बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।०२।२०
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अनुसन्धान अधिकारी” भन्नाले बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपमा अनुसन्धान गर्ने ऐनको दफा २३ बमोजिम गठन गरिएको एकाइ वा सो कार्य गर्ने तोकिएको कर्मचारी सम्झनु पर्छ । (ख) “अधियोगपत्र” भन्नाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ वा अनुसूची–२ मा उल्लेखित मुद्दामा तयार गरेको अधियोगपत्र सम्झनु पर्छ । (ग) “उजुरी” भन्नाले कसूरजन्य कार्यको आरोपमा बालबालिका उपर परेको उजुरी सम्झनु पर्छ र सो शब्दले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूरको सम्बन्धमा दायर गरिएको अधियोगपत्र वा अन्य मुद्दाको सम्बन्धमा परेको प्रतिवेदनलाई समेत जनाउँछ । (घ) “ऐन” भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ सम्झनु पर्छ । (ङ) “बाल इजलास” भन्नाले ऐनको दफा ३० को उपदफा (३) बमोजिम जिल्ला अदालतमा गठन गरिएको बाल इजलास सम्झनु पर्छ ।
(च) “समिति” भन्नाले नियम ३० बमोजिमको केन्द्रीय बाल न्याय समिति सम्झनु पर्छ ।
परिच्छेद–२ कसूरजन्य कार्यको उजुरी, अनुसन्धान तथा अभियोजन
३. कसूरजन्य कार्यको उजुरीः (१) कुनै बालबालिकाका विरुद्ध कसूरजन्य कार्यको सूचना प्राप्त भएमा अनुसन्धान अधिकारीले त्यस्तो सूचना प्रचलित कानून बमोजिम खडा गरिएको डायरीमा दर्ता गरी गोप्य तिरले सो कुराको अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान प्रारम्भ भएको बालबालिकाको परिचयात्मक विवरण गोप्य राखी सांकेतिक नाम दिई कारबाही अगाडि बढाउनु पर्नेछ ।
४. बालबालिकालाई नियन्त्रणमा लिनेः (१) नियम ३ बमोजिम अनुसन्धान गर्दा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई अनुसन्धानको लागि ऐनको दफा २१ को उपदफा (१) बमोजिम नियन्त्रणमा नलिई नहुने अवस्था भएमा त्यस्तो बालबालिकालाई नियन्त्रणमा लिई त्यसको सूचना नियन्त्रणमा लिइएका बालबालिकाको परिवारको सदस्य, परिवारको सदस्य उपलब्ध नभए संरक्षक, संरक्षक पनि उपलब्ध नभए नजिकको नातेदारलाई अनुसूची–१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (२) बमोजिम नियन्त्रणमा लिई रहन आवश्यक नदेखेमा अनुसन्धान अधिकारीले अनुसूची–२ बमोजिमको ढाँचामा कागज गराई निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्नेछ ।
५. निगरानी कक्षमा राख्ने अनुमति दिनेः (१) अनुसन्धान अधिकारीले कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (७) बमोजिम निगरानी कक्षमा राख्ने अनुमतिको लागि बाल अदालतसमक्ष निवेदन दिँदा अनुसूची–३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा बाल अदालतले त्यस्तो बालबालिकालाई निगरानी कक्षमा राख्ने अनुमति दिने गरी अनुसूची–४ बमोजिमको ढाँचामा वा निगरानी कक्षमा राख्न उपयुक्त नदेखेमा ऐनको दफा २१ को उपदफा
(८) बमोजिम निजको बाबु, आमा, परिवारको अन्य सदस्य, संरक्षक, संस्था वा बालसुधार गृहको जिम्मा लगाउने गरी अनुसूची–५ बमोजिमको ढाँचामा आदेश गर्न सक्नेछ ।
६. निगरानी कक्षमा हुनु पर्ने न्यूनतम सुविधाः (१) निगरानी कक्षमा बालबालिकाको लागि आवश्यक देहायका न्यूनतम सुविधाको व्यवस्था गर्नु पर्नेछः–
(क) स्वच्छ पिउने पानी तथा पोषणयुक्त खाना, (ख) बालबालिकालाई बस्न तथा सुत्नको लागि ओढ्ने ओछ्याउने कपडा सहितको उपयुक्त व्यवस्था, (ग) बालबालिकालाई बस्न तथा सुत्नको लागि आवश्यक कुची, मेच वा पलङको सुविधा, (घ) कक्षमा पर्याप्त हावा र प्रकाशको लागि उचित व्यवस्था, (ङ) शौचालय र सरसफाइको उचित व्यवस्था, (च) भौगोलिक अवस्था र मौसम अनुसारको अन्य उपयुक्त व्यवस्था, र (छ) समितिले निर्धारण गरेको मापदण्ड बमोजिमको अन्य सुविधा ।
(२) उपनियम (१) बमोजिमको सुविधा निगरानी कक्षमा उपलब्ध नभएको सम्बन्धमा बाल अदालतले अनुगमन गर्न सक्नेछ ।
७. अनुसन्धान सम्बन्धी व्यवस्थाः बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपमा अनुसन्धान गराउँदा अनुसन्धान अधिकारीले प्रचलित कानूनमा लेखिएको कार्यविधिको अतिरिक्त देहाय बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछः–
(क) प्रहरी कर्मचारीले प्रहरीको पोसाक नलगाई सादा पोसाक लगाउनु पर्ने, (ख) बालबालिकालाई नियन्त्रणमा धिलनु पर्दा सोको कारण खुलाई आफ्नो परिचय दिई परिचय खुल्ने कागजात देखाउनु पर्ने, (ग) नियन्त्रणमा लिएको बालबालिकालाई निजको संवैधानिक तथा कानूनी हकका बारेमा निजले बुझ्ने भाषामा जानकारी गराउने, (घ) बालबालिकाको बाबु आमा भए दुवैलाई वा कम्तीमा एकजनालाई र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षकलाई बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपको सम्बन्धमा सूचना दिने,
(ङ) नजिकैको सरकारी अस्पताल वा चिकित्सकबाट तुरुन्तै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउने,
(च) आवश्यकता अनुसार बाल मनोविज्ञको परामर्श वा मनोसामाजिक सहयोग उपलब्ध गराउने,
(छ) समाजसेवीबाट बालबालिकाको सामाजिक अध्ययन प्रतिवेदन तयार गर्न लगाउने,
(ज) कुनै लिखत तयार गर्दा बालबालिकाको बाबु आमा भएसम्म दुवैजना वा कम्तीमा एकजना र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहबरमा राख्नु पर्ने,
(झ) बालबालिकालाई नियन्त्रणमा लिइएको जानकारी तुरुन्त सम्बन्धित जिल्ला बाल न्याय समिति वा समितिलाई गराउनु पर्ने, र
(ञ) बालबालिका वा निजको अभिभावकले छुट्टै कानून व्यवसायीको सेवा लिएकोमा बाहेक बालबालिकालाई निःशुल्क कानूनी सहायता प्रदान गर्ने सम्बन्धमा वैतनिक वकील वा जिल्ला कानूनी सहायता समिति वा सम्बन्धित बार एकाइ वा अन्य इच्छुक कानून व्यवसायीलाई जानकारी गराउने ।
८. बालबालिकालाई सोधपुछ गर्दा विचार गर्नु पर्नेः कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई अनुसन्धान अधिकारीले सोधपुछ गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) बालबालिका बयान दिन सक्ने अवस्थामा रहे वा नरहेको यकिन गर्ने,
(ख) निजको बाबुआमा, परिवारको अन्य सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहबरमा राख्ने,
(ग) निजलाई सोधिएको कुराको उत्तर दिन सक्ने बालमैत्री वातावरण बनाई सोधपुछ गर्ने,
(घ) सम्बन्धित कसूरजन्य कार्यको आरोपमा बालबालिकाको पारिवारिक तथा सामाजिक पृष्ठभूमि र अन्य आवश्यक कुराका सम्बन्धमा सोधपुछ गर्ने,
(ङ) निजले बुझ्ने भाषामा गर्ने,
(च) रातको समयमा सोधपुछ नगर्ने,
(छ) दिनमा सोधपुछ गर्दा एक पटकमा एक घण्टाभन्दा लामो समयसम्म सोधपुछ नगर्ने,
(ज) कसूरमा साबित हुन प्रेरित नगर्ने,
(झ) सोधपुछको क्रममा बालमनोविज्ञ वा समाजसेवीको आवश्यकता परेमा सूचीकृत बाल मनोविज्ञ, समाजसेवीहरुबाट आवश्यक सेवा उपलब्ध गराई पाउन बाल अदालत वा स्थानीय बाल अधिकार समितिलाई अनुरोध गर्ने,
(ञ) सार्वजनिक रूपमा सोधपुछ नगर्ने र सोधपुछका लागि छुट्टै कोठा वा स्थानको व्यवस्था गर्ने।
९. अनुसन्धान अधिकारी वा सरकारी वकीलले दिशान्तरको निर्णय गर्न सक्ने: (१) कसूरजन्य कार्यको अभियोगमा अनुसन्धान वा अभियोजनको क्रममा बालबालिकाको सर्वोत्तम हितको लागि कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिम दिशान्तर गर्न सक्ने अवस्था भएमा अनुसन्धान अधिकारी वा सरकारी वकीलले ऐनको दफा २९ को उपदफा (४) बमोजिम बालबालिकाको आर्थिक, सांस्कृतिक अवस्था तथा परिवेशको अध्ययन र विश्लेषण गर्न लगाई प्रतिवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदन तथा ऐनको दफा २८ मा उल्लिखित अवस्था विचार गरी दफा २७ को उपदफा (१) को खण्ड (क) बमोजिम दिशान्तर गर्ने अवस्था भएमा अनुसन्धान अधिकारीले आधार र कारण खुलाई त्यस्तो बालबालिकालाई दिशान्तर गर्ने निर्णय गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुसन्धान अधिकारीले गरेको दिशान्तरको निर्णयको प्रतिलिपि राखी समिति, बाल अदालत र सरकारी वकीललाई त्यसको जानकारी दिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदन तथा ऐनको दफा २८ मा उल्लिखित अवस्था विचार गरी दफा २७ को उपदफा (१) को खण्ड (ख) बमोजिम
दिशान्तर गर्ने अवस्था भए सम्बन्धि सरकारी वकीलले आधार र कारण खुलाई त्यस्तो बालबालिकालाई दिशान्तर गर्ने निर्णय गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम सरकारी वकीलले गरेको दिशान्तरको निर्णयको प्रतिलिपि राखी समिति र बाल अदालतलाई त्यसको जानकारी दिनु पर्नेछ ।
(६) उपनियम (२) वा (४) बमोजिम दिशान्तर गर्ने निर्णय गर्दा ऐनको दफा २९ को उपदफा (१) अन्तर्गतको कुन प्रक्रिया अवलंबन गरिएको हो सो कुरा प्रस्ट रूपमा खुलाई अनुसूची–६ बमोजिमको ढाँचामा निर्णय गर्नु पर्नेछ ।
(७) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (घ) बमोजिम बालबालिकालाई कुनै सामुदायिक सेवामा पठाउँदा सोह्र वर्ष पूरा भएका बालबालिकालाई मात्र पठाउनु पर्नेछ । सामुदायिक सेवामा पठाउँदा बालबालिकालाई अध्ययन गर्ने, विद्यालयको सरसफाई गर्ने, धार्मिक स्थलहरूमा आउने श्रद्धालुहरूलाई सहयोग गर्ने, वृद्धाश्रममा गई वृद्धवृद्धाहरूलाई सहयोग गर्ने जस्ता काममा लगाउने निर्णय गर्न सकिनेछ ।
तर त्यस्तो काममा लगाउँदा दैनिक दुई घण्टा भन्दा बढी वा सामुदायिक सेवाको अवधिभर एक सय घण्टाभन्दा बढी काममा लगाउने गरी निर्णय गर्न हुँदैन ।
(८) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (च) बमोजिम बालबालिकालाई बाल कल्याण अधिकारीको सुपरिवेक्षण र निर्देशनमा रहने गरी छाड्दा आवश्यक शर्तहरू समेत तोक्न सकिनेछ । त्यस्तो शर्तको पालना भए नभएको सुपरिवेक्षण गर्नु सम्बन्धित बाल कल्याण अधिकारीको कर्तव्य हुनेछ ।
(९) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (छ) बमोजिम बालबालिकालाई बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षकको जिम्मा लगाउँदा बालबालिकाले गर्ने र नहुने कुराहरू खुलाई सहमतिको कागज गराउनु पर्नेछ ।
(१०) ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) र (ख) को अधीनमा रही उपनियम (६) बमोजिम गरिएको दिशान्तरको निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय भएको मिति तीस दिनभित्र बाल अदालतमा पुनरावेदन गर्न सक्नेछ।
१०. अभियोजनसम्बन्धी व्यवस्थाः (१) कसूरजन्य कार्यको आरोपको अनुसन्धानबाट त्यस्तो आरोप लागेको बालबालिका उपर प्रचलित कानून बमोजिम मुद्दा चलाउनु पर्ने देखिएमा अनुसन्धान अधिकारीले सम्बन्धित अभियोजनकर्ता समक्ष प्रचलित कानून बमोजिमको ढाँचामा प्रतिवेदन सहित मिसिल पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश हुन आएको अनुसन्धान प्रतिवेदन सहितको मिसिलबाट मुद्दा चलाउनु पर्ने देखिएमा सम्बन्धित अभियोजनकर्ताले प्रचलित कानून बमोजिमको ढाँचामा सम्बन्धित बाल अदालतमा अभियोग पत्र दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अभियोग पत्र दर्ता गर्दा सामाजिक अध्ययन प्रतिवेदनसमेत साथै पेश गर्नु पर्नेछ ।
११. बालबालिकाको साथमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमाः (१) कुनै कसूरजन्य कार्यको आरोप लागी अनुसन्धान भइरहेका बालबालिकाको साथमा उक्त कसूरमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा अभियोजनकर्ताले बालबालिकाको हकमा बाल अदालतमा अभियोगपत्र दर्ता गरी उमेर पुगेका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम त्यस्तो मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा अभियोगपत्र दर्ता गर्नु पर्नेछ।
(२) बाल अदालतको गठन नहुँदै कसूरजन्य कार्यको आरोप लागेका बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत संलग्न भई त्यस्तो व्यक्तिलाई समेत प्रतिवादी बनाई अभियोग पत्र दर्ता हुन आएकोमा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकाको हकमा बाल इजलासमा र उमेर पुगेका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम उक्त मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा दर्ता गर्नु पर्नेछ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत जिल्ला अदालतमा विचाराधीन कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी रहेको भएमा बालबालिकाको हकमा बाल इजलासबाट र उमेर पुगेका व्यक्तिको हकमा बाल इजलास हेर्ने न्यायाधीशको इजलासबाट त्यस्तो मुद्दाको प्रचलित कानून बमोजिम कारबाही, सुनुवाइ र किनारा गर्न नबाधा पर्ने छ ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत जिल्ला अदालत बाहेक अन्य अदालत वा न्यायिक निकायमा सुरु कारबाही र किनाराको क्रममा विचाराधीन कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा उमेर पुगेका व्यक्तिको हकमा छुट्टै मिसिल खडा गरी सोही अदालत वा न्यायिक निकायबाट र बालबालिकाको हकमा बाल अदालतमा मुद्दा स्थानान्तरण गरी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्नु पर्नेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला अदालतको सामान्य इजलास वा अन्य निकायमा सुरु कारबाही र किनाराको क्रममा विचाराधीन कुनै मुद्दामा बालबालिका मात्र प्रतिवादी भएको मुद्दा बाल अदालतमा स्थानान्तरण गरी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्नुपर्ने मानिने छैन ।
तर त्यसरी मुद्दा स्थानान्तरण भएका आधार कारणले मात्र पहिले गरिएका कारबाही अमान्य वा बदर भएको मानिने छैन ।
१२. अभियोगपत्र तथा प्रमाणको प्रतिलिपि दिनु पर्नेः (१) कसूरजन्य कार्यको आरोप लागेको बालबालिका विरुद्ध अभियोगपत्र दायर भएपछि बाल अदालतले त्यस्तो अभियोगपत्र तथा तत्सम्बन्धी लिखित प्रमाणको एक एक प्रति बालबालिकाको बाबु, आमा वा परिवारको सदस्य वा संरक्षकलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणका प्रतिलिपि बालबालिकाको बाबु, आमा, परिवारको सदस्य वा संरक्षक आफैँ बाल अदालतमा उपस्थित भई बुझ्न सक्नेछन् ।
(३) उपनियम (१) बमोजिम अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणको प्रतिलिपि दिनको लागि बालबालिकाको बाबु, आमा वा परिवारको सदस्य वा संरक्षक नभएमा वा निजहरूले त्यस्तो प्रतिलिपि बुझ्न नचाहेमा त्यस्तो प्रतिलिपि बालबालिकाको कानून व्यवसायीलाई उपलब्ध गराउनु पर्नेछ ।
परिच्छेद–३ समाजसेबी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता, नियुक्ति तथा सेवाको शर्त
१३. समाजसेबीको योग्यताः (१) बाल इजलासमा समाजसेबीको रूपमा सहभागी हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछः–
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट सामाजिक कार्य, बाल विकास वा बाल अधिकारको विषय लीई कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरेको वा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरी बालअधिकार वा समाजसेवाका सम्बन्धमा कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको,
(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि हिमाली जिल्लामा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्ति उपलब्ध हुन नसकेमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरी बालअधिकार वा समाजसेवका सम्बन्धमा कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको व्यक्तिलाई नियुक्त गर्न बाधा पर्ने छैन ।
१४. बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यताः (१) बाल इजलासमा बाल मनोविज्ञ वा बाल विशेषज्ञको रूपमा सहभागी हुने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछः–
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट मनोविज्ञान विषय लिई कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरेको वा मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातक तह वा सोसरहको उपाधि प्राप्त गरी बालअधिकार वा मनोविज्ञानका सम्बन्धमा कम्तीमा दुई महिनाको तालीम प्राप्त गरेको,
(ख) फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा ले लेखिएको भए तापनि हिमाली जिल्लामा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको व्यक्ति उपलब्ध हुन नसकेमा कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरी बाल अधिकार वा मनोविज्ञानका सम्बन्धमा कम्तीमा दुई महिनाको तालीम प्राप्त गरेका व्यक्तिलाई नियुक्त गर्न बाधा पर्ने छैन ।
१५. समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको नियुक्तिः (१) प्रत्येक बाल इजलासमा रहने समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञ छनौट गर्ने प्रयोजनको लागि जिल्ला अदालतले तीस दिनको सार्वजनिक सूचना प्रकाशन गरी नियम १३ वा १४ बमोजिम योग्यता पुगेका ऐनको दफा ६२ बमोजिम समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको रूपमा सूचीकृत भएका व्यक्तिहरूमध्येबाट दरखास्त आह्वान गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम परेका दरखास्तमध्ये आवश्यक छानबिन गरी उपयुक्त देखिएका समाजसेवी र बाल मनोविज्ञलाई जिल्ला अदालतले बाल इजलासमा रहने समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको रूपमा नियुक्ति दिनेछ र त्यसरी नियुक्ति भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई नेपाल सरकारले तोके बमोजिमको सुविधा जिल्ला अदालतले उपलब्ध गराउनेछ।
(३) उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको विवरण सहितको जानकारी जिल्ला अदालतले सर्वोच्च अदालत र समितिलाई दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम नियुक्त भएका समाजसेवी तथा बालमनोविज्ञ वा बाल विशेषज्ञको लागि बाल न्याय कार्यविधि तथा बालन्याय सम्पादनको विषयमा समितिले आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
१६. समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधिः समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधि चार वर्षको हुनेछ र निजहरूको पुनः नियुक्ति हुन सक्नेछ ।
१७. समाजसेवी र बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई हटाउन सक्नेः (१) नियम १६ मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १५ को उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई देहायको अवस्थामा सम्बन्धित जिल्ला अदालतले हटाउन सक्नेछः–
(क) खराब आचरण भएमा,
(ख) कार्यक्षमताको अभाव भएमा,
(ग) इमान्दारी पूर्वक पदीय कर्तव्य पालना नगरेमा, वा
(घ) बाल अदालत वा बाल इजलासमा बस्न सूचित गर्दा मनासिब माफिको कारण बिना लगातार तीन पटकसम्म उपस्थित नभएमा ।
(२) उपनियम (१) बमोजिम हटाउनु पूर्व सम्बन्धित जिल्ला अदालतले सम्बन्धित सदस्यलाई सुनुवाइको मौका दिनु पर्नेछ ।
(३) नियम १५ को उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञले आफू सो पदमा रही काम गर्न नसक्ने ब्यहोराको लिखित जानकारी सम्बन्धित जिल्ला अदालतलाई दिएर पदबाट अलग हुन सक्नेछ र सम्बन्धित अदालतले त्यसरी पदबाट अलग भएको जानकारी समितिलाई दिनु पर्नेछ ।
परिच्छेद–४
बाल अदालतको अधिकार क्षेत्रको प्रयोग, मुद्दाको सुनुवाइ तथा पुनस्र्थापकीय न्याय
१८. अधिकारक्षेत्रको प्रयोगः (१) बाल इजलासको अधिकार क्षेत्रको प्रयोग न्यायाधीश, समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञले सामूहिक रूपमा गर्नेछन् ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाल इजलासमा समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञ उपलब्ध नभएको वा अन्य कुनै कारणले अनुपस्थित रहेको अवस्थामा पनि न्यायाधीशले मुद्दाको सुनुवाइ, कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।
(३) मुद्दाको सुनुवाइ गर्दा न्यायाधीश, समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञबीच मतैक्य नभएमा कानूनी प्रश्नमा न्यायाधीशको निर्णय मान्य हुनेछ ।
(४) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम सजाय निर्धारण गर्नु पर्ने अवस्था भएमा न्यायाधीशले समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको राय समेतलाई विचार गरी निर्धारण गर्नेछ ।
(५) बाल इजलासका लागि नियुक्त भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञ आफूले सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक अध्ययन प्रतिवेदन पेश गरेको बालबालिकाको हक रहेको मुद्दा र प्रचलित कानून बमोजिम हेर्न नपाइने मुद्दाको सुनुवाइ प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
१९. बाल अदालतले ददिान्तर गर्न सक्नेः (१) बाल अदालतले ऐनको दफा २७ बमोजिम कसूरजन्य कार्यको अभियोग लागेको बालबालिकाको सर्वोत्तम हितको लागि ददिान्तर गर्न मनासिब देखेमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा रहेको भएपनि ऐनको दफा २८ को अवस्था विचार गरी दफा २९ को कुनै प्रक्रिया अवलम्बन गर्ने गरी अनुसूची–७ बमोजिमको ढाँचामा ददिान्तरको निर्णय गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ददिान्तर गर्ने निर्णय गर्दा त्यसको आधार, कारण तथा ददिान्तरको प्रक्रिया, पीडितलाई भएको हानि नोक्सानी बापतको क्षतिपूर्ति, ददिान्तर गरिएको बालबालिका ददिान्तर प्रक्रियामा निरन्तर रहे नरहेको अनुगमन गर्ने प्रक्रिया खुलाई नियम ९ को उपनियम (७), (८) र (९) को व्यवस्थाको अधीनमा रही निर्णय गर्नु पर्नेछ ।
(३) ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ग) को अधिनमा रही उपनियम (१) र (२) बमोजिम गरिएको दिशान्तरको निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय भएको मितिदेखि तीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
२०. बन्द इजलासमा सुनुवाइ हुनेः (१) कसूरजन्य कार्यको अभियोग लागेको बालबालिकाको मुद्दामा ऐनको दफा ३५ बमोजिम बन्द इजलासमा सुनुवाइ गरिनेछ । यसरी सुनुवाइ गर्दा बालबालिकासँगै निजको बाबु, आमा, परिवारको सदस्य, संरक्षक वा निजको कानून व्यवसायी, सरकारी वकील, मुद्दाको पीडित पक्ष र निजको कानून व्यवसायी तथा अदालतले अनुमति दिएका व्यक्तिलाई मात्र प्रवेश अनुमति दिइनेछ ।
(२) बालबालिकालाई सोधपुछ गर्दा बाल अदालतको छुट्टै कोठामा क्यामेरा जडान गरी बालबालिकालाई सोही कोठामा सोधपुछ गरी त्यसरी सोधिएको कुरा इजलासको पर्दा (स्क्रिन) मा देखिने व्यवस्था गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम सोधपुछ गर्न बाल मनोवैज्ञानिक वा बालबालिकासँग सहज रूपमा सञ्चार वा संवाद गर्न सक्ने व्यक्तिलाई बाल अदालतले तोक्न सक्नेछ । यसरी व्यक्ति तोक्दा उपलब्ध भएसम्म बाल न्यायसम्बन्धी तालीम प्राप्त व्यक्तिलाई तोक्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सोधपुछ गर्दा बालबालिकासँगै निजको बाबु, आमा, संरक्षक वा कानून व्यवसायी बस्न सक्नेछन् ।
२१. मुद्दाको सुनुवाइः (१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम सुनुवाइको सिलसिलामा बालबालिकालाई प्राप्त अधिकारको कार्यान्वयन हुने गरी मुद्दाको सुनुवाइ गर्नु पर्नेछ।
(२) बाल अदालतले सुनुवाइ गर्दा आरोपीत बालबालिकालाई कसूरजन्य कार्यको प्रकृति र प्राप्त साक्षी प्रमाणका सम्बन्धमा जानकारी दिनु पर्नेछ ।
(३) सुनुवाइ गर्दा बालबालिकाले आफ्नो कुरा राख्न चाहेमा सोका लागि मौका दिनु पर्नेछ।
(४) सुनुवाइमा उपस्थित पीडित पक्षले कुनै कुरा व्यक्त गर्न वा राख्न चाहेमा सोका लागि मौका दिनु पर्नेछ।
२२. प्रमाण बुझ्ने: (१) बालबालिका विरुद्ध लगाइएको अभियोग खण्डन गर्ने प्रमाण आफूसँग भएमा त्यस्तो प्रमाण बुझी पाउनको लागि बाल अदालतसमक्ष जोसुकैले निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा बाल अदालतले त्यस्तो प्रमाण पेश गर्न अनुमति दिन सक्नेछ ।
(३) बालबालिका विरुद्ध अभियोगपत्र दायर गर्दा सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक प्रतिवेदन संलग्न गरेको नदेखिएमा बाल अदालतले त्यस्तो प्रतिवेदन तयार गरी पेश गर्ने त्यस्तो सेवा प्रदान गर्ने व्यक्ति वा बालबालिकाको हकहित संरक्षण गर्ने प्रचलित कानून बमोजिम गठित संघ संस्थालाई आदेश दिन सक्नेछ ।
२३. साक्षी बुझ्ने: बालबालिकाले आफ्नो तर्फबाट आफैँ साक्षी उपस्थित गराउनको लागि निवेदन दिएमा बाल अदालतले त्यस्तो साक्षी उपस्थित गराउन अनुमति दिन सक्नेछ ।
२४. पीडित र साक्षी संरक्षणको लागि आदेश दिन सक्ने: (१) बाल अदालतले मुद्दाको कारबाही र सुनुवाइको सिलसिलामा पीडित बालबालिकालाई ऐनको दफा २५ बमोजिम प्राप्त अधिकारको कार्यान्वयन गर्न तथा साक्षी बालबालिकाको संरक्षणको लागि उपयुक्त आदेश दिन सक्नेछ ।
(२) बाल अदालतले मुद्दाको कुनै पनि चरणमा पीडित बालबालिकालाई पुनस्र्थापना गर्न उपयुक्त र आवश्यक आदेश गर्न सक्नेछ ।
२५. बालबालिकाको अधिकारको संरक्षणको लागि आदेश दिन सक्ने: (१) बाल अदालतले मुद्दाको कुनै पनि चरणमा कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको अधिकारको संरक्षणको लागि उपयुक्त र आवश्यक आदेश दिन सक्नेछ ।
(२) बाल अदालतले मुद्दाको कुनै पनि चरणमा कसूरजन्य कार्यको आरोप लागेका बालबालिकालाई पुनस्र्थापना गर्न उपयुक्त र आवश्यक आदेश दिन सक्नेछ ।
(३) बाल अदालतले कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको ऐन बमोजिमको कुनै अधिकारको कार्यान्वयन अनुसन्धान अधिकारी वा सरकारी वकीलले नगरेको जानकारी सम्बन्धित पक्षले गराएमा त्यस्तो अधिकारको कार्यान्वयन गर्न सम्बन्धित अधिकारीलाई आदेश दिन सक्नेछ ।
२६. फैसला गर्नु पर्नेः बाल अदालतबाट कारबाही र सुनुवाइ भएको मुद्दामा ऐनको दफा ३७ को अधीनमा रही अनुसूची–८ बमोजिमको ढाँचामा फैसला गर्नु पर्नेछ ।
२७. फैसला कार्यान्वयन सम्बन्धी व्यवस्थाः यस नियमावली बमोजिम भएको फैसलाको कार्यान्वयन प्रचलित कानून बमोजिम हुनेछ ।
२८. निःशुल्क प्रतिलिपि दिनु पर्नेः बाल अदालतले फैसलाको प्रतिलिपि सम्बन्धित बालबालिका वा निजको बाबु, आमा, परिवारको सदस्य, संरक्षक वा कानून व्यवसायीलाई निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
२९. पुनस्र्थापकीय न्याय सम्बन्धी व्यवस्थाः (१) बाल न्याय सम्पादनको क्रममा दण्डान्तर गर्दा, फैसला गर्दा र सजाय कार्यान्वयन गर्दासमेत पुनस्र्थापकीय न्यायका सिद्धान्तलाई बाल न्याय प्रणालीको आधारभूत सिद्धान्तको रूपमा अनुसरण गरिनेछ ।
(२) बाल न्याय सम्पादन गर्दा कसूरजन्य कार्यबाट सृजित आपराधिक दायित्वको निर्धारण, पीडितको न्याय पाउने हकको सम्मान र कसूरजन्य कार्यबाट प्रभावित पक्षको समाजमा पुनस्र्थापनाको सुनिश्चितताको लागि उपयुक्त उपायको रुपमा पुनस्र्थापकीय न्यायलाई अवलम्बन गरिनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम पुनस्र्थापकीय न्यायको अनुसरण गर्दा देहायका मध्ये कुनै वा सबै उपायहरू अवलम्बन गर्ने गरी बाल अदालतले आदेश दिन सक्नेछः–
(क) पीडित, पीडक, निजहरूको परिवार, घटनापश्चात् उद्धार एवं उपचारमा संलग्न व्यक्ति र सहजकर्तासमेतको सहभागितामा कसूर गर्दाको परिस्थिति, कारण, हुन गएको क्षति, उपचार गर्दा लागेको खर्च समेतको विषयमा छलफल गराउने,
(ख) पीडित र प्रभावित पक्षलाई पुगेको क्षतिलाई मूल्याङ्कन गरी क्षतिको रकम यकिन गर्न सम्भव भएमा त्यस्तो रकम भराइ दिने,
(ग) पेशागत काम कारबाही गर्न नसक्ने गरी पीडितको क्षमता ह्रास भएको वा निजको हक लाग्ने सम्पत्ति हानि नोक्सानी हुन गएकोमा प्रत्यक्ष हानि नोक्सानी कसूरदारबाट भराइ दिने,
(घ) आवश्यक देखिएका अन्य उपयुक्त उपाय अवलम्बन गराउने ।
(४) पुनस्र्थापकीय न्यायका अन्य आधार र प्रक्रिया सर्वोच्च अदालतले बनाएको निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।
परिच्छेद–५ केन्द्रीय बाल न्याय समितिको गठन तथा काम, कर्तव्य र अधिकार
३०. केन्द्रीय बाल न्याय समितिः (१) बाल न्यायसँग सम्बन्धित विभिन्न निकायका बीच समन्वय गर्न ऐनको दफा ४६ बमोजिम रहने केन्द्रीय बाल न्याय समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) प्रधानन्यायाधीशले तोकेको सर्वोच्च अदालतको न्यायाधीश — अध्यक्ष (ख) सचिव, कानून, न्याय तथा संसदीय मामला मन्त्रालय — सदस्य (ग) सचिव, गृह मन्त्रालय — सदस्य (घ) सचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय — सदस्य (ङ) नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय — सदस्य (च) प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय — सदस्य (छ) राष्ट्रिय बाल अधिकार परिषद्को प्रशासकीय प्रमुखको रुपमा काम गर्ने पदाधिकारी — सदस्य (ज) समितिका अध्यक्षले मनोनयन गरेको कम्तीमा एक महिलासहित तीन जना — सदस्य (झ) मुख्य रजिष्टारले तोकेको सर्वोच्च अदालतको रजिष्टार — सदस्य-सचिव
(२) देहायको योग्यता भएको व्यक्ति उपनियम (१) को खण्ड (ज) बमोजिमको सदस्यमा मनोनयन हुन सक्नेछः–
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट सामाजिक कार्य, मनोविज्ञान, कानून वा समाजशास्त्र विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ख) बाल अधिकार वा बाल न्यायको क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको, र
(ग) फौजदारी कसूरमा सजाय नपाएको ।
(३) उपनियम (१) को खण्ड (ज) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ ।
(४) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) समितिले आवश्यकता अनुसार बालन्यायसँग सम्बन्धित व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
३१. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बाल न्याय प्रणालीको सुदृढीकरण र विकासका लागि आवश्यक पर्ने कानूनी तथा नीतिगत व्यवस्था गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक सुझाव तथा परामर्श दिने,
(ख) बाल अधिकार र बाल न्यायको विषयलाई नेपालका विश्वविद्यालय, विद्यालय तथा शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालय, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई अनुरोध गर्ने ,
(ग) बाल अधिकार र बाल न्यायको क्षेत्रमा नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट गर्नु पर्ने कार्यक्रमहरूको सम्बन्धमा आवश्यकता अनुरूप मार्गदर्शन तथा समन्वय र सहकार्य गर्ने ,
(घ) बाल न्याय सम्पादनलाई छिटोछरितो प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि बाल न्यायको क्षेत्रमा संलग्न हुने निकायमा कार्यरत सरकारी तथा गैरसरकारी व्यक्ति तथा संस्थालाई बाल न्यायका सन्दर्भमा विकसित नवीन दृष्टिकोण र कार्यक्रमबारे जानकारी गराउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ङ) बाल न्याय सम्पादनमा संलग्न हुने निकाय वा अधिकारीबाट सम्पादन भएका सेवा र कार्यहरूको स्तरसम्बन्धी रेखदेख तथा व्यवस्थापन सम्बन्धी काम कारबाही गर्ने, गराउने,
(च) जिल्ला बाल न्याय समिति, बाल सुधार गृह वा बाल न्यायको क्षेत्रमा काम गर्ने अन्य निकायहरूको अनुगमन, सुपरिवेक्षण गर्ने तथा उपयुक्त निर्देशन दिने,
(छ) बाल अधिकार तथा बाल न्यायको सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धान गर्ने तथा पुस्तक, स्रोत सामग्री, जर्नल आदि प्रकाशन गर्ने,
(ज) बाल अधिकार र बाल न्याय सम्बन्धी विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने,
(झ) बाल न्याय सम्पादनको सन्दर्भमा रहेका समस्या समाधानको लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव दिने वा सिफारिस गर्ने,
(ञ) बाल सुधार गृह तथा निगरानी कक्षको सञ्चालन सम्बन्धी मापदण्ड निर्धारण गर्ने र कार्यान्वयनको लागि मार्गदर्शन गर्ने,
(ट) ऐनको प्रभावकारी कार्यान्वयनमा आवश्यक निर्देशन दिने ।
३२. समितिको सचिवालयः (१) समितिको सचिवालय सर्वोच्च अदालतले तोकेको स्थानमा रहनेछ। सचिवालयले बाल अदालत, बाल सुधार गृह, जिल्ला बाल न्याय समिति समेतको सम्पर्क बिन्दुको रूपमा काम गर्नेछ ।
(२) समितिको काम कारबाही सुचारू रूपले सञ्चालन गर्न सर्वोच्च अदालतले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्राङ्कित अधिकृतलाई समितिको सचिवालयको कामकाज गर्न तोक्न सक्नेछ। सचिवालयको लागि आवश्यक पर्ने अन्य कर्मचारी सर्वोच्च अदालतले उपलब्ध गराउने छ।
(३) उपनियम (२) बमोजिम तोकिएको कर्मचारीले बाल न्याय प्रशासन सम्बन्धी काम गर्नेछ र निजको अन्य काम, कर्तव्य तथा अधिकार समितिका अध्यक्षले तोकेबमोजिम हुनेछ।
३३. विज्ञको सहयोग लिन सक्नेः समितिले बाल न्यायको प्रभावकारी कार्यान्वयनको लागि बाल न्यायको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट आवश्यक परामर्श र सहयोग लिन सक्नेछ।
परिच्छेद–६ जिल्ला बाल न्याय समितिको गठन तथा काम, कर्तव्य र अधिकार
३४. जिल्ला बाल न्याय समितिः (१) ऐनको दफा ४७ बमोजिम प्रत्येक जिल्लामा रहने जिल्ला बाल न्याय समितिको गठन देहाय बमोजिम हुनेछः–
(क) सम्बन्धित जिल्लाको वरिष्ठतम जिल्ला न्यायाधीश — अध्यक्ष (ख) सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी — सदस्य (ग) जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको न्यायिक समितिको संयोजक — सदस्य (घ) सम्बन्धित जिल्लाको जिल्ला न्यायाधिवक्ता — सदस्य (ङ) सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयको प्रमुख — सदस्य (च) सम्बन्धित जिल्लाको जिल्ला बार एसोसिएसनको अध्यक्ष — सदस्य (छ) बालबालिकाको क्षेत्रमा कार्यरत सम्बन्धित जिल्लाका संस्थाको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिलासहित तीन जना — सदस्य (ज) सम्बन्धित जिल्लाका बालमनोविज्ञ मध्येबाट एक जना — सदस्य (झ) सम्बन्धित जिल्लाका समाजसेवीमध्येबाट एक जना — सदस्य (ञ) सम्बन्धित जिल्लाको बाल कल्याण अधिकारीमध्येबाट एक जना — सदस्य (ट) सम्बन्धित जिल्लाको प्रोबेशन अधिकारी — सदस्य (ठ) सम्बन्धित जिल्लाभित्र रहेका बाल सुधार गृहका प्रमुख — सदस्य (ड) क्षेतेदार, जिल्ला अदालत — सदस्य–सचिव
(२) देहायको योग्यता भएको व्यक्ति उपदनीम (१) को खण्ड (छ), (ज) र (झ) बमोजिमको सदस्यमा मनोनयन हुन सक्नेछः–
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको,
(ख) बाल अधिकार वा बाल न्यायको क्षेत्रमा कम्तीमा तीन वर्ष कार्य गरेको, र
(ग) फौजदारी कसूरमा सजाय नपाएको।
(३) उपदनीम (१) को खण्ड (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्यको मनोनयन जिल्ला बाल न्याय समितिको अध्यक्षले गर्नेछ।
(४) उपदनीम (३) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ।
(५) जिल्ला बाल न्याय समितिले आवश्यकता अनुसार बाल न्यायसँग सम्बन्धित व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(६) जिल्ला बाल न्याय समितिको बैठकसम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
३५. जिल्ला बाल न्याय समितिको काम, कर्तव्य र अधिकारः जिल्ला बाल न्याय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बाल न्याय प्रणाली सुदृढीकरण र विकासका लागि जिल्लामा गर्नु पर्ने आवश्यक व्यवस्थाका लागि समितिलाई आवश्यक सुझाव, परामर्श दिने,
(ख) जिल्लाका बाल अधिकार र बाल न्याय प्रणालीका क्षेत्रमा कार्यरत संस्थाबाट भइरहेका कार्यक्रमहरू बीच समन्वय गर्ने गराउने,
(ग) समितिको निर्देशनको अधीनमा रही बाल न्यायको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी व्यक्ति तथा संस्थालाई बाल न्यायका सन्दर्भमा विकसित नवीन दृष्टिकोण र कार्यक्रमबारे जानकारी गराउन क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने गराउने,
(घ) बाल अधिकार र बाल न्यायको विषयमा स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्ने,
(ङ) जिल्लामा बाल न्यायको क्षेत्रमा कार्यरत निकायबाट सम्पादन भएका सेवा र कार्यहरूको एकीकृत अभिलेख राख्ने तथा राख्न लगाउने,
(च) समितिले तोकिदिएका अन्य काम गर्ने गराउने ।
३६. सचिवालयः जिल्ला बाल न्याय समितिको सचिवालय जिल्ला बाल न्याय समितिले तोकेको स्थानमा रहनेछ ।
परिक्च्छेद–७ विविध
३७. उमेर कायम गर्नेः (१) बालबालिकाको उमेर फरक फरक उल्लेख भई दुविधा उत्पन्न भएमा ऐनको दफा ८३ बमोजिमका लिखतका आधारमा त्यस्तो बालबालिकाको उमेर यकिन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बालबालिकाको उमेर कायम गर्दा उमेरको सम्बन्धमा दुविधा कायम रहेमा उमेर परीक्षण गर्ने सुविधा उपलब्ध भएको सरकारी अस्पतालबाट उमेर परीक्षण गराउनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सरकारी अस्पताल नभएको अवस्थामा सोही जिल्ला वा नजिकैको जिल्लामा अवस्थित उमेर परीक्षण गर्ने सुविधा उपलब्ध भएको अन्य अस्पतालबाट समेत उमेर परीक्षण गर्न बाधा पर्ने छैन ।
(४) उपनियम (२) वा (३) बमोजिम उमेर परीक्षण गर्दा लाग्ने शुल्क परीक्षण गर्नै पठाउने संस्थाले बेहोर्नु पर्नेछ ।
३८. सहयोग लिन सक्नेः (१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा दिशान्तरको क्रममा, सरकारी वकीलले दिशान्तरको क्रममा तथा बाल अदालतले मुद्दाको कारबाही, दिशान्तर, सुनुवाइ र किनाराका क्रममा स्थानीय तह, प्रहरी, स्थानीय प्रशासन, बाल न्याय वा बाल अधिकारको क्षेत्रमा कार्यरत सामाजिक तथा गैरसरकारी सङ्घ संस्था समेतको सहयोग माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम माग गरिएको सहयोग उपलब्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
३९. सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक अध्ययन प्रतिवेदनको ढाँचाः (१) सामाजिक, मनोसामाजिक अध्ययन प्रतिवेदन तयार गर्दा अनुसूची–९ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।
(२) मनोवैज्ञानिक अध्ययन प्रतिवेदन तयार गर्दा अनुसूची–१० बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ ।
४०. अद्यावधिक जानकारी दिन सक्नेः (१) बाल अदालतले आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र पर्ने बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मुद्दा सम्बन्धी विवरण, बालबालिकाको शारीरिक, मानसिक स्वास्थ्य स्थिति, शैक्षिक अवस्था, बालबालिकाहरूलाई सुधार गर्न अपनाइएको तरिका र बालबालिकामा आएको सुधारको अवस्था, बाल सुधार गृहको भौतिक अवस्थाको अद्यावधिक विवरण दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त विवरणबाट देखिएका तत्काल सुधार गर्नु पर्ने कुराहरूको विषयमा बाल अदालतले आवश्यक निर्देशन दिन सक्नेछ।
४१. दिशान्तरको प्रक्रिया परिवर्तन वा पूरा गराउन सक्नेः ऐनको दफा २७ बमोजिम दिशान्तर गरिएको बालबालिका दिशान्तर प्रक्रियामा निरन्तर रुपमा सहभागी नभएको भनी ऐनको दफा २९ को उपदफा (७) बमोजिम प्रोबेशन अधिकारीले प्रतिवेदन दिएमा दिशान्तर गर्ने अनुसन्धान अधिकारी, सरकारी वकील वा बाल अदालतले दिशान्तरको प्रक्रिया परिवर्तन गर्ने वा पहिलेको प्रक्रियालाई पूरा गर्ने वा गराउन सक्नेछ ।
४२. दिशान्तरको प्रक्रियामा सहयोग उपलब्ध गराउन सकिनेः ऐनको दफा २९ बमोजिम बालबालिकालाई बाल अदालतबाट दिशान्तर गरिएकोमा सो अदालतले र अनुसन्धान अधिकारी वा सरकारी वकीलबाट दिशान्तर गरिएकोमा समितिले दिशान्तरको प्रक्रियामा लाग्ने खर्च ऐनको दफा ६३ बमोजिमको कोषबाट उपलब्ध गराउने गरी आदेश दिन सक्नेछ।
४३. प्रोबेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकारः ऐन तथा यस नियमावलीमा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रोबेशन अधिकारीको बाल न्यायको सन्दर्भमा अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको मुद्दाको अनुसन्धान सम्बन्धी प्रक्रिया अवलोकन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,
(ख) निगरानी कक्ष, सुधार गृह तथा अन्य सङ्घ संस्थामा राखिएका बालबालिकाको स्थितिबारे अध्ययन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,
(ग) दिशान्तरको क्रममा अनुसन्धान अधिकारी, अभियोजनकर्ता र बाल अदालतबाट दिएको आदेशको पालना भए नभएको सम्बन्धमा अध्ययन गरी उक्त निकायहरूलाई आवश्यक प्रतिवेदन पेश गर्ने,
(घ) बाल अदालतले दिएका आदेशहरूको कार्यान्वयन भए नभएको सम्बन्धमा अध्ययन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,
(ङ) बालबालिकालाई परिवार तथा समुदायमा पुनस्र्थापना गर्न सहयोग गर्ने,
(च) बाल अदालतले प्रोबेशनमा रहने गरी तोकेका बालबालिकाहरूको सुपरिवेक्षण गर्ने,
(छ) बालबालिका संलग्न कसूरजन्य कार्यको अनुसन्धान वा अभियोजनको क्रममा अनुसन्धान अधिकारी वा अभियोजनकर्ताले मागेको कुनै विवरण वा जानकारी उपलब्ध गराउने,
(ज) बाल अदालतले तोकेको अन्य कार्य गर्ने ।
४४. दोभाषे राख्न सकिनेः बाल अदालत तथा अनुसन्धान अधिकारीले बालबालिकासँग सोधपुछ गर्दा आवश्यक परेमा दोभाषेको सुविधा उपलब्ध गराई सोधपुछ गर्नु पर्नेछ ।
४५. निर्देशन दिन सक्नेः ऐन तथा यस नियमावलीमा उल्लिखित काम कारबाही सुचारू रूपले सञ्चालन गर्न सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समितिले आफ्ना मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिन सक्नेछन्।
४६. प्रचलित कानून बमोजिम हुनेः ऐन र यस नियमावलीमा लेखिएको कुरामा सोही बमोजिम र अन्य कुरामा प्रचलित कानून बमोजिम हुनेछ।
४७. अनुसूचीमा हेरफेर तथा रुपघट गर्न सक्नेः सर्वोच्च अदालतले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा रुपघट गर्न सक्नेछ।
४८. खारेजी र बचाउः (१) बाल न्याय (कार्यविधि) नियमावली, २०६३ खारेज गरिएको छ।
(२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका कामकारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
(३) यस नियमावली बमोजिम बाल इजलासमा रहने समाजसेबी, बाल मनोविज्ञ वा बाल विशेषज्ञ नियुक्ति नभएसम्म बाल न्याय (कार्यविधि) नियमावली, २०६३ बमोजिम तोकिएका समाजसेबी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकलाई बाल इजलासमा सहभागी गराई न्याय सम्पादन गर्न बाधा पर्ने छैन ।
अनुसूची–१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई नियन्त्रणमा लिँदा दिइने सूचनाको ढाँचा
श्री ........................... .......................
विषयः बालबालिकालाई नियन्त्रणमा लिइएको सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा ............... गाउँपालिका/नगरपालिका ................... वडा नं. ....... बस्ने श्री ................. ले दिनु भएको/प्रहरीलाई अन्य स्रोतबाट प्राप्त ............... कसूरजन्य कार्यको सूचनाको आधारमा अनुसन्धानको कार्य प्रारम्भ गर्नु पर्ने भएको र अनुसन्धानको क्रममा कसूरजन्य कार्यको आरोप लागेका देहायका बालबालिकालाई देहायको कारणबाट नियन्त्रणमा नलिई नहुने अवस्था भएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २१ तथा बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ को नियम ४ बमोजिम आज मिति ....................... ..... बजे ................ जिल्ला, ......... गाउँपालिका/नगरपालिका वडा नं. ..... को ............... (स्थान) बाट नियन्त्रणमा लिइएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २१ को उपदफा (३) बमोजिम यो सूचना दिइएको छ । नियन्त्रणमा लिइएको बालबालिकालाई..................(स्थान) मा राखिनेछ ।
नियन्त्रणमा लिइएको बालबालिकाको,
नाम, थर र बतनः ....................(बालबालिकाको सांकेतिक नामसमेत उल्लेख गर्ने)
नियन्त्रणमा लिनु पर्ने कारणः .................
नोटः यसपछिको काम कारबाहीमा निजको सांकेतिक नाम प्रयोग गरिनेछ।
नियन्त्रणमा लिने अधिकारीको,–
दस्तखतः
नाम, थरः
दर्जाः
कार्यालयः
मितिः
अनुसूची–२ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
बालबालिकाको परिवारको सदस्य, संरक्षक वा नाजिको नातेदारलाई जिम्मा लगाउँदा गराउनु पर्ने कागजको ढाँचा
श्री ........................... .......................
विषयः बालबालिकालाई जिम्मा लिएको सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा ............... कसूरजन्य कार्यको आरोपमा अनुसन्धानको सिलसिलामा मिति............... मा नियन्त्रणमा लिइएका बालबालिका (साङ्केतिक नाम....................) लाई नियन्त्रणमा लिई रहन आवश्यक नदेखेको भनी अनुसन्धान अधिकारीले बालबालिकालाई नियन्त्रण मुक्त गरी मेरो/हाम्रो जिम्मामा दिनु भएकोले उक्त बालबालिकालाई आज मिति............................. ...... बजे ............. (स्थान) बाट बुझिलई यो कागज गरिदिएको छु /छौं। अनुसन्धान अधिकारीले खोजेका बखत जिम्मा लिएको बालबालिकासहित उपस्थित हुने छु /छौं।
बालबालिका जिम्मा लिनेको,– बालबालिका जिम्मा लगाउनेको,–
दस्तखतः दस्तखतः
नाम, थरः नाम, थरः
ठेगानाः दजायः
बालबालिकासँगको नाता वा सम्बन्धः कार्यालयको नाम र ठेगानाः
अनुसूची–३ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) निगरानी कक्षमा राखी अनुसन्धान गर्ने अनुमति पाउन दिइने निवेदनको ढाँचा
श्री............................... बाल अदालत/बाल इजलास, ............................ जिल्ला ।
मार्फतः .....................................
विषयः निगरानी कक्षमा राखी अनुसन्धान गर्ने अनुमति सम्बन्धमा ।
................................. को जाहेरी/उजुरी/प्रतिवेदनले वादी .......................... र प्रतिवादी ................................. को भएको ............................... मुद्दामा कसूरजन्य कार्यको आरोप लागेका देहायका बालबालिकालाई निगरानी कक्षमा राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने भएकोले ................. पटकको लागि मिति ................... देखि शख ........................ सम्म अनुसन्धानका लागि ......... दिन निगरानी कक्षमा राख्न बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २१ को उपदफा (७) बमोजिम अनुमति पाउन देहायका विवरण र कागजातसहित अनुरोध गरिएको छः–
(क) अनुसन्धानको लागि निगरानी कक्षमा राख्नु पर्ने बालबालिकाको विवरण (साङ्केतिक नाम):
(ख) कसूरजन्य कार्यको आरोप, त्यसको आधारः
(ग) बयान भए नभएकोः
(घ) बाल मनोविज्ञ वा बाल हितसम्बन्धी काम गर्ने व्यक्तिसँग परामर्श सेवा उपलब्ध गराए नगराएकोः
(ङ) सम्पन्न भएका अनुसन्धान कार्यको विवरणः
(च) अनुसन्धान गर्न बाँकी रहेको कार्यको विवरणः
(छ) निगरानी कक्षमा राखी अनुसन्धान गर्नु पर्ने कारणः
(ज) संलग्न कागजातहरूको विवरणः
(१) (२) (३)
............................... अनुसन्धान अधिकारी
अनुसूची–४ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) निगरानी कक्षमा राख्न अनुमति दिने आदेशको ढाँचा
श्री .................... जिल्ला बाल अदालत/बाल इजलास
माननीय न्यायाधीश श्री ........................................ ..................... श्री ........................................ ..................... श्री ........................................
आदेश
यसमा ........ को जाहेरी/उजुरी/प्रतिवेदनले वादी .............. र प्रतिवादी ................ भएको ....... मुद्दामा .............. कार्यालयको चलानी नं. ......... मिति ........... को पत्रमा उल्लेखित देहायका बालबालिकालाई ........................................ आधार र कारणबाट मिति ............... देखि ................... सम्म ........... पटक ............ दिन अनुसन्धानको लागि निगरानी कक्षमा राख्न बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २१ को उपदफा (७) बमोजिम अनुमति दिइएको छ ।
निगरानी कक्षमा राख्न अनुमति दिइएको बालबालिकाको सांकेतिक नामः (१) ........................................ (२) ........................................ (३) ........................................ (४) ........................................ (५) ........................................
दस्तखत ............... दस्तखत ................ दस्तखत ............... .................... .................... न्यायाधीश
इति संवत् ........... साल ........... महिना ........ गते रोज .......... शुभम्।
अनुसूची–५ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित)
निगरानी कक्षमा राख्न उपयुक्त नभएको हुँदा परिवार, संरक्षक वा अन्य संघ संस्थाको जिम्मा लगाउने गरी गरिएको आदेशको ढाँचा
श्री .................... जिल्ला बाल अदालत/बाल इजलास
माननीय न्यायाधीश श्री ............................... श्री ............................... श्री ...............................
आदेश
यसमा ........ को जाहेरी/उजुरी/प्रतिवेदनले वादी .............. र प्रतिवादी ................ भएको .............. मुद्दामा .............. कार्यालयको चलानी नं. ......... मिति ........... को पत्रमा उल्लिखित देहायका बालबालिकालाई निज/निजहरूको ...................................................... अवस्थालाई ध्यानमा राख्दा निज/निजहरूलाई निगरानी कक्षमा राख्न उपयुक्त नदेखिएकोले निगरानी कक्षमा राख्न अनुमति दिइएको छैन । निज बालबालिकालाई यस अदालतले खोजेको बखत उपस्थित गराउने गरी निजको बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षक, निजहरू नभएमा बालबालिकाको हक हित संरक्षण गर्ने कार्यमा संलग्न रहेको ............. संस्था वा .......... बाल सुधार गृहको जिम्मा लगाई सोको कागज गराई मिसिल संलग्न राख्नु भनी बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २१ को उपदफा (८) बमोजिम यो आदेश गरिदिएको छ ।
दस्तखत ............... दस्तखत ................... दस्तखत ............... .................... .................... न्यायाधीश
इति संवत्............... साल .............. महिना ......... गते रोज .......... शुभम्।
अनुसूची–६ (नियम ९ को उपनियम (६) सँग सम्बन्धित)
अनुसन्धान अधिकारी वा सरकारी वकीलले बालबालिकालाई दिशान्तर गर्दा गर्ने निर्णयको ढाँचा
श्री ................................. कार्यालयका अनुसन्धान अधिकारी/सरकारी वकील
श्री ...................................ले दिशान्तर गर्ने सम्बन्धमा गरेको निर्णय
१. कसूरसम्बन्धी संक्षिप्त विवरणः– (क) कसूरबाट पीडितको विवरणः (ख) कसूरजन्य कार्यको अभियोग लागेको बालबालिकाको विवरणः (ग) कसूरजन्य कार्यको सूचनाको संक्षिप्त विवरणः (घ) अनुसन्धान तथा सोबाट प्राप्त प्रमाण सम्बन्धी संक्षिप्त ब्यहोराः (ङ) बालबालिकाउपर लागेको कसूरजन्य कार्यको आरोप बमोजिम हुन सक्ने अधिकतम सजायः
२. अध्ययन प्रतिवेदनको संक्षिप्त विवरणः– (क) बाल मनोवैज्ञानिक वा बाल विशेषज्ञबाट प्राप्त बालबालिकाको शारीरिक तथा मानसिक अवस्था सम्बन्धी प्रतिवेदनको निष्कर्षः (ख) समाजसेवीबाट प्राप्त आर्थिक, सांस्कृतिक अवस्था तथा परिवेशको अध्ययन विश्लेषण सम्बन्धी प्रतिवेदनको निष्कर्षः
३. दिशान्तर गर्दा विचार गरिएका कुराहरूः– (क) कुन कानूनको कुन व्यवस्थाबाट दिशान्तर गर्न मिल्ने हो सो कुराः (ख) दिशान्तर गर्दा विचार गरिएका विषयहरू र प्राप्त भएका सहमतिसम्बन्धी विवरणः
४. दिशान्तर गर्न कुन प्रक्रिया अवलम्बन गरिएको हो सो सम्बन्धी विस्तृत विवरणः–
५. निर्णयः– उल्लिखित .....................तथ्य, आधार ................. अध्ययन प्रतिवेदन तथा पक्षहरूको .................... सहमति र ............................. कानूनी व्यवस्था बमोजिम प्रस्तुत
कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई दिशान्तर गर्न मिल्ने देखिएको र निज श्री ........................ लाई .................... कारणबाट दिशान्तर गर्दा निजको सर्वोत्तम हित कायम हुने देखिएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २९ को उपदफा (१) को खण्ड .................... बमोजिमको ................................ प्रक्रिया अवलम्बन गर्ने गरी यो दिशान्तर गर्ने निर्णय गरिएको छ । ..................... अवस्था भएकोले ................ दिशान्तरको अवधि तोकिदिएको छ । पीडितलाई भएको हानि नोक्सानी बापत सोही ऐनको दफा २९ को उपदफा (८) बमोजिम ................................................ गर्ने निर्णय गरिदिएँ । यस निर्णयमा चित्त नबुझेमा ..................... बाल अदालतमा तीस दिनभित्र निवेदन दिनु होला । निर्णयको जानकारी ....................................... (कार्यालय), केन्द्रीय बाल न्याय समिति र .................... बाल अदालतलाई दिनु ।
निर्णय गर्ने अनुसन्धान अधिकृत/सरकारी वकीलको,–
दस्तखतः
कार्यालयको छापः नाम, थरः
दर्जाः
मितिः
इति संवत् ............... साल ............. गते रोज ........... शुभम् ।
अनुसूची–७ (नियम १९ को उपनियम (१) सँग सम्बन्धित)
बाल अदालत/बाल इजलासले बालबालिकालाई दिशान्तर गर्दा गर्ने निर्णयको ढाँचा
श्री ....................जिल्ला बाल अदालत/बाल इजलास
माननीय न्यायाधीश श्री............................... ..................... श्री ............................... ..................... श्री ...............................
दिशान्तर सम्बन्धी निर्णय
१. अभियोग सम्बन्धी संक्षिप्त विवरणः– (क) कसूरबाट पीडितको विवरणः (ख) कसूरजन्य कार्यको अभियोग लागेको बालबालिकाको विवरणः (ग) कसूरजन्य कार्यको सूचनाको संक्षिप्त विवरणः (घ) अनुसन्धान तथा सोबाट प्राप्त प्रमाणसम्बन्धी संक्षिप्त ब्यहोराः (ङ) बालबालिकाउपर लागेको कसूरजन्य कार्यको आरोप वा अभियोग मागदाबी बमोजिम हुन सक्ने अधिकतम सजाय वा मागदाबी गरिएको सजायः
२. अध्ययन प्रतिवेदनको संक्षिप्त विवरणः (क) बाल मनोविज्ञ वा बाल विशेषज्ञबाट प्राप्त बालबालिकाको शारीरिक तथा मानसिक अवस्था सम्बन्धी प्रतिवेदनको निष्कर्षः (ख) समाजसेबीबाट प्राप्त आर्थिक, सांस्कृतिक अवस्था तथा परिवेशको अध्ययन विश्लेषण सम्बन्धी प्रतिवेदनको निष्कर्षः
३. दिशान्तर गर्दा विचार गरिएका कुराहरूः– (क) कुन कानूनको कुन व्यवस्थाबाट दिशान्तर गर्न मिल्ने हो सो कुराः
(ख)mदिशान्तर गर्दा विचार गरिएका विषयहरू र प्राप्त भएका सहमति सम्बन्धी विवरणः
४. दिशान्तर गर्न कुन प्रक्रिया अवलम्बन गरिएको हो सो सम्बन्धी विस्तृत विवरणः–
५. निर्णयः–
उल्लिखित .................तथ्य, आधार ................ अध्ययन प्रतिवेदन तथा पक्षहरूको .................... सहमति र ............................. कानूनी व्यवस्था बमोजिम प्रस्तुत कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई दिशान्तर गर्न मिल्ने देखिएको र निज श्री ........................ लाई .................... कारणबाट दिशान्तर गर्दा निजको सर्वोत्तम हित कायम हुने देखिएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २९ को उपदफा (१) को खण्ड .................... बमोजिमको ................................ प्रक्रिया अवलम्बन गर्ने गरी यो दिशान्तर गर्ने निर्णय गरिएको छ । ..................... अवस्था भएकोले ................ दिशान्तरको अवधि तोकिदिएको छ । पीडितलाई भएको हानि नोक्सानी बापत सोही ऐनको दफा २९ को उपदफा (८) बमोजिम ................................................ गर्ने निर्णय गरिदिएँ। यस निर्णयमा चित्त नबुझेमा ..................... उच्च अदालतमा तीस दिनभित्र निवेदन दिनु होला। निर्णयको जानकारी केन्द्रीय बाल न्याय समितिलाई दिनु।
दस्तखत ............... दस्तखत.................... दस्तखत ...............
.................... .................... न्यायाधीश
अनुसूची–८ (नियम २६ सँग सम्बन्धित) बाल अदालतले गर्ने फैसलाको ढाँचा
श्री ............................ जिल्ला बाल अदालत/बाल इजलास
माननीय न्यायाधीश श्री............................. .................. श्री...................................... .................. श्री........................................
फैसला
सं वत् .................को स.फौ.नं. । दर्ता नं.: दर्ता मिति: निर्णय नं.:
मुद्दाः ...................सम्बन्धी कसूरजन्य कार्य।
वादीको नाम, थर र बतनः........................ प्रतिवादीको नाम, थर र बतनः..........................
ऐ.ऐ. को साक्षीः ऐ.ऐ. को साक्षीः .............................. .......................... .............................. ..........................
प्रमाण कागजः प्रमाण कागजः ............................ .............................. ............................ ..............................
कानून व्यवसायी वादीको तर्फबाट: प्रतिवादीको तर्फबाट: ............................... .................................. ............................... .................................. अवलम्बित नजिरः ............................................................................................................................ ............................................................................................................................ न्याय प्रशासन ऐन, २०७३ को दफा ७, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४५ बमोजिम यस इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः–
(१) जाहेरी वा प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, प्रतिवादीको बयान, उमेरको प्रमाण, अनुसन्धानका क्रममा बुझिएका वा सङ्कलन गरिएका सबूत दर्दी प्रमाण, घटना विवरण कागज, शारीरिक तथा मानसिक परीक्षण प्रतिवेदन, सामाजिक अध्ययन प्रतिवेदन, मनोवैज्ञानिक अध्ययन प्रतिवेदन एवं अन्य प्रमाण कागजहरूको क्रमबद्ध सार संक्षेप।
(२) अधियोग मागदाबीको संक्षिप्त विवरण।
(३) प्रतिवादीको इजलासमा भएको बयानको सारसंक्षेप।
(४) पुर्पयिको आदेश, अभिभावक वा अन्य सामाजिक संस्थामा जिम्मा लगाएको वा बालसुधार गृहमा राख्न पठाएकोमा प्रोबेशन अधिकारीले दिएको प्रगति विवरण प्रतिवेदन।
(५) सम्बन्धित पिका साक्षी एवं विशेषज्ञको बकपत्र।
(६) समाजसेबीको राय।
(७) बाल मनोवैज्ञानिक वा बाल विशेषज्ञको राय।
(८) सम्बन्धित पिको कानून व्यवसायीको परिचय र बहस जिकिरहरू।
(९) नियम २१ को उपनियम (३) बमोजिम बालबालिकाले इजलासमक्ष व्यक्त गरेको कुरा।
(१०) नियम २१ को उपनियम (४) बमोजिम पीडितले इजलासमक्ष व्यक्त गरेको कुरा ।
(११) ठहर गर्नु पर्ने विषय ।
(१२) अभियोग दाबी, प्रतिवादीको बयान, दुवै पक्षको साक्षीहरूको बकपत्रलगायतका तथ्य सबुद प्रमाणहरूको मूल्याङ्कन ।
(१३) समाजसेबी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको रायको विश्लेषण ।
(१४) आरोप प्रमाणित हुने वा नहुने आधार कारणहरू ।
(१५) ठहर गर्दा दिइएका तथ्यगत एवं कानूनी आधार र कारणहरू ।
सजाय निर्धारण (सजाय निर्धारण सम्बन्धी सामान्य मार्गदर्शन बमोजिम निर्धारण गर्ने)
(१५) सजाय पूर्वको प्रतिवेदन।
(१६) सजाय निर्धारणका आधार, कारण र सोको प्रक्रिया।
(१७) सजाय तथा क्षतिपूर्ति निर्धारण। (झुट्टा बकपत्र गर्नेलाई समेत)
(१८) सुधार एवं पुनस्र्थापनाका वैकल्पिक उपाय सम्बन्धी आदेश ।
(१९) अन्य विशेष केही भए सो कुराहरू ।
तपशिल
(१) माथि ठहर खण्डमा लेखिए बमोजिम यस्तो ठहर भएकोले यसो गर्नु ।
(२) म्यादभित्र पुनरावेदन गर्नु ।
(३) मिसिल अभिलेख शाखामा बुझाई दिनु ।
दस्तखत ............... दस्तखत.................... दस्तखत ............... न्यायाधीश
फैसला तयार गर्न सहयोग गर्ने कर्मचारीको,–
नाम, थरः
दर्जाः
अड्डाको छाप प्रमाणीकरण मितिः
अनुसूची–९ (नियम ३९ को उपनियम (१) सँग सम्बन्धित)
सामाजिक/मनोसामाजिक अध्ययन प्रतिवेदनको ढाँचा
श्री ........................................... ...........................................
विषयः सामाजिक/मनोसामाजिक अध्ययन प्रतिवेदन पेश गरिएको बारे ।
१. कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको विवरणः
(क) बालबालिकामाथि लगाइएको आरोपको ब्यहोराः ......................................... ..........................................
(ख) बालबालिकाको व्यक्तिगत र पारिवारिक विवरणः
(१) बालबालिकाको व्यक्तिगत विवरणः (क) नाम, थरः............................... (ख) उमेरः ..... (ग) लिङ्गः ........ (घ) स्थायी ठेगानाः ........................................ (ङ) अस्थायी ठेगानाः ..................................... (च) पहिले कुनै संस्थामा बसेको भए त्यसको विवरणः ............
(२) पारिवारिक विवरणः (क) बाबुकोः– नामः......................... पेशाः............................. ठेगानाः .............................
आफ्नो बाबु बाहेक आमाले अर्को विवाह गरेको भए सो सम्बन्धी ब्यहोराः–
(ख) आमाकोः–
नामः...................पेशाः.....................ठेगानाः ..................
आफ्नो आमा बाहेक बाबुले अर्को विवाह गरेको भए सो सम्बन्धी ब्यहोराः–
नामः...................पेशाः.....................ठेगानाः ..................
(ग) संरक्षक भए निजको नाम, पेशा र ठेगानाः
(घ) पाल्ने वा हुर्काउने अरु कोही भएः
(ङ) दाजु, भाइः
(च) दिदी, बहिनीः
(छ) सँगै बसेका अन्य नातेदारः
(३) सामाजिक र आर्थिक स्थितिः
(४) परिवारको अन्य सदस्यहरूलाई अदालत वा अन्य निकायबाट फौजदारी कसूरमा अभियोग लागेको वा सजाय पाएको भए सो सम्बन्धी विवरणः
(५) जीविकोपार्जनको स्तरः
(६) बाबु, आमा तथा परिवारको अन्य सदस्यको आपसी सम्बन्ध (पारिवारिक विखण्डन भए सो कुरा):
(७) बालबालिकाको अन्य विवरणः
(क) शारीरिक स्थितिः
(ख) बानी ब्यहोरा, रुचि, चाख (आचरणसम्बन्धी उल्लेखनीय कुरा):
(ग) खास विशेषता वा व्यक्तिगत स्वभावः
(घ) साथी सङ्गतसँगको सम्बन्ध र उनीहरूको प्रभावः
(ङ) घर छाडेर आएको भए सोको विवरणः
(च) विद्यालय र शैक्षिक विवरण (विद्यालय जान छाडेको भए सो सम्बन्धी ब्यहोरा):
(छ) काम गरेको भए कामको प्रकृति र सो सम्बन्धी अन्य विवरणः
(ज) काम छाडेको भए सोको कारणः
(झ) छिमेकी र बालबालिकालाई चिनेका व्यक्तिहरूको भनाइ:
(ञ) घर तथा विद्यालयमा अनुशासन प्रतिको दृष्टिकोण:
(ट) थप केही कुरा भएमा:
७. प्रतिवेदनको निष्कर्ष वा प्रतिवेदनकर्ताको राय र त्यसका आधार:
(क) संवेगात्मक तथ्य:
(ख) शारीरिक अवस्था:
(ग) बौद्धिक क्षमता वा स्तर:
(घ) सामाजिक तथा आर्थिक पक्ष:
(ङ) समस्या देखिनुका कारक तत्त्व:
(च) कसूरजन्य कार्य गर्ने प्रवृत्ति बढ्नुको कारण:
(छ) बालबालिकालाई सुधार गर्न सकिने सम्भावना:
(ज) बालबालिकाको कुनै अपेक्षा भए सो सम्बन्धी विवरण:
(झ) सुधारको सम्भावना भएको भए सुधारको लागि अवलम्बन गर्न सकिने उपाय सम्बन्धी सुझाव:
उल्लिखित प्रतिवेदनको व्यहोरा ठीक साँचो छ ।
प्रतिवेदन दिनेको,– दस्तखत: नाम, थर: मिति:
अनुसूची–१० (नियम ३९ को उपनियम (२) सँग सम्बन्धित) मनोवैज्ञानिक अध्ययन प्रतिवेदनको ढाँचा
श्री ..................... ...........................................
विषयः मनोवैज्ञानिक अध्ययन प्रतिवेदन पेश गरिएको बारे ।
बालबालिकाको नाम वा सङ्केतः .................... उमेरः .................... लिङ्गः .................... शैक्षिक स्थिति: .................... जाति: .................... पारिवारिक अवस्थाः ....................
खण्ड कः मनोवैज्ञानिक अवस्थाः
निम्न प्रश्नहरूको उत्तरको आधारमा बालबालिकाको मनोवैज्ञानिक अवस्थाको विश्लेषण गर्नेः
१. तपाईँ के गर्ने गर्नुहुन्छ ? [ ] घरायसी कामकाज [ ] विद्यार्थी [ ] आघातपीडित [ ] अन्य(खुलाउने): ....................
२. तपाईँले यसअघि कुनै रोग वा स्वास्थ्य समस्या भएर स्वास्थ्योपचार गराउनु भएको छ ? [ ] छ [ ] छैन भए के कस्तो ? ........................................................................................... .............................................................................................................. ..............................................................................................................
३. तपाईँको जीउ वा कुनै अङ्ग दुख्ने वा पीडा हुने समस्या छ/भयो ? [ ] कहिल्यै दुख्दैन [ ] कहिलेकाहीँ दुख्छ [ ] प्रायः दुखीराख्छ
४. तपाईँ बढी समय एक्लै बिताउने गर्नुहुन्छ/हुनुथ्यो ? [ ] कहिल्यै बिताउन्न [ ] कहिलेकाहीँ [ ] प्रायः
५. तपाईँ यसै गलेको वा भक्ति भएको अनुभव गर्नुहुन्छ/हुनुथ्यो ? [ ] कहिल्यै गरेको छैन [ ] कहिलेकाहीँ [ ] प्रायः
६. तपाईँलाई छटपटी (एकै ठाउँमा धिर लागेर बस्न नसक्ने) वा एकाग्र हुन नसक्ने हुन्छ ?
$\square$ हुँदैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
७. तपाईँको आमाबाबु दाजुभाइ दिदीबहिनी वा शिक्षकसँग कुनै खटपट परेको छ/थियो ?
$\square$ थिएन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
८. नयाँ परिस्थिति आइपर्दा तपाईँलाई डर लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
९. तपाईँलाई कहिलेकाहीँ त्यत्तिकै खिन्न (स्याड) भएजस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१०. तपाईँलाई कहिलेकाहीँ त्यत्तिकै झको लाग्ने वा रिस उठ्ने गरेको छ ?
$\square$ कहिल्यै छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
११. तपाईँलाई कहिलेकाहीँ आफू बेकार भएको लाग्छ वा निराश हुने गर्नु भएको छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१२. तपाईँलाई निन्द्रा नलाग्ने वा निद्रा लागे पनि डरलाग्दा सपना देखिने वा साह्रै धेरै निद्रा लाग्ने समस्या छ ?
$\square$ छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१३. तपाईँलाई आफ्नै बारेमा वा अरूको बारेमा कुनै कुरामा चिन्ता लागि राख्ने गर्छ ?
$\square$ गर्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१४. तपाईँलाई आफू एक्लो भएजस्तो वा अरूले आफूलाई खराब ठानेको जस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१५. तपाईँलाई खतरा वा खराब काम पनि गरूँगरूँ जस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१६. तपाईँलाई आफ्नो कुरा अरुवा वा भावना अरूलाई नसुनाउँ नभनौँ जस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१७. तपाईँलाई आफ्ना कठिनाइका लागि अरू नै दोषी हुन् जस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१८. तपाईँलाई आफूमा आनीबानी सम्बन्धी वा भावनात्मक समस्या भएको र अरूको सहयोग आवश्यक भएजस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः
१९. तपाईँलाई कुनै काम गर्न चाख वा मजा लाग्दै नलाग्ने हुन्छ ?
$\square$ हुँदैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२०. तपाईँलाई हतास वा असहाय भएजस्तो लाग्छ ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२१. तपाईँलाई खान मन नलाग्ने वा रुचि कम हुने गरेको छ ?
$\square$ छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२२. तपाईँलाई आफ्नो कुनै अर्थ नरहेको, बरु मरेको भए हुने वा आफैँलाई सताउँजस्तो लाग्छ?
$\square$ लाग्दैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२३. तपाईँ कहिल्यै बेहोस हुनुभएको वा त्यत्तिकै मुछापर्नु (नर्भस) भएको छ ?
$\square$ छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२४. तपाईँ कुनै कुरामा साह्रै चिन्तित हुने र आराम लिनै नसक्ने गरी छटपटीइ राख्ने गर्नुभएको छ ?
$\square$ छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२५. तपाईँ कुनै नराम्रो वा अनौठो घटना भइहाल्ला भनेर डराउने गर्नु भएको छ ?
$\square$ छैन $\square$ कहिलेकाहीँ $\square$ प्रायः आधा दिनभन्दा बढी
२६. तपाईँले कुनै दुर्घटना, आक्रमण वा प्राकृतिक प्रकोपको आघातमा पर्नु भएको छ ?
$\square$ छ $\square$ छैन
२७. त्यस्तो कुराको झझल्को आएर झस्किने तर्सिने गर्नु भएको छ ?
$\square$ छ $\square$ छैन
खण्ड खः लेखाजोखा र मूल्याङ्कनः
१. समस्याको सन्दर्भ र मात्राः
समस्याको समय वा अवधिः ...................................................................
समस्याको गम्भीरताः ...............................................................................
अवलोकित मुख्य मनोवैज्ञानिक समस्याः
२. बालबालिकाको समर्थताः
३. परिवार/अभिभावक/संरक्षकको समर्थताः
४. बालबालिका कसूरजन्य कार्यमा संलग्न हुनुको कारणः
५. बालबालिकामा समस्या देखिएको भए बालबालिकालाई उपलब्ध गराउनु पर्ने आवश्यक सेवासम्बन्धी सुझावः
उल्लिखित प्रतिवेदनको व्यहोरा ठीक साँचो छ ।
मितिः अदालतबाट बुझेको साक्षीः ........................... ........................... प्रमाण कागजः ........................... ........................... तथ्य खण्डः ठहरः इति संवत् ........साल .......गते रोज...........शुभम्......................। ......................................................................................................................................... ......................................................................................................................................... ☐ समूहमा घुलमिल गर्न सक्ने ☐ उत्साहित/उत्सुक ☐ वयस्कसँग सकारात्मक ☐ आज्ञाकारिता ☐ स्नेहीशील ☐ तार्किक संवाद गर्न सक्ने ☐ अन्य (खुलाउने) ☐ बालबालिकाबारे जायज अपेक्षा ☐ बालबालिकालाई मद्दत गर्न उत्साहित/उत्सुक ☐ पारिवारिक घनिष्ठता ☐ अन्य (खुलाउने): ......................................................................................................................................... ......................................................................................................................................... प्रतिवेदन दिनेको,– दस्तखत: नाम थर: मिति: