भविष्यमा कुनै निश्चित समयभित्र कुनै घटना घटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यसरी निर्धारित समयभित्र या निर्धारित समय समाप्त भए पछि त्यस्तो घटना घट्न असम्भव भए पछि त्यस्तो करार बदर भएको मानिनेछ । (५) भविष्यमा कुनै घटना कुनै खास समयभित्र नघटेमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो समयभित्र त्यस्तो घटना नघटेमा वा त्यस्तो समयभित्र त्यस्तो घटना नघट्ने निश्चित भएमा त्यस्तो करार बमोजिमको दायित्व सृजना हुनेछ ।
५१४. करारका सामान्य व्यवस्था लागू हुने : यो परिच्छेद र यस भागका परिच्छेद- ३, ४ र ५ का व्यवस्था सामान्यत: यस संहिता वा कानून बमोजिम सम्पन्न हुने अन्य करारका सम्बन्धमा लागू हुनेछन् ।
५१५. करारको व्याख्या : (१) करारको व्याख्या यसका पक्षहरूको सामूहिक मनसाय बमोजिम गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम मनसाय स्थापित हुन नसकेमा सामान्य समझको व्यक्तिले पक्षको हैसियतले सामान्य अवस्थामा दिन सक्ने मनसायको अर्थ बमोजिम करारको व्याख्या गर्नु पर्नेछ । (३) करारका कुनै एक पक्षको कथन तथा आचरण अर्को पक्षले थाहा पाएको वा थाहा पाएको मान्न सकिने अवस्था भएमा त्यस्तो पक्षको मनसाय बमोजिम करारको व्याख्या गरिनेछ । (४) करारमा प्रयुक्त शब्दावली तथा अभिप्रेतको व्याख्या समग्र करार वा त्यस्ता शब्दावली तथा अभिप्रेत रहेको प्रसङ्गको आधारमा गरिनेछ । (५) करारमा प्रयुक्त शब्दावलीलाई अन्य शब्दावलीबाट बाहेक गरी केही शब्दावलीलाई मात्र प्रभाव नदिई तयसमा प्रयुक्त सम्पूर्ण शब्दावलीहरूलाई प्रभावकारी बनाउने गरी व्याख्या गरिनेछ ।
५१६. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद-३ करारको वैधता
५१७. बदर हुने करार : (१) कानून बमोजिम मान्य नहुने करारलाई बदर हुने करार मानिनेछ । (२) देहाय बमोजिमका करार बदर हुनेछन् :- (क) कानूनले निषेध नगरेको पेशा, व्यापार वा व्यवसाय गर्नबाट कसैलाई रोक लगाएको करार, तर देहायको अवस्थामा कुनै पेशा, व्यापार वा व्यवसायमा रोक लगाउने गरी करार भएको मानिने छैन :-
(१) कुनै व्यापारको ख्याति खरिद बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो ख्याति बमोजिमको व्यापार वा व्यवसाय खरिद गर्ने खरिदकर्ता र बिक्रेताबीच सम्पन्न करारमा उल्लिखित अवधि र ठाउँमा त्यस्तो बिक्रेताले त्यस्तै प्रकारको व्यापार वा व्यवसाय गर्न नपाउने गरी भएको करार, (२) साझेदार रहेजेल साझेदारी फर्मको पेशा, व्यापार वा व्यवसाय बाहेक सोही प्रकृतिको पेशा, व्यापार वा व्यवसायका प्रतिस्पर्धी अन्य व्यक्तिहरूसँग सोही वा अन्य कुनै पेशा, व्यापार वा व्यवसाय गर्न नपाउने गरी साझेदारहरूबीच भएको करार, (३) साझेदारी छाडिसके पछि साझेदारी फर्म बमोजिमको पेशा, व्यापार वा व्यवसाय निश्चित मनासिब अवधिसम्म वा निश्चित ठाउँमा नगर्ने गरी साझेदारहरू बीच भएको करार, (४) कुनै व्यक्तिले कुनै व्यक्ति, फर्म, कम्पनी वा निकायसँग गरेको करार अनुसार त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवामा छँदै वा सेवाबाट अवकाश प्राप्त गरेको निश्चित अवधिसम्म त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा निकायको प्रतिस्पर्धी अन्य व्यक्ति, फर्म, कम्पनी वा निकायको सेवा स्वीकार गर्न नपाउने गरी भएको करार । (ख) कानूनले निषेध गरेको विवाह बाहेक अन्य विवाहमा रोक लगाएको करार, (ग) सर्वसाधारणले उपभोग गरिरहेको सुविधा कसैलाई उपभोग गर्नबाट रोक लगाएको करार, (घ) कसैले पाएको कानूनी अधिकार कुनै अदालतबाट प्रचलन गराई पाउनबाट रोक लगाएको करार, (ङ) कानूनको विरुद्धमा भएको वा प्रचलित कानूनले निषेध गरेको कुरामा भएको करार,
(च) अनैतिक उद्देश्यको लागि वा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा हितको विरुद्धमा भएको करार, (छ) करार भएको विषयवस्तु करार गर्ने पक्षहरूलाई स्पष्ट रूपमा यकीन वा थाहा नभएबाट पूरा गर्न नसकिने अवस्थामा भएको करार, (ज) करार गर्दाकै अवस्थामा पूरा गर्न असम्भव भएको करार वा काल्पनिक करार, (झ) करारको विषयवस्तुको मनासिब अर्थ दिन नसक्ने भई अस्पष्ट रहेको करार, (ञ) करार गर्न अयोग्य व्यक्तिबाट भएको करार, (ट) गैरकानूनी उद्देश्य भएको करार, (ठ) करारको अत्यावश्यक तथ्यको विषयमा करार गर्दाका बखत करारका दुवै पक्षहरूको भूलबाट भएको करार ।
(३) बदर हुने करार प्रारम्भदेखि नै अमान्य हुनेछ र यसबाट कुनै कानूनी परिणाम र पक्षहरूको हक र दायित्व सृजना हुने छैन । (४) करारको कुनै अंश बदर भए पनि बाँकी रहेको अंश कानून बमोजिम कार्यान्वयन हुनेछ ।
५१८. बदर गराउन सकिने करार : (१) करारका पक्षको प्रयासमा अदालतबाट बदर घोषित गराउन सकिने करारलाई बदर गर्न सकिने करार मानिनेछ । (२) देहाय बमोजिम भएको करार त्यस्तो करारबाट मर्का पर्ने व्यक्तिले अदालतबाट बदर गराउन सक्छने :- (क) करकापबाट भएको करार, स्पष्टीकरण : कुनै व्यक्तिलाई निजको इच्छा विरुद्ध कुनै करार गराउने मनसायले निजको सम्पत्ति रोक्का राखेको वा राख्न धम्की दिएको वा निजको जीउ, ज्यान वा इज्जतमा धक्का पुऱ्याउने धम्की दिएको वा कानून विपरीत अन्य कुनै काम गरेको वा गर्न धम्की दिएको भए करकाप गरेको सम्झनु पर्छ । (ख) अनुचित प्रभावबाट भएको करार, स्पष्टीकरण :
(१) आफ्नो प्रभावमा रहेको र आफ्नो इच्छाअनुसार काम गराउन सकिने व्यक्तिबाट आफ्नो हित वा स्वार्थका लागि कुनै अनुचित लाभ उठाउने मनसायले त्यस्तो व्यक्ति उपर पारिएको प्रभावलाई अनुचित प्रभाव सम्झनु पर्छ ।
(२) खण्ड (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी देहायका व्यक्तिलाई आफ्नो प्रभावमा रहेका र आफ्नो इच्छाअनुसार काम गराउन सकिने व्यक्ति सम्झनु पर्छः– (क) आफ्नो संरक्षकत्व, मातृत्व वा जिम्मामा रहेको व्यक्ति, (ख) वृद्धावस्था, बिरामी अवस्था वा शारीरिक वा मानसिक दुर्बलताले गर्दा केही समय वा सदाका लागि आफ्नो हितको विचार गर्न नसक्ने व्यक्ति, (ग) आफूले आर्थिक वा पदीय दबाब पार्न सकिने व्यक्ति ।
(ग) जालसाजबाट भएको करार, स्पष्टीकरण : करार गर्ने पक्ष वा निजको प्रतिनिधिले अर्को पक्ष वा निजको प्रतिनिधिलाई धोका दिने नियतबाट कुनै कुरा सत्य होइन भन्ने जानकारी हुँदा हुँदै त्यस्तो कुरा सत्य हो भनी विश्वास दिलाएको वा विश्वास गर्न सकिने कुनै काम कारबाही गरेको वा कुनै तथ्यका बारेमा जानकारी हुँदा हुँदै त्यस्तो तथ्य जानीजानी लुकाएको वा कानून बमोजिम जालसाज हुने अन्य कुनै काम गरेको भए जालसाज गरेको सम्झनु पर्छ ।
(घ) भुकुइया गराएको करार । स्पष्टीकरण : देहाय बमोजिमको कामलाई भुकुइयाको सम्झनु पर्छ :- (१) मनासिब आधार बिना कुनै कुराको भुट्ठा विवरण वा तथ्य दिएको, (२) कुनै पक्षलाई मर्का पर्ने गरी बहकाएको,
(३) करारको विषयवस्तुमा गल्ती गराएको, (४) एक विषयमा करार भएको विश्वास दिलाई अर्को विषयमा करार गराएको ।
(३) यस दफा बमोजिम बदर गराउन सकिने करारका हकमा देहायका कुरामा देहाय बमोजिम हुनेछ :- (क) करार गराइएको पक्षले करारलाई बदर नगराई त्यस्तो करार हुनु अघि निजको स्थिति जस्तो हुन्थ्यो त्यस्तो बमोजिम गराई माग्न सक्ने, (ख) कसैले आफ्नो प्रभावमा रहेको र आफ्नो इच्छा अनुसार काम गराउन सक्ने व्यक्तिसँग करार गरेकोमा त्यस्तो करार अनुचित प्रभावबाट गरिएको होइन भनी प्रमाणित गर्ने भार त्यसरी अनुचित प्रभाव पारेको होइन भन्ने पक्षमाथि रहने ।
(४) बदर गराउन सकिने करार बदर हुनुभन्दा अगाडिसम्म कानून बमोजिमको करार सरह नै कार्यान्वयन हुनेछ ।
(५) यस दफा बमोजिम बदर गराउन सकिने करार अदालतबाट बदर भएकोमा बदर हुनुभन्दा अघि त्यस्तो करार बमोजिम भए गरेको कामलाई असर पर्ने छैन ।
(६) यस दफा बमोजिम कुनै करार बदर भएकोमा त्यसरी बदर भएको कारणले मात्र निदोष तेस्रो पक्षको कानूनसम्मत हक वा हितमा प्रतिकूल असर पर्ने छैन ।
५१९. कार्यान्वयन नहुने करार : (१) अदालतबाट कार्यान्वयन गराउन नसकिने करारलाई कार्यान्वयन नहुने करार मानिनेछ । (२) यस भागको परिच्छेद-२ बमोजिमको रीत पुर्याई करार सम्पन्न भएको भए तापनि देहायको करार अदालतबाट कार्यान्वयन हुन सक्ने छैन :- (क) कानून बमोजिम लिखित रूपमा हुनु पर्ने करार लिखित रूपमा नभएकोमा, (ख) कानून बमोजिम कुनै खास औपचारिकता, कार्यविधि पूरा गरी गर्नु पर्ने वा कुनै निकायमा दर्ता गर्नु पर्ने व्यवस्था भएको करार त्यस्तो औपचारिकता, कार्यविधि पूरा नभई भएको वा दर्ता नभएकोमा,
(ग) अर्को व्यक्तिको तर्फबाट करार भएकोमा त्यस्तो व्यक्तिले अख्तियारी नदिएको विषयमा वा दिएको अख्तियारी नाघि करार गरेकोमा ।
५२०. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकरु पर्ने व्यक्तिले बदर हुने करारको हकमा जिलिस्फुस्के, बदर गराउन सकिने करारको हकमा करार बदर गराउन पर्ने कारण उत्पन्न भएको मितिले एक वर्ष र अन्य करारको हकमा मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–४ करारको परिपालना सम्बन्धी व्यवस्था
५२१. करार बमोजिमको दायित्व पूरा गर्नु पर्ने : करार गर्ने प्रत्येक पक्षले करार बमोजिमको आ–आफ्नो दायित्व पूरा गर्नु पर्नेछ ।
५२२. करारको पारस्परिक परिपालना : (१) करारका पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी भएको करारमा एक पक्षले आधारभूत रूपमा आफ्नो दायित्व पूरा नगर्ने किसिमको व्यवहार वा मनसाय देखाएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न आवश्यक छैन । (२) करारमा नै कुनै कबुल पूरा गर्ने सम्बन्धमा प्राथमिकता क्रम तोकिएकोमा सोही बमोजिम र त्यस्तो क्रम नतोकिएकोमा करारको प्रकृति अनुसार जसले पहिले कबुल परिपालना गर्नु पर्ने हो निजले पहिले कबुल परिपालना गर्नु पर्नेछ । (३) पारस्परिक कबुलहरू भएको कुनै करारमा एउटा कबुल पूरा नगरी अर्को कबुल पूरा गर्न नसकिने रहेछ भने कुनै एक पक्षले आफ्नो कबुल पूरा नगरेको कारणले अर्को पक्षबाट करार पालना हुन नसकी भएको हानि, नोक्सानी हुन गएको त्यस्तो पक्षले भराई लिन सक्नेछ । (४) उपदफा (१) बमोजिम पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी करार भएकोमा कुनै पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक लगाएमा करारको परिपालना गर्न असमर्थ अर्को पक्षले त्यस्तो करारलाई रद्द गराउन र त्यसरी करार रद्द भएको कारणबाट कुनै हानि, नोक्सानी हुन गएको भए त्यस्तो समेत भराई लिन पाउनेछ ।
५२३. करार पूरा गर्ने समय र तरिका : (१) करार पूरा गर्ने समय र तरिका करारमा उल्लेख भएकोमा सोही समयभित्र र तरिका बमोजिम करार पूरा गर्नु पर्नेछ ।
(२) करार बमोजिमको काम गर्न करारमा कुनै समय वा तरिका तोकिएको रहनेछ तर त्यस्तो काम कुनै खास समयमा वा कुनै खास तरिकाले मात्र गर्न सकिने रहेछ भने सोही समयमा सोही तरिका बमोजिम गर्ने गरी करार भएको मानिनेछ ।
(३) उपदफा (२) मा लेखिएको अवस्थामा बाहेक करारमा करार पूरा गर्ने समय र तरिका उल्लेख नभएमा मनासिब समयभित्र र मनासिब तरिका अपनाई करार पूरा गर्नु पर्नेछ ।
५२४. करार पूरा गर्ने ठाउँ : (१) कुनै काम पूरा गर्न करारमा कुनै निश्चित ठाउँ तोकिएको रहेछ भने त्यस्तो काम सोही ठाउँमा पूरा गर्नु पर्नेछ ।
(२) करार बमोजिम कुनै एक पक्षले अर्को पक्षलाई कुनै वस्तु दिनु, बुझाउनु पर्ने रहेछ र त्यसरी वस्तु बुझाउने ठाउँ करारमा तोकिएको रहेछ भने त्यस्तो वस्तु रहेको ठाउँमा नै वस्तु बुझाउने गरी करार भएको मानिनेछ ।
(३) कुनै काम गर्ने निश्चित ठाउँ करारमा तोकिएको रहेनछ तर त्यस्तो काम कुनै खास ठाउँमा मात्र गर्न सकिने वा चलन व्यवहार वा त्यस्तो कामको प्रकृति अनुसार कुनै खास ठाउँमा मात्र गर्नु पर्ने किसिमको रहेछ भने त्यस्तो काम सोही ठाउँमा गर्ने गरी करार भएको मानिनेछ ।
(४) उपदफा (२) र (३) मा लेखिदै बाहेक अन्य अवस्थामा करार बमोजिम काम गर्ने ठाउँ करारमा उल्लेख भएको रहेनछ भने करार बमोजिम काम गर्ने पक्षले अर्को पक्षलाई मनासिब ठाउँ तोकिदिन सूचना गर्नु पर्नेछ र अर्को पक्षले पनि त्यस्तो काम गर्न मनासिब ठाउँ तोकिदिनु पर्नेछ ।
५२५. करारको परिपालना विलम्ब भएको मानिने : (१) कुनै खास समयमा परिपालना गर्नु पर्ने गरी भएको करार त्यस्तो समयमा वा समयभित्र परिपालना नभएमा करार परिपालना गर्न विलम्ब भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार त्यस्तो समय पछि परिपालना गर्न सकिने रहेछ भने करारको एक पक्षले अर्को पक्षलाई मनासिब समय दिई परिपालना गर्न सूचना दिनेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएकोमा सो बमोजिम त्यस्तो पक्षले करार परिपालना गर्नु पर्नेछ र करारको विलम्ब गरी परिपालना भएको कारणबाट भएको हानि, नोक्सानी बापत निजले क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम करार परिपालन नभएमा त्यसरी सूचना दिने पक्षले करार रद्द गर्न सक्छन् ।
५२६. समय करारको सारतत्व भएको मानिने : (१) कुनै खास दिन, समय वा अवधिभित्र करारको परिपालन नभएमा करारको प्रकृति, करारका पक्षहरूले करार गर्दाका बखत देखाएको मनसाय, करारको प्रयोजन वा उद्देश्य हासिल हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालन गर्ने समय करारको सारतत्व (इसेन्स) को रूपमा रहेको मानिनेछ । (२) उपदफा (१) बमोजिमको करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा अवधिभित्र परिपालन नभएमा त्यस्तो करार उल्लंघन भएको मानिनेछ र अर्को पक्षले तुरुन्त रद्द गर्न सक्छन् ।
५२७. करार पूरा गर्नु नपर्ने अवस्था : देहायका कुनै अवस्थामा करार बमोजिमको काम गर्न वा करारको परिपालन गर्न आवश्यक पर्ने छैन :- (क) करारको एक पक्षले अर्को पक्षलाई करार बमोजिमको दायित्व पूरा गर्नु नपर्ने गरी छुट दिएमा, (ख) बदर गराउन सकिने करार बदर गराउन पाउने पक्षले बदर गराएमा, (ग) अर्को पक्षले करार उल्लंघन गरेको कारणबाट करारको परिपालन हुन नसक्ने भएमा, (घ) यस भागको कुनै व्यवस्था बमोजिम करार बमोजिमको काम गर्नु नपर्ने भएमा, (ङ) दफा ५३१ बमोजिमको कार्यान्वयन हुन नसक्ने करार भएमा ।
५२८. करार अन्तर्गतको हक र दायित्व सर्ने : करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा त्यस्ता करार बमोजिम प्राप्त हुने हक त्यस्ता करार गर्ने व्यक्तिको सम्पत्ति प्राप्त गर्ने हकवालामा सर्नेछ र निजले प्राप्त गरेको सम्पत्तिले खाएको हदसम्मको दायित्व पनि निजले नै व्यहोर्नु पर्नेछ । तर व्यक्तिगत दक्षता वा योग्यताको आधारमा प्राप्त गरेको हक र दायित्व त्यस्ता हकवालामा सर्ने छैन ।
५२९. करार परिपालन गर्ने पक्ष : (१) करारको परिपालन करार गर्ने व्यक्तिबाटै हुनु पर्नेमा बाहेक निजको प्रतिनिधि, निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजको तर्फबाट अन्य कसैबाट पनि
करार परिपालना गराउन वा करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । तर अर्को पक्षको मञ्जुरी बिना करारको कुनै पक्षले करार अन्तर्गतका दायित्व अन्य कसैलाई हस्तान्तरण गर्न पाउने छैन । (२) उपदफा (१) बमोजिम करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न देहायका शर्तहरू पूरा गर्नु पर्नेछ :- (क) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हस्तान्तरण लिखित रूपमा हुनु पर्ने, (ख) हस्तान्तरण नि: शर्त हुनु पर्ने, (ग) कानून वा करारले हक वा दायित्व हस्तान्तरण गर्न रोक लगाएको हुनु नहुने, (घ) हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्याद सहितको सूचना पक्षलाई दिनु पर्ने । (३) करारको कुनै पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कामलाई स्वीकार गरी सकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनु पर्ने भनी पछि दाबी गर्न पाउने छैन । (४) दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली संयुक्त रूपमा अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्त रूपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट त्यस्तो करार बमोजिमको दायित्व पूरा गर्नु वा गराउनु पर्नेछ । (५) उपदफा (४) बमोजिम कुनै व्यक्तिले दायित्व पूरा नगरेकोमा दायित्व पूरा गर्ने व्यक्तिले संयुक्त रूपले करार गर्ने अरु व्यक्तिबाट दायित्व पूरा नगरे बापत समानुपातिक हिसाबमा हर्जाना वा नोक्सानी भराउन सक्नेछ । (६) उपदफा (४) बमोजिम भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको हिस्सामा पर्ने दायित्वबाट छुट दिए पनि बाँकी रहेका अन्य व्यक्ति त्यस्तो करारको दायित्वबाट मुक्त हुने छैन । ५३०. करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुने : (१) करारमा पक्ष रहेको व्यक्तिले मात्र अर्को पक्षसँग त्यस्तो करारको परिपालनाको माग गर्न सक्नेछ । तर कुनै व्यक्तिको हितको निमित्त करार गरिएको भएमा त्यस्तो व्यक्तिले करारको पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ ।
(२) कुनै काम गर्न वा नगर्न दुई वा दुईभन्दा बढी व्यक्तिहरूबाट संयुक्त रूपमा करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालना गराई पाउन माग गर्न सक्ने छन् ।
५.३१. परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्ने : (१) करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा करार बमोजिमको काम गर्नु पर्दैन ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी देहायको कुनै अवस्था भएमा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिनेछ :- (क) करार अवैध भई पालना गर्न नहुने भएमा, (ख) युद्ध, बाढी, पहिरो, आगलागी, भुक्म्प, ज्वालामुखी जस्ता मानवीय नियन्त्रण भन्दा बाहिरका परिस्थिति उत्पन्न भई करारको परिपालना हुन सम्भव नहुने भएमा, (ग) करारको परिपालना हुनुको लागि जुन वस्तु आवश्यक थियो त्यस्तो वस्तु नष्ट वा विनाश भएमा, त्यसको अस्तित्व नरहेमा वा त्यस्तो वस्तु प्राप्त हुन नसक्ने भएमा, (घ) व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी करार भएकोमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा, निज होस ठेगानामा नरहेमा वा निजको शारीरिक वा मानसिक अस्वस्थताको कारणले करार पूरा गर्न नसक्ने भएमा ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिने छैन :- (क) करारको परिपालना गर्न कठिनाइ भएमा, (ख) करारको परिपालना गर्दा न्यून मुनाफा हुने वा नोक्सान हुने भएमा, (ग) करार पूरा गर्ने पक्ष त्यस्तो करारको पक्ष नभएको तेस्रो पक्षमा आश्रित रहेकोमा त्यस्तो तेस्रो पक्षले गल्ती गरेमा वा निज असक्षम भएमा, (घ) हडताल वा तालाबन्दी भएमा, (ङ) थप कर, दस्तुर वा अन्य कुनै राजस्व तिर्नु परेमा,
(च) एकभन्दा बढी प्रयोजनको लागि करार भएकोमा तीमध्ये कुनै कुरा पूरा नहुने भएमा ।
(४) उपदफा (३) बमोजिमको अवस्था उत्पन्न भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक पक्षहरूले करारका शर्तहरू पुनरावलोकन गर्न वा हेरफेर गर्नबाट गर्न सक्नेछन् ।
(५) उपदफा (२) बमोजिम परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा देहायका कुराहरूमा देहाय बमोजिम हुनेछ :- (क) परिस्थितिमा त्यसरी परिवर्तन हुनु अघि करार बापत एक पक्षबाट भुक्तानी भएको रकम अर्को पक्षलाई फिर्ता गर्नु पर्ने, (ख) करार बापत एक पक्षले अर्को पक्षलाई भुक्तानी गर्नु पर्ने वा गर्नु बाँकी रहेको रकम परिस्थितिमा त्यसरी परिवर्तन भएपछि भुक्तानी योग्य हुन नसक्ने, (ग) परिस्थितिमा त्यसरी परिवर्तन हुनु अघि कुनै पक्षले कुनै काम गरिसकेको वा रकम चुक्ता गरिसकेको भएमा त्यस्तो काम वा रकमको हिसाब गरी एक अर्कालाई दिनु पर्ने रकम यकिन गर्नु पर्ने र त्यस्तो करार बापत एक पक्षले गरेको मनासिब खर्च अर्को पक्षबाट भराई लिन सक्ने ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ख) को परिस्थिति अन्त भएपछि करारका पक्षहरू करारको परिपालनालाई निरन्तरता दिई आ–आफ्ना दायित्व पूरा गर्न सहमत हुन सक्नेछन् ।
५३२. सुविधा दिनु पर्ने : (१) करार गर्ने पक्षहरूले एक अर्कालाई आफ्नो तर्फबाट करारको परिपालना गर्न आवश्यक पर्ने सुविधा दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको सुविधा नदिएको कारणबाट करार परिपालना हुन नसकेमा त्यसरी परिपालना गर्न नसक्ने पक्ष उत्तरदायी हुने छैन ।
५३३. करारको निलम्बन वा हेरफेर हुन सक्ने : (१) करार गर्ने पक्षको मञ्जुरी भएमा करार बमोजिम गर्नु पर्ने कामको सम्पूर्ण वा कुनै अंश हेरफेर वा संशोधन गर्न, करार बमोजिम गर्नु पर्ने कामको अवधि बढाउन, करार बमोजिम गर्नु पर्ने काम केही समयको लागि गर्नु
नपर्ने गरी करारको निलम्बन गर्न, करारमा उल्लिखित कामको सट्टा अन्य कुनै काम गर्न वा त्यस्तो करारको सट्टा अर्को कुनै करार गर्न सकिनेछ । (२) उपदफा (१) बमोजिम करारमा हेरफेर वा संशोधन भएमा नयाँ करार भएको मानिनेछ र सोही बमोजिम करार प्रभावकारी हुनेछ । (३) उपदफा (२) बमोजिम नयाँ करार भएकोमा त्यस्तो करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक सुरुमा गरिएको करार बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन । ५३४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्क पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–५ करारको उल्लङ्घन र उपचार सम्बन्धी व्यवस्था
५३५. करार उल्लङ्घन गरेको मानिने : (१) करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा, करार बमोजिम आफूले गर्नु पर्ने काम निजले नगर्ने कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारबाही र आचरणबाट निज करार बमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ । (२) उपदफा (१) बमोजिम एक पक्षले करार उल्लङ्घन गरेकोमा, निजको काम कारबाही वा आचरणबाट निजले सारभूत रूपमा करारको पालना नगरेको देखिएमा वा पक्षको आचरण वा काम कारबाहीबाट सारभूत रूपमा करार उल्लङ्घन भएको देखिएमा अर्को पक्षले त्यस्तो पक्षलाई सूचना दिई त्यस्तो करार रद्द गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम करार रद्द भएकोमा यसरी करार रद्द गर्ने पक्ष करारको परिपालना गर्न बाध्य हुने छैन । ५३६. करार रद्द गर्ने अधिकारीको अविभाज्य प्रकृति : करारको कुनै पक्षमा दुई वा दुई भन्दा बढी व्यक्ति भएमा* करार रद्द गर्ने कार्य त्यस्ता सम्पूर्ण व्यक्तिहरूले गरेमा वा त्यस्ता सम्पूर्ण व्यक्तिहरूको हकमा लागु हुने गरी रद्द गरी दिएमा मात्र करार रद्द हुन सक्नेछ । ५३७. करार उल्लङ्घन भएमा त्यसको क्षतिपूर्ति : (१) दफा ५३५ बमोजिम करार उल्लङ्घन भएकोमा त्यसबाट मर्क पर्ने पक्षले करार उल्लङ्घनबाट भएको वास्तविक हानि, नोक्सानी वा करार गर्दाको अवस्थामा त्यस्तो हानि, नोक्सानी हुन सक्छ भनी करारका पक्षहरूलाई
जानकारी भई निर्धारण गरेको हानि, नोक्सानी त्यसरी करार उल्लंघन गर्ने पक्षबाट भरपाई लिन पाउनेछ ।
(२) करार उल्लंघन भएमा क्षतिपूर्ति बापत कुनै निश्चित रकम पाउने भनी करार हुँदाका बखत पुवाफुनामन गरी करार भएकोमा सोही बमोजिमको रकममा ननाघ्ने गरी मर्का गर्ने पक्षले अर्को पक्षबाट मनासिब रकम उपदफा (१) बमोजिम भरपाई लिन पाउनेछ ।
(३) उपदफा (२) बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था करारमा नभएकोमा त्यस्तो क्षतिपूर्ति दाबी गर्ने पक्षले करारको उल्लंघनबाट प्रत्यक्ष र वास्तविक रूपमा भएको हानि, नोक्सानी वा करार उल्लंघन वा क्षतिपूर्ति बापत मनासिब रकम भरपाई लिन पाउनेछ । तर अप्रत्यक्ष वा काल्पनिक हानि, नोक्सानी भरपाई लिन पाउने छैन ।
(४) कुनै निश्चित समयावधिभित्र कुनै काम पूरा गर्ने गरी करार भएकोमा त्यस्तो अवधिभित्र त्यस्तो काम पूरा हुन नसकेकोमा उपदफा (२) बमोजिमको क्षतिपूर्ति पाउने अवस्था रहेछ भने त्यस्तो क्षतिपूर्ति तिर्ने पक्षले जति रकम क्षतिपूर्ति तिरेको छ सोही अनुपातमा करार पूरा गर्ने समयावधि बढाउन माग गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम क्षतिपूर्ति रकम चुक्ता भएको कारणले मात्र करार उल्लंघन भएको सम्बन्धमा अन्य कानूनी उपचार प्राप्त गर्ने पक्षको हकमा प्रतिकूल असर परेको मानिने छैन ।
५३८. करार रद्द वा बदर भएमा त्यसको परिणाम : (१) करार गर्ने कुनै पक्षले अर्को पक्षबाट करार बमोजिम केही नगद, जिन्सी वा सेवाका अन्य कुनै लाभ लिई सकेपछि वा करार बमोजिमका दायित्व आइतस्िक रूपमा पूरा गरी सकेपछि पक्षहरूको सहमतिबाट करार रद्द भई यस भाग वा अन्य कानून बमोजिम करार परिपालन गर्नु नपर्ने भएमा, कानून बमोजिम करार बदर भएमा वा बदर घोषित भएमा वा यस भाग बमोजिम करार अमान्य वा रद्द भएमा त्यसरी दिएको नगद, जिन्सी वा सेवा करार बहाल रहेको दिनसम्मको हिसाब मिलान गरी नगद, जिन्सी वा सेवा फिर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नगद वा जिन्सी बाहेक अन्य कुनै सेवा वा लाभ दिएको भए त्यस्तो सेवा वा लाभ दिए बापत मनासिब रकम त्यस्तो सेवा वा लाभ लिने पक्षले अर्को पक्षलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको नगद, जिन्सी फिर्ता नगरेको वा रकम नदिएको कारणबाट कानूनी कारबाही अवलम्बन गर्नु पर्ने भएमा सो वापत लागेको मनासिब खर्च समेत भरपाई लिन सकिनेछ ।
५३९. करारको परिपालनाको अनुपातमा रकम भराउने : कुनै पक्षले करार उल्लंघन गरेको वा अन्य कुनै कारणबाट करार अन्तर अन्त भएकोमा मर्का पर्ने पक्षले आफूले गरेको काम वा करारको परिपालना गरेको अनुपातमा अर्को पक्षसँग करार बमोजिमको रकम दाबी गर्न सक्नेछ ।
५४०. करारको यथावत परिपालना : (१) करार उल्लंघन भएको कारणबाट मर्का पर्ने पक्षलाई पुग्न गएको वास्तविक हानि, नोक्सानी वापत क्षतिपूर्ति मनासिब र पर्याप्त नहुने भएमा त्यसरी मर्का पर्ने गएको पक्षले क्षतिपूर्तिको सट्टा करारको यथावत परिपालनाको दाबी गर्न सक्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा करारको यथावत परिपालनाको दाबी गर्न सकिने छैन :- (क) करार उल्लंघन वापतको क्षतिपूर्ति नगद नै पर्याप्त हुने भएमा, (ख) करार बमोजिमको काम भए नभएको कुरा अदालतले सुपरिवेक्षण गर्न नसक्ने भएमा, (ग) व्यक्तिगत दक्षता, सीप वा ज्ञानको सेवा उपलब्ध गराउने गरी करार गरिएको भएमा, (घ) यथावत रूपमा करार पूरा गर्न सक्ने अवस्था नभएमा, (ङ) करार उल्लंघन गर्ने पक्षले नै यथावत रूपमा करारको परिपालना गराई पाउने दाबी लिएकोमा ।
५४१. अदालतले आदेश दिन सक्ने : (१) करारको कुनै पक्षले त्यस्तो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउन अदालतमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी परेमा त्यस्तो करारबाट उत्पन्न विवादको समाधान त्यस्तो करार वा कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी अदालतले उपयुक्त आदेश जारी गर्न सक्छ ।
(३) उपदफा (१) बमोजिम आदेश जारी भएकोमा त्यस्तो पक्षले त्यसरी दिइएको आदेशको पालना नगरेको कारणबाट हुन गएको थप हानि, नोक्सानी समेत मर्कन पर्ने पक्षले भराई लिन पाउनेछ ।
५४२. क्षतिपूर्ति मौद्रिक मूल्यमा यकिन गर्नु पर्ने : करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस परिच्छेद बमोजिमको हानि, नोक्सानी वापतको क्षतिपूर्तिको मूल्याङ्कन गर्दा मौद्रिक मूल्यमा यकिन गरिनेछ ।
तर दफा ५४० बमोजिमको उपचारको हकमा सोही बमोजिम हुनेछ ।
५४३. अदालतले विचार गर्न सक्ने : कुनै करार उल्लंघन गरेको कारणबाट उत्पन्न क्षतिपूर्ति निर्धारण गर्दा अदालतले त्यस्तो करार पक्षबाट नियतवश उल्लंघन भएको हो वा लापरवाहीको कारणले पालना हुन नसकेको हो त्यस्तो कुरा र करार उल्लंघन नभएको भए करार उल्लंघन नगर्ने (निर्दोष) पक्षले कति रकम वा लाभ प्राप्त गर्न सक्ने थियो त्यस्तो कुरा समेत विचार गर्नु पर्नेछ ।
५४४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्कन पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–६ वस्तु बिक्री करार सम्बन्धी व्यवस्था
५४५. वस्तु बिक्री सम्बन्धी करार भएको मानिने : (१) कुनै बिक्रेताले मूल्य लिई कुनै वस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मञ्जुर गरेकोमा वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले तत्काल प्रचलनमा रहेका मुद्रा, धितोपत्र वा उजुरी कार्यान्वयन गर्न सकिने दाबी (एक्सेन्भेल क्लेम) बाहेकका खरिद बिक्री हुन सक्ने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ ।
(२) वस्तु बिक्री सम्बन्धी करार शर्त बिना वा शर्त सहितको हुन सक्छ ।
(३) विक्रेताको स्वामित्व वा भोगचलनमा तत्काल कायम रहेका वस्तु वा निजले भविष्यमा उत्पादन गर्ने वा प्राप्त गर्ने वस्तु बिक्री गर्ने गरी करार गर्न सकिनेछ ।
५५६. वस्तु बिक्री सम्बन्धी करार बदर हुने : कुनै खास किस्मको वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो करार हुँदाका बखत वा सोभन्दा अगाडि नै त्यस्तो वस्तुको हानि, नोक्सानी भइसकेको रहेछ र सो कुरा विक्रेतालाई करार गर्दाका बखत थाहा रहेनभने त्यस्तो करार बदर हुनेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि “खास किस्मको वस्तु” भन्नाले करार गर्दाका बखत करारमा उल्लेख गरिएको खास किस्मको वस्तु सम्झनु पर्छ ।
५५७. वस्तुको मूल्य निर्धारण गर्ने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तुको मूल्य करारका शर्तबाट करारमा मञ्जुर गरिएको तरिकाबाट वा पक्षहरू बीच हुने कारोबारको सिलसिलाबाट निर्धारण गरिनेछ । (२) वस्तुको मूल्य नाप, तौल अनुसार निर्धारण गरिएको भए करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको मूल्य खुट्ट नाप तौलको आधारमा कायम हुनेछ । (३) उपधारा (१) वा (२) बमोजिम वस्तुको मूल्य निर्धारण हुन नसकेमा सम्बद्ध परिस्थितिलाई विचार गरी क्रेताले मनासिब मूल्य विक्रेतालाई भुक्तानी गर्नु पर्नेछ ।
५५८. वस्तुको मूल्य चुक्ता गर्नु पर्ने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको कुनै अवस्थामा देहाय बमोजिम वस्तुको मूल्य चुक्ता गर्नु पर्नेछ :– (क) क्रेताले आफुले खरिद गरेको वस्तुको मूल्य विक्रेतालाई वस्तु खरिद गर्दाका बखत, (ख) वस्तु हस्तान्तरण गर्दाका बखत । (२) उपधारा (१) बमोजिम वस्तुको मूल्य भुक्तानी गर्दा नगदमा गर्नु पर्नेछ । स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि “नगद” भन्नाले बैंक मार्फत भुक्तानी हुने चेक, यात्रु चेक, प्रतिज्ञापत्र (प्रमिसरी नोट), विनिमयपत्र (बिल अफ एक्सचेन्ज) प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ड्राफ्ट, क्रेडिट कार्ड, टेलिग्राफिक ट्रान्सफर समेत सम्झनु पर्छ ।
५५९. वस्तुको विवरण : (१) बिक्री गरिने कुनै वस्तुको नाम, ब्राण्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण करारमा उल्लेख भएकोमा सोही नाम, ब्राण्ड, ट्रेडमार्क वा स्पेसिफिकेशन बमोजिमको वस्तु बिक्री गर्ने गरी करार भएको मानिनेछ ।
(२) बिक्री गरिने कुनै वस्तुको नाम, ब्रान्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण र नमुना (स्याम्पल) समेत उल्लेख भएकोमा त्यस्तो वस्तुको ठोक परिमाण नमुना बमोजिम मात्र नभई नाम, ब्रान्ड, ट्रेडमार्क वा स्पेसिफिकेशनको विवरण बमोजिम नै हुनु पर्नेछ ।
५५०. बिक्री गरिने वस्तुमा हक भएको मानिने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वस्तु भए त्यस्तो वस्तुमा वा भविष्यमा बिक्री गर्न मञ्जुर गरिएको वस्तु भए बिक्री गरिने वस्तुमा विक्रेताको हक रहेको वा हक रहने र त्यस्तो वस्तु कसैको कब्जा, नियन्त्रण वा भोगचलनबाट मुक्त रहेको वा रहने कुरा मानिनेछ । (२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री गरिएको वा बिक्री हुने वस्तुमा विक्रेताको बिक्री गर्ने अधिकार रहेको मानिनेछ ।
५५१. वस्तु गुणस्तरयुक्त रहेको मानिने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त (सेटिस्फेक्टरी क्वालिटी) भएको मानिनेछ । (२) कुनै खास प्रयोजनका लागि बिक्री भएको वा बिक्री हुने कुनै खास वस्तु सो प्रयोजनको लागि उपयुक्त भएमा त्यसरी बिक्री भएको वा हुने वस्तु सन्तोषप्रद गुणस्तरयुक्त रहेको मानिनेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा नै त्यस्तो वस्तुको खोट उल्लेख भएकोमा वा क्रेतालाई त्यस्तो करार हुनु अघि नै वा वस्तु हेर्दा नै सो कुरा थाहा भई सकेकोमा त्यस्ता वस्तु सन्तोषप्रद गुणस्तरयुक्त नभएको वा नरहेको मानिने छैन । (४) कुनै खास वस्तुको गुणस्तर करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा त्यस्तो वस्तु प्रचलित स्तर (स्टान्डर्ड) अनुसारको गुणस्तरयुक्त हुनु पर्नेछ । (५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा बिक्री हुने वस्तु खास गुणस्तरयुक्त छ भनी विक्रेताले वारेन्टी दिएको मानिने छैन ।
५५२. फरक गुणस्तरयुक्त वस्तु स्वीकार वा इन्कार गर्न सक्ने : (१) करारमा उल्लेख गरिएको भन्दा फरक गुणस्तरयुक्त वस्तु क्रेताले विक्रेतालाई बुझाउन ल्याएमा क्रेताले त्यस्ता सम्पूर्ण वस्तु स्वीकार गरी बुझिलिने, सम्पूर्ण वस्तु बुझिलिन इन्कार गर्ने वा त्यसको कुनै अंश स्वीकार गरी बाँकी वस्तु इन्कार गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै वस्तु सम्पूर्ण रूपमा वा त्यसको कुनै अंश इन्कार गरेकोमा क्रेताले त्यस्तो वस्तुको सट्टामा अर्को वस्तु बुझाउन वा त्यस्तो वस्तुको गुणस्तर सुधार गर्न सकिने रहेछ भने गुणस्तर सुधार गर्न विक्रेतालाई सूचना दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएकोमा विक्रेताले क्रेताले दिएको सूचना बमोजिम वा आपसमा निर्धारण गरिएको सहमति बमोजिम त्यस्तो वस्तुको सट्टामा अर्को वस्तु बुझाउनु वा त्यसको गुणस्तर सुधार गर्नु पर्नेछ ।
५५३. नमूना हेरी बिक्री हुने करार मानिने : (१) करारमा प्रत्यक्ष वा परोक्ष रूपमा नमूना हेरी वस्तु बिक्री गर्ने व्यवस्था रहेकोमा त्यस्तो वस्तु नमूना हेरी बिक्री हुने गरी करार भएको मानिनेछ ।
(२) नमूना हेरी वस्तु बिक्री गर्ने गरी करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो करारमा देहायका शर्तहरू रहेको मानिनेछ :– (क) ठीक वस्तुको गुणस्तर नमूनाको गुणस्तर अनुसार भएको, (ख) क्रेतालाई वस्तुको ठीक परिमाणको गुणस्तर नमूनासँग भिडाइने मनासिब अवसर प्राप्त भएको, (ग) बिक्री भएको वा हुने वस्तु कुनै पनि स्रोतबाट मुक रहेको र नमूनासँग भिडाइदाका बखत हेरांशथ त्यस्तो वस्तु सन्तोषप्रद गुणस्तरयुक्त भएको ।
५५४. वस्तुको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था : (१) कुनै खास वा निश्चित वस्तु बिक्री गर्ने गरी करार भएकोमा त्यस्तो वस्तुको हस्तान्तरण करारमा उल्लेख भएकोमा सोही बमोजिम र करारमा उल्लेख नभएकोमा करारका शर्त, पक्षहरूको आचरण तथा सम्बद्ध परिस्थितिबाट पक्षहरूको मनसाय अभिव्यक्त भए बमोजिम हस्तान्तरण हुनेछ ।
(२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा करार भएपछि वा वस्तुको मूल्य तिरेपछि वस्तु हस्तान्तरण गर्ने पक्षहरूको मनसाय रहेको मानिनेछ ।
(३) कुनै खास वस्तु तत्काल बुझाउन सकिने अवस्थामा करार भएकोमा त्यस्तो वस्तुको मूल्य निर्धारण गर्न क्रेताले नाप, तौल, जाँच वा अन्य कुनै कार्य सम्पादन गर्नु पर्ने रहेछ भने त्यस्तो कार्य सम्पादन गरी मनासिब समयभित्र विक्रेतालाई त्यसको जानकारी नदिएसम्म वस्तु हस्तान्तरण हुने छैन ।
(४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक बिक्री भएको वा हुने वस्तु जुन स्थानमा रहेको छ सोही स्थानमा वस्तु हस्तान्तरण गरी करार भएको मानिनेछ ।
(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण भएकै बखत त्यस्तो वस्तुमा क्रेताको हक वा स्वामित्व कायम भएको मानिनेछ ।
५५५. जोखिम व्यहोर्नु पर्ने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक क्रेतालाई वस्तु हस्तान्तरण नभएसम्म त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।
(२) बिक्रेता वा क्रेताको कारणले वस्तु हस्तान्तरण हुन ढिलाई भएकोमा जसको कारणले ढिलाई भएको हो सोही व्यक्तिले वस्तुमा उपदत्त (१) बमोजिमको हानि, नोक्सानीको जोखिम व्यहोर्नु पर्नेछ ।
(३) खरिद भएको स्थानबाट क्रेताले तोकेको स्थानसम्म वस्तु पुर्याउन मञ्जुर गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो वस्तुको हानि, नोक्सानीको जोखिम बिक्रेताले व्यहोर्नु पर्नेछ ।
५५६. वस्तु यकिन गर्ने क्रेताको अधिकार : बिक्री भएको वस्तु क्रेता समक्ष पुर्याईएकोमा क्रेताले त्यस्तो वस्तु करार बमोजिम भए या नभएको जाँची यकिन गर्न मनासिब अवसर पाउनेछ र क्रेताले त्यसरी यकिन नगरेसम्म क्रेताले वस्तु बुझिलिएको मानिने छैन ।
५५७. वस्तु बुझिलिएको मानिने : देहायको कुनै अवस्थामा क्रेताले वस्तु बुझिलिएको मानिनेछ–
(क) क्रेता वा निजको प्रतिनिधिले वस्तु बुझिलिएमा, (ख) वस्तु बुझिलिएको रसिद वा भरपाई गरिदिएमा, (ग) दफा ५५६ बमोजिम वस्तु यकिन गरी करार बमोजिम भएको ठहर गरी क्रेताले भण्डारण गरेमा, (घ) कुनै वस्तु क्रेताहात् पुगेकोमा मनासिब समयभित्र निजले त्यस्तो वस्तु बुझिलिन इन्कार गरेको जानकारी बिक्रेतालाई नपठाई निजहात् त्यस्तो वस्तु रहेमा, (ङ) त्यस्तो वस्तुमा निजको स्वामित्व र नियन्त्रण रहेको पुष्टि गर्ने कुनै काम निजबाट भएमा ।
५५८. वस्तु हस्तान्तरण गर्नु पर्ने समय : (१) करारमा कुनै वस्तु कुनै खास समयमा वा कुनै खास अवधिभित्र हस्तान्तरण गरि सक्नु पर्नेछ भनी उल्लेख भएकोमा बिक्रेताले क्रेतालाई त्यस्तो वस्तु सोही समय वा अवधिभित्रमा हस्तान्तरण गरि सक्नु पर्नेछ ।
(२) उपदाफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले करारमा तोकिएको समय वा अवधिभन्दा अगावै वा त्यस्तो समय वा अवधि नापिसकेपछि हस्तान्तरण गरेको वस्तु क्रेताले बुझिलिँदा बिक्रेताले वस्तु हस्तान्तरण गरेको मानिनेछ ।
५५९. बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्ने : करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै वस्तु बिक्री गर्दा त्यस वस्तुको स्वामित्वसँग सम्बन्धित वा त्यस्तो वस्तुको उपयोगमा आधारभूत रूपमा आवश्यक पर्ने कागजात समेत नबुझाई वस्तु बुझाएमा स्वामित्व हस्तान्तरण भएको मानिने छैन ।
५६०. करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन नहुने : (१) बिक्रेताले करारमा उल्लेख गरिएकोभन्दा कम परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले त्यस्तो वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ । तर क्रेताले त्यस्तो परिमाणमा पनि वस्तु बुझिलिँदा करारमा उल्लिखित दरमा त्यस्तो परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ । (२) बिक्रेताले करारमा उल्लेख गरिएकोभन्दा बढी परिमाणमा वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको परिमाणको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरा परिमाणका वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ । तर क्रेताले यसरी बुझाउन ल्याएको पूरा वस्तु बुझिलिँदा करारमा उल्लिखित दरमा पूरा परिमाणको मूल्य चुक्ता गर्नु पर्नेछ । (३) बिक्रेताले करारमा उल्लिखित वस्तुको विवरणभन्दा फरक वस्तु मिसाई वस्तु बुझाउन ल्याएमा क्रेताले करारमा उल्लेख भएको वस्तु बुझिलिई बाँकी वस्तु वा पूरा वस्तु बुझिलिन इन्कार गर्न सक्नेछ । (४) करारमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक पटकपटक गरी वस्तु बुझिलिन क्रेता बाध्य हुने छैन । (५) बिक्रेताले बुझाउन ल्याएको वस्तु क्रेताले बुझिलिन इन्कार गरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक इन्कार गरिएको वस्तु फिर्ता गर्न क्रेता बाध्य हुने छैन । तर क्रेताले वस्तु बुझिलिन इन्कार गरेको कारण सहितको सूचना छिटो साझन्दार्रा बिक्रेतालाई दिनु पर्नेछ ।
५६१. क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्था : यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद अन्तर्गतका करारको क्षतिपूर्तिको सम्बन्धमा देहाय बमोजिम हुनेछ :-
(क) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि क्रेताले वस्तु स्वीकार नगरेमा वा स्वीकार गर्न इन्कार गरेमा वा वस्तुको मूल्य तिर्न इन्कार गरेमा करारको अधीनमा रही विक्रेताले क्रेता विरुद्ध यसरी वस्तु स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरेको वापतको क्षतिपूर्ति दाबी गर्न सक्ने, (ख) खण्ड (क) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा क्रेताले स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा निर्धारण हुने, (ग) वस्तु बिक्री सम्बन्धी करार भइसकेपछि विक्रेताले करार बमोजिम क्रेतालाई वस्तु नबुझाएमा वा बुझाउन इन्कार गरेमा वस्तु नबुझाए वापत क्रेताले विक्रेता विरुद्ध क्षतिपूर्ति दाबी गर्न सक्ने, (घ) खण्ड (ग) बमोजिमको क्षतिपूर्तिको निर्धारण गर्दा विक्रेताले क्रेतालाई नबुझाएको वा बुझाउन इन्कार गरेको वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्यबीच भएको अन्तरको आधारमा हुने ।
५६२. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्कु पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–७ जमानत करार सम्बन्धी व्यवस्था
५६३. जमानत सम्बन्धी करार भएको मानिने : (१) कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ । (२) उपदफा (१) बमोजिम तेस्रो पक्षले जमानत दिएकोमा ऋण तिर्नु पर्ने व्यक्तिले नतिरेमा वा पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा करार बमोजिम शर्त त्यस्तो ऋण वा दायित्व जमानत (ग्यारेन्टी) दिने व्यक्तिले पूरा गरिदिनु पर्नेछ । (३) जमानतका शर्तहरू करारमा निर्धारण भए बमोजिम हुनेछन् । (४) जमानत सम्बन्धी करार लिखित रूपमा भएको हुनु पर्नेछ ।
५६४. जमानत दिने व्यक्तिको दायित्व : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :-
(क) दायित्व पूरा गर्नुपर्ने व्यक्तिले त्यस्तो दायित्व पूरा गर्न नसकेको बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुने, (ख) जमानत दिने व्यक्तिको दायित्व ऋण तिर्नुपर्ने वा दायित्व पूरा गर्नुपर्ने व्यक्ति सरह हुने र तिर्नु वा पूरा गर्नु पर्ने दायित्वबाट नि:मुक्त नभएसम्म जमानत दिने व्यक्ति जिम्मेवार रहने, (ग) कानूनको परिचालनबाट ऋण तिर्नुपर्ने वा दायित्व पूरा गर्नुपर्ने व्यक्ति दायित्व मुक्त हुँदामा जमानत दिने व्यक्तिको दायित्व समाप्त नहुने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तार्पनि कुनै ऋण वा दायित्व वापत कुनै सुरक्षण र जमानत दुवै दिएको रहेछ भने त्यसरी दिएको सुरक्षणले खाएको हदसम्म जमानत दिने व्यक्तिको दायित्व हुने छैन ।
(३) साहूलाई तिर्नु वा पूरा गर्नु पर्ने दायित्व तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिबाट उल्लंघन हुनासाथ जमानत सम्बन्धी करार प्रभावकारी हुनेछ र साहूले जमानत दिने व्यक्तिबाट त्यस्तो दायित्व पूरा गराउन सक्नेछ ।
स्पष्टीकरण : यस भागको प्रयोजनको लागि “साहू” भन्नाले ऋण दिने व्यक्ति सम्झनु पर्छ र त्यस्तो शब्दले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिबाट कुनै लाभ पाउने वा कुनै काम गराउन पाउने व्यक्ति समेत सम्झनु पर्छ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत करार बमोजिम जमानत दिने व्यक्तिबाट करार बमोजिम पूरा नभएको रकम वा दायित्व पूरा गर्न दाबी गर्नु अघि साहूले ऋणीलाई करारका शर्त वा बन्देज अनुसार करार परिपालन गर्न सूचना दिनु पर्नेछ ।
५६५. जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुनै अवस्थामा देहायको हदसम्म जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुनेछ :-
(क) ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जमानत दिने व्यक्तिको सहमति बिना करारमा तात्त्विक असर पर्ने गरी करारका शर्तहरू हेरफेर गरेमा त्यस्तो हेरफेर पछि हुने कारोबारमा, (ख) जुन विषयमा जमानत दिइएको हो त्यस्तो दायित्वबाट त्यस्तो पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने गरी करार भएमा, (ग) साहुको काम कारोबारबाहिले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने भएमा वा ऋण मिनाहा भएमा, (घ) साहुले ऋणीबाट लिनु पर्ने रकमभन्दा कम रकम लिई दायित्व मुक्त गर्ने वा निजलाई ऋण चुक्ता गर्न थप समय दिने वा मुद्दा नचलाउने गरी सहमति भएमा, (ङ) साहुको कुनै काम कारोबारबाहिरबाट जमानत दिने व्यक्तिको ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति उपरोको कानूनी उपचारमा प्रतिकूल असर परेमा, (च) ऋणीबाट लिएको कुनै सुरक्षण साहुले हराएमा, बिराएमा वा ऋणीलाई त्यस्तो फिर्ता दिएमा त्यस्तो सुरक्षणको मूल्य बराबरको हदमसम्म, (छ) साहुलाई करार बमोजिम तिर्नु पर्ने रकम वा पूरा गर्नु पर्ने दायित्व त्यस्तो तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिले जुन हदमसम्म तिरेको छ वा पूरा भएको छ त्यस्तो हदमसम्म ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक साहुले जमानत दिने व्यक्ति उपर समयमा कानूनी कारबाही नचलाएको वा असुल गर्नु पर्ने रकम असुल गर्ने प्रयास नगरेको कारणबाट मात्र जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुने छैन ।
(३) दुई वा दुईभन्दा बढी जमानत दिने व्यक्ति भएकोमा साहुले जमानत दिने कुनै एक व्यक्तिलाई दायित्वबाट छुटकारा दिएकोमा जमानत दिने अन्य व्यक्तिहरू आफ्नो हिस्साको दायित्वबाट मुक्त हुने छैनन् ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्तिहरूको दायित्वको हिस्सा छुट्याउन नसकिने अवस्थामा साहुले जमानत दिने कुनै व्यक्तिलाई छुटकारा दिएको भए तापनि निज आफ्नो दायित्वबाट मुक्त भएको मानिने छैन ।
(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन दायित्व पूरा गर्ने सम्बन्धमा जमानत सम्बन्धी करार भएको हो त्यस्तो दायित्व सृजना गर्ने करारका सम्बन्धमा पक्षहरूबीच कुनै विवाद उत्पन्न भएको कारणले मात्र जमानत सम्बन्धी करार बमोजिमको दायित्व पूरा गर्नबाट जमानत दिने व्यक्ति मुक्त हुने छैन ।
५६६. जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध : (१) जमानत दिने व्यक्तिले ऋणी चुक्ता गर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिलाई करार बमोजिम ऋण चुक्ता गर्न वा दायित्व पूरा गर्न लगाउनेछ ।
(२) ऋण वा दायित्व लिँदा ऋणीले जमानत दिने व्यक्तिलाई जमानत दिए बापत कुनै धनमान वा सुरक्षा दिएको रहेछ भने ऋणीको मञ्जुरी बिना त्यस्तो व्यक्तिले त्यस्तो धनमान वा सुरक्षा लिप्तो बनान राख्न, बेचबिखन गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न पाउने छैन ।
(३) कुनै खास प्रयोजनको लागि ऋण वा दायित्व लिई त्यस बापत जमानत दिएको भए त्यसरी जमानत दिने व्यक्तिको मञ्जुरी बिना त्यस्तो ऋण वा दायित्वको उद्देश्य, स्वरूप वा त्यसका शर्तमा हेरफेर गर्न सकिने छैन ।
(४) यस दफामा अन्यथ भन्दा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्ति र ऋणीको सम्बन्धमा करारमा अन्यथा लेखिएकोमा सोही बमोजिम हुनेछ ।
५६७. जमानत दिने व्यक्ति साहुको रूपमा प्रतिस्थापन हुने : (१) जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट तिर्नु पर्ने ऋण वा करार बमोजिम पूरा गर्नु पर्ने दायित्व साहुलाई तिरे वा पूरा गरेपछि त्यस्तो ऋण वा दायित्वका सम्बन्धमा जमानत दिने व्यक्ति साहुको रूपमा प्रतिस्थापन हुनेछ र निजले साहु सरह निजबाट ऋण असुल गर्न वा ऋणी उपर कानूनी कारबाही चलाउन सक्नेछ ।
(२) यस परिच्छेदमा अन्यथ जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्तिले ऋणीको तर्फबाट चुक्ता गरिदिएको ऋण वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिका तर्फबाट पूरा गरिदिएको दायित्व बापतको सम्पूर्ण रकम तथा त्यसमा लाग्ने ब्याज वा अन्य कुनै शुल्क वा रकम समेत ऋणीले जमानत दिने व्यक्तिलाई तिर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम ऋणीले तिर्नु पर्ने रकम नतिरेको कारणबाट कानूनी कारबाही गर्नु पर्ने भएमा वा त्यस वापत अन्य कुनै खर्च गर्नु परेमा त्यस्तो खर्च समेत जमानत दिने व्यक्तिले भराई लिन पाउनेछ ।
५६८. जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था : देहायका कुनै अवस्थामा जमानत दिने व्यक्तिले जमानत सम्बन्धी करार बदर गराउन सक्नेछ :- (क) जुन कारोबारको सम्बन्धमा जमानत दिएको हो त्यस्तो कारोबारसँग सम्बन्धित विषयको बारेमा साहु स्वयंले वा निजको सहमतिमा अरु कसैले जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेको भएमा, (ख) जमानतको विषय, धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरेको भएमा, (ग) कुनै तेस्रो व्यक्ति समेत जमानी रहने गरी करार भएकोमा त्यस्तो व्यक्तिले जमानत दिन सहमति नदिएको भएमा ।
५६९. जमानत दिने व्यक्तिहरूको दायित्व बराबर हुने : (१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा मिली वा छुट्टा छुट्टै कुनै ऋण वा दायित्व वापत संयुक्त रूपमा जमानत दिएकोमा त्यस्तो ऋण वा दायित्व ऋणीले पूरा नगरेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिहरूले बराबरको हिस्साले त्यस्तो ऋण वा दायित्व तिर्नु वा करार परिपालना गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम संयुक्त रूपमा जमानत दिँदा खण्ड खण्ड गरी जमानत दिएको भएमा त्यस्तो जमानत दिने व्यक्तिले आफूले जमानत दिएको खण्डको हदसम्मको दायित्व मात्र तिर्नु व्यहोर्नु पर्नेछ ।
५७०. निरन्तर जमानत : (१) कुनै श्रृंखलाकार कारोबार विस्तार हुने गरी जमानत दिएको भएमा निरन्तर जमानत कायम रहेको मानिनेछ । (२) उपदफा (१) बमोजिम जमानतको व्यवस्था भएकोमा त्यस्तो कारोबार जतिसुकै पटक भएको भए तापनि जमानत करार बहाल रहेको अवधिभर जमानत दिएको रकमको हदसम्म भुक्तानी हुन नसकेको रकम वापत जमानत दिने व्यक्ति जिम्मेवार हुनेछ । (३) जमानत दिने व्यक्तिले साहुलाई कम्तीमा तीन महिनाको पूर्व सूचना दिई भविष्यमा हुने कारोबारका सम्बन्धमा निरन्तर जमानत बदर गर्न सक्नेछ ।
(४) कारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको मृत्यु भएमा त्यसपछिका कारोबारका लागि निरन्तर जमानत स्वतः अन्त भएको मानिनेछ ।
५७१. हर्जाना (इन्डेम्निटि) सम्बन्धी करार भएको मानिने : (१) कुनै व्यक्तिले करारको कुनै पक्षको निर्देशनमा काम गर्दा त्यस्तो पक्ष वा तेस्रो पक्षको काम कारबाहीबाट निजलाई वा त्यस्तो पक्ष वा तेस्रो पक्षलाई निजको काम कारबाहीको परिणामबाट हुन सक्ने हानि, नोक्सानी आफैँले व्यहोर्नु गरी करार भएकोमा हर्जाना (इन्डेम्निटि) सम्बन्धी करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै करार भएकोमा त्यस्तो करारको अवधिमा रही त्यस्तो व्यक्तिले देहायका कुनै वा सबै रकम क्षतिपूर्ति बापत भरपाई लिन सक्नेछ :– (क) करारमा उल्लेख भए बमोजिमको हर्जाना रकम, (ख) तेस्रो पक्षलाई हानि, नोक्सानी परेको भए त्यस बापत तिर्नु व्यहोर्नु पर्ने रकम, (ग) हर्जाना सम्बन्धी करारका सम्बन्धमा निजले दायर गरेको वा प्रतिरक्षा गरेको भए त्यस्तो मुद्दामा लागेको खर्चको रकम, (घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको रकम नदिएको कारणबाट मुद्दा मामिला गर्नु परेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकम ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै व्यक्तिले अर्को पक्षको निर्देशनमा काम गर्दा जानीजानी हानि, नोक्सानी पुऱ्याउने बदनीत वा लापरवाहीपूर्वक काम गरेको कारणबाट त्यस्तो पक्ष वा तेस्रो पक्षलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी बापत त्यस्तो काम गर्ने व्यक्ति नै जिम्मेवार हुनेछ ।
५७२. प्रत्यासन (सब्रोगेशन) सम्बन्धी व्यवस्था : (१) कुनै व्यक्तिको सम्पत्ति, निजले उपयोग गरेको सुविधा वा हक वा कारोबारबाट हुने लाभ उपर तेस्रो पक्षबाट हुन सक्ने हानि, नोक्सानीका विरुद्ध कुनै व्यक्तिसँग करार भएकोमा त्यस्तो हानि, नोक्सानी जोसुकैले गरेको भए तापनि त्यस्तो करार गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।
तर त्यस्तो हानि, नोक्सानी अर्को कुनै व्यक्तिबाट व्यहोरिने गरी करार भएकोमा त्यस्तो व्यक्तिबाट दिलाई भरपाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको हानि, नोक्सानी बापत निश्चित रकम वा क्षतिपूर्ति उपलब्ध गराउने कुरा करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा मनासिब रकम वा क्षतिपूर्ति हानि, नोक्सानी भएको कारणले प्रभावित व्यक्ति वा निजको मृत्यु भइसकेको भए निजको हकवालालाई तत्काल दिनु वा दिलाइदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम हानि, नोक्सानी भएकोमा हानि, नोक्सानी भएको व्यक्तिको स्थानमा उपदफा (२) बमोजिमको रकम वा क्षतिपूर्ति दिने व्यक्तिले प्रत्यासन गरेको मानिनेछ र सोही बमोजिम हानि, नोक्सानी पुर्याउने व्यक्तिबाट त्यसरी प्रत्यासन गर्ने व्यक्तिले हानि, नोक्सानी बापतको रकम वा क्षतिपूर्ति भराई लिन पाउनेछ ।
५७३। प्रत्यासन गर्ने व्यक्तिको अधिकार : प्रत्यासन गर्ने व्यक्तिको अधिकार र दायित्व करारमा लेखिएकोमा सोही बमोजिम र नलेखिएकोमा देहाय बमोजिम हुनेछ :- (क) जुन व्यक्तिलाई हानि, नोक्सानी पुगेको हो त्यस्तो व्यक्तिको करार बमोजिमको सम्पूर्ण हक प्रत्यासन गर्ने व्यक्तिमा सर्ने, (ख) खण्ड (क) बमोजिम प्रत्यासन गर्ने व्यक्तिले हानि, नोक्सानी पुगेको व्यक्तिलाई बुझाएको रकम वा मनासिब क्षतिपूर्ति र त्यस बापत कानूनी उपचार गर्नु परेमा त्यस्तो खर्च समेत त्यस्तो हानि, नोक्सानी गर्ने व्यक्ति वा त्यस सम्बन्धमा कुनै करार भएको रहेछ भने त्यस्तो करार गर्ने पक्षबाट भराउन पाउने ।
५७४। हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद-८ नासो करार सम्बन्धी व्यवस्था
५७५। नासो सम्बन्धी करार भएको मानिने : (१) एक व्यक्तिले अर्को व्यक्तिलाई कुनै वस्तु आफूलाई नै फिर्ता दिने वा निजले अघि बमोजिम अरु कसैलाई हस्तान्तरण वा बिक्री गर्ने गरी कुनै वस्तु राख्न दिएमा नासो सम्बन्धी करार भएको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले चलन চলতিमा रहेको मुद्रा बाहेक कुनै चल सम्पत्ति र त्यस्तो सम्पत्तिमा रहेको अधिकार समेत सम्मुन्न पर्छ ।
(२) उपदफा (१) बमोजिम करार गर्दा पच्चीस हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने वस्तु नासो राखेको भए लिखित गर्नु पर्नेछ ।
५७६. नासो लिए दिएको मानिने : (१) नासो लिने व्यक्तिले नासो राख्न दिएको वस्तु प्राप्त गरेपछि नासो लिने दिने काम पूरा भएको मानिनेछ । (२) कुनै वस्तु पहिलेदेखि कुनै व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले आफ्नो जिम्मा वा कब्जामा लिई राखेकोमा त्यस्तो वस्तु निजले नासो सरह लिएको मानिनेछ ।
५७७. नासो राखिएको वस्तुको जानकारी गराउनु पर्ने : (१) नासो राख्न दिने व्यक्तिले नासो राख्न दिएको वस्तुमा कुनै खराबी भएको कारणले त्यस्तो वस्तु प्रयोग गर्न नहुने, त्यसबाट कुनै हानि, नोक्सानी हुन सक्ने वा त्यसको संरक्षणको निमित्त छुट्टै व्यवस्था वा प्रबन्ध गर्नु पर्ने भए निजलाई थाहा भएसम्मका कुराहरू नासो लिने व्यक्तिलाई जानकारी गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम जानकारी गराउनु पर्ने कुरा थाहा हुँदाहुँदै नासो दिने व्यक्तिले नासो लिने व्यक्तिलाई जानकारी नगराएमा त्यस्तो वस्तु वा सोको कारणबाट भएको हानि, नोक्सानी नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नासोमा दिएको कुनै वस्तु प्रयोग गर्दा त्यस्तो वस्तुको खराबीको कारणबाट कुनै हानि, नोक्सानी भएमा त्यस्तो वस्तुमा भएको खराबीका सम्बन्धमा नासो दिने व्यक्तिलाई कुनै जानकारी नभए तापनि त्यस्तो हानि, नोक्सानी निजले व्यहोर्नु पर्नेछ ।
५७८. नासो लिने व्यक्तिको दायित्व : (१) नासो लिने व्यक्तिले नासो लिएको वस्तु करारमा उल्लेख भएका शर्त बमोजिम र त्यसरी शर्त उल्लेख नभएकोमा निजको आफ्नै वस्तु सरह मनासिब हेरविचार तथा सुरक्षा गर्नु पर्नेछ । (२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम हेरविचार तथा सुरक्षा गर्दा गर्दा पनि नासो लिएको वस्तु हराएमा, चोरी भएमा, बिग्रिएमा, नासिएमा, घटेमा वा त्यस्तो वस्तुमा विपद परी नासिएमा नासो लिने व्यक्तिले त्यस्तो वस्तु फिर्ता बुझाउनु पर्ने छैन । तर नासो लिने व्यक्तिको लापरवाही वा बदनियताबाट वा करारका शर्त बमोजिम हेरविचार वा सुरक्षा नगरेको कारणबाट त्यस्तो वस्तु हराएमा, चोरी भएमा, बिग्रिएमा, नासिएमा, घटेमा वा नोक्सानी भएमा निजले त्यस्तो वस्तु वा त्यसको मूल्य बराबरको रकम नासो दिने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) नासो लिने व्यक्तिले नासो लिएको वस्तु करार बमोजिम प्रयोग गर्ने अधिकार नभई प्रयोग गरेमा वा करारका शर्त विपरीत प्रयोग गरेमा त्यस्तो प्रयोगबाट नासो लिएको वस्तु विग्रेमा, हानि, नोक्सानी भएमा, नासिमा, घटेमा वा नोक्सानी भएमा नासो लिने व्यक्तिले नासो दिने व्यक्तिलाई त्यसको क्षतिपूर्ति दिनु पर्नेछ ।
(४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लिने व्यक्तिले नासो लिएको वस्तु आफ्नो वस्तुसँग मिसाउनु हुँदैन । तर नासो लिने दिनेको सहमतिले नासो लिएको वस्तुमा नासो लिनेले आफ्नो वस्तु मिसाएको रहेछ भने त्यस्तो वस्तु तथा त्यसबाट प्राप्त आम्दानीमा दुवैको आ–आफ्नो हिस्सा बमोजिमको अनुपातमा हक लाग्नेछ ।
(५) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको वस्तुसँग आफ्नो वस्तु मिसाएको रहेछ र त्यसरी मिसाइएको वस्तु छुट्याउन सकिने रहेछ भने त्यस्तो मिसाएको आ–आफ्नो वस्तुमा निजहरूको आ–आफ्नो हक कायम रहनेछ र त्यसरी मिसाइएको वस्तु छुट्याउन लागेको खर्च र त्यस्तो वस्तु मिसाउँदा नासो दिनेलाई कुनै नोक्सान भएको रहेछ भने त्यसरी भएको नोक्सानी समेत नासो लिनेले व्यहोर्नु पर्नेछ ।
(६) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको वस्तुसँग आफ्नो वस्तु मिसाएमा र त्यस्तो वस्तु उपदफा (५) बमोजिम त्यस्तो वस्तु छुट्याउन नसकिने भएमा त्यस्तो वस्तु उपर नासो दिनेको अधिकार हुनेछ ।
५.५९. नासो लिएको वस्तु फिर्ता गर्नु पर्ने : (१) नासो लेनदेन गर्दा निर्धारण भएको समय यतित्त भएपछि वा जुन उद्देश्यको लागि नासो राखिएको हो त्यस्तो उद्देश्य पूरा भएपछि नासो लिनेले नासो लिएको वस्तु नासो दिनेलाई फिर्ता बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम वस्तु फिर्ता गर्नु पर्ने समयभित्र वा त्यस्तो समय नतोकिएकोमा त्यस्तो वस्तुको प्रकृति बमोजिम मनासिब समयभित्र वस्तु नासो लिनेले त्यस्तो वस्तु नफकाएकोमा वा नासो दिनेले त्यस्तो वस्तु नलिएमा त्यस्तो मितिभन्दा पछि त्यस्तो वस्तु हराएमा, चोरी भएमा, विग्रेमा, नासिमा, घटेमा वा त्यस्तो वस्तुको कारणबाट नासो दिनेलाई कुनै हानि, नोक्सानी भएमा जसको कारणबाट हानि, नोक्सानी भएको हो सोही व्यक्तिले त्यस्तो हानि, नोक्सानी व्यहोर्नु पर्नेछ ।
(३) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक एकभन्दा बढी व्यक्तिहरूको स्वामित्वमा रहेको वस्तुका सम्बन्धमा त्यसका धनीहरूमध्ये कसैलाई वा निजहरूले अह्राएको
व्यक्तिलाई नासो राखिएको वस्तु बुकाउन सकिनेछ र त्यसरी बुझाइएकोमा रीतपूर्वक वस्तु बुझाइएको मानिनेछ । (४) नासो लिनेले नासो लिएको वस्तु करारका शर्त बमोजिम नराखेमा नासो दिनेले त्यस्तो नासो कुनै पनि बखत फिर्ता लिन सक्नेछ । (५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो राखिएको वस्तुबाट बढे बढाएको वा आर्जन भएको वस्तु समेत नासो दिने व्यक्तिको हुनेछ ।
५८०. अरुको वस्तु नासो राखेकोमा नासो राख्ने व्यक्ति जिम्मेवार हुने : कसैले आफ्नो हक, अधिकार वा स्वामित्वमा नभएको वस्तु कसैलाई नासो राख्न दिएकोमा त्यसरी नासो लिएको कारणबाट नासो लिनेले तेस्रो व्यक्तिप्रति कुनै दाबी वा हानि, नोक्सानी वा त्यस्तो नासो सम्बन्धमा कुनै खर्च व्यहोर्नु पर्ने भएमा त्यस्तो खर्च समेत नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
५८१. मर्मत सुधार गर्न दिएको वस्तु फिर्ता गर्नु पर्ने : (१) कसैले कुनै वस्तु मर्मत, सुधार वा कुनै तरिकाले पुननिर्माण गर्न कसैलाई दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो वस्तु करारमा निर्धारित अवधिभित्र मर्मत, सुधार वा पुननिर्माण गरी त्यस वापत लागेको खर्च वा सेवा शुल्क लिई सम्बन्धित धनीलाई फिर्ता गर्नु पर्नेछ । त्यसरी निर्धारित समयभित्र फिर्ता नगरेमा वा मर्मत, सुधार वा पुननिर्माण गर्दा थप हानि, नोक्सानी पुऱ्याएमा वा पुनः प्रयोग हुन नसक्ने गरी क्षति पुऱ्याएमा निजले करारमा व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा मनासिब क्षतिपूर्ति सम्बन्धित धनीलाई दिनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तु मर्मत, सुधार वा पुननिर्माण गर्दा लागेको खर्च वा सेवा शुल्क चुक्ता नभएसम्म त्यस्तो वस्तु मर्मत, सुधार वा पुननिर्माण गर्ने व्यक्तिले राख्न सक्नेछ र त्यस्तो खर्च वा सेवा शुल्क मनासिब समयभित्र चुक्ता नभएमा निजले त्यस्तो वस्तु बिक्री गरी आफ्नो खर्च वा सेवा शुल्क असुल गर्न सक्नेछ ।
५८२. नासोको वस्तु हेरविचार गर्दाको खर्च : करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लेनदेन गर्दा नासो लिएको वस्तुको हेरविचार तथा सुरक्षाको सम्बन्धमा लागेको खर्च नासो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
५८३. नासो सम्बन्धी करार बदर हुने : अंश मार्ने, कुनै सरकारी दस्तुर वा बिगो कसैलाई तिर्नु बुझाउनु पर्ने रकम नतिर्ने, नबुझाउने वा अन्य कानूनी उद्देश्यले नासो राखिएको ठहरेमा त्यस्तो नासो लिने दिने गरी भएको करार बदर हुनेछ ।
५८४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–९ धितो वा धरोट करार सम्बन्धी व्यवस्था
५८५. धितो वा धरोट सम्बन्धी करार भएको मानिने : (१) कुनै व्यक्तिले कसैलाई ऋण दिँदा त्यस्तो ऋणको सुरक्षावरण वापत धितो लिएकोमा धितो सम्बन्धी करार र कसैले कुनै व्यक्तिलाई कुनै काम गराउँदा त्यस्तो काम पूरा गर्ने जमनातका लागि कुनै वस्तु धरोट लिएकोमा धरोट सम्बन्धी करार भएको मानिनेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले कुनै सम्पत्ति तथा त्यस्तो सम्पत्तिमा रहेको हक वा हक कायम गर्ने कुनै लिखत समेत सम्झनु पर्छ । (२) कुनै ऋण दिँदा धितो लिएको भए त्यस्तो ऋण र त्यसको ब्याज र कुनै काम पूरा गर्न धरोट लिएको भए त्यस्तो कामसँग सम्बन्धित अन्य खर्च तथा धितो वा धरोट दिएको वस्तु हेरचाह गर्नमा लागेको खर्च समेतको लागि उपदफा (१) बमोजिम धितो वा धरोट सम्बन्धी करार गर्न सकिनेछ ।
५८६. धितो वा धरोट फिर्ता गर्नु पर्ने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ऋणको लागि धितो राखिएको हो सो ऋण चुक्ता भएपछि वा जुन कामको लागि धरोट लिएको हो सो काम सम्पन्न भएपछि त्यस्तो धितो वा धरोट सो धितो वा धरोट राख्ने व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम राखिएको धितो वा धरोट खण्ड खण्डमा विभाजित भएको वा विभाजन गर्न सकिने रहेछ भने जुन खण्डको ऋण चुक्ता भएको वा काम सम्पन्न भएको हो सोही खण्डको हदसम्म त्यस्तो धितो वा धरोट फिर्ता हुन सक्नेछ ।
५८७. धितो वा धरोट लिने व्यक्तिको अधिकार : (१) कुनै वस्तु धितो राखी ऋण लिएकोमा त्यस्तो ऋण लिने व्यक्तिले निर्धारित समयभित्र ऋण वा त्यसको ब्याज भए त्यस्तो समेत चुक्ता नगरेमा धितो लिने व्यक्तिले कानून बमोजिम कारबाही चलाई ऋण वापत असुल उपर हुनु
पर्ने रकम त्यसरी राखिएको धितो प्रचलित बजार मूल्य अनुसार बिक्री वा लिलाम गरी असुल उपर गर्ने वा त्यसरी बिक्री वा लिलाम हुन नसके कानूनको अधिनमा रही त्यस्तो धितो आफ्नो स्वामित्वमा सार्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम धितो रहेको वस्तु धितो लिने व्यक्तिले ऋणीबाट असुल उपर गर्नुपर्ने रकमभन्दा कम मूल्यमा बिक्री भएमा त्यसरी नपुग भएसम्मको रकम ऋणीको अन्य सम्पत्तिबाट भराई लिन पाउनेछ र असुल उपर गर्नुपर्ने रकमभन्दा बढी मूल्यमा बिक्री भएमा बढी भए जति रकम ऋणीलाई फिर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितो रहेको वस्तु बिक्री भई नसकेको वा स्वामित्वमा सरी नसकेको अवस्थासम्म धितो दिने व्यक्तिले ऋण तथा त्यसको ब्याज र अन्य कुनै रकम तिर्नु पर्ने भए त्यस्तो रकम समेत चुक्ता गरी Jहिलेसुकै पनि आफ्नो वस्तु फिर्ता लिन सक्नेछ ।
तर निर्धारित समयभित्र रकम नबुझाएको कारणबाट धितो रहेको वस्तुमा सृजना भएको थप दायित्व समेत धितो दिने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(४) कुनै वस्तु धरोट लिई कुनै काम गर्न जिम्मा दिएकोमा त्यस्तो काम निर्धारित समयमा पूरा नगराएमा वा नभएमा धरोटी रहेको वस्तुबाट त्यस्तो काम पूरा गराउन वा त्यस्तो काम पूरा गराउन लागेको खर्च असुल उपर गरी लिन सकिनेछ ।
(५) धरोट रहेको वस्तुबाट काम पूरा नहुने भएमा त्यस्तो नपुग भएसम्मको रकम धरोट दिने व्यक्तिको अन्य सम्पत्तिबाट भराई लिन सकिनेछ ।
५८८. आफ्नो हक नपुग्ने वस्तु धितो वा धरोट राखेमा हुने परिणाम : (१) कसैले आफ्नो हक र स्वामित्वमा नभएको वा यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त गरेको वस्तु कसैलाई धितो वा धरोट दिई ऋण वा काम पाएको रहेछ र त्यस्तो कुरा धितो वा धरोट लिने व्यक्तिलाई थाहा रहेन भने त्यसरी धितो वा धरोट लिने व्यक्तिले धितो वा धरोट दिने व्यक्तिसँग त्यस बराबरको नजिक लाग्ने वस्तु धितो वा धरोट माग गर्न सक्नेछ र त्यस बमोजिम माग गरेको धितो वा धरोट दिन नसकेमा धितो वा धरोट लिने व्यक्तिले त्यस्तो करार बदर गराउन सक्नेछ ।
(२) यस भाग बमोजिम बदर हुने करार अन्तर्गत प्राप्त भएको वस्तु धितो वा धरोट रहेकोमा त्यस्तो धितो वा धरोट दिनु अगावै त्यस्तो करार बदर भइसकेको रहेछ वा धितो वा धरोटी दिएको वस्तु धितो वा धरोट दिने व्यक्तिको होइन भन्ने कुरा धितो वा धरोटी
लिनार्इ थाहा भएको रहेछ भने त्यस्तो वस्तुमा धितो वा धर्को लिनेको कुनै अधिकार हुने छैन र निजले असुल गर्नु पर्ने रकम वा पूरा गराउनु पर्ने काम धितो वा धर्को दिने व्यक्तिको अन्य सम्पत्तिबाट भराइ लिन वा असुल गराउन पाउनेछ । (३) धितो वा धर्को राखिएको वस्तुमा धितो वा धर्को दिने व्यक्तिको आर्थिक वा सीमित हक वा स्वामित्व रहेछ भने त्यस्तो वस्तुमा धितो वा धर्को लिने व्यक्तिको पनि सोही हदसम्म मात्र हक अधिकार हुनेछ ।
५८९। साहूहरू समान स्थितिमा रहने : (१) कसैले आफ्नो कुनै वस्तु धितो राखी एक पटक वा पटकपटक गरी एकभन्दा बढी साहूहरूबाट ऋण लिएको रहेछ र त्यसरी धितो राखिएको वस्तुले सबै साहूहरूको ऋण चुक्ता गर्न नपुग्ने अवस्था रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो सुरक्षण वापत वस्तु धितो लिने सबै साहूहरू बाँकी रहेको ऋणमा समान (पारि पासु) स्थितिमा रहेको मानिनेछ र त्यस्तो वस्तु उपर सबै साहूहरूको समानुपातिक रूपमा दाबी लाग्नेछ । (२) उपदफा (१) बमोजिम धितो दिई सिकाएको वस्तु उपर भविष्यमा अर्को साहूले प्राथमिकता पाउने गरी धितो राखी गरिएको करार बदर हुनेछ । साहूले त्यस्तो ऋणको सम्बन्धमा अरू साहूहरू छन् भन्ने कुरा थाहा हुँदाहुँदै त्यस्तो करार बदर हुनु अगाडि नै त्यस्तो धितोबाट ऋण असुल उपर गरी सकेको रहेछ भने त्यस्तो रकम अन्य साहूलाई फिर्ता गरी निजले धितो दिनेको अन्य जायजेथाबाट असुल उपर गर्नु पर्नेछ ।
५९०। हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१० एजेन्सी करार सम्बन्धी व्यवस्था
५९१। एजेन्सी सम्बन्धी करार भएको मानिने : कुनै व्यक्तिले आफ्नो व्यक्तिगत दक्षतासँग सम्बन्धित विषयमा बाहेक आफ्नो तर्फबाट कुनै काम गर्न, प्रतिनिधि (एजेन्ट) भई व्यवसाय सञ्चालन गर्न, तेस्रो व्यक्तिसँग कुनै कारोबार गर्न, त्यस्तो व्यक्ति समक्ष आफ्नो प्रतिनिधित्व गर्न वा प्रतिनिधि नियुक्त गर्ने व्यक्ति (मुख्य व्यक्ति) र तेस्रो व्यक्ति बीच कुनै किसिमको
कानूनी सम्बन्ध स्थापित गर्न कसैलाई प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी प्रतिनिधि नियुक्त गरेकोमा एजेन्सी सम्बन्धी करार भएको मानिनेछ ।
५९२। प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यता : (१) कुनै व्यक्तिले आफूले गर्न सक्ने काम कानूनको अधीनमा रही प्रतिनिधि मार्फत गर्न वा गराउन सक्नेछ । तर कानून बमोजिम आफू नै उपस्थित भई गर्नु पर्ने काम प्रतिनिधि मार्फत गर्न सकिने छैन । (२) दफा ५९१ बमोजिम नियुक्त प्रतिनिधि मार्फत भए गरेको करार वा प्रतिनिधिबाट भए गरेको काम कारबाही सम्बन्धित व्यक्तिले गरेको मानिनेछ र त्यस्तो काम कारबाहीबाट उत्पन्न दायित्व मुख्य व्यक्तिले गरेको करार वा कार्य सरह मानी कार्यान्वयन हुनेछ । तर प्रतिनिधिले आफुलाई प्राप्त अधिकार नाघि कुनै काम गरेको रहेछ भने मुख्य व्यक्तिले स्वीकार गरे बाहेकको काम प्रति मुख्य व्यक्ति जिम्मेवार हुने छैन । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकार उल्लंघन गरी भए गरेको काम कारबाहीमध्ये कुनै काम कारबाही अधिकार क्षेत्रभित्र र कुनै काम कारबाही अधिकार क्षेत्र बाहिरको भएमा अधिकार क्षेत्रभित्रको भाग छुट्याउन सकिने रहने भए त्यसरी अधिकार क्षेत्रभित्र पर्ने हदसम्मको काम कारबाही प्रति मुख्य व्यक्ति जिम्मेवार हुन्छ ।
५९३। उप-प्रतिनिधि नियुक्त गर्न सक्ने : (१) कुनै व्यापार, व्यवसाय वा कारोबारको प्रकृति अनुसार उपप्रतिनिधि नियुक्त गर्नु पर्ने वा एजेन्सी सम्बन्धी करारको व्यवस्था वा प्रचलन अनुसार उपप्रतिनिधि नियुक्त गर्न सकिने भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले मुख्य व्यक्तिको स्वीकृति लिई उपप्रतिनिधि नियुक्त गर्न सक्नेछ । तर प्रतिनिधिले नै व्यक्तिगत रूपमा प्रतिनिधित्व गर्ने वा कार्य सम्पादन गर्ने गरी नियुक्त भएको प्रतिनिधिले उप-प्रतिनिधि नियुक्त गर्न सक्ने छैन । (२) उपदफा (१) बमोजिम उपप्रतिनिधि नियुक्त भएकोमा सो कुरा मुख्य व्यक्तिलाई जानकारी गराउनु पर्नेछ र यसरी नियुक्त उपप्रतिनिधिको हक तथा दायित्व मुख्य व्यक्तिले नियुक्त गरेको प्रतिनिधिलाई भए सरह हुनेछ । (३) मुख्य व्यक्तिको स्वीकृति बिना प्रतिनिधिले कुनै उपप्रतिनिधि नियुक्त गरेमा त्यस्तो उपप्रतिनिधिबाट भए गरेको काम कारबाहीका लागि मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।
(४) उपदफा (३) बमोजिमको काम कारबाहीको लागि उपप्रतिनिधि नियुक्ति गर्ने प्रतिनिधि नै व्यक्तिगत रुपमा जवाफदेही हुनेछ ।
५५४. प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरू : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक प्रतिनिधिले देहायका कुराहरू पालन गर्नु पर्नेछ :- (क) एजेन्सी सम्बन्धी करारको शर्त तथा मुख्य व्यक्तिले दिएको निर्देशनको अधीनमा रही काम गर्नु पर्ने, (ख) करारमा कुनै शर्त उल्लेख नभएकोमा वा मुख्य व्यक्तिले कुनै निर्देशन नदिएकोमा प्रतिनिधिले सुम्पिएको काम तथा व्यापार व्यवसायको प्रकृति र कारोबार गर्ने स्थानको कानून तथा प्रचलन अनुसार सो काम जसरी सम्पादन गर्नु पर्ने हो सोही बमोजिम असल नियतले पूर्ण लगनशीलताका साथ आवश्यक सीप तथा दक्षता बमोजिम सम्पादन गर्नु पर्ने, तर कुनै विषयको प्रतिनिधित्वमा दक्षता वा क्षमता नभएको कुरा मुख्य व्यक्तिलाई करार हुदाका बखतमा नै जानकारी भएको रहेछ भने त्यस्तो प्रतिनिधिको अदक्षता वा असमर्थताबाट हुन गएको हानि, नोक्सानी बापत त्यस्तो प्रतिनिधि उत्तरदायी हुने छैन । (ग) प्रतिनिधित्वबाट हटाइएपछि निजले सोही विषयमा पूर्ववत् रुपमा प्रतिनिधिको हैसियतले कुनै काम गर्नु नहुने, (घ) मुख्य व्यक्तिले मागेको बखत आफ्नो एजेन्सीको व्यवसाय सम्बन्धी हिसाब किताबको विवरण दिनु वा देखाउनु पर्ने, (ङ) एजेन्सीको कामको सिलसिलामा कुनै बाधा अवरोध वा कठिनाइ परेमा यथासम्भव छिटो मुख्य व्यक्तिलाई खबर गरी आवश्यक निर्देशन लिनु पर्ने र यसरी दिएको निर्देशन बमोजिम भए गरेको कार्य बापत मुख्य व्यक्ति जिम्मेवार हुने ।
(२) उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिम गर्नु पर्ने कर्तव्य पूरा नगरेको कारणबाट मुख्य व्यक्तिलाई कुनै हानि, नोक्सानी भएमा त्यस्तो हानि, नोक्सानी प्रतिनिधिले व्यक्तिगत रुपमा व्यहोर्नु पर्नेछ ।
५९५. प्रतिनिधि उत्तरदायी हुने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुनै अवस्थामा मुख्य व्यक्तिको तर्फबाट प्रतिनिधिले गरेको कारोबारको लागि निज व्यक्तिगत रूपमा जिम्मेवार हुनेछ :– (क) व्यक्तिगत रूपमा जिम्मेवार हुने गरी तेस्रो पक्षसँग कुनै कारोबारका सम्बन्धमा करार गरेमा, (ख) बेनामी मुख्य व्यक्तिका लागि वा त्यस्ता व्यक्तिका तर्फबाट काम गरेकोमा त्यस्तो मुख्य व्यक्ति प्रकाश नगराएमा, (ग) कुनै कारणले मुख्य व्यक्ति विरुद्ध मुद्दा मामिला गर्न नसकिने भएमा, (घ) आफ्नै नामबाट करार गरेको भएमा, (ङ) प्रतिनिधि नियुक्त गरेको करार वा अख्तियारी बाहिर गई काम गरेको भएमा, (च) कारोबार गर्ने सिलसिलामा ठुगफन वा जालसाजी गरेको भएमा, (छ) व्यापारको प्रकृति बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा उत्तरदायी हुनु पर्ने भएमा, (ज) कारोबारमा प्रतिनिधि समेतको हित संलग्न रहेको भएमा । (२) प्रतिनिधि र तेस्रो व्यक्ति बीच भएको करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम प्रतिनिधि व्यक्तिगत रूपमा जिम्मेवार भएको कारणले मात्र तेस्रो व्यक्तिले मुख्य व्यक्ति विरुद्ध कुनै दाबी गर्न बाधा पुर्याएको मानिने छैन र प्रतिनिधिबाट असुल हुन नसकेको रकम वापत मुख्य व्यक्ति विरुद्ध पनि कानूनी कारबाही चलाउन सकिनेछ । (३) उपदफा (२) बमोजिम मुख्य व्यक्ति विरुद्ध कानूनी कारबाही चलाउनका लागि प्रतिनिधिबाट अंतिम भरपाई भएको मितिबाट हदम्याद प्रारम्भ भएको मानिनेछ ।
५९६. अख्तियारी दिएको विश्वास दिलाएमा मुख्य व्यक्ति जिम्मेवार हुने : (१) मुख्य व्यक्तिले आफ्नो तर्फबाट कुनै काम गर्न कुनै अर्को व्यक्तिलाई अख्तियारी दिएको कुरा तेस्रो पक्षलाई जानकारी गराएमा वा विश्वासमा पारेकोमा त्यसरी अख्तियारी नदिएको कुरामा तेस्रो पक्षले थाहा पाएकोमा वा थाहा पाउनु पर्ने मनासिब कारण भएकोमा बाहेक प्रतिनिधिले निजको तर्फबाट गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार रहनेछ ।
(२) उपदफा (१) बमोजिमको अवस्थामा प्रतिनिधिले अख्तियारी नाघि कुनै कार्य गरेको भए तापनि प्रतिनिधिलाई अख्तियारी दिएको कुरामा तेस्रो पक्षले विश्वास गर्नु पर्ने मनासिब आधार भएकोमा प्रतिनिधिले गरेको कामका लागि मुख्य व्यक्ति जिम्मेवार हुन सक्छ ।
५९७. प्रतिनिधित्तवको समाप्ति : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको अवस्थामा प्रतिनिधि स्वतः अन्त भएको मानिनेछ :- (क) प्रतिनिधिले स्वेच्छाले प्रतिनिधि नरहने सूचना मुख्य व्यक्तिलाई दिएमा, (ख) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अख्तियारी वा करार रद्द गरेमा वा करार पालना गर्न असम्भव भएको सूचना प्रतिनिधिलाई दिएमा, (ग) कुनै खास कामका लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो काम पूरा भएमा, (घ) खास अवधिको लागि प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो अवधि समाप्त भएमा, (ङ) मुख्य व्यक्ति वा प्रतिनिधिको मृत्यु भएमा वा होस ठेगानमा नरहेमा, (च) मुख्य व्यक्ति साहूको दामासाहीमा परेमा, (छ) जुन विषयको बारेमा प्रतिनिधि नियुक्त गरेको हो त्यस्तो विषयको अस्तित्व नै समाप्त भएमा, (ज) सृजित संस्थाले प्रतिनिधि नियुक्त गरेकोमा त्यस्तो सृजित संस्था विघटन वा खारिज भएमा ।
(२) मुख्य व्यक्तिले प्रतिनिधिलाई दिएको अधिकार निजले प्रयोग गर्नु अघि त्यस्तो अधिकार पूर्ण वा आंशिक रूपमा रद्द गर्न सक्छन् र त्यसरी रद्द गरेकोमा प्रतिनिधिलाई त्यसको सूचना तुरुन्त दिनु पर्नेछ । तर प्रतिनिधिले केही अधिकार प्रयोग गरी सकेको रहेछ भने त्यस्तो अधिकार अनुसार भइसकेको कामका लागि अधिकार रद्द भएको मानिने छैन ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एजेन्सी खडा गर्ने मुख्य विषयसँग सम्बन्धित सम्पत्तिमा प्रतिनिधिको पनि हिस्सा भएमा त्यस्तो हिस्सामा प्रतिकूल असर पर्ने गरी प्रतिनिधिलाई हटाउन सकिने छैन ।
५९८. प्रतिनिधिलाई हटाउन नहुने : (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामको लागि प्रतिनिधि नियुक्त गरिएकोमा उचित र पर्याप्त कारण नभई मुख्य व्यक्तिले त्यस्तो समयभन्दा पहिले वा काम सम्पन्न नभई प्रतिनिधिलाई हटाउन हुँदैन । (२) निश्चित समय वा काम नतोकी नियुक्त गरिएको प्रतिनिधिलाई उचित कारण सहितको पूर्व सूचना नदिई हटाउनु हुँदैन । (३) उपदफा (१) वा (२) विपरीत हुने गरी मुख्य व्यक्तिले कुनै प्रतिनिधिलाई हटाएमा त्यस्तो प्रतिनिधिलाई निले मनासिब क्षतिपूर्ति दिनु पर्नेछ ।
५९९. प्रतिनिधिले एजेन्सी छोड्न नहुने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै निश्चित समय वा कामका लागि नियुक्त भएको प्रतिनिधिले निर्धारित समय वा काम समाप्त नभएसम्म उचित र पर्याप्त कारण नभई प्रतिनिधिको रूपमा काम गर्न छोड्न हुँदैन । (२) उपदफा (१) बमोजिम निश्चित समय वा काम नतोकिएकोमा प्रतिनिधि भई काम गर्न छोड्न लागेको कारण सहितको पूर्व सूचना मुख्य व्यक्तिलाई नदिई त्यस्तो काम गर्न छोड्न हुँदैन । (३) उपदफा (१) वा (२) विपरीत हुने गरी कुनै प्रतिनिधिले त्यस्तो हैसियतमा काम गर्न छोडेमा मुख्य व्यक्तिले मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
६००. प्रतिनिधि हटेमा उपप्रतिनिधि पनि हट्ने : यस भाग बमोजिम प्रतिनिधि कायम नरहेकोमा निजबाट नियुक्त उपप्रतिनिधि पनि स्वतः हटेको मानिनेछ ।
६०१. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्क पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–११ वस्तु ढुवानी करार सम्बन्धी व्यवस्था
६०२. ढुवानी सम्बन्धी करार भएको मानिने : (१) एक ठाउँबाट अर्को ठाउँमा कुनै वस्तु ढुवानी गर्ने सम्बन्धमा करार भएकोमा ढुवानी सम्बन्धी करार भएको मानिनेछ । (२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक वस्तु ढुवानी गर्दा वस्तुको धनीले ढुवानीकर्तालाई वस्तु बुझाएका बखत दिइने रसिद वा भरपाईलाई ढुवानीकर्ता र वस्तुको
धनी बीच करार भएको प्रमाण मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि “ढुवानीकर्ता” भन्नाले हवाई यातायात वा सामुद्रिक यातायात बाहेकका यातायात सञ्चालन गर्ने वा त्यस्तो कार्यको व्यवसाय गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले आन्तरिक जल यातायात वा राजमार्ग (रोपवे) वा जनावर मार्फत वा अन्य कुनै किसिमले ढुवानी व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई समेत जनाउँछ ।
तर वस्तुको धनीले ज्यालामा काम लगाएको व्यक्ति वा निजको प्रतिनिधि वा निजको मातहतमा काम गर्ने व्यक्तिले वस्तु ढुवानी गरेकोमा यस परिच्छेदको प्रयोजनको लागि ढुवानीकर्ता मानिने छैन ।
६०३. ढुवानीकर्ताको दायित्व : (१) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु सही अवस्थामा ढुवानी गरी निर्धारित स्थानमा पुर्याउने दायित्व ढुवानीकर्ताको हुनेछ ।
(२) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु हराएमा, नासिएमा, टुटे फुटेमा, बिग्रिएमा वा हानि, नोक्सानी भएमा वा अन्य कुनै किसिमबाट सही अवस्थामा निर्धारित स्थानमा नपुगेमा ढुवानीकर्ता जवाफदेही हुनेछ ।
(३) ढुवानीकर्ताले करारमा उल्लेख भएको समयभित्र र करारमा ढुवानी गरिसक्नु पर्ने समय उल्लेख नभएकोमा मनासिब समयभित्र वस्तु ढुवानी गरी वस्तुको धनी, निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाउनु पर्नेछ ।
६०४. ढुवानीकर्ता जवाफदेही हुने : (१) कुनै वस्तु एकभन्दा बढी ढुवानीकर्ताले वा एकभन्दा बढी ढुवानी साझेदारबाट ढुवानी गर्नु परेमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन ढुवानीकर्तालाई वस्तुको धनीले वस्तु बुझाएको हो सोही ढुवानीकर्ता जिम्मेवार हुनेछ ।
(२) कुनै वस्तु ढुवानी गर्ने व्यक्तिले त्यस्तो वस्तु ढुवानी गरी सम्बन्धित व्यक्तिलाई बुझाउनु अघि नै चोरी भएमा, हराएमा, नासिएमा वा नष्ट भएमा ढुवानीकर्ता जिम्मेवार हुनेछ ।
तर विपद वा दुर्घटनाको कारण त्यस्तो वस्तु हराएको, नासिएको वा नष्ट भएकोमा ढुवानीकर्ता जिम्मेवार हुने छैन ।
६०५. धनीको स्वीकृति बिना वस्तु बिक्री गर्न सक्ने : (१) कुनै वस्तु ढुवानी गर्ने क्रममा विपद परी वा दुर्घटना भई त्यस्तो वस्तु निर्धारित समयभित्र गन्तव्यमा पुर्याउन नसकेमा त्यस्तो वस्तु
नष्ट हुने वा त्यसको मूल्य वा गुणस्तर सारांश रूपमा घट्ने भएमा दुबानी गर्ने व्यक्तिले त्यस्तो वस्तु धनीको स्वीकृति बिना पनि बिक्री गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम बिक्री गरेकोमा दुबानीकर्ताले त्यसरी प्राप्त भएको रकम त्यस्तो वस्तु धनीलाई भुक्तानी गर्नु पर्नेछ ।
६०६. दुबानीकर्ताको दायित्व सीमित हुने : (१) करार गर्दाका बखत वस्तुको धनी वा निजको प्रतिनिधिले दुबानी गर्नु पर्ने वस्तुको मूल्य बढी भएको स्पष्ट रूपमा घोषणा गरेकोमा वा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक दुबानीकर्ताले दुबानी गरेको वस्तुको हानि वा नोक्सानी वापतको क्षतिपूर्ति एक लाख रुपैयाँभन्दा बढी हुने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तानर गर्दाका बखत वा दुबानीकर्तालाई दुबानी वापत वस्तु बुझाएका बखत वस्तुको धनी वा निजको प्रतिनिधिले स्पष्ट रूपमा घोषणा गरेकोमा बाहेक सुन, चाँदी, हिरा, जवाहरात वा त्यस्ता धनमानबाट बनेका मालासामान, बहुमूल्य पत्र, विनिमय अधिकारपत्र, धितोपत्र, अड्डाबाट पारित लिखत तथा शैक्षिक एवं अन्य निकायहरूबाट जारी भएका प्रमाणपत्र, मुद्रा, बैंक नोट, हुलाक टिकट, माछा, मासु, ताजा फलफूल तथा तरकारी, कीटनाशक तथा विपादी पदार्थ, प्रज्वलनशील पदार्थ, पेट्रोलियम पदार्थ, बहुमूल्य चित्रकला, मूर्ति, क्वेरियोका मालासामान, सिसा वा सिसाबाट बनेका वा सँगहीसँगै टुट्ने, फुट्ने वा बिग्ने वस्तु, वनस्पति वा घरपालुवा पशु फी, हस्तकलाका सामग्री, हातहतियार, खरखजाना, विजुतीय उपकरण ( रेडियो, टेलिभिजन, कम्प्युटर, मोबाइल वा त्यस्तै अन्य वस्तु तथा त्यस्ता वस्तुका पार्टपुर्जा, मेसिनरी वस्तु तथा दुबानी हुनु अघि नै वस्तुको धनीले घोषणा गर्नु पर्ने मालासामान भनी कानुनमा तोकिएका वस्तुहरूको हानि, नोक्सानी वापत दुबानीकर्ता जवाफदेही हुने छैन । (३) उपदफा (२) बमोजिमको वस्तुको दुबानी वापत व्यहोर्नु पर्ने जोखिमका लागि मालासामानको धनी वा निजको प्रतिनिधि मार्फत जोखिम विरुद्ध बीमा गराउन वा छूँट शुल्क लिई आफैले बीमा गराउन वा दुबानीकर्ताले जोखिम रोक्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।
६०७. क्षतिपूर्ति व्यहोर्नु पर्ने : यस परिच्छेद बमोजिम करार गर्दाका बखत वा दुबानी वापत दुबानीकर्तालाई वस्तु बुझाएका बखत घोषणा गरिएका वा घोषणा गर्नु नपर्ने वस्तुको दुबानी गर्दा भएको हानि, नोक्सानी वा क्षति वापत दुबानीकर्ताले करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा वस्तुको धनीको मञ्जुरीले दुबानी भएका
मालसामानको शोधभर्ना वा त्यस्तो मञ्जुरी नभए वा हुन नसकेमा त्यस्ता वस्तुको प्रचलित मूल्य र मूल्य कायम गर्न नसकिएमा मनासिब मूल्य तथा वस्तुको धनीलाई हुन गएको हानि, नोक्सानी बापत मनासिब क्षतिपूर्ति समेत यस भागको परिच्छेद–५ को अधीनमा रही व्यहोर्नु पर्नेछ ।
६०८। डुबानीकर्ताको दायित्व अन्त्य हुने : करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक डुबानीकर्ताको दायित्व देहायका कुनै अवस्थामा अन्त्य भएको मानिनेछ :- (क) डुबानीकर्ता वा निजको प्रतिनिधिले वस्तु डुबानी गरी वस्तुको धनी वा निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाएमा, (ख) डुबानीकर्तालाई बुझाएको वस्तु डुबानी हुनु अगाडि नै वस्तुको धनी वा निजको प्रतिनिधिले फिर्ता बुझिलिएमा, (ग) दफा ५३१ को उपदफा (२) को खण्ड (ख) को परिस्थिति परी निर्धारित समयभित्र वस्तु डुबानी हुन नसक्ने कारण देखाई डुबानीकर्ता वा निजको प्रतिनिधिले वस्तुको धनी वा निजको प्रतिनिधिलाई वस्तु फिर्ता बुझाएमा ।
६०९। हदम्याद : यस परिच्छेद बमोजिम भएको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१२ लिज करार सम्बन्धी व्यवस्था
६१०। लिज करार भएको मानिने : (१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको कुनै वस्तु अर्को व्यक्तिलाई नियमित बहाल पाउने शर्तमा कुनै निश्चित अवधिका लागि भोगचलन गर्न र त्यसबाट प्राप्त हुने लाभ प्रयोग गर्न दिने गरी करार भएकोमा लिज करार भएको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि “वस्तु” भन्नाले नमासिकन उपभोग, भोगचलन वा प्रयोग गरी लाभ लिन सकिने कुनै पनि सम्पत्ति सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम लिज करार भएकोमा त्यस्तो करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक लिजदाता (लेस्सर) ले लिज प्राप्तकर्ता (लेस्सी) लाई देहायको कुरा सुनिश्चित गराउनु पर्नेछ :-
(क) कुनै निश्चित वस्तु करार बमोजिम भोगचलनका लागि हस्तान्तरण गर्ने, (ख) खण्ड (क) बमोजिम हस्तान्तरण गरेको वस्तु हस्तान्तरण गर्दाका बखत भोगचलन वा प्रयोग गर्न सकिने गरी चालू हालतमा राख्ने, (ग) खण्ड (क) वा (ख) बमोजिम हस्तान्तरण भएको वस्तु शान्तिपूर्वक तथा निर्वाध रूपमा भोगचलन वा प्रयोग गर्न सकिने व्यवस्था गर्ने । (३) यस दफामा अन्यथ जुकुँसकै कुरा लेखिएको भए तापनि भोगचलन गर्दा नष्ट हुने वा उपभोग्य वस्तुलाई लिजमा दिन सकिने छैन ।
६११. लिजमा दिएको वस्तुको स्वरूप परिवर्तन गर्न नहुने : लिज लिने व्यक्तिले लिज करार बहाल रहने अवधिभर स्वामित्ववालाको स्वीकृति बिना लिजमा दिएको वस्तुको मौलिक स्वरूपमा परिवर्तन गर्न सक्ने छैन । तर लिजमा दिएको वस्तुको मर्मत, सम्भार, सुधार वा जिर्णोद्धार गर्न यस दफामा लेखिएका कुनै कुराले बाधा पुऱ्याउने छैन ।
६१२. लिजमा लिएको वस्तुको असल नियतबाट प्रयोग गर्नु पर्ने : (१) लिज प्राप्तकर्ताले लिजमा लिएको वस्तु असल नियतले विवेकपूर्ण ढङ्गबाट आफ्नै स्वामित्वको वस्तु सरह भोगचलन र प्रयोग गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम लिजमा लिएको वस्तुको भोगचलन र प्रयोग गर्दा लिज करारको उद्देश्य अनुरूप गर्नु पर्नेछ । (३) उपदफा (१) वा (२) को प्रतिकूल हुने गरी लिजमा लिएको वस्तुको भोगचलन वा उपभोग भएको प्रमाणित भएमा लिजदाताले त्यस्तो करार कुनै पनि बखत अन्त्य गर्न सक्नेछ ।
६१३. लिजमा दिएको वस्तुको मर्मत सम्भार गर्नु पर्ने : (१) लिज करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक लिजमा दिएको वस्तुको मर्मत सम्भार लिजदाताले गर्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिजमा लिएको वस्तु तत्काल मर्मत, सम्भार वा सुधार नगरी त्यस्तो वस्तुको भोगचलन वा प्रयोग गर्न नसकिने भएमा लिजदातालाई जानकारी गराई लिजप्राप्तकर्ता आफैँले त्यस्तो वस्तुको मर्मत, सम्भार वा सुधार गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम भएको मर्मत, सम्भार वा सुधार वापतको रकम लिजदाताले शोधभनाउ वा लिजबहालमा समायोजन गर्नु पर्नेछ ।
६१४. वस्तु उपयोग योग्य नभएमा लिजदातालाई जानकारी गराउनु पर्ने : (१) लिजमा लिएको वस्तु वा त्यसको कुनै अंश कुनै किसिमले हानि, नोक्सानी वा क्षति भएमा, कुनै कारणले भोगचलन वा प्रयोगयोग्य नभएमा, त्यस्तो वस्तु वा त्यसको कुनै अंश उपर कुनै व्यक्तिले कुनै किसिमले दाबी वा किचोला देखाएमा वा भोगचलन गर्दा कसैबाट कुनै किसिमले बाधा अवरोध भएमा लिजप्राप्तकर्ताले त्यस सम्बन्धमा लिजदातालाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी गराएकोमा लिजदाताले लिजमा लिएको वस्तुलाई त्यस्तो वस्तुको प्रकृति अनुसार पूर्वअवस्थामा ल्याउन आवश्यक मर्मत, सम्भार, सुधार वा कानूनी उपचार जे जस्तो गर्नु पर्दछ त्यस्तो कार्य पन्ध्र दिनभित्र गरिसक्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र लिजमा लिएको वस्तुलाई पूर्वअवस्थामा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यस्तो वस्तुको हानि, नोक्सानी वा क्षति भएको, भोगचलन वा प्रयोगयोग्य नभएको, दाबी वा किचोला परेको वा बाधा अवरोध भएको हो सोही अनुपातमा लिजबहाल रकम घटाउनु पर्नेछ ।
६१५. लिज प्राप्तकर्ता जवाफदेही हुने : (१) लिजमा लिएको वस्तुको हानि, नोक्सानी हुनबाट बचाउन लिज प्राप्तकर्ताले त्यस्तो वस्तुको प्रकृति अनुसार पर्याप्त सुरक्षाका उपायहरू अपनाई त्यस्तो वस्तुको भोगचलन वा प्रयोग गर्नु पर्नेछ ।
(२) लिज करार बहाल रहँदाका बखत लिजमा लिएको वस्तु कुनै कारणले नष्ट वा विनाश भएमा वा त्यसको कुनै किसिमले हानि, नोक्सानी भई वा लिजप्राप्तकर्ता, निजको परिवारको सदस्य, निजको एजेन्ट वा तेस्रो पक्षको हेलचलायमानिले त्यस्तो वस्तु नोक्सानी भई मूल्य कम हुने भएमा त्यस वापत लिज प्राप्तकर्ता जवाफदेही हुनेछ र निजले सोही बमोजिम त्यस्तो वस्तुलाई पूर्व अवस्थामा ल्याउनु पर्ने र त्यस्तो गर्न नसकेमा त्यस वापत क्षतिपूर्ति भुक्तानी गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपत् (फोर्स म्याज्युरे) को कारणबाट लिजमा लिएको वस्तुको हानि, नोक्सानी भएमा लिज प्राप्तकर्ता जवाफदेही हुने छैन ।
(४) उपदफा (३) बमोजिम विपदको कारणबाट लिजमा लिएको वस्तुको आर्थिक रूपमा हानि, नोक्सानी भएकोमा त्यसलाई लिजदाताले पूर्वअवस्थामा नल्याएमा वा ल्याउन नसकिने भएमा जुन अनुपातमा त्यसरी हानि, नोक्सानी भएको छ सोही अनुपातमा लिजदाताले लिज बहाल घटाउनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “विपद” भन्नाले देहायको कुनै अवस्था सम्झनु पर्छ :- (१) आँधी, भुक्म्प, ज्वालामुखी, (२) अतिवृष्टि, बाढी, पहिरो, भुस्खलन, चट्याङ, (३) लिज प्राप्तकर्ता वा निजको परिवार, कर्मचारी, कामदार वा तेस्रो पक्षको बदनीत, लापरबाही वा हेल्चक्लाइबाट भएको बाहेक अन्य कुनै किसिमबाट भएको आगलागी, (४) आतङ्क, नागरिक विद्रोह, गृहयुद्ध, (५) मानवीय नियन्त्रण बाहिरका त्यस्तै प्रकृतिका अन्य प्राकृतिक विपदहरू ।
६१६. लिजबहाल भुक्तानी गर्नु पर्ने : (१) लिजप्राप्तकर्ताले लिज करारमा उल्लेख भएको शर्त बमोजिम लिजबहाल रकम लिजदातालाई बुझाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम लिजबहाल बुझाउने शर्त उल्लेख नभएकोमा चल सम्पत्ति भए प्रत्येक महिना अन्त्य भएको भोलिपल्ट र खेती, सुविधाभवन, औद्योगिक वा पूर्वाधार संरचना वा घर निर्माण गर्न लिएको जग्गा भए प्रत्येक आर्थिक वर्ष अन्त्य भएको पन्ध्र दिनभित्र र अन्य वस्तु भए प्रत्येक महिना अन्त्य भएको एक सातमाभित्र लिज बहाल बुझाउनु पर्नेछ । (३) यस दफामा अन्यथ जुनसुकै कुरा लेखिएको भए तापनि लिजमा दिएको वस्तु वा त्यसको कुनै अंश उपर कसैले हक भोगको किचोला देखाई, कुनै किसिमले बाधा अवरोध खडा गरी वा दाबी गरी त्यस्तो वस्तु वा त्यसको कुनै अंश लिज प्राप्तकर्तालाई पूर्ण रूपमा भोगचलन गर्न नदिएमा सो वापत लिज प्राप्तकर्ताले समानुपातिक हिसाबमा लिजबहाल घटाउन सक्नेछ ।
६१७. लिज करार बहाल रहने अवधि : (१) देहायको वस्तुको सम्बन्धमा भएको लिज करार देहायको अवधिभन्दा बढी बहाल रहन सक्ने छैन :-
(क) घर निर्माण गर्न लिइएको घरजग्गा वा घर निर्माण भई भोगचलनमा रहेको घरजग्गा भए पैतीस वर्ष, (ख) सुविधाभार (सर्विसचार्जेस) को प्रयोजनको लागि लिइएको जग्गा भए पैतीस वर्ष, (ग) औद्योगिक संरचना वा सडक, नहर, विद्युत उत्पादन जस्ता पूर्वाधार संरचना निर्माण, विकास तथा सञ्चालनका लागि लिइएको जग्गा भए चालीस वर्ष, (घ) खेती गर्ने जग्गा भए बीस वर्ष, (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिए बाहेक अन्य प्रयोजनको लागि लिइएको घरजग्गा भए उनाईस वर्ष, (च) सवारी साधन भए पन्ध्र वर्ष, (छ) सवारी साधन बाहेकका अन्य यान्त्रिक उपकरण भए पन्ध्र वर्ष, (ज) खण्ड (च) वा (छ) मा लेखिए बाहेकका अन्य उपकरण भए पन्ध्र वर्ष, (झ) घरपालुवा जनावर भए दश वर्ष, (ञ) यस दफामा लेखिएदेखि बाहेकका अन्य वस्तु भए त्यस्तो वस्तुको आयु तथा प्रकृति हेरी दश वर्ष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफामा उल्लेख भएको अवधि व्यतीत हुनु अगावै त्यस्तो करारको बहाल अवधिको अधीनमा रही पक्षहरूले लिज करारको बहाल अवधि विस्तार गर्न सक्ने छन् ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारका पक्षहरूले लिज करारमा लिइ दिएको घर र जग्गा रहेको स्थान र वस्तुको प्रकृति विचार गरी लिज करारको अवधि विस्तार गर्ने वा नगर्ने निर्णय गर्न सक्नेछन् ।
६१८. लिजमा लिएको वस्तु दोस्रो लिज (सब-लिज) मा दिन सक्ने : (१) एक पटक लिजमा लिएको वस्तु वा यसको कुनै अंश लिजदाताको पूर्व स्वीकृति लिई लिज प्राप्तकर्ताले कुनै व्यक्तिलाई अर्को लिज करार गरी दोस्रो लिजमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको कारणबाट लिजदाता प्रति कायम रहेको लिज प्राप्तकर्ताको दायित्वबाट निजले फुर्सद पाउने छैन ।
(३) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको वस्तुका सम्बन्धमा त्यस्तो लिज करारका शर्तहरू पहिलो लिज करारका शर्तहरूभन्दा भिन्न हुने छैनन् ।
(४) उपदफा (३) बमोजिम लिज करारका शर्तहरू निर्धारण गर्दा दोस्रो लिजप्राप्तकर्ता (सब-लेसी) लिजमा लिएको वस्तुका सम्बन्धमा लिजदाता प्रति प्रत्यक्ष रुपमा जिम्मेवार रहने गरी व्यवस्था गर्न सकिनेछ र त्यस्तो व्यवस्था भएमा निज लिजदाता प्रति दोस्रो लिज करारको हदसम्म जिम्मेवार हुनेछ ।
(५) उपदफा (१) बमोजिम भएको लिज करार बहाल रहने अवधि लिजदाता र लिज प्राप्तकर्ता बीच भएको करार बहाल रहने अवधिभन्दा बढी हुने छैन ।
(६) यस परिच्छेद बमोजिम लिजदाताले लिज प्राप्तकर्ता विरुद्ध कुनै कानूनी उपचार वा दाबी गरेमा उपदफा (४) को अवस्थामा बाहेक त्यस उपर दोस्रो लिज प्राप्तकर्ता जवाफदेही हुने छैन ।
(७) यस दफामा लेखिएको कुनै कुराले लिज दाताले लिज करार अन्तर्गत प्रयोग गर्न सक्ने अधिकारलाई कुनै किसिमले बाधा पुऱ्याएको मानिने छैन ।
६१९. लिजमा लिएको वस्तु फिर्ता गर्नु पर्ने : (१) लिज करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै कारणले लिज करार अन्त भएमा लिज प्राप्तकर्ताले यस परिच्छेद बमोजिम लिजमा लिएको वस्तु त्यसरी करार अन्त भएको पैंतीस दिनभित्र लिजदातालाई बुझाउनु पर्नेछ । तर अचल सम्पत्ति भए लिज करार अन्त भएको पैंतीस दिनपछि सो वस्तुमा लिजदाताको स्वतः भोगचलनको हक कायम भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम लिजमा लिएको वस्तु लिज प्राप्तकर्ताले जुन हालतमा लिज लिँदाका बखत प्राप्त गरेको थियो सोही हालतमा लिज दातालाई फिर्ता गर्नु पर्नेछ । तर वस्तुको भोगचलन वा प्रयोग गर्दा स्वाभाविक रुपमा खिइएको वा ह्रास भएकोमा त्यस उपर लिजप्राप्तकर्ता जिम्मेवार हुने छैन ।
(३) कुनै वस्तु लिजमा लिँदाका बखत लिजमा लिएका वस्तु वा त्यसका सहायक वस्तु र पाटपुर्जाको लगत खडा भएको रहेछ भने उपदफा (१) वा (२) बमोजिम लिजमा लिएको वस्तु फिर्ता बुझाउँदा सोही लगत अनुसारको वस्तु वा त्यसका सहायक वस्तु तथा पाटपुर्जा समेत फिर्ता बुझाउनु पर्नेछ ।
तर त्यस्तो वस्तुको प्रकृति अनुसार भोगचलन गर्दा नष्ट वा विनाश हुने वा उपभोग हुने सहायक वा पाटापुर्जा वस्तु फिर्ता बुझाउनु पर्ने छ ।
६२०. अचल सम्पत्तिको लिज करार सम्बन्धी विशेष व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अचल सम्पत्तिको लिज करार गर्दा लिखित रूपमा गर्नु पर्नेछ । (२) दश वर्षभन्दा बढी अवधिका लागि अचल सम्पत्ति लिजमा दिँदा त्यस्तो व्यहोरा उल्लेख हुने गरी कानून बमोजिम अधिकार प्राप्त निकाय समक्ष दर्ता गराउनु पर्नेछ । (३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम नेपालभित्र अचल सम्पत्तिको स्वामित्व प्राप्त गर्न नसक्ने व्यक्तिलाई नेपाल सरकारको स्वीकृति बिना खेती, घर निर्माण वा घरजग्गा विकास गर्ने प्रयोजनका लागि अचल सम्पत्ति लिजमा दिन सकिने छैन । (४) लिज करार अन्तर्गत लिएको जग्गामा लिजप्राप्तकर्ताले बनाएको घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको बगीचा, वन वा रुख त्यस्तो करार बहाल रहने अवधि अन्त भई लिजदातालाई फिर्ता गर्दा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको बगीचा, वन वा रुख समेतमा लिजप्राप्तकर्ताको हक र स्वामित्व कायम रहेको मानिनेछ र सोही बमोजिम निजले त्यस्तो जग्गाबाट त्यस्ता घर, टहरा वा संरचना वा बगीचा वा वन र रुख हटाउनु पर्नेछ । (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो घर, टहरा वा अन्य संरचना वा त्यसमा रहेको बगीचा, वन वा रुख लिजदाताले यथावत रूपमा लिन चाहेमा निजले त्यस वापत परस्परमा मजुर गरीएको मूल्य चुक्ता गर्नु पर्नेछ ।
६२१. लिज करार अन्त्य गर्न सकिने : (१) देहायका कुनै अवस्थामा लिज दाताले लिज करार अन्त्य गर्न सक्नेछ :- (क) लिजदाताले अन्यथा अनुमति दिएकोमा बाहेक लिजप्राप्तकर्ताले लिजबहाल भुक्तानी गर्नु पर्ने दिन व्यतित भएको नवौँ दिनसम्म लिजबहाल रकम भुक्तान नगरेमा, (ख) लिज प्राप्तकर्ताले दफा ६१२ विपरीत लिजमा लिएको वस्तुको भोगचलन वा प्रयोग गरेमा, (ग) लिजप्राप्तकर्ताले दफा ६१४ को उपदफा (१) बमोजिमका विषयमा जानकारी नगराएमा वा नदिएमा,
(घ) लिजप्राप्तकर्ताले दफा ६१५ को उपदफा (२) बमोजिम लिजमा लिएको वस्तुको प्रकृति अनुसार मनासिब समयभित्र पूर्वावस्थामा नलयाएमा, (ङ) लिज दाताको पूर्वस्वीकृति बिना दोस्रो लिजमा दिएमा । (२) देहायका कुनै अवस्थामा लिजप्राप्तकर्ताले लिज करार अन्त्य गर्न सक्नेछ:– (क) लिजमा लिएको वस्तु जुन प्रयोजन वा उद्देश्यको लागि लिएको हो सो प्रयोजन वा उद्देश्यका लागि भोगचलन वा प्रयोग गर्न नसकिने भएमा, (ख) लिज दाताले दफा ६१३ को उपदफा (३) बमोजिम मर्मत सम्भारको रकम सोधभर्ना वा लिज बहालमा समायोजन नगरेमा, (ग) लिज दाताले दफा ६१४ को उपदफा (३) वा दफा ६१५ को उपदफा (४) बमोजिम लिजबहाल रकम नघटाएमा वा घटाउन मञ्जुर नगरेमा ।
६२२. घर बहाल सम्बन्धी व्यवस्था लागू हुने : यस परिच्छेदमा अन्यथुन जुनसुकै कुरा लेखिएको भए तापनि घर बहाल सम्बन्धमा भाग–४ को परिच्छेद–९ को व्यवस्था लागू हुनेछ । ६२३. हदम्याद : यस परिच्छेद बमोजिम भएको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१३ हायर पर्चेज करार सम्बन्धी व्यवस्था
६२४. हायर पर्चेज करार भएको मानिने : (१) देहायको शर्तमा कसैले कुनै वस्तु कुनै व्यक्तिलाई भाडामा दिएकोमा हायर पर्चेज करार भएको मानिनेछ :– (क) वस्तुको धनीले कुनै व्यक्तिलाई आवधिक रुपमा किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी भाडामा दिएको वस्तुमा भाडामा लिने व्यक्तिको भोगचलनको अधिकार हुने, (ख) करारको शर्त बमोजिम भाडामा दिएको वस्तु भाडामा लिने व्यक्तिले खरिद गर्न सक्ने, (ग) अन्तिम किस्ताबन्दी रकम भुक्तानी गरेपछि त्यस्तो वस्तुको स्वामित्व भाडामा लिने व्यक्तिलाई हस्तान्तरण हुने,
(घ) खण्ड (ग) बमोजिम स्वामित्व हस्तान्तरण हुनुभन्दा अगाडि कुनै पनि बखत भाडामा लिने व्यक्तिले करार अन्त्य गर्न सक्ने । (२) उपदफा (१) बमोजिमको करार लिखित रूपमा हुनु पर्छ । (३) यस दफा बमोजिम भएको करारको एक प्रति करार सम्पन्न हनासाथ वस्तुको धनीले भाडामा लिने व्यक्तिलाई नि:शुल्क रूपमा उपलब्ध गराउनु पर्छ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि,– (१) “वस्तु” भन्नाले भोगचलनको लागि भाडामा दिन सकिने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ । (२) “भाडामा लिने व्यक्ति” भन्नाले हायर पर्चेज करार बमोजिम भोगचलनका लागि कुनै वस्तु भाडामा प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको मृत्यु भएको अवस्थामा निजको हकवाला वा त्यस्तो वस्तु करार बमोजिम प्राप्त गर्ने अन्य तेस्रो व्यक्ति समेतलाई जनाउँछ ।
६२५. हायर पर्चेज करारमा उल्लेख गर्नु पर्ने कुराहरू : (१) दफा ६२४ बमोजिमको हायर पर्चेज करारमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ :– (क) वस्तु र त्यसको संक्षिप्त विवरण, (ख) वस्तुको हायर पर्चेज मूल्य, (ग) वस्तुको नगदी मूल्य, (घ) करार प्रारम्भ भएको मानिने मिति, (ङ) भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई भुक्तानी गर्नु पर्ने किस्ताबन्दी रकम र त्यसको संख्या, (च) प्रत्येक किस्ताबन्दी रकम बुझाउनु पर्ने मिति तथा भुक्तानी गर्नु पर्ने तरिका, (छ) खण्ड (च) बमोजिम रकम भुक्तानी गर्नु पर्ने व्यक्ति र ठाउँ । (२) उपदफा (१) को खण्ड (च) बमोजिम किस्ताबन्दी रकम नगद बाहेक अन्य कुनै तरिकाले भुक्तानी गर्न सकिने भएकोमा हायर पर्चेज करारमा त्यसको संक्षिप्त विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिमका कुनै शर्तहरू उल्लेख नभई हायर पर्चज करार भएकोमा भाडामा लिने व्यक्तिले त्यस्तो करार रद्द (रिसाइन्ड) गराउन उचित हुन सक्छ र त्यस्तो कुनै शर्त करारमा उल्लेख नभएको कारणले भाडामा लिने व्यक्तिलाई प्रतिकूल असर पर्ने देखेमा अदालतले त्यस्तो करार रद्द गर्न वा उपयुक्त ठहराएको अन्य कुनै आदेश जारी गर्न सक्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि,– (१) "हायर पर्चज मूल्य" भन्नाले भाडामा लिने व्यक्तिले वस्तुको पूरा मूल्य भुक्तानी गरी खरिद गर्न वा प्राप्त गर्न भुक्तानी गर्नु पर्ने कुल रकम सम्झनु पर्छ र सो शब्दले धरौटी वा प्रारम्भिक रकमको रूपमा भुक्तानी गर्नु पर्ने रकम समेतलाई जनाउँछ । (२) "नगदी मूल्य" भन्नाले भाडामा लिने व्यक्तिले नगद भुक्तान गरेर कुनै वस्तु खरिद गर्न सक्ने मूल्य सम्झनु पर्छ ।
६२६. एकभन्दा बढी करार भएकोमा एकल करार भएको मानिने : (१) हायर पर्चज करार गर्ने सिलसिलामा भाडामा लिने व्यक्ति र कुनै वस्तु धनी बीच तथा त्यस्तो वस्तुको हायर पर्चज मूल्यको किस्ताबन्दी रकम भुक्तानी गर्न कुनै जमानत दिने व्यक्ति वा लगानीकर्ता र त्यस्तो वस्तु धनी बीच हायर पर्चज करार गर्ने शर्तमा वा कुनै वस्तु नासो धरौटमा राखिएकोमा त्यस्तो वस्तु नासो धरौटमा लिने व्यक्ति र नासो धरौटमा राख्ने व्यक्ति बीच छुट्टाछुट्टै करार भएकोमा यस परिच्छेदको प्रयोजनका लागि एकल करार भएको मानिनेछ । (२) उपदफा (१) बमोजिमको करार विभिन्न मितिमा भएकोमा सम्बन्धमा पछिल्लो मितिलाई करार भएको मिति मानिनेछ ।
६२७. हायर पर्चज करार भएकोमा त्यसको परिणाम : (१) करारमा अन्यथा लेखिएको भए तापनि पक्षहरू बीच भएको हायर पर्चज करारमा देहायका शर्तहरू अन्तर्निहित रहेको मानिनेछ :- (क) भाडामा लिने व्यक्तिले भाडामा लिएको वस्तु निबार्ध रूपमा भोगचलन गर्न सक्ने अधिकार भएको, (ख) वस्तुको धनीले भाडामा लिने व्यक्तिलाई भोगचलनका लागि वस्तु हस्तान्तरण गर्दाका बखत कुनै किसिमको दस्तुर नलाग्ने वा कसैको दाबीबाट त्यस्तो वस्तु मुक्त रहेको,
(ग) भाडामा लिने व्यक्तिलाई त्यस्तो वस्तु नमूनासँग भिडाउन सक्ने मनासिव अवसर हुने कुरालाई वस्तु धनीले आश्वासन दिएको, (घ) वस्तुको धनीले भाडामा लिने व्यक्तिलाई वस्तु हस्तान्तरण गर्दाका बखत त्यस्तो वस्तु निजले बिक्री गर्न सक्ने अधिकार रहेको, (ङ) वस्तु हस्तान्तरण गर्दाका बखत खण्ड (क) बमोजिमको वस्तु सन्तोशप्रद (सैटिस्फैक्टरी) गुणस्तरको रहेको, (च) कुनै खास प्रयोजनको लागि कुनै वस्तु भाडामा लिएको कुरा त्यस्तो वस्तु धनीलाई भाडामा लिने व्यक्तिले जानकारी गराएको भए त्यस्तो वस्तुको धनीले त्यस्तो प्रयोजनको लागि त्यस्तो वस्तु वा त्यसको गुणस्तर उपयुक्त रहने कुरामा प्रत्याभूति दिएको ।
(२) उपदफा (१) को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा वस्तुको गुणस्तर उपर वस्तु धनी जिम्मेवार रहने छैन :– (क) जुन वस्तुका सम्बन्धमा हायर पर्चेज करार भएको हो त्यस्तो करार गर्दाका बखत वस्तु धनीले वस्तुको खराबी (डिफेक्ट) थाहा पाउन नसकेकोमा, (ख) हायर पर्चेज करारमा नै वस्तुको गुणस्तर कम भएको बारेमा उल्लेख भएकोमा, (ग) भाडामा लिने व्यक्तिले त्यसको कुनै नमूना (स्याम्पल) संकलन गरी जाँच गरेकोमा त्यस्तो नमूनासँग वस्तुको गुणस्तर मिलेकोमा, (घ) प्रयोग भइसकेको वस्तुको सम्बन्धमा हायर पर्चेज करार भई त्यस्तो करारमा त्यस्तो विषय उल्लेख गरेकोमा ।
(३) भाडामा लिने व्यक्तिले कुनै वस्तु नमूनाको आधारमा भाडामा लिएको भए त्यस्तो सम्पूर्ण वस्तु नमूनासँग मिल्ने कुराको आश्वासन त्यस्तो वस्तुको धनीले दिएको मानिनेछ ।
(४) यस परिच्छेद बमोजिम करार भई कुनै वस्तु वा त्यसको गुणस्तरको विवरण करारमा उल्लेख भएकोमा त्यस्तो वस्तु वा त्यसको गुण करार बमोजिम नै हुने गरी त्यस्तो वस्तु धनीले प्रत्याभूति दिएको मानिनेछ ।
तर नमूना समेत करारमा उल्लेख भएकोमा एकमुष्ट वस्तु हस्तान्तरण गर्दा त्यस्तो वस्तुको गुणस्तरको नमूनासँग भिडेकोमा त्यस्तो पर्याप्त हुने छैन र करारको विवरणसँग नै भिड्नु पर्नेछ ।
६२८. वस्तुको स्वामित्व हस्तान्तरण : हायर पर्चेज करारसँग सम्बन्धित वस्तुको स्वामित्व यस परिच्छेद बमोजिम भएको करार बमोजिम कायम भएको हायर पर्चेज मूल्य बमोजिम खरिद गर्ने काम सम्पन्न भए पछि भाडामा लिने व्यक्तिलाई हस्तान्तरण गर्नु पर्नेछ । तर भोगलान गर्ने अधिकार भने निजले त्यस्तो वस्तु प्राप्त गर्दाकै बखत कायम भएको मानिनेछ । स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “खरिद गर्ने काम सम्पन्न” भन्नाले हायर पर्चेज मूल्यको अन्तिम किस्ता बुझाउने काम सम्झनु पर्छ ।
६२९. भाडामा लिएको वस्तुको हेरचाह र सम्भार गर्नु पर्ने : (१) हायर पर्चेज करार बमोजिम भाडामा लिएको वस्तुको स्थिति दफा ६२८ बमोजिम स्वामित्व हस्तान्तरण नभएसम्म नाँगो सरह हुनेछ । (२) हायर पर्चेज करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक भाडामा लिने व्यक्तिले त्यस्तो करारसँग सम्बन्धित वस्तुलाई आफ्नो स्वामित्वमा रहेको वस्तु सरह मनासिब हेरविचार र सम्भार गर्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम हेरविचार र सम्भार नगरेको कारणबाट त्यस्तो हानि, नोक्सानी भएमा त्यस उप्र भाडामा लिने व्यक्ति जिम्मेवार रहनेछ ।
६३०. किस्ता रकम भुक्तानी गर्नु पर्ने : भाडामा लिने व्यक्तिले भाडामा लिएको वस्तु बापत हायर पर्चेज करार बमोजिम निर्धारित किस्ता रकम त्यस्तो करारमा निर्धारण गरिएको अवधिभित्र र तरिका बमोजिम भुक्तानी गर्नु पर्नेछ ।
६३१. किस्ता रकम भुक्तानी गरी करार अन्त्य गर्न सक्ने : (१) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हायर पर्चेज करार बहाल रहेको बखत भाडामा लिने व्यक्तिले वस्तुको धनीलाई कम्तीमा पन्ध्र दिन अगाडि लिखित सूचना दिई वस्तुको हायर पर्चेज मूल्य वा भुक्तानी गर्न बाँकी रहेको किस्ता रकम भुक्तानी गरी हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम करार अन्त्य गर्दा भाडामा लिने व्यक्तिले कुनै किसिमको छुट पाउन सक्ने रहेछ भने त्यस्तो छुट समेत पाउनेछ ।
६३२. वस्तु फिर्ता गरी करार अन्त्य गर्न सक्ने : (१) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक भाडामा लिने व्यक्तिले वस्तु बापत हायर पर्चज करार बमोजिम निर्धारित अन्तिम किस्ता रकम भुक्तान गर्नु अघि जुनसुकै बखत कम्तीमा पन्ध्र दिन अगावै वस्तुको धनीलाई लिखित सूचना दिई त्यस्तो करार अन्त्य गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम करार अन्त्य गर्नु अघि भाडामा लिने व्यक्तिले जुन वस्तु भाडामा लिएको हो त्यस्तो वस्तु त्यस्तो वस्तु धनीलाई हायर पर्चज करार बमोजिम बुझाउनु वा फिर्ता गर्नु पर्नेछ र करार बमोजिम निजले वस्तु धनीलाई करार अन्त्य गर्नु अघिसम्म तिर्न बुझाउन बाँकी रहेको कुनै रकम भए त्यस्तो रकम समेत बुझाउनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिने व्यक्तिले हायर पर्चज करार अन्त्य गर्नु अघिसम्म निजले हायर पर्चज मूल्यको आधाभन्दा बढी रकम भुक्तानी गरिसकेको भए कुनै रकम बुझाउनु पर्ने छैन र त्यस्तो मूल्यको आधाभन्दा कम रकम भुक्तानी गरेको रहेछ भने आधा रकमसम्म निजले भुक्तानी गर्नु पर्नेछ । (४) उपदफा (३) मा लेखिएको कुनै पनि कुराले भाडामा लिने व्यक्तिलाई हायर पर्चज करार बमोजिम भुक्तानी गर्नु पर्ने अन्य कुनै रकम, दस्तुर वा देय भुक्तानी गर्नबाट छुट दिएको मानिने छैन ।
६३३. भाडामा लिने व्यक्तिले आफ्नो हक तथा हित हस्तान्तरण गर्न सक्ने : (१) भाडामा लिने व्यक्तिले हायर पर्चज करार बमोजिम आफूले भाडामा लिएको वस्तु उपरोको हक, हित वा दायित्व र त्यस्तो करार अन्तर्गत निजले प्राप्त गर्न सक्ने अन्य कुनै हक, हित वा दायित्व त्यस्तो वस्तु धनीको स्वीकृति प्राप्त गरी अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ । (२) उपदफा (१) को प्रयोजनको लागि भाडामा लिने व्यक्तिले आफ्नो हक, हित वा दायित्व अर्को व्यक्तिलाई हस्तान्तरण गर्न वस्तु धनीबाट स्वीकृति पाउनु उद्देश्यले लिखित अनुरोध गरेको पन्ध्र दिनभित्र वस्तु धनीले स्वीकृति वा अस्वीकृति दिनु पर्नेछ र त्यस्तो अवधिभित्र स्वीकृति प्राप्त हुन नसकेमा निजले स्वीकृति दिन इन्कार गरेको मानिनेछ । (३) उपदफा (२) बमोजिम वस्तु धनीले इन्कार गरेकोमा भाडामा लिने व्यक्तिले त्यस्तो इन्कारी बदर गराउन पैँतीस दिनभित्र अदालतमा नालिस गर्न सक्नेछ र अदालतले त्यस्तो इन्कारी मनासिब नभएको आदेश गरेमा वस्तु धनीबाट स्वीकृति प्राप्त गरेको मानिनेछ ।
(४) यस दफामा लेखिएको कुनै पनि कुराले कानूनको परिचालनबाट भाडामा लिने व्यक्तिको हक, हित वा दायित्व अर्को व्यक्तिमा हस्तान्तरण भएकोमा त्यस्तो हक, हित वा दायित्व प्रयोग वा पालन गर्न गराउन बाधा पुर्याएको मानिने छैन ।
६३४. शर्त विपरीत वस्तुको प्रयोग भएमा जिम्मेवार रहने : भाडामा लिने व्यक्तिले हायर पर्चेज करारसँग सम्बन्धित वस्तु त्यस्तो करारसँग सम्बन्धित शर्त विपरीत हुने गरी प्रयोग गरेमा त्यस उपर निज जिम्मेवार रहनेछ ।
६३५. वस्तुको वास्तविक स्थितिको जानकारी दिनु पर्ने : हायर पर्चेज करारसँग सम्बन्धित वस्तु प्रयोग गर्ने व्यक्तिले त्यस्तो वस्तु रहेको ठाउँ र त्यस्तो वस्तुबाट पाउने लाभ के कस्तो अवस्थामा रहेको छ त्यस सम्बन्धमा वस्तुको धनीले जानकारी मागेकोमा पन्ध्र दिनभित्र त्यस सम्बन्धी विवरण निजलाई दिनु पर्नेछ ।
६३६. वस्तु धनीले करार अन्त्य गर्न सक्ने : (१) वस्तु भाडामा लिने व्यक्तिले हायर पर्चेज करार बमोजिम भुक्तानी गर्नु पर्ने हायर पर्चेज मूल्यको एकभन्दा बढी किस्ता रकम भुक्तानी गर्न नसकेमा देहाय बमोजिमको पूर्व सूचना त्यस्तो व्यक्तिलाई दिई वस्तु धनीले जुनसुकै बखत हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ :- (क) एक हप्ता वा सोभन्दा कम अवधिको अन्तरालमा किस्ता रकम भुक्तानी गर्नु पर्ने भएमा एक हप्ताको, (ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा पन्ध्र दिनको । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिने व्यक्तिले सो उपदफा बमोजिम पूर्व सूचना दिनु पर्ने अवधि समाप्त नहुँदै निजले वस्तु धनीलाई त्यस्तो अवधिसम्म बुझाउनु पर्ने किस्ता रकम र त्यस उपर हायर पर्चेज करार बमोजिम ब्याज लाग्ने भए त्यस्तो ब्याज समेत भुक्तानी गरेमा हायर पर्चेज करार अन्त्य गर्न सकिने छैन । (३) भाडामा लिने व्यक्तिले हायर पर्चेज करार वा दफा ६२९ वा ६३५ को शर्त पालना नगरेमा सम्बन्धित वस्तु धनीले कम्तीमा पन्ध्र दिनको सूचना दिई हायर पर्चेज करार अन्त्य गर्न सक्नेछ । (४) उपदफा (१) वा (३) बमोजिम करार अन्त्य भएकोमा वस्तु धनीले भाडा दिएको वस्तुको सम्बन्धमा देहायको अधिकार प्रयोग गर्न सक्नेछ :- (क) त्यस्तो वस्तु जहाँ र जुन अवस्थामा छ त्यस्तो फिर्ता लिने र त्यसरी फिर्ता लिन नसकेमा जप्त गर्ने,
(ख) त्यस्तो वस्तु बापत भुक्तान भइसकेको रकममध्ये भाडा बापत निजले प्राप्त गर्न सक्ने रकम कायम गरी बढी भएको रकम फिर्ता लिन् भाडामा लिने व्यक्तिलाई जानकारी गराउने, (ग) वस्तु भाडामा दिँदाका बखत भाडामा लिने व्यक्तिबाट कुनै धरौट रकम लिएको भए सो जफत गर्ने, (घ) भाडामा लिएको वस्तु जफत गर्ने सिलसिलामा प्रहरीको सहयोगमा वस्तु रहेको घरमा प्रवेश गर्ने, (ङ) भाडामा लिएको वस्तु समयमा नबुझाएकोले वा करार वा दफा ६२९ वा ६३५ को शर्त पालना नगराएबाट वस्तुको हानि, नोक्सानी भए बापत भुक्तानी भएको रकमबाट क्षतिपूर्ति असुल गर्ने वा त्यस्तो दाबी गर्ने ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि भाडामा लिएको वस्तुको कम्तीमा आधारभूत मूल्य भाडामा लिने व्यक्ति, जमानत दिने वा लगानी गर्ने व्यक्तिले भुक्तान गरिसकेको भए वस्तु धनीले यस दफा बमोजिम हायर पर्चेज करार अन्त्य गर्न सक्ने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि "आधारभूत मूल्य" भन्नाले पचास हजार रूपैयाँसम्म तीन चौथाई र सो भन्दा बढी हायर पर्चेज मूल्य भएकोमा त्यस्तो मूल्यको कम्तीमा आधा रकम सम्झनु पर्छ ।
(६) उपदफा (५) को प्रतिकूल हुने गरी वस्तुको धनीले हायर पर्चेज करार अन्त्य गरेमा भाडामा लिने व्यक्ति वा जमानत दिने व्यक्तिले हायर पर्चेज करार बमोजिम पूरा गर्नुपर्ने सम्पूर्ण दायित्वबाट मुक्त हुनेछ र निजले भाडामा लिएको वस्तु बापत भुक्तानी गरेको सम्पूर्ण रकम फिर्ता पाउनेछ । तर निजले भाडामा लिएको वस्तु सम्बन्धित वस्तु धनीलाई फिर्ता बुझाउनु पर्नेछ ।
(७) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि करार अन्त्य गर्न नपाएको कारणले हायर पर्चेज करार बमोजिम भाडामा लिने व्यक्तिबाट त्यस्तो करार बमोजिम पाउनुपर्ने हायर पर्चेज मूल्य रकम दाबी गर्न पाउने अधिकारलाई कुनै किसिमले बाधा पुऱ्याएको मानिने छैन ।
(ㄷ) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६३५ बमोजिमको विवरण उपलब्ध नगराउने व्यक्तिसँग भएको हायर पर्चज करार त्यस्तो वस्तुको धनीले अन्त्य गर्न सक्नेछ र त्यस्तो वस्तुको कुनै किसिमले हानि, नोक्सानी भएको रहेछ भने त्यस्तो हानि, नोक्सानी समेत दाबी गर्न सक्नेछ ।
६३७. वस्तु जफत भएकोमा भाडामा लिने व्यक्तिको अधिकार : (१) दफा ६३६ को उपदफा (४) को खण्ड (क) बमोजिम भाडामा दिएको वस्तु त्यस्तो वस्तुको धनीले जफत गरेकोमा जफत भएको दिनसम्म हायर पर्चज मूल्यका सम्बन्धमा भुक्तानी भएको रकम र जफत भएको दिनको वस्तुको मूल्य बराबरको रकम भाडामा लिने व्यक्तिले त्यस्तो व्यक्तिबाट फिर्ता पाउनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि "जफत भएको दिनको मूल्य" भन्नाले जफत भएको वस्तु बिक्री गर्दा प्राप्त हुन सक्ने रकममा देहायका खर्च वा रकम कटाई बाँकी हुन आउने रकम सम्झनु पर्छ :– (१) वस्तु जफत गर्दा लागेको मनासिब खर्च, (२) वस्तुको बिक्री गर्दासम्म लागेको भण्डारण तथा मर्मत सम्भार वापतको मनासिब खर्च, (३) वस्तु बिक्री गर्दा वा अन्य कुनै किसिमले हस्तान्तरण गर्दा लागेको मनासिब खर्च, (४) वस्तु वापत प्रचलित कानून बमोजिम भाडामा लिने व्यक्तिले भुक्तान गर्नु पर्ने कर, दस्तुर, शुल्क वा कुनै देय बाँकी भए त्यस वापत भुक्तानी गरेको रकम ।
(२) उपदफा (१) बमोजिमको रकम वस्तु जफत गरेको मितिले तीस दिनभित्र भाडामा लिने व्यक्तिलाई बुझाउनु पर्नेछ र त्यस्तो अवधि पछि भुक्तानी गर्दा वार्षिक दश प्रतिशतले ब्याज समेत भुक्तानी गर्नु पर्नेछ ।
६३८. भाडामा लिने व्यक्ति दामासाहीमा परेमा भाडामा लिएको वस्तुको स्थिति : (१) हायर पर्चज करार बहाल रहेको अवधिमा भाडामा लिने व्यक्ति प्रचलित कानून बमोजिम दामासाहीमा परेको वा पर्न लागेको अदालतले ठहर गरेमा त्यसको परिणाम स्वरूप त्यस्तो व्यक्तिको सम्पत्ति नियन्त्रणमा लिने लिक्विडेटर वा सो सरहको अधिकार पाएको अन्य कुनै व्यक्तिले
हायर पर्चेज करारसँग सम्बन्धित वस्तुको सम्बन्धमा भाडामा लिने व्यक्तिलाई भए सरह अधिकारको प्रयोग र दायित्व निर्वाह गर्नेछ । (२) भाडामा लिने व्यक्ति दामासाहीमा परी त्यस सम्बन्धी कार्यविधि कुनै अदालतमा विचाराधीन रहेको अवस्थामा उपदफा (१) बमोजिमको लिजहोल्डटर वा सो सरहका अधिकार प्रयोग गर्ने व्यक्तिले त्यस्तो अदालतको अनुमति लिई हायर पर्चेज करारसँग सम्बन्धित वस्तु अन्य कुनै व्यक्तिलाई कुनै किसिमले हस्तान्तरण गर्न सक्नेछ र त्यसरी त्यस्तो वस्तु हस्तान्तरण भएकोमा हस्तान्तरण भई वस्तु प्राप्त गर्ने व्यक्तिले भाडामा लिने व्यक्ति सरह हायर पर्चेज करार बमोजिमको अधिकारको प्रयोग र दायित्व निर्वाह गर्नु पर्नेछ ।
६३९. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद– १४ ज्याला मजुरी सम्बन्धी व्यवस्था
६४०. काममा लगाउन सकिने : (१) कम्तीमा चौध वर्ष उमेर पुगेको कुनै व्यक्तिलाई निजको मजुरी लिई काममा लगाउन सकिनेछ । तर सोही वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाउन सकिने छैन । (२) उपदफा (१) बमोजिम काममा लगाउँदा यस परिच्छेदको व्यवस्था पालना गर्नु वा गराउनु पर्नेछ ।
६४१. ज्याला मजुरी दिनु पर्ने : (१) दफा ६४० बमोजिम कसैलाई कुनै काममा लगाउँदा काम गर्ने व्यक्तिले आफुकुशलीले ज्याला मजुरी बिना काम गर्न मजूर गरेकोमा बाहेक काम लगाउनेले काम गर्नेलाई कामको अनुपातमा ज्याला मजुरी दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने व्यक्तिको मजुरीले कुनै खास ज्याला तोकेकोमा सोही बमोजिमको र नतोकेकोमा त्यस्तो काम गरेबापत काम गरेको ठाउँमा चलन चल्तीमा रहेको दर अनुसारको ज्याला मजुरी दिनु पर्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम ज्याला मजुरी दिँदा काम लगाउने र काम गर्ने बीच अन्यथा सहमति भएकोमा बाहेक काम सम्पन्न भएपछि ज्याला मजुरी दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम ज्याला मजुरी निर्धारण गर्दा काम गर्ने र काममा लगाउने बीच अन्यथा सहमति भएकोमा बाहेक काम गरेको प्रत्येक दिनलाई आधार मानी ज्याला मजुरी निर्धारण गर्नु पर्नेछ ।
६४२। काममा लगाउँदा सुरक्षाको व्यवस्था गर्नु पर्ने : कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा त्यस्तो कामको प्रकृति अनुसार काम गर्दा हुन सक्ने जोखिम वा खतरा निवारणका पर्याप्त सुरक्षात्मक उपायहरूको व्यवस्था गरेर मात्र काममा लगाउनु पर्नेछ ।
६४३। आठ घण्टाभन्दा बढी काममा लगाउन नहुने : (१) कसैले कुनै व्यक्तिलाई काम लगाउँदा सामान्यतः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिको लागि काम लगाउन सकिने छैन । (२) उपदफा (१) मा लेखिएभन्दा बढी अवधि कसैलाई काममा लगाउनु पर्दा काम गर्ने व्यक्तिको मञ्जुरी हुनु पर्नेछ र त्यसरी काममा लगाउँदा आठ घण्टालाई एकदिन मानी बढी काम गरेको प्रत्येक घण्टा वापत सोही अनुपातमा थप ज्याला मजुरी दिनु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि घरेलू सहायकलाई काममा लगाउँदा सो उपदफाको व्यवस्था लागू हुने छैन । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "घरेलु सहायक" भन्नाले घर व्यवहारको काममा आवश्यकता अनुसार जुनसुकै बखत काममा लगाउन सकिने गरी काममा लगाइएको व्यक्ति सम्झनु पर्छ ।
६४४। घरेलु सहायक सम्बन्धी विशेष व्यवस्था : (१) कसैले घरेलू सहायकको रूपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले निजका हकमा देहायका शर्तहरू समेत पालना गर्नु पर्नेछ :- (क) ज्याला मजुरी मासिक वा वार्षिक रूपमा निर्धारण गरी भुक्तानी गर्नु पर्ने, (ख) काम लगाउनेको हैसियत अनुसार बिहान, दिउँसो र बेलुकी तीन पटक खान तथा मौसम अनुसार लगाउने कपडा दिनु पर्ने, (ग) आफ्नो हैसियत अनुसार उपयुक्त आवास, शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्ने, (घ) अठार वर्षभन्दा कम उमेरको भए निजले चाहेमा घर व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नु पर्ने, (ङ) बिरामी भएमा निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्ने,
तर सो वापतको खर्च निजको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन । (च) बिरामी हुँदाका बखत काममा नलगाउने र अन्य अवस्थामा निजको उमेर, क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने, (छ) मृत्यु भएमा निजको सगत तथा सामान्य काजकिरियाको लागि लाग्ने खर्च व्यहोर्नु पर्ने, (ज) अमानवीय, अपमानजनक व्यवहार वा घरेलु हिंसा नगर्ने, (घ) घरेलु सहायकसँग आफुले मजुरि गरेका अन्य शर्त पालना गर्नु पर्ने । (२) उपदफा (१) को खण्ड (च), (छ) र (ज) बमोजिम हुने खर्च घरेलु सहायकको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न सकिने छैन । (३) कसैले कुनै व्यक्तिलाई घरेलु सहायकमा काम लगाएकोमा त्यसरी काम लगाएको मितिले एक महिनाभित्र सम्बन्धित स्थानीय तहको सम्बन्धित वडा समितिलाई लिखित रुपमा जानकारी गराउनु सकिनेछ ।
६४५. आफुले लिएको काम बीचैमा छोड्न नहुने : (१) कसैले कुनै काम गर्न जिम्मा लिई वा कबुल गरीसकेपछि त्यस्तो काम पूरा नगरी मनासिब कारण बिना बीचैमा छोड्नु हुँदैन । (२) उपदफा (१) बमोजिम कसैले बीचैमा काम छोडेमा त्यसको दायित्व काम छोड्ने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
६४६. काम गर्नेलाई ज्याला मजुरी दिनु पर्ने : (१) काम लगाउनेले काममा लगाए वापत दिनु पर्ने ज्याला मजुरी काम गर्ने व्यक्ति वा निजले मजुरी गरेको अन्य कुनै व्यक्तिलाई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम ज्याला मजुरी भुक्तानी हुनु अगावै काम गर्ने व्यक्तिको मृत्यु भएमा निजले पाउने ज्याला मजुरी निजको निजको हकवालाले पाउनेछ ।
६४७. हदम्याद : यस परिच्छेद अन्तर्गतका विषयमा मुद्दा गर्ने व्यक्तिले दफा ६४४ को हकमा मुद्दा गर्नु परेको कारण उत्पन्न भएको मितिले तीन महिनाभित्र र अन्य कुराको हकमा पैंतीस दिनभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१५
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।
अप्रत्यक्ष वा अर्ध करार सम्बन्धी व्यवस्था
६४८। अप्रत्यक्ष वा अर्ध करार भएको मानिने : (१) यस भागको परिच्छेद-२ मा जुनसुकै कुरा लेखिएको भए तापनि कानूनी सम्बन्ध (जुरिडिकल रिलेशन) कायम हुन सक्ने कुनै निश्चित, कानूनसम्मत, स्वेच्छिक वा एकतर्फी काम कसैले गरेकोमा अप्रत्यक्ष करार वा अर्ध करार भएको मानिनेछ । (२) उपदफा (१) बमोजिम अप्रत्यक्ष वा अर्ध करार भएमा सोही तयबाट यस परिच्छेद बमोजिम दायित्व सृजना हुनेछ ।
६४९। स्वेच्छले अरुको सम्पत्तिको व्यवस्थापन गरेकोमा बीचमा छोड्न नहुने (निगोशिओरम जेिटिओ) : कसैले कुनै व्यक्तिको बन्द व्यापार वा सम्पत्ति त्यस्तो व्यक्तिको जानकारी वा अख्तियारी बिना आफुखुसीले व्यवस्थापन वा सञ्चालन गरेकोमा त्यस्तो बन्द व्यापार वा सम्पत्ति कायम रहेसम्म त्यस्तो व्यक्ति वा निजको हकदार वा प्रतिनिधिलाई जिम्मा नबुझाई वा त्यस्तो व्यक्तिले नठानेसम्म बीचमा छोड्न हुँदैन ।
६५०। सम्पत्ति जिम्मा लिनेले हेरविचार वा व्यवस्थापन गर्नुपर्ने : (१) कसैले कसैको सम्पत्ति हेरविचार वा व्यवस्थापन गर्न कुनै किसिमले जिम्मा लिएकोमा निजले असल नियतले आफ्नो सम्पत्ति सरह हेरविचार वा व्यवस्थापन गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम जिम्मा लिएको सम्पत्ति जिम्मा लिने व्यक्तिले बदनियत चित्त गरी लापरवाहीबाट हानि, नोक्सानी गरेमा निजले त्यसको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
६५१। अधिकार प्रत्यायोजन गर्नेले दायित्वबाट फुर्सद नपाउने : कसैले कुनै व्यक्तिबाट कुनै काम गर्न जिम्मेवारी पाएकोमा त्यस्तो व्यक्ति प्रतिस्रोको दायित्व प्रतिस्रो नहुने गरी निजले त्यस्तो काम गर्न आफ्नो सबै वा कुनै अधिकार अर्को कुनै व्यक्तिलाई प्रत्यायोजन गरेको कारणबाट निज आफ्नो दायित्वबाट फुर्सद पाउन सक्दैन ।
६५२। विपद्को अवस्थामा सम्पत्ति बचाएकोमा मनासिब खर्च दिनु पर्ने : कसैले आगलागी, बाढी, पहिरो, आँधी भुक्म्प जस्ता विपद् भएको अवस्थामा सम्पत्ति धनीको जानकारी बिना कुनै सम्पत्ति बचाएमा वा संरक्षण गरेकोमा त्यस्तो सम्पत्ति बचाउन वा संरक्षण गर्दा लागेको मनासिब खर्च त्यस्तो व्यक्तिलाई सम्पत्तिको धनीले शोधभर्ना गर्नु पर्नेछ ।
६५३। शोधभर्ना दाबी गर्न सक्ने : (१) कुनै व्यक्तिलाई कुनै दायित्व पूरा गर्न कानूनले बाध्य नबनाएको भए तापनि निजले आफ्नै खर्चमा त्यस्तो दायित्व पूरा गरेको कारणबाट वा अन्य कुनै कारणबाट अर्को व्यक्तिलाई कुनै कुरा वा लाभ प्राप्त भएमा त्यसरी कुनै कुरा वा लाभ
प्राप्त गर्ने व्यक्तिबाट त्यस वापत लागेको रकम दायित्व पूरा गर्ने व्यक्तिले शोधभनान दाबी गर्न पाउनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले गैर कानूनी उद्देश्यले कुनै दायित्व पूरा गरेको रहेछ भने त्यस वापत शोधभनान दाबी गरिने छैन ।
६५४. पालनपोषण गरेकोमा दाबी गर्न सक्ने : कसैलाई पालनपोषण गर्नु पर्ने दायित्व भएको व्यक्तिको जानकारी बिना कसैले त्यस्तो व्यक्तिलाई पालनपोषण गरेकोमा त्यसरी पालनपोषण गर्ने व्यक्तिले त्यस्तो व्यक्तिबाट त्यस वापतको रकम दाबी गर्न सक्नेछ । तर निजले पालनपोषण गरिएको व्यक्तिलाई स्नेह वा अनुग्रह देखाई पालनपोषण गरेकोमा वा त्यस वापत रकम दाबी नगर्ने मनसायले पालनपोषण गरेकोमा त्यस्तो रकम दाबी गर्न सकिने छैन ।
६५५. मृतकसो सदगत गर्दाको खर्च हकदारले शोधभनान गर्नु पर्ने : कुनै व्यक्तिको मृत्यु भई निजको रीत, परम्परा तथा संस्कार अनुसार गर्नु पर्ने सदगत मृतकसको हकदार वा नजिकको नातेदारको जानकारी बिना अन्य कुनै व्यक्तिले गरी त्यसरी सदगत गर्दा लागेको खर्च त्यस्तो व्यक्तिले दाबी गरेमा मृतकसको नजिकको हकदार र निज नभए नातेदारले त्यस्तो खर्च निजलाई शोधभनान गर्नु पर्नेछ ।
६५६. अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च ...... व्यहोर्नु पर्ने : होस् ठेगानामा नभएको, शारीरिक रूपमा विलाङ्ग वा आफ्नो आर्जन नभएको कुनै असहाय नाबालकको पालनपोषण वा हेरविचार गर्ने दायित्व भएको व्यक्तिले त्यस्तो व्यक्तिलाई पालनपोषण गर्न इन्कार गरी अन्य कुनै व्यक्तिले पालनपोषण वा हेरविचार गरेमा निजले त्यस्तो दायित्व भएको व्यक्तिबाट त्यस वापतको खर्च शोधभनान दाबी गर्न सक्नेछ ।
६५७. उपचारको खर्च शोधभनान गर्नुपर्ने : कुनै व्यक्ति दुर्घटनामा परी वा अन्य कुनै कारणले गम्भीर बिमारी भईमा निजको एकाकीगोल्नको हकदार, नातेदार वा आफन्त बाहेक अन्य कसैले स्वेच्छाले उपचार गरे वा गराएकोमा त्यसरी उपचार गर्दा लागेको खर्च हकदार, नातेदार वा आफन्तले त्यसरी उपचार गर्ने वा गराउने व्यक्तिलाई शोधभनान गर्नु पर्नेछ । तर उपचार खर्च दाबी नगर्ने उद्देश्यले उपचार गरे वा गराएकोमा शोधभनान गर्नु पर्ने छैन ।
६५८. सार्वजनिक निकायले गरेको खर्च व्यहोर्नु पर्ने : कसैले आफ्नो वा सर्वसाधारणको जीउ, जान वा सम्पत्तिको सुरक्षाका लागि कानून बमोजिम पालन गर्नु पर्ने स्वास्थ्य वा सुरक्षा सम्बन्धी आवश्यक उपायहरू स्वेच्छाले पालना नगरी कुनै सरकारी वा सार्वजनिक निकायले पालना गरायो वा गराएको भए त्यस्ता उपायहरू पालना गर्न वा गराउन निजको मञ्जुर नभए पनि त्यस वापत लागेको मनासिब खर्च निजले व्यहोर्नु पर्नेछ ।
६५९. सरोकारवालाले भुक्तान गरेको रकम शोधभनाना गर्नु पर्ने : कानून बमोजिम कुनै व्यक्तिले तिर्नु पर्ने रकम अर्को व्यक्तिले तिर्ने गरी करार भएकोमा निजले त्यस्तो रकम नतिरी जुन व्यक्तिले त्यस्तो रकम तिर्नु पर्ने हो सोही व्यक्तिले तिरेकोमा निजलाई करार गर्ने व्यक्तिले शोधभनाना गर्नु पर्नेछ ।
६६०. मूल्य वा पारिश्रमिक दिनु पर्ने : कुनै व्यक्तिले अर्को व्यक्तिलाई कुनै वस्तु दिएकोमा वा कुनै काम लगाएकोमा त्यस्तो वस्तु वा सेवा अनुसारको मूल्य वा काम अनुसारको पारिश्रमिक दिनु पर्नेछ ।
६६१. वस्तु वा सेवाको मूल्य भराउन सक्ने : कसैले कानून बमोजिम करार गर्न अयोग्य व्यक्ति वा त्यस्तो व्यक्तिको पालनपोषण गर्न जिम्मेवारी भएको कुनै व्यक्तिलाई कुनै वस्तु वा सेवा उपलब्ध गराएकोमा त्यस्तो वस्तु वा सेवाको मूल्य त्यस्तो वस्तु वा सेवा प्राप्त गर्ने व्यक्तिबाट भराउन सक्नेछ ।
६६२. कब्जामा रहेको सम्पत्ति नाङ्गो सरह राख्नु पर्ने : कानून बमोजिम राख्न पाउने अर्काको सम्पत्ति कसैले कुनै किसिमले आफ्नो कब्जामा राखेकोमा त्यस्तो सम्पत्ति निजले नाङ्गो सरह राख्नु पर्नेछ ।
६६३. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्कने व्यक्तिले मुद्रा गर्नु पर्ने कारण उत्पन्न भएको मितिदेखि दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१६ अनुचित सम्वृद्धि (अनजस्ट इन्रिचमेन्ट) सम्बन्धी व्यवस्था
६६४. अनुचित सम्वृद्धि (अनजस्ट इन्रिचमेन्ट) भएको मानिने : (१) कुनै व्यक्तिले कानूनसम्मत काम गर्नु पर्ने वा दायित्व पूरा गरिदिनु पर्ने कारण बिना कसैले कसैबाट कुनै लाभ वा सुविधा प्राप्त गरेमा त्यसरी लाभ वा सुविधा प्राप्त गर्ने व्यक्तिले अनुचित सम्वृद्धि प्राप्त गरेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको अनुचित समृद्धि देहायको अवस्थामा प्राप्त गरेको मानिनेछ :- (क) निजको सम्पत्तिमा वृद्धि वा दायित्वमा कमी भएमा, (ख) निजले अर्काको सेवा प्राप्त गरेमा वा कसैलाई काम गराएमा, (ग) निजको लागि अर्काको सम्पत्ति प्रयोग भएमा ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा बाहेक कसैले कुनै किसिमले कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गरेमा पनि अनुचित समृद्धि प्राप्त गरेको मानिनेछ :- (क) कानून वा करार बमोजिम कुनै व्यक्तिबाट कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गर्न सक्ने भएमा, (ख) जुन व्यक्तिबाट कुनै वस्तु, सेवा, लाभ वा सुविधा प्राप्त गरेको हो त्यस्तो व्यक्तिले फिर्ता वा शोधभर्ना नगर्ने गरी स्वतन्त्र सहमतिबाट प्राप्त गरेको भएमा ।
(४) यस परिच्छेद बमोजिम कुनै व्यक्तिले अनुचित समृद्धि प्राप्त गरेको, नगरेको वा कुन हदसम्म प्राप्त गरेको हो सो निर्धारण गर्दा अनुचित समृद्धि प्राप्त गरेपछि त्यस्तो व्यक्तिलाई त्यसको कारणबाट बेफाइदा वा हानि, नोक्सानी भएको विचार गरिने छैन ।
(५) यस दफा बमोजिम कसैले अनुचित समृद्धि प्राप्त गरेकोमा निजले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्नेछ ।
६६५. लिनु नहुने वस्तु लिएमा फिर्ता गर्नु पर्ने (सोलोप्सियो इन्टिटुली) : कसैले आफुले लिनु नहुने कुनै वस्तु भुलवश लिएमा वा प्राप्त गरेमा निजले जसबाट त्यस्तो वस्तु लिएको वा प्राप्त गरेको हो सो निजलाई नै फिर्ता गर्नु पर्नेछ ।
६६६. भुलवश तिरेको ऋण फिर्ता गर्नु पर्ने : कसैले भुलवश आफु कसैप्रति ऋणी रहेको ठानी कसैलाई तिर्नु नपर्ने कुनै ऋण रकम तिरेकोमा निजले त्यस्तो ऋण तिर्नु नपर्ने कुरा प्रमाणित गरेमा त्यस्तो रकम प्राप्त गर्ने व्यक्तिले निजलाई त्यस्तो रकम फिर्ता गर्नु पर्नेछ ।
६६७. बदनियतले लिएको वस्तु वा रकम र त्यसको लाभ फिर्ता गर्नु पर्ने : (१) कसैले आफ्नो दाबी नपुग्ने कुनै रकम वा वस्तु कसैबाट बदनियतपूर्वक प्राप्त गरेमा निजले त्यस्तो रकम वा वस्तु र त्यस्तो रकम वा वस्तु प्राप्त गरेको दिनदेखि फिर्ता गरेको दिनसम्म त्यस्तो
रकममा कानून बमोजिम लाग्ने ब्याज वा त्यस्तो वस्तुबाट प्राप्त गरेको लाभ वा प्रतिफल समेत फिर्ता गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम प्राप्त गरेको रकम वा वस्तुको कारणवश हानि, नोक्सानी भएमा त्यस वापतको क्षतिपूर्ति समेत निजले बुझाउनु पर्नेछ ।
६६८। तेस्रो व्यक्तिले भुक्तान गरेको ऋण चुक्ता गर्नु पर्ने : कुनै व्यक्तिले भुक्तान गर्नु पर्ने ऋण निजको जानकारी बिना अन्य कुनै तेस्रो व्यक्तिले भुक्तान गरेमा निजले भुक्तान गरेको ऋण त्यसरी तिरिदिने व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ ।
६६९। भुक्तान गर्नु पर्ने कर अरुले भुक्तान गरेमा शोधभनानि दाबी गर्न सक्ने : कुनै व्यक्तिले भुक्तान गर्नु पर्ने कर अरु व्यक्तिले भुक्तान गरेमा त्यस्तो कर भुक्तानी गर्नु पर्ने कर्तव्य भएको व्यक्तिबाट शोधभनानि दाबी गर्न सक्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि "कर" भन्नाले कुनै पनि किसिमको सरकारी शुल्क, दस्तुर, महसुल, जरिवाना सम्झनु पर्छ र सो शब्दले स्थानीय कर समेतलाई जनाउँछ ।
६७०। भेटाएको वस्तु प्रहरीलाई सूचना दिई राख्न सक्ने : (१) कसैले कुनै वस्तु कुनै किसिमले भेट्टाएकोमा त्यसको यथात विवरण सहित प्रहरीलाई सूचना दिई त्यस्तो वस्तु सम्बन्धित धनी फेला नपरेसम्म आफूंसँग सुरक्षित राख्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको वस्तुको धनी पत्ता लगाउन र त्यस्तो वस्तु राख्नका लागि भएको खर्च सम्बन्धित धनीले व्यहोर्नु पर्नेछ र त्यस्तो खर्च नदिएसम्म त्यस्तो वस्तु पाउने व्यक्तिले नै राख्न सक्नेछ । (३) उपदफा (१) बमोजिम राखिएको वस्तु तीन वर्षसम्ममा पनि कसैले दाबी गर्न नगरेमा त्यस्तो वस्तु भेट्टाउने व्यक्तिको हुनेछ ।
६७१। हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्क पर्ने व्यक्तिले मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१७ दुष्कृति (टोर्ट्स) सम्बन्धी व्यवस्था
६७२। दुष्कृति गरेको मानिने : (१) कसैले आफ्नो वा यस परिच्छेद बमोजिम आफैँले दायित्व वहन गर्नु पर्ने अरु कसैको त्रुटि, हेलचेक्र्याइँ वा लापरवाही जेसुकैबाट भए तापनि गरेको कुनै
काम (कमिसन) वा अकर्मण्यता (ओमिसन) बाट कसैको जीउ, ज्यान वा सम्पत्ति वा कानून बमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानि, नोक्सानी पुऱ्याउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको काम वा अकर्मण्यताका सम्बन्धमा पक्षहरू बीच कुनै पूर्व करार सम्बन्धी भएको रहेन भने त्यस्तो काम वा हेलचक्र्याइँको परिणाम स्वरूप उत्पन्न हानि, नोक्सानीलाई दुष्कृति गरेको मानिनेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनको लागि "अकर्मण्यता" भन्नाले कसैले गर्नु पर्ने काम नगरेको अवस्था सम्झनु पर्छ ।
(३) उपदफा (२) बमोजिम दुष्कृति गरेकोमा त्यस्तो कार्य गर्ने व्यक्तिले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने छ ।
(४) ==========
६७३. आमा, बाबुले दायित्व व्यहोर्नु पर्ने : चौध वर्ष उमेर पूरा नभएको नाबालकले गरेको दुष्कृति वापत निजसँग बसेको आमा बाबु, आमा वा बाबु नभए निज उपर मातृक तथा पैतृक अख्तियारी प्रयोग गर्ने व्यक्तिले दायित्व व्यहोर्नु पर्नेछ ।
६७४. संरक्षक वा मान्यवरले दायित्व व्यहोर्नु पर्ने : होस ठेगानामा नरहेको व्यक्तिले गरेको हानि, नोक्सानी वापत निजको संरक्षक वा मान्यवर जवाफदेही हुनेछ र सोही बमोजिम निजले दायित्व व्यहोर्नु पर्नेछ ।
६७५. काम लगाउने व्यक्तिले दायित्व व्यहोर्नु पर्ने : (१) आफूले काममा लगाएको घरेलू सहायक, अन्य कामदार वा कर्मचारीले त्यस्तो कामको सिलसिलामा असल नियतले गरेको कुनै कार्यबाट कसैलाई हानि, नोक्सानी भए त्यसरी काममा लगाउने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यसको दायित्व व्यहोर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कामदार वा कर्मचारीको हेलचक्र्याइँ वा बदनियतले गरेको काम वापतको दायित्व त्यस्तो कामदार वा कर्मचारीले व्यहोर्नु पर्नेछ ।
६७६. पशुले गरेको हानि, नोक्सानी वापत पशु धनीले दायित्व व्यहोर्नु पर्ने : आफूले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई पुऱ्याएको हानि, नोक्सानी वापतको दायित्व त्यस्तो पशु धनीले व्यहोर्नु पर्नेछ ।
तर तसको पशुको स्वभावअनुसार पशु धनीले पर्याप्त सुरक्षात्मक उपाय अपनाई उपयुक्त तरिकाले नियन्त्रण राखेको अवस्थामा हानि, नोक्सानी गरेकोमा वा हानि, नोक्सानी पुगेको व्यक्तिको काम, त्रुटि वा हेलचेक्र्याइँबाट हानि, नोक्सानी भएकोमा पशु धनीले दायित्व व्यहोर्नु पर्ने छैन ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “पशु” भन्नाले घर पाल्तु वा आफ्नो नियन्त्रणमा रहेको जुनसुकै किसिमको जंगली पशु वा पन्छी सम्झनु पर्छ र सो शब्दले घरपालुवा, घरसने जनावर वा जंगली पन्छी समेतलाई जनाउँछ ।
६७६. घर भत्किएर हानि, नोक्सानी भएकोमा घर धनीले दायित्व व्यहोर्नु पर्ने : कुनै घर निर्माण गर्दाका बखत वा निर्माण गरिसकेको जेसुकै भए तापनि त्यस्रो घर पूरा वा आंशिक रूपमा भत्किएर वा त्यसको कुनै अंशले कसैलाई कुनै किसिमको हानि, नोक्सानी भएकोमा सम्बन्धित घर धनीले दायित्व व्यहोर्नु पर्नेछ ।
६७८. सम्पत्ति धनीले दायित्व व्यहोर्नु पर्ने : देहायको कुनै कारणबाट कसैलाई हानि, नोक्सानी भएमा सम्बन्धित सम्पत्ति धनीले दायित्व व्यहोर्नेछ :– (क) कुनै मेसिन, उपकरण वा यन्त्रलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढाँचाबाट सुरक्षाका उपायहरू नअपनाएको कारणले विस्फोटन भएमा, (ख) कुनै प्रज्वलनशील वा विस्फोटक पदार्थलाई त्यसको प्रकृति अनुसार उपयुक्त ढाँचाबाट सुरक्षाका उपायहरू नअपनाएको कारणबाट त्यसमा आगलागी भएमा वा सो विस्फोटन भएमा, (ग) कुनै औद्योगिक प्रतिष्ठानले निर्धारित मापदण्ड विपरीत हुने गरी अत्यधिक धुवा, ध्वनि पैदा गरेकोमा, (घ) विपत्को कारणले वा कुनै तेस्रो व्यक्तिको कामले बाहेक कुनै राजमार्ग, सडक, गल्ली, बाटोमा रूख ढलेको वा ढलाएकोमा, (ङ) निर्धारित मापदण्ड विपरीत हुने गरी उपयुक्त ढाँचाबाट पूर्व सावधानीका उपायहरू नअपनाई खुला रूपमा नर, कुलो, पाइप वा ढलाबाट दूषित, विपालु वा सरुवा रोग लाग्ने पदार्थ निष्कासन भएमा ।
६७९. घरको मुलीले दायित्व व्यहोर्ने : कुनै घरबाट कुनै किसिमको फोहोर मैला वा वस्तु फालेको कारणबाट कसैलाई हानि, नोक्सानी भएकोमा सम्बन्धित घर मुलीले दायित्व व्यहोर्नु पर्नेछ ।
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि,– (१) “घर” भन्नाले घर वा छाप्रो सम्झनु पर्छ र सो शब्दले घरको संरचना समेतलाई जनाउँछ । (२) “घर मुली” भन्नाले घर परिवारमा मुख्य भई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कसैको घरमा बहालमा बस्ने व्यक्तिको हकमा बहालवालाको परिवारको मुख्य भई काम गर्ने व्यक्ति समेतलाई जनाउँछ ।
६८०. अनधिकृत प्रवेशको दायित्व व्यहोर्नु पर्ने : कसैको सम्पत्तिमा अनधिकृत प्रवेश (ट्रेसपास) गरेको कारणले भएको हानि, नोक्सानी बापत अनधिकृत प्रवेश गर्ने व्यक्तिले दायित्व व्यहोर्नु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “अनधिकृत प्रवेश” भन्नाले अचल सम्पत्ति भए अर्काको हक, भोगचलन वा स्वामित्वमा रहेको सम्पत्तिमा गैरकानूनी प्रवेश, त्यसको उत्पादनको कब्जा, अनधिकृत छात, हस्तक्षेप वा गैरकानूनी बिछोला र चल सम्पत्ति भए अर्काको हक, भोगचलन वा स्वामित्वमा रहेको सम्पत्ति जबरजस्ती कब्जा गर्ने, लैजाने, त्यसबाट प्राप्त लाभ लिने वा भोगचलन गर्नलाई बाधा अवरोध गर्ने काम सम्झनु पर्छ र सो शब्दले कुनै पनि किसिमको सम्पत्तिलाई अनधिकृत रूपमा नियन्त्रण गर्ने काम समेतलाई जनाउँछ ।
६८१. संयुक्त रूपमा दायित्व व्यहोर्नु पर्ने : (१) यस परिच्छेद बमोजिम दुष्कृति मानिने काम एकभन्दा बढी व्यक्तिबाट भएकोमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजहरूले गरेको दुष्कृतिको मात्राको अनुपातमा त्यस्तो प्रत्येक व्यक्ति व्यक्तिगत र सामूहिक रूपमा त्यस्तो कामबाट भएको क्षति बापत जिम्मेवार हुनेछन् । (२) उपदफा (१) बमोजिम दुष्कृतिको मात्राको अनुपातमा अलग अलग दायित्व निर्धारण गर्न सकिएमा सोही बमोजिम र नसकिएमा दुष्कृतिको लागि जिम्मेवार व्यक्ति सबैले समान रूपमा दायित्व व्यहोर्नु पर्नेछ ।
६८२. दायित्व बापत क्षतिपूर्ति व्यहोर्नु पर्ने : (१) यस परिच्छेद बमोजिम भएको दुष्कृति बापतको दायित्व व्यहोर्नु पर्दा दुष्कृति गर्नेले क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम कुनै व्यक्तिको आफ्नै समेतको अकर्मण्यता, त्रुटि, लापरवाही वा हेल्चेक्लाइको कारणबाट कुनै दुष्कृति भएको रहेछ भने त्यस्तो क्षतिपूर्तिको मात्र कम हुनेछ । (३) उपदफा (१) बमोजिमको क्षतिपूर्ति वास्तविक रूपमा हानि, नोक्सानी भएको विषयमा सीमित रहेको हुनु पर्नेछ र काल्पनिक वा अवास्तविक क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन । (४) क्षतिपूर्ति नगद, जिन्सी वा सेवा कुनै पनि किसिमको हुन सक्नेछ । (५) यस परिच्छेद बमोजिम हानि, नोक्सानी भएकोमा त्यस्तो हानि, नोक्सानी पुगेको व्यक्तिले यस परिच्छेदको अधीनमा रही क्षतिपूर्ति दाबी गर्न सक्नेछ । (६) उपदफा (५) बमोजिम क्षतिपूर्ति दाबी गरेकोमा अदालतले मनासिब क्षतिपूर्ति भराउन आदेश दिन सक्नेछ । ६८३. छुट्टै व्यवस्था भएकोमा दायित्व व्यहोर्नु नपर्ने : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने दुष्कृतिलाई कानून बमोजिम फौजदारी कसुर मानिएको वा त्यस्तो दुष्कृतिका सम्बन्धमा यस संहिता वा अन्य कानूनमा छुट्टै व्यवस्था वा छुट्टै कानूनी उपचारको व्यवस्था भएकोमा यस परिच्छेद बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन । (२) उपदफा (१) को अधीनमा रही यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्ने दुष्कृति त्यस्तो दुष्कृति गरेको भनिएको व्यक्तिको हेल्चेक्लाइ, लापरवाही, त्रुटि वा अकर्मण्यताको परिणामबाट नभई अन्य कुनै कारणबाट भएको हो भन्ने प्रमाणित गरेमा त्यस्तो दुष्कृति बापत व्यहोर्नु पर्ने दायित्वबाट निजले पुस्न पाउनेछ । ६८४. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र नालिस गर्न सक्नेछ ।
परिच्छेद–१८ त्रुटिपूर्ण उत्पादन बापतको दायित्व सम्बन्धी व्यवस्था
६८५. त्रुटिपूर्ण उत्पादन बापत दायित्व व्यहोर्नु पर्ने : (१) कसैले त्रुटिपूर्ण उत्पादन गरी कुनै वस्तु वा सेवा बिक्री, वितरण गर्न, गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको त्रुटिपूर्ण उत्पादन कसैले बिक्री वा वितरण गरी त्यस्तो वस्तुको उपभोग गर्दा कसैको जीउ, ज्यान वा सम्पत्ति उपर हानि, नोक्सानी भएमा त्यस बापत उत्पादकले यस परिच्छेद बमोजिम दायित्व व्यहोर्नु पर्नेछ ।
स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि :- (१) “त्रुटिपूर्ण उत्पादन” भन्नाले कुनै उत्पादन उपभोग गर्दा सामान्य मानिसले मनासिब तवरले अपेक्षा गर्ने न्यूनतम सुरक्षाका उपायहरू देहायको कुनै कारणबाट नभएको कुनै वस्तु वा सेवा सम्झनु पर्छ :- (क) त्रुटिपूर्ण डिजाइन, निर्माण, प्रशोधन वा जडान, (ख) त्रुटिपूर्ण प्याकिङ्ग, संरक्षण वा भण्डारण, (ग) त्रुटिपूर्ण प्रस्तुति, (घ) उत्पादित वस्तु वा सेवाको प्रकृति अनुसार सम्भावित जोखिम वा खतरालाई नियन्त्रण गर्ने पर्याप्त उपाय वा पूर्व सावधानीको अभाव । (२) “उत्पादक” भन्नाले त्रुटिपूर्ण वस्तु वा सेवा अन्तिम रूपमा उत्पादन गरी बिक्री वितरण गर्ने उत्पादक सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउनेछ :- (क) उत्पादक पत्र नलागेकोमा त्रुटिपूर्ण वस्तु बिक्री वितरण गर्ने वितरक वा विक्रेता, (ख) पैठारी गरिएको वस्तु भए त्रुटिपूर्ण वस्तु पैठारी गर्ने पैठारिकर्ता वा त्यस्तो वस्तु बिक्री वितरण गर्ने वितरक वा विक्रेता । (३) “वस्तु” भन्नाले सर्वसाधारणले उपभोग गर्ने कुनै औद्योगिक उत्पादन सम्झनु पर्छ ।
६८६. त्रुटिपूर्ण उत्पादन भएको प्रमाणित गर्नु पर्ने : कसैले कुनै वस्तु वा सेवा त्रुटिपूर्ण उत्पादन भएको र त्यसको उपभोग गरेको कारणले आफ्नो जीउ, ज्यान वा सम्पत्ति उपर क्षति पुगेको दाबी गरेमा त्यस्तो त्रुटिपूर्ण उत्पादन तथा क्षतिको सम्बन्ध र त्यस्तो उत्पादन उपभोग गरेको कारणले नै त्यस्तो क्षति भएको कुरा निजले प्रमाणित गर्नु पर्नेछ ।
६८७. दायित्वबाट फुर्सद पाउने : दफा ६८५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुरा प्रमाणित गरेको अवस्थामा उत्पादकले दायित्व व्यहोर्नु पर्ने छैन :- (क) निजले त्रुटिपूर्ण उत्पादनको उत्पादन, बिक्री वा वितरण नगरेको,
(ख) निजले उत्पादन, पैठारी वा बिक्री वितरण गरेको वस्तु वा सेवा उत्पादन, पैठारी वा बिक्री वितरण गर्दाका बखत त्रुटिपूर्ण नरहेको वा बिक्री वितरण भइसकेपछि त्रुटिपूर्ण भएको, (ग) निजले उत्पादन गरेको वस्तु वा सेवा बिक्री, वितरणमा नरहेको वा बिक्री नगरिएको, (घ) उत्पादित वस्तु वा सेवा उपभोग गर्दा पालना गर्नु पर्ने निर्देशन उपभोक्ताले पालना नगरेको कारणले क्षति भएको, (ङ) उपभोक्ताले सही तरिकाबाट उत्पादन उपभोग नगरेको वा गर्न नहुने तरिकाबाट उपभोग गरेको कारणले क्षति भएको, (च) वस्तु वा सेवा उत्पादन वा वितरण गर्दाको बखत त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण थियो भन्ने वैज्ञानिक तथा प्राविधिक ज्ञान नरहेको, (छ) जुन उत्पादनबाट क्षति भएको छ त्यस्तो उत्पादनको उचित तरिकाबाट उपयोग नगरेमा क्षति हुन सक्ने जानकारी बिक्री गर्दाका बखत गराएको, (ज) हानि, नोक्सानी हुन्छ भन्ने थाहा हुँदाहुँदै वा थाहा हुनु पर्ने मनासिब कारण हुँदाहुँदै वस्तु वा सेवा उपभोग गरेको ।
८८८. दायित्वको मात्रा कम हुन सक्ने : यस परिच्छेदमा अन्यजुनसुकै कुरा लेखिएको भए तापनि त्रुटिपूर्ण उत्पादन गर्ने व्यक्ति तथा उपभोग गर्ने व्यक्ति दुवैको कारणबाट क्षति हुनु परेको कुरा प्रमाणित भए उत्पादनको दायित्व समानुपातिक तवरले कम हुन सक्छ । तर त्यसरी भएको क्षतिबाट तेस्रो पक्षलाई हानि, नोक्सानी भएकोमा त्यस्तो पक्षको हकमा दायित्वको मात्रा कम हुन सक्दैन ।
८८९. त्रुटिपूर्ण उत्पादन मानिने : कुनै व्यक्तिले उपभोग गरेको कुनै वस्तु वा सेवाको गुणस्तरभन्दा उच्च गुणस्तरको वस्तु वा सेवा बजारमा उपलब्ध भएको कारणले मात्र त्यस्तो वस्तु वा सेवालाई त्रुटिपूर्ण उत्पादन मानिने छैन ।
८९०. अन्य हक उपर प्रतिकूल असर नपर्ने : त्रुटिपूर्ण उत्पादनको कारणबाट जीउ, ज्यान वा सम्पत्ति उपर असर परेको व्यक्तिलाई कानून वा करार बमोजिम प्राप्त हक, हित वा दाबी उपर यस परिच्छेदमा लेखिएको कुनै पनि कुराले प्रतिकूल असर पर्ने छैन ।
८९१. हदम्याद : यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मकार पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले एक वर्षभित्र नालिस गर्न सक्नेछ ।
भाग-६ निजी अन्तर्राष्ट्रिय कानून सम्बन्धी व्यवस्था
६९२. यस भागको व्यवस्था लागू हुने : (१) विदेशी, विदेशी वस्तु वा विदेशमा भएको काम समावेश भएको निजी कानूनी सम्बन्ध सम्बन्धी कुनै पनि विषयमा यस भागको व्यवस्था लागू हुनेछ । (२) उपदफा (१) को सर्वसाधारणतामा प्रतिकूल असर नपर्ने गरी खास गरी देहायका विषयमा यो उपदफाको व्यवस्था लागू हुनेछ :- (क) विदेशीको कानूनी हैसियत तथा निजको सक्षमता, (ख) सम्बन्ध पश्चातहरूमध्ये कम्तीमा एक पक्ष विदेशी रहेको वैवाहिक सम्बन्ध, पैतृक तथा मातृक र अन्य पारिवारिक सम्बन्ध वा अंश, अपुताली सम्बन्धी विषय वा सोसँग सम्बन्धित काम, कारबाही भएको ठाउँ नेपाल बाहिर रहेको विषय, (ग) कम्तीमा एक सरोकारवाला पक्ष विदेशी रहेको र निजको विदेशमा रहेको सम्पत्ति सम्बन्धी विषय, (घ) कम्तीमा एक पक्ष विदेशी रहेको करार, गेरकरार सम्बन्धी अधिकार वा दायित्व सम्बन्धी विषय, (ङ) विदेशमा सम्पन्न भएको करार सम्बन्धी विषय । स्पष्टीकरण : यस भागको प्रयोजनका लागि “विदेशी” भन्नाले विदेशी प्राकृतिक व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले विदेशी मुलुक समेतलाई जनाउँछ ।
६९३. विदेशीको कानूनी सक्षमताको निर्धारण गरिने : (१) कुनै विदेशी प्राकृतिक व्यक्तिको कानूनी सक्षमता त्यस्तो व्यक्तिको नागरिकता रहेको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ । (२) उपदफा (१) बमोजिम विदेशी प्राकृतिक व्यक्तिको नागरिकता यकिन हुन नसकेमा निजले सामान्य रूपमा बसोबास (Habitual Residence) गरेको मुलुकको र निजको त्यस्तो बसोबास पनि यकिन हुन नसकेमा तत्काल निजले बसोबास गरेको मुलुकको कानुन बमोजिम निजको सक्षमता निर्धारण गरिनेछ । (३) कुनै संगठित संस्थाको कानूनी सक्षमता वा वैधानिक हैसियत निर्धारण गर्नु पर्दा त्यस्तो संस्था दर्ता भएको मुलुकको, त्यसरी दर्ता भएको मुलुक यकिन हुन नसकेमा त्यस्तो
संस्थाको प्रधान कार्यालय रहेको मुलुकको र त्यस्तो मुलुक पनि पहिचान हुन नसकेमा त्यस्तो संस्थाको कारोबारको स्थान रहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
६९४. विदेशी व्यक्ति बेपत्ता भएको वा निजको मृत्यु भएको अनुमान : (१) कुनै विदेशी व्यक्ति बेपत्ता भएको वा निजको मृत्यु भएको कुरा अनुमान गर्नु पर्दा त्यस्तो व्यक्तिको नागरिकता रहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) बमोजिम विदेशी व्यक्तिको नागरिकता यकिन हुन नसकेमा निजको सामान्य बसोबास रहेको मुलुकको कानून र त्यस्तो बसोबास पनि यकिन हुन नसकेमा निज बेपत्ता हुनु वा निजको मृत्यु भएको अनुमान गर्नुभन्दा तत्काल अघि बसोबास गरेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
६९५. हकवालाको निर्धारण विदेशी कानून बमोजिम गरिने : नेपालभित्र बसोबास गर्ने विदेशीको सम्पत्तिमा अपुताली परी निजको हकवाला निर्धारण गर्नु पर्दा त्यस्तो विदेशीको नागरिकता रहेको मुलुकको कानून बमोजिम र त्यसरी नागरिकता पहिचान हुन नसकेमा जुन मुलुकमा निजको सामान्य बसोबास रहेको छ सोही मुलुकको र त्यस्तो बसोबास पनि यकिन हुन नसकेमा तत्काल निजले बसोबास गरेको मुलुकको कानून बमोजिम हकवाला निर्धारण गरिनेछ ।
६९६. मृतकको अपुताली निर्धारण : (१) नेपालमा कुनै विदेशी व्यक्तिको मृत्यु भएको कारणले अपुताली खुला भई नेपालमा रहेको निजको सम्पत्तिको हकवाला र त्यसको प्राथमिकताक्रम निर्धारण गर्नु पर्दा त्यस्तो व्यक्ति मृत्यु हुँदाका बखत निजको नागरिकता कायम रहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
(२) उपदफा (१) बमोजिमको कानून यकिन हुन नसकेमा निजको मृत्यु हुँदाका बखत कायम रहेको निजको सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम र त्यस्तो मुलुक पनि यकिन हुन नसकेमा नेपाल कानून बमोजिम निर्धारण गरिनेछ ।
६९७. सङ्गठित संस्थाको प्रकृति निर्धारण : कुनै कम्पनी, प्रतिष्ठान (फाउन्डेसन) वा अन्य कुनै सङ्गठित संस्था पब्लिक वा प्राईभेट के हो सो कुरा निर्धारण गर्नु पर्दा त्यस्तो कम्पनी, प्रतिष्ठान वा सङ्गठित संस्था दर्ता भएको मुलुकको कानून बमोजिम र त्यस्तो कानून यकिन हुन नसकेमा त्यस्तो कम्पनी, प्रतिष्ठान वा सङ्गठित संस्थाको रजिष्ट्रार वा प्रधान कार्यालय रहेको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
६९८. सम्पत्तिको नियमन : (१) चल सम्पत्तिको अपुतालीसको नियमन मृतको मृत्यु हुँदाका बखत कायम रहेको सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम हुनेछ । (२) अचल सम्पत्तिको अपुतालीसको नियमन त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुनेछ ।
६९९. नेपाली नागरिकले विदेशमा विवाह गर्दा नेपाल कानून पालना गर्नु पर्ने : (१) नेपाली नागरिकले विदेशी मुलुकमा विवाह गर्दा नेपाल कानून बमोजिम निर्धारित सक्षमता, योग्यता र शर्त पूरा गर्नु पर्नेछ । (२) नेपाली नागरिकले विदेशमा विवाह गर्दा पूरा गर्नु पर्ने औपचारिकता विवाह गरेको मुलुकको कानून बमोजिम हुनेछ । तर विदेश स्थित नेपाली राजदुतावास वा महावाणिज्य दूतावासमा विवाह गर्दा नेपाल कानून बमोजिमको औपचारिकता पनि पूरा गर्नु पर्नेछ । (३) उपदफा (१) र (२) को प्रतिकूल हुने गरी भएको विवाहले नेपालभित्र मान्यता पाउने छैन ।
७००. विदेशीले नेपालमा विवाह गर्दा निजको मुलुकको कानून पालना गर्नु पर्ने : (१) विदेशीहरू वा विदेशी र नेपाली नागरिकले नेपालमा विवाह गर्दा विवाह गर्ने प्रत्येक व्यक्तिले आ–आफ्नो नागरिकता रहेको मुलुकको कानून बमोजिम निर्धारित सक्षमता, योग्यता र शर्त पालना गर्नु पर्नेछ । (२) नेपालमा विदेशीले विवाह गर्दा पूरा गर्नु पर्ने औपचारिकता नेपाल कानून बमोजिम हुनेछ । तर नेपालस्थित विदेशी राजदुतावास वा महावाणिज्य दूतावासमा विवाह गर्दा सम्बन्धित मुलुकको कानून बमोजिमको औपचारिकता पूरा गर्नु पर्नेछ । (३) उपदफा (१) र (२) को प्रतिकूल भएको विवाहले नेपालभित्र मान्यता पाउने छैन ।
७०१. विवाहको परिणाम आफ्नो मुलुकको कानून बमोजिम हुने : (१) विवाह पश्चात् दम्पतीको वैवाहिक सम्बन्ध तथा विवाहको परिणाम निजहरूको नागरिकता एउटै मुलुकको भए त्यस्तो मुलुकको कानून बमोजिम, त्यस्तो मुलुक फरक फरक भए निजहरूले सामान्य रूपमा बसोबास गरेको मुलुकको र त्यस्तो मुलुक पनि फरक फरक भए निजहरू तत्काल बसोबास गरेको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिम विवाहको परिणाम निर्धारण हुन नसकेमा निजहरूले विवाह गरेको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ ।
७०२. मातृक तथा पैतृक अख्तियारी नागरिकता रहेको मुलुकको कानुन बमोजिम हुने : (१) मातृक तथा पैतृक अख्तियारी लगायत आमा, बाबु र छोरा, छोरीको सम्बन्ध छोरा, छोरीको नागरिकता रहेको मुलुकको कानुन बमोजिम नियमित हुनेछ । (२) उपदफा (१) बमोजिमको कानुन यकीन नभएकोमा आमा, बाबु सामान्य रूपमा बसोबास गरेको मुलुकको कानुन र त्यस्तो मुलुक पनि यकीन नभएको अवस्थामा निजहरू तत्काल बसोबास गरेको मुलुकको कानुन बमोजिम नियमित हुनेछ ।
७०३. धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको नागरिकता रहेको मुलुकको कानुन बमोजिम हुने : धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्ति बीचको सम्बन्ध धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको नागरिकता रहेको मुलुकको कानुन बमोजिम र त्यस्तो कानुन यकीन हुन नसकेमा धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति सामान्य रूपमा बसोबास गरेको मुलुकको कानुन र त्यस्तो कानुन पनि यकीन हुन नसकेमा निजहरूले सामान्य रूपमा वैवाहिक जीवन यापन गर्दै आएको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ ।
७०४. संरक्षक वा माथवरको निर्धारण : (१) असक्षम वा अर्धसक्षम व्यक्तिको संरक्षक वा माथवरको निर्धारण त्यस्तो व्यक्तिको नागरिकता रहेको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ । (२) उपदफा (१) बमोजिमको मुलुक यकीन हुन नसकेमा निजको सामान्य बसोबास रहेको मुलुकको कानुन बमोजिम र त्यस्तो मुलुक पनि यकीन हुन नसकेमा निजको तत्काल बसोबास रहेको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ । (३) संरक्षक वा माथवर र संरक्षकता वा माथवरीमा रहेको व्यक्तिको सम्बन्ध संरक्षक वा माथवर भएको वा नियुक्त भएको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ । तर संरक्षकता वा माथवरी अन्तर्गत रहेको व्यक्तिको सामान्य बसोबास नेपालमा भएमा नेपाल कानुन बमोजिम निर्धारण हुनेछ ।
७०५. बसोबास रहेको मुलुकको कानुन बमोजिम निर्धारण हुने : (१) मानो छुट्टिएको विषय नियमन गर्नु पर्दा विवाहित दम्पती सामान्य रूपमा बसोबास गरेको मुलुकको कानुन बमोजिम नियमन हुनेछ ।
(२) उपदफा (१) बमोजिम नियमन गर्दा दम्पत्तिहरूको समान रूपमा बसोबास गरेको मुलुक फरक फरक भएमा निजहरू अन्तिम पटक समान रूपमा बसोबास गरेको मुलुकको कानून बमोजिम र त्यस्तो मुलुक पनि यकिन हुन नसकेमा जुन मुलुकको अदालतमा मानो चानलको मुद्दा रहेको छ, सोही मुलुकको कानून बमोजिम नियमन हुनेछ ।
७०६. विदेशमा भएको सम्बन्ध विच्छेदले मान्यता पाउने : नेपाली नागरिकहरू बीच वा नेपाली नागरिक र विदेशीबीच विदेशमा सम्बन्ध विच्छेद भएकोमा सम्बन्ध विच्छेद भएको मुलुकको कानून बमोजिम त्यस्तो सम्बन्ध विच्छेद भएको रहेछ भने त्यस्तो सम्बन्ध विच्छेदले नेपाल कानून बमोजिम मान्यता पाउनेछ र त्यस्तो कार्यान्वयन हुन सक्छ ।
७०७. स्वामित्वको अन्तरवस्तु सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुने : (१) कुनै सम्पत्तिको स्वामित्व वा भोगिधिकार अन्तर्गतको अन्तरवस्तु त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(२) अचल सम्पत्ति उपर स्वामित्व कायम हुने वा अन्त हुने अवस्था त्यस्तो सम्पत्ति रहेको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
७०८. गन्तव्यस्थलको कानून बमोजिम वस्तुको नियमन हुने : ढुवानी हुने क्रममा कुनै वस्तु पारवहनमा रहँदामा त्यस्तो वस्तु गन्तव्य स्थलको कानून बमोजिम नियमन हुनेछ ।
७०९. करार कानून पक्षहरूले निर्धारण गरे बमोजिम हुने : (१) कुनै करारलाई नियमित गर्ने कानून (गभर्निङ ल) त्यस्तो करारका पक्षहरूले करारमा निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम कानून निर्धारण नभएकोमा त्यस्तो करार परिपालना हुने मुलुकको र त्यस्तो मुलुक पनि यकिन हुन नसकेमा त्यस्तो करार सम्पन्न भएको मुलुकको कानून बमोजिम त्यस्तो करार नियमित हुनेछ ।
तर नेपालमा सम्पन्न भएको करार नेपाल कानूनबाट नै नियमित हुनेछ ।
७१०. विदेशमा भएको लिखतले मान्यता पाउने : नेपाल बाहिर गरिएको कुनै करार वा लिखतको वैधता जुन मुलुकमा त्यस्तो करार वा लिखत भएको हो त्यस्तो मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ र त्यस्तो मुलुकको कानून बमोजिम रीत पुगेको रहेछ भने त्यस्तो करार वा लिखत कानून सम्मत भएको मानिनेछ र नेपालमा मान्यता पाउनेछ ।
७११. दान बकस दातको नागरिकताको कानूनबाट नियमन हुने : (१) दान वा बकसको वैधताको विषय दान बकस दिँदाका बखत कायम रहेको दातको नागरिकताको कानून बमोजिम नियमन हुनेछ ।
(२) दान वा बकस जुन ठाउँमा दिएको हो सोही मुलुकको कानून बमोजिम औपचारिकता पूरा गरिएको भए रीतिपूर्वक दान वा बकस प्रदान गरिएको मानिनेछ ।
७१२. दुष्कृति वापत्तको दायित्व निर्धारण : (१) विदेशी, विदेशी वस्तु वा विदेशमा भएको काम समावेश भएको कानून बमोजिम दुष्कृति मानिने काम वापत्तको दायित्व निर्धारण गर्दा त्यस्तो काम भएको मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ । (२) उपदफा (१) बमोजिमको काम कुनै एक मुलुकमा प्रारम्भ भई त्यसको कारणबाट परिणाम अर्को मुलुकमा उत्पन्न भएमा परिणाम उत्पन्न भएको मुलुकको कानून बमोजिम दायित्व निर्धारण गरिनेछ । (३) उपदफा (२) बमोजिम दायित्व निर्धारण हुन नसकेमा जुन मुलुकमा दुष्कृति मानिने काम भएको छ सोही मुलुकको कानून बमोजिम निर्धारण गरिनेछ ।
७१३. अर्ध करार वा अनुचित सम्पत्ति वापत्तको दायित्व : अर्ध करार वा अनुचित सम्पत्ति वापत्तको दायित्व निर्धारण गर्नु पर्दा त्यस्तो काम भएको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
७१४. अन्य विषय निजी अन्तर्राष्ट्रिय कानूनका मान्य सिद्धान्त बमोजिम हुने : (१) यस भागमा उल्लेख नभएका विदेशी, विदेशी वस्तु वा विदेशमा भएको काम समावेश भएको कुनै विषयको सम्बन्धमा निर्धारण गर्नु पर्दा त्यस्तो विषयमा नेपाल कानूनमा छुट्टै व्यवस्था भएको रहेछ भने नेपाल कानून बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा निजी अन्तर्राष्ट्रिय कानूनका मान्य सिद्धान्त बमोजिम निर्धारण गरिनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उपदफा बमोजिमको विषय नेपाल कानून बमोजिम नै निर्धारण हुन सम्बद्ध विषयका सम्पूर्ण पक्षहरू सहमत भएमा त्यस्तो विषय नेपाल कानून बमोजिम निर्धारण गर्नु पर्नेछ ।
७१५. दोहोरो नागरिकता रहेकोमा सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम हुने : (१) यस भागमा नागरिकता रहेको मुलुकको कानून बमोजिम कुनै विषय निर्धारण हुने भनिएकोमा कुनै व्यक्तिको एकै पटक दुई वा दुईभन्दा बढी देशको नागरिकता रहेकोमा निजको नागरिकता रही सामान्य बसोबास गर्दै आएको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।
(२) उपदफा (१) बमोजिमको मुलुकको कानुन बमोजिम त्यस्तो विषय निर्धारण हुन नसकेमा नागरिकता रही अत्यन्त निकटतम सम्बन्धता रहेको (मोस्ट क्लोजेस्ट कनेक्सन) मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ । तर नेपाली नागरिकता समेत रहेको, नेपालमा सामान्य बसोबास रहेको वा गैरआवासीय नेपाली नागरिकको हकमा नेपाल कानुन बमोजिम निर्धारण हुनेछ । (३) उपदफा (१) बमोजिमको विषय शरणार्थी वा राज्यविहीन व्यक्तिको हकमा भए त्यस्तो व्यक्तिको सामान्य बसोबास रहेको मुलुकको कानुन बमोजिम र त्यस्तो कानुन पनि निर्धारण हुन नसकेमा निकटता तल्का बसोबास रहेको मुलुकको कानुन बमोजिम निर्धारण हुनेछ ।
७१६. विदेशी अदालतबाट मुद्दा कारबाही गर्न स्वीकृति दिन सक्ने : (१) नेपालको कुनै अदालतमा विदेशी पक्ष भई विचाराधीन रहेको मुद्दा त्यस्तो पक्ष रहे बसेको मुलुकको अदालतबाट समाधान गर्न उपयुक्त र व्यावहारिक भएको कारण जनाई मुद्दाका दुवै पक्षले अदालतमा संयुक्त निवेदन दिएमा र त्यसरी दिएको निवेदन जाँचबुझ गर्दा मनासिब देखिएमा अदालतले त्यस्तो मुद्दाका पक्षहरुको माग बमोजिमको विदेशी अदालतबाट मुद्दाको कारबाही गर्ने गरी स्वीकृति दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम अदालतले कुनै मुद्दाको सम्बन्धमा विदेशी अदालतबाट कारबाही गर्ने गरी स्वीकृति प्रदान गरिसकेपछि पुन: सोही विषयमा नेपालको अदालतबाट कारबाही गरिने छैन ।
७१७. नेपालको अदालतमा विचाराधीन मुद्दा मुल्तवी राख्न सक्ने : नेपालको अदालतमा पक्षहरु बीच कुनै मुद्दा विचाराधीन रहेको अवस्थामा त्यस्ता पक्षहरु बीच सोही विषयमा विदेशको कुनै अदालतमा समेत मुद्दा चलेकोमा र निजहरु बीच अर्को देशमा चलेको मुद्दामा हुने फैसलाबाट नेपालको अदालतमा चलेको मुद्दामा प्रत्यक्ष असर पर्न सक्ने देखि नेपालमा चलेको मुद्दा मुल्तवी राख्न पक्षहरुले निवेदन दिएमा अदालतले निजहरु बीच विदेशमा चलेको मुद्दा फैसला नभएसम्मको लागि त्यस्तो मुद्दा मुल्तवी राख्न सक्नेछ ।
७१८. नेपालको अदालतलाई क्षेत्राधिकार हुने : देहायका विषयका सम्बन्धमा उत्पन्न विवादको कारबाही र किनारा गर्ने क्षेत्राधिकार नेपालको अदालतलाई हुनेछ :- (क) नेपालभित्र बसोबास गर्ने विदेशीहरुबीच वा विदेशी र नेपाली नागरिक बीच यस संहिता वा अन्य कानुन बमोजिम नियमित भएका विषय,
(ख) नेपालमा बसोबास गर्ने विदेशी प्रतिवादी भएको मुद्दाको विषय, (ग) मृत्यु हुँदाका बखत नेपालमा सम्पत्ति भई नेपालमा बसोबास गर्ने विदेशीको अपुतानीको विषय, (घ) नेपाली नागरिक र विदेशी बीच विदेशमा लेनदेन व्यवहार वा कारोबार भएकोमा त्यसको भुक्तानी नेपालभित्र हुने विषय, (ङ) विदेशीहरूबीच वा विदेशी र नेपाली नागरिक बीच नेपालभित्र रहेको सम्पत्ति सम्बन्धी विषय, (च) नेपालभित्र सम्पन्न वा नेपालमा परिपालन हुने विदेशी व्यक्तिहरूबीच वा कम्तीमा एक पक्ष नेपालको नागरिक वा संगठित संस्था पक्ष रहेको करार सम्बन्धी विषय, (छ) पक्ष वा विपक्ष दुवै नेपाली नागरिक भएको वा नेपालमा सामान्य बसोबास भएका विदेशी रहेको नेपाल बाहिर भएको दुष्कृति, अधिकार वा अनुचित सम्बृद्धि सम्बन्धी विषय, (ज) नेपालका अदालतबाट निरुपण गर्नु पर्ने दफा ६९(को) उपदफा (२) अन्तर्गतका विषय ।
७१. मुद्दासँग सम्बन्धित अन्य विषय पनि नेपालको अदालतबाट समाधान हुन सक्ने : विदेशी संलग्न भई मुख्य विवादको समाधान गर्ने अधिकार क्षेत्र अन्तर्गत नेपालको अदालतमा चलेको कुनै मुद्दामा त्यससँग सम्बन्धित अन्य विषयको समेत समाधान गर्नु पर्ने देखिएमा अदालतले त्यस्तो विषयमा समेत आफ्नो अधिकार क्षेत्र ग्रहण गरी समाधान गर्न सक्छ ।
७२. सन्धि भएकोमा सोही बमोजिम हुने : यस भागमा उल्लेख भएका कुनै विषयका सम्बन्धमा नेपाल पक्ष भएको कुनै सन्धिमा छुट्टै व्यवस्था भएकोमा त्यस्तो व्यवस्था उपर यस परिच्छेदमा लेखिएको कुनै कुराले असर पार्ने छैन ।
७२१. यस परिच्छेदको व्यवस्था लागू नहुने : (१) यस भागमा अन्य जुनसुकै कुरा लेखिएको भए तापनि यस भाग अन्तर्गतका कानूनी व्यवस्था नेपालमा लागु गर्दा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) प्रतिकूल हुने रहेछ भने त्यस्तो अवस्थामा यस भागको व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको अवस्था उत्पन्न भएमा यस भागका विषयहरू अन्य सम्बद्ध मापदण्ड (लिङ्ग्विस्ट क्राइटेरिया) बाट र त्यस्तो मापदण्ड निर्धारण हुन नसकेमा नेपाल कानून बमोजिम नियमित हुनेछ ।**