विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ नेपाल राजपत्रमा प्रकाशित मिति २०८३।०१।१९ संवत २०८३ सालको अध्यादेश नं. ०६
विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावना : विश्वविद्यालय सम्बन्धी प्रचलित ऐनहरूमा तत्काल संशोधन गर्न वांछनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम “विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” रहेको छ। (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ मा संशोधन : नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को,- (१) दफा ४ को उपदफा (१) को,- (क) खण्ड (द) को सट्टा देहायको खण्ड (द) राखिएको छ :- “(द) नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत विद्यापीठका शिक्षकहरूमध्ये कम्तीमा एकजना महिला सहित तीन जना -सदस्य” (ख) खण्ड (द१) को सट्टा देहायको खण्ड (द१) राखिएको छ :- “(द१) नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूमध्ये प्रतिनिधि एक जना -सदस्य” (ग) खण्ड (प) खपिएको छ। (घ) खण्ड (फ) को सट्टा देहायको खण्ड (फ) राखिएको छ :- “(फ) नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारीहरूमध्ये प्रतिनिधि एक जना -सदस्य” (ङ) खण्ड (म) को सट्टा देहायको खण्ड (म) राखिएको छ :- “(म) नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीहरूका तर्फबाट प्रतिनिधि एक जना -सदस्य”
(२) दफा ४ को उपदफा (३) खारेज गरिएको छ। (३) दफा ८ को,- (क) उपदफा (१) को खण्ड (घ२) खारेज गरिएको छ। (ख) उपदफा (३) खारेज गरिएको छ।
(४) दफा ९क. को उपदफा (३) मा रहेका “अध्यक्ष र” भन्ने शब्दहरू खारेज गरिएका छन्। (५) दफा १६ को उपदफा (४) खारेज गरिएको छ।
(६) दफा १६ पछि देहायको दफा १६क. थपिएको छ:-
(७) दफा १७ को उपदफा (१) खारेज गरिएको छ।
(८) दफा १७ पछि देहायको दफा १७क. थपिएको छ:-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) संस्कृत भाषा सम्बन्धी प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(९) दफा १८ को उपदफा (१) खजिको छ ।
(१०) दफा १८ पछि देहायको दफा १८क. थपिएको छ :-
“१८क. कुल सचिवको योग्यता : कुल सचिवको पदमा नियुक्त हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(११) दफा १९ग. खजिको छ ।
३. काठमाडौं विश्वविद्यालय ऐन, २०४८ मा संशोधन : काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को,-
(१) दफा ४ को उपदफा (३) खजिको छ । (२) दफा १४ को उपदफा (१) मा रहेका “चार वर्षको लागि” भन्ने शब्दहरु खजिका छन् । (३) दफा १४ पछि देहायको दफा १४क. थपिएको छ :-
“१४क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(४) दफा १५ को उपदफा (१) मा रहेका “चार वर्षको लागि” भन्ने शब्दहरू झिकिएका छन्। (५) दफा १५ पछि देहायको दफा १५क. थपिएको छ :-
“१५क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(६) दफा १६क. झिकिएको छ।
४. त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधन : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को,- (१) दफा ८ को,- (क) उपदफा (२) को,- (१) खण्ड (त) को सट्टा देहायको खण्ड (त) राखिएको छ :- “(त) त्रिभुवन विश्वविद्यालयका शिक्षकहरूमध्ये दुई जना महिला सहित पाँच जना -सदस्य” (२) खण्ड (त१) झिकिएको छ।
(३) खण्ड (ध) झिकिएको छ। (४) खण्ड (प) को सट्टा देहायको खण्ड (प) राखिएको छः-
“(प) त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमध्ये एक जना महिला सहित दुई जना -सदस्य”
(५) खण्ड (ब) को सट्टा देहायको खण्ड (ब) राखिएको छः-
“(ब) त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूमध्ये एक जना -सदस्य”
(ख) उपदफा (४) झिकिएको छ। (२) दफा ११ को,- (क) उपदफा (१) को खण्ड (ट) झिकिएको छ। (ख) उपदफा (२) र (३) झिकिएका छन्। (३) दफा १५ को उपदफा (३) मा रहेका “अध्यक्ष र” भन्ने शब्दहरू झिकिएका छन्। (४) दफा १८ को उपदफा (३) मा रहेका “कार्यकाल चार वर्षको हुनेछ। निजको” भन्ने शब्दहरू झिकिएका छन्। (५) दफा १९ पछि देहायको दफा १९क. थपिएको छ :-
“१९क. उपकुलपति र शिक्षाध्यक्षको योग्यता : उपकुलपति र शिक्षाध्यक्षको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।” (६) दफा १९ को उपदफा (३) झिकिएको छ। (७) दफा २० को उपदफा (३) झिकिएको छ। (८) दफा २० पछि देहायको दफा २०क. थपिएको छ :-
“२०क. रजिष्ट्रारको योग्यता : रजिष्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(९) दफा २१ग. झिकिएको छ।
५. पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० मा संशोधन : पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को,-
(१) दफा ७ को उपदफा (२) को,- (क) खण्ड (ङ) को सट्टा देहायको खण्ड (ङ) राखिएको छ :- “(ङ) अन्य विश्वविद्यालयका उपकुलपतिहरूमध्ये दुई जना -सदस्य” (ख) खण्ड (ढ) को सट्टा देहायको खण्ड (ढ) राखिएको छ :- “(ढ) विश्वविद्यालयका शिक्षकहरूमध्येबाट कम्तीमा दुई जना महिला सहित पाँच जना -सदस्य” (ग) खण्ड (ढ१) र (ढ२) झिकिएका छन्। (घ) खण्ड (प) को सट्टा देहायको खण्ड (प) राखिएको छ :- “(प) विश्वविद्यालयका विद्यार्थीहरूमध्ये एक जना महिला सहित दुई जना -सदस्य”
(२) दफा ७ को उपदफा (४) झिकिएको छ। (३) दफा १९ को उपदफा (३) मा रहेका “अध्यक्ष तथा” भन्ने शब्दहरू झिकिएका छन्। (४) दफा २४ को उपदफा (३) झिकिएको छ। (५) दफा २५ पछि देहायको दफा २५क. थपिएको छ :-
“२५क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ:-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(६) दफा २६ को उपदफा (३) झिकिएको छ। (७) दफा २६ पछि देहायको दफा २६क. थपिएको छ :-
“२६क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षा सम्बन्धी प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(८) दफा २८ग. झिकिएको छ।
६. पोखरा विश्वविद्यालय ऐन, २०५३ मा संशोधन : पोखरा विश्वविद्यालय ऐन, २०५३ को,-
(१) दफा ७ को,- (क) उपदफा (२) को,- (१) खण्ड (ट१) झिकिएको छ। (२) खण्ड (ठ) झिकिएको छ। (३) खण्ड (न) को सट्टा देहायको खण्ड (न) राखिएको छ :-
“(न) विश्वविद्यालयका विद्यार्थीहरूमध्ये कम्तीमा एकजना महिला सहित दुई जना -सदस्य”
(ख) उपदफा (४) खारेकिएको छ। (२) दफा १४ को उपदफा (३) मा रहेका “अध्यक्ष र” भन्ने शब्दहरू खारेकिएका छन्। (३) दफा २४ को उपदफा (३) खारेकिएको छ। (४) दफा २५ पछि देहायको दफा २५क. थपिएको छ :-
“२५क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(५) दफा २६ को उपदफा (३) खारेकिएको छ। (६) दफा २६ पछि देहायको दफा २६क. थपिएको छ :-
“२६क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षा सम्बन्धी प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(७) दफा २८ग. खारेकिएको छ।
७. लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा संशोधन : लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को,-
(१) दफा ७ को,- (क) उपदफा (२) को खण्ड (त) खजिकिएको छ। (ख) उपदफा (४) खजिकिएको छ। (२) दफा २१ को उपदफा (३) खजिकिएको छ। (३) दफा २२ पछि देहायको दफा २२क. थपिएको छ :-
“२२क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शन सम्बन्धी विषयमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(४) दफा २३ को उपदफा (४) खजिकिएको छ। (५) दफा २३ पछि देहायको दफा २३क. थपिएको छ :-
“२३क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शन सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, (ख) उच्च शिक्षा सम्बन्धी प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(६) दफा २८ खजिकिएको छ।
८. सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ मा संशोधन : सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को,-
(१) दफा ७ को,- (क) उपदफा (२) को,- (१) खण्ड (त) र (थ) खिइका छन् । (२) खण्ड (द) को सट्टा देहायको खण्ड (द) राखिएको छः- “(द) विश्वविद्यालयका विद्यार्थीहरूमध्ये कम्तीमा एक जना महिला सहित दुई जना सदस्य” (ख) उपदफा (४) खिइको छ ।
(२) दफा २१ को उपदफा (४) मा रहेका “अध्यितर्था” भन्ने शब्दहरू खिइका छन् ।
(३) दफा २४ को उपदफा (५) खिइको छ ।
(४) दफा २४ पछि देहायको दफा २४क. थपिएको छः- “२४क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(५) दफा २५ पछि देहायको दफा २५क. थपिएको छः- “२५क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको,
(ख) उच्च शिक्षासम्बन्धी प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।” (६) दफा २८ को उपदफा (२) मा रहेको “रजिस्ट्रार,” भन्ने शब्द खजिकिएको छ। (७) दफा ३० खजिकिएको छ।
९. मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ मा संशोधन : मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को,-
(१) दफा ७ को,- (क) उपदफा (२) को,- (१) खण्ड (त) र (थ) खजिकिएका छन्। (२) खण्ड (द) को सट्टा देहायको खण्ड (द) राखिएको छः- “(द) विश्वविद्यालयका विद्यार्थीहरूमध्ये कम्तीमा एक जना महिला सहित दुई जना -सदस्य” (ख) उपदफा (४) खजिकिएको छ। (२) दफा २१ को उपदफा (४) मा रहेका “अध्यक्ष तथा” भन्ने शब्दहरू खजिकिएका छन्। (३) दफा २४ को उपदफा (५) खजिकिएको छ। (४) दफा २४ पछि देहायको दफा २४क. थपिएको छ :- “२४क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्त हुन देहायको योग्यता हुनुपर्नेछ :- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको।”
(५) दफा २५ पछि देहायको दफा २५क. थपिएको छ :-
“२५क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(६) दफा २८ को उपदफा (२) मा रहेको “रजिस्ट्रार,” भन्ने शब्द झिकिएको छ। (७) दफा ३० झिकिएको छ।
१०. कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ मा संशोधन : कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ को,-
(१) दफा ७ को,- (क) उपदफा (२) को,- (१) खण्ड (त) झिकिएको छ। (२) खण्ड (फ) को सट्टा देहायको खण्ड (फ) राखिएको छ :- “(फ) विश्वविद्यालयका विद्यार्थीहरूमध्ये कम्तीमा एक जना महिला सहित दुई जना -सदस्य” (ख) उपदफा (४) झिकिएको छ।
(२) दफा २१ को उपदफा (४) मा रहेका “अध्यक्ष तथा” भन्ने शब्दहरू झिकिएका छन्। (३) दफा २४ को उपदफा (५) झिकिएको छ। (४) दफा २४ पछि देहायको दफा २४क. थपिएको छ :-
“२४क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको ।”
(५) दफा २५ पछि देहायको दफा २५क. थपिएको छ :- “२५क. रजिष्ट्रारको योग्यता :- रजिष्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ (क) मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको ।”
(६) दफा २८ को उपदफा (२) मा रहेको “रजिष्ट्रार,” भन्ने शब्द खनिएको छ। (७) दफा ३० खनिएको छ।
११. नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ मा संशोधन : नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को,- (१) दफा ७ को उपदफा (५) खनिएको छ। (२) दफा २२ को,- (क) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ :- “(२) उपदफा (१) बमोजिमको समितिले देहायको योग्यता पुगेको व्यक्तिहरुमध्येबाट उपकुलपति पदमा नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको ।”
(ख) उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छ :- “(२क) उपदफा (१) बमोजिमको समितिले देहायको योग्यता पुगेको व्यक्तिहरुमध्येबाट कुल सचिव पदमा नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्नेछ :- (क) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको ।”
(३) दफा २३ को उपदफा (१) मा रहेका “उपकुलपति, कुल सचिव” भन्ने शब्दहरु खनिएका छन्। (४) दफा २६ खनिएको छ।
१२. राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ मा संशोधन : राजर्षिजनक विश्वविद्यालय ऐन, २०७४ को,- (१) दफा ७ को,- (क) उपदफा (२) को,- (१) खण्ड (ण) खनिएको छ। (२) खण्ड (त) र (थ) को सट्टा देहायका खण्ड (त) र (थ) राखिएका छन्:-
“(त) विश्वविद्यालयका कर्मचारीहरू मध्ये एक जना -सदस्य (थ) विश्वविद्यालयका विद्यार्थीहरू मध्ये कम्तीमा एक जना महिला सहित दुई जना -सदस्य”
(ख) उपदफा (४) खसालिएको छ।
(२) दफा २१ को उपदफा (४) मा रहेका “अध्यक्ष तथा” भन्ने शब्दहरू खसालिएका छन्:- (३) दफा २४ को उपदफा (५) खसालिएको छ।
(४) दफा २४ पछि देहायको दफा २४क. थपिएको छ :-
“२४क. उपकुलपतिको योग्यता : उपकुलपतिको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको, (ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कौशल प्रदर्शन गरेको, (घ) चालिस वर्ष उमेर पूरा भएको, (ङ) उच्च नैतिक चरित्र भएको।”
(५) दफा २५ पछि देहायको दफा २५क. थपिएको छ :-
“२५क. रजिस्ट्रारको योग्यता : रजिस्ट्रारको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ :-
(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ख) उच्च शिक्षामा प्राज्ञिक वा शैक्षिक प्रशासन वा अनुसन्धानको क्षेत्रमा दश वर्षको अनुभव भएको, (ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र नेतृत्व कौशल प्रदर्शन गरेको, (घ) उच्च नैतिक चरित्र भएको।”
(६) दफा २८ को उपदफा (२) मा रहेको “रजिष्ट्रार,” भन्ने शब्द झिकिएको छ। (७) दफा ३० झिकिएको छ।
१३. विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ मा संशोधन : विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को,- (१) दफा २७ को उपदफा (३) झिकिएको छ। (२) दफा ३१ को उपदफा (३) झिकिएको छ। (३) दफा ३४ झिकिएको छ।
१४. मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ मा संशोधन : मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ को,- (१) दफा ७ को उपदफा (६), (११) र (१५) झिकिएका छन्। (२) दफा १२ को उपदफा (४) झिकिएको छ। (३) दफा १६ झिकिएको छ।
१५. नेपाल विश्वविद्यालय ऐन, २०८१ मा संशोधन : नेपाल विश्वविद्यालय ऐन, २०८१ को,- (१) दफा ७ को उपदफा (६) र (११) झिकिएका छन्। (२) दफा १७ को उपदफा (६) झिकिएको छ। (३) दफा १८ को उपदफा (४) झिकिएको छ। (४) दफा २२ को उपदफा (३) झिकिएको छ।
१६. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा संशोधन : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को,- (१) दफा २३ को उपदफा (२) झिकिएको छ। (२) दफा २४ को खण्ड (च) मा रहेका “र नियुक्ति हुँदाको बखत एकसट्ठी वर्ष ननाघेको” भन्ने शब्दहरू झिकिएका छन्। (३) दफा २७ को उपदफा (३) झिकिएको छ। (४) दफा ३५ झिकिएको छ।
“१६क. सिफारिस समिति: (१) कुलपतिले यस ऐन बमोजिम उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिवको नियुक्तिमा लागि योग्य उम्मेदवार छनौट गरी सिफारिस गर्न देहाय बमोजिमको समिति गठन गर्नेछ:- (क) मान्यता प्राप्त विश्वविद्यालयबाट संस्कृत भाषा वा साहित्यमा कम्तीमा विद्यावारिधि उपाधि हासिल गरी संस्कृत भाषाको प्राज्ञिक क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव प्राप्त व्यक्ति - संयोजक (ख) नेपालको कुनै विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष वा कुल सचिवको अनुभव प्राप्त गरेका व्यक्तिहरू मध्ये एकजना - सदस्य (ग) शैक्षिक वा प्राज्ञिक संस्था व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्तिहरूमध्ये एकजना - सदस्य (२) सिफारिस समितिले आफ्नो कार्य सञ्चालन र छनौट विधि आफैँ निर्धारण गर्न सक्नेछ।” “१७क. उपकुलपति र शिक्षाध्यक्षको योग्यता: उपकुलपति र शिक्षाध्यक्षको पदमा नियुक्ति हुन देहायको योग्यता हुनुपर्नेछ:-