राष्ट्र ऋण उठाउने ऐन, २०८३
राजपत्रमा प्रकाशित मिति २०८३।०३।३०
सं वत् २०८३ सालको ऐन नं. ०९ राष्ट्र ऋण उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : आर्थिक वर्ष २०८३/८४ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "राष्ट्र ऋण उठाउने ऐन, २०८३" रहेको छ। (२) यो ऐन सं वत् २०८३ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।
२. राष्ट्र ऋण उठाउन सक्ने : (१) आर्थिक वर्ष २०८३/८४ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को अन्तमा अधिविकर्ष बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप् रू. ४,१०,००,००,००,०००।- (अिरे पी चार खर्ब दस अर्ब) मा नबढ्ने गरी राष्ट्र ऋण उठाउन सक्नेछ।
तर यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकर्ष रकम समावेश हुने छैन।
(२) नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कलाई आर्थिक वर्ष २०८३/८४ सम्मको तिर्न बाँकी अधिविकर्षलाई ट्रेजरी बिलमा परिणत गर्न सो बैङ्कलाई स्वीकृति दिन सक्नेछ।
(३) यस दफा बमोजिम उठाइएको राष्ट्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ बमोजिम हुनेछ।