सवारी साधन कर नियमावली, २०३४
नेपाल राजपत्रमा प्रकाशित मिति २०३४।०२।२४
सवारी साधन कर ऐन, २०३१ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “सवारी साधन कर नियमावली, २०३४” रहेको छ।
(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “ऐन” भन्नाले सवारी साधन कर ऐन, २०३१ सम्झनु पर्छ।
(ख) “दर्ता” भन्नाले सवारी सम्बन्धी प्रचलित नेपाल कानून बमोजिम भएको दर्ता सम्झनु पर्छ।
३. सवारी साधनको विवरण दिनेः (१) कर लाग्ने सवारी साधनका धनीले सो सवारी साधन दर्ता गराउनु भन्दा अगावै र दर्ता भईसकेको भए सवारी साधन कर दाखिल गर्नु पर्ने म्याद अगावै अनुसूची-१ बमोजिमको ढाँचामा आवश्यक विवरण भरी कर अधिकृत छेउ दाखिल गर्नु पर्नेछ।
तर यो नियमावली प्रारम्भ हुनु भन्दा अगावै सवारी साधनको विवरण दाखिल गरी सकेका सवारी साधनका धनीले पुनः विवरण दाखिल गर्नु पर्ने छैन।
(२) उपनियम (१) बमोजिम सवारी साधनको विवरण प्राप्त भए पछि कर अधिकृतले सो विवरण आफै जाँच्न वा कुनै विशेषज्ञद्वारा जाँच्न लगाउन सक्नेछ। यसरी सवारी साधनको विवरण जाँच्दा दर्ता हुन बाँकी भए सवारी साधन समेत कर अधिकृत समक्ष वा निजले तोकेका विशेषज्ञ समक्ष दाखिल गराई विवरण भिडाइन सकिनेछ। दर्ता भइसकेको सवारी साधन भए दर्ताको प्रमाणपत्र (ब्ल्यू बुक) साथ उक्त विवरण भिडाइन सकिनेछ।
४. कर निर्धारण गर्ने: नियम ३ को उपनियम (२) बमोजिम सवारी साधनको विवरण जाँच भिडान गर्दा विवरण ठीक देखेमामा कर अधिकृतले सवारी साधनमा लाग्ने कर निर्धारण गरी दिनेछ र यसरी कर निर्धारण भएपछि करदाताले ऐनको म्यादभित्र कर बुझाउनु पर्नेछ।
५. कर तिरेको प्रमाणपत्र दिने: (१) करदाताले ऐन तथा यो नियमावलीबमोजिम कर बुझाए पछि कर अधिकृतले अनुसूची-२ मा तोकिएको ढाँचाको कर तिरेको प्रमाणपत्र दिनेछ।
(२) कर तिरेको प्रमाणपत्र पाएका करदाताले अर्को आर्थिक वर्षका लागि कर तिर्नु पर्ने भएमा निजले सवारी साधनको विवरण पुनः पेश गर्नु पर्ने छैन र सोही प्रमाणपत्रको आधारमा कर तिर्न सक्नेछ। करदाताले कर बुझाए पछि कर अधिकृतले सो प्रमाणपत्रमा कर बुझाएको व्यहोरा जनाउनेछ।
(३) कर तिरेको प्रमाणपत्र हराएमा वा नासिएमा करदाताले सो कुरा उल्लेख गरी अर्को प्रमाणपत्रको लागि कर अधिकृत समक्ष निवेदन दिन सक्नेछ। यसरी निवेदन परेमा कर अधिकृतले सो कुरा हेरी ठीक देखेमा निवेदकलाई अर्को प्रमाणपत्र दिन सक्नेछ।
६. कुनै पनि कर कार्यालयमा कर बुझाउन सकिने: नियम ५ बमोजिम कर तिरेको प्रमाणपत्र पाएका करदाताले आफ्नो सवारी साधनमा लागेको कर कुनै पनि कर कार्यालयमा बुझाउन सक्नेछ। यसरी एक क्षेत्रको करदाताले अर्को क्षेत्रको कर कार्यालयमा कर दाखिल गरेमा सो कर कार्यालयले सम्बन्धित क्षेत्रको कर कार्यालयलाई सो कुराको सूचना गर्नु पर्नेछ।
७. सवारी साधनको नामसारीको सूचना गर्नु पर्ने: (१) कर लाग्ने सवारी साधन कसैलाई बेचबिकन गरी वा अन्य कुनै व्यहोराले नामसारी गरी दिँदा सवारी साधनको धनीले आफ्नो साथमा रहेको कर तिरेको प्रमाणपत्र नामसारी गरिएको व्यक्तिलाई बुझाई पन्ध्र दिनभित्र सो कुराको सूचना कर अधिकृतलाई दिनु पर्नेछ।
(२) कर लाग्ने सवारी साधनको धनीको मृत्यु भई सो सवारी साधन निजको हकवालाले आफ्नो नाममा नामसारी गर्दा पनि निजले सो कुराको सूचना नामसारी गरेको मितिले पन्ध्र दिनभित्र कर अधिकृतलाई सूचना गर्नु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम नामसारीको सूचना प्राप्त भए पछि कर अधिकृतले सो सवारी साधन उक्त धनीको नामबाट लगत कट्टा गर्नु पर्नेछ र सवारी साधन
नामसारी गरी लिने व्यक्तिको नाममा लगत चढाई राख्नु पर्नेछ। कर तिरको प्रमाणपत्रमा समेत कर अधिकृतले नामसारीको व्यहोरा जनाई दिनु पर्नेछ।
८. विब्रेको सवारी साधनको लगत कट्टा गर्ने: वियी काम नलाग्ने वा प्रयोग गर्न नसकिने भएको सवारी साधनको लगत कर कार्यालयबाट कट्टा गराउन परेमा सवारी साधनको धनीले सो सवारी साधन काम नलाग्ने वा प्रयोग गर्न नसकिने भएको कुरा उल्लेख गरी कर अधिकृत समक्ष निवेदन दिनु पर्नेछ। यस्तो निवेदन परेमा कर अधिकृतले सो कुरा जाँची ठीक देखेमा त्यस्तो सवारी साधनको लगत कट्टा गर्नेछ।
तर यसरी कर कार्यालयबाट लगत कट्टा गराउन सवारी साधनको दर्ताका लगत समेत कट्टा भएको हुनु पर्नेछ।
९. करको छुट: देहायका सवारी साधनमा कर लाग्ने छैनः–
(क) नेपाल सरकारको स्वामित्वमा रहेको सवारी साधन, $\bullet$
(ख) कुटनैतिक नियोग तथा कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरुको नाममा दर्ता भएको सवारी साधन।
$\bullet$ साल वसाली रुपमा आउने आर्थिक ऐनले हाल भाडामा दर्ता भएका सवारी साधन सरह कर लाग्ने व्यवस्था गरेको। दृष्टव्य: केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची-१ (नियम ३ (१) सँग सम्बन्धित)
श्री कर अधिकृत कर कार्यालय ..............................
विषयः– सवारी साधनको विवरण
महाशय, सवारी साधन कर नियमावली, २०३४ को नियम ३ बमोजिम मेरो स्वामित्वमा भएको सवारी साधनको निम्नबमोजिमको विवरण भरी पेश गरेको छु । विवरण भुट्टा ठहरे ऐनबमोजिम सहुँला बुझाउँला।
(१) सवारी साधनको धनीको नाम र ठेगानाः–
(२) सवारी साधनको दर्ताथ नम्बरः–
(३) सवारी साधनको किसिम (जीप, कार, स्टेशनवाइगन, पिकअफ, मिनीबस, मोटर साइकल टेम्पो आदि):–
(४) सवारी साधन भाडावाल वा निजी प्रयोगकोः–
(५) सवारी साधनको निर्माता (कम्पनी) को नामः–
(६) सवारी साधनको मोडेलः–
(७) सवारी साधन बनेको सालः–
(८) सवारी साधनको प्राविधिक विवरणः– (क) इन्जीन मोडल ............... टाइप ........... सि. नं ........
(ख) डिजेल वा पेट्रोल केबाट चल्ने ...................
(ग) सवारी साधनको कुल क्षमता सी. सी. मा ...................
(घ) च्यासीस मोडेल ............... टाइप ............... सि. नं . ............
सवारी साधनको धनीको नाम घर .................................. वतन .........................
मिति:– ................... विवरण दाखिल गर्नेको दस्तखत
अनुसूची-२ (नियम ५ (१) सँग सम्बन्धित)
सवारी साधन कर तिरेको प्रमाण-पत्र
नेपाल सरकार अर्थ मन्त्रालय, कर विभाग कर कार्यालय..................
दर्ताको विवरण
सवारी साधनको दर्ता नम्बर ...................................... सवारी साधनको दर्ता मिति ................................. सवारी साधनको धनीको नाम, थर, वतन .................................. .........................
कर अधिकृत
द्रष्टव्य:– (दर्ता नभएको सवारी साधन भए दर्ता भएपछि दर्ता नम्बर र दर्ता मिति भर्ने)
नामसारीको विवरण
(१) मिति:— नाम, थर:— बतन:— कर अधिकृत
(२) मिति:— नाम, थर:— बतन:— कर अधिकृत
(३) मिति:— नाम, थर:— बतन:— कर अधिकृत
(४) मिति:— नाम, थर:— बतन:— कर अधिकृत
सवारी साधनको प्राविधिक विवरण
१. सवारी साधनको (क) किसिम:– (ख) निर्माता (कम्पनी):– (ग) मोडेल:– (घ) बनेको साल:– (ङ) च्यासीस नम्बर:–
२. इन्जीनको (क) निर्माता (कम्पनी)– (ख) मोडेल:– (ग) सिलिण्डर संख्या:– (घ) सी. सी:– (ङ) पेट्रोल वा डिजेल:– (च) इन्जीन नं:– (छ) ब्रेक हर्स पावर (डि.आई.एन) आर.पी.एम:–
३. कैफियत
सवारी साधन कर तिरेको विवरण-
सवारी साधन कर सम्बन्धी
केही जानकारीहरु
१. प्रत्येक सालको श्रावण १ गतेको दिनमा जुन व्यक्तिको नाममा सवारी साधन दर्ता रहेको हुन्छ सोही व्यक्तिबाट सो आर्थिक वर्षको सवारी साधन कर असूल गरिनेछ।
२. सवारी साधनको धनीले त्यस्तो करको रकम सोही सालको पौष मसान्त वा दर्ता नवीकरण गराउनु पर्ने म्याद जुन अघि पछि सो म्यादभित्र बुझाई सक्नु पर्छ।
३. सवारी साधन कर नबुझाई सवारी साधनको दर्ता, नवीकरण वा नामसारी हुन सक्ने छैन।
४. दाखिला गर्नु पर्ने सवारी साधन कर तोकिएको म्याद भित्र नबुझाईएमा म्याद नाघेको पहिलो तीस दिनसम्मलाई कर रकमको पाँच प्रतिशतसम्म, त्यसपछिको पैंतालीस दिनसम्मको लागि कर रकमको दश प्रतिशतसम्म र त्यसपछि सो आर्थिक वर्षको अन्त्यसम्मलाई कर रकमको बीस प्रतिशतसम्मको दरले जरिवाना लाग्नेछ।
५. त्यस्तो कर तथा जरिवानाको रकम तोकिएको म्यादभित्र नबुझाएमा कर लागेको सवारी साधन रोक्का गरी उक्त सवारी साधन लिलाम बिक्री गरी कर तथा जरिवानाको रकम असुल उपर गरिनेछ।
६. सो सवारी साधन लिलाम बिक्री गर्दा पनि सबै रकम उपर हुन नसकेमा प्रचलित नेपाल कानूनबमोजिम सवारी धनीको जायजात गरी असुल उपर गरिनेछ।