स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
नेपाल राजपत्रमा प्रकाशित मिति २०८३।०१।१९
संवत २०८३ सालको अध्यादेश नं. ०४ स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावनाः स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस अध्यादेशको नाम "स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३" रहेको छ । (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधन : बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को,- (१) दफा ११ख. को उपदफा (३) झिकिएको छ। (२) दफा ११ग. को उपदफा (२) झिकिएको छ। (३) दफा ११घ. खारेज गरिएको छ।
३. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को,- (१) दफा १८ को उपदफा (३) झिकिएको छ। (२) दफा १९ को उपदफा (२) झिकिएको छ। (३) दफा २२ खारेज गरिएको छ।
४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ मा संशोधन : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को,- (१) दफा २० को उपदफा (३) झिकिएको छ। (२) दफा २१ को उपदफा (३) झिकिएको छ। (३) दफा २२ को उपदफा (३) झिकिएको छ। (४) दफा २३ को उपदफा (३) झिकिएको छ।
(५) दफा २४ को उपदफा (२) झिकेको छ। (६) दफा २६ खारेज गरिएको छ।
५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ मा संशोधन : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को,-
(१) दफा २० को उपदफा (३) झिकेको छ। (२) दफा २१ को उपदफा (३) झिकेको छ। (३) दफा २२ को उपदफा (३) झिकेको छ। (४) दफा २३ को उपदफा (३) झिकेको छ। (५) दफा २४ को उपदफा (२) झिकेको छ। (६) दफा २६ खारेज गरिएको छ।
६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ मा संशोधन : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ को,-
(१) दफा २३ को,− (क) दफा शीर्षकमा रहेको “पदावधि,” भन्ने शब्द झिकेको छ। (ख) उपदफा (१) झिकेको छ। (ग) उपदफा (२) मा रहेका “उपदफा (१) मा” भन्ने शब्दहरूको सट्टा “दफा २०,२१ र २२ मा” भन्ने शब्दहरु राखिएका छन्। (घ) उपदफा (३) मा रहेका “उपदफा (१) वा (२) बमोजिमका” भन्ने शब्दहरूको सट्टा “उपकुलपति, डीन, निर्देशक वा उपदफा (२) बमोजिमका” भन्ने शब्दहरु राखिएका छन्। (ङ) दफा २४ खारेज गरिएको छ।
७. राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ मा संशोधन : राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को,-
(१) दफा १९ को उपदफा (३) झिकेको छ। (२) दफा २० को उपदफा (३) झिकेको छ। (३) दफा २१ को उपदफा (३) झिकेको छ। (४) दफा २२ को उपदफा (३) झिकेको छ। (५) दफा २३ को उपदफा (२) झिकेको छ। (६) दफा २५ खारेज गरिएको छ।