तारागाउँ विकास समिति (गठन) आदेश, २०३४
नेपाल राजपत्रमा प्रकाशन मिति २०३४।७।१
संशोधन तारागाउँ विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०६१ २०६१।९।५ तारागाउँ विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०८३ २०८३।२।१८
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको आदेश जारी गरेको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस आदेशको नाम “तारागाउँ विकास समिति (गठन) आदेश, २०३४” रहेको छ। (२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ।
२. समितिको गठनः (१) तारा गाउँ विकास समिति (यसपछि “समिति” भनिएको) नामको एउटा समिति गठन गरिएको छ। (२) उपदफा (१) बमोजिमको समितिमा देहायका अध्यक्ष तथा सदस्यहरु रहने छन्:- (क) नेपाल सरकारले मनोनित गरेको व्यक्ति -अध्यक्ष (ख) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय -सदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय -सदस्य (घ) प्रतिनिधि, स्थानीय विकास मन्त्रालय -सदस्य (ङ) कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड - सदस्य (च) नेपालको संस्कृति, पर्यटन तथा समितिको कार्यसँग सम्बन्धित कुनै क्षेत्रमा उल्लेखनीययोगदान पुर्याएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको
पहिली संशोधनद्वारा संशोधित।
एक जना - सदस्य (छ) नेपाल सरकारले मनोनित गरेको व्यक्ति - सदस्य-सचिव $\Sigma$(३) .................... $\Sigma$(४) ....................
$^{TM}$२क. पदमुक्त हुने : (१) यस आदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा २ को उपदफा (२) को खण्ड (क), (च) र (छ) बमोजिम मनोनित अध्यक्ष, सदस्य र सदस्य-सचिवको मनोनयन गर्दा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि यो आदेश प्रारम्भ भएपछि त्यस्ता अध्यक्ष, सदस्य र सदस्य-सचिव कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुनेछन्। (२) उपदफा (१) बमोजिम पदमुक्त भएका पदाधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिनेछ।
३. समितिको बैठक सम्बन्धी कार्यविधिः (१) समितिको बैठक अध्यक्षले तोकेको स्थान र समयमा बस्नेछ। (२) बैठकमा पेश गर्नु पर्ने कार्यसूची अध्यक्षको अनुमति लिई सदस्य-सचिवले अध्यक्षबाट अधिकार प्राप्त अन्य व्यक्तिले तयार गर्नेछ। (३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। (४) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ। (५) अध्यक्षको अनुपस्थितिमा समितिको बैठकको अध्यक्षता सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ। (६) समितिको आमन्त्रणामा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ बैठकमा उपस्थित भई छलफलमा भाग लिन सक्नेछ। तर त्यसरी आमन्त्रित विशेषज्ञलाई मत दिने अधिकार हुने छैन। (७) समितिको बैठक कम्तिमा तीन महिनाको एक पटक बस्नेछ।
$\Sigma$ दोस्रो संशोधनद्वारा क्षेपकिएको। $^{TM}$ दोस्रो संशोधनद्वारा थप।
४. समितिको काम कर्तव्यः तारा गाउँ सञ्चालन गर्नु समितिको कर्तव्य हुनेछ र सो सञ्चालन गर्नको लागि समितिले निम्नलिखित कामहरु गर्न सक्नेछ:- (क) नेपाल अधिराज्यमा आउने विदेशी पर्यटकहरुलाई नेपाली कला, संस्कृति र रहनसहनसहित बढी परिचित तुल्याउन नेपाली शैलीका आवास गृह, चमेना गृह र अन्य आवश्यकिय भवनहरु स्थापना र सञ्चालन गर्ने, (ख) विदेशी पर्यटकहरुलाई नेपाल अधिराज्यको विभिन्न भागमा प्रचलित नेपाली सांस्कृतिक रीतिरिवाजको जानकारी गराउने, (ग) विदेशी पर्यटकहरुलाई नेपालको अतिथि, मैत्री र सद्भावासहित परिचित तुल्याउने, (घ) विदेशी पर्यटकहरुलाई नेपाल र नेपालीपनको परिचय गराई नेपालप्रति अन्तर्राष्ट्रिय मैत्री र सद्भाव जगाउन प्रयत्न गर्ने, (घ१) ग्रामीण पर्यटन उद्योगको विकास तथा विस्तारको लागि नेपाल पर्यटन बोर्ड वा सरकारी वा सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी आवश्यक काम गर्ने। (घ२) ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्न अन्तरक्रिया, गोष्ठी तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने। (घ३) समितिको वार्षिक योजना र कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने। (ङ) तारा गाउँको विकास तथा सञ्चालनको लागि आवश्यक अन्य कार्य गर्ने।
५. समितिको कोषः (१) समितिको एउटा छुट्टै कोष हुनेछ जसमा देहायका रकमहरु रहनेछन्:- (क) समितिले आर्जन गरेको रकमहरु, (ख) समितिले सापट लिएको रकमहरु,
(ग) समितिको गठन हुँदा तारा गाउँ (प्रा.) लि. बाट सन्य आएको सबै रकमहरु, घ) कुनै व्यक्ति, निकाय, संस्था, विदेशी सरकार, अन्तर्राष्ट्रिय संघसंस्था वा व्यक्तिबाट प्राप्त रकम, तर विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था वा व्यक्तिसँग रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (ङ) अन्य स्रोतबाट प्राप्त रकम। (२) समितिको कोषको सञ्चालन समितिले बनाएको नियम बमोजिम हुनेछ। ५क. चल अचल सम्पत्ति समितिको नाममा रहनेः समितिको गठन भएपछि तारा गाउँ (प्रा.) लि. बाट समितिले प्राप्त गरेको चल अचल सम्पत्ति समितिको नाममा रहनेछ। ६. समितिको आय-व्यय र लेखापरीक्षणः (१) समितिको आय-व्ययको लेखा समितिले बनाएको नियम बमोजिम राखिनेछ। (२) समितिको लेखापरीक्षण प्रचलित नेपाल कानून बमोजिम हुनेछ। ७. अधिकार सुम्पन सकिनेः समितिले आवश्यकतानुसार आफ्नो केही अधिकार सदस्यहरुको उप-समिति, सदस्य, सदस्य-सचिव वा अरु कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ। ८. नियमहरु बनाउने अधिकारः समितिले आफ्नो कार्य सञ्चालनको लागि नेपाल सरकारको स्वीकृति लिई आवश्यक नियमहरु बनाउन सक्नेछ। ९. नेपाल सरकारसँग सम्पर्कः समितिले नेपाल सरकारसँग सम्पर्क राख्दा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत राख्नु पर्नेछ।