निക്ഷേप सुरक्षण नियमावली, २०७५ नेपाल राजपत्रमा प्रकाशित मिति २०७५/०३/३१
निക്ഷേप तथा कर्जा सुरक्षण ऐन, २०७३ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “निക്ഷേप सुरक्षण नियमावली, २०७५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलाएमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले निക്ഷേप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ सम्झनु पर्छ । (ख) “प्रमुख कार्यकारी अधिकृत” भन्नाले ऐनको दफा ४९ बमोजिम नियुक्त कोषको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले ऐनको दफा ४९ को उपदफा (५) बमोजिम तोकिएको वा खटाइएको अधिकृतलाई समेत जनाउँछ ।
३. निवेदन दिनु पर्ने : (१) बैंक वा वित्तीय संस्थाले सुरक्षित सदस्य संस्थाको सदस्यता लिन अनुसूची–१ बमोजिमको ढाँचामा कोष समक्ष निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन परेमा प्रमुख कार्यकारी अधिकृतले आवश्यक जाँचबुझ गर्दा व्यवहार मनासिब देखेमा त्यस्तो बैंक वा वित्तीय संस्थालाई नियम ४ बमोजिमको सदस्यता शुल्क लिई तीन दिनभित्र अनुसूची–२ बमोजिमको ढाँचामा सुरक्षित सदस्य संस्थाको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
४. सदस्यता शुल्क : सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि बैंक तथा वित्तीय संस्थाले कोष समक्ष निवेदन दिँदा त्यस्तो संस्थाको कुल चुक्ता पूँजीको शून्य दशमलव शून्य पाँच प्रतिशतले हुना आउने रकम सदस्यता शुल्क बापत बुझाउनु पर्नेछ ।
५. निക്ഷേप सुरक्षणमा रहेको मानिने : नियम ३ बमोजिम कोषबाट सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गरेका बखत त्यस्तो बैंक तथा वित्तीय संस्थामा कायम रहेका निക്ഷേपकर्ताको सुरक्षण योग्य निക്ഷേप सोही मितिदेखि स्वतः सुरक्षण भएको मानिनेछ ।
६. वार्षिक सुरक्षा शुल्क : (१) सुरक्षित सदस्य संस्थाले ऐनको दफा २१ को उपदफा (१) बमोजिम कोषले तोकेको वार्षिक सुरक्षा शुल्क बुझाउँदा सोही दफाको उपदफा (२) मा उल्लेख गरिए बमोजिम प्रत्येक तीन महिनाको लागि वार्षिक सुरक्षा शुल्कको एक चौथाइको दरले हुन आउने रकम कोषले तोकेको बैंक खातामा नगद, चेक, ड्राफ्ट, टी.टी, फण्डट्रान्सफर, स्विफ्ट वा कोषले तोकेको अन्य कुनै तरिकाबाट जम्मा गरी सोको भौचर र उपनियम (५) बमोजिमको विवरण समेत कोषमा दाखिल गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बुझाउनु पर्ने सुरक्षा शुल्क गणना गर्दा मुङ्टि निशेपको हकमा प्रत्येक तीन महिनाको अन्त्यमा निशेपकर्ताको खातामा कायम रहेको निशेप र अन्य निशेपको हकमा निशेपकर्ताको खातामा रहेको तीन महिनाको औसत निशेपको आधारमा शुल्क गणना गर्ने पर्नेछ ।
तर ऐनको दफा १९ को उपदफा (१) मा उल्लिखित सीमा भन्दा बढी हुने गरी सुरक्षा शुल्क गणना गर्न पाइने छैन ।
(३) सुरक्षित सदस्य संस्थाले उपनियम (२) बमोजिम सुरक्षा शुल्क गणना गर्ने प्रयोजनको लागि प्रत्येक निशेप खाताको अनुसूची–३ बमोजिमको ढाँचामा छुट्टैछुट्टै त्रैमासिक विवरण तयार गर्नु पर्नेछ ।
(४) सुरक्षित सदस्य संस्थाले उपनियम (३) बमोजिमको विवरण तयार गर्दा सो अवधिभित्र निशेपकर्ताको त्यस्तो खातामा रहेको अन्तिम दिनसम्मको निशेपलाई सोही दिनसम्मको औसत हिसाबले सुरक्षा शुल्क गणना गरी सोको विवरण समेत कोषमा पठाउनु पर्नेछ ।
(५) सुरक्षित सदस्य संस्थाले कोषलाई उपलब्ध गराएको उपनियम (३) वा (४) बमोजिमको विवरणमा कुनै निशेपको विवरण समावेश गर्न छुटेमा त्यसरी छुटेको निशेपमा लाग्ने सुरक्षा शुल्क ऐनको दफा २१ को उपदफा (२) बमोजिमको अवधि समाप्त भएको पैंतीस दिनभित्र त्यस्तो छुटेको विवरण सहित कोषमा दाखिला गर्नु पर्नेछ ।
(६) उपनियम (१) वा (५) बमोजिम सुरक्षित सदस्य संस्थाबाट सुरक्षा शुल्क प्राप्त भएपछि कोषले सोको भपाई वा विद्युतीय प्रणाली मार्फत सोको जानकारी सम्बन्धित सुरक्षित सदस्य संस्थालाई दिनु पर्नेछ ।
(७) यस नियम बमोजिम सुरक्षित सदस्य संस्थाले कोषमा बुझाएको सुरक्षा शुल्क फिर्ता हुने छैन ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षण हुनु नपर्ने निक्षेप वा सुरक्षण हुनुपर्ने भन्दा बढी रकमको निक्षेपमा सुरक्षण शुल्क गणना हुन गई आवश्यक भन्दा बढी सुरक्षण शुल्क कोषमा दाखिला भएको देखिएमा त्यसरी बढी भएको सुरक्षण शुल्क सुरक्षित सदस्य संस्थाले कोषसंग फिर्ता माग गर्न वा आगामी त्रैमासिक सुरक्षण शुल्कको हिसाबमा मिलान गरिदिन कोषलाई अनुरोध गर्न सक्नेछ ।
(९) उपनियम (८) बमोजिम अनुरोध प्राप्त भएमा कोषले जाँचबुझ गरी फिर्ता गर्न वा हिसाबमा मिलान गरिदिन सक्नेछ ।
७. गाभिएका वा एकीकरण भएका सुरक्षित सदस्य संस्थाको सुरक्षण शुल्क : कुनै सुरक्षित सदस्य संस्था अर्को सुरक्षित सदस्य संस्थामा गाभिएमा वा एकीकरण भएमा त्यसरी गाभिएपछि वा एकीकरण भएपछि कायम भएको नयाँ संस्थामा थप भएको सुरक्षण योग्य निक्षेपको विवरण र त्यसरी थप भएको निक्षेपको सुरक्षण शुल्क ऐनको दफा २१ को उपदफा (२) बमोजिमको अवधिभित्र कोषमा बुझाउनु पर्नेछ ।
८. विशेष योगदान सम्बन्धी व्यवस्था : ऐनको दफा २३ बमोजिम सुरक्षित सदस्य संस्थाले विशेष योगदानको रकम बुझाउने प्रक्रिया सम्बन्धी व्यवस्था कोषले त्यस्तो योगदान रकम तोकेका बखत निर्धारण गरे बमोजिम हुनेछ ।
९. सूचना तथा तथ्य बुझाउनु पर्ने : (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम सुरक्षित सदस्य संस्थाले कोषलाई सूचना तथा तथ्य बुझाउँदा अनुसूची–४ बमोजिमको ढाँचामा बुझाउनु पर्नेछ ।
(२) कोषले आवश्यक ठानेमा सुरक्षित सदस्य संस्थासँग सुरक्षण भएको निक्षेप सम्बन्धी अन्य कुनै सूचना तथा तथ्य माग गर्न सक्नेछ ।
(३) कोषले मागेको सूचना तथा तथ्य कोषलाई उपलब्ध गराउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।
१०. लिक्विडेटरसंग विवरण माग गर्ने : (१) ऐनको दफा ३१ को उपदफा (१) बमोजिम नेपाल राष्ट्र बैंकबाट कुनै सुरक्षित सदस्य संस्थाको वित्तीय लिक्विडेशन, लिक्विडेशन वा खारेज गर्न प्रचलित कानून बमोजिम प्रक्रिया सुरु भएको लिखित सूचना कोषलाई प्राप्त भएमा कोषले त्यस्तो सुरक्षित सदस्य संस्थामा रहेको निक्षेपकर्ताको निक्षेप सम्बन्धी विवरण पठाउन सम्बन्धित लिक्विडेटरलाई लेखी पठाउनु पर्नेछ ।
(२) उपियम (१) बमोजिम लेखी आइभिडिभिडेटरले दश दिनभित्र त्यस्तो सुरक्षित सदस्य संस्थामा रहेको निക്ഷേपकर्ताको निക്ഷേप सम्बन्धी विवरण अनुसूची–५ बमोजिमको ढाँचामा कोपालाई उपलब्ध गराउनु पर्नेछ ।
११. एजेन्टको छनोट गर्ने : कोपाले ऐनको दफा ३१ को उपदफा (३) को प्रयोजनको लागि समितिले निर्धारण गरेको शर्त तथा आधारमा नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त सुरक्षित सदस्य संस्थालाई एजेन्टको काम गर्न छनोट गर्नेछ ।
१२. भुक्तानी दाबीको लागि सूचना प्रकाशन गर्ने : (१) कोपाले कुनै सुरक्षित सदस्य संस्थाको लिक्विडेशन वा खारेजी प्रक्रिया सुरु भएको कारणबाट त्यस्तो सुरक्षित सदस्य संस्थाका निക്ഷേपकर्तालाई एजेन्ट मार्फत निക്ഷേप फिर्ता दिनु पर्ने भएमा सम्बन्धित लिक्विडेटर मार्फत एजेन्ट समक्ष निवेदन दिन ऐनको दफा ३१ को उपदफा (४) बमोजिम सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ । (२) उपियम (१) बमोजिम सूचना प्रकाशन भएपछि निക്ഷേपकर्ताले देहायका प्रमाण कागज सहित अनुसूची–६ बमोजिमको ढाँचामा सम्बन्धित लिक्विडेटर मार्फत एजेन्टसमक्ष निवेदन दिनु पर्नेछ :– (क) निക്ഷേपकर्ताको नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रमाणित प्रतिलिपि, (ख) निക്ഷേपकर्ताको नाममा सम्बन्धित सुरक्षित सदस्य संस्थामा रहेको कुनै निക്ഷേप खाता र सो खातामा सुरक्षण रकम भएको पुष्टि हुने वैँ स्टेटमेन्ट वा भौचर यस्तै कुनै प्रमाण कागज ।
१३. लाभग्राहीको निर्धारण : दुई वा दुईभन्दा बढी लाभग्राही भएको निക്ഷേपकर्ताको सुरक्षित रकमको निर्धारण देहायको आधारमा गर्नु पर्नेछ :– (क) सम्बन्धित लाभग्राहीले आ–आफ्नो भागमा पर्ने भनी रकम खुलाई संयुक्त निवेदन दिएमा सोही आधारमा, (ख) खण्ड (क) बमोजिम निवेदन नदिएमा वा सुरक्षित रकम निर्धारण हुन नसकेमा दामासाहीको आधारमा ।
१४. दाबी भुक्तानी नहुने : कोपाले देहायको निക്ഷേपको दाबी भुक्तानी गर्ने छैन :– (क) ऐनको दफा १९ को उपदफा (१) मा उल्लिखित सीमा भन्दा बढी निക്ഷേपको दाबी लिएमा त्यसरी बढी दाबी गरिएको निക്ഷേप,
(ख) ऐन वा यस नियमावली बमोजिम सुरक्षण नभएको निशेप, (ग) सुरक्षित सदस्य संस्था लिक्विडेसनमा गएको घोषणा भएपछिको सो संस्थामा जम्मा हुन आएको निशेप, (घ) सुरक्षित सदस्य संस्थाले ऐन वा यस नियमावली बमोजिम कोषलाई बुझाउनु पर्ने सुरक्षण शुल्क नबुझाएको निशेप, (ङ) लिक्विडेटरले प्रमाणित नगरेको निशेप, (च) लाभग्राहीको विवरण नखुलेको निशेप ।
१५. छानबिन गर्न सक्ने : ऐन वा यस नियमावली बमोजिम सुरक्षित सदस्य संस्थाले निशेपकर्तालाई दाबी भुक्तानी गर्नु अघि त्यस्तो दाबीका सम्बन्धमा कोषले आवश्यकता अनुसार निशेपकर्तासँग व्यक्तिगत रूपमा सोधपुछ गर्न वा निजले दाबी भुक्तानीको लागि पेश गरेको प्रमाण कागजातको बारेमा छानबिन गर्न सक्नेछ ।
१६. फेला नपरेका निशेपकर्ताको दाबी भुक्तानी : (१) ऐनको दफा ३१ बमोजिम तोकिएको समय सीमाभित्र दाबी भुक्तानी लिन नआउने निशेपकर्ताको निशेप सोही ऐनको दफा ३२ को उपदफा (१) बमोजिम कोषले आफ्नो नाममा नेपाल राष्ट्र बैंकमा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम जम्मा गरेको रकम भुक्तिका लागि कोषले सम्बन्धित निशेपकर्तालाई दफा ३१ को उपदफा (६) बमोजिम दाबी भुक्तानीको लागि तोकिएको समय सीमा समाप्त भएको ६ महिनाभित्र सार्वजनिक सूचनाद्वारा जानकारी गराउनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको सूचनाको आधारमा कसैले भुक्तानी दाबी गर्न आएमा कोषले आवश्यक जाँचबुझ गरी रकम भुक्तानी गर्न सक्नेछ ।
१७. कोषले अनुगमन गर्न सक्ने : (१) सुरक्षित सदस्य संस्थाले पेश गरेका निशेप सुरक्षण सम्बन्धी मासिक वा त्रैमासिक विवरणको सम्बन्धमा कोषले ऐनको दफा ५३ को अधीनमा रही आवश्यकता अनुसार अनुगमन गर्न सक्नेछ । (२) उपदफा (१) को प्रयोजनका लागि कोषले त्यस्तो सुरक्षित सदस्य संस्थाको वित्तीय विवरण, वार्षिक सुरक्षण शुल्क गणनाको आधार, निशेप र निशेपकर्ताको विवरणका साथै निशेप सुरक्षण योजनाको सम्बन्धमा सार्वजनिक रूपमा सूचना प्रवाह गरे, नगरेको सम्बन्धमा स्थलगत अनुगमन गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम स्थलगत अनुगमन गर्दा कोषले सुरक्षित सदस्य संस्थासँग आवश्यक अन्य विवरण कागजात वा जानकारी माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम कोषले माग गरेको विवरण कागजात वा जानकारी उपलब्ध गराउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।
१८. विद्युतीय रजिष्टर राख्नु पर्ने : (१) सुरक्षित सदस्य संस्थाले सुरक्षित निष्पन्काकर्ताको विवरण कोषले चाहेको बखत हेर्न सक्ने गरी विद्युतीय प्रणालीमा रजिष्टर खडा गरी सुरक्षित रूपमा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको विद्युतीय रजिष्टर सुरक्षित सदस्य संस्थाले आफ्नो र कोषको सम्बन्धित विभागीय प्रमुखबाट प्रमाणित गराई आफ्नो र कोषको प्रत्यक्ष संयुक्त नियन्त्रण र रेखदेखमा सुरक्षित रूपमा राख्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको विद्युतीय रजिष्टरमा विवरण राख्दा कसैले हेरफेर गर्न नमिल्ने गरी सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ ।
१९. व्यक्तिगत विवरण उपलब्ध गराउन नहुने : सुरक्षित सदस्य संस्थाले ऐन वा यस नियमावली बमोजिम कोषमा प्राप्त हुन आएका निष्पन्काकर्ताको व्यक्तिगत विवरण प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने निकाय वा अदालतले मागेका बखतमा बाहेक अरु कसैलाई उपलब्ध गराउनु हुँदैन ।
२०. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने : मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।
अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि दिने निवेदनको ढाँचा
पत्र संख्या:- मिति :
श्री प्रमुख कार्यकारी अधिकृतज्यू निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ ।
विषय : सुरक्षित सदस्य संस्थाको सदस्यता पाऊँ ।
यस संस्थाले ऐन बमोजिम कोषको सुरक्षित सदस्य संस्थाको सदस्यताको लागि देहायका विवरण कागजातसहित यो निवेदन पेश गरेको छ । ऐन, नियमावली तथा कोषबाट समय समयमा जारी हुने निर्देशन तथा आदेशको पालना गर्न यो संस्था प्रतिबद्ध छ ।
संलग्न कागजात: निवेदक संस्थाको तर्फबाट (क) सञ्चालक समितिको अख्तियारी, अधिकारप्राप्त अधिकारीको,– (ख) नेपाल राष्ट्र बैंकबाट प्राप्त इजाजतपत्रको प्रमाणित प्रतिलिपि, सही : (ग) कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नाम, थर: (घ) आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, पद : (ङ) कोषले तोकेको अन्य कागजात ।
निवेदक संस्थाको नाम: ठेगाना:
संस्थाको छाप
अनुसूची-२ (नियम ३ को उपनियम (४) सँग सम्बन्धित)
सुरक्षित सदस्य संस्थाको सदस्यता प्रमाणपत्रको ढाँचा
सदस्यता नं : ....................
निधेष तथा कर्जा सुरक्षण कोष केन्द्रीय कार्यालय काठमाडौँ ।
सुरक्षित सदस्य संस्थाको सदस्यता प्रमाणपत्र
कोषको मिति .................... निर्णय अनुसार निधेष तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १५ बमोजिम कोषको सुरक्षित सदस्य संस्थाको रुपमा यो सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ ।
मिति : .................... (....................................) प्रमुख कार्यकारी अधिकृत
अनुसूची–३ (नियम ६ को उपनियम (३) सँग सम्बन्धित)
निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ । सुरक्षित निक्षेपको त्रैमासिक विवरण
सदस्य संस्थाको नाम : संस्था सदस्यता नं : २०...... साल आषाढ/आश्विन/पौष/चैत्र मसान्तको अन्त्यमा निक्षेपकर्ताको निक्षेप खातामा कायम रहेको निक्षेपको विवरण यस प्रकार रहेको छ । निक्षेपको किसिम: चल्ती/बचत/मुद्दती/अन्य (रकम रु मा)
| क्र.स | ग्राहक परिचय नं | शाखा कोड | खाताको किसिम | खाता नं | निक्षेपकर्ताको नाम | खाता खोलेको मिति | महिनाको अन्त्यमा कायम रहेको मौज्दात | मुद्रा विनिमय दर | विनिमय महिनाको अन्त्यमा कायम रहेको कुल मौज्दात | औषत निक्षेप | जम्मा भएको व्याज | आर्जित व्याज सहित कुल औषत रकम | | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | :--- | | (१) | (२) | (३) | (४) | (५) | (६) | (७) | (८) | (९) | (१०) | (११) | (१२) | (१३) | (१४) | | | | | | | | | | | | | | | | | | | | | | | | | | | | | | |
नोट : (१) औषत निक्षेप हिसाब गर्दा सदस्य संस्थाले निक्षेपकर्तालाई बचत खातामा ब्याज दिँदा प्रयोग गर्ने गणना विधिलाई आधार लिनु पर्नेछ । (२) त्रैमासिक विवरण पठाउनु अघि कुनै निक्षेप खाता बन्द गरेको भएकोमा सोको सुरक्षा शुल्क माथि उल्लिखित विधि अनुसार गणना गर्नु पर्नेछ । (३) सुरक्षा शुल्क गणना गर्दा सुरक्षा योग्य निक्षेप खाताहरुमा रहेको निक्षेपलाई एकमुष्ठ गरी सुरक्षा शुल्क गणना गर्नु पर्नेछ । (४) विदेशी मुद्राको सुरक्षा शुल्क निर्धारण गर्दा सुरक्षा शुल्क बुझाउने महिनाको अन्तिम दिनको विनिमय दरलाई आधार मानी गणना गर्नु पर्नेछ ।
अनुसूची–४ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
प.सं....च.नं........ मिति : ............ निधेष तथा कर्जा सुरक्षण कोष काठमाडौँ ।
विषय : निधेषको मासिक विवरण पेश गरेको ।
.................. महिनाको अन्त्यसम्ममा यस ....................................................मा रहेको निधेषकर्ता निधेषको विवरण देहाय बमोजिम रहेको व्यहोरा जानकारी गराउँदछु ।
निधेषकर्ताको निधेषको विवरण
द्रष्टव्य : (१) विवरणमा व्याज गणनाको अवधि र व्याज दर उल्लेख गर्नु पर्नेछ । (२) कूल निशेप रकम लिक्विडेसनमा गएको घोषणा भएको दिनसम्मको खुलाउनु पर्नेछ । (३) सम्पत्तिरात दाबी योग्य रकम ऐनको दफा १९ को उपदफा (१) को सीमासम्म रहनेछ ।
आधिकारिक व्यक्तिको, दस्तखत:.......................... नाम:.............................. पद:..............................
अनुसूची–५ (नियम १० को उपनियम (२) सँग सम्बन्धित) लिक्वीडेटरले कोषमा निष्पेषकर्ताको विवरण पठाउने ढाँचा
रकम रु.मा
लिक्वीडेटरको, दस्तखत : =================== नाम : ========================= मिति : ========================
अनुसूची–६ (नियम १२ को उपनियम (२) सँग सम्बन्धित )
पत्रसंख्या:- मिति:-
श्री ================================।
विषय:- सुरक्षण निक्षेपको भुक्तानी दाबी बारे ।
=======================================संस्था लिक्विडेसनमा गएको/खारेजीमा परेकोले सो संस्थामा रहेको सुरक्षित निक्षेपको भुक्तानी दाबी गर्न मिति ============सूचना प्रकाशन भएकोमा सो संस्थामा रहेको मुद्दती/चलती/बचत निक्षेपमा खातामा मेरो/हाम्रो नाममा रहेको रकम रु ============================सुरक्षित रहेकोले उक्त निक्षेपको भुक्तानी पाउन देहायका प्रमाण कागज संलग्न गरी यो भुक्तानी दाबी पेश गरेको छु/गरेको छौँ । यसमा लेखिएको व्यहोरा ठीक साँचो हो, झुट्ठा ठरेको कानून बमोजिम सहुल बुझाउँला ।
संलग्न कागजात (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, (ख) सुरक्षित सदस्य संस्थाको ==========निक्षेप खातामा रकम जम्मा गरेको भौचर/खातामा रकम रहेको बैंक स्टेटमेन्ट ।
निवेदक निक्षेपकर्ताको,– दस्तखत : नाम : ठेगाना : सम्पर्क नं : संस्थाको छाप :