भन्सार महसुल नियमावली, २०८१ नेपाल राजपत्रमा प्रकाशित मिति २०८१।०८।०६
१. भन्सार महसुल (पहिलो संशोधन) नियमावली, २०८२ २०८२।०२।१५ २. भन्सार महसुल (दोस्रो संशोधन) नियमावली, २०८३ २०८३।०२।१५
भन्सार महसुल ऐन, २०८१ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “भन्सार महसुल नियमावली, २०८१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “अस्थायी पैठारी” भन्नाले वस्तु, यन्त्र उपकरण वा सवारी वा डुबाउनीको साधन कुनै निश्चित अवधि तोकी नेपालमा अस्थायी रूपमा पैठारी गरिने व्यवस्था सम्झनु पर्छ। (ख) “ऐन” भन्नाले भन्सार महसुल ऐन, २०८१ सम्झनु पर्छ। (ग) “बण्डेड वेयरहाउस” भन्नाले भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त वेयरहाउस सम्झनु पर्छ। (घ) “वस्तु धनी” भन्नाले निकासी वा पैठारी हुने जुनसुकै वस्तुको धनी सम्झनु पर्छ।
परिच्छेद-२ वस्तुको अस्थायी पैठारी तथा अस्थायी निकासी
३. वस्तुको अस्थायी पैठारी गरी फिर्ता लैजाने प्रक्रिया: (१) ऐनको दफा ७ को उपदफा (६) बमोजिम नेपालभित्र कुनै वस्तु अस्थायी पैठारी गरी फिर्ता लैजानु पर्ने वस्तु धनीले
पैठारी प्रयोजन सहित प्रज्ञापिपत्रमा विवरण खुलाई सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पैठारीकर्ताले अस्थायी पैठारी हुने वस्तुमा लाग्ने महसुल बापतको रकम नगद धरौटी वा बैङ्क जमानत दाखिल गर्नु पर्नेछ।
(३) हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न अस्थायी पैठारी गरिएको वस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको भ्याद बाहेक तिस दिनभित्र फिर्ता लैजानु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम वस्तु अस्थायी पैठारी गर्दा भन्सार अधिकृतले लाग्ने महसुल नलिई अभिलेख मात्र राखी पैठारी गर्न दिन सक्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम अस्थायी पैठारी भएको वस्तु नेपालभित्र खपत भएको अवस्थामा त्यस्तो खपत भएको वस्तुमा लाग्ने महसुल सम्बन्धित पैठारीकर्ताबाट असुल गरिनेछ।
(६) यस नियम बमोजिम अस्थायी पैठारी भएको वस्तु जुन भन्सार कार्यालयबाट पैठारी भएको हो सोही भन्सार कार्यालयबाट फिर्ता लैजानु पर्नेछ।
(७) उपनियम (६) बमोजिम एउटै भन्सार कार्यालयबाट फिर्ता लैजान नसकिने अवस्था भएमा सम्बन्धित व्यक्तिले कारण खोली विभागमा निवेदन दिन सक्नेछ। त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिब देखिएमा यस नियमको प्रयोजनको लागि विभागले कुनै अर्को भन्सार कार्यालयबाट समेत त्यस्तो वस्तु फिर्ता लैजान अनुमति दिन सक्नेछ।
(८) कुनै वस्तु अस्थायी पैठारी हुँदा सो वस्तुको उपयोग र परिवहनका लागि त्यस्तो वस्तुसँगै आपूर्ति हुने, बारम्बार प्रयोगमा आउने र वस्तुको प्रयोग गर्दासमय खाली गर्न नसकिने किसिमको आधापात्र (कन्टेनर) पछि निकासी हुने शर्तमा पैठारी गर्दा लाग्ने महसुल बापतको रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापिपत्रमा निकासी हुने अवधि तोकी भन्सार अधिकृतले महसुल नलिई पैठारी गर्न अनुमति दिन सक्नेछ।
तर त्यस्तो आधािपात्रभित्र रहेको वस्तु उपभोग गर्ने व्यक्तिले सो आधािपात्रबाट अन्य आधािपात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो वस्तुको आधािपात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन।
(९) उपनियम (८) बमोजिम बैङ्क जमानत राखी अस्थायी पैठारी भएको आधािपात्र प्रज्ञापिपत्रमा तोकेको अवधिभित्र निकासी नभएमा लाग्ने महसुल बैङ्क जमानतबाट असुल गरिनेछ।
४. मर्मत गर्नको लागि वस्तुको अस्थायी पैठारी गर्ने: (१) कुनै वस्तु मर्मत गर्नको लागि अस्थायी पैठारी गर्नु परेमा सो वस्तु धनीले वस्तुको भएसभमको नम्बर, साइज र स्पेसिफिकेशन समेतको पूरा विवरण प्रज्ञापिपत्रमा खुलाई भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रज्ञापिपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले त्यस्तो वस्तुमा पैठारी गर्दा लाग्ने महसुल बापतको रकम नगद धरौटी लिई प्रज्ञापिपत्रमा छ महिनाभित्र मर्मत गरी फिर्ता लैजाने व्यहोरा उल्लेख गरी जाउँपास गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम अस्थायी पैठारी भएको वस्तु पैठारी भएको मितिले छ महिनाभित्र मर्मत गरी निकासी गरेमा र मर्मत खर्च बापतको रकम भुक्तानी भएको प्रमाण पेश गरेमा वस्तु पैठारी गर्दा राखेको धरौटी फिर्ता दिइनेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र फिर्ता नलगेमा वा अस्थायी पैठारी गर्दा उल्लेख गरेको वस्तुको विवरणसँग निकासी गर्न ल्याएको वस्तुको विवरण नभडाप नभएमा वा मर्मत खर्च बापतको रकम भुक्तानी गरेको प्रमाण पेश नभएमा त्यस्तो वस्तु र वस्तु पैठारी गर्दा राखेको धरौटी जफत गरिनेछ।
(५) हवाई सेवा सञ्चालन गर्ने गरी दर्ता भएको हवाई कम्पनीले हवाईजहाज वा हेलिकप्टरको इन्जिन मर्मत गर्नु परे भई त्यस्तो इन्जिन मर्मत गर्न लाग्ने अवधिको लागि विदेशबाट भाडामा इन्जिन अस्थायी पैठारी गर्नु परेमा र लाग्ने भन्सार महसुल बराबरको बैङ्क जमानत भन्सार कार्यालयमा बुझाएमा भन्सार अधिकृतले बढीमा छ महिनासम्मको लागि अस्थायी पैठारी गर्न अनुमति दिन सक्नेछ। सो अवधिभित्र त्यस्तो इन्जिन फिर्ता लगेमा बैङ्क जमानत फुकुवा गरिनेछ र सो अवधिभित्र फिर्ता नलगेमा नियमित पैठारी गरे सरह महसुल असुल गरिनेछ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै वस्तु मर्मत गर्न अस्थायी पैठारी गर्दा धरौटी नलिई सोको अभिलेख मात्र राखी ल्याउन र फिर्ता लैजान दिइनेछ।
५. वस्तुको अस्थायी निकासी गरी फिर्ता ल्याउने प्रक्रिया: (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम कुनै वस्तुको कच्चापदार्थ प्रशोधन गर्न वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्न वा .... अन्य कुनै उद्देश्यको लागि नेपालबाट विदेशी मुलुकमा कुनै वस्तु अस्थायी निकासी गर्नु परेमा वस्तु धनीले निकासीको प्रयोजन सहित प्रज्ञापनपत्रमा विवरण खुलाई भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अस्थायी निकासी गर्दा निकासीकर्ताले अस्थायी निकासी हुने वस्तुको मूल्यको एक प्रतिशतले हुने रकम नगद धरौटी वा बैङ्क जमानत दाखिल गर्नु पर्नेछ।
(३) हाटबजार, मेला वा प्रदर्शनीमा बिक्री वितरण गर्न अस्थायी निकासी गरिएको वस्तु हाटबजारको हकमा भोलिपल्ट र मेला वा प्रदर्शनीको हकमा त्यस्तो मेला वा प्रदर्शनी समाप्त भएको मितिले बाटाको म्याद बाहेक सात दिनभित्र फिर्ता ल्याउनु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको सार्वजनिक संस्था वा कूटनीतिक नियोगको सिफारिसमा यस नियम बमोजिम वस्तु अस्थायी निकासी गर्दा भन्सार अधिकृतले अभिलेख मात्र राखी निकासी गर्न दिन सक्नेछ।
(५) उपनियम (३) वा (४) बमोजिम अस्थायी निकासी भएको वस्तु विदेशमा खपत भई त्यस्तो खपत भएको वस्तुमा महसुल लाग्ने भएमा लाग्ने महसुल सम्बन्धित निकासीकर्ताबाट असुल गरिनेछ।
(६) यस नियम बमोजिम अस्थायी निकासी भएको वस्तु जुन भन्सार कार्यालयबाट निकासी भएको हो सोही भन्सार कार्यालयबाट फिर्ता ल्याउनु पर्नेछ।
. पहिलो संशोधनद्वारा झिकिएको। ▲ पहिलो संशोधनद्वारा संशोधित। ™ दोस्रो संशोधनद्वारा संशोधित।
(७) उपनियम (६) बमोजिम एउटै भन्सार कार्यालयबाट फिर्ता ल्याउन नसकिने अवस्था भएमा सम्बन्धित व्यक्तिले कारण खोली विभागमा निवेदन दिन सक्नेछ। त्यस्तो निवेदनमा उल्लेख भएको कारण मनासिब देखिएमा यस नियमको प्रयोजनको लागि विभागले कुनै अर्को भन्सार कार्यालयबाट समेत त्यस्तो वस्तु फिर्ता ल्याउन अनुमति दिन सक्नेछ।
(८) कुनै वस्तु अस्थायी निकासी हुँदा सो वस्तुको उपयोग र परिवहनको लागि त्यस्तो वस्तुसँगै आपूर्ति हुने, बारम्बार प्रयोगमा आउने र वस्तुको प्रयोग गर्दासमयमा खाली गर्न सकिने किसिमको आधापात्र (कन्टेनर) निकासी गर्दा लाग्ने महसुल बापत सो रकम बराबरको बैङ्क जमानत लिई प्रज्ञापिपत्रमा फिर्ता हुने अवधि तोकी भन्सार अधिकृतले महसुल नलिई निकासी गर्न अनुमति दिन सक्नेछ।
तर त्यस्तो आधापात्रभित्र रहेको वस्तु उपभोग गर्ने व्यक्तिले सो आधापात्रबाट अन्य आधापात्रमा खन्याई उपभोग गर्न सकिने रहेछ भने त्यस्तो वस्तुको आधापात्रमा यस नियम बमोजिमको सुविधा प्रदान गरिने छैन।
(९) उपनियम (८) बमोजिम बैङ्क जमानत राखी अस्थायी निकासी भएको आधापात्र प्रज्ञापिपत्रमा तोकेको अवधिभित्र फिर्ता नभएमा महसुल लाग्ने भएमा बैङ्क जमानतबाट असुल गरिनेछ।
(१०) कुनै उद्योगले स्वप्रयोजनको लागि उपनियम (८) बमोजिमको खाली आधापात्रमा वस्तु राखी ल्याउनको लागि त्यस्तो आधापात्र अस्थायी निकासी गर्न चाहेमा सोही व्यहोरा खुलाई भन्सार अधिकृत समक्ष निवेदन दिनुपर्नेछ।
(११) उपनियम (१०) बमोजिम निवेदन प्राप्त हुन आएमा सम्बन्धित भन्सार अधिकृतले त्यस्तो खाली आधापात्रको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो रकम बराबरको कम्तीमा छ महिना म्याद भएको बैङ्क जमानत लिई तीन महिनासम्मको अवधि दिई सो अवधिभित्र त्यस्तो आधापात्रमा वस्तु राखी पुनः पैठारी गर्ने शर्तमा सो आधापात्र अस्थायी निकासी गर्न अनुमति दिनुपर्नेछ।
(१२) उपनियम (११) बमोजिमको अवधिभित्र कुनै कारणले त्यस्तो आधापात्र पुनः पैठारी गर्न नसकेको कारण सहित सम्बन्धित उद्योगले अवधि थपको लागि निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले बढीमा एक महिनाको अवधि थप गरिदिन सक्नेछ।
(१३) उपनियम (११) वा (१२) बमोजिमको अवधिभित्र सम्बन्धित उद्योगले त्यस्तो आधापात्रमा वस्तु राखी पुनः पैठारी गरेमा भन्सार अधिकृतले सो वस्तुमा लाग्ने महसुल असुल गरी उपनियम (११) बमोजिम त्यस्तो उद्योगले नगद धरौटी राखेको भए सो धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो जमानत फुकुवा गर्नेछ।
(१४) उपनियम (११) वा (१२) बमोजिमको अवधिभित्र सम्बन्धित उद्योगले त्यस्तो आधापात्र पुनः पैठारी गरी ल्याएमा वा अवधि नाघेपछि पुनः पैठारी गरी ल्याएमा भन्सार अधिकृतले त्यस्तो उद्योगले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ। त्यसरी अवधि नाघेपछि पुनः पैठारी गरी ल्याएमा आधापात्रमा ल्याएको वस्तुमा लाग्ने महसुल लिई जाँचपास गर्नु पर्नेछ।
(१५) विदेशमा कार्य गर्न गई ठेक्का प्राप्त गरेको नेपाली व्यक्तिले त्यस्तो कार्यको लागि आवश्यक पर्ने सवारी वा ढुवानीको साधन, यन्त्र उपकरण तथा तिनका पार्टपुर्जा लैजान चाहेमा त्यसरी लैजान चाहने व्यक्तिले आवश्यक प्रमाण सहित भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिनु पर्नेछ।
(१६) उपनियम (१५) बमोजिमको निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँच गर्दा मनासिब देखेमा निवेदकको माग बमोजिम महसुल नलिई अस्थायी निकासी गर्न अनुमति दिन सक्नेछ। त्यसरी निकासी भएको वस्तु कार्य सम्पन्न भएपछि फिर्ता ल्याउँदा महसुल लाग्ने छैन।
(१७) नेपालमा उत्पादित वस्तु गुणस्तर परीक्षण गराउन अस्थायी निकासी गर्नु परेमा त्यस्तो वस्तुको मूल्यको पाँच प्रतिशत नगद धरौटी लिई भन्सार कार्यालयको प्रमुखले निकासी गर्न अनुमति दिन सक्नेछ।
(१८) उपनियम (१७) बमोजिम परीक्षणको लागि अस्थायी निकासी गरेको वस्तु तीन महिनाभित्र फिर्ता ल्याएमा परीक्षण खर्चमा लागेको रकममा लाग्ने महसुल लिई त्यस्तो वस्तु निकासी गर्दा राखेको धरौटी रकम फिर्ता दिइनेछ।
(१९) उपनियम (१८) बमोजिम परीक्षणको लागि अस्थायी निकासी गरिएको वस्तु तीन महिनापछि फिर्ता ल्याएमा नयाँ वस्तु पैठारी गरे सरह महसुल लाग्नेछ।
६. बस वा ट्रकको चेसिसको अस्थायी निकासी गर्ने: (१) कुनै व्यक्तिले आफूले पैठारी गरेको वा नेपालभित्र खरिद गरेको बस वा ट्रकको चेसिस पैठारी वा खरिद गरेको मितिले तीन महिनाभित्र बढी बढाउनको लागि निकासी गर्न चाहेमा त्यस्तो चेसिस पैठारी गर्दाको प्रज्ञापिपत्र वा बीजक संलग्न गरी भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा भन्सार अधिकृतले बस वा ट्रकको चेसिसको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो बराबरको बैङ्क जमानत लिई छ महिनाभित्र बढी बणाई पुनः पैठारी गर्ने शर्तमा निकासी गर्न अनुमति दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिसबाट छ महिनाभित्र बढी बणाई पुनः पैठारी गरेमा भन्सार अधिकृतले बढी बणाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी पैठारीकर्ताले नगद धरौटी रकम राखेको भए त्यस्तो नगद धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानत फुकुवा गर्नेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र सम्बन्धित व्यक्तिले त्यस्तो बस वा ट्रकको बढी बणाई पुनः पैठारी गरी ल्याएमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ।
(५) उपनियम (२) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिस यस नियम बमोजिमको अवधि नाघेपनि पुनः पैठारी गरी ल्याएकोमा भन्सार अधिकृतले सम्बन्धित व्यक्तिले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी बस वा ट्रकको बढी बणाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी जाँचपास गर्न सक्नेछ।
७. मर्मत गर्नको लागि वस्तुको अस्थायी निकासी गर्ने: (१) कुनै वस्तु मर्मतको लागि अस्थायी निकासी गर्दा त्यस्तो वस्तुको उपलब्ध भएसम्मको नम्बर, साइज र स्पेसिफिकेशन समेतको पूरा विवरण प्रज्ञापिपत्रमा भरी भन्सार अधिकृत समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रज्ञापिपत्र प्राप्त हुन आएमा भन्सार अधिकृतले त्यस्तो वस्तु हवाईजहाज वा हेलिकप्टर वा तिनको इन्जिन भएमा सम्बन्धित वायुसेवा कम्पनीको जमानीमा धरौटी नलिई र हवाईजहाज वा हेलिकप्टरको पाटपुर्जा भएमा मूल्यको शून्य दशमलव पाँच प्रतिशत तथा अन्य वस्तु भएमा मूल्यको पाँच प्रतिशत नगद धरौटी लिई मर्मतको लागि लेजान दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम मर्मत गर्न अस्थायी निकासी गरेको वस्तु तीन महिनाभित्र फिर्ता ल्याउनु पर्नेछ र सो अवधिभित्र फिर्ता ल्याएमा मर्मत गर्दा लागेको खर्च बमोजिमको मूल्य र पाटपुर्जा फेरिएको भए सो बापतको मूल्यलाई भन्सार मूल्य माथि धरौटी राखेको रकमबाट सो मूल्यमा लाग्ने महसुल बापतको रकम कट्टा गरी बाँकी धरौटी फिर्ता दिइनेछ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र मर्मत गरी ल्याउने समय अपुग भएमा सो कुराको प्रमाण सहित भन्सार अधिकृत समक्ष निवेदन दिनु पर्नेछ र भन्सार अधिकृतले मनासब ठहराएमा एकै पटक वा पटक पटक गरी बढीमा छ महिना अवधि थप गर्न सक्नेछ।
(४क) उपनियम (४) बमोजिम थप भएको म्याद समेत नपुग हुने भएमा भन्सार अधिकृतले म्याद थप गर्नु पर्ने आधार र कारण सहित महानिदेशक समक्ष स्वीकृतिका लागि लेखी पठाउनु पर्नेछ। महानिदेशकले म्याद थप गर्न स्वीकृति दिएमा सोही बमोजिम भन्सार अधिकृतले म्याद थप गर्न सक्नेछ।
(५) यस नियम बमोजिम मर्मतको लागि अस्थायी निकासी गरिएको वस्तु उपनियम (३), (४) वा (४क) बमोजिमको अवधिभित्र फिर्ता नल्याई सोभन्दा पछि फिर्ता ल्याएमा पहिले राखिएको धरौटी जफत गरी नर्याँ वस्तु पैठारी गरे सरह महसुल असुल गरिनेछ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, परराष्ट्र मन्त्रालयको सिफारिसमा कूटनीतिक नियोगले कुनै वस्तु मर्मत गर्न निकासी गर्दा धरौटी नलिई सोको अभिलेख मात्र राखी लेजान र फिर्ता ल्याउन दिइनेछ।
परिच्छेद-३
कूटनीतिक सुविधा, महसुल छुट तथा अन्य सुविधा
८. कूटनीतिक सुविधा वा महसुल सुविधाको लागि निवेदन दिनु पर्ने : (१) ऐनको दफा १३ को उपदफा (१) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनको लागि सुविधा लिन खोजेको वस्तुको विवरण, मूल्य र परिमाण समेत उल्लेख गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दाथ कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्ने देखिएमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले अनुसूची-१ बमोजिमको ढाँचामा दुई प्रति सिफारिस फाराम भरी विभागमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि विभागले एक प्रति सिफारिस फाराम सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलमा कार्यान्वयनका लागि पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले सो सिफारिस बमोजिम सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिलाई कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिएको विवरण सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले अविलम्ब विभागमा पठाउनु पर्नेछ र सो विवरणको एक प्रति अभिलेखको लागि आफ्नो कार्यालयमा राख्नु पर्नेछ।
(६) उपनियम (२) बमोजिमको सिफारिसको आधारमा करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले पैठारी गर्ने वस्तुमध्ये मदिरा र चुरोट विभागबाट कूटनीतिक तथा महसुल सुविधा दिन तोकेको व्यक्ति वा निकायलाई बिक्री गर्न पाउनेछ।
(७) यस नियमको प्रयोजनको लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कूटनीतिक सुविधा वा महसुल सुविधाको सिफारिस गर्ने फाराममा दस्तखत गर्ने आधिकारिक व्यक्तिको दस्तखतको नमूना अग्रिम रूपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ।
९. भन्सार महसुल छुटको लागि निवेदन दिनु पर्ने: (१) ऐनको दफा १३ को उपदफा (२) बमोजिम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा उपयोग गर्ने हवाईजहाजको इन्जिन, पार्टपुर्जा, यन्त्र उपकरणमा भन्सार महसुल छुटको लागि देहायका कागजात सहित मन्त्रालयमा निवेदन दिनु पर्नेछ:-
(क) चालू आर्थिक वर्षको बाँकी अवधि वा आगामी आर्थिक वर्षको लागि आवश्यक परिमाण, (ख) पैठारी गर्ने वस्तुको बीजक, (ग) गत आर्थिक वर्षमा पैठारी गरेको वस्तुको विवरण र मौज्दात परिमाण।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अन्तर्राष्ट्रिय उडानमा खपत हुने इन्धनको लागि नेपाल आयल निगमले नेपाल सरकारको वाणिज्य तथा आपूर्ति सम्बन्धी विषय हेर्ने मन्त्रालयको सिफारिस सहित देहायको विवरण खुलाई भन्सार महसुल छुटको लागि मन्त्रालयमा लेखी पठाउनु पर्नेछ:-
(क) आगामी वा चालू आर्थिक वर्षको लागि आवश्यक परिमाण, (ख) गत आर्थिक वर्षमा भन्सार महसुल छुटमा पैठारी गरेको परिमाण, (ग) हाल मौज्दातमा रहेको परिमाण।
(३) उपनियम (१) वा (२) बमोजिम भन्सार महसुल छुटको लागि लेखी आएपछि मन्त्रालयले आवश्यक जाँचबुझ गर्दा मनासिब देखेमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्नेछ।
१०. नेपालको कुनै भागबाट विदेशीको बाटो प्रयोग गरी पुनः नेपालभित्र ल्याउने वस्तुको महसुल सुविधा: (१) ऐनको दफा १३ को उपदफा (५) बमोजिम नेपालको कुनै भागबाट विदेशीको बाटो प्रयोग गरी पुनः नेपालभित्र कुनै वस्तु ल्याउन चाहने वस्तु धनीले
वस्तुको साथ प्रज्ञापिपत्र भरी सो वस्तु पुनः कुन भन्सार कार्यालयबाट नेपालभित्र ल्याउने हो सो समेत स्पष्ट खुलाई सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापिपत्र उपर जाँचबुझ गर्दा नेपालको बाटोबाट वस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा नभएको र भन्सार प्रशासिका दृष्टिले विदेशीको बाटो गरी वस्तु लैजान मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले $\diamond$ त्यस्तो वस्तुमा लाग्ने भन्सार महसुलको लगत राखी वा भन्सार महसुल नगद धरौटी लिई त्यस्तो वस्तुको विवरण खुलाई भन्सार कार्यालयको सील लगाई सो वस्तु नेपालको कुनै भागबाट विदेशीको बाटो प्रयोग गरी पुनः नेपालभित्र ल्याउने गरी निर्दिष्ट स्थानमा पुर्याउन लाग्ने बाटाको म्याद तोकी सोही व्यहोरा प्रज्ञापिपत्रमा खुलाई एक प्रति प्रज्ञापिपत्र वस्तु धनीलाई दिई त्यस्तो वस्तु लैजान अनुमति दिनु पर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिए भए तापनि उपनियम (१) बमोजिम प्राप्त प्रज्ञापिपत्र उपर जाँचबुझ गर्दा नेपालको बाटोबाट वस्तु लैजान सक्ने यातायातको सस्तो र सजिलो साधन तथा सुविधा भएको र भन्सार प्रशासिको दृष्टिले पनि नेपालको बाटो प्रयोग गरी वस्तु लैजान मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले विदेशीको बाटो प्रयोग गरी वस्तु लैजान अनुमति दिने छैन।
(४) कुनै विदेशी मुलुकमा पैठारी गर्न निषेध गरिएको वस्तु त्यो मुलुकको बाटो गरी नेपालको एक भागबाट अर्को भागमा ल्याउनु परेमा नेपाल र सो मुलुक बीच पारवहन सम्बन्धमा कुनै सन्धि वा सम्झौता भएको रहेछ भने वस्तु धनीले त्यस्तो सन्धि वा सम्झौता अन्तर्गतको स्वीकृत कार्य प्रणालीको रीत पुर्याई लैजानु पर्नेछ।
(५) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (२) बमोजिम दिएको प्रज्ञापिपत्र र सो बमोजिमको वस्तु तथा ढुवानी सम्बन्धी कागजात पैठारी हुने भन्सार कार्यालयमा पेस हुन आएमा र सबै विवरण भिडाइँदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापिपत्रमा जनाई त्यस्तो वस्तु पैठारी गर्न अनुमति दिनेछ र सो प्रज्ञापिपत्रको एक प्रति संलग्न गरी तीन दिनभित्र निकासी गर्न अनुमति दिने भन्सार कार्यालयलाई जानकारी पठाउनु पर्नेछ।
$\diamond$ दोस्रो संशोधनद्वारा संशोधित।
तर निकासी गर्न अनुमति दिएको भन्सार कार्यालयले दिएको प्रज्ञापिपत्र वस्तु पैठारी हुने भन्सार कार्यालयमा दाखिला नभएमा पैठारी बापतको महसुल प्रचलित कानून बमोजिम धरौटी लिएर मात्र वस्तु पैठारी गर्न दिनु पर्नेछ।
(६) निकासी गर्न अनुमति दिने भन्सार कार्यालयले उपनियम (५) बमोजिम जानकारी प्राप्त भई धरौटी फिर्ता वा लगत कट्टा गरिदिन हुने अवस्था देखेमा धरौटी फिर्ता वा लगत कट्टा गरिदिनु पर्नेछ।
तर निकासी गर्न अनुमति दिइएको वस्तु आंशिक रूपमा मात्र पैठारी भएको देखेमा पैठारी नभएको वस्तुको लाग्ने भन्सार महसुल धरौटी रकमबाट कट्टा गरी असुल गर्नु पर्नेछ। कुनै वस्तुको लाग्ने महसुलको लगत राखी वस्तु छाडेको भए सात दिनभित्र त्यस्तो महसुल असुल उपर गर्नु पर्नेछ।
११. विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकमा लैजाने वस्तुको महसुल सुविधा: (१) ऐनको दफा १३ को उपदफा (५) बमोजिम विदेशी मुलुकबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा कुनै वस्तु लैजान चाहने वस्तु धनीले नेपालको बाटो प्रयोग गर्नु पर्ने कारण, नेपालभित्र पैठारी गर्ने र नेपालबाट निकासी गर्ने भन्सार कार्यालयको नाम र वस्तुको विवरण सहित विभागमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदनको व्यहोरा मनासिब देखेमा विभागले मन्त्रालयको स्वीकृतिमा भन्सार महसुल नलई त्यस्तो वस्तु विदेशबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजान अनुमति दिनेछ। त्यसरी अनुमति दिनु अघि विभागले सम्बन्धित मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक नियोगको सिफारिसपत्र माग गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम अनुमति प्राप्त गरेपछि वस्तु धनीले त्यस्तो अनुमति संलग्न गरी वस्तुको साथ प्रज्ञापिपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ। त्यस्तो प्रज्ञापिपत्रमा सो वस्तु कुन भन्सार कार्यालयबाट पुनः विदेशमा निकासी गर्ने हो सो कुरा समेत स्पष्ट खुलाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रज्ञापिपत्र प्राप्त हुन आएमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुको विवरण खुलाई आफ्नो कार्यालयको सील लगाई सो वस्तु विदेशी मुलुकको कुनै भागबाट नेपालको बाटो गरी सोही मुलुकको अर्को भागमा लैजाने गरी निर्दिष्ट स्थानमा पुर्याउन बढीमा सात दिनको बाटाको म्याद तोकी सोही व्यहोरा
प्रज्ञापिपत्रमा खुलाई एक प्रति प्रज्ञापिपत्र वस्तु धनीलाई दिई विभागको अनुमति बमोजिम वस्तु लैजान दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम दिएको प्रज्ञापिपत्र र सो बमोजिमको वस्तु तथा ढुवानी सम्बन्धी कागजात निकासी हुने भन्सार कार्यालयमा पेश हुन आएमा र सबै विवरण भिडाउँदा ठीक देखिएमा सो भन्सार कार्यालयले भन्सार महसुल नलिई सोही व्यहोरा प्रज्ञापिपत्रमा लेखाई त्यस्तो वस्तु निकासी गर्न अनुमति दिनेछ र सो प्रज्ञापिपत्रको एक प्रति संलग्न गरी पैठारी गर्ने भन्सार कार्यालयलाई तीन दिनभित्र जानकारी पठाउनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम जानकारी प्राप्त भएपछि पैठारी गर्न दिएको भन्सार कार्यालयले वस्तु धनीबाट पहिले नगद धरौटी लिएको भए सो धरौटी फिर्ता दिनु पर्नेछ।
तर पहिले पैठारी भएको वस्तु आंशिक रूपमा मात्र निकासी भएको पाइएमा निकासी नभए जनत वस्तुमा लाग्ने महसुल नगद धरौटी राखेको भए धरौटीबाट कट्टा गरी असुल गर्नुपर्नेछ र वस्तुमा लाग्ने महसुल धरौटी नराखेको भए सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्नेछ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा पैठारी गर्न निषेध गरिएको वस्तु विदेशबाट नेपालको बाटो प्रयोग गरी सोही मुलुकको अर्को भागमा लैजाँदा नेपाल सरकार र सम्बन्धित मुलुकको सरकारका बीच कुनै द्विपक्षीय सन्धि वा सम्झौता भएको रहेछ भने त्यस्तो सन्धि वा सम्झौताका व्यवस्था पूरा गर्नुपर्नेछ।
१२. विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा वस्तु लैजाने सुविधाः (१) विदेशबाट नेपालको बाटो प्रयोग गरी अर्को कुनै विदेशी मुलुकमा वस्तु लैजाने प्रयोजनका लागि प्रयोग हुने भन्सार कार्यालय र बाटो विभागले तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम विदेशी मुलुकमा वस्तु लैजान चाहने वस्तु धनीले वस्तुको साथमा विभागले निर्धारण गरेको ढाँचामा चार प्रति फाराम र प्रज्ञापिपत्र भरी सम्बन्धित भन्सार कार्यालयमा पेश गर्नुपर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त फाराम र प्रज्ञापिपत्र उपर आवश्यक जाँचबुझ गर्दा सम्बन्धित भन्सार कार्यालयले प्रतिबन्धित वस्तु भएको नदेखेमा नेपाल सरकारले
निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई वस्तु रहेको बन्द कन्टेनरमा सील लगाई प्राप्त फाराम प्रमाणीत गरी एक प्रति फाराम वस्तु धनीलाई दिई एक प्रति फाराम अभिलेखको लागि आफ्नो कार्यालयमा राखी दुई प्रति फाराम निकासी गर्ने भन्सार कार्यालयमा पठाई पन्ध्र दिनसम्मको बाटाको म्याद दिई नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा लैजान अनुमति दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम विदेशी मुलुकमा लैजान अनुमति दिइएको वस्तु निकासी हुने भन्सार कार्यालयमा प्राप्त हुन आएमा सो कार्यालयले उपनियम (२) बमोजिमको फाराम प्रमाणीत गरी त्यस्तो वस्तु निकासी गर्न अनुमति दिनेछ र सो फारामको एक प्रति पैठारी गर्ने भन्सार कार्यालयमा पठाउनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम नेपालको बाटो प्रयोग गरी अर्को विदेशी मुलुकमा निर्धारित अवधिभित्र लैजान नसकेमा सोको कारण खुलाई निकासी गर्ने अवधि थप गर्न वस्तु धनीले विभागमा निवेदन दिन सक्नेछ। त्यसरी प्राप्त निवेदन उपर जाँचबुझ गर्दा कारण मनासिब लागेमा विभागले मनासिब अवधि थप गरिदिन सक्नेछ।
(६) उपनियम (३) बमोजिम विदेशी मुलुकमा लैजान अनुमति दिइएको वस्तु निर्धारित समयभित्र विदेशी मुलुकमा निकासी नगरी नेपालभित्रै नबिई वा उपयोग गरेमा त्यस्तो वस्तुमा लाग्ने महसुल र शतप्रतिशत थप महसुल समेत वस्तु धनीबाट असुल गरिनेछ।
(७) यस नियम बमोजिम विदेशबाट नेपालको बाटो प्रयोग गरी अन्य विदेशी मुलुकमा वस्तु लैजाँदा बन्द कन्टेनरको प्रयोग गर्नु पर्नेछ।
१३. पैठारी भएको वस्तु फिर्ता गरी सोही प्रकारको वस्तु पुनः पैठारी गर्दा दिइने महसुल सुविधाः (१) नेपालभित्र पैठारी भएको वस्तु जुन उद्देश्यको लागि पैठारी गरेको हो सो उद्देश्य परिपूर्ति हुन नसकेको वा प्रयोगयोग्य परीक्षणबाट गुणस्तरहीन ठहरिएकोले त्यस्तो वस्तुको शोधभनाप स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी गर्ने वा सो बापत विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता ल्याउने सन्दर्भमा भन्सार कार्यालयको प्रमुखले त्यस्तो वस्तु पैठारी भएको वा भन्सार कार्यालयमा आइपुगेको मितिले जब्बे दिनभित्र महसुल नलिई फिर्ता लैजान दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम वस्तु फिर्ता भएकोमा त्यसरी फिर्ता भएको मितिले छ महिनाभित्र शोधभनाप स्वरूप सोही प्रकारको अर्को वस्तु पैठारी नगरेमा वा त्यस्तो वस्तु
पहिले पैंतारी गर्दा विदेशी मुद्रा भुक्तानी भइसकेको भए त्यस्तो विदेशी मुद्रा फिर्ता नल्याएमा सम्बन्धित भन्सार अधिकृतले प्रचलित कानून बमोजिम आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने वस्तु फिर्ता गर्नु अगावै विदेशको आपूर्तिकर्ताले सोको शोधभर्पाई स्वरूप सोही प्रकारको अर्को वस्तु पठाएको रहेछ भने पैंतारीकर्ताको निवेदन र पेश भएका कागजातबाट त्यस्तो वस्तु शोधभर्पाई स्वरूप पैंतारी भएको देखिएमा भन्सार अधिकृतले लाग्ने महसुल लिई जाँचपास गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम शोधभर्पाई स्वरूप वस्तु पैंतारी भइसकेपछि पहिले पैंतारी भएको वस्तु उपनियम (१) बमोजिमको अवधिभित्र फिर्ता पठाउँदा त्यस्तो वस्तुमा भन्सार महसुल लाग्ने छैन र पहिले पैंतारी गर्दा भन्सार महसुल नतिरेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइनेछ।
तर उपनियम (१) बमोजिमको अवधिभित्र फिर्ता नपठाई सो अवधिपछि फिर्ता पठाएमा सो वस्तु पैंतारी गर्दा भन्सार महसुल नतिरेको भए त्यस्तो भन्सार महसुल फिर्ता दिइने छैन।
१४. दुर्घटना वा प्राकृतिक विपदमा परेका वस्तुमा महसुल छुट दिने: (१) ऐनको दफा १९ को उपदफा (३) बमोजिम नेपालभित्र प्रयोग गरी पैंतारी भएको तर जाँचपास भइसकेको कुनै वस्तु दुर्घटना वा प्राकृतिक विपदमा परी वा आफ्नै प्रकृतिको कारणले नष्ट भएमा, परिमाण वा तौलमा कमी भएमा वा व्यापारिक रूपमा मूल्यहीन भएमा त्यस्तो वस्तुमा लाग्ने महसुल छुट गराउन वा महसुल भुक्तानी भइसकेको भए त्यस्तो महसुल फिर्ता लिन चाहेमा पैंतारीकर्ताले त्यस्तो वस्तु घोषणा गरेको मितिले सात दिनभित्र देहायका कागजात सहित अनुसूची-२ बमोजिमको ढाँचामा सम्बन्धित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ:-
(क) वस्तु घोषणा गरेको प्रज्ञापनपत्र, (ख) बिल बीजक, (ग) बिल अफ लेडिङ्ग वा एयर वे बिल, रेल वे रिसिप्ट वा बिल अफ ट्रान्सपोर्ट, (घ) भन्सार पारवहन घोषणा (कस्टम्स ट्रान्जिट डिक्लेरेशन) वा ट्रान्ससिपमेन्ट सम्बन्धी कागजात,
(ङ) बीमा सर्वेक्षण प्रतिवेदन,
(च) निकासी गर्ने देशको सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुको सम्बन्धमा कुनै व्यहोरा प्रमाणित गरिदिएको भएमा त्यस्तो कागजात,
(छ) वस्तुको अवस्था देखिने भन्सार कार्यालय परिसर वा भन्सार वेयरहाउसमा खिचिएको फोटो।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दाथ व्यहोरा मनासब देखिएमा भन्सार अधिकृतले अन्य कुनै सरकारी निकायका कम्तीमा दुई जना प्रतिनिधिको रोहबरमा वस्तुको भौतिक निरीक्षण गरी त्यस्तो वस्तु नष्ट भए वा नभएको, परिमाण वा तौलमा कमी भए वा नभएको वा व्यापारिक रूपमा मूल्यहीन भए वा नभएको र रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने वा नसक्ने विषयमा व्यहोरा खुलाई मुचुल्का खडा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम वस्तुको भौतिक निरीक्षण गर्दाथ त्यस्तो वस्तु तौलमा कमी भए वा नभएको वा व्यापारिक रूपमा मूल्यहीन भए वा नभएको वा रद्दी वा पत्रुको रूपमा वा अन्य कुनै वैकल्पिक उपयोगमा प्रयोग हुन सक्ने वा नसक्ने विषयमा यकिन गर्न भन्सार अधिकृतले आवश्यक देखेमा कुनै प्राविधिक वा विशेषज्ञको राय वा परामर्श लिन सक्नेछ।
(४) उपनियम (२) बमोजिम भौतिक निरीक्षण गर्दाथ वा उपनियम (३) बमोजिम कुनै प्राविधिक वा विशेषज्ञको राय वा परामर्श लिएकोमा सो राय समेतबाट त्यस्तो वस्तु दुर्घटना वा प्राकृतिक विपदमा परी वा आफ्नै प्रकृतिको कारणले नष्ट भएको, परिमाण वा तौलमा कमी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएको देखिएमा भन्सार अधिकृतले सो व्यहोराको लिखित निर्णय गरी महानिर्देशकको स्वीकृति लिई त्यस्तो क्षति वा घटी भएको वा व्यापारिक रूपमा मूल्यहीन भएको वस्तुको महसुल छुट दिनु पर्नेछ वा त्यस्तो महसुल असुल भइसकेको भए फिर्ता दिनु पर्नेछ।
(५) यस नियम बमोजिम वस्तु जाँचपास भएको वा महसुल फिर्ता दिएकोमा भन्सार अधिकृतले सोको विवरण छिटोसाधिारा विभागमा पठाउनु पर्नेछ।
१५. पाइपलाइनबाट पैठारी हुने वस्तुको महसुल लिनु पर्नेः (१) ऐनको दफा २१ को उपदफा (४) बमोजिम पाइपलाइनबाट पैठारी गरिने वस्तुको महसुल असुल गर्दा देहायको प्रक्रिया पूरा भएको हुनु पर्नेछ:-
(क) पाइपलाइनमार्फत पैठारी गरिने वस्तुको बीजक जारी भएको,
(ख) पाइपलाइनमा जडान भएको फ्लोमिटरको अङ्कभिडान गरी पैठारीकर्ताले जाँचपासको लागि प्रज्ञापिपत्र पेस गरेको।
(२) उपनियम (१) बमोजिम प्रक्रिया पूरा गरी पाइपलाइनबाट महसुल लाग्ने र महसुल छुट हुने वस्तु एकै पटक पैठारी हुने भएमा महसुल लाग्ने वस्तुको पैठारी र महसुल छुट हुने वस्तुको पैठारीको लागि अलग अलग विवरण खुलाई प्रज्ञापिपत्र पेस गर्नु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमको प्रक्रिया पूरा भएपछि पाइपलाइनबाट पैठारी भएको वस्तुमा लाग्ने महसुल असुल गर्नु पर्नेछ।
तर पाइपलाइनमा महसुल छुट हुने वस्तुको समेत पैठारी भएमा महसुल छुट पाउने कागजातका आधारमा वस्तुको परिमाण यकिन गरी त्यस्तो वस्तुलाई महसुल छुट सुविधामा पैठारी गरिदिनु पर्नेछ।
परिच्छेद-४ बैङ्क जमानत सुविधा र विशेष आर्थिक क्षेत्र
१६. बैङ्क जमानत सुविधा प्राप्त गर्नेः (१) ऐनको दफा १४ बमोजिम भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम बण्डेड वेयरहाउसको इजाजत प्राप्त व्यक्तिले निकासी गर्ने वा स्वदेशमा परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्ने वस्तु उत्पादन गर्न आवश्यक पर्ने वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्न वा नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासीमूलक तयारी पोसाक उद्योगलाई बिक्री गर्ने भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग सङ्घको सिफारिसमा सो धागोमा लाग्ने महसुल बराबरको रकमको कम्तीमा एक वर्ष अवधि भएको बैङ्क जमानत संलग्न गरी त्यस्तो वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) वा धागो पैठारी गर्नको लागि भन्सार
कार्यालयमा निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो कच्चा पदार्थ वा धागो पैठारी गर्न अनुमति दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम बैङ्क जमानत दिँदा पैठारी गरिने वस्तुमा लाग्ने महसुल र सोको अतिरिक्त भन्सार महसुल वा कृषि सुधार शुल्कको पन्ध्र प्रतिशतले हुने रुप रकम बराबरको बैङ्क जमानत दिनु पर्नेछ।
*(३) करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले त्यस्तो करमुक्त पसलबाट बिक्री गर्नको लागि पैठारी गर्ने वस्तुमा लाग्ने महसुल र सोको अतिरिक्त भन्सार महसुल वा कृषि सुधार शुल्कको पन्ध्र प्रतिशतले हुने रुप रकम बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ। त्यसरी वस्तु पैठारी गर्दाथ विभागबाट त्यस्तो वस्तु र परिमाणको स्वीकृति लिनु पर्नेछ।
(४) प्रचलित कानून बमोजिम बण्डेड वेयरहाउसको इजाजतपत्र प्राप्त उद्योगले आफ्नो उत्पादन खरिद गर्ने विदेशी केतासँग गरेको सम्झौता अनुसार नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागको सिफारिसमा बाई ब्याक सम्झौता अन्तर्गत प्रतीतपत्र बिना विदेशस्थित केताले बिना मूल्य पठाएको कच्चापदार्थ पैठारी गरी सोबाट तयारी वस्तु बनाई उत्पादन प्रक्रियामा लागेको खर्च र मुनाफा मात्र भुक्तानी लिने गरी सोही केतालाई वा नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागको सिफारिस बमोजिम अन्य व्यक्तिलाई निकासी गर्ने भएमा त्यस्तो कच्चापदार्थ पैठारी गर्दा लाग्ने महसुल बापतको रकम बराबरको बैङ्क जमानत दिई पैठारी गर्न पाउनेछ।
(५) उपनियम (४) बमोजिम वस्तु पैठारी गर्दा पैठारीकर्ताले पैठारीकै अवस्थामा नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागले तोकेको शर्त र प्रक्रिया पूरा गरी प्रतीतपत्र बिना पैठारी गर्न दिन सो विभागले भन्सार कार्यालयका नाममा दिएको सिफारिसपत्र, विदेशी केतासँग गरेको सम्झौता र बिना मूल्यको तर भन्सार प्रयोजनका लागि मूल्य खुलाइएको बीजक समेत प्रज्ञापिपत्रसँग संलग्न गर्नु पर्नेछ।
(६) यस नियम बमोजिम बैङ्क जमानत दिँदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको बैङ्क जमानत दिनु पर्नेछ।
(७) ऐनको दफा १४ को उपदफा (४) बमोजिम एकभन्दा बढी भन्सार कार्यालयबाट नियमित रूपमा वस्तु पैठारी गर्ने पैठारीकर्ताको हकमा बैङ्क जमानत रकमले पुग्ने भएमा एकल बैङ्क जमानतमा समेत वस्तु जाँचपास गर्नु पर्नेछ र सोको अभिलेख सम्बन्धित भन्सार कार्यालयको प्रणालीमा रहने व्यवस्था गर्नु पर्नेछ।
१७. बैङ्क जमानत सुविधा प्राप्त गर्दा पालन गर्नु पर्ने सर्तः (१) प्रचलित कानुन बमोजिम बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले आफ्नो उत्पादन निकासी गर्दा प्रतीतपत्र वा प्रचलित बैङ्किङ्ग कागजातको माध्यमबाट गर्नु पर्नेछ।
(२) नियम १६ को उपनियम (१) बमोजिम बैङ्क जमानत सुविधा प्राप्त गर्ने उद्योगले कच्चापदार्थ पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी वस्तु बनाई निकासी गरी सक्नुपर्ने वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरी सक्नु पर्नेछ। बैङ्क जमानत सुविधा प्राप्त गरी धागो पैठारी गर्ने कपडा उद्योगले पैठारी गरेको धागोबाट कपडा बनाई पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोसाक उद्योगलाई बिक्री गरी सक्नु पर्नेछ।
(३) नियम १६ बमोजिम पैठारी भएको कच्चापदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यको न्यूनतम दस प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको मूल्य अभिवृद्धिको प्रतिशत गणना गर्दा निकासी भएको वस्तुको फ्री अन बोर्ड (एफ.ओ.बी.) मूल्यबाट त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग भएको नियम १६ बमोजिम वस्तु पैठारी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्य घटाई हुन आउने अङ्कलाई त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग भएको वस्तु पैठारी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यले भाग गर्दा आउने अङ्कलाई एक सयले गुणा गरी निकालिनेछ।
(५) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले करमुक्त पसलबाट बिक्री गर्नका लागि पैठारी गरेको वस्तु पैठारी गरेको मितिले एक वर्षभित्र करमुक्त पसलबाट बिक्री गरिसक्नु पर्नेछ। त्यसरी एक वर्षभित्र करमुक्त पसलबाट त्यस्तो वस्तु बिक्री नभएमा ऐनको दफा १४ को उपदफा (६) बमोजिम महसुल असुल गरिनेछ।
१८. अवधि थप गर्न सक्नेः नियम १७ को उपनियम (२) वा (५) बमोजिमको अवधिभित्र निकासी वा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्न नसकी सम्बन्धित
व्यक्तिले कारण सहित कम्तीमा छ महिना अवधि भएको बैङ्क जमानत संलग्न गरी निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्मको अवधि थप गर्न सक्नेछ।
१९. बैङ्क जमानत फुकुवाका लागि निवेदन दिनु पर्नेः (१) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले नियम १७ को अवधि समाप्त भएको पन्ध्र दिनभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधि समाप्त भएको पन्ध्र दिनभित्र आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछः-
(क) नियम १६ बमोजिम वस्तु पैठारी गरेको प्रमाण, (ख) तयारी वस्तु निकासी गरेको प्रमाण, (ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण, (घ) सम्बन्धित निकायबाट प्रमाणित कच्चापदार्थको खपत अनुपातको प्रमाण।
(२) करमुक्त पसलबाट बिक्री गर्न वस्तु पैठारी गर्ने व्यक्तिले पैठारी गरेको वस्तु नियम १७ को उपनियम (५) बमोजिमको अवधि समाप्त भएको पन्ध्र दिनभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधि समाप्त भएको पन्ध्र दिनभित्र करमुक्त पसलबाट बिक्री गरेको प्रमाण संलग्न गरी आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(३) नियम १६ को उपनियम (१) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगले त्यस्तो धागोबाट कपडा बनाई धागो पैठारी गरेको नमितले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई न्यूनतम दस प्रतिशत मूल्य अभिवृद्धि गरी बिक्री गरेको प्रमाण, त्यस्तो कपडा खरिद गर्ने तयारी पोशाक उद्योग र धागो पैठारी गर्ने कपडा उद्योगबीच भएको खरिद बिक्री सम्झौता, सम्बन्धित निकायबाट प्रमाणित भएको धागोको खपत अनुपातको प्रमाण र कपडा खरिद गर्ने तयारी पोशाक उद्योगको अनुरोधमा जारी गरिएको धागो पैठारी गर्दा लागेको महसुल बापतको बैङ्क जमानत संलग्न गरी आफूले राखेको
बैङ्क जमानत फुकुवा गर्नको लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि धागो पैठारी गर्ने उद्योगले सो धागोबाट कपडा बनाई तयारी पोसाक उद्योगलाई बिक्री गरे पनि आफूले राखेको बैङ्क जमानत फुकुवा गराई त्यस्तो तयारी पोसाक उद्योगले तयारी पोसाक निकासी गरेपछि मात्र बैङ्क जमानत फुकुवा गराउन चाहेमा उपनियम (३) बमोजिमका कागजातको अतिरिक्त कपडा खरिद गर्ने तयारी पोसाक उद्योगले सो कपडाबाट तयारी पोसाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण र सम्बन्धित बैङ्कले प्रमाणित गरेको निकासी गर्ने उद्योगले विदेशी मुद्रा आर्जन गरेको प्रमाण संलग्न गरी धागो पैठारी गरेको मितिले बाइस महिनाभित्र बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(५) नियम १६ को उपनियम (१) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगबाट कपडा खरिद गर्ने निकासीमूलक तयारी पोसाक उद्योगले उपनियम (४) बमोजिम धागो पैठारी गर्ने उद्योगले राखेको बैङ्क जमानत फुकुवा गर्न भन्सार कार्यालयमा पेस गरेको बैङ्क जमानत फुकुवा गर्नको लागि धागो पैठारी गर्ने कपडा उद्योगबाट खरिद गरेको कपडाबाट खरिद गरेको मितिले एघार महिनाभित्र तयारी पोसाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(६) नियम १६ को उपनियम (४) बमोजिम वस्तु पैठारी गर्दा राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि नियम १७ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधिभित्र न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको मूल्य अभिवृद्धि गरेको मूल्य बराबरको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कच्चापदार्थको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
२०. बैङ्क जमानत फुकुवा गर्ने: (१) ऐनको दफा १४ बमोजिम बैङ्क जमानत फुकुवा गर्दा सम्बन्धित भन्सार कार्यालयले नियम १९ बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गरी निवेदकले सो नियममा उल्लेख भएका सम्पूर्ण शर्त र प्रक्रिया पूरा गरेको देखिएमा एक महिनाभित्र बैङ्क जमानत फुकुवा गर्नु पर्नेछ।
(२) बण्डेड वेयरहाउसको सुविधा लिई पैठारी गरेको वस्तु वा निकासी भएको वस्तुमा आंशिक रूपमा प्रयोग भएको वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री भएको वस्तुमा आंशिक रूपमा प्रयोग भएको वा करमुक्त पसलबाट निर्धारित अवधिभित्र आंशिक रूपमा बिक्री भएको वा नियम १६ को उपनियम (१) बमोजिम पैठारी भएको धागो निकासीमूलक तयारी कपडा उद्योगलाई बिक्री गरेको कपडामा आंशिक रूपमा प्रयोग भएको वा निकासीमूलक तयारी कपडा उद्योगले त्यसरी स्थानीय रूपमा खरिद गरेको कपडा निकासी भएको तयारी कपडामा आंशिक रूपमा मात्र प्रयोग गरेको पाइएमा त्यसरी प्रयोग भए जति वस्तुमा लाग्ने महसुल बापतको बैङ्क जमानत फुकुवा गरिदिनु पर्नेछ।
२१. बैङ्क जमानतबाट महसुल असुल गर्ने: (१) नियम १६ बमोजिम वस्तु पैठारी गर्ने व्यक्तिले नियम १७ मा उल्लेख भएका शर्त पालना नगरेमा वा नियम १९ बमोजिम निवेदन नदिएमा त्यस्तो व्यक्तिले राखेको बैङ्क जमानतबाट लाग्ने महसुल असुल गरिनेछ।
(२) उपनियम (१) बमोजिम बैङ्क जमानतबाट महसुल असुल गर्दा पैठारी भएको वस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्कमा ऐनको दफा १४ को उपदफा (३) बमोजिम पन्ध्र प्रतिशत थप गरी असुल गरिनेछ।
(३) नियम २० को उपनियम (२) बमोजिम आंशिक रूपमा मात्र वस्तु प्रयोग भएकोमा प्रयोग नभए जति वस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्कमा ऐनको दफा १४ को उपदफा (३) बमोजिम पन्ध्र प्रतिशत थप गरी पैठारीकर्ताले राखेको बैङ्क जमानतबाट असुल गरिनेछ।
२२. बैङ्क जमानतको रकम भुक्तानी गर्नु पर्ने: (१) भन्सार कार्यालयको पक्षमा जारी भएको बैङ्क जमानत बराबरको रकम सम्बन्धित भन्सार कार्यालयले माग गरेमा त्यस्तो बैङ्क जमानत जारी गर्ने बैङ्क वा वित्तीय संस्थाले पन्ध्र दिनभित्र सम्बन्धित भन्सार कार्यालयको नाममा भुक्तानी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम भुक्तानी गर्ने बैङ्क वा वित्तीय संस्थाबाट जारी भएको बैङ्क जमानत त्यस्तो भुक्तानी प्राप्त नभएसम्म भन्सार कार्यालयबाट स्वीकार गरिने छैन ।
(३) भन्सार कार्यालयको पक्षमा जारी गरिएको बैङ्क जमानत सम्बन्धित भन्सार कार्यालयबाट फुकुवा भएको लिखित जानकारी प्राप्त नभएसम्म बैङ्क जमानत जारी गर्ने बैङ्क वा वित्तीय संस्थाले त्यस्तो बैङ्क जमानत बमोजिमको रकम सम्बन्धित भन्सार कार्यालयलाई बुझाउने दायित्वबाट उन्मुक्ति पाएको मानिने छैन ।
२३. विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गर्ने: (१) ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गरी त्यसबाट उत्पादित तयारी वस्तु निकासी गरे वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरे भएमा त्यस्तो कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)मा लाग्ने महसुल बराबरको रकमको कम्तीमा एक वर्ष अवधि भएको बैङ्क जमानत संलग्न गरी कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्नको लागि अनुसूची-३ को ढाँचामा भन्सार कार्यालयमा निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्न अनुमति दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पैठारी गरेको कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत)बाट एक वर्षभित्र तयारी वस्तु उत्पादन गरी निकासी गरेको वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको हुनु पर्नेछ।
तर एक वर्षभित्र निकासी गर्न वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण प्राप्त गर्न नसकी उद्योगले कारण सहित अवधि थप गर्न कम्तीमा छ महिना अवधि भएको बैङ्क जमानत संलग्न गरी निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्म अवधि थप गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम तयारी वस्तु उत्पादन गरी निकासी गर्दा वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्दा कच्चापदार्थ "वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारीको अवस्थाको निर्धारण भएको भन्सार मूल्यमा कभतीमा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्छ।
(४) यस नियम बमोजिम बैङ्क जमानत दिँदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शर्त रहितको बैङ्क जमानत दिनु पर्नेछ।
(५) उपनियम (१) बमोजिम बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गर्ने उद्योगले उपनियम (२) बमोजिम तयारी वस्तु निकासी वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरी एक महिनाभित्र विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिस सहित बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) कच्चापदार्थ पैठारी गरेको प्रमाण, (ख) तयारी वस्तु निकासी गरेको वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको प्रमाण, (ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण, (घ) सम्बन्धित निकायबाट प्रमाणित कच्चापदार्थको खपत अनुपातको प्रमाण।
(६) उपनियम (५) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा उद्योगले यस नियममा उल्लेख भए बमोजिमको रीत पुर्याई निकासी वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको देखिएमा सम्बन्धित भन्सार कार्यालयले एक महिनाभित्र बैङ्क जमानत फुकुवा गरी सोको जानकारी सम्बन्धित व्यक्ति र बैङ्क जमानत दिने बैङ्कलाई दिनु पर्नेछ।
२४. उद्योगलाई बिक्री गरेको कच्चापदार्थको "भन्सार महसुल फिर्ता दिनेः (१) ऐनको दफा १६ को उपदफा (२) बमोजिम कुनै पैठारीकर्ताले पैठारी गरेको वस्तु विशेष आर्थिक
क्षेत्रमा अवस्थित उद्योगलाई विभागको पूर्वस्वीकृति लिई कच्चापदार्थको रूपमा बिक्री गरेमा निजले त्यस्तो वस्तु पैठारी गर्दा भन्सार महसुल नतिरेको रहेछ भने त्यस्तो भन्सार महसुल फिर्ता पाउनको लागि वस्तु बिक्री गरेको साठी दिनभित्र देहायका प्रमाण तथा कागजात संलग्न गरी त्यस्तो वस्तु जुन भन्सार कार्यालयबाट पैठारी गरेको हो सोही भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ:-
(क) वस्तु पैठारी गर्दाको बीजक, प्रज्ञापिपत्र र नगदी रसिद,
(ख) खरिदकर्ता उद्योग र बिक्रेता पैठारीकर्ताबीच त्यस्तो वस्तु खरिद बिक्री गर्ने सम्बन्धमा भएको सम्झौतापत्र,
(ग) वस्तु बिक्री गरेको बीजक,
(घ) खरिदकर्ता उद्योगले त्यस्तो वस्तु खरिद गरेको देखिने खरिद खाताको प्रमाणित प्रतिलिपि,
(ङ) खरिदकर्ता उद्योगबाट भुक्तानी प्राप्त गरेको प्रमाण।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी भन्सार महसुल फिर्ता दिनु पर्ने देखिएमा निवेदन प्राप्त भएको मितिले तस दिनभित्र निवेदकलाई महसुल फिर्ता दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा निवेदकले माग गरेको रकम पूर्ण वा आंशिक रूपमा फिर्ता गर्न नमिल्ने देखिएमा कारण खुलाई सोको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिक्रेताले आफ्नो पैठारी मूल्यमा भन्सार महसुल समेत समावेश गरी त्यस्तो वस्तु बिक्री गरेको रहेछ भने निजले पैठारी गर्दा तिरेको भन्सार महसुल फिर्ता दिइने छैन।
परिच्छेद-५ नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्ने
२५. नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्नेः (१) ऐनको दफा १५ बमोजिम कुनै उद्योगले आफूले गरेको उत्पादन प्रतीतपत्रको माध्यमबाट वा प्रचलित बैङ्किङ्ग कागजातको माध्यमबाट निकासी गरे वा परिवर्तित विदेशी मुद्रामा स्वदेशमै बिक्री गरे भएमा त्यस्तो
वस्तु उत्पादन गर्न आवश्यक कच्चापदार्थ वा सहायक कच्चापदार्थ (नेपालमा उत्पादन नहुने प्याकिङ्ग मेटेरियल समेत) पैठारी गर्दा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्क नगद धरौटी राखी पैठारी गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम कच्चापदार्थ पैठारी गरी तयारी वस्तु निकासी गर्ने व्यहोरा जनाई त्यस्तो कच्चापदार्थमा लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्क नगद धरौटीमा जाँचपास गर्न सम्बन्धित भन्सार कार्यालयमा अनुसूची-४ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदनको आधारमा पैठारी भएको कच्चापदार्थमा लाग्ने महसुल बापतको रकम नगद धरौटी राखी जाँचपास गरिनेछ। कच्चापदार्थ पैठारी गर्दा वा निकासी प्रक्रिया पूरा गरेपछि सोको विवरण पैठारीकर्तालाई दिइने पासबुकमा स्पष्टसँग उल्लेख गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम पैठारी भएको कच्चापदार्थबाट उत्पादित तयारी वस्तु बाह्र महिनाभित्र निकासी वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गरिसक्नु पर्नेछ।
२६. नगद धरौटी फुकुवा गर्ने: (१) उद्योगले आफूले गरेको उत्पादन निकासी वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेमा सोको प्रमाण, बैंकद्वारा प्रमाणित विदेशी मुद्रा आर्जन भएको कागजात वा वस्तु विनिमय अन्तर्गत वस्तु निकासी भएको भए सो बापत वस्तु पैठारी भएको प्रमाण र उद्योग विभागको खपत अनुपातको प्रमाण सहित त्यस्तो नगद धरौटी फुकुवा वा फिर्ताको लागि नियम २५ को उपनियम (४) बमोजिमको अवधिभित्र सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बन्द, हडताल, विपद् वा अन्य यस्तै काबु बाहिरको परिस्थितिका कारण नियम २५ को उपनियम (४) बमोजिमको अवधिभित्र तयारी वस्तु निकासी गर्न नसकेमा वा स्वदेशमै परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्न नसकेमा वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेस गर्न नसकेमा सो व्यहोरा जनाई भन्सार कार्यालयमा निवेदन दिएमा र त्यसरी दिएको निवेदनको व्यहोरा मानसिब देखिएमा भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्मको अवधि थप गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिमको अवधिभित्र दिइएको निवेदनको व्यहोरा मनासिब देखिएमा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले कागजात पेश भएको एक महिनाभित्र नगद धरौटी फिर्ता दिई सोको विवरण पासबुकमा जनाउनु पर्नेछ।
(४) नियम २५ को उपनियम (१) बमोजिम पैठारी भएको कच्चापदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा पैठारीको अवस्थाको भन्सार मूल्यमा कम्तीमा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ।
२७. नगद धरौटी सदरस्याहा गर्ने: नियम २५ बमोजिम पैठारी भएको कच्चापदार्थबाट उत्पादित वस्तु सोही नियम बमोजिम निकासी नगरेमा वा स्वदेशमै परिवर्तित विदेशी मुद्रामा बिक्री नगरेमा वा नियम २६ बमोजिम निवेदन नदिएमा त्यस्तो वस्तुको स्थानीय बिक्री मानी स्थानीय बिक्री गरे जतिको हकमा ऐनको दफा १५ को उपदफा (३) बमोजिम लाग्ने महसुल धरौटी रहेको रकमबाट सदरस्याहा लाग्ने महसुल र सोको अतिरिक्त गरी लाग्ने भन्सार महसुल वा कृषि सुधार शुल्कको पन्च प्रतिशत रुप रकम समेत पैठारीकर्ताबाट असुल गरिनेछ।
परिच्छेद-६ विलम्ब शुल्क (डेमरेज)
२८. विलम्ब शुल्क (डेमरेज) सम्बन्धी व्यवस्था: (१) ऐनको दफा २२ को उपदफा (१) बमोजिम भन्सार कार्यालयले सञ्चालन तथा व्यवस्थापन गरेको भन्सार वेयरहाउस, भन्सार कार्यालयको परिसर वा भन्सार क्षेत्रको कुनै स्थानमा वस्तु दाखिला भएको मितिले सात दिनसम्म विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र वस्तु जाँइपास गराई नलगेमा आठौं दिनदेखि वस्तुको भन्सार मूल्यभन्दा बढी नहुने गरी अनुसूची-५ बमोजिमको दरले विलम्ब शुल्क (डेमरेज) लाग्नेछ।
२९. विलम्ब शुल्क (डेमरेज) मिनाहा दिने सम्बन्धी कार्यविधि: (१) नियम २८ बमोजिम लागेको विलम्ब शुल्क (डेमरेज) कुनै खास परिस्थिति वा अवस्था सिर्जना भएको कारणले मिनाहा पाउनु पर्ने भनी वस्तु धनीले स्पष्ट कारण खोली आफूसँग भएका आधार तथा प्रमाण समेत संलग्न गरी भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार कार्यालयको प्रमुखले आवश्यक जाँचबुझ गरी विलम्ब शुल्क (डेमरेज) आंशिक वा पूर्ण रूपमा मिनाहा दिनु पर्ने देखिएमा मिनाहा दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी उपनियम (३) र (६) को अधीनमा रही मिनाहा दिन सक्नेछ।
(३) यस नियम बमोजिम विलम्ब शुल्क (डेमरेज) मिनाहा दिँदा सम्बन्धित भन्सार कार्यालयको प्रमुखले देहाय बमोजिमको रकमसम्म मिनाहा गर्न सक्नेछः-
(क) भन्सार कार्यालयको राजपत्र अनंकित स्तरको प्रमुखले पच्चिस हजार रुपैयाँसम्म, (ख) भन्सार कार्यालयको राजपत्राहङ्कित तृतीय श्रेणीको प्रमुखले एक लाख रुपैयाँसम्म, (ग) भन्सार कार्यालयको राजपत्राहङ्कित प्रथम वा द्वितीय श्रेणीको प्रमुखले तीन लाख रुपैयाँसम्म।
(४) उपनियम (३) बमोजिम भन्सार कार्यालयको प्रमुखले आफैँले मिनाहा दिन सक्ने हदभन्दा बढी रकम मिनाहा दिनु पर्ने अवस्था देखिएमा भन्सार कार्यालयको प्रमुखले मिनाहा दिने सम्बन्धमा आफ्नो स्पष्ट राय उल्लेख गरी उपनियम (१) बमोजिमको निवेदन समेतका कागजात संलग्न गरी महानिदेशक समक्ष पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम आफू समक्ष प्राप्त हुन आएका कागजात उपर जाँचबुझ गर्दा मिनाहा दिनु पर्ने देखिएमा महानिदेशकले सम्बन्धित भन्सार कार्यालयको प्रमुखलाई त्यस्तो रकम पूर्ण वा आंशिक रूपमा मिनाहा दिन स्वीकृति दिन सक्नेछ।
(६) उपनियम (४) बमोजिम महानिदेशकको स्वीकृति प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालयको प्रमुखले स्वीकृति प्राप्त भए बमोजिमको रकम मिनाहा दिन सक्नेछ।
परिच्छेद-७ विविध
३०. छुट भएको महसुल वा जरिवाना असुल गर्नेः (१) भन्सार कार्यालयमा निकासीकर्ता वा पैठारीकर्ताले तिर्नु वा बुझाउनु पर्ने महसुल कुनै वस्तुको मूल्याङ्कन वा गणितीय भूलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परे र वा अन्य कुनै कारणले छुट भएको पछि देखिएमा वा निजले बुझाउनु पर्ने कुनै जरिवानाको रकम बुझाउन बाँकी भएमा
भन्सार कार्यालयले त्यस्तो जानकारी पाएपछि छुटेको महसुल वा जरिवाना दाखिला गर्न सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलाई अविलम्ब लिखित सूचना दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गर्ने व्यक्तिले ऐनको दफा २३ बमोजिम त्यस्तो सूचना पाएको पन्ध्र दिनभित्र त्यस्तो छुटेको महसुल वा जरिवाना भन्सार कार्यालयमा बुझाउनु पर्नेछ। त्यस्तो रकम तिर्न वा बुझाउन नपर्ने वा पहिले बुझाइसकेको भए सोही व्यहोराको जानकारी र सोको वस्तुगत आधार तथा प्रमाण समेत सूचना पाएको पन्ध्र दिनभित्र भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम रकम तिर्न वा बुझाउन नपर्ने वा पहिले बुझाइसकेको जानकारी प्रमाण सहित प्राप्त भएमा भन्सार कार्यालयले जाँचबुझ गरी व्यहोरा मनासिब भएमा त्यस्तो रकम तिर्न नपर्ने जानकारी निवेदकलाई गराउनेछ र निवेदकको व्यहोरा र प्राप्त प्रमाण मनासिब नभएमा त्यस्तो रकम दाखिला गर्न सात दिनको म्याद दिएई पुनः सूचना दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम सूचना पाएपछि सम्बन्धित व्यक्तिले सो सूचनाको म्यादभित्र त्यस्तो रकम दाखिला गर्नु पर्नेछ। सो म्यादभित्र रकम नबुझाउने व्यक्तिको जुनसुकै भन्सार कार्यालयबाट हुने कारोबार रोक्का गर्न वा जुनसुकै सरकारी कार्यालयमा रहेको निजको सम्पत्तिबाट असुल उपर गर्न सकिनेछ।
तर तिन छुटे भएको महसुल पाँच सय रुपैयाँभन्दा कम भएमा त्यस्तो महसुल वा जरिवाना असुल गरिने छैन।
(५) जरिवाना वा छुटे महसुल बुझाउन यस नियम बमोजिम सम्बन्धित भन्सार एजेन्टलाई सूचना गरेकोमा निजले सो सूचना तुरुन्तै सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई उपलब्ध गराई निर्धारित अवधिभित्र त्यस्तो महसुल रकम दाखिला गर्नु वा गराउनु र त्यस्तो जरिवाना वा छुटे महसुल असुल गर्ने प्रयोजिको लागि आवश्यक परेमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई भन्सार कार्यालयमा उपस्थित गराउन सहयोग गर्नु सो भन्सार एजेन्टको कर्तव्य हुनेछ।
(६) कुनै निकासीकर्ता वा पैठारीकर्ताबाट छुटे महसुल असुल गर्न बाँकी रहेकोमा यस नियम बमोजिमको अवधिभित्र दाखिला नगरेको तथ्य जानकारी हुँदाहुँदै निजको वस्तु जाँचपास गर्ने भन्सार कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय सजाय हुनेछ।
३१. बढी असुली भएको भन्सार महसुल वा *कृषि सुधार शुल्क फिर्ता दिइने: (१) ऐनको दफा २४ को उपदफा (१) बमोजिम कुनै निकासीकर्ता वा पैठारीकर्ताले वस्तु निकासी वा पैठारी गर्दा प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने भन्दा बढी *भन्सार महसुल वा कृषि सुधार शुल्क असुल भएको रहेछ भने त्यसरी बढी असुल भएको रकम फिर्ता पाउन सम्बन्धित भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी फिर्ता दिनु पर्ने ठहर्याए जनत रकम फिर्ता दिनु पर्ने स्पष्ट कारण खोली लिखित निर्णय गरी त्यसरी बढी असुल भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिई सोको कारण सहितको जानकारी महानिदेशकलाई तुरुन्त दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकको माग बमोजिमको रकम निजलाई फिर्ता दिनु पर्ने दे नदेखिएमा निवेदकलाई निवेदन प्राप्त भएको एक महिनाभित्र सोको लिखित जानकारी दिनु पर्नेछ।
३२. अनुसूची हेरफेर: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ।
३३. खारेजी र बचाउ: (१) भन्सार नियमावली, २०६४ को नियम ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, ५०, ५१, ५७, ५८ र ६६ग. तथा अनुसूची-१ र ९ खारेज गरिएका छन्।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियम अनुसार भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-१
(नियम ८ को उपनियम (२) सँग सम्बन्धित) कूटनीतिक सुविधा वा महसुल सुविधा दिन परराष्ट्र मन्त्रालयले सिफारिस गर्ने फारामको ढाँचा नेपाल सरकार परराष्ट्र मन्त्रालय
श्री भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौँ।
देहाय बमोजिमको खरिदकर्ता/पैठारीकर्ता/निकासीकर्ताले खरिद/पैठारी/निकासी गर्ने देहायको विवरण भएको वस्तुमा कूटनीतिक सुविधा/महसुल सुविधा प्रदान गरिदिनु हुन मिति .............. को निर्णय अनुसार अनुरोध छ।
दर्ता नं. $\quad$ मन्त्रालयको छाप $\quad$ सिफारिस गर्ने अधिकृतको मिति: $\quad \quad \quad \quad \quad \quad \quad$ दस्तखत: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ नाम: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ पद: $\quad \quad \quad \quad \quad \quad \quad \quad \quad$ मिति:
भन्सार विभागको प्रयोजनको लागि
श्री ................................. भन्सार कार्यालय, .................................
श्री परराष्ट्र मन्त्रालयबाट सिफारिस भई आए बमोजिमको उपर्युक्त वस्तुमा कूटनीतिक सुविधा/महसुल सुविधा दिनुहुन अनुरोध छ ।
दर्ता नं. भन्सार विभागको छाप मिति: नाम: पद: मिति:
अनुसूची-२ (नियम १४ को उपनियम (१) सँग सम्बन्धित) दुर्घटना वा प्राकृतिक विपदमा परेको वस्तुमा महसुल छुटको लागि दिने निवेदनको ढाँचा
श्री प्रमुख भन्सार प्रशासक/प्रमुख भन्सार अधिकृत/भन्सार अधिकृत, ............ भन्सार कार्यालय। विषय: महसुल छुट/फिर्ता पाऊँ।
महोदय, यस .. .. .. .. ले नेपालभित्र प्रयोग गर्ने गरी पैठारी भएको तर जाँचपास भइनसकेको देहायको विवरण बमोजिमको वस्तु दुर्घटना परी/प्राकृतिक विपदमा परी/आफ्नै प्रकृतिको कारणले नष्ट भएको/परिमाणमा कमी भएको/तौलमा कमी भएको/व्यापारिक रूपमा मूल्यहीन भएकोले यसमा लाग्ने महसुल रू. .. .. भन्सार महसुल ऐन, २०८१ को दफा १९ को उपदफा (३) बमोजिम छुट गरिदिनु हुन/नमित .. .. .. मा बुझाएको महसुल रू. .. .. फिर्ता दिनु हुन भन्सार महसुल नियमावली, २०८१ को नियम १४ को उपनियम (१) बमोजिम यो निवेदन पेस गरेको छु ।
संलग्न कागजात (क) वस्तु घोषणा गरेको प्रज्ञापनपत्र, (ख) बिल बीजक, (ग) बिल अफ लेडिङ्ग, एयर वे बिल वा रेल वे रिसिप्ट वा बिल अफ ट्रान्सपोर्ट, (घ) भन्सार पारवहन घोषणा (कस्टम्स ट्रान्जिट डिक्लेरेसन) वा ट्रान्ससिपमेन्ट सम्बन्धी कागजात,
(ङ) बीमा सर्वेक्षण प्रतिवेदन, (च) निकासी गर्ने देशको सम्बन्धित भन्सार कार्यालयले त्यस्तो वस्तुको सम्बन्धमा कुनै व्यहोरा प्रमाणित गरिदिएको भएमा त्यस्तो कागजात, (छ) वस्तुको अवस्था देखिने भन्सार कार्यालय परिसर वा भन्सार वेयरहाउसमा खिचिएको फोटो।
पैटारीकर्ताको नाम: निकासी पैठारी सङ्केत नम्बर: पैटारीकर्ता वा निजको भन्सार जाँचपास प्रतिनिधिको दस्तखत: मिति:
अनुसूची-३ (नियम २३ को उपनियम (१) सँग सम्बन्धित) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गर्दा दिने निवेदनको ढाँचा
श्री प्रमुख भन्सार प्रशासक/प्रमुख भन्सार अधिकृत/भन्सार अधिकृत, ............ भन्सार कार्यालय।
विषय: बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गर्न पाऊँ।
महोदय, देहायको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले निकासी गर्ने/परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्ने प्रयोजनको लागि तयारी वस्तु उत्पादन गर्न आवश्यक देहाय बमोजिमको कच्चापदार्थ भन्सार महसुल नियमावली, २०८१ को नियम २३ बमोजिम पैठारी गर्ने अनुमति को लागि अनुरोध छ।
निवेदक उद्योगको नाम र आर्थिक क्षेत्र: निकासी पैठारी सङ्केत नम्बर: उद्योगको प्रतिनिधि/कर्मचारी वा भन्सार जाँचपास प्रतिनिधिको नाम: दस्तखत: मिति:
अनुसूची -४ (नियम २५ को उपनियम (२) सँग सम्बन्धित) नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्दा दिने निवेदनको ढाँचा
श्री प्रमुख भन्सार प्रशासक/प्रमुख भन्सार अधिकृत/भन्सार अधिकृत, ............ भन्सार कार्यालय।
विषय: नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्न पाऊँ।
महोदय, यस उद्योगले निकासी गर्ने प्रयोजनको लागि तयारी वस्तु उत्पादन गर्न आवश्यक देहाय बमोजिमको कच्चापदार्थ भन्सार महसुल नियमावली, २०८१ को नियम २५ बमोजिम नगद धरौटीमा कच्चापदार्थ पैठारी गर्ने अनुमति को लागि अनुरोध छ।
निवेदक उद्योगको नाम: निकासी पैठारी सङ्केत नम्बर: ठेगाना (गुगल प्लस कोड समेत): उद्योगको प्रतिनिधि/कर्मचारी वा भन्सार जाँचपास प्रतिनिधिको नाम: दस्तखत: मिति:
अनुसूची-५ (नियम २८ को उपनियम (२) सँग सम्बन्धित) विलम्ब शुल्क (डेमरेज) को दर
१. विमानस्थल भन्सार कार्यालयमाः तिस दिनसम्मको लागि प्रतिदिनको प्रति के.जी. चालिस पैसा, तिस दिनभन्दा बढी साठी दिनसम्म प्रतिदिनको प्रति के.जी. असी पैसा र साठी दिनभन्दा बढीको प्रतिदिन प्रति के.जी. एक रूपैयाँ बीस पैसा।
२. अन्य भन्सार कार्यालयमाः तिस दिनसम्मको लागि प्रतिदिनको प्रति के.जी. बीस पैसा, तिस दिनभन्दा बढी साठी दिनसम्म प्रतिदिनको प्रति के.जी. चालिस पैसा र साठी दिनभन्दा बढीको प्रतिदिनको प्रति के.जी. साठी पैसा।
नोटः विलम्ब शुल्क (डेमरेज) लिने प्रयोजनको लागि तौलको गणना गर्दा एउटा प्रज्ञापनपत्र वा एउटा कन्साइन्मेन्टको सबै वस्तुको समष्टिगत तौललाई गणना गर्नु पर्नेछ। तौलमा एक किलोग्रामभन्दा कम बाँकी रहेमा एक किलोग्राम मानी गणना गरिन्छ।*