नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२
राजपत्रमा प्रकाशित मिति २०८२।०८।०५
संवत् २०८२ सालको अध्यादेश नं. ०२ नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावना : नेपाल विशेष सेवा ऐन, २०४२ लाई तत्काल संशोधन गर्न वांछनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले,
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२" रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. नेपाल विशेष सेवा ऐन, २०४२ को दफा ४ मा संशोधन : नेपाल विशेष सेवा ऐन, २०४२ को दफा ४ को उपदफा (१) मा रहेका “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत” भन्ने शब्दहरूको सट्टा “नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत” भन्ने शब्दहरू राखिएका छन्।