बीउ बिजन नियमावली, २०८१
प्रमाणीकरण र प्रकाशन मिति २०८१।०७।२९
बीउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ २०८३।०४।०७
बीउ बिजन ऐन, २०४५ को दफा २४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “बीउ बिजन नियमावली, २०८१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “अनुसन्धान” भन्नाले बीउ बिजनको जातीय विकास तथा सम्बर्द्धन र जातीय उत्कृष्टता परीक्षण तथा मूल्याङ्कन सम्बन्धी कार्य सम्झनु पर्छ। (ख) “अनुसन्धान गर्ने निकाय” भन्नाले प्रजनकको संलग्नतामा अनुसन्धान गर्ने नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धानमा संलग्न विश्वविद्यालय वा बीउ बिजनको जातीय विकास तथा सम्बर्द्धनको अनुमति प्राप्त निजी स्तरका संस्था सम्झनु पर्छ। (ग) “उपसमिति” भन्नाले नियम ३ बमोजिमको उपसमिति सम्झनु पर्छ। (घ) “ऐन” भन्नाले बीउ बिजन ऐन, २०४५ सम्झनु पर्छ। (ङ) “कार्यालय” भन्नाले प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय अन्तर्गतको जिल्ला स्तर कृषि हेर्ने कार्यालय सम्झनु पर्छ। (च) “परिषद्” भन्नाले नेपाल कृषि अनुसन्धान परिषद् सम्झनु पर्छ। (छ) “प्रमाणीकरण पद्धति” भन्नाले बीउ बिजन रोपेदेखि बिक्री वितरण गर्नुपूर्वका सम्पूर्ण क्रियाकलापमा केन्द्रको प्रत्यक्ष संलग्नता, नियन्त्रण र रेखदेखमा गरिने बीउ बिजनको गुणस्तर नियन्त्रण पद्धति सम्झनु पर्छ।
(ज) “यथार्थ सङ्केतपत्र पद्धति” भन्नाले बीउ बिजन रोपेदेखि बिक्री वितरणपूर्वका सम्पूर्ण क्रियाकलापमा बीउ उत्पादक स्वयम्को प्रत्यक्ष संलग्नता, नियन्त्रण र रेखदेखमा उत्पादित बीउ बिजनको गुणस्तर नियन्त्रण गर्ने र उत्पादक आफैले गुणस्तरको सङ्केतपत्र (ट्याग) लगाई गुणस्तर सम्बन्धी सम्पूर्ण जिम्मेवारी लिने गुणस्तर नियन्त्रण पद्धति सम्झनु पर्छ। (झ) “रैथाने बीउ बिजन” भन्नाले कुनै निश्चित भूगोलमा उत्पत्ति भई वा कुनै गुण विकास भई परापूर्वकाल देखि परम्परागत ज्ञान र सिपको प्रयोग गरी सोही प्रकृतिका भूगोलमा खेती हुँदै आएका बालीका बीउ बिजनको जात सम्झनु पर्छ। (ञ) “स्थानीय बीउ बिजन” भन्नाले कम्तीमा पचास वर्षभन्दा पहिलेदेखि खेती भइरहेका बालीका बीउ बिजनका जात सम्झनु पर्छ।
परिच्छेद-२ उपसमितिको गठन तथा काम, कर्तव्य र अधिकार
३. उपसमितिको गठनः (१) समितिको काम कारबाहीमा सहयोग पुर्याउन समितिले ऐनको दफा ६ बमोजिम देहायका उपसमिति गठन गर्न सक्नेछः- (क) प्राविधिक उपसमिति, (ख) जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति, (ग) गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति। (२) उपनियम (१) का अतिरिक्त समितिले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार अन्य उपसमिति गठन गर्न सक्नेछ।
४. प्राविधिक उपसमितिको गठन तथा काम, कर्तव्य र अधिकार: (१) समितिलाई प्राविधिक विषयमा राय तथा सुझाव उपलब्ध गराउन देहाय बमोजिमको प्राविधिक उपसमिति रहनेछ:- (क) प्रमुख, केन्द्र - अध्यक्ष (ख) प्रमुख, राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र, परिषद् - सदस्य (ग) प्रमुख, राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, परिषद् - सदस्य (घ) प्रमुख, राष्ट्रिय बाली विज्ञान वा बागवानी विज्ञान
अनुसन्धान केन्द्र, परिषद् - सदस्य (ङ) प्रमुख, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, परिषद् - सदस्य (च) प्रमुख, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, परिषद् - सदस्य (छ) प्रमुख वा निजले तोकेको प्रतिनिधि, अनुसन्धान गर्ने निकाय - सदस्य (ज) प्रमुख, सम्बन्धित बाली अनुसन्धान कार्यक्रम, परिषद् - सदस्य (झ) प्रमुख, कृषि विभाग वा पशुसेवा विभाग अन्तर्गतको विषयवस्तुसँग सम्बन्धित केन्द्र - सदस्य (ञ) केन्द्रले तोकेको बाली प्रजनक वा सो सम्बन्धी विज्ञ दुई जना - सदस्य (ट) केन्द्रको वरिष्ठ बाली विकास अधिकृत - सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको प्राविधिक उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बालीका जातहरूको अध्ययन परीक्षणका लागि आवश्यक प्रोटोकल तथा मापदण्ड तयार गरी समिति समक्ष स्वीकृतिका लागि पेश गर्ने, (ख) बीउ बिजनका किस्म वा जात उन्मोचन वा दर्ता सम्बन्धमा समितिले राय माग गरेमा राय तथा सुझाव दिने, (ग) समितिले तोकेको आधार तथा मापदण्ड बमोजिम नभएका सूचित वा पंजीकृत बीउ बिजनका किस्म वा जालाई सूचीबाट हटाउन समितिमा सिफारिस गर्ने, (घ) बीउ बिजनको आपूर्ति सुचारु रूपले गर्ने व्यवस्था मिलाउन समितिलाई सहजीकरण गर्ने, (ङ) प्रदेश समिति तथा स्थानीय बीउ बिजन व्यवस्थापन समितिसँग समन्वय गर्ने तथा प्राविधिक सुझाव दिने, (च) बीउ बिजनको मूल्य निर्धारणका लागि समितिलाई प्राविधिक सुझाव दिने, (छ) समितिको निर्देशन अनुसार अन्य आवश्यक कार्य गर्ने।
५. जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको गठन तथा काम, कर्तव्य र अधिकार: (१) बीउ बिजनका किसिम वा जातको उन्मोचन वा दर्ता गर्ने सम्बन्धमा समितिबाट राय माग भएमा समितिलाई राय तथा सुझाव उपलब्ध गराउन देहाय बमोजिमको जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति रहनेछ :-
(क) महानिदेशक, कृषि विभाग - अध्यक्ष (ख) प्रमुख, कृषि सूचना तथा प्रशिक्षण केन्द्र - सदस्य (ग) बाली तथा बागवानी निर्देशक, परिषद् - सदस्य (घ) प्राविधिक उपसचिव, मन्त्रालय - सदस्य (ङ) प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेड - सदस्य (च) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल बीउ व्यवसायी संघ - सदस्य (छ) जातीय विकास र सम्बर्द्धनको अनुमति लिएका निकाय वा संस्थामध्ये समितिबाट मनोनित एकजना - सदस्य (ज) प्रमुख, केन्द्र - सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बीउ बिजनका किसिम वा जात उन्मोचन वा दर्ता सम्बन्धमा समितिले राय माग गरेमा राय तथा सुझाव दिने, (ख) बीउ बिजन क्षेत्रको सुदृढीकरण तथा प्रवर्द्धनका लागि परिषद्, निजी क्षेत्र तथा सम्बन्ध सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, (ग) समितिबाट प्राप्त निर्देशनको कार्यान्वयन गर्ने, गराउने।
६. गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको गठन तथा काम, कर्तव्य र अधिकार: (१) बीउ बिजनको गुणस्तर निर्धारण तथा व्यवस्था सम्बन्धमा समितिलाई राय तथा सुझाव उपलब्ध गराउन देहाय बमोजिमको गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति रहनेछ:- (क) कार्यकारी निर्देशक, परिषद् - अध्यक्ष (ख) महानिदेशक, कृषि विभाग वा पशु सेवा विभाग - सदस्य (ग) बाली तथा बागवानी निर्देशक, परिषद् - सदस्य (घ) प्रमुख, राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान
केन्द्र, परिषद् - सदस्य (ङ) प्रमुख, राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, परिषद् - सदस्य (च) प्रमुख, राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, परिषद् - सदस्य (छ) ऐनको दफा ९ को उपदफा ९.१ बमोजिम नेपाल सरकारले स्थापना गरेको प्रयोगशालाको प्रमुख - सदस्य (ज) केन्द्रले तोकेको विषय विज्ञ एकजना - सदस्य (ञ) प्रमुख, परिषद्को सम्बन्धित बाली अनुसन्धान कार्यक्रम - सदस्य (ट) प्रमुख, केन्द्र - सदस्य-सचिव
(२) गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बीउ बिजनको उत्पादनमा संलग्न प्रयोगशाला (तन्तु प्रजननसमेत) नियमनका लागि मापदण्ड तयार गरी स्वीकृतिका लागि समिति समक्ष पेश गर्ने, (ख) बीउ बिजनको न्यूनतम गुणस्तर मापदण्ड तयार गरी अनुमोदनको लागि समिति समक्ष सिफारिस गर्ने, (ग) प्रयोगशालाको प्राविधिक परीक्षण सम्बन्धी मापदण्ड लगायतका अन्य विषयमा समिति समक्ष सिफारिस गर्ने, (घ) बीउ बिजनको गुणस्तर नियन्त्रण तथा व्यवस्था गर्न समितिलाई आवश्यक राय तथा सुझाव उपलब्ध गराउने, (ङ) बीउ बिजनको गुणस्तर निर्धारण तथा व्यवस्था सम्बन्धी अन्य कार्य गर्ने।
७. उपसमितिको बैठक सम्बन्धी कार्यविधिः (१) नियम ३ बमोजिम गठित उपसमितिको बैठक सम्बन्धित उपसमितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (२) उपसमितिको बैठकको अध्यक्षता सम्बन्धित उपसमितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
(३) उपसमितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ। (४) उपसमितिको बैठकको निर्णय सम्बन्धी उपसमितिको अध्यक्ष र सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ। (५) उपसमितिले आवश्यक देखिएमा छलफल हुने विषयसँग सम्बन्धित विषय विशेषज्ञलाई आवश्यकता अनुसार बैठकमा आमन्त्रण गर्न सक्नेछ। (६) उपसमितिको बैठक सम्बन्धी अन्य कार्यविधि उपसमिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद-३ केन्द्रको अन्य काम, कर्तव्य र अधिकार
८. केन्द्रको काम, कर्तव्य र अधिकारः ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण सम्बन्धी आवश्यक तरिका तथा मापदण्डका विषयमा मस्यौदा तयार गरी समितिमा पेश गर्ने, (ख) औपचारिक वा अनौपचारिक बीउ प्रणालीबाट उत्पादन तथा आपूर्ति हुने बीउ बिजनको गुणस्तर निर्धारण, नियमन तथा अभिलेखन सम्बन्धी कार्य गर्ने, (ग) बीउ बिजन परीक्षण तथा प्रमाणीकरण गर्ने, गराउने, (घ) बीउ बिजनका किस्म वा जात उन्मोचन वा दर्ता गर्ने प्रयोजनका लागि प्राप्त निवेदन समितिमा पेश गर्ने, (ङ) बीउ बिजनको गुणस्तर नियमनका लागि बजारको अनुगमन गर्ने, (च) समितिको निर्णय अनुसार बीउ बिजन बिक्री वितरण अनुमतिपत्रका लागि आवश्यक तालिम सञ्चालन गर्ने, गराउने, (छ) बीउ बिजनको निकासी तथा पैठारीका लागि स्वीकृति दिने तथा गुणस्तर नियन्त्रण सम्बन्धी कार्य गर्ने, (ज) बीउ बिजनको वासलात तयार गर्ने, (झ) तन्तु प्रजनन प्रयोगशाला स्थापनाका लागि समितिबाट स्वीकृत मापदण्ड बमोजिम अनुमतिपत्र प्रदान गर्ने तथा प्रमाणीकरणसँग सम्बन्धित परीक्षण गर्ने गराउने,
(ञ) प्रदेश र स्थानीय स्तरमा स्थापना हुने बीउ बिजन परीक्षण प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बीउ बिजनको परीक्षण र सो सम्बन्धी कार्य गर्ने सहजीकरण गर्ने तथा प्रयोगशालामा कार्यरत प्राविधिकको क्षमता अभिवृद्धिको कार्य गर्ने, (ट) बीउ बिजन निरीक्षक र बीउ बिजन विश्लेषकको काम कारबाहीको अनुगमन गरी समितिमा प्रतिवेदन पेश गर्ने, (ठ) बीउ बिजन प्रमाणीकरण कार्यका लागि आवश्यक बीउ प्रमाणीकरण निस्सा (ट्याग) को व्यवस्थापन गर्ने, (ड) प्रयोगशालाको सुपरीवेक्षण तथा अनुगमन गरी समिति समक्ष प्रतिवेदन पेश गर्ने, (ढ) राष्ट्रिय स्तरमा बीउ बिजन क्षेत्रको सुदृढीकरण तथा गुणस्तर नियमनका लागि समितिलाई राय तथा सुझाव उपलब्ध गराउने, (ण) बीउ बिजनको कारणले हुने हानि नोक्सानी, क्षतिपूर्ति लगायतका विषयमा सहजीकरण गर्ने, (त) बीउ बिजनको गुणस्तर नियमनका लागि प्रदेश समिति र स्थानीय बीउ बिजन व्यवस्थापन समितिसँग समन्वय गर्ने, (थ) बीउ बिजन व्यवस्थापन सम्बन्धी डिजिटल प्रणाली तयार गरी कार्यान्वयन गर्ने गराउने।
परिच्छेद-४ बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता तथा पञ्जीकरण
९. बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ताः (१) ऐनको दफा ५ को उपदफा ५.५ बमोजिम नयाँ जातको बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता गराउन चाहिनेले देहायका कागजात वा प्रतिवेदन र त्यस्तो बीउ बिजनको नमूना सहित देहाय बमोजिम समितिमा निवेदन दिनु पर्नेछ:- (क) नेपालमा विकास गरिएका बीउ बिजनका किस्म वा जात उन्मोचन गर्नका लागि अनुसन्धान गर्ने निकायले बीउ बिजनको किस्म वा जातको विभिन्न भौगोलिक आबहावामा कम्तीमा तीन मौसम (सिजन) सम्म निरन्तर बालीको अध्ययन परीक्षण गरी तयार गरिएको प्रतिवेदन सहित अनुसूची-१ बमोजिम,
(ख) प्राथमिकता प्राप्त बालीका आयातित बीउ बिजनका किस्म वा जातको दर्ता गर्नका लागि समितिबाट स्वीकृत प्रोटोकल बमोजिम कम्तीमा दुई मौसम (सिजन) सम्म निरन्तर बालीको जातीय उत्कृष्टता परीक्षण तथा मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदन सहित अनुसूची-२ बमोजिम, स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “प्राथमिकता प्राप्त बाली” भन्नाले अनुसूची - ३ मा उल्लेख भए बमोजिमको बाली सम्झनु पर्छ। (ग) प्राथमिकता प्राप्त बाली बाहेक अन्य बालीका नेपालमा विकास भएका बीउ बिजनका किस्म वा जात, त्यस्ता बालीका आयातित बीउ बिजनका किस्म वा जात र नेपाली निकाय वा संस्थाले स्वदेशी वा विदेशी संघ संस्थाको सहयोग वा साझेदारीमा वा अन्य कुनै किसिमले बीउ बिजनको उत्पादन गरी नेपालभित्र व्यावसायिक कारोबार नगरी नेपाल बाहिर निर्यात गरिने आयातित बीउ बिजनका किस्म वा जात दर्ता गर्नका लागि अनुसूची-४ बमोजिम, (घ) रैथाने बीउ बिजनका किस्म वा जातको दर्ता गर्नका लागि सम्बन्धित समुदाय वा कृषकले अनुसूची-५ बमोजिम, (ङ) स्थानीय बीउ बिजनका किस्म वा जातको दर्ता गर्नका लागि समितिले तोकेको निकायले अध्ययन परीक्षण गरी तयार गरिएको प्रतिवेदन सहित अनुसूची-६ बमोजिम, (च) खण्ड (क) बमोजिम उन्मोचन भएका बीउ बिजनको किस्म वा जातमा जातीय सुधार गरी विकास गरिएको नयाँ जात पुनः उन्मोचन गर्न तथा सिड भर्याआउट बोर्डर सम्झौतामा हस्ताक्षर गर्ने सदस्य राष्ट्रहरूमा विकास भई सम्बन्धित देशमा उन्मोचन भएका बीउ बिजनका किस्म वा जातहरू नेपालमा दर्ता गर्नका लागि कम्तीमा एक मौसम (सिजन) सहभागितात्मक जातीय परीक्षण गरी तयार गरिएको प्रतिवेदन सहित अनुसूची-१ बमोजिम।
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “सिड विथआउट बोर्डर सम्झौता” भन्नाले नेपाल सरकार र अन्य मुलुकको सरकारबीच नयाँ तथा उन्नत जातको गुणस्तरीय बीउ बिजनमा सहज पहुँच स्थापित गर्न गरिएको प्राविधिक सम्झौता सम्झनु पर्छ।
(२) उपबनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि समितिले बीउ बिजनको विशिष्टता, एकरूपता र स्थायित्व भए नभएको जाँच गर्नेछ।
(३) उपबनियम (२) बमोजिम जाँच गरे पश्चात् समितिले बीउ बिजन अनुमोदन गरी उन्मोचन वा दर्ता गर्नेछ।
(४) उपबनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपबनियम (१) को खण्ड (क) र (च) बमोजिमको बीउ बिजनको हकमा अनिवार्य रूपमा र अन्य बालीका बीउ बिजनको हकमा समितिले आवश्यक ठानेमा विशिष्टता, एकरूपता र स्थायित्व भए नभएको जाँच गर्न सक्नेछ।
(५) उपबनियम (३) बमोजिम बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता गरिएको बीउ बिजनलाई ऐनको दफा ११ बमोजिम सूचित वा पञ्जीकृत बीउ बिजनको रूपमा तोक्न आवश्यक भएमा समितिको परामर्श र सिफारिसमा मन्त्रालयले सूचित वा पञ्जीकृत गर्नेछ।
(६) उपबनियम (३) बमोजिम बीउ बिजन उन्मोचन वा दर्ता गर्ने क्रममा समितिले आवश्यक देखेमा उपसमितिसँग राय लिन सक्नेछ।
१०. बीउ बिजनको किस्म वा जात सूचित वा पञ्जीकरण गर्ने प्रक्रिया: (१) मन्त्रालयले नियम ९ को उपबनियम (५) बमोजिम प्राप्त परामर्श वा सिफारिस समेतको आधारमा समितिबाट उन्मोचन वा दर्ता भएका देहायका बीउ बिजनका किस्म वा जातलाई देहाय बमोजिम सूचित वा पञ्जीकृत बीउ बिजनको रूपमा तोक्नेछ:- (क) नियम ९ को उपबनियम (१) को खण्ड (क) बमोजिम उन्मोचन हुने, खण्ड (घ) बमोजिम दर्ता हुने र खण्ड (च) बमोजिम उन्मोचन वा दर्ता हुने बीउ बिजनका किस्म वा जातलाई ऐनको दफा ११ को उपदफा ११.१ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सूचित बीउ बिजनको रूपमा,
(ख) नियम ९ को उपनियम (१) को खण्ड (ख), (ग) र (ङ) बमोजिम दर्ता हुने बीउ बिजनका किस्म वा जातलाई ऐनको दफा ११ को उपदफा ११.२ बमोजिम मन्त्रालय तथा समितिको वेबसाइटमा सूचना प्रकाशन गरी पञ्जीकृत बीउ बिजनको रूपमा।
(२) ऐन तथा यस नियमावली बमोजिम सूचित वा पञ्जीकृत भएका बीउ बिजनको किस्म वा जात समितिको परामर्शमा मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी सूचित वा पञ्जीकृत बीउ बिजनको सूचीबाट हटाउन सक्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि आनुवंश परिवर्तित बाली तथा जीवि रूपमा रूपान्तरित बालीको बीउ बिजनको किस्म वा जातको हकमा जैविक सुरक्षा विश्लेषण गरिएको प्रतिवेदन वा विवरणको आधारमा उपयुक्त देखिएमा त्यस्तो बीउ बिजनको जात सूचित वा पञ्जीकृत गरिनेछ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि वणनपुं शक प्रविधि (टर्मिनेटर टेक्नोलोजी) प्रयोग भएको बीउ बिजनको किस्म वा जात सूचित वा पञ्जीकृत गरिने छैन।
११. स्वामित्वको अधिकार दिने: (१) नियम ९ को उपनियम (१) को खण्ड (क) र (च) बमोजिम उन्मोचन भई नियम १० को उपनियम (१) को खण्ड (क) बमोजिम सूचित भएपछि प्रजनक (ब्रीडर) ले त्यस्तो बीउ बिजनको स्वामित्वको अधिकार प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिमको ढाँचामा समितिमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर समितिले आवश्यक जाँचबुझ गरी अनुसूची-८ बमोजिमको ढाँचामा स्वामित्वको प्रमाणपत्र दिई सोको अभिलेख राख्नु पर्नेछ।
१२. प्रदेश मन्त्रालयले बीउ बिजनका किस्म वा जात सूचित वा पञ्जीकृत गर्न सक्ने: (१) प्रदेश मन्त्रालयले आयाबित, नेपाली साझेदार निकाय वा संस्थाले विदेशी निकाय वा संस्थासँगको साझेदारीमा नेपालमा बीउ बिजन उत्पादन गरी विदेशमा नै निर्यात गर्ने तथा सीड ह्वाइटआउट बोर्डर सम्झौता बमोजिम सूचित वा पञ्जीकृत हुने बाहेकका बीउ बिजनको किस्म वा जातलाई ऐनको दफा ११ को उपदफा ११.३ तथा नियम ९ र १० बमोजिमको प्रक्रिया पूरा गरी प्रदेश कानून बमोजिम सूचित वा पञ्जीकरण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित प्रदेश भित्रको कुनै खास क्षेत्रको लागि मात्र उपयुक्त हुने भनी प्रजनक (ब्रीडर) ले निर्धारण गरेको किस्म र जातको बीउ बिजन उन्मोचन वा दर्ता गरी सूचित वा पञ्जीकरण गर्दा त्यसरी निर्धारण गरिएको क्षेत्रको पूर्ण रूपमा प्रतिनिधित्व हुने र हरेक भौगोलिक क्षेत्रमा परीक्षणको पुनरावृत्ति (रेम्प्लिकेसन) सुनिश्चित हुने गरी प्रदेश कानून बमोजिम परीक्षण गर्नु पर्नेछ। (३) यस नियममा अन्यथा जुनसुकै कुरा लेखिएको भए तापनि दुई वा दुई भन्दा बढी प्रदेशको क्षेत्रभित्र उपयुक्त हुने बीउ बिजनको किस्म वा जात उन्मोचन वा दर्ता गरी सूचित वा पञ्जीकृत गर्न समिति समक्ष निवेदन पेश गर्नु पर्नेछ। (४) यस नियम बमोजिम प्रदेश मन्त्रालयबाट सूचित वा पञ्जीकृत हुने बीउ बिजनका किस्म वा जातको सूचित तथा पञ्जीकृत सम्बन्धी अन्य प्रक्रिया प्रदेश कानून बमोजिम हुनेछ।
१३. बीउ बिजन गुणस्तर, नियन्त्रण तथा प्रमाणीकरणः (१) ऐनको दफा ८ को उपदफा ८.२ बमोजिम केन्द्रले बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण गर्दा देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नेछः- (क) नियम १० को उपनियम (१) को खण्ड (क) बमोजिम सूचित हुने नियम ९ को उपनियम (१) को खण्ड (क) र (च) बमोजिमका बीउ बिजनका किस्म वा जातको हकमा प्रमाणीकरण पद्धति वा यथार्थ संकेतपत्र पद्धतिमध्ये कुनै एक पद्धति हुने, (ख) खण्ड (क) बमोजिमको बीउ प्रमाणीकरण पद्धति अनुसार बीउको स्तर देहाय बमोजिम हुनेः- (१) प्रजनन बीउ, (२) मूल बीउ, (३) प्रमाणित बीउ, तर वर्णशङ्कर बीउको हकमा यो स्तर कायम हुने छैन। (४) उन्नत बीउ। (ग) खण्ड (क) बमोजिमको यथार्थ संकेतपत्र पद्धति अनुसार बीउको स्तर देहाय बमोजिम हुनेः- (१) प्रजनन/बीउ,
(२) स्रोत बीउ, (३) उन्नत बीउ। (घ) नियम १० को उपनियम (१) को खण्ड (क) बमोजिम सूचित हुने रैथाने बीउ बिजनका किसिम वा जात र नियम १० को उपनियम (१) को खण्ड (ख) बमोजिम दर्ता भई पञ्जीकृत हुने नेपालमा विकास गरिएका अन्य बालीका बीउ बिजनका किसिम वा जात, स्थानीय बीउ बिजनका किसिम वा जातको हकमा यथार्थ सङ्केतपत्र पद्धति अवलम्बन गर्नु पर्ने, (ङ) खण्ड (घ) बमोजिमको यथार्थ सङ्केतपत्र पद्धतिमा बीउ बिजनका स्तर देहाय बमोजिम हुनेः- (१) स्रोत बीउ, (२) उन्नत बीउ। (च) नियम १० को उपनियम (१) को खण्ड (ख) बमोजिम पञ्जीकृत हुने आयातित बीउ बिजनका किसिम वा जातको हकमा बीउको स्तर उन्नत बीउ कायम हुने, *तर माथिल्लो स्तरको बीउ बिजन आयात गरी सोबाट नेपालमा नै बीउ बिजन उत्पादन गर्दा स्रोत बीउ बिजनको स्तर आयात गरिएको बीउ बिजनको स्तर सरह कायम हुनेछ। (छ) नियम १० बमोजिम सूचित वा पञ्जीकृत हुने वानस्पतिक तरिकाबाट पुनरुत्पादन वा प्रसारण (तन्तु प्रजनन समेत) हुने बीउ बिजनका स्तर देहाय बमोजिम हुनेः- (१) माउ बोट, (२) उन्नत (बोट वा प्रसारण सामग्री)। (२) केन्द्रले यस नियम बमोजिम प्रमाणीकरण पद्धति अवलम्बन गरी गुणस्तर नियन्त्रणका लागि बीउ बिजनको प्रमाणीकरण गर्दा अन्य निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न सक्नेछ।
(३) मन्त्रालयले समितिको परामर्शमा बाली विशेष अनुसार बीउ बिजनका स्तर मापदण्ड र गुणस्तर नियन्त्रण प्रक्रिया निर्धारण गरी कार्यान्वयन गर्ने गराउने छ। (४) यथार्थ संकेतपर पद्धति अवलम्बन गरी बीउ उत्पादन गर्ने संस्थाले बीउ बिजनको गुणस्तर सुनिश्चित गर्न तथा जातीय शुद्धता कायम गर्नका लागि केन्द्र, बीउ बिजन निरीक्षक वा कृषि प्राविधिकबाट अनुसूची-९ बमोजिमको ढाँचामा बीउ उत्पादनको प्राविधिक परीक्षण (टेक्निकल अडिट) गराउनु पर्नेछ। त्यस्तो संस्थाले प्राविधिक परीक्षणका क्रममा उपलब्ध गराइएका सुझावको कार्यान्वयन गर्नु पर्नेछ। (५) यस नियम बमोजिम गुणस्तर नियन्त्रण गरिएका बीउ बिजनको अवधि देहाय बमोजिम हुनेछः- (क) नेपालमा उत्पादित तथा आयातित खाद्यान्न बालीको बीउ बिजनको गुणस्तरको अवधि परीक्षण गरेको मितिले छ महिनासम्म, (ख) नेपालमा उत्पादित तथा आयातित तरकारी बालीको बीउ बिजनको गुणस्तरको अवधि परीक्षण गरेको मितिले प्रत्येक वर्ष उमारशक्ति परीक्षणको आधारमा बढीमा दुई वर्षसम्म। (६) उपनियम (५) को खण्ड (क) बमोजिमको अवधि समाप्त भएमा त्यस्ता बीउ बिजनको परीक्षण गर्दा पुनः उपयोग गर्न उपयुक्त देखिएमा बढीमा छ महिनासम्मको लागि म्याद थप गर्न सकिनेछ।
परिच्छेद-५ बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
१४. प्राविधिक परीक्षण (टेक्निकल अडिट) गराउनु पर्ने: (१) प्रयोगशालाले ऐनको दफा १०क. को उपदफा १०क.१ बमोजिम अनुमतिपत्र नवीकरण गराउनु अघि समितिबाट प्राविधिक परीक्षण (टेक्निकल अडिट) गराउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम समितिबाट प्राविधिक परीक्षण गर्दा कुनै प्रयोगशालाले ऐनको दफा ९ को उपदफा ९.२ बमोजिम निर्धारण गरिएको मापदण्डको पालना गरेको नपाइएमा समितिले अनुमतिपत्रको मान्य अवधिमा नबढ्ने गरी अवधि तोकी त्यस्तो मापदण्ड पालना गर्न निर्देशन दिन सक्नेछ। (३) उपनियम (२) बमोजिम दिइएको निर्देशन बमोजिमको अवधिभित्र सम्बन्धित प्रयोगशालाले मापदण्ड पूरा गरी त्यसको जानकारी समिति र नवीकरण गर्ने निकायमा गराउनु पर्नेछ।
(४) दफा ९ को उपदफा ९.२ बमोजिमको मापदण्ड पूरा गरेका र समितिबाट अनुमतिपत्र लिई सञ्चालनमा रहेका प्रयोगशालाले प्रदेश कानून नबनेसम्मको लागि अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्रको मान्य अवधि समाप्त हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै समितिमा निवेदन दिनु पर्नेछ। (५) उपनियम (४) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा प्रयोगशालाले पालना गर्नु पर्ने मापदण्ड पूरा गरेको भएमा समितिले अनुसूची-१० बमोजिम लाग्ने नवीकरण दस्तुर लिई ऐनको दफा १०क. को उपदफा १०क.१ बमोजिम अनुमतिपत्र नवीकरण गरिदिनेछ। १५. प्रयोगशालाको काम, कर्तव्य र अधिकारः प्रयोगशालाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) नेपाल सरकारले निर्धारण गरे बमोजिमको सेवा शुल्क लिई बीउ बिजनको परीक्षण गरी परीक्षणको नतिजा समितिले तोकेको ढाँचामा समयमा नै सम्बन्धित पक्षलाई उपलब्ध गराउने, (ख) समितिबाट स्वीकृत मापदण्डका आधारमा बीउ बिजन परीक्षण सम्बन्धी कार्य गर्ने, (ग) बीउ बिजनका नमूनाको विश्लेषण प्रतिवेदन अद्यावधिक राख्ने, (घ) समितिको निर्णय अनुसार जातीय शुद्धता परीक्षण सम्बन्धी कार्य गर्ने गराउने, (ङ) बीउ बिजन परीक्षण प्रयोगशालाको कार्यमा एकरूपता कायम गर्नु प्रयोगशालामा मध्यस्थ नमूना (प्रोफिसेन्सी स्याम्पल) पठाउने, (च) परीक्षणको लागि प्राप्त नमूनाको गार्ड स्याम्पल परीक्षण पश्चात् कम्तीमा एक वर्षसम्म बीउ बिजनको गुणस्तरमा असर नपर्ने गरी सुरक्षित साथ भण्डार गर्ने, (छ) बीउ बिजनको प्रयोगशाला परीक्षण सम्बन्धमा समिति र केन्द्रबाट प्राप्त निर्णय, सुझाव तथा निर्देशन कार्यान्वयन गर्ने गराउने, (ज) नेपालमा उत्पादन भएका बीउ बिजनको विदेशमा निकासी गर्नु पर्ने अवस्थामा त्यसरी निर्यात हुने बीउ बिजनको परीक्षण गर्ने गराउने, (झ) आन्तरिक प्राविधिक परीक्षण गर्ने,
(ञ) मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका प्रयोगशालामध्येबाट मन्त्रालयले तोकेको प्रयोगशालाले राष्ट्रिय सन्दर्भ प्रयोगशालाको रूपमा कार्य गर्ने, (ट) खण्ड (ञ) बमोजिमको सन्दर्भ प्रयोगशाला बाहेकका अन्य प्रयोगशालाले गरेको बीउ बिजनको परीक्षणको सम्बन्धिले निर्धारण गरे बमोजिम सन्दर्भ प्रयोगशालामा प्रतिवेदन पठाउने।
परिच्छेद-६ बीउ बिजनको उत्पादन, बिक्री वितरण तथा निकासी वा पैठारी
१६. बिक्री वितरण अनुमतिपत्रः (१) ऐनको दफा ११क. बमोजिम बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न चाहने व्यक्ति वा संस्थाले अनुमतिपत्र लिनको लागि केन्द्रले सञ्चालन गर्ने तालिममा सहभागी भई सो तालिमको अन्त्यमा समितिबाट लिइने परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अनुमतिपत्रका लागि अनुसूची-१० बमोजिमको दस्तुर सहित अनुसूची-११ बमोजिमको ढाँचामा कार्यालयमा निवेदन दिनु पर्नेछ। (३) उपनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा कार्यालयले अनुसूची-१२ बमोजिमको ढाँचामा अनुमतिपत्र दिई सोको जानकारी समितिमा पठाउनु पर्नेछ। (४) उपनियम (३) बमोजिम दिइएको अनुमतिपत्रको बहाल रहने अवधि एक वर्षको हुनेछ।
१७. अनुमतिपत्र नवीकरणः (१) नियम १६ को उपनियम (४) बमोजिमको अनुमतिपत्र बहाल रहने अवधि समाप्त हुनुभन्दा पन्ध्र दिन अगावै अनुसूची-१० मा उल्लेख भए बमोजिमको दस्तुर बुझाई कार्यालयबाट अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ। (२) उपनियम (१) बमोजिमको अवधिपछि कसैले अनुमतिपत्र नवीकरण हुन नसकेको मनासिब कारण सहित अनुमतिपत्र नवीकरणको लागि निवेदन दिएमा छप नब्बे दिनसम्मको लागि कार्यालयले अनुसूची-१० मा उल्लेख भए बमोजिम थप दस्तुर लिई त्यस्तो अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ।
१८. अनुमतिपत्रको खारेजीः (१) देहायको अवस्थामा बीउ बिजन बिक्री वितरणको अनुमतिपत्र खारेजी हुनेछ:- (क) ऐनको दफा ११घ. बमोजिम कृषकलाई उपलब्ध गराउनु पर्ने क्षतिपूर्ति उपलब्ध नगराएमा,
(ख) नियम १७ बमोजिम अनुमतिपत्र नवीकरण नगराएमा, (ग) बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धमा समितिबाट तयार गरिएको मापदण्ड पालना गरेको नपाइएमा।
(१क) उपनियम (१) को खण्ड (ख) बमोजिमको अवस्था परेमा कार्यालयले बीउ बिजन बिक्री वितरणको अनुमतिपत्र खारेजीको निर्णय गर्नेछ। (२) $\beta$ उपनियम (१) को खण्ड (क) र (ग) बमोजिमको अवस्था परी बीउ बिजन बिक्री वितरणको अनुमतिपत्र खारेज गर्नु पर्ने अवस्था देखिएमा कार्यालयले जाँचबुझ गरी आफ्नो राय सहितको प्रतिवेदन तयार गरी समितिमा पठाउनु पर्नेछ। (३) उपनियम (२) बमोजिम प्राप्त प्रतिवेदनबाट वा समितिले जाँचबुझ गरेकोमा सोबाट अनुमतिपत्र खारेज गर्नु पर्ने देखिएमा समितिले सम्बन्धित व्यक्ति वा संस्थालाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ। (४) उपनियम (३) बमोजिम पेश गरेको सफाई चित्त बुझ्दो नदेखिएमा वा सो अवधिभित्र पनि उपनियम (१) को खण्ड (क) बमोजिमको शर्तपुर्ति उपलब्ध नगराएको भएमा समितिले त्यस्तो संस्थाको बीउ बिजनको बिक्री वितरण अनुमतिपत्र खारेज गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिन सक्नेछ। (५) उपनियम (२) बमोजिम जाँचबुझ गर्दाथ समितिले अनुमतिपत्र खारेजीको निर्णय नगरेमा अनुमतिपत्र निलम्बन गर्न सक्नेछ। तर त्यस्तो निलम्बनको अवधि तीन महिना भन्दा बढी हुने छैन। (५क) उपनियम (१क) वा (४) बमोजिम अनुमतिपत्र खारेज गरेकोमा सोको जानकारी केन्द्रलाई दिनु पर्नेछ। (६) उपनियम (४) बमोजिम अनुमतिपत्र खारेज भएपछि सम्बन्धित व्यक्ति वा संस्थालाई दुई वर्षसम्म पुनः अनुमतिपत्र प्रदान गरिने छैन।
१९. बीउ बिजन राखेको भाँडोमा संकेतपत्र: सूचित वा पंजीकृत बीउ बिजनको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले बिक्री वितरण गर्ने बीउ बिजनको भाँडोमा ऐनको दफा १३ मा उल्लिखित विवरणको अतिरिक्त देहाय बमोजिमऊको विवरण राख्नु पर्नेछः-
(क) उत्पादन वर्ष, (ख) बीउ बिजनको परीक्षणको मिति, (ग) लट नं., (घ) बीउ बिजन उपयुक्त हुने क्षेत्र, (ङ) बीउ बिजनको तौल, (च) बीउ बिजन बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाको नाम र लोगो, (छ) बाली विशेष अनुसार समितिले निर्धारण गरेका अन्य विवरण।
२०. सूचित बीउ बिजनको निकासी वा पैठारीः (१) कसैले ऐनको दफा १५ बमोजिम सूचित वा पञ्जीकृत बीउ बिजनको निकासी तथा पैठारी गर्न चाहेमा अनुसूची-१० बमोजिमको दस्तुर बुझाई केन्द्रको प्रमुखसमक्ष अनुसूची-१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम पेश गरिएको निवेदन तथा संलग्न कागजातको आवश्यक जाँचबुझ गरी केन्द्रले अनुसूची-१४ बमोजिमको ढाँचामा बीउ बिजनको निकासी तथा पैठारीको लागि स्वीकृति दिनेछ। (३) ऐनको दफा १५क. को उपदफा १५क.१ बमोजिमको पैठारी गर्ने बीउ बिजनले पुर्याउन सक्ने प्रतिकूल असर सम्बन्धमा त्यस्तो बीउ बिजनको शोध सामग्री, अध्ययन तथा परीक्षण आदिको आधारमा केन्द्रले देहाय बमोजिमका विषयमा जोखिम विश्लेषण गर्नु पर्नेछ:- (क) कृषि जैविक विविधतामा प्रतिकूल असर नपुर्याउने, (ख) स्थानीय र रैथाने तथा नेपालमा विकास गरिएका बीउ बिजनका किस्म वा जातको उत्पादन तथा बजार प्रणालीलाई प्रतिकूल असर नगर्ने, (ग) मानव स्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नगर्ने र सामाजिक तथा सांस्कृतिक परिवेशमा प्रतिकूल असर नगर्ने। (४) उपनियम (३) बमोजिम जोखिम विश्लेषण गर्दा पैठारी गर्ने बीउ बिजनले पुर्याउन सक्ने प्रतिकूल असर सम्बन्धमा थप अध्ययन गर्न आवश्यक भएमा केन्द्रले थप अध्ययन तथा परीक्षण समेत गर्न सक्नेछ। (५) बीउ बिजनको निकासी गर्दा निकासी हुने बीउ बिजनको उत्पादन, प्रशोधन तथा अन्य प्राविधिक विषयहरू सम्बन्धित देशले तोकेको मापदण्ड बमोजिम भएमा वा
सम्बन्धित देशबाट आयात अनुमतिपत्र जारी गरेमा केन्द्रले त्यस्तो बीउ बिजनको निकासीका लागि उपबनियम (२) बमोजिम स्वीकृति दिनेछ। (६) यस नियमावली बमोजिम सूचित वा पंजीकृत बीउ बिजनको निकासी वा पैठारी गर्न स्वीकृति प्राप्त व्यक्ति वा संस्थाले प्रत्येक वर्ष आफूले गरेको कारोबारको विवरण तयार गरी आर्थिक वर्ष समाप्त भएको बमोजिमले नब्बे दिनभित्र अनुसूची-१५ बमोजिमको ढाँचामा समितिमा पेश गर्नु पर्नेछ। (७) ऐनको दफा ११ख. को उपदफा ११ख.२ बमोजिम अनुसन्धान प्रयोजनका लागि बीउ बिजनको पैठारी गर्न चाहने कुनै व्यक्ति वा संस्थालाई केन्द्रले बीउ बिजनको परिमाण निर्धारण गरी स्वीकृति दिनेछ।
२१. अनुमति लिने प्रक्रिया: (१) कुनै व्यक्ति वा संस्थाले देहाय बमोजिमको विषयमा अनुमति लिन अनुसूची-१० बमोजिमको दस्तुर सहित केन्द्रमार्फत समितिमा देहाय बमोजिम निवेदन दिनुपर्नेछः- (क) मूल वा स्रोत बीउ उत्पादन गर्नको लागि ऐनको दफा १५ख. बमोजिम बालीको प्रकृति अनुसार समितिले तोकेको प्राविधिक मापदण्ड पूरा गरी अनुसूची-१६ बमोजिमको ढाँचामा, (ख) वर्णशंकर बीउ उत्पादन गर्नको लागि ऐनको दफा १५ग. बमोजिम अनुसूची-१७ बमोजिमको ढाँचामा, (ग) जातीय विकास तथा सम्बर्द्धन गर्न ऐनको दफा १५घ. बमोजिम अनुसूची-१८ बमोजिमको ढाँचामा। (२) उपबनियम (१) बमोजिम निवेदन प्राप्त भए पछि केन्द्रले स्थलगत अनुगमन गरी सोको प्रतिवेदन सहित समिति समक्ष सिफारिस गर्नेछ। (३) उपबनियम (२) बमोजिम प्राप्त सिफारिसका आधारमा समितिले आवश्यकता अनुसार जाँचबुझ गरी निवेदकलाई अनुमति दिने सम्बन्धमा निर्णय गर्नेछ। (४) उपबनियम (३) बमोजिम समितिबाट अनुमति दिने निर्णय भएमा केन्द्रले देहाय बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ;- (क) अनुसूची-१९ बमोजिमको ढाँचामा मूल वा स्रोत बीउ उत्पादनको अनुमतिपत्र, (ख) अनुसूची-२० बमोजिमको ढाँचामा वर्णशंकर बीउ उत्पादन अनुमतिपत्र,
(ग) अनुसूची-२१ बमोजिमको ढाँचामा जातीय विकास तथा संवर्द्धनको अनुमतिपत्र। (५) उपबनियम (४) बमोजिम प्रदान गरिएको अनुमतिपत्रको अवधि तीन वर्षको हुनेछ। (६) उपबनियम (५) बमोजिम अनुमतिपत्र बहाल रहने अवधि समाप्त हुनु भन्दा पन्ध्र दिन अगावै अनुसूची-१० बमोजिमको दस्तुर तिरी केन्द्रबाट अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ। (७) उपबनियम (६) बमोजिमको अवधि नाघेपछि कसैले नवीकरण हुन नसकेको मनासिब कारण सहित नवीकरणका लागि अनुरोध गरेमा समितिले अनुसूची-१० बमोजिम रथ नब्बे दिनसम्मका लागि दस्तुर लिई नवीकरण गर्न सक्नेछ। (८) उपबनियम (७) बमोजिम नवीकरण नगराउने व्यक्ति वा संस्थाको अनुमतिपत्र खारेज हुनेछ। (९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १५ख. बमोजिमको मूल वा स्रोत बीउ उत्पादन, दफा १५ग. बमोजिमको वर्णसंकर बीउ उत्पादन र दफा १५घ. बमोजिमको बीउका जातीय विकास तथा संवर्द्धन गर्ने कार्य दुई वा दुई भन्दा बढी प्रदेशमा गरिने भएमा सोको लागि उपबनियम (१) बमोजिम समितिमा निवेदन दिई उपबनियम (३) बमोजिम अनुमतिपत्र लिनु पर्नेछ।
२२. बीउ उत्पादनका लागि वासलात तयार गरिने: (१) केन्द्रले मूल वा स्रोत बीउ उत्पादनका लागि आवश्यक प्रजनन, मूल वा स्रोत बीउको माग तथा आपूर्तिको प्रक्षेपण गरी सोही बमोजिमको प्रजनन, मूल वा स्रोत बीउ उत्पादनका लागि बीउ उत्पादकलाई जानकारी गराउनेछ। (२) नियम २१ बमोजिम अनुमतिपत्र प्राप्त गर्ने व्यक्ति वा संस्थालाई आवश्यक पर्ने प्रजनन, मूल वा स्रोत बीउ माग र आपूर्ति विवरणका आधारमा केन्द्रले वासलात तयार गरी उपलब्ध गराउनेछ। (३) उपबनियम (२) बमोजिमको स्रोत केन्द्रबाट नियम २१ बमोजिम अनुमतिपत्र प्राप्त गर्ने व्यक्ति वा संस्थाले वासलात अनुसार प्रजनन तथा मूल वा स्रोत बीउ केन्द्रले निर्धारण गरेको समय सीमाभित्र लिनु वा दिनु पर्नेछ।
(४) उपबनियम (३) बमोजिम प्रजनन, मूल वा स्रोत बीउको आपुर्ती नगर्ने वा माग गरे बमोजिमको बीउ नउठाउने व्यक्ति वा संस्थालाई वासलात निर्माण प्रक्रियामा समावेश नगर्ने गरी समितिले आवश्यक निर्णय गर्न सक्नेछ।
२३. बीउ बिजन जफत हुने: (१) ऐनको दफा ११ग. को उपदफा ११ग.२ बमोजिम बीउ बिजन जफत गर्दा बीउ बिजन निरीक्षकले त्यस्तो ठाउँमा तत्काल उपलब्ध कम्तीमा दुई जना स्थानीय व्यक्ति र स्थानीय तहको कृषि प्राविधिक कर्मचारी वा स्थानीय तहको कृषि प्राविधिक कर्मचारी उपलब्ध नभए कुनै सरकारी कार्यालयको एक जना कर्मचारी भए निजलाई र उपलब्ध भएसम्म सूचना दिने व्यक्तिलाई समेत रोहबरमा राखी अनुसूची-२२ को ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ। (२) उपबनियम (१) बमोजिम सर्वसाधारणको उपस्थिति हुन नसक्ने परिस्थिति भएमा वा उपस्थित नभएमा वा उपस्थित भई रोहबरमा बस्न इन्कार गरेमा मुचुल्कामा सोको व्यहोरा उल्लेख गर्नु पर्नेछ। (३) उपबनियम (१) बमोजिम जफत गरिएको बीउ बिजनको परिमाण र विवरण बीउ बिजन निरीक्षकले अनुसूची-२३ बमोजिमको ढाँचामा सूचना टाँस गरी सोको जानकारी प्रदेश मन्त्रालय र समितिलाई दिनु पर्नेछ। (४) उपबनियम (१) बमोजिम जफत गरिएको बीउ बिजनलाई बीउ बिजन निरीक्षकले अनुसूची-२४ बमोजिमको ढाँचामा खरपाई गरी सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ। (५) बीउ बिजन जफत सम्बन्धी कार्यलाई व्यवस्थित गर्न समितिले मापदण्ड तयार गरी कार्यान्वयन गर्न सक्नेछ।
परिच्छेद-७ बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषक
२४. बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकको योग्यता: ऐनको दफा १६ को उपदफा १६.१ को खण्ड (क) बमोजिमको योग्यता भएको नेपाली नागरिकलाई सोही दफाको उपदफा १६.३ बमोजिम बाली निरीक्षण गर्न, बीउ बिजनको नमूना सङ्कलन गर्न तथा बीउ बिजन विश्लेषण गर्न अनुमतिपत्र दिन योग्य मानिनेछ।
२५. परीक्षाको लागि दरखास्त आह्वान गर्नु पर्ने: (१) ऐनको दफा १६ बमोजिम लिइने परीक्षामा सहभागी हुन चाहने न्यूनतम योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरी राष्ट्रिय दैनिक पत्रिकामा केन्द्रले सूचना प्रकाशन गर्नु पर्नेछ।
(२) उपबनियम (१) बमोजिमको सूचनामा कम्तीमा पनि देहायका विवरण खुलाउनु पर्नेछ:– (क) दरखास्त पेश गर्नको लागि चाहिने न्यूनतम योग्यता, (ख) दरखास्त पेश गर्ने स्थान र पेश गरिसक्नु पर्ने अन्तिम मिति, (ग) दरखास्त साथ बुझाउनु पर्ने परीक्षा दस्तुर, (घ) परीक्षा हुने मिति, समय र स्थान, र (ङ) दरखास्त साथ संलग्न गर्नु पर्ने कागजात तथा खुलाउनु पर्ने विवरण।
(३) बाली निरीक्षण, बीउ बिजन नमूना सङ्कलन तथा बीउ बिजन विश्लेषण गर्नका लागि अनुमतिपत्र प्राप्त गर्न चाहने नियम २४ बमोजिम योग्यता पुगेका व्यक्तिले उपबनियम (१) बमोजिमको दरखास्त आह्वान गरिएको अवधिभित्र देहाय बमोजिमको कागजात सहित अनुसूची-२५ बमोजिमको दरखास्त फाराम भरी सूचनामा निर्धारण गरिएको स्थानमा पेश गर्नु पर्नेछ:– (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, (ग) निजामती कर्मचारी भए निज सेवा कार्यरत कार्यालयको स्वीकृतिपत्र, (घ) अनुसूची-१० बमोजिम परीक्षा दस्तुर तिरेको रसिद।
(४) समितिबाट लिइने परीक्षा सम्बन्धी पाठ्यक्रम निर्धारण, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका जाँच, नतिजा प्रकाशन सम्बन्धी विषय समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
२६. अनुमतिपत्र प्रदान गर्ने: (१) समितिबाट लिइने परीक्षा उत्तीर्ण हुने उम्मेदवारले केन्द्र वा केन्द्रसँगको समन्वयमा प्रदेश मन्त्रालय वा प्रदेश मन्त्रालयले तोकेको निकायबाट सञ्चालन हुने विषयसँग सम्बन्धित कम्तीमा पाँच कार्यदिनको आधारभूत तालिम लिनु पर्नेछ।
(२) बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकको अनुमतिपत्र लिनका लागि उपबनियम (१) बमोजिमको तालिम प्रमाणपत्रको प्रतिलिपि सहित अनुसूची-१० बमोजिम दस्तुर बुझाई अनुसूची-२६ बमोजिमको ढाँचामा केन्द्र मार्फत समितिमा निवेदन दिनु पर्नेछ।
(३) उपबनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा समितिले आवश्यक जाँचबुझ गरी अनुसूची-२७ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ। (४) उपबनियम (३) बमोजिम अनुमतिपत्र पाएका सरकारी सेवामा कार्यरत व्यक्तिले सम्बन्धित प्रदेश मन्त्रालयको सिफारिसमा समितिले तोकेको जिल्ला र विषयमा काम गर्न सक्नेछ।
२७. अनुमतिपत्रको नवीकरणः (१) ऐनको दफा १६ को उपदफा १६.६ बमोजिमको अनुमतिपत्र बहाल रहने अवधि समाप्त हुनु भन्दा कम्तीमा पन्ध्र दिन अगावै सम्बन्धित अनुमतिपत्र प्राप्त बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकले अनुसूची-१० बमोजिमको नवीकरण दस्तुर बुझाई समितिबाट अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ। (२) उपबनियम (१) बमोजिमको म्याद नाघेपछि कसैले नवीकरण गर्न नसकेको मनासिब कारण सहित अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन आएमा समितिले नब्बे दिनसम्मको लागि अनुसूची-१० बमोजिम थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ। (३) उपबनियम (२) बमोजिमको अवधिभित्र पनि नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ।
२८. बीउ बिजन निरीक्षकको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा १६ को उपदफा १६.१ र उपदफा १६.२ बमोजिम नेपाल सरकार वा प्रदेश सरकारबाट नियुक्त भएको वा तोकिएको सरकारी सेवामा कार्यरत बीउ बिजन निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धी कार्य गर्ने, (ख) बीउ बालीको खेत तथा बीउ सङ्कलन प्रक्रियाको निरीक्षण गरी प्रतिवेदन तयार गर्ने, (ग) बीउ बिजन बजार अनुगमन गर्ने, (घ) ऐन तथा यस नियमावली उल्लंघन हुने गरी कसैले काम गरेको देखेमा कारबाही गर्ने, (ङ) बीउ बजार अनुगमनको क्रममा बीउ बिजनको नमूना लिई प्रयोगशालामा परीक्षण गर्न पठाउने, (च) बीउ बिजन उत्पादनको प्राविधिक परीक्षण गरी सोको प्रतिवेदन सम्बन्धित निकायमा उपलब्ध गराउने,
(छ) माउबोट/उन्नत बोट तथा प्रसारण सामग्री उत्पादन गर्ने नर्सरी निरीक्षण गर्ने।
(२) ऐनको दफा १६ को उपदफा १६.६ बमोजिम अनुमति प्राप्त निजी क्षेत्रमा कार्यरत बीउ बिजन निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) संस्थाको लागि बीउ बिजनको गुणस्तर नियन्त्रण सम्बन्धमा सेवा उपलब्ध गराउने, (ख) समितिबाट निर्धारित सेवा र शर्तको अधीनमा रही यथार्थ सङ्केतपत्र पद्धति अवलम्बन गरी उत्पादन हुने बीउ बालीको खेत तथा बीउ सङ्कलन प्रक्रियाको निरीक्षण गरी प्रतिवेदन तयार गर्ने तथा आवश्यकता अनुसार सो को प्रमाणीकरण गर्ने, (ग) नियम १३ मा उल्लिखित यथार्थ सङ्केतपत्र पद्धति अवलम्बन गरी उत्पादन हुने बीउ बिजनको नमूनालाई प्रयोगशालामा परीक्षण गर्न पठाउने, (घ) संस्थाबाट यथार्थ सङ्केतपत्र पद्धति अवलम्बन गरी उत्पादन हुने माउबोट वा उन्नत बोट वा प्रसारण सामग्री उत्पादन गर्ने नर्सरी निरीक्षण गर्ने।
२९. बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा १६ को उपदफा १६.१ र उपदफा १६.२ बमोजिम नेपाल सरकार वा प्रदेश सरकारबाट नियुक्त भएको वा तोकिएको सरकारी सेवामा कार्यरत बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) समितिले निर्धारण गरेको विधि तथा प्रक्रिया अनुसार नियम १३ बमोजिमको गुणस्तर नियन्त्रण पद्धति अवलम्बन गरी उत्पादन हुने बीउ बिजनको नमूना परीक्षण गर्ने, (ख) प्रदेश कानून बमोजिम स्थापना भएका प्रयोगशालामा प्राप्त नमूनामध्ये कम्तीमा दश प्रतिशत नमूना ऐनको दफा ९ को उपदफा ९.१ बमोजिम नेपाल सरकारले स्थापना गरेको प्रयोगशालामा पठाउने, (ग) ऐनको दफा ९ को उपदफा ९.१ बमोजिम नेपाल सरकारले स्थापना गरेको प्रयोगशालाले पठाएको मध्यस्थ नमूना परीक्षण
गरी सोको प्रतिवेदन नेपाल सरकारले स्थापना गरेको प्रयोगशालामा पठाउने, (घ) परीक्षणको लागि प्राप्त गार्द नमूना परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्ने, (ङ) बीउ बिजन परीक्षण सम्बन्धमा समितिले दिएको निर्देशन वा निर्धारण गरेको आचारसंहिताको पालना गरी त्यस्तो कार्य गर्ने, (च) ऐन तथा यस नियमावलीको प्रयोजनको लागि बीउ बिजनको परीक्षण सम्बन्धी कार्य गर्ने ।
(२) ऐनको दफा १६ को उपदफा १६.६ बमोजिम अनुमति प्राप्त निजी क्षेत्रमा कार्यरत बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) समितिले निर्धारण गरेको विधि तथा प्रक्रिया अनुसार यथार्थसङ्केत पत्र पद्धति अवलम्बन गरी उत्पादन हुने बीउ बिजनको नमूना परीक्षण गर्ने, (ख) निजीस्तरका प्रयोगशालामा परीक्षणको लागि प्राप्त गार्द नमूना परीक्षण पश्चात कम्तीमा एक वर्षसम्म बीउको गुणस्तर कायम रहने गरी सुरक्षित साथ भण्डार गर्न सजीकरण गर्ने, (ग) बीउ बिजन विश्लेषणको व्यवसाय सम्बन्धमा समितिले दिएको निर्देशन वा निर्धारण गरेको आचारसंहिताको पालना गरी त्यस्तो व्यवसाय गर्ने।
परिच्छेद-८ विविध
३०. बिक्री वितरणमा रोक लगाउन सक्ने: समितिले ऐनको दफा ११घ. बमोजिम क्षतिपूर्ति दिनु पर्ने अवस्थामा क्षतिपूर्ति उपलब्ध नगराउने व्यक्ति वा संस्थाको नाममा सूचित वा पञ्जीकृत भएका बीउ बिजनका हकबसम वा जात सूचीबाट हटाउन वा क्षतिपूर्ति उपलब्ध नगराएसम्मको लागि बिक्री वितरणमा रोक लगाउन सक्नेछ।
३१. मुद्दा हेर्ने अधिकारी: ऐन अन्तर्गतको कसूर र सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार केन्द्रको प्रमुखलाई हुनेछ।
३२. अनुसूची हेरफेर: मन्त्रालयले समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची हेरफेर गर्न सक्नेछ।
३३. खारेजी र बचाउ: (१) बीउ बिजन नियमावली, २०६९ खारेज गरिएको छ। (२) बीउ बिजन नियमावली, २०६९ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
द्रष्टव्य: बीउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ द्वारा रूपान्तर गरिएका शब्दहरू:- “कृषि तथा पशुपन्छी विकास मन्त्रालय" को सट्टा "कृषि, वन तथा पर्यावरण मन्त्रालय"।
अनुसूची–१ (नियम ९ को उपनियम (१) को खण्ड (क) र (च) सँग सम्बन्धित) बीउ बिजनको उन्मोचन, पुन: उन्मोचन तथा नयाँ जातका बीउ बिजनको किस्मि वा जात दर्ता गर्न पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः जात उन्मोचन/दर्ता गरी पाऊँ।
मैले/हामीले बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (३) बमोजिम बीउ बिजनको किस्म वा जात उन्मोचन गर्न/पुन: उन्मोचन/दर्ता गर्नका लागि देहाय बमोजिमको विवरण सहित बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (१) को खण्ड (क)/खण्ड (च) बमोजिम यो निवेदन पेश गरिएको छ।
प्रस्तावित नामः बाली: १. पृष्ठभूमिः २. सामान्य जानकारीः २.१ चलनचल्तीको नामः २.२ वानस्पतिक नामः २.३ वास्तविक नाम/परीक्षण गर्दा प्रयोग गरिएको साइकेतिक नामः २.४ वंश विवरण: २.५ पुर्खा (प्रजननमा भाले र पोथी पुर्खाको रूपमा प्रयोग गरिएका जातहरु): २.६ उद्गम देशः २.७ सामग्री स्रोत (संस्था, कृषक, कृषक समुदाय परीक्षणको नाम र यो सर्वप्रथम प्रयोगमा ल्याईएको वर्ष, आदि): २.८ राष्ट्रिय जीन बैंकबाट प्राप्त स्थायी नम्बर:
३. जातीय परीक्षणको सारांश विवरण (कम्तीमा तीन मौसम (सिजन) परीक्षण भएको हुनुपर्ने):
४. प्रारम्भिक जातीय मूल्याङ्कन परीक्षण विवरण: ५. नेपालमा गरिएको सहभागितात्मक जातीय परीक्षण तथा सोको आधारभूत विवरण:
५.१ सहभागितात्मक जातीय परीक्षणको न्यूनतम परीक्षण स्थल तथा विवरण: ५.१.१ खाद्यान्न/दलहन/तेलहन बाली: उच्च पहाडमा कम्तीमा दुई वटा, मध्य पहाडमा कम्तीमा तीन वटा र तराईमा कम्तीमा चार वटा स्थल। ५.१.२ बागवानी बाली: उच्च पहाडमा कम्तीमा दुई वटा, मध्य पहाडमा कम्तीमा तीन वटा, तराईमा कम्तीमा तीन वटा स्थल। ५.१.३ जुन मौसम (सिजन) तथा भौगोलिक क्षेत्रको लागि सिफारिस गर्ने हो सोही मौसम (सिजन) को कम्तीमा दुई मौसम (सिजन) लगातार परीक्षण गरिएको हुनु पर्नेछ। विपद्का कारणबाट लगातार परीक्षण हुन नसकेको प्रमाणित भएको अवस्थामा पुष्ट्याइँ सहित पेश गर्नु पर्नेछ। ५.१.४ समितिले निर्धारण गरेको परीक्षण प्रोटोकलको मापदण्डको आधारमा अध्ययन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्नेछ। ५.१.५ कुनै निश्चित भौगोलिक क्षेत्रका लागि मात्र उपयुक्त हुने जातको सहभागितात्मक जातीय परीक्षण गर्दा सोही क्षेत्रमा मात्र सीमित रही परीक्षण गर्न सकिनेछ। ६. कृषकको खेतबारीमा परीक्षण, सहभागितात्मक परीक्षण/जाँच तथा सरोकारवालाको प्राथमिकता: ६.१ कम्तीमा एक मौसम (सिजन) कृषकको खेतबारीमा परीक्षण हुनु पर्नेछ।
६.२ प्राथमिकता प्राप्त बालीको हकमा कम्तीमा तीन वटा मूल बीउ उत्पादक वा प्रशोधन उद्योग सञ्चालकको प्रस्तावित जात सम्बन्धमा परीक्षण प्रतिक्रिया समेत समावेश हुनु पर्नेछ। ६.३ प्रत्येक सहभागितात्मक जातीय परीक्षण सञ्चालन हुने परीक्षण स्थलमा कम्तीमा तीन जना कृषकको खेतबारीमा परीक्षण सञ्चालन गर्नु पर्नेछ।
७. सरोकारवालाहरूको प्राथमिकता:
८. प्रस्तावित जातको आधारभूत विवरण: ८.१ मुख्य एग्रोनोमिक गुण (औसत): ८.१.१ बिरुवाको उचाई (सेन्टिमिटर.): ८.१.२ रोपेको दिन देखि फूल फुल्न लाग्ने समय (दिन): ८.१.३ रोपेको दिन देखि बाली पाक्न लाग्ने समय (दिन): ८.१.४ उत्पादकत्व (किलोग्राम/हेक्टर): ८.१.५ उत्पादनका अवयव (गोजको संख्या, दानाको संख्या, दानाको तौल आदि): ८.१.६ माथि उल्लेख गरिएका बाहेक बाली अनुसारका अन्य एग्रोनोमिक गुण समावेश गर्ने। ८.२ बालीको विषम परिस्थिति (वर्णन गर्नुहोस्)
८.२.१ जैविक विविधता प्रतिको प्रतिक्रिया: बाली विशेषको जातीय अनुसन्धान तथा विकास गर्दा बाली विशेष अनुसार समितिबाट निर्धारण गरिएका शत्रु जीव प्रति बालीको प्रतिक्रिया विवरण समावेश गर्ने। ८.३ प्रारम्भिक मूल्याङ्कन परीक्षण स्थलको आधारभूत माटोको विवरण तथा माटो र मलखाद सम्बन्धी परीक्षणको नतिजा समावेश गर्ने। ८.४ बालीका भागहरूको गुण सम्बन्धी विवरण: ८.४.१ पौष्टिक गुणस्तर: ८.४.२ प्रशोधन गुणस्तर: ८.४.३ रासायनिक परिवर्तन जाँच (पाक गुणस्तर, स्वाद, वासना आदि): ८.४.४ अन्य बाली विशेष अनुसारका विशेष गुण: ८.५ अन्य चारित्रिक गुणहरू (झुँह्टिने, भण्डारण क्षमता, कृषकको प्रतिक्रिया आदि): ८.६ जात पहिचान सम्बन्धी मुख्य चारित्रिक गुण ८.६.१ विशिष्टता, एकरूपता तथा स्थायित्व सम्बन्धी गुण (क) विशिष्टता (ख) एकरूपता (ग) स्थायित्व ८.६.२ सूक्ष्मकणीय चारित्रिक गुण (मोलिक्युलर ट्रेस): ९. सिफारिस क्षेत्र: ९.१ कृषि पर्यावरणीय क्षेत्र (तराई, पहाड, हिमाल, आदि): ९.२ सिफारिस गरिने क्षेत्रको किसिम: सिञ्चित/अर्ध सिञ्चित /वर्षाको पानीमा आधारित): ९.३ बाली लगाउने समय र अवस्था (उदाहरणको लागि ढाव, खोरिया आदि): ९.४ बाली चक्र: ९.५ उत्पादन र व्यवस्थापन पक्ष (यो जातको बाली व्यवस्थापन पक्ष सोही बालीको अन्य जातको बाली व्यवस्थापन पक्ष भन्दा फरक भए बाली/माटो सम्बन्धी परीक्षणको तथ्याङ्क सहित विस्तृतरूपमा उल्लेख गर्नुहोस्): ९.६ विशेष गुण भएका बालीको जात उन्मोचनका लागि परीक्षण गरिएको अवस्थामा सम्बन्धित आवश्यक परीक्षण गरी तथ्याङ्क विवरण समावेश गर्ने।
९.७ वर्णशंकर जात सिफारिस गर्दा जुन भौगोलिक क्षेत्रमा सिफारिस गर्ने हो उक्त भौगोलिक क्षेत्रमा कम्तीमा एक स्थानमा बीउ उत्पादन अनुसन्धान सञ्चालन गर्नुपर्ने।
१०. आर्थिक विश्लेषण (आमदानी, खर्च, लाभ लागत अनुपात आदि): ११. उन्मोचन गर्नुपर्ने कारण (जातको विशेषतामा केन्द्रित रही उल्लेख गर्नुपर्ने): १२. बीउ बिजन आपूर्ति व्यवस्था (कम्तीमा दुई हेक्टरका लागि):
निवेदकको।- दस्तखत: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ टेलिफोन/मोबाइल नं .: नाम, थर $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ फ्याक्स नं .: संस्थाको नाम तथा छाप: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ इमेल: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ वेबसाईट:
द्रष्टव्य: १. सरोकारवाला भन्नाले कृषक, उपभोक्ता, प्रशोधन उद्योग, व्यापारी, बीउ बिजन कम्पनी, एग्रोभेटहरूलाई जनाउँछ। २. स्थानीय स्तरमा छनौट गरी उन्मोचन भई सूचित हुन पेश हुने बीउ बिजनका किस्म वा जातको हकमा वंश तथा पुखाथको विवरणको सट्टा उक्त बीउ बिजनको किस्म वा जात छनौट गरिएको स्थानको विवरण पेश गर्नु पर्नेछ। ३. वर्णशंकर जातको वंशजको विवरण राष्ट्रिय बीउ बिजन समितिको सचिवालयमा उपलब्ध गराउनु पर्नेछ। ४. सरोकारवालाहरूको अभिरुचिमा प्रमुख सूचकहरूमा बाली सम्पादन तथ्याङ्क, विषम परिस्थिति सहने क्षमता, गुणस्तर, आर्थिक महत्त्व र अन्य पर्दछन्। ५. बालीको प्रमुख भागहरूमा दाना / पात / जरा / डाँठ/ टुप्पो/ वल्व/ राइजोम / कोर्म / ट्युवर / रेशाह इत्यादि पर्दछन्। ६. यो फारमको अन्त्यमा भौगोलिक क्षेत्र अनुसार गरिएको परीक्षणका तथ्याङ्कहरू समावेश गर्नु पर्नेछ।
अनुसूची –२ (नियम ९ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित) प्राथमिकता प्राप्त बालीका आयाति बीउ बिजनका किस्म वा जात दर्ता गर्न पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर। विषयः किस्म वा जात दर्ता गरी पाऊँ।
मैले/हामीले तल उल्लेखित आयाति बीउ बिजनका किस्म वा जातको व्यावसायिक कारोबार गर्न इच्छुक भएको हुँदा बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (३) बमोजिम दर्ता गर्नका लागि देहाय बमोजिमको विवरण सहित बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम यो निवेदन पेश गरिएको छ।
प्रस्तावित नामः बाली
१. पृष्ठभूमिः २. सामान्य जानकारीः २.१ वानस्पतिक नामः २.२ वास्तविक नाम/परीक्षण गर्दा प्रयोग गरिएको सांकेतिक नामः २.३ वंश विवरणः २.४ पुर्खा (प्रजनन्मा भाले र पोथी पुर्खाको रूपमा प्रयोग गरिएका जातहरू): २.५ उद्गम देशः २.६ सामग्री स्रोत (संस्था, कृषक, कृषक समुदाय परीक्षणको नाम र यो सर्वप्रथम प्रयोगमा ल्याईएको वर्ष आदि)
३. जातीय परीक्षणको सारांश विवरण (कम्तिमा २ मौसम (सिजन) परीक्षण भएको हुनुपर्ने):
४. नेपालमा गरिएको सहभागितात्मक जातीय परीक्षण तथा सोको आधारभूत विवरणः
५. सहभागितात्मक जातीय परीक्षणको न्यूनतम परीक्षण स्थल तथा विवरणः ५.१ उच्च पहाडमा कम्तिमा दुई वटा, मध्य पहाडमा कम्तिमा तीन वटा र तराईमा कम्तिमा चार वटा स्थल। ५.२ जुन मौसम (सिजन) तथा भौगोलिक क्षेत्रको लागि सिफारिस गर्ने हो सोही मौसम (सिजन) को कम्तिमा दुई मौसम (सिजन)/वर्ष लगातार परीक्षण गरिएको हुनुपर्ने। ५.३ समितिले निर्धारण गरेको परीक्षण प्रोटोकलको मापदण्डको आधारमा अध्ययन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने। ५.४ कुनै निश्चित भौगोलिक क्षेत्रका लागि मात्र उपयुक्त हुने जातको सहभागितात्मक जातीय परीक्षण गर्दाथ सोही क्षेत्रमा मात्र सीमित रहने गरी परीक्षण गर्न सकिने।
६. प्रस्तावित जातको आधारभूत विवरणः ६.१ मुख्य एग्रोनोमिक गुणहरू (औसत): ६.१.१ बिरुवाको उचाई (सेन्टिमिटर.): ६.१.२ रोपेको दिन देखि फूल फुल्न लाग्ने समय (दिन): ६.१.३ रोपेको दिन देखि बाली पाक्न लाग्ने समय(दिन) : ६.१.४ उत्पादकत्व (किलोग्राम/हेक्टर): ६.१.५ उत्पादनका अवयव (गाँजको सङ्ख्या, दानाको सङ्ख्या, दानाको तौल आदि): ६.१.६ माथि उल्लेख गरिएका बाहेक बाली अनुसारका अन्य एग्रोनोमिक गुणहरू समावेश गर्ने। ६.२. बालीको विषम परिस्थिति(वर्णन गर्नुहोस्): ६.२.१ जैविक विषमता प्रतिको प्रतिक्रियाः बाली विशेषको जातीय अनुसन्धान तथा विकास गर्दा बाली विशेष अनुसार समितिबाट निर्धारण गरिएका रोग कीरा लगायतिका शत्रु जीव सम्बन्धी तथ्याङ्क विवरण समावेश गर्ने। ६.३ बालीका भागहरूको विशेष गुण सम्बन्धी विवरणः ६.४ अन्य चारित्रिक गुणहरू (झुँह्टिने, भण्डारण क्षमता, बजार सम्भावना आदि):
६.५ जात पहिचान सम्बन्धी मुख्य चारित्रिक गुणहरू: ६.५.१ विशिष्टता, एकरूपता तथा स्थायित्व सम्बन्धी गुणहरू: (क) विशिष्टता (ख) एकरूपता (ग) स्थायित्व ६.५.२ शुक्ष्मकणीय चारित्रिक गुणहरू (मोलिक्युलर ट्रेत्स):
७. सिफारिस क्षेत्र: ७.१ कृषि पर्यावरणीय क्षेत्र (तराई, पहाड, हिमाल, आदि): ७.२ सिफारिस गरिने क्षेत्रको किसिम (सिंचित/अर्ध सिंचित/वर्षाको पानीमा आधारित): ७.३ बाली लगाउने समय र अवस्था (उदाहरणको लागि ढाव, खोरिया आदि): ७.४ बाली चक्र:
८. आर्थिक विश्लेषण:
९. दर्ता गनुपर्ने कारण: (जातको विशेषतामा केन्द्रित रही उल्लेख गनुपर्ने):
निवेदकको,- दस्तखत: टेलिफोन/मोबाइल नं .: नाम: फ्याक्स नं .: दर्जा: इमेल: संस्थाको नाम र छाप: वेबसाईट:
द्रष्टव्य: यो फारामको अन्त्यमा भौगोलिक क्षेत्रमा गरिएको प्रयोगात्मक नतिजाको दुई मौसम (सिजन) को त्याङक समावेश गनुपर्नेछ।
अनुसूची –३ (नियम ९ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित) बीउ बिजनका अनुमोदन, उन्मोचन र दर्ता गर्ने प्रयोजनका लागि तोकिएका प्राथमिकता प्राप्त बाली
(क) धान (ख) मकै (ग) गहुँ (घ) कोदो (ङ) फापर (च) आलु (छ) केरा (ज) मुसुरो (झ) भटमास (ञ) रहर (ट) राजमा (ठ) सूर्यमुखी (ड) तेरी/सस्यौँ (ढ) उखु
अनुसूची –४ (नियम ९ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित) नेपालमा विकास गरिएका अन्य बाली/आयातित अन्य बाली/विदेशी संस्थासँग सम्झौता गरी उत्पादन भई विदेशमा नै निर्यात हुने बीउ बिजनका किस्म वा जात दर्ता गर्न पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः किस्म वा जात दर्ता गरी पाऊँ।
मैले/हामीले तल उल्लिखित नेपालमा विकास गरिएका अन्य बाली/आयातित अन्य बाली/विदेशी संस्थासँग सम्झौता गरी उत्पादन भई विदेशमा नै निर्यात हुने आयातित बीउ बिजनका किस्म वा जातको व्यावसायिक कारोबार गर्न इच्छुक भएको हुँदा उक्त बीउ बिजनको किस्म वा जातलाई बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (३) बमोजिम दर्ता गर्नका लागि देहाय बमोजिमको विवरण सहित बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (१) को खण्ड (ग) बमोजिम यो निवेदन पेश गरिएको छ।
बाली: प्रस्तावित नाम: बीउ बिजनको प्रकार:
संलग्न गर्नुपर्ने कागजातहरूको विवरणः १. ब्रिडर सर्टिफिकेट/प्रोड्यूसर सर्टिफिकेट, २. प्रस्तावित जातको सिफारिस पत्र समेत खुलेका वानस्पतिक तथा एग्रोनोमिक विवरण (मर्फोलोजिकल एण्ड एग्रोनोमिक ट्रेट्स), ३. जात विकास गर्ने निकायबाट प्रस्तावित जात अनुवंश परिवर्तित जीव (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) वा जीवित रूपमा रूपान्तरित जीव (ब्रिडिङ मोडिफाइड अर्गानिज्म) वा वंश नपुंसक बीउ (टर्मिनेटर सीड) नभएको आधिकारिक पत्र,
४. प्रस्तावक निकायले गरेको कम्तीमा एक मौसम (सिजन) परीक्षणको नतिजा (नेपालमा विकास हुने तरकारी बाली र नेपाल भित्र कारोबार हुने आयातित तरकारी बालीका बीउ बीजका किस्म वा जातको हकमा मात्र), ५. जातीय पहिचानसँग सम्बन्धित मोलिक्युलर टेस्ट (समितिले पेश गर्नुपर्ने भनी निर्णय गरेको अवस्थामा मात्र), ६. निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, ७. जात दर्जीकृत हुनुका लागि निवेदकको निर्णय सहितको अनुरोध पत्र (सरकारी निकायको हकमा मात्र), ८. निजी क्षेत्रका निवेदकको संस्था दर्ता, करचुक्ता, नवीकरण, बीउ व्यवसाय अनुमतिपत्र लगायतका संस्थाको कानूनी हैसियत खुल्ने कागजातहरू, ९. बीउका कारणले बाली नोक्सानी भएमा क्षतिपूर्ति उपलब्ध गराउने लिखित प्रतिबद्धता, १०. समितिले तोकेको राजस्व दाखिलाको भौचर, ११. नेपाली साझेदारले अनुरोध गरेको प्रस्तावित जातको सिफारिस क्षेत्र, १२. समितिले तोकेको अन्य कागजातहरू।
अनुसूची –५ (नियम ९ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित) रैथाने बीउ बीजनका किस्म वा जात दर्ता गर्न पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बीजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषय: किस्म वा जात दर्ता गरी पाऊँ।
प्रस्तुत विषयमा नेपालको.......................भूगोलमा उत्पत्ति भएको/...........................गुण विकास भई परापूर्वकालदेखि परम्परागत ज्ञान र सिपको प्रयोग गरी सोही प्रकृतिका भूगोलमा खेती हुँदै तथा वर्षौंदेखि संरक्षण र प्रवर्द्धन गर्दै आएको देहाय बमोजिमको बालीको रैथाने बीउ बीजनको किस्म वा जात बीउ बीजन नियमावली, २०८१ को नियम ९ को उपनियम (३) बमोजिम दर्ता गर्नका लागि देहाय बमोजिमको विवरण सहित बीउ बीजन नियमावली, २०८१ को नियम ९ को उपनियम (१) को खण्ड (घ) बमोजिम यो निवेदन पेश गरिएको छ।
१. बालीः २. जात/चलन चलितका नामहरू: ३. राष्ट्रिय जीन बैंकबाट प्राप्त स्थायी नम्बर: ४. बालीको छोटो इतिहास: ४.१ उत्पत्ति: ४.२ महत्त्व/विशेष गुण: ४.३ अन्य: ५. जात छुट्याउने मुख्य गुणहरू (बोट, बाली, फल, दाना वा दानाका रङ, रूप आदि): ६. बालीको हालको अवस्था (अवस्था के हो टिक लगाउने): [ ] धेरै घरधुरीले धेरै जग्गामा खेती गरिरहेको [ ] धेरै घरधुरीले थोरै जग्गामा खेती गरिरहेको [ ] थोरै घरधुरीले धेरै जग्गामा खेती गरिरहेको [ ] थोरै घरधुरीले थोरै जग्गामा खेती गरिरहेको
७. बाली/जातको विशेष चारित्रिक गुणहरू: ७.१. पात/फूल/फलको आकार प्रकार: ७.१.१ फूलको रङ:
७.१.२ कोशा वा फल वा दानाको आकार प्रकार रङ आदि: ७.१.३ अन्य कुनै विशेष भएमा: ८. बाली/जातको बाली प्रणालीसँग सम्बन्धित गुणहरू: ८.१ बोटको औसत उचाई (सेन्टिमिटर): ८.२ ५० प्रतिशत फूल फुल्ने समय (दिन)(रोपेको दिनबाट): ८.३ बाली पाक्ने समय (दिन)(रोपेको दिनबाट): ८.४ प्रति बोट कोशा/दाना सङ्ख्या: ८.५ प्रति कोशा/बाला दाना सङ्ख्या: ८.६ औसत उत्पादकत्व (किलोग्राम प्रति रोपनी वा कट्ठा) ८.७ सो बाली/जातको खेती गरिएको क्षेत्रफल: ८.८ अन्य एग्रोनोमिक/वानस्पतिक विवरण: ८.९ सो बाली/जातको खेतीको लागि उपयुक्त क्षेत्र: (क) सिफारिस क्षेत्र: (ख) हावापानी: ८.१० प्रतिकूलता सहन सक्ने विशेष गुणहरूको विवरण: (क) रोग: (ख) कीरा: (ग) सुख्खा: (घ) अन्य: ८.११ खेती प्रविधि (हावापानी, माटो, बीउ दर, रोप्ने समय, मलखाद, गोडमेल, बाली भित्र्याउने समय, रोग कीरा व्यवस्थापन आदि): ८.१२ बाली प्रणाली: ८.१३ सो बाली जातको उपउत्पादन र त्यसको महत्त्व केही भएमा: ९. पौष्टिक, औषधीय, व्यापारिक, सामाजिक, सांस्कृतिक गुण सम्बन्धी विवरण: (नोट: माथिका विवरणको लागि कम्तिमा १० जना कृषकको खेत बारीबाट एक सिजन अध्ययन गरी लिएको तथ्याङ्कलाई तालिका बनाई पेश गर्नु पर्नेछ)। साथै कम्तिमा २०-२५ जना कृषकसँग छलफल गरी उल्लेखित विवरणहरू समावेश गर्नु पर्नेछ।) १०. बीउ बिजनको संरक्षण र बीउ उत्पादन तथा आपूर्तिको अवस्था: १०.१ संरक्षण गर्ने संस्था:
१०.२ बीउ उत्पादन गर्ने संस्था: १०.३ उपलब्ध हुन सक्ने बीउ बिजनको परिमाण (किलोग्राम): १०.४ उपलब्ध हुने स्थान: १०.५ स्रोत बीउ उपलब्ध हुने तरिका: ११. बाली जात दर्ता गर्नुको उद्देश्य: व्यावसायिक/संरक्षण/दुवै १२. माथि प्रकरण नम्बर ५ मा उल्लिखित विषयमा आधारित भएर खिचिएका रङ्गीन तस्बिरहरू: १३. जात दर्ता गरी सूचित गर्नका लागि सम्बन्धित स्थानीय तहको कृषि शाखा वा कार्यालयको सिफारिस र जात सूचित गर्ने समुदायको निर्णय सहितको सिफारिस पत्रको प्रतिलिपि १४. निवेदक संस्थाको जात दर्ता गरी सूचित गर्नका लागि पेश गर्ने सम्बन्धी निर्णयको प्रतिलिपि १५. कृषकहरूले यो जातका सम्बन्धमा दिएका प्रतिक्रिया समेटिएको दुई देखि पाँच मिनेट सम्मको भिडियो क्लिप १६. तद्याङ्क लिने व्यक्तिको,- नाम, थर: पद: ठेगाना: आवेदत्ता: टेलिफोन/मोबाइल नम्बर: मिति: १७. निवेदन पेश गर्ने संस्था वा व्यक्तिको,- नाम, थर: ठेगाना: टेलिफोन/मोबाइल नं : आधिकारिक व्यक्तिको नाम, थर र दस्तखत: मिति:
अनुसूची –६ (नियम ९ को उपनियम (१) को खण्ड (ङ) सँग सम्बन्धित) स्थानीय बीउ बिजनका किस्म वा जातलाई दर्ता गर्न पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषय: किस्म वा जात दर्ता गरी पाऊँ।
प्रस्तुत विषयमा नेपालका विभिन्न जिल्ला/क्षेत्रमा विगत ५० वर्ष भन्दा पहिले देखि खेती भई कृषक/समुदायमा लोकप्रिय रहेको तथा यौनिक (खुला संकरित जातको हकमा मात्र) वा वानस्पतिक प्रसारणको माध्यमबाट नेपालमै बीउ/बेर्ना आपूर्ति प्रणाली विकास भएका देहाय बमोजिमको विवरण भएका स्थानीय बीउ बिजनका किस्म वा जातलाई बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (३) बमोजिम दर्ता गर्नका लागि देहाय बमोजिमको विवरण सहित बीउ बिजन नियमावली, २०८१ को नियम ९ को उपनियम (१) को खण्ड (ङ) बमोजिम यो निवेदन पेश गरिएको छ।
१. बालीः २. जात/चलन चलितका नामहरू: ३. राष्ट्रिय जीन बैंकबाट प्राप्त स्थायी नम्बर:
४. बालीको इतिहासः (क) उत्पत्ति (ख) महत्त्व (ग) अन्य बाली विशेष अनुसार
५. प्रस्तावित जातहरूमा भएको अध्ययन अनुसन्धानका नतिजा तथा शोध सामग्रीहरूको आधारमा तयार गरिएका देहाय बमोजिमका विवरण संलग्न गर्नु पर्नेः- ५.१ जात छुट्याउने मुख्य गुणहरू: ५.२ बाली/जातको विशेष चारित्रिक गुणहरू:
५.३ बाली/जातको बाली प्रणालीसँग सम्बन्धित गुणहरू: ५.३.१ बोटको औसत उचाई (सेन्टिमिटर): ५.३.२ ५० प्रतिशत फूल फुल्ने समय (दिन) (रोपेको दिनबाट): ५.३.३ बाली पाक्ने समय (दिन)(रोपेको दिनबाट): ५.३.४ प्रति बोट कोशा/दाना सङ्ख्या: ५.३.५ प्रति कोशा/बाला दाना सङ्ख्या: ५.३.६ अन्य एग्रोनोमिक/ वानस्पतिक विवरण: ५.३.७ सो बाली/जातको खेती भइरहेको क्षेत्रफल: ५.३.८ सो बाली/जातको खेतीको लागि उपयुक्त क्षेत्र: (क) सिफारिस क्षेत्र: (ख) हावापानी:
६. प्रतिकूलता सहन सक्ने विशेष गुणहरूको विवरण: (क) रोग: (ख) कीरा: (ग) सुख्खा: (घ) अन्य:
७. खेती प्रविधि:
८. उत्पादन/उत्पादकत्व (किलोग्राम प्रति रोपनी वा कठ्ठा वा हेक्टर):
९. बाली प्रणाली:
१०. सो बाली जातको उपउत्पादन र त्यसको महत्त्व केही भएमा:
११. बीउबिजन उत्पादन तथा आपूर्तिको अवस्था: ११.१ बीउ बिजन उत्पादन गर्ने संस्था: ११.२ बीउ बिजन/माउबोट उपलब्ध हुन सक्ने परिमाण: ११.३ बीउ बिजन /माउबोट उपलब्ध हुने स्थान: ११.४ स्रोत बीउ उपलब्ध हुने तरिका:
१२. माथि प्रकरण ५ मा उल्लिखित विषयमा आधारित भएर खिचिएका रङ्गिन तस्बिरहरूः
१३. बाली विशेष अनुसन्धान केन्द्र वा कृषि विभाग अन्तर्गतका सम्बन्धित केन्द्रीय निकायको सिफारिस पत्र ।
निवेदकको,- दस्तखत: नाम, थर ठेगानाः टेलिफोन/मोबाइल नम्बर: मिति: संस्थाको छाप:
अनुसूची –७ (नियम ११ को उपनियम (१) सँग सम्बन्धित) बीउ बिजनको स्वामित्वको अधिकार प्राप्तिको लागि पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः स्वामित्वको अधिकार प्राप्त गरी पाऊँ।
मैले/हामीले देहायको विवरणको नयाँ जातको बीउ बिजन प्रजनन्/छनौट गरी बीउ बिजन नियमावली, २०८१ को नियम ९ बमोजिम उन्मोचन गरी नियम १० को उपनियम (१) को खण्ड (क) बमोजिम सूचित बीउ बिजनको रूपमा तोकिएको हुँदा बीउ बिजन ऐन, २०४५ को दफा ५ को उपदफा ५.६ बमोजिम स्वामित्वको अधिकार पाऊँ भनी प्रजनक आवद्ध रहेको संस्थाको सिफारिस पत्र समेत यसैसाथ संलग्न राखी अनुरोध गरिएको छ।
१. बाली: २. बालीको प्रकार: ३. जातः ४. जात उन्मोचन भएको वर्ष: ५. जात सूचित भएको वर्ष:
प्रजनन्को,- दस्तखत नाम, थरः आवद्ध रहेको संस्था: ठेगाना: टेलिफोन/मोबाइल नं .: मितिः
अनुसूची –८
(नियम ११ को उपनियम (२) सँग सम्बन्धित) नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, ललितपुर
बीउ बिजनको स्वामित्वको प्रमाणपत्र
श्री ............................. ................................... तपाईंले मिति ........................मा बीउ बिजनको स्वामित्वको अधिकार पाऊँ भनी दिनु भएको निवेदन र पेश गर्नु भएको विवरण बमोजिम समितिको मिति ..................को निर्णय अनुसार तपाईंलाई बीउ बिजन ऐन, २०४५ को दफा ५ को उपदफा ५.६ तथा बीउ बिजन नियमावली, २०८१ को नियम ११ को उपनियम (२) बमोजिम देहायको बालीको लागि यो स्वामित्वको प्रमाणपत्र प्रदान गरिएको छ।
१. बाली: २. बालीको प्रकार: ३. जात: ४. जात उन्मोचन भएको वर्ष: ५. जात सूचित भएको वर्ष: ६. जात सूचित गराउने व्यक्ति वा संस्था:
प्रमाणपत्र दिने अधिकारीको,- दस्तखत: नाम, थर: दर्जा: मिति:
अनुसूची –९ (नियम १३ को उपनियम (४) सँग सम्बन्धित) बीउ बिजन उत्पादनको प्राविधिक परीक्षण (टेक्निकल अडिट) को ढाँचा
क. बीउ उत्पादकको आधारभूत विवरणः नाम: ठेगाना: बीउ व्यवसाय सञ्चालन अनुमतिपत्र नं.: सम्पर्क मोबाइल/फोन नं.: सम्पर्क व्यक्तिको नाम, ठेगाना र मोबाइल नं.:
ख. बीउको स्रोत तथा उत्पादन सम्बन्धी विवरण
ग. बीउको खेत निरीक्षण सम्बन्धी विवरण
घ. बीउ लट सम्बन्धी विवरण
ङ. बीउ परीक्षण सम्बन्धी विवरण
बीउ उत्पादक संस्थाको प्रमुख/प्रतिनिधिको,- $\quad\quad\quad\quad\quad\quad\quad\quad$ प्राविधिक परीक्षण गर्ने अधिकारीको,-
दस्तखत: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ दस्तखत:
नाम, थर: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ नाम, थर:
पद: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ पद:
मिति: $\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad\quad$ मिति:
अनुसूची –१० (नियम १४ को उपनियम (५), नियम १६ को उपनियम (२), नियम १७ को उपनियम (१) र (२), नियम २० को उपनियम (१), नियम २१ को उपनियम (१), (६) र (७), नियम २५ को उपनियम (३) को खण्ड (घ), नियम २६ को उपनियम (२) र नियम २७ को उपनियम (१) र (२) सँग सम्बन्धित)
दस्तुर
बीउ बिजनको निकासि वा पैठारी स्वीकृतिका लागि लिइने दस्तुर विवरण
अनुसूची–११ (नियम १६ को उपनियम (२) सँग सम्बन्धित) बीउ बिजनको बिक्री वितरण अनुमतिपत्रका लागि दिइने निवेदनको ढाँचा
श्री ................................... कार्यालय, ...........................।
विषयः अनुमतिपत्र पाऊँ।
मेरो/हाम्रो निम्न विवरण भएको ....................................................ले बीउ बिजन ऐन, २०४५ र बीउ बिजन नियमावली, २०८१ को परिधिभित्र रही बीउ बिजन उत्पादन/व्यवसाय सञ्चालन गर्न इच्छुक भएकोले निम्न अनुसारको कागजात तथा पूर्वाधार विवरण समेत संलग्न राखी बीउ बिजन ऐन, २०४५ को दफा ११क. को उपदफा ११क.१ तथा बीउ बिजन नियमावली, २०८१ को नियम १६ को उपनियम (३) बमोजिम अनुमतिपत्र पाऊँ भनी सोही नियमको उपनियम (२) बमोजिम यो निवेदन पेश गरिएको छ।
१. निवेदकको विवरणः नाम,थर: ठेगानाः फोन नम्बर: इमेलः
२. संस्थाको प्रकारः(√ चिन्ह लगाउनुहोस्) समूह [ ] सहकारी [ ] कम्पनी/निजी फर्म [ ]
३. व्यवसायको प्रकार(√ चिन्ह लगाउनुहोस्) व्यक्तिगत [ ] साझेदारी [ ] निजी [ ] सरकारी [ ] बहुराष्ट्रिय [ ]
४. आवेदकले गर्ने बीउ बिजनको काम(√ चिन्ह लगाउनुहोस्) उत्पादन [ ] बिक्री-वितरण [ ] प्रशोधन र प्याकेजिङ [ ] आयातकर्ता [ ] निर्यातकर्ता [ ] अनुसन्धान र विकास [ ]
५. संस्थाबाट बीउ बिजन उत्पादन तथा व्यवस्थापन तालिम लिएको व्यक्ति नाम,थर: ठेगानाः
नागरिकता नम्बर, जारी मिति र जिल्ला: तालिम प्रमाणपत्रको नम्बर र जारी मिति: तालिम प्रदान गर्ने निकाय:
६. बीउ बिजन उत्पादन तथा व्यवस्थापन तालिम लिएको व्यक्तिको संस्थासँगको सम्बन्ध ($\checkmark$ चिन्ह लगाउनुहोस्): $\square$ प्रोपाइटर $\square$ व्यवस्थापक $\square$ संस्थाको कार्यकारी पद/सदस्य $\square$ अन्य
७. संस्थाको बीउ बिजन बिक्री वितरण गर्ने पसलको हालको ठेगाना: वडा:..... स्थानीय तह:.................. जिल्ला:.................. प्रदेश:..................
८. संस्थाको गोदाम रहेको स्थान: वडा:..... स्थानीय तह:.................. जिल्ला:.................. प्रदेश:.................. यदि गोदाम एक भन्दा बढी स्थानमा रहेमा विवरण पेश गर्नुहोस्। वडा:..... स्थानीय तह:.................. जिल्ला:.................. प्रदेश:.................. वडा:..... स्थानीय तह:.................. जिल्ला:.................. प्रदेश:..................
९. यदि पसल तथा गोदाम भाडामा भए करार सम्झौताको प्रतिलिपि संलग्न गर्नुहोस्।
१०. बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार अनुमतिपत्रका लागि आवेदकले निवेदन साथ पेश गर्ने अन्य आधारभूत विवरणहरू:
११. निवेदनसाथ संलग्न गर्नु पर्ने कागजातहरू (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) बीउ बिजन उत्पादन तथा व्यवस्थापन तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, (ग) तालिम लिएको व्यक्तिको संस्थासँगको सम्बन्ध खुल्ने कागजात, (घ) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, (ङ) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, (च) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, (छ) पासपोर्ट साइजको दुई प्रति रङ्गिन फोटो, (ज) संस्था/पसलको दुई प्रति रङ्गिन फोटो ।
अनुसूची – १२ (नियम १६ को उपनियम (३) सँग सम्बन्धित) बीउ बिजन बिक्री वितरण सम्बन्धी कारोबारका लागि दिइने अनुमतिपत्रको ढाँचा
प्रदेश सरकार ..................................मन्त्रालय ..................................कार्यालय
अनुमतिपत्र
अनुमतिपत्र नं.: जारी मिति:
यस कार्यालयको मिति ........................को निर्णय अनुसार निम्न बमोजिमको विवरण भएको श्री ................................. लाई बीउ बिजन नियमावली, २०८१ को नियम १६ को उपनियम (३) बमोजिम बीउ बिजनको बिक्री वितरण सम्बन्धी कारोबार गर्न बीउ बिजन बिक्री वितरण अनुमतिपत्र प्रदान गरिएको छ।
विवरणः १. प्रोप्राइटर/व्यवस्थापक/अध्यक्षको,– नाम, थरः स्थायी ठेगानाः हालको ठेगानाः मोबाइल/फोन नं: इमेल: २. व्यवसायी/संघ/संस्था/कम्पनीको ठेगानाः............................... ३. तालिमको विवरण: (क) तालिम लिएको व्यक्तिको नाम थरः (ख) तालिम लिएको व्यक्तिको नेपाली नागरिकता नम्बर तथा जारी भएको जिल्ला र मितिः (ग) तालिम लिएको व्यक्तिको संस्थासँगको आवद्धता (घ) तालिम प्रदान गर्ने निकाय: (ङ) तालिममा सहभागी भएको मिति: …………..देखि…………..सम्म (…..दिन) (च) तालिम प्रमाणपत्र नम्बर:
.................................. कार्यालय प्रमुख
अनुसूची –१३ (नियम २० को उपनियम (१) सँग सम्बन्धित) बीउ बिजनको निकासी वा पैठारीको लागि दिने निवेदनको ढाँचा
श्रीमान् प्रमुखज्यू, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवन, ललितपुर। विषयः निकासी वा पैठारी गर्न स्वीकृति पाऊँ।
बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा रहेको बीउ बिजन निकासी/पैठारी र यस सम्बन्धी अन्य व्यवस्था तथा समितिबाट निर्धारण गरिएका प्रावधान बमोजिम निम्न अनुसारका सूचीकृत/पञ्जीकृत बीउ बिजनको निकासी/ पैठारी गर्न इच्छुक भएकोले बीउ बिजन ऐन, २०४५ को दफा १५ को उपदफा १५.१ र बीउ बिजन नियमावली, २०८१ को नियम २० को उपनियम (२) बमोजिम निम्न विवरण भएको सूचीकृत/पञ्जीकृत बीउ बिजनको निकासी वा पैठारी स्वीकृति पाऊँ भनी बीउ बिजन नियमावली, २०८१ को नियम २० को उपनियम (१) बमोजिम यो निवेदन पेश गरिएको छ।
१. निवेदककोः नाम, थरः स्थायी ठेगानाः पत्राचार गर्ने ठेगानाः मोबाइल/फोन नं .: २. निकासी/ पैठारी गरिने बीउ बिजन राख्ने ठाउँ ः ३. निकासी/पैठारी गर्न चाहेको सूचीकृत/पञ्जीकृत बीउ बिजनकोः (क) किस्मः (ख) जातः (ग) स्तरः (घ) सूचीकृत/पञ्जीकृत जात क्र.सं .: (ङ) परिमाणः (च) पैठारी गरिने बीउ बिजनको सिफारिस क्षेत्रः (छ) बिक्री वा वितरण गर्ने क्षेत्रः
(ज) निकासी/पैठारी गर्ने मिति: (झ) पैठारी गर्ने प्रवेश बिन्दु: (ञ) निकासी/पैठारी गर्ने देश र कम्पनी वा संस्था:
४. सूचित वा पंजीकृत बीउ बिजनको निकासी/पैठारी स्वीकृतिका लागि आवश्यक कागजातहरू (क) पैठारी गर्ने संस्थाको संस्था दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, (ख) पैठारी गर्ने संस्थाको आधिकारिक व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ग) बीउ बिजन बिक्री वितरण गर्ने अनुमतिपत्रको प्रतिलिपि, (घ) निकासी/पैठारी हुने बीउ बिजन सूचित वा पंजीकृत भएको प्रमाण खुल्ने निस्सा, (ङ) बीउ बिजनको ड. एन. ए. फिंगरप्रिन्टिङ प्रतिवेदन (समितिले आवश्यक पर्ने भनी निर्णय गरेको अवस्थामा मात्र), (च) प्रोफार्मा इन्भ्वाइस, (छ) बीउ बिजन निकासी गर्ने विदेशी कम्पनी/संस्थाबाट नेपालमा पैठारी हुने बीउ बिजनमा अनुवंश परिवर्तन गरिएको छैन भन्ने व्यहोराको लिखित पत्र, (ज) पैठारी हुने बीउ बिजनको कारणले नोक्सान भएमा क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता।
निवेदकको,- दस्तखत: नाम,घर: ठेगाना: टेलिफोन/मोबाइल नं : बिक्री वितरण अनुमतिपत्र नं : मिति:
अनुसूची–१४ (नियम २० को उपनियम (२) सँग सम्बन्धित) सूचित वा पञ्जीकृत बीउ बिजन निकासी वा पैठारी स्वीकृतिको ढाँचा
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन, ललितपुर।
श्री ............................. बीउ बिजन बिक्री वितरण अनुमतिपत्र नं .:
बीउ बिजन निकासी वा पैठारीको स्वीकृति सम्बन्धमा।
महाशय, तपाईंले मिति .................... मा सूचित/पञ्जीकृत बीउ बिजनको निकासी वा पैठारी गर्न अनुमति पाऊँ भनी दिनु भएको निवेदन र पेश गर्नु भएको विवरण बमोजिम निम्न अनुसारका शर्त तथा बन्देजको पालना तथा क्वारेन्टिन सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी निकासी वा पैठारी गर्नका लागि बीउ बिजन ऐन, २०४५ को दफा १५ को उपदफा १५.२ तथा बीउ बिजन नियमावली, २०८१ को नियम २० को उपनियम (२) बमोजिम देहायका सूचित वा पञ्जीकृत बीउ बिजनको निकासी वा पैठारीका लागि स्वीकृति प्रदान गरिएको छ।
शर्तहरू: १. स्वीकृति जारी भएको मितिले तीन महिना सम्म बहाल रहनेछ। स्वीकृतिपत्रको अवधि थप गर्नु परेमा केन्द्रमा पुनः निवेदन पेश गर्नु पर्नेछ।
२. बीउ प्याकेटमा भएको लेबल नेपाली, अङ्ग्रेजी वा दुवै भाषामा हुनु पर्नेछ तथा परीक्षणको मान्य अवधि बीउ बिजन नियमावली, २०८१ मा व्यवस्था भए बमोजिम हुनेछ। ३. सम्बन्धित निकायबाट हुने निरीक्षणका क्रममा सूचित/पञ्जीकृत बीउ बिजन राखिएको ठाउँको निरीक्षण गर्न दिनु पर्नेछ।
अनुमतिपत्र दिने अधिकारीको,- दस्तखत: नाम, थर: दर्जा: मिति:
अनुसूची–१५ (नियम २० को उपनियम (६) सँग सम्बन्धित) सूचित/पञ्जीकृत बीउ बिजन निकासी वा पैठारी गरे पश्चात समिति समक्ष पेश गर्नु पर्ने विवरण
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः सूचित/पञ्जीकृत बीउ बिजन निकासी वा पैठारी विवरण सम्बन्धमा।
मैले/हामीले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको विभिन्न मितिको परबाट तपसिलमा उल्लिखित सूचित/पञ्जीकृत बीउ बिजनको निकासी वा पैठारीका लागि स्वीकृति लिएकोमा बीउ बिजन नियमावली, २०८१ को नियम २० को उपनियम (६) को व्यवस्था बमोजिम निकासी/पैठारी गरेको बीउ बिजनको विवरण पेश गरेको व्यहोरा अनुरोध गरिएको छ।
तपसिल
विवरण पेश गर्नेको,- दस्तखत: नाम, थर: ठेगाना: टेलिफोन/मोबाइल नं.: मिति:
अनुसूची–१६ (नियम २१ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित) मूल/स्रोत बीउ उत्पादन अनुमतिपत्रका लागि पेश गर्ने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः मूल/स्रोत बीउ उत्पादन अनुमति पाऊँ।
प्रस्तुत विषयमा ………………बालीको मूल/स्रोत बीउ उत्पादन कार्य गर्न इच्छुक भएको र समितिबाट निर्धारण गरे बमोजिमका मापदण्ड तथा पूर्वाधार पूरा गरेको हुँदा बीउ बिजन ऐन, २०४५ को दफा १५ख. तथा बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (क) बमोजिम मूल/स्रोत बीउ उत्पादन अनुमतिपत्र पाऊँ भनी देहायको विवरण तथा कागजात संलग्न गरी बीउ बिजन ऐन, २०४५ को दफा १५ख. को उपदफा १५ख.१ र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (१) को खण्ड (क) बमोजिम यो निवेदन पेश गरिएको छ।
१. बालीसँग सम्बन्धित समितिले निर्धारण गरे बमोजिमको मापदण्ड तथा पूर्वाधारको चेकलिस्ट, २. मापदण्ड तथा पूर्वाधार पूरा गरेको प्रमाण र सोसँग सम्बन्धित कागजात।
निवेदकको,- दस्तखत: नाम,घर: पद: नागरिकता नं., जारी गर्ने जिल्ला तथा मिति: संस्थाको नाम/ठेगाना: टेलिफोन/मोबाइल नं.: इमेल:
अनुसूची – १७ (नियम २१ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित) वर्णशंकर बीउ उत्पादन अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर। विषयः वर्णशंकर बीउ उत्पादन अनुमति पाऊँ।
प्रस्तुत विषयमा ...........................................बालीको वर्णशंकर बीउ उत्पादन कार्य गर्न इच्छुक भएको हुँदा देहाय बमोजिमका कागजात यसै निवेदनसाथ संलग्न राखी बीउ बिजन ऐन, २०४५ को दफा १५ग. तथा बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (ख) बमोजिम वर्णशंकर बीउ उत्पादन अनुमति पाऊँ भनी बीउ बिजन ऐन, २०४५ को दफा १५ग. को उपदफा १५ग.१ र बीउ बिजन नियमावली, २०८१ नियम २१ को उपनियम (१) को खण्ड (ख) बमोजिम यो निवेदन पेश गरिएको छ।
निवेदकको,- दस्तखत: नाम, थर: पद: नागरिकता नं. ................., जारी जिल्ला तथा मिति: संस्थाको नाम र ठेगानाः टेलिफोन/मोबाइल नं ः इमेलः
आवश्यक जनशक्ति, पूर्वाधार तथा पेश गर्नु पर्ने कागजातहरू १. पूर्ण रूपले भरिएको निवेदन, २. निवेदकको संस्था दर्ता प्रमाणपत्र (नवीकरण विवरण सहित), ३. संस्थाको पान वा भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ५. बीउ बिजन बिक्री वितरण अनुमतिपत्रको प्रतिलिपि (नवीकरण विवरण सहित), ६. वर्णशंकर बीउ उत्पादन गर्ने स्थान,
७. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कृषि विषयमा स्नातक उत्तीर्ण गरी वर्णशंकर बीउ उत्पादन सम्बन्धी तालिम लिएको कम्तीमा एक जना प्राविधिक (बाली अवधिभरका लागि आंशिक वा पूर्ण पुँजीकरण), ८. लोकसेवा आयोगबाट लिइने प्राविधिक सहायक वा नायब प्राविधिक सहायक परीक्षाका लागि योग्यता पुगेको कम्तीमा एक जना कृषि प्राविधिक, ९. प्रकरण ७ र ८ बमोजिमका प्राविधिकको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, कार्यविवरण खुलेको सम्झौतापत्र सहित नियुक्ति पत्रको प्रतिलिपि, १०. प्रकरण ७ र ८ बमोजिमका प्राविधिक सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्ति भए उक्त कार्य गर्न संस्थाले प्रदान गरेको स्वीकृति तथा कार्यरत नभएको भए स्वघोषणा, ११. अनुवंश परिवर्तन नगरिएका बाली वा जातमा मात्र कार्य गर्ने र संस्थाले उत्पादन गरेको वर्णशंकर बीउको गुणस्तर तथा जातीय गुणको कारणबाट हानी नोक्सानी भए क्षतिपूर्ति दिने प्रतिवद्धता, १२. वर्णशंकर बीउ उत्पादनका लागि आफ्नै वा लिज वा ठेक्काबाट लिइएको जमिनको विवरण (आफ्नै जग्गा भए लालपुर्जाको प्रतिलिपि र जमिन लिज वा ठेक्कामा लिइएको भए लिज वा ठेक्का सम्झौताको प्रतिलिपि), १३. बालीको प्रकृति अनुसार आवश्यक बीउ भण्डारण तथा अन्य पूर्वाधार विवरण (रङ्गिन तस्बिर सहित), १४. वर्णशंकर बीउ उत्पादनका लागि पैतृक लाइन उपलब्ध हुन सक्ने स्रोत तथा प्रमाण, १५. वर्णशंकर बीउ उत्पादन कार्ययोजना, १६. संस्थाले गरेका अन्य क्रियाकलाप, १७. समितिबाट निर्धारण गरिएका अन्य आवश्यक कागजात तथा विवरण।
अनुसूची–१८
(नियम २१ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित) जातीय विकास तथा सम्बर्द्धनका लागि दिने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर । विषयः जातीय विकास तथा सम्बर्द्धन गर्न अनुमति पाऊँ ।
प्रस्तुत विषयमा …………………बालीको जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्न इच्छुक भएको हुँदा देहाय बमोजिमका कागजात यसै निवेदनसाथ संलग्न राखी बीउ बिजन ऐन, २०४५ को दफा १५घ. र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (ग) बमोजिम जातीय विकास तथा सम्बर्द्धन अनुमतिपत्र पाऊँ भनी बीउ बिजन ऐन, २०४५ को दफा १५घ. को उपदफा १५घ.१ र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (१) को खण्ड (ग) बमोजिम यो निवेदन पेश गरिएको छ ।
निवेदकको,- दस्तखत: नाम, थर: पद: नागरिकता नं., जारी जिल्ला तथा मिति: संस्थाको नाम र ठेगानाः टेलिफोन/मोबाइल नं ः इमेलः
संलग्न गर्नुपर्ने आवश्यक कागजात तथा विवरणहरू १. पूर्ण रूपले भरिएको निवेदन, २. आवेदकको संस्था दर्ता प्रमाणपत्र (नवीकरण विवरण सहित), ३. संस्थाको पान वा भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, ४. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,
५. बीउ बिजन बिक्री वितरण अनुमतिपत्रको प्रतिलिपि (नवीकरण विवरण सहित), ६. जातीय विकास तथा सम्बर्द्धनको अनुसन्धान तथा विकास गर्ने स्थान (रिरसर्च एण्ड डेभलपमेन्ट साइट) को विवरण, ७. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा बाली प्रजनन विषयमा स्नातकोत्तर गरेको कम्तीमा एक जना प्राविधिक (बाली अधिकृतको लागि आंशिक वा पूर्णतकालिन्), ८. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा बाली वा बागवानी विषयमा स्नातकोत्तर गरेको (बाली विकास वा बागवानीसँग सम्बन्धित) वा कृषि विषयमा स्नातक गरी बाली बागवानीसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको कम्तीमा एक जना प्राविधिक (बाली अधिकृतको लागि आंशिक वा पूर्णतकालिन्), ९. लोकसेवा आयोगबाट लिइने प्राविधिक सहायकको परीक्षाका लागि योग्यता पुगेको कम्तीमा एक जना कृषि प्राविधिक, १०. प्रकरण ७, ८ र ९ बमोजिमका प्राविधिकको शैक्षिक योग्यताको प्रमाणपत्री प्रतिलिपि, कार्यविवरण खुलेको सम्झौतापत्र सहित नियुक्ति पत्रको प्रतिलिपि, ११. प्रकरण ७, ८ र ९ बमोजिमका प्राविधिक सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्ति भए उक्त कार्य गर्न संस्थाले प्रदान गरेको स्वीकृति तथा कार्यरत नभएको भए स्वघोषणा, १२. अनुवंश परिवर्तन नगरिएका बाली वा जातमा मात्र जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्ने र संस्थाले विकास गरेको बीउको गुणस्तर तथा जातीय गुणको कारणबाट हानी नोक्सानी भए क्षतिपूर्ति दिने प्रतिबद्धता, १३. जातीय विकास तथा सम्बर्द्धनका लागि आफ्नै वा लिज वा ठेक्काबाट लिइएको जमिनको विवरण (आफ्नै जग्गा भए लालपुर्जाको प्रतिलिपि र जमिन लिज वा ठेक्कामा लिइएको भए लिज वा ठेक्का सम्झौताको प्रतिलिपि), १४. बालीको प्रकृति अनुसार आवश्यक बीउ भण्डारण तथा अन्य पूर्वाधार विवरण (रङ्गिन तस्बिर सहित), १५. जातीय विकास तथा सम्बर्द्धनका लागि पैबरिक लाइन उपलब्ध हुन सक्ने स्रोत तथा प्रमाण, १६. जातीय विकास तथा सम्बर्द्धन कार्ययोजना, १७. संस्थाले गरेका अन्य क्रियाकलापहरू, १८. समितिबाट निर्धारण गरिएका अन्य आवश्यक कागजात तथा विवरणहरू।
अनुसूची – १९ (नियम २१ को उपनियम (४) को खण्ड (क) सँग सम्बन्धित) मूल वा स्रोत बीउ उत्पादनका लागि दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (राष्ट्रिय बीउ बिजन समितिको सचिवालय) हरिहरभवन, ललितपुर
प्रोपाईटरको/व्यवसाय पकोको हस्ताक्षर निकालेको पासपोर्ट साइजको रङ्गिन फोटो
अनुमतिपत्र नम्बर: जारी मिति:
मूल वा स्रोत बीउ उत्पादन अनुमतिपत्र
श्री...................................................
महाशय, तपाईंलाई राष्ट्रिय बीउ बिजन समितिको मिति...................को निर्णय अनुसार देहायका शर्तहरूको अधीनमा रही मूल वा स्रोत बीउ उत्पादन गर्न बीउ बिजन ऐन, २०४५ को दफा १५ख. को उपदफा १५ख.२ र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (क) बमोजिम देहायको बालीको मूल वा स्रोत बीउ उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ।
१. मूल वा स्रोत बीउ उत्पादनका लागि अनुमति प्रदान गरिएको बाली:
२. संस्थाको प्रमुख/प्रतिनिधिको नाम, थर:...................................................पद:........................ स्थायी ठेगाना: हालको ठेगाना: नागरिकता नं : ........................................टेलिफोन/मोबाइल नं .: .................... इमेल:................................................... ३. संस्थाको ठेगाना:...................................................
फोन नं : ....................................पान/भ्याट नं ......................... इमेल:...................................वेबसाइट:...................................
४. मूल वा स्रोत बीउ उत्पादनका लागि थप गरिएका बालीको विवरण :
५. शर्तहरू:
(क) समितिद्वारा स्वीकृत मापदण्डमा भएका व्यवस्थाको पूर्ण पालना गर्नु पर्नेछ। (ख) संस्थाको जनशक्ति, पूर्वाधार, वार्षिक कार्ययोजना तथा कार्य प्रगति विवरण सचिवालयले माग गरेको ढाँचामा प्रत्येक वर्ष केन्द्रमा पेश गर्नु पर्नेछ। (ग) मूल वा स्रोत बीउ उत्पादनका लागि बाली थप गर्नु पर्ने भएमा समितिले तोकेको मापदण्ड तथा पूर्वाधारसँग सम्बन्धित कागजात तथा विवरण संलग्न राखी समितिको सचिवालयमा निवेदन दिनु पर्नेछ।
अनुसूची–२० (नियम २१ को उपनियम (४) को खण्ड (ख) सँग सम्बन्धित) वर्णशंकर बीउ उत्पादनका लागि दिइने अनुमतिपत्रको ढाँचा
अनुमतिपत्र नं. : $\qquad\qquad\qquad\qquad\qquad\qquad\qquad\qquad\qquad\qquad$ जारी मिति:
वर्णशंकर बीउ उत्पादन (हाइब्रिड सीड प्रोडक्सन) अनुमतिपत्र
श्री................................................... महाशय, तपाईंलाई राष्ट्रिय बीउ बिजन समितिको मिति..........................को निर्णय अनुसार देहायका शर्तहरूको अधीनमा रही देहायको बालीको वर्णशंकर बीउ उत्पादन सम्बन्धी कार्य गर्न बीउ बिजन ऐन, २०४५ को दफा १५ग. को उपदफा १५ग.२ र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (ख) बमोजिम वर्णशंकर बीउ उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ।
१. वर्णशंकर बीउ उत्पादनका लागि अनुमति प्रदान गरिएको बाली:
२. संस्थाको प्रमुख/प्रतिनिधिको: नाम, थर: पद: स्थायी ठेगाना: हालको ठेगाना: नागरिकता नं, जारी जिल्ला तथा मिति: टेलिफोन/मोबाइल नं : इमेल:
३. संस्थाको ठेगाना:
टेलिफोन नं.: ____________________ पान/भ्याट नं : ____________________ इमेलः ____________________ वेबसाइटः ____________________
४. वर्णशंकर बीउ उत्पादनका लागि थप गरिएका बालीको विवरणः
५. शर्तहरू:
(क) समितिद्वारा स्वीकृत मापदण्डमा भएका व्यवस्थाको पूर्ण पालना गर्नु पर्नेछ। (ख) वर्णशंकर बीउ उत्पादन सम्बन्धी कार्य गर्दा पैतृक लाइनहरूको गोपनीयता कायम गर्नु पर्नेछ। (ग) बीउ उत्पादकले जात विकास गर्ने निकायको विशेष अनुमति बिना पैतृक लाइनहरूको बीउ कुनै पनि व्यक्ति, निकाय तथा संस्थालाई निकासी, हस्तान्तरण वा साटासाट र बिक्री वितरण एवं कुनैपनि किसिमको सूचना, जानकारी वा प्रतिवेदन सार्वजनिक गर्न पाउने छैन। (घ) वर्णशंकर बीउ उत्पादन सम्बन्धी कार्य गर्दा समितिले निर्धारण गरे बमोजिमको मापदण्ड अनुरूप बाली विशेष अनुसार आवश्यक प्रजनक सेवा (ब्रिडर सर्भिस) अनिवार्य रूपमा लिनु पर्नेछ। (ङ) वर्णशंकर बीउ उत्पादनका लागि आवश्यक पैतृक लाइन उपलब्धताको सुनिश्चितता, जनशक्ति, पूर्वाधार, वार्षिक कार्ययोजना तथा वार्षिक कार्य प्रगति विवरण सचिवालयले तोकेको ढाँचामा प्रत्येक वर्ष केन्द्रमा पेश गर्नु पर्नेछ। (च) वर्णशंकर बीउ उत्पादन सम्बन्धी कार्य गर्न बाली थप गर्नु पर्ने भएमा समितिले तोकेका कागजात तथा विवरण संलग्न राखी समितिको सचिवालयमा निवेदन दिनु पर्नेछ। (छ) वर्णशंकर बीउ उत्पादनसँग सम्बन्धित नियामक निकाय तथा परिषद्बाट दिइने निर्देशन एवं सुझावहरूको कार्यान्वयन गर्नु पर्नेछ।
अनुसूची – २१ (नियम २१ को उपनियम (४) को खण्ड (ग) सँग सम्बन्धित)
प्रोपाईटरको/व्यवस्थापकको हस्ताक्षर खिचेको पासपोर्ट साइजको फोटो राखिनुहोस्
जातीय विकास तथा सम्बर्द्धनका लागि दिइने अनुमतिपत्रको ढाँचा
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (राष्ट्रिय बीउ बिजन समितिको सचिवालय) हरिहरभवन, ललितपुर
अनुमतिपत्र नं.: जारी मिति:
जातीय विकास तथा सम्बर्द्धन अनुमतिपत्र
श्री………………………
महाशय,
तपाईंलाई राष्ट्रिय बीउ बिजन समितिको मिति………………को निर्णय अनुसार देहायका शर्तहरूको अधीनमा रही देहायको बालीको जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्न बीउ बिजन ऐन, २०४५ को दफा १५घ. को उपदफा १५घ.२ र बीउ बिजन नियमावली, २०८१ को नियम २१ को उपनियम (४) को खण्ड (ग) बमोजिम जातीय विकास तथा सम्बर्द्धन अनुमतिपत्र प्रदान गरिएको छ।
१. जातीय विकास तथा सम्बर्द्धनका लागि अनुमति प्रदान गरिएको बाली:
२. संस्थाको प्रमुख/प्रतिनिधिको नाम, थर:………………………………………….पदः ………………………….. स्थायी ठेगानाः हालको ठेगानाः नागरिकता नं., जारी जिल्ला तथा मितिः…………….. टेलिफोन/मोबाइल नं :……………. इमेलः ……………………………………………………..
३. संस्थाको ठेगाना:……………………………………………. टेलिफोन नं :……………………………… पान/भ्याट नं :…………………………… इमेलः………………………………… वेबसाइटः……………………………….
४. अनुसन्धान तथा विकास क्षेत्र (रिरिथ एण्ड डेभलपमेन्ट साइट) को विवरण:…………….
५. जातीय विकास तथा सम्बर्द्धनका लागि थप गरिएका बालीको विवरणः
६. शर्तहरू: (क) समितिद्वारा स्वीकृत मापदण्डमा भएका व्यवस्थाको पूर्ण पालना गर्नु पर्नेछ। (ख) जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्दा पैतृक लाइनहरूको गोपनीयता कायम गर्नु पर्नेछ। (ग) पैतृक लाइन प्रदान गर्ने निकायको अनुमति बिना जात विकास गर्ने निकायले पैतृक लाइनको बीउ कुनै पनि व्यक्ति, निकाय तथा संस्थालाई निकासी, हस्तान्तरण वा साटासाट र बिक्री वितरण एवं कुनै पनि किसिमको सूचना, जानकारी वा प्रतिवेदन सार्वजनिक गर्न पाइने छैन। (घ) जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्यका लागि पैतृक लाइनको उपयोग गर्दा पैतृक लाइन विकास गर्ने निकायको पूर्व सहमति लिनु पर्नेछ। (ङ) जातीय विकास तथा सम्बर्द्धनका लागि आवश्यक पैतृक लाइन उपलब्धताको सुनिश्चितता, जनशक्ति, पूर्वाधार, वार्षिक कार्ययोजना तथा कार्य प्रगति विवरण सचिवालयले तोकेको ढाँचामा प्रत्येक वर्ष केन्द्रमा पेश गर्नु पर्नेछ। (च) जातीय विकास तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्न बाली थप गर्नु पर्ने भएमा समितिले तोकेका कागजात तथा विवरण संलग्न राखी केन्द्रमा निवेदन दिनु पर्नेछ। (छ) जातीय विकास तथा सम्बर्द्धनसँग सम्बन्धित नियामक निकाय तथा परिषद्बाट दिइने निर्देशन तथा सुझावहरूको कार्यान्वयन गर्नु पर्नेछ।
अनुसूची–२२ (नियम २३ को उपनियम (१) सँग सम्बन्धित) बीउ बिजन जफत गर्ने मुचुल्का विषयः मुचुल्का सम्बन्धमा।
....................ले बीउ बिजन बिक्री वितरण गरिरहेको स्थान (पसल/घर/गोदाम तथा अन्य संरचना लगायत) को निरीक्षणका दौरान बीउ बिजन व्यवसाय अनुमतिपत्र नलिई बीउ बिजन बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि बाहेक सूचित वा पञ्जीकृत नभएको/लेबल नलगाइएको बीउ बिजन बिक्री वितरण गरेको/ बीउ बिजन ऐन, २०४५ को दफा......./ बीउ बिजन नियमावली, २०८१ को नियम..........को प्रतिकूल हुने गरी कार्य गरेको पाईएको हुँदा..................ले बीउ बिजन ऐन, २०४५ को दफा ११क./११ख./११ग./१३/ .........तथा बीउ बिजन नियमावली, २०८१ को नियम......... को व्यवस्था उल्लंघन गरी बीउ बिजनको उत्पादन/बिक्री वितरण गरिरहेको हुँदा देहाय बमोजिमका बीउ बिजन हामी देहायका व्यक्तिको रोहवरमा बीउ बिजन ऐन, २०४५ को दफा ११ग. र बीउ बिजन नियमावली, २०८१ को नियम २३ को उपनियम (१) बमोजिम जफत गरिएको छ।
जफत गरिएको बीउ बिजनको किसिम, जात र परिमाणः
रोहवर: श्री ........................................... दस्तखत:................................. श्री ........................................... दस्तखत:................................ श्री........................................... दस्तखत:................................
बीउ बिजन निरीक्षकको,- दस्तखत: नाम,थर: मिति:
अनुसूची – २३ (नियम २३ को उपनियम (३) सँग सम्बन्धित) बीउ बिजन जफत सम्बन्धी सूचना
श्री ...............................................।
बीउ बिजन नियमावली, २०८१ को नियम २३ को उपनियम (३) बमोजिमको कार्य गर्दा तपाईंले बीउ बिजन व्यवसाय अनुमतिपत्र नलिई बीउ बिजन बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि बाहेक सूचित वा पञ्जीकृत नभएको/लेबल नलगाइएको बीउ बिजन बिक्री वितरण गरेको/ बीउ बिजन ऐन, २०४५ ऐनको दफा........../ बीउ बिजन नियमावली, २०८१ को नियम...............को प्रतिकूल हुने गरी कार्य गरेको पाइएकोले बीउ बिजन ऐन, २०४५ को दफा ११क./११ख./११ग./१३/................तथा बीउ बिजन नियमावली, २०८१ को नियम...................उल्लङ्घन भएको हुँदा हामी देहाय बमोजिमका व्यक्तिको रोहवरमा देहाय बमोजिमका बीउ बिजन जफत गरिएको सूचना टाँस गरिएको छ।
जफत गरिएको बीउ बिजनको किसिम, जात र परिमाणः
रोहवर: श्री ........................................... हस्ताक्षरः................................. श्री ........................................... हस्ताक्षरः................................ श्री........................................... हस्ताक्षरः................................
बीउ बिजन निरीक्षकको,- हस्ताक्षरः नाम, थरः अनुमतिपत्र नं./कार्यालयः मितिः
बोधार्थ:- श्री बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहरभवन, ललितपुर। श्री.......................................................मन्त्रालय, ..........................प्रदेश…………………।
अनुसूची–२४ (नियम २३ को उपनियम (४) सँग सम्बन्धित) जफत गरिएको बीउ बीजन बुझाउँदा गरिने भरपाई
बीउ बीजन नियमावली, २०८१ को नियम २३ को उपनियम (४) बमोजिमको कार्य गर्दा ............................ले बीउ बीजन व्यवसाय अनुमतिपत्र नलिई बीउ बीजन बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि बाहेक सूचित वा पंजीकृत नभएको/लेबल नलगाइएको बीउ बीजन बिक्री वितरण गरेको/ बीउ बीजन ऐन, २०४५ को दफा......./ बीउ बीजन नियमावली, २०८१ को नियम............प्रतिकूल हुने गरी कार्य गरेको पाईएकोले बीउ बीजन ऐन, २०४५ को दफा ११क./११ख./११ग./१३/......... तथा बीउ बीजन नियमावली, २०८१ को नियम...........उल्लङ्घन भएको हुँदा हामी देहायका व्यक्तिको रोहवरमा देहाय बमोजिमका बीउ बीजन जफत गरी जफत गरिएका बीउ बीजन बुझेको/बुझाएको व्यहोरा प्रमाणित गरिन्छ।
बुझाएको बीउ बीजनको किसिम, जात र परिमाणः
रोहवर: श्री .......................................... दस्तखत:................................. श्री ......................................... दस्तखत:................................. श्री ........................................... दस्तखत:................................
बुझाउनेको,- बुझिलिनेको,- दस्तखत: दस्तखत: नाम, थर: नाम, थरः पदः पदः अनुमतिपत्र नं./कार्यालयः कार्यालयः मितिः मितिः.
अनुसूची – २५ (नियम २५ को उपनियम (३) सँग सम्बन्धित) बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकको परीक्षामा सहभागी हुन पेश गर्नुपर्ने दरखास्त फाराम
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र (राष्ट्रिय बीउ बिजन समितिको सचिवालय) हरिहरभवन, ललितपुर
बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकको परीक्षाका लागि दरखास्त फारम
खण्ड क : दरखास्त दिन चाहेको पद सम्बन्धी विवरण: १. पद: बीउ बिजन निरीक्षक/बीउ बिजन विश्लेषक/बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषक ($\checkmark$ चिन्ह लगाउने) २. विज्ञापन भएको मिति: ३. परीक्षा केन्द्र:
(उम्मेदवारको हातसाले खिचेको पासपोर्ट साइजको फोटो यहाँ टाँस गरी फोटो र फारममा पने गरी उम्मेदवारले دستखत गर्ने)
खण्ड ख : उम्मेदवारको व्यक्तिगत विवरणः १. नाम : देवानागरीमा: .................................................................................................................... अङ्ग्रेजीमा (IN CAPITAL LETTERS): .................................................................................... २. लिङ्ग : ३. नागरिकता सम्बन्धी विवरणः (क) नागरिकता नम्बर: (ख) जारी गर्ने जिल्ला: (ग) जारी मिति:
४. जन्म मिति:
५. स्थायी ठेगाना: .................................................
६. पत्राचार गर्ने ठेगाना: .........................................
७. टेलिफोन नं./मोबाइल नं.: ……………………………………………………………
८. इमेल:…………………………………………………………………………
९. बाबुको नाम थर:……………………………………………………………
१०. आमाको नाम थर:…………………………………………………………………
११. बाजेको नाम थर: ………………………………….…………………………
१२. आवेदक निजामती कर्मचारी हो वा होइन:………………………………………………
१३. आवेदक निजामती कर्मचारी भए:
खण्ड ग : उम्मेदवारको शैक्षिक योग्यता र अनुभव सम्बन्धी विवरण (आवेदन दिएको पदका लागि आवश्यक मात्र)
आवेदकको हस्ताक्षर : सहीछाप:
मिति: ........................ ......................................................................................................................................................
दरखास्त रुजु गर्ने अधिकृतले भर्ने
अनुसूची – २६ (नियम २६ को उपनियम (२) सँग सम्बन्धित) बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकको अनुमतिपत्र प्राप्त गर्न दिने निवेदनको ढाँचा
श्री राष्ट्रिय बीउ बिजन समितिको सचिवालय, हरिहरभवन, ललितपुर।
विषयः अनुमतिपत्र पाऊँ।
महासय, मैले समितिबाट मिति................मा सञ्चालन भएको...................को परीक्षा उत्तीर्ण गरी ..............द्वारा मिति.............देखि............सम्म आयोजना गरिएको बीउ बिजन निरीक्षण/बीउ बिजन विश्लेषण सम्बन्धी पाँच दिने तालिम पूरा गरेको हुँदा बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ को अधीनमा रही ............... पदको कार्य गर्न तालिम प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी बीउ बिजन ऐन, २०४५ को दफा १६ को उपदफा १६.६ तथा बीउ बिजन नियमावली, २०८१ को नियम २६ को उपनियम (३) बमोजिम अनुमतिपत्र पाऊँ भनी बीउ बिजन ऐन, २०४५ को दफा १६ को उपदफा १६.५ तथा बीउ बिजन नियमावली, २०८१ को नियम २६ को उपनियम (२) बमोजिम यो निवेदन पेश गरेको छु ।
निवेदकको,- दस्तखतः नाम, थरः योग्यताक्रम सङ्ख्या: स्थायी ठेगानाः पत्राचार गर्ने ठेगानाः टेलिफोन/मोबाइल नं .: इमेल:
अनुसूची – २७ (नियम २६ को उपनियम (३) सँग सम्बन्धित) बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकलाई दिने अनुमतिपत्रको ढाँचा
श्री ....................................... हाल्सालै खिचाएको पासपोर्ट साइजको फोटो
विषय: अनुमतिपत्र ।
अनुमतिपत्र नं.:- जारी मिति:
महासय, तपाईंलाई बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ को अधीनमा रही समितिले तोकेको सेवा र शर्तहरूको अधीनमा रहने गरी ...............पदको कार्य गर्न बीउ बिजन ऐन, २०४५ को दफा १६ तथा बीउ बिजन नियमावली, २०८१ को नियम २६ को उपनियम (३) बमोजिम यो अनुमतिपत्र प्रदान गरिएको छ।
अनुमतिपत्र प्रदान गर्ने अधिकारीको,- दस्तखत: नाम, थर: दर्जा: मिति:
शर्तहरू: १. बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकले तालिम लिएको विषयमा मात्र काम गर्नु पर्नेछ। २. बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकले सम्पादन गरेका कार्यहरू वार्षिक रूपमा केन्द्रमा पेश गर्नु पर्नेछ। ३. बीउ बिजन निरीक्षक तथा बीउ बिजन विश्लेषकले समितिले निर्धारण गरे बमोजिम सेवा शुल्क लिई सेवा प्रवाह गर्नु पर्नेछ।*
वि.सं. : …………साल………..महिना………गते ई.सं. : …………साल………..महिना………गते (क) कार्यालयको नाम: (ख) कार्यालयको ठेगाना: