सार्वजनिक पदानिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ नेपाल राजपत्रमा प्रकाशित मिति २०८३।०१।१९
सं्वत् २०८३ सालको अध्यादेश नं. ०५
सार्वजनिक पदानिकारीको पदमुक्ति सम्बन्धिमा विशेष व्यवस्था गर्ने बारेको अध्यादेश
प्रस्तावना : प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका या तोकिएका सार्वजनिक पदानिकारीको पदमुक्ति सम्बन्धिमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले,
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "सार्वजनिक पदानिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३" रहेको छ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ।
२. पदमुक्त हुने : (१) प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०८२ साल चैत्र १२ गतेभन्दा अगाडि सार्वजनिक निकायमा नियुक्त भई बहाल रहेका अनुसूची बमोजिमका सार्वजनिक पदानिकारीहरूको नियुक्तिमा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदानिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्।
(२) उपदफा (१) बमोजिम पदमुक्त भएको पदानिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव या निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिनेछ।
३. केही नेपाल ऐनमा संशोधन : देहायका ऐनहरूमा देहायबमोजिम संशोधन गरिएको छ :-
(१) कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क. को उपदफा (२) मा रहेका “प्रशासकको कार्यावधि पाँच वर्षको हुनेछ र निज” भन्ने शब्दहरूको सट्टा “प्रशासक” भन्ने शब्द राखिएको छ।
(२) राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (३क) को सट्टा देहायको (३क) राखिएको छ :-
“(३क) उपदफा (१) को खण्ड (ख) र (ङ) अन्तर्गत निर्वाचित सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्।”
(३) गोरखापत्र संस्थान ऐन, २०१९ को,- (क) दफा ८ को उपदफा (३क) को सट्टा देहायको उपदफा (३क) राखिएकोछः- “(३क) उपदफा (१) को खण्ड (ख) र (ङ) अन्तर्गत निर्वाचित सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्।” (ख) दफा १० मा रहेका “मनोनित सञ्चालकहरूलाई नेपाल सरकारले र” भन्ने शब्दहरू खजिकिएका छन्।
(४) नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ को दफा १० मा रहेका “मनोनित सञ्चालकहरूलाई नेपाल सरकारले र” भन्ने शब्दहरू खजिकिएका छन्।
(५) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ७ को उपदफा (१) मा रहेका “निजहरू नेपाल सरकारले तोकेको अवधिसम्म आफ्नो पदमा बहाल रहनेछन्।” भन्ने शब्दहरू खजिकिएका छन्।
(६) सञ्चार संस्थान ऐन, २०२८ को दफा १० को उपदफा (३क) को सट्टा देहायको (३क) राखिएकोछः- “(३क) उपदफा (१) को खण्ड (ख) र (ङ) अन्तर्गत निर्वाचित सञ्चालकहरूको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि सकिएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्।”
(७) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ को,- (क) दफा ९ को उपदफा (३) मा रहेका “समितिको मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ।” भन्ने शब्दहरू खजिकिएका छन्। (ख) दफा ११ को उपदफा (२) मा रहेका “निजको कार्यावधि पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ” भन्ने शब्दहरू खजिकिएका छन्।
(८) आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को,- (क) दफा २.३ को,- (अ) उपदफा २.३.४ को सट्टा देहायको उपदफा २.३.४ राखिएकोछः- “२.३.४ परिषद्का निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्।” (आ) उपदफा २.३.५ मा रहेका “मनोनित वा” भन्ने शब्दहरू खजिकिएका छन्।
(ख) दफा २.६ को उपदफा २.६.१ मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्का निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएकोछ।
(९) काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १७ को उपदफा १७.१ मा रहेका “निजको पदावधि बढीमा पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको पदावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ।” भन्ने शब्दहरू खतिएका छन्।
(१०) नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को,- (क) उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएकोछः- “(३) उपदफा (१) को खण्ड (च) बमोजिम निर्वाचित सञ्चालकको पदावधि तीन वर्षको हुनेछ। निज पुनः निर्वाचित हुन सक्नेछ।” (ख) उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश खतिएकोछ।
(११) नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ७ को उपदफा (२) मा रहेका “उपदफा (१) बमोजिम मनोनित सदस्यहरूको” भन्ने शब्दहरूको सट्टा “उपदफा (१) को खण्ड (ज) बमोजिम मनोनित सदस्य-सचिवको” भन्ने शब्दहरू राखिएका छन्।
(१२) स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ को उपदफा (२) मा रहेका “निजको कार्यावधि पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि पुनः बढीमा दुई वर्षको लागि थप गर्न सक्नेछ।” भन्ने शब्दहरू खतिएका छन्।
(१३) नेपाल स्काउट ऐन, २०५० को दफा ७ को उपदफा (५) मा रहेका “मनोनित तथा” भन्ने शब्दहरू खतिएका छन्।
(१४) नेपाल नर्सिङ्ग परिषद् ऐन, २०५२ को,- (क) दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छः- “६. सदस्यको पदावधि : (१) परिषद्मा निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्। (२) उपदफा (१) बमोजिमको पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य निर्वाचित हुनेछ। तर छ महिनाभन्दा कम अवधिको लागि निर्वाचन गरिने छैन।”
(ख) दफा ८ मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्का निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
(१५) नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को,- (क) दफा ६ को ठाउँठाउँमा रहेका “मनोनित वा” भन्ने शब्दहरू खतिएका छन्। (ख) दफा ८ मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्का निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
(१६) नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ को दफा ७ को उपदफा (६) को सट्टा देहायको उपदफा (६) राखिएको छ:- “(६) निर्वाचित पार्षदहरूको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्।”
(१७) नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को,- (क) दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छः- “६. सदस्यको पदावधि : (१) परिषद्मा निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएका सदस्यहरू यस ऐनमा लेखिएका अन्य कुराको अधीनमा रही पुनः निर्वाचित हुन सक्नेछन्। (२) उपदफा (१) बमोजिमको पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्यको पद निर्वाचनद्वारा पूर्त गरिनेछ।” (ख) दफा ८ मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्को निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
(१८) नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को,- (क) दफा ६ को सट्टा देहायको दफा ६ राखिएको छ - “६. सदस्यको पदावधि : (१) दफा ५ को उपदफा (१) को खण्ड (ख) र (घ) बमोजिम निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएका सदस्यहरू यस ऐनमा लेखिएका अन्य कुराको अधीनमा रही पुनः निर्वाचित हुन सक्नेछन्। (२) उपदफा (१) बमोजिमको पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त हुन आएको सदस्यको पद बाँकी अवधिको लागि निर्वाचनद्वारा पूर्त गर्न सकिनेछ।
तर छ महिनाभन्दा कम अवधिको लागि रिक्त पदमा निर्वाचन गरिने छैन ।” (ख) दफा ८ मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्का निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
(१९) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३८ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ :- “(१) आयोगको कार्यावधि यो अध्यादेश प्रारम्भ भएपछि आयोगका अध्यक्ष र सदस्यको नियुक्ति भएको मितिले चार वर्षको हुनेछ।”
(२०) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ३८ को उपदफा (३) मा रहेका “र त्यस्ता सदस्यहरू तथा खण्ड (क१) बमोजिम मनोनीत उपाध्यक्षको पदावधि दुई वर्षको हुनेछ” भन्ने शब्दहरू खसालिएका छन्।
(२१) नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ को,- (क) दफा ५ को सट्टा देहायको दफा ५ राखिएको छ :- “५. सदस्यको पदावधि : (१) काउन्सिलका निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरू पुनः निर्वाचित हुन सक्नेछन्। (२) पदावधि समाप्त नहुँदै कुनै निर्वाचित सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य निर्वाचित हुनेछ।” (ख) दफा ७ मा रहेका “देहायको अवस्थामा काउन्सिलको सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा काउन्सिलका निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
(२२) सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (११) मा रहेका “पदावधि समाप्त भएको” भन्ने शब्दहरूको सट्टा “पदमुक्त भएको” भन्ने शब्दहरू राखिएका छन्।
(२३) बीमा ऐन, २०७९ को,- (क) दफा ९ को सट्टा देहायको दफा ९ राखिएको छः- “९. पदावधि : (१) अध्यक्षको पदावधि नियुक्त भएको मितिले चार वर्षको हुनेछ। (२) नेपाल सरकारले मनासिब देखेमा अध्यक्षलाई थप एक पदावधिको लागि पुनः नियुक्त गर्न सक्नेछ।”
(ख) दफा १२ को दफा शीर्षक, उपदफा (१) र (२) मा रहेका “अध्यक्ष वा सदस्य” भन्ने शब्दहरूको सट्टा “अध्यक्ष” भन्ने शब्द र उपदफा (३) मा रहेका “अध्यक्ष वा कुनै सदस्यको” भन्ने शब्दहरूको सट्टा “अध्यक्षको” भन्ने शब्द राखिएका छन्।
(२४) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ को,- (क) दफा ५ को उपदफा (३) र (५) को सट्टा देहायका उपदफा (३) र (५) राखिएका छन् :-
“(३) उपदफा (१) बमोजिम निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएपछि निजहरू पुनः एक पटकका लागि निर्वाचित हुन सक्नेछन्। (५) उपदफा (३) बमोजिमको पदावधि समाप्त हुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्यको पद निर्वाचनद्वारा पूरित गरिनेछ। तर एक वर्षभन्दा कम अवधिको लागि रिक्त पदमा निर्वाचन गरिने छैन।”
(ख) दफा ७ को उपदफा (१) मा रहेका “देहायको अवस्थामा परिषद्को सदस्यता” भन्ने शब्दहरूको सट्टा “देहायको अवस्थामा परिषद्का निर्वाचित सदस्यहरूको सदस्यता” भन्ने शब्दहरू राखिएका छन्।
४. खारेजीः देहायका ऐनहरूमा रहेका देहाय बमोजिमका व्यवस्था खारेज गरिएका छन् :-
(१) नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (२) र (३) र दफा ६ को उपदफा (३) । (२) राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (४)। (३) गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा (४)। (४) कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ को उपदफा (४) र (५)। (५) राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा १० को उपदफा (४)। (६) नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ को दफा ८ को उपदफा (४)। (७) गुठी संस्थान ऐन, २०३३ को दफा ७ को उपदफा (४) तथा सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश, दफा ९ को उपदफा (३) तथा सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश र दफा १२। (८) राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ६।
(९) नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (४) तथा सोही उपदफामा रहेको प्रतिबन्धात्मक वाक्यांश।
(१०) लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ९।
(११) पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.६।
(१२) काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १७ को उपदफा १७.२।
(१३) बीउ बिजन ऐन, २०४५ को दफा ३ को उपदफा ३.३ र ३.४।
(१४) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को दफा २ को उपदफा २क.२ र दफा ३ को उपदफा ३.६।
(१५) नेपाल खानेपानी संस्थान ऐन, २०४६ को दफा ११ को उपदफा ११.३।
(१६) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (२) र (२क) तथा सोही उपदफाहरूमा रहेका प्रतिबन्धात्मक वाक्यांशहरू।
(१७) नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ७ को उपदफा (३)।
(१८) प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (२) र (३)।
(१९) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १२ को उपदफा (३), दफा १८ को उपदफा (२), दफा १९ को उपदफा (२), दफा १९क. र दफा २० को उपदफा (३)।
(२०) नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ६ को उपदफा (२), दफा ७ को उपदफा (२) र दफा १३ को उपदफा (५) तथा सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश।
(२१) राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ को उपदफा (३) र दफा १३ को उपदफा (३)।
(२२) आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को दफा ४ को उपदफा (३)।
(२३) राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ८ को उपदफा (३) र दफा १४ को उपदफा (३)।
(२४) समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (३)।
(२५) नेपाल स्काउट ऐन, २०५० को दफा १० को उपदफा (३), दफा १६ को उपदफा (१), दफा १७ को उपदफा (२) र दफा १८ को उपदफा (२) र (२क) तथा उपदफा (२क) को प्रतिबन्धात्मक वाक्यांश।
(२६) विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ५ को उपदफा (२) र दफा १३ को उपदफा (४)।
(२७) श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ११ को उपदफा (२)।
(२८) बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (२) र (३) तथा उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश र दफा ८।
(२९) नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा (३) र दफा १८ को उपदफा (३) र (५)।
(३०) नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (३) र दफा १४ को उपदफा (२) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश।
(३१) औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ को दफा ६ को उपदफा (४) र दफा ९ को उपदफा (२)।
(३२) दूरसञ्चार ऐन, २०५३ को दफा ८, ९ र १०।
(३३) नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ को दफा ७ को उपदफा (५), दफा १५क. को उपदफा (४) र दफा १५घ. को उपदफा (४)।
(३४) नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १३ को उपदफा (४) र सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश।
(३५) अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ को दफा ९ को उपदफा (३) र दफा ११ को उपदफा (३)।
(३६) नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा (१क) र (१ख) तथा उपदफा (१ख) को प्रतिबन्धात्मक वाक्यांश।
(३७) बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ को दफा ६ को उपदफा (२) र (३), दफा ९ को उपदफा (३) र दफा १७ को उपदफा (३)।
(३८) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ को दफा ७ को उपदफा (२), दफा ८ र दफा ११ को उपदफा (२)।
(३९) नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ६ र ८।
(४०) सडक बोर्ड ऐन, २०५८ को दफा ८ को उपदफा (३), दफा ९ र दफा १०।
(४१) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा (३) र दफा १० को उपदफा (२)।
(४२) विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६२ को उपदफा (१), दफा ६३, दफा ६८ को उपदफा (१) र दफा ६९।
(४३) प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा १२ को उपदफा (३) र (४)।
(४४) सार्वजनिक खरीद ऐन, २०६३ को दफा ४८ को उपदफा (३) तथा सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश, उपदफा (४) र (७)।
(४५) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ को उपदफा (४)।
(४६) वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ को उपदफा (२) र दफा ४१ को उपदफा (३)।
(४७) नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश।
(४८) सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १४, १५ र १६।
(४९) बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ को दफा ३ को उपदफा (२) र (३)।
(५०) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (३) र (४), दफा ११ को उपदफा (३), दफा २१ को उपदफा (२), दफा २२ र २३।
(५१) नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (३) र (४), दफा ११ को उपदफा (३), दफा २१ को उपदफा (२), दफा २२ र २३।
(५२) नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (३) र (४), दफा ११ को उपदफा (३), दफा २१ को उपदफा (२), दफा २२ र २३।
(५३) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ६ र ७।
(५४) राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (४), (५) र (६), दफा ११ को उपदफा (४) र (५) तथा उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश र दफा १५ को उपदफा (३), (४) र (५)।
(५५) विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ को उपदफा (५) र (६)।
(५६) निക്ഷേप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ८ को उपदफा (३) र (४) र दफा ४९ को उपदफा (६), (७), (८), (९), (१०) र (११)।
(५७) विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ८, ९ र १०।
(५८) स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १३ को उपदफा (३), दफा २० को उपदफा (२) र दफा २५।
(५९) योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २९ को उपदफा (२) र (३) र दफा ४२ को उपदफा (६), (७) र (८)।
(६०) सहकारी ऐन, २०७४ को दफा १०३ङ. को उपदफा (७) र (८) तथा उपदफा (८) को प्रतिबन्धात्मक वाक्यांश, दफा १०३च. र दफा १०५ को उपदफा (३), (४), (५) र (६)।
(६१) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ३८ को उपदफा (३), (४) र (५)।
(६२) श्रम ऐन, २०७४ को दफा १०२ को उपदफा (२) र (४)।
(६३) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश र दफा १२ को उपदफा (३), (४) र (५)।
(६४) जनस्वास्थ्य ऐन, २०७५ को दफा ५० को उपदफा (३)।
(६५) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश, दफा ८ को उपदफा (४) र (५) तथा उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश, दफा २२ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश, दफा २६ र दफा २९ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश।
(६६) सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ६ को उपदफा (२) र (३) तथा उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश र उपदफा (४) र दफा १२ को उपदफा (८), (९) र (१०)।
(६७) विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (५), (६) र (७), दफा १८ को उपदफा (२), (३) र (४) र दफा १९।
(६८) भू-उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (२) र सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांश।
(६९) जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ११ को उपदफा (३) र (४) तथा उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश।
(७०) वातावरण संरक्षण ऐन, २०७६ को दफा ३२ को उपदफा (४) र (५) तथा उपदफा (५) को प्रतिबन्धात्मक वाक्यांश।
(७१) रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ को दफा ६ को उपदफा (२) र (३) तथा उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश।
(७२) राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ७, दफा ८, दफा १४ को उपदफा (३), (४) र (५) र दफा १७ को उपदफा (८), (९), (१०) र (११)।
(७३) प्रत्यायन ऐन, २०७९ को दफा ६ को उपदफा (२) र (३) तथा उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश र दफा २३ को उपदफा (५), (६) तथा उपदफा (६) को प्रतिबन्धात्मक वाक्यांश।
(७४) नेपाल रेलवे ऐन, २०७९ को दफा ५ को उपदफा (४), (५), (६) र (७) र दफा ५६ को उपदफा (४), (५) र (६)।
(७५) सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को दफा ६ को उपदफा (९), दफा ८ को उपदफा (४), दफा ११ र दफा १४।
(७६) सुरक्षा मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ६ को उपदफा (२), (३) र (४), दफा १८ को उपदफा (२), (९) र (१०) र दफा २०।
(७७) खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ को उपदफा (२), (३) र (४)।
अनुसूची (दफा २ को उपदफा (१) सँग सम्बन्धित) सार्वजनिक पदधिकारीहरू
(१) नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष र सञ्चालक तथा दफा ६ बमोजिम नियुक्त महाप्रबन्धक, (२) राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सञ्चालक, (३) कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ बमोजिमका अध्यक्ष तथा सञ्चालकहरू र दफा ६क. बमोजिम नियुक्त प्रशासक, (४) गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सञ्चालक र दफा ८ को उपदफा (३) बमोजिमको अध्यक्ष, (५) नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ को दफा ८ बमोजिम मनोनित सञ्चालकहरू, (६) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ७ बमोजिमका चलचित्र जाँच समितिन्का अध्यक्ष र सदस्यहरू, (७) सञ्चार संस्थान ऐन, २०२८ को दफा १० को उपदफा (१) को खण्ड (घ) बमोजिम नियुक्त सञ्चालक र उपदफा (३) बमोजिमको अध्यक्ष, (८) शिक्षा ऐन, २०२८ को दफा ४क. को उपदफा (२) को खण्ड (क), (ज), (झ) र (ञ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ७क. को उपदफा (२) को खण्ड (ङ), (ट), (ठ), (ड), (ढ) र (ण) बमोजिमका सदस्यहरू र दफा ११ख. बमोजिम नियुक्त शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू, (९) गुठी संस्थान ऐन, २०३३ को दफा ७ को उपदफा (१) बमोजिमका विद्वत समितिका सभापति र सदस्यहरू, दफा ९ को उपदफा (१) को खण्ड (क) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२क. बमोजिम नियुक्त प्रशासक, (१०) राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू, (११) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ को दफा ९ को उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा ११ को उपदफा (२) बमोजिम नियुक्त कार्यकारी निर्देशक, (१२) नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (१३) लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख), (ङ), (च), (छ) र (ज) बमोजिमका उपाध्यक्ष, सदस्य र सदस्य सचिव, (१४) नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा ४ को उपदफा (१) को खण्ड (ट), (थ), (द), (ध), (न), (फ), (ब), (भ) र (म) बमोजिमका सदस्यहरू, दफा ६ को उपदफा
(१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा ८ को उपदफा (१) को खण्ड (च), (छ), (छ१) र (ज) बमोजिमका सदस्यहरू, दफा ९क. को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १६ बमोजिम नियुक्त उपकुलपति, दफा १७ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा १८ बमोजिम नियुक्त कुल-सचिव, (१५) पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.११, ८.२.१२ र ८.२.१३ बमोजिमका सदस्य, कोषाध्यक्ष र सदस्य सचिव, (१६) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को दफा २क. को उपदफा २क.१.१२, २क.१.१३, २क.१.१४ र २क.१.१६ बमोजिमका सदस्य र सदस्य-सचिव र दफा ३ को उपदफा ३.२.५, ३.२.६ र ३.२.७ बमोजिमका सदस्य र सदस्य-सचिव, (१७) आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा २.३ को उपदफा २.३.१.१, २.३.१.२ र २.३.१.५ बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा ३.१ को उपदफा ३.१.१ बमोजिम नियुक्त रजिस्ट्रार, (१८) काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १७ बमोजिम नियुक्त विकास आयुक्त र दफा २३ को उपदफा २३.२ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष र सदस्यहरू, (१९) बीउ बिजन ऐन, २०४५ को दफा ३ को उपदफा ३.२.७, ३.२.८, ३.२.९ र ३.२.१० बमोजिमका सदस्यहरू, (२०) नेपाल खानपानी संस्थान ऐन, २०४६ को दफा ८.१ को उपदफा ८.१.५, ८.१.६ र ८.१.७ बमोजिमका सदस्यहरू तथा दफा ११.१ र ११.२ बमोजिम नियुक्त अध्यक्ष र महाप्रबन्धक, (२१) नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ७ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सदस्य र सदस्य-सचिव र दफा १५ बमोजिमको प्रशासकीय प्रमुख, (२२) नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सञ्चालक र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (२३) प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (१) को खण्ड (क), (घ), (ङ), (च) र (छ) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यहरू, (२४) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (ङ), (च), (छ), (ज), (ज१), (ज३) र (ज४) बमोजिमका प्राज्ञ सभाका सदस्यहरू, दफा १५ को उपदफा (१) को खण्ड (ख) बमोजिमका सदस्य, दफा १८ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ बमोजिम नियुक्त उपकुलपति र दफा २० बमोजिम नियुक्त सचिव,
(२५) नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ६ को उपदफा (१) को खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा ७ को उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (२६) राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ को उपदफा (१) को खण्ड (३) र (४) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (२७) काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को दफा ४ को उपदफा (१) को खण्ड (झ), (ङ), (ढ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ६ को उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ८ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १४ बमोजिम नियुक्त उपकुलपति, दफा १५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा १६ बमोजिम नियुक्त डीन, (२८) राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ८ को उपदफा (१) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (२९) बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ७ को उपदफा (१) को खण्ड (ङ), (च), (छ), (झ) र (ञ) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (१) को खण्ड (ङ) बमोजिमका सदस्यहरू, दफा ११ख. बमोजिम नियुक्त उपकुलपति र दफा ११ग. बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक, (३०) आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को दफा ४ को उपदफा (२) को खण्ड (झ), (ञ), (ट) र (ठ) बमोजिमका सदस्य र सदस्य सचिव, (३१) स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (३२) समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) को खण्ड (ख), (ग), (च), (छ) र (झ) बमोजिमका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र सदस्य-सचिव, (३३) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ८ को उपदफा (२) बमोजिमका निर्वाचित तथा पदेन सदस्यहरू बाहेकका विश्वविद्यालय सभाका सदस्यहरू, दफा ११ को उपदफा (१) को खण्ड (च), (छ), (ज), (ठ), (ढ) र (ण) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (१) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा २० बमोजिम नियुक्त रजिस्ट्रार, (३४) विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (च) र (छ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त सचिव,
(३५) नेपाल स्काउट ऐन, २०५० को दफा ७ को उपदफा (२) को खण्ड (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्यहरू, दफा १६ बमोजिमको प्रमुख आयुक्त, दफा १७ बमोजिमको सह-प्रमुख आयुक्त र दफा १८ बमोजिमका आयुक्तहरू, (३६) पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा ७ को उपदफा (२) को खण्ड (झ), (ठ), (ड), (ध), (न) र (प) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (१) को खण्ड (घ), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा १४ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (घ) र (छ) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २६ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन, (३७) श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा ११ को उपदफा (१) को खण्ड (क), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू, (३८) नेपाल नर्सिङ्ग परिषद् ऐन, २०५२ को दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (ज), (झ), (ञ) र (ट) बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार, (३९) नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ को दफा ७ को उपदफा (३) को खण्ड (ग), दफा १५क. को उपदफा (२) को खण्ड (क), (ज) र (झ) र दफा १५घ. को उपदफा (२) को खण्ड (क), (घ) र (ङ) बमोजिमका अध्यक्ष तथा सदस्यहरू, (४०) नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४ को उपदफा (१) को खण्ड (क) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार, (४१) बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (४२) पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ७ को उपदफा (२) को खण्ड (ङ), (छ), (ञ), (ट), (ठ), (त), (थ), (द) र (ध) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (१) को खण्ड (घ), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १४ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २६ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन, (४३) दूरसञ्चार ऐन, २०५३ को दफा ५ बमोजिम नियुक्त दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरू,
(४४) नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १३ को उपदफा (१) को खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, (४५) नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (२) को खण्ड (ख) र (छ) बमोजिमका उपाध्यक्ष र सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी प्रमुख, (४६) नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा (२) को खण्ड (ङ) र (ङ१) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (४७) औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ को दफा ६ को उपदफा (३) को खण्ड (च), (छ) र (ज) बमोजिमको सदस्यहरू र दफा ९ बमोजिमको कार्यकारी निर्देशक, (४८) अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ को दफा ९ को उपदफा (१) को खण्ड (छ) बमोजिमको सदस्य र दफा ११ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, (४९) भवन ऐन, २०५५ को दफा ३ को उपदफा (२) को खण्ड (ज) बमोजिमका सदस्यहरू, (५०) नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (च), (छ१) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २७ बमोजिम नियुक्त रजिस्ट्रार, (५१) नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ५ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका सदस्यहरू, (५२) बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ को दफा ६ को उपदफा (१) को खण्ड (क), (ठ), (ड) र (ढ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (५३) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ को दफा ७ को उपदफा (१) को खण्ड (च), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्यहरू र दफा ११ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (५४) नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (घ), (ङ) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू, (५५) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा (१) को खण्ड (ग), (ठ), (ड), (ढ) र (त) बमोजिमका उपाध्यक्ष, सदस्य र सदस्य सचिव र दफा १० को उपदफा (१) को खण्ड (ख) बमोजिमको सदस्य, (५६) सेक बोर्ड ऐन, २०५८ को दफा ८ को उपदफा (२) को खण्ड (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, (५७) धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ को उपदफा (२) को खण्ड (छ) बमोजिमको सदस्य,
(५८) प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा १२ को उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू, (५९) विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० बमोजिमको सूचना प्रविधि न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू र दफा ६६ बमोजिमको पुनरावेदन न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू, (६०) लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ७ को उपदफा (२) को खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १२ को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २१ बमोजिम नियुक्त उपकुलपति, दफा २३ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २४ बमोजिम नियुक्त डिन, (६१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ को उपदफा (२) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १३ बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्यहरू, दफा १८ बमोजिम नियुक्त उपकुलपति र दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र डिन, (६२) सार्वजनिक खरीद ऐन, २०६३ को दफा ४८ बमोजिम गठित पुनरालोचन समितिाका अध्यक्ष र सदस्यहरू, (६३) सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ११ बमोजिम नियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरू, (६४) वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ को उपदफा (१) को खण्ड (ठ), (ढ), (ण) र (त) बमोजिमका सदस्यहरू र दफा ४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (६५) बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू, (६६) नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सदस्य, (६७) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (२) को खण्ड (च), (छ), (ज), (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य-सचिव, दफा ११ को उपदफा (२) को खण्ड (घ) र (च) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक,
(६८) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्य, दफा ११ को उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्य, र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव, (६९) नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्य, दफा ११ को उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव, (७०) नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्य, दफा ११ को उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव, (७१) सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०७० को दफा ७ को उपदफा (२) को खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (१) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा २१ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २६ बमोजिम नियुक्त डीन, (७२) मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ दफा ७ को उपदफा (२) को खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमका सदस्यहरू, दफा २१ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डीन र दफा २७ बमोजिम नियुक्त निर्देशक, (७३) कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ को दफा ७ को उपदफा (२) को खण्ड (छ), (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ), (ङ) र (ज) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (२) को खण्ड (क) र (ख) बमोजिमका सदस्यहरू, दफा २१ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डीन र दफा २७ बमोजिम नियुक्त निर्देशक, (७४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा ७ को उपदफा (२) को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ञ), (ट) र (ठ) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमका सदस्य र सदस्य-सचिव, दफा ११ को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १३ को
उपदफा (२) को खण्ड (क) र (ख) बमोजिमका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक, (७५) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिमका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरू, (७६) राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ को उपदफा (१) को खण्ड (ट), (ठ) र (द) बमोजिमका सदस्यहरू, दफा ८ को उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा ११ को उपदफा (२) को खण्ड (क) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १५ बमोजिम नियुक्त परिषद्को उपाध्यक्ष, (७७) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ को दफा ७ को उपदफा (२) को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ञ), (ट) र (ठ) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (ख), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा ११ को उपदफा (२) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त डिन र दफा २२ बमोजिम नियुक्त निर्देशक, (७८) नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा ७ को उपदफा (२) को खण्ड (ञ), (ट), (ठ), (द), (ढ) र (त) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को खण्ड (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त कुल सचिव, दफा २० बमोजिम नियुक्त डिन र दफा २१ बमोजिम नियुक्त निर्देशक, (७९) निधेप तथा कजाव सुरक्षण कोष ऐन, २०७३ को दफा ८ को उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ४९ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत, (८०) विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (८१) श्रम ऐन, २०७४ को दफा १०२ को उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिमका सदस्यहरू, (८२) योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २९ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (८३) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ को उपदफा (२) को खण्ड (झ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिमको कार्यकारी प्रमुख,
(८४) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा ७ को उपदफा (२) को खण्ड (ङ), (ञ), (ढ), (ण), (द), (त) र (न) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (ख), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा ११ को उपदफा (२) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू, दफा १९ बमोजिम नियुक्त उपकुलपति, दफा २० बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २२ बमोजिम नियुक्त डीन र दफा २३ बमोजिम नियुक्त निर्देशक, (८५) स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १३ को उपदफा (२) को खण्ड (क), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २० बमोजिमको कार्यकारी निर्देशक, (८६) राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ को दफा ७ को उपदफा (२) को खण्ड (च), (ट), (ठ), (ढ), (थ), (द), (त) र (न) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ को उपदफा (२) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ को उपदफा (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डीन, र दफा २७ बमोजिम नियुक्त निर्देशक, (८७) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ३८ को उपदफा (२) को खण्ड (क१), (थ), (द), (द१) र (न) बमोजिमका उपाध्यक्ष र सदस्यहरू, (८८) विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्त आयोगका अध्यक्ष तथा सदस्यहरू, (८९) सहकारी ऐन, २०७४ को दफा १०३ग. को उपदफा (१) को खण्ड (क), (घ) र (ङ) बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू र दफा १०५ को उपदफा (२) को खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू, (९०) सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ को उपदफा (२) को खण्ड (ञ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत, (९१) जनस्वास्थ्य ऐन, २०७५ को दफा ५० को उपदफा (२) को खण्ड (घ), (थ), (द), (त) र (न) बमोजिमका सदस्यहरू, (९२) नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ को दफा ४ को खण्ड (क), (घ), (ङ), (ज) र (झ) बमोजिमका अध्यक्ष र सदस्यहरू, (९३) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा (१) को खण्ड (घ), (च), (त), (थ), (द) र (न) बमोजिमका सदस्यहरू, दफा ८ को उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा २२ बमोजिम नियुक्त आयोगको उपाध्यक्ष र दफा २९ बमोजिम नियुक्त निर्देशक,
(९४) जीवनाशक विपादी व्यवस्थापन ऐन, २०७६ को दफा ११ को उपदफा (२) को खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू, (९५) वातावरण संरक्षण ऐन, २०७६ को दफा ३२ को उपदफा (२) को खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू, (९६) औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० को उपदफा (१) को खण्ड (ण) बमोजिमका सदस्यहरू, (९७) भू-उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिमका सदस्यहरू, (९८) विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (क), (ङ) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू, (९९) रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ को दफा ६ को उपदफा (१) को खण्ड (ठ) बमोजिमका सदस्यहरू, (१००) राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (ख), (ग), (ट), (ठ), (ड), (ढ), (ण) र (त) बमोजिमका उपाध्यक्ष र सदस्यहरू, दफा १४ को उपदफा (१) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त सदस्य-सचिव, (१०१) विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को दफा ७ को उपदफा (२) को खण्ड (घ), (ज), (झ), (ञ), (ञ१), (ञ२) र (ढ) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ को उपदफा (२) को खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य सचिव, दफा २७ बमोजिम नियुक्त उपकुलपति, दफा ३१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा ३६ बमोजिम नियुक्त डीन, दफा २५ बमोजिम नियुक्त परीक्षा नियन्त्रक, दफा ३८ बमोजिम नियुक्त निर्देशक र दफा ४२ को उपदफा (३) को खण्ड (ग) बमोजिमको सदस्य-सचिव, (१०२) बिमा ऐन, २०७९ को दफा ६ को उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, (१०३) प्रत्यायन ऐन, २०७९ को दफा ६ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा २३ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (१०४) नेपाल रेलवे ऐन, २०७९ को दफा ५ को उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ५६ बमोजिम नियुक्त रेलवे प्रशासक, (१०५) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ को दफा ५ को उपदफा (१) को खण्ड (क), (ग) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू, (१०६) मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ को दफा ७ को उपदफा (२) को खण्ड (ङ), (च), (छ), (ज), (झ), (ट) र (ठ) बमोजिमका सदस्यहरू, दफा १० को
उपदफा (२) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ११ को उपदफा (२) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त अध्यक्ष, (१०७) खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ को उपदफा (१) को खण्ड (छ), (ज), (झ) र (ट) बमोजिमका सदस्यहरू, (१०८) शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा ७ को उपदफा (२) को खण्ड (छ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (ग), (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १२ को उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २५ को उपदफा (७) बमोजिम नियुक्त उपकुलपति र रजिस्ट्रार, दफा ३० बमोजिम नियुक्त डिन, दफा ३२ बमोजिम नियुक्त प्रिन्सिपल, दफा ३३ बमोजिम नियुक्त अस्पताल निर्देशक र दफा ३७ को उपदफा (२) को खण्ड (क) बमोजिम मनोनित पदेन समिति को संयोजक, (१०९) सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ६ को उपदफा (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक, (११०) सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को दफा ६ को उपदफा (२) को खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू र दफा ८ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यहरू।