फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।१।२३
१. फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७७ २०७७।०९।१३ २. फौजदारी कसूर (कैद कट्टा) (दोस्रो संशोधन) नियमावली, २०७९ २०७९।०५।२० ३. फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ २०८१।०२।२१
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका फौजदारी मुद्दाको कारबाही र किनारा गर्ने कानून बमोजिम अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारीलाई समेत जनाउँछ । (ख) “ऐन” भन्नाले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सम्झनु पर्छ । (ग) “मन्त्रालय” भन्नाले गृह मन्त्रालय सम्झनु पर्छ । (घ) “विभाग” भन्नाले कारागार व्यवस्थापन विभाग सम्झनु पर्छ ।
३. कैद कट्टा गर्न सकिने : (१) प्रचलित कानून बमोजिम कैद सजाय भई कैदमा रहेका कसूरदारको कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ऐनको दफा ३७ बमोजिमको अवधिको कैद सजाय भुक्तानी गरेमा निजलाई भएको कैद सजाय ऐन तथा यस नियमावली बमोजिम कट्टा गर्न सकिनेछ ।
(२) प्रचलित कानून बमोजिम सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई कैद भोगेरहेको ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानून बमोजिम कैद कट्टा गर्न सकिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३७ मा उल्लिखित कसूरदारका अतिरिक्त देहाय बमोजिमका कसूरदारलाई लागेको कैद कट्टा गर्न सकिने छैन:-
(क) राज्य विरुद्धका कसूरमा सजाय पाएको, (ख) युद्ध अपराध सम्बन्धी कसूरमा सजाय पाएको, (ग) विद्ध्वंसनात्मक अपराध सम्बन्धी कसूरमा सजाय पाएको, (घ) बालबालिका विरुद्धको यौन शोषण वा हिंसा सम्बन्धी कसूरमा सजाय पाएको, *(ङ) ................................ *(च) ................................ *(छ) ................................
४. चालचलनको अभिलेख राख्नु पर्ने : (१) ऐनको दफा ३७ को प्रयोजनको लागि प्रत्येक कारागारले आफ्नो कारागारमा रहेका कैदीको चालचलनको अभिलेख अनुसूची-१ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेख प्रत्येक तीन महिनामा अद्यावधिक गरी कारागारले विभागमा पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको अभिलेख विभागले मागेका बखत कारागारले उपलब्ध गराउनु पर्नेछ ।
(४) एउटा कारागारबाट कैदीलाई अर्को कारागारमा सार्दा यस नियम बमोजिमको अभिलेख समेत अद्यावधिक गरी कैदी सरी गएको कारागारमा पठाउनु पर्नेछ ।
५. निवेदन दिनु पर्ने : (१) अदालतको फैसला बमोजिम कैदको सजाय पाएका ऐनको दफा ३७ मा उल्लेख भएको अवधिको कैद सजाय भुक्तानी गरिसकेका र नियम ३ को उपनियम (३) मा उल्लिखित कसूरमा सजाय पाएका कसूरदार बाहेकका अन्य कसूरदारले आफूलाई भएको कैद सजाय कट्टा गरी पाउनको लागि देहाय बमोजिमका कागजातहरू संलग्न गरी आफू कैदमा रहेको कारागार समक्ष अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-
(क) नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि,
(ख) अन्तिम फैसलाको प्रमाणित प्रतिलिपि वा पुनरावेदन, पुनरावलोकन, मुद्दा दोहोर्याउने सम्बन्धी कारबाही गरे वा नगरेको व्यहोरा खुल्ने कागजात,
(ग) जरिवाना बुझाएको वा कैद बसेको प्रमाणित गर्ने कागजात,
(घ) सजाय माफी, मुलतबी, मिनाहा, परिवर्तन वा कम गर्ने कारबाही चलाएको भए सो व्यहोरा खुल्ने कागजात,
$^७$(घ१) ज्यान सम्बन्धी कसूरको हकमा पीडित आफैं वा निजको पति, पत्नी, बाबु, आमा, छोरा, छोरी, बाजे वा बज्यैले अनुसूची-२क. बमोजिमको ढाँचामा दिएको सहमति पत्र,
$^७$(घ२) अदालतको फैसला बमोजिम क्षतिपूर्ति वा बिगो बुझाउनु परे भएमा सम्बन्धित पक्षलाई त्यस्तो क्षतिपूर्ति वा बिगो बुझाएको निस्सा वा रसिद,
$^७$(घ३) अनुसूची-२ख. बमोजिमको ढाँचाको स्वघोषणा,
$^७$ तेस्रो संशोधनद्वारा थप।
(ङ) सजाय कट्टा गर्न सहयोग गर्ने अन्य कुनै कागजात भए त्यस्तो कागजात ।
^*(१क) प्रचलित कानुन बमोजिम सरकार वादी भई चलेको मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय पाई ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन बमोजिम कैद छुट हुन सक्ने अवधि पूरा गरेर यस नियमावली बमोजिम कैद कट्टा हुन सक्ने ज्येष्ठ नागरिक कैदीले आफूलाई भएको कैद कट्टा गरी पाउनको लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र उपनियम (१) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका कागजात संलग्न गरी आफू कैदमा रहेका कारागार समक्ष अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
*^(२) उपनियम (१) वा (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैंसट्ठी वर्ष उमेर पूरा भएको, कुष्ठ रोग लागेको, मानसिक अवस्था ठीक नभएको वा शारीरिक असक्तताको कारणले आफैंले निवेदन दिन नसक्ने कसूरदारको हकमा निजको परिवारका सदस्य वा त्यस्तो सदस्य नभएमा निजको નજીकको नातेदार वा त्यस्तो कोही नभएमा निज कैद पुर्याउनु अघि निजलाई पालन पोषण गरी आएको व्यक्ति वा संस्थाले त्यस्तो निवेदन दिन सक्नेछ। स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि "संस्था" भन्नाले जेष्ठ नागरिक वा असक्त वा असहाय अवस्थामा रहेका व्यक्तिको पालनपोषण तथा हेरचाह गर्नको लागि प्रचलित कानुन बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ ।
६. निवेदन उपर जाँचबुझ तथा सिफारिस : (१) नियम ५ बमोजिम परेका निवेदन उपर सम्बन्धित कारागारले जाँचबुझ गर्दा कैदीको चालचलनमा सुधार आएको, *ऐकको दफा ३७ वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन बमोजिम भुक्तानी हुन पर्ने कैद अवधि भुक्तानी गरेको र *ऐकको दफा ३७ वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन तथा यस नियमावली बमोजिम कैद सजाय कट्टा गर्न मिल्ने देखिएमा प्राप्त निवेदन र सोसँग संलग्न कागजात र नियम ४ बमोजिम राखिएको सम्बन्धित कैदीको चालचलन सम्बन्धी अभिलेख
समेत संलग्न गरी आफ्नो सिफारिस सहित सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कारागारबाट प्राप्त हुन आएको निवेदन र सोसाथ संलग्न कागजात उपर जाँचबुझ गर्दा कैद कट्टाको लागि निवेदन दिने कैदीको चालचलनमा सुधार आएको र ऐन वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन तथा यस नियमावली बमोजिम त्यस्तो कैदीको कैद सजाय कट्टा हुन सक्ने देखिएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले सोही व्यहोरा खुलाई कैद कट्टाको लागि अनुसूची-३ बमोजिमको ढाँचामा विभाग समक्ष सिफारिस गर्नु पर्नेछ।
$\Sigma$(३) उपनियम (२) बमोजिम प्राप्त सिफारिस सहितको निवेदन उपर जाँचबुझ गर्दा ऐन वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन तथा यस नियमावली बमोजिम कसूरदारलाई लागेको कैद कट्टा गर्न मनासब देखिएमा विभागले अनुसूची-३ बमोजिमका विषय समावेश भएको एकमुष्ट विवरण तयार गरी त्यस्तो कसूरदारको सम्बन्धमा उजुरी वा गुनासो गर्न सात दिनको समय दिई विभागको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।
$\nabla$(४) उपनियम (३) बमोजिमको म्याद भित्र पीडित पक्ष वा जाहेरवालाले उजुरी वा गुनासो गरेमा सो सम्बन्धमा समेत छानबिन गरी विभागले कैद कट्टा गर्न मनासब देखिएका कैदीको अन्तिम सूची तयार गरी निर्णयको लागि मन्त्रालयमा लेखी पठाउनु पर्नेछ।
७. नेपाल सरकारको निर्णय सहित स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने : (१) नियम ६ बमोजिम विभागबाट प्राप्त कागजात जाँचबुझ गर्दा कसूरदारलाई लागेको कैद ऐनको दफा ३७ वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन तथा यस नियमावली बमोजिम कट्टा गर्न मनासब देखिएमा मन्त्रालयले त्यस्तो कसूरदारलाई लागेको कैद कट्टा गर्ने निर्णयको लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कैद कट्टा सम्बन्धी निर्णयको लागि प्रस्ताव पेश गर्दा मन्त्रालयले वर्षमा बढीमा चार पटकसम्म गर्न सक्नेछ ।
* दोश्रो संशोधनद्वारा संशोधित। $\Sigma$ तेस्रो संशोधनद्वारा संशोधित $\nabla$ तेस्रो संशोधनद्वारा थप।
(३) उपनियम (१) बमोजिम प्राप्त प्रस्ताव मनासिब देखिएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले कसूरदारलाई लागेको कैद कट्टा गर्ने निर्णय गरी स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।
(४) उपनियम (३) बमोजिम नेपाल सरकारबाट भएको सिफारिस बमोजिम कुनै कसूरदारलाई ठेकेको कैद राष्ट्रपतिबाट कट्टी भएमा त्यसको सूचना नेपाल सरकार मन्त्रिपरिषद्लाई दिनु पर्नेछ ।
८. कैद कट्टा गर्न लेखी पठाउने : नियम ७ बमोजिम राष्ट्रपतिबाट कैद कट्टा गर्ने स्वीकृति प्राप्त भएपछि मन्त्रालयले सो निर्णय बमोजिम कसूरदारको कैद कट्टा गर्न विभाग मार्फत सम्बन्धित कारागारमा लेखी पठाउनु पर्नेछ ।
९. कैद कट्टा गर्नु पर्ने : (१) नियम ८ बमोजिम कैद कट्टाको लागि लेखी आएमा सम्बन्धित कारागारले राष्ट्रपतिबाट स्वीकृति प्रदान गरिए बमोजिमका कसूरदारको कैद कट्टा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कसूरदारको कैद कट्टा गरिएकोमा प्रचलित कानून बमोजिम कुनै निकायलाई जानकारी दिनु परे भएमा कारागारले त्यस्तो निकायलाई सोको जानकारी दिनु पर्नेछ।
१०. प्रचलित कानून बमोजिम कारबाही हुने : कारागार कार्यालयहरुबाट प्राप्त सिफारिस तथा कागजातहरु झुट्टा ठिरिएमा त्यस्तो झुट्टा सिफारिस गर्ने व्यक्ति वा पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
अनुसूची-१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
कैदीको चाल चलन सम्बन्धी अभिलेख
कारागार कार्यालय, ...................
चालचलन प्रमाणित गर्ने कारागार प्रमुखको; नाम, थर:
दस्तखत:
मिति:
अनुसूची-२ (※नियम ५ को उपनियम (१) र (१क) सँग सम्बन्धित) कैद कट्टा गर्न दिने निवेदनको ढाँचा
श्री प्रमुखज्यू, कारागार कार्यालय, ............................. ।
विषयः कैद कट्टा गरी पाऊँ ।
१. निवेदकको पूरा नाम, थर र ठेगानाः २. मुद्दाः ३. वादी र प्रतिवादीहरुको नाम, थर र ठेगानाः ४. मुद्दा फैसला गर्ने अदालतः ५. भएको सजायः ६. मुद्दा अन्तिम भएको मिति वा पुनरावेदन लाग्ने भए पुनरावेदनको म्याद समाप्त भएको मितिः ७. हालसम्म भुक्तान गरेको सजायः ८. कैद कट्टा गर्नु पर्ने आधार र औचित्यः ९. कैदीको स्वघोषणा: अब उप्रान्त कुनै पनि किसिमको कसूरजन्य क्रियाकलापमा संलग्न हुने छैन । कुनै कसूरमा संलग्न भएमा कैद कट्टा भएको सजाय समेत भोग्न मञ्जूर गर्दछु । मैले मलाई भएको सजाय उपर पुनरावेदन गरेको वा पुनरावलोकन वा मुद्दा दोहोराउने निवेदन दिई सो विचाराधीन रहेको अवस्था छैन । व्यहोरा साँचो हो, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला । म आफूले गरेको कसूरका लागि क्षमायाचना गर्दछु ।
निवेदकको; नाम थरः दस्तखतः मितिः
※ दोश्रो संशोधनद्वारा संशोधित ।
अनुसूची-२क. (नियम ५ को उपनियम (१) को खण्ड (घ१) सँग सम्बन्धित)
पीडितले दिने सहमति पत्रको ढाँचा
जिल्ला............साविक.....................न.पा./गा.पा./वि.स./...................वडा नं.......... भई हाल...............न.पा./गा.पा. वडा नं.......... बस्ने ...........को नाति/नातिनी......................को छोरा/छोरी वर्ष ....... को ............. विपक्षी भएको मुद्दाको पीडित/जाहेरवाला/पीडितको ..........नाताको हुँ।
................. अदालतको मिति ................को फैसला बमोजिम.............मुद्दामा............वर्ष कैद र .................... जरिवाना भै कैद भुक्तानी गरिरहेको जिल्ला............, ..............न.पा./गा.पा. वडा नं.............. घर भै हाल ........... कारागारमा थुनामा रहेको .............को नाति/नातिनी .............को छोरा/छोरी वर्ष ...........को ..............ले आफूले कसूर गरेकोमा पश्चाताप गरी आगामी दिनमा कुनै कसूरमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरेको साथै सो अदालतबाट निर्णय भए बमोजिमको जरिवाना/क्षतिपूर्ति/बीगो समेत कानून बमोजिम नतिरेको र निजको आचरणमा समेत सुधार भएको भनी निज रहेको कारागारबाट जानकारी प्राप्त भएकोले कैद छुट प्रयोजनको लागि कोही कसैको करकाप, डर धम्की र लोभ लालचमा नपरी आफ्नै राजीखुसीले कारागार प्रशासकको रोहवरमा यो सहमति प्रदान गरेको छु । उल्लेखित व्यहोरा ठीक साँचो हो, झुट्ठा ठरे कानून बमोजिम सहुँला बुझाउँला ।
कसूरदारको तर्फबाट पीडितको तर्फबाट नाम, थर : नाम, थर : ठेगाना : ठेगाना : नेपाली नागरिकता वा परिचयपत्र नं. : नेपाली नागरिकता वा परिचयपत्र नं.: मुद्दा : मुद्दा : कैदी रहेको कारागार : पीडित/पीडितसँगको सम्बन्ध: सहीछाप: सहीछाप :
रोहवर कारागार प्रशासक, कारागार कार्यालय.......................................। मिति.................
$^v$ तेस्रो संशोधनद्वारा थप।
अनुसूची-२ख.
(नियम ५ को उपनियम (१) को खण्ड (घ३) सँग सम्बन्धित) स्वघोषणाको ढाँचा
जिल्ला ............ साबिक................न.पा./गा.वि.स./...........वडा नं. ..... भई हाल........................न.पा./गा.पा. वडा नं.................. बस्ने...................को नाति/नातिनी......................को छोरा/छोरी वर्ष ..... को ..................... हुँ ।
सम्मानित.......................................अदालतको मिति................................को........................फैसला बमोजिम..................मुद्दामा..............वर्ष ......महिना ....... दिन.............कैद र ............... जरिवाना........ जरिवाना बिगो ......... क्षतिपूर्ति कायम भई मिति ................देखि हालसम्म .............वर्ष..........महिना.....दिन....... कैद भुक्तानि गरिसकेको छु । अदालतको फैसला बमोजिम तिर्नु बुझाउनु पर्ने जरिवाना/बिगो/क्षतिपूर्ति बुझाइसकेको र ................ प्रतिशत कैद भुक्तानि भै सकेकोले कैद छुट प्रयोजिका लागि सिफारिस गरी पाउन भनी अनुरोध गर्दछु। विगतमा मबाट भए गरेको कसूरमा पूर्ण पश्चाताप गर्दै आगामी दिनमा कुनै आपराधिक क्रियाकलापमा संलग्न नहुने र मेरो बाँकी जीवन असल नागरिकका रुपमा बिताउँदै परिवार, समाज र राष्ट्रको हित हुने कार्यमा समर्पित हुने प्रण गर्दछु। उल्लिखित व्यहोरा ठीक साँचो हो, झुट्ठा ठिरे कानून बमोजिम सहुल बुझाउँला।
स्वघोषणा गर्ने कैदीको,- स्वघोषणा गराउने अधिकारीको,- नाम,थरः नाम, थर : पद : सहिछापः सहिछाप: मिति:
औँठा छाप
दायाँ बायाँ
अनुसूची-३ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित) कैद कट्टाको लागि गरिने सिफारिसको ढाँचा
कैद कट्टा गर्न प्रयोजनका लागि तोकिएको कैदको ...... प्रतिशत कैद भुक्तान गरेका तथा ज्येष्ठ नागरिकहरूको हकमा तोकिएको उमेर पूरा गरेका कैदीहरूको बाँकी कैद कट्टाका लागि
प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रमुखको सिफारिस सहितको विवरण
माथि उल्लिखित कैदीको ⸺फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन बमोजिम बमोजिम भुक्तान गर्न पर्ने कैद अवधि भुक्तान भई सकेको, निजको चालचलनमा सुधार आएको र निजलाई भएको कैद सजाय ⸺सो ऐनको दफा ३७ वा ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानुन र फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम कट्टा गर्न मिल्ने देखिएकाले माथि उल्लेख भए बमोजिम भुक्तान गर्न बाँकी कैद कट्टाको निर्णय हुन् मनासिब देखिएको व्यहोरा सिफारिस गर्दछु ।
नाम थर: ...................................... पद: कारागार प्रमुख (जेलर) कार्यालय: कारागार कार्यालय, ....................... मिति: ...................................... कार्यालयको छाप:
नाम थर: ...................................... पद: प्रमुख जिल्ला अधिकारी कार्यालय: जिल्ला प्रशासन कार्यालय, ....... मिति: ...................................... कार्यालयको छाप
⸺ दोश्रो संशोधनद्वारा संशोधित।*